हिम्मत छ सुदलाई देश निकाला गर्ने ?

मेघराज रसाइली

एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्मालाई भारतीय दूतावासका एक जना कर्मचारीले ज्यान मार्ने धम्की दिएको सार्वजनिक भएपछी संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिमा राजनीतिक प्रहशन भयो। धम्कीको विषय नेपाल माथीको हस्तक्षेप हो भन्दै माओवादीका सांसदहरुले ती भारतीय कर्मचारीलाई देश निकाला गर्नु पर्ने कुरा चर्को रुपमा उठाए जसलाई अरु पार्टीका सभासदहरुले पनि साथ दिए।


माओवादीमा पोलिटब्युरोको अनुमति बेगर केन्द्रीय सदस्यले समेत फरक धारणा सार्वजनिक गर्न पाउँदैनन् । यस्तो अभ्यासमा अभ्यस्त माओवादीले दुतावासको एउटा कर्मचारीले माथीको आदेश बेगर धम्की दिने आँट गर्‍यो भनेर कसरी पत्याएको होला ? के माओवादी भारतीय दूतावासका ती कर्मचारीले स्वविवेकले धम्क्याए भन्ने कुरामा विश्वास राख्छ ? अरु पार्टीको भित्र समेत पसेर खेल खेल्न सक्ने योग्यता भएका माओवादी नेतृत्वले यति कुरा पनि बुझ्न सक्दैन भन्नु युक्तिसंगत नहोला। विगतमा नोकरसँग होइन मालिकसँगै वार्ता गर्छौं भन्ने सार्वजनिक अभिव्यक्ति दिएको माओवादीले किन नोकरलाई देश निकाला गर्ने कुरा गर्‍या होला। मालिक सुदलाई कर्के नजरले हेर्ने समेत कष्ट नउठाई उसको फुच्चे प्यादा माथी निर्बल प्रहार गर्नु कहाँको बहादुरी हो ? यदि माओवादीमा हिम्मत छ भने भारतीय राजदूत राकेश सुदलाई देश निकाला गर्ने आवाज उठाएर देखाउन्। छ त्यो आँट ?

माओवादीले त्यस्तो आवाज उठाउनै सक्दैन। बिगतमा कटवाल प्रकरणमा भारतका कारण सत्ताबाट बहिर्गमन हुनु परेको चोट माओवादीले बिर्सन सकेको छैन। प्रधानमन्त्री बने पछी पहिलो भ्रमण चीनबाट थाल्दा भारतीय दवावका कारण त्यो त फगत एउटा खेल हेर्न मात्र थियो, राजनीतिक भ्रमण त भारतबाटै हुन्छ भनेर प्रचण्डले भन्दा गुमेको साख अझै फर्किएको छैन। श्यामशरणले प्रधानमन्त्री हुने सबै बाटा अवरुद्ध गरिदिएको खेल माओवादीको मुटुमा खिल बनेर बिझाइरहेको छ। यस्तै यस्तै पर्दा बाहिरका तमासा र पर्दा भित्रका दाउपेच बुझेको माओवादीबाट त्यस्तो अपेक्षा गर्नु नै राजनीतिलाई नबुझ्नु हो तर सर्वसाधारण देशभक्त नेपालीले त्यो आशा गरे भने पनि त्यसलाई बालापन नै ठान्नु पर्छ।

अव यस पछी परराष्ट्रमन्त्रीको प्रहशनको पालो। शर्माले धम्की आएको सार्वजनिक गरेपछी भारतीय दूतावासले त्यसलाई ‘आधारहिन दोषारोपण’ बताएको थियो। संसदको उक्त समितिमा परराष्ट्रमन्त्रीले यस घटना प्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको बताउदै भारतीय दूतावासको भनाईलाई नै त्यहाँ दोहोर्‍याइन् अर्थात ‘आधारहिन दोषारोपण’ । के उनी दूतावासकी प्रवक्ता हुन् ? उनले त राजदूतलाई मन्त्रालयमा बोलाएर स्पष्टिकरण लिनु पर्ने हो वा भारतीय परराष्ट्र मन्त्रालयसँग सोझै यस विषयमा कुरा उठाउनु पर्ने हो। तर उनी त यति लाचार र निरिह देखिइन कि दूतावासले गरेको खण्डनलाई नै त्यहाँ दोहोर्‍याउनु बाहेक उनीसँग खासै अरु भन्नु केही थिएन। बरु माओवादीले राजदूतसँग स्पष्टिकरण लिन्छु भन्ने सम्मको हिम्मत देखायो जबकी एउटा पार्टी बिशेषलाई स्पष्टिकरण दिदै हिड्नु कुट्नीतिक मर्यादाअनुसार हाँस उठ्दो कुरो हो।

केही महिना अघी अष्ट्रेलियामा भारतीय बिद्यार्थीहरु माथी कुटपिट हुँदासमेत भारतले दिल्लीस्थित अष्ट्रेलियन राजदूतलाई बोलाएर स्पष्टिकरण लिएको थियो। भारतले नेपालको सिमा मिचेको घटना पटक पटक सार्वजनिक हुँदा र भारतीय सिमा सुरक्षा बलका जवानले ज्यादति गरेका समाचार पटक पटक आउँदा पनि यिनै परराष्ट्रमन्त्रीबाट गम्भीर प्रतिक्रिया पाइएको छैन। राजदूतलाई स्पष्टिकरण माग्ने कुरा त धेरै टाँढाको विषय भयो।

शर्मालाई ज्यान मार्ने धम्कीका बिरुद्धमा मधेसवादी दलहरुको शसक्त धारणा बाहिर आएको छैन । बरु शर्माकै बिगतको माउ पार्टी तराई मधेश लोकतान्त्रिक पार्टीले सभासद पद खोस्ने प्रकृया सुरु गरेको छ। “बाघ पनि कराउनु, बाख्रा पनि हराउनु” भने झैं भारतकै इशारामा यो प्रकृया अगाडी बढेको हो भन्ने अनुमानविदहरुको पनि कमी छैन। एमाले र कांग्रेसको पनि पार्टीगत धारणा बाहिर आएको छैन। कुन अज्ञात भयले उनीहरु रहस्यमय मौन धारण गरिरहेका छन् त्यता अहिले नजाउँ। सबै दलहरुले बुझ्नु के जरुरी छ भने अरुलाई खाने बाघले आफुलाई पनि खान्छ। बाघको लागि कोही आफ्नो वा पराया हुँदैन। उसको स्वार्थ भनेको केवल भोक मेट्नु हो। त्यसैले आज कांग्रेस, मधेसवादी वा जो कसैले पनि मेरो हितको लागि भारतीय दूतावासको मान्छेले त्यस्तो दवाव दियो भनेर गजक्क परेर बसेको छ भने त्यो आत्मघाती कदम हुनेछ किनकी चिन्ता बुढी मरी भन्नेमा होइन काल पल्क्यो भन्नेमा हो।

60 Comments

  1. ठुलो दाई भनिएको भारतले अतिनै गर्यो/ सुदको चर्तिकला तेस्को प्रमाण हो/ सुदलाई निकाल्न सकिन्छ के भनेर मेघराज जी प्रश्न गर्नु भयो/ हो सकिन्छ लित्तेकुमार जस्तोको संबिधान नभएको सरकारले सक्दैन तर लोकतान्त्रिक संबिधान अन्तर्गत बनेको सरकारले सुदलाई अवान्छित व्यक्ति घोसना गरेर निकाल्न सक्छ/ अवान्छित काम गर्दै गरेको सुद मात्रै होयिन सुदको कुनै पनि कर्मचारीलाई पनि निकाल्न सकिन्छ/ नेपालमा बस्न नेपालको कानुन मान्नै पर्ने हुन्छ/ यो अंतर्रस्त्रिये मान्यता पनि हो/ भारतियेहरुको सुबिधाको लागि हामीले नेपालको आकार बिगार्न सक्दैन/ मित्र बनि आए अंगाल्न हामि तयार छौं/ भारतको भूगोल भन्दा नेपालको भूगोल पक्कै सानो छ तर हाम्रो स्तर अन्तारास्त्रिये जगतमा बराबर छ/ यो कुरा बुझाउन नेपाली मर्न तयार छ/ तर यसरि अर्ध भारतीय भएर बाच्न तयार छैन/

  2. सुद जस्तोलाई रास्त्रबादी लोकतान्त्रिक सरकारले निकाल्न सक्छ/ लोकतान्त्रिक संबिधान बन्न त् दिनुस सुद जस्ता सबै तेतिकै आफै पलाएन हुन्छ/ रास्त्रबादी नेपाली धारणा र चाहना खुकुरीको धार भन्दा धारिलो हुन्छ यो कुरा बुझेरै नेपालमा रास्त्रबादी को सरकार र लोकतान्त्रिक संबिधान बन्न अबरोध पुराई आएको हो/

  3. लेखकलाई अलिकति कुटनीतिक ज्ञानको कमि भयको जस्तो लाग्यो | हुन् त हाम्रा देशका अधिकांस मै हु भन्ने संचार माध्यमहरु साउथबाटै संचालित छन् | नुनको सोझो त गर्ने पर्यो | नेपालको इतिहासमा नै भारतको गलत नीतिको खुलेर बिरोध गर्ने, कांग्रेस, एमालेका राष्ट्रघाती सरकारहरुले गरेका असमान सन्धि सम्झौताको खुलेर बिरोध गर्ने तथा भारतसंग असल छिमेकीको सम्बन्ध स्थापित गर्न सक्ने कुनै शक्ति छ भने त्यो माओबादी हो | शुद्लाई देश निकाला गर्दैमा समस्या समाधान हुने हैन | प्रजातन्त्रको फ्याँग्लो खोल ओढेर बसेका काला कांग्रेस र एमालेको घैटोमा घाम लाग्न जरुरि छ | जय नेपाल

    • हरि जी:
      very powerful statement : “भारतको गलत नीतिको खुलेर बिरोध गर्ने, कांग्रेस, एमालेका राष्ट्रघाती सरकारहरुले गरेका असमान सन्धि सम्झौताको खुलेर बिरोध गर्ने तथा भारतसंग असल छिमेकीको सम्बन्ध स्थापित गर्न सक्ने कुनै शक्ति छ भने त्यो माओबादी हो | शुद्लाई देश निकाला गर्दैमा समस्या समाधान हुने हैन | प्रजातन्त्रको फ्याँग्लो खोल ओढेर बसेका काला कांग्रेस र एमालेको घैटोमा घाम लाग्न जरुरि छ”
      कति प्रस्ट र सुन्दर लेख्नु भो हजुर ले….

      • हरि जी र शीला जी ,ज्वजलपा !तपाई हरु को अभिव्यक्ति लाई मेरो Facebook मा राख्न पाओस भनि बिनम्र अनुरोध गर्न चाहन्छु | देश विदेश मा बस्ने नेपाली युवा हरु लाई नेपाली राजनीति को गलत ब्याख्या गर्दै रनभुल्लमा पार्ने तत्त्व हरु लाई प्रहार गर्न मद्दत पुग्ने छ |साथै तपाई हरु को बिचार हरु सुन्न येस संसार मा आउने छन् | धन्यवाद |

  4. उहिले पाकिस्तानी दुतावासको एउटा कर्मचारीले नक्कली भारतीय नोट काण्डको कारण देश निकाला खानु पर्यो । अब लेखक ज्यूले त्यो पनि माथिकै आदेशबाट भएको भन्ने कुरा गरे त्यति खेरको पाकिस्तानी राजदूतलाई देश निकाला गर्नु पर्थ्यो ? रिसको वा घमण्डको आवेगमा आएर भारतीय दुतावासको त्यो मूर्खले त्यस्तो गरेको हुन सक्दैन ? बेकारको बखेडा खडा गर्नुको कुनै अर्थ म देख्दिन ।

  5. हाम्रो राजनीतिक चेतना लै के भाको हो?… सुद लै कारवाही गरेर frustration निकाल्नु महत्वपुर्ण कि सयौ वर्ष लै हुने सम्भिदन बनाउनु महत्वपूर्ण ? हामी लै मुख्य धेय बाट विषयान्तर गरिदै गरेको कुरा किन नाबुजेको हामीले ? २-३ महिना बितिसक्यो अब अर्को ९-१० महिना मा सम्भिदन बनेन भने के हुन्छ ??अब त सम्भिदनसभा भङ्ग हुन्न भनेर भन्न पनि सकिदैन . तेसबेला आर्मी ले वा भारत ले काठमाडौँ मा परेड खेलेको हेर्दा “नेयौरी मारी पछुतो ” नहोस . अहिले समय छ — यी कृतिम distraction हरुमा नलागी सम्भिदन बनाउन दवाब दिन तिर लागौ.
    खै मैले त देखेको …औता र अर्को बहाना बनाएर सम्भिदन बन्न नदिने नाटक मन्चन गरिदै छ . खै के कै के …

  6. नेपाली दुतावास एक जना कर्मचारी ले भारतका प्रधानमन्त्री मनमोहन जी लाई फोन गरेर कास्मिर एक स्वतन्त्र राष्ट्र हुनुपर्छ भनेर बाजाबाज गरे भने , भारत को विदेश मन्त्रालय ले कुन कारण लगाई नेपाली कर्मचारी लाई भारत छोड्न निर्देशन दिन्छा , ठिक त्येस्तै कारण देखाई अहिले ति भारतीय राजदुतावास मा कार्यरत दास थर का कर्मचारी लाई २४ घण्टा भित्र नेपाल छोड्न उर्दी हाम्रो परराष्ट्र मन्त्रालय ले गर्नु पर्छ| यस मा डराउनु पर्ने कुनै कारण छैन|

  7. कसरि र किन निकाल्ने सूद लाइ?आज हामीले सूदलाई नाकाल्योउ भने भोलि भारतीयहरुले पनि हाम्रो राजदूत लाइ निकाल्न सक्छन नि.लेख लेख्ने भए अलि कुटनीतिक ग्यान पनि लिन पर्यो नि.थाहा छ,भोलि भारतले नाकाबन्दी गर्यो भने हामिलाइ ज्युन पनि मुस्किल हुन्छ.

    • अभि जी , यो ब्लग को बारेमा comment लेखने ठाउँ हो | यहाँ मुख चपाएर कुरा गर्नु पर्दैन | diplomatic norms को बारेमा हामी सबै लाई थाहा छ| येसो भन्दै मा आफुलाई मन नपरेका र आफ्नो देश बिरुद्ध हुने जस्तो कुरा मा comment गर्न सबै लाई छुट छ| एस ले नया विचार को जन्म हुन्छ | diplomatic भन्दै मा सहने बानी २०४६ मा नै गइ सकियो | its freedom of speech.

    • अभि जी
      भारत बर्षको भिमी भित्र हामि पनि पर्छौं तर भारत भित्र पर्दैन/ भारतीय जनता सिट हाम्रो सम्भंद छ तर भारतीय राजनीति सिट सम्भंद गास्न खोज्दा नेपाल लुटिए मात्र/ तपाईंको सम्भंदित बिशयेकै कुरा गर्दैछुं म/ ईस्ट इन्डिया ले छोडेर गएको भारतको नेताहरुले नेपाल कति लुते भनि जान्न चाहनु हुन्छ भने गुगलमा मात्र the nepal-india wataer relationship: challenges तायिप गर्नुस d n dhungel jee र s p pun जी ले लेख्नु भएको आधिकारिक प्रमाण र विवरण हरु भएको बिबरन्हारू पढ्न सक्नु हुन्छ/

      बास्तवमा हामीले भारत सिटको सम्भंद मा पुनरावलोकन गर्न ढिलो नै गरेको महसुस हुन्छ/ भारत सिट सम्भंद बिग्रेमा नेपालीको जिबन साँच्चैको कस्ट कर हुने हो बा होयिन, बिकल्प हरु हामि सिट छ बा छैन भनि बिचार गर्नु पर्ने स्थिति छ/

      चीनको मावोबाद उपयुक्त होला नहोला त्यो बिबादको बिशाये हो/ यतातिर नजाउँ/ तर छिन् सिट भएको व्यापारिक र सांस्कृतिक नातालाई अलि बिस्तृत बनाउने हो भने भारत सिटको निर्भरता हटाउन सकिन्छ/ भारतको धम्कि मा पनि शिर उठाई जिउन सक्ने हुन्छ/

      भारतीय पेट्रोल नै किन चीनको पेट्रोलमा के कमि छ? भारतीय टाटा ट्रक बा मारुतिनै किन? चीनको ट्रक र कार नेपालको सडकमा सडकमा गुड्न सकिंदैन? भारत सिट किन्दै आएको सामानहरु चीन पाकिस्तानमा बन्दैन के? किन कलकत्ता नै? कराचीको बन्दरगाह बात सामान मगाउन र पठाउन सकिंदैन के? अब भन्नु होला कराची को बन्दरगाह कसरि पुग्ने भनि/ कालापानीको बाटो पुग्न सकिन्छ/ बिरगंज व्यापारिक नाका हुँदै आएकोमा कालापानी बात बैकल्पित पारबहानको ब्यबस्था मिलाउन सके महेन्द्र नगर बिरगंज बन्ने हो/ के फरक पर्छ?

      चीन सिट पारबहंको सन्धि गर्न मात्रै पर्छ/ अहिले कालापानी भारतको हो भन्ने भारतले उहिले नेपालनै भारतको हो भनि रास्ट्र संघमा दावी समेत गरेको थियो/ चीन ले भारतको दावीलाई रास्ट्र संघ मै लोप्पा ख्व्वाएको थियो/ कालापानीको मुद्दामा पनि चीनले मदत गर्छ नै/ नेपाल चीन सीमामा परेको कालापानी नेपालको हो भनेर प्रमाण चीन सिट पनि छ/ भारतले सोभियेत संघ सिट मैत्री सन्धि गर्नु हुन्छ भने नेपालले चीन सिट किन गर्नु हुँदैन?

      भारतले नै १९५०को सन्धि खारिज्को कुरा उठाउने सक्दैन/ त्यो सन्धिबात उसले नेपालको धेरै भूभाग कब्जा जमाई बसेकोछ/ गरि हाले पनि के फरक पर्छ? नेपाली मुलको भारतियेलाई हामि नेपाली भन्न सक्दैनौ/ उनीहरुलाई भारतले नेपाल धपाउन सक्दैन/ धपाए काम खोज्न गएको नेपालीलाई धपाउने हो/ के फरक पर्छ अहिले भारतीयले नेपालमा गर्दै आएको फर्कायिएको नेपालीले गर्नेछन/ भारतमा जति नेपाली छन् त्यो भन्दा बढी भारतियेहरु नेपालमा छन्/ इन्दिरा गान्धीको कार्य कालमै नेपालमा ५२ लाख भारतीयहरु काम गर्दै छन् भनेको थियो/ के भारतमा नेपाली तेतिको संख्यामा छन्?

      मित्र अभि जी हामीले धेरै कुरामा बुद्धि पुर्याउन अबेरनै गरेको जस्तो छ/ तापनि यति सारो दब्नु हुन्न र यति सारो भारतीय निर्भरता बिना हामि बाच्न सकिंदैन कि भनेर आत्महीनता मनमा पाल्नु हुँदैन/ सुरुमा दुख होला तर नेपाल रहे नेपाली माटोले हाम्रो दुख हरण गर्छ यो बिस्वास मनमा राखी स्वाभिमानका साथ् अघि बधुं/

  8. The entire write up by Mr. Meghraj resounds with woes and moreover lays bare the author’s deep-seated rage at Indian dadagiri and at how our government and even the Maoists who call themselves pro-nationalists!
    Thanks for the write up!
    Hari

  9. को ठुलो को सानो भन्दा पनि सुद प्रबिर्ती लाइ जति सक्दो चाडो यो देशबाट हटाउन सकियो भने हाम्रो जस्तो सानो सुन्दर मुलुकको बिकास एती छिटो छिटो हुन्छ कि तपाई एक जिम्का निदाएर विउझिदा यो देश अर्कै भएको पाउनु हुने छ !! सुद मानसिकता, सुद प्रबिर्ती, सुद सोच जसले ये देशलाई तप्कान मुनिको खेति बनाएको छ !! सन्सार को नजरमा मेरो बुद्द मेरो सगरमाथा मेरो इमान्दारिताको कदर छ तर मेरो देशको अस्मिता मेरो छिमेकि राष्ट्र बाट जहिले पनि आपमनित छ सोसित छ भन्नुहोस अब तपाई कुन बाटो रोज्ने कसलाई आफ्नो ठान्ने कुल हुनुहोस अनि प्रतिक्रिया दिनुहोस !! येथास्थिति बाद लाई स्विकार्नु भएको छ भने तपाइँ नेपाली आमाको कपुत छोरा हो !!
    रेशम जी को यो कमेन्ट मा मेरो १०० vote .खाट्टी कुरा यहि नै हो.रेशमजी लै धेरै धेरै धन्यवाद ……..

  10. दिपक जी संबेदनसिल लेखका लागि धन्यवाद….!! मुख्यकुरा अब काल पल्किने होइन काल ले त सिध्याउन लागेको छ/ नेपालका राजनैतिक पार्टीहरु नेपालकालागि भारतको बिरुद्दमा बोलेका होइनन भन्नेकुरा हामीले बुझ्नुपरो/यिनीहरुले राष्ट्रबादी नारा जनतालाई झुक्याउन ल्याएका हुन्/ सबैभन्दा आसलागेको माओबादीले त सुटुक्कै आएका श्यामसरणलाइ सुटुक्कै र सबैभन्दा पहिला भेटेर निवेदन गर्योभने अरुको के कुरा गर्नु र/ प्रचण्ड जी को हुंकार पनि सरण जीलाई ज्यु गर्न पो रहेछ/ जहासम्म रामकुमार शर्माको कुरा छ उनि आफै राजनैतिक नैतिकता भएका नेता हुन् कि हैनन्….छर्लंगै छ/ तमलोपाको चुनाबचिन्न बाट जितेर माओबादीको वकालत गर्दैछन/ उनले त्यो छेत्रका मधेशप्रेमी गरिब जनताको bhot माथि kutharaghat gareka chhn/ मेरोबिचारमा यो घटना भारतको बृहत योजनामा बनेको हुनुपर्छ/ उनलाई भारतले नै माओबादीमा प्रवेश गराएको हुनसक्छ/ यो कुरा माओबादीले बुझ्नुपर्ने हो/
    अब कारबाही को कुरा…….. पासपोर्ट काण्डमा गरेको निर्णयका बिरुद्धमा भारतको सपोर्टगर्दै बोल्ने नेपालका पररास्ट्रमन्त्रि माथि त कारबाही हुन सकेन भने सुदमाथी कारबाही होलाभन्नु हास्यास्पद हो/ दिपक जी ….यिनीहरु सबैका प्रभु हुन् राकेश सुद/ त्यसैले सुदले पालैपालो नेपालका नेताहरुलाई सरकारबाट निकाला गर्छन तर नेपालको सरकारले उनलाई देशनिकाला गर्ने हिम्मत राख्दैन/ त्यसैले अब काल पल्किने होइन कालले खाएर हामि नेपालीलाइ सिध्याउन लागिसक्यो/

  11. हर्केजी ग्यारेन्टी नभएसम्म सुदले जे भनेपनि चुप लागेर बस भन्न खोज्नु भो कि क्या हो? हेहेहे

  12. लेख पड्दा अचम्म लागेओ………..पत्रकार जस्तो रास्ट को गहना भन्ने भनौदा को लेख पड्दा… यो लेख केहि मदेसी ( भारतीय ) हरु ले र सुद का दलाल ( के पी . विद्या . मा कुने र देउबा ) हरु लाइ अबस्य खुसि छन् होला कि हामी संसद मा केहि बोल्न न सके पनि हाम्रा पत्रकार भनौदा ले माईसंसार मा लेखि हाले जे हामीले चाहेको थियो भनेर तर सिङ्गो नेपाली समाज यो लेख पड्दा अबस्य पनि दुखि छन् होला रामु सर्मा ले हिम्मत गर्नु भो उहा लाइ आयको धम्कि सार्बजनिक गर्ने तर केहि पार्टी मा अरु नेता हरु लाइ सुद आयर गाली गर्द पनि केहि बोल्न सक्दैनन् बरु जोरो आयो भनेर सुत्ने गर्छन .
    यस्ता लेख हरु प्रकासित गरि माइसंसार ले कमौदै आयको छबी न बिगार्नु होला

  13. भारतीय दुतावासको नुन खाएका पत्रकारहरूले यस्तै लेख लेख्छन् । के गर्ने उनीहरूको हेर्ने चस्मा पनि फरक हुन्छ ।

  14. यिनी हरुले जनता लै धम्केयेरा खादा कोहि नबोलने अनि यिनी हरुलाई धमकयूदा मुद्दा बन्ने?यिनी हरुले करोडौ जनता लै धम्क्याएर खाही रहे क छाना यिनी हरु लै धम्केउनु भनेको नोर्मल हो.

  15. मित्रहरु, मेरोबिचारमा !

    १) सुद जस्ता ब्वासाहरुलाई देस निकाला गर्नका लागि यो कदम सुरवातको रुपमा लिनुपर्छ ! चाहे त्यो कुरो सत्य होस् वा असत्य ! समसदीय विदेश सम्बन्ध समाती र मानब अधिकार समितिले नेपाल सरकारको पररास्ट्र मन्त्रि र मन्त्रालयलाई भारतीय दुताबास संग स्पस्टिकरणलिई आवस्यक कारवाई गर्नु र तेस्को जानकारी उक्त समतिलाई गराउनु भनेको, अति उत्तम कदम हो!

    २) इ संसदीय समितका यस्ता निर्णयले सम्पूर्ण राष्ट्रभक्ति संसद प्रतिनिधिलाई राष्ट्र र रस्तियताको कीत्तामा मत दिन हौसला प्रधान गर्दछ !

    ३) भाबी दिनहरुमा सुद जस्ता ब्वासाहरुले एस्तो किसिमको हर्कत गर्दा तिन पटक सोच्नेछन !

    ४) अब यी माथिका लेखकले जस्तो पार्टीको धारणा नाकुरौं ! संसदीय समतिहरु, जहाँ समपुर्ण पार्टीका प्रतिनिधि छन् तिनले गरेको निर्णय काफी छ! बरु सरकारले त्यो निर्णयको पालना सहिढंगले गर्नुपर्यो!

    ५) कुनै पार्टी वास संसदलाई एस्तो बैदेसिक हस्तछेपकरी दबाब आउछ भने, तुरुन्त सम्बन्धित संसदीय समिति र संसदीय सचिवालय को कार्यालयमा लिखित जानकारी गरौँ !

    ६) इ काम गरियो भने लोकतान्त्रिक परिपाटीमा बिदेसी हस्तछेप बिरुद्ध बिजय प्राप्त हुन सहयोग हुन्छ ! येधापी माथि उल्खेती बुधा मात्र पर्याप्त होइनन, सहयोगी मात्र हुन्!

    कृष्ण घोरासैनी
    सिन्धुपल्चोक

  16. आफ्नै सिक्का खोटो भएपछि के लाग्छा| foreign minister नै भारतीय राजदूत को तलुवा चाट्ने भएपछि के गर्नु.

    • बरु सूद लाई भन्दा हाम्रो सुजाता जी लाई नै देश निकाला गरे कस्तो होला. येसो गरे कस्तो होला ?

  17. “सबै दलहरुले बुझ्नु के जरुरी छ भने अरुलाई खाने बाघले आफुलाई पनि खान्छ। बाघको लागि कोही आफ्नो वा पराया हुँदैन। उसको स्वार्थ भनेको केवल भोक मेट्नु हो।”
    यो लेख्ने कोहि नेपाली हुने सक्दैन . येस्ता नेपाली को खाल मा रहेका बिदेशी हरुमाथि नागरिक निगरानी बढाउनु पर्छ .

  18. शुद् लायिहतौने सक्ने हिम्म भए देखि किन नेपाल आज यस्तो हुन्थ्यो उहिले नै देश बिकाश भई अहिले नेपालीशुद् हरु ले भारतीय शुद् हरु लाई nachauthe होला तर के गर्नु र पानिमरुवा नेता हरु भए पछी जहिले पानि भारत लाई देखाएर राजनीति गरि आफ्नो स्वार्थ पुरा गर्ने भए पछी कुनै दिन भारत को गल्लि को कुत्ता ले पनि नेपाल ठुलो हस्तछेप गर्छा अनि हामी चाही हेरी रहन्छौ अनि यी नेपाली नेता हरु चाही त्यहिँ भारतीय गल्लीको कुत्ता लाई स्वागत गर्छन र एक अर्का लाई दोष दिएर त्यसले टोक यसलाई टोक भनि हिद्छां यस्तै छ चाला यहाँ को /

  19. निकाल्ने पर्दैन त्येत्रो ठुलो भाइको साख अहिले जति भएको छ त्येतिनै कफी छ!!

  20. जबसम्म राजाबादी र माओबादी एक ठाउमा उभिदैनन तब सम्म माओबादी किनारा लागि सकेको हुनेछ! त्यति बेला नेपाल भारतको एउटी प्रान्त जस्तो जस्तो अहिले देखिने गरेको छ तो भन्दा फरक केहि हुने छैन ! भोका नांगा नेपाली माकुने र भाकुनेको लागि लड्न नसके हुन्छन भने माकुने भाकुनेका कार्यकर्ता देशलाई लुटेरा विदेश पलाएन भैसकेका हुनेछन!!!

  21. ए बाबा …समस्या सुद हैन ..सुद को ठाउमा अर्को राजन वा सरन औला … समस्या हामीमै छ …हामी बलियो हुनुपर्यो… “भाई फुटे गवार लुटे” भा हो..
    तर किन हामी किन सम्भिदन बनाउने मूल बिसय छोडेर बिदेसी लै गाली गर्न मा आफ्नो सक्ति खर्च गर्दै छौ ? यो त ऐले को आवस्यकता हैन नि ….
    पैले सम्भिदन बनौं ….तेस्पची अलिक अर्थतन्त्र सपारौ.. विदेश गका नेपाली सक्ति र बुद्धि लै फिर्ता ल्याऊ ….. तेस्पची भारत लै नि हेरौला नि …. आवस्यकता लै priorize गर्न कैले सिखने हामी..

  22. धेरै थरिका कुराहरु यो ब्लगमा देख्न र पढ्न पाइन्छा खुशी लाग्छ, तर के अर्थ रह्यो जबकी कुनै पनि परिवर्तन नत मानसिकतामानै देखिन्छ, नत ब्यबहारमानै/ कहिले काही भित्रै देखि रिस मात्र उठ्छ/ आफैलाई उकुस मुकुश भएर आउछ/ लाग्छ बाटोमै जाउ ढुंगा हानु, यात मन्त्रि, सभासद, सांसद जे भने पनि तिनकोमा जाउ कठालोमा समातेर घोक्र्यौदै बाहिर ल्याएर हाम्रा अश्थिरताको कारक तत्वहरुलाई तेही सिध्यैदिउ लाग्छ/ कहिले प्रभु कम्पनीहरुकालाई जाइ लाग्न मन लाग्छ/ लेखहरुमा समबेदना रिस होला, तँ माओबादी समर्थक म कुनै बादी समर्थक, हामी कुन बाद वा उपनिवेश समर्थक तर आज म एती भन्न हिच्किचाउदीन, हामी बिबश छौ, लोभी छौ, स्वार्थी छौ अनि आफ्नो खुट्टामा बन्चरोले आफैलाई हान्छौ/ यहा कुनै बाद भन्दा ठुलो हाम्रो अहमबाद देखिन्छ/ कटाक्ष लेखहरु, सर्ब बुध्धिमान लेखकहरु सधै तत्पर देखिन्छन, आफ्नो हावी अरु माथि देखाउन/ यहाको लेखहरुमा कुनै कार्येको पक्षमा अथवा बिरोधमा हामी भुकिमात्रै रहन्छौ, नत्र खाएको पनि कसरि पचोस, मेरो पनि काम तेही भाको छ आज/ किन हामी एउटा जनमत लिएर सडकमा उत्रिन सक्दैनौ, बाद को बिरोधमा अथवा प्रभुहरुको बिरोधमा निष्पक्ष नेपाली जनता भएर, कुनै पार्टीगत अवधारणा बात टाढा रहेर/ सम्भव छ? लेख धेरै पढियो, तर सबै नराम्रै परिणाम मात्र हात लाग्दै छ, तब तेस्को के अर्थ लाग्यो, यो त पधेरनी को गफ जस्तो लाग्न थाल्यो, समय काट्ने बाटो/ अबपनि कुरै मात्र गरेर बस्नु कत्तिको सार्थक पाउछ त्यो थाहा भएन….कुनै बुध्धिजीबी मित्रहरुले अर्थ्याई दिनु पर्यो कि हामी भुक्ने कुकुर मात्रै हुने कि नव नेपालको अबधारनालाई सार्थकता पनि दिने ….. हाम्रो भविस्य, को लागि केहि गर्ने….. साएद प्रश्न प्रश्नै रहेर जाला…..

  23. माओवादीले विरोध त गरेकै हो नि ! तर ‘पहिलो भ्रमण भारत हो’ भन्नेदेखि ‘माथिको आदेशबेगर नमधम्क्याएको’ भन्न बाध्य बनाउने वातावरण कसरी बन्यो, त्यसतर्फ हामीले ध्यान दिनुपर्छ । यस्तै कुराहरूलाई त हो हामीले जरैदेखि उखेल्नुपर्ने !

  24. हाम्रो नया नेपाल | के लेख्नु यो भन्दा बढी |

  25. कुरो सहि हो | बरु सूद संग जानै पर्ने लिस्ट मा माकुने, शर्मा ओली, प्रचण्ड दाहाल छुटाउनु भएन | अरु पनि थप्न सकिन्छा जस्तो कि डा. बाबुराम, रामचन्द्र पौडेल आदि इत्यादी |

  26. हा हा हा… जसले देशको सरकार फेरबदल गर्न सक्ने चाबी हातमा लिएर बसेको छ त्यसलाई देश निकाला ? यस्तो गर्न सक्यो भने त सुर्य पनि पश्चिमबाट उदाउछ होला

  27. यदि मेघराज रसाइलीमा हिम्मत छ भने अनुराधा पौडेल को Coment मा आवाज उठाएर देखाउन्। छ त्यो आँट ?
    Salute to अनुराधा पौडेल जी लाई. तपाई जस्तो लेखक को खाचो छ देशलाई/
    मलाई धेरै पटक पढ्न मन लाग्यो अनुराधा पौडेल जी कमेन्ट “मेघराज जी राजदूत सूदलाई देश निकाला गर्ने आँट माओवादीले होइन सरकारले गर्ने हो । सभासदको जिम्मेवारी र नागरिकको जिम्मेवारी माओवादीले होइन सरकारले लिने हो । मान्छेलाई देश निकाला गर्ने र हुल्ने अमुक पार्टी र जनताले होइन देशले हो । जनमत लिनुस त सूद देश निकाला गरिने मान्छे हो की होइन ? त्यो मान्छे हाम्रो देशको लागि को हो ? जनताले उत्तर दिन्छन् । अनि किन भारतिय दूताबासको पृष्ठ पोषण गर्नु ?
    मलाइ तँपाँइ जस्तो पत्रकारको यो लेख पढेकोमा ग्लानी छ ।”

  28. नेता भानौदाको चाला येस्तई हो भने सूदलाई देश निकाला होइन सारा नेपाली लाई नेपाल भन्ने देशबाट निकाली भारतको नेपाल भन्ने प्रान्तमा स्वागत गर्ने छ र बहादुर र कान्छा कान्छीको पद दिई सम्मान गरि राख्ने छ.देखेकै होला गोर्खलैंडको संघर्ष. आवत त बिउझिने कि ………………..

  29. हिजडा सरकारले गर्नु केहि सक्दैन भारतीयहरुको तलुवा चाट्नु भन्दा र भारतीयहरुको अगाडी छमछम नाच्नु भन्दा अरुकेहि गर्नु सक्दैन यस्ता हिजडा नेताहरु…. एक चोटी जनतालाई छोडिदिनु नि कसरि भगाईन्छ यस्ता भारतीय धोतिहरुलाई…नेपाल देखि …!!

  30. मेघराज जी
    संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिमा एक जना सभासदलाई भारतिय दुताबास बाट आएको धम्कीलाई तँपाइँले राजनीतिक प्रहशन को सज्ञा दिनु भो । यो राजनीतिक प्रहसन थिएन छलफल थियो । माफ पाउँ । छलफलको बिषयलाई प्रहसन भनेर हल्का रुपमा हेर्नु र बिषयको गाम्भिर्यतालाई हाँसोमा उडाउन खोज्नुले तँपाइँले कसको पक्ष लिएर बोलिरहनु भएको छ प्रष्ट हुन्छ । अहिले मानवअधिकार समितिले जे गर्यो त्यो राम्रो गर्यो र हुनुपर्ने यसै हो भनि लेखिनुपर्ने ठाउँमा तँपाइँ जस्तो मानिसले हाँसो मजाकमा उडाउन खोज्नु शर्मको बिषय हो । मलाइ त ब्यक्तिगत रुपमा निकै नै लाज लाग्यो । हरेक मुद्दाका पछाडी भारतको सहयोग र समर्थन नेताहरुले खोजे भन्दैमा पत्रकारहरुले खोज्नु भएन । सभासद माथि धम्कीको विषय नेपाल माथीको हस्तक्षेप पक्कै हो । चाहे ति माओवादीका हुन् या खाओवादीका सासँद ।
    माओवादीका सांसदहरुले ती भारतीय कर्मचारीलाई देश निकाला गर्नु पर्ने कुरा चर्को रुपमा उठाए जसलाई अरु पार्टीका सभासदहरुले पनि साथ दिए भनेर के भन्न खोज्नुभएको हो ? कुरा चर्को या मधुर जे जस्तो सुकै गरी उठोस । बिषय बस्तु भन्ने तरिकामा र उठान गर्ने तरिकामा फरक पर्यो पर्यो होला । तँपाइँ रीसमा या आबेगमा भएको बेला हजुर जस्तो मानिस अबस्यै भन्नुहुन्न तँ साले गधा भन्नुहुन्छ । तर कुरा यो हो कि उनीहरुले उठाएको बिषय सही थियो र न अरुले पनि समर्थन गरेका हुन् । यसरी चर्को र मधुरोको कुरा उठाएर फाटो बढाउने काम गर्नभएन र भारतिय दुताबासबाट त्यो समितिमा रहेका माओवादी इतर साँसदहरुले स्यावासी पाउने बाटो खोल्नुभएन । यदि यसो गर्न चाहनुभएको हो भने अप्रत्यक्ष रुपमा तँपाइँले पनि भारतकै ताबेदारी गरेको ठहर्छ ।
    अर्को कुरा तँपाइँले माओवादीमा हिम्मत छ भने भारतीय राजदूत राकेश सुदलाई देश निकाला गर्ने आवाज उठाएर देखाउन्। छ त्यो आँट ? भनेर सोध्नुभएको छ ।
    मेघराज जी राजदूत सूदलाई देश निकाला गर्ने आँट माओवादीले होइन सरकारले गर्ने हो । सभासदको जिम्मेवारी र नागरिकको जिम्मेवारी माओवादीले होइन सरकारले लिने हो । मान्छेलाई देश निकाला गर्ने र हुल्ने अमुक पार्टी र जनताले होइन देशले हो । जनमत लिनुस त सूद देश निकाला गरिने मान्छे हो की होइन ? त्यो मान्छे हाम्रो देशको लागि को हो ? जनताले उत्तर दिन्छन् । अनि किन भारतिय दूताबासको पृष्ठ पोषण गर्नु ?
    मलाइ तँपाँइ जस्तो पत्रकारको यो लेख पढेकोमा ग्लानी छ । मेरो आँखा यसमा नपरेको भए पत्रकारको हैसियतमा मैले बुझेको तँपाइँको छवीलाई असर पर्ने थिएन । सरकार सँग एउटै माग छ मेरो धम्की दिनेलाई स्पष्टिकरण लेउ । लिनुपर्छ । यो अति भो भारतिय हस्तक्षेप । हामी भारतिय होइनौ ।

    • एउटा छिमेकीको घरमा अब्यबस्था हुदा अर्को छिमेकीले सरोकार ब्यक्त गर्नु सामान्य मानबिय संस्कार हो/ एउटा सामान्य बिबेक भएको र अन्न पानी खाने मान्छेले सोच्नु पर्ने हो आज कसको कारणले येसरी छिमेकीको आबस्यकता भन्दा बढी चलखेल सुरु भएकोछ/ कथित् माओबादी सेनाको पनि सुप्रिम कमांदर पनि आफै हुनु पर्ने अनि प्रधानमन्त्री समेत आफै बनेर रुक्मांगत कटवालको सलाम पनि खानु पर्ने, काली बहादुर खामले लुटेको र युनिटीका ठगले सोझा नेपालीलाइ ठगेको लूट धन पनि आफ्नै झोलामा पर्नुपर्ने, आफ्नो कुपुत्र फेरी नब युबराज पारस बन्नुपर्ने, कथित् जन युद्धको नाममा अबोध नेपालीको बलि दिनु पर्ने तर नौ महिनाको सासनकालमा माखो नमार्ने अनि शक्तिखोरमा गएर झुटा क्रान्ति र बलिदानका कुरा गर्ने/ कुर्ची जोगाउन हजार पटक बिदेशी प्रभुको सरन पर्ने र रोटि र बेटीको नाताको कुरा गर्ने, कुर्ची गुमेपछि राष्ट्रियताको नाममा तुलसी गिरिसंग संस्कृतिक राजाको कुरा गर्न जाने/ मेरो व्यक्तिगत मूल्यांकनमा येस्ता हजार जिब्रा भएका बिष पुरुषले हाम्रो भाग्य निर्माण गरि देलान भनेर पछि लाग्ने हामि नेपालीनै अभागी हौं/ होइन भारतले अति नै गरेको हो भन्ने लाग्छ भने उसको बिरुद्ध लूट महल पेरिस डाँडाबाट युद्धको घोसणा गरे भै गो नि, फेरी अरु १४००० नेपाली मरे पनि प्रकाश दाहाल र सीता दाहालको रौँ हल्लिने होइन, न त् नारायण र गंगा दाहालको सभासद गुम्ने हो, समिर दाहालको भुडीलाई त् झन् के फरक पर्ला र ?

      • बाबुजी, मेरो बिचारमा राज्यलाइ यसरि घर परिवार नै संग दाजेर हेरे पनि मेरो बिचारमा भारतको भूमिकाहरू मुलत बिदेशी हस्तक्षेप नै हो! माफ गर्नु होला तपाइलाई चोट पुग्ने भए (त्यहिँ भएर छिमेकी को ठाउमा तपाइलाइ राख्ने सोच्दा सोच्दै उल्टो रुपमा राखेको छु), तपाईको छिमेकी पुरुष यौन समस्याले गर्दा सन्तान बनाउन नसक्ने भन्दैमा तपाईं गएर विर्यदान (उहाको जिबंसंगिनी संग यौन सम्पर्क भन्न खोजेको) त गर्नु हुन्न होला??
        सरकार बनाउने र गिराउने खेलमा मात्र लाग्नेहरु को सोच जे नै भए नि हामी नेपाली जनताको आखा बाट त्यसलाई भारतीय हस्तक्षेप को रुपमा नै बुझेको छ, र यो ब्लगमा देखिएको कमेन्ट हरुले नि त्यो कुराको पुस्टि गर्दछ!
        यो लेखको सवालमा भने अनुराधाजीको गहन अध्यन र बिस्लेषणलाइ मेरो सम्मान छ!

      • भारतमा ६० वर्षदेखिको कश्मिरको विवाद, ४० वर्षदेखिको माओवादी विवाद, ३० वर्षदेखिको गोर्खालैंड विवाद आदि इत्यादी विवाद नसुल्झाई छिमेकी को अन्तरिक मामिलामा hastachhep गर्दै हिड्न भारतकालाइ लाज लाग्नु पर्ने हो.

    • अनुराधा जी र सत्यमजी प्रति म आभार प्रकट गर्दछु।
      सत्यमजीले मेघराज रसाइलीमा अनुराधाजीको कमेन्टमा आवाज उठाएर देखाउन। छ त्यो आँट भनेर सोध्नु भएको रहेछ। तपाईहरुलाई मेरो लेखको अन्तिम अनुच्छेदलाई पुन पढीदिन आग्रह गर्दछु। तपाईहरुले मलाई भारतपरस्त भनेर लगाउनु भएको आरोपको खण्डन त्यहीं छ। एउटा लेखको केवल एउटा हरफ वा अनुच्छेद पढेर त्यसैको समिक्षामा समय कटाउन थालियो भने लेखको सार कुरो ओझेल पर्न जान्छ। यो त एउटा पुस्तकको एउटा पाना पढेर समालोचना गरे जस्तो भएन र ?

      तथापी म तपाईहरुको प्रतिकृयालाई उच्च सम्मान गर्छु ।

  31. राष्ट्रियता र देशभक्तिलाई राजनीति गर्ने आधार नै मात्र ठान्नेहरुले कसरि यी सवालहरुलाई सम्बोधन गर्न सक्छन होला र?
    जब सम्म सच्चा ढंगले हामी राष्ट्रलाइ माया गर्दैनौ, तबसम्म नेताहरुको लागि बिदेशी हस्तक्षेप भन्ने कुरा एउटा राजनीति गर्ने आधार मात्र त भएको होइन?

  32. मेघ जी तपाई त वास्तविक रुपमा नै मेघ गर्जाउनु भयो जति मेघ गर्जिंदा मुटु पनि थरकिंछा ठिक त्यसरीनै यहाको लेख र राजनैतिक बुजाई ले थर्काएको छ यो आवाज ले यो लेख ले नेपाली हरुलाई उठाउन पनि सक्छ जगाउन सक्छ नेता जिउ हरुले जनताहरुलाई कसरि बुज्दै छन्? कतै आम नेपाली जनता हरुले नै बुजाउनु पर्ने आवस्था पो औला की?

  33. कुरा त सहि हो तर ! तर पनि इतिहास पलटाउदा नेपाल को राजनीतिक क्षेत्रमा भारत ले जहिले पनि हस्तछेप गर्ने गर्दछ ! तितो तर सत्य कुरा सायद नेपाल धरै कुरा मा भारत माथि आश्रित भएको ले पनि होला ! एती बेला मलाई पुरानो कुरा याद आयो :- स्व. भारतीय प्रधानमन्त्रि राजिव गान्धी ले नेपाल मा नाकाबन्दि गर्दा प्याज को मूल्य तेती बेला रु. ९० प्रति किलो पुगेको थियो आदि इत्त्यादी !!!!! हुन त कुनै पनि देस ले आर्को देस को सिमाना मिचे मा आन्तराष्ट्रिय कानुन लाग्दछ ! तर खोइ त्यो कानुन ????? तेस को लागि पहिला हामी नेपाली ले नेपाल लाई आर्थिक, राजनीतिक तथा सामाजिक रुप ले मात्र होइन मानसिक रुप ले पनि स्वतन्त्र बनाउनु पर्छा !!!!

  34. सुद को मात्रै के कुरा ,सुद त भारत को खेलाडी हो उसले आफ्नो काम गरिरहेको छ , समस्या सुद र अन्य कर्मचारी संग को होइन नेपाल पर्ती को भारतीय निएत को कुरो हो , के गर्ने हाम्रा नेता हरु उनि हरु कै सरन मा सासटंगा डंड्बत गर्छन

  35. धन्न कुरा त उठायो नि माओबादी पार्टी ले. अरु पार्टी का संसद हरु कत्ति ले एस्त धम्कि पाइसकेका होलान तर चुप्प लगेर बस्चन. म त शर्मा को यो कदम लाई सराहना गर्छु. कम से कम मीडिया मा त आयो, अब अर्को पाला देखि अलि हत्च्केलन नि त.

  36. can we collectively take the oath of motherland to save our land from foreign invasion? Is not it enough indication of invasion of Nepal? Can Nepal Govt bring Indian govt into attention to this matter immediately?
    Can anyone imagine how terrible consequences it might lead if we including all political parties unite for the noble cause of our sovereignity?
    Can the present Madhav Nepal’s government ask for a written explanation to Indian Ambassador Mr Sud within shortest possible time?
    Do we need to wait to see more challenges and thrittenings from Indian embassy (direct or indirect) before it is already late?

  37. त्यो पनि नहोला भन्न सकिन्न हेर्दै जाउ !

  38. मेघराज जी,
    आज सुद लाइ निकाला गर्यो भोलि सुद को बाउ न आउला भन्ने के ग्यारेन्टी….सुद नआए चिंग छुंग (चिनिया) आउला होइन भने सिद्दिकी (पाकिस्तानी) आउला….! काल पल्कि सकेको छ, तर तेस्लाई निम्तो हामीलेनै दिएको हो !

    सुदलाइ देश निकाला गर्नु वा सबै दल मिलेर संबिधान लेख्नु/सरकार बनाउनु ! यी २ वटा मध्ये अधिक राष्ट्रहितमा कुन चाइ काम होला ?

  39. यी सब थोत्रा गाला बजाउने हरू को के कुरा गर्ने?गर्न केही नसक्ने गफ मात्र गर्ने हरु हुन् यीनीहरू/

  40. को ठुलो को सानो भन्दा पनि सुद प्रबिर्ती लाइ जति सक्दो चाडो यो देशबाट हटाउन सकियो भने हाम्रो जस्तो सानो सुन्दर मुलुकको बिकास एती छिटो छिटो हुन्छ कि तपाई एक जिम्का निदाएर विउझिदा यो देश अर्कै भएको पाउनु हुने छ !! सुद मानसिकता, सुद प्रबिर्ती, सुद सोच जसले ये देशलाई तप्कान मुनिको खेति बनाएको छ !! सन्सार को नजरमा मेरो बुद्द मेरो सगरमाथा मेरो इमान्दारिताको कदर छ तर मेरो देशको अस्मिता मेरो छिमेकि राष्ट्र बाट जहिले पनि आपमनित छ सोसित छ भन्नुहोस अब तपाई कुन बाटो रोज्ने कसलाई आफ्नो ठान्ने कुल हुनुहोस अनि प्रतिक्रिया दिनुहोस !! येथास्थिति बाद लाई स्विकार्नु भएको छ भने तपाइँ नेपाली आमाको कपुत छोरा हो !!

  41. सुदलाई होइन जसले धम्कि दियो तेस्लाई कारबाही गर्नु पर्यो कुटनीतिमा माथिको आदेश भनेर जथावाबी बोल्न धम्कि दिन पाइदैन

  42. धम्क्याए पनि नाधम्क्याये पनि नेपाल सरकार ले स्पस्टिकरण माग्न र देश निकाल्न सक्दैन यो कुरा लेखेर राखे हुन्छा

  43. सबै एकै स्वामीका भक्तहरु हुन् | स्व्वामीका बिरुद्धमा कसले आवाज उठाउने ?

  44. बाख्रा करायो बोकाको कान ठाडो भने को येही होला !!!!!

  45. अरु पार्टीको भित्र समेत पसेर खेल खेल्न सक्ने योग्यता भएका माओवादी

Comments are closed.