मनोज गजुरेलको पाताल अनुभव-२

भर्खरै अमेरिकाबाट फर्किएका कलाकार मनोज गजुरेल माइसंसारका पाठकलाई सुनाएको पाताल अनुभवको दोस्रो तथा अन्तिम भाग-

बोली र ब्यवहार
अमेरिकाका एउटा राज्यमा मेरो कार्यक्रम थियो। नेपाल राज्यका एकजना प्रतिनिधि स्टेजबाट नेपाली भाषा, संस्कृति र संस्कारका बारेमा बोलिरहेका थिए। उनले हाम्रो दौरा, सुरुवाल, टोपी र खुकुरीको पक्षमा निकै मार्मिक भाषामा समर्थन गरिरहेका थिए, तर स्वयम् भने टाइसुटमा निकै रिमिक्क भएर उपस्थित भएका थिए। गज्जबको कुरो त के थियो भने, उनको ‘राष्ट्रवादी भाषण’का श्रोताहरु मध्ये करिब एक दर्जन भुटानीहरु नेपाली राष्ट्रिय पोशाकमा सजिएर उपस्थित भएका थिए। आफ्नो पालो आएपछि मैले भनें- ‘कानुनी र नागरिकताका आधारमा हामी नेपाली भए पनि भाषा र संस्कृतिका आधारमा भुटानीहरु बढी नेपाली हुनुहुन्छ, उनीहरुबाट हामीले यो सिक्नै पर्छ।’ जवाफमा तालीले हल गुञ्जायमान भएको थियो।


‘टाउकोमा मात्रै हैन, हृदयमा पनि देश–अक्सिजनमा हाँस्न आएँ सिरियस छ केस’– मायामीका आयोजक चुडामणी खनालको पुर्नजीवनको कामना सहित।

भुटनिज एक्सप्रेस

‘यी भुटानीहरुले हँसाएर मार्छन् हौ’ पुराना नेपालीहरु भन्ने गर्दछन्। ‘कैले आस्ते गुरुजी भन्दै गाडी रोक्न खोज्छन्, कैले सारी र बुलाकी लगाएरै डिस्कोमा पुगिदिन्छन्, कैले दौरा सुरुवाल लगाएरै सुपर मार्केट घुम्दै भेटिन्छन्।’ भुटानी नेपालीहरु सम्बन्धी यस्ता उट्पट्याङ गफहरु जताततै सुनिन्छन्। एउटा वर्गले भुटनिजहरुलाई ‘हम जायगा’ र ‘सान्ता बान्ता’जस्तो चुट्किलाको पात्रको रुपमा पनि बुझ्ने गरेको पाइन्छ।
स्वयम् भुटानीहरुचाहिँ के भन्छन् त यसको जवाफमा? ‘जन्मभूमि भुटानबाट लखेटिएर नेपाल आइयो। पन्ध्र बीस वर्षसम्म छाप्रामा सूचना र प्रविधिसँग नजिक हुन नपाएका हामी एकैचोटी आधुनिकतासँग साक्षात्कार हुँदा असजिलो त हुन्छ, तर दौरा सुरुवाल, चौबन्दी, चोलोमा सुपरमार्केट घुमेको कुरा छ– ड्रुक्पाले नलगा भन्दा त मानेनौं, अमेरिकामा झन किन छोड्ने?’ एटलाण्टाका महेन्द्र दाहाल भन्छन्– सजिलो हुन्जेल हामी न नेपालीभाषा छोड्छौ, न नेपाली भेष छोड्छौं, भन्नेहरु भन्दै गरुन्।’ ‘

स्ल्यांग नेपाली

सेन्स अफ ह्यूमर भएका नेपालीहरु प्रसस्त भेटिन्छन् त्यहाँ। कोलोराडोका दिनेश कुमार कार्कीले भने–’म आयल निगममा अफिसर छु।’ म छक्क परेपछि उनले कुरा खोले– ‘हाम्रो आयल निगम भनेको ग्याँस स्टेसन हो, त्यहाँ तेल बेच्छु।’ न्यूयोर्कतिर ट्याक्सीमा राम्रो कमाई हुन्छ रे। टेक्सी चलाउने साथीहरु आफ्नो कामलाई ‘जोत्न जाने’, ‘मेलो लाउने’ भन्दा रहेछन्। हप्ताको ६ दिन काम गरेपनि, लोनमा घर र गाडी किनेर लोन र मोर्गेजको तनाव हरेक क्षण भए पनि हप्तामा एक दिन भए पनि नेपाली सांस्कृतिक कार्यक्रमहरुमा, आफन्तको घरका ग्यादरिंगहरुमा र पारिवारिक सप्ताहन्तमा नेपालीहरु हँसिलो अनुहारमा ठट्टा रमाइलो गरिहको देख्दा नेपालीहरुको अमेरिकी जीवन रसिलो भरिलो नै देखिन्छ। तर पनि म गायक भगवान भण्डारीको निचोड सम्झन्छु– ‘सुख र खुशी एकै ठाउँमा पाए झन् कति मज्जा हुन्थ्यो होला।’


‘साँच्चैको सगरमाथामा कैले पुग्ने गाडी–फ्लोरिडाको सगरमाथा हेर्नोस् रेल चढी’– फ्लोरिडा डिजनील्याण्डमा रहेको सगरमाथा टुप्पोतिर रेल रवाना।

चालीस वर्ष अघिको नेपाल

आमीसहरुको गाउँ घुम्ने क्रममा घच्याक्क ब्रेक लगाएर स्टेयरिङमा मुड्की बजार्दै भनेः ‘हत्तेरिका हौ’। यो शब्द अधिकांशले प्रयोग गर्ने ‘ड्याम्म्’को ठाउँमा उनले प्रयोग गरेका थिए। मैले सोधें, ‘के भयो?’ उनले भनेः ‘आयल निगममा जानुपर्ने, बिर्सिएछ।’ थाहा भयो, ग्याँस हाल्न बिर्सिएछन्। ठेट नेपाली शब्दहरु ‘हत्तेरिका हौ’, ‘हो क्यारे’, ‘हैन क्यारे’, ‘कस्सम’जस्ता झर्रा नेपाली शब्दहरु हामीलाई पनि सम्झन गाह्रो पर्ला तर सत्तरी वर्षका अमेरिकी नागरिक स्टेन्लीले २५ वर्ष अघि सिकेको नेपाली भाषा फरर बोल्दा बीचबीचमा अंग्रेजी शब्द घुसाउने मलाई पनि कुरी कुरी लागेर आउँथ्यो।

पहिलो पटक १९६७ मा नेपाल गएका स्टेन र उनकी पत्नीले २ जना अनाथ नेपाली बच्चालाई पनि त्यतिखेरै अमेरिका ल्याएका थिए, जो अहिले हुर्किएर यतै घरजम गरिसकेका छन्। नेपालका टिकट, पैसा र सामाग्री संकलनमा रुची राख्ने स्टेनसँग नेपाल सम्बन्धी थुप्रै सम्झना र अनुभवहरु छन्, जसलाई संकलन गरेर राख्न सके इतिहासको बारेमा थुप्रै जानकारी राख्न सकिन्छ।

राजावादी कि रामदेववादी?
सान फ्रान्सिस्कोस्थित मदरल्याण्ड नेपालले कार्यक्रमका लागि बोलाएपछि केही साथीहरुको आग्रह रह्यो, त्यस संस्थाका अध्यक्ष अनिल पाण्डे राजावादी भएकाले नजानु बेस। केही साथीको सुझाव रह्यो, कलाकार सबैको साझा भएकाले जसले बोलाए पनि जानु बेस। मैले सबैको सुझाव सुनिसकेपछि स्वविवेक प्रयोग गर्नु बेस ठानें– कला र विचार आफ्नो लैजाने हो, मञ्च जसको प्रयोग गरेपनि हुन्छ।

राजावादी, त्यसमा पनि पूर्व युवराज पारसको सहयोगी, कस्तो हुने होला? जांड,रक्सी, जुवा , डिस्को, बन्दुकसँग सँधै नाम जोडिएर आउने पारसका सहयोगी भनेपछि, सायद स्वभाव मिल्ने भएकैले उनीहरुको jlचार मिलेको होला भन्ठान्दै सानफ्रन्सिस्को एयरपोर्टमा झर्दा सज्जन दाइसँग अनिल एयरपोर्टमा भेटिए। सोझै डिस्को वा क्यासिनो लैजालान् भन्ठानेको त आफ्नो घर अक्ल्याण्ड पो पुर्‍याए।

पाण्डे घरको १५ दिने बसाई सोचेभन्दा ठीक उल्टो बन्यो। न चुरोट, न रक्सी, न डिस्को, न बन्दुक, अचम्मका राजावादी भेटिए यिनी त। यहाँसम्म कि चिया, चुरोट, चिकन मटनसमेत नचल्ने अनिललाई मैले सोधेँ ‘तपाईं त रामदेववादी हुनु पर्ने, कसरी राजावादी बन्न पुग्नु भयो?’ उत्तरमा अनिल गलललललल हाँसेमात्र। उनको हाँसोमा राजाको जस्तै षडयन्त्रको गन्ध थियो वा थिएन, त्यो चाहीँ उनै जानुन्, तर मेरो अनुमान चाहीँ नराम्रोसँग गोलखाडी गएको हो।

ओहायोको भुटानी गाउँ

ओहायोका स्टेनसँग एक दिनभरी आमीस गाउँमा लगेर घोडाले खेत जोतेको, ४००० वटा गाई एकै पटक मेसिनले दुहेको, ४०,००० कुखुराले एकपटक अण्डा पारेको, १४० थरीका चिज बनाएकोजस्ता ठाउँको स्थलगत निरिक्षण गराएका थिए। फर्किने बेलामा स्टेनले भने–’भुटानीहरुसँग भएको खेतीपातीको राम्रो अनुभवलाई शहरमा अल्झाउनु भन्दा यस्तै वैज्ञानिक खेतीपातीमा लगाउन सके तिनीहरुपनि आफ्नो काममा सन्तुष्ट हुन्थे, समाजले पनि दक्ष कामदार पाउँथ्यो।’

उनको सपना छ रेः स्थानीयहरुसँग मिलेर भुटानीहरुका लागि धेरै जग्गा जम्मा गर्ने र त्यहाँ उनीहरुको नेपाली गाउँ नै खडा गरेर खेतीपातीमा लगाउने। उनको यो सपनालाई कति नेपाली भुटानीले साथ दिन्छन्, त्यो चाहीं भविष्यले नै बताउला।


‘सगरमाथा टुप्पोबाट नेपाल झलल–गण्डकदेखी गंगासम्म डुंगा सलल’– नक्कली काली गण्डकीमा सक्कली र्‍याफ्टिङ्को मज्जा।

नेपाली मन

‘नेपालीपन’ भन्नु भाषा, भेष र संस्कृतिमात्रै हैन– स्वाभाव पनि हो। गत फेब्रुअरीमा अकल्याण्डबाट एरिजोनाको जांदै थिएँ। तीनवटा सिटमध्ये मेरो बीचमा, अनि एक जोडीको मेरो दायाँ र बायाँतिर थियो। आफैंलाई अप्ठेरो लागेपछि मैले सोधें– ‘तपाईँहरु सँगै बस्न चाहानु हुन्छ?’ छक्क पर्दै प्रतिप्रश्न गरे– ‘आर यु स्योर?’ भौतिकताले सम्पन्न समाजमा भावनात्मक कम, प्राविधिक ब्यवहार ज्यादा हुँदोरहेछ ! बुढाले भने– ‘अर्काको सजिलोको लागी आफ्नो सिट छोड्ने तिमी नै पहिलो भेटें ! ‘ जवाफमा मेरो मुखबाट अकस्मात फुत्कियो– ‘आइ एम फ्रम नेपाल !’ २ घण्टा उडानभर नेपाल र नेपालीको बारेमा बारम्बार सोधिरहे,मैले जाने जति बताइ रहें। फिनिक्समा छुट्टिने बेला दरिलो हात मिलाउँदै भने– ‘म एकपटक नेपाली संस्कृति अनुभव गर्न नेपाल आउने छु।’ घटना सामान्य भए पनि जीवनमा आफूले गरेको राम्रो काम मध्ये यो पनि एउटा हो भन्ने लाग्यो।


‘कसले भन्छ नेपाललाई प्रकृतिले ठग्यो?– यति राम्रो हाम्रो घर कसले त्यता लग्यो’– फ्लोरिडाको मिनी नेपालभित्रको यो नेपाली घरले नेपाल सम्झाउँछ।

22 Comments

  1. मनोज जी को लेखनमा गरिएका टिप्पणीहरू पढ्दा मलाइ सम्झना अायो, नेपालमा इन्जीनिएरले इन्जिनेएरिङ, डाक्टरले चिकित्सा, शिक्षकले अध्यापन, ब्यापारीले ब्यापार, वकिले कानुनीक्षेत्र र कर्मचारीले काम बाहेक अरू सबै काम गर्न सक्छन् । तत् तत् एक एक बटा तोकिएका काम चाही अाउँदैन रे राम्ररी गर्न । मनोज कलाकार हुन । उनको काम कला प्रदर्शन गरेर मनोरन्जन र संस्कृति निर्माण हो, मनोज गजूरेलको काम सम्विधान बनाउने वा सरकार गठन गर्ने होइन । उनी त्यसकालागी जिम्मेवार छैनन् । उनको काम उनले धेरै राम्ररी गरेकाछन् । अब देशमा के होला भन्ने प्रश्न जवाफ मनोज गजूरेलले होइन नेताहरूले दिने हो । देशको निर्माणको खाका के हुने भन्ने जवाफ इन्जिनिएर ले दिने हो । देशको स्वास्थ्य क्षेत्रको जवाफ र योजना डाक्टर सावहरूले दिने हो । त्यसैले अाफ्नो जिम्मेवारी राम्ररीपुरा गर्ने मनोज जस्ता कलाकार लाइ हामीले माया गर्न सिक्नु पर्छ । यही संस्कारले हामीलाइ ठुलो बनाउँछ ।

    कुसुम
    क्यानडा, टोरन्टो

  2. हेल्लो गजुरेल जी,
    नेपाली हुनलाई दौरा सुर्बल नै लगौनता पर्दैन होलानी, हैनर….अनि दौरा सुर्बल लगाउने मान्छेले मात्रै नेपालको माया गर्छ भन्ने हुन्छ र ?? तेसो भएता हाम्रा नेताहरुले सधै दौरा सुर्बल लगौछन, के तिनीहरु सबै रस्त्रबदी छन् होलात??

  3. कलाकार जति बिदेशमा बसेको नेपालीहरुको पैसा अशुल्ने,र त्यति पलायाँ भएर बस्ने ,नेता जति देशको दुकुती र बिदेशी सहयोग कुम्ल्याउने यो भन्दा बिकाश र नेपाली मन कसको हुन् सक्छ!

  4. दियो बलेको झुपडीमा साचो प्रित को बास हुन्छ
    हिरा बलेको महलमा साचो प्रीतको नास हुन्छ
    कि कसो मदन जी ?अमेरिका जति सुकै सम्पन्न साली भयपनी हाम्रो देस पनि प्रकृतिले गर्दा के कम छ र यहाँ राती बिजुली गय पनि दियो टुकी पिल पिल गरी बलिरहेको हुन्छ .बेलुका अन्धेअरै भयपनी द्रिस्य त झनै रमाईलो देखिन्छ.खान लाउनलाई धौ धौ भयपनी हसिलो अनुहार देखिन्छ .. अनि अस्थिर राजनीतक को पिडा पनि उनी नेपालीले सहेका छन ..दुख पिडा सहन्सिल नेपालीनै हो त्यो पो सच्चा नेपाल त अनि त अन्द्यरोमा पडन सक्ने अनि अद्यारोमै रमाउन जान्ने पो नेपाली त . जो पढेको सुनेको जानेको सुख खोज्न त्यहाँ जान्छन उतै घरजम बसाल्छ्न उतैको रमणीय बाताबरण, येस अरम्मा होम्मिन्छ्न भने कसरी उनीहरुमा नेपाली पन हुन्छ र ?हाम्रै देसको कतिपय ठाउ यति रमणीय छन कि जुन हामी नेपाललि लाईनै थाहा छैन .तर हाम्रो देस नेपाल पनि प्रकृतिको छट्टाले भरिपूर्ण देस हो कोहि भन्दा कम चाही छैन .यो सत्य हो कल्पना होइन यो वास्तविक हो कसैले बनायको होइन है …………………..

  5. हैन नेपाल नै उतै सरिसकेछ कि के हो ? तेस्तो पो लग्यो त हौ? हे होस् सबै कलाकार मनोज गजुरेल र मह जोडी जस्तो हो भने नेपाली नेता हरु ले पैला पिच्छे लात्ता खंछा नि हो….

  6. अमेरिका ४ ल़ाईनमा,

    सक्छौ Business गर
    सक्दैनौ jagir खाउ,
    पढाई पुरा गर….
    कसैको बिश्वास नगर

  7. really i appriciate ur words majon dhai all nepali who r in usa should learn thier culture from bhutanese people who r in usa now .i hate those people who makes joke of bhutanese people , they said that bhutanese makes laugh by saying guruji gadi ruknusna ,n dhura sural lagahera desko jan6n ,this all are falt my dear nepali who live in usa this all r falt .’but u all who 4get nepali culture people’- u all r from nepal n start to love nepali culture hai.thanks

    • धर्म संस्कृतिको बारे भुटानी शरणार्थी हरुको बच्चा बच्चिहरुले नि एक दुइ बर्ष पछी सिक्न पर्छ नै अहिले त भर्खरै अमेरिका प्रवेश गरेको हुनाले उही रुप उही समाज उही रहन सहन,केहि बर्ष पछी थाहा हुने छ !समय सापेक्ष हिंड डूल गर्ने पर्छ ,अनि परिवर्तन कसरि हुँदो रहेछ भन्ने कुरो आफै अवगत भै नै हालिन्छ!

      • नेपालका नेपाली जस्तो अमेरिका आएको तिन महिनामा नै कटु र ब्रा लगाएर बीच सडकमा हिडेका छैनन् भुटानी नेपाली क्यार ! एक दुइ बर्ष पछि तपाई नांगै हिड्न थाल्नु हुन्छ होला रामचन्द्र जी, अनि भुटानीहरु साना लुगा लगाएर हिड्नु स्वाभाबिक नै हुन्छ जस्तो लाग्छ मलाई त !

  8. मनोज जी तपाइको अनुभव सारै मन छुने र प्रेरक लग्यो. तपाई को कलम निकै ससक्त छ भनेकुरा लेखाईबाट नै सिद्ध भयको छ.
    यस्ता लेखहरुले धेरै को मनोबल र देश प्रति भक्ति बढ्न सक्छा. कलम नारोकियोस है मित्र.

    हस्त गौतम मृदुल

  9. म सधै mysansar हेर्ने गर्छु तर आज आफ्नै खबर साथीहरुबाट पहिले सुन्दा झनै खुसि लाग्यो. मनोज जी संग को केहि समय मायामी मा सारै रमाइलो भयो. धन्यबाद मनोज जी अनि धन्यबाद उमेश जी.

  10. बल्ल बल्ल अमेरिका जना पयेछान तेसैमा गर्ब गरेछन बुडाले…
    दौरा सुर्बाल लागौदैमा र ढाका टोपी लगाउदै मा कोइ नेपाली हुदैन….
    मन नेपाली हुनु पर्यो ,,,,, हरेक कुरा व्यंग्य गर्ने नगर्नुस तपाई…

    • साथि, नेपाली मन भनेको के हो अलिकति खुलस्त पारिदिनु हुन्थ्यो कि | मैले त अझ सम्म नेपाली मन भनेको के हो बुझ्न सकेको छैन | हजुरले अलि बिस्तृत बर्णन गरिदिनु भयो भने मेरो मन नेपाली हो होइन म आफै लाई बुझ्न सजिलो हुने थियो |

      • नेपाली मन हुन चाहिने केहि कुराहरु यसपरकर छन्
        १) नेपाल को बारे मा जति सक्नुहुन्छा नकारात्मक कुरा गर्न सक्ने |
        २) दौरासुरवाल नेपालको चिनारी होइन यो त फताहरुको हो भनेर आफुले चै टाई सुट मा टोपी लगाउने |
        ३) जनता भय नेताको अन्ध भक्त भयर कुरा गर्न सक्ने अनि नेता भय जनता लै उल्लु बनाउन सक्ने |
        ४) आफुले माखो न मर्ने अनि अरु को कुरा काट्ने |
        यति सामान्य लक्षण हरु नेपाली मन हुन् आवशेक छ |
        जटिल लक्षण हरु पछि प्रस्तुत गरौला यति तपाई मा छ भने सामान्य लक्षण हरु छन् भन्ने बुझ्नु होला

      • तपाई को लागि सजिलो उत्तर….
        बेदेशी नागरिक ले दौरा सुर्बाल र ढाका टोपी लगाएर ठमेल बजार डुल्दा तपाई त्यो व्यक्ति लाई नेपाली भन्नु हुन्छा ?
        मन भनेको देखावटी हुनु हुन्न ! हाम्रा यी गजुरेल हरेक कुरा मा व्यंग्य गरेर जहाँ नि दर्शक लाई आकर्सन गर्न खोज्नु हुन्छा . उसको ऊधहरण हो ऊनको luggage मा लेखिएको message जुन प्रस्ट रुप्प मा नेपाली को बेईज्ज़त गर्न खोजेको पाइन्छा . गजुरेल सर हजुर नि नेपाली नागरिक हो र यो सिस्टम को एउटा हिस्सा हो , यो पनि बुज्नुस !! आरु को बेज्ज़त गर्दैma र अनुहार बिगारेर आभिनाया गर्दै मा व्यंग्य हुदैन !

  11. दोश्रो भागको प्रश्तुति झनै राम्रो छ; कतै कतै त मनै छुने खालको छ- मनोजजी लाई धन्यवाद!
    मनोजजीले पहिलो भागको कमेन्टहरु पढेरै लेख्या जस्तो लाग्यो दोश्रो भाग|

    तल बिगुलजीले कमेन्टमा भने झैं नेताहरुद्वारा देश निर्माणको आशा त परै जावस,
    देशलाई गोल्खाडिमा जाक्ने काम भैरहेको अवश्थामा अब सकारात्मक संदेश
    फैलाउने र साबधानी गराउने भूमिका कलाकार र पत्रकारको काँधमा झन् बढी
    आएको छ!

    मेरो प्रार्थना यहि छ कि, कलाकारहरुको रोजी रोटि कुनै राजनैतिक पार्टीको भाग बिलो
    र कित्ताकाट भित्र नपरी स्वतन्त्र रुपमा चल्न सकोस र उनीहरुले सदै राष्ट्रवादको बिगुल
    फुक्न सकुन!

  12. कलाकारले मात्रै सुन्दर देश को परिकल्पना गर्छन र देश का शासक हरु लाई झक्झक्यौउन कुनै कसर बाँकि राख्दैनन् तर स्वार्थी नेता हरु ले कसको सुन्दा पनि सुन्दैनन् दिमाग जति षड्यन्त्र को जाल बुन्न मै खर्च गर्छन . नत्र त हाम्रो देश युरोप अमेरिका भन्दा कम हुने थिएन नि | के गर्नु हाम्रै दुर्भाग्य भन्ने त होला |तर पनि हामी हरेश खानु भने हुँदैन | कि कसो?

  13. मनोज गजुरेलको पाताल अनुभव-२ पढ्दा त बडो रोचक लाग्यो । अब हामी सबै नेपाली मिलेर नेपाललाई नै अमेरिका भन्दा सुन्दर, शान्त बनाउने तिर एक हुनु पर्छ । सबै एक भएर यसलाई नै सुन्दर शान्त बनाइयो भने अहिले हामी अमेरिका जान पायो भने के न के हुन्छ लग्छ त्यसैगरी, सुशान्त नेपाल बनाइयो भने अमेरिकीहरु नेपाल प्रति लालायत हुन्छ हेरेर !

  14. गजुरेलजी को अमेरिका महात्म्य पढेर अमेरिका त के के न होला भन्ने चैं नसोच्नु होला l यदी तपाईंमा उच्च शिछ्या र प्राबिधिक ग्यान छैन भने अमेरिकाको जिन्दगि निल्नु न ओल्कल्नु को हुन्छ l इन्डियन र पाकिस्तानीको होटेल / पेट्रोल पम्पमा घण्टाको ५ डोल्लरको कमाइ ले जिन्दगि चलाउन आछु आछु हुन्छ l अमेरिकामा हामफाल्नु अघि राम्रै सोच्नु होला – धेरै नेपालीले यहाँको दुख लुकायका हुन्छन र वास्तविकता उनीहरुको नेपाल मा घर परिवार सम्म पुगेको हुदैन l क्रेडिट कार्ड र बैंक लोंनमा चलेको धेरैको जिन्दगि “भोलि” केहि हुन्छ कि भन्ने मृग तृष्णा ले नै चलाई राखेको हुन्छ l बाहिर बाट हेर्दा झिलीमिलि भए पनि अमेरिकाको जिन्दगि एथार्थमा फरक हुन्छ l

    • ठिकै भन्नु भयो होला बडका चौधरीजी तपाईंले. वास्तविक जीवन मृगतृष्णामा नै धेरैको गुज्रिरहेको हुन्छ.

  15. बधाई छ मनोज दाई घुम घाम मस्ती पनि गर्नुस देशको प्रचार पनि गर्दै गर्नुस ! नेताले बिगारे अब देश बनाउने जिम्मा कलाकारको !

  16. ए मनोज दाई, संस्मरण राम्रो छ,
    तर एउटा कुरा नि , त्यो पाताल भ्रमण भित्रको पनि पाताल भ्रमण(लुरे गुफा) को बारेमा पनि लेख्नु न हौ, हाम्रो महेन्द्र गुफा पनि के कम छ र ?

Comments are closed.