‘कर्नाली ब्लुज’ इन्टरनेटमा कीर्तिमान रच्दै

बुद्धिसागरको बहुप्रतिक्षित उपन्यास ‘कर्नाली ब्लुज’को अनलाइन अर्डर ६ सय नाघेको छ। विश्वभरि छरिएका नेपालीलाई ध्यानमा राख्दै प्रकाशक फाइन प्रिन्टले एक साताअघि माइसन्सारमार्फत् कर्नाली ब्लुजको अनलाइन अग्रिम बुकिङ खुला गरेको थियो। नेपाली पुस्तक प्रकाशनको इतिहासमा इन्टरनेटमार्फत् अग्रिम बुकिङ सेवा सुरु गरिएको यो नै पहिलो हो। ‘एक साताको अनलाइन बुकिङले हामीलाई अझै हौसाएको छ’, कर्नाली ब्लुजको प्रकाशक फाइन प्रिन्टका निरज भारीले भने- ‘पहिला नेपालभित्र मात्र हेरे पुग्थ्यो अब जिम्मेवारी फैलिएर विश्वभरी पुगेको छ।’

सोमबारदेखि बजारमा उपलब्ध हुने उपन्यास फोन तथा पुस्तक प्रदर्शनीमार्फत् यसअघि नै २ हजारप्रति अग्रिम बुकिङ भइसकेको फाइन प्रिन्टको दाबी छ।

‘कर्नाली ब्लुज मेरो हातबाट छिटै पाठकको हातमा पुग्दैछ’ लेखक बुद्धिसागरले भने- ‘अब त्यसबारे म केही भन्ने पक्षमा छैन, पाठकले जे भन्छन् त्यो म धैर्यतापूर्वक सुन्नेछु।’

अनलाइन अर्डर गरेका विश्वभरिका पाठकले १३ सेप्टेम्बरमा पुस्तक आएपछि बढीमा २० दिनमा ‘कर्नाली ब्लुज’ पाइसक्ने विश्वास फाइनप्रिन्टको छ। ‘विश्वभरिका पाठकलाई पुस्तक पठाउन संगठित संयन्त्र मिलाइसकेका छौं’, निरजले भने- ‘अमेरिका, यूरोप र अष्ट्रेलिया पुग्न बढीमा २० दिन लाग्ला।’

पञ्कज काफ्लेलाई टिसर्ट उपहार

माइसन्सारमार्फत् कर्नाली ब्लुजको पहिलो अनलाइन अर्डर गर्ने ओस्लो, नर्वेका पञ्कज काफ्लेलाई फाइनप्रिन्टले ‘कर्नाली ब्लुज’ टिसर्ट उपहार पठाइदिने भएको छ। इन्टरनेट बुकिङ खुला भएको पहिलो २ मिनेटमै उनले कर्नाली ब्लुज अग्रिम बुकिङ गरेका थिए।

कर्नाली ब्लुजको च्याप्टर डाउनलोड गर्नुहोस्

कर्नाली ब्लुज अनलाइनबाट किन्नुस्

16 Comments

  1. मैले अहिले सम्म कुनै उपन्यास पढेको छैन, खासै भन्ने हो भने मैले कर्णाली ब्लुज किने भने पढ्छु जस्तो पनि लाग्दैन किनकि बुक पल्टाएर पढ्ने बानिनै छैन | तर बुद्दीसागरको लेख्ने शैलीले चै म प्रभावित भएको छु, कम्प्युटर मा पढ्ने बन्दोबस्त मिलाईदिए चै मैले पढ्ने थिए |

  2. नेपालमा साहित्य सगै इन्टरनेट प्रयोगकर्ताको पनि पहुच बढेको स्थितिमा बुद्दि जी को “कर्णाली ब्लुज” ले सबैलाई आकर्सित गरेको छ ! यसलाई अन्तरास्ट्रिय स्तर सम्म पुर्याउन myसंसारले जुन प्रयास गरेको छ त्यो एकदमै सर्हानिय छ सबैका लागी ! अझ यसलाई माथि पुर्याउन अनलाइन बाटै सुन्न मिल्ने बनाउन सकेमा थप राम्रो हुन्थ्योकी ! जे होस् नेपाली साहित्यले पुस्तक बाट इन्टरनेटमा फड्को मारेकोमा उत्तर्रोतर प्रगतिको शुभकामना !
    Mandip :-
    http://www.dohanepal.blogspot.com परिवार………साथै सहयोगी साथीहरु…….

  3. यो पुस्तकले राम्रो सफलता पाओस शुभकामना लेखकलाई! हतारमा छु कहिले पुस्तक हात मा पर्ला र पढ़ुला भनेर, बुद्दिसागराका केहि रचना हरु पदेपछी नेपाल मा पनि एस्ता लेखक रहिछन भन्ने लागेको छ, जे होस् पुस्तकलाई पर्खिराकी छु!

  4. नेपालमै बुक गरेको मैले चाही कहिले पाउछु होला ?

  5. नेपालमै बुक गरेको मैले चाही कहिले पाउछु होला ?

  6. मैले पनि बुक गरि सक्या छु, अब पुस्तक को पर्खाई मा छु. अस्ट्रेलिया आउन २० दिन लाग्छ रे.

  7. नेपाली जनजीवन को यथार्थता र झ्याउरे छन्दले लटरम्म भएको मुनामदन र
    अमेरिकी झर्रा र खस्रा शब्दावलीले भरिएको मार्क ट्वाइनको
    हकल्बेरी फिन जे जस्तै सफलता पाउने त होइन यो झर्रो नेपाली
    रचनाले! मैले पहिलो च्याप्टर मात्रै पढदा रमाइलै लाग्यो!

  8. बिश्वो साहित्यमा नेपालि साहित्य नि कम्ता को रहेन छ नि साथी… बूकिंग पुस्तक छिट्टै पठाइदिने ब्येबस्था भए जाति हुने थियो की ……

  9. २० दिन धेरै भएन र कि कसो ? पुस्तक बूकिंग गरेको एक महिना भन्दा पनि बडी समय लाग्ने भनेसी क को रमाइलो ? विदेशमा अलि छिटो पुरौना सके राम्रो हुनेथियो. किन भने यदि कसैले ए बय बाट की माग्यो वनेपनि, संसार को जुन सुकै कुना बाट पनि आउन तेती लामो समय लाग्दैन 🙂

    • साथी शान्ति,
      हामी नेपालीहरुलाई बिरोद न-गरि आजु-भोलि भात पनि रुच्दैन है……^_^ !!
      तेसैले त तिम्रो कुरामा मपनि सहमत हुन सकिन…!!! फेरी,…यो प्रतिक्रियामा
      पनि बिरोद न-जनाउनु ,..मैले त सल्ला मात्र दिएको हो भनेर…!!!

  10. सार्‍है खुशी लाग्यो । पुस्तकका लेखकलाई बधाई एवं शुभकामना छ ।

  11. खुशीको कुरा हो नेपाली साहित्य कर्मी सफल भएको र नेपाली साहित्य बांगमयले
    प्रबिधि मार्फत आफ्नो पहुँच बढाउन सकेकोमा!

Comments are closed.