बिचरा बालक !

भारतीय सीमासुरक्षा बल (एसएसबी) को कुटाईबाट मृत्यु भएका एक व्यक्तिका छोराको खाना नपाएरै मृत्यु भएको छ।

मृत्यु हुनेमा रौतहटको सरमुजवा गाविस–८ का मुकुल भनिने स्वर्गीय रामएकवाल राय यादवका एक वर्षीय छोरा राजाबाबु रहेको गाउँलेले बताएका छन्।

सानोतिनो पसल थापेर आफ्ना छ सन्तानसहित परिवारको गुजारा चलाउँदै आएका मुकुलको गतवर्ष भारत जाने क्रममा भारतीय सीमा सुरक्षामा खटिएको एसएसबीको निर्घात कुटाइबाट मृत्यु भएको थियो।


भारतीय सुरक्षाबलको ज्यादती विरुद्ध स्थानीय बासिन्दाले प्रदर्शन एवम् बजार बन्द गराई दबाब दिएका थिए। सोही जनप्रदर्शनका कारण स्थानीय प्रशासनले क्षतिपूर्ति उपलब्ध गराउन गत वर्ष कात्तिक १७ गते गृह मन्त्रालयमा पत्राचार गरे पनि हालसम्म उनको परिवारले राहत रकम पाएको छैन।

मृतक रामएकवालकी आमा ७५ वर्षीया सुरजिया देवी र श्रीमती उर्मिलादेवी गाउँघरमा मगन्ते भई छ जना सन्तान पाल्दै आएका छन्।

“के गर्नु हजुर जग्गा छैन, घरमा भएका एक जनाले कमाएर ल्याएपछि हामी सबैको दुई छाक टरेको थियो तर उसलाई समेत भारतीय प्रहरीले कुटपिट गरी मारेपछि गाउँघरमा गई माग्ने गरेका थियौं,” सुरजिया देवीले भनिन्।

तत्कालीन रौतहटका प्रमुख जिल्ला अधिकारी र भारतको मोतीहारीका डिस्ट्रिक मेजिस्ट्रेटबीच घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता समेत व्यक्त भएको थियो।

भारतीय पक्षले एक पक्षीयरुपमा छानबिन समिति बनाइ मृतक रामएकवाललाई नसमातेको र कुटपिटसमेत नगरेको प्रतिवेदन नेपाल पक्षलाई दिएको थियो।

कतैबाट कुनै किसिमको सहयोग नहुँदा मृतकका परिवार नारकीय जीवन बिताउन बाध्य छन्।

यस सम्बन्धमा रौतहटका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईसँग जिज्ञासा राख्दा उहाँले गृह मन्त्रालयमा गत साउन ९ गते पुनः ताकेता गरेको बताउनुभयो। रासस

(यो समाचार कुनै पत्रिकामा छापिएको नभई सरकारी समाचार एजेन्सी राससको हिजो रातिको बुलेटिनमा प्रकाशित भएको हो)

40 Comments

  1. भारतले आफ्नो भुमिमा तस्करलइ रोक्नु लै गलत वन्न सकिदैन
    बेकार मा वोको पेट ले रस्त्रियेताको कुरा नगरौ मित्र हरु बिदेस मा बसेर पहिला देसको आर्थिक इस्थिती सुदर गरौ अनि अरु संग जोरी खोजौ तेसै mysansar को पगे फोस्रा रस्त्रियेता को कुरा गरेर केहि नापिने वाला छैन आज पनि दैनिक हजारू नेपाली भारत मा जनचा रोजी रोटि को लागि र लाखौ छन् तेहा रोजी रोटि कमाउने हरु तेस कारण सत्य सुनौ अनि बोलाऊ रस्त्रियेता भनेको भारतको बिरोद गर्नु मात्र होइन मित्र हरु

    • !!!!!!!
      नाम चाइ निल जोन रे गर्छ धोत्ति को चर्चा. तेरो परिवार लाइ मारेको भए थाहा पाउथिस. कुन चाइ धोत्ति घर मा भाडा मस्कौचास नाम चै क्रिस्तिएन् राख्ने तर नेपालि मा लेख्ने धोत्ति को गुला म .

  2. मित्र हरु मदेशी पार्टी ले आफ्नो स्वार्थ को लागि जुन कार्य गरे र छ नि त्यो त गलत नै हो तर यो मदेशी पार्टी लै के थाहा कि भारत ले नेपाल मा भाको सबै मानिस लै नेपाली नै भन्छ र जति पनि हर्कत भारत ले गरेको छ नि यो नेपाल मा त्यो सबै नेपाल मा बस्ने मदेशी लै नै गरेको छ यो कुरा हाम्रो मदेशी पार्टी ले कैले बुज्ने था छैन. जय नेपाल.

  3. भित्रि मन नै रोयो यो कुरा पढेर……. किन यति सम्म लाचार छ हार्मो कुर्सि ताक्ने नेताहरु किन मुखमा बुजो हालेर बसेको छ यति हुँदा सम्म? यस्तो कुरामा त बिशेष चासो दिनु नि कहिले आउला सुद्धि हाम्रा टाउकेहरुमा? साह्रै दुखदाई समाचार साह्रै दुखि बनायो/

  4. यस्तै यस्तै अत्याचार धेरै भयो पछी बिद्रोह जन्मन्छ.

  5. ल बोल मदेशी मोर्चाहरु सक्छ इंडिया संग कुरा गर्न ?

    • यो मात्र मधेसी मोर्चाको सरोकक को बिसय होइन सम्पूर्ण नेपाली को सरोकार को बिसय हो |

    • भारतीय शासकहरूको खटन-पटनमा चल्ने कथित मधेशी(?) मुक्ति मोर्चाका नेताहरू के कुरा गर्लान्; बरु यो घटना झूटो हो भन्लान् ।

  6. आज नेपालनै “राम एकवाल यादव र उसको भोकै मरेको छोरा र मगन्ते बनेको उसको श्रीमती बनेको छ” / मैले सायद गलत लेखें बनेको छ होयिन बनाएको छ/ तर जजसले नेपाललाई राम यकवाल यादव बनाए तिनै व्यक्तिले राम यक्वाल यादवलाई कुटेर मार्ने भारतलाई आफ्नो प्रभु बनाएर जनमतको अपम्मान गरेर बसेकोछ/

    महाकाली सन्धि गर्ने नदिने मदन भण्डारी, भारत सिट झुक्न नमान्ने बिरेन्द्र र भारतीय हवाई जहाज अपहरण हुँदा भारतको जी ति भी ले नेपालको बेयिज्जत गरेकोले नेपालको संचार लाई पनि भू उपग्रह बात प्रशारण गर्नु पर्ने भन्ने जमिम शाहलाई पनि नेपालको भूमिमै आएर राम यकवाल यादव बनाएको छ/

    यी भए जिउँदा नेपालीहरुको ब्यथा/ अब जनमत लाई पनि भारतले राम एकवाल बनाउंदै आएकोछ/ नेपालमा जन्मात पाएको व्यक्ति पनि भारत लाई स्वीकार्य नभए प्रधान मन्त्रि बन्न नपाउने रे/ उसले भनेको जस्तो व्यक्तिले सरकार बनाउन नसक्ने भए नेपालको चुनावमा कसैले भोर सम्म पनि हाल्न नपाईने रे/ अस्ति शरण ले यात भनेर गएको छ/ के अब नेपालको जनमत समेत राम एकवाल यादव भएँन ?

    आज छ छ पटक सम्म को प्रधान मन्त्रीको चुनाव भई सके तर भारतको दवावमा एमाले र माधेश बादी तटस्थ बने/ चुनावको नतिजा निक्लेनन/ यसले प्रचंद्र र राम चन्द्र राम एकवाल यादव बनेको देखाउंछ भने मत दिन नपाएको सभासदहरु र प्रधान मन्त्रि नपाएको जनता राम एक वाल यादवको भोकै मरेको छोरा जस्तै भएको छ/

    तर कुर्सि प्रशाद हरुलाई यी कुराहरुले बाल प्रभाव पार्दैनन/ उनिहारी त् अझै पनि भारत महान है भन्दै बसेको छ/ अस्ति भारत बार भारतको प्रधान मन्त्रीको बिशेस अधिकार(के हो त्यो बिशेष अधिकार भनेको कार भनेको?) लिएर आएको शरणले “खवरदार फलानाको सरकार भारतलाई स्वीकार्य नहुने, संबिधान भारतले चाहेकै जस्तो बनाउन राजि नहुनेलाई मत दिन नपाईने” भनि धम्क्यायर गए/ यो कुराको जनताले बिरोध गरे तर कुर्सि प्रशाद (सुसिल) ले नेपाल र भारत को बिचमा एस्तो कुरा हुनु स्वोभाबिक हो भनेर आफु भारत प्रति लम्पसार परेकै जस्तो नेपालको स्वाधिनतालाई पनि भारतको सामुन्ने लम्पसार पारे/

    के कांग्रेस बाट एमाले बात भारतको तेस्ता “हुक्के” जावोहरुलाई फाल्ने बेला अझै आएको छैन?मनमानी गर्न सक्ने भनि राजा फालियो/ तर के यी हुक्केहरुले मनमानी गरिरहेको छैन? कहिले आफै मनमानी गर्छ कहिले उनीहरुको प्रभु भारत बात मनमानी गराउँछ/ दल भित्र नभएको अरु नेताहरुले जावो तेस्ता “हुक्के” हरुलाई दल बात हुत्याउन सक्दैनन? पार्टीको कुरा हो, पार्टीले नै सल्त्याउनु पर्ने भनेर जनता चुप बसेको छ तर बिबश भएमा जनताले नै कठालो समातेर सिमा बाहिर निकाल्न नसकिने त् होयिन/

  7. हामी मधेसी जनता भारतीय बाट सताईएका छौ – चाहे सिमा पारिका लुटेरा हुन् या भारतीय सैनिक l तर हाम्रो बिडम्बना – यी तथाकथित ‘मधेसी’ नेता भनौदा हरुले आफ्नो सिमित स्वार्थ पुरा गर्नका खातिर मधेसी जनताको अशिछ्या र अज्ञानतालाइ फाइदा उठाउदै, पहाडी र अन्य समुदाय प्रति नकारात्मक सोच र भारतीय प्रति बफादारी (loyalty) को मानसिकता मा जोड दिदै छन् l सारै दुख लाग्छ …

    दुख को घटना l मृत आत्माले शान्ति पावोस अनि गच्छेदार र उपेन्द्र यादव को घैंटामा चाडै घाम लागोस l

    -बड्का

    • हिन्दीमा भाषण गर्ने हाम्रो उपराष्ट्रपति भनाउदो फोरमानन्द झाले उसको भारतसंगको अगाड सम्बन्ध प्रयोग गरेर सिमा सुरक्षा बलमाथी कारवाही गराउन सक्छ की? होइन भने नेपाल सरकारले “शहिद” घोषणा गरेर क्षती पूर्ति दिए हुन्थ्यो|

    • चौधरी जी
      तपाईंले नेपाली तराई बासीको मनको कुरा गर्नु भयो तर कुर्सि पाए पहाडी र बिहारी बन्न राजि भएका नेताहरुले सुन्छ? नेपालको तराई बासिलायिबेकारिको चपेटामा लपेटेको बिहरिहरुले नै हुन्/ तर नेताहरुले नेपालको तराइ भारतलाई कुर्सि पाउन दाईजो दिने बस्तु बनाएकोछ/ कुन कुन दलको नेताले यस्तो गरेको छ यो कुरा भनिरहनु पर्दैन/ सबैले जानेको छ/ सच्चा लोक तन्त्र त आउँन जानेको छ भनेर जनता दारा किटेर बसेको छ/ यहि कुरा बुझेर भारत र तेस्का भातुरे हरुले संबिधान समेत बनाउन अलमल्याई रहेको छ/ भोट नदियिकन बसेकोछ/

  8. नेपाली जनताहरुले अब गरि खान पनि नपाउने भए , कति लाचार छ नेपालको सरकार, थुक्क भारतीय ज्यादतीको आगाडी, न्याय पनि दिन सक्दैन आफ्नो जनतालाई नत गरिखाने बाटो, कति बिबस छन् नेपाली जनता !!
    सारै दुख लाग्यो!!

  9. सुन्दा दुख लाग्छ तर गर्न केहि सकिदैन देस का नेता लाई लाज लाग्दैन बस यति भन्न चाहन्छु

    • को नेता कस्तो हो भन्ने पनि छुठयौने हो कि ? सबै लाई एकै ठाउमा राखेर नहेरौ जस्तो लाग्छ मलाई किन की भारत को बिरोद गर्ने नेता प्रचण्ड पनि छ यो देशमा /

  10. भारतको आदेश मा नेपाल लाइ आज जात जाति मा फुटाइ हिंशा र अत्याचार को पराकास्था मा पुर्याउने माओबादी पार्टी लाइ धिक्कार छ, भारतबाटै पोषित र पालिएका, १० बर्ष को जनयुद्ध मा भारतमा ज्वाई पालिदा झैँ पालिएका, नेपालि को रगत चुसेर घ्यान्तामाने भुडी हालेका पजेको का मालिक प्रचण्ड भारतका कति सम्म चाकर हुन् भन्न साध्य छैन,

    भारतको राजदुत को दिन दिनै मालिश गर्ने, चाकडी र दर्शन नपाउदा रुन्चे स्वर मा गालिगर्दै घुर्क्यौदै हिड्ने यीनि कपटी हुन्; यी माओबादी भारतीय दलाल हरु ले नेपाल को एकतालाई खण्डित बनाएर भारतको प्रान्त बनाइ छाड्ने भए;

    म राजाबादी त होइन, तर भारत् कै इशारामा भारत् साग टक्कर लिदै आएको राजतन्त्र लाइ पनि भारतीय इशारामा यिनै माओबादी ले सखाप पारेका हुन्; अब भारत् को कठपुतली भै नेपाल लाइ खण्डित गरि भारत् लाइ जिम्मा लगाउन आतुर छन् यी टाई सुट लगाउने, दौरा सुरुवाल लाइ सराप्ने पाखण्डी डाका हरु

    • भोज र भ्रमणमा देशको बजेट सिद्द्याउने लुतेराहरुको बारे कुनै एक राम्रो खबर सुन्न पाइन्न, औडाहा छुटेर आउछ . इनलाई थुक्न बाहेक के गर्न सकिन्छ र ?

  11. भारतले गरेका अन्याअत्याचारको बिरोध नगरी चाकरहुने नेपाली कांग्रेस , एमाले र मदेसी दलाल पार्टीहरुको परिणाम हो ! यि भारतीय दलाल पार्टीहरुलाई नेपाली जनताहरुले चिनेर तह नलगाएसम्म यो भै रहनेछ !

    • शेरसिंह जी तपाइको लेख पढेर अचमै लाग्यो कि नेपाल मा तपाई हरु जस्तो बुददीजेबी हरु पनि बस्छन भनेर तपैले भने जस्तै के मावोबादी ले कहाँ बिरोध गर्यो त के इंडिया को सरन मा मावोबादी छैन कमेन्ट गर्दा सोच विचार पुराएर गर्नु पर्छा sir नभए बेकार को हावादारी कमेन्ट नगर्नुहोस बुझ्नुहोस् पढ्नुहोस सोच्नुहोस अनि कमेन्ट गर्नुहोस

    • शेर्शिंग जी
      सहि नै भन्नु भयो/ मावोबादी र मनमोहनको बामपन्थी दलहरुको सरकार त् तिकनै दिएनन्/ यी दुबैले सकेको हद सम्म भारतको अतिवादको बिरोध त् गरेकै थियो/ तर यिनीहरुलाई भारतले भन्दा भारतको पिठ्ठु कांग्रेसी-पन्चे र पन्चे कांग्रेसीहरुले बिरोध गरे/ भारतको बिरुद्ध बोल्न र भारतले गरेको अतिक्रमणको प्रतिकार गर्न दिएनन्/ मनमोहन र प्रचान्द्र्ले १९५०को सन्धि खारिज गर्नु पर्ने भनेकै थियो/ तर कांग्रेसी पन्चे-र पन्चे कांग्रेसीहरुले त् आज सम्म १९५०को सन्धि को समर्थन गर्दै नै छ/ त्यो संधिमै भारतको हतियार हो राम एकवाल हरुलाई मार्ने/ एक मधेश बाद पनि भारतकै योजनाहो कसै गरि पनि १९५०को सन्धिलाई तिकायिराखने/ अब कुरा रह्यो एमालेको, पुष्पलाल मदन भण्डारी र मनमोहनको एमाले लाई आज ओली र लिट्टे कुमार हरुले कुहियायर भारतीय ठर्रा बनाई सके/ कांग्रेसी-पन्चे पन्चे कांग्रेसी र ओली माकुने जस्ता लाई दल बाहिर नगरुन्जेल कांग्रेस एमाले हरु बात केहि हुने वाला छैन/

  12. येस्तई हो केहि पनि हुनेवाला छैन हाम्रो नेपाल मा जबसम्म यिनै काथर छेरुवा र दास प्रवृति का रोगि हरु ले राज गरिरहन्छन/ पराधीन मानसिकता बोकेका रोगि हरु लाई के भन्ने र खै / दिन दहाडै समातेर पिटी पिटी मारयो उल्टै छोयकै छैन भनि नेपाल सरकार लाई प्रतिबेदन पठाऊछ/ आफ्नै मातहत को सेना ले बालक महिला हरुलाई जंगल मा बलात्कार गरेर मरेको प्रस्ट हुदा त शिकारी को दोहोरो भिडन्त मा मृतु भयको हो भन्ने सरकार ले प्रभु का सन्तान हरुले जे गरेपनि चुक्क बोल्न त के कुरा उनीहरुको गलत प्रवृति को बिरोद गर्ने आट पनि गर्न सक्दैन/ जहाँ सम्म क्षेतिपूर्ति को कुरा छ , नेपाल आमा को अस्तित्वो त प्रभु को चरण मा चढाएका हरुले दिन मात्र जानेका छन् माग्न को त कुरै छोडौ/ बरु यीनिहरुलाई भन्दा त केसु र हर्के लाई निबेदन गरेको भय केहि भइ हाल्थ्योकी !! निकै हिमचिम देखिन्छ / बाकी प्रभु को इच्छा / जय नेपाल

  13. भारतीय सुरक्ष्या कर्मीले बोर्डर वार-पार हुने घुसपैठ र तस्करी रोक्न पनि नपाउने?होइन,भारत् बिना भोक भोकै मर्ने नेपाली जनता ले आफ्नै अन्न दातालाइ गालि किन गर्ने?

    • प्रिती जे अलि सम्हालेर कुरा गर्नु होला बरु तपाइको कुरा सुन्दा त तपाई चै भारत को……………?

    • ”आरी भागबान,क्या बात करती हो ,मेरी खोलि मे वैठ के उसकी जयजय कार ?”

    • सत्यदुत जी
      हामीले हामिलाई नै किन धिकार्ने? धिकार्नु त् यी फताह नेताहरुलाई पर्छ/ नेपालनै जेल भई सक्यो त् अब जेलको पनि के डर/ हामीलाई हामि रहुन नरहून केहि मतलव छैन शेरसिंह जी/ हाम्रो नेपाल संग्लो र नेपालीको मात्रै हुनु पर्छ/ नेपाली शेर बनि बाच्न चाहन्छ/ भारत ब्वाँसो हो/ यी भारतको भटुरे नेताहरु भारतीय ब्वांसोंको छाउराहरू हुन्/ यिनीहरुलाई निमिट्यान् पार्नुछ/

  14. मलाई पनि लाग्छ अब अति भयो फेरी हामी नेपालीले हाम्रो बीर पुर्खाहरुको ईतिहास रच्नु पर्ने बेला भयो | हामी नेपालीले कहिले सम्म यसरि लाचार भएर बस्नु हाम्रा नेता तथा मन्त्रि मण्डल त लाचार भए – भए हामी नेपाली जनता भने यसरी हाम्रो नेता जस्तो लाचार छैनौ भनि देखाउने बेला भयो अब | हे नेता हो यदि तिमि हरुको हिम्मत छ भने चाडो भन्दा चाडो भारतीय धोति एस एस बि हरु संग युद्दको घोसना गर जसरि पनि हामी नेपाली हाम्रो मातृभूमिलाई पराईको हुन बाट जोगाउने छौ | हामी हाम्रो हिमाल सगरमाथा जस्तै शिर ठाडो परेर बस्न चाहन्छौ | अब फेरी यक पटक हामी गोर्खाली नाङ्गो खुकुरी हातमा लिएर जाग्नु पर्ने बेला भयो आफ्नो राष्ट्र र राष्ट्रियताको खातिर |बिकाश राई

  15. पश्चिम नेपाल तथा तराईका आधिकांस जनताहरुको दुइ छाक टार्नका लागि सहज श्रम बजार भारतनै हो ,यो स्थिति आउनुमा हाम्रो देशका राजनैतिक नेताहरुको बिर्सनलायक देनको भो कुरा नगरौं,तर चाडपर्वका अबशरमा घर आउन खोज्दा समेत यसरि लुतीनुपर्दा ति नेपाली दाजुभाइहरुका परिबार्जनमा के बीत्दोहो ? यो बिरुद्द बोल्दा सरकार गिर्ने डरले होला हाम्रा सरकारी जनहरु चुंक्क पनि बोल्दैनन ,तराई केन्द्रित मौषमी दलकोत कुरै छाडौं राष्ट्रिय राजनीतिमा प्रभाब जमायका एमाले, कांग्रेश सरकारको जोड घटाउमानै उनीहरुका प्रभुको भूमिका सिमित पार्न खोज्छन,यस्तो स्थिति बनिरहँदा ति नेपालीका सन्ततिले कुपोषनको सिकार हुँदै मर्न पर्नुमा कुनै नया घटना हो जस्तो लाग्दैन |

  16. पहिले यी मधेसी दल भन्ने को नाम निसान मेटाउनु पर्छ / अनि ओली जस्तो भारतीय दलाल लाई गोली हान्नु पर्छ / यति मात्र नभएर भारत को इशारा मा चलने र बोल्ने हरेक नेतालाई गोली हान्नु पर्छ / तेती नगरी देस भारत बाट मुक्त हुन सक्दैन / ऐले कतार मा इंडिया को पड़ेलेखेको मान्छे लाई पनि नेपाल एउटा स्वतंत्र राज्य हो भन्ने कुरा सम्म थाहा रहेनछ / ति इंडियनहरु लाई त नेपाल भन्ने सब्द नै थाहा रहेनछ / आखिरमा यस्तो किन हुन्छ ?ति इंडियन लाई blame लगाउनु हाम्रोनै कमजोरी हो /

  17. मधेसबादी दल र कठपुतली सरकारले भारतसंग बोल्ने वा क्षेतिपुर्ति दिने काम गर्न सक्ने छैन ।

  18. साथी हरु हो हुनत मा चोर नै हुँ भनेर कसले नै भन्छ र होइन ? तर यस्तो त अति नै भयो गरि खानेलाई गरेर खानलाई पनि नपाउने सुरक्छया कर्मी भनेको के यहि गर्नलाई होला र कि जनताको सुरक्छ्च्या गर्नको लागि हो भने फेरी यसरि कुटपिट गरेर एक निर्दोष मान्छेलाई किन मरिन्छ बास्तवमा यदि यो साचो नै हो भने त्यो कुटपिट गर्ने सुरक्छया कर्मीलाई छाड्नु हुदैन नाई भने

  19. मर्ने आखिर गरीब नै त हो / यहाँ कानुन गरिब लाई नै लाग्दछ / उनीहरुको लागि कुनै सुनुवाई छैन / नेपाली गरिब हरु आफ्नै देश बाट उपेक्षित छन् भने बाहिरको ले हेप्नु कुन ठुलो कुरा भो र ? केहि हुनेवाला छैन / यो समाचार सुन्ने हरुले ” बिचरा ” भन्लान तेत्ति हो ……

  20. बास्तवमा नेपाललाई भारतले निक्कै नै दमन र हस्तछेप गरेको छ. तर पनि हामो देशका नेताहरुलाई कुनै कुरा को चासो छैन खाली आफ्नै कुर्सिको मात्र मतलब छ धिक्कार छ तिमि नेता भनौदा हरुलाई अनि भारत का यी सिमानामा रहने यिनी police हजुरलाई के चाहियको छ आखिर गर्न सक्छन भने आफ्नै देशमा गर्नु नि यस्तो जयदाती हुनत भारती पुलिस हरु सिमानामा एक खिल्ली sigarette को लोभमा ज पनि गर्न सक्छन साले हरुलाई हाम्रो देशमा नै यस्तो गर्नु पर्ने खबरदार भारतीय पुलिस हरु हो जुन सिमानामा खातियाका छौ होस् गर है नै भने तिमि हरुको पनि एक दिन पालो आउने छ

  21. यो प्रतिनिधी घटना मात्र हो । यस्ता धेरै घटनाहरु घटेका छन । अब हामीसंग भारत बिरुद्ध लढ्नुको बिकल्प छैन । कठपुतली सरकारले भारतसंग बोल्ने वा क्षेतिपुर्ति दिने काम गर्न सक्ने छैन । मुख्य मिडिया तथा मनवअधिकारवादीहरु पनि भारतको बिरोध गर्न डराउछन । धेरै जस्ता त नुनको सोझो गर्न उल्टा प्रचार नै गर्दछन । यस घटनाले पुरै राष्ट्र एक भएर भारतको बिरुद्ध लड्न ढिला भएको देखाउछ । कुनै राजनीतिक पार्टी नेतृत्व गरिदिए सहज हुने थियो । त्यसका लागी पनि मिडियाको सहयोग आबश्यक र्पछ । नत्र हाम्रा भुमि मिच्ने र मान्छेमार्ने भारतीयहरु सधै साडा भैरहने छन ।

  22. यहि त् अचम्म पर्नु छ | नेपाल मा उल्टो भै रहेछ ,भारतीय ज्यादती ज्यादा सहनु परिरहेछ तराइको जनता ले ,तर तराइको नेता नै ज्यादती भो ,हस्तछेप भो भन्दा अनाबश्यक राजनीति गरेको भन्छ |उनीहरुकै इसारामा नेपाल मा मावोबादी को सरकार बन्न न दिन तटस्त रहे |

Comments are closed.