उडायो सपना सबै हुरीले

सम्झना, साइनो र पिरती लगायतका १७ नेपाली सिनेमाका खलनायकलाई सम्झनुभएको छ? त्यो पनि नभए उडायो सपना सबै हुरीले गीत त याद होला नि। हजुर, उनै खलनायक र उनै गायक विगत दुई महिनादेखि डेँगु भाइरसले थलिएर मुम्बईस्थित निवासमा आराम गरिरहेका छन्। उनलाई भेटन पुग्दा उनी पुरानो बेडमा बसेर केही लेखिरहेका थिए। औषधि र रिपोर्टहरुको चाङ छेउमा थियो।

शम्भु प्रधानको ‘सम्झना’ या उगेन छोपेलको ‘साइनो’ फिल्मको खलनायकभन्दा मैले उनलाई चर्चित नेपाली गीत ‘उडायो सपना सबै हुरीले’ लगायतका गीतबाट चिनेको हुँ कलाकारका रुपमा। बिरामी भएपछि उनले कपाल छोट्याएका छन्, शरीर कमजोर भएको छ र आरामको समय अध्ययनमा बिताइरहेका छन। कुरान, गीता, बाइबल लगायत नेपाली, अंग्रेजी साहित्यिक पुस्तकहरुको सानोतिनो लाइब्रेरी नै छ उनी अगाडि।


सिराहाको सामान्य परिवारमा जन्मिएका मुरलीधरले आफ्ना पिताबाट संगीतको क,ख सिके र मुम्बईबाट संगीतमा बी. म्युजिक गरे। लगभग उदित नारायण र डेनी डेङजोङपा सँगैका मुरलीधर बलिउडको दौडमा उनीहरुजति कुदन नसकेपनि आफ्नो छुट्टै परिचय भएका कलाकार हुन्।

शेखर कपुरको सफल फिल्म ‘मिस्टर* इण्डिया’ मा उनले डा. फुमाञ्चुको रोल गरेका थिए भने केही अन्य हिन्दी सिनेमा मै आजाद हुँ, मासुका, शक्ति लगायतमा खलनायकको भुमिकामा देखिए। नेपाली निर्देशक प्रकाश सायमी, उगेन छोपेलदेखि पछिल्ला निर्देशक राजु पराजुलीसम्म उनले काम गरिसकेका छन्। पर्दामा प्राय नकारात्मक भूमिकामा देखिने मुरलीधर राम्रा गायक, संगीतकार र गीतकार हुन् भन्ने धेरैलाइ थाहा नहुन सक्छ। पछिल्ला दिनमा उनले केही भोजपुरी, मैथिली फिल्म निर्देशन गरेका छन्। सिनेमाका लागि कथा लेखेका छन्। नेपाली फिल्म तृष्णाको कथा पनि मुरलिधरले नै लेखेका रहेछन्। एउटै मान्छे लेखक, निर्देशक, कलाकार, गायक, संगितकर्मी, गीतकार!

उनी रेडियो नेपालका पुराना गायक हुन्। म्युजिक नेपालबाट फुलबारी, मायाको गाँठो र तृष्णा एल्बम निकालिसकेका मुरलीधरको नयाँ एल्बम ‘आँखाको भाका’ तिहारपछि बजारमा आउँदै छ।

उनले म्युजिक नेपालमा भएको एउटा घटना सुनाए- केही वर्ष अगाडि उनी म्युजिक नेपालमा कुनै गीतको रेकर्डिङमा ब्यस्त रहेछन्। त्यसैबेला गायक राजेशपायल राई आइपुगेछन् र भनेछन् ‘ दाइ मलाई तपाँइको फल्ना (चार पाँच वर्ष अगाडि नै रेडियो नेपालमा रेकर्ड भएर चर्चा पाइसकेको) गीत मन पर्‍यो, म त गाइदिन्छु है’। मुरलीधरले ख्यालख्याल ठानेछन्। तर केही महिनापछि त्यही गीत राजेशपायल राईको क्यासेटमा निस्किएछ।

मुरलीधरले लामो सास फेर्दै भने ‘हामीकहाँ ब्यवसायिक ब्यवहार’ को खाँचो छ’। उनले अर्को प्रसङगमा सुनाए, शुरुवाततिर उनले ‘काली’ नामले गीत लेख्दा रहेछन् र गीत बजारमा आएर चर्चा पाइसकेपछि धेरैले ठान्दा रहेछन् गीत कालीप्रसाद रिजालले लेखेका हुन्।

धेरै वर्षदेखि मुम्बईमा बसे पनि मुरलीधर वर्षमा केही पल्ट जन्मस्थल पुग्छन्। उनी भन्छन् ‘अफर आएसम्म नेपाली फिल्मका लागि म सँधै तयार छु तर खै किन त्यति अफर आएको छैन’ हुन पनि अहिलेका नेपाली सिनेमामा प्रायः उनै कलाकार दोहोरी-तेहरिएकामात्र देखिन्छन्। सायद मुरलीधरजस्ता कलाकारलाई फेरि नेपाली सिनेमामा भित्राउन सके दर्शकले फरक स्वाद पाउलान् कि? बिरामी भएर केही समय सुस्त भए पनि उनी दूरदर्शनमा प्रसारण हुने सिरियलको लेखन-अभिनय र केही भोजपुरी, मैथिली फिल्मको शुटिङमा लाग्नेछन् अब। उनले भने ‘छिट्टै एउटा नेपाली फिल्म निर्देशन गर्ने सोँच्दैछु’ तर उनको निर्देशन पनि राजेश हमाल र मनिषा कोइरालाले धेरै समयदेखि भन्दै आएको निर्देशनजस्तो मात्र हुनेछ या साँच्चै गर्नेछन्, समयले देखाउला।

मुरलीधरले केही वर्ष अगाडिको आफ्नो गीतको अंश सुनाए:

हाम्रो माया-प्रिती हेरी हेर्ने सबै जिब्रो टोक्दथे
धर्ति छोडौ आकाशमा मुनामदन इर्ष्या गर्दथे
बोक्सी आँखा लाग्यो कठै, आफैलाइ बियोगी बनाएँ
मायाँ साँच्चै मोह रहेछ, आफैलाइ जोगी बनाएँ
निष्ठुरीलाइ माया गरी आफैलाइ जोगी बनाएँ

उनी पराकाष्ठित प्रेमका गीत लेख्छन्। आफै संगीत भर्छन् र गाउँछन्। उनका गीत राम्रा हुँदाहुँदै पनि त्यति धेरै श्रोतासम्म पुग्न नसकेको बारे मैले सोधेँ ‘राम्रो प्रोमो र मार्केटिङको अभाव’ उनले सटिक जवाफ दिए।

कान्दिवली वेस्टस्थित निवासमा मुरलीधरले नेपाली र मैथिलिमा लेखेका तर न-गाइएका केही गीतहरु सुनेँ । बुद्दनगरको झुत्रे पसलमा पिइनेजस्तो मिठो नेपाली चिया फेरि पिइयो मुग्लानाँ। बाहिरिनै लाग्दा भाउजुले भनिन् ‘दशैमा नेपाल नगए टिका थाप्न आउनू है’ । सायद आफ्नोपन भनेको यही हो कि? म हाँस्दै निस्केँ बस समात्न मुरलीधरका शब्दहरु मष्तिष्कमा नचाउँदै:

माया साँच्चै मोह रहेछ, आफैलाइ जोगी बनाएँ
निष्ठुरीलाई माया गरी आफैलाइ जोगी बनाएँ

मुरलीधरको ‘उडायो सपना सबै हुरीले:


55 Comments

  1. नेपाली गित सुन्ने बुझ्ने सबै लाखौ लाख ( करोडौ ) नेपाली को मन मा बस्न
    सफल भएका यी रास्ट्रीय कलाकार को शिघ्र स्वास्थ्य लाभको लागि प्राथना गर्दछु
    भगवान संग .
    दाइ !
    तपाई कति केजी को हुनुहुन्छ ? ७० – ७५ एउटा अनुमान मेरो , दाइ ! भारत् या
    अन्य जुनसुकै देशमा तपाइको बहुप्रतिभालाई त्यहिँ ७०-७५ केजीको सुनको तुलनामा
    नै हेरियला , तर तपाई लाइ नेपाल र नेपालीले ७०-७५ केजीको सुनको रुपमा होइन
    रास्ट्रीय गहनाको रुपमा हेर्ने छ , तपाइँ हाम्रो देशको गहना हो दाइ .
    छिट्टै नेपाल मै फर्किनुस है दाइ .

  2. मई संसार लै धन्यवाद ,यस्तो राम्रो कलाकारको बारेमा फेरी थाहा पहुने मौका दियको मा, अर्को मिठो गित मुरलीधर देको, मुरलीधर देको स्वस्थ कामना गर्दै उहालाई नमस्कार, नमस्कार, नमस्कार

  3. मुरलीधर दाइको स्वास्थ्य लाभको कामना गरिरहदा मलाइ धरानबाट मित्र जिबन भट्टराईले टेलिफोनबाट सदबाहार नेपाली आधुनिक गीतका गीतकार आदरणीयदाइ श्री गोबिन्द कटुवालदाइको निधन भएको खबरले अत्यान्त दुखि बनायो ! गोबिन्ददाइको धेरै गीतहरुमा एक समयमा अत्यान्तै लोकप्रीय गीत { हररात मेरा निधहरुमा चिसो बताशले उडाई लान्छ बिहानी पखको मिर्मिरेमा——- ! बोलको गीत गायिका राधा मानन्धरले गाउनु भएको थियो भने संगीत गायक तथा बरिस्ट संगीतकार दीप श्रेष्ठदाइले भर्नु भएको थियो !गोबिन्द कटुवाल मिर्गौला रोगबाट पिडित हुनुहुन्थियो !एक समय { सी गो दि } नामले पुर्वाअंचलमा ठुलो चर्चा पाएको थियो !त्यो नामहरु थियो !शिव संकर थापा \ भन्छिन मेरी उनि मेरो पाइलाका गीतकार \स्वर्गीय गोबिन्द कटुवाल \ र दीप श्रेष्ठ गोबिन्द कटुवाल सुनौलो पुस्तकालय धरान १७को तर्फबाट सस्टा सम्मानबाट सम्मानित हुनुहुन्थियो !स्वर्गीय गोबिन्द कटुवाल आदरणीय दाइ दीप श्रेष्ठको मीतजियु पनि हुनुहुन्थियो !अन्तिममा आदरणीय दाइ गोबिन्द कटुवालको मिर्त आत्माले चिर सान्ति पाओश

  4. siddhartha, belgium त सार्है खत्तम मान्छे रहेछ . कलाकार भनेको कलाकार हो, एउटा गहना हो . उनको कला अनि उनको मेहेनत तपाइले बेल्जियममा कमाको पैसा भन्दा धेरै महँगो छ . यति कुरा नभुल्नुस .

  5. मुरली दाई नेपाल फर्किनु होस | अब यहाँ धेरै परिवर्तन भै सकेको छ, पहिला जस्तो छैन | यतै नाम दाम कमाउन सकिन्छ अब, किन बस्ने अर्काको देश |

  6. म वहाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु /

  7. To me he is a true versatile character which many people lack. Acting,music,singing,directorials,writing and so much more in one human being, oh my god its amazing. He is truly a versitile talented character every Nepalese will be proud of. I pray for his speedy recovery and wish him luck for all his forthcoming projects and thank him for his enourmous contribution to Nepalese music, film industry and his love to Nepal. We are proud of you Muralidhar Ji, get well soon and continue your good works. God bless you.

  8. सिघ्र स्वास्थ्यलाभको कामना अनि २०६७ सालको बिजया दशमीको सुभकामना ! मुरली दाइ सच्चाई नै चाकरी र चाप्लुसी गर्न नजान्ने माचे हुनु हुन्छ / किन कि वहा संग मैले मेरो फिल्म मालती मा खेल्न को लागि अनुरोध गरेको थिए पहिला अर्कै लग्थियो तर तर संगै कम गर्दा थाहा पाए वहा सारै नै राम्रो मान्छे हुनु हुन्छ / वहा मा देरै कुरा को प्रतिभा छ / वहा मेरो नगेर मा एक दमै सम्मानित हुनु हुन्छ तर नेपाल र नेपाली अनि नेपाली फिल्म छेत्र ले वहा लाइ छिन्न सकेन /

  9. I am really surprised to see his condition. It’s true that he not hunger of money rather than his epic music, songs and his great commitment to Nepali culture and art. I see him as a true role model for Nepali music.

  10. मुरलीधर एक परिस्कृत कलाकार हुन् कुनै संखा छैन …सायद २०४३ – ४४ साल तिर होला उनको फुलबारी एल्बम किनेको थिए , सबै गीत उत्क्रिस्त छन् , तेस्मापनी “त्यो नजरको बयान म गरु कसोरी ” र ” यौबनका रहरहरु कर्कलोको पानी ” अति मिठो गीतलहरु ( मुरली जी गजल लाई नेपालीमा गीतल = गीत + लय : भन्छन ) हुन् …

    एउटा अन्तर्वार्तामा मुरली जीले बताए अनुसार उदित नारायण , मुरलीधर र सम्भु प्रधान bombay मा एउतै कोठामा बस्थे रे … आफु चापलुसी नगर्ने स्वोभावको भएर पछि परेको उनको कथन थीयो ..इस्मरण रहोश उनले BR Chopra को महाभारत tele serial मा पनि राम्रै रोल पाएका थिए ,सुरुको केहि episode मा मुरली एक ऋषिको रूपमा देखिन् छन् जसको पुरै serial भरि रोल छ .. किस्मत खराब तेही बेला उनले समय दिन सकेनन रोल अर्कैले पड्कायो …

    correction :
    (शेखर कपुरको सफल फिल्म ‘मदर इण्डिया’ मा उनले डा. फुमाञ्चुको रोल गरेका थिए ) – त्यो फिल्म ” मिस्टर इंडिया” हो …

    अन्तमा उनको सिघ्र स्वस्थ लाभको कामना ..

  11. मनको भित्री भागसम्म छोयो यो लेखले मुरलिधर ले भोग्नु परेको उतार चडाब अनी वहाँको मिजासी स्वभावले कसको मन छुदैन होला।

  12. मुरली धर दाई को शिघ्र सुस्वास्थ्य को कामना गर्दछु . दाई को गीत हरु सुन्न नपाएको पनि धेरै भएको थियो र दाई बिस्तारै विस्मृति तीर जाँदै हुनुहुन्थ्यो . धन्यवाद माइ सन्सार हामीलाई मुरली दाई को खबर दिनुभएको मा अनि दाई को अझ राम्रा गीत हरु को आशा गर्दछु

  13. मुरलिधर्ले महाभारत मा पनि खेल्नुभएको छ. सिघ्र स्वास्थ्यलाभको कामना गर्दै २०६७ सालको बिजया दशमीको सुभकामना. फेरी पनि तपाई को राम्रा गीतहरु सुन्न पाऊ.

  14. बास्तव मै उनले भने जस्तो नेपाल का हरेक ठाउँ मा व्यवसायिकता को कमि छ…. उनि जस्ता कलाकार लाई अब नेपाल मै बाच्न सक्ने बातावरण को श्रीजना होस् | मुरलीधर लाई शिघ्र स्वाश्थ्य लाभ को कामना |

  15. कलाकार भनेका देसका गहना हुन् ,कलाकारिताले देस बिकासमा ठुलो भूमिका निभायको हुन्छ,जुन कलाकारले स्वदेस मा नै (नेपाल )बसेर कठिन परिस्थिति को सामना गरेर भय पनि कलाकारितालाई निरन्तरता दिन्छ उ यौटा महान कलाकार हो ,तर अमेरिका लगायत अरु कुनै देसमा गयर जुठो भाडा माज्ने कलाकारलाई केको कलाकार भन्नु? जहाँ सम्म मुरलिधरको कुरा छ उहाको सु स्वस्थ कामना छ

  16. मुरली धरजी को स्वास्थ्य शीग्र लाभ होस् उनका स्वोपना हरु साकार होओस, हुरीले उडाउन नसकोस | विजया दशमी २०६७ ले मुरली धर लगायत सम्पूर्ण देश विदेश मा रहेका मानब प्राणी हरुमा सुस्वास्थ्य , हर्ष उल्लास ,सुख :शान्ति र सम्रिधि छावोस ( ब्रम्हा करोतु धिर्घयु बिष्णु क्रोतु संपद ,हरो हर पापानी गात्राम रक्षतु चण्डिका ) यही मेरो शुभ कामना |

  17. सिध्र स्वास्थ्य को कामना गर्दछु | धेरै सोची बस्थें संगीतकार, गायक र खलनायक मुरलीधर ज्यु कहाँ जानु भयो होला भनेर समाचार पाएकोमा खुसि तर दु:ख लाग्यो | क्रमस…………………अर्को भागमा – ” जुन फूल रोजे पनि उस्तै उस्तै हुन्छ…… अरु धेरै गीत मर्म स्पर्स ……………………………….

  18. म मुरलीधरको फ्यान नभएपनि सबै कलाकारहरुलाई जसतै उहाको आदर र सम्मान गर्दछु. कलाकारहरु बिरामी भएको खबर सुन्दा दुख लाग्छा स्वास्थलाभको सुवाकमाना,

  19. “कर्कट राशी हुन् म चाल अलि टेड़ो छ” यो मेरो नेपाली movie हरु मध्ये सब भन्दा बढी मन पर्ने थेगो हो जुन मुरलीधर ज्युको सम्पति movie मा खलनायेक हुदाको संबाद हो र उहा को गीत हरु कर्ण प्रिये छन्! म उहाको सिघ्र स्वस्थ लाभ को कामना गर्दछु साथै देवी माता ले सदै उहा को रछ्या गरुन दशैं को येही छ सुभकामना

  20. मलाई थाहा छ सबै जना ले मलाई रातो हात तल गर्छन मुरलीधर को स्वास्थ ठिक होस् एउटा मानब को नाता ले तर कसम बहुत घटिया कलाकार हो उ

  21. मुरली धर दाई सिघ्र सु स्वास्थ्य को कामना गर्दछु |

  22. जसको लागि सारा जग छोडिदिय….. उनले नै गायको हो कि ? रेडियो नेपाल मा निक्कै नै बजेको सुन्थे !

  23. यो गीत सुनेपछि पो थाहा भयो को हो मुरलीधर, मलाई अति मन पर्ने गीत मध्ये एक यो हो. wish you all the best

  24. सिघ्र स्वास्थ्यलाभको कामना ! धन्येबाद sattalite जी लाइ पनि हामि संग हराउदै गएका मुरलीधर लाइ फेरी सम्पर्क गराइदिनु भो ! ओहो कहाँ बिर्सन सकिन्छ ति कालजई मुरलिका गीतहरुलाई ? एकान्तमा गुनगुनाउदै हिड्न मन लाग्छ सधै | बहुपर्तिभा साली कलाकार हुन् यिनी तर देसै छोडेको मा भने चिन्ता छ |

  25. हामिसधै छिमेकी राष्ट भारत भन्ने बितिकै नाक खुम्चैयाउछौ ! धेरै कारणहरु मध्य एउटा राजनैतिक नै पहिलो हुनपर्छ !त्यस बाहेक अन्य सम्बन्धको हकमा कुरा गर्ने हो भने !लाग्छ हामि बीच अर्को कुनै कारण नै छैन !त्यसैको प्रतिफल हो ! उदित नारायना र मुरलीधर अझ खोजिगर्दै जाने होभने ! हामि भारतको भारतीय गोर्खा सैनिक देखि बिभिन्न स्थानमा नेपालीहरु बिसिस्ट स्थानमा पुग्न सफल भएको पाउन सकिन्छ !कुरा कलाकारको भएकोले संगीतको भाषा हुदैन ! कलाकारलाइ कुनै भूगोलले छेक्दैन !मुरलीधर बिरामी भएको खबरले हामि सबै नेपालीलाई दुखि बनाएकोछ !हामि सबैले उनको स्वस्थ लाभको कामना गरौ

  26. कलाकार धेरै छन् नेपालमा तर म मुरलीधर जी लै टप टेन भित्रै सदाबहार देख्छु ! उनको स्वस्थ जीवनको सिध्र कामना !!!!!!

  27. भगवान ले छिटै तपाइलाई निरोगता प्रदान गरुन …. सिघ्र स्वस्थ लाव को कामना …

  28. उहा अस्वस्थ भएको खबरले मलाई दुखित बनायो|उहाको गीत संगीतले सबै स्रोता तथा सङ्गीतप्रेमीहरुको मन छुने गर्दछ |उहाको सिघ्र स्वस्थ लाभको कामना गर्दछु
    उहा जस्तो होनोहार कलाकारको स्वस्थ सम्बन्धि सबैको ध्यान जानु पर्ने आजको आवस्यकत हो | |

  29. भाग्यको खेल र मान्छेको जिन्दगी पनि कति अचम्मको हुन्छ।जस्ले जिन्दगी भर कठोर संघर्ष गरे उनले खासै ठूलो उपलब्धी हाँसिल गर्न सकेनन।मुरलीधर सार्‍है कलावान र निस्ठावान मान्छे हुन् तर उनले कहिल्यै पनि आफू अघि बड्ने आफ्नो कैरिएर बनाउने नाँउमा कसैको पाऊ समात्न कसैलाई ढोगन जानेनन।त्यसैले उनि जहिले पनि पछिको पछिनै रहे।मुम्बैमा आफूले सहयोग गरेका उदित नारायण कहाँबाट कहाँ पुगे तर उनि आफै जहाँको त्यहि रहे।उदित करोडपति बन्दा मुरलीधरलाई आफ्नो जीबन धान्न पनि धौधौ भएको छ।म उहाँको शिघ्र स्वाथ्थ लाभको कामना गर्दछु।

  30. शेखर कपुर को फिल्म मदर इंडिया होइन मिस्टर इंडिया हो |

  31. सिघ्र स्वस्थे लाभको कामना मुरलीधर दाइलाई/
    मैले उहाको गीत “निष्ठुरीलाइ माया गरी आफैलाइ जोगी बनाएँ” भन्ने बोलको गीत youtube मा र अन्य online Site मा खोजेको बर्सौ भैसक्यो/

    सालोक्य जी ले या कसैले mysansar मा या Youtube up load गरिदिय सारैनै खुशी तथा बर्सौ देखि सुन्ने इक्छा पुरा हुने थियो/यदि , youtube मा छ भन्ने कसैलाई थाहा छ भन्ने के बोल बाट छ त्यो भनिदिय सारैनै खुसि लाग्थ्यो / किनकि , मैले यो गीत ४, ५ बर्ष देखि खोजेको छु तर भेटेको छैन/

  32. है साथी तपाई हरुलाई थाहा छ . मैसंसर ले हाम्रो आखामा छारो हाल्दै छ.पहिला राम्रो र निश्पच्या लेख हुनेथियो अहिले हेर्नुस त .अपडेट पनि गर्दैन जेपयो तेही लेख्छ.हामीलाई त दैनिक को कुरा के भाको छ देसमा तेयो पो चाहियो तर आजभोली तेस्तो छैन उसको मनलाग्दी छ .
    सधै निदको बेलामा लेखेको जस्तो तापैहरुलाई कस्तो लाग्छ मेरो कुरा सायद मैसंसर हेर्ने पाठक लै थाहा छ नै .उ आफै लेख्ने लै नै थाहा होला.
    कति अल्छी गरेको छ मत साहना नसकेर लेखेको हु .कसैलाई अफ्तारो परेमा सरि ल .

    • dude its a blog. not a news site.
      there are many news site if u want to know about current affairs in nepal.
      so stop complaining….

  33. २०६७ को बिजय दशमीले सुख शान्ति ल्याओस I शिघ्र स्वास्थ्य लाभ होस् I नेपाली संगीतका सीतारा मुरलीधरलाई मेरो र्हिदय देखिको शुभकामना I

  34. मुरलीधर राम्रो कलाकार हुनुहुन्छ | म उहाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु |

  35. मेरो फेवरेट चाहि ‘त्यो नजर को बयान मा गरु कसरि ‘ हो.

  36. म मुरलीधर को फ्यान हु तर जस्तो भए पनि विदेश जानु नहुने. गए पनि त्यहिँ बस्न नहुने. उदित वा मनीषाको जस्तो सफलता पाएर बसे बेग्लै कुरो नत्र हाम्रो देशमा केहि पनि नभएको त हैन. धेरै गायक ले नेपाल मा पनि नाम र दाम दुवै कमाएका छन्. वहा जस्तो मान्छेले नेपालमै बसिराखेको भए धेरै मौका र सम्पति कमाउने चान्स थियो.

  37. मुरलीधर दाईको म एकदमै शुभचिन्तक हुँ. उहाँ को हरेक गीत हरु मलाई मन पर्छ ,अहिले अस्वस्थ भएको खबर सुन्दा सारै दुख लग्यो .उहाँ को सिघ्र स्वस्थ्य को कामना गर्दछु .उहा का हरेक गीत हरु सदाबहार छन ,तर बजार मा सजिलै पाउन सकिन्दैन, नेपाल को सङ्गीत मा उहाको देन अविस्मरनिया छ .

  38. म पनि मुरलीधर को धेरै फ्यान हो र उहाको गीत र अच्टिंग धेरै मन पर्छा ! उहाको शीग्र स्वाथ्य को कामना गर्दै अब आउने दिनमा राम्रा राम्रा अवसर को अपेक्छ्या गर्दै नेपाली सङ्गीत छेत्रमा सहयोग गर्नु हुनेछ

  39. शिघ्र स्वास्थ्यलाभको कामना दाई साथै तपाइँका प्रत्येक पाइलाले सफलताको सिढी चढुन ,शुभ विजया दशमी २०६७ .

  40. म पनि मुरलिधर को ठुलो फ्यान हुँ । मैले धेरै समय लगायर उनका गितहरु बजारमा खोजेँ (नेपाल आयको बेला), तर पाउन सकिन । उनका गितहरु चाहेर पनि स्रोताहरुले बजारमा नपाउने स्थिती छ नेपालमा । धेरै ठाउँमा सोधेपछी मात्र मैले उनको त्यो उडायो सपना सबै हुरिले र घर त मेरो खरले छाहेको भन्ने गित पाउन सफल भयँ ।

    के गर्ने, आफ्नो मान्छे नभै केहि नहुने भयकोले गर्दा नै यो देशमा मुरलिधर जस्ताका गितहरु हराउँछन भने, कोमल ओलिजस्ताका गितहरु निकै लोकप्रिय हुन्छन । हुनत मुरलिधरका गितहरु बुझ्न सतहबाट गहिराईमा जानु पर्ने भयकोले गर्दा पनि होला नेपालमा मार्मिक गित भन्दा हावादारी गित हरु लोकप्रिय हुने गरेका ।

    दिपक अधिकारी
    जर्मनी

  41. चिसो चिसो सिरेटोमा हिउँ पर्ला जस्तो छ …..क्या मार्मीक गीतहरू छन् मुरलीधर का
    शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु

  42. म पनि मुरलीधर को Big fan हुँ| मलाई उहाँका सबै गीत हरु (उहाँ गीतल भन्नु हुन्छा) खुब मन पर्छा! “त्यो नजर को बयान म गरु कसरि” त बिछात्टाई मन पर्छा मलाइ! अरु पनि धेरै नै मन पर्छा! मुरलीधर दाइ लाइ छिट्टै सन्चो होस्, आराम मिलोस, अनि संधै जस्तै, सुन्दर सृजनाहरुको मुहान बगी नै रहोस! शुभ-बिजया दशमीको साथ् साथमा सिघ्र-स्वास्थ्यलाभ को कामना मेरो तर्फा बाट पनि!

  43. हाम्रो मुटु समाई बस्ने मुरली दाइको सिघ्र स्वास्थ्यलाभको कामना अनि durga माता ले सधै rakchhya गरुन..

  44. म सधैभरि एस ब्येक्तिको सराहाना गर्दछु / उनको “घर त मेरो खरले छाएको ” भन्ने गीत मेरा लागि सबसे लोकप्रिय गीत हो /

  45. यो पढेर मेरो आखां रसाए । म मुरलीधरको निकै फ्यान रहे छु । मन भित्र पसेका रहेछन । नेपालma अझै धेरै मुरलीधारहरु भैदिएको भए ? सिघ्र स्वाथ्य लाभको कामना गछर्् ।

  46. बास्तव मै उनले भने जस्तो नेपाल का हरेक ठाउँ मा व्यवसायिकता को कमि छ…. उनि जस्ता कलाकार लाई अब नेपाल मै बाच्न सक्ने बातावरण को श्रीजना होस् | मुरलीधर लाई शिघ्र स्वाश्थ्य लाभ को कामना |

    • उडायो सपना सबै हुरीले – यो गीत राम कृष्ण ढकालले सानो छँदा गाएर निकै चर्चित भए – media मा तेस्लाई उनको आफ्नै गीत जस्तै गरि खुब देखाइयो. तर उनले कहिले मुरलिधरको नाम सम्म लिएनन्. मुरलीधर media बाट पनि ठगिएका हुन्, एक multi -talented personality हुन्.

  47. धन्यवाद mysansar.काम, यो लेख लेखेको मा | म येही गीत यहाँ बिदेशमा धेरै सुन्छु | कहाँ गयो होला मुरलीधर,, मनमा सोची रहन्थे | दुख लाग्यो उहाको खबर सुन्दा |
    नेपालमा कुनै पनि छेत्रमा professionalism नहुदा कोहि कहाँ कोहि कहाँ पलाएन भएको छ | दुख लाग्छ |
    जे भएपनि मुरलीधर दाई को यो एउटा गीत ले नै दाई मेरो मन मा सधै बसेको छ |

  48. सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको इछ्या पुरा होस् २०६७ सालको बिजया दशमीको सुभकामना !

Comments are closed.