एक्काइस नाघेपछि

त्यो रात उनीहरुसँगै भए एकै कोठामा। रविले Johana को मुलायम कपाल खेलाइरहेको थियो, अनि घरीघरी टाउको मुसारिदिँदै थियो। Johana को टाउको बिस्तारै रविको ओठतिर लम्कियो, दुबैका मुख परस्पर जोडिए। एकाएकै Johana ले रविले कसिसकेको आफ्नो शरीरलाई फुत्काउँदै भनिन्- Otros 2 meses mas (अरु थप दुई महिना)। रविले केही बल नगरेको होइन, तरै पनि no tengo 21 anos, si tuviera 21 anos no podriamos hacer cosas sin sentido (म अझै २१ पुगेकी छैन, २१ पुग्नु अगावै कुनै पाप काम गर्नु हुँदैन) भनेपछि रवि बिस्तारै सेलाउन पुग्यो। आफूमा जागिसकेको पुरुषत्व त्यतिकै मार्नु पर्दा पनि उसको मन प्रफुल्लित भएर आयो। आफ्नी प्रेमिकाको दृढ़ता देखेर खूब रमायो भित्रभित्रै। धेरै इज्ज़त दिन मन लाग्यो, आदर भाव जागेर आयो उसकी प्रेमिकाप्रति। Sorry को शव्दसँगै Flying kiss पायो पल्लो खाटबाट।

तुलना गर्‍यो उसले नयाँ प्रेमिका र नेपालकी प्रेमिका बीच। उता साँझको जुठो भाड़ो गर्न सघाउने बित्तिकै रविना उन्मत्तिदै भन्ने गर्थी, ‘के छ विचार …? अनि त्यसपछि …..अनि त्यसपछि …….।

तर एउटा घटनाले रविले फेरि यता र उताकी प्रेमिकाबीच तुलना गर्न बाध्य भयो। र बुझ्यो वास्तविकता। कस्तो घटना थियो त्यो?


एक्काइस नाघेपछि

-पुष्पराज गिरी/न्युयोर्क-

रवि- सानैदेखि चन्चले, चकचके, कतै केही घटनाहरु भए भने पूरापुर चासो राख्थ्यो। विशेषत: फरक फरक प्रकृतिका समाज र समुदायहरुको बारेमा बुझ्नु, चासो लिनु उसको शौख नै थियो। ग्रामीण परिवेशमा हुर्की पढाईको सिलसिलामा शहरतिर लागेको थियो ऊ।

रबिना- लामो केश, ठूलाठूला गाला, गोलो अनुहार, मोटामोटा दाँत, कसिलाकसिला पिँडूला, प्रायगरी आँखामा कालो गाजलले मसिनो रेखा बनाई राख्ने, अनि स्कूल जाँदा लगाउने गरेका हाफ सर्ट र स्कर्ट औधी सुहाउने। साँच्चै भन्नु पर्दा उसको भर्खर वैंशमा प्रवेश गरेको त्यो सुडौल शरीर देखेर अल्लारे केटा मात्र होइनन्, घरजम गरेर बुढ्यौलीमा प्रवेश गरेका अधवैँसेहरु पनि लेघ्रो तानीतानी हेर्ने गर्थे। सामान्य हैसियत भएको परिवारमा दुःख सुखमा बढ्न लागेकी रबिनालाई आफूमा जवानी प्रवेश गर्दैछ भन्ने कुराको आभासैसम्म पनि थिएन। सानैदेखि टिभी. सिरियल औधी मन पराउने रविना र उसको भेट त्यही स्कूल जाने बेलामा हुने गर्थ्यो। छोटो उमेर, अल्लारे केटाकेटी, अपरिपक्व अनि अव्यवहारिक अवस्थामै भगवानले जोडी बनाई दिएका थिए उनीहरुलाई। अनि घरायसी तुनेलो गर्दागर्दै रवि अचानकै हुत्तिन पुगेको थियो अमेरिकातिर।
जमिन भनेको के हो, माटो कहाँ हुन्छ भन्ने थाहा पाउन नसकिने न्युयोर्क शहरभित्रै १२ औं घण्टा काममा जोतिएर रविनाको यादमा हराउँदा हराउँदै पनि रविनाप्रति भरिएको मायाको गाग्रीबाट अचानकै माया चुहिएर एक स्पेनिस केटीलाई भिजाउन पुग्छ।

Johana, भर्खर उमेरले २० पुगेकी, एकदम शान्त र मौन लाग्थ्यो उसलाई। काम सकेर घर फर्कने बेला सँगै रेलमा हुन्थे उनीहरु। बिस्तारै माया बसेको थियो उनीहरुबीच। काम एकै ठाउँमा भए पनि विकएन्डका बिदाका दिनहरुले भर्खर उम्रेको भावनामा पोसिलो मल थपेको थियो। कहिले Central Park , कहिले Brooklyn Bridge , कहिले Battery Park त कहिले Coney Island Beach टहलिन जान्थे उनीहरु। प्रतिफल- उसले रबिनालाई बिस्तारै भुल्दै गयो।

एकदिन Times Square मा रहेको Musuem Of Sex हेरेपछि किन-किन रविलाई Johana सँग छुट्टिन मन लागेन। रात पनि परिसकेको थियो। अनि बहाना बनायो- Podemos quedarnos esta noche al rededor de algon hotel por aca? (के हामी आज यतै कतै होटलमा बस्न सक्छौँ? )
Porque ..? (किन?)

Lo olvide de traer mi llave en lacasa, y no me gusta desperter a mis amigos, porque allos durmiendo. ( मैले घरको चाबी ल्याउन बिर्सेछु, अनि साथीहरु सुतिसके होलान्, म उनीहरुलाई डिस्टर्ब गर्न चाहन्न।)

Esta bien no hay problema. ( हुन्छ, केही आपत्ति छैन)

त्यो रात उनीहरुसँगै भए होटलमा, अनि एकै कोठामा। एकै सोफामा बसेर कुन्नि के च्यानल हेर्दै थिई Johana। रविले मुलायम कपाल खेलाइरहेको थियो, अनि घरीघरी टाउको मुसारिदिँदै थियो। Johana को टाउको बिस्तारै रविको ओठतिर लम्कियो, दुबैका मुख परस्पर जोडिए। क्षण भर मै रवि चरम सीमामा पुगिसकेको थियो सायद Johana पनि …….।

एकाएकै Johana ले रविले कसिसकेको आफ्नो शरीरलाई फुत्काउँदै भनिन्- Otros 2 meses mas (अरु थप दुई महिना)।

रविले केही बल नगरेको होइन, तरै पनि no tengo 21 anos, si tuviera 21 anos no podriamos hacer cosas sin sentido (म अझै २१ पुगेकी छैन, २१ पुग्नु अगावै कुनै पाप काम गर्नु हुँदैन) भनेपछि रवि बिस्तारै सेलाउन पुग्यो।

आफूमा जागिसकेको पुरुषत्व त्यतिकै मार्नु पर्दा पनि उसको मन प्रफुल्लित भएर आयो। आफ्नी प्रेमिकाको दृढ़ता देखेर खूब रमायो भित्रभित्रै। धेरै इज्ज़त दिन मन लाग्यो, आदर भाव जागेर आयो उसकी प्रेमिकाप्रति। Sorry को शव्दसँगै Flying kiss पायो पल्लो खाट बाट।

तुलना गर्‍यो उसले नयाँ प्रेमिका र नेपालकी प्रेमिका बीच। उता साँझको जुठो भाड़ो गर्न सघाउने बित्तिकै रविना उन्मत्तिदै भन्ने गर्थी, ‘के छ विचार …?

अनि त्यसपछि …..अनि त्यसपछि …….।

आफ्नै बाटो कुरी जिन्दगीका कालरात्रि काटिरहेकी रविनाको याद बेला-बेलामा नआउने होइन। तरै पनि उसको वज़न यतातिरै बढ़ी भइसकेको थियो। अनि ध्रुवसत्य हो कि जता वज़न बढ़ी हुन्छ उतै तराजु झुक्ने गर्छ।

*******************
विगत ३ महिनादेखि फरक पाइरहेको थियो रविले Johana को बानीमा। अहिले उनी मौन बस्दिनथी, भेटघाटमा पनि हतारो हुन्थ्यो छुट्टिनको लागि, फ़ोनमा पनि भयभित स्वर हुन्थ्यो। रविको मनमा चिसो नपसेको होइन, तर माया भनेको माया हुन्छ, विश्वास थियो उसलाई आफ्नो मायाको।

धेरै रात भइसकेको थियो चुस्की नलगाएको उसले। हिजो बिहानैदेखि उन्मत्त देखिन्थ्यो ऊ। सायद उसको शरीरमा कुनै उर्जा थपिएको थियो, अनि आफ्नै प्रेमिकाको सम्झनामा डुबिरहेको थियो ऊ। ऊसँग काम सकेर घर फर्कँदा उसकी प्रेमिका ट्रेनमा उसको काँधमा टाउको राखेर भुसुक्क निदाउने गरेका क्षणहरु को याद थियो। अनि सँगै खिचिएका फोटाहरु Laptop को Screen मा सजिएका थिए। उसकी प्रेमिका २१ वर्षमा प्रवेश गरिसकेकी थिई।

हिजो काम गर्ने जाँगर चलिरहेको थिएन। मात्र दिन कटाउने बाटो गरिरहेको थियो र ब्याउने अर्को दिनको पर्खाइमा थियो ऊ। आउने दिनको लागि उसले छुट्टै योजना बनाइराखेको थियो। ऊ Johana सँग भेटेर सँगै बस्ने प्रस्ताव गर्न गइरहेको थियो। त्यसैले पनि होला आजको दिनको पर्खाईमा हिजोदेखि नै उसको मन तुलबुल-तुलबुल थियो।
९० F को मौसमले घर पूरा तातिसकेको थियो। भित्ते घडीले २ बजाइसकेको रहेछ, उसले आँखा खोल्दा। झ्यालबाट देखिएको बाहिरको टन्टलापुर घामसँगै उसले Johana लाई फ़ोन गर्‍यो.. अनि फ़ोन गर्‍यो …अनि फ़ोन गर्‍यो ..।

एक घन्टाको अवधिमा १० औं पटक फ़ोन गर्दा पनि सीधा Voice Mail मा गएपछि र Call Back नआएपछि मन अमिलो भएर आयो। अनि मन भुलाउन कता जाने दोधार मै नजिकैको बजारतिर लम्क्यो ऊ। त्यो बजार उसलाई इन्डियाको सिल्गुड़ी जस्तै लाग्थ्यो, नेपाली र बंगालीहरुको मिश्रण भएको अनि स-साना पसलहरु भएको। भीड़भाड़ मानिसहरुको बीच छिर्दै थियो ऊ, प्रायः ५\५ मिनेटमा उसको माथि भएको रेलको लिकबाट रेल गुडिरहेको आवाज़ले उसका कान सून्य हुन्थे।

एक जना Mexican केटो सुस्तसुस्त Senorita ..senorita भनिरहेको थियो। उसको ध्यान उतैतिर मोडियो। के खोज्छ्स् काना आँखो भने झैँ भयो उसलाई। किनकि स्वभावैले प्रायगरी भिन्नभिन्न समुदाय, रीतिरिवाज़, धर्म संस्कृति, बुझ्न मन पराउने मानिस थियो ऊ, अनि बुझ्न मन लाग्यो आज यो केटोले के भनिरहेको छ भनेर।

सोध्न पुग्यो- de que ablas senor ?(के भनेको साथी ?)
….Senorita …..
donde ….?(कहाँ )
.. en 5 minutos de haca(यहाँबाट ५ मिनट )
….. cuato es ?(कति ?)
….. cuarenta ( चालीस )
…esta bien .(O .K .)..।

केटोको पछि-पछि लाग्यो ऊ। ८/१० पाइलाको फरकमा, ४ बाटो काटेपछि एउटा घरमा पुगेर केटोले ढोकाको घन्टी थिच्यो। अनि आफ्नो नाम अलेक्स भनेपछि भित्रबाट ढोका खोलियो र दुवै जना भित्र छिरे। सानो बैठक कोठा जस्तो अनि राखिएका पुराना सोफाहरुमा अरु ५ जना मेक्सिकन केटाहरु बसेका थिए। साँचो अर्थमा ऊ त्यहाँ केही गर्ने उदेश्यले गएको थिएन। हो, मान्यता राख्थ्यो- SEX IS A FOOD भन्ने कुरामा। तर अभद्र Sex उसलाई मन पर्दैनथ्यो। उसले सोच्न थाल्यो कुनै बहाना, उसलाई भाग्नु थियो त्यहाँबाट।

सिर्फ २ मिनटको लागि ऊ आफ्नो पुरानो अतिततर्फ फर्क्यो, कामको सिलसिलामा आफूले बिताएका सुर्खेतका ३ वर्षहरुको सोचाइमा। अफिसको काम सकिना साथै ऊ आफ्ना साथीहरुसँग बरालिन जान्थ्यो छिन्चुको सानो पुल तरेर। जहाँ एक छुट्टै जातिको बस्ती थियो। उनीहरुको मूल जीवन निर्वाह गर्ने पेशा देहव्यापार र नाचगान। स्थानीय प्रशासनले पनि रोक गरेको थिएन उनीहरुको यो कामलाई। उसका साथीहरु मौका मिल्यो भने यसो कुनै झुप्रोभित्र छिर्न पनि पछि पर्दैनथे। तर ऊ भने त्यही जातिहरुको बीचमा बसी मादल पिट्न थाल्थ्यो।

यत्तिकैमा उसको सोचाइलाई भंग गर्दै उसकै अगाडिबाट कोही Spanish जातकी केटी बैठक कोठा हुँदै भित्र छिरी। झ्वाट्ट साइडबाट हेर्न पुग्यो,

…झस्क्यो….

उही कपाल….

उही स्टाइल…।

शरीर पूरा तातेर आयो उसको। चिर्चिर गरेर चर्क्यो उसको छाला। देख्दै थियो उसले आफ्नै भर्खरै २१ वर्षमा लागेकी प्रेमिका Johana को असली रूप।

Excuse Me भन्दै बाहिरियो ऊ। ढोकामा त्यही केटो थियो, $ २० को नोट हातमा राखिदियो, केटोले Wait Wait भन्दै थियो, वास्ता नै नगरी सरासर आफ्नो बाटो लाग्यो। ग्यारेज़बाट आफ्नो गाड़ी निकाल्यो… सिधै Bear Mountain पुग्यो। अनि तालको छेउमा बसी सोच्न थाल्यो, तुलना गर्न थाल्यो- उसकी भर्खर १६ वर्ष प्रवेश गरेकी उताकी प्रेमिकासँग बुलबुले ताल छेउको चिसो धारामा नुवाई धुवाई गरेका दिनहरु। साँझको बेला रु. १ मा पाउने ४ वटा पानीपुरी किनेर खाऊ भन्दा किन पैसा खर्च गर्ने भनेर च्याँठ्ठिने उताकी प्रेमिका र साँझ नपर्दै आज Tonic Bar जाऊँ भन्ने यताकी प्रेमिकाबीच।

जीवन निर्वाहको लागी ह़र क्षण पसिना बगाउने उताकी अहिले २६ वर्षमा प्रवेश गरेकी उसकी प्रेमिका र कसरी हुन्छ $ कमाउनु पर्छ भनेर लाग्ने यताकी २१ वर्ष टेकेकी प्रेमिका बीच। पैसा चाहिँदैन तपाई भए हुन्छ भन्ने उताकी प्रेमिका र First Money Second Boyfriend भन्ने यताकी प्रेमिकाबीच। बिहान बेलुकीको छाक टार्न देह व्यापारमा लागेका उताको समुदाय र make money भनेर देह व्यापारमा लागेको यताको समुदायबीच। बिदाको दिन आज पल्लो बाटो सफा गर्न जाऊँ भन्ने उताका साथीसँगीहरु र आज off Gathering गरौँ भनी Beer का bottle twist गर्न बानी परेका यताका साथीसंगीहरु बीच। आफ्नो कोठामा मासु पकाएको दिन पल्लो कोठामा बस्नेलाई कचौरीमा लगेर चाख्‍नु है भन्ने उताका भाडामा बस्ने मानिसहरु र आफ्नो लागि खानाको व्यवस्था गरी लुसुक्क आफ्नो कोठामा पसी चुकुल लगाउने यताका एउटै फ्ल्याट शेयर गरेर भाडामा बस्ने मानिसहरुबीच………।

साँझ परिसकेको हुन्छ। रातो लाली देख्छ आकाशमा। अनि शरीर मर्काएर अर्को दिशामा हेर्छ, जहाँ उसकी रविना भर्खर उठेर गाईभैँसीलाई कुडो पानी गरिरहेकी हुन्छे। आज धेरैपछि उसले कल्पनामा रविनालाई देखेको हुन्छ।

समाप्त

55 Comments

  1. कथा कहानी मन पर्ने भएर नै होला, यो कथा मैले दोहोर्याई तेहोर्याई पढें | अनि मलाइ पनि केही लेख्न मन लग्यो | Mysansar ले प्रकासित गरिदिंदा कथाको केही मिठो अंशलाइ सुरुमा राखिदिएर कथा चखिलो बनाइ दिएकोले नै बुझ्ने नबुझ्ने धेरै ले पढे होलान | कथाकारले कथाको शिर्षक चएंन गर्दा नमिलेको जस्तो लग्यो,.अशली प्रेमिका, बाटो बिराए पछी…यस्तै अरु नै राखेको भए उत्तम हुन्थ्यो होला | केहि कथा प्रेमी साथि हरुलाई सल्लाह दिन चाहन्छु कि कथा राम्रो संग पढ्नु होला | त्यहा Johana ले यो काम गर्न कानुनले दिदैन भनेकी छैन, अनि रवि Johana को दृढता देखेर खुसि हुनुको कारण अर्कै हुन सक्छ | हामिले सुनेकै छौ कतिका दृढताहरु, म यो नभई त्यो सुरु गर्दिन…यो पुरा गरे पछी मात्रै त्यो सुरु गर्ने छु…यस्तै यस्तै….Johana मा यस्तै दृढता थियो होला र रविले कदर गर्यो | नभए जव दुइ जवान प्रेमी एकै कोठामा हुन्छन र मन छ भने कानुन ले दिन्छ, दिदैन भन्ने कुरा आयुदैन | रविले SEX को लागि प्रेम गरेको नभएरै नारि अश्मिताको कदर गरेको देखाइएको छ कथामा |
    पुस्प ज्यू, डकुमेन्ट्री जस्तो लाग्ने तपाइको कथा अति नै राम्रो छ | छिटै अर्को पढ्न पाऊ |

  2. कथा ले २ देश बीच को योन् संकृति झाल्कौछ कथा राम्रो छ /

  3. मलाई त अनिल जी को कुरा सारै राम्रोलागो किन भने योता कथामात्र हो एसको सहि कुराबुजिने परयेस गर्नुहोला सहि आर्थ लग्नु होला एसले के नेपाली नारी को आस्तितेओ बुजएको ६ plz
    अलि राम्रै संग पढ्ने kosiss गर्नु होला केहि गल्ति भएको हुन सक्छ तर पनि तपाई हरु ले सम्जनु पर्छा साथी हरु मलाई त धेरै राम्रो लागो

  4. साथीहरु नेपाल को नेता हरु जस्तो बद्बिदाद नगर्नुहोस , कथा को मर्मलाई बुज्ने कोसिस गर्नुहोस , कथाले नेपाली पबित्र नारी को बर्णन गरेको छ ,

  5. मीठो कथा!
    येथार्थ चित्रण.
    फुल टिप्न जाँदा काँडाले घोचे जस्तै भएछ..

  6. कथा राम्रो छ, तर शीर्षक र कथा बीचमा तेती मेल खाए जस्तो लागेन ! जे भए पनि नेपालीहरु को पहिला विचार नै नगरी काम गर्ने अनि पछुताउने कुरा लाई देखाउन खोजिएको होला………………

  7. अर्धबैन्सेहरु पनि लेग्रो तानीतानी हेर्थे?????????????????

  8. कथा ठिकै हो…………..तर बिचारी सेक्ष् वोर्कर ले काम गर्न नदेकी ………….LOL

  9. कथा नराम्रो र कथा लेख्ने कथाकार ज्यु लाई कानून को बारे जानकारी गराउनु भन्दा पनि कथाको सारभाव के हो भन्ने कुरा लाइ ध्यान दिनु राम्रो होला,जे होस् हामी सबै बिदेशमा भएको या स्वदेश मा भएको युवा हरुको यथार्त्लाई कथा मार्फत जानकारी गराउनु भएको मा नै कथाकार ज्युलाई खुलेर धन्यबाद दिनु पर्छ I

  10. सिनोरिता त ठिकै हो तर अबका रबिनाहरु तपैले कल्पना गरे जस्तो नहुन सक्छन लेखक जी

  11. कथा कती बेला सिद्द्यो मैले त थाहा नै पाएन
    शायद कथा राम्रो भएर होला अली छोटो लाग्यो …….

  12. यो भुसन भन्ने मान्छे ले के को ताल न तुल को कुरा गरेको …
    कता बाट आयो कानुन को कुरा …

  13. I enjoy this story very much and I was reading this being in the depth of it . Please try to complete if possible.
    thanks

  14. धन्यबात पुस्पाजी लेख् को लागी.साथै नेपाली चेली माथि गर्ब गरिदिनुभायाकोमा.

  15. राम्रो लाग्यो. प्रयास जारी राख्नुहोला. कथाले भन्न खोजेको कुरा बुझे भैहाल्यो नि होइन र

  16. सारै राम्रो छ . अब अर्को पटक को लेख मा नारी बारे केहि लेख लेख्नु न पद्दना मान्न लग्यो नारी को बिबशता ….जस्तै जस्तै …

  17. HI PUSPARAJ G NAMASKER
    YOUR STORY IS REALY NICE AND TRUE I LIKET IT AND KEEP IT UP
    AND WRITE LIKE THIS STORY AGAIN AGAIN WE WAIT FOR YOUR STORY.

  18. कथा बिषयबस्तु अति नै राम्रो लाग्यो….. जे जस्तो भए पनि हामीले हाम्रो नेपालीपन कहिले पनि बिर्सनु हुदैन किन कि ? जसो गर जे भन जता सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो!!!!!!!

  19. कथा ले सुरुमा गति लिन नसके पनि पछी तुलनात्मक रुपमा यथार्थपरक र शिक्षा मुलक रुपमा तुन्ग्याइएको छ i

  20. लक्कुर काटेर लौरो त सोझ्याएकै हो; अलि अलि ताछतुछ, मठार मुठुर पार्ने कुरामा
    बीसको अठार तिर अड्केको मात्र हो!

  21. सिकारु कथाकार ले लेख्दा भएको गल्ति हरु माफ ……… तर कथा मा बिसयबस्तु सान्दर्बिक भए पनि लेख्ने काइदा चाही मिलेको छैन तर प्रयास गर्दै गर्नुस, त्यै राम्रो ………..

    • मित्रहरु, सबैको आआफ्नै समस्या हुन्छन कुन बेला को राम्रो कुन समयमा को राम्रो यस्तै हो मानिसको जिन्दगि

  22. कहा सकी हालेको हौ लेखक ज्यु? अझै बाँकि होला भन्दै पढेको त सकी सके छ पो! तर जे होस् त्यो पत्र लेखक सवायाम हुनुहुदो रैछ, आफ्नो व्यथा पोख्नु भएछ अब तुरुन्तै आफ्नी रबिना पात्र भएकी धर्म पत्नीलाई कल गरेर यहि दंसै मा आउंदै छु बुडी संगै ससुराली गएर टिका लगाउने अनि खालि समय मा रमाइलो गर्ने बाचा गर्नुस त्यो पनि उनकै चोइस मा. देर आए दुरुस्त आए!!! be an honest and the best husband ever……god bless you and your family!

  23. ओह , पुष्प जी मलाई त कस्तो मजा लाग्यो भन्या , प्रेमिका संग बुलबुले ताल मा नुहाएको अनि छिन्चु तिर घुमेको भन्दा मा त त्येहा नै गएको जस्तो लाग्यो , आफ्नै जिबनको कथा जस्तो , खासमा तपाई सुर्खेत तिरको नै हुनुपर६ ,, लेख्दै जानुहोला ,लेखाई राम्रो लाग्यो , आफ्नो बारेमा केहि बढी जानकारी दिनुहुन्छाकी ? धन्यवाद .

  24. राम्रो लाग्यो यो कथा तर लेखक को बास्तविकता पनि हो कि ? तर नेपाल को येही सामाजिक बेबहारिकता नै अहिलेको लागि ठूलो धन भएको छ !

  25. छेउ न टुप्पो को कथा साएद मैले मेरो संसार मा पढेका कथा मध्ये एउटा नराम्रो कथा

  26. विदेश गयपछि जे पनि गर्न तयार, नेपाली केटिपनि हुन्छन है कुरो बुझ्नुस घर तिर कुदनुस, अनि केटाहरुको त कुरै नगरौ ! आफ्नै रामकहानी लेखेको झैँ लाग्यो l राम्रो छ l

  27. कथा यक्दम राम्रो छ यो कथा ले बिग्रन लागेको मति लाइ सपार्न मद्दत गर्छ

  28. Nice article, I appreciate the story flow and real scenario in current life style.

    keep it up. Mood fresh bhayo.

  29. कथा सारै नै चित्त बुझ्यो एकदम नै दामी , हाम्रो नेपाल को अनि यहाँ को कल्चर को बारे मा अति नै सरल ढङ्ग बाट चित्रण गरिएको छ . बुझ्ने लाइ श्रीखण्ड, नबुझ्ने लाई खुर्पा को बिंड भन्नु पर्ला यो आर्टिकल नबुझ्ने हरु लाई
    धन्यबाद
    बिशाल श्रेष्ठ पन्डित
    मेरिल्याण्ड

  30. लेखक ले के पस्किन कोजेको हो कुन्नी………..???? यो त खुल्ला किताब को कहानी होनी…..नेपाल बाहिर १८ काटे पछी…….सकियो…..गोजी अनुसार संसार चल्छ /

  31. मेरो बिचारमा कथा भित्रका झिना-मसिना कुरोहरुमा आलोचना, समालोचना गर्नु भन्दा पनि सिङ्गो कथाको आसय बुझ्ने हो भने उताका र यताका परिवेश बिचको फरक अनि वास्ताविक्तानै झैं लाग्ने कथामा लेखकले ती प्रबासी नेपाली जो रहरले होस् वा विवशताले बिदेशिनु परे पनि आफ्नोपन जिवीतै राखौं अनि आफ्नै माटो, परिवेश र आफन्त कै सम्मान गरौँ भन्ने शिक्षा दिन सक्नु मूल कुरो हो l

  32. होईन साथी कुरो त तपाईंले निकली हाल्नु भयो!तर चिन्नी लाई श्रीखन्द नचिन्नेलाई खुर्पको बेड वनेघै अर्क को यथर्थ्ह लाई गैरेयर भुज्न सिक्नुस् है सर तपाईंको को मेमोरी मा ओइल त थप्न पर्ने भाको छैन ?????? लेखक् जेउ ग्र्८ …………….

    • राम्रो संग नेपाली मा टाइप गर्न नसक्ने ले यस्तो सान्धर्बिक लेख लेख्ने लेखक लाई जे पायो तेही भन्छ पाखे कुमार .

    • कुमार तिम्लाई आफुलाई लेखना नि औदैना अनि अरु ले लेखेको कुरा नबुझिकन कमेन्ट गर्ने नगर…….!!! तिमि त नेपाली अक्ष्यर नि भैसी बराबर रैछौ …

  33. नव युवावर्गको यौन भावना, कल्पित सपना अनि यथार्थ जीवन को सुन्दर प्रस्तुति, सांचै नै प्रशंशा योग्य छ…..

  34. ल कथा अति नै शान्दर्विक लाग्यो, यो कथामा नेपाली चेली हरु कति सोच्छ
    विचारका हुन्छन र बिदेशी हरु कसरि पैसाको लागि आफ्नो शरीर बिक्रि गर्छन ,अनि नेपाली हरु आफ्नो बोय फ्रेन्ड को प्रतिक्षा मा कुरी बसेका हुन्छन तर बिदेशी हरु लाई तेस्ता कुरा पर्ति केहि चासो हुदैन केवल पैसा पाए भने जे गर्न पनि तयार हुन्छन भनेर नेपाली चेलीहरुको इजत राख्ने प्रयास गरिएको छ, ल धन्येबाद लेखक ज्यु, अरु पनि राम्रा कथा हरु लेख्नु होला |

  35. कथामा दम छ है लेखकज्यु!!! बास्तबिकता पनि यहि हो !

  36. लेखले लेखक को वास्तविक जवानी को यथार्ता पस्कन सफल भएको छ
    जवानी जोश मा होइन होश मा जिउन सल्लाह दिन चाहन्छु

  37. लेखक ज्यु, २१ हैन १८ हो यौन सम्पर्क राख्न मिल्ने उमेर कानुन अनुसार तपाईले कुरा गर्नु भएको देश को. २१ चै जाड कानुनी रुपले जाड खान मिल्ने उमेर हो. तपाइँको लेख को कदर गर्छु तर लेख्दा पहिले बिसय बस्तुको ग्यान हुन पनि जरुरि हुन्छ, कि कसो?

    • कानुन कता बाट आयो? अब उसलाई २१ नपुगी गर्न मन लागेन रे, तपाई लै केहि भन्नु छ? कथा तपाई को कि उसको ?

    • हैन साथि CNN को समाचार हो र १०० % सत्य कुरा लेख्नको लागि? कथाको मनोरंजन लिनुस , मन नपरे तपाई को टाउको दुखाइ कसैलाई सुन्नु छैन.

Comments are closed.