फाइनलमा पुगेपछि यस्तो छ नेदरल्यान्डस


-रवीन्द्र रिजाल/आइन्डहोभन, नेदरल्यान्डस-

आम्सटरडामजस्तो बन्धनरहित, निस्फिक्री शहरको देश भनेर चिनिन्छ नेदरल्यान्डस। युरोप भरमा अलिक खुला स्वभावका, प्याच्च बोल्ने र हठी स्वभावका तर अरू ठाउँको तुलनामा अलि कमै जातीय अपहेलना हुने ठाउँ भनेर चिनिन्छ यो। कफी गफमा प्रायजसो विषयको संवेदनशीलता नहेरी ठट्यौली गर्ने बानी सुरु सुरुमा अपच नै हुने रहेछ। फेरि कतिपय कुरामा भने आफ्नै नियम काइदा। जस्तो कि कसैले नयाँ सामान किन्यो भने मूल्य सोध्न नपाइने रे, रेष्टुराँमा खाना खान गयो भने केटा-केटी वा साथी सबैले छुट्टा-छुट्टै पैसा तिर्नु पर्ने, कसैको घरमा पहिला फोन गरेर समय नलिई नजानु रे , आदि आदि। तर गत महिनाको चुनावमा आएको मतदानको तथ्याङ्कले त्यो परिभाषालाई अलि सोच्नु पर्ने हो कि भन्ने भान हुन्छ। किनकि विशेष गरी मुसलमान समुदायका विरुद्ध खरो भएर लागेका एक नेताले अत्यधिक सफलता हात पारे।



आज नेदरल्यान्डको दक्षिणी भेगको Eindhoven भन्ने शहरमा उभिएर हेर्दा ती सबै बढ्दै गएका नकरात्मक कुरा निमिट्यान्न भएको आभास हुँदै थियो। यहाँका प्रमुख शहरहरूमा Hyundai Motor Company ले Hyundai Fan Park भनेर बडेमानका प्यानलहरुमा खेल देखाई रहेको छ। त्यो बाहेक शहरका अन्य खुला ठाउँमा पनि ठूलाठूला panel र Monitor मा खेलहरू र त्यसका वरिपरी सुन्तले रङ्गका थुप्राहरू देख्न पाइन्छ।


फिफाको स्पोन्सर ड्रिङ्क्स budweiser ले ‘यो वर्षको फुटबललाई तपाईँले कसरी व्याख्या गर्नु हुन्छ ?’ भनेर खुला प्रतियोगिता आयोजना गरेको थियो। सो प्रश्नको जवाफ जर्मनीका एक युवकले यसरी दिए “म घाँसमुनि नगाडिएसम्म मलाई भेटन सकिने एउटा मात्र निश्चित स्थान छ: त्यही घाँस जसले विश्वलाई परिभाषित गर्दछ, जहाँ खुशीको लहर ल्याउने खेल खेलिन्छ। आऊ सबै जना मिलेर यो उत्सव मनाउँ र यो पृथ्वीकै यस्तो सुन्दर खेल खेल्ने हाम्रा खेलाडीलाई हौसला दिऊँ। सबै मिलेर पृथ्वीकै शान्त तर भव्य उत्सव मनाउँ।” यी शब्द कोरे वापत उनले द. अफ्रिका गएर ‘अर्जेन्टिनाविरुद्ध कोरिया’ को खेल हेरेर Man of The Match को उपाधि हस्तान्तरण गर्ने अवसर पाएका थिए।
उरुग्वेविरुद्धको खेलमा गोलको सुरुवात नेदरल्यान्डले नै गरेको थियो। त्यो बेला सुन्तले रङ्ग कै भुभुजेलाले कान ठिहिरिए, हल्ला भो, डच गीत बज्न थाले। माथि प्यानल, तल कन्सर्ट थियो, उदघोषकका कुरा सुन्ने फुर्सद कसैलाई थिएन।

जब उरुग्वेले पहिलो गोलको जवाब दियो, तब गजब भो। पूरा सडकमा सून्यता छायो तर केवल २ मिनेटको लागि। एकै छिनमा फेरि सबै जना आ-आफ्नै ध्याउन्नमा लागे। म अचम्म मान्दै थिएँ, छेवैको मातेको मित्रले डचमा फतफत गर्न लाग्यो, त्यो हल्लामा के बुझ्नु। मैले pardon भनेँ उसले अंग्रेजीमा त्यो गोलको जवाफ फेरि दिने कुरा हाँसीहाँसी भन्दै नाच्ने खेतीमा फर्क्यो । यतिबेलासम्म आधा खेलको जनाउ बजिसकेको थियो । मैले पनि ठाउँ परिवर्तन गर्ने सोचेँ र अर्को ठाउँतिर हिडेँ।

साँच्चै बाटोभरी कसैको अनुहारमा पनि खेल बराबरीमा चलिरहेको र जे पनि हुन सक्ने स्थितिको अनुभूति देखिँदैनथ्यो। सबै जना कुनै पार्टीमा सहभागी हुन आएका आगन्तुक, निम्तालु जस्ता देखिन्थे – फेरि राष्ट्रिय रङले ढपक्कै छोपिएका पनि छन्। त्यो निश्चिन्तता र निस्फिक्रिपनको जवाफ उनीहरूका २२ राष्ट्रनायकले खेलको दोश्रो खण्डमा दिए। प्रभावशाली खेल खेलेर ८५ मिनेट सम्म ३-१ को अग्रतामा रमाउँदै उफ्रँदै थिए नेदरल्यान्डवासीहरू – धर्म, काम, ओहदा र देश-विदेश नभनी। तर अन्तिमका १० मिनेट भने दाँत किट्दै हेर्दै थिए उनै ‘पार्टी एनिमल’ हरु। उरुग्वेले १ गोल थपेर गोल अन्तरलाई ३-२ मा पुर्‍याएको थियो। अनि थप ३ मिनेट भनेर खेल ९५ मिनेटसम्म तानिँदा बल नेदरल्यान्डकै पोष्ट वरि परी घुमिरह्यो Eindhoven वासीको टाउको वरीपरी कुइरीमण्डल बनेर।

जब रेफ्रीले खेल समाप्तिको घोषणा गरे, अनि ३२ वर्ष पछि लगातार २७ खेलमा विजय हासिल गर्दै २०१० को विश्वकपको फाइनलमा नेदरल्यान्डले आफ्नो नाम गर्वका साथ दर्ता गरायो। यहाँका “पार्टी एनिमल” चाहिँ आफ्नो खेतीतिर लागे। विशेषतः समरमा राति ११ बजेसम्म घाम देख्न पाइन्छ तर आज अलिक अँध्यारो चाहिँ थियो। म कोठातिर लम्किँदै गर्दा कारबाट टाउको निकाल्दै भुभुजेला फुक्दै र हर्न बजाउँदै एक हुल मोरक्कन केटाहरु बार स्ट्रिटतिर हान्निदै थिए। माथिको एउटा फोटो एएफपीको बाहेक सबै रवीन्द्रको क्यामेराबाट

[तपाईँका पनि विश्वकपसम्बन्धी यस्तै अनुभव छन् भने पठाउनुस् [email protected] मा]


19 Comments

  1. अगाडिका खेलहरु हेर्दा जर्मनले जित्छ की भन्ने अनुमान थियो । तर स्पेनको खेलले चकित पारिदियो । अहिलेसम्म वर्चस्व कायम गरेका सबैले हारुन् भन्ने कामना सफल भएकोमा साह्रै खुशि लाग्यो । यसले दाबेदारहरुलाई च्यालेन्ज दिएको छ भने नयाँ देशहरुको लागि खेलमा जित्ने हौशला मिलेको छ । धन्य हो स्पेन । बढाइ छ ।

  2. के गर्नु गरिब नेपाली हो , नेपाल मा राम्रो काम गर्नेलाई मार्न खोज्ने नेपाली त कसैको पनि सपोर्ट न LINU बेश तर लिहाल्छन . यो नेपाली को बानि ठिक उल्टो गर्ने अहिले त नेपाल को बारेमा सम्झन पनि ऋष उठेर आउछ , किन भने UNITY माथि हत्या भयको धेरै दिन बिद्दा पनि केहि थाहा छैन कहिले नेपालले बिकाश गर्ला ?

  3. यूरो कप,भने पनि बिशो कप भने पनि तिम्रै हो स्पेन.

  4. आफ्नो सपोटर देश को बारेमा लेखिएको लेख पढ्न पाउदा खुशी लायो रबिन्द्र जी लाइ धन्यबाद , तर एउटा फोटो अलि असोभनिया लायो कृपया आउदा दिनहरुमा बिशेषत नेपाली परिवेश लाइ लक्षित गरि प्रकाशित गरिदा ध्यान दिईओस् माईसंसार प्रमुख /

  5. अहिले २०१० को वोर्ल्ड कप पनि युरोपको भागमा नै पर्ने भयो / तर पनि साथी हरु लाई जिज्ञासा होला युरोप मा पनि कुन देश ले भनेर ? ढुक्क हुनुहोस येसपाली त्यो कप चुम्ने अवसरको मुख्य दावेदार मात्र नीदरलैंड हुनेछ किनकी उनीहरुको खेल मैदानमा स्पस्ट देखिने फुर्ति, अप्ठ्यारो ठाउँ बाट पनि गोल गर्ने क्षमता, डिफेन्स त्येतिकै दरो छ जो कोहिलाइ त्यो चक्रब्यूह तोड्न पसिना निकाल्ने छ र आफ्नो साथीलाई राम्रो पास ठिक ठाउमा दिने अनौठो गुणहरु भएको ले गर्दा सबै विश्वस्त हुनुहोस र सुन्तला खादै अहिलेको वोर्ल्ड कप हेर्दै गर्नुहोस /

  6. रबिन्द्र, राम्रो समाचार keep it up ,र Netherlands ले यो world cup जित्छा / म १००% ढुक्क छु /

  7. रबिन्द्र , u have published good news about football and football fan of Netherlands. ot’s extremly good and precious.

  8. कालेजी रिपोर्टमा मन नपर्ने खालका के छन् र तपाईलाई मन परेन ! भएको कुरा नै गरे जस्तो लाग्छ त ! हरेक लेखकको आफ्नै शैली हुन्छ लेख्ने ! प्रोत्शाहन गर्न सिक्नुस !नेपालीले नेपालीको खेदो खन्ने काम गरेर नै नेपाल अघाडी बढ्न नसकेको हो 🙁
    राम्रो प्रयास रबिन्द्रजी !

  9. जे भय पनि हिजो खेल राम्रो थियो / सायद यो वोर्ल्ड कप 2010 को सबै भन्दा राम्रो खेल होला / खेल मा हार जीत त हुन्छ नै तर उरुगे ले पनि राम्रो खेले को हो तर भाग्य ले साथ दियन / उरुगे ले गरेको २ गोल सारै नै उत्किस्ट लग्यो /

  10. सुन्तले को खेल राम्रै थियो हेरौ भोलि जर्मनी र स्पेन बीच कुन्चाही ले जित्ने हो त्यसपछि मात्र कसले world कप लान्छ विचार गर्न सकिन्छा / नत्र भने यसै भन्न सकिन्न क्यारे /

  11. किनकि त्यो हिजडा हो त्यो भयर औलो देखा जस्तो लग्यो ……………

  12. के गर्नु अरुले गरेको प्रगतिनै हेर्नु छ।

  13. Now!!!!!!!!!!!!!!!!
    Netherland will win!!!!!!!!!!
    Gig chance for netherland….
    Bring cup to Hague..

  14. सुन्तले देश को राम्रो आनुभव राखिदिनु भएकोमा धन्येबाद // खै कहिले होला आफ्नो देशले येस्तई खुसि मनाउने दिन आउने ….. जय सुन्तला …..

Comments are closed.