शरणको चरणमा नेताका शिर

-मेघराज रसाइली

सहरी संभ्रान्तवर्गमा कतिपय ऐयासी पुरुषले आफ्नी श्रीमती बाहेक पनि गुपचुप अघोषित श्रीमती राखेका हुन्छन्। ती पुरुषले छुट्टै घर किनेर/भाडामा लिएर विलासिताका वस्तुका साथ त्यस्ता महिलालाई राखेका हुन्छन्। जुनसुकै बखत पनि त्यो पुरुष उक्त महिलाकहाँ पुग्न सक्छ र उसको बासना पुरा गर्न त्यो महिला हरदम तयार भएर बसीरहेकी हुन्छिन्। त्यस्ता महिलाहरुलाई नेपालीमा रखौटी भनिन्छ। कतिपय नेपाली तथा हिन्दी टेली सिरीयलहरुमा यस्ता पात्र देख्न पाइन्छ।


नेपालको राजनीतिक रजतपट र सस्ता कथामा आधारित टेलिसिरीयलमा धेरै भिन्नता छैन। भारत सरकारको कुनै प्रतिनिधि ऐयासी पुरुष झैं कुनै पनि बेला बिना ‘बुलाए मेहमान’ बनेर आइपुग्छ। अनि नेपालका नेताहरु हरदम तयार बनेर उसको सेवा र सत्कारमा हाजिर हुन्छन्। यो देख्दा आम नेपालीको शिर लाजले झुक्छ तर हाम्रो नेतृत्व नगरवधु झैं अलिकति पनि लजाउँदैन बरु निसंकोच ख्वामितको चरण कमल समाउँछ ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा ओर्लनासाथ श्याम शरणले नेपालको समस्या समाधानमा सघाउन भारतीय प्रधानमन्त्रीको विशेष दूत बनेर आएको बताए। के नेपाल भारतको एउटा प्रान्त हो ताकि प्रान्तीय सरकारले सुल्झाउन नसकेको मामलालाई केन्द्र सरकारले मद्यत गर्ने ? यो त सरासर भारतको हेपाहा प्रबृत्ति भएन र ! कुटनीतिक मर्यादा नाघेर जे मन लाग्यो त्यही गर्दै हिड्न पाइन्छ? नेपाली नेताहरुमा द्वन्द्व समाधानको अनुभव छ। भारतका बिहार, उडिसा, छत्तिसगढ लगायतका ठाउँमा माओवादी द्वन्द्व अहिले उत्कर्षमा छ। त्यसो भए त्यहाँको द्वन्द्व समाधान गर्छु भन्दै नेपालका बिदेश सचिव त्यहाँ गए भने के भारतले नेपालले जसरी नै स्वागत गर्छ? अवश्य गर्दैन। त्यसो भए उ किन अर्को एक सार्वभौमसत्ता सम्पन्न मुलुकमा चाँहि बेरोकटोक न्यायाधीस बन्न आइपुग्छ? के यॊ नेपाली मन र मस्तिष्कमाथि प्रहार होइन?

शरणले प्रधानमन्त्रीको बिशेष दूत बनेर आएको बताएपछि यो अर्थ लाग्छ कि भारतले नेपालमा बाहिर देखिने गरी नै आफ्नो उपस्थिति देखाउन चाहेको छ। यसमा भारतको अनेकौं स्वार्थ होलान्। त्यता अहिले नजाउँ; तर त्यो स्वार्थलाई सहयोग गर्ने ब्यवहार हाम्रा नेताहरुले गर्नु चाँहि जनताको आँखामा किमार्थ पाच्य हुनै सक्दैन। ‘मान् नमान् मै तेरा मेहमान’ भने झैं गरेर आएका शरणका चरणमा हाम्रा नेताहरु परेको देख्दा लाजले मुख छोप्ने अवस्था छ। भेटघाटपछि माओवादीका नेता नारायणकाजी श्रेष्ठले भने ‘स्पष्ट, खुला र सौहार्दपुर्ण रुपमा कुराकानी भयो। सरकार निर्माणमा कुनै हस्तक्षैप र विरौध छैन।‘ सरकार निर्माणको विषयमा कुरा गर्ने वा नगर्ने के उनी नेपालका राजनीतिक सल्लाहकार हुन्? नबोलाई आएका एउटा पूर्व सचिवसँग किन कुराकानी गर्नु पर्यो? एमाले नेता भरतमोहन अधिकारीले भने ‘हामीले सविस्तार हाम्रो कुरा बतायौं। उहाँले सबै मिलेर समस्याको समाधान गर्नुहोस भन्नुभयो।‘ के शरण नेपालका राष्ट्रप्रमुख हुन र उनलाई सविस्तार सवै कुरो जाहेरी गर्नु पर्ने? सवै मिलेर समस्याको समाधान गर्न उनको उपदेशबिना नेपाली नेताहरुको योग्यता पुग्दैन? कांग्रेस नेता रामचन्द्र पौडेलले भने ‘सरकार बनाउन हामीलाई सहयोग गर्नुहोस र अर्कोलाई बिरोध गर्नुहोस भन्ने कुरा भएन।‘

त्यसो भए के अहिले सरकार बन्न नदिन भारतको प्रत्यक्ष भूमिका छ भनेर मिडियामा वक्तव्यबाजी गर्ने र प्रधानमन्त्रीको तेस्रो निर्वाचनमा भोट हाल्ने मधेसी जनअधिकार फोरमका सभासदहरु झुटा हुन यी तमाम प्रश्नको जवाफ नेपाली जनताले चाहेका छन्। आज नभए भोली नेताहरुले जनताको कठघरामा यसको जवाफ दिनुपर्छ।

यसको अर्को पाटो पनि छ। भनिन्छ, आफ्नै सिक्का खोटो भयो भने अरुलाई के दोष दिनु। पटक पटकको चुनावबाट पनि देशले प्रधानमन्त्री नपाईरहेको अवस्थामा शरण आएका हुन्। शरणको नेपाल भ्रमण प्रकरणलाई हेर्दा भारतीय चाहनाले मात्रै यो भएको जस्तो लाग्दैन। नेपाली नेताहरुको आफै मिल्न नसक्ने अनौठो बानी छ। सुदले पिलाएको दुधले मात्रै उनीहरुलाई मिलाउन सकेन। त्यसैले शरणको चरण पर्नै पर्ने अवस्था आयो। सारमा भन्दा भारतको एक्लो चाहनाले भन्दा पनि यहाँका दलहरुको निमन्त्रणाले उनी आएका हुन भनेर बुझ्न कठिन छैन ।

नेपालीहरुको मुल चित्त दुखाई एउटै कुरामा छ- नेताहरुले भारतीय हस्तक्षेप बिना आफ्नै बिवेकले कहिले केही गर्न सकेनन्। सार्वभौमसत्ता सम्पन्न देशका नेताहरुले यस्ताखाले विदेशी हस्तक्षेप चाहेकै हो भने पनि नेपाली जनताले नदेख्ने गरी कम्तिमा बन्द कोठाभित्र गुपचुपका साथ गरे लोकलाज त छोपिन्थ्यो। यसोगरे सत्ता राजनीतिको जतिसुकै फोहोरी खेल खेले पनि हिनताबोधले जनताको शिर त निहुरिने थिएन।

65 Comments

  1. रसाइली जी तपाई राम्रो लेखक हुनुदो रहेछ तर

    ‘आफ्नै छोरी नखर्मौली तन्देरी लाइ दोष’ –

    भने जस्तै हाम्रा आफ्ना नेता हरु मिल्न नसक्ने वा मिलाउन नसक्ने हामीले अरु लाइ दोष दिनु उचित हुन्न, बरु शुरु गरौँ आजै बाट नेता मिलाउने अभियान मा कोहि लेख बाट कोहि सडक बाट कोहि पत्रकार सम्मेलन बाट कुनै पार्टी वा नेता नभनी
    धन्यबाद

  2. मेघराज रसाइलीजीको यो लेख एकदमै सहि छ र लाग्यो पनि .

    “भाई फुटे, गवार लुटे” भन्ने हाम्रो पुरानो उखान, त्यसमा अझै “मित्र-राष्ट्र” को वुद्धि, चतुर्याईको झन् के कुरो गराई भो र . मुख्य कुरो आफ्नै सामान खोटो भए अरुलाई दोष दिनु पनि आफ्नै मूर्खता नै हो,

    सतीको श्रापले थिचिएको हाम्रो “नेपाल” मा नैतिक र विवेकी नेताको उदय नभएसम्म खै के खै के …….

    नवीन बहादुर श्रेष्ठ

  3. भारतीय दादागिरि——मुर्दाबाद………..
    भारतीय शाशक तथा कुटिल नीति——मुर्दाबाद…..
    सुद, शरण तथा अन्य धोति चोर धोति हरु———मुर्दाबाद……..
    नेपाल का नेपाली नागरिकता भएका तर भारतीयका नोकर हरु जो नेपाल को राजनीतिज्ञ हुन्———–मुर्दाबाद………..
    मधेश बादी दल, कांग्रेस, एमाले, माओबादी का भारत मुखी नेता हरु मा रहेका लेन्डुप दोर्जे(जस्तै;- के पी ओली, सुजाता, माधब आदि हरु) लाई भारत ले हात मा लिएर नेपाल लाई सिक्किम वा भुटान बनाउन लाई साम, डाम, दण्ड, भेद को प्रचुर मात्र मा प्रगोग बढाएको छ, १९५० को रद्द भैसकेको सन्धि लाई कायम राखी, नेपालमा कहिले कसलाई, कहिले कसलाई उचालेर बिरोध मा खन्याएर सधै आन्दोलन को नाम मा अशान्ति कायमै राख्न चाहन्छा…………..मदन भण्डारी काण्ड, नारायणहिटी काण्ड, गिरिजा काण्ड, राजा-ज्ञानेन्द्र काण्ड, असमान सन्धि हरु क नाइके भारत नै हो……………अर्का को देश मा नाङ्गो राजनीतिक हस्तक्षेप गरेर पनि माथि ओभानो हुदैछा………….नेपाल मा जे पनि नराम्रो हुन्छा, अशान्ति हुन्छा त्यो सबै भारत कै कारण ले हो,त्यसमा नेपाल का भारतीय नोकर हरु जो राजनीतिज्ञ हु भन्छन तिनीहरु ले साथ दिनु (जो वास्तविक रुप मा नेपाल का शत्रु हुन्)…………अंग्रेज ले गर्दा आज भारत यति बिकसित भएको हो तर उसले त्यसबेला मा आफुले कस्तो अनुभब गरेको थियो………..भारत दासी रहिरखेको भए बरु नेपाल को लागि राम्रो हुन्थ्यो……………..नेपाल को महा-शत्रु भारत मुर्दाबाद……Preeti RAW को मान्छे हो, उसको काम भनेको भारत को लागि नेपाल र नेपाली को धज्जी उडाउनु हो…यहाँ mysansar मा पनि RAW ले डस्न थालेको छ,,,सबै जना होशियार अनि चिन्नु को हो यहाँ नेपाल र नेपाली का शत्रु भन्ने…नाम र रुप फेरेर आउछन है……..होशियार… …

  4. TO,
    The Ambassdor
    Indian Embassy
    Lzimpat,kathmandu

    Sub:Expulsion of diplomat official

    Dear Sir,
    With great regret the government of Nepal has found that one of your employee named ####das was responsible for breaching the International diplomatic protocol .So the government of Nepal assert the expulsion of ####das from the country. He is given 24 hrs from this date to leave the country.

    Secretary
    Foreign Ministry

  5. We are so hypocrite. We are proud of being a citizen of “Independent” country” and at the same time we proudly announce we as “Gorkhaly”. As you know, Gorkhaly are just work for money, mercenary. British use us for their good from history to now and India too. Have has Nepal any war interest with Pakistan, Argentina, Afghanistan, and Iraq, where Nepali citizens have been deployed? I saw pictures of Nepalese young working under French army flag in Mysansar some time before. They presented them as identity of Nepalese abroad. What a shame! They are just “BHADA KAA SHIPAHI” as other Gorkha mercenary.
    Well, if you look the very foundation of Nepalese politics, we will see there is any meaning of our voting in real sense. The directive from New Delhi is more paramount than Nepalese votes. Do not be sentimental; this is not going to be change any more, instead being more reinforced. If you have confusion about our real capital, it is New Delhi not Kathmandu. Just see the example of Mr Sood, he is just undersecretary in his administrative rank. But what kind of influence and treat he is receiving in Nepal? Does any Governor, a civil servant appointed from Delhi, has such a privilege in any state of India as Mr Sood has in Nepal. The answer is plain white: not at all. What I mean to say is Nepal has not exercised her power even as an Indian state. Let along the country.
    Let’s compare the right of state and central government on natural resources. For instance, Himalchal can taxt 1 paise per liter of its fresh water to downstreaming states. Can you imagine Nepal can have such provision? Probably you will laugh.
    Let’s talk about our Nationalism in youth. Our generation is DV generation and has a dream to settle abroad. If you do not go abroad and can not settle yourself, you feel shame. I know there is no boundary for labor either mental or physical. But Nepalese ground reality is beyond that level. I know many Nepali origin Diaspora love Nepal but in real sense they love their culture neither Nepal nor the Nepal nationalism.
    Now see the smart Bhutan. They know their ground realities and compromise with India. Now Bhutan has the highest economic growth rate in the world along with highest happiness index. See the example of Japan and Korea, their security in on US hand. They are not patriotic! See the problem of Nepalese mentality, “Nepalese nationalism is defined by not being Indian”. I again state this “Nepalese nationalism is defined by not being Indian”. Is this a definition of nationalism? They want to be citizen of any other country. As you mentioned in your comment to why not China, US or other why India? Yes I do agree we have hate and love relation with India. But we are almost the same as Indian. We do not culturally belong to China or US or any other country. Just check, how often Nepali watch Hindi program vs Chinese. Historically, geographically and politically Nepal always depends on India then and now but Nepali hypocrites do not admit this. This is the very truth.
    In nutshell, neither Nepal nor her citizens have a character of independent country or citizens. How many independent states/countries were there in Indian subcontinent around 1950s and how many are now? See the historical facts. Now Nepal is like illegal wife and we are like her illegal offspring. My point here is just to legalize the relation and make India responsible for us.

    • obviously Nepal is closely ties with India. The main problem is Nepal don’t possesses any kind of strategy to deal with india. The fear especially hallucination which we have against india ,if we seen from other perspective we are near to world’s leading emerging economic powers. So if we become able to deal with india in our perspective then Its good for nation else nobody knows… I don’t see any negative reason behind running after DV. There are some Elite people in the political system who wants to show our misery for fulfilling their own desire.

    • सबै माई संसारको साथीहरु/
      प्रिती भन्ने नामधारी नेपाली देखि साबधान रहनुस/ म बिस्वास का साथ् भन्न सक्छु कि प्रिती भन्ने कुनै व्यक्ति को नाम होयिन यो कुनै भारतीय संस्थाको कुनै निकाएले प्रयोग गर्दै आएको नाम हो/ प्रिती नाम बात माथि अगस्त ७ २०१० १०५४पी एम मा लेखिएको ६३५ सब्दहरु र ३१ लाईनको प्रतिक्रिया अगस्त ७ मै १० ५१ पी एममा “आफ्नै पार्टीको सांसदको भोट पाएनन् दाहालले” शिर्सक दियिएको शिर्षकको लेखमा परसुराम जी लाई फोनमा कुरा गर्न आमन्त्रित गर्दै लेखि सकेको थियो/ प्रतिक्रियाको सब्द सब्द एकै छन्/ अब भन्नुस एकै जनाले मात्र ३ मिनेटको फरकमा दुई थाहुन मा ६३५ सब्दहरु र ३१ लाईनको प्रतिक्रिया लेख्न सक्छ के?

      प्रीतिको प्रतिक्रियामा नेपालीको हुनु सम्म अपमान गरिएकोछ/ नेपाललाई होच्याउनु सम्म होच्यायिएको छ/ तापनि प्रिती भन्ने ले आफुलाई नेपाली जस्तै देखाउनु भएको छ/ कुन चाहिं नेपलीले हाम्रो बिर गोर्खाली सिपाहीं लाई ” भाडाको सिपाहीं भन्न सक्छ” ? प्रीतिले उसको प्रतिक्रियाको पहिलो पाराको पाँचौं लाईनमा यो लेखेको छ/

      प्रीतिले उसको प्रतिक्रियाको तेस्रो पाराको चौथो लाईनमा नेपाली युवाहरुलाई श्रमिक स्तर भन्दा माथि जान नसक्ने भनेर हेप्नु हेपेको छ/

      प्रीतिले उसको प्रतिक्रियाको चौथौ पाराको ९ औं लाईनमा ” न नेपाल न नेपालीमा स्वोतन्त्र नागरिक को गुण नै छैन भनेकोछ/ प्रीतिको यो भनाईले प्रिती भन्ने नेपाली होयिन समेत प्रमाणित गरेकोछ/

      प्रीतिको तेही प्रतिक्रियाको चौथौं पाराको ११ रौँ अर्थात् अन्तिम लाईन मा नेपाल भारतको रखैल सम्म पनि भनेर लेखेको छ/

      मैले सकेको जति सभ्यताको सिमा भित्र रहेर उसको प्रतिक्रियाको जवाफ दिई सके/ अब साथीहरु नै केहि थप लेख्नु हुन्छ कि/ हुनत यो प्रिती भन्ने पहिला पनि यस्तै नेपाललाई भारतको प्रान्त बन्नु पर्छ भनि लेख्दै आएको हो/ अहिले पनि भारतको प्रदेस बनेमा एक सेन्ट मा यक लिटर पानि खान पाईने भनेर लेखे/ हामरै पानि ठगेर लुटेर हामीलाई हाम्रै पानीको लोभ देखाउन सम्म सक्ने यो कुन भारतीय संस्थाको ईकाई बा निकाएले यस्तो लेख लेख्दै छ?

      • मदनजी,

        फोहोरी र गन्हाएकाहरूको बास हुने लैनचौरको भत्ता खानेहरूले यस्तै दुषित वमन नै गर्ने हुन् । हुन त फोहोरलाई जति चलायो आफ्नै मुखमा छिटा पर्न सक्छ, तर तपाईं‍को फोहोर ‘तह’ लगाउने प्रयासलाई मेरो सलाम !

        • पुस्पजी
          धन्यबाद/ माथि प्रिती तल श्याम भण्डारी दुवै नेपालको बिकास गर्न भारतको प्रदेश बन्नु पर्छ भन्दैछन/ यक्लो परसुरामजी ले केहि लेख्दैछन/ तर नेपाललाई नालायकको देस भन्ने गोर्खालीलाई भाडाको सिपाहीं भन्ने र नेपाललाई भारतको रखैल सम्म भन्ने प्रिती लाई शसक्त जवाफ दिनु पर्ने थियो/ पारीको कुतियाले भुके पनि यसरि नै झुक्ने भए नेपालको अस्मिता माथि भारतले बलात्कार गर्नेनै छ/

  6. जतिबेला भारतीय बिस्तारवादका बिरुद्ध नेपालमा लढाई घनिभुत हुन्छ । हाम्रो देशका सम्पुर्ण संञ्चारमा पहुच भएका बुद्धिजीबिदेखि संञ्चार कर्मीसम्म मिलेर नेपालीको राष्ट्रिय स्वधिनताका लागी लडिरहेका पार्टी र नेताहरुलाई समेत घालघोल गरेर गालि गर्न शुरु हुन्छ । समाजमा भएका कमिकमजोडी पार्टीमा हुन्छन भन्ने सामान्य विबेक समेत गुमाएर सबै नेतालाई बराबर गाली गरिन्छ । कतिपय बेलामा त नेताहरुका समान्य कमजोडीलाई थाति राखेर कुन नेताको भुमिका के छ । हेरी राष्ट्रियवादीहरुलाई जनताका तर्फवाट ढाडस दिनु पर्ने हो । अनिहरुलाई पनि लढनका लागी बल मिल्दछ । जति ईमान्दार भएपनि गालि खानु पर्ने बेईमानी गरे सत्ता भोग गर्न पाई देशमा अब ईमान्दार नेता को बनि देला । सारा नेपालीले सोच्न जरुरी छ ।

  7. Nepalese have to stop this anti Indian rhetoric. Nepal should not forget its geography. It is absolutely dependent on India. More than 6 million Nepalese are working in India. Nepal should not take blamining India is our mark of ultra-Nationalism. Look at Indian GDP growth rate which is around approaching toward 9% again and look at their development pace and compare them with Nepal. India has established its good image in the international arena of upcoming country with strong educated force and emerging economic powerhouse….what about Nepal….the country of only durbans…gorkha soldiers with no brain of their own to use but only for serving other….Nepal has nothing to pride as compared to India. Still so much of unwarranted ultra-nationalism…Even if Nepal becomes part of India….what will happen….first one Nepalese rupees will become one Indian rupees not one rupee sixty paise…one car will cost 3 lakh in Nepal not 12 lakhs that we have to pay now….all the hydropower project will have been developed and fully operational….imaginge the situation…..if Indian imposes visa requirement to Nepalese when going to India….what’s wrong to holding Indian passport instead of Nepalese passport….just go through the immigration when travel to a third country and see the difference in behavior of an Immigration officer from the airport in the third country toward the person holding Nepalese passport holder and Indian passport holder….oh I even forgot that we do not even have machine readable passports as yeat…therefore, dont carry false sense of ultra-national feeling of being Nepalese by blaming only Indians…..maintain very sound relationship with it for Nepal’s benefit….

  8. तपाइको title नै काफी छ
    “शरणको चरणमा नेताका शिर”

  9. नेपाल को नागरिक भएर नेपाल बिरुद्ध को माग हरु राख्ने र देशको सङ्कट कालिन अवस्था मा देश लाइ घेरा हाली बन्दि बनाउने हरु नेपाली होइनन मात्र देश द्रोही हुन् / यिनी हरु लाइ त टाउको छानी छानी खोजि निकाल्नु पर्छ अनि जनता लाइ बुझाई कठोर जनकारवाही गर्नु अति आवस्यक छ नत्र पछि यसले बिराट रुप लिने छ ///

  10. भो अब कसैले म मात्रै रास्ट्र्बादी पार्टी हु भनि जनता झुक्काइरहनु पर्दैन \ धेरै थोरै सबै बिदेशी कै भर र सहयोगमा राजनीति गरिरहेका छन् \ कोहि नाङ्गो रुपमा त कोहि भित्रि रुपमा विदेशीका गोटी बनिरहेकाछन \ अपराध भित्र मौलाइरहेको नेपालको राजनीति र राजनेता यो देशको लागि अभिशाभ बनिरहेको छ \ तर यो सधै कायम रहदैन हरेक कुराको सिमा हुन्छ \ यो सत्यताको सबैले हेक्का राखौ \

  11. मधेस बादीको माग मान्ने सहमतिमा सरकार र संबिधान बनेमा के हुन्छ?

    ०१. एक मधेश को माग को बारेमा/
    मधेस बादी र भारतले सम्पूर्ण तराई अर्थात नेपाल र भारतको बिचमा पुर्ब देखि पछिम र सम्मकै तराईको भूभागलाई एक मधेश बनाउनु पर्ने माग गरेको छ/ यो उनीहरुको एक मधेश राज्य नबनाउने माग हो/ यो राज्य को दछिं उतार पुर्ब पच्चिम भारत सिट जोडिएको हुने र मात्र उतार नेपाल सिट जोडिएको हुनेछ/ यक किसिमले यो सानो भारत हुन् जानेछ/

    ०२. मधेसी अग्राधिकारको बारेमा/
    यो कुरा उठ्नु भन्दा पहिला उनीहरुले कसलाई मधिसे मानेको छ कसलाई मानेको छैन भनि बुझ्नु पर्ने हुन्छ/ उनीहरु सिट अनुहार मिल्ने जति मधिसे मानेकोछ/ बाकि लाई प्रिथ्नी नारायण शाह ले जवर्जस्ती तराई कब्जा गरेर तराईमा कब्जा जमाउनु बसाएको पहाडीहरू हुन् भनिएको र तिनीहरुलाई बिस्थापित गर्न मार्नु लुट्नु पनि मात्र राजनैतिक कार्य हो अपराध होयिन भनेको छ/ यो कुराको सम्पूर्ण विवरण जय कृष्ण गोयेतले उसैको सब्दमा लेखेकोछ/ गुगलमा गएर हेर्न पढ्न सकिन्छ/

    अब मधेश बादी हरु मधेश बनाईएको तराईमा बस्ने मधेसीहरुलाई अग्राधिकार माग्दै मधेसी अनुहार हेरेर नागरिकता दिन सकिने माग गर्दैछ/ अग्राधिकार भनेको एउटा पद खालि छ भने मधेसिर पहाडी दुई जनाले दरखास्त राखेमा पहाडी जति सुकै योग्य भएमा पनि मधेसीले नै जागिर पाउने हुन्छ/ अनि सम्पूर्ण तराईमा मधेसिनै प्रहरी हुने छ कर्मचारी हुनेछ/ मधिसे कै सेना हुनु पर्ने छ यो पनि माग गरेकै छ/ अनि अरु पहाडी जाति के तराईमा बस्न सक्नेछ?

    ०३. मधेस राज्यको आत्म निर्णय गर्ने अधिकारको बारेमा/ राजनैतिक अर्थमा कुनै पनि राज्यले आत्म निर्णय गर्न पाउने भनेको ले त्यो राज्यले स्वायत प्रसासन चलाउने अधिकारको अतिरिक्त केन्द्रको अधिनमा रहने बा नरहने बा स्वोतन्त्र देस नै बन्ने भनि निर्णय गर्ने अधिकार भनि बुझाउँछ/ के भारतको कुनै राज्यले यस्तो अधिकार पाएको छ? छैनन्/ भारतमा आत्म निर्णय गर्न पाउनु पर्ने भनि माग गर्ने जातिलाई आतंकबादी भनेर सेना ले भुत्त्दै छन्/ तर भारत नेपालमा म्मधिसेबादिले आत्म निर्णय गर्ने अधिकार पाउनु पर्छ भन्दै दवाव दिंदै छन्, किन? सिक्किम बनाउन त् हो/

    ०४. मधेसी जातिको अलग्गै सेना हुनु पर्ने मधेश राज्यले बिदेस सिट सन्धि सम्झौता गर्न पाउनु पर्ने आदि माग हरुको बारेमा/
    जव अग्राधिकारको नाम मा अरु नेपालीको अधिकारको हनन हुन्छ केन्द्रको सरकारले राज्यलाई यसो गर्न नपाउने भन्छ नै/ अनि मधेश राज्यले भनि हाल्छ मधेसी जातले अग्राधिकार पाउने कुरा संबिधान मै छ/ तव परिस्थिति बिकट हुन् थालि हाल्छ/ अनि केन्द्रले राज्य सरकार भंग गर्ने निर्णय समेत गर्नु पर्ने अबस्था आउनेछ/ तर त्यो कुरा पनि मधेसी राज्य सरकारले मान्ने छैन/ अनि केन्द्रले सेना नै पठाउनु पर्ने छ/ तर उसलाई तेस्को पनि असर हुनेछैन; उसको मधेसी सेना ले तेस्को पनि सामना गर्नेछ/ सकेन भने भारत सिट सन्धि गर्ने अधिकार पाएकै छ भारत सिट गुहार माग्नेनै छ/ तव मधेश राज्य नेपाल बात टुक्रिनेछ/

    यो हद सम्म मधेश बादी नगए पनि मधेश बादीले चाहेमा उसको कुरा मनाउन नेपालको बाकि भाग लाई नाकाबन्दी गर्न सक्नेनै छ/ यति गर्न नै उसले एक मधेशमा आत्म निर्णय गर्न सक्ने राज्य र अग्राधिकार पाएको मधिसे मात्रै बस्न सकिने माग माग्दै आयेकोहो/ यसै कारण मधेश बादी हरु राज्य संरचना आयोग बनाउने कुराको बिरोध गर्दैछ/ राज्य संरचना आयोग बनाउने कुरा कांग्रेस एमाले र मावोबादी समेतले सहमति गरेको छ/ राज्य संरचना आयोगले नेपालको कुनै पनि राज्य ले उतर को चीनको सिमा र दछिनको भारतको सिमा छुने गरि राज्य बनाउने कुरा गरेको थियो/ यो जायज कुरा पनि हो/

    तर मधेश बादी राज्य संरचना आयोग बनाउने कुराकै बिरोध गर्दै छ/ उनीहरुको चाहना बाकि नेपाली लाई भारतको सिमा देख्ने नसकिने बनाउने मात्रै हो/ अब यी कुराको बिरोध गर्ने कि गर्ने कि समर्थन गर्ने? बिरोध गरे आज शरण एक्लो आएको छ भोलि हज्जारौ शरण अर्कै रुपमा आउने छ/ हामीहरु आज कांग्रेसी एमाले मवोबदिमा विभाजित छौं/ आफनी देसको अर्को दल सिट झुक्नु भन्दा शरणको पाउ पर्नुमा इज्जत बढेको ठान्छ/ अनि एक शरण को त् सामना गर्न नसक्ने ले हज्जारौ शरण को सामना कसरि गर्ला खै?

  12. मेघराजजी,

    हाम्रा सिक्का खोटा अवश्य छन्, तर मूल कुरो के ती आफैं बनेका हुन् ? पक्कै होइन । केही सिक्का खोटै पनि बनेका हुन्छन्, तर अधिकांश खोटा बनाइएका हुन् । भारतीय हस्तक्षेप र ज्यादती के नौलो कुरो भो र मेघराजजी ? यो त ‘उहिल्यै’देखि चल्दै आएकै हो । दिल्लीको पाल्तु कुकुर आऊन् वा लैनचौरे प्यादा, यो क्रम त चलिरहेकै छ नि । यिनै अवस्थाहरूलाई त हो नि हामीले सुधार गर्नुपर्ने ।

  13. मेघराज जी यहाको लेखाई मा सत्यता छ हुनपनि हो हाम्रो देश का नेताहरु साचिकै रखेल हुन् देखावटी दौरा सुरुवाल भएपनि भारतीयहरुको अगाडी कुर्था सुरुवाल मा प्रस्तुत हुन्छन !!

  14. भारत ले शरण लाई बिसेष अधिकार दिएर पठाएको छ/ भने को हो भारत नेपालमा बिशेष अधिकार दिएर कसैलाई पठाउने? शरण ले बिशेसधिकारको नाममा भारतको धम्कि र प्रलोभन बोकेर आएको हो कि?

    अस्ति को चुनावमा केहि मधेसी सभासदहरुले नेपालमा भारतले दवाव दिएर दलिए सहमति बनाउन नदिएको बिरोध गर्दै एक मधेश र मधेसीको आत्म निर्णय को माग नमान्ने मावोबादिलाई भोट दिन पुगे/ मधेसिबादिको यो कुराले भारत झस्किएर शरण लाई नेपालमा पठाएर ती मधेश बादिलाई एक मधेश बाद र आत्म निर्णय गर्ने अधिकार नछोड्न धम्कि बा प्रलोभन दिने बिसेह अधिकार बोकेर शरण आएको हो/ अब हेर्नु छ शरणको धम्कीमा को काप्ने छ र को बिकिने छ/

    शरणले मावोबादी सिट भेट बार्तामा सरकार बनाउन भारतले कुनै हस्त छाप नगर्ने भने/ त्यो झुटो कुरा हो/ शरणले मधेश बादी सिट भेट बार्तामा मावोबादी बिरुद्ध बस्न भने/ बहुमतीय सरकार गठन भएमा माधेसी माग पुरा नहुने भने/ मावोबादीको नेत्रित्वोको सरकार लाई भारतले मान्यता नदिने भने/ यो भन्दा पनि खराव कुरा शरानले सहमतीय सरकार बनेमा मात्रै मधेश बादी हरुलाई सम्बोधन गर्दै ” तपाईं हर र अरु नेपालीको पनि फाईदा हुने” भनेर नेपालमा मधेश बादी र अरु नेपाली लाई विभाजन गर्न चाहे/ नेपाली हुन् भने को मधेश बादी को पहाडी सबै नेपाली मात्रै हुन्/ भारत किन जवर जस्ती गरेर नेपालीमा कोहि मधेसी र कोहि पहाडी बनाउन चाहिरहेकोछ?

    भारतले उहिले हिन्दु र मुस्लिमको बिबाद उठाए झैँ नेपालमा मधेसी र पहाडीको कुरा उठाएर तराईलाई मधेसिस्थान त् चाहिरहेको छैन? यो कुरामा सबै सतर्क हुनु पर्छ/ नेपालको नागरिकता पाएको नेपाली परिचय मात्र नेपाली हो; मधेसी र पहाडी होयिन/

    भारत आफनी देस मा बहुमतीय सरकार चलाई आएकोछ/ त् नेपालमा लोकतन्त्रको मान्यता अनुशार बहुमत बात संबिधान बनाउन दिन भारतले किन चाहिरहेको छैन/ बहुमतको आधारमा संबिधान बनेमा मधेसीहरुको माग पुरा नहुने भएकोले बहुमतीय सरकार र बहुमत बात बन्ने संबिधान को बिरोध गर्न किन उक्साई रहेकोछ? यो कुरा अत्यन्त गम्भीर छ/ यसले भारतको कु नियेत देखाई रहेकोछ/

    हामीले आधुनिक भारतले कसरि आत्म निर्नाएको अधिकार प्रयोग गर्न लगाएर सिक्किम खाएको थियो भनि बुझ्नु पर्छ/ नागरिकहरुको आत्म निर्णय गर्ने अधिकारले अंतर्रस्त्रिये मान्यता पाएको छ/ अस्ति ४२ लाख मधेसी नामधारी बिहार बादी हरुले भारतीय दवावमा नेपालको नागरिकता पाएको र तिनीहरुले नै नेपालमा आत्म निर्णय गर्न सक्ने अधिकार माग्दै आएको हो/

    आज ओली र लिट्टे कुमारको षड्यन्त्रले देसको राजनीतिमा एका यक आत्म निर्णय गर्ने अधिकार माग्ने मधेशबादी हाबी भएकोछ/ ओलिकुनेले एमाले ले मत दिने भए रामचन्द्र लाई दिनु भनेकै कारण आज एमाले कसैलाई पनि भोट नदियिकन बसेको छ/ के एमाले कांग्रेसको अस्तिको सरकार असफल भएको भनि एमाले ले नै भनेको होयिन र? हो भने एमालेको यी दुई नेता किन फेरी तेस्तै सरकार बनाउन चाहिरहेकोछ? संबिधान बन्ने नसक्ने बनाएर नेपाललाई असफल मुलुक बनाउने र अनि तराई टुक्रिएको घोसना गर्न लगाउन?

    एमालेको यो तथस्त बस्ने निर्णय यक किसिमको एक मधेश बाद र मधेसी को आत्म निर्णय गर्ने अधिकारको बिरोध नै हो/ कांग्रेस ले पनि एक मधेश बाद र मधेसीको आत्म निर्णय गर्ने अधिकार मानि रहेको छैन/ मावोबादिले पनि मानि रहेको छैन/ त् कांग्रेस एमाले मावोबादीले संयुक्त रुपमा एक मधेश बादमा बिरोध जनाएकै ठहर हुन्छ/ कांग्रेस एमाले र मावोबादीको संयुक्त मत भनेको नेपाली जनाताको सम्पूर्ण मत भने पनि हुन्छ/ त् सम्पूर्ण जनताले एक मधेशबाद र मधेसीको आत्म निर्णय गर्ने अधिकार अस्विकार गरेकोमा तेस्लाई स्वीकार्ने पर्छ भन्दै शरण किन नेपाल आए?

  15. news पपेर त पढ्छन कि पढ्दैनन् के खाएर यो ब्लग मा लेखिएको कमेन्टहरु र article यी नेता हर्य्ले पढ्छन र ?

  16. केगर्ने नेपाली राजा को सट्टा अर्को इन्डियन राजा………..नेपाली नेता हरु धोतीको लंगुती भनेको त तराइको नेपाली नेता त धोतीको गुखाने गुको किरानै पो परेछ…….केहि उपाए छैन यो **डी को छोरा हरुलाई लखेट्ने ………….

  17. दीपकजी तपाइको लेखा जोखा ठिक हो | हेर्नुसना १९५० को सन्धि देखि लिएर आज सम्मका सन्धिहरुमा प्रभुकै इच्छा अनुसार हुने गरेको ले प्रभुलाई सहँदै आसै आस | यस पटक हाम्रा दल दल हरु चार बिपरित ध्रुब तर्फ फर्के का र ति मध्हे धेरै लाइ समेटी एउटा लाइ पेलाँती हान्ने दाउमा चरण को सरण लिन पुग्ने हरुको र शरण कै पनि बिजोग ,कठै …| बिपरित ध्रुबमा रहेका सबै दलमा कसेकम राष्ट्र र रास्ट्रीयता प्रति एक जुट हुने सदबुधी पलाओस |

  18. जसले आफुलाई सुधार्न सक्दैन उसले अरुलाई गाली गर्नु मुर्खता हो
    . भारतलाई गाली गर्नु भन्दा आफैले केहि गर्नु राम्रो हो. पहिले नेपालमा केहि गर भारतका नेताले भारतकै हित हुने कम गर्छन, त्यो उनीहरुको धर्म हो. नेपाललाई बचाउने नेपाली नेता र जनताको कम हो. नेपालका नेताले त केहि गरेनन अब जनताले केहि गर्ने हो कि? मलाई लाग्छा सबै भन्दा प्रचण्डले आफुलाई सुधार्नु पर्छा. आफुले केहि गर्न नसक्ने अनि भारतीय हस्तछेप भयो भन्नु लाजमर्दो कुरा भयेनारा? सत्तामा जना जे पनि गर्ने? त्यो त सहि नेता को गुण होइन

  19. जनता नै सबै भेदा एस्तो कुरामा त आन्दोलन गर्नु पर्ने । हरु नचाहिनेमा (लामखुते मर्दा) चाहि आन्दोलन।।।।………..

  20. नेपाल मा अयोभाने इन्डियन नेताले सबै नेपाली नेता लै भेडा देख्छा अनि आफु चै सिहा हुन पनि नेपाली नेताले आजभोलिको काम हेर्यो भने त अब त वर्ष भरि नै चुनाब गर्ला जस्तो छ तेस्पछी बाल्ला तल्ल बहुम्मत पुग्छा अनि सरकार मा काम गर्ने बेलामा खुट्टा तनिदिन्छा अनि सरकार ढल्दैछा भनेर भान्छा अनि धल्छा पनि नेपालको नेताले जानेको यतिनै हो|

  21. देश, नरेश र जनता प्रति चिन्तित राष्ट्र भक्त स्वाभिमान नेता(भबिस्यमा हुन् लाएक जनाप्रिये राष्ट्र नेता) कमल थापा द्वारा ससक्तरुपमा सरनको आगमनलाई बिदेशीको हस्तक्षेप भनिएको छ !! अर्कातिर कपुत नेताहरु सरनको चरणमा !!! कमसे कम प्रचण्डले भेट दिनु हुने थिएन, त्यो भेट उनका दुपुतिलाई पठाएको भए राम्रो हुने थियो ! येही चलाहोभाने सरन महाराजले अरु पचास वर्ष सम्म भारतीय एउटा प्रान्तको रुपमा सासन गर्ने छन् ! मेघराज रसैलिले कमल थापाको भनाइलाई समेट्न नसक्नु (जसले सरनको उपस्थितिको) बिरोध कडा रुपमा बिरोध गरे तरकारीमा अलिकति नुन नपुगे जस्तो भयो कि?

  22. बस्तुपरक लेख, मेघराज रसाइलीलाइ धेरै धेरै बधाई छ
    के नेपाल भारतको एउटा प्रान्त हो ताकि प्रान्तीय सरकारले सुल्झाउन नसकेको मामलालाई केन्द्र सरकारले मदत गर्ने ?

  23. मेघराज जी को कुरा मलाई त सारै नै मन पर्यो त. के गर्नु र है नेपाल क नेता हरुले सबै कुरा बुझ्दा बुझ्दै पनि बुझ पचाको जस्तो गर६अन्. नेपालको आन्तरिक मामिलामा भारत बाट किन दुत बोलाउनु पर्यो. तिमि नेताहरु लै लाज छैन.सबैलाई मान्य हुने व्यक्तिलाई प्रधानमन्त्री बनाया हुदैन तिमीहरु. जस्तै डा. बाबुराम भट्टराई लाइ. अब नेपालमा समतिको विकल्प छैन तसर्थ बाबुरामलाइ प्रधन्मंत्र्ती बनाएर सहमतिको सरकार बनाउनु पर्छ.

  24. नेपाली ले भारतीय बिस्तार्बध विरुद्ध लड्न संबैधानी राजतन्त्र को पुनर्स्थापना गर्नु पर्छा. राजा कहिले पनि बिदेशी को घुडा दोगना जादैन. ये नेता कुकुर हरु येस्तई हुन्. सबै भन्दा ठुलो इंडिया को चाकडी त maahobadhi ले नै गर्छा. किन कि अहिले सम mahobadhi को कारण नेपाल मा इंडिया को इन्तेरेस्ट अनुसार नै राजतन्त्र Phalera गाइजात्रा तन्त्र बनाएको हो.

  25. भारतीय धोतिहरुले नेपालमा मधेशी लुतो खडा गरेका छन्, जति कन्याए पनि चीलाई रहने. थुक्क तेरो बुद्धि

  26. भारतीय धोति आएर हाम्रा नेताहरुको मुखमा लुतु चुहाएर गए. धिक्कार छ पानी मरुवाहरु हो.

  27. हाम्रो देस को नेता हरुमा अलिकति पनि नैतिकता नभएको भएर नै भारत् को हेपाहा प्रबृत्ति बढेको हो जस्तो लाग्छ । एदी तेस्ता नरपिचास भारतिय हरु बिना निमंत्रना हाम्रो देसमा छिरेर हाम्रो देसको आन्तरिक मामलामा केहि बोल्छ भने तेस्लाई सक्त कारबाही गर्न सक्नु पर्ने हाम्रो देस को नेता हरु र प्रसासनले ।उफ तर तेसो होइन उल्टो पुजा गर्छन आखिर कहिले सम्म ???????????? हाम्रो देसको नेता हरुमा आफ्नो घर भित्रको आन्तरिक मामिला मिलाउने सामर्थ्य छैन भने किन कुर्चीमा बस्छौ ? छोडिदेउ राजनीतिक गर्न होइन भने तिमि हरु जस्ता केहि नेता हरुको कारणले सिङ्गो नेपाल र नेपालि को सिर झुकाउने काम कहिलेइ नगर……………..

  28. मेघराज रसाइलीजीले सबै देशभक्त नेपालीको भावना समेट्नु भएको छ | मेघराज जे लाई धन्याबाद र भारत्-दासी “नेपालि” नेता भनाउदाहरुलाई धिकार व्यक्त गर्दछु |

  29. क्या बात…. कस्तो मिलेको सिर्शक… नगर बधु नै हुन् यी नेता भनौदा हरु… लाज पनि नलाग्ने

  30. online पत्रिकामा ब्लग मार्फत आफ्ना मनका कुराहरु पोख्नु हुने सम्पूर्ण लेखक बन्धुहरु,यो ब्लग मा आफ्ना मनका भावना लेखेर हाम्रा ६०१ धतुरे हरुको केशको एउटा रौ पनि हल्लिन्न किन बेकारको समय खर्चिनु हुन्छ यी धतुरेहरु लाई कहाको फुर्सद होला यी माथि लेखिएका हरफ हरु पढ्न ? waste of time

  31. माओबादी ले त केही गर्छा जस्तो लग्छा ..तेहि भएर नै सत्ता माँ बस्ना न दिएको हो

  32. एकदम सहि कुरा लेखनु भयो, मेरो मनमा नै भएको कुरा | धेरै धन्यबाद | यी नेताको खोल ओडेर बसेका सुँगुरहरुलाई के भन्नु, कति भन्नु | गर्नेलाई भन्दा देख्नेलाई लाज | बोल्नेलाई भन्दा सुन्नेलाई लाज |

  33. शरण आफै आएको होइन ,कांग्रेस र एमालेले प्रभुको दर्शन बेगर सफलता प्राप्त गर्न नसक्ने भएकोले वली र रामचन्द्रको अनुरोधमा आएको हो ! भारतीय बिस्तारबादी हस्तक्षेपलाइ स्वागत गर्ने कांग्रेस र एमालेलाई तह नलगाएसम्म नेपालीहरुलाइ सार्भभौम हुन दिइनेछैन !

  34. गैरे जी को विचार त् क्या राम्रो लग्यो अब नेता हरु भारत नै गए हुन्छा नेपाली जनता ले तिमि हरु को मुख पनि हेर्न चाहदैनन्

    • पाठक जी , तपाइले भन्नु भएको कुरा ठिक हो एकदिन त्यसै गर्छन उनीहरु (नेताहरु) तर उनीहरु भारत पस्दा हाम्रो देश नेपाल पनि नपसोस / लौ है साथीहरु सबै चनाखो हौँ है / आफ्नो आफ्नो ठाउँ बाट सक्दो योगदान गरौँ/

  35. एकछाक खान धौ धौ पर्ने व्यक्ति हरु तिनै भारतीय नेता हरुको आसिर्बादले नेपाल मा नौटंकी नेता भई देशको ढुकुटी नै आफ्नो थैला हालिहलेका छन् त अनि भारत को एउटा सचिब त्यो पनि पूर्व त्यसलाई नेपाल कै महाराज जतिकै सम्मान दिएर ढोग भेटि चढाई नतमस्तक भई बिनम्र पुर्बक सबै हालखबर न भने कसलाई भन्ने अब त अति भयो नेपाली जनता हरुले यो कुरा बुजेर अहिले क जति पनि नेता हरु छन् तिनलाई लोप्पो खुवाई भारतीय नेता र त्यसका भरौटे शरने अनि शुद् जस्ता व्यक्ति हरु लाई नेपाल प्रवेश निषेध गरि हाल को भारतीय दुताबास बन्द गरि अर्को ५०, बर्ष सम्म भारत संग कुनै सम्पर्क नै नगरी देश बिकाश तर्फा लाग्ने /यश बीच मा सबै तप्का जनता हरुको समान रुप ले निस्वार्थ योगदान गरेमा भबिष्य मा आउने पुस्त ले अलिकति भए पनि राहत महसुस गर्थे कि होयिना भने यी धोति ले हामी नेपाली को बुई चढ्न खोज्छन है बेली मा होस् गर्नु पर्छ नत्र भने भबिष्य मा पछुताउनु पर्ला / नेपाल मा अहिले लेन्डुप दोर्जे को उदय भयेक्को छ कुनैबेला मा पनि नेपाल भारत मा मिलौना सक्छ है/

  36. लौ मार्यो ! शरण ले के कान फुकेर हिड्यो, प्रधानमन्त्री आज पनि भयन / अब भाद्र 2 गते फेरी चुनाउ रे ! खै काठमाडौँ बाट प्रधानमन्त्री छनोट होला जस्तो छैन अब Delhi तिर नै चुनाउ गरे भयो /

  37. क्रमस….
    जसरि भए पनि सिंह दरबार मा फोटो झुन्दौने र झन्डा हल्लाउने गाडी मा हिड्न पुगे भैगो. यसरि कसरि देश आत्मनिर्वर हुन्छ. कसरि सरकार बन्छ र देश अगाडी बढ्छ. हे भगवान अब सब तेरो हातमा छ.

  38. जब मान्छे आफै कम्जोर र लाचारिता देखौछा भने जसले नि उसलाई हेप्छ. यहि नै हो हाम्रो देश नेपाल मा लागु भएको. राणाकालमा राजाहरुका पाला देखि लागेको यो रिति पन्च्यात हुदै आज सम्म यहाँ पुगेको हो. यो कुसंस्कार मेटाउने नसकिने होइने. तर यसका लागि त देशका निम्ति देशभक्ति चाहियो. तर हाम्रा नेता हरुमा यो कुरा देखिदैन उनीहरु लाइ त मात्र singh

  39. के नेपाल भारतको एउटा प्रान्त हो ताकि प्रान्तीय सरकारले सुल्झाउन नसकेको मामलालाई केन्द्र सरकारले मद्यत गर्ने ?

  40. malai euta kura bujna maan lagyo yo comment ani article yo neta haru le hercha ki herdaina ,atleast heri diye katai pepole ko neta prati ko reaction bujthiye ki.

  41. खोइ मलाईत कसैको पनि बिश्वाश लाग्न छोड्यो अब!!!!!

  42. Meghraj ji:
    Your write up makes a succinct analysis of our hen-pecked leaders- no more than the sycophants of India! They think their greatness lies in eulogizing their idols! Thanks for your write up!

  43. बस्तुपरक लेख, मेघराज रसाइलीलाइ धेरै धेरै बधाई छ /

  44. एस्ता नेता harule त सन्यास लिए पनि hune हो …जसले आफ्नो बुद्दी बिबेक को प्रयोग garera euta nirnaye lina sakdaina तेस्ले जनता र देश को लागि क नया विजन दिन सक्ला र ?

    • आदरणीय मेघ राज जी,
      जय नेपाल ! ! !
      ‘नेपालीहरुको मुल चित्त दुखाई एउटै कुरामा छ- नेताहरुले भारतीय हस्तक्षेप बिना आफ्नै बिवेकले कहिले केही गर्न सकेनन्’ १००% सही कुरो हो तर २०१६ साले सरकार ले भारत संग पटक पटक भारतीय हस्तक्षप को कडा बिरोध जनायको पनि नेपाली जनता ले बिरसी सके नि /
      जवाहर लाल नेहरु ले एक पटक भारत को सिमाना हिमालय पार सम्म छ भन्दा नेपाल का प्रधानमंत्री बी पि कोइराला ले आपत्ति जनाउदा भारतीय संसद मा नेहरुले नेपाल संग माफ़ी मागेका थिय, त्यस्तै ISRAEL लाइ भारतीय सहमति बेगार UNO को सदस्यता नदीने नेहरु को अडान को बेवास्ता गर्दै नेपाल ले ISRAEL लाइ समर्थन गरेको पनि नेपाली हरुले बिरसी सके /
      वास्तव मा नेपाली हरुको चित्त दुखाई होइन कम्युनिस्ट हरुको खोक्रो नारा घोकाई हो नेपाली कांग्रेस को बिरुद्द बिष बमन गर्नु र गराउनु/ हुन त कांग्रेसी हरु भारतीय दलाल हुन मा त लाल छाप लियरै आयका हुन तर भारत , अमेरिका र अन्य पुजिबादी देश लाइ आफ्नै जार सम्झिने हरु पनि शरण को मरण गर्न नदिनु भयको मा कतई ‘ अतिथि देबो भव: ‘ तीर लागेको हो की?
      धन्यबाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      • कृष् गोपाल जी
        जनतालाई मैना ठानेको छ कि कृष्ण गोपाल जी ले? मैनाले मात्रै अर्थ नबुझिकनै सिकाएको कुरा बोल्दै गर्छ/ २०१६ सालमा कांग्रेस ले भारतको बिरोध गरेको कुरा गर्नु हुन्छ!!! १९५०को सन्धिको हिमायती कांग्रेसले भारतको बिरोध गरेको थियो भनेर कसलाई सुनाउनु हुँदैछ/ माई संसारमा मैनाहरुले होयिन नेपाली ममता बोकेको नेपालीहरुले तपाईंको कुरा पद्ध्दैछन्/ यो कुरा याद गर्नुस/ जवाहर लालले भारत उतरी सिमाना हिमाल सम्म छ भनेको भनेको पक्कै हो/ तर उसले भारतको सिमाना नेपालको सगर माथा सम्म छ भनेको थिएँन/ भारतको उतरी सीमाले अहिले पनि हिमाल छोएकै छ नि कृष्ण गोपाल जी/

        २०१६ साल भन्दा पहिला नेपाले रास्ट्र संघको सदस्य बन्न खोज्दा भारतले नेपाल त् उसको मिलाउन बाकि भू भाग भनि दावी गर्दै नेपाललाई रास्ट्र संघ को सदस्य बनाउनु हुन् भनेकोमा तपाईं को बि पी ले के भनेको थियो? सक्नु हुन्छ भने यो कुरा लेख्नुस/ गन्हाएको फोहर माथि भुस राख्ने चलन भए जस्तै कांग्रेसी भुल लाई झुठले छोप्ने प्रयास नगर्नु भएमा कृष्ण गोपाल जीको ज्ञानको सदुपयोग हुनेछ/

        नेपाल सयुक्त रास्ट्र संघ को सदस्य भएको स्वोतन्त्र देस हो/ भारत को कुनै नेहरुले इजरायलको बिरोध गरे/ नेपालले समर्थन गरे/ यसमा ठुलो कुरा के भयो/ देस मिचेको कुराको बिरोध गरेको छ कि छैन तपाईंको कांग्रेस ले यसको जवाफ दिनुस न/ पहिलाको कुरा नगरे पनि अस्ति सदन र सरकार को टोलीले भारतले सिमा मिचेको ठहर गरेर सरकार लाई प्रतिबेदन दिएकोमा तपयिन्को कांग्रेसको तरफ बात बिदेस मात्री पदमा बसेकी सुजाताले के भनिन? लेखि रहनु पर्छ र?

        कृष्ण गोपाल जी ले अर्को भ्रम पनि पाल्दै हुनु हुन्छ कि सम्पूर्ण कम्युनिस्ट हरुले कांग्रेसी सबैलाई नराम्रो भन्छ भनेर/ अस्ति २०४६ सालको आन्दोलनमा कांग्रेसको गणेश मानलाई सर्व मान्य नेता कसले बनायको हो? कांग्रेसले हो कि जनतार कम्युनिसतहरुले?

        तपाईं को कांग्रेसको नेता गिरिजाले गणेश मानको बारेमा अरु के बोले बोले तर सबै भन्दा गलत बोलेको त् “त्यो गणेश मान कहाँको नेता हो मात्र साधारण सदस्य हो” भनेको कुरा याद गर्नुस/ हो र गणेश मान मात्र साधारण सदस्य?

        नेपालको कम्युनिस्टहरु अझै तपाईं को कांग्रेस भित्र बात अर्को गणेश मान निस्किएला कि भनि आस लगाएर बसेको छ त्यो कुरा नभुल्नुस/ अहिले हाबी भएको कांग्रेसी हरु गणेशमानको स्वाभिमान मार्नेहरुको जमात हो/ सक्नु हुन्छः भने प्रतिबाद गर्नुस र तपाईं कुन जमातको कांग्रेसीमा पर्नु हुन्छ सम्झेर लेख्नुस/ तपाईं ले मलाई यो प्रश्न को उतार पहिला दिई सक्नु भएकोछ त्यो भन्दा फरक उतर दिन अलि सोच्नुस/

        • आदर्णिय मदन जी,
          जय नेपाल ! ! !

          हजूर को मुख बाट गणेश मान जी को नाम सुन्न पाउदा निक्कै गर्ब लाग्छ तर पनि २०३६ साल मै कम्युनिस्ट हरुले डण्डी ले हानी घाइते तुल्याइेका गणेश मान जी ले ०४६ साल मा बैगुणी हरुको बद्ला गुण ले तिर्नु भयो । नेपाल का कम्युनिस्त हरुको कर्तुत यो एउटा मात्रै भयको भय त सजिलै माफ गर्न सकिन्थ्यो तर जुन सुकै कुरा लाई पनि सय चोटि भनेर झूथ लाई पनि सत्य भन्न् लगाउने जुन हर्कत गर्दछन मेरो बिरोध त्यस्मा हो । होइन भने १९५० को दिल्ली सम्झौता को तिथी मिती हेर्नुस् १९५० जुलाई ३१ छ्। यस्को मत्लब हुन्छ २००७ साल श्रावन १६ गते। अब मदन जी भन्नु होस् के त्यो बेला नेपाली कांग्रेस सरकार मा थियो? के त्यो सम्झौता नेपाली कांग्रेस ले नै गरेको थियो? याद गर्नु होस् २०५१ साल मा मन मोहन अधिकारी पनि भारत भ्रमण मा जादां १९५० को सन्धी खारेज गर्ने भनेर जानु भयको थियो , फर्केर आउँदा के जवाब पाउनु भयो हजूर का महान सर्बहारा बाट? एक चोटि सम्झिनुस्।
          अहिले पनि माओवादीको सब भन्दा ठुलो मुद्दा यही हो ४१ बूदे माग मा , तर प्रचन्ड जी ले के खुइल्यायो भारत को ९ महिने शासनकाल मा ? अब हजूर भन्नु होला गिरिजा ले गर्न दियन , गिरिजा को हैकम मान्ने हो भने किन कार्यकारी प्रधान मन्त्री हुनु पर्‍यो देश को?
          नेपाल लाई UNO को सदस्यता मोहन शम्शेर ले नै मागेको थियो तर देश मा हुकुमी शासन छ् त्यसैले सदस्यता हाल लाई रोक्ने भनी बि पि कोइराला ले भनेको सत्य हो, नेपाल लाई UNO को सदस्यता नदियको हामी लाई दु:ख लागेको जस्तो Israel लाई नदिदा के दु:ख लाग्दैन्?
          अब हुँदा हुँदा प्रचन्ड र् कम्युनिस्त हरु लाई चोख्याउने बहाना मा बि पि कोइराला देखी गणेश मान हुँदै कुजाता मात्रै चोखियका थिय आज आएर भारतीय जवाहर लाल नेहरु पनि चोखिय हैन त मदन जी भारतीय सिमाना को कुरा मा ? वाह कम्युनिस्ट बिल्ला ! त्यसै भनेको हो कम्युनिस्ट का भुकुवा हरु लाई मैना।
          अन्त मा , यो तथ्यान्क लाई म मान्दछु कि नेपाली कांग्रेस भित्र अर्को गणेश मान को खोजी भै रहेको छ् भन्ने हजूर को भनाइ , अब प्रश्न छ् के अर्को गणेश मान जन्मे टुडिखेल मा झुन्ड्याउने? पहिलो लाई त हात पात मात्र गरे। पहिले आत्मालोचना गर्नुस् मदन जी कम्युनिस्त अरु ले एक जना राज नेता लाई गरेको व्यबहार प्रती र् भन्न् सक्नुस् कम्युनिस्ट हरुले सार्वजनिक रुप मा गाली गलौज को राजनीति गरे सम्म कम्युनिस्ट समर्थक हुने छैन भनेर । अर्को कुरा , भारत ले थिचो मिचो गरेको, सिमा मिचेको वा यस्तै कुनै पनि घट्ना लाई हामीले बिरोध गर्नु पर्दछ र् गरेको पनि छ् तर देश भक्ती को नाम मा देश का अन्य मुख्य पार्टी का नेता हरु लाई गाली गर्दै मा देश भक्ती देखिने होइन बरु सडक बिच मा रहेको एउटा ढुङ्गा हटाउनुस् त्यो हुन्छ सच्चा देश भक्ती।
          के मदन जी देखाउन सक्नु हुन्छ नेपाल का सच्चा देश भक्त कांग्रेसी हरु बाहेक अरु कोही कम्युनिस्त पार्टी मा? मुख ले बोलेको भर मा देश भक्त हुने भय के अमर सिंह थापा, बिर बल भद्र हरु को कुर्बानी खेर गयो त?
          धन्यवाद
          जय नेपाल
          कृष्ण गोपाल श्रेष्ठ

          • कृष्ण गोपाल जी/
            धन्यबाद बि पिले नेपाललाई संयुक्त रास्ट्र संघ को सदस्य बन्न मा बिरोध गरेको सकार्नु भएकोमा/ २००४ सालमा नेपाल भारतको प्रदेश बन्नु पर्छ भन्ने बि पी ले नेपाल संयुक्त रास्ट्र संघ को सदस्य बन्न मा समेत बिरोध गरेको थियो भनेर महान कांग्रेसी कृष्ण गोपालजी आफैले स्विकार्नु भयो/ मलाई यो कुरा थाह थियो/ तर म यो कुरा कांग्रेसीको मुख बाटै माई संसारमा लेखाउन चाहेको थिएँ/ तपाईं ले मेरो चाहना पुरा गर्नु भयो धन्य बाद/ अब जनताले बि पी बाद को नाङ्गो रुप चिन्नेछन/

            बि पी नेपाल रास्ट्र संघ को सदस्य बन्न मा बिरोध गर्ने भारत त् नेपालनै उसको भू भाग हो भनेर दावी गर्दै नेपाललाई रास्ट्र संघ को सदस्यको सदस्य बन्नमा बिरोध गर्ने/ अब बि पी आदर्शमा चलेको कांग्रेसीहरु भारत मुखी हौँ पनि भन्ने/ कान्ग्रेसको सरकार जव जव आए नेपालको जल श्रोत हरु मात्र होयिन नदि बग्ने भुमि माथिको अधिकार समेत भारतलाई सुम्पिने/ कांग्रेसी हरु त् नेपालको सिमाना मिचेको पनि मिचेको छैन भन्दै आएको छ/ त् आज कांग्रेसकै समर्थन मा बनेको सरकार र मधेश बादी हरुले मधेश बाद नमाने सम्म नेपालमा प्रधान मन्त्रि चुन्न नदिने संबिधान बन्न नदिने भए/ के अबिर जात्रा गर्नु पर्यो अब कांग्रेसीको?

            अब १९५०को सन्धिको बारेमा/ जुन बेला त्यो सन्धि गरिएको थियो तेती बेला राना सरकार ले देस चलाई आएको थियो कि आन्दोलनमा बिजयी भएको कांग्रेसले कृष्ण गोपाल जी? राना सरकार बिरुद्धको लडाईं मा बिजयी बनेको कांग्रेस ले तेती बेला मोहन शमशेर लाई अनतरिम सरकारको प्रधान मन्त्रि बनाएको त् मात्र त्यो १९५०को गलत सन्धिमा सहि गरेको अपयस बात बच्न थियो नि/ कांग्रेसी हरु त् त्यो सन्धिको हिमायती उहिले पनि थियो आज पनि छन्/ बि पी ले नचाहेको भए त्यो सन्धि हुन् सक्थ्यो के?

            १९५०को सन्धिमा सहि गर्दा गर्दै भारत र कांग्रेस ले चाहे जस्तो गरि भारतीय नागरिक लाई नेपालमा पूर्ण नागरिक अधिकार दिने कुरामा सहि गर्न दिल्ली पुगेको रानाले मानेन/ यसै कारण नेपालमा भारतीयहरुले सरकारी नोकरी र घर जग्गा आफ्नो नाम मा किन पाउन्दैनन/ यो अडान कसको थियो १९५०को सन्धिमा जस्ताको तस्तै सहि गर्नु पर्छ भन्ने कांग्रेसी हरु कि रानाहरुको कृष्ण गोपाल जी?
            गिरिजाले भारतीय हरु माथि लागेको त्यो बन्देज फुकाउन खोजे कि खोजेनन?

            कृष्ण गोमाल जी धुर्त राजनीतिग्यहरु समायको पर्दा भित्र सत्यता लुकाउन दवाउन खोज्छन/ तर तपाईं त् राजनीतिग्य होयिन नि/ तपाईं कांग्रेस भक्त भएकोमा मलाई गौरव नै लाग्छ/ तर सत्य कुरा बग्याउँन खोज्नु भएँननि/ हामीलाई तपाईं कृष्ण गोपाल जी ले बाम्पन्थीको कोटामा पार्नु भयो/ ल ठिकै छ कांग्रेसको गलती कोत्यौन्दा बामपन्थी हुने भय यो पनि स्वीकार्छौं/ हामीले वामपन्थीको गल्ति कांग्रेस को गल्ति भन्दा बढी कोत्यौन्छौँ/ तपाईं त् कांग्रेसको गन्हाउनेकुरा पनि सबैलाई सुँघेर हेर त् कस्तो बास आउँछ भन्दै हुनु हुन्छ/

        • मदन दाई
          कृष्ण गोपाल जी को कुरा आंशिक सत्य हो तर २०१६ को कुरा सम्झाउने कृष्ण गोपाल ले किन २०६६ माँ प्रचंड ले भारतीय प्रधानमंत्री सामू गरेको कुरा सम्झिदेनन? किन भारतीय बिदेश्मंत्री कृष्णा, राकेश सूद र निरुपमा राव संग प्रचंड ले सिमाना तथा आतंरिक मामिला माँ हस्तक्षेप को बिरोध गरेको कुरा सम्झिदेनन? तेस्कारण मदन दाई, केही अघि तपाई ले भने झै कृष्ण गोपाल जी, पंडित ले प्रत्येक कर्म काण्ड माँ दोहोर्याउने मन्त्र झै यूतई कुरा दोहोर्यैराहाणु हुन्छ. हुन त कृष्ण गोपाल जी संग बाद बिबाद गर्नु को कुनै अर्थ रहदेन किन भने उहा सधै बकाम्फुसे कुरा मात्र गर्नु हुन्छ. उदाहरण को लागी:
          — प्रचंड ले प्रधानमंत्री हुदा बालुवाटार को सरकारी निवास माँ परिवार को सदस्य लाइ राखेर भ्रस्तचार गर्यो.
          –बाबुराम भट्टराई ले आमा लाइ मनकामना को दर्शन गराएर रास्त्र्घात गर्यो.
          –हिसिला ले “एमी” थर लेखेर साम्प्रादायिक कुरा गरिन.
          अनि एस्तो बहुलाठी कुरा गर्ने संग किन तर्क बितर्क गर्ने?

        • आदर्णिय मदन जी, जय नेपाल ! ! ! हजूर को मुख बाट गणेश मान जी को नाम सुन्न पाउदा निक्कै गर्ब लाग्छ तर पनि २०३६ साल मै कम्युनिस्ट हरुले डण्डी ले हानी घाइते तुल्याइेका गणेश मान जी ले ०४६ साल मा बैगुणी हरुको बद्ला गुण ले तिर्नु भयो । नेपाल का कम्युनिस्त हरुको कर्तुत यो एउटा मात्रै भयको भय त सजिलै माफ गर्न सकिन्थ्यो तर जुन सुकै कुरा लाई पनि सय चोटि भनेर झूथ लाई पनि सत्य भन्न् लगाउने जुन हर्कत गर्दछन मेरो बिरोध त्यस्मा हो । होइन भने १९५० को दिल्ली सम्झौता को तिथी मिती हेर्नुस् १९५० जुलाई ३१ छ्। यस्को मत्लब हुन्छ २००७ साल श्रावन १६ गते। अब मदन जी भन्नु होस् के त्यो बेला नेपाली कांग्रेस सरकार मा थियो? के त्यो सम्झौता नेपाली कांग्रेस ले नै गरेको थियो? याद गर्नु होस् २०५१ साल मा मन मोहन अधिकारी पनि भारत भ्रमण मा जादां १९५० को सन्धी खारेज गर्ने भनेर जानु भयको थियो , फर्केर आउँदा के जवाब पाउनु भयो हजूर का महान सर्बहारा बाट? एक चोटि सम्झिनुस्। अहिले पनि माओवादीको सब भन्दा ठुलो मुद्दा यही हो ४१ बूदे माग मा , तर प्रचन्ड जी ले के खुइल्यायो भारत को ९ महिने शासनकाल मा ? अब हजूर भन्नु होला गिरिजा ले गर्न दियन , गिरिजा को हैकम मान्ने हो भने किन कार्यकारी प्रधान मन्त्री हुनु पर्‍यो देश को?नेपाल लाई UNO को सदस्यता मोहन शम्शेर ले नै मागेको थियो तर देश मा हुकुमी शासन छ् त्यसैले सदस्यता हाल लाई रोक्ने भनी बि पि कोइराला ले भनेको सत्य हो, नेपाल लाई UNO को सदस्यता नदियको हामी लाई दु:ख लागेको जस्तो Israel लाई नदिदा के दु:ख लाग्दैन्? अब हुँदा हुँदा प्रचन्ड र् कम्युनिस्त हरु लाई चोख्याउने बहाना मा बि पि कोइराला देखी गणेश मान हुँदै कुजाता मात्रै चोखियका थिय आज आएर भारतीय जवाहर लाल नेहरु पनि चोखिय हैन त मदन जी भारतीय सिमाना को कुरा मा ? वाह कम्युनिस्ट बिल्ला ! त्यसै भनेको हो कम्युनिस्ट का भुकुवा हरु लाई मैना। अन्त मा , यो तथ्यान्क लाई म मान्दछु कि नेपाली कांग्रेस भित्र अर्को गणेश मान को खोजी भै रहेको छ् भन्ने हजूर को भनाइ , अब प्रश्न छ् के अर्को गणेश मान जन्मे टुडिखेल मा झुन्ड्याउने? पहिलो लाई त हात पात मात्र गरे। पहिले आत्मालोचना गर्नुस् मदन जी कम्युनिस्त अरु ले एक जना राज नेता लाई गरेको व्यबहार प्रती र् भन्न् सक्नुस् कम्युनिस्ट हरुले सार्वजनिक रुप मा गाली गलौज को राजनीति गरे सम्म कम्युनिस्ट समर्थक हुने छैन भनेर । अर्को कुरा , भारत ले थिचो मिचो गरेको, सिमा मिचेको वा यस्तै कुनै पनि घट्ना लाई हामीले बिरोध गर्नु पर्दछ र् गरेको पनि छ् तर देश भक्ती को नाम मा देश का अन्य मुख्य पार्टी का नेता हरु लाई गाली गर्दै मा देश भक्ती देखिने होइन बरु सडक बिच मा रहेको एउटा ढुङ्गा हटाउनुस् त्यो हुन्छ सच्चा देश भक्ती। के मदन जी देखाउन सक्नु हुन्छ नेपाल का सच्चा देश भक्त कांग्रेसी हरु बाहेक अरु कोही कम्युनिस्त पार्टी मा? मुख ले बोलेको भर मा देश भक्त हुने भय के अमर सिंह थापा, बिर बल भद्र हरु को कुर्बानी खेर गयो त? धन्यवाद जय नेपाल कृष्ण गोपाल श्रेष्ठ

          • कृष्ण गोपाल जी
            म हास्न चाहेर पनि हास्न नसकेको धेरै भयो/ तर आज कृष्ण गोपाल जीले
            मलाई ” के मदन जी देखाउन सक्नु हुन्छ नेपालका सच्चा देस भक्त कांग्रेसी हरु बाहेक अरु कुनै कम्युनिस्ट पार्टीमा ? ” भनेर सोध्नु भएर हसाउनु भयो/

            हो मैले हाम्रो देस रास्ट्र संघ को सदस्य बन्न दिनु हुन् भन्ने बि पी जस्तो, कोशी गण्डकी टनकपुर महाकाली नदीहरु बग्ने नेपालको भुमि र ती नदीहरुको उद्गम स्थल समेतमा नेपालको अधिकार भारतलाई तक्राउने, आफुहरुलाई भारत मुखिहौं भन्दै गर्ने, भारतले सिमा मिचेको सरकारी स्तरमै ठहर हुँदा पनि भारतले सिमा मिचेको छैन भन्ने कांग्रेसीहरु जस्तो देश भक्तहरु अरु कुनै पार्टीमा देखेको छैन/ देख्न पनि नपरुन यहि कामना गर्छु/

            कृष्ण गोपाल जी म तपाईंमा भएको चेतना र ज्ञानको कदर गर्छु/ तेस्को कदर गर्नुस सदुपयोग गर्नुस/ गणेशमान जी लाई कुनै कम्युनिस्टले राजनैतिक बिबादमा हाट उठायो होला/ तर समस्ती रुपमा नेपालको रास्जिनितिमा गणेशमान को नेत्रित्वो मानेर गणेशमान लाई सर्व मान्य बनाएको कम्युनिस्ट हरुले नै हो/ कांग्रेसीहरुले गणेशमान लाई के गरे भनेर तपाईं लाई मैले भनि रहनु पर्दैन/

            कृष्ण गोपाल जी कांग्रेसमा कांग्रेसीहरुले मार्दैमा गणेशमान कहिले पनि मर्दैनन/
            तपाईको मनमा अझै गणेश मान जिउँदो छ र तपाईं कांग्रेसी हुनु हुन्छ/ तपाई जस्तो अनेकौं छन् कांग्रेस भित्र/ खोज्नुस अर्को गणेशमानहरु कांग्रेस भित्र/ अनि हुन्छ प्रजातन्त्रबादी र बामहरुको एकता फेरी/ अनि हेरी हालुंला हामी पनि कसले नेपालीलाई पहाडी मधिसे भनेर छुटाउन सक्छः भनेर/ रास्ट्रबादी नेपालीलाई भारत र भारतियेहरुको डर रति भर छैन/ अरास्ट्रबादी नेपाली देखि मात्रै दर लाग्छ/

  45. “पटक पटकको चुनावबाट पनि देशले प्रधानमन्त्री नपाईरहेको अवस्थामा शरण आएका हुन्। शरणको नेपाल भ्रमण प्रकरणलाई हेर्दा भारतीय चाहनाले मात्रै यो भएको जस्तो लाग्दैन। नेपाली नेताहरुको आफै मिल्न नसक्ने अनौठो बानी छ। सुदले पिलाएको दुधले मात्रै उनीहरुलाई मिलाउन सकेन। त्यसैले शरणको चरण पर्नै पर्ने अवस्था आयो। सारमा भन्दा भारतको एक्लो चाहनाले भन्दा पनि यहाँका दलहरुको निमन्त्रणाले उनी आएका हुन भनेर बुझ्न कठिन छैन”

    मुख्य समस्या यही हो अब माओबादी पनि संसद किन्न थाले पशुपति नाथ ले रक्छ्या गरुन हाम्रो देश र हामी सबै लाइ

  46. मलाई यो कुरा खुब मार पर्यो नेपाली नेताहरुलाइ त रत्नपार्कमा लगेर नांगै बनाउन पर्ने बल्ल ठिक हुन्थ्यो .

  47. मेघराज जी
    माओबादी को पक्ष माँ बैधानिक जनमत हुनु अनि माओबादी, कांग्रेस एमाले झै भारती संग लम्पसार नबंनु नै आज को समस्या को मुलजरो हो. माओबादी को जस्तो जनमत कांग्रेस को र एमाले को हुन्थ्यो भने यहाँ जनमत को ठूला ठूला रटान गरिने थियो वा माओबादी ले भारत सामू लम्पसार पर्थ्यो भने पनी यो समस्या हुने थिएन. शरण ले कांग्रेस एमाले संग को भेट माँ भानिसक्यो की माओबादी लाइ सरकार को नेतृत्व दिन हुदेन भनेर र त्यों नै कांग्रेस र एमाले का ओली माकुने हरु लाइ गायत्री मन्त्र हुनेछ. तेस्कारण कामरेड प्रचंड को प्रधानमंत्री को बिजय हुनु भनेको भारतीय हैकम को एक हार अबश्य हो र तेसले ठुलो सांकेतिक अर्थ पनी राख्नेछ. एडी प्रचंड को प्रधानमंत्री को चुनाव माँ हार भएमा भारतीय हस्तक्षेप दुई गुना अरु बढ़ने छ.

    तर पुरानो काम नलाग्ने परम्परा लाइ भात्काएर नया जग बसलं खोजने हामी ले अझै यो भन्दा निर्मम क्षण बात गुज्राणु पर्दछ. किनभने कुनै किसिम को परिबर्तन पानी सहज पारा ले हुने छैन.

  48. Here shows the Leaders of Nepal are bowing down to India but why and how ? Could be the reason,, This blog where many comments were supporting Maoist for their Anti India Sentiment should learn a lesson ,
    In Nepal actually leaders use Anti India Card for their political establishment,, and Statement from Narayan shreshtha prooves that So,, let’s stop blaming India ,, because without our leader’s interest ,, No body can interfer in Internal matters,, ,, But the discussion should be “Why our Leaders bowing down to India” ,,

    One more question to Maoist fans,, “Why narayan shreshtha gave this statement if they are really don’t want Indian interference ?

    I guess, it is because the leaders and/or party establishment based and backed India,, or the leaders scared that if they do not give importance to India then other party will and get benefit of being ruling party ,,

  49. दीपक जी तपाईले लेखनु भएको सोरै आना सत्य हो र यो कुरा सबै नेपालीहरु (नेता बाहेक-तिनिहरू त भारतीय दलाल हुन) लाई थाहा छ तर के गर्नु?? लाज पचायेर बस्नु परेको छ/

  50. “प्रभु”का आदेश बिना नेपालका नेता भनाउदाहरुका न गास लाग्ने भए न सास / धिक्कार छ, नया नेपाल बनाउने कसम खाएका खुराफातिहरुलाई, जसले हाम्रा आफन्तका घाटीमा खुकुरी राखेर भोट मागे, आज तिनैका बाचाहरु बिदेशी खुराफातिका शरणमा लमतन्न परेका छन् / त्यसै भनेका होइन रहेछा, बराजुहरुले, यो देश सतिले सरापेको मुलुक हो भनेर / राम्रो संग रोटि खान नजान्ने तुओ मुला श्यामेले बिगार्ने भयो मुलुक / थुइक्क तेरीमा नेता भनौदा हरु हो / जनताले तिमीहरुलाई कदापि माफी दिने छैनन् / भनिन्छ नि, पाप धुरीबाट कराउछ /
    गोकुल ढकाल

Comments are closed.