नेपालीहरुको ‘दारु जिन्दगी’

अनिश भट्टराई, धरान / सुनसरी

उसो त म रक्सी खान्न तर रक्सी खानेहरुसँग मेरो बाक्लै संगत छ । तिनै रक्सी खानेहरुको बहुमत निर्णयले मैले भट्टी नै जानु पर्ने भो भने पनि मलाई कुनै आपत्ति हुन्न। तर पनि म त्यहाँ गएर रक्सी खान्न। त्यसो भनेर मैले रक्सी चाखेकै छैन भन्ने पनि हैन। तर मैले बुझेको कुरा के हो भने रक्सी खानै (पिउनै) पर्ने कुरा भने हैन। रक्सी खाएर साथीभाइसँग रमाइलो गर्ने कुरा हो  भने भट्टीमा पुगेपछि(रक्स्याहाहरुको) मेरो समूहमा सबभन्दा रमाइलो महसूस गर्ने म नै हुन्छु।

अलिकति रक्सीले मातेपछि आफ्नो कुरा सुनिदिनै पर्ने वा आफ्नो हैसियतभन्दा माथिको गफ दिने रक्स्याहाहरुको कुराले मलाई रमाइलो महसूस गराउँछ। अहो, अलिकति रक्सीमात्र लाग्नु पर्छ, मातेर तिनीहरु संसार कै महान् राजनैतिक विश्लेषक भै दिन्छन्। ओबामाको विदेश नीतिदेखि सोनिया गान्धीको राजनीतिप्रति उनीहरुको वर्षौँदेखिको अनुसन्धान छताछुल्ल भैदिन्छ। नेपालको प्रचण्डको त के कुरा,  मोहन बैद्य नै उनीहरुसँग राजनैतिक प्रशिक्षण लिन्छन् भने जस्तो कुरा शुरु हुन्छ । के थाहा ! (भूतपूर्व) राजा ज्ञानेन्द्रले तिनीहरुले जति जानेको भए गद्दी त्याग्नै पर्दैन थियो कि ? सरकारले कहाँ ट्याक्स बढाउन लाग्यो बजेट भाषण भन्दा पहिले नै भट्टीमा थाहा लाग्छ । भलै तिनको घरको पानीको निकास गेटबाट बाहिर (आफ्नो घरबाट मूल सडकसम्म पुग्ने सहायक बाटो) बाटोमा निकालिएको होस नगरको समस्याहरुको अचुक सामाधान त्यही सुन्न पाइन्छ।

बोल्दैमा पैसा लाग्ला झैँ गर्ने  अझ भनौँ कतिपय मृदुभाषी संकोची महाशयहरुले उनीहरुको धाराप्रवाह विषयगत प्रवचनले पट्यार लगाइ दिन्छन् तर कुरा सकिँदैन। यस्तोमा कुरा सुनिदिनुको कुनै विकल्प हुन्न। यस्तोमा रमाइलो मान्ने हो भने विषयवस्तु प्रति उनीहरुको ज्ञानको स्तर प्रष्ट भै दिन्छ, जसलाई तपाई उनीहरु नमातेको बेला त्यही स्तरमा सम्बन्ध बढाउन सक्नु हुन्छ । भट्टीमा गएपछि आफ्ना पार्टनर(हरु)ले तपाईलाई मनोरञ्जन दिएन भने पनि केही छैन त्यो स्तरका स्याम्पलहरु छेउको टेबलमा भेट्न सक्नुहुन्छ।

रक्सी र रमझमको कुरा गर्दा केही वर्षअघि जतिबेला म पूर्ण रोजगार थिइनँ, त्यतिबेला मेरो  पूर्ण बेरोजगार (तर धनी बाउको छोरो) मित्र शनिबार मनाउन हप्तै पिच्छे भेडेटार जान्थ्यो। हुनलाई शनिबारको नाम बुधबार नै राखिदिए पनि ऊ अफिस वा ब्यापार ब्यवसाय जाने हैन तर उसलाई शनिबारको मदहोस मनोरञ्जन अनिवार्य थियो। शनिबार मनोरञ्जनको कारण उसको मुखबाट सुन्दा लाग्थ्यो- हप्ताका छ दिन ऊ हलो जोतेर हत्तु भएको हुन्छ। अहिले ती मित्र हङकङमा रोजगारीको लागि गएका छन् रे। तर शनिबार मात्र हैन सप्ताहका सातैवटा बार कुनै राजमार्ग हुँदै कतै जानु परे बाटोको दाँयाबायाँ भट्टीमा हुन सक्छ मेरा ती मित्र जस्तै  थाकेका हरु (पनि होलान नि त) भन्ने झल्को आई रहन्छ । साँच्चै नेपालीहरुको रक्सी संस्कृति झाँगिदै गएको छ। रक्सी खान मन लागे साँझ पर्खिनु पर्दैन। सप्ताहन्तको त के कुरा !!

मेरो विचारमा नेपालीहरुको रक्सी संस्कृति फष्टाउनुमा एउटा कारण वैकल्पिक मनोरञ्जनको व्यवस्था नहुनु वा त्यसप्रतिको सम्बन्धित निकायको कार्यक्रम नहुनु हुन सक्छ। हप्तामा छ  दिन काम गर्नेहरु हुन् वा नगर्नेहरु, मनोरञ्जन गर्न मन लागे भरपर्दो व्यवस्था कतै  छैन। सरकार नेपाल पर्यटन वर्षको घोषणा गर्छ तर स्वदेशी आन्तरिक पर्यटन लागि सिन्कोसम्म भाँचेको देखिँदैन।  धरानमा काम गर्ने मान्छे शुक्रबार इलाम गएर आइतबार अफिस भ्याउँछ भन्ने कुनै ग्यारेण्टी हुन्न। राजमार्गको बन्द ह्डतालले कतै हिँडेको मान्छे कतिखेर कहाँ पुग्छ कसैलाई थाहा हुन्न। यस्तोमा हेटौडाको मान्छेको सप्ताहान्त पोखरामा बित्त्ने कार्यक्रम कसरी बन्छ ? नेपालीहरुको राजनैतिक अव्यवस्था र बढ्दो रक्स्याहा संस्कृतिले समाजमा धार्मिक भावनामा पनि कमी ल्याइरहेको देखिन्छ। अस्थिरता र अन्योल बीच पनि नेपालीहरुको धार्मिक तिर्थयात्रा भारतको कन्याकुमारीसम्मको तय हुन थालेको छ। धनकुटाबाट चारधाम हिँडेको तिर्थयात्री धरानमा बस रोकाएर पिण्डेश्वर बराहक्षेत्र जान चाहँदैनन्। किनभने जोगबनी नपुगी बन्दमा फस्नु पर्यो भने के गर्ने ? भारतको कुरा निकाल्ने बित्तिकै हाम्रा कन्सेरी जति नै ताते पनि हामीकहाँ भारतको जस्तो कतिपय (सु)व्यवस्था लागू भएको छैन। भारतमा रक्सी खानु पर्‍यो भने चार किलोमिटर पर (किलोमिटर चाँही मलाई ठ्याक्कै याद भएन ।) लाइसेन्सवाला दारु दुकान जानु पर्छ। नेपालमा पशुपति मन्दिर परिसरको सँगै टासिएको गौशाला चोकमा तपाईँलाई जति रक्सी चाहिए पनि रित्तो हात फर्किनु पर्दै । ब्यक्तिको मनमा गढेको धार्मिक भावानाको कुरा हो नेपालको पशुपति मन्दिर नजिकै विदेशी रक्सी पाइने पसल र बराहक्षेत्र मन्दिर नजिकै लोकल ठर्रा दोकान भेटियो भने भक्तको मन त भाँडिन्छ  नि। भारतको बनारसको कुरा गर्नु हुन्छ भने मैले सुनको छु बनारसमा मन्दिर एरियामा बस्ने मान्छेलाई रक्सी खान मन लागे अटो अटो चढेर जानु पर्छ रे । (चाहे उसले त्यहाँबाट किनेर ल्याई आफ्नो कोठामा खावस् ।)

भलै नेपालमा रक्सी पसल कहिल्यै घाटामा नजाने पसलहरु मध्येमा परोस तर यसले नेपाललाई दीर्घकालीन रुपमा सुको नाफा हुने देखिँदैन । नियमित आयस्रोत हुने होस् वा मासिक एकमुष्ट कमाउनेहरुको आम्दानीको महत्वपूर्ण अंश रक्सीमा लगानी हुन थालेको छ। जब म कतिपय पेन्सन थाप्ने अफिस अगाडि लहरै भट्टी पसल ( लोकल रक्सी बेचोस् कि विदेशी व्हिस्की मात्र रक्सी बेच्ने पसल, नेपालीहरु चलनचल्तीको झर्रो  भाषामा भट्टी पसल नै त हो नि। ) देख्छु, मलाई साँच्चै नरमाइलो लाग्छ। मेरो आशय प्रष्ट छ राजश्व उठ्ने कार्यालय (भन्सार, कर, खानेपानी, विद्युत, मालपोत आदि) नजिकै हुने रक्सी पसलले पनि नेपालको कर्मचारीतन्त्रमा नराम्रो असर पारिरहेको छ । मन्त्रालयमा चाहे जस्तो गराउन सक्ने उपल्लो तहका साहेबहरु लाई भेट्न जाँदा “एक बोतल राम्रो सगुन” लिएर जानु पर्ने नेपाली कर्मचारी तथा राजनैतिक संयन्त्र रहुञ्जेल  न सरकारी कार्यलयको औपचारिक कार्यक्रमबाट व्हिस्की कल्चर हट्छ, न दिँउसै  एक बोतल रित्याएर कार्यलय आउने माड’ साहेबहरु लाई सजाय हुन्छ। तर चिन्ताको विषय नेपालीहरुले कमाएको पैसा, विदेशबाट पठाएको रेमिन्ट्यान्स र तिरेको कर त फगत पिसाबमा बग्यो नि त । ख्वै कुरा बुझेको !!

[email protected]

59 Comments

  1. अनिस मा पनि धरान बासिन्दा हो तर आइले urope को स्वीडेन मका छु .मा पनि somtimes रक्सि पिउने garthye तर ऐले छोडे.तपाई को लेख राम्रो लग्यो र तपाई को लेखन सैली राम्रो लागो .तपाई संग सम्पर्क गर्ने तरिका क होला?

  2. सत्यवचन,
    चिन्तन, अनुभव र निष्कर्ष एकदमै सहि हो,
    “यो कुरो चाहि गल्ति छ है ” भन्ने ठाउँ खोज्ने जति प्रयास गरे पनि कहिँ-कतै भेटिएन,
    र यहि कुरोले मन भारि पनि हुन्छ,
    कुनै “चमत्कार”ले वर्तमान राजनैतिक समस्या एकैपटक हाते पनि हाम्रो जीवन मै हावी भै रहेको यो कु-संस्कृतीलाई सुधार्ने कसरी ??

  3. this is fact and i enjoyed the article…
    One day we Nepali will be the world leader in this RAKSHI culture….

  4. पिएपछि कहिले म आफैसंग बोल्ने गर्छु
    सक्दिनँ रुन डाँको छाडी मौन निशब्द रुने गर्छु |

    सबै गीत चै नलेखु होला फेरी चुहिन सक्छ

  5. लेख रमाइलो छ . तर नखाई लेख्न सकिन्न के गर्ने हो

  6. “सुर्य अस्त नेपाल मस्त” सिद्धान्तलाई पछ्याउने रक्सीको लत भएका सबै लाई चेतना होस् !!!!

  7. कस्तो रमाइलो लाग्यो साथी हुन पनि हो .रक्सि पिय पछी को त्यस्ता खाले कुराको ओंइरो लाग्छ .आखिर सुनिदिने चाई कोहि हुदैन .आफ्नो कुराको बिट कहाँ मर्ने पत्तो हुदैन .

  8. सब्बै ले भन्छन् दारु खाएर kina जिन्दगि बर्बाद pareko bhane र म भन्छु यहि मन त जहर piune छ. tara म दारु ले काम chlaudai छु एस्लाई पनि छोडे म khaha जाउ सबै ले साथ छोडेपछि.

  9. mamta जी लाइ सारो मन दुख्य ६ ho? खाने ले त खानु पाउन पर्ने ho taatiसारो त न भन्नु न हौI राम युग मे दुध मिला कृष्ण युग मे घी.हमारे युग मे दारु मिला खुब दबा के पी.

  10. सुरुसुरुमा बानि पार्न अर्कैले पैसा तिर्ने बानि परेपछिता आफ्नो खल्तिलाई मात्र पिर्ने
    हाड खायेनी सब खायेनी रक्सि भन्या रक्सि खिच्चा हास्दै रक्सि पोख्छे होतेल्वालनी पोक्ची ….हा हा

  11. हाम्रा नेताहरुलाई र सभासदहरुलाई संबिधान सभाको बैठकमा रक्शी नै पिउन दियुं, सायद संबिधान समय मा मै बन्थ्यो होला कि? अनि संसारको सबै भन्दा राम्रो संबिधान बन्थ्यो होला?

  12. रक्सि लागेपछि मान्छेले मनको कुरा सबै खोल्छ ..
    सबै दुख सुखका कुरा पोख्छ ..
    राम्रो निन्द्रा लाघ्छ

  13. आफुले खाइदेइन तर नेपाली नव रक्सिपान गर्ने हरु को सब भन्दा नराम्रो बानि के भने नखाने मान्छेले पनि उनीहरुको आदरको लागि khaidinu पर्ने|
    पार्टी हुदा जमघट हुदा नखाने हरुले मैले त खान्न है भन्यो भने अनौठा अनौठा कमेन्टहरु सुन्नु पर्छ तेसैले तेस्तो जमघट हरुमा सके सम्म जना न परे हुदो हो जस्तो लाग्छा मलाई त |

    ल रक्सि खाने साथीहरुहो नखानेहरुको सानो समस्यालाई बुजिदिनु पर्यो है|

  14. प्रधानमंत्री निर्बाचनको दिन सबै सांसदहरु लाई दारू पिउने बेबस्था मिलाएर भोट हाल्न लगायेमा देसको प्रधानमंत्री चुनिने पो थियो की ?

  15. भगवानको जमानादेखि को कुरो हो यो – सोमरस l पुरै प्रतिबन्ध लगाउन चै अलिक असंदर्विक होला, तर उत्पादन, बिक्रि वितरण र उपभोग अलिक व्यवस्थित र अनुशासित हुनु पर्यो l तेसो गरे कसो होला ?

  16. जब तक हे जी तब तक पी
    न रहेगा जी तो कौन कहेगा पी

  17. ke गर्नु त तिमि बिना को jivan भन्ने गीत sunnu भयेअको china तपाई le
    rakkshi खाएर पिसाब huncha भने तपाई लै के भनु म ? jasle खायो उसले स्वाद पायो नि खाना खाएर अमृत भएर निक्लेको खै मैले त suneako छिन्न सिर .

  18. आजको रक्सी र राजनीती को बारेमा भर्तीहरी को श्लोक सान्दर्भिक देखिनछ .
    या चिंता यमी सततं मई सा निरुक्त अर्थात रक्सीबाज़ रंडी वेश्या पेशा गर्ने तथा राजनितिको फोहोरी खेलमा रामाउनेहरु को चरित्र सदा दोहोरो खाले हुंचा .

  19. ” खान्न भन्दा पनि रक्शी के भरेकी हतेरीका! फेरी आँखा झिम्कायर के गरेकी हतेरीका!!” यै भएर त हो नी भट्टी जान मन लाग्नी , भट्टी मा राम्रा राम्रा तरुनी भये पछि जान्न मन लाग्दैन त?

  20. मन भरि पिडा छ;
    शरीर भरि मात छ;
    सबैले छोडेर गए पनि;
    सधै तिम्रो(सोमरस) साथ छ.

    बिहान पिए, राति पिए,
    समयलाई छल्न पिए,
    जसलाई आफ्नु भनि सबै दिए;
    उसको याद लाई छल्न पिए.

  21. लेख अत्ति नै राम्रो छ.जब सुर्य अस्त नेपाल र नेपाली मस्त भने जस्तै हो.विश्व मै अनियन्त्रित मदिरा को खपत हुने देश सायद नेपाल नै हो कि?यो देश मा सरकार बाट अनियन्त्रित मदिरा को रोकथाम को के आशा गर्न सकिएला र? यस्को लागि युवा वर्ग नै अगाडी बढ्नु पर्छ.एउटा कटु सत्य के पनि हो भने नेपाल मा मैले अहिले सम्म देखेको यदी कसैको परिवार मा एक जना मात्र पियेक्कड़ छ भने पुरै परिवार ले कुनै न कुनै किसिम को समस्या झेल्नु परेको छ चाहे त्यो मानसिक होस् या शारीरिक.बुझ्नु पर्ने एउटा कुरा के छ भने एकजना को केहि भर को मोज मस्ती को कारण ले आफ्ना परिवार को निम्ति कालान्तर सम्म को लागि समस्या ननिम्त्याउ.

  22. के गर्नु दुध, दही, मही, घिऊ, जुस फलफुल खाएर कहिले हो कहिले लाग्ने दारु खायो भने त उत्तिखेरै लाग्छ क्यारे !

  23. मेरो कमेन्टको अभिप्राय लेखकसँग सहमत/विमत भन्दा पनि प्रसङ्ग छुवाएर अनुभव साट्नुसँग छ। उदेश्य रक्सी खानुपर्छ भन्ने कदापी होइन। संयोगवश निरुदेश्य अर्थ लागे, प्रस्तुती कमजोर हुन गयो – माफि चाहन्छु। हुन त म मूलाले नखा भन्दा नखाने, खा भन्दा खाने को पो होला र। तैपनि ‘कोदे’ तर्क नगरु भन्नलाई भुमीका वाँदेको हूँ।

    व्यक्तिगत रुपमा म समाजले वर्जित गरेको केहि पनि खादिन। भनेपछि रक्सी खादिन भनिरहनु नपर्ला। अहिले सम्म कहिल्यै नखाएको भने होइन। खाइयो। रुचिकर लागेन। खाइरहने आवश्यकता महशुष नै भएन। मेरा प्राय साथीहरु रक्शी खानुहुन्छ। मैले उहाँहरुको रक्सी नसालाई आपत्ति यो कारण जनाउँदिन। किनभने उहाँहरुलाई पनि मैले रक्सी नखाइदिएकोमा आपत्ति छैन। नशा लागेपछि रमाइलो मुडमा आउनेहरु मलाई प्रितीकर लाग्छन। व्यहोरा देखाउनेहरु साथीनै वनाइएन।

    मान्छेहरु रक्सी खानुको वेफाइदा झैझगडा, रुपैया पैसाको नाश, विकृति र स्वास्थ्यलाई राख्ने गर्छन। जुन मेरो विचारमा लक्षणमात्र हुन। रोगको जड होइन। रोगको जड भनेको ‘गिर्दो विश्वास’ हो। मुख्य कुरो यो छ कि अव आएर रक्सी संस्कारलाई हटाउन सकिन्न। म किटान गरेर भन्छु पुरै रक्सी खाने (पिउने) संस्कारलाई हटाउन सकिन्न। सदियौ देखि यो लत चल्दै आएको छ। वर्जित सहि, आज सम्ममा यो एउटा संस्कार वसिसकेको कुरा नकार्न सकिन्न। तपाई जति रक्सीको लतमा पर्दै जानुहुन्छ, त्यति विश्वास गुमाउँदै जानुहुन्छ। तोकेको ठाउँमा पुग्नुहुन्न। तोकेको काम समयमा गर्नुहुन्न। आदि आदि। यसरी विश्तारै विश्वासको गाँठो चुटिदै जाने हो। थोरै हुन्छन जो रक्सी र दैनिक कार्यसम्पादनमा पोख्त हुन्छन। शायद त्यस्ता व्यक्त्ति्कलाई खानेहरुको भीडमा “रक्सी खाने” भन्दा पनि “चाख्ने” भनिदो हो।

    अव मुख्य कुरा तर्फ आउँछु। यो विडम्वना हुनसक्ला तर रक्सी यति व्यापक भइसक्यो कि अव आएर कोहि मान्छे रक्सी नखाएकैमा सज्जन मान्ने जमाना रहेन। रक्सी खाने दुर्जन हुन भन्नु पनि यर्थाथपरक छैन। एक हिसावले समाजमा यसले स्वीकृती पाइसकेको स्थिती छ। जति विरोध गरौ उति मौलाएर आउँछ। म ग्यारेण्टि दिन्छु। त्यहि भएर यसलाई विवेक पुर्‍र्याएर व्यक्तिगत स्तर, सामाजिक स्तर हुँदै राष्ट्रिय स्तर सम्म स्वीकृत गरेहुन्छ।

    # सम्वन्धीत निकायलाई मेरो एउटै सल्लाह छ – रक्सी पसल व्यवस्थित गर।

    # अभिभावकवर्ग यदि तपाईहरुको सन्तान–पुस्ताको नाताले केहि भन्ने हैसियत दिनुहुन्छ भने भनिदिन्छु – छोरा छोरीलाई अनुशासित वनाउनुहोश। तर संस्कार, रितिरीवाज, जात, धर्म आदिको खोल ओढाएर पिंजडामा नराख्नुहोला। यहाँ ख्याल गर्नुपर्ने दुईवटा कुरा छन। एक, तपाईको पिंजडा स्थायी रहँदैन। जव वच्चा पिँजडावाट वाहिर निस्कन्छन। तव उसले स्वतन्त्रता गलत वुझ्छ, सहि आत्मशात गर्दैन। दुई, तपाईले दिनुहुने धार्मीक, संस्कारिक आदि कारणहरु तपाईको वच्चा आडम्वरी खोल वनाएर ओडिरहन्छ, जसले उसलाई जिवनभर छोडदैन। किनभने उसले नै त्यसलाई पकडिरहेको हुन्छ। अचम्म यसमा छ ऊ सम्झन्छ, उसलाई धर्मले, जातले, संस्कारले, रितिरीवाज, एवम चालचलनले पकडिरहेको छ। यो कुरा गलत हो। वास्तवमा उसलेनै जात, धर्म, चालचलन आदिको आडम्वर समातिराखेको हुन् छ। फेरि यो कुरा फरक हो ऊ जिवनभर मुक्त्ति्क चाहिरहेको हुन्छ – आफै पक्रने अनि आफै मुक्ति चाहने????

    # साथी यदि तँपाईको अभिभावक तपाईले रक्सी खानुहुँदा मुस्कुराइरहनु भएको भए ३ वटा कारणहरु हुन्छन।
    एक, तपाईको अभिभावक मायाको नाममा तपाईलाई वेवास्ता गर्दैछ।
    दुई, तपाई आफ्नो अभिभावकको नजरमा यति टाढा पुगिसक्नुभयो तपाईलाई निरिह मुस्कान दिनुभन्दा वढि उहाँसग केहि छैन।
    तीन, तपाईको अभिभावकलाई तपाई प्रति यति विश्वास छ कि उहाँ रक्सी सामान्य देख्नु हुन्छ। यहाँ प्रश्न भनेको तपाईलाई आफुप्रति कति विश्वास छ भन्ने हो।

    अन्त्यमा,
    म जात,रितिरिवाज, संस्कार, पार्टि आदि कुराको आधारमा व्यक्तिलाई मुल्याङकन गर्ने परिपाटिमा विश्वास राख्दिन। तैपनि म हुर्केको समाजमा ‘रक्सी’ भन्नु वित्तिकै विशेष जातिहरुसँग जोडने परिपाटि छ। त्यसको म सधै विरोध गर्छु।
    तपाईले मेरो कमेन्टलाई मातेको मान्छेको गफ भन्नु अगाडि एउटा गफ दिहाल्छु। कहिलेकाहिँ वढि होशियार हनुपर्छ भने रक्शी खानेसँग होइन नखानेसँग। अनुभव हो। 🙂

  24. नेपाल मा रक्सि सस्कृति बढ्नु मा पहिलो कारण हो यो जहाँ , जतिबेला , जति उमेरको मान्छे र जति पनि खान पाउनु हो | बरु सिटामोल किन्न एक दिन हिड्नु पर्ला तर रक्सि कुनै पनि बस्ति मा पाइन्छ | अर्को कुरा रमाइलो को लागि के गर्ने त ?? कमाएको पैसा ले बिदेसी को जस्तो घुम्न जान पुग्दैन , घुम्न गए पनि सबै लुट्न बसेका छन् सुबिधा केहि छैन | कि मन्दिर मा गएर गाजा को ताल मा हरेराम हरेकृष्ण गाएर बस्नु पर्यो कि भट्टी मा गएर रक्सि को ताल मा मन को कुण्ठा मार्नु पर्यो |

  25. HE WHO DRINKS, GETS DRUNK
    HE WHO GETS DRUNK, GOES TO SLEEP
    HE WHO GOES TO SLEEP, DOESN NOT SIN
    HE WHO DOES NOT SIN, GOES TO HEAVEN
    SO LET US ALL DRINK AND GOT TO HEAVEN

  26. ए पटक पियाको दिन जुन कुरा jasalai भन्न नहुने उसैलाई भानियछ / तेस पछी मलाई लग्यो योरै खायर सरिर मात्र तताउनलाई कफी पिय हुन्छ / धेरै खाय भन्ननहूने कुरा भनिने / यसो सोचे अहिले सम्म पियर के भो खाली पैसा मात्र सकियो छारो भुत्लो केहि पर्गती भयान त्यसले मैले त पिउनै छोडिदिय

  27. अबगुण हरु त छन् तर रक्सि कहिले कहिँ त अति काम लाग्छ भनेको | मलाइ त कसै संग नडराई कन बोल्नु छ भने रक्सि नखाई हुदै हुदैन |

  28. तेसैले त हामी बहादुर नेपाली भएको, खोइ कुरा बुझेको ??…. 😉

    • वीर नेपाली नेपाल मा मात्र.तर तिनै बिर नेपाली जब विदेश पस्छन चाहे पढाई को लागि चाहे रोजगार को लागि त्यो बेला मा भिजेको बिरालो जस्तो खोइ कुरा बुझेको?

  29. राम्रो नराम्रो /गुड बैगुडा सबैमा हुन् छ [ मार्त मिलाएर खाएमा औसदिको काम
    गर्छा रक्सीले [ यदि जथाभाबी सग खाएमा ज्यान सम जाने डर हुन् छ [
    शाधराना परिबारमा पनि यसको कमि महसुस हुन् थालेको छ [
    सानो जमघतमा पनि यो भएँ न भने रमाईलो नहुने भईसको र जसले यसको सेबन गर्दैन यो फाल्तु जस्तो हुन् छ [ के भएको हो कुन्नि गफा पनि आउदैन रे ?
    बिदेसमा १८ वर्ष भन्दा सानो ले सेबन गर्न मनाई गरेको छ [ तर सेबन गर्दैनन् र /

  30. “पिसाब र हिसाब क्लिएर भयन भने, मान्छे रोगि र जोगी हुन्छ”

  31. अत्यन्त सम सामयिक र मार्मिक लेख लेख्नु भएको मा लेखक ज्यु लाई हृदय देखि कै धन्यवाद , १७ % तराई को उब्जनी ले लगभग सबै नेपाली जनता लाई खान पुर्याउनु पर्ने अन्न को २०/२५ % कुहाएर जाड , रक्सि बनाएर सकिन्छ तेती जाड र रक्सि ले नपुगेर भारत लगाएतका युरोप का महँगा रक्सि संसार को १३५ नम्बर को सक्ति सम्पन्न नेपाली लाई नभई नहुने , उब्जाएको अन्न सके सम्म चाडो कुहाएर रक्सि बनाएर सक्ने अनि अन्न छैन अनिकाल लग्यो भनेर सन्सार लाइ सुनाउने दुर्गम क्षेत्र का जनता अनि त्यो खबर सुन्दै महँगो अन्न कुहाउदै तोंग्बा तान्नु पर्ने र अनिकाल ग्रस्त क्षेत्र को लागि भारत् बाट अन्न किनेर पठाउनु पर्ने ,हामी नेपाली हरु लाई त्यो रक्सि ले जलाएको मिर्गौला फेर्न फेरी तेही भारत् को अस्पताल पुग्नु पर्ने हाम्रो महान ”रक्सि सस्कृति” विश्व मै नमुना सस्कृति छ, सबै मुलुक का बासिन्दा ले खान्छन तेसै लाई सभ्य तरिका ले मात्र मिलाएर खानु पर्ने कुरा तपाई ले गर्न साथ् आफ्नो सस्कृति माथि हमला गरेको ठान्ने हरु ले अब कुरा बुझ्नु पर्ने बेला आएको छ …..युबराज

  32. हो हामी मान्छौ र मान्ने पर्न्ने यो रिति…के गर्नु १००% मा २०% नेपालीमा मात्र यो दारु बाट चोखो होला ,,,,,,,,नत्र त सबै उही बारीको मु LA हो!!

  33. घरमा सधै झगडा भैरहने रक्शिको निहुले, एक दिन श्रीमतीले बोतल बाटै दन्का इन् र भनिन छया कति नमिठो ….. / एस्तो खाँदा त तँ ऋष गरि दिनदिनै झगडा गर्छेस्त…. श्रीमान भन्दैथिए ……

  34. कसैले खान्छ या पिउँछ त यो लेखकलाई किन टाउको दुखाउनु परेको होला बित्थामा । कहिले कहिं साथिभाई संग पिएर आनन्द लिनुको अर्कै मजा हुन्छ नि । कत्तिन सबैले पिएको रक्सिको पैसा उसैले तिर्नु परेको जस्तो ।

  35. नशा जताततै छ कहिले होसमा कहिले जोशमा कहिले पानीमा कसैको बानीमा ..संसारमा नपिउनेकै ताण्डव छ..
    पियक्कड कोहि हुने थिएन होला तर नपिई मातने संसारमा नभैदियेको भए,
    शायद नपिई मातने हरु नभैदियेको भए…

  36. टन्न पिएर छादनु छदियो
    आस्ति राति साहिली को भट्टी मा बाउ को सिको ५ घडी फालियो …….धेरै त तरुनी का नै कुरा निकालछन् हो पीए पछी साथी हरु …………..

  37. मलाई बिश्वास छ अनिशजी ले निकट भविष्यमा रक्सि महाकाव्य लेख्नु हुनेछ जसको प्रभावले नेपाल मा रक्सीलाई आमा को रगत पिए जस्तो वा कुकुरको मुत घुट्क्याए जस्तो भन् हुनेगरी रक्स्याहा (जड्याहा) हरुलाई यस्तो कुमति बाट मुक्त गर्नेछ / तपाइलाई धन्यवाद /

  38. मेरो एकजना साथी सारै मज्जाका छन् स्वदेशी खान थाले पछि विदेशी निकाल्छन् । धेरै नबोल्ने मान्छे रक्सी खान थालेपछि अंग्रेजी मात्र बोल्छन् ।

  39. हामी नेपलीहरुको अमेरीकामा हुने पार्टी असाध्य मन पर्छ मलाई।
    म बाल्टीमोरमा बस्छु। हामी नेपालीहरुको पार्टीमा जांड् घिच्ने, पाए गांजा पनि तान्ने, एक अर्का संग मारामार गर्ने अनि भोली पल्ट बिहान माफी माग्दै हिंड्ने संस्कृतीको राम्रो बिकास भएको छ, विषेस गरेर अवैध रुपमा काम गरेर अमेरीका बस्नेहरुमा। म अफु “जांड्” खान्न त्यसैले होला मलाई नेपालीको पार्टीमा जान असजीलो लाग्छ। किनकी “ए.. तपाई केहीपनी खानुहुन्न? हामी त बिग्रिएका मान्छे पर्‍यौं।” जस्ता कमेन्टहरु सुनीन्छ। यो हाम्रो पुरातन संस्कृती होईन तर यस्तो कुरीती कसरी विकाश भयो होला?

  40. गाह्रै गाह्रो सँझ्यो भने जताजतै गाह्रो छ
    जो सुकैले जे सुकै भनोस सोमरस बढो प्यारो छ
    जलेको मन शान्त पार्ने त्यहि एउटा बाट

    • मेरो नामबाट गको अर्को कमेन्ट डिलीट गरिदिनुहोला किनभने आधा मात्र गयो । धन्यवाद ।

  41. एकसय एक नेताहरु नै मादक पदार्थका सेवन गर्छन ! पंचायेत कालमा रक्सि सेवन एकदम कम थियो ! तर बहुलादल आएपछि त नेताहरु पांच तारे होटल पनि धुन थाले ! बाटो देखौनेनै बाटो हगुवा भएपछी दोस कसलाई दिने? सुरा सुन्दरी मोज मस्ती पजेरो नै नया नेपालका पत्तुर नेताहरु को जीवनपाना हो, यही कुराको लागिनै उनीहरुले नेपालको पहिचान मेटाउने काम गरे नेपाललाई गैर हिन्दु राष्ट्र बनाएर! अहिलेका सबै नेताहरु राजा विरेन्द्रका जोडी हुन्! कमसे कम राजा ज्ञानेन्द्रको हिन्दु धर्म पट्टिको अगाध आस्थाले गर्दा उनि चाँही यी कुराहरुमा तुलनात्मक रुपले सादा नै देखिन्छन ! कृस्ना प्रसाद भट्टराई, कप ओली, झल्लु प्रसाद, बाबुर म भट्टराई , प्रचंडे , गछेधर , देउडा, राम चम्चे , गिरिजा you name it भरपुर टल्ली प्रसाद हरु हुन्! नेपालका नेता त नहुन तर्क दिएर भन्न बेर छैन के गर्ने नेता भए पछी औपचारिकता दिने पर्यो भनेर ! जे भएपनि यी नितान्त ब्येक्तिगत कुरा हुन् , मेरो बिचारमा त रक्सि सेवनले आफु र आफ्नो परिवारको लागि चाँही घातक छ !

  42. अनिश भट्टराई जी लेखा राम्रो छ
    तर भारत संग हाम्रो देश नेपालको भबिष्य जुधाएको भएननि दारु बेबस्थाप हैन कानुनको बेबस्थापन गर्नु पर्यो हुनत मा सिंगापुर जादा ७/११ / seven11 भन्नि पसल बाट दारु किनेर बाटामा बसेर २४सै घण्टा पिएपनि कुनै चिन्ता छैनरहेछ तर भौतिक गल्ति गर्न हुदैन रहेछा दरुले हैन गल्ति गर्नी मान्छेले रहेछा आहिले मा जापानमाछु कुनै कुनै कम्पनीमा काम सके पछी बिएर दिनी चलन पाए जापानिजहरु भन्छन अल्कोहल मुर्खले खानी कुरा हैन सज्जनले पिउनी कुराहो भन्छन यसले सरिर को थकान लाई आनन्दित बनाऊ छ भन्छन

  43. अनिश भट्टराई जी लेखा राम्रो छ
    तर भारत संग हाम्रो देश नेपालको भबिष्य जुधाएको भएननि दारु बेबस्थाप हैन कानुनको बेबस्थापन गर्नु पर्यो हुनत मा सिंगापुर जादा ७/११ / seven11 भन्नि पसल बाट दारु किनेर बाटामा बसेर २४सै घण्टा पिएपनि कुनै चिन्ता छैनरहेछ तर भौतिक गल्ति गर्न हुदैन रहेछा दरुले हैन गल्ति गर्नी मान्छेले रहेछा आहिले मा जापानमाछु कुनै कुनै कम्पनीमा काम सके पछी बिएर दिनी चलन पाए जापानिजहरु भन्छन अल्कोहल मुर्खले खानी कुरा हैन सज्जनले पिउनी कुराहो भन्छन यसले सरिरको थकान लाई आनन्दित बनाऊछ भन्छन

  44. एकदमनै साचो कुरा | रक्स्याहरु को कुरा सुन्न सारै नै रमाइलो हुन्छ | अलि अलि जाड लागेपछि बिस्लेसक हुन्छन |

  45. रक्सी अर्थात बिजुली पानीको कुरा उक्काउन्दा मलाइ मेरा एकजना मित्र गणेश आचार्यको जहिले पनि याद आउँछ | उनको घरमा भएको संवाद जस्ताको तस्तै यहाँ राख्दैछु:
    “गणेशजी ! भोदको सोदको छैन ? निकाल्नोस न हौ !
    “लामाजी ! तपाईंले के कुरा गर्नु भएको ? बाहुनको घरमा रक्सी हुँदैन ? भन्दै रेफ्रिजेरेटबाट विभिन्न खाले रक्सी निकालेका थिए र पछी बिजुली पानीले झमझम भएपछि उनको राजनीतिक तर्क यस्तो थियो (यो ०४६ सालभन्दा अगाडिको कुरो हो )
    ” हेर्नोस लामाजी ! पंचायत जस्तो प्रजातान्त्रिक प्रणाली कुनै पनि देशमा छैन, यसले हाम्रो देशमा वर्गसमन्वय ल्याएको छ, पहिले तपाईंहरु मतवाली, हामी अमतवाली; अहिले हामी दुवैथरी मतवाली! भएन त वर्गसमन्वय ? यो पंचायतको देन हो ……..” माइसंसारमा आदर्शवादी कुरा गर्दा गर्दा वाक्क दिक्क भइयो, आज चाहिँ यसो मज्जा गरेको .

  46. गोजीमा सुक्को होस् नहोस जान्छौ भट्टी,पैसा हुने लाहुरे हरु त जाने नै भयो भट्टी.हामी नेपालीहरुले सोच्दैनौ हाम्रो कर्मको गति,गरछौ पाप खोज्छौ गति,रिट्ठाको बोट रोपेर कहाँ फल्छ कागती?…भताभुंगे नेताहरुको देशमा लथालिंगे चाल,येस्तैछ हामी नेपाली हरुको हाल…हैन र?

  47. साथीहरु मादक पधार्थ को सेबन गर्नु तेती नराम्रो कुरा होयिन/ तर जब मादक पधार्थले तपाईंलाई सेबन गर्न सुरु गर्दछ त्हो भने राम्रो हुँदैन/ हामी आफुले सेबन नगरी, मादक पधार्थको सेबक बन्न पुगिन्छ/ तेसरी हामी कुलतमा फसिन्छ/ होसियार!!

  48. मैले पिएकोमा रिसाउने साथीहरु
    पिएर त हेर पिउन कति गाह्रो छ |

    • यो तपाई को ओर्ज़ीनल होइन है…….
      अरु को लेख लाई नाम खुलाई दिदा राम्रो हुन्थियो की …?

      • ज्यादै मिठो कुरा,
        भूपी शेरचन भनेर लेखिदिदा कसो होला राज जी ?
        भोजपुरे

      • एस्तो लोकप्रिय पंती को रचनाकार सायद सबै लाई तह होला भनेर उल्लेख गरिन |

    • मरेर शहिद हुनेहरु हो, बाँचेर त हेर बाँच्न झन् गार्हो छ.

Comments are closed.