मैनाली माओवादी

ज्ञानेन्द्रले कू गरी सत्ता हातमा लिँदा उनको प्रत्यक्ष शासनको समर्थन गर्दै मन्त्री बनेका राधाकृष्ण मैनाली हिजोदेखि माओवादी बनेका छन्। उनलाई प्रचण्डले टीका लगाएरै पार्टीमा प्रवेश गराए। राजाले सत्ता हातमा लिएर त्यतिबेलाको आतंककारी भनिने माओवादीलाई दमन गर्दा मैनाली साक्षी थिए। अहिले उनै मैनाली आफ‌्नो कमरेड बन्दा ज्यान हत्केलामा राखेर जनयुद्ध लडेकाहरु अनि लोग्ने, छोराछोरी, बाबुआमा गुमाएकाहरु हेरेको हेर्‍यै भए। त्यसो त राजावादीको के कुरा, स्वयं राजा कै ज्वाइँ लगायतका व्यक्तिहरु त माओवादीको सरकार बनाउन लागिपरेको समाचार मिडियामा नआएको हैन।

मैनाली माओवादीमा प्रवेश गरेको घटनालाई तपाईँले कसरी हेर्नुभएको छ ? अब तपाईँको पालो, आफ्नो विचार छोटकरीमा तल लेख्‍नुस्।

103 Comments

  1. उमेश जी,
    मैले यौटा कमेन्ट लेखेको थिए केहि दिन अघि / तपाइलाई पचेन र publish गर्नु भएन कि केहो ?

  2. कमरेड मदन को हत्या, माओबादी जनयुद्द सुरु, बिरेन्द्रको बंसा नास, माघ १९ को कदम, anpad गवार नेता संग माओबादीको धुर्त १२ बुदे सम्झउता अनि संगै को ६२-६३ आन्दोलन, बिना बल राजाको गद्दी त्याग अनि झिना मसिना कुरामा सम्भिधन सभाको बलात्कार र अहिले आएर सबै राजाबादी र (राज) माओबादीको एकता, इ सिलसिला बढ्द घटना auta संयोग मात्र सम्झिनेले इतिहास मा पछुतौछ

  3. मैनालीले एमालेलाइ २ चिरा पारेर ठुलो वाग ओगट्ने विचार थियो साएद / भाईलाइ मालेको महासचिब र आफु एमालेको महासचिब हुने विचार लिएर एमालेलाई २ टुक्रा परेको थ्यो तर के गर्नु एमाले र माले मिलेर छाड्यो
    भाइलाई त पेंदुलम बनायो बनायो आफु राजाको पालामा मन्त्रि बनेर न घरको न घाटको भयो /एस्त पद लोलुपता नेताहरु हाम्रा देसमा नवयेकै जाति र एमालेलाई पनि /तर माओबादीलाई जसरि भए पनि आफु ठुलो हुनु छ भएबरको देसको गन्हायउने सिनोहरु बोकेर भए पनि ठुलो पार्टी हुनु छ /धन्यबाद कमरेड प्रचण्डलाई गन्हाउने सिनोहरु बोकेकोमा /

  4. राजनीति गरेर बसेको मानिस मकै गोडेर पक्कै बस्दैन |तेस्माथी पनि नेपाल मा राजनीति धेरै को पेसा बा मागिखाने भाडो भएको छ | जनता भन्दा धेरै नेता हुनु ले पनि समय मा प्रधानमन्त्री न बन्नु ,संबिधान न बन्नु आदि हुन् गएको हो |
    एउटा रिक्सा चालक देखि प्रधान मन्त्रि सम्म सबै को बोल्ने स्ट्याल उही , धुरन्धर राजनीतिग्य जस्तो कुरा गर्ने , तर खोज्यो भने एउटा गतिलो नेता भेटिन्न |
    आलु मैनाली ,भन्टा मैनाली ,राधाकृष्ण मैनाली जुन गाडी सुबिधा हुन्छ त्यहिँ चड्छ|
    आखिर उ कहिले देश हल्लाउने व्यक्ति थियो र हुन्छ ?
    गाठी कुरा के हो भने भारत् र चिन को सित युद्द ले गर्दा बिस्तारै नेपालि हरु दुइ ध्रुब मा बाढीदै छन् | तिब्र गति (लग्बग् ) ले आर्थिक उन्नति गरिरहेको भारत् र त्यो भन्दा बढी सफलता हासिल गरेको चिन को स्वार्थ सामु ,नेपालि को हार भएकोले संबिधान ,सरकार आदि समय मा बन्न न सकेको हो |चिनिया प्राभाब दक्षिण एसिया मा ह्वात् बढेकोले श्रीलंका भारतीय चंगुल बाट फुत्क्यो ,शान्ति स्थापना भयो बिस्तारै बंगाला देश ,पाकिस्थान पनि लाभान्वित हुनेछन |
    येसरी चिनिया बिस्तारबाद बाट आत्तिएको भारत् नेपाल मा नाङ्गो हस्तछेप गर्न आइपुग्यो
    २५० बर्स पुरानो राजतन्त्र हटायो , आफै सर्बेसर्बा हुन् खोज्यो ,प्रधान मन्त्रि बन्न दि इ रहेको छैन तैपनि नतिजा उसको बिपरित दिसा मा जादै छ | हिजो उसको सह कर्मी रहेको मावोबादी र अरु रास्ट्र्बादी तत्त्व हरु गोल बन्द हुदैछ ,यिनीहरु तेस्तो शक्ति हो जो भारतीय बिस्तारबाद सग झुक्ने भन्दा पनि रास्ट्रिय स्वार्थ लाइ ठुलो ठान्छ |
    चिनिया हरु यिनीहरु को नजिक छ | सोझो अर्थ मा भन्दा भारत् ले माछा को पुछार समातेको छ (कान्ग्रेस् ,एमाले ,मधेस बादी पार्टी ) ,चीनले टाउको पकडेको छ |

  5. देखिदैछ माओबादीको सक्कली रुप दिन प्रतिदिन/ धिक्कार छ जनताको रगतमा डुबुल्की मार्न रमाउने ब्वासहरुलाई !!!!

  6. सत्ता,सुबिधा, र्स्वार्थ ले कुनै पनि व्यक्ति,पार्टी,सस्थालाइ आफ्नो पथबाट अलग्याउन र नग्याउँन सक्छ सायद यो नेपालको हकमा सतप्रतिशत लागु हुन गैरहेको छ \जसबाट थोरै व्यक्तिको स्वर्ग बन्ला तर देश र जनता को नरकीय भबिस्य बाहेक केहि बन्दैन \

  7. २०४६ मा पन्चे हरू ले यी बहुदल बादी हरू सिंह का खोल ओडेका बोसह हरू भन्थे . आज नेपाल का सबै कम्युनिष्ट हरू तिनै भएका छन् .यिनी हरू का धेरै रुप हुने नै भए नि. एमाले INDIA को गोटी भएको छ अनि माओबादी पनि लेना देन को कुरा नमिलेर येत्रो बबाल भएको त हो नि. तेसैले हामीहरू ले यनिहरू बाट अब केहि आस नै नगरे हुन्छ.

    • अब पारस कहिले माओबादी मा छिर्ने हो? असली औकात त समय ले देखाई हाल्छ नि….वा वा ति मारेर जाने सहिद हरुको लागि यो भन्दा राम्रो उपहार अरु के हुन सक्छ जसले मैनाली र तेसका मालिक ज्ञानेन्द्र लाइ हटाउन ज्यान दिए…धिक्कार छ ति सहिदहरुलाई..

      • पारशेले एमाले-कांग्रेसलाइ छोड्ने भयो र (सदस्यता होइन, बानि -बेहोरा भनेको नि!) amrit BK जी…
        वाहियात हरु…!!

  8. माओ बादी ढल हो
    ढल मा पानी मिसिए पनी ढल नै हो, दुध मिसिए पनी ढल नै हो
    खाली प्रचण्ड ब्रान्ड को ढल मा राधा कृष्ण ब्रान्ड को ढल मिसिएको त हो

    माओबादी रुपी ढल मा को मिसिओ भन्दा पनी तपाई हामी चै तिओ ढल बाट बच्नु पर्छ नत्र हेपतितिस लाग्ने चान्स हुन्छ

    अहिले माओ बादी रुपी ढल देश मा मिसिएर नेपाल लै जनदिश भाको त देख्नु भाको छ अजै य्सारी नै अरु सहेक ढल मिसिएर माओबादी ब्रान्ड को ढल को प्रदुसाद अजै बढ्दै जादा देश लै हेपतितिस हुन बेर छैन , बेलामै सचेत हुनु होला

    • ramhari भन्ने मान्छे तेही ‘ढल’ मा मुण्टो गाड्न नपाएर बहुलाएको तथ्य उसका यी माथिका बर्बराहटबाट जो कोहि ले पनि सजिलै बुझ्न सक्छन/
      यदी यो होइन भने, जनयुद्दको बेलामा सुराकी गरेर कति होनहार युवालाई हत्या गराए बापत गाउबाट लखेटिएको हुनुपर्छ/ त्यो पनि होइन भने, कुनै सामन्त वा सहरको हो भने पारशेको गुण्डा दलको सदस्य हुनु पर्छ/
      ल, यी मध्ये कुनै पनि होइनन भने उसलाई तेही ढलको ‘जन्डिस’ लागेको हुनु पर्छ/
      होइन भन्नेलाई चुनौती…!!प्रमाण समेत आउनोस्!

    • रामहरी
      तिमी लाइ त शीला जी ले भने झै जांडिस र मानसिक रोग लागिसकेछ के को हेपाताईतिस को पीर गरेको? बरु डॉ. केदार नरसिंह केसी संग उपचार गराऊ. किनभने टाउको दुखेको औषधि नाइता माँ लगाउन उ माहिर छ( अपराधी ले भक्तमान लाइ अपहरण गरे, त्यों लम्फू भने शक्तिखोर माँ औल्याउछ भन्ने सन्दर्भ माँ)

    • राम हरि जी
      देसमा बैधानिकता पाएको दलको कुनै आलोचना गर्नु छ भने खुब गर्नुस, हामि लोकतन्त्र चाहने जनता हौँ/ तपाईंको आलोचना सहि भएमा सचेत हुनु पर्ने सचेत हुन्छ, सच्चिनु पर्ने सच्चिन्छ/ तर वाक स्वोतन्त्रताको अर्थ आफुलाई मन नपरेको पार्टीलाई गालि गर्नुमै खर्चिनु हुन्छ भने तपाईं लोकतन्त्रको लागि योग्य हुनु हुन्न/

      तपाईं ले त् अहिले ढल मात्रै भन्नु भयो/ तपाईं भन्दा ठुला नेताहरुले मावोबादीको लोकतन्त्रको माग लाई आतंक्कबाद्को नाम दिएको थियो/ लोकतन्त्र माग्नेहरुको टाउकोको मोल तोकेको थियो/ तर पछी ती सबै नेताहरुले नतमस्तक भएर मावोबादीको लोकतन्त्रको मागलाई मानेको छ र अहिले तिनीहरु सबै मावोबादीको नारा लगाउंदै, आफ्नो पार्टी घोसना पत्रलाई मावोबादीको नाराले भर्दै छ/ यतिले पनि न पुगेर आफ्नो जिउ शरीर टाउको समेत मावोबादीको लोकतन्त्रको नारा ले रंगाई हिंडेको तपाईं ले नै देखुनु भएको हो/ आज नेता तथा पार्टीहरुलाई मावोबादीको नारा प्राण भन्दा प्यारो भएको छ/ मावोबादीको लोकतन्त्रको परिकल्पना जसरि भए पनि पुरा गर्ने प्रण गर्दै हिंडेको छ/ त् भन्नुस राम हरि जी यो कुरामा तपाईं के भन्नु हुन्छ नि?

  9. साथी हो यो सब प्रचण्ड पथको पाइलाहरू हुन।

  10. सिपि मैनाली लै ..बधाई छ …रे !!!! हा…हा…हा
    राधा कृष्ण हो….राधा कृष्ण हो

  11. Great news, Mainali’s entry is another milestone for Maoists’ downfall. Great job done by Pushpa Kamal to relieve Nepal and Nepalis from the cancer of Maoism.

    • मैनाली को अजेंडा माँ माओबादी गएको नभई माओबादी को एजेंडा माँ मैनाली आएको ले यो तेती ठुलो कुरा नै होइन, माओबादी को एजेंडा अनुसार कोरिएको बाटो माँ हिड़ने भए हिद , नभए आफ्नो बाटो तताऊ मैनाली. तर पनी मैनाली लाइ निर्णय गर्ने ठाम भने पुर्याउन बेला भएको छैन. फेरी कटुवाल ta लोकतंत्र को ठुलो पहरेदार भएर रास्त्र को सबै भन्दा बिशिस्ठ पदक ले बिभुषित भएको बेला खरीदार बहिदार को हैसिएत माँ शाही मंत्री बनेका मैनाली को के गनती गर्ने?

  12. अब एस्तो समाचार आय पनि आस्चर्य नमाने हुन्छ

    “श्री ६ प्रचण्ड द्वारा श्री ५ ज्ञाने र श्री ४ पारस शाहलाई हाम्रो महान क्रान्तिकारी पार्टी को सर्बसम्बत निर्णयद्वारा उहाहरु सच्चा देश भक्त र महान क्रान्तिकारी भयोको ठहर गर्दै उच्च मुल्यांकन र सम्मानका साथ येश पार्टीको बरिस्ठ नेताको रुपमा हामी महान क्रान्तिकारीहरुले लम्पसार परेर रातो कार्पेटले स्वागत गर्ने निर्णय गरिन्छ . ”

    तेशपछि :
    “जय प्रचण्ड प्रभु ” भन्दै ज्ञाने र प्रचण्डका भरौटे र छाउराहरु क्रान्तिकारी नारा लगाउने छन् .

  13. यसरी ऐरे- गैरे नथ्थु खैरे हरुलाई पार्टी प्रवेश गराउन किन हतार गरेको हो बुझ्न गारो भो |
    सावधान माओवादी हो! धमिरा बनेर पस्ने र भित्र भित्रै खोक्रो पारेर निस्कने हरु पनि होलान है | माओवादी पनि नागरिक पार्टी बन्देला भन्ने आम जनताको चिन्ता छ |

    • माओ बादी त आम पार्टी भन्दा पनि तल गइ सकेन र कमरेड?

  14. मौका हेरी घर घर डुलेर हिंड्ने तिहुन चखुवाको पनि कुरा गरि साध्य छ र ? प्रतिक्रान्तिकारीको कुरा गरेर नथाक्ने माओबादी ले तिनीहरुलाई सरन दियर परोपकारमा लागेको देखियको छ.यस्तै कार्यकर्ता र नेताहरु जम्मा गर्नेतिर लागियामा पार्टी फल्ने फुल्ने छ. फुल फुलेर फल फलिसकेपछी कुहियर झर्ने त हो नि

  15. आखिर राधा कृष्ण मैनाली नेपाली जनता हुन् के रे.उनले माले हुदै ए मा र ले , राजाबादी माओबादी जुन कित्तामा रहेर पनि सेवा गर्न सकिन६ वन्ने उदाहरण डेका ६अन् .अन्यथा लिनु पर्ने देखिन्न . तत्कालिन टाउको काट्ने अभियान बाट उम्रेका माले हरु बास्तवमा २०४६ को जन आन्दोलन मा सहभागी हुन नमानेर कत्रो बबाल गरेकै हुन् के रे तिनलाई ट्रयाकमा ल्याई आन्दोलन मा सहभागी गराउन मैनाली ले ठुलो vuमिका खेले को कुरा कसैले छिपाउन खोजेर ठुलो बन्ने प्रयास नगर्दा हुन्छ .तत्कालिन माले हरु आन्दोलन मा जान नमान्दा पछाडी मैनाली को देन कति थियो bhaन्ने कुरा सबैलाई छर्लंग वकि कुरा हुन्.भारतबादी भएर ,र , को एजेन्ट भएर ६अदम्बेसि नेपाली हुने चरित्र भन्दा त राजाबादी माओ बादी जो जे भए नि यी नेपाली चरित्रबादी त हुन् . बधाई छ मैनाली लाई

  16. अग्र गमन को नारा बोकेको मावोबादी लाई पनि नागरिक पार्टी बन्ने एस्तो भुत सबार भयोकि संसद किन्न पैसा माग्ने देखि राजा बादीहरु लाई रातो कार्पेट बिछौन तछाड मछाड गर्न थाले . होसियार प्रचण्ड हरु, बन्दुक को कोहि आफन्त हुदैन .

    • राधा कृष्ण मैनाली अबसर बादी हुन सक्छन तर के उनी सुजाता खुमे जस्ता भ्रस्त हुन? गिरिजा माकुने केपी ओली जस्ता रास्त्र्घाती हुन? एमाले माँ रहदा रास्त्र्घाती महाकाली संधि को बिरोध गर्ने राधाकृष्ण मैनाली र त्यों संधि पारित गराउन अध्यारा कोठा हरु माँ कालो डीलिंग गर्ने माकुने र केपी ओली माँ को ठीक होला? के राधाकृष्ण मैनाली, कटुवाल, प्यारजंग थापा जस्ता जन्हात्यारा हुन? कटुवाल लाइ रास्त्र को सबैभन्दा ठुलो पदक ले पुरस्क्त्रित गर्ने को हो? प्यारजंग लाइ प्रोत्साहन गर्ने को हो? ताउका को मोल ज्ञानेंद्र को प्रत्यक्ष शाशन माँ नभई देउबा को शाशन काल माँ एमाले सहित को समर्थन माँ तोकिएको हो र ति राजतंत्र जोगाउन गंतान्त्र्बादी को ताउका को मोल तोक्ने हरु महान गंतान्त्र्बदी र प्रजातान्त्र्बादी भैसकेका छन र बेला बेला माँ लोकतंत्र को ब्याख्या पनी गर्ने गर्दाछ्न भने किन राधाकृष्ण मैनाली मात्रै प्रतिगामी? के राजा को मंत्री भयो भन्दै माँ डॉ. उपेन्द्र देवकोटा, दीपक ग्यावली, राधाकृष्ण मैनाली र कमल थापा, जगत गौचन लाइ यूतई तराजू माँ जोखं मिल्दाछ? देश माँ गणतंत्र को उर्लादो लहर आएको बेला माँ एमाले जस्तो तत्कालीन अबस्था माँ एउटा निर्णायक पार्टी को नेता बनेर गणतंत्र को प्रस्ताव गर्ने लाइ “गोरु गाडा चढेर अमेरिका पुगिदैन” भनेर भन्ने केपी ओली जो एमाले लाइ गणतांत्रिक धार माँ लेजाने चाहन्थें , कांग्रेस जस्तो तत्कालीन अबस्था को निर्णायक पार्टी को नेता बनेर बेबी किंग भनेर राजतंत्र लाइ जोगाउन खोजने गिरिजा र सुजाता चाहि गंतान्त्र्बादी र अग्रगामी अनि खरीदार बहिदार जस्तो हैसिएत माँ बसेर एउटा लेफ्टिनेंट को जती पनी अधिकार नभएको शाही काल को टिके शिक्षा मंत्री चाहि प्रतिगामी? के तत्कालीन शाही मंत्री डॉ. दुर्गा पोखरेल, मणि लामा कांग्रेस माँ आए कांग्रेस ले र बिनोद शाह, प्रेम बहादुर सिंग, आदि एमाले माँ आए तिनी हरु ले प्रबेश दिने थिएन र ? तर पनी मैनाली लाइ निर्णायक ठाम माँ पुर्याउन भने बेला भएको छैन.तेसैले माओबादी ले कोरेको बाटों माँ हिडाने हो र संगे पाइला मिलाएर चलने हो भने ठीक छ मैनाली. हैन भने आफ्नो बाटो तताऊ.

      • आफैत महेश जी, बढो सटिक कुरा गर्नु भयो तर बिडम्बना यो माइ सन्सारमा एउटा जमात जागिरधारी छन् जो जतिसुकै तर्क र उचित कुरा गरोस रातो थम्स डाउन गर्नै पर्छ तिनीहरु कुरा र बिषय सँग सम्बन्ध्ह छैन फलानो फालानोको कमेन्ट मा रातो थिच्ने भन्ने सुगाको जागिर खायर भत्ता लियर बसेका छन्की जस्तो लाग्छ बाबै!
        अरु कुरा भन्दा म के भन्छु भने समय परिस्थिती र कालको बिबिध परिस्थितीले राजाको सक्रिय शासनकालमा जागिर खाना गयपनी यी मैनाली गोरखाली राजाबाट न्यायपाय भन्ने देउबा, खुट्टामा मोहर राखी ढोग्ने माकुने, डांकाडर के पी वोली डांकडर गच्छेदार भन्दा कयौ गुना चोखो र रास्ट्रबादी र देशभक्त छन् भन्नेकुरामा संका छैन सामाजिक र रास्ट्रप्रतीको राजनितिक चेतना पनि यी डांक्डर ओली गुट भन्दा बढिनै पाईन्छ यस्तो ब्यक्तिलाई माओबादिमा प्रबेश गर्नुलाई गलत भन्दा सकारात्मक द्रिस्ट्रीले हेर्नु उचित हुने छ! म तपाहीको अर्को कुरालाई पनि समर्थन गर्दछु त्यो हो यो मैनालीलाई सोझै निर्णायक र निर्देशनको तहमा पुर्‍याउनु हुदैन र केही समय सम्मलाई यिनिमाथी सबैले शुक्षमा द्रिस्ट्री दिनु जरुरी छ! अन्तत यो देश रास्ट्रबादी र दलालबादको बिभाजन तर्फ बढी रहेको छ भन्ने आभाष गर्न सकिन्छ!

        • गगने जी

          देउबा, माकुने, के पी, गच्छादर भन्दा ज्ञानेन्द्र पनि तेस हिसाबले धेरै राम्रा छन्…. उनले देश एउटा टुक्रा पनि बेचेका छैनन् क्यारे…. भारत संग भन्दा राजसंस्थाले चीनलाइ नै मन पराउथ्यो क्यारे…. तेसैले छिट्टै ज्ञानेन्द्र र परश शाहलाइ पनि माओबादी मा गाभेमा माओबाद को एकल सरकार बनाउन लाइ कसैले रोक्दैन…. किन भने कसरि नेतालाई नजरबन्द मा राखेर सरकार आफ्नो हात्मा लिने भन्ने कुरा राम्रोसंग ज्ञानेन्द्रलाइ थाहा छ….

          सुभकामना!

          • राजु जी,
            ज्ञानेन्द्र यदि गणतन्त्रलाई आत्मासाथ गरि देश र जनताको लागि नेता भयर नेत्रित्वो लियर राजनीति गर्छु भनेर आयमा माओबादी मात्र किन कुनै पनि पार्टीलाई स्वीकारेर आफ्नो कार्यकर्ता वा नेत्रित्वो को कुनै पद दिन हिच किचाउनु पर्ने कुनै कारण देख्दिन म! ज्ञानेन्द्र राजा हुदा नराम्रो हो साधारण नागरिक वा कुनै राजनीतिक धारको नेत्रित्वो गरि देश र जनताको लागि राजनीति गर्छा भने हाम्रो कुनै गुनासो वा आपत्ति हुनुपर्ने छैन!
            र यदि माओबादीमा प्रवेश गर्न चाहन्छ एउटा कार्यकर्ता वा नेताको हैसियतले भने त्यो माओबादी पार्टीको लागि भाग्य जस्तै हुने छ! किनकि माओबादी वा हामीले पनि चाहेको राजतन्त्र को पूर्ण अन्त र गणतन्त्र को सस्थागत नै हो!
            कि कसो?

      • महेश जी…

        कसले के गर्यो… कसले कति मान्छे मार्यो अथवा मार्न लगायो भन्ने कुरा भन्दा पनि कसले तत्कालिन राजाको कदमलाइ सहि भनेर सरकारमा गए भन्ने चाही मुख्य कुरा हो जस्तो लाग्छ मलाई त…. हो एमाले कांग्रेश आफैमा पनि सुद्ध छैनन् त्यो मामलामा… तर्क का लागि तर्क नै गर्ने हो भने धेरै हुन्छन…. कमल थापा ले बशन गर्दा पनि तालि बजाउने धेरै हुन्छन….

        अनि तपाइले स्विकर्नुस नस्विकर्नुस माओबादी ले अहिले जो आउछु भन्यो भने पनि स्व्रिकर्छा जस्तो देखिन्छा….. हुन त सरकार बनाउन कै लागि कमल थापा समेत गुहार्न पछी नपर्ने माओबादीलाइ राधाकृष्ण त कम्निस्ट पृष्टभुमिका मान्छे भए भलाई उनि सभासद नहुन…

        रह्यो कुरा राधाकृष्ण लाइ निर्णायक ठाउमा पुराउने नपुराउने…. योगदान अनुसार को जिम्मेबारी दिने चलन त माओबादी मा छैन भन्ने कुरा त नारायण काजी श्रेष्ठ को उदाहरण काफी छ…. ११ बर्से जनाहुद्ध मा पुरा लडेका र खटेका नेताहरु तलै छन्…… उनि अहिले ति बिचारहरुलाइ थर्काउने ठाउमा पुगेका छन्…. भनेपछि राधाकृष्णलाइ पनि निर्णायक पोस्ट दिन्नन भनेर कसरि विश्वास गर्ने…. अस्ति सुन्नु भएन कमरेड राधाकृष्ण लाइ हामीले शाही मन्त्रि हैन झापा आन्दोलनका योद्दा भएर चिन्छाम भनेको…. मानौ कि उनि झापा आन्दोलन पछी राजनीति मै थिएनन्…..

        यी सब कुरा तर्क का लागि तर्क मात्रै हुन्…… पार्टी ठुलो बनाउने नाममा जसलाई पायो तेसै संग एकता गर्ने र माओबादी अब सभासद किन्नलाइ बिदेशी संग पैसा माग्नु र तेस्लाई ढाकछोप गर्न अहिले को प्रबिधि लाइ दोष दिनु सबै उस्तै कुरा हुन्…..

        • राजु जी
          तपाईंले गगन जी भन्नु भएको होला हगी? मदन यदि मै हो भने म त् …….बसेको छुँ अहिले/ महेश जी गगन जी तपाईंहरुको माझमा म बबुरो अरु के भन्न सक्छु र? बस जुनसुकै दलमा कुनै पनि प्रवेश गरुन तर पवित्र मनले देस सेवा गर्ने प्रण गरुन” / आज हामीले दल भित्र बात दलले हरुलाई निकाल्न दल भित्र देश भक्तले भर्नु छ/ हामि बहुदल बादी हौँ सबै दल राम्रो बनुन तर महेश जी गगन जी राजु जी राम्रो मा राम्रो हाम्रो पार्टी नै बनुन/ तर कुन पार्टी हाम्रो यहि ठम्याउन मुस्किल भयएको ले अहिले समस्त नेपाल नै हाम्रो पार्टी भनु/ यति भने माफ गर्नुस/

          • मदन जी….
            खासमा मैले त महेश जी भन्न खोजेको हो गगने जी लाइ पनि होइन… कसरि मदन जी हुन पुगेछ… माफ गर्नुहोला…. तपाइँ संग पुरै सहमत…. अहिले नेपाल मा हो यो पार्टीले केहि गर्ला कि भनेर आश गर्ने कुनै पनि पार्टीले गर्न सकेका छैन…. जुन आशा केहि समय अगाडी सम्म माओबादीबाट थियो…

            महेश र गगने जी,

            मैले एकजना राधाकृष्ण मैनाली को कुरा गर्न खोजेको हैन…. मलाइ थाहा छैन नारायणकाजी श्रेष्ठ को मुल्यांकन कस्तो भैराखेको छ माओबादी पार्टी भित्र… अनि अहिले उनि कुन पोजिसन मा काम गर्दै छन् पार्टीमा…. राम्रो काम गर्ला कि देशमा भन्ने माओबादीले नराम्रा काम नगरे पनि राम्रा काम केहि पनि गर्न सकेको छैन… खास गरेर जनताको लेभलमा…. जुन स्तर बाट माओबादी जन्मेर आयो अहिले कहाँ पुगेको छ माओबादी र तेसका नेताहरु….. तेस्को मुल्यांकन पक्कै जनताले गरिरहेकै छन र गर्ने छन भन्ने लाग्छ. पार्टीमा आएका नया नेताहरुले के गर्नको लागि माओबादी मा छिरेका हुन् भन्ने कुरा पनि मुख्य हुन्छ र कुन चाही अहिले सम्म छिरेका नेताले के गरेका छन् देश को लागि भन्ने पनि कुरा हो.

            अहिले भएकै नेताहरु ले केहि गर्न नसकिराखेको अवस्था र केहि गर्न सक्छन र गरेर पनि देखाएकाहरुलाइ ठाउमा जान नदिने पार्टी भित्र कै दबदबा ले माओबादी पाटि अब कुन दिशामा जाला त्यो हेरेरै बस्न बाहेक तपाई कार्यकर्ताहरुले पनि भन्न सक्ने अवस्था पक्कै देख्दिन मैले. प्रचण्डले बाबुराम लाइ प्रधानमन्त्री देको भए धेरै पहिले देश ले निकास पाउथ्यो भन्ने सबैले बुझेका छन् तर प्रचण्डले आफ्नो साश रहे सम्म त्यो दिने सम्भावना देखिदैन. चिच्यायारा भाषण गर्दैमा देशमा केहि हुने भएको भए प्रचण्डको हुँकारले पहिले नै केहि भैसक्नु पर्ने हो धेरै चर्क नारा लगाएर दिल्ली लाइ गालि गरेर फिर्ता लिएको पनि देखेकै हो तेसैले प्रचण्डको रस्त्रबाद कि दिल्ली प्रतिको कथित् गालि भन्ने पनि बुझ्न गारो परेको छैन.

            यस्ता कुरा जति लेखे पनि तेस्तै हो…. यस्ता कुराहरु जसले पनि गर्न सक्छा…. तर्कका लागि तर्क मात्रै हुन् मैले पैले पनि भनिसके माओबादी बाट आशा गरेर भोट दिएका म जस्ता धेरै ले आश मारिसकेका छन्…. माकुने ले राजिनामा देको ३ दिन मा सबै कुरा हुन्छा भन्ने माओबादी अहिले के गरिरहेको छ ३ महिना सम्म? केहि पनि गर्न सक्दैन माओबादी ले पनि. छोड्नुस अब कुनै पार्टी को गित गाउन. मलाई थाहा छ तपाईहरु ले फेरी तर्क दिनुहुने छ एमाले कांग्रेश ले पो १२ वर्षा सम्म के नै गरेका थिए र माओबादी ले ९ मैना मा गर्ने भनेर, एमाले कांग्रेश ले नै गर्न दिएनन् भनेर. किर्पया तेस्तो तुलना गरेर कमेन्ट नलेखिदिनु होला किन भने एमाले कांग्रेस ले केहि गर्न नसकेर नै जनताले माओबादी लाइ भोट दिएका हुन्.

            धन्यवाद.

        • राजू जी
          माओबादी को लड़ाई लोकतंत्र र रास्ट्रीय स्वाधीनता को निम्ति हो.लोकतंत्र को लड़ाई लड्दा रास्ट्रीय स्वाधीनता संकट माँ पर्यो भने माओबादी को प्रथामिकता स्वत रास्ट्रीय स्वाधीनता हुनेछ र हुनु पर्दछ. एडी तेस्तो भयो भने र सिम्हानुक बनेर रास्ट्रीय स्वाधीनता को लड़ाई माँ रास्त्र्बादी हरु को मोर्चा माँ सामेल हुन्छ भने रातो कारपेट ओच्छ्याएर स्वागत गरिन्छ ज्ञानेंद्र र पारस लाइ. रास्ट्रीय अस्तित्व संकट माँ परेको बेला माँ तपाई लोकतंत्र को मुद्दा बोकेर दिल्ली तीर चक्कर लगाइरहनुस, हामी तेती बेला लोकतंत्र को प्रश्न लाइ थाती राखेर रास्ट्रीय अस्तित्व को निम्ति लड्नेछाऊ शाह, राणा संग पनी काध माँ काध मिलाएर, एडी उनी हरु रास्ट्रीय भावना ले ओतप्रोत भएर आए भने.

  17. बाटो बिराएकाहरू घर फर्किनुलाई अन्यथा लिनुहुँदैन । र, मुख्य कुरा पापीहरू मन्दिर धाउँदैमा मन्दिर अपवित्र हुँदैन । मैनालीको सोचविचार जस्तोसुकै भएपनि उनले फेरी राम्रो शुरुवात गर्ने आँट गरेका छन्, बधाई छ उनलाई ।

    • फेरी आर्को एउटा अन्धभक्त वाक्य पढ्न पाइयो पुष्प जी….. ज्ञानेन्द्र ले पनि राम्रै काम गर्छन होला माओबादी मा भित्र्याउने हो भने….. उनीहरुलाई पनि छिट्टै माओबादी बनाउनु पर्यो पुष्प जी…

      • हुन्छ नि राजुजी ! किन नहुनु ? मदन भण्डारीले उही बेला नै वीरेन्द्रलाई राजनीतिमा आउन च्यालेञ्ज गरेका थिए; ज्ञानेन्द्र माओवादीमै नआएपनि अरु कुनै राजनीति दलमा वा आफ्नै दल खोले त राम्रै हो नि । अनि बल्ल उनलाई ठाउँ दिने, नदिने वा कति दिने भन्ने निर्क्यौल जनताले गर्नेछन् ।

    • म लाइ त मैनाली ले बल्ल आफु लै मिल्दो जुल्दो धर्म र मन्दिर भेटे जस्तो लाग्यो / जहाँ सम्म अब मैनाली ले आन्तिम गन्तब्य फेला पारे / अब सरुवा रोग जस्तो सरि राख्न नपर्ला /

  18. यो त सबै सत्ता को खेल हो को कसको मित्र को कसको सत्रु,सत्ता को लागि आफैले थुकेको थुक पनि चाटन पछि पर्दैन नेपालका राजनैतिक नेता हरु

  19. अब माओबादी जनताको पार्टी रहेन . यहि हो त उसको १० बर्षे जनयुद्दको उपहार नेपालीलाई?

  20. अरु लाइ फाइदा नभय पनि माओबादी लै चै पक्कै फाइदा हुन्छ …एक ताका नाम्चालेको अनि जो संग पनि राम्रो मिल्न सक्ने विद्वान ब्यक्तितो भयको सीपी मैनाली ले माओबादी मा गयर राम्रै काम गरेको छ …उनको गुमी सकेको राजनीतिक अस्तितो फर्कौना सजिलो हुन्छ मिस्टर सिपि मैनाली लै ..बधाई छ …

    • सिपि मैनाली र आर. के . मैनाली पनि चिन्दैन कि के हो??

      • रिजन जी मैल चिन्न मा मिस्तके गरे …भूल सच्यिदुनु भयको मा धेरी धन्य बाद …

  21. जिबनमा केहि गर्न नसक्ने हुतिहारालाई राजनीतितिर लाग भन्छन ! नेपालका नेताहरुलाई हेर्ने हो भने,,,,,,खोइ के भन्ने ? हाम्रो घरमा पालेको कुकुर त एक दम नै इमान्दार छ है ! रासन पानी त दिने गरिएकै थियो त्यो कुकुरलाई, अब नया नेपाल को लोकतान्त्रिक कुकुर मा परिणत भएकोले उसको लागि पानी रासन पानी क साथ् भत्ता पानी छुटै दिएको छु त कि उसको इमान्दारिता को भक्तिपना र मालिक प्रति सजग होस् भनेर ! कुन चाँही हो एक महान नेताले त्यो कुनै राष्ट्र को हुनु पर्छ म नेता होइना जनताको नोकर हुँ भनेका थिए तर हाम्रो नेपाल म त म फलाना पार्टीको फलाना नेता सह नेता भन्छन,,,मलाई त तिनी हरु, आफु परियो जनता है, जनताको नोकर हो भनेर ठान्थे तर ,,,,,कुरा के भने, आर के माओबादी या माओबादी आर के , केहि फरक पर्दैन मलाई त किन विवाद गरेर बस्ने?

  22. म राधाकृष्ण को समर्थन गर्छु , अब मोहनचन्द्र लाईपनि माओबादीमा आएर जनताको पक्षमा लागिरहन अनुरोध गर्दछु./

  23. नेपालमा कमल थापा नै ठिक छ बरु उसले यौटै कुरामा अडिग छ त्यो सहि पनि छ उसले क बोलेको थियो अहिले त्यो धेखियाको छ दलहरु फेल बयाको छ आज सहिदको रगत पानी बराबर ठानेको छ यी नेता बनाउदा हरुले बिना फोकट मा अज्ञान नेपालीको छोराहरुको ज्यान गयो आखिर खै क लछारपछार लाको हैन
    अब प्रचण्ड नै मओबधि छोडेर बगला अबसर पायो बने निर्मल निवास जना बेर छैन

  24. हामो देश मा देश र जनता को लागी राजनीति गर्ने को छ र तेसकारण लुच्चा फटाहा अबसरबादी को जमात नै राज्नितनी हो/-

  25. जनयुद्दको बेला कतै कतै सुनेको थिए माओबादी ज्ञानेन्द्रले जन्माएको एउटा झट्केलो छोरो हो भनेर | अब चाही बिस्तारै विश्वास हुन लग्यो है श्री पाँच र श्री तीनको अर्को एक सौ चार बर्सिए शासन सुरु हुन लग्यो भनेर |

  26. कुनै समय थियो जुनबेला काँग्रेसमा मण्डलेहरुको बिगबिगीले कांग्रेस नै खत्तम भयो त्यो रोग पछि एमालेमा सर्यो र सर्दै सर्दै त्यो माओबादीमा आइपुगेको छ | फरक यति हो अरु पार्टी यो कारणले बर्बाद भएको देखियो तर माओबादीलाई देख्न बाँकि छ |

  27. मान्छे मार्दैमा कम्युनिस्ट हुने भए त राधा कृष्ण मात्र क कम र उसले पनि त जमाना मा तान्ने मान्छे मरेको छ नि फरक यत्ति हो कि उसले प्रचण्डले जति १५००० मर्न सकेन केहि कम नै मारेर शान्तिपूर्ण राजनीतिमा aayo

  28. माओबादीका गल्ति हरु मध्ये मा यो पनि एउटा हो भन्ने लाग्छ मलाई त,आरके मैनाली को माओबादी प्रबेस ले फाइदा माओबादीलाई होइन फाइदा आरके मैनाली लाइ नै हुने छ.अब उप्रान्त आरके मैनाली सच्चा क्रान्तिकारी कम्युनिस्ट भयका छन,अब उप्रान्त उनले अब भाषण गर्दा हाम्रो माहान जनयुद्द ले गर्दा यसो भयो उसो भयो भनेर जस आफुले लिने कोसिस गर्ने छन्,हिजो राजासंग लागेर देस र जनता बिरुद्द र स्वयं माओबादी माथि दमन गर्ने आरके ले भोलि तिनै माहान सहिद को गुनगान गाउनेछन,उनले गर्ने यस्तो भाषण ले ति माहान सहिद परिबार र जनता को मुक्ति को लागि आन्दोलन गर्ने सम्पूर्ण सच्चा क्रान्तिकारी हरु को सिर लाजले निहुरेने छ,
    अनि राधाकृष्ण मैनाली हिजो पनि राजाबादी थिया र भोलि पनि राजतन्त्र को ओकालत नगर्लान भन्न सकिदैन,यो माओबादी को खोल ओडेर राजतन्त्र जोगाउने सड्यन्त्र हो आरके को जस्तो लाग्छ…,
    आसिस
    स्विस

  29. पहिले पहिले Miss -Nepal को बिरोध गर्ने माओबादी को अग्र-पंक्ति मा नाङ्गो नाच्ने रेखा थापा हरु उभिएको देख्दा म दङ्ग परेको थिए!
    आज फेरी मेरो मन झस्केको छ, राधा कृष्ण लाइ माओबादी मा हुलेको देख्दा!
    अनि म आफैलाई प्रश्न गर्छु:
    होइन माओबादी ले के खिचडी पकाउदै छ?
    के माओबादी साच्चै निर्मल निवास बाटै संचालित हो त, रामचन्द्र पौडेल ले भने जस्तै?
    अथवा के यो अरु पार्टी जस्तै नागरिक पार्टी बन्ने सुर-सार हो? सारा का सारा ट्याबे, चैते, मुन्द्रे, जगल्टे हरु लाइ घर भित्र हुलेर कस्तो क्रान्ति गर्न खोजेको हो कुन्नि?

    ठुलो पार्टी भएको हिसाबले ठुलो मन राखेर सबैलाई छहारी दिन खोजेको हो भने ठिकै छ, तर तेस्तै चैते हरु लाइ नै अब फेरी पार्टी को माथिल्लो तह मा पुर्याउने हो भने तेस पार्टी लाइ सच्चा शक्ति र दिशा दिने तेस्का इमान्दार र जुझारु कार्य कर्ता चांडै नै लाखा पाखा लाग्ने छन्, यो पक्का हो|

  30. मैनालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशको राजनीतिक समस्या समाधान गर्ने नाममा तत्कालीन राजालाई सहयोग गर्नु राजा र राजतन्त्रप्रतिको मेरो मूल्यांकन गलत भयो । यो मेरो राजनीतिक भूल हो, यसबारेमा म सार्वजनिक रूपमा आत्मालोचित हुन चाहन्छु ।’

  31. हिजोसम्म पूर्वराजालाई सत्ता आफ्नो हातमा लिन मद्दत गर्ने भनेर गाली गर्ने गरिएका राधाकृष्ण मैनालीजी अब हाम्रा माओबादी मित्रहरुको को आखामा ठुला देशभक्त बन्ने भए| अब तपाइले गरेका सबै पुराना कसुरहरु माफ भए बधाई छ|

  32. लाल सलाम कमरेड त भन्नै पर्यो फेरी कर्न्तिकारी हुनुभयकोमा ! मैनालीको कारणले फेरी यमाले र माओबादी बीच पानी बाराबारको यिस्तिथि हुने भयो ! दुख त हामीजनतालाई नै हो !

  33. आजकल मा देश को राजनीति ले धेरै नै चिन्तित छु ,साथी हो मेरो विचार मा मैनाली माओबादी मा आउनु, राजा क जोअई ले माओबादी लै समर्थन गर्नु ,कतै यो माओबादी मा बिचलन लेयर ,माओबादी मा नि राजा बादी को पकड दरो पार्नी राजा बादी को चाला त होइन येअदी हो भनि ठिक हो, अहिले को परस्थिति हेर्दा राजा नि धेरै ठिक्क छ, पारस ले पनि चेतेका छन् ,हिमानी शाह NGO खोलेर समाज सेवा मा लगिकी छिन् ,ज्ञनेन्द्र शाह देश र जनता को लागि गर्छु भनेको छन्,इनी हरु देश नै बेच्न तम्शिनी ,बिदिशी को पैसामागेर यता संसद किन बेच गर्नी अनि किड्नी बिग्रियो भन्दै RAW को तलब खानी ओली , माकुने भन्दा ,जे गर्नी हो दरो भयर राष्ट्र बादी सक्ति येअक भयर देश चलेये धेरै नै बेश , सब्ब्बाई को जय होस् ,जय नेपाल
    अन्जन बगाले
    लण्डन

  34. हैन पार्टीमा हुल्ने पनि केहि नियम त होला नि हो, अब जो जसले पनि चाहदा प्रवेश पौने हुदा त पार्टीको नै नियम बिग्रियो नि? ति जसले जनयुद्ध लडे, अपाङ्ग भय, परिवार गुमाए, शहिद भए, पार्टी मा त्याग गरे सबैको मुल्यांकन गर्नु को साटो, तिनको योगदानमा नै ठेश पुग्ने गरि गरीयको एस्तो धर्राले पार्टी नै बदनाम हुन्छ, समयले यसलाई पनि मुल्यांकन गर्ने छ | भर्ति केन्द्र बनाउनु पूर्व कम्तिमा बुद्दिमान केहि नेताहरुले त सोच्नु पर्ने हो ? हेर्दै जाऊ के के अझै हुन बाकी छ नेपाल मा ? नेपाल आमा तिमीले अझै सहनु छ धैरता प्राप्त होस् ?

    विक्रम
    थाइलेडं

  35. साथी हरुहो माओबादीले नेपालका मान्छे कोइ पन्चे कोइ कांग्रेस भएकोले चीनबाट खाटी मान्छे ल्याउने अनि कांग्रेस ले चाही तेसैगरि इंडिया बाट मान्छे ल्याउने (नेपाल का कोइ पन्चे कोइ कम्युनिष्ट भएकोले ) भन्ने खालको हाम्रो बुझाई पनि अचम्मको छ |

    जो जे जस्ता राजनैतिक दल भए पनि आखिर राजनीति गर्ने नेपालमै हो र नेपालकै जनता प्रयोग गर्ने हो | कैले बहुदल र निर्दल, कैले पन्चे, कैले मण्डले,कैले कांग्रेस कैले एमाले…… आखिर नेपाली जनता नै हैनन् र सबै |

    माओबादी को सदस्य हुने को त ? चीन बाट लायुने हो र ? या जन्मिदै माओबादी भएर जन्मने हो ? यिनै पन्चे, मण्डले, कांग्रेस ,एमाले, माओबादी …. जनता त उनै त हुन् नि हैन
    र ?
    यो दुनिया मा स्थिर त के नै पो छ र ? सबै कुरा परिबर्तनशिल भएकोले यो त समय समय को कुरा हो अचम्म मान्नु पर्ने केहि छैन राधाकृष्ण माओबादी भएको मा !

  36. डाक्टर वोली भन्दा त मैनाली नै रास्ट्रबादी हो नि होइन र ?
    उसले कसैको समर्थन र कसैको बिरोध जे जति कारण ले गरेको भय पनि आफ्नै स्वोबिबेक र स्वोबिचार ले आफ्नै देश भित्रको एउटा पक्ष र शक्तिलाई गरेको छ! ना कि अर्को डाक्टर वोली ले जस्तो नेपालमा अलिकति सरकार र राजनीतिक वृत्तमा समस्या भयकी किड्नीको उपचार गर्न देल्ही जाने!
    तेसोत रायामाजी र मल्लिक अनि अर्को के के आयोगले दियको प्रतिबेदनको जन आन्दोलनको अपराधि हरुलाई कारबाही के माओबादीले मात्रै हो गर्ने? तेसमापानी गर्न खोज्दा नदिने को? मैनाली त के जन आन्दोलनको अपराधि यो भन्दा ठुला अपराधीलाई कारबाही गर्न नदिने अनि मैनालीलाई चाहि कारबाही गर्नुपर्ने चाहि किन?
    जब समयको अन्तरालमा सर्बोच्चा अदालत सर्बोच्च मजाक घर बन्न सक्छ!
    रास्त्रपतिको असंबैधानिक कार्य को औचित्य वा बिरुद्दको मुद्दाहरु अप्रसांगिक हुन्छ अनि यत्तिका बर्ष पश्चात सम्पूर्ण जनान्दोलनको अपराधि अपराध मुक्त हुदै चोख्यैदा मैनालीलाई मात्र चौध बर्ष किन बार्न पर्ने?
    समय सबै कुराको मलहम वा औषधि हो भनेर बुझौ अनि यो नेपालि राजनीतिको घटनालाई रास्त्रबादिहरुको ध्रुविकरण भनेर बुझौ तेसैमा देश र हामि जनताको भलाइ छ!

    • गगने जी,
      आज पहिलो पटक तपाइको एउता कुरा प्रति गम्भीर असहमति गर्दै छु / मल्लिक प्रतिबेदन माथि कारबाही नगरेको गिरिजाले हो र रायमाझी प्रतिबेदन माथि कारबाही नगर्ने प्रचण्ड हुन् / के कारणले गरेनन त्यो छुट्टै बहसको बिषय हो / संसारमै राजनैतिक परिबर्तन पछी बन्ने सरकारले त्यस्तो कारबाही गर्ने मुख्य अभिभारा रहेको देखिन्छ / त्यसैले ति दुइ प्रतिबेदन उपर कारबाही नगरेकाले गिरिजा र प्रचण्ड मुख्य रुपमा दोषी हुन् / इतिहाँसमा शासकहरुको मनको कुरा होइन घटनाक्रमको चित्रण गरिन्छ / जहाँ सम्म ति दुवै आयोगको प्रतिबेदनको कुरा छ त्यसको कारबाहीको खुलेर बिरोध गर्ने शाहस तिनताक कसैले गरेका थिएनन /

      • भुवन जी, तपाहिको कुरा लाइ मा मनन गर्दछु र साथै यो भन्न चाहन्छु कि, तत्कालिन गिरिजा सरकार जना आन्दोलनको बिजयको प्रतिक अनि जनान्दोलनको शक्ति स्वोरुप स्थापित हो तट समयमा जना आन्दोलनको अपराधि भनेर दोषी किटान गरेका गरुको त कुरै छाडौ टी भन्दा बाहेक राजा लाइ नै कारबाही गर्छु भनेको भने पनि सक्ने थियो तर के कति कारणले स्वोता लोलायो त्यो ठोकुवा गर्न सकिन्न तर मेरो अलिकति कुरा प्रचण्डको सरकार र उसले कारबाही नगर्नु भन्दा पनि गर्न नसक्नु वा गरन नपाउनु मा हो!
        प्रचण्ड आम चुनाबमा सर्बाधिक मत ल्याय पनि बहुत खिचातानीको बिचमा मिलोमतो को सरकारमा गयको हो र तट सरकार र परिवर्तन बियायाको भन्दा पनि सम्झौताको हो तसर्थ सम्झौताको सरकारले बिजयको जसरि आफ्नो इच्छानुशार गर्ने हैसियत राख्दैन, तै पनि गर्न चाहेको हो! जना आन्दोलनको अपराधीको त कुरा पर यहा आफ्नै माताहताको एउटा अटेरी र जनताको सरकार लाइ छुसी वा गुलाम सरह पनि नगन्ने कर्मचारीलाई कारबाही गर्न खोज्दा त यत्रो हङ्गामा गइ सरकारनै छोड्न पर्यो भने जना आन्दोलनको अपराधी हरुलाई कारबाही गर्ने कुराको के हबिगत होला! यदि माओबादीको युद्द र चुनाबको बहुमतको बिजयी बाट बनेको सरकारले गर्न नसकेको हुदो हो त यहा तपाही भन्दा पहिला सायद मा कुर्लने थिया होला तर बुझ्नु पर्ने कुरा यहा सहमति र सम्झौताको तेकामा बनेको सरकार हो र यसबिषयमा तिनीहरु एक्लो बन्न पुगेको थियो अझै सोझै तोक्ने हो भनेत कांग्रेस ले कारबाही गर्न नदियाको हो, एमालेता बिचको पेंदुलम हो रक्सीले समातुन्जेल यूताकुरा अनि छोडेपछि अर्को कुनै अडान नभयको दलाली पार्टी हो तेस्को कुरा गर्नुको कुनै तुक छैन यदि यो पार्टीको कुनै स्पस्ट अडान हुन्थ्यो भने देश पहिल्यै परवर्तन को संघार नाघेर अगाडी बढी सकेको हुनेथियो! यसको अडान भनेकै यस र नो को बिचमा पेंदुलम हुनु हो!
        तेसैले गिरिजाले मल्लिक आयोगको कारबाही नगरेको भनेर भन्न सकिन्छा तर माओबादी वा प्रचण्डले रायमाझी आयोग को प्रतिबेदन कारबाही गरेन भनेर भनेर दोष लगाउनु तेत्ति उचित देख्दिन म! अब सिर्फ दोशकै लागि र कुरेको लागि दोष आरोप लगाउने हो तेहा कुरो अर्कै!
        तर बास्तबिकता र यथार्थ भने दुइ पटकको जान आन्दोलनको दोषी उपर कारबाही नहुनु नगर्नु वा हुन नसक्नु र दण्डहीनता नै देशको यो हबिगत हो! यदि यत्ति हुदो*हो त देश ले स्वोरुप पक्कै परिवर्तन गरि सकेको हुने थियो!

      • भुवन जी! मैले तपाहिको कुरा माथि प्रतिक्रिया लेखेको थिया तर त्यो कता हरायो थाहा भयान र तेसरिनै पुन सम्पूर्ण कुरा फेरी लेख्ने जागरको अभाबमा छोटो कुरा भन्दै छु आशा छ बाकि तपाही आफै आ*कलन गर्न सक्नुहुन्छ!
        तत्कालिन नज आन्दोलनको सफलता पश्चात बनेको गिरिजाको सरकार बिजयी सरकार हो र पूर्ण आफ्नै सरकार हो तर जहा प्रचण्डको सरकार बन्यो त्यो समयको परिस्थिति लाइ तपाही सहजै जान्न बुझ्न सक्नुहुन्छा कुन परिस्थिति मा कसरि प्रचण्डको सरकार बन्यो र त्यो बन्न कति केके बेल्नु पर्यो पनि! मा यत्ति मात्र भन्छु प्रचण्डको सरकार पूर्ण माओबादीको सरकार थियन र त्यो बिजयी सरकार नभई मिलोमानो को सम्झौता र सहमतिको सरकार थियो (नाम सहमतिको भय पनि तेसमा कांग्रेस पूर्ण असहमति थियो!)
        अब तपाही बुझ्न सक्नुहुन्छा सम्झौता र सहमतिको सरकारको र बिजयी एकलौटी सरकारको कार्य र क्षमता आदि कुराको बारेमा!
        अनि अलिकति थप्न चाहन्छु,
        तै पनि प्रचण्ड र माओबादीले भरपुर प्रयत्न गरेको थियो तत्कारण नै सरकार धारी त्याग्नु पर्यो!
        अब अरुकोरो र को दोषी आदि आफै खोजि गर्नुस!
        तर पन तपाहिको कुरा असत्य र अमानानिया छैन तेसलाई एक हद सम्म मनन गर्छु!

  37. आकासमा थुकेर आफ्नै मुखमा छिट्टो भनेझै होइन हो कमेन्ट जीउहरु कत्ति सराप्न जानेको होउ ???????????? म त छक्कै परे बा /सक्छौ त सबैलाई सदबुद्धि सिकाउ सक्दैनौ त सराप अनि गाली कसैलाई नदेउ /

  38. ज्ञाने परसे माओबादी मैनाली यी सब यौटै हुन् खाली नेपाली जनता लै बेकुफ baneka मात्र हुन् .तेत्रो १५००० मान्छे मरेको के को लागि खाली कुर्सि को लागि? आखिर यिनी हरू लै पनि सत्ता नै चिएको हो भने २०४६ को sambhidhan नै मानेर चुनौ लडेर आएको भए कम से कम नेपाली को उन्नति त हुन्थियो होला. अहिले जस्तो failed country त हुदैन्थियो होला.देस लै धोका दिएका छन् यी सब नेता हरू हामी सबै Frustrate भएका छौ.

  39. बहुदल पछी डि. बि. लामा जस्तालाई कांग्रेसले पार्टी प्रवेश गराए जस्तै लोकतन्त्र पछी मैनाली जस्तालाई माओबादीले पार्टी प्रवेश गराउनु भनेको माओबादी पनि उही ड्यान्ग्को मुला हो भन्ने बुझ्न केहि गार्हो परेन. माओबादीको पतन सुरु भयो येही बाट.

  40. … रामे को बुढी श्यामे संग पोइल जाँदा पो अनौठो भयो, श्यामे लाई छोडेर फेरी झ्यामे संग पोइल जाँदा के अनौठो ??? “एउटाकी भगुवा अर्काकी प्राण-प्यारी” भने जस्तै चोर, गुन्डा, लुटाहा, फटाहा, हत्यारा, घरफोड़ा, सबै अटाउने र आश्रय पाउने नेपाल को एक मात्र ‘क्रान्तिकारी’ पार्टी नै माओबादी त हो नि.

    मैनाली पहिला ज्ञाने संग पोइल गयो, अहिले माओबादी बलियो देख्यो प्रचंडे संग पोइल गयो. यस्ताको के भर के सिद्धान्त भोलि अर्कोलाई हट्टाकट्टा देख्छ उसै संग भाग्छ … चिरिप्प पारेर झिरिप्प परिदिउं जस्तो !

  41. यो कदम संकास्पद भए पनि मलाई त ठिकै लग्यो. राजनीतिमा एस्तो त भै नै हल्छा. नभए हामी नेताहरुपनि हामी जस्तै हुन्थे नि. उनीहरु फरक हुन् त्यसैले एस्तो गर्छन.

  42. साथीहरु यसबाट नेपालमा धुर्बिकरणको प्रक्रिया तिब्र रुपमा अघि बढेको बुझ्न सकिन्छ / जस्तै एमाले मा स्पस्ट २ खेमा हुनु – माओबादी (अग्रगमन ) समर्थक र कांग्रेस (पश्चगमन ) समर्थक / मधेसीहरु पनि माओबादीको समर्थन र बिरोधि कित्तामा उभिनु/ धेरै छिटपुट साना बाम पार्टीहरु माओबादीमा प्रवेश गर्नु त्यसका उधाहरण हुन् / कालान्तरमा गएर नेपालमा कांग्रेस/दक्षिणपन्थी र माओबादी/समाजबादी/बामपन्थी मात्र २ खेमा रहनेछन भन्ने कुरा सबैले बुझ्नु जरुरि छ /

    माओबादी बारे sathiharuma रहेको भ्रम को बारेमा केहि भन्न चाहन्छु / अहिले माओबादीले राजाबादी संग गर्ने भनेको कार्यगत एकता एउटा strategy मात्र हो / उनीहरुको समर्थनले धोति र धोति समर्थक पार्टी (कांग्रेस, ओली एमाले र मधेसी ) लाई तह लगाउने रणनीति मात्र हो / माओबादी राजालाई ल्याउन चाहने कुरा मन गणन्ते कुरा मात्र हो / माओबादीले सामन्तबादको सबैभन्दा ठुलो टाउको राजालाई समर्थन गर्ला भन्नु त राजनीतिको र नजानेको मान्छेले गर्ने कुरा हो /

    अब कुरा आर के को, माओबादी भनेको महासागर हो, एउटा दुइटा खराब माछाले केहि लाछारना सक्दैनन् / आर के अबसरबादी भएकोमा कुनै संका छैन, देश नै धुब्रिकरण भैरहेको बेला सबैले आफ्नो आफ्नो कित्ता तय गर्नु नै पर्छा नि /

    • महासागर कि टुकुचा ? सफा पानीको दहमा परेको अलिकति फोहरले पनि पूरै दह दुषित बनाउँछ तर टुकुचामा जे मिसिए पनि के फरक पर्छ र ?

  43. एउटा मैनालीलाई पार्टीमा प्रवेश गराई हजारौ नेपालीको अपमान गर्ने माओबादी भन्दा त कमल थापाको रा प्रा पा नै सहि छ | कमसे कम उसले सुरु देखि नै एउटा कुरा नै गरि रहेछ | राजनीतिमा इमान भन्ने कुरा पनि हुनु जरुरि छ | अब रुक्मांगद कटुवाल माओबादी भयो भने अनौठो नमाने हुन्छ र ज्ञानेन्द्र माओबादी अध्यक्ष हुदा बागमती उल्टो पनि नबग्ला |

  44. येस्ता व्यक्ति जो आफुलाई कम्युनिष्ट त हुँ भन्छन तर व्यवहारले सामन्त वर्गको पक्षपोसन गर्छन त्यस्ता व्यक्तिलै पार्टीमा प्रवेश गराउनु भनेको लज्जास्पद कार्य हो! जनआन्दोलन को बेलामा यिनले पनि आदेश दिएका होलान गोलि चलाउन,आफ्नै कार्येकर्ता मार्ने मैनालीलाई आफ्नो गूटमा सामेल गरेर माओबादीले तीनका बलिदान प्रति कालो पोतेको छ!

  45. मैनाली महोदय ,
    प्रचण्ड जस्ता ले टिका लगाए पनि जनता ले ता थुकलानी..!!

    • तर भेडा माओबादी कार्यकर्ता हरुले त देउता नै सम्झनेछन् नि ?

  46. माओबादी को संधै झैँ अर्को फोहोरी राजनीति……निष्ठा को राजनीति गर्न न प्रचण्ड ले जानेको छ न त माओबादी ले नै…….

  47. अब ज्ञाने, पारस र कमल थापा लाइ पार्टी मा प्रवेश गरौँ अनि कुरै खत्तम, सबै लाइ आनन्द.

  48. अब माओबादी मा कमाउनु पाउछु भनेर माओबादी पार्टी मा लागेको हो मैनाली जी. किन भने माओबादी पार्टी भनेको त जे मन मा आउछ त्यी गर्ने खालको पार्टी हो नि त त्यी भएर कि कसो मैनाली जी.

  49. १. मातृभूमि नेपाल माथि भारतीय थिचो-मिचो, सिमाना अतिक्रमण, जलस्रोत-कब्जा, सिमानामा बस्ने नेपाली दाजु-भाइ-दिदि-बहिनि माथि दैनिक अत्याचार, राजनीति माथि दब-दबा, बिकासमा अबरोध (जस्तै उत्तरतिर जोड्ने सडक बनाउदा इन्डियन स्विक्रीती लिनु पर्ने!) आदी अत्याचार बढेको बेलामा सबै रास्त्रबादी शक्ति र व्यक्तिहरु एकजुट हुनु राम्रो हो/
    २. तेसैले सबै सच्चा कम्युनिष्ट मात्र एक भएर पुग्दैन, गैर-कम्युनिष्टहरु पनि (जस्तै, राधाकृष्ण मैनाली) जो मातृभूमि को रक्षागर्न चाहन्छन, एकजुट हुनु को विकल्प छैन/ नत्र गुलाम हुन वा सिक्किम बन्न तयार हुनु पर्यो/

    (नोट: सांसदलाइ मार्ने कुरा देखि किरा भएको जुस खाने कि नखाने भन्ने आदेश समेत भारतीय दूताबासले दिन थालेको सम्झानोस त! अब त भोट हाल्नलाइ पनि नेपाली नागरिक हुनु नपर्ने दबाब मधेसी दलहरु मार्फत खुलेआम आइ सक्यो ‘निर्बाचन आयोग को मतदाता संकलनमा’ !)

    ३. यो पृष्टभूमिमा, राधाकृष्ण मैनालीको यो कदमलाइ मैले यसरी सकारात्मक रुपमा बुझेको छु/ उनि फेरी जन-युद्द गर्न सामेल हुन आका त होइनन नि! न त उनीमा कम्युनिष्ट तत्व बाकि छ!
    ४. माओबादीले मात्र देश थामेर थामिनेवाला छैन/ एमाले-कांग्रेसमा बाकि रहेका नेपाल-पक्षीय शक्तिहरु/व्यक्तिहरु पनि यसरी एकजुट भएमा नेपाल ‘मुक्त’ हुन समय लाग्दैन/ अनि त नेपालको सम्रिदीका ढोका खुल्छ/ नेपालको आर्थिक-सामाजिक-राजनीतिक बिकासको मूख्य बाधक हाम्रो दखिनी छिमेकी हो भनी बुझेमा मात्र समस्याको समाधान निक्लन्छ/

    ५. देश रहे त संबिधान कस्तो बनाउने, बिकासको मोडेल कस्तो गर्ने, बिद्युत उत्पादन कहाँ-कति गर्ने (नदी बाकि रहेमा), कसलाई प्रधानमन्त्रीमा/रास्ट्रपति मा जिताउने जस्ता आपसी बिबाद गर्ने ठाउ हुन्छ/

    पाठ: लौ छनोट आ-आफ्नो छिट्टै गरौ, नत्र अबेला हुन्छ/

    • शीला जी
      मलाई तपाईंको यो प्रतिक्रिया अत्यन्त राम्रो लाग्यो/ अरु पनि पढ्न पाउँ/ यौटा संकेत दिउँ है नेपालमाथि भारतले आक्रमण सुरु गरि सकेको रहेछ भनेर/ रास्ट्र संघको उपस्थितिमा बन्दुक बोकेको सैनिक पठाएर नेपाल कब्जा गर्न सकिंदैन तर उनका साधा लुगा लगाएका सैनिक लाई नकली तरिकाले नेपाली नागरिकता दिलायर नेपाल कब्जा गर्न सक्छ/ अचम्म सिट एउटा नेपालीले कुनै नया दलमा प्रवेश गरेकोमा टिप्पणी हुँदै छ उता ३० लाख भारतीय नकली नेपाली बनि नेपाल प्रवेश गरि सके भनेर उपेन्द्र यादवले नै सकारी सके/ अस्ति संबिधान सभा को चुनाव हुँदाको मत दाता नामावलीमा २५% जाली नाम हरु छन् निर्वाचन आयोग ले भनि सके/ नागरिकता भएकाले मात्रै भोट दिन पाउने कुराको बिरुद्ध देसमा आन्दोलन गर्ने भनेर मधेश बादी नेताहरुले भनि सके/ तेस्को चर्चा कहीं उठेंन तर एउटा मैनाली को कुरा………!
      प्रमाण:
      ०१. भर्खरै उपेन्द्र यादवले भने अस्ति भर्खरै ३० लाख भन्दा भारतियेलाई नेपाली नागरिकता सरकार बात दिएको थियो/
      ०२. समस्त मधेश बादी नेताहरुले नागरिकता भएकोले मात्रै मतदाता प्रमाण पत्र पाउने कुरा को बिरुद्ध आन्दोलन गर्छौं/
      ०३. निर्वाचन आयोगले आधिकारिक रुपमै भने अस्ति को चुनावी मदाता लिस्टमा २५% नकली नागरिकहरु छ/
      l भन्नुस सोच्नुस नेपालको कुन dal ले तेस्ता अनागरिक को मतले सरकार चलाउन नचाउँ किन खोज्दै छ भनेर/ नेपाल लाई नेपाल रहन दिन त् पक्कै होयिन/ यो बिशयेमा शीला जी तपाईं महेश जी गगन जी पुष्प जी र अरु पनि मित्रहरुले केहि लेख्नु हुन्छ होला भने आशमा छुन/

      याहाँ एउटा नेपाली को दल प्रबेशमा टिप्पणी हुँदै छ

    • शिला जी
      तपाई को प्रतिक्रया अति उत्तम छ. मेरो मन माँ भएको सबै कुरा तपाई ले राम्रो संग राखिदिनु भयो तेसैले केही पनी थपिन है. तपाई लाइ धेरै धेरै धन्यबाद.

      • mahesh जी, madan जी:
        थप कुरा मदन जी ले पनि राख्नु भो/
        अर्को एउटा कुरा: यी ९५% जति मधेसी दलका नेताहरुसंग दोहोरो नागरिकता छ/ यी सामन्त र जमिन्दार हुन्, यिनीहरुले खासमा मधेसमा बस्ने नेपालीको प्रतितिधित्व गर्न सक्दैनन्/पाउदैनन/ धन जति नेपालबाट लुटेर ‘उता’ बैंक मा थुपारेका छन, जग्गा-जमिन पनि उतै किनेका छन, पटना, देल्ही, लखनौ र बम्बे मा flat छन्/ बन्द-ब्यापार र लगानी पनि उतै छ/ इस्ट-मित्र, ज्वाई-सम्धी, नाता-कुटुम्ब पनि उतैका सामन्त वा जमिन्दार छन्/ यिनीहरु गरीब-दुखि मधेसीको नाममा राजनीति गर्न मात्र यता आएका हुन्/ अझ कति त पठाइएका हुन्/ तेसैले यिनीहरुलाई ठिक पार्ने हो भने र मधेसी जनतालाई यिनीहरुको दबदबाबाट मुक्त गर्ने हो भने यसो गर्नु पर्ला कि;
        १. भारत र नेपालको दुवै नागरिता लिएको प्रमाण जुटाउने, जस्जसको भेटिन्छ, नेपाली नागरिता रद्द गर्ने (मिती अनुसार पहिला इंडिया र पछी नेपालको लिएको भएपनि नेपालको रद्द गर्ने, नागरिकता सम्बन्धि कानूनमा यो कुरा राख्ने) ,
        २. यस्तो नागरिकता ठगी गर्नेलाइ किर्ते गरेकोमा हदै सम्मको कानूनी कारबाही चलाउने र नेपाल प्रबेशमा black listed गर्ने,
        ३. यती गरेमा पनि कसैले झुक्याएर कसै गरी चुनाब जितेर आएपनि त्यो रद्द हुने ब्यबस्था गर्ने/ किनकि नेपालि नागरिकले मात्र चुन्न र चिनिने अधिकार हुन्छ (सबै देसमा यस्तै हुन्छ) /
        ४. यस्तो प्राभधान गरेमा मात्र माथि मदन जी ले भनेको जस्तो गरी नक्कली नागरिता लिएका ‘भारतीय’ नेताहरु बिरुद्द निसाफ हुने थियो/ अनि मधेस-तराइमा बस्ने सच्चा नेपाली-तराई-बासी र नेपाली-मधेसीको दिन फर्किन्थे!
        ५. तराई-मधेसमा असली-मधेसी चाहि ‘नागरिकताको आतंक’ बाट अल्पसंख्ख्या मा पर्न लागी सके, भारतीय-मधेसी चाहि बहुसंख्यक/ कथित् मधेस-बादी पाटीमा मा ९८% भारतीय वा दोहोरो नागरिकता भएकाहरुको बिगबिगी …./हेर्नुस त, हृदयेस त्रिपाठी, महन्त ठाकुर, JP गुप्ता, रामचन्द्र झा, राजेन्द्र महतो, सरिता गिरि (नेपाली ‘गिरि’ संग बिहा गरेर नागरिता पाएको तर नागरिकता लिए पछी छोडपत्र दिएको, तर नागरिकता चाहि छोडपत्र गरेकी छैन), परमानन्द झा आदी-इत्यादी ….कति नाउ लिनु….
        ६. . भूमिसुधारको कार्यक्रम लागु गरेमा मात्र पनि तराई-मधेसका बहुसंख्यक भूमि-हीन किसान, गरीब र यी तथाकथित मधेसी-जमिन्दार-नेताबाट सोसिएका पिडीत जनताले आफै नक्कली-मधेसी नेताको पत्ता साफ गरि दिन्थे/ तेसैले त माओबादी\ले ल्याउन प्रस्ताब गरेको भूमिसुधारलाइ मधेसी पार्टी लगाएत कांग्रेस-एमालेले घोर बिरोध गरेका नि!

        यी उपाय गरेमा मधेस-तराई जोगिन्छ कि, नत्र…/लौ न केहि गरौ! तराई बचाऊ…मधेसीलाइ बिहूझाउ!!

        • शीलाजी
          तपाईं ले सरिता नागरिकता लिन गिरि बनेको कुरा उठाउनु भयो/ तर नेपालमा मधेसी माग पुरा गर्न सक्ने अबस्था न आउनजेल सम्म सरकार बन्न नदिने यो प्र. म. को चुनावमा यक्लै दोड़ने राम चन्द्र को हुन्? नागरिकाता नकली भएको भए बिदेशी घुस पैथिया भन्न मिल्ने थियो/ तर सकली नागरिक भएर पनि अनागरिक हरुको स्वार्थ पुरा गराउन सरकार बन्न नदिने राम चन्द्र ओली माधव आदिलाई हामीले के उपमा दिने?

          शीला जी; बिहारीहरुलाई सजिलै नेपालको नागरिकता उपलब्ध गर्ने सपना गिरिजाको थियो/ तेस्ले तेसरी नागरिकता बाड्न नागरिकताको बिधायकलाई आर्थिक बिधायक भनि बीरेन्द्रलाई झुक्याएर सहि गराउन खोजेको थियो/ तर बिरेन्द्रले मानेनन्/

          तेती बेला गिरिजाले भन्दा बढी बीरेन्द्रलाई गालि गर्ने व्यक्ति राम चन्द्रे थियो/ राम चन्द्रले तेती बेला बोलेको सब्द ” त्यो राजा लाई किन आर्थिक बिधायक हो बा नागरिकता बिधायक हो भनि बुझ्नु परेको? खुरुक्क लाल मोहर लगाए पुग्ने थियो/ ”

          आज कांग्रेसको नेत्रित्वो यिनै रामचन्द्र को समुहको हातमा छ/ रामचन्द्र कै समर्थन मा सभापति बन्न पुगेको सुसिल को ताल तेस्तै छ/ अस्ति नेपालको सरकारले आमन्त्रण नगरेता पनि भारतको प्रधान मन्त्रीको बिशेष अधिकार लिएर शरण नेपालमा आए/ यो कुरा अंतर्रास्त्रिये शिस्ताचार्को बिरुद्ध थियो/ शरण पसुपतिको शिब लिंग धोक्न आएको थिएन/ मधेश बादीहरुलाई तराई लाई यक मधेश बनाउने कुरामा सहमति नगरुन्जेल कसैको पनि सरकार बन्न नदिन भारतको निर्देशन सुनाउन आएको थियो/

          शीला जी तपाईंलाई याद होला सुसिलले तेतिबेला भनेको थियो कि ” भारतीय नेताहरु नेपालमा आएर यस्तो कुरा गर्नु कुनै अस्वाभाविक कुरा होयिन” भनेर/ अब भन्नुस सुसिल रामचन्द्र को कांग्रेस नेपालीको कांग्रेस हो? यस्तै छन् एमालेको ओली र माधव पनि/ यिनीहरु सकली नागरिकता बोकेको नकली नेपालीहरु हुन्/

          हामि सिट ययूतई बिकल्प छ अब सरकार बनुन बा नबनुन, तर संबिधान सभाले संबिधान बनाउने कुरा थालूं भनि आवाज उठाउन पर्यो/संबिधान सभा सरकारको मातहतको कुनै निकाय होयिन त् सरकार गठन भएँ भनि संबिधान सभा किन अलमलिनु पर्यो? केहि गलत कुरा संबिधान सभा भित्र पनि भई रहेको छ र यो कुरा प्रकाशमा नल्याएको मात्रै हो/ के काम आज सम्म संबिधान सभाले गर्यो कस्तो बुंदाहरु तयार पारेको छ? यी कुराहरु आज सम्म लुकायिएको छ/ केहि खतरनाक खेल खेलिंदै छ त्याहाँ पनि/

  50. मलाई त यो पार्टी प्रथा नै ठिक लाग्दैन / जनता जनता लडाउने खेल / समाजलाई फुटाउने परिपाटी / साथीहरुको बिचमा बिग्रह / सबै जनता मिलेर एउटा राष्ट्र प्रमुख चुन्ने अनि उसैले निर्धारित समय सम्म देश चलाउने गरे कसो होला ? जाबो प्रधान मन्त्रि चुन्न नसक्ने व्यवस्था / जाबो काला बजारी र भ्रस्टचारिलाई कारवाई गर्न नसक्ने व्यवस्था / यो भिडतन्त्र , यो अराजकतन्त्र मलाई चांइदैन चांइदैन चांइदैन चांइदैन /

  51. राधाकृष्ण मैनाली को कुरा गरेर समय को बर्बादी त नगरेकै राम्रो तर पनि….. माथि साथि हरु ले लेखिसक्नु भयो नै ! एक जना बेश्या को पनि केहि सिध्दान्त हुन्छ भन्छन तर खोइ राधाकृष्ण को सिध्दान्त? प्रचण्ड पनि कति सिध्दान्तबादी रैछन यो घटना ले देखाइ हाल्यो , पैसा र पद को लागि जे पनि गर्ने सिध्दान्त दुवै को रहेछ, येस्ता नेता हरु बाट पनि केहि आश गर्ने हाम्रो सिध्दान्त लाई चाही खोइ के पो भन्ने !

  52. मैनाली अवसर बादी होइन .. माओबादी नै अवसर बादी हो … ७ -७ चोटी प्रधान मन्त्रि को चुनाब मा हारेर अब ,,, ज्ञानेन्द्र र माओबादी भनेको बादर ,, र लंगुर हो ,, प्रधान मन्त्रि को चुनाब ले देखायो नि को रहेछा अबसरबादी .. शहीद को आशु ले सराप्छा .. प्रचण्ड लाइ ..

  53. माफगर्नुस झापा काण्ड मा मारिएका बिमली मात्र हैन ढकाल र बिमली भनि पड्नुस है /

  54. नयाँ जनबादी क्रान्तिको लागि लड्नेहरुको लागि दुखको कुरा तर संसदबादीहरुको लागि जो माओबादीलाई एमालेको बाटोमा हिडेको हेर्न चाहन्छन तिनीहरुको लागि भने बकैदा राम्रो!!!!!!!!!

  55. माओबादीले बल्ल आफ्नो नीति अनुसारको (अवसरबादी) विद्वान नेता भेटेको छ, अब चाही माओबादीले केहि गर्ला जस्तो छ.शुभकामना!!!

  56. यो धुब्रसत्य हो कि मान्छेको जात नै येस्तई हुन्छ कि उ सदै नया अवसर को खोजीमा हुन्छ / मेरो बिचार मा त राजनीतिज्ञ भनेको समाजसेबी पनि हो / तर यो कुरा राधाकृष्ण मैनाली मा लागु हुदैन वहा अवसरबादी हो एस्तो मान्छे को भर हुदैन हुन त म माओबादी हैन तर माओबादी मा भाइरस छिर्यो / हाम्रा का. प्रचण्ड ले किन प्रवेश गराए त्यो उनलाई मात्र थाहा छ / कांग्रेशले प्रधानमन्त्री नछोडे पछि झापा काण्डमा पहिले हत्या गरिएका बिमली कांग्रेश थिए तेसैले कांग्रेश लाई तर्साउन पो होकी पार्टी मा प्रवेश गराएको / आफ्नो ज्यान भरिएको बन्दूक अगाडी राखेर नेपाल र नेपाली हरु को लागि केहि गर्छु भनेर हिडेका आज भोलि रास्त्रियेता को वकालत मलाई देरै मन परेको थियो तर यो काण्ड देखि त मेरो नजर मा प्रचण्ड १ steap तल गए प्रचण्ड इ Iam so sad .

  57. सबै नेपाली नेता भनाऊदा हरू आफ्नो फाईदा को लागि राजनीति गर्ने हून केर/मैनाली जी लाई पनि पहिला राजा बादी हुदा फाइदा थियो राजा बादी भय /आब मावाबादी हुदा फाइदा देखे माओबादी भय /मेरो लागि काग लाई बेल पाक्यो हर्स नि बिस्माद /

  58. बास्तबमा माओबादीको सकली रुप यहि हो यसमा अचम्म मनुनाइ के छ यसो भन्दा कसो होला मौबदिलाई

  59. धेरै राम्रो भन्न भएन . नराम्रो भन्न पनि सकिएन…बरु तठस्थ !

  60. हिजो राजाको प्रतक्ष्य शासनमा शिक्षा मन्त्रीको पद सम्हालेर आफुलाइ कम्युनिष्टबाटबाट खाट्टी राजावादीको कित्तामा उभ्याएर ज्ञानेन्द्रको गोटी बन्न सफल भएका आरके मैनाली अन्तत: माओवादीमा प्रवेश गर्नु पनि नौलो कुरा भन्ने होइन् । माओवादीले राजावादीहरुलाइ प्रवेश गराउने हल्ला चलाइरहेको बेलामा आरकेको माओवादी प्रवेशले माओवादीहरुको सुगा रटाइलाइ थप पुष्टयाइ गरेको छ । सुर्य सेन, रमेशनाथ पाण्डे, युवराज लामा, निर शाह लगायतकमा ज्ञानेन्द्रका ल‌गौटीहरु खाट्टी गणतन्त्रवादी भएका छन् । कमल थापा माओवादीका प्रवक्ता बनेर देश दौडाहामा लागेका छन् । माओवादीको भनाइ अनुसार काम हुदै जाने हो भने अब पालो कमल थापाकै हुन सक्छ । २०६२/०६३ को आन्दोलन दबाउन सक्रिय भएका व्यक्तीहरु रातारात माओवादी हुनुले ति व्यक्तीहरु भन्दा पनि माओवादीलाइ भोट दिएर यहा ठुलो दल बनाउने नेपाली जनताहरु माथी दया लागेर आएको छ र धिक्कारन मन लागेको छ माओवादीलाइ ।

    धिक्कार छ माओवादी तिमिहरुले नेपाली जनताको भोट र तिमिहरु प्रतिको आस्थालाइ अवमुल्यन गर्यौ ।

  61. यदि पार्टी लाई राष्ट्रिय पार्टी बनाउने हो भने त्यो पार्टी भित्र सबै नेपाली जनता अटाउन सक्नु पर्छ/ गलत गरे कारबाही गर्नुपर्छ/ जहासम्म मैनाली को पृष्ठभूमि हेर्दा राम्रै मान्छे हो/ अब आफुले गरेका गल्ति लाई सच्चायर अगाडी बढ्दा राम्रै हुन्छ/ २०६३ साल पहिला त माओबादी बाहेक सबै राजाबादी त थिया नि ! एमाले पार्टी कै महासचिब जस्तो मान्छे प्रधानमन्त्री भन्न पाँउ भन्दै दाम चढायर पाउ मा लम्पसार परेको थियो भने यीन ले त मन्त्रि पद पाए पड्काईदिय/ अब इतिहास पो दोहोरिन सक्दैन त … तर मान्छे त बदलिन सक्छ नि !! पार्टी को सिधान्त मन पर्छ भने प्रबेस गर्न चाहनी लाई प्रबेस गर्न दिनु पर्छ/ र यदि पार्टी को सिधान्त बमोजिम चल्दैन भने कारबाही पनि गर्नु पर्छ/ जय नेपाल

  62. राजनीति र प्रेम मा सबै जायज हुन्छ रे नि त ( स्याल सहर पस्ने लर्को मा राधा कृष्ण को पनि नम्बर लागेछ )

  63. राधा कृष्ण मैनाली अबसरबादी हुन, उनको इतिहास कुनै समयमा अशाध्य राम्रो थियो, ४६ सालको आन्दोलाना को नेत्रित्तो यिनले गरेकै हुन्, हामि जनता पछी लागेकै हो, तर बुद्धि भ्रष्ट भयर राजाको मन्त्रि बने पनि, यिनै प्रचण्डको टाउको को मूल्य तोक्ने काम मा सरिक भय, उनको इतिहासमा यो कालो धब्बा ले उनको राजनैतिक जीवन करिब करिब समाप्त नै भयको हो चाहे उनि जुन सुकै बादी बनुन/ तर मैले गल्ति गरे, जनतालाई धोका दिने काम भयो म बाट भनेर माफ माग्ने अनि माफ दिने ले दियापछी उनको काला दिनहरु त नपखालीय पनि देशको शक्तिसाली पार्टीको नेताबाट सुन पानि ले चोखिदा उनलाई ठुलो राहत भयको छ, उनको भबिष्य आगामी दिनहरुले देखाउने छ, तर सहिद परिबार को नजिक चाहि नपर्ने नै सल्लाह दिन्छु म .

  64. ठिकै हो / राम्रो भनिने पार्टीमा बसेर सधै नराम्रो काम गरिरहने नेताहरु भन्दा राधा कृष्ण राम्रो हो कम से कम आफ्नो भित्रि कुरा त सबैलाई देखाउना सक्यो नि त ? राजा को शाशनमा गएर / अहिले देश को ठुलो पार्टी मा गएर केहि गर्न सकिन्छ कि भन्ठान्नु राम्रै हो / एमालेका के पी ओली मालेका सी पी मैनाली भन्दा त राधा कृष्ण टिक छ जस्तो लाग्छ / कांग्रेसमा हाली मुहाली गर्ने धेरै जसो पंचायेती बेबस्था मा नै थिए/ मुख्य कुरा राधा कृष्णले आफ्नो स्वार्थ भन्दा देशको लागि केहि गर्नु पर्यो/ अब त धेरै पार्टी हैन २-३ वटा पार्टी मात्र भए पुग्छ / माओबादी र आर के लाई शुभ कामना /

  65. के गर्नु जो जहाँ गए पनि? देश लाई चाहिं खाल्टो मा हालेर. तपाईं ले यस्ता जनता लाई बेमतलब का कुरा न छाप्नु बेश हुन्छ होला

  66. अब शिपी कमरेड ले यो प्रधानमन्त्री को रेस लाई गन्तब्य मा पुराउनु हुन्छ की नेपाल को राजनेती लाई कोल्टो फेरौनु हुन्छ कि ………………..लालसलाम सबै कमरेड हरुलाई हामी सबै जनता येही दिन हेर्न को लागि आतुर थियोउ
    ………….अब माओबादी मा प्रवेश गर्ने पालो राजा ज्ञानेन्द्र र पारस को मेरो तर्फाबाट दुवै भाबी कमरेड हरुलाई पनि लालसलाम ………………….जय नेपाल र द्धुखी जनता ………………….जय जय

  67. राजनितिलाइ नै जीवनको बाच्ने अाधार बनायका मैनाली जस्ताहरु र अन्य जो अबको शक्ति भनेको माअोवादी नै हो भनि स्विकार गरेकाहरु, यी दुबै समुहलाइ कसरी हुन्छ माअोबादीमा प्रवेस गर्ने हतार छ। केहि मिलिहाल्छ कि भन्ने उनिहरुको सोचाइ होला।

    यता माअोवादीमा फेरि प्रचण्डको बोलवाला छ जस्ले कुनै पनि कुराको केहि बिचार नै नगरि काम गर्ने गर्दछन। काम बिग्रिहाले माफि मागि हाल्ने उनको बानी नै छ। यसरी माअोवादीहरुलाइ के परेको छ भने, यति जित्दा पनि केहि गर्न सकियन, कसै गरि हुन्छ कि त, अरु मान्छेको पार्टीमा भिड जम्मा गर्न सके अान्दोलन अझ ससक्त हुन्छ कि त, भन्ने उनिहरुको निचोड होला। माअोवादीले अाएमा कमल थापा र सूर्यबहादुरलाइ पनि पार्टीमा लिन पछि पर्दैन अहिलेको समयमा। नयाँ बिचार भएका, नयाँ युवाहरुलाइ अगाडि सार्नुको सट्टा यस्तो पुराना, बिचारहिन तत्वलाइ हुलिराखेको माअोवादीले एक दिन पक्कै पनि चेत्ने छ। कि कसो साथिहरु।

  68. अब पालो तुलसी गिरि , किर्तिनिधि बिस्त , पारश साह , कमल थापा , खपांगी , मरिचमान हरु को होला होइन ???… अब चैं नया नेपाल बन्ने पक्का भो … पन्चे मण्डले रमेशनाथ पाण्डे त प्रचण्ड का पररास्ट्र सल्लाहकार नै हुन् , …

    यी सब रस्त्रबादीको होला हैन त ??? धन्य छ प्रभु पुष्प कमरेडको लिला ….

  69. यसता अवसरवादीहरुको के कुरा गर्नु। माओवादीले आजकाल यस्ता थुप्रै पुर्व राजावादीहरु तथा अन्य अवसरवादीहरुलाई आफ्नो पार्टीमा भित्राएको र उनिहरुसंग सांठगांठ गरेको खबरहरु प्रशस्त सुन्नमा आइराख्या छन्। यदि यो माओवादीको यनीहरुलाई रणनैतिक रुपले अल्पकालिन प्रयोगगर्ने योजना हो भने धेरै सोचेर मात्र यस्तो गर्नु उचित होला। हैन यो कार्य अरु पार्टीहरु झैं माओवादीमा आएको बिचलन र बिकृति हो भने चैं माओवादीले पनि सोच्ने बेला आएको छ, अरु पार्टीहरुमा आएको बिचलन र बिकृतिलाई जसरी जनताले संबिधानसभाको परिणाम मार्फत दण्डित गरे, त्यसरी नै माओवादीलाई पनि दण्ड दिन पछि पर्ने छैनन् जनता।

  70. यस्तो हुदै गर्छ नि लोकतन्त्र मा
    अचम्म मान्नु पर्दैन
    राजाबादी माओबादीमा र माओबादी राजाबादिमा
    जोड घटाउ बराबर

  71. माओवादी बिग्रेका सडेकाहरुको पार्टी हो।(तेसो त अरु पार्टी पनि पनि तेस्तै हुन ) त्यहा जुल्फे मुन्द्रे, अपराधीहरु देखी पञ्चेहरु सबै सर्बहाराबर्गको नारा लिएर चिन्निन्छन, भिड बनाउछन। । राधा कृष्ण मैनाली त के भो र पुरै नकुहिएको आलु हुन सक्छ नि त ।

Comments are closed.