फेरि भेटौँला काठमाडौँ

कहिले इराकबाट, कहिले अमेरिकाबाट र कहिले नेपालका दुर्गम गाउँहरुबाट माइसंसारका लागि ब्लग गर्ने स्याटेलाइटले आज मुम्बईबाट ब्लग लेखेका छन्। मुम्बईको फिल्मसिटीस्थित सुभाष घइको सिनेमा स्कुलमा अध्ययन गरिरहेका स्याटेलाइटले आउँदा दिनमा फिल्ममेकरको छुट्टै छवि देखाउन सक्ने हुन् कि हैनन्, त्यो भविष्यले देखाउने कुरा हो। तर यो ब्लगमा भने उनको लेखाइले त्यस्तो आशा गर्ने ठाउँ देखाएको छ।



-स्याटेलाइट-

काठमाण्डुलाई फेरि भेटौँला भन्दै फेरि एकपल्ट म एयरपोर्टभित्र छिरेँ दुई साताअघि। बितेका वर्षमा थुप्रैपल्ट नेपाली एयरपोर्ट छाडदा र भित्रिँदा इमिग्रेशनका ठप्पा पासपोर्टका पानामा लागे तर ती यात्राहरुमा अपवादबाहेक उति उत्साह थियन। पढाइ, जागिर, प्रेमिका लगायतका यावत कारणले ती यात्रा भएका थिए। तर दश वर्षपछि म फेरि एकपल्ट आफ्नो लक्ष्यको यात्रामा निस्किएँ। मान्छेले जीवनको कुनै न कुनै मोडमा म यो काम गर्न चाहन्छु या यो बन्न चाहन्छु भन्ने सोँचेका हुन्छन भलै समयको अन्तरालमा या ब्यवहारिक कठिनाइले सपनाहरु प्राय सपनाकै रुपमा रहन्छन्। तर मैले सपनालाई यथार्थमा बदल्न लामो समय पर्खिएको छु र कम्तिमा त्यो यात्रामा फेरि निस्किएको छु, सफलता या असफलता तपसिलका विषय हुन। हिँडेपछि लक्ष्यमा पुगिनेछ, ढिलोचाँडोको कुरा हो।

दुई महिना अगि रेल-बस र अटो हुँदै जब म मुम्बइको फिल्मसिटीस्थित सुभाष घइको सिनेमा स्कुल Whistlingwoods International मा आवेदन र अन्तर्वार्ता दिन पुगेको थियँ, दुइहप्तापछि केहि छात्रबृत्ति र आवेदन स्विकारियको इमेल आयो।

जुलाइ दोस्रो हप्ताबाट कक्षा शुरु भैसकेको छ। अन्तर्वार्ता लिने अमेरिकन खैरेले भनेको थ्यो ‘नेपालबाट यहाँ पढने तिमि पहिलो बिद्यार्थि हुनेछौ’ मैले टाउको हल्लायँ, उसले थप्यो ‘गत बर्ष छुट्टि मनाउन नेपाल जाँदा धेरै लोडसेडिङ र राजनितिक अस्तब्यस्तता थ्यो, तिमि कस्तो सिनेमा बनाउन चाहन्छौ?’ मेरो उत्तर थ्यो ‘मेरा कथा तिमिले भर्खर भनिसक्यौ’।

अबका दिनहरु नितान्त फरक बित्नेछन। सिनेमामा देखेको मुम्बइ शहरको गोरेगाँवस्थित फिल्मसिटिभित्रको कलेजमा दैनिक १२ घण्टाजति सिनेमा निर्माणको बिभिन्न पाटो सिक्दै बित्न शुरु भैसकेको छ। कक्षा, शुटिङ, सम्पादन र लेखनमा। मध्यपुर्वदेखि, युरोप र अमेरिका अनी भारतका बिद्यार्थिहरुसँग बसेर सिनेमा सिक्नु आफैमा उत्साहपुर्ण लागिरहेको छ मलाइ। म हुर्केको पारिवारिक परिवेषमा सिनेमालाइ प्रतिष्ठित बिषय मानियन, त्यो पनी कारण हुनसक्छ यो यात्राका लागि दशक पर्खिनुपरेको। तर यात्रा रोकिँदैन, निरन्तर चल्छ। स्लमडग मिलेनियर र वास्तविक बिलेनियरहरुको शहरमा बसेर फिल्ममेकिङसिक्नु अनि संसारकै धेरै सिनेमा बन्ने बलिउडको काम हेर्नु-सिक्नु रोचक र चुनौतिपुर्ण हुनेछ। जीवनमा कुनै निश्चित उद्देश्य बोकेर त्यसलाइ कायम राख्नु गारो छ भन्ने मैले बुझेको छु। कडा परिश्रम र धैर्य बिना सफलताको कुनै ग्यारेण्टी छैन तर मान्छेले सँधै प्रयास जारी राख्दोरहेछ।

मैले जीवनलाइ सधै जसरि बाँच्न चाहेँ, त्यसरि बाँचे। युरोप, मध्यपुर्व, इराक र अमेरिकाहुँदै नेपाली गाउँहरुमा ‍पुस्तकहरुसहित पुग्दा जीवन त्यत्तिकै रमाइलो थ्यो जति दशक अगि नेपाली सिनेमामा स्पट ब्वाइ बनेर स्पटमा च्या बाँड्दा या बुलेटप्रुफ ज्याकेट भिरेर अमेरिकी सेनाका हम्भिमा इराकी शहरहरु चहार्दा अथवा सम्भावित सिनेमाको प्लटका बारेमा सोँच्दै युरोपका कफि क्याफेमा घण्टौँ समय बिताउँदा। बिभिन्न ठाउँमा मैले भोगेका र देखेका जीवनहरुले मलाइ सिनेमामा लाग्न प्रेरित गरिरहे। अमेरिका र युरोपका सिनेमा स्कुलमा भर्नाका लागि इमेल र पोर्टोफोलियो पठाइय तर सधै अवरोधहरु तेर्सिइ नै रहे। ढिलै भयपनि मैले खोजेको सिनेमा स्कुल भेटायको छु र म मेरो बिगत त्यतै छाडेर केहि सिक्न मुम्बइ आयको छु। एउटा संयोग, बलिउडमा मनिषा कोइरालालाइ पहिलो ब्रेक दिनेपनि सुभाष घइ थिय ‘सौदागर’ मार्फत र मैले पढने कलेजको संस्थापक पनि उनै हुन्। पहिलो दिनको परिचयात्मक कार्यक्रममा उनले सबै बिद्यार्थिलाइ भने ‘तिम्रो सफलता तिम्रो मिहिनेतले निर्धारण गर्छ’।

भन्न सक्दिन मैले बनाउने सिनेमा राम्रा नै हुनेछन, किनकि बिदेशमा फिल्म पढेर आयका फिल्ममेकरहरु नेपालमा हुँदै नभयका हैनन। रसियादेखि अष्ट्रेलियासम्मबाट पढेर आयकाहरु छन तर खै किन हो हाम्रा दर्शकको मन छुने सिनेमा बन्न सकेनन। सिनेमा निर्माणका ब्यवहारिक ज्ञानपछि मैले कम्तिमा चार गीत र चार फाइटको सिद्वान्तबाट परै बसेर सिनेमा बनाउने प्रयाश गर्न सक्नेछु। आम मान्छेको कथा उतार्न खोज्नेछु। सिनेमा मेकिङको बिद्यार्थिका हैसियतमा मैले सुभाष घइको कलेजबाट धेरै आशा राखेको छु तर त्यो मुख्यत: मेरो मिहिनेतमा पनि भर पर्नेछ। गोरेगाँवस्थित कोठाबाट बिहानै कलेजसम्म पुग्दा म झुपडपट्टी बस्ति पार गर्दै जान्छु, मुम्बइमापनी यस्तो गरिबी छ र? भन्ने लाग्छ, जुहुतिरका महलहरु सिनेमाको महँगो सेटजस्ता देखिन्छन। जीवन यहाँ बिरोधाभाषपुर्ण देखेँ मैले। संगितमा संघर्ष गरिरहेका नेपाली बिनोय राइहरु भेटेँ अनि बिज्ञापनको शुटिङ लोकेशन वरपर झुम्मियका स्टार बन्न लालायितहरुहरु पनि। सन १९१३ मा बनेको आवाजबिनाको फिचर फिल्म ‘राजा हरिश्चन्द्र’ बाट शुरु गरेको बलिउड आज ‘वन्स अपन अ टाइम इन मुम्बई’सम्म आइपुग्दा संसारकै ठूलो सिनेमा उद्योग बनिसकेको छ।

अध्ययनबाहेक, दुई करोड बढी जनसङख्या बस्ने मुम्बईको जीवन पनि मेरा लागि नौलो अनुभव हुनेछ। क्रिकेटको क्रेज, साँघुरो ठाउँमा सपरिवार बस्नेहरु, ट्रेन र अटो स्टेशनको भिड, आइरहने चाडपर्वहरु र बग्रेल्ति झुपडपट्टि अनि अम्बानिहरुका आकाश छुने आलिशान महलहरुको शहर हो मुम्बइ। त्यसबाहेक सिनेमामा सुपरस्टार बन्ने सपनामा दैनिक हजारौँ छिर्ने युवायुवतीहरुको शहर हो मुम्बइ, जसमा निकै थोरैले सफलता पाउँछन। म्यानहाटन भन्दा महँगो शहर मुम्बइ भारतको ब्यापारिक राजधानी पनी हो जसमा सिनेमा ब्यवसाय प्रमुख छ।

माइसंसारसँग मिलेर तपाँइहरुले गर्नुभएको सहयोग पुराउन केहि समय म नेपाली गाउँहरुमा पुगेँ म। तपाँइहरुको सहयोगबिना ती कामहरु सम्भव थिएनन्। मुस्ताङ, म्याग्दी र सिन्धुपाल्चोकका हाम्रा गाउँहरुको यात्रा मेरा निम्ति उत्साहपुर्ण थ्यो। तपाँइहरुको बिश्वास र सहयोगका निम्ति आभारी छु। हाम्रा गाउँ, बिद्यार्थि र स्कुलहरुका निम्ति शैक्षिक सहयोग जुटाउने प्रयाश मेरो रहिरहनेछ जहाँ रहेपनि। माइसंसारका पाठकहरुले स्थापना गर्न थाल्नुभयकोको संखुवासभा ढुङगेधारास्थित, बागिश्वरि उच्च माबिको पुस्तकालयमा पुस्तकहरुसहित पुग्ने योजनामा थियौँ हामी तर यतिबेला बर्षे बिदाले स्कुल बन्द हुनाले र मुम्बइ यात्राले म जान नसकेपनी माइसंसार टीमले काम पूरा गर्नेछ। कुनै दिन फर्केर हाम्रा गाउँहरुमा पुस्तक र योजनासहित पुग्ने दिन सकिएका पक्कै छैनन्।

मृत्यु कसैले देखेको छैन तर बाँचुञ्जेल आफैले तय गरेको बाटोमा हिँडने बानीले मैले जीवनमा केही गुमायको छु तर ती बिर्सेकाहरु फर्कनेछन उचित समयमा। पुरा हुन नसक्ने सपना संसारमा छैनन, प्रयाशै नगरेर असम्भवताको ‘इल्युजन’ मा बाँचेका हौँ हामी, प्रयाश कहिलेसम्म भन्ने प्रश्न हो भने, त्यो त अन्तिम साससम्म हुनसक्छ। सफलता या असफलता पनि ‘इल्युजन’ मात्रै हुन्, जीवनको आनन्द लक्ष्यप्राप्तिको यात्रामै छ। मुम्बइको फिल्म अध्ययनले नेपाली सिनेमाका लागि पनि केहि नयाँ भित्राउन सकोस्।
बाँकी अनुभव आउँदा दिनमा बाँडनेछु ।

अहिलेलाई गुड बाई काठमाण्डु !
सबैको मंगल होस्।

75 Comments

  1. पुष्प जी तपाईलाई धन्नेबाद छ मेरो replay पठायकोमा..तपाईले ठिक भन्नु भो किनकी हामीलाई पनि इन्डियाको मात्रै होइन जुन सुकै देस ले नि पनि तेती रुचौदैन् कारण यो पनि छ कि हामीले पनि उनीहरूलाई तेती रुचौदैनौ ….किनकी हामीमा घमण्डी पन पनि छ र यक ले अर्को को इर्सा गर्छौ पनि तेसैले गर्दा होला हामीलाई पनि उनीहरूले हेपेकै छन ..हामी नेपाली हरू सोचाईमा गरिब छौ तेसैले हामीमा फराकिलो भावना छैन मलाई यो साचो हो जस्तो लाग्छ यानकी मैले तपाईको कुरा काटन खोजेको होईन तर देसको विकास गर्ने क्रममा र देसको नाम राख्ने क्रममा हामी हामीमा हौसला र सहानूभूति को आदनपरदन गर्ने र सबै यक जुट भयो भने मात्रै देस विकास गर्न सकियाला..अनि हामीमा भयको रिसको हविमा हटाउने अरू देशलाई पनि सम्मान गर्ने भयो भने हामीलाई पनि तेसरीनई सम्मान गर्ने छन किनकी सबैलाई आफ्नो देस प्राण भन्दा प्यारो लाग्छ .जसरी हाम्रो नेपाललाई कसैले घृणा ग्रेओ भने हाम्रो मन दुख्छ तेस्तै हो सबैलाई ..अनि तपाईले भन्नु भो म कुनै पनि हिन्दी फिल्म संगीत हेर्दीन तर नेपाली फिल्म मात्रै हेर्छु भन्नु भाको त छैननी …जे होस् फिल्म संगीत हेर्दैमा आफ्नो देसको अपहेलना भने गरेको हुन् सक्दैन राम्रा ज्ञान जुनसुकै भाषा भासी बाट पनि लिनसकिन्छ तेहाको संस्कृति रितिरिवाज भाषा को ज्ञान लिन सकिन्छ ..तेस्तै गरेर हामीले पनि आफ्नो कमि कमजोरीहरू हटायर जस्तै भनु फिल्म संचालक जीऊहरूले फिल्म लाईन लाई पनि बिसेस ग्रहेता दियर नेपालमा मात्रै होइन संसारभर ले माग गरेर चलाउन सक्ने हो भने त निकै राम्रो हुन्थियो नि हाम्रो देसको पनि पहिचान थाहा पाउने थियो अरू देसले तर के गर्नू यसको लागि त राम्रो अध्येन गर्नको लागि अरू देशकै बाटो ततौनो पर्ने हुन्छ होइन र ????????????????????/

  2. तपैका पदचापका डोबहरू नमेतनुहोला ! शुभकामना |

  3. ठिकै हो कोही राम्रो काम गरेर पनि गुमनाम बस्न चाहन्छन भने कसैलाई काम सुरु नगरदै प्रचार गर्नकै फुर्सद छैन। मलाई त यो स्याटेलाइट(यस्तो कामयाबी को लेगल नाम नै लेखे के जान्थ्यो र ?? )भन्ने मान्छे १ नम्बर को धुर्त जस्तो लाग्छ हेरन आफुलाई सर्बग्याता र सर्बउपकारी देखाउन खोजेको। कहिले महाविर पुन सँग नाम जोड्नु त कहिले नेपाली प्रशासन यन्त्रलाई गाली गर्नु अनी अहिले चाँही आफ्नो छात्रव्रिती को प्रचार। के गर्नु संसार यस्तै को हातमा छ काम काम कुरा बढी। ईराक अफ्गनस्तान र अमेरिका को गफ हान्यो उप्लब्धी चाँही ईन्डिया। मित्र अहिले नै हल्ला गर्नु भन्दा त पढेर आइ सकेपछी एउटा फिल्म बनाएर सिन्ह दरबार अगाडि ठुलो होडिङ बोर्डमा स्याटेलाइट निर्देशित भनेर प्रचार गरेको भये पनि हुन्थ्यो। कसैलाई चित्त नबुझे रातो बटन पनि छ। धन्यवाद।
    BE AWARE OF HYPOCRITE

  4. हजुर को हरेक पाइला ले सफलता पाओस. मेरो भित्रि हृदय देखि नै हार्दिक मंगलमय सुभकामना

  5. तारे जमीन पर जस्तो सिनेमा बनाउनु होस्

  6. मित्र ! तपाइको पर्गतीको कामना गर्छु ! तपाइको आधुरो सपना निसन्देह पुरा हुनेछ , मलाई पुराना दीन हरु याद आय , हामी middle east का समुन्द्री तट मा होस , फराकिला सडक मा गाडी कुदौदा होस. फिल्म मेकिंग को बारेमा कुरा हुन्थेयो , आज तपाई सच्चाईनै फिल्म बनाउने ठाउमा पुग्नु भयको छ . ……..खुसि को सिमा छैन . …………….
    लण्डन

  7. मुम्बई बाट फर्किनु भए पछी लोड सेडिङ्ग – भारतीय नेताहरु कै कारण नेपालको
    राजनीतिमा भैरहने अस्थिरता र त्यसको असर आदि लाइ समेटेर ‘चर्को’ सिनेमा
    बनाउनुहोस् सबै नेपालीको ‘हिर्दय मा लाग्ने गरि’ – – – –
    तपाइको मनोकामना पूरा होस् !
    शुभ कामना हिर्दय देखि नै .

  8. Satellite Bro; Wish you all the best and good luck for your new journey of life. We all young generation hopes one day we will start to watch Nepali movie which will direct/produce by you.

    Good Luck

  9. Good luck satellite Ji, hope u would be one of da best filmmaker of dis world, I want to make a good movie, it’s ma plan like urs, hope u would help me in future….Jaya hosss

  10. ओजस्वी अठोट प्रदर्शन गर्दै प्रेरणादायी संदेश दिनु हुने स्याटेलाइट, तपाइ धनाबादका पात्र हुनुन्छ | तपाइमा सफलताको प्रशस्त लक्षण छ; सुभयात्रा जारी राख्नुहोस | तपाईलाई हार्दिक सुभकामना !!!

    स्याटेलाइट जी, यो तपाइको औपचारिक नाम हो कि उपनाम ? लाग्छ तपाइंको यहि नाम स्थापित भैसक्यो | हरिबंसको “जलपरी” को कपाल पाल्ने प्रतिज्ञा जस्तै आफ्नो संकल्प पुरा भएपछी मात्र औपचारिक नाम प्रयोग गर्ने हो कि कसो ?

  11. दाई
    तपाईं अहिले आफ्नो पढाईका लागि उतातर्फ लग्नुभयो अगाडिका हरेक कदमहरुका लागि शुभकामना छ तपाईंलाई
    केही पहिले तपाईंहरुको पहल तथा मिहनतबाट म्याग्दीको सिखमा रहेको शिख उच्च मा बि का विद्यार्थीले एउटा सुनौलो भविस्यका लागि सन २०१० को अवसरमा एउटा सुनौलो उपहार स्वरुप पुस्तकअलएे उपहार पायका थिय । मेरो पनि शुवर्ण अवसर थियो तेतिबेला किनकी म तपाईंहरुको त्यो यात्रा लाई फिल्माउन क्यामरा पर्सान को रुपमा तपाईंहरुको कार्य प्रत्यछ्य रुप्मा अवलोकन गर्ने सु अवसर पयको थिय ।
    यहाँ टि.भी तथा रेडियो य अन्य रुप्मा हुने विस्लेसण जस्तो देश बिकास का लागि बिकराल समस्या छैन , हो समस्या हामीमा छ त्यो केभने या त दोस अरुमा थुपार यात मात्रा बैचारिक बिस्लेसणमा (बुद्धी बिलाश )मात्र सारीक हुनु आफुले बिकासको योजना बनाउ तर ब्यवहाँरिक रुप्मा एक इट पनि नथप मात्र बिकासको तगरो छ त केवल नितिको होइन नियत्को

    भनिन्छ नि अक बर्षकलगी धान रोप १० बर्षकलगी आप सयौ बर्षका लागिहो भने शिक्षा , देशको बिकासका लागि आधारभुत कुरा नै शिक्षा हो जस्कालगी युवा नै अघी सर्नु आवश्यक छ यही कुरा लाई महसुस गरी अहा बुटवलमा हामी केही युवाहरु मिलेर एउटा सामाजिक संस्था दर्ता गरी तपाईं हरुले थालनी गर्नु भयको पुस्तकालए अभियानमा हामी पनि शहभागी हुन चाहन्छौ तेसैले अब काहाका लागि केकस्ता पुस्तक हरु सन्कलन गर्नेहो जानकारी दिनुहोश ।

  12. यो संसारमा कुरा गर्नेहरु धेरै छन् , नराम्रो कसले पो चाहन्छ र , सबै उत्क्रिस्त नै हुन चाहन्छन होला| तरपनि काम गर्ने बेलामा कुनै न कुनै रुपमा चुकेका देखिन्छन | कोहि त खलपात्र नै बनेका छन् | स्याटेलाइट जी को कुरा, सोच र अहिलेसम्मको काम हेर्दा राम्रै लागेको छ| नचिनेपनी| औसत युबा भन्दा अलि फरक नै पाएको छु| अरु कुरा भबिस्यले नै देखाउला| अहिलेलाई शुभकामना|
    किनभने मानिसलाई तिन किसिमबाट हेरिन्छ | जस्तो : मेरो आफ्नो उदाहरण मा : १. मैले सोचेको म
    २. अरुले (दुनियाले) सोचेको म र
    ३. वास्तविक म
    के यी तिनवटै “म” मा कसैको जिबनमा तालमेल छ ? जानकारी पाउ| स्याटेलाइट जी को धारणा के छ यसमा?

  13. Best of luck satellite ji. भबिस्य मा तपैले बनाको राम्रा चलचित्र हेर्न पाइन्छ भन्ने आशा गरेको छु.

    • तिमि कहिले जाने नि पक्कु ब्रो फिल्म बनाउन पढ्न ?

  14. यदाकदा आफ्नो मनले सोचेको काम अरु कसैले गरिदिदा डाहा गर्ने यो मन तपाईको यो सुरुवात प्रति गर्ब गर्छ / शुभ- कामना र धेरै माया /

  15. कुनई नया तरिकाले देशलाई हाक्ने र देस र जनता को लागि केहि गर्नु पर्यो आवत आती भयो अहिले म नेपाल मा नभ्य पनि यदि पार्टीले र पार्टीलाई मेरो आब्सकता भ्य को महसुस bhyama

    • न आत्तिनुस कार्यकर्ता जी , यस्तै जनता मौन भैदिरहनेहो र तपैजस्ता जोशिला युवालाइ सधै अन्धभक्त बनाइ रहन पाउनेहो भने तपाइलाई नेपाल आउने कस्ट दिदैनौ किनकि हरसम्भव देश लुट्ने प्रयत्नमा हामी नेता लागि रहेछौ

  16. स्याट लाइटजी best of luck ….आफ्नो साहस लाई आफ्नो गन्तब्य सम्म धैर्य पुर्बक लैजानू होला .

  17. होइन हो पुष्प जी तपाईलाई त सेयाटेलाइग्टजी को कमेन्ट पढेर टाउको दुख्योकी क्या हो ?????? टाउको को होइन डीप्रेसनको औसधि खादा राम्रो हुन्थियोकी ??आखिर नेपालको मुटु त ktm नै हो नि ..तैपनि नाम कमौनलई ठाउले ठूलो सानो भन्दैन .भारत मन नपर्दैमा तेस्तो लेखिहल्नू नपर्ने ..तेसो हो भने अबसे तपैले नेपाली फिल्म मात्रै हेर्नू हुन्न होला ……..दाम कमाउन बरू सजिलो होला तर नाम कमाउन गार्हो छ .साटेलजीले भोलि नाम कमौलन या नकामौलन त्यो उनको पक्छे हो.. तर सायद बिचईमा भाजो हाल्ने काम कसैलाई पनि स्वीकृति छैन होला या छ होला ……यो त हामी नेपालीको नकारात्मक पक्छेनै हो .नाम कमौनू मन छ भने उठ्नूहोस तपाई पनि आफ्नो ठाउबाट अनि तपाइलाई पनि कसैले रोक्न पाउने छैन ..

    • सिर्जनाजी,

      मेरो प्रतिक्रिया राम्ररी पढ्नुस अनि बुझ्नुस् पहिले । जहाँसम्म चलचित्रको कुरा छ, हिन्दी चलचित्र त के हिन्दी गीत-संगीत हेर्न, सुन्न छोडेको आधा दशकभन्दा बढी भो । अर्थात्, भारतीय ज्यादतीबारे बुझ्ने भएदेखि यो क्रम जारी छ र भारतको ज्यादती नसकुञ्जेल जारी रहिरहनेछ ।

  18. अमेरिकामा खाँटी अमेरिकन भन्नु पर्दा “as american as apple pie” भन्ने चलन छ; अर्थात स्याउबाट बनेको पाई जस्तै अमेरिकन!

    त्यस्तै नेपालमा पनि “सेलरोटी जस्तै नेपाली” भन्ने मुटुमा उब्जिनु पर्यो, दिमागमा मात्र होइन!
    ( मैले सेलरोटी भारत् मा देखिन, त्यसैले नेपाली नै होला भन्ने मेरो अनुमान है| अझै खाँटी नेपाली उदाहरण भए साथी हरुले थप्दै जानु होला है त! …..(खुर्पेटो? खुकुरी? खोक? खुर्पा? खरबारी? खोरिया? खर्क? खोस्मेरो? खैजडी? खुरापाती? खोकन? खर्पन? ….:) )

    १. मैले फेसबुकमा देखेको छु, तिहारमा संसार भर कै नेपालीले जानी नजानी, सानो कोठामा किराया गरेर बस्ने विद्यार्थीहरुले समेत सेल रोटि बनाइ रहेका हुन्छन! बिचरा कसैको नाम्लाको पातो जस्तो त कसैको टेप वर्म जस्तो देखी रा हुन्छ! त्यति दुख गरेर पढाई, जागिरको समेत टाइम कटाएर किन बनाए त – खाना कै लागि त त्यो भन्दा कम परिश्रम र पैसामा अन्य परिकार हरु पनि पाइन्थ्यो? अनि त्यै नाम्लाको पातो भए पनि किन फेस बुकमा पेस गरे त्?
    २. लक्ष्मी प्रशाद देबकोटाले मर्ने बेलामा मेरा सबै रचनाहरु जलाई दिनु, तर एउटा मुना मदन चाहिं बचाएर राखिदिनु भनेका थिए रे! त्यस्तो झ्याउरे काब्य भएर पनि कति बिक्यो थाहा छ हैन त? शायद नेपालमा सबभन्दा धेरै बिकेको किताब हो क्यारे! मालती मंगले नाटक म हेर्न गएको थिएँ, केवल मुना मदन को कथामा आधारित छ भन्ने सुनेर!

    ३. माया हो पात बजाउदै झरे है ओराली
    मै बस्छु सम्झी झल्झली|
    हेर्नुस त- “पात बजाउदै ओराली झर्ने” भन्ने कुराले कति सक्कली नेपाल समेटेको छ?

    त्यसैले,
    अब आइन्दा फिल्म बनाउदा मस्तिस्कको साथ् नेपाली मन ( हृदय, मुटु) पनि लगाएर हेर्नुस , तपाइको फिल्म हिट मात्र होइन अजम्बरी हुनेछ! तपाइको चलचित्रका कपिहरु हरेक स्कूल र कलेज का पुस्तकालयमा पनि राखिने छन्!

    अर्को कुरा, कहानी र नाचगान को सम्बन्ध चाहिं झोल चोक्टा भै फाटेको दूध जस्तो! लाजै मर्नु! हाम्रो तराइबाट पहाड जाँदा समथर जग्गा हुँदै एक्कासी पहाडमा नाक ठोकिन पुग्या जस्तो! No smooth/analog transition at all!

  19. Satellite Bro,
    I don’t know much about you but I always admire your effort for others and to achieve for yourself.You will one day achieve which will really be again an illusion as of your own opinion but as this world is moving completely in illusion, we have to make illusionary impression though it might not be satisfying internally or spiritually.Keep going and we all Nepalese have dream however very few achieve their dream.Chasing the goal or dream is worth than not chasing the dream.U made it in the end and I wish you all the best from my heart for your endeavour.Keep going.
    Himalipurkha
    Australia

  20. syaatelaite जी,
    तपाई लाइ सफलता मिलोस र नेपाली को गरिबी र सस्कृति, चाड पर्ब, सामाजिक , बारे गाव गाव मा गएर एउटा राम्रो फिल्म बनौनुस …सुभकामना…छ तपाईलाई …/

  21. धेरै पहिले कुन हो एउटा नेपाली फिलिम हेर्दा लाजले पानी पानी भएर हाफ टाइममा भागेको मात्र होइन अब को एक दसक पछी मात्र नेपाली चलचित्र हेरिन्छ भनेर मनमनै प्रणपनि गरेको थिए/ satelite जीले बनाएको नेपाली चलचित्रबाटै नेपाली फिलिम हेर्ने क्रम अगाडी बढाउनु पर्ला / म जस्ता नेपाली फिलिमबाट प्रताडित, सोषित सम्पूर्ण आम जनतालाइ तपाई को नविनतम कार्यले हर्षित तुल्याकोछ, मुग्लानमै चाही नभासिनु होला/ सुभ कामना /

  22. “सफलता या असफलता पनि ‘इल्युजन’ मात्रै हुन्, जीवनको आनन्द लक्ष्यप्राप्तिको यात्रामै छ। ” सारै चित्तबुज़्युओ…..

  23. स्याट्लइट ज्युलाई हार्दिक बधाई र सुभकामना ………हो खासमा हाम्रो नेपालमा अहीले सम्म जति सिनेमा बने सबै हलिउड र बलिउडको हुबहु बनेकाछन, जहाँ अत्याधुनिक हात हतियारको प्रयोग गरेको देखाउछन अधिक माया प्रेमका अस्लिल द्रिस्यहरुले भरिएकाहुन्छन, जसले अलिकता मनोरन्जन बाहेक अरु उपलब्धी खासै देखिदैन। हुन त आफुले पनि फिल्म नहेरको निकै बर्ष भैसकेको छ। हाम्रो नेपाल भनेको भैगोलिक आर्थिक सामाजिक हिसाबले निकै होईन अतिनै पछाडि छौ अझ भन्नु पर्दा प्रजातन्त्र पछि झन पछाडी धकेलियो भन्दा फरक नपर्ला। अब एस्तो फिलमा बनोस की………….(दशकौ पढेर भन्दा यो फिलमा देखेर जो कोहीलाई निस्पक्छ स्वार्थ रहित सिछ्याको एस्तो चेतना जागोस…….की हामी आफ्नो समाजको र देशको लागि केही गर्नै पर्छ, गर्नेछु ल म गरिहाले) l फेरी पनि सुभकामना तपाईंलाईl

  24. ल ल बधाई छ, पढी आएर चाहीं काठमाडौँ लाइ नै गरि खाने भाँडो बनाऊँ नू नी . अनि सुभास घाइ को छोरि च्वांक छि रे , सके मेरो कुरा मिलाई दिनु है !

    • आदरणीय Satellite जी,
      नमस्कार ! ! !
      सर्ब प्रथम शुभकामना !
      बोलेर वा भनेर बुझाऊंन नसक्ने हरु लाइ चल चित्र का माध्यम बाट अर्थ्याउने कला सिक्नु एउटा सर्बोत्तम उपाय हो आशा छ हजूर बाट समाज का कुरीति हरु हटने र मौलिक एबम रचनात्मक कार्य प्रस्तुत हुने चल चित्र हरु को निर्माण गरी जन चेतना जगाउनु हुनेछ /
      मेरो अनुभब का केही सुझाब,
      हिंदी चलचित्र हरु मा बिमल राय को ‘ दो बीघा जमीन’ महबूब खान को ‘ मदर इंडिया ‘ गुरु दत्त को ‘प्यासा’ , ‘ कागज़ के फूल’ व्ही. शांताराम को ‘ दो आँखे बारह हाथ’ ‘ गीत गाया पत्थरो ने’ ‘ नवरंग’ ‘जल बिन मछली नृत्य बिन बिजली’ , बी र चोपड़ा को ‘क़ानून’ ‘गुमराह’ ‘औरत’ , हृषिकेश मुखर्जी को ‘ आनंद’ ‘ गुड्डी’ ‘नमक हराम’ ‘अभिमान’ जस्ता चल चित्र हेर्न नभुल्नु होला साथै सत्य जित रे, मीरा नायर , गोबिंद निहलानी, श्याम बेनेगल , अपर्णा सेन, शेखर कपूर र मृणाल सेन का चलचित्र ‘अर्थ, अर्ध सत्य, पार, मंडी, The Bandit queen , The Fire जस्ता फिल्म बनाउने कला पनि सिकेर आउनु होला/
      हिंदी फिल्म जगत मा देब आनंद सधै एउटा कथा बस्तु जुन निकट भबिश्य मा हुन्छ, लाइ लियर फिल्म बनाउथे जस्तो ‘हरे राम हरे कृष्ण’ ‘लूटमार’ ‘देश परदेस’ जो समाज मा घटछंन र घट्दैछन त्यस्ता बिषय प्रस्तुत गर्थे, साथै सामाजिक फिल्म हरुमा अभिनय गर्ने मा बल राज साहनी को ‘भाभी’ ‘छोटी बहन’ ‘दो रास्ते’ त्यस्तै राजेश खन्ना का ‘ आनंद’ ‘सफ़र’ ‘खामोशी’ ‘अमर प्रेम’ ‘अवतार’ हेरेर कही सिक्नु होला/
      हेर्नै नहुने फिल्म बनाउने हरुमा प्रकाश मेहरा, मन मोहन देसाई, राम गोपाल बर्मा आदि छन भने अमिताभ बच्चन को आगमन पछि हिंदी फिल्म मा मारधाड़ र अंडर वर्ल्ड का कहानी ले प्रशय पायको हुदा भारतमा हुने आपराधिक घटना को प्रभाब नेपाली राजनीति देखि समाज सम्म परेको कुरा नकारन सकिन्न/ हाल नेपाल मा पनि खुडा खुकुरी र तलवार साथ बोक़ेर हिड़ने चल चित्र ले गर्दा समाज नै अस्त ब्यस्त भयको देखिन्छ/ ब्याब्सायिक रूप मा त्यस्ता चलचित्र ले सफलता प्राप्त गर्लान तर भोली आफ्नै परिवार का सदस्य त्यही बाटो मा नलाग्लान भन्न सकिन्न /
      उत्तरोत्तर प्रगति को कामना गर्दै
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

  25. बधाइ अनि शुभकामना छ स्याटेलाइटजी तपाईंलाई ! नेपली सिनेमाको क्षेत्रमा तपाईंले भविश्यमा ठूलो परिवर्तन ल्याउनुहुनेछ भन्ने विश्वास छ ।
    रमेश खनाल
    काठमाडौं

  26. congratulation Satellite jee. good to see your article after long gap . I am your fan .I appreciate your hard work for remote Nepalese village . once again Goodluck for your film school. lets hope one day your film will compete for OSCAR . congratulation .

  27. तपाई का हरेक प्रयास हरु नवीनतम र सफल रहन्छन . जसरि यो पनि नौलो किसिम को र धेरै लै प्रभावित पार्ने किसिम को छ. सफलता को कामना .

  28. तपाई लाई धेरै धेरै बधाई र आउदो दिन मा तपाई बाट एस्तो चलचित्र बनोस जो समाज को ऐना होस्

  29. तपाईँको मनोकामना पुगोस् यहि मेरो शुभकामना !!

  30. तपाईंका लागि पनि नेपाल भनेको काठमाडौंमात्र रहेछ कि कसो स्याटेलाइनजी ? होइन भने अर्कै देश जाने मान्छेले ‘काठमाडौं’ होइन ‘नेपाल’ सम्बोधन गर्नुपर्ने हो ।

    नेपालका डाँडाकाडादेखि, यूरोपका गल्लीहरू अनि अमेरिकादेखि इराकको मरुभूमिसम्म पुगेको तपाईंलाई ‘रहस्यमय’ व्यक्तित्वका रूपमा पाएको छु र व्यक्तिगतरूपमा यसबाट प्रभावित पनि भएको छु । तर अचेल भारत भन्यो कि कन्सिरी तातेर आउने भएकोले पनि होला, नेपाली राजनीतिलाई बुझ्ने तपाईंजस्तो मान्छे भारत गएर अध्ययन गर्ने कुरा मलाई चित्त बुझेको छैन, त्यो पनि छात्रवृत्तिमा । उनीहरूकै ‘नून’ खाएर “धेरै लोडसेडिङ र राजनितिक अस्तब्यस्तता”लाई आफ्नो चलचित्रको विषय बनाउने भन्ने तपाईंबाट कस्तो खालको चलचित्रको आश गर्नु खै !

    अब आफैं भन्नुस्, तपाईंलाई कस्तो शुभकामना दिउँ ?

    • ‘रहस्यमय’ व्यक्तित्व मात्रै हैन कि स्याटेलाइट जी को वास्तविक चरित्र टम क्रूज वा शाहरुख खान (नाम चलेका कलाकार हरु) भन्दा कम छैनन्, भनाइ अनुसार बुझेको कुरा हो, बस्तिबकता चाही अर्को पनि हुन सक्छ, नेपाल मा पुस्तकालय लगायत का कुरा त अबगत भा कै हो तर अरु क्षेत्र तिर को जानकारी सबै लै छैन होला मलाई नि छैन | समग्र मा भन्दा राम्रो प्रयास हो, सफलता को शुभ कामना |

      पुष्पजी को “भारत” भन्ने शब्द संग रहेको असहमती नितान्त व्यक्तिगत एवं अप्रायोगिक देखियो, धेरै हुने हरु रसिया गएर पढे, थोरै धेरै हुने हरु अमेरिका, बेलायत, अष्ट्रेलिया गएर (पछी हात मुख जोड्न भाँड़ा पनि मस्काए) पढे, तर अहिले सम्म को सबै भन्दा धेरै भारत बाटै डिग्री लिएर आएकाहरुले धेरै राम्रो तरिका ले गरि रहेका छन् (अर्को कारण तिनताका नेपालमा अहिलेको जस्तो अबसर पनि थिएन भन्दा नि हुन्छा), यहाँ धेरै लेखनु भन्दा आफ्नो इमेल दिनुस अरु सविस्तार त्यहिँ पठाई दिउला | रह्यो कुरा नुनको, त्यो के भनि साध्य हुन्छ, नजिकको पसलबाला साहुजीलाई सोधेनी हुन्छ नेपालीले भारतीय नुन कति खा छन् |
      [no offence]

      • हो प्रकाशजी, यो मेरो नितान्त व्यक्तिगत विचार हो र यो कुरा मैले माथि नै उल्लेख गरिसकेको छु । भारतमा वा अरु कहीँ गएर केही गर्ने कुरासँग मेरो असहमति होइन । जहाँसम्म नूनको कुरा छ मैले आजसम्म पूरा पैसा तिरेरमात्र खाने गरेको छु, शायद तपाईंले पनि त्यसै गर्नुहुँदो हो । मैले उल्लेख गर्न खोजेको ‘नून’को कुरो बुझ्नुभो होला नि ।

    • पुस्पा जी
      तपाइको तर्क अलि बिझियन नि स्याटेलाइट जी भारत् गयर पढ्दै हुनुहुन्छा जुन कुरा तपाइलाई राम्रो लगेनछा पहिले आफ्नो सोचाइ अलि फराकिलो पारौ हामि देशका बारेमा केहि गर्न तल्लिन हुने युवा हरुले हामी भारतीय नीति जुन नेपाल लाई हेर्ने गर्छा त्यो संग घृणा गर्छौ या समग्र भारतभूमिमा रहने आम मानिस संग किनकि भारतको नेपाल प्रति हेपाहा नीतिको दोसी हामिहारुनैहौ किनकि हामी हाम्रो राज्य संचालनको लागि तेस्ता नेतृत्व लाई सुम्पन्छौ जो भारतीय राज्य संचालकको अघि सिर झुकाई नतमस्तक हुन्छन अनि हामीजस्ता जनताको मस्तिस्कमा धेरा जमाउन समग्र कुनै राज्य प्रति बित्रिस्ना जगौना चाहन्छन जसले गर्दा हामी बास्तबिक दोसी लाइनै सधै नेतृत्व सुम्पिरहू अनि सधै झुकिरहू गरौत केवल गाली मात्र त्यो पनि हामीजस्तै कुनै देसको सामान्य नागरिक लाई
      यो नभुलौ पहिलो हाम्रो पहिचान मानव हो चाहे त्यो जुन रास्त्रमा जन्मियोस अनि जनता सबै अकै हुन्
      हामी अरुलाई गाली नगरौ किनकि हामि झुक्नु / दब्नु मा कमजोरी सधै हामीमा नै हुन्छा

      • निर्मलजी,

        कहिल्यै पनि समग्र भारत र भारतीय जनताप्रति मेरो वैरभाव रहेको छैन र रहनेछैन । हिन्दी गीत, संगीत, चलचित्र आदि मैले हेर्न छाडेको छ, यो मेरो व्यक्तिगत भारतीय ज्यादतीप्रतिको विरोध हो । यसबाट कसैको अहीत भए क्षमा चाहन्छु, तर के गर्नु म बम पड्काउने सामर्थ्य राख्दिन ।

        जहाँसम्म हामी जनताको कुरा छ, हामीले सधैं गलत प्रवृत्तिलाई पाखा लगायौं‍, सामन्ती राणाशासनलाई लगायौं, निरं‍कुश राजतन्त्रलाई लगायौं, र गत चुनावमा त संसदीय दलका नेता भनाउँदा भ्रष्ट र राष्ट्रघातिहरूलाई समेत पाखा लगायौं‍ । तर आज तिनीहरूकै हालीमुहाली छ, तिनीहरू नै दैनिक समाचार बनिरहेका छन् । आखिर किन त ? उत्तर दिइरहनुपर्छ जस्तो लाग्दैन ।

  31. सुभकामना छ स्याटेलाइट भै लाई

    राजेश नेपाल

  32. SATELLITE BRO,

    WISH YOU ALL THE BEST. WITH ALL THE INSIGHTS AND EXPERIENCE OF LIFE FROM DIFFERENT SPECTRUM, YOU’VE CHOSEN A PATH OF YOUR PASSION AND SHEER INTEREST. AND I AM SURE YOU’LL MAKE IT HAPPEN.

  33. सतेलिते जीलाई म ब्यक्तिगत रुपमा चीन्दिन। तर पनि mysanar जस्तो लोक प्रिय ब्लग मार्फत तपाईंको लेखहरु पढ्ने मौका पाइयो र तपाईंको बिचार थोरै भए पनि बुझ्ने मौका पाइयो। मेरो बुझाईमा तपाईं एक मिहेनेती, समाजसेबी द्रिढ बिचार भएको नेपाली युबक हुनु हुन्छ। तपाईं आफ्नो लक्षमा जरुर सफल हुनु हुने छ भन्ने मेरो बुझाई छ। हाम्रो फिल्म उधोग लाई तपाईं हरु जस्तो कर्मशिल युवाहरुको खाचो छ जस्ले समाज र राष्ट्रलाई चलचित्रको माध्यमा बाट परिवर्तन गर्न सकोस।
    यही आशा सहित सफलताको अग्रिम शुभ कामना!

    देवेन्द्र

  34. स्याटेलाइटजी तपाइको योगदान प्रति जति प्रशंसा गरेपनि त्यो कमिनै हुन्छ l आशा छ तपाईबाट नेपाली सिने उद्योगले पनि केहि पाउनेछ l शुभकामना

  35. संभवत कुनै पनि व्यक्तिगत लेख पुरै पढेर रमाइलो लागेको पहिलो पटक होला मलाई यो मेरोसंसार मा | राम्रो भबिस्य को लागि अग्रिम सुभकामना स्याटेलाइटलाइ |

  36. स्याटेलाइट जी को सपना पुरा होस् , यहि शुभ-कामना छ/

  37. Mr. sattalite… don’t seek for publicity before u do something… why do u need to tell u r studying film making or something like that? first make a film and try for publicity… halla garera.. kamayeko publicityle kunai value rakhdaina… it’s a suggestion for u…it looks like u think as if u know everything….

  38. Good luck Satellite ji for your new endeavor ! You should have given a try in UCLA (film school) while you were living in the US, did you ?

    हाम्रो उमेश जीलेपनि अब हार्वर्ड (journalism) तिर एक try दिंदा हुन्छ ! उमेश जीलाइ accept गर्ने सम्भावना निम्न ३ कारणहरुले हुन्सक्छ ! माइ सन्सारले (उमेश जीले) नेपालमा नागरिक पत्रकारिताको रुपमा नेपालको जन-आन्दोलन २ मा खेलेको भूमिका, नेपालमा गणतन्त्रको स्थापनामा खेलेको भूमिका, र नेपालका गाउ र जिल्लाहरुमा बाढी-पैरो, स्कुल र पुस्तकालय निर्माणमा खेल्दै आएको सहयोगी भूमिका !

    World Class युनिभर्सिटीहरुले पहिलो कुरा original idea खोज्छ र त्यसमापनि चीन र भारत बीचमा अवस्थित तेस्रो बिस्वलाइ प्रतिनिधित्व गर्ने diversity आफ्नो क्लासमा भित्राउन गोरा प्रोफेसरहरु लायलित हुन्छन ! एक try दिने र फ्री funding पायो भने किन छोड्ने ??

  39. तपाईं को उज्वोल भबिष्य को लागि सुभकामना . तपाईं USA आउंदा भेटहोला भन्ने आशा गरेकोथिये तर भएन , भबिष्यमा पक्कै भेट होला.

  40. स्याटेलाइट जी खुसि लाग्यो तपाई को यो कुरा था पाउदा भबिस्य मा तपाई को अरु धेरी राम्रा काम हरु हेर्न पयेओस र बिसेस हाम्रो ठाउँ संखुवासभा ढुङगेधारास्थित, बागिश्वरि उच्च माबिको पुस्तकालय खोल्न धेरै सहयोग गरी दिनु भए को मा हामी (यू ए इ ) मा हुने सम्पुर्ण संखुवासभाली बासि हरु को तर्फा बाट धन्यवाद छ.हामी ले पनि यहा बाट सके सम्म सहायोग पठाए को थीएऔ.

  41. ल अल्ल्दा बेस्ट satellite g….तपाई को कमि सदै यहाँ मसुस हुने छ तर तपाई ले गर्न खोजे को कुरा सारै हाम्रो flim industry ma आवासक छ….plz time time ma update गर्नु होला सुबकमाना छ तपाई लै..

  42. Dear Syatelaita,
    Congratulation, for your new turning point of your life. Do, what you want, what you fell, what you think for your community (sorry, I couldn’t say for society or country; I think it’s too hug for us). I think we meet again and again, because, You the guy, who try to nook to every one for their community.
    Thanks,
    Krishna Kadariya

  43. अति नै राम्रो लेख र विचार……

    “पुरा हुन नसक्ने सपना संसारमा छैनन, प्रयाशै नगरेर असम्भवताको ‘इल्युजन’ मा बाँचेका हौँ हामी, प्रयाश कहिलेसम्म भन्ने प्रश्न हो भने, त्यो त अन्तिम साससम्म हुनसक्छ। सफलता या असफलता पनि ‘इल्युजन’ मात्रै हुन्, जीवनको आनन्द लक्ष्यप्राप्तिको यात्रामै छ |”

    सुन्दर सोचाई र आशा लाग्दो लेख|……….

  44. “बिदेशमा फिल्म पढेर आयका फिल्ममेकरहरु नेपालमा हुँदै नभयका हैनन। रसियादेखि अष्ट्रेलियासम्मबाट पढेर आयकाहरु छन तर खै किन हो हाम्रा दर्शकको मन छुने सिनेमा बन्न सकेनन”
    ठिक भन्नु भो तपाइले , हिजो मात्रै मेरो एकजना साथीको पसलमा नेपाली सिनेमाका एक जना कलाकार सिमान्त उदाससित परिचय भयो | मेरो साथीले मलाई उहाँ नेपाली सिनेमा हेर्नु हुन्न भन्नु भो | मैले , म नेपाली सिनेमा हेर्दिन यो कुरा होइन तर सिमान्तका सिनेमाहरु हेरेको छैन | नेपाली सिनेमा मैले पछिल्लो पटक हेरेको भनेको दर्पण छाँया हो , हो भने फरक धारको सिनेमा कागबेनी | मलाई, तपाइको “मेरो उत्तर थ्यो ‘मेरा कथा तिमिले भर्खर भनिसक्यौ’। ” एकदम मन पर्यो …. समयले तपाइको सिनेमा हेर्ने अवसर छिटै दिनेछ ,यसमा म आशावादी छु |

  45. अल द बेस्ट एंड गुड लक् मेरो तर्फबाट !

  46. साथीलाई धेरै धेरै शुभकामना , संधै सफलताले चुमोस र शुभ होस् जीवनको यात्रा

  47. “बिदेशमा फिल्म पढेर आयका फिल्ममेकरहरु नेपालमा हुँदै नभयका हैनन। रसियादेखि अष्ट्रेलियासम्मबाट पढेर आयकाहरु छन तर खै किन हो हाम्रा दर्शकको मन छुने सिनेमा बन्न सकेनन”
    ठिक भन्नु भो तपाइले , हिजो मात्रै मेरो एकजना साथीको पसलमा नेपाली सिनेमाका एक जना कलाकार सिमान्त उदाससित परिचय भयो | मेरो साथीले मलाई उहाँ नेपाली सिनेमा हेर्नु हुन्न भन्नु भो | मैले , म नेपाली सिनेमा हेर्दिन यो कुरा होइन तर सिमान्तका सिनेमाहरु हेरेको छैन | नेपाली सिनेमा मैले पछिल्लो पटक हेरेको भनेको दर्पण छाँया हो , हो भने फरक धारको सिनेमा कागबेनी | मलाई, तपाइको “मेरो उत्तर थ्यो ‘मेरा कथा तिमिले भर्खर भनिसक्यौ’। ” एकदम मन पर्यो …. समयले तपाइको सिनेमा हेर्ने अवसर छिटै दिनेछ ,यसमा म आशावादी छु |

Comments are closed.