कामचलाउ !

आज ९७ दिन भो माधवकुमार नेपालले राजीनामा दिएर कामचलाउको हैसियत पाएको। राजीनामा दिएपछि सबै कुरा तु समाधान हुन्छ जस्तो गरेर राजीनामाबाहेक केही कुरै गर्न नचाहने कमरेडहरुलाई दह्रै झापड दिन सफल भएका छन् माधव कमरेड। कामचलाउ भएपछि काम त चलाउनै पर्‍यो। त्यसैले कहिले केको उद्‍घाटनमा गइदिन्छन् त कहिले केको। हिजो पनि एउटा आइसक्रिम उद्योगको उद्‍घाटनमा गइदिएछन्। रिबन सिबन काटेर उदघाटनपछि यसो चम्चाले आइसक्रिम अलि चाखी हेरे नि हुने, तर उनले त कोनै चुसिदिएछन्। आज बिहान छापिने सबै पत्रिकामा उनको आइसक्रिम खाएको फोटो प्राथमिकताका साथ छापिएको छ। आउनुस् हेरौँ, यो दुर्लभ दृश्य।




97 Comments

  1. बारा माकुनेले जाबो दश रुपैया को आइश क्रिम पनि खान नपाउने अरुले देश को दुकुती खादा के हि भएन भोलि माशु खाला रे तेस्को पनि बिरोध गर्ने ? ढुकुटी खाने को कुनै बिरोद छैन बारा आइश क्रिम खादा किन बिरोद गर्ने

    • फोकड़ को चिउरा बढे बढे फाक भनेको येही हो माकुने

  2. जाबो यौटा आइसक्रिम खायको फोटोलाई लियर यति बिघ्न चियो चर्चा हुनुमा अब संचार माध्यमहरुले कम नपायकोले नै हो . व्यबस्थापिका संसदले प्रधानमन्त्री चुन्न नसकेको ,बजेट पेश हुन नसकी सम्पूर्ण विकास योजनाहरु ठप्प हुन लागिसक्यो कर्मचारीले तलब सम्म नपाउने अवस्था आइसक्यो महंगीले जनता पिस्यापिसै छन् सिंग न पुछरको समाचार छापेर पत्रिका बिकाउने तिर लागिरहने हाम्रो संचार मधाम्हारू धन्य छन् .

    • यो नेपालीहरुको संस्कार हो कसले के खायो कसले के लायो भनेर चियो चर्च गर्ने !त्यसैले आज देशको यो गति भएको हो!दलाली गरेर भ्रष्टचार गर्न पायो भने खुशी हुने ,
      राष्ट्र र राष्ट्रियता नै बेची दिने,खाना पाइएन भने खोइरो खन्दै हिंड्ने,नेपालीको राष्ट्रियता हो ,यो भन्दा के चाहियो,

    • मेडिया ले कम नपाको हैन नी माकुने ले गरेको काम नै तेस्तै छ त / उद्घाटन त रिबोन काटेर पनि त गर्न सकिन्थ्यो नी खयर नै किन गर्नु पर्थ्यो हेर्नुस त फोटो मा कस्तो नसुहायको माकुने चै icecream चाट्ने अनि अरु साबि जना माकुने लै हेर्दै ताली ठोक्दै हास्ने /माकुने त देस को प्रधानमन्त्री पो हो त /कहाँ, के,कस्तो कसरि,किन भन्ने कुरा सबै नबुजी जहाँ पायो तेही जाने अनि ज पायो टी गर्ने त ??
      भोलि सार्बजनिक ट्वाइलेट उद्घाटन गर्न बोलायो भने अगाडी टिन को ट्वाक मा पानी राखेर मेडिया र जनता को अगाडी सार्बजनिक ट्वाइलेट मा दिसा गरेर उद्घाटन गर्छ त माकुने ???? देस को प्रधानमन्त्री जस्तो मान्छे भोलि चिया पसल उद्घाटन गर्न बोलायो भने पनी जानुहुन्छ त ??? कहाँ जाने कहाँ नजाने त्यो त आफै ले जान्नु पर्ने कुरा हो ?

    • माफगर्नुहोला, मेरो विचारमा, फोटोको सिंग नि पुच्छर नि नभएको हैन,तपाईको हेर्ने दृष्टिकोण ठीक नभएको । “देशमा तपाईले भनेको जस्तो समस्याहरू भइरहँदा, प्रधानमन्त्री भने निजी कम्पनीको आइस्क्रिम चाट्नमा व्यस्त छन्” भन्ने सटिक वङ्ग्यत्मक सुचना सम्प्रेसण गर्न समाचर सफल छ ।

  3. हा हा यसमा उनले ice -cream खादा जिस्काउने र नकारात्मक सोच्ने हरु देखि मलाईए त हासो उठ्यो /होइन हो यो लेखक पनि जे कुरालाई पनि नकारात्मक पाराले लेखिहल्नु पर्छ त ?कस्तो असिस्ट वेबहार को जस्तो लाग्यो ति नकारात्मक कमेन्ट गर्नेहरु , अनि ति लेखक ज्यु /बास्तबमा राम्रोसंग सोच्ने हो भने जहिले पनि हाम्रो नकारात्मक सोचाईले गर्दा उसलाई मात्रै होइन हामी आफैको पनि दुर्दासा आइपर्छ /कस्तो ठाउमा कस्तो कुरा राख्नु पर्छ कुरा त्यो आफु स्योमित भयर सोच्नु पर्छ /यदी आफुलाई अरुले मिठो बोलि बोलेको मन पर्छ भने उसंग पनि मिठो बोलि बोल्नु सिक्नु पर्छ /यदी आफुलाई कसैले सिस्ट बेबहार गरको मन पर्छ भने उसंग पनि त्यही बेबहार हामीमा हुनु पर्छ / माधब जीले तेहा रक्सि खायर भुईमा लडी बडी गरेका त होइन् नि /// केक उधघाटनमा उनले केक खायर के गल्ती भयो र ?म तेसैमा चकित पर्छु /अनि उनले खादा खेरि उनको मुख यस्तो उस्तो भन्नु अनि उनको खिल्ली उडाउनु के यसलाई बादरे बुद्धि भन्न नामिल्ला र??????????????यसरी बेथिति हिसाबले सानो कुरालाई पनि नकारात्मक पाराले हेर्ने हो भने यो देसमा न त हामीले ईमान्दार बेक्ती भेट्छौ न त यो देसको बिकस्नै हुन्छ /

  4. अनुप जी yeastai कुरा लाइ बढाएर लेख्ने नेपाली ले गर्दा नै हो नेपाल पछाडी परेको.

  5. हामी नेपालीहरुमा जे कुरालाई पनि नकारात्मक दृष्टिकोण हेर्ने परम्परा विकाश भएको छ | खाशगरि राजनैतिक तवरमा !!! त म के भन्न चाहन्छु भने हाम्रो देशको काम चलाउ प्र. म. ले एक चम्चा को साटो फुल कन आइस क्रिम खाए त एसको अर्थ उहाले आइस क्रिम कहिले खान पाउनु नपाउनु भकोले हो त ? किन यो दृष्टिले हेरिदैन कि उहाले जे गर्नु भो ठिक हो, उहाले उत्पादित आइस क्रिम गुणस्तरीय छ छैन जाच गर्नु भो एउटा कर्तव्य पालन गर्नु भो यो कुरा राम्रो हो !

  6. के अब माकुने ले आइस्क्रेम पनि खान न हुने ?? जेमा पनि नकारात्मक सोचले हामी कहिले सम्म ग्रसित हुने … यो उनको पर्सोनल कुराहो , चाहे चम्चाले खाउन चाहे कोनेमै … फोटो पत्रकारले १०० यौ फोटो खिचेको मा कुनै राम्रो कुनै नराम्रो मुख आकृतिका हुन सक्छ … अब मुख बिगारेको फोटो नै छाप्ने त पत्रकारको इस्तरले निर्धारण गर्छ …. राम्रो चै छाप्दा पनि भै हलठेओ .. कमसे कम रेड लेबल खाई पुष्प कमल पुत्र सर्बहारा प्रकाश जस्तो उत्तानो टांग त भाचैनन …. गरिब जनताको लेबी बाट छोरा र बुडी संग बे प्रयोजन र नभएको संस्थाको नाम मा मलायासियामा मस्ती त गरिरा छैनन् … रिसोर्टका रिसोर्ट त चारीरा छैनन् … भन्न खोजेको जे कुरालाई पनि राजनीतिक रंग दिनु भएन ..

  7. नेपाली दैनिक पत्रिकाहरुमा बढो प्राथमिकताका साथ यस्तो खबरहरु छापिएको देख्दा खुब आश्चर्य लाग्यो. कम-से-कम आइस्क्रीम नै खाएका हुन् नि, बिचार माकुनेजी… कतै रात्रिभोजमा रक्सीको गिलास समातेका भए, उठी बास नै बनाइ दिन्थें होला.

  8. के को दुर्लब हुनु नी, नेता हरु को काम नै खाने मात्र त हो… यो फोटो मा पनि खाईरहेकै छन्… !!!

  9. लाज लग्नु पर्ने रे ? त्यो पनि माकुने लाइ ?? चाहिने कुरा गरन साथी हो …

    -बड्का

  10. विक्रम भैया लै green lable ले भन्दा red lable ले परास्त गरे को ले मैले नै जबाफ दिनु नपर्ने भए छ !
    काम चलाउ माकुने ले इस्क्रिम चुसेको होइन चाटेको हो ! क्या बात छ हाम्रो माकुने जी पनि चाट्न सिपालु हुनु हुँदो रहेछ !!!!!

  11. हरेक कुरा मा आलोचना गरेको राम्रो होयिना यदि आलोचना ले मात्र राम्रो गर्छ भन्ने ठान्नु भा छ जस्तो छ my संसार का लेखक देखि लिएर पाठक सम्म जसको पनि उही आलोचनात्मक कुरा बाहेक अरु के हि छैन जस्तो छ अनि एउटा पार्टी को एउटा व्यक्ति बाबुराम को मात्र गुनगान मात्र छ यस्तो पनि हुन्छ र पत्रकारितामा हुनुपर्यो स्वतन्त्र विचार सबै को समान अनि गाली गलौज बन्द अनि मात्र हुन्छा स्तरीय MY SANSAR नत्र आज सम्म हेरी र MY SANSAR भोलि देखि हेर्न मन नलाग्ने होला /

  12. आ… इस्… क्रीम… होला नि त ! र, लास्टाँ खा… इस्… क्रीम… !! गजब छ बा !!!

  13. अन्धा नगरी चौपट राजा, टके सेर खाजा टके सेर भाजा!!! हामी जनता ले बनाए को हो इनीहरु लाई. तसै ले हामी मा सुधार गरों?

  14. किन नेपालको हरेक न्यूज़ पेपर हरुले नकारात्मक कुरालाई बड़ी जोड़ दियर लेख्छन, माधव नेपाल पनी यौटा मानाबिय प्राणी हो सबै मान्छेमाँ हुने जस्तै उसको पनी समान इछ्छा आकंछ्या हुन्छन्, प्रधानमंत्रीले ice cream खान नहुने होर मित्र ? हरेक न्यूज़ लेख्दा सकारात्मक पक्ष्यलाई बड़ी महत्व दियर लेखे के होला?

  15. उधोग धन्दा नखुल्दा,संचालन गर्ने बाताबरण नबन्दा ,बिदेशी सामान भित्रिदा, बेरोजगारी बढिरहदा कस्तो स्वाद पाइरहनु भएको छ महासयहरु ? सरकार प्रमुखले रचनात्मक काम गर्दा धेरैका चुलो हरु बल्छ होला,धेरैले नेपालि उत्पादनको स्वाद चाख्न पाउछन होला \ त्यो उधोगमा सबै विचारका मानिस हरुले काम पाउछन होला \ त्यसैले म त भन्छु खाउ धेरै थरि खाउ,धेरै थरि उधोग खोल, हामि धेरै नेपालि विदेश जाने अबस्था लाइ रोकिदेउ \ सुनको डल्ला बैकबाट लुट्नु भन्दा आइसक्रिमका डल्ला उधोग बाट निस्कनु धेरै राम्रो \

  16. मित्रहरु नरिशाउनु होला !यो बेला माधब नेपालको भन्दा ! माधब नेपालको राजिनामा माग्नेहरुको बिरोध गर्न उपयुक्त हुन्छ कि जस्तो लाग्छ !अनि दुई दुई ठाउमा चुनाब हारेको मान्छेको पाउ समाएर सत्ता चलाउन सिकाइ माग्नेहरुको बिरोध गर्न पर्छकी जस्तो लाग्छ ! अनि भनेको मानेन भन्दैमा देशलाई भड्कालोमा हाल्न मानेन सहमति गरेनन भन्दैमा हरुवा भन्दै तपाई हामीलाई गाइ गोरु बरा बर सझिने आदरणीय नेताजीहरुले जे भन्छन तिनीहरुको अझै पछि लाग्नु भन्दा यौटा डाइभरको पछि लाग्ने हो भने कम्तिमा आज तपाई हामी रत्नन पार्क गाडी दगुराइ रहेका हुनेथियौ ! अनि तपाई हामीलाई थाहा हुनेथियो ! सधै नेपाल बन्ध गर्नेको प्रसंशा गर्दा देश र श्रम गरिखानेलाई कति दुख हुन्छ भनेर !र मित्रहरु अब को बाट के आशा गर्नु ९७ दिन सम्ममा पनि माधब नेपालको विकल्प दिन नसक्नेहरु बाट सहमति गर्न नसक्नेहरुले दुर्गति मात्र गर्नेछन

  17. यो माओ बादी का टट्टू हरु लाइ कसै न कसै लाइ गालि नगरी भाट नपच्ने. कहिले कटवाल को सत्तो सराप गरे, कहिले राम बरण को, र केहि अघि सम्म मा. कु. ने. को. सच्चाई भाने हो भने अरु हेरी कन माकुने अलिकति नैतिकता भएको मान्छे हो. आफुले र आफ्नो पार्टी ले चुनाब हार्यो, महा सचिब पद छोडी दियो. संबिधान सभा मा ल्याउन पनि प्रचण्ड ले मरिहत्ते गरे पछी आएको हो. प्रधान मन्त्रि पनि गिरिजो ले आफो छोरी को लागि एउटा सजिलो गोटी एमाले बाट चाहिएको ले चिट्ठा मा पाएको हो (प्रचण्ड जस्तो काट्टो फुक्लाने गरि प्रधान मन्त्रि हुन लागि परेको होइन). पछी माओ बादी हरुले उछितो काटे, बहुमत हुँदा हुँदै लाउ खाओ त भनेर छोडी दियो. अनि अमेरिका मा घुम्ने मौका पनि मैले जानु उचित उन्दैन भन्दै गएन. यो साइट मा कमेन्ट गर्ने पुष्प जस्ता माओ बादी को जागीरे समर्थक बाहेक को लागि माकुने त्यति खराब मान्छे होइन.

  18. प्रधान मन्त्रि हुदै मा ice cream खानु हुन्न भन्ने के छ र? के भो त cone मा लिए सभ्य संग खाएका छन् नि/ हात ले मुछेर खाएका छैनन् क्यारे / क्या ताल ताल क मान्छे छन् यार हाम्रो देश मा/

  19. खोइ दुर्लभ दृश्य त देखिएन नि यो त सामान्य हो…

  20. माकुनेको कुरा गर्नुको कुनै औचित्य छैन । कारण, उनी त गोटीमात्र हुन् । अझ भन्न मन नलाई-नलाई भन्नुपर्दा – टट्टु ।

    • I don’t know your political affiliation nor am I interested to know. I have no soft core for MKN but a simple comment on your sentence. On what basis are your comments ??
      I think he has resigned already and is running a caretaker government for around 100 days already (honeymoon period of a caretaker government). Those who have balls are free to make a government.
      And please let me know the name of a politician who will close border with India or even speak harsh to India once got the post.
      People know the inside story.

    • पुष्प जी,

      तपाइको कमेन्ट पड्दा तपाई पनि कुनै पार्टीको गोटी , अज टट्टू भन्दा कम देखिनु हुन्न (तपाईकै भाषा प्रयोग गर्दा )… पहिले आफ्नो अनुहार ऐनामा राम्रो संग हेर्ने कि ??? जे मा पनि उही घिसा पिटा राजनीति … अलिकति अध्यन गरेर आफ्नो सोचाइको धरातल फराकिलो पर्नुहोश …. तपाईलाई दशैंको येही सुभकामना …

      • रमनजी अनि समरजी,

        म कुनै राजनीतिक धरातल भएको व्यक्ति होइन । ‘मेरो संसार’को नियिमत पाठक हुँ, र माओवादीको मुद्दाहरूमा मेरो समर्थन रहँदै आएको छ, र एकहिसाबले माओवादीबाहेक अरु कुनै पनि शक्ति, हुन त अन्य दलहरूमा पनि राम्रा मान्छेहरूको कमि छैन, बाहेक अरु कसैबाट देश र जनताको उद्धार हुन सक्दैन भन्ने मेरो दृढ मान्यता हो । यो कुरा मैले बारम्बार दोहोराउँदै आएको छु । यसैकारण मलाई माओवादीको टट्टु भन्नुहुन्छ भने सहर्ष स्वीकार गर्नुको मेरा लागि गौरवकै कुरा हो । देशलाई भड्खालोमा हाल्नेहरूको टट्टु हुनुभन्दा, देश र जनताको पक्षमा लाग्नेहरूको टट‌टु हुनु नै बेश ! कि कसो ?

        जहाँसम्म सत्तामा हुँदा भारत विरुद्ध बोलेन भन्ने कुरा छ, एकचोटि प्रचण्ड प्रम हुँदा खासगरी माओवादीले भारतीय दबदबाविरुद्ध गरेका क्रियाकलापहरू एकचोटि सर्सर्ती मनन गर्नुस् त !

        • मनन गरौ है
          १) China गएपनि भारतको डरले मेरो पहिलो औपचारिक भ्रमण त भारत नै हो भनेर कसले भनेका होलान है
          २) १९५० को सन्धि खारेज गर्छु भनेर पुस्पजी जस्ता जनतालाई झुक्याउदै आएपनि उनको भ्रमणमा खारेज भाकै हो है
          ३)सिमा अतिक्रमणको बारेमा आफु सरकारमा हुँदा बोलेको हो कि प्रतिपक्ष्यमा हुँदा सताप्रप्तिको आन्दोलन गर्दा बोलेको जनताले बिसेको छैन नि
          ४) शान्ति प्रक्रियाको निहुँमा ७ पटक भारतीय दुताबास धाउने कुन छैन नेता होला

          ल पुस्पजी मैले छैन प्रचण्ड प्रमा हुँदा भारतको दबाब बिरुद्ध के के गर्य रैछन यसो भन्दिनु हुन्छा कि ?

          • रानेजी,

            १) पहिलो, प्रचण्डजस्तो क्रान्तिकारीले समेत यस्तो भन्ने वातावरण कसरी बन्यो भन्ने कुरा मनन गर्नु आवश्यक छ । दोस्रो, यो दुवै छिमेकीलाई बराबर व्यवहार गर्ने प्रचण्डको कुटनीति हो; आखिर प्रचण्डको पहिलो भ्रमण त चीन नै हो नि !

            २) भारत भ्रमणका क्रममा असमान सन्धी सम्झौताका विषयमा कुरा उठाउने पक्का-पक्की भएको बखत गिरीजाले ‘यो सरकारको हैसियत छैन’ भनेर नेपालबाट कुर्लेको हामी सबैले देख/सुनेकै हो । विडम्बना, सर्वदलीय र सहमतीय सरकारका कारण प्रचण्डले गिरीजाको कुरा टाल्न सकेनन् ।

            ३) सरकारमा हुँदा कुटनीतिरूपमा चल्नुपर्ने भएको हुँदा कुटनीतिकरूपमै प्रचण्डले प्रयास गरेका हुन् । अरुले त खै कहाँ गरेका छन् र ? अनेक मिडियाले सीमा अतिक्रमणबारे समाचार प्रकाशन/प्रसारण गर्दासमेत लाजै पचाएर ‘होइन’ भन्छन् ।

            ४) प्रचण्ड ७ पटक दूतावास धाएको आधार के ? अनि शत्रुहरूको भेटघाट हुनु र मित्रहरूको भेटघाट एउटै हुनसक्छ ? सूद प्रचण्डकहाँ धाउनु र माकुनेको मा धाउनु एकै हो भन्नुहुन्छ भने मेरो भन्नु केही छैन ।

          • राने जी
            प्रचंद्र सात पटक दुताबाश धाए/ तर टनकपुर सन्धि गर्ने जस्तो रास्ट्र घाती कुनै काम त् गरेको छैनन् नि/ प्रचान्द्र्ले बाहेक आज सम्म भएको निर्वाचित प्रधान मन्त्रीहरुले नेपालको ठुला नदिहरु भारतलाई लुटाएको छ/ अब यो भन्नु जरुरि छैन के ती नदीहरु लुटाउने र रास्ट्र घाती सन्धि गर्ने जति सबै कांग्रेसी प्रधान मन्त्रिहरु थिए भनेर/ अब आलोचना गर्नुस तर सोचेर नेपाली माटोलाई छोयर गर्नुस गर्नुस/ राने जी, तपाईंको कुरा त् ” के गर्ने बुहारी छुन नहुने जात कि छे तर उनीले पकाएको सार्है मिठो छ” जस्तै छ/ प्रचंद्र्को लोकतन्त्रको नाराले आफ्नो पार्टीको घोसना पत्र मात्रै होयिन आफ्ना कार्यकर्ताको जिउ समेत रंगाउने तर प्रचंद्र्को आलोचना गर्ने नीति तेही छुन नहुने बुहारीले पकाएको पकवान मिठो छ भन्नेहरुको जतिकै छ/

  21. माकुने ले राजिनामा दिए त आकाश को तारो झारेर नेपाल नै झल् झल् बनौछु जस्तो गर्ने हरु प्रधानमन्त्री को उमेद्द्वारिमा हार्दा हार्दा दिक्क भएर आखिर उमेद्द्वारिनै फिर्ता लिए लाज नभाका नकचरा नेताहरु आफु आफु मै लडिरहेका बेला बिचरा माकुनेलाई आफ्नो काम चालु सरकार कति दिन टिक्ने हो भन्ने पिर ले खल खल पसिना आको बेला आइसक्रिम उद्योगले उदघाटन गर्न लगाएर आइसक्रिम खादा मन एकछिन को लागि भए पनि सितल भयो होला धिक्कार छ मनामोजी नेता धिक्कार छ जे भएपनि सहेर टुलु टुलु हेरिरहने हामी जनता

    • मित्र प्रेम,
      तपाईं लाई मेरो तर्क मन परेन केहि छैन | तर एक पटक कुनै पार्टीको विचारधारा समाएर हैन, केवल एक साधारण नेपाली भएर सोच्नु होला – मेरो कथन सत्य पाउनु हुनेछ | प्रचण्ड नेपाल का लागि ग्रहण हुन्, सर्वबिदितै छ | बाबुराम नेपाल का लागि डेंग क्षिआओपिन्ग बन्न सक्छन | चीनलाई माओले भडखालो मा हाले, देंगले उद्धार गरे र चीनको अवस्था हाम्रो अगाडी छ नै | बाबुराम नेपालका लागि माओवादी त्याग्नै पर्छ र नेपाली देंग बन्नै पर्छ |

  22. जसले जे चुसे पनि बर्बाद त हामी जनता नै हुन्छोउ नि हैन र ? मित्र हरु यंहा कमेन्ट लेखनु भन्दा पनि हामी जनता ले अवाज उठाउदा चै राम्रो हुन्थियो कि?

  23. “शक्तिशालीको दाश बन्न तयार हुने र निरिहको खोइरो खन्न एक मत हुने..!” दन्दनी बलेको आगो ताप्ने दौडने, मधुरो आगोमा सुची गर्न पछी नपर्ने हामी नेपालीको बानीको पनि सुधार हुनु जरुरि छ !
    बन्धु, यो माकुने त मलाइ गर्न दिएनौ, लौ देस चलाउ भनेर छोडी सकेको प्राणी हो…येसैको पछाडी किन ?

  24. प्रधानमन्त्री बाट राजिनामा दिनुपरेको पिरले कति पेट पोलेको होला बिचारा माकुनेलाई आइसक्रिम खाएर सितल बनाउनलाई गएका होलान नि !मकुनेले त आइसक्रिम खाएर शान्त पारे, बिचरा अरु हरुवाहरुलाई कति पेट पोलेको होला ? न प्रधानमन्त्री हुन पाए ,करायो करायो दक्षिणा हरायो भने झैं भयो ,पत्रकार भाई माकुनेको मात्र के कुरा गर्नु तपाई आफुले पनि त कोननै चाट्नु भयो होलानी ?माकुनेलाई अहिले चाही आनन्द छ बा !राजिनामा दे भनेर कराको सुन्नु नि नपर्ने काम गरेन भन्न नि नपाउने कसैले बिन्दास पो भयो त ! राजिनामा त बरदान नै भयो माकुनेलाई ,खप्परमा त लिएर आकै हो ,

  25. खपर मा लिएरै अको रै६ icecream पनि प्रधान मन्त्रि हुन पायो पेट भित्र गएर हि हि हि

  26. धेरैमा एउटा शुभकामना कार्ड पठाइदिएको भए हुने माधवजीले | यो झिनामसिना उद्योग, बन्द-ब्यबसायमा जान अल्ली सुहाएन | ठुलो जिम्मेवारी बोक्नु पर्ने मान्छेले जसले बोलायो त्यसको पछिपछि दौडन भएन माधवजी |

    आइसक्रिम खाएकोमा मेरो टाउको दुखाइ चाहिं होइन है | खानुस, जत्ति खान मन छ खानुस | अब हेर त दुनियाले तपाईको फोटो छापेको – कति अर्थपूर्ण छ यो फोटो | मतलब तपाइँ – देशको एउटा निकम्मा प्रधानमन्त्रि याने कि ‘माधवकुमार नेपाल’ | यही होइन त |

    पर्खनुहोस माधवजी, अब नेपालमा र बिशेष गरी काठमाडौँ उपत्यकामा – के बच्चा के बुढा, के महिला के पुरुष सबैलाई अत्यन्त आबस्यक भएको कुरो हो ‘सार्बजनिक शौचालय’ | यो तुरुन्त चाहिएको छ | अब माधवजीले ‘सार्बजनिक शौचालय’ बन्यो भने त्यसको उद्घाटनपश्चात ‘मुत्र बिसर्जन’ गरेको तस्बिर छपाउनमा मद्दत गर्नुहुन्छ भन्ने कुरो यो ‘खुर्पेटो’लाई पूर्ण विश्वास छ | त्यो बरु यहाँबाट गतिलो कार्यको उद्घाटन हुन जान्थ्यो |

    माधवजी, यो हिमराजको कुरो नीचो र अगतिलो लागे हिमराज खुर्पेटो यसै बखत ‘क्ष्यमा’ चाहन्छ | नारिसाउनुस है |

    अस्तु |
    हिमराज खुर्पेटो

  27. माकुनेले देशै भारतलाई चुसाई सके बिचार उसले त आईसकि्र चुसेका न हुन । उनी त केटाकेटी नै छन । मनमोहनले बोकेको फोटो हेर्नु भएन । उनलाई सबैले धन्यबाद दिनु पर्दछ । ३९१ मत ल्याउने आफ्नै पार्टी अध्याक्षयलाई प्रधानमन्त्रि हुन नदिएर रामचन्द्र दिनु पर्ने भारतको निर्देशन पालना गर्न ९७ दिन काम चलाउ भएर बसे । अब राष्ट्रपति शासन लागउनका लागी बाँकी ३ महिना बस्ने छन । तीन महिनासम्म रामचन्द्रले छाड्नु हुदैन भन्ने ठुलदाईको इशारा छ रे । सरल तरिकाले बाटो लाग्ने अनमिन, सहमति हुन नदिने काग्रेश, घर ज्वाई बनेर काम चलाउ हुने माकुने, एक्लै चुनाब लडिरहने रामचन्द्र, यूद्धको तयारी गर्ने छत्रमान, कानुनी परामर्श लिने राम बरण मओवादीहरुका पुराना मुदा खोजेर सर्बस्व हरणको पैसला गर्ने अदालत रिसिबी साँध्न पुलिस लगाएर माओवदी कार्यकर्ता गिरफ्तार गर्ने भिम रावल र नक्कली बिद्याबारिधी किन्ने बिजय गच्छेदार तथा केपी ओली यो सब संयोगमात्र हैन । राष्ट्रिय खतराको संकेत हो । सके अब हामी सिकिम हुने छौ । नसके भुटान भने पक्का त्यसपछि कर्मचारीको ६० प्रतिशत तलब बढ्ने छ । ब्यपारीको ३५गुणले बजार बिस्तार हुने छ । पत्रकारको ३५ गुनाले पाठक बढ्ने छन । बधाई छ हामी भाग्यमानि नेपालीलाई ।

    • सबैले अलि अलि अनुमान गर्न थाले हुन्छ देशको लेन्डुप को हुने हुन् | माधव कुमार, केपी शर्मा ओली, पुष्पकमल दाहाल, रामचन्द्र पौडेल, झलनाथ खनाल बाटै एक जना हुने छन् हेर्नुस न !!!!

  28. राजनीतिमा लागेका यी भ्रष्ट मन्त्री, नेता, कार्यकर्ता, भ्रष्ट उच्चपदस्थ हाकिमहरु, दलाल, तस्करी, कालाबजारी, वकिल, ढोंगी समाजसेवी आदि सबै राजनीतिको आडमा देशको ढुकुटी अनि जनतालाई यस्तै गरि आइसक्रिम चुसे जस्तै चुस्न पाईन्छ भनेर सबै पार्टीहरु तंछाड मछाड गरिरहेका छन् / यिनीहरुलाई देश र जनताको सेवा गर्ने, देशको विकास गर्ने भाबनासम्म पनि पटक्कै हुँदैन /

    नेपालमा करोडौं जनता मुखमा माड लगाउन नपाएर छटपटाइ रहेका जनतालाई चुसेर हिजोसम्म खोले खाएर बसेका यिनीहरु आज लखपति करोडपति भैसकेका छन् / यिनीहरु एकजनाको कमाईले स्वास्नी छोराछोरीहरुलाई सुनको गहनाले धपक्कै पारेर राखेका छन् भने धेरैजसो यिनीहरु कै छोराछोरीहरु त हुन् नि राम्रो स्कुल कलेज, युरोप अमेरिका पढ्न जाने / हामी सर्बसाधारण जनता लोग्ने स्वास्नी छोराछोरी सबै मिलेर कमाएर ल्याए पनि घर खर्च धान्न धौ धौ हुन्छ /

  29. हाम्रा देश का प्रधानमंत्री हरुले के मात्र चुसेनन ? कुनै ले सानेबानी चुसे ,कसैले मेलाम्ची चुसे ,कसैले जाबो आइसक्रीम चुस्दैछान| तर जतिपनी प्रधानमंत्री भये सबैले जनताको रगत चाही चुसेकै हो |

  30. यो समाचार त खराब मनस्थिति को उपज जस्तो लग्यो . आफ्नो देशको मान्छे ले संचालन मा ल्याउन खोजेको उधोगको उदघाटन प्रधान मन्त्रि ले गर्नु त अत्यन्त राम्रो कुरा पो हो . बराक ओबामा ले सानो होटेल मा खान खादा चाही राम्रो लेख्ने. सानो उधोग लाइ सहयोग गरेको भन्ने तर नेपाल को प्रधान मन्त्रि ले आइसक्रिम खादा चाही नराम्रो समाचार भन्ने योकस्तो बिडम्बना हो उमेश जी मलाई बुझाई दिनु पर्यो ?

  31. सारै राम्रो काम गरेछन यिनले | आफ्नो हैसिएत को काम यहिनै हो | अब ठुला ठुला काम गर्न त बुद्धि बिबेक अनि योजना चाहियो र त्यो सबै पनि छन् होला तर यी नाथे नेपाली को लागि किन गर्ने, गर्न परे आफ्नै भारत माता को लागि गरिन्छ भनेर सोच्दै होलान- – – – – – – – – – कि कसो नेता ज्यु |

    • Kripal जी, फोटो त अपलोड गर्नु भो तर यो सोच्नु भएन nepali कुन स्थानमा परे ? के तपाई यो bichar गर्न भएन ?

  32. देसको लागी ऊल्लेखेनीय काम गर्न ता दिमाग र निश्चित योजना आबस्यक हुंछा. अबा केही नाभय पछि यो बाहेक प्रधानमंत्री को काम नै क हुंछा ता?

    • हाम्रो देश को नेताहरु चाट्नु, अरुको रगत र पसिना चुस्न, ठग्नु मा एकदमै सिपलुछ, इनिहरुला एस्तो काम बाहेक अरु केहि गरुन आएपोत! देश बिकाश गर्ने, जनता लै सुख दिने भनेको, इनिहरुले न सपना देक्छ नत कल्पना गर्छ / कुनै दिन यो माकुनेलै कुनै रेस्तुरांत को उत्घाटन मा डाडु चताउनु बोलाए, लाजपचाएर पनि जाने खालको नेता हो / हिजो आइस क्रिम चाट्यो अर्को हप्ता क चाट्ने होला ?

  33. यो icecream खाएको कुरा लै येत्री किन बनाएको होला….फेरी माकुने त मलाई अरु वन्द त राम्रो लाग्छ…..सबै बाँदर भए मुलुक मा …बिचरा माकुने लै अरुले …केहि गर्न दिदैनन…बरु काम चलाउ प्रधान मन्त्रि भएर काम चलाउ काम गर्य जस्तो छ…

  34. मिठो छ है अजब को आइस क्रिम……?
    कस्तो मज्जाले खाएको नि …..
    अया……………………………………………………..

  35. यो corrupt नेता हरु लाई त poison company को उद्घाटन गर्न लगाउनु पर्ने,

    • केहि फरक पर्दैन १ किलो सम्म त् साइनाइड पनि पचाई दिन्छन

  36. प्रधानमन्त्रीले आइसक्रिम खानु कुनै ठुलो कुरा भएन / तपाईंहामीले खान हुने अरु कसैले खान किन नहुने? तर मलाई खट्केको कुरा दुइटा छ/ एक प्रधानमन्त्री कुनै एउटा ब्यापारीको आइसक्रिम फ्याक्ट्री उद्घाटन गर्न जान मिल्छ कि मिल्दैन, नेपाल मा कम्तिमा सय भन्दा बढी आइसक्रिम फ्याक्ट्री होलान, तर कुन कुन आइसक्रिम अहिलेसम्म प्रधानमन्त्रिले उद्घाटन गरेका छन्? नाग्लो समुहको भन्ने बित्तिकै प्रधानमन्त्री हाम फालेर गैहल्नुपरने? आइसक्रिम फ्याक्ट्री खुल्नु नराम्रो नहोला, तर ठुलो माछाले सानो माछालाई खान्छ नि हैन र? ठुलो आइसक्रिम फ्याक्ट्री खोले पछी ससाना सयौं आइसक्रिम फ्याक्ट्री त बन्द होलान, अनि ति फ्याक्ट्रीबाट गुजारा गर्ने हजारौं मजदुर त बेरोजगार होलान नि, यस तर्फ पनि घ्यान पुर्याउने हो कि?

    दोस्रो, कामचलाउ प्रधानमन्त्री बेकामे भएका हुन् त, जाबो आइसक्रिम फ्याक्ट्री उद्घाटन गर्न जनालाई, अब बुटिक र सैलुन उद्घाटन गरेको खबर सुन्नु नपरोस, पी एम ले!!??

  37. कांग्रेस ले देशको ढुकुटी चुस्यो, माओबादीले सर्बसाधरंको रगत चुस्यो त माकुने v. एमालेले इआस्क्रिम चुस्यो त के नै नौलो कुरा भोर ? फेरी राजा ज्ञानेन्द्रलाई छल खेल गर्न लग्यो भनेर दोष थुपार्दै अझ कति चुस्ने हुन् यी फटाहरुले ??? इनिहरुलाई त अब A.T.M. को मात्रै आबस्यकता छ, त्येस पछी धित मर्छ यिनीहरुको…..अनि सबै ठिक हुन्छ !

    • तपैले सहि भन्नु भो किसनजी नेपालको इतिहासमा राजपरिवारमात्र सबैभन्दा भ्रस्टाचार नगर्ने, देशलाई राम्रै राम्रो गर्ने, देशको विकास गर्ने र देश नचुस्ने मा पर्छन!!! अज पारस र ज्ञान बहादुर त बेस्ट अफ द बेस्ट हो क्यारे?!!!

  38. म पनि माडूवा खैनीको कुटीर उद्द्योग खोले बिचार गर्दै छु र उद्घाटनको निमित्त ,,,,,,,,,/ सालोक्य जी camera लिएर आउनु होला है /

  39. खायो तनी खायो /त्यो केक खान भनेर देको होइन र ?यसको लागि गिजज्यानु फेरी किन ??????????????????यसमा टाउको दुखाउने ठामै देख्दिन मा त /

  40. अरु त थाह छैन, अझै पनि माकुने प्रचंडे, देउबा, र झल्लु भन्दा त बेस नै …ज्जल्लु त गिरिजा भन्दा नि फटाहा रहेछ.

  41. खैरा जुँगा मुनिको मुखले आइसक्रिम खाय खाओस लिपिस्टिक लाय लाओस नेपाली जनता लाई केहि टाउको दुखाई छैन !! बिना स्वादै !!!

  42. सामान्य ज्ञान २०१० को संस्करण मा नया ज्ञान थपियो है भाई हो नेपालको इतिहासमा सर्बप्रथम आइसक्रिम चाट्ने पर्धान्मंत्री को हुन् ? नबिर्स है आउछ !!
    खरदारको जाँचमा !!!!!!!!!

  43. हो रहेछ त तस्बिर हेर्दा त माधवले नेपालको बिकट तिर सिटामोल नपायर मर्ने हरुलाई गिजाया जस्तो छ

  44. माधव नेपालले राजिनामा दिने बितिक्कै नेपाल मा स्वर्ण युग को अवतरण हुन्छ भन्ने माओवादी हरुले देश संग माफी माग्नु पर्छ | देशलाई अहिले अनिश्चितताको बन्दि बनाउने माओवादी नै हो | आखिर मा माधव नेपाल नै सहि ठहरिए |

    म त भन्छु बाबुराम भट्टराईले अर्को पार्टी खोल्नु पर्यो | तब मात्र आश गर्न सकिन्छ कि | माओवादीको गोरु बुद्धि ले देश डुबायो |

    • ……दुत ज्यू

      सूदका नेपाली दुत हरुले तपाइले भनेको जस्तो कहाँ त्यो ‘स्वर्ण युग’ आउन दिन्छन र…!!(यद्धपी स्वर्ण युग नै आउँछ भनी कहिँ कतै भनेको थाहा छैन, यो पनि …दुत हरुले बढाई-चढाई गरेर लेखेका हुन्!). माकुने जादैमा आउँन कुरो पनि होइन/ एउटा छेकबार हट्ने सम्मको कुरो थियो/
      यस्ता …..दुत हरुमध्ये कतिलाइ सूद महामहिमले तलबमा राखेर काम अर्हौछन, कति ले अन्जानमा, फोकड़मा गरि राखेका हुन्छन/ उनीहरुको रकमी भाषा र देशद्रोहको गन्धबाट यो करतूत ह्वास्स गन्हाई हाल्छ, छोपेर छोपिदो रहेनछ !
      हाम्रा यी …दुत जी का अघिल्ला अङ्कका समेत गरी १२/१५ ओटा जती कमेन्ट एकसाथ राखेर हेर्यो भने यस्तै गन्हाउछ ! mysansaar का कुख्यात इन्डियन समर्थकहरुलाइ त् बास्नै आउदो हो!
      आ-आफ्नो सुघ्ने नाक न हो!!!

    • ……दुत ज्यू

      सूदका नेपाली दुत हरुले तपाइले भनेको जस्तो कहाँ त्यो ‘स्वर्ण युग’ आउन दिन्छन र…!!(यद्धपी स्वर्ण युग नै आउँछ भनी कहिँ कतै भनेको थाहा छैन, यो पनि …दुत हरुले बढाई-चढाई गरेर लेखेका हुन्!). माकुने जादैमा आउँन कुरो पनि होइन/ एउटा छेकबार हट्ने सम्मको कुरो थियो त्यो….त्यो पनि हुन दिएनन…आखिर…!!!
      यस्ता …..दुत हरुमध्ये कतिलाइ सूद महामहिमले तलबमा राखेर काम अर्हौछन, कति ले अन्जानमा, फोकड़मा गरि राखेका हुन्छन/ उनीहरुको रकमी भाषा र देशद्रोहको गन्धबाट यो करतूत ह्वास्स गन्हाई हाल्छ, छोपेर छोपिदो रहेनछ !
      हाम्रा यी …दुत जी का अघिल्ला अङ्कका समेत गरी १२/१५ ओटा जती कमेन्ट एकसाथ राखेर हेर्यो भने यस्तै गन्हाउछ ! mysansaar का कुख्यात इन्डियन समर्थकहरुलाइ त् बास्नै आउदो हो!
      आ-आफ्नो सुघ्ने नाक न हो!

      • शिला जी,

        कसको तर्क कति गन्हायो, त्यो तपाईं र मैले पाएको हरियो रातो टिका बाट थाहा हुन्छ |

    • सत्यदूत
      अहिले को अबस्था देश भड्खालो माँ गए पनी जाओस तर माओबादी लाइ गलत त देखाउन पर्छ भन्ने दलाल हरु कांग्रेस एमाले र मधेशी हरु ले राकेश सूद को इशारा माँ नया सरकार बन्न नदिएको भन्ने घाम जती कै छ. के ३९१ समर्थन सहित झलनाथ ले सरकार बनाउने भयो र तेस्लाई माओबादी ले पनी समर्थन गर्ने भयो, रास्ट्रीय सहमति बन्ने भयो र माओबादी ले भनेको कुरा हुने भयो, अब बर्बाद हुने भयो भनेर माकुने ले झलनाथ को उमेदवारी फिर्ता लिएर यो गाईजात्रा देखाएको तपाई लाइ थाहा नभए पनी सबै लाइ थाहा छ.माओबादी लक्ष्य अनुसार त पहिलो चुनाव माँ नै रास्ट्रीय सहमति बन्न लागेको थियो, झलनाथ को नेतृत्व माँ सर्बदालीय सरकार बनाएर. माओबादी को राजनैतिक जित हुने भयो भनेर कांग्रेस एमाले का दलाल हरु ले राकेश सूद को इशारा माँ यो सबै गरेका हुन भनेर मैले नै किन भन्न पर्यो र, अजयप्रताप जस्ता मधेशी सभासद र रोहित ले नै भनेका छन नि भारत ले कसरी आफ्ना दलाल हरु लाइ नचाएको छ र माओबादी को नेतृत्व माँ सरकार बनाउन दिएको छैन भनेर. के तपाई सुतुर्मुर्ग हो? सहमति को लागी उमेदवारी कसले फिर्ता गर्यो र एकली को दौड़दैछ भनेर नहेरी जमिन माँ मुन्टो गाडेर बसने? को हो एकले प्रधानमंत्री को लागी दगुरेर सहमति गर्न नमानी नया संभावना को ढोका खोल्न नदिएर देश लाइ यो स्थिति माँ राख्ने? तपाई को बुझाई वा कुरा गराइएको स्तर (हूँ सक्छ तपाई ले जानी जानी नियत्बश नै एस्ता कुरा गर्नु भएको) ले त गोपाले दिने PHD को योग्य छ.

      • हैन महेश जी, त्यो पनि गर्न नसक्ने… यो पनि गर्न नसक्ने… खाली अरुलाई मात्र दोष दिने, तेसो भए माओबादी (र तेसका नेता हरु) ले किन राजनीति गर्नु पर्यो त सबै बाहिरै बाट हुन्छा भने… छोडे हुन्छा राजनीति र पशुपतिमा गएर कचौरा लिएर बसे भैहाल्यो नि. देश नै बाहिरबाट चलेको छ भने किन बाच्नु पर्यो नेपालका नेताहरु…. भन्दिनुस सबै माओबादी नेताहरुलाइ (माओबादीलाइ मात्र किन भनेको भने अहिले गर्ने आश भएको तिनै बाट हो) कि छोड्नुस राजनीति भनेर…. खाली जे कुरामा पनि अरुलाई दोष दिएको छ… आफु केहि गर्न नसक्ने अनि आरुलाई जे कुरामा पनि गालि गरेर कतै राजनीति हुन्छा? नेता भएको के का लागि हो? केहि नगर्नलाइ त थिए त उही पुराना एमाले कांग्रेशका नेताहरु…

        किन गर्नु पर्थ्यो तेत्रो बिधि जनयुद्ध… किन मर्नु पर्थ्यो बिचारा १३००० जनता (नेताहरु त कहिले मर्दा पनि मर्दैनन, नत्र किन मरेनन प्रचण्ड, बाबुराम), किन समएनन तिनीहरुले बन्दुक? किन लगाए बिचारा सर्बहारालाइ बन्दुक समाउन? कमान्डर भैखाको जनार्दनले शान्ति बार्तामा आए पछिको पहिलो कान्तिपुर टि. भी को फायर साइडको अंतर्बर्तामा भनेका थिए मैले आफैले कहिले पनि बन्दुक समाएर हानिन… सधै हान्न मात्र लगाए भनेर… अझ भन्नुस त किन मरेनन माओबादीका नेताहरु कालिकोटमा झाडापखाला लाग्दा….? कालिकोट बाट कति राजनीति गरे होलान नेताहरुले..

        मलाइ त भारत कुनै दिन पनि चाहिएको छैन र सपोर्ट गर्नु पनि परेको छैन…. भन्न त भन्नु होला मा पनि सुद कै दुत भनेर…… तर भारत को तेस्तो बिधि बिरोध गर्न सक्नेले, भारत ले धेरै हेपेको छ भन्न सक्नेले… किन भन्न सक्दैनन् लगाइदेओस् भारतले नाकाबन्दी भनेर? बन्द गर्दिनुस बोर्डेर भारत संगको… निकाल्दिनुस भारतीय दुताबास नै चाहिदैन भनेर?

        तेसैले यस्ता वाहिघात् तर्क गर्न लाइ…. जसरि हुन्छा सक्नु पर्छा माओबादीका नेताहरुले केहि गर्न…. अरुले दिएनन् भनेर पानि माथिको ओभानो बन्न मिल्छा देशका तेत्रा ठुला भाषण गर्ने र गफ दिने नेताहरुले?

    • भारतीय दुत जी
      तपाई तपाई लैआइ एउटा कुरा याद दिलाउ यो नेपली हरु को ब्लग हो कसरि तपाई यहाँ आइ पुग्नु भयो

      • मित्र प्रकाश,
        आप ने ठिक सोचा … हम भारतीय दलाल है ….. गलती से नेपालीमे लिख दिए | आप हमारे दिमागमे प्रकाश दिए – बहुत धन्यवाद | हम जना गण मन भी सिख रहे है – जल्दी सुनाएंगे आपको |

        • बल्ल ….दुत जी लाइ सुहायो! हो यसरी ‘inside-out ‘ हुनु पर्यो, किन छद्म-भेष होइन …दुत जी?

  45. खै हाम्रा नेताहरु पनि कति सस्ता भएका | देशको आर्थिक स्तरलाई बढाउन व्यापारीहरुले गरेको योगदानलाई प्रोत्साहन दिनै पर्छ तर आफ्नो पदको गरिमा र कर्तव्य बिर्सिएर नितान्त व्यक्तिगत चिनजानको आधारमा कुनै व्यापारीको आइसक्रिम पसलमा गएर उदघाटन गर्नु अलि कता-कता आफ्नो स्तर आफै गिराउनु हो जस्तो लाग्छ | नाङ्गलोले नयाँ किसिमको आइसक्रिम ल्याएर देशको सेवा गरे भन्दा बढी अरु धेरै गुमनाम समाज सेवा र जनसेवा गर्ने व्यक्तिहरु र संस्थाहरु छन् तर तिनीहरुलाई प्रधानमन्त्री त के ठूला अधिकारीहरुले समेत वास्ता गर्दैनन् बरु कसरी दुख दिन सकिन्छ भनेर कहिले गल्ति गर्छ भनि कुरेर बस्छन् |
    हुन त हाम्रा नेताहरु, अधिकारीहरु वा ठूला मानिसहरुको के कुरा गर्नु, के कांग्रेस, के एमाले , के माओवादी के राजावादी, जम्मै उस्तै हो साथीहरु | देशको दुख कसलाई भन्ने र, अब पशुपतिनाथले नै रक्षा गरुन, अरु त कसले पो सक्छ र अब!!

  46. हाम्रा नेता हरु नि कति स्वाँठ | ice cream कम्पनि को उद्घाटन गर्न इचे cream नै खै दिएछन | नेतालाई उद्घाटन गर्न बोलाउने हामी जनता पनि उस्तै |

  47. यो फोटो बिहान पत्र पत्रिकामा हेर्दा मलाई पनि अनौठो लागेको थियो| अनि यसो सोचे – कामचलाउ भनेर राखेको छ तपाईलाइ के गर्दै हुनु हुन्छ भनेर पत्रकारले सोधेको प्रश्नमा “बस्दै छु” भन्ने जवाफ बिरगंज बिमानस्थलमा दिनु भएको थियो|

    अब कसैले सोध्नु भयो भने आइसक्रिम खादै छु भन्नु होला| के गरुन त बिचरा…

  48. सित्तैमा खान पाए भने यिनिहरु अलकत्र पनी चुस्छन आइसक्रिम त standard भयो ।देश खाएर शेष पल्टेकाहरुलाइ के भन्ने?उता प्र.म बन्न नपाएर प्रचण्ड चुर भएर घोडो कोपरदै होलान मन मन यता त्यसैको हर्सोउलाषमा मा.कु.ने चुस्दै हिडिरहेका छन। चुस्नै जन्मेका त हौनि अजै चुस ।देशमा कहि कतै केहि बाँकि होला छुट्लानि “जल्दि” गर फेरि छुटलानी चुस्नलाई ।मजा मानी मानी चुस ,चुस्ने बाहेक अरु उपल्बधि गर्न जानेका भए पो गर्छौ हे गतिछाडाहरु।
    धिकारछ तिमीहरुलाई अनि जन्म दिने आमा र भार बोक्ने नेपाल आमालाई ।
    जय नेपाल !!!

  49. जे होस् बुडा रमाइलो नै छन् .खाऊ बुडा खाऊ जनता को पैसा खानु भन्दा त icecream नै खानु राम्रो नि. अरु नेता हरु लै पनि ICE CREAM खान सिकाउनु पर्छ.

  50. बिगतमा जुनसुकै पार्टीको नेता भयपनी प्रधानमन्त्री भयपछी रास्ट्रको प्रधानमंत्री हो I
    प्रतिनिधित्व आम जनताको र रास्ट्रको हीतको लागि हुनुपर्थ्यो I त्यो उद्घाटनको समयलाई राज्य र जनताको रोजी रोटि र वर्तमान राज्यको समस्याको निकासा तिर खर्चेको भए बेस हुने थियोकी ! यो कार्यक्रमले त समस्त नेपालीहरुले मुख छोप्नु पर्ने बनायो नि त कि कसो ?

  51. प्रचण्ड ले भन्या होइन -माकुनेले राजिनामा गर्ने बित्तिकै सबै समस्या समाधान हुन्छ भनेर.अहिले प्रचण्ड आफै प्रधान मन्त्रि हुन नपाएर कहिले ए.मा.ले त कहिले कांग्रेस लाइ चालमा फसाउदै छन् सहमतिको नाममा.यो माओवादी भन्ने पार्टी लाइ शान्ति बार्ता मा ल्याएर हामि सबैले ज्यादै दुख पायौं.बरु आर्मी अप्रेसन बाट उहिले नै सखाप भै सक्थे इनिहरु.र इनिहरुको असली सजाय पनि त्यहिँ हो,कैयौंको घर बर्बाद गरेर नपुगेर अहिले देसै बर्बाद गर्न तामसी रहेका छन् इनिहरु.इनिहरु लाइ रास्ट्रपति साशन लगाएर र आर्मी लगाएर सखाप पार्न पर्छ.

    • अनिल
      तिम्रा आर्मी २०५८ बात २०६२ सम्म जुम्रा मारेर बसेका थिए लुतो कन्याउदै? तिमी ले अति भर गरेका आर्मी ले माओबादी सखाप पार्न त परै जाओस आफ्नै परमाधिपति लाइ पनी जोगाउन सकेन. अब आर्मी परिचालन भयो भने तिमी पनी आउन आर्मी को हतियार बोकेर, हेरौला देश माँ गृह युद्द मच्चियो भने तिमी मात्रै कसरी सुरक्षित होऔला?

    • महेश जी,
      यो अनिल भन्ने शाही सुराकी जन-युद्द कालमा सदर-मुकाम आएर बचेको हुनुपर्छ! तेसैले अहिले शान्ती सम्झौताले दिएको बोनस जिन्दगी बिताई रहेछ, अब फेरी किन युद्ध लाइ ललकार्छ यार!
      शान्ति ले त सबै नेपाली लाइ राम्रै गरेको छ होइन र?

  52. सालोक्य जी,
    देशमा अनेकथरी जात्राहरुको फोटो अपलोड गरि सचित्र जानकारी गराउनु भएकोमा धन्यबाद दिनै पर्छ तपाईलाई, तर समाचार सम्प्रेषण गर्दा लेखाईको मात्रै हैन “बुझाई”को भाषागत त्रुटिलाई ख्याल गरेमा सुनमा सुगन्ध हुने थियो !!!

    || …. उनले त कोनै चुसिदिएछन्। आज बिहान छापिने सबै पत्रिकामा उनको आइसक्रिम खाएको फोटो …. ||

  53. छ्या! प्रधानमन्त्री भन्नु पर्याछ यस्तालाई! हे दैब!

  54. “राजीनामा दिएपछि सबै कुरा तु समाधान हुन्छ जस्तो गरेर राजीनामाबाहेक केही कुरै गर्न नचाहने कमरेडहरुलाई दह्रै झापड दिन सफल भएका छन् माधव कमरेड।”

    यो चाही सारै मन पर्यो /

  55. काम छैन बुहारी पाडोको खोई के कन्या भन्ने उखान छ नि, त्यहि हो | काम पाईनस माधब नेपाल आईसक्रिम पसलको उदघाटन गर्न जा |

  56. पुष-माघको महिनामा हुनुपर्ने थियो यो उद्घाटन, खायको २-३ घण्टा पछी निमोनिया हुनेथियो, अनि बल्ल चेत आउथ्यो , फोकटमा पायको खादाखेरी कस्तो हुदोरहेछ भनेर……

  57. यी सबैको जड माओवादीको जिद्दी सव्भाव हो. माधव नेपालको सरकारले राजिनामा दिने बित्तिकै सबै समस्याको समाधान हुन्छ, भन्नेले सरकारको राजिनामा पश्चातको स्थितिलाई पार्टीमा छलफल गर्नुपर्ने हो र यसको जिम्मेवारी सम्बन्धित पक्ष ले लिनुपर्ने हुन्छ. हाम्रो देशमा धेरै जस्तो निजामती कर्मचारीले कार्यालय समयमा घाममा बसेर बदाम खाए जस्तै यो सरकारले पनि अर्को सरकार गठन नहुन्जेल सम्म समय पास गरेको हो जस्तो लाग्छ.

  58. त्यस्तो अनुहार पारेर आइसक्रिम खायो भने त आइसक्रिम नै बिक्दैन नि
    त्यस्तो मानिसलाई पनि उद्घाटन गराउने हो त ?

    • मलैता किन हो MAKUNE देख्नुसात हास्नु मात्र आउछ ,…..

  59. हा हा हा माधव नेपाल पनि गजब कै रहिछा बा नेपाली जनता लाई सिटामोल खाने पैसा छैन तर उसलाई वने फ्री मा

  60. पाएँबेला खानै पर्यो नि, संयोग मिलेपछि हाम्रा नेताहरूलार्इ खानालार्इ के को आइतबार ? संविधान बनाउने त्यस्तै हो, प्रधानमन्त्री छनोटमा मात्र बैठक भत्ता र ट्याक्सी भाडा वापत मात्रै १९ लाख खाइसकेछन् । खानाका कालहरूले ।

  61. आफु ले खाएर जनता लाई जिस्काए जस्तो लग्यो ,मुख पनि कस्तो बिगारेर खाएको हो !!!

  62. हा हा हा ….
    अरू केहि गर्न त दिन पर्यो नि अरू पार्टीकाले अनि अाफ्नै ले पनि।।
    समय कटाउन केहि त नर्नै पर्यो नि हैन र ?? जे भएनि रमाइला छन् है बुढा …..

  63. फोकटमा पाए पछी अलकत्रा त न छोड्ने हरु लाई icecream त के बाकी राक्थे इनीहरुले.

    • अलि थपौ है
      अलकत्रा खाने मात्र होइन त्यति खाएर कुल्ला चाही मोबिलले गर्छन यिनीहरुले /

      जय होस् हामरेड माकुने को

Comments are closed.