फेसबुकको सानो फन्ट कस्तो लाग्यो?

फेसबुक अब सामाजिक सञ्जालको एउटा सामान्य साइट जस्तो मात्र रहेन। विश्वभर यसले प्रभाव पारिरहेकै थियो, नेपाल जस्तो देशमा समेत यसले ठूलै प्रभाव पारिसकेको छ। फेसबुकसम्बन्धी तथ्याङ्क राख्‍ने फेसबेकर्सका अनुसार ६ लाख २८ हजार २ सय २० जना नेपालीले फेसबुकमा खाता खोलेका छन्। यसको तथ्याङ्क मान्ने हो भने इन्टरनेट पहुँच भएका सबै नेपालीको फेसबुकमा खाता छ। फेसबुकको नेपालमा प्रभावलाई अब हामी बेवास्ता गर्न सक्दैनौँ। त्यसैले त सरकारले समेत फेसबुकमार्फत् अश्लील र सार्वजनिक व्यक्तिको मानमर्दन हुने पोस्ट गरेमा कारबाही गर्ने चेतावनी दिइसकेको छ। फेसबुकसँग सम्बन्धित समाचारहरु अब धेरै चासोका साथ पढिने समाचार मध्येमा एक भइसकेको छ।

धेरैले याद गर्नुभएको होला, आज फेसबुकको न्युजफिड्स हिजोअस्तिको भन्दा केही फरक छ। पक्कै पनि ! फेसबुकले आफ्नो अक्षरको आकार सानो पारेको छ। प्रविधिसम्बन्धी साइटहरुले मात्र हैन, सीएनएनले समेत फेसबुकको फन्ट सानो बनाएको सम्बन्धी समाचार बनाउन भ्याएका छन्। फेसबुकका यति धेरै उपभोक्ता भइसके कि स-सानो परिवर्तनले समेत करोडौँलाई असर पार्छ।

smaller font in facebook
पहिलेको र अहिलेको तुलना। फोटोः अलफेसबुक

फेसबुकको फन्ट परिवर्तनको विरोध अर्को सामाजिक सञ्जालको साइट ट्विटरमा चर्को रुपमा भइरहेको छ। ‘सबै ठाउँका आँखाका डाक्टरहरु आज फेसबुकको फन्ट देखेर खुब खुसी भा’का होलान्’ जस्ता व्यङ्ग्य त्यहाँ भइरहेको छ।

फेसबुकले भने आधिकारिक रुपमा फन्ट साइज परिवर्तन बारे केही बताइसकेको छैन।

तपाईँलाई फेसबुकको फन्ट परिवर्तन कस्तो लाग्यो ? नेपाली प्रयोगकर्ताहरु के सोच्दा रहेछन् ? आफ्नो विचार कमेन्टमा लेख्‍नुहोला।

चश्मा लाउनु परेदेखि त्यसै पनि फायरफक्समा कन्ट्रोल प्लस थिचेर अक्षर ठूलो पारेर हेर्दा दिक्क लागेको मलाई चाहिँ अधिकांशको जस्तै नराम्रो र आँखामा बढी नै दबाब पर्ने महसूस भएको छ।

31 Comments

  1. was not interested in face-book so already deleted my account from there so doesn’t make any difference for me do not care about it.

  2. धेरै राम्रो छ…………………. किनकि मेरो ब्लाक्बेरी फोन मा ठुलो पेज खुल्न मद्दत पुगेको मुख्य कारण हो

  3. खासै फरक छैन ,,,,,सायद मेरो आँखा ठिक भएर होकी ??????????

  4. मोबाइल बाट फेसबुक चलाउने हरुको लागि राम्रो हुने भो

  5. खोई मलाई त खासै Intrest छैन यो फेसबुक मा ,तर IDचाही खोलेको छू . तर फेसबुक भनेसी मरिहते गर्ने हरु देख्दा दया लाग्छ , ज्ञान गुन का समाचार हेर्न छाडेर , किन ब्यर्थ मा समय नास गर्नु झै लाग्छ . तर छोटो समय मा नै यति धेरै लाई Crazy बनाउन सकेको मा चाही मान्न पर्छ बा यसलाई ……

  6. Ya, the new innovations are always better. Though facebook is one of the huge companies, its not gonna change somthing without some R&D’s. Even the new version’s page loads more smoothly..and we can see lots of stuffs in a single screen as well. So, मलाई त फेसबुकको सानो फन्ट राम्रो लग्यो है !!!

  7. फन्ट ठुलो भा पनि सानो भा पनि हामी हेर्ने त हो नि |

    आखा फुटे पनि हारिन्छ |

    झुकाउने कुरै छैन | जति धरै कुपन ताती धरै सम्भावना |

  8. मेरो विचार मा फोन्ट सानो भएर माईनस पावर मा केहि पनि फरक पर्दैन बरु नजिक जाँदा आजै साफा देखिन्छ तर प्लस पावर हुने लाइ अल्ली बडी दिक्कत हुन सक्छ त्यो पनि कति पावर हो तेश मा भर पर्छ. अजै सम्म मेरो क्लिनिक मा facebok मा status हेर्न गारो भो भनेर कोहि पनि आँखा जांच गर्न आको छैन है

  9. अब यस्ता कुरा मै त नियन्त्रण गर्नु पर्यो नि || अरु के कुरामा नियन्त्रण गर्न सकिन्छ र ??? यो गृह मन्त्रालय ले काम नपाएर फेसबुक मा कसले के हेर्दै छ र त्येसको रिपोर्टिंग लाजिम्पाट लाई गर्न आतुर छ || चाहे, त्यो सुटुक्क नागा स्वतन्त्रताबादी लाई लाजिम्पाट मा बुझाउन होस् वा कथित पटाका नियन्त्रणको नाममा हिन्दुहरुको को उल्लास पूर्ण चाड लाई नियन्त्रण गर्न नै किन नहोस ||

  10. खै !!! यो संसारमा जति छोटो समयमा अति धेरै ख्याती कमायको फेशबूकले अति भन्दा अनि प्रयोगकर्ताहरुले प्रयोग गर्छन र गर्छु
    म त झन् दिनमा एक पटक फेशबुक अपडेट नगरी मैले खाना खाएको पनि नापच्ला जस्तो भै ,
    यस्तो म जस्तो रोगि हुने यो संसारमा कति होला म त यसमा पो दंग परेको छु

    सानो भएकोमा पनि ठिकै छ (नो कमेन्ट )

  11. मलाई त ठिकै लाग्यो। कसैलाई असुबिधा लगेमा Ctrl + वा Ctrl – गरेर पेज zoom इन व आउट गरे भाईहाल्यो नि।

  12. सुरु मा त मलाई मेरो कम्प्युटर को गडबडी ले एस्तो देखियको हो कि जस्तो लागेको थियो अनि साथी को कम्प्युटर बाट हेर्दा पनि तेस्तै आय पछि चै नराम्रो लाग्यो.मेरो विचार मा त पैला कै फन्ट राम्रो थियो.ऐले को त अलि सानो भयो….

  13. सबै कुरा आफ्नो बनि मा भर पर्छ/ नयाँ फोन्ट मा बनि परे पछि यहि नै ठिक लाग्छ/ त्यसैले २ – ४ हप्ता पर्खिम न सबै ठिक हुन्छ /

  14. मलाई त जस्तो भय पनि बाल छैन ……….मिनुस वन को पावर छदै छ चस्मामा !!

    • -1 को लेन्स प्रयोग गर्ने मान्छे myopic हुन्छ| myopic लाई टाढाको हेर्न गारो हुन्छ, किताब पढ्न गारो हुन्न|

      • किताब पढ्ने हैन नि नानी । फेसबुकको स्ट्याटस पो पढ्ने भनेको हो त ।

        • दिमाग किरा ले खाई सक्यो कि अलिक बाकी छ? nearsightedness भनेको नजिकको अक्षर हरु पढ्न सक्ने, मैले त किताब को उदाहरण मात्र दिएको.

      • मलाई myopia को बारेमा पढाउनु भयको कि मेरो कुरालाई कमेन्ट गर्नुभयको कुरो बुजिन !

  15. Font सानो नै ठिक छ / हामी लाइ पुरानो ठुलो Font हेर्ने बनि भएको ले अलि असजिलो भएको जस्तो मात्र लागेको हो / News feed पनि सानो Font मा धेरै डिस्प्ले हुन सक्छ / अनि page download पनि fast छ / I Like This small Font. यो font style पनि धेरै research गरेर राखेको हुनु पर्छा /

  16. i like it .कति पुरानो fashion मा चल्नु!!!!!!!!!!!!!
    नेपाल का मर्न लागे का नेता जस्तै…

Comments are closed.