दशरथ रंगशालाबाट दक्षिण अफ्रिका जोडिँदा


मध्यरात सवा १२ बजेको दृश्य। अरु बेला भए यो ठाउँ मात्र हैन, सडकै सुनसान भइसक्थ्यो। यो दिन भने झण्डै १० हजार दर्शक उपस्थित थिए दशरथ रंगशालामा। उनीहरु दक्षिण अफ्रिकाको सकर सिटी रंगशालासित जोडिएका थिए- विश्वकप फुटबलको फाइनल खेल हेर्न। चोकचोकमा, रेस्टुरेन्टहरुमा प्रोजेक्टर राखेर ठूलो पर्दामा खेल हेर्नु सामान्य भइसक्यो, रंगशाला मै ठूलो पर्दामा खेल देखाइएको भने यो पहिलो अवसर थियो। कस्तो अनुभव गरियो त दशरथ रंगशालामा बसेर दक्षिण अफ्रिकामा भएको खेल हेर्दा ? छोटो अनुभव।

केशव स्थापित मेयर हुँदा सन् १९९८ को विश्वकपमा होला शायद, पहिलो पटक बसन्तपुरमा ठूलो पर्दा राखेर प्रत्यक्ष खेल देखाइएको थियो। एउटा नौलो प्रयोग मानिएको थियो त्यतिबेला। १२ वर्षपछिको स्थिति निकै परिवर्तन भइसक्यो। चोकचोकमा प्रोजेक्टर राखेर सामूहिक रुपमा खेल हेर्ने क्रम सुरु भएको धेरै भइसक्यो। रेस्टुरेन्टहरुको पनि ठूलै व्यापार हुन्छ ठूलो पर्दामा खेल देखाउँदा। तर रंगशाला मै फुटबलको प्रत्यक्ष प्रसारण भने नेपाल कै लागि नयाँ प्रयोग थियो। सन् १९९० को विश्वकपदेखि आजसम्म मैले टेलिभिजनमा मात्रै खेलहरु हेरेको छु। यस पटकको खेल भने इन्टरनेटमा लाइभ कमेन्ट्री, तथ्याङ्क हेर्दै अधिकांश खेल हेरेँ। यस पटक पनि घरैमा हेर्ने विचारमा थिएँ। एक जना साथीले टिकट छ भन्दै बोलाएपछि बल्ल म रंगशालातिर हान्निएको थिएँ। एउटा फरक अनुभव लिनु थियो।


छ वटा ठूलो पर्दा राखिएका थिए रंगशालामा।

आयोजकले पाँच सय र तीन सयको टिकट राखेको रहेछ। पाँच सयको टिकट पानी परे पनि केही नहुने रंगशालाको छत भएको ठाउँ, तीन सय चाहिँ छत नभएको खुला ठाउँको। मलाई बोलाउने साथीको पाँच सयको टिकट रहेछ, उतातिर लाग्यो। म चाहिँ एक्लै अर्कैतिर। एक्लै त के हेर्नु, जस्तो लाग्यो। तैपनि पहिलो पटक प्रयोग गरिएको रंगशालाको प्रत्यक्ष प्रसारण, दर्शकको माहौल कस्तो देखिने होला भन्ने हेर्ने लोभले एक्लै भए पनि बसेँ। सोचेको थिएँ- हाफटाइमसम्म हेर्छु अनि फर्कन्छु। तर पछि साथीहरु अर्जुन र केशव भेटिए। त्यसपछि त के मध्यान्तरसम्म बस्नु, पूरै खेले हेरियो र लगत्तै अफिस गएर नागरिकन्युजमा सब अपडेट गरेर बिहान आठ बजेतिर बल्ल घर फर्किएर सुतेँ।

प्रत्यक्ष प्रसारणका लागि मैदानमा चारै दिशामा छ वटा ठूलो पर्दा राखिएको थियो। मैदानको मध्य भागमा छत भएको ठाउँका लागि दुई वटा र पारीपट्टी छत नभएको ठाउँका लागि दुई वटा। अनि फुटबल हुँदा गोलपोस्ट हुने दुई दिशाको ठाउँमा एक एक वटा गरी दुई वटा पर्दा। सुन्धारातिरको गोलपोस्ट हुने ठाउँको पर्दा अगाडि धेरै मानिस थिएनन्।


प्रत्यक्ष प्रसारण ढिला पर्दामा देखाउँदा साकिरा हैन, नलिना नाचेको पो हेर्नुपर्‍यो।

फाइनल खेलअघि विश्वकप समापन समारोहको रौनक बेग्लै हुन्थ्यो। तर रंगशालाको पर्दामा भने प्रायोजकको विज्ञापन बाहेक केही देखिएको थिएन। उता दक्षिण अफ्रिकामा समापन समारोहमा साकिरा नाचिरहेकी होलिन्, यता दशरथ रंगशालामा भने नलिना चित्रकार बासी गीत गाइरहेकी थिइन्। उनी बाहेक कुन्ती मोक्तान, सुगम पोखरेल, दीपक लिम्बु, मौसमी गुरुङ आदि कलाकारले पनि गीत गाए। रंगशालामा मात्र समापन समारोह नदेखाएको होला भन्ठानेको त पछि साथीले भने अनुसार नेपाली टिभीमा नै नदेखाएको पो रहेछ। यस पटक नेपालका लागि विश्वकप प्रसारणको अधिकार किनेको मिडिया हबले केबलवालाहरुलाई इएसपीएन च्यानल बन्द गर्न लगाएको थियो। एभिन्युज टिभी र नेपाल टेलिभिजन मात्र प्रसारण गर्न चेतावनी दिएको थियो उसले। फलस्वरुप इएसपीएनमा एक्सपर्टहरुको कमेन्टहरु हेर्न पाइएन यस पटक। त्यतिसम्म त सह्यौँ ल, समापन समारोह नै नदेखाई विज्ञापनमात्र देखाउने अनि आफूलाई मन परेको च्यानलमा पनि समापन समारोह हेर्न नपाउने चाहिँ अति भयो।

समापन समारोहमा साकिराले गीत गाउँदै नाचेको हेर्न नपाए पनि रंगशालाका बडेमानका स्पिकरमा साकिराको ‘वाकावाका’ र ‘वेभिङ फ्ल्याग’ घन्कँदा भने रमाइलो भएको थियो। गीतको तालमा दर्शकहरु रमाउँदै नाचेको हेर्न रमाइलो भएको थियो। दर्शकहरुमा पुरुष, महिला सब थिए। अझ स-साना बच्चाहरु समेत ल्याएको देखिन्थ्यो। नेदरल्यान्डस् र स्पेनको झण्डा बोकेर आएका थिए केही दर्शक। केहीले चाहिँ मुखमा झण्डा पोतेका थिए।


रंगशालाको ‘फ्लडलाइट’ बल्दाको दृश्य।


‘फ्लडलाइट’ निभाउँदा पर्दाको दृश्य राम्रो देखिने रहेछ।

फ्लडलाइट पूरै बालिएको थिएन तर पर्याप्त थियो। फोटोमा दायाँतिरको उज्यालो चाहिँ आकाशमा विमान उडेको हो।


पौने ३ बजेको फोटो

18 Comments

  1. हामि नेपाली हरु को दिन कहिले आउला कि सबै ले १ मात्र देश को सपोट गरे र नेपाल ले खेलेको फूटबल खेल मैदान बाट सिदा दशरथ रंगशाला ठुलो पर्दा हेर्ने दिन.यो जुनी मा हेर्न पाउने कि नपाउने थाहा छैन तर नेपाल मा हामि ले चाहि फोहोरी राजनीति खेल सभासद् को लुछा चुडी सरकार बनाउने खेल चाहि हेर्न पाउने छौ यो पनि दशरथ रंगशाला ठुलो पर्दा मा देखाय हुने थियो लाज नभका मगन्ते सभासद् हरु जय होस् तिमि हरु लाइ घिच घिच कति घिच्ने घिच
    तिर्थ

  2. मलाई चै सारै अचम्म लाग्यो . हुन त नेपाली लै गर्ब गर्ने ठाउँ नपाए पछि विदेशीलाई गर्ब गर्ने त हामी नेपालीको सरोकार nai भएको छ .सरकारको गति संगै नाता बाद र कृपाबाद ले कुनै छेत्र हरु पनि गर्ब गर्नु लाएक छैन .त्यसैले बिदेशी नै राम्रो देखिन्दैछा राज्य संरचनाको हिसाब मा .

  3. दिक्क लाग्दो राजनीतिको एकैछिन कुरा बिर्सिनेकी ???????

  4. यो त धरै नै राम्रो प्रयास हो भविस्यमा पनि यस्ता महत्वोपुर्ना खेल हरु लै यस्तै गरि प्रसरायण गरे मा अझै राम्रो हुन्थ्यो होला तर त्यो परफित मा गरेको फोहोर चै मन परयाना यसमा सुधार गर्नु पर्यो ,,,,,,,,,,,,,,,,,,,,,,,धन्यवाद

  5. तर मैले ani mero saathi हरुले दरबार मार्ग मा समापन कार्यक्रम पनि हेर्योउ त. तेही एन टि वि मै हेरेको हो.

  6. रंगशाला मा फूटबल हेरेको अनुभव रमाइलै भयो तर क्लोसिंग सेरेमोनी न देखाको चाहिं राम्रो लागेन. सन्सार साकिर को गीत मा रमाइरको बेला हामीलाई चाहिं रंगशाला मा त्यै नेपाली कलाकार हरु को जैले नि सुनिरको बासि गीत हेर्न बाध्य परियो…अति भो….तर मैले सुने अनुसार त क्लोसिंग सेरेमोनीको लाईव तेलिकास्त भाको थ्यो रे…खालि रंगशाला मा मात्रै नदेखाको हो रे

  7. नेपाल वोर्ल्ड कपमा नगए पनि रंगसालामा बसेर भयपनी चित्त भुझय बिचरा नेपालीहरुले l

  8. आयोजक र प्रायोजक को झगडा ले गर्दा अनि poor management ले गर्दा ad मात्र देखाएको रहेछ. जे भएपनि मज्जा त आएको थियो .पर्दा पनि राम्रो थियो ….

  9. मलाई लाग्छ यसले नेपाल का जनता फुटबल खेल मा निकै चाख छ भने कुरा पुस्टि हुन्छ / अनि यसले नेपाली फुटबल बिकाश मा पनि मद्धत गर्छ होला भन्ने आशा लियको छु / यो कुरा कृपया नेता तथा सम्बंदित निकाय हरु ले ध्यान पुर्बर्क हेरिदिनु होला/ अनि बुझी दिनु होला के नेपाल मा अरु देश को वोर्ल्ड कप मा त यति चाख छ यदि नेपाल कै खेल भयको भय नेपाली जनता कति खुशी हुन्थे होला ????? तेसै ले नेपाल लै वोर्ल्ड कप मा नचोचे पनि south एशिया सम्म मा त ????????? कि कसो साथी हरु ?????

  10. रंगशाला मा गएर हेर्न नपाए पनि सुन्न पढ्न पाउदा निकै खुसि लाग्यो, तेस्तो वाताबरण मा हेरेको मज्जा नै अर्कै हुन्छ | एउटा कुरो के भने त्यो अन्तिम फोटो मा देखिएको जथाभाबी फोहर गरेको, खाना पोखेको चाहि मन परेन मलाइ | त्यो बानि चाही हामीले हटाउने पर्छ |

  11. खोइ नेपालि राष्ट्रिय टोलि ले खेल खेल्दा दुला दुला पस्ने बिदेसी फुटबल प्रेमी ले बिदेसी झन्डा गाला मा पोतेको देख्दा चै अचम्म लाग्यो,खोइ नेपाल ले आज सम्म न त गतिलो खेलाडी पाउन सक्यो न त गतिलो सरकार पाउन सक्यो न गतिलो खेलकुद मन्त्रि पाउन सक्यो,जसले खेल जगत मा क्रमभंग गर्न सक्यो,न त गतिलो खेलकुद पधाधिकारी पाउन सक्यो अनि न त दर्सक पाउन नै सक्यो,आसा गरौ नेपालि ले कुनै दिन त्यसै गरि आफ्नै देसको झन्डा गाला मा पोतेर राष्ट्रिय झन्डा बोकेर रंगशाला जाने छन आफ्नो रास्ट्रीय टोलि को खेल हेर्न.अनि त्यो खेल बिस्वो कप को हुने छ.धन्यबाद

  12. हामी नेपालीहरुको बिडम्बना – राष्ट्रिय खेल मैदानमा खेल हैन ‘प्रोजेक्टरले’ झल्काएका ‘ कृतिम पर्दारूपी ‘ फूट-बल हेर्नु पर्ने !!!
    हामीले कहिले तियो खुसि तथा गौरव महसुसको गर्ने होला – मेरो देश पनि ‘वर्ल्ड कप’ खेल्दै छन् !!!!

  13. आफुले यहाँ दुबईमा त मज्जाले हेरियो , फाइनल त झन् लिफमै नबिर्सने तरिकाले हेर्न पाउदा म आफै छक्क छु / नेपालमा पनि तेसरी हेर्ने सिस्टम सुरु गर्ने हरुलाई म हार्दिक धन्यवाद दिन चाहान्छु / जय नेपाल /

  14. अब सायद चार बर्ष पछी सबैले घर मा प्रोजेक्टर राखेर पर्दा मा हेर्छन होला ,किनकि टेक्नोलोजी सर्ब सुलभ हुदै जादो छ |

    बरु नेपाल को लोद्सेदिंग चै झन् बढ्ने सम्भाबना छ | लाखौ र करोडौ को संख्या मा भारतीय हरु लाइ नेपाल भित्राउने र नागरिकता दिने काम सधै जारि छ |
    परमानन्द हरु उता जनसंख्या को आधार मा प्रतिनिधित्त्व हुनु पर्छ भन्दै छन् |
    तेसैले हामि कुन दिशा तिर जादैछु ,देश कुन दिशातिर जादै छ अनु मान गर्न सहज छ | लोद्सेदिंग ,बाटोघाटो को समस्या मिलाउने भन्दा पनि कसरि आफु पी यम हुने र भारतीय सपना लाइ बिपना मा परिणत गर्ने मा होडबाजी छ |
    बेमौसम मा उठेका कुतर्क र नाराहरुलाई रास्ट्रिय नारा बनाएर देश शनै शनै ओरालो लाग्दा येक थोपा आशु खसाल्नु भन्दा एक सामान्य नेपालि ले के नै गर्न सक्ला ??

  15. साकिर को वाका वाका ले नेपाल को रंगशाला मा नभन्दै वाके छन् पनि नपत्याए अन्तिम को फोटो अलि घोरिएर हेर्नुहोस ..!!!

    • ठिक भन्नु भयो बिमलजी अनुमान चाही लाउन सक्ने नै हो ल , फोटो आफै बोल्छ भनेजस्तै वाकेर पल्तिराखेको छ l

  16. कठै बरा हामी नेपाली …………………………………………………………….
    कुनै न कुनै तरिका बाट हामी ले सरकार लाई र आघिकारीक निकाय लाई केही त् बुझायौ नी …………….

Comments are closed.