क्या दामी भएछ !

आजको नेपाल समाचारपत्रमा एउटा रमाइलो खबर छापिएको छ। नुवाकोट जिल्लाको एउटा गाविस रहेछ सिक्रे। त्यहाँ एउटा उच्च मावि रहेछ- स्याउरीभुमे उच्चमाध्यामिक विद्यालय। विद्यालयमा विवाद भएर दुई जना हेडसर भएका रहेछन्। परेन अब आपत् ! एउटा म्यानमा दुई वटा तरवार कसरी रहन सक्छन् ? एउटा जंगलमा दुई वटा सिंह कसरी रहन सक्छन् ?

अनि यो आपतलाई टार्न उनीहरुले एउटा नयाँ उपाय अपनाएका रहेछन्- जो पहिले स्कूल पुग्यो उही त्यो दिनका लागि हेडसर ! हेडसर हुने होडमा स्कूलका दुई जना सरहरु उज्यालो हुँदा नहुँदै विद्यालयको ढोकामा पुग्छन् रे। बिहान ६ बजेदेखि नै प्रअको कुर्सीमा बस्न शिक्षकको धर्ना हुँदो रहेछ।

यसरी बिहान बिहान दौडेर हेडसर हुन आउनेहरु रहेछन् ठाकुर थापा र अर्का शिक्षक इन्द्रनारायण यादव।

कारण पनि रमाइलो छ सुन्नुस् न। थापाले गत भदौ ३ गते स्वास्थ्य स्थिति र व्यवहारिक कारण देखाउँदै राजीनामा दिएका रैछन्। विद्यालय व्यवस्थापन समितिले उनको राजीनामा त्यही दिन स्वीकृत गर्दै त्यही दिनै यादवलाई हेडसरमा नियुक्ति दिएको रहेछ।

एक महिनासम्म यादव हेडसर भएर विद्यालयको पठनपाठन सूचारु रहँदै आएकोमा थापाले आफूले दबाबका कारण राजीनामा दिएको भन्दै हेडसर कै रुपमा विद्यालय प्रवेश गरेपछि विवाद शुरु भएको रहेछ।

विवादका कारण विद्यालयमा एक महिनादेखि पढाई नै राम्रोसँग हुन नसकेको रहेछ। विद्यार्थीहरु आन्दोलनमा रहेछन्।

कत्ति पटक हेडसरको कुर्सी फाल्ने कामसमेत भएको रहेछ।

अझ बिजोग सुन्नुस् न- दुई जना हेडसर एकै स्कूलमा रहेपछि विद्यार्थीहरुमा समेत ध्रुवीकरण भएछ। थापा समर्थक विद्यार्थीहरुले यादवको कक्षा र हेडसरको कुर्सीमा बसेको दिनको पढाई बहिष्कार गर्दा रैछन् भने यादव पक्षका विद्यार्थीहरुले पनि थापालाई त्यसैगरी बहिष्कार गर्ने गर्दा रैछन्। अझ विद्यार्थीहरुबीच यही विवादमा कुटाकुट समेत हुँदो रहेछ।

हुँदाहुँदा थापाले दिएको राजीनामापत्रसमेत हराएछ।

एक पटक यो खबरलाई नेपालको अहिले राजनीतिसँग जोडेर हेर्नुस् त। के लाग्यो तपाईँलाई ?

88 Comments

  1. थापा र यादव दुवै लाई हटाएर अति योग्य मान्छे लाई नियुक्ति दिनु पर्छ ! एस काम का लागि सबै भन्दा योग्य मान्छे डा. गोपाल पौडेल हुन् ! उनको योग्यता को लिस्ट यहाँ दिएर साध्य छैन, सार्है लामो छ ! गोपाल जी हुदै नभाको University को Chancellor हुनु भन्दा त आफ्नै जन्मभूमि मा चलिरहेको बिद्यालय को प्रधान अध्यापक हुनु नै राम्रो हैन र ? एस बिद्यालय का दुवै जना प्र. अ . र बिद्यार्थी हरुको चाला देख्दा सबै लाई ठिक पार्न यहाको आबश्यकता टड्कारो रुपमा छ ! स्वागत छ अब केहि राम्रो काम गरेर देखाउनुस !

  2. अब विवाद नै भएपछि राजिनामा कसले दियो र को निउक्ति भएको छ भन्नेर झगडा गर्नु भन्दा त बिद्यालय को संचालक समिति . अरु शिस्चक , विद्यार्थी र उनीहरुको आभिभाबक मिलेर कसले विद्यालयलाई राम्रो संग संचालन गर्न सक६ उसल्लाई फेरी सहमति मा कुरा मिलाएर विद्यार्थी भविस्य राम्रो बनाउन तिर b4 गरे राम्रो होला !!!!!!!!!!!!!!!

  3. हा हा म १० क्लाश मा पढ्दा येही एस्तै खाल को समस्या देखिएको थियो प्र. बन्ने होडबाजी मा हामीले पनि सबैको हस्ताक्छर गरेर एक कुशल व्यक्ति लाई प्र. बनायोउ ..तेश पछि कुनै समस्या आएन तर तेश खेल मा हार्ने मास्टर ले चाई हामीलाई देखि नसहने बिज्ञान को क्लास मा चुट्नु चुट्यो:-j:-j

  4. हेडसरको तलब चाही कुन चाही हेडसरले खाइरहेका रहेछन कुन्नि..

  5. म पनि तेही ठाउँ बाट हु सब चोर हरु राजनीति गरि रहेछन अबोद को भबिस्य माथि खेल बाद गरि रहेछन सब चोर हरु

  6. बियाबस्थापन समिति पनि गदु हरु रैछ तु निर्णय गर्नु

  7. राजनितिमा शिक्षा हुन पर्ने ठाउँमा शिक्षामा राजनिति हुन थालेपछि कसको के लाग्छ र?

  8. it’s some shameful story, it’s too much , it’s big spot on our system & putting big question mark in our community & goverment’s durty system , in 21 century where we are & how is our educated people’s mentality ? myself i am so shy to read the article.

  9. यस्ताले पढाउने बिद्यार्थी कस्ता होलान त|

  10. मेरो विचार मा यी मास्टर हरु पुरानो सोचाई को हुनुपर्छ तेसैले यस्तो भयको

  11. यो कुर्शी भन्ने चिजको मोह यस्तै हुदा रैछ!
    किन कि हाम्रा महान (देश बिगार्ने) नेताहरु नै यस्तो खेल खेल्दै छन्!
    ठुलाले जे गर्छन सानाले पनि शिकने तेही त होनी!

  12. सालोक्य जी
    यो देश मा प्रधानमन्त्री त तीन वोटा हुनुपर्ने भएको बेला मा जाबो एउटा स्चूल मा दुइ वटा head sir हुनु कुन ठुलो कुरा हो र.नेपाल को culture नै भएको छ कि एक ले अर्को को अस्तित्वो नै सुइकरना न सक्नु हो. खाली को भन्दा को कम भन्ने सोचाई ले बिग्रेको छ. सबै लै power नै चाहिएको छ.

  13. शिक्षाको ज्योति छरेर देश विकासमा सहयोग गर्ने शिक्षकलाई आफ्नो कर्तब्य र जिम्मेवारी बोध छैन अनि यो हालत छ भने गुण्डाको भरमा राजनीति गरेका गवार नेताहरुबाट हामीले कस्तो अपेक्षा राख्ने?

  14. रामचन्द्रे र प्रचंडे पनि यसरि नै बिहान जो पहिले सिंहदरबार पुग्छा उनलाई दिन भरि को प्र.म बनाउनु पर्ला जस्तो छ- बिहान भरि भुडी फर्काएर सुत्नेलाइ नि के प्र.म भन्नु / एबम तरिकाले प्र.मले कुकुरले आची खानु भन्दा पुर्व बिहान सबेरै कार्यालय गए र दिन भरि कार्यालय मै बसेर काम गरे (बाहिर रिबोन काट्न जादा कुर्शी नगुमोस भनेर) देश दुर्तगतिमा अगाडी बढ्थ्यो कि ? सिक्रे गाउका हाम्रा गुरुबाहरुले देखाउनु भएको बाटो नै राजनैतिक खिचतनीको गाठो फुस्कौने सर्बोत्तम उपाय हो हाललाइ / सिक्छा आर्जन गर्ने मन्दिरमा कुताकुट चाही अलि सोभनीय भएन है तर यसलाई पनि साररिक सिक्छा अन्तर्गत कै अध्यापनको रुपमा लिए देखि चाही उच्चकोटी कै बिद्यालयको रुप मा दरिन्थ्यो स्यरुभिरे उच्च मा बि /

  15. हेड मास्टर जस्ता सिक्ष्चीत् हरु त् एउटा कुर्ची को लागि मरी हत्ते गर्छन अरु को के कुरा गर्नु

  16. पढाईको बिषयलाई असान्दर्विक राजनीतिसंग जोडेर के लछारपाठो लाग्ला र?

  17. येस्मा थापा जी को चरित्र दोधारे dekhinchha

  18. दुइ जनामा एक जना माओबादी हुनुपर्छ /एक जना दाउबादी/बिद्यार्थी झियाउबदी /अभिवाबक च्याउबादी/बिद्यालय ब्याबस्थापन समिति अबसरबादी /बाकि मास्टरहरु म्याउबादी/यी सबै बर्तमान देशको प्रतिनिधि पात्रहरु हुन्

  19. Its not a good news. Students are supposed to be the backbone of the country. If teachers behave like this way then we just can pray for our country’s walfare. I dont think the teachers have got any moral education till that post. Shame on these teachers. It proves the politics too had touched the every sector of our country. Too bad, it has a bad venom on students.

  20. क्या दामी मात्रै हैन आझै नपुगे जस्तोछ हाम्रो डा. के.पी ओली र डा. बिजय कुमार गच्छेदार पनि लगेर हेडमास्टर बनाई दिए हुन्छा

  21. आफु नै अनपढ गुरु जस्ता छन् तिनी हरु ले के शिक्षा देलान भोलि का कर्णधार लाई??????

  22. यस्तो हुनु नपर्ने हो | थापा सरले राजिनामा दिए पछि वहाको राजिनामा संचालक समितिले स्वीकृत गर्ने अधिकार छ र नै स्वीकृत गरेको हो भने थापा सरले आउन मिल्दैन | तर कुनै पनि शिक्षकको राजिनामा संचालक समितिले स्वीकृत गर्ने होइन भने शिक्षा कार्यालयले नै स्वीकृत गर्छ र अरु प्रक्रिया अघि बढाउछ | थापा सरले राजिनामा दिएर संचालक समितिले यादव सरलाई अर्को व्यवस्था नहुन्जेलको लागि प्रअ बनाएको हो भने शिक्षा कार्यालयले तुरुन्त टुङ्गो लगाउनु पर्छ | यो सब जे गर्दा पनि हुन्छ भन्ने मानसिकताको उपज हो |

  23. यहा थापा लाई धोका भएको हुनसक्छ कसैले पनि बिरामी भएर राजिनामा दिदैन अनि भित्रि कुरा किही नहुदो होत थापा लाई स्कुल समिति ले सजिलै परबेश रोक लगाउन सक्छ थापा अन्याय सहन नसकेरै स्कुल गयेको हो .

  24. सालोक्य जी तपाइले राजनीति संग जोद्नोस भन्नै पर्दैन नि माई संसारका पाठक हरु ले राजनीति नजोडेको कुनै बिसयेनै छैन नि . यो कुनै सिनेमा को कमेडी सिन जस्तो लाग्यो

    • लौ अबत सधै राजनितिक गाइजात्रा हुने हाम्रो देशमा शैक्षिक गाइ जात्रा पनि पो सुरु भएछ।

  25. यस्तो जाबो कुरामा किन लफडा गरिरहनु पर्यो र / सके सहमतिमा आउनु केहिसिप नलागे १४, १५ पटक चुनाब गरे भैहाल्छ नि /

  26. संबिधान र ब्यबस्था नभएको देसमा यस्तै कुरा बाहेक अरु हुन् पनि के सक्छ र? पालै पालो प्रधान मन्त्रि बन्नु पर्ने कुरा गर्नेले चलाएको देसमा प्रधान अध्यापक पदको कुर्सि पनि तेसरी नै चलाउन खोजे/ त्यो कुरा विकृत कुरा हो तर यो बिकृति तिनीहरुले नै थालेको होयिन यी नेताहरुको नकल गरेको हो/ यिनीहरुले कानुन र व्यवस्थालाई पंगु बनाएको छ/ यी नेताहरुले राना कालको “हुकुम तन्त्र” लादेको छ/ यीनीहरुले लोकतन्त्र लाई मजाक बनाएको छ/

    • मदनजी,

      हो राजनीतिक विकृतिले हरेक क्षेत्रमा कुप्रभाव पार्ने कुरामा दुइमत छैन; तर हाम्रो देशको जस्तो अनेकथरि शक्तिहरू हावी भएको वर्तमान अवस्थामा राजनीति वा नेताहरूलाई मात्र दोष दिनु औचित्यहीन हुन्छ । कुरा बुझ्नुभो होला नि ।

      • पुष्प जी/
        म उमेरले नभए पनि मन ले अलिकति तपाईं भन्दा कान्छो नै छुँ तेसैले परम्परागत कुराहरुमा बिस्वास गर्दिन/ तेसैले पुष्प जीको गहन बिचार बुझ्न मलाई अलिकति कठिन छ/ मैले बुझे अनुशार नेपालको राजनीति नेताको नीति अनुसार हुने चल्ने हुँदै आएको थियो र अद्यापि छ/ जनताले जे सुकै चाहुन, लोकतान्त्रिक मान्यता जे सुकै हौंउन तर परिबर्तन नेताहरुको सहमति अनुशारनै हुनु पर्छ भन्ने नेताहरुले चलाई आएको देसमा देखिएको कुनै सामाजिक प्रसासनिक बिकृतिको कारक तत्वो नेता र तिनीहरुको नीति नभए अरु को हुन्छ?

        पुष्प जी “औचित्यहिन” सब्द बडो गहन छ/ गलत समयमा अप्रासंगिक तरिकाले यो सब्द्को उपयोग गर्नाले “औचित्य” को मानेलाई नै “औचित्यहिन” बनाई दिन्छ/

  27. ओ हो कस्तो राम्रो ज्ञान आउने खालको समाचार रैछ नेपाल को राजनीति जोडेर हेर्ने हो भने त अब नेपाल को प्रधान मन्त्रि को कुर्ची को लागि पनि जसले यो यो कुराको बिकाश गर्छ जस्तै लोड सेडिंग हटाउने,धारामा पानी आउने अनि फोहोर ब्येबस्थापन र स्वास्थ अनि शिक्छा मा बिकाश गरेर देखाउछ १ वर्ष पछि तेसैले पाउछ भने देखि नेता हरुको दिमाग को साचो अलिक धुम्थ्यो कि???????

  28. हाहाहा हाहाहा जे पनि हुन लायो गाँठे यो देशमा ! जबर्जस्तीमा परेर राजिनामा देको भन्ने सम्म त पत्त्याउन सकिन्थ्यो, अब राजिनामा पत्र नै हराएपछि चै खै के खै के ? पद छोड्न नसक्नीले राजिनामा किन दिनी ?

  29. हाहा यो खबर सुनेर त खुबी हासो उठ्यो….तर साथसाथै चिन्ता पनि लाग्यो..
    अब त मलाई यस्तो लाग्न थालि सक्यो कि,..समस्या हाम्रा नेताहरुमा मात्रै होइन…हामी सबै नेपाली हरुमा छ….आखिर ति नेताहरु पनि हामी जस्तै जनताबाट छानिएर आएका त हुन् नि…तेही नेपाली जानतालाई प्रतिनिधित्व गर्ने त हुन् नि ..
    हामी नेपालीहरुमा दायित्वबोध भन्ने नै छैन…सबैले आफ्नो responsibility बिर्सिन्छन …कर्मचारी, बिद्यार्थी teacher , driver सबै.. यो सबै education को कमीले भएको हो…हामि नेपाली हरु लाई सानै देखिन नैतिक शिक्षा पढाउनु अनिबार्य छ |

  30. यस्ता हेड सर हरु ले पढ़यको बिदार्थी हरु पक्का पनि राम चन्द्र पौडेल र प्रचण्ड नै हुनु पर्छा है भभ्बी से मा प्रधान मन्त्रि हुने खाले पुरा मत पुर्य यार …………………………. ????????????????!!!!!!!!!!!!!!!!

  31. शिक्षा लिन पठाको केटाहरुले कक्षा लिएर आए / तेही कक्षा लिएका केटाहरु लाइ हेद सर बनाको अनि झगडा नगरे अरु के नै शिक्षा लिएको छ र त हो / शिक्षा लिएको भए झगडा गर्नु भन्दा अन्य काम पनि गर्न सक्थे होलान / आउने पुस्ताले राम्रो शिक्षा पाउन /

  32. येस्तई घटना तनहुको चन्द्रावती उ. मा . बि .मापनि भएको थियो २०५० /०५१ साल तिर होला , त्यहाँ चाही खाली २ जना हेडमास्टर बीच मात्र कुर्सि ताना तान थियो बिध्यर्थिको सपोर्ट थिएन कसैलाई , माधब नेपालबाट सिकेको जस्तोछ राजिनामा दिए पनि आफ्नै कुर्सि हुन्छ भनेर ,जो हेडमास्टर भए नि के हुन्छ र भन्या ? यो बिध्यार्थिहरु किन भेडा जस्ता कुरा नबुझेका खुरु खुरु पढे त भै हाल्यो नि !हेडमास्टर हुनेलाई पो कमिसन,मानसम्मान पाइन्छ र मरिहत्ते गर्या छन्

  33. यस्ता शिक्षकहरुले पढाएका बिद्यार्थी कस्तो हुन्छ होला भबिस्यमा ?

  34. तेस्तै हो लाज पचे पछि |

    फेरी कोहि बिरामी भो भने ,हेर्न आउनेसबैले बिराम र औषदीवारे नजान्ने कोहि कुरै हुदैनन् |

    कहिँ झगडा पारो भने , एसको mistake र उसको mistake नजान्ने कोहि हुदैनन् |

    सबै doctor सबै judge सबै बिशेसज्ञ |

    यो अवस्था पनि तेस्हैको उपजहो कि |

    • कृष्ण जी
      हाम्रो देस लाज पचेकाहरुले चलाई आएको छ/ नागरिक हरु लोकतन्त्र तिर उन्मुख भएको टिके संसदिय दलको नेता टिके उप प्रधान मन्त्रि चुनाव हारेको र कतान्त्रिक संबिधान लेख जनताले गठन गरेको संबिधान सभाकै बिरोधि ले अआज सदन र सरकार चलाई आएको छ/ लाज भएकाहरुले देस चलाएको भए लाज को कुरा गर्ने/ यिनीहरु त् अपराधीहरु हुन् अपराधीले चलाएको देसमा बलियो को के हतियार हुन्छ भनिन्छ नि तेस्तै भई आएको छ अहिले/ नेता साथ् भएमा बा ऋषि धमला पनि चोखिने देसमा के को नियम के को कानुन!!!!/ म फलाना नेताको चम्चा भन्न सक्नु पर्छ, पार्टीको झन्डा उठाउनु पर्छ बस अनि मन लागेको गर्नुस नियम कानुनले छुन सक्दैन तेस्तालाई/

  35. राम्रो खबर, यहि प्रकिया द्वारा नेपालको बिध्यमान राजनीतिक समस्या सुल्झाउन ठुलो मदत पुर्याउने छ, यक दिन प्रचण्ड,यक दिन राम चन्द्र अनि अर्को दिन माकुने फेरी अर्को दिन ……… कसो? जो पहिले सिंह दर्बार को गेट छिर्यो उही प्रधान मन्त्रि

  36. हेडसरको कुर्सी पनि PM को कुर्सी जस्तै भैदिएछ .

  37. This is truly an example of contemporary nepali value and character, a severe degradation. This should worry all nepali people .

  38. बिद्यार्थीहरुलाई राजनीति सिकाउने उत्तम उपाए हो यो| अबको दश बर्ष पछी नेपालको लागि सिक्रे गाबिसबाट होनहार नेता पाउनेछौ| हामीलाई शुभकामना
    छ|

  39. सुसिल ले दिएको राजिनामा गिरिजा ले रोकी दिएका थिए ,अहिले सभापति बन्न पाए ,,थापाले पनि त्यस्तै काकताली पर्ला भनेर पो दिएका थिएकी…. !? तर बिद्यालय ब्यबस्थापन समितिले उसै दिन स्विकिर्ती गरेर नाटक को समापन गरिदिएछ .यो थुकेको थुक चाट्नु भन्दा यादब लाई खुरुक्क कुर्सि छोड्नु उनको बुद्धि मानि हुनेछ

  40. थापाले गत भदौ ३ गते स्वास्थ्य स्थिति र व्यवहारिक कारण देखाउँदै राजीनामा दिएका रैछन्। विद्यालय व्यवस्थापन समितिले उनको राजीनामा त्यही दिन स्वीकृत गर्दै त्यही दिनै यादवलाई हेडसरमा नियुक्ति दिएको रहेछ। होइन कस्तो कुराहो एकपटक राजिनामा दिएपछि फेरी केको headmaster ? नेपाल मा कानुन छैनाकी के हो ?

  41. हाम्रो देशमा जसले जे काम गर्नुपर्ने हो तेस्लाई त्यो गर्न आउदैन अरु सब आउछ l बिद्यार्थीलाई पढ्न आउदैन अरु राजनीतिदेखि दादागिरीसम्म सब आउछ, नेतालाई सहि राजनीति आउदैन बिदेशीको चम्चागिरिदेखि गुन्डागर्दी सब आउछ पत्रकारलाई पत्रकारिता आउदैन चुक्ली र नभएको कुरा लेख्न आउछ कर्मचारीलाई जनताको काम गर्न आउदैन भ्रस्टाचार गर्न राम्ररी आउछ हामी नि के कम यिनीहरुलाई पाता कस्न आउन्न कुरा काट्न आउछ ………….

  42. हरे शिव ! साँच्चै हो र भन्या ? कुरा त रमाइलो पो रहेछ त ! गज़ब छ बा !

  43. समाधानको उपाय पनि छ त्यो हो स्कुल का सबै क्लासका बिद्दार्थी हरुलाई सेक्सन छुटायारा भाग बन्दा गर्ने tantai खलास अनि तलब पनि हेड सर हरुलाई ५०/५० गर्दिया हुन्छ .

  44. यो घटना त अजकाल को राजनीती संग थक्कै मील्छा बा!

  45. कंही नभएको जात्रा हांड़ी गाउमा भनेको येही हो |हेड सर भानौदा हरुको धरी बिबेक एस्तो छ भने बिद्यार्थिहरुको भबिस्य कस्तो हुने हो सोच्दै अचम्मा लाग्छा बा ……..वूफ

  46. होइन, यसमा माओबादीले गर्दा यसो भा’को हो भनेर दोस लगाई दियो भने त कुरै खत्तम! आजकल यस्तो बहाना-बाजीको (अ)रास्ट्रीय परिपाटी नै बानाइएको मौकामा किन यो झगडामा पनि दाउ नथाप्ने! mysansar का माओबादी-बिरोधि फत्तुरे साथीहरु कता हराएछां, लौ न ……

    • शीला जी
      के कुरा गर्नु भएको हो तेस्तो लौ न नि/ तपाईंलाई तेस्तै कुरा सुन्न मन लागे मै भनि दिन्छु नि; हो त् नि मावोबादिले गर्दानै लिट्टे कुमार नेपाल मात्र काम चलाउ प्रधान मन्त्री बन्नु परेको हो/ अब काम मात्रै चलाउने भए पछी अरु ब्यबस्था गर्न सकिंदैन नि/ तेसैले यस्तो कुराहरु हुँदै गरेको हो/ तेसैले दोष लोकतन्त्र जस्तो लित्तेकुमारहरुलाई वाहियात लाग्ने कुरा उठाउने मावोबादिनै सबै कुराको लागि जिम्मेवार छन् ( शिला जी मैले सब्द “जिम्मेवार” प्रयोग गरेको छुन “दोषी” सब्द को प्रयोग गरिन), अर्थ बुझाउनु पर्दैन होला/

  47. होइन हो नेपालमा के हुन लागे को होला ???????????????????

  48. मलाई पनि राम्रो सुझाब त आएन, तर एक जना लाई सरुवा गरिदिए कै राम्रो घर पाई मिलाएर/ तर यो समाचार पढ्ने बिदेशी नाखार्मौला मात्र हुन्छन तिनले तातो न पिरो केहि लतार्ने हैनन् / मेरो सल्लाह चाँही नुवाकोट भगबती लाई /

  49. नया नेपाल को नया नियम, देश मा पनि २ ओटै प्रधानमन्त्री बनाउदा क्या मज्जा हुन्छ ,
    बुद्दी सडेका सरकारी मास्टर र पार्टी का भेडा विद्यालय व्यवस्थापन समिति मा भए पछी येस्तई हो .

  50. हा हा हा !!!!!! दुवै जना लाई लडाऊने अनि जसले जितछ उही लाई प्र.अ. बनाउने नि !

  51. बिद्यार्थी हरुले राजनीती गर्ने समय पड़ने माँ ध्यान दिनु आती जरुरी मन्छु म कसैले नेपाल बनोस रा नेपाली को भविष्य बनोस भनेर मन देखि आत्मसात गर्न सके बल्ल नेपाल को रा नेपाली को दिन उज्यालो हुने कुरा माँ म बिस्वोस्था छु NATAR जस जस ली जे जे गर्न मन छ तेहि गारे HUNCHA तर याद गरुण सबैले एक दिन अपत को दिन को सामना गर्ने मौका समेत हुने CHAINAA पहिला अमा बुबा को आरती को अबस्यक हुनु जरुरी छ के घर बता राजनीती गर्न पठाएको की पड्न?कम से कम पड़ेकाहरु को त बुधि होस के बाह्ये का नेपाल का सिक्स्यक हरु को चाला?एस बिबाद म एक जाना ले CHADERA बस्दा हुन्ना रा बिद्यार्थी को भबिश्य हेर्नु पर्दैना ?

  52. Statutory law says once resignation signed by executive committee loyalty of that position of particular a person finish instantly. However, ethical obligation remains forever even though resign accepted. If school organization committee is abused District administrative officer, district education office, district police officer, district government prosecutor, district judges all are questioned of their duty of care. In Nepal lack of embolden law, dirty politics, intervention over duty are the main causes of Nepalese backwardness.

  53. हरि जी ” जस्तो गुरु उस्तै चेला भन्ने उखान ” सुन्नु भा छैन र !!!!!!! मैले नबुझेको कुरा नि , म गुरु म नै बिधार्थीको उदाहर्ण हुनुपर्छ मैले नै यो देश बोक्ने व्यक्तिको निर्माण गर्दै छु म गुरु हु भन्ने ज्ञान कता हरायको होला नी ! समाजमा मान्छे पहिले नै न समाजसेबी हुन्छ न समजद्रोही नै I यस्तै शिक्षा, शिक्षक ,र समाजका बिकृति ,विसंगतिले निर्भर गर्दछ I अब आयो वर्तमान राजनीति संग को तुलनाको कुरा , पटक्कै सहमत छैन म कलिला दिमागमा बिधार्थिहरुलाई तुलना गरेर विधाको मन्दिरमा I

  54. यो बाहेक के नै प्रगति गर्न सक्छ र हाम्रो देश ले! मेरो त सारै चित्ता दुखछ देश को हालत देख्दा खै कुन बैरी को नजर लाग्यो हाम्रो देश माथि………………………………………………..!

  55. यो समाचार पढेर रमाइलो पो लाग्यो कही नभयको जात्रा हारी गाउमा !

  56. विवाद सुल्झाउने काम त विद्यालय व्यवस्थापन समितिको हो । विद्यार्थीहरूमा समेत फुट आउँदासमेत के हेरिबसेको छ उक्त समिति ? कि त्यसलाई पनि नागार्जुन वा लैनचौरको भूतले समात्यो !

  57. आहा!!! कति दुरुस्त देसको तस्बिर देखायो यो स्कूलले त ! यस्तै प्रदुसित चरित्र भएका मानिसले देस बिगार्यो ! बीध्यार्थी भनेको काचो माटो हो, जस्तो बनाईन्छा तेस्तै बन्छन ! बिचरा तेस्तै सिकेपछि के गरुन त ?

  58. अब गुरुहरुले सिकाएको बाटोमा त हिड्ने पर्यो नि विद्यार्थीहरु.. भोलिका भविष्य..

  59. हेड मास्टर नै एस्तो भए पछी बिद्यार्थी कस्ता हुन्छन होला? बिउ राम्रो भए पो उत्पादन राम्रो हुन्छा/ हामी नेपाली एस्ता छौ अनि किन नेता लाई गाली गर्ने ? नेता त हामी नेपाली को एउटा नमुना मात्र हो / उनीहरुले हाम्रो आचरण र ब्यबहार को प्रतिनिधि गर्दै छन्./

  60. रमाइलो घटना…… थापा ले पनि नेपालको वर्तमान सरकारको सिको गरेको होलानि ! राजिनामा दिएपछि पनि फेरी कुर्चीको मोह!!! हेर्दैजानुहोस त्तेहा पनि चुनाब, सहमति र तथ्स्ता भन्ने सब्द हरु आउन सक्छन | सरस्वतीको मन्दिरमा बिधार्थीहरुलाई राम्रो
    ज्ञान सिकाउनु पर्नेमा आन्दोलन गर्न सिकौदैनछन् शिक्षक भनौदाहरुले!

  61. कहीं न भाको जात्र उए हाँडी गाउँ मा वनेको यहि होला

  62. हे हे हामी नेपाली को मति, येस्मा पनि कि भारत कि अमेरिका को हात हुन सक्छ है . होसियार . नेपाल को राजनीति ले नत नेपाली लै नै भलो गर्यो नत देशलाई .

  63. देश मा गाइ जात्रा भैराको बेला मा यो नौलो होइन. देश कम्जोर स्थिति मा छ तेसैले अशुभ मात्रै भाको छ. यो एउटा आर्को बिडम्बना हो. देश लाई नया रेफोर्म चाहिएको छ. Jai Nepali

  64. हा हा, कस्तो कस्तो सुन्न पाइन्छ नेपाल मा. येही हो संक्रमणकाल, दण्डहीनता. ठाकुर थापा र इन्द्रनारायण यादव मात्रै दौडिन पाउने हुन् कि हामी पनि पाइन्छ. पाइने भए मा पनि जानु पर्यो नुवाकोटको सिख्रे तर्फ, बिहान बिहानै दौडिन ……

  65. ठिसहरु . यस्तै ठिसहरुले गर्दा देश भडखाला गाको . जय शम्भो चुटाइ कम भो .

  66. एउटा हेड सर को कुर्सि को लागि त् तेत्रो हान थाप ?अनि पी यम को कुर्सि को लागि न हुने त् कुरै भएन|

  67. राजनीतिभित्रको अराजनीतिको फल हो यो । जबसम्म सामुदायिक विद्यालयहरुमा भइरहेको चर्को राजनीतिक अराजकताको अन्त्य हुन सक्दैन, विद्यालयहरु यस्ता घटनाहरुको शिकार भइरहनेछन् र नेपालको शिक्षा प्रणाली ध्वस्त हुने सङ्घारमा पुग्ने निश्चित छ । यो प्रतिनिधि घटनाबाट नेताहरुले चेतून् ।

  68. यस्तै हो जब सम्म राजनीती अस्थिरता रहन्छ ,तब सम्म दल को झंडा ओधेर देस का भोली का उज्वल आधार बिधार्थी हरु मा खेलवाड भैरह्न्छ””” बिग्रेको नेपाल को अन्धकार भाबिस्य””

  69. हेडिङको सम्वन्धमा यसलाई दामी भन्दा त कता कता चसक्कै भयो, टेन्स भन्या भे अलि मन बुझ्थ्यो की /
    ___________
    हैन हो के गाइजात्रे ताल भाको भन्या यो नेपालमा नेतादेखि शिक्षकसम्म सबै मह जोडिको प्रहशनमा भर्ति गर्नु पर्ने खालका / संसार रंगमन्च भन्थेरे कल्लेहो कुन्नी हृयाँ त नेपाल लाई रंगमन्च बनाए, कलाकार हुने पर्नेमा सबै जोकरहरु ए केराको बोक्रा टोक्ने हो नेपाली जनतालाई दर्शक बनाएरै छोड्यौ हैन /

  70. हैन विद्यार्थी लै पनि क को राजनीति गर्नु पर्ने नि … खुरुक्क नपढेर !!

Comments are closed.