विकास थापा थुनाउने जीमेलको सेरोफेरो

अनिश भट्टराई, धरान / सुनसरी

कान्तिपुर विकास थापा प्रकरणलाई समग्रमा हेर्दा उनीमाथि पूर्वाग्रह र शक्तिको बलले कारवाही भएको आभास हुन्छ। न्यायाधीशको फैसला पूर्णतः ‘कान्तिपुरका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र सम्पादक सुधिर शर्माको पत्र हेर्दा विकास थापा निर्दोष रहेको देखिएन’ भन्ने आधारमा भएको हो भने मुलुकमा कानुनको राज रहेनछ भनेर कसैले भनिहाले अदालतलाई मानहानी गरेको भनेर भन्ने मान्छेलाई मुद्दा हाल्न कोही नतम्से हुन्छ। किनभने गाँठी कुरा त्यही हो। नारीको इज्जत र सम्मानको कुरा एक ठाउँमा छ, तर त्यही इज्जत र सम्मानलाई हतियार बनाएर कोही निर्दोषको घाँटी काटिन्छ भने त्यो कदापि उचित हैन।

जिमेलमा आउने कुनै पनि इमेल कहिले, कहाँबाट आएको भनेर थाहा पाउन मेल खोलेपछि दायाँपट्टी देखिने रिप्लाइमा क्लिक गरी show original मा क्लिक गरी हेर्नुपर्छ ।

यस ब्लग र कान्तिपुरकै समाचारमा पनि थापाले पब्लिकेसन्समै कार्यरत महिला सहकर्मीलाई इमेलमार्फत गाली-गलौज र अश्लील शब्द प्रयोग गरी लामो समयदेखि मानसिक यातना दिँदै चरित्रहत्या गर्न खोजेको आन्तरिक छानबिनबाट प्रमाणित भएपछि व्यवस्थापन बर्खास्त गर्ने निर्णयमा पुगेको हो भन्ने भनाईले यो काण्ड पूर्ण रुपले इमेलसँग सम्बन्धित भएको बुझिन्छ। त्यसमा पनि मैना धितालले जिमेलको इमेल प्रयोग गर्दिरहिछिन्। विकास थापालाई थुनाउने उनको जिमेलको इमेलबारे कान्तिपुरको आई टी विभाग,  व्यवस्थापन र अदालत खोजबिन नगरी कारबाही गर्न हतार गरेको देखिन्छ। तसर्थ म जस्तो कान्तिपुरसँग कुनै आग्रह पूर्वाग्रह नभएको तर कान्तिपुरको वार्षिक ग्राहकलाई पनि भन्न मन लाग्छ “समाचारको मामला त ठिकै होला जस्तो लाग्छ तर न्याय दिने मामलामा १८ वर्ष काम गरेको कर्मचारीप्रति कान्तिपुर पूर्वाग्रही देखियो।

मैनाको जीमेल हेर्दै आईटी विभागले त्यस्ता इमेल अफिसकै कम्प्युटरबाट आउने गरेको ठहर कसरी गर्‍यो ?

गुगलको ईमेल सेवा जीमेलमा त्यस कम्पनीबाटै कुनै प्रत्यक्ष सहयोग नपाएको अवस्थामा कुनै पनि इमेल कहाँबाट पठाएको हो त्यसको बारेमा भरपर्दो जानकारी पाउन सकिन्न। साधारणतया  कुनै इमेल कहाँबाट पठाएको निर्क्योल गर्न इमेल पठाउँदा प्रयोग गरेको इन्टरनेट सर्भरको पब्लिक आई पी एड्रेस (WAN को लागी प्रयोग गरिने IP Address) ,   इमेल पठाउन प्रयोग गरिने कम्प्युटरको (नेटवर्कमा छ भने त्यसको) प्राइभेट आई पी एड्रेस (LAN को लागी प्रयोग गरिने IP Address) अथवा त्यस कम्प्युटर को म्याक एड्रेस (MAC Address) र त्यो इमेल पठाएको समय थाहा हुनुपर्छ। तब मात्र कुनै पनि इमेल त्यसैले पठाएको भनेर ठोकुवा गरेर भन्न सकिन्छ। तर जीमेलमा माथि उल्लेख गरिएका पब्लिक आई पी, प्राइभेट आई पीसमय मध्ये पब्लिक आई पीसमय मात्र थाहा पाउन सकिन्छ।  इमेल पठाउँदा प्रयोग गरिएको कम्प्युटरको प्राईभेट आई पी वा त्यस कम्प्युटरको म्याक एड्रेसको  अभावमा  पब्लिक आई पी र समयको आधारमा मात्र गरिने दावी विश्वासिलो हुँदैन। यस्तोमा आफ्नो नेटवर्कभित्रका कम्प्युटरहरुको पब्लिक आई पी एड्रेस एकै हुनाले आफ्नो नेटवर्क भित्रका सबैलाई आफ्नो दुश्मन मात्र देख्ने काम हुन जान्छ।  विकास थापा प्रकरणमा पनि मैना धितालहरुमा यस्तै लङ्गडो तर्कको आधारमा दृष्टि दोष रहेको भान हुन्छ।  ( जिमेलको हेडरमा लेखेका कुरा बुझ्न यहाँ क्लिक गर्नुहोस्। )

उदाहरणको लागि मैले काम गर्ने अफिसको इन्टरनेटको पब्लिक आई पी एड्रेस 203.91.149.164 हो  र यसमा लगभग ५०० कम्प्युटरको नेटवर्किङ गरी इन्टरनेट चलाइन्छ। मेरो अफिसको नेटवर्किङ, जुन इन्टरनेट सेयर गरी प्रयोग गर्नको लागि निर्माण गरिएको हो, त्यो नेटवर्कमा मैले प्रयोग गर्ने कम्प्युटरमा प्राइभेट आई पी 192.168.9.253  असाइन गरिएको छ। मानी लिउँ मैना धिताल पनि मैरै अफिसमा काम गर्थिन्। यस्तोमा मैले उनलाई एउटा फेक आईडी बनाएर अश्लील इमेल पठाएँ भने मैनाको जीमेलबाट थाहा पाइने भनेको हाम्रो अफिसको पब्लिक आई पी एड्रेस 203.91.149.164 र मैले इमेल पठाएको समय मात्र हो। अब मैनाले त्यो इमेल पठाउने मान्छेको प्राइभेट आई पीको अभावमा वास्तविक व्यक्ति पहिचानको अभावमा मलाई नै शंका गरे नि हुन्छ, मेरो पल्लो कोठामा बस्ने भाइलाई शंका गरे नि हुन्छ, उनको एक वर्षअघि झगडा गरेको साथीलाई शंका गरे नि हुन्छ। किनभने पब्लिक आई पीको आधारमा त्यो इमेल पठाउँदा प्रयोग भएको आई पी हाम्रै अफिसको भएको थाहा लाग्छ तर प्राइभेट आई पीको अभावमा मेरो वा मेरो पल्लो कोठामा बस्ने भाइको वा एक वर्षअघि झगडा गरेको साथीको नै कम्प्युटरबाट नै त्यो इमेल पठाएको हो भनेर ठोकुवा गर्न सकिँदैन।

कुनै ब्यक्तिको नाम र इमेल ठेगानाबाट गलत आशयको इमेल आयो भन्दैमा त्यस ब्यक्तिलाई कारवाही गरी हाल्न सकिन्छ त ?
सरकारले नेपालको विद्युतीय कारोबार व्यवस्थित गर्न बनेको कानुन पूर्ण लागू गरी डिजिटल सिग्नेचर ब्यापक प्रयोग/पालना र यसको अनुगमन नगरुञ्जेल आजको अवस्थामा कुनै ब्यक्तिको नाम र इमेल ठेगाना प्रयोग भएर गलत आशयको इमेल आयो भन्दैमा त्यसलाई कारबाही गरी हाल्न मिल्दैन। PHP जस्ता सर्भर साइट स्क्रिप्टको सहायताले जोसुकैको नाम र इमेल प्रयोग गरेर कसैलाई पनि इमेल पठाउन सकिन्छ। मैना धितालकै इमेल ठेगाना र नाम प्रयोग गरेर अर्को इमेल विकास थापालाई पठाउनु पनि आजको समयमा कुनै समस्याको कुरा हैन। यसको लागि जीमेल वा अन्य कुनै मेलको पासवर्ड ह्याक गर्नु पर्छ भन्ने छैन । ( यसलाई एक पटक हेर्नुस न ।) अदालतले यी प्राविधिक कुरा कसरी बुझेका छन्, त्यो प्रष्ट भइसकेको छैन। इमेल पठाएकै कारण थप दुई जना प्रहरी हिरासतमा परिसकेका छन्। अश्लील इमेल गरेको अभियोगमा परेका पोखराका दुई सञ्चार व्यवसायी पोखरा हटलाइनका अध्यक्ष राजु भण्डारी तथा मार्केटिङ म्यानेजर हरि पन्तले गालीगलौज गरी इमेल गरेको भन्दै पत्रकार होम गुरुङले जाहेरी दिएपछि प्रहरीले भदौ १७ गते उनीहरुलाई हिरासतमा राखेको थियो। काठमाडौं जिल्ला अदालतले उनीहरुलाई जनही ४० हजार धरौटीसहित पुर्पक्षका लागि तारेखमा छाडिदिएको छ।

यसैगरी नेपाल पत्रकार महासंघ, कैलाली शाखाका अध्यक्ष दीर्घराज उपाध्यायले एबीसी टिभीका संवाददाता प्रकाश शाहले नक्कली इमेल आइडीबाट आफ्नी श्रीमतीसहित केही महिलाको नाम जोडेर सन्देश पठाउने गरेको आरोप लगाउँदै मुद्दा दर्ता गराएपछि शाह पनि प्रहरी हिरासतमा थिए। काठमाडौँ जिल्ला अदालतमा माधवप्रसाद पोखरेलको इजलासले आज उनलाई ४५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ। विकास थापा मात्रै त्यस्ता अभियुक्त हुन्, जसलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

[ यो लेख विशुद्ध रुपमा विकास थापा प्रकरणलाई आधार मानेर कान्तिपुर जस्तो कर्पोरेट अफिसमा गरिने नेटवर्किङलाई मध्यनजर गरी त्यसमा कसरी विश्वसनीयताको खोजी गर्ने भनेर तयार गरिएको हो। इन्टरनेटको लागि तपाईँ यदि डायल अप इन्टरनेट वा ADSL इन्टरनेट चलाउनु हुन्छ र कुनै इमेल कहाँबाट आएको हो भनेर थाहा पाउन चाहनु हुन्छ भने त्यहाँ पब्लिक आई पी र प्राइभेट आई पी खोजेर टाउको नदुखाउनु होला। त्यतिखेर डायनामिक आई पी र स्टाटिक आई पीको कुरा पनि आउँछ। मौका मिले यस बारेपछि लेखौँला। ]

[email protected]

सम्बन्धित ब्लगहरु

कान्तिपुर काण्ड अदालतमा, थापा थुनामा

जब ‘ठहर’, ‘सदर’ हुन्छ भने..

78 Comments

  1. कान्तिपुर जस्तो करपोरेट हाउसको यो चाला ठिकलागेना।अनुसन्धान पुरा नभैइ कन कार्बाहि बडाउनु प्रहरि को गल्ति हो।।।

  2. बिकाश जी लै जेल मा हाल्दा हाम्रा पत्रकार साथीहरु किन चुप बसी रहनु , आज बिकाश जी लै परेको भोली तपाइलाई पर्छ ,सबै पत्रकार दाजुभाइहरु मिलेर विकास जी लै बाहिर लौ र कान्तिपुर ले गरेको सड्यन्त्र को पर्दा फास गरिदिउl “कान्तिपुर संचार चाहिदैन बिकाश जी लै जेल हाल्न पाइदैन ” कान्तिपुर मुर्दाबाद

  3. अदालत ले गरेको फैसला गलत मानिन्छ !!! कसैले इमेल पठायो भन्दैमा उसलाई दोषी ठहर गर्न सकिन्दैन किन कि विधुतीय संचार एक किसिमको गहिरो संजालको अपराध हो यो एउटा (साइबर क्राइम) हो यहाँ जान्ने व्यक्तिले जे पनि गर्न सक्छ यसकारण एसको मूल आधार मा नपुगिन्जेल अदालत ले थापा नै दोषी हो भनेर फैसला गर्नु गलत हो ‘थापा’ दोषी होइन भन्न खोजिएको होइन दोषी होला! तर इमेल पठायो भन्ने आधारमा फैसला गर्न पक्का गलत छ

  4. मदन जी नमस्कार विकास थापा जी को लागि हामी प्रबासिहरुले कस्तो सहयोग
    गर्नु पर्ला ? मदन जी लौन केहि गर्नुस नत्र नेपाल मा घुस खाने नेताको
    को बानी अनि जेल मा विकास जाने कानुन सङ्गत भयर मानब अधिकार बढी हरु संग जानु होला e

    • छबी जी
      हामि मिलेमा के गर्न सक्दैनौ र? तेसमाथी हाम्रो साथ् माई संसार छ/ माई संसार को उमेश जी ले नै हामीलाई देसमा भई रहेको बिक्रितिहरुको बारेमा बोल्न उत्प्रेरण गर्दै हुनु हुन्छ/ माई संसार ले कति पाए कुरामा संस्थागत सक्रियेता पनि देखायाकै हो/ दंग मा भारत ले सिमा मिच्दा माई संसारले देस भित्र मात्रै होयिन देस बाहिर पनि रास्ट्र भक्त नेपालीलाई जगायकै हो/

      मित्र, बिकाशजी उहाँ निर्दोष भएको थप जानकारी लिई सके पछी माई संसारमा कम्प्युटर विज्ञानमा जानकारी राख्ने मित्रहरुले बिकाश जी निर्दोस भएको प्राबिधिक प्रमाण संकलन गरेर बिकाश जीलाई निशुल्क उपलब्ध गरूँ/ यहि काम अरु बात गराउन बिकाश जीले ठुलै रकम खर्च गर्नु पर्ने हुन्छ/

      यति गर्न खोज्दैमा हामीलाई पनि थाप जानकारी भै हाल्छ कि बिकाश जी कति निर्दोस छ भनेर/ अनि हाम लाई पनि अरु केहि गर्नु पर्ने बा नपर्ने भनि निर्णय गर्न सजिलो हुन्छ/

  5. मैना महिला हुनु को फाइदा उठाउदै छिन् .
    मैनाले महिला भयर समस्त महिला वर्गको अपमान, मानमर्दन र बेजत हुने काम गरेकी छिन् , एउटा गोटी भयर अनि बेमौसम को बाजा बजयारा……

    सायद : क्षदिक फाइदा को लागि ( मैले सुनेको यो केसलाइ प्रयोग गर्नु को लागि उपयोग भयकोले कान्तिपुर पुब्लिकासन मा उसको प्रमोशन भयको छ रे) दिर्ग कालिन घाटा को बिचार नगर्ने ( jhuta र apramanit kathit प्रमाणित वनेर सोत कान्तिपुरले भने पछि , कुराको उठान गरि ) सोच नवयको दृति बिहिन सरह र कसैको प्रयोग भयर समस्त महिला जातिमै कलंकित भयर रहने छिन् मैना धिताल इतिहासका पाना हरुमा…………………

  6. नेपाली राजनीतिक तरलता को फाइदा छिमेकी राष्ट्रले लिएको तथ्य बास्तबमै हो. जसरि जलबिधुत को कुरा बिकाश थापा ले निर्धक्क साथ उठाएका थिए अब हरेक पत्रकार तथा लेखक ले लेख्ने बेलामा सोच्नु पर्ने बेला आएको छ | आफ्नो भुमि को प्राकृतिक स्रोत को बारेमा हामी आफैले सोच्नु पर्ने र जल सरोकार को बिषय हरुमा नागरिक तथा राजनीतक व्यक्ति हरुलाई सजग गराउने बिकाश थापा लाई सबै पत्रकार तथा नेपाली हरुको साथ चाहिएको छ.

  7. माईसंसारको साईटमा विकास थापा प्रकरणलाई हेर्दा कान्तिपुर पब्लिकेसनले विना अनुसन्धान पश्चात प्रहरीको फन्दा पार्नु दुःखत घटना हो । यही विषयमा जोडेर म सँग पनि थापा जी जस्तै घटना ६ महिना अघि घटेको थियो ।
    म साचारकर्मी भएकोले र आईडी सम्बन्धी काम गरिरहेको थियो । ६ महिना अगाडि मैले काम गर्ने पत्रिकाको अधिकारीका जिमेलबाट एचक डट कममा समाचार पठाएको विवादमा ५ महिना सम्म त्यो सहकर्मी पत्रकारसाथीहरुले बोलचल बन्द गर् यो । धेरै पटक मैले त्यस विषयमा स्पष्ट पार्न खोज्दा साथीहरु तिमीले नै त्यो समाचार पठाएको आरोप लगाउदै आइरहेको थियो । जुन मेरा सहकर्मीसाथीलाई पब्लिक/प्राईभेट आईपीको ज्ञान नभएकाले मलाई विभिन्न प्रकार आरोप प्रत्यारोप सँधै लाग्नुहुन्थ्यो । यसविषयमा एचकेडट कम का साचालक ज्युले जीमेल मलेसियाबाटै आएको भन्ने तर्कले म माथि झ्न शंका नगर्ने कुरै भएन ।
    हाम्रो देशको पुरानो राष्ट्रिय पब्लिकेशनले त एक जना व्यक्तिलाई विना सोधपुछ पक्राउन थाल्छ भने मेरा साथीले आरोप लगाउनु ठीकै हो जस्तो लाग्छ ।
    साथै, नेपाल टेलिकमबाट भित्र्न गरिने इन्टरनेटबाट जुनसुकै व्यक्तिद्वारा त्यस्ता गलत किसिमका जिमेललाई थाहा पाउन नेपाल टेलिकमको तर्फबाट जीमेल सर्भर लाई जव चिठ्ठी पठाएर नबुझेसम्म त्यो गलत आईपीको बारे थाहा हुदैन । त्यसबारे हाम्रो राज्यले साइवार कानुनको निश्चित दायर बनाउने हो कि ?

  8. विकास थापाका बारेमा यत्रो चर्चा भएपछी, कान्तिपुरका पुराना अंक पल्टाएर विकास थापाका ७ ओटा लेख पढे/ यी सबै जल र उर्जाका बारेमा थिए/
    तर:
    यी लेखहरुमा विकासले (यहाँ लेख र कमेन्टमा प्रसंसा गरे जस्तो दह्रो रुपमा ) जल माफियाको भण्डाफोर गरेको र रास्त्रियताका प्रखर मुद्दा उठाएको पाइन्/ हो, कतै-कतै तेस्तो भान् हुने जस्तो चाहि छ है/ हुन त मैले त्यो भन्दा अरु लेख पढेको छैन/ यसो त, कान्तिपुर रास्त्रियाताको पक्षमा दह्रो संग उभिने मेडिया पनि त होइन नि/ यदि हुदो हो त ‘रास्त्रबादी’ विकास लाइ १८ वर्ष सम्म किन पाल्थ्यो!
    तेसकारण कान्तिपुरको उनि माथिको मुक्का अरु कुनै कारनले हुनु पर्छ जस्तो लाग्छ / मैना धिताल जी को केश त झन् ‘निमित्य-केश’ मात्र हो भन्ने सजिलै बुझिन्छ/
    अरु कुनै तेस्रो रहस्य हुनु पर्छ!

    • कान्तिपुर ?
      हुनत म कान्तिपुर प्राय पढ़दिन तर पनि कहिलेकाहीं झुक्केर आखा गैहाल्छ / त्यस्तो बेलामा चाहिं कान्तिपुरको भित्रि पेज हरु हेर्छु / मैले बिकास जी लाइ चिनेको लेख पढेरै हो / भौतिक रुपमा हाम्रो परिचय छैन / हामीले कान्तिपुरबाट धेरै आस गर्नु बेकार छ / त्यसैले बिकासजीको लेख पनि कान्तिपुरको सेन्सरबाट आउने हुनाले ….. त्यस्तै त्यस्तै नै हो / जे होस् हाम्रो जल सम्पदा बिदेसिहरुले होइन हामीलेनै उत्पादन र प्रयोग गर्नु पर्छ भन्ने मामलामा उनले कलम चलाएको र त्यो कदम रास्ट्र घातिहरुलाई पच्ने कुरै भएन / त्यसैले कान्तिपुरले बीकासजी लाइ बलि चढाएर बिदेसी प्रभुलाई खुसि पारेको चाहिं हुनसक्छ /

  9. नेपाल मा जो सहि छ उसैलाई कारबाही हुन्छ यो सति ले सरापेको देश भन्छ तेही भाको हो ,

  10. यदि यो बिषय मा बहस चलाउने नै हो भने यो केश लाई अंतरास्तीय अदालत पुर्याउनु पर६ होला

  11. “आउनुस साथीहरु र पत्रकार बन्धु हरु बिकाश थापालाई मदत गरूँ”
    मलाई कम्युटर सम्भंदी ग्यान पत्ताक्कै छैन/ तर ग्यान भएको साथीहरुको भनाई र प्रस्तुति हेर्दा पत्रकार बिकास थापा जीलाई उहाँले नेपालको जल माफियाहरुले नेपालको जल श्रोत हरु भारतको कब्जामा पार्दै लागेको बिरुद्ध लेखहरु प्रकाशमा ल्यायको कारणले षड्यन्त्र पुर्बक फसायको जस्तो देखियो/ न्यायालायेले पनि आरोप लगाउनेकै कुरालाई आधार बनायर बिकास जीलाई जेल पठाए/ यो त् सरासर एउटा रास्ट्र भक्त पत्रकार प्रति अन्याय भयो/ व्यक्तिगत कुरा भएनन् अब यो/ अब उहाँलाई मदत गर्ने उहाँले न्याय पाउन भनि आवाज उठाउने दायित्वो हामीमा र पत्रकार बन्धुहरुमा आएको छ/ आउनुस हामीले उहाँले न्याय पाउन सकुन भनि के कस्तो मदत गर्न सकिन्छ त्यो बारेमा छलफल गरूँ/

    मेरो सल्लाह:
    ०१. सर्व प्रथम त् हामीले सामुहिक रुपमा नेपाल पत्रकार संघलाई यो बिषयमा आवाज उठाउन आव्हान गरूँ/ एउटा पत्रकार त्यो पनि नेपालमा जलमाफियाहरुको बिरुद्ध लेखहरु लेख्ने पत्रकारलाई यसरि जेल पठाएको उहाँहरुले कसरि पचायिरहनु भएको छ? अच्चाम्मै छ बा!!!/
    ०२. सकिन्छ भने बिकाश थापाको केस हेर्ने प्रहरी र त्यो न्यायधिसलाईनै नेपालको कानुन नमिचिने गरि जानकारी र आधारहरु उपलब्ध गरूँ/ नेपाल प्रहरीको योग्यतालाई कम हाक्न मिल्दैन/ प्रभावमा पर्न बाध्य नगरिएको अबस्थामा नेपाल प्रहरीले अद्वितिये कार्यहरु गर्न सक्छ/ यस्तै जान आवाज र जनताले आफु सिट बिकास निर्दोस भएको प्रमाणित गर्न सकिने कुराहरु सदन, सभासदहरु र प्रधान मन्त्रीलाई पनि सामुहिक बा व्यक्तिगत तरिकाले जानकारी दिउँ/
    ०३. अहिलेको अन्तरिम संविधानले मन्त्रि परिषदले चाहेमा कुनै पनि मुद्दा फिर्ता लिन सकिने र अदालतको फैसला पालना गर्ने बा नगर्ने भनि निर्णय गर्न सकिने भनिएको छ रे/ चिरन्जीवी वाग्ले गोबिन्द राज जोसिलाई जेल र बिगो बमोजिम को दण्ड रकम सजाय तोकिने सकिएको थियो/ तिनीहरुलाई गिरफतार सम्म पनि गरिएनन/ संभंदित यरियाको प्रहरीले अदालतको आदेश नै नपाएको जस्तो गरि अपराधीहरुलाई कार्यबाही गर्ने म्याद गुजारेर बसे/ पछी ती भ्रस्ट हरु कार्यबाही गर्ने समय भित्र कार्यबाही नगरिएकोले अब सजाय गर्न नमिल्ने आधार देखाई घुस खायर कमाएको रकम पचायर बसे/ यस्तै कुरा ऋषि धमलाको बारेमा छ/ उसले त् बिदेसी आतंककारी संगठनको मतियारी गरेकै हो/ भौतिक कार्यबाही गर्ने भनि धम्कि दिएर रकम उठाउन खोजेकै हो/ तापनि अच्चामै सिट गिरिजा समेत लागेर ऋषि धमलालाई जेल मुक्त गरे/ त् बिकाशको मुक्तिको लागि यिनीहरुलाई हामीले बाध्य गर्न सकिन्छ नि/
    ०४. पेशाको नाममा अपराधि लाई अनेकौं झुठ लाई सफेद गर्न सक्ने महान ओकिल हरुको कमि छैन/ उदाहरण दिपाल मनांगेको मुद्दा लड्ने ओकिल साहेब कै कुरा लाई लिउं नि/ अदालतको पछिल्लो फैसलाले त्यो ओकिल साहेब ले दिपक मनांगे भनेको दिपक मनान्गेनै होयिन भनि पहिलेको मुद्दामा दिएको तर्कहरु सबै अदालतलाई गुमराह गर्न खोजेको प्रमाणित हुन्छ/ ओकिल साहेब हरुले गर्न नसक्ने केहि पनि छैन/

    तर सत्य र रास्ट्र को लागि लड्ने ओकिल साहेब हरु पनि छन् जस्तै बाल कृष्ण नेउपाने जी!!!!!/ उप रास्ट्रपति जस्तो व्यक्तिले नेपालको रास्ट्र भाषाको मराय्दा नगरेकोमा घुंडा टेकाउन सक्ने उहाँ र उहाँ जस्तै अन्य ओकिल हरु को सहयोग मागुं/

    नेपालमा जल माफियानै सबै बिकृतिको लागि जिम्मेवार छ/ नेपालको मन्त्रि सदन सरकार र अहिले संबिधान सभा पनि जल माफियाकै कारणले अपांग बनेको छ/ नेपालको सुद्धिकरण जल माफियाहरुको पटन पछी मात्रै सम्भव छ/

      • मदनजी,
        नेपाल पत्रकार महासंघलाई यो विषयमा आवाज उठाएर केहि हुने देखेको छैन । हुन त मैले पनि प्रवासबाट पत्रकारिता क्षेत्रमा विना ज्याला सम्पुर्ण समय लगानी गर्दै आएको छु । यसका तिता मिठा अनुभव मैले पनि धेरै संगालेको छु । प्रवासमा गठित पत्रकार मञ्चलाई नेपाल पत्रकार महासंघले आधिकारिक मान्यता दिनुपर्छ भन्दा अंश नै बाँड्नुपर्ने हो कि भन्ने ठान्ने पत्रकार महासंघले ढिलै भएपनि प्रवासी पत्रकारहरुलाई यसो अलिकति पूठो अड्याउने ठाउँ चाहिँ दिएको छ । त्यो पनि केहि फाइदा हुने देखेर मात्र दिएको हो । पत्रकार महासंघ संग सहयोगको याचना गर्ने होइन । सकिन्छ भने पत्रकार महासंघलाई त हामीले यथासक्य भौतिक, आर्थिक सहयोग प्रदान गर्ने हो । पत्रकारिता जस्तो मर्यादित पेसामा राजनीतिक टिको लगाएर गएकाहरुबाट अरु धेरै के पो आशा राख्न सकिन्छ र । पूर्वाग्रही सोच राख्ने पत्रकार महासंघका महानुभावहरुबाट यस बारेमा आशा नराखेपनि हुन्छ भन्ने सोचेको छु । जहाँ सम्म नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद सम्म रहनुभएका पत्रकार रविन प्रसाद थपलियाको मोटरसाइकल दुर्घटना पश्चात हालसालै केहि महिना अगाडी प्रधानमन्त्री माधव कुमार नेपाल समक्ष आर्थिक सहयोगको लागि निवेदन पेश गर्ने क्रममा उनको फाइल जानजानी पेश नगरी पूर्वाग्रही भावना र सोचले ग्रस्त मानसिकता भएका महासंघका व्यक्तिबाट घोर अन्याय गरिएको छ । यदि यो सत्य हो भने त्यस्ता पदधारी पत्रकार नेपाल पत्रकार महासंघका जिम्मेवार व्यक्तिको रुपमा हामीले आत्मिक रुपमा स्वीकार्नु भनेको हाम्रो निकम्मापन हो । गणतन्त्र वहाल भएको वर्तमान देशको नेताहरुमा राजनीतिक चलखेल गर्न महासंघमा पसेका पत्रकारहरुमा खासै अन्तर केहि पनि छैन । यत्ति हो नेताहरु आफु जित्नलाई पैसा र शक्तिको दुरुपयोग गर्छन् भने पत्रकार महासंघका तथाकथित व्यक्तिहरु आफुले भने जस्तो भएन भने मर्यादित कलम र पेसाको दुरुपयोग गर्छन् । पत्रकारमहासंघ बाट यो बारेमा चाहिँ केहि आशा नराखेपनि हुन्छ जस्तो लाग्छ मलाई । त्यहि भएर पूर्ण प्रमाण विना लाञ्छना लगाईएका पत्रकार विकास थापालाई पत्रकार महासरंघबाट सहयोग मिल्छ भन्ने कुरामा विश्वश्त नहुँदा नै ठिक हुन्छ । किनकी यो देश भनेको कुकुरले पुच्छर हल्लाउने होइन, पुच्छरले कुकुर हल्लाउने देश हो ।

        • रबिजी/

          “स्वोतन्त्र अन-लाईन पत्रकार क्लब खोलुं”
          म पत्रकार त् होयिन तापनि यो सल्लाह दिन चाहन्छु/ त्यो ऋषि धमलाको क्लब लाई हुंकार दिन सक्ने र पतुरकारहरुलाई पनि आफ्नो बाटोमा फर्कन सक्ने बनाउन एउटा रास्त्रिये स्तरको स्वोतन्त्र पत्रकार कल्ब को जरुरि भएको छ/ त्यो ऋषि धमला जस्तो बिदेशी आतंककारीको मतियारी गरेको र अनेकौं सामिजिक अपराधको आरोप लागेको व्यक्तिको रिपोर्टर्स कल्बले बिखालु रोगको कितानु पत्रकार जगतमा फैलाई रहेको छ/ बिकाश थापा जस्तै अरु पत्रकार हरु माथि आई परेको समस्यामा तव हामीले स्वोतन्त्र बहश गर्न सक्छौं आवाज उठाउन सक्छौं र स्पस्टिकरण माग पनि सक्छौं सत्य तथ्य बुझ्न बुझाउन केहि मदत गर्न सक्छौं/ हामि मिलेमा यो काम सजिलै गर्न सक्छौं जस्तो मलाई लाग्छ/ उदाहरणको निमित हामीले गर्न सक्छौं भनि मेरो सानो अनुभव उल्लेख गर्छु/

          म १७ वडा मा रामहरी कृष्ण मानन्धर जीको घरमा उहाँकै सभापतित्वोमा स्थापना चकला दवु नामको क्लब को संस्थापक सदस्य र कार्यक्रम संयोजक थिएँ/ उहिले नेवारी भाषाको कार्यक्रम गर्न सरकारले ठुलै झन्झट गर्ने गर्थे/ सभा ग्रिह भाडामा लिन गए न्यार भाषाको कार्यक्रम भनि दिन चाहँदैन थिए/ बाहिर गर्न चाहे प्रहरी जिल्ला अधिकारीको झन्झट/ फेरी सबै क्लब हरु सिट रकम र साधन हरु नहुने/ तव संयुक्त रुपमा कार्यक्रम हरु गर्न बा गर्न सहयोग गर्न नेवारी भाषाको सबै क्लबहरुको एउटा संयुक्त महासंघ “मंका:खल” जस्तै खोल्नु पर्यो भनि मनमा आयो/ प्रथम मिटिंग मेरै प्रस्तावमा पहिलो मिटिंग टोलको कान्छा साहु भन्ने व्यक्तिको छत्रपाटिको दवलिको उतर तिर को पानि ट्यांकी जोडिएको घरको भुई तल्लामा कबि दुर्गालाल तेती बेला भाषा कर्मी मात्रै भएको पदम रत्न तुलाधर, गणेश मानाधर आदिको बिचमा भयो/ सबैलाई बिचार ठिक लाग्यो/ तेस पछिको मिटिंगहरु चकला दवुको सचिप रबि महर्जनको पहलमा भयो/ नेपाल भाषा मंका खलको गठन भयो/ आज कसैले मलाई चिन्दैन र सम्झंदैन पनि/ टोलको साथीहरुलाई मात्रै यथार्तता थाह्छ/ मंका खल आज पनि नेपालको राजनीतिमै प्रभाव राख्ने संस्था बनेकोछ/ मैले यो कुरा म चर्चामा आउन बा कुनै स्वार्थ मनमा लिएर उठाएको होयिन/ मात्र हामीले मिलेर रास्त्रिये स्तरको संस्था पनि स्थापना गर्न सकिन्छ भनेर उदाहरण दिन मात्रै खोजेको हो/

      • सानु जी
        समर्थ गर्नु भएकोमा धन्यबाद/ खै अरु के भन्ने जाँगर मर्दैछ मित्र/ यस अतिरिक्त सानु जी के हामीले ऋषि धमलाको रिपोर्टर्स क्लब लाई चुनौती दिन सक्ने सहि पत्रकारहरुको आवाज घन्काउँ सकिने अर्को कुनै स्वोतन्त्र पत्रकार क्लब गठन गर्न आवाज उठाउन सकिन्छ कि? यति नभए कमसेकम अन लाईन पत्रकार क्लब गठन गर्न सुझाव दिने कि?

        मलाई यी कुरा गर्न अबेर नै भएको महसुस हुँदै छ/ संबिधान बनाउन झन्झट आई रहेको बेला सहि पत्रकारहरुको सयुक्त हुंकार गुन्जिने यौटा थलो को जरुरि छ/ तपाईं को बिचार जान पाउन आनुरोध छ/ यस्तो एउटा संस्था भए अन्यायमा परेको पत्रकार हरुको लागि आवाज उठाउन सजिलो हुने थियो/ फेरी त्यो ऋषि धमलाकै क्लब लाई किन जनताको कर को रकम बात महिनावारी ख्वाई राख्ने? बिरोध गर्न पत्रकारहरु संगठित हुनु पर्छ कि/ म पत्रकार होयिन/

        • मदनजी ..
          मैले लामो समय देखि अनलाइन भोइस ब्लग (podcast ) चलाउने विचार गरेको थिए ..येस्मा प्रमुख रुपमा नेपाली सामाजिक र राजनीतिक कुरा समेट्ने विचार थ्यो ..दुर्भाग्यबस मेरो आलस्य भन्नुस वा व्यस्तता आहिले सम्म त्यस तर्फा लाग्न सकिएन. तर नेपाललाइ स्वोतन्त्र पत्रकार क्लबको खाचो छ र म पनि त्यस प्रति लाग्न तयार छु. तपाई, हामी जस्ता आ-आफ्ना विचार धारा बोकेका तर राष्ट्रलाइ माया गर्ने नेपालीको साझा थलो जस्तो. त्यो अति उत्तम विचार हो. यो कुरा बारे झन् चर्चा गर्नु पर्यो.
          Mysansar एयूता ब्लग भन्दा धेरै आगाडी बढी सकेको छ. एसले राजनीतिक र सामाजिक क्षेत्रमा आफुलाइ धेरै ससक्त रुपमा आगाडी बढाएको छ..ब्लग लेखक र त्यसमा कमेन्ट गर्ने तपाई जस्ता व्यक्तिहरुले धेरै कुरामा म जस्ता पाठकको ज्ञान बढाउने र आफ्नो विचार राख्ने ठाउँ नि भएको छ. जस्तो एरपोर्टमा हुने भ्रस्टाचारको मामला मा Mysansar मा आएको खबरले एक ताका ठुलै तहल्का मच्चायो ..त्यसले एरपोर्टका हाकिमले सम्म जवाफ फर्काए..केहि हद सम्म चेतना जाग्यो र केहि सुधार नि भयो …त्यसैले एयूता ससक्त पत्रकार मंच खोल्न पाए अत्यन्त राम्रो हुन्थ्यो जस्तो लाग्छ…
          मदनजी ..एस बारे र भविस्यको दिशा बारे तपाई संग झन् सुझाव र सल्लाह माग्न मन लग्यो .
          धन्यबाद.

  12. विकास थापाले जल माफिया विरुद्ध समाचार लेख्थे भन्नु सवै गलत हो । जहां आफुलाई फाइदा छ त्यही समाचार लेख्थे । तालिम भन्दै कति पैसा विकासले लिएका छन यो पनि छानविन गरे थाहा हुन्छ । भष्ट्रचारको विरुद्धमा लेख्ने हरिबहादुर थापाले समेत विकास मार्फत पैसा कुम्ल्याएका छन् । अनि विकास थापाको चरित्र राम्रो छ भन्नु पनि हावामा तर्क गर्नु हो । बालाजु बनको एउटा क्याविनमा केटीसंग पक्राउ परेको समाचार सांधुमा आएको नविसौ्र । मिना माथि पनि उनको कु दृष्टि निकै अघि देखि थियो । कान्तिपुरका धेरै पुराना कर्मचारीलाई यो कुरा थाहा छ । विकास थापाको अरु केटीसंग लसपस रहेको उनकि श्रीमतिलाई पनि थाहा छ । यस्ता कुरा नहेरी एकतर्फि रुपमा विकासका पक्षमा नलेख्यौं । उनको कान्तिपुरमा केही पनि योगदान छैन । १८ बर्ष पत्रकारिता पनि गरेका हैनन् । उनको चरित्र सधैं विवादस्पद नै थियो । अहिले पाप कराएको मात्र हो । कारवाही भएको ठिक छ यो सुधि्रने मौका पनि हो ।
    sabin

    • सबिनजी..
      बिकाशजी को character आफ्नो ठाउँ मा छ..दोषी छन् छैनन् भन्ने कुरा भन्दा पनि अदालतले जुन तर्कको आधारमा दोषी पायो त्यो चाही गलत हो. दोषी हुन् भने कारवाही हुनु पर्छ तर आधार त्यो इमेल आएको भन्ने पत्र मात्रै हुनु भएन..अर्को येस्तई मुद्दामा जमानतमा छोडेको नजिर छ रे ..फेरी किन वहालाइ जमानतमा नछोडेको ..?
      बिकाशजी को प्रसङ्ग छोडेर ..एती भन्दा एयूता कुरा चाही सबैके सिक्नु पर्ने हो..हामी धेरै नेपाली पुरुषमा संगै काम गर्ने महिला साथी प्रति सम्मान गर्ने बानि कम नै हुन्छ…केटीले राम्ररी बोलि वा हेरी भने पनि उल्टो अर्थ लिने आदि आदि ..त्यो सुधार्नु पर्छ …

    • सबिन जी!
      तपाईं लाइ बिकासजीको बारेमा सबै कुरो थाहा रहेछ / तपाइँ को कमेन्ट पढ्दा यस्तो लाग्छ कि तपाइँ फेक ID बनाएर माइ संसारमा आउनुभाको छ / होइन भने यति ठाडै आरोप लगाउन सक्नेले बीकासजी संग आखा झुधाएर कुरा गर्न सक्नु हुन्छ ?

  13. I agree with the writer.

    The judge does not have enough IT knowledge nor do Nepal police. I think Bikash Thapa will win in appeal court.

  14. ल है कमेनटर साथीहरु हो, कसैको बिसयमा कमेन्ट लेख्नेबेला होश पुर्याउनुहोला, नानाभाती, व्यक्तिगत लान्छना लाग्ने कुराहरु नालेख्नुहोला, cyber crime को लागि सजिलै जेल जानु नपरोस कसैलाई.

    तेसो त गालीगलौज भएका comments प्रकासित नहुनु पर्ने हो, प्रकाशकलाई के मतलब भयो र, तर हामीले नै comments लेख्दा होश पुर्यौनुपर्छा लाग्छा, अरुलाई के दोष दिनु र !

    • nepal ko cyber kanun||| हा हा हा || नेपाल पोलिस संग के छ जो साइबर आपराद पत्त लगाउन सहयोगी होस्|| दिन दहाडै मान्छे मारेर ,मैले मारे भनेर पत्रकार लाई फोन गर्दा पनि अपराधी को पत्तो लगाउन नसक्ने ,एउटा सामान्य traking software लगाउन phone service provider लाई भन्न नसक्ने लाई के भन्नू|| isreal बाट सिक्ने गर बरु

  15. आइटी विभागमा पनि कैलाश सिरोहिया र सुधिर शर्मा नै छन् जस्तो छ। नत्र यस्तो वाइयात कुरामा पनि कारवाही हुन्छ त! नौटङ्की !!

  16. म पनि कान्तिपुरको एक नियामित जस्तै ग्राहक हूँ र विकाश थापाको जल सरोकार सम्बन्धी लेखहरु यथार्थ परक र तितो सत्य पनि हुन्छ तर मलाई कता कता के अभाश भईरहेको छु भने सायद त्यही यथार्थ र तितो सत्य न चाहनेहरुको खेल त होइन ? हुन त शब्द जालकै आधारमा म विकाश थापा जी पूर्ण रुपमा निर्दोस भन्न सकिन्न तर न्याय जहिले नि निर्दोसिको वसमा हुनु पर्छ र गर्नु नि पर्छ l

  17. आज भोलि कान्तिपुर को स्तर धेरै खस्की सकेको देखिन्छ. यसका विवादास्पद क्रियाकलाप हरु हेर्दा विकास थापालाई फसाउन खोजेको पनि हुन सक्छ. अख्तियार का सुर्यनाथ विरुद्ध बिस बमन गरे देखि नै यस प्रति मेरो आस्था घटी सकेको छ. आफुलाई सुपर पावर ठान्ने यसका संचालकले कुनै दिन कान्तिपुरलाइ खाल्डामा जाके भने अचम्म मान्नु पर्दैन.

  18. “भनिन्छ मान्छे लाई गार्हो परेको बेलामा मात्र चिनिन्छ”/ त्यसैले, जोशी जी कति चोखो हुनुहुन्छ भन्ने कुरा को नाप गर्ने कुनै आधार छैन र अहिले नै उहालाई चोखो बनाइ रहनु त्यति उचित लागेन/ तथ्य हरु ले प्रमाणित गर्न सक्नु पर्छा/पक्कै पनि उहाको बच्चा हरु बिदेस तिरै होलान/ उहा विदेश जाने सुरमानै हुनुहुन्च्चा होला तर, उहालाई के ले रोकेको हो? सम्पति ले हो कि, जननी जन्म भूमिस्च स्वर्गादपि गरियसी! ले हो??

    मेरो केहि सुझाब हरु:
    तर, उहा जस्ता नीति निर्माणको अनुभव संगालेका व्यक्ति ले सके समुहगत रुपमा नसके व्यक्तिगत एउटा संथा को निर्माण गर्नुपर्छ/ जसको उद्देस्य हुनुपर्छ – को चोखो हो र को बिटुलो हो भनी निर्धारण गर्ने/
    त्यसै पनि उहा पहिल्यै देखि को करोडौ पति चाही भएता पनि आर्थीक रुपमा स्वाभिमान हुन को लागि – मापदण्ड बाट उपलब्धि सुचनाहरु लाई “देश र जनताको” भलाई हुने गरि विभिन्न संस्था हरु लाई बेच्ने तर व्यक्ति गत सूचना हरुको दुरुपयोग हुन पनि नदिने तिर बिशेश ध्यान दिनु पनि जरुरि छ, ताकि उहा जस्तो स्वाभिमान(?) व्यक्ति लाई बिदेसी को मातहत मा काम गर्न नपरोस/
    “देश ले मलाई के दियो भन्दा पनि मैले देश लाई के दिए” भन्ने तिर ध्यान दिदा कसो होला?” त्यसै पनि उहा स्व. भू पु राजा महेन्द्र को छिमेकी र आदर्श मा विश्वास गर्ने व्यक्ति पनि हुनु भएको ले धेरै के नै भन्नु पर्ला र!

    यदि, सहयोग र समर्थन चाहिएमा हाम्रो पनि साथ उहालाई!!!

  19. यो, पूर्वाग्रही ढंगले भएको यथार्थ सबैको सामु पानि जतिकै छर्लंग छ, कान्तिपुरको शाख गिर्दै गएको सबैलाई स्पष्ट छ, यसलाई सूचना-संस्थाको गुन्डागर्दी भन्दा फरक पर्दैन . अनुसन्धान र वैज्ञानिक तथ्यको वकालत गर्ने आम सूचना छेत्रलाइ चुनौती दिदै विना अनुसन्धान यसरि ज्यादती मच्चाउनु कान्तिपुर लाइ नसुहाउने कुरो हो, तापनि आफ्नो औकात देखाउना ढिलो गरेन . लाज लाग्छा प्रेस स्वतन्त्रको दुरुपयोग देखेर.

  20. भलै बिकाशलाई छुटाउन मन्त्रि र पार्टीका नेताको लाइन नलाग्ला, किनकि उनि सुद्द बिकशबादी पत्रकार हुन्, नकी कुनै देशका राजदूत, किनकि उनि बिसुद्द राष्ट्रबादी हुन् | उनलाई २/४ वर्षको जेल सजाय गराईन पनि सक्छ र येस्मा आश्चर्य नमाने हुन्छ किनकि यो नेपाल हो र उनलाई प्रहरीले नेपालकै इतिहासमा सब भन्दा ठुलो चरेस काण्डको तस्करलाई रंगे हात पक्डे जस्तो पकडेको पनि हैन, फगत एउटा इमेलको भरमा जेल हालिएका हुन् | तर उनि जस्ता बिसुद्द पत्रकारलाई सारा नेपालीले चिनेको छ | ठोस् प्रमाण बिना उनलाई दोषी ठहराइए पनि उनि जनताको माझ दोषी हुनेछैनन् |

  21. अदालत को फैसला सुनेर म छक्क परे ! निर्दोस विकास थापा विरुद्ध केही न केही षड्यन्त्र भने भएकै हो । निर्दोस बिकाश थापालाई फसाइए हो । कान्तिपुरको १८ वर्ष सेवा गरेको कदर के जेलको छिँडी हो ? ……. तर सत्य को जीत हुन्छ !!

  22. पब्लिक आईपी र प्राइभेट आईपीको कुरा त मैले भुसुक्कई बिर्सेको । हो नि यो कुराको ज्ञान अदालतलाई त भएन रे मानिलिउ । तर कान्तिपुरको आईटी विभागले अरु सबैलाई के थानेका हुन !

    • हो पुष्पजी …मैले नि पब्लिक र private को कुरा बिर्सिरा ..कान्तिपुरले जवाफ दिनु नै पर्छ ..मिडिया नि जवाफदेहि हुनु पर्यो ..फेरी नेपालको न्यायपालिका किन एती सरो हुतिहारा भाको ..? अस्ति कुन केसमा DNA लाई प्रमाण नमानेको रे सर्वोच्चले …हास्नु कि रुनु ..??

  23. बिकाश जी, नबिराउनु नडराउनु , कान्तिपुर जस्तो महान मेडिया ले महान पुरस्कार दिनु पर्ने बेलामा तपाइलाई जेल को पुरस्कार दिनु पक्कै राम्रो होइन

    • कान्तिपुर कस्तो महान मेडिया हो देवेन्द्र जी, कुरो अलि स्पष्ट भएन नि !!

  24. Recently, a man from the US was found to have befriended people with suicidal tendencies on the internet and nudging these vulnerable people to end their lives. He would pose as a woman nurse ( which he was indeed) and tell द impressionable victims that she too wanted to commit suicide and what would be better than to leave this cruel world together: She wanted to see her “friends” end their life via webcam and assured them that she would follow next . Well, you might want to listen to the story at.. http://www.msnbc.msn.com/id/38739087

    The man is moving freely and is very proud of what he did. Its surprising that in a country like the US with its draconian criminal justice system this man was not put behind bars even for a single day. But, what’s more surprising is that Bikas Thapa was put behind bars for supposedly sending malicious emails to his female co-worker in a country where “justice” is another extinct bird. Having said that, however, I do not condone Thapa’s alleged misconduct.

    Warm Regards,

    Avantika

  25. लेखक ज्यु
    एउटा कुरा अलि स्पस्ट नभए जस्तो लाग्यो…बिकास थापाले, कहिले देखि, त्यो email Id प्रयोग गर्दै आएका हुन्? किनभने, fake id बनाएता पनि एउटी आइडी दुइ जना को त पक्कै हुदैन?

    • सानुजी,

      विकाश थापाको फेक आईडी उनलेनै बनाएको वा प्रयोग गरेको हुनुपर्छ भन्ने छैन । र अनिशजीले भन्नु भएजस्तै जोसुकैको ईमेल ठेगाना बाट जोसुकैलाई ईमेल पठाऊन जान्नेहरूका लागी गाह्रो काम होइन । शायद तपाईलाई पानी तपाईका सथीभाई वा आफन्तको ईमेलबाट अनावश्यक ईमेल आएको हुनुपर्छ । भ्रम नहोस, यो ती ईमेलका मालिकहरुले नै पठाएका होइनन ।

  26. कागले कान लग्यो भन्दैमा कागको पछि दैड्नेलाई के भनम र खै। हिजोको टाइपराइटर चलाउने टाइपिस्ट आज आइटी एक्स्पर्टले भरिएको मन्त्रालय र अण्डाबाट के नै आश गर्न सकिन्छ? मेरो बशमा हुने भए – पाइरेटेड सफ्टवेयर चलाए बापत कान्तिपुर पब्लिकेशनलाई अनि मुद्दादायर गर्ने क्रममा तयार पारेको मुचुक्ला पाइरेटेड सफ्टवेयरमा बनाए वापत आफैलाई पनि जेल हुल्थे। केहिवर्ष अगि कुनै पत्रिकामा सरकारी संकायमा आईटी अनि सफ्टवेयर बारे लेख पढेको याद छ – निस्कर्ष थियो नीति नियम बनाउन बसेकाहरु नै आईटीसम्बन्धि फण्डामेन्टल ज्ञानबाट अन्भिज्ञ छन्। कम्प्युटरनाथले हामी सबैलाई कम्प्युटर बुझ्ने शक्ति देउन।

  27. Good one.
    Even in Australia, you need to have ADSL and business account n plan for static ip address but if you have cable (optical fibre or else), the ip address is dynamic.
    Now come to Nepal, there ain’t any cyber law yet.
    Now, suppose you n me working there n I have some professional n personal ego with you n or with your work. I can make any fake email n send to my real email and start accusing you saying you send me that email.
    To be honest, the judge n the protestors need to grow up. How easily they destroy the prestige n career of a person who used to make us aware about lots of stuffs.
    I want the respective bodies to do good homework before giving any decision. N lastly, you have an option to mark as junk for the email address which you don’t know or from which get any unwanted email n on top of that you can block n report the address to [email protected]

    So far I guess, they don’t have any thing to do in their office n s/he wants more popularity so created this sort of nuisance topic.

    If I were on her position, I would have ignored n marked as junk. I don’t have time to respond those email. Just mark junk n or report abuse if worst case scenario.
    If personally he had been approached to her n had done or tried to do so any abusive thing, then the legal actions were acceptable.
    Online threat!!! Grow up guys, you being on such a responsible network are making a big jokes for the rest of the educated/literated network.

    Lastly, only attention seeker run behind such emails.
    Just shared my thoughts, if you have problem with it, I don’t care. 😉

  28. केहि त हुदै रहेछ नेपालमा भन्ने देखिन्छ, हालैका घटना क्रमहरुले| यो सहि कुरो हो| अब यसलाई कसरी प्रबर्दन गर्दै लाने हो…हामीले त्यता तिर जोड दिन पर्छ|

    कुनै पनि मुद्दामा निस्पक्ष्य जांच-पड्ताल र न्याय-अन्न्याय निर्कौल गरिनु पर्दछ| यस्ता शुरु-शुरुका घटना क्रमले पछी हुनसक्ने घटनाको Precendence लिने हुँदा, नेपालका न्यायिक संस्थाहरु – अदालत, बार र private firm हरुले उत्सुकताका साथ यस बहसमा भाग लिनु पर्छ|

    यो सार्बजनिक मुद्दा भैसकेको हुनाले र नौलो न्यायको अध्ध्याय भएको हुनाले, सम्बन्धित अदालतले यो मुद्दामा, आफ्नो छानबिन सार्बजनिक गरेर Public debate गराओस|

    न्यायिक फैसला अहिले सम्मका “बुंदाहरु” हेर्दा Bias भेटिएको छ|

  29. चिन्ता गर्नु पर्दिन बिकाश जी जेल बसेर न नेपाल का नेता ठुला भयका हुन पहिले नेता हरुले गलती नगरिकन जेल गयका हुन तपाई पनि कसिको सिकार भय र जानु भयको हो तपाई पनि पछि गयर त्यागी पत्रकार हुनुहुने छ सबेइले सम्मान गछन नेपाल को चलन यस्ते छ

  30. अलि बुजिने गरेर लेख्नुस न साथी केहि बुजियेंन तपैले के भन्न खोजेको!!1

  31. जो मित्र annonymous(I.P. address बाट थाहा नहुने ) रहन चाहनुहुन्छ , tor (http://www.torproject.org/) प्रयोग गर्नुहोला . कृपया गैरकानुनी कम्कोलागी नभएर आफ्नो गोपनियता को सुरचीता गर्न मात्र प्रयोग गर्नु होला.
    धन्यबाद. यदि तपाइको इन्टरनेट चोन्नेच्शन मा कुनै website हरु फिल्टर गरेको छ भने पनि tor को मद्दतले filter(बन्द) गरेको website हरु पनि kholna saknu hune छ .
    dhanyabaad

  32. अनिष जि, कुरा त ठिकै गर्नु भो तर आधा ईन्फर्मेसन दिनु भयो जस्तो लाग्यो।

    किनभने पब्लिक आई पीको आधारमा त्यो इमेल पठाउँदा प्रयोग भएको आई पी हाम्रै अफिसको भएको थाहा लाग्छ तर प्राइभेट आई पीको अभावमा मेरो वा मेरो पल्लो कोठामा बस्ने भाइको वा एक वर्षअघि झगडा गरेको साथीको नै कम्प्युटरबाट नै त्यो इमेल पठाएको हो भनेर ठोकुवा गर्न सकिँदैन।

    यदि तपाई संग तपाईको LAN गेटवेमा फाएरवाल छ र त्यस्को लग राख्ने गर्नु भएको छ भने त्यो समयमा तपाईको LAN को कुन कुन IP बाट गिमेलमा ट्राफिक गएको छ भनेर त हेर्नु मिल्छ नि। जस्ले गर्दा जस्ले संकास्पद ब्यक्तिको पहिचान गर्न मद्दत पुर्याउछ। तपाईको अर्गनाईजेसनमा ५०० जना युजरले नै त्यही बेलामा जिमेल त चलाउदैनन् होला। त्यही समयमा केबल एउटा मात्र IP बाट गिमेल ट्राफिक गएको छ भने ठोकुवा नै गर्न मिल्छ नि, होईन र। अझै भनौ यदी तपाईको अफिषमा CCTV क्यामरा पनी छ भने त ब्यक्ति नै किटन गर्न सकिन्छ।

    मेरो भन्नुको तात्पर्य, कहिले पनी ठोकुवा गर्नै नमिल्ने पनी होईन र सबै केसमा ठोकुवा गर्न मिल्ने पनी होईन, यो त अर्गनाईजेसनमा भएको आईटी ईन्फ्रास्ट्रक्चर र आईटी म्यानेजमेन्टमा भर पर्ने कुरा हो।

    अनिष जि, यदी मेरो कुरा गलत हो भने सच्याईदिनु होला।

    • मित्र यदी ल्यान गेटवेमा फायरवाल छ सि सि टिभी छ त्यो ईमेल पठाएको समयमा एक जना मात्र युजर छ भने त अवश्य पनि थाहा पाउन सकिन्छ तर कही कतै यसरी थाहा पाईयो भनेर लेखेको छैन रहेछ । अझ कान्तिपुर जस्तो ठाँउमा बिकास थापा ले मैनालाई गलत आशयको ईमेल पठाई रहदाँ त्यो नेटवर्कमा एक जनाले मात्र त्यो कम्प्युटर याहु मेल प्रयोग गर्थे भन्ने कुरा चाही अलि हजम हुन्न । त्यसो हुनलाई कान्तिपुरमा के सिस्टम हुनु पर्यो भने बिकास थापाले ईन्टरनेट चलाएको बेला अरुले कम्प्युटर नै नछुने उसले चलाउन थाले पछि मात्र चलाउने भन्ने हुनु पर्यो । याहु कति लोकप्रिय साईट हो भन्ने कुरा बिचार गर्नुस न । यस्तो पनि सम्भव छ र ? हैन ए साथी कान्तिपुर सँग त्यो फायरवालको लग हुन्थ्यो भने त अदालतमा कैलाश सिरोहिया र शुधिर शर्माको पत्र सँगै त्यो पनि एट्याच गरी हाल्थ्यो नि । अनि अदालत पनि त्यो फायरवाल लगको आधारमा यस्तो फैसला गरेको भनि हाल्थ्यो नि हैन र ।

      मेरो बिचारमा कुरा यति सजिलो छ जस्तो लाग्दैन ।

    • Krishol ji

      तिम्रो कुरा त ठिकै हो, तर पनि, private LAN मा होस्ट कम्प्युटर dyanamic IP assign गरेको छ भने ? के कान्तिपुर को अफिस को सबै desktop static IP assign गरेको छन् ?

      कुरो थापा निर्दोस हो भन्ने होइन, हचुवा ताल को फैसला भयो भन्ने हो …

      • बिकास जि:
        मैले यो कुरा कान्तिपुरको केसमा मात्र गरेको हैन, अनिष जिले “LAN भित्र कस्ले चलाएको छ ठोकुवा गर्नै मिल्दैन” भनेकाले, सबै केसमा ठोकुवा गर्नै नमिल्ने पनी होईन भन्न खोजेको मात्र खोजेको हो, अब कान्तिपुर संग के कती ईन्फ्रास्ट्रकचर छ, त्यो अर्को कुरा हो।

        देवा जि:
        डाईनामिक IP नै छ भने पनी, प्राय एउटा होस्टमा, त्यो होस्ट फर्म्याट नगरुन्जेल सम्म त्यही IP रहन्छ।

    • मैले अहीले सम्म कुनै सभ्य कार्यालयको workspace मा CCTV देखेको छैन। पस्ने गेटमा हुन्छ। पसलहरुमा हुन्छ।

      यदी windows log on बाट Track गर्ने हो भने पत्ता लगाउन सकिन्छ।

  33. सुर्य बहादुर थापाले धनकुटा जिल्लाको सुदुर गाउँका जनतालाई खेलौना पियानो थिच्न लगाउदै – “ल अब तिमीहरुले मलाई भोट दिएनौ भने एसले सबै बताउँछ” भनेर तर्साउदै भोट माग्थ्यो रे – उहिले l

    कान्तिपुर पब्लिकेसन्स र उसको न्यायधिसले पनि साएद नेपाली जनता लाइ तेस्तै सोझो ठानेको थिए क्यार, – इन्टरनेट टेक्नोलोजी र ‘cyber law’ भनेको आफुहरुले मात्रै जानेको छ, अरुलाई तर्साउन एस्लाई ‘खेलौना पियानो’ बनाउन खोजेका छन् l मुर्ख हरु ….

    माई संसार – धन्यबाद फलो अप को लागि l कुनैपनि निर्दोस मान्छे कसैको पाँडे तर्क/आरोपको आधारमा बर्बाद नहोस l

    बड्का

  34. यस्तो समाचार किन नागरिक, राजधानी, हरुले प्रकासन गर्दैनI
    किन माथि नपुर्याउने नियत हो कि सम्बाददाता हरूले कि चू प ? अनि अनिस जी तपाई हरु ले कीन गतिलो संग कान्तिपुर को सुधिर संग पनि छलफल गर्नु होला my संसार मा मात्र लेखेर केहि हुने वालाछैना साथमा नेपाल को चौथो अंग को सवापति को काम के हुडैछनी उनीहरु के भन्छन

  35. k vako yo Kantipur Publication….tini haru le k thaneka hun,…. sarbasadharan lai common sensei nai navako jasto gari bewakufai banauna khoje jasto lagchha…. yasta khale kamjor point samatera ni kesh ladinchha ra vanya…. yaha nira ta Bikash Thapa ko charitra vanda ni Maina Dhital ko charitra po sanka lagera aunchha ta ho…..

  36. I was googling this Shekhar Prasad Poudel’s name and found that he was the same person who made the decision to plea criminal case against Dhamala.
    http://www.nepalnews.com/main/index.php/news-archive/2-political/3434-court-approves-plea-to-withdraw-cases-against-rishi-dhamala-three-others.html
    It is very easy to send fake emails.

    To send fake emails :http://www.mailfreeonline.com/free_anonymous_mail
    E-mail (to:) : [email protected]
    Name (from:) Kailash Sirohiya
    E-mail (from:)[email protected]
    Subject:Hello Kailash ji. How are you?
    Message:
    ……………………………………………
    …………………………………………..

  37. बिकाश ले न्याय पाउन, छिट्टै उनको रिहा होस् , पैसा र कसैको दबाब उनि थुनिनु नपरोस !!

  38. अदालत को फैसला सुनेर म मात्र हैन अलि कति जान्ने बुझ्ने सबै नै छक्क परेको हुनु पर्छ न्याधिश जिउ लाई त कुनै पनि मुदा को फैसला कसरि गरिन्छ त्यो नै थाहा रहेन छ / कति निर्दोषहरु सिकार बने होला पहिले / लाज मर्दो कान्तिपुर को पुछर समाएर पनि फैसला हुन्छ त / अदालत नै किन चाहियो र अब सबै मुद्दा कान्तिपुरलाइ सुम्पिए भैहाल्यो नि / आगामी दिन मा एस्तो निसाफ गर्ने दुस्साहश कसैले नगरोश पैसा र पावोर को भर मा कोहि निर्दोसी दोसी बन्नु नपरोश / मान्छे ले जे पनि गर्छ सबै आत्मा सन्तुष्टि को लागि नै गर्छ /

  39. हैन कसैले यहाँ त्यो कान्तिपुर को, त्यो नयधिश को वा अदालत को IP address वा email address मात्रै भए पनि राखे हुन्थ्यो | यीनिहिरु लै त्यो कम जसले पनि जसलाई पनि जुन समय मा पनि कति सजिलो संग गर्न सक्छ भन्ने देखौना हुन्थ्यो |

  40. यो समाचार पढ्दा अब नेपालीहरु धेरै नै सभ्य, अनुसाशित र कानुनी राज भएको जस्तो देखिन्छ ;
    अब हाम्रो गाउँ घर, टोल टोलमा छिमेकीहरु झगडा गर्दा र जड्याँहरुले तथानामले आमा चकारी चकारी गाली गलोज गरेको सुन्नु नपर्ने भयो /
    अब सार्बजनिक स्थान र भिड भाडमा हाम्रा दिदी बहिनीहरु र बालबालिकाहरु प्रति यौन दुर्ब्यबहार पनि नहुने भयो /
    अब ठुला बडाहरुले केटीहरुलाई झुटो आश्वासन र फकाएर बलात्कार र यौन दुर्ब्यबहार पनि नहुने भयो /
    अब चेली बेटीहरु पनि बेचिन नपर्ने भयो /
    अब एकजना राम्री तरुनी आयो भने तन्नेरीदेखी बुढाहरुले रयाल काटेर गिद्ध नजर लगाएर जिस्काउन पनि छोड्ने भो /
    अब दलाली गर्नेहरु पनि बेरोजगार हुने भयो /

  41. अनिश जीलाई धेरै धेरै धन्न्यबाद/ यसबाट त् बिकाश थापाजीलाई प्रमाणको भरमा होयिन आरोप लगाउनेकै मतियारको भनाईको भरमा जेल पठाएको देखियो/ बिकाश थापा जी जलमाफियाहरुको बिरुद्ध लेख्नु हुन्छ भनेर भनिएको छ/ जल माफियाहरुले नेपाल कसरि लुटेको छ भनि आज सबै नेपालीले जान्नु र तेस्को बिरुद्ध आवाज उठाउन जरुरिनै भएको छ/

    यो प्रसंगमा आज नेपालमा लोकतान्त्रिक संबिधान जनताकै चाहना अनुशार बनेमा र जनताको प्रतिनिधिको सरकार स्थापना भएमा जल माफियाको सर्दार भारतले जवाफ दिन नचाहेको धेरै प्रश्नहरु तेर्सिनेछ/ आज यस ब्लोग्मा म शारदा ब्यारेज सम्भंदित प्रश्न उठाउन चाहन्छु/

    भारत र नेपालको बीच शारदा ब्यारेज बनाउन नेपालको भुमि भारतलाई भाडामा दिने सन्धि नै पहिलो सन्धि हो/ यहि सन्धि सम्भंदित एक प्रश्न आज उठाउन चाहन्छ/

    “शारदा ब्यारेज बनाउन मात्र भाडामा नेपाल सिट भाडामा लियिएको २८०० acre भुमि भारतको कसरि भए?”

    सन् १९२०मा नेपालको तत्कालिन राना प्रधान मन्त्रि श्री चन्द्र शमशेर र ईस्ट इन्डिया कम्पनीको बिचमा भएको सन्धि अनुशार बर्षको ५०,००० भाडा पाउने शर्तमा नेपालले ईस्ट इन्डिया कम्पनीलाई त्यो बाँध बनाउन नेपालको भुमि भाडामा दिए/ ईस्ट इन्डिया कम्पनि भारत छोडेर गए पछी सन् १९५०मा नेपाल र नव भारतको बिचमा सन्धि भयो र त्यो सन्धिमा उहिले ईस्ट इन्डिया कम्पनि सिट भएको गरेको सबै सन्धि हरु स्वोत खारिज हुने भनिएकोछ/ यो अनुशार शारदा ब्यारेज बनाउन बर्षमा ५०, हजार नेपाललाई तिर्ने गरि नेपालको २८०० acre भुमि भाडामा लिएको सन्धि पनि खारिज भयो/ त् प्रश्न उठ्छ त्यो बाँध बनाएको भुमि कसको हो?

    बडो दुखको कुरा के हो भने २००७ साल पछी बनेको कुनै पनि सरकारले यो मुद्दा कहिले पनि उठाएनन्/ मात्र यक चोटी मरिचमानले टनकपुरमा भारतले जवरजस्ती बाँध बनाउन थालेको बेला शारदा ब्यारेज बनाएको भुमि त् नेपालको हो अब फेरी त्यो भन्दा ओर आएर हाम्रो अनुमति नालियिकन टनकपुरमा बाँध बनाउने? भनि भारतको बिरोध गर्दै भारतलाई अंतर्रास्त्रिये अदालतमा मुद्दा गर्ने धम्कि दिए पछी टनकपुरमा बनाउंदै गरेको बाँध भाताकयेर पछी हटेको थियो/ तर त्यो भन्दा अघि र पछिकाकुनै पनि सरकारले शारदा ब्यारेज बनाएको नेपाली भू भाग भारतकै कब्जामा रहेकोमा केहि बोलेनन्/ तर के प्रश्न गरिएनन भनेकै आधारमा भाडामा लिखितम गरि लियिएको नेपालको भुमि भारतको हुन् सक्छ? सक्दैन भनि भारतलाई राम्रै थाह छ/

    यसै कारण भारतले नेपाल सिट सन् १९९६मा महाकाली सन्धि गर्दा शारदा ब्यारेजको सन्धि समेत गाँसेर सन्धि गरे/ यदि शारदा ब्यारेज बनाएको नेपालको २८०० acre भुमि भारतको हुने भनि कुनै औपचारिक निर्णय नेपालको सरकारले गरि सकेको भए सन् १९९६मा महाकाली सन्धि गरिंदा शारदा ब्यारेज गाभ्नु पर्ने नै थिएँन/ माहाकाली नदीलाई भारतले शारदा नदि भन्छ/ शारदा ब्यारेज बनाएको भुमि नेपालकै भयेकोलें सन्धिमा गाभे/ कुरा यतिमै सिमित छैन/ भारतले महाकाली नदीको पानीमा नेपालको पानि माथिको हकमा समेत शारदा ब्यारेज बात भारतले उपयोग गर्दै गरेको पानि कतायर मात्रै दिने भनेकै कारण महाकाली सन्धि को दि पी आर बन्न नसकेको हो/ शारदा ब्यारेज बनाउन नेपालको भुमि माथि कब्जा पनि जनाउने अनि महाकाली नदीको पानीमा नेपालको हक पनि कटाउने? वाह जल माफिया भारत वाह!!!! वाह ओली माधव वाह वाह!!!!!

    त् प्रश्न उठ्छ त्यो शारदा ब्यारेज बनाउन प्रयोग गरिएको नेपालको भूमिमा भारतीय झन्डा किन? नेपालको भूमिमा त्यो शारदा ब्यारेज बाँध बनाउन उहिले बर्षको ५०, हजार भाडा तिर्ने भारतले सन् १९५० देखि नेपाललाई के तिर्दै आएको छ? महाकाली सन्धि गर्ने नेपालको तत्कालिन प्रधान मन्त्रि शेर बहादुर माधव कुमार र ओलीले शारदा ब्यारेज बनाउन नेपालको भुमि भारतलाई दियियेकोमा नेपाललाई के दिलाए?

    टनकपुर बाध बनाउन नेपालको भुमि प्रयोग गरिएकोमा केहि पाउने कुरा गरेको छ भने शारदा ब्यारेज बनाउन नेपालको भुमि प्रयोग गरेकोमा नेपालको भुमिनै भारतको हुने?????

    म यो मुद्दामा माई संसारको समस्त साथीहरुले केहि आवाज उठाउन भनि हार्दिक अनुरोध गर्छु/ हामी जल माफियाको बिरुद्ध लेख्ने बिकाश थापालाई थुन्न लगाउने जल माफियाको सर्दार भारत सिट सोध्नु पर्ने यस्ता प्रश्न हरु धेरै छन्/ कृपया उठाउनुष ती प्रश्न हरु/ जल माफियाहरुको षड्यन्त्रले गर्दा आज तराई टुक्रिने अबस्था छ/ लोकतान्त्रिक संबिधान बन्न गाह्रो भई राखेकोछ/

    • मदन बज्राचार्य Sir ,
      नमस्कार,
      तपाइको लेख राम्रो छ तर जुन सामग्री प्रकाशन भएको छ नि IP addressing एंड getting IP तेसलाई प्रहार गरेर मलाई ब्यक्तिगत विचार मा लागेको थियो त्यो लेख्नु हुन्छ भन्ने तर मैले त अर्कै कुरा त्यो ब्लग मा लेखेको जस्तै लेख्नु भएछ ज भए पनि ब्लग मा तेसिको बारेमा लेख्नु भएको भए धेरै राम्रो अझ भन्दा सुन मा सुगन्ध जस्तै हुन्थ्यो होला तर मलाई चै हजुर को लेख मन परेनी ब्लग मा कमेन्ट गरेको देख्दा हजुर जस्तो बिध्वान ले पंजी किन जहाँ पायो तेही कमेन्ट गर्नु भएको हो कि जस्तो लग्यो बाँकि हजुर को मर्जी !

      • धुर्ब जी
        बिकाश थापा ले जल माफिया बिरुद्ध लेख्ने गरेको हुनाले उहाँ लाई फसायेको भनि ब्लोग्मा लेखेको हुनाले मैले जल माफियाको सरदार भारतले नेपाललाई महाकाली सन्धिमा बिकाश लाई जस्तै फसायर भाडामा लिएको जनिन्मा आफ्नो झन्डा गाडेर बसेको छ भनि लेखे/ सय मा सय सान्दर्विक त् छैन तर अ सान्दर्विक नै छ भनि मान्न अलि सकेन/ तर आफ्नो आफ्नो बिचार हो/

        धुर्ब जी मेरो प्रतिक्रिया रुचाउनु भयो धन्यबाद/ तर मालाई धन्यबाद दिनुको बदला जलमाफिया भारत ले हाम्रो जमिन दावेर बसेकोमा दुई सब्द लेख्नु भएको भए संतोष हुने थियो/

        मित्र म विद्वान होयिन/ मात्र यौटा श्रमिक को रुपमा बिहान कमायार बेलुका खानाको जोगाड गर्नु पर्ने व्यक्ति हो/

        • सहि कुरा गर्नु भो मदन जी ! यहा बाटो को कसिंगर बढार्ने काम भैराछ… cyber law नभएको देशमा एउटा इमेललाइ प्रमाणको आधार मानेर जेलको सजाए दिन्छ … त्यो पनि सक्कली वा नक्कली इमेल प्रमाणित नगरी.. वा भाई वा .. सबै इंडियाकै खेल को यो … कू गर्नलाइ बाटो सफा गर्दै छ !

  42. Ok Mr Neerman, now you are here to teach us a behaviour and by the way gentleman, you do not have any rights to tell us to have a sense. This is just a blog and we are posting our comments and opinions, If you do not like that than get out of this thread. Yes i do agree that he might have done some mistakes or something but without even going into the depth of the issue, how can those kailash shirohiya and sudhir sharma can write the letter saying that Bikash Thapa did this. They should have done some investigation. I bet you that either Maina Thapa is also just like a puppet or she wants to be in the top due to which they chose bikash thapa to kick out of kantipur.

  43. अनिश जी को लेख मन पर्यो | कान्तिपुर IT बिभाग ले कस्तो अनुसन्धान गरेछ त्यो चै जान्न मान्न लागि रहेछ | Public IP र time मात्रै gmail को इमेल मा हुने कुरा त ठिकै हो | तर पुब्लिक नेटवर्क भित्र अनुसन्धान गरेर कोस्ले इमेल पठायो थाहै पाउन सकिन्न भन्ने चै होइन | यसमा कान्तिपुर IT department ले कस्तो प्रक्रिया र technology प्रयोग गर्यो भन्ने जान्न चै मा उत्सुक छु |र यो प्रक्रिया पूर्ण पर्दारसी हुनुपर्द छ | कैलाश र सुधिर को पत्र को आधार मा अदालत ले फैसला गर्ने हो भने अदालत किन चियो र ?

  44. “मानी लिउँ मैना धिताल पनि मैरै अफिसमा काम गर्थिन्। यस्तोमा मैले उनलाई एउटा फेक आईडी बनाएर अश्लील इमेल पठाएँ भने मैनाको जीमेलबाट थाहा पाइने भनेको हाम्रो अफिसको पब्लिक आई पी एड्रेस 203.91.149.164 र मैले इमेल पठाएको समय मात्र हो।”..

    फेक नाम मात्र हैन – बास्तविक इमेल अड्ड्रेस्स बाट पनि इमेल पठाउना सकिन्छ ! उदहारण का लागि “Google Maps ko send the map links” प्रयोग गरि I can send email as ‘[email protected]’ We used to do this prank before but not sure these days. Prank गर्न प्रयोग हुने बिधिहरु धेरै छन्!

  45. Its not about the technical proofs, given that all facts about IPs and gmail. Its about the Human behavior. If he has not done any nonsense, why Kantipur will take action? C’mon, have sense…

    • If kantipur takes action, does it prove anyone gulity??? If someone takes action against you accusing you guilty, can you be called culprit???..only because someone stronger than you accussed you…otherwise why would he accuss???
      pathetic thinking…Grow Up Mr. Neerman…even child has better sense than you…

  46. मैले पनि तीई भनेको सुरेश जी, कुन हिसाब ले चै कान्तिपर को आइ टी ले यो कुरा को आनुसंधन गर्यो मलाई थाहा छैन . तर ऐले को एस्तो जमाना मा आएर पनि आइ टी जस्तो कुरा मा एस्तो लापरवाही गरेर अरु लै फसौना सक्ने कति सम्म जानेको भनेको . म पनि कैलाश सिरोहिया लै येही मेस्सेज बाट चेतावनी दिन सक्छु म उसको आफ्नै इमेल अद्द्रेस hack गरेर उसको सबै friends circle lai उसले क खान्छ, क गर्छ , कस्तो underwear laucha pani pathuauna sakchu.At least i have learnt that much on IT. Ok let’s give open challenge to Kailash Shirohiya and Sudhir Sharma.

  47. Great investigation towards the technology. Good article anish bhattarai. I am so disappointed with Kantipur Publication after this issue. Not only me, even in my circle all of my friends are pissed off with kantipur. I would never ever read kantipur newspaper from now onwards.

  48. म पनि धम्किनै दिन्छु ल कान्तिपुर प्रकाशनलाइ , मैना धिताल को gmail address होस् या कान्तिपुर कै डोमेन बाट होस् पर्यो भने कैलाश सिरोहियालाइ सिधै म मैना धिताल को इमेल बाट मैना धिताल बनेर घुमघाम को मिति मिलौना सक्छु.. १
    हासो उठ्छा मलाई
    कान्तिपुरको it टिम देखेर
    वाहियात कुरामा अदालत सम्म पुगेको देखेर
    नाम ले मात्र काम हुन्छा भनी विश्वास लिने देखि लिएर…कान्तिपुर मा पनि १८ वर्ष देखि को मेरो ग्राहक सेवा एस्तो समाचार पढेर मेरो समय र पैसा बर्बाद पर्न चाहन्न…….

  49. मेरो प्यारो नेपाल बाट गतिलो समाचार कहिले पनि अन, किन होला,

  50. धेरै राम्रो लेख अनिश जी,
    कान्तिपुर भन्दा बाहिरको “IT Expert” लाई ल्याएर अनुसन्धान गर्नु पर्ने कुरामा हतार गरेर बिकाश थापा लाई फसाएको जस्तो लाग्छ |
    सत्यको जीत हुन्छ भन्छन | हेरौ के हुन्छ |

    • बिबेक जी यहाँ सत्य को जीत हुँदैन , जीत जसको हुन्छ तेही सत्य नै ठहरिन्छ !

Comments are closed.