कुकुर अनुभव सुनाउने कि

भाग्यमानी नेताको भाग्यमानी कुकुरः माधव नेपालको कुकुर टमी
वर्षैभरी मन नपर्ने मान्छेलाई कुकुर भनेर गाली गरे पनि एक दिन भने हामी त्यही कुकुरलाई पूजा गर्छौँ। अनि कुकुरको गुणको सम्झना गर्छौँ। ‘कुकुर’हरुले तिथिमितिमा विवाद गरेर कुकुर तिहार कहिले मनाउने अलमल गरिदिए। केहीले हिजै कुकुर तिहार मनाए त केहीले आज। आज कुकुर तिहार मनाउनेहरुले आजै लक्ष्मीपूजा गर्दैछन्। जे भए नि मान्छेको साथी हो कुकुर। अहिलेदेखि हैन धेरै पहिलेदेखिको। इमान्दारीका लागि कुकुरको उदाहरण दिइन्छ। गजब गजबका सत्यकथा सुन्न पाइन्छ कुकुरबारे।

तपाईँले पनि कहिल्यै कुकुर पाल्नुभएको होला। कुकुरसित नजिकिनु भएको होला। मलाई याद छ पहिलो पटक पालिएको कुकुर ‘शेरु’ मर्दा आँसु थाम्न नसकेको। आज कुकुर तिहारका दिन तपाईँसित जोडिएको कुकुर अनुभव सुनाएर कुकुरको सम्मान गर्ने हैन त ?

17 Comments

  1. मैले पनि एउटा कुकुर पालेको थिए आफु सानो हुँदा. सानो सानो Lab खालको कुकुर थियो. मान्छे तोकेर हैरान परेको थियो हामीलाई. तर मलाई भने टेर्ने गर्थियो.
    तर अफसोस को कुरा, उसले राम्रो संग मासु खान पनि पाएन अहिले सोच्दा खेरि. बिचरो बाहुन को घर मा पर्यो, राँगो, सुँगुर, kukhura घरमा चल्दैन थियो, खसी माछा आफैलाई हप्ता को एक दिन भेतिन्दैना थियो. अहिले भन्दा २५ वर्ष को कुरा हो यो, मासु तेती available हुन्न थियो तेती खेर. बिचार कुकुर हामीले जस्तै दाल र भाट खाएर बाच्यो. तेर वर्ष को उमेर पुगे पछि मर्यो. मर्नु ३० दिन आगाडी धेकी घर छोड्यो र बाहिर बाहिर सुत्न थाल्यो. एक दिन कुकुर चल्न नसक्ने गरि चौर मा सुति राको भेटि र घरuमा लेर आए. कुकुरभोलि पल्ट मर्यो. मलाई ३ दिन सम्म केहि खान मन लागेन. तेस्को ye क वर्ष पछि मा USA आए र अर्को कुकुर पाल्ने मौका पाको छैन.

    मौका पर्यो र बन्दोबस्तो मिल्यो भने एउटा अर्को LAB पाल्ने इच्छा छ.

  2. RIP Casper !!
    हाम्रो ‘क्यास्पर’ १२ वर्ष बाँचेर तिहारकै मुखमा आएर हामीलाई छोड्यो! आफ्नै बघैचामा समाधिस्थ गर्यौं / RIP Casper ! परिवारको एक सदस्य मरेको जस्तै भो…
    अनि हामीले कुकुर तिहारकै दिन ४० दिने नया कुकुरको बच्चा ल्यायौ र उसको नाम ज्यास्पर (Jaspar = Junior Caspar) राख्यौ, उ संग खेल्दा हामी सबै रमेको छौ/ तर पनि क्यास्परको गुण कहिले बिर्सन सकेका छैनौ र मलाइ लाग्छ बिर्सनु पनि सकिन्न होला ! Long live Caspar !!!

  3. for me i have grown around dogs all my life. and each of them have a great story in my mind. some day i wish i can see them all together again when i am dead. my first dog was named tiger. she was like part of the family and now i have a mixed breed dog named sheru. and i can go around talking about his habits here but will be still incomplete. but what i can say about sheru is he is a human in a dogs form. this is to those who don’t have pet at home get a dog and treat him/her well and you will the magic that will happen. Kukur Tihar is not the only day i respect my dog, its every day of my life i feel so glad that sheru is with me and gives me company the best way he could. there is never a dull moment when you have a dog in your home.

  4. कुकुर र मान्छे स्वभाबले उस्त उस्तै भएकोले हुन् सक्छ /मान्छेलाई पनि कुकुर जस्तो भनेको /यात राम्रो स्वभाब सस्कार भएको कुकुरलाई /कस्तो मान्छे जस्तो भनेको / यस्ता कुराहरु हामि गाउ घरमा प्रसस्त सुन्न पाइन्छ /कुकुर र हातमा थाली बोकेर निधार निधारमा टिका टास्दै पैसा माग्ने बाहुन बाजेको कुरा स्मरण गर्न चाहान्छु / कुरा २०५० साल तिरको हो /म मेरा दाईसाथी काजि नेपाली मलेसिया जान भनेर धरानबाट काठमान्दु आएको ६ महिना जति भएको थियो /हामीलाई मलेसिया लान्छु भनेर हाम्रो पैसा दलालले चप्काइ दिएर हाम्रो कन्त हरीबिजोक भएको थियो /एकातिर दलाल खोज्नु पर्ने अर्कोतिर पापी पेटमा चारो हाल्नु पर्ने /काठमान्डूको गल्लि गल्लीमा दलाल खोज्दै भौतारिन्दै हामि लखातारणभएर सधै सान्तिको सास फेर्न हामि दैनिक हनुमान ढोकामा देवताको प्रबचन सुन्न बसन्तपुर हनुमान ढोका जानथियौ /प्रबचन सुन्दा सुन्दै एक जना बाजे हातमा थाली बोकेर टिका टास्न थाले पछी हामि नचाहादा नचाहादै त्यो ठाउँ छाडेर हिड्न बाध्य हुन्थियौ /एक दिन हामि एकाबिहानै टेकु बाट पैदल हिडेर जावलाखेल दाइ साथीको आफन्त भेट्न बेलुकीको भोको पेट बोकेर बिर्टिश क्यामको दैलोमा धर्ना दिन बसेका थियौ /त्यतिकैमा आफन्त बाहिर निस्किएर सुख दुखकुरा गर्दै आफन्तले हामीलाई नजिकैको चिया पसलमा चिया पिलाउनु हुदैथियो /२४ घण्टा देखि भोको हातले थरथरी काप्दै चिया पीइ रहेको थिए /त्यतिकैमा टेबल मुनि बसेको जम्बु कुकुरले मलाई कोट्याउँ सुरु गर्यो /कति ठाउँ सर्न खोज्छु कुकुरले छोड्दैन /मलाई थाहाछ मसग कुकुरले खानेकुरा मागिरहेकोछ मान्छेहरुले देख्लान भने अर्कै पिरछ/त्यो १ घन्टाको बसाई कुकुरले नबुझ्छ म आफै त भन्दा भोकोछु भन्दा न खल्तीमा सुक्कोरामछ /दाइ साथी र आफन्त के भनेर आ आफ्नो दुख सुख बाड्दैछन मलाई केहि थाहा छैन /म भने कुकुर निधारमा टिका टास्ने बाहुन बजेलाई पालैपालो सम्झिन्दै आफै देखि भागि रहेको थिए —-म भने आफै देखि —

  5. अमेरिकामा कुकुरको जिन्दगी यहाको धनिमानी मनिस भन्दा बढी बिलाशिता जिबनमा जिउन्छन् कुकुरको लागि भनेर बेग्लै खानेकुरा,अनि उनीहरुको हेरचाह गर्ने बेग्लै मानिस,बाहिर घुमाउन लैजाँदा उसको फोहोर सोरेर सफा गरिदिने, समय समयमा पार्कमा घुमाउन खेलाउने लैजाने, मालिककै बेडमा संगै सुत्ने आहा कस्तो राम्रो जिन्दगी कुकुरको त्यही कारणले एकजना भाइले मेरो अर्को जुनीमा अमेरिकामा कुकुर भएर जन्मिन पाएहुन्थ्यो भनेको मलाई आजै जस्तो लाग्छ

  6. I never liked dogs as pet at home because of their smell. But once my brother got two different dogs at home, I put their name as rabies and virus. I was so much in deep love with them that they were in my mind all the time as long they survived. Actually, my brother’s son (nephew named Adit) was too much indulged with him. Those pets never entered in the kitchen and never eaten anything unless we ask them to eat with us. The last moment of Virus was really sad. It was hit by a motorbike and get infected. I took him to vetenary but all was in vain. I still miss him a lot.

  7. “मेरो पहिलो कालो भोटे कुकुरले आत्म हत्या गर्यो”
    ” मेरो दोश्रो भोटे कुकुरले यक जना भारतीएको गर्धन समायो”

    विक्रम सम्बत २०३३ तिर मैले एउटा भोटे कुकुरको छाउरा ५० रुपैयामा किनेको थिएँ/ भोटे कुकुर ठुलो हुने जातको कुकुर हो/ ठुलो भए त्यो कुकुर, घरमा मुसो पनि छिर्न दिंदैन थ्यो/ कोहि नचिनेको बा कुनै पशु घर बा घरको नजिक मात्रै आएमा जुरुक्क उठ्ने तर न भुक्ने, भुयिमा पोजिसन मिलाएर बस्ने/ नजिक आए पछी यकै चोटी झम्टिने/ झम्टेर न भ्यायेमा मात्रै भुक्न थाल्ने/ यसै कारण मैले त्यो कुकुर लाई संधै भरि सिक्रीले बाँधेर राख्ने गर्थे र घुमाउन पनि मैले मात्रै/ त्यो कुकुरलाई घरको अरु परिबार ले पनि घुमाउन खोजे जान नमान्ने/ तर घरको परिबार नातेदार र साथीहरुलाई फेरी ठ्याम्मै चिन्ने, कसलाई न भुक्ने तर जता गए पनि टाउको घुमाएर नियालेर हेर्दै गर्थे/ मेरो कोठाको सामान र कितावहरु घरकै मानिसले पनि छुन दिंदैनथ्यो; निच्च दाँत देखाई हाल्थ्यो/ यक चोटी मेरो ठुलो बहिनीले उनीलाई मन पर्ने उपन्यास देखेर मेरो कोठा भित्र आएर उपन्यास उठाए/ पलंग मुनि बसेको रहेछ मेरो कुकुर; बस टाउको निकालेर बहिनीको पैताला समाती हाले/ बहिनि करायिन रोयिन तर पैताला छोदिएनन्/ तै म घर तेतिनै बेला पुगे/ “हे छोड’ भने पछी बल्ल पैताला छोडे/ खुबी पिटे मैले तेती बेला/ तर मलाई केहि गरेंन पिटाई खाएरै बसे/ सायद अरु कसैले पिटेको भए मारी पो हाल्ने थियो/

    परिस्थिति बस मैले घर त्याग्नु पर्यो/ तर कुकुर लाई आफुले भाडामा लिएको सानो कोठामा लाग्न सम्भावनै थिएँन/ तेसै कारण घरमै छोडियो/ करिब १० दिन जति पछी मेरो भाई डेरामा आयो र भन्यो दाई तपाईंको कुकुरले तपाईं गएको राति देखिने केहि खाएँन, उसको कुकुर-घर बात समेत बाहिर आउँन मान्दैन/ सारै असक्त भई सक्यो सायद आज भोलिनै मर्छ होला/ तर मैले के गर्ने? कुकुर हेर्न जान मन लाग्यो तर जाने अबस्था नै थिएँन/ मन मारी बसे/ पर्सि पल्ट भाईले भन्न आयो दाई “भोतेचा” मर्यो/ अब मेरो भोतेचा मरेको हो बा आत्म हत्या गरेको हो?

    तेस पछी २०४४/४५ साल तिर तेस्तै भोटे कुकुर पालन थाले/ त्यो पनि ठुलो भए/ तर सारै सोझो/ न भुक्ने न तोक्ने/ खानाको काल जतिकै थियो/ भेडा भन्दा सुधो/ तेतिबेला मेरो आफ्नै घर पुरा बनि सकेको थिएँन/ मैले आफ्नो घर बनाउँदा यक जना पनि भारतीय कामदार लगाएको थिएँन/ तर म बाहिर गएको बखत मेरो श्री मतिले बाथ रुम बिग्र्यो भनेर नजिकै छिमेकीको घर बनाउंदै गरेको यक जना भारतीय कामदारलाई बाथ रुम बनाउन दिएको रहेछ/ म तेतिनै बेला घरमा आई पुगें/ के नेपाली कामदार कुनै पायिनस किन भारतीय कामदारलाई काममा लगाएको भनि बेस्करी झपारे/ ‘के गर्ने त् तपाईंले चिनेको नेपाली मिस्त्रिलाई बोलाएको त् हो उ नआए पछी केगर्ने? फेरी यसले तुरन्तै पनि सस्तो पनि बनाउने भने पछी…” मेरो श्री मति पनि म सिट झर्किन/ त्यो मिस्त्रीले काम लगभग सिध्याई सकेको रहेछ/ तेतिनै बेला त्यो भारतीय कामदारले माथि कौसीको पानि ट्यांकी हेर्नु पर्यो भने/ मैले जानु भने/ उसले कुकुर छ? भनि सोध्यो कुकुर त् छ तर बाँधी राखेको र कसैलाई टोक्दैन गए हुन्छ भने/ त्यो माथि गए/ तर मेरो मनमा खिस भयो म पनि माथि जान लम्के/ तेतिनै बेला माथि यकायक कोहि भुयिंमा गद्याम लडेको र मेरो कुकुर अजिब सिट दर लाग्दो तरिकाले गुर्राएको सुने/ मेरो कुकुरले अरु बेला कहिले तेसरी भुकेको सुनेको पनि थिएँन, बडो डरलाग्दो आवाज निकाले मेरो कुकुरले/ म लम्केर माथि जाँदा त् मेरो कुकुरले सिक्री छिनालेर एक तल्ला माथि बाटै हाम फालेर त्यो भारतीय कामदारलाई कौसी नपुग्दैमा चोता तल्लाको भुयिंमा लोतायेर गर्धन च्यापी राखेको रहेछ/ तै दांत गर्धनमा गढ़ाएको रहेनछ खालि गर्धन च्यापेर बसेको रहेछ/ मैले गर्धन छुटाए/ डरले निलै भई सकेको थियो त्यो कामदार/ घर भरिको मान्छे जम्मा भयो/ कसैलाई न भुक्ने न तोक्ने कुकुरले भारतीय कामदारलाई झन्डै मारेको भनेर सबै अचम्म माने/

  8. प्राणीमा सर्बश्रेस्थ मानिस रे !!!! खै मलाई त कुकुर्पो सर्बस्रेष्ठ प्राणी लाग्छ / कुकुरले टोक्यो भने कुकुरको खुट्टा तोक्न जाने मान्छे नेपालमा छन् / एक दिन कुकुरलाई मान सम्मान दिएर के काम ३६५ दिन सम्मान दिएपो अर्थ / वा …वा……वा…महान नेपाली कुकुरलाई पुजा, टिका , माला मिठो खाने कुरा कुकुर प्रेमी नेपाली / अनि कुकुर पुजाको अर्को दिन देखि कुकुर देख्दा alergy हुने नेपाली / निर्दोष कुकुरलाई डुंगा लाठीले हिर्काउने यी कुकुर भक्त को बनावोती कुरूप अनुहार हो / स्यानो मा राम्रो देखेर कुकुर घरमा ल्यायो अनिठुलो भए पछी पिटेर घर बाहिर निकाल्यो अनि कुकुरको जाने ठाउँ कहा ? भतुवा वा बाटोमा/ रेडियो , tv मा रेबिज बात साबधान भनेर करायो/ अकाल मा मानिसको मिर्त्यु / बुद्दी छ भने सरकारले animal rights यो बन्ने संबिधान मा ल्याउनु पर्यो / अनिबार्य कुकुर भक्त हरुले goverment बात पैसा तिरेर license लिने काम गर्नु पर्यो / यसले मानिसको रोजगारी , रेबिज कन्ट्रोल, इत्यादि मा फाइदा / real कुकुर भक्त र कुकुर पालन सक्ने औगात भएकोले मात्र कुकुर पाल्छ /

  9. अनुभव-

    १. हामी जान्ने हुँदा गाउमा काले भन्ने कुकुर थियो; भुकेर टोल नै थर्काउन्थ्यो; कोहि मान्छे आए भने भुकेर सातो काढे पनि टोक्न चाहिं कसैलाई टोकेन| हामी सानै थियौं, एक दिन गोलि जस्तै बेगमा कहाँ दौड्यो भनेर हामी हेर्दै थियौं| दाजी कलेज पढेर छुट्टीमा गाउ आएको एक कोष परै गन्धले थाहा पाएको रहेछ! अनि त् लिन पो पुगेछ गाउको पल्लो छेउ सम्म! पुच्छर हल्लाउदै दाजीलाई घर ल्याई सकेपछि उहाँको बुइ चढेर मुखमा चाट्न खोजेको दृश्य देख्ने लायक थियो!
    एक डेढ बर्षपछि सम्म पनि दाजीको गन्ध याद रहेछ उसलाई! हुन पनि दाजी चाहिं जनावरको शौखिन हुनु हुन्थ्यो! कुकुरलाई खोलामा नुहाउन, पोखरीमा पौडिन लैजाने अनि भकुण्डो मिल्क्याएर छोप्न पठाउने जस्ता क्रियाकलाप गराउनु हुन्थ्यो! शायद यसै कारणले पनि होला कुकुरले दाजीलाई धेरै मिस गरेको रहेछ!
    त्यो कुकुर परमधाम पुगेको बर्सौ सम्म पनि हाम्रो घरमा आउने वल्लो पल्लो गाउको मान्छेहरुले तगालो (गेट) देखिनै चिच्याएर सोध्ने गर्थे- कुकुर बाधेको छ कि छैन भनेर!

    २. शहरमा भाइको बच्चा संगै हुर्केको कुकुरले चेपु भुइँमा टेकाएर, कचौरामा राखी दिएको हड्डी भात एक गास पनि नखाई एकोहोरो भित्तामा हेरेर बसेको दृश्य साच्चिकै मन छुने खालको थियो! उसको साथी (भाइको छोरा) र मालिक, मालिक्नीलाइ दुइ दिन नदेखे पछि
    उसलाई लाग्यो परिवारमा केहि परेछ भनेर- छोराको एपेंडीसाइटिसको अपरेशन थियो अलि खतरै खालको!

    कुकुरले परिबारमा भएका घटनाको मर्म बुज्ने मात्र होइन, सोहि अनुसार हर्ष र शोक मनाउदा रहेछन! कुकुर र बिरालोमा फरक शायद यहि होला!

    • पुनश्च-
      मैले गाउको कुकुरको नाम “काले” भनेर घोंक्रो फुलाउदै भनें तर शहरको कुकुरको नाम
      बिदेशी रहेकोले लेख्न चाहिन! विदेशबाटै नामकरण भै सकेर ल्याएका कुकुरहरुको हक मा त
      ठीकै पनि मान्न सकिएला तर नेपालमै जन्मे हुर्केका छाउराहरुको नामकरण नेपाली गर्दा
      सुनमा सुगन्ध हुने थियो भन्ने मेरो धारणा है! अन्यथा नलिनु होला! नेपाली कुकुर बेलाइती भूकाइ गर्नु पर्ने जरुरि छ जस्तो लाग्दैन मलाइ त! मौलिकता जोगाउनु राम्रो कुरा होइन र? कस्तो लाग्छ तपाईलाई?

      शेर भनेको सिंह बाट शेरु भएको होला, त्यो चाहिं मन पर्यो!

  10. मेरो घरको कुकुर ले त रातोदिन करायर सुत्ने दियन.
    अनि घरकै मान्छेलाई पनि धेरै पटक टोक्यो अनि घर बाट निकाला गर्ने बाहेक मार्ने नै मात्र विकल्प रहेको थियो
    र मैले घर निकाला गरें

  11. मेरो घर मा २० बर्ष अघि एउटा सेतो मोति नाम को कुक्कुर थियो उ प्रत्यक महिना को आइतबार खाना खादैन थ्यो . मासु को गन्ध मै झम्टन खोज्ने मोति त्यो दिन मुख मै लगेर कोच्याउदा पनि ख्याकक ख्याकक गर्दै भाग्थ्यो . बिहान सबेरै भए पछी मेरो बिछ्यौना मा आउथ्यो . एक दिन उसलाई के रोग लागेछ थाहा नै भएन शिथिल भयो त्यस बेला अस्पताल लैजाने प्रचलन पनि थिएँन . मोति घर बाहिर मात्र जान्छ बोकेर लेरायो फेरी बाहिर जान्थ्यो . त्यो रात खाना पनि खाएँन भोलि पल्ट बिहान मेरो बिछ्यौना मा न आए पछी मोति भन्दै बोलाउदै गएको त् बिचरो ले प्राण त्याग गरि सकेको रहेछ म खुब रोए त्यो दिन खाना पनि खान मन लागेंन . मैले भने मम अब कहिल्याइ कुक्कुर पाल्दीन तर केहि दिन पछी फेरी मोति को सम्झना लाइ बिर्साउन अर्को कुक्कुर लेरेको थिए त्यस्ल्को नाम लक्की थियो जो बार्ह बर्ष बाचेर फेरी रुवाएर गयो
    अम्मर रहोस कुक्कुर तिहार अनि माइ संसार यो मौका दिएको मा धन्यवाद

    • शेखर जी
      मैले पनि यस्तो कुकुर देखेको र सुनेको छुँ/ अच्चाम्मै को कुरा हो यो/ सायद प्रकृतिको केहि रहस्य लुकेको हुनु पर्छ/ कुनै घरमा बिरामी पर्दा यक तमासले कुकुर रोयेमा नराम्रो हुन्छ भनिन्छ/ काग घरको कौसीमा आएर कराए कोहि पाहुना बा समाचार पाउँछ भनिन्छ/

      कुकुर र कागको कुरामा मेरी जिबनमै यौटा अनौठो घटना घटेको थियो/ म सानै देखि अति आस्तिकहरुको लागि नास्तिक प्रकारको मान्छे थिएँ/ अन्ध विस्वासमा पटक्कै बिस्वास नगर्ने/ यक दिन मेरो बुबा सिकिस्त बिरामी भए/ पछी बिते/ श्राद्ध गर्ने बेलामा पिण्ड दान गर्दा आफुलाई कुकुरले छुवाउनु हुँदैन भने/ घरमा पालिएको कुकुर बाँधिएको थियो/ तैपनि कहाँ बात एउटा कुकुर आएर पिण्ड बागमतिमा बगाउन जाँदै गर्दा मलाई छोई हाल्यो/ मेरो श्रीमतिले मलाई फेरी अर्को पवित्र पिण्डको ब्यबस्था गर्नु पर्छ भने/ मैले टेरेन र तेही पिण्ड नदीमा बगायर घर फर्के/ त्यो दिन म बैठक कोठामा यक्लाई सुते/ बिहान सबेरै यक किसिमको आवाज सुनेर बिउँझे/ म सुतेको भुयिं नजिकैको सोफामा एउटा काग काउ काउ कराउंदै थियो/ म उठें/ तैपनि काग मलाई नै हेरी काव काउ कराउंदै गरे/ कोठाको ढोका बन्द थियो/ कहाँ बात यो काग पसे भनि म कराए/ मेरो श्रीमति उठेर आयिन तेतिबेला सम्म पनि काग सोफामै थियो/ मेरो “श्री मतिले तपाईंलाई मैले भनेको थिएँ पिण्ड बोकेर जाँदा कुकुरले छुँन दिनु हुन् भनेको मान्नु भएन, अब बुबा अर्को पिण्ड माग्न आएको हो” भने/ श्रीमतीले केहि चामल लिएर कौसीको पर्खालमा राखे/ अच्चम्म सिट त्यो काग त्यो पर्खालमा राखेको चामल केहि खाएर भुरुर्र उडेर गए/ त्यो घटना पछी मैले आज सम्म सपना पनि बुबालाई देखेको छैन/ सायद मैले बुबाको कुरा चित नबुझेर घर त्यागेर बुबालाई यकलायेकोले बुबाले मरि सके पछी पनि मलाई मुख देखाएँन/ जिबनको पछुतो भनेको यहि हो मेरो/

      मित्र हाम्रो नेपालमा विज्ञानको पहुँच र सिधान्त भन्दा टाढाको कुराहरु अबस्य छन्/ नेपालको शाह-राजतन्त्रको अन्त तिनीहरुको दसौं पुस्ता पछी हुनेछ भनेर बंसावालिमा लेखिएको छ/ त्यो मिल्यो/ विक्रम सम्बत २०१८ सालमा यो दिन भूकम्प आउनेछ भनेर महिनौं पहिला भबिस्य बानि गरिएको थियो त्यो पनि मिल्यो/ मेरो परिवारमा मेरो बुबा र म पछिको मेरो भाईको मृत्यु-समयको भबिस्यबानि भक्तपुरको कुनै कान्छा गर्जु भन्नेले गर्नु भएको थियो/ त्यो मिल्यो/ येस्ता कुराहरुले म जस्तो अन्ध बिस्वास मा बिस्वास नगर्नेलाई पनि टोलाउँन बाध्य गर्छ/ हाम्रो नेपाल अच्चम्म को छ/

      • मदन जी,
        यी तलका तपाईका अभिव्यक्तिहरु एकपटक फेरी घोरिएर मनन गर्नुस त! एउटा प्रगतिशील समाज बिस्लेसकले यस्तै अबैज्ञानिक, अन्ध-बिस्वासी कुराको पछाडी दगुर्छ कि ? हजुरले कहिले कहिँ कमेन्ट लेख्दा चिप्लने कारण पनि यहि रेछ! समाजलाई सहि बिश्लेसन गर्न सकिएन भने समाजलाइ सहि रुपमा बदल्न पनि सकिन्न/ हरेक कुराका पछाडी बैज्ञानिक कारण हुन्छ, न कि कुनै अदृश्य-अलौकिक शक्ति/ यस्तो अदृश्य-अलौकिक शक्तिको हौवा देखाएर हाम्रो जस्तो अविकसित देशमा सामन्तले गरिबलाई, जमिन्दारले किसानलाई, पुरोहितले जजमान लाइ, तथाकथित मालिकले ‘नोकर’ लाइ, मालिकले मजदूर लाइ राजा-महाराजा ले ‘रैती’लाइ ठगेको ठगेइ, शोषण गरेको-गरै छन्-यस्तै कुराको आडमा/ अघिल्लो जन्ममा पाप गरेकोले अहिले हामि गरिब, रोगी र दुखि हुनु परेको भनेर, यो नमानेर बिद्रोह गरे पाप लाग्ने दर देखौछन… आदि इत्यादी…/डोर् बहादुर बिष्टको ” Fatalism and Development” ले यस्ता भाग्यमा भर पर्ने अन्धबिस्वासी चलनले गाँजेको देसमा विकास नहुनुको कारण पनि यहि हो भनेको छ/ ए मदन सर, हजुर जस्तो मान्छे लाइ पनि के भाको हो यस्तो….अरु ऐरे-गैरे ले यस्तो लेखेको भए म कुनै प्रति-कमेन्ट गर्दिन थें, हजुरलाई भएर मात्र…pls सकारात्मक रुपमा लिनु होला…

        यी तलका तपाईका अभिव्यक्तिहरु एकपटक फेरी घोरिएर मनन गर्नुस त!
        “….कुनै घरमा बिरामी पर्दा यक तमासले कुकुर रोयेमा नराम्रो हुन्छ भनिन्छ/ काग घरको कौसीमा आएर कराए कोहि पाहुना बा समाचार पाउँछ भनिन्छ/ ”

        “तैपनि कहाँ बात एउटा कुकुर आएर पिण्ड बागमतिमा बगाउन जाँदै गर्दा मलाई छोई हाल्यो/ ”
        “बिहान सबेरै यक किसिमको आवाज सुनेर बिउँझे/ म सुतेको भुयिं नजिकैको सोफामा एउटा काग काउ काउ कराउंदै थियो/ म उठें/ तैपनि काग मलाई नै हेरी काव काउ कराउंदै गरे/ कोठाको ढोका बन्द थियो/ ”
        “श्रीमतीले केहि चामल लिएर कौसीको पर्खालमा राखे/ अच्चम्म सिट त्यो काग त्यो पर्खालमा राखेको चामल केहि खाएर भुरुर्र उडेर गए/ त्यो घटना पछी मैले आज सम्म सपना पनि बुबालाई देखेको छैन/ सायद मैले बुबाको कुरा चित नबुझेर घर त्यागेर बुबालाई यकलायेकोले बुबाले मरि सके पछी पनि मलाई मुख देखाएँन/ जिबनको पछुतो भनेको यहि हो मेरो/ ”

        “मित्र हाम्रो नेपालमा विज्ञानको पहुँच र सिधान्त भन्दा टाढाको कुराहरु अबस्य छन्/ नेपालको शाह-राजतन्त्रको अन्त तिनीहरुको दसौं पुस्ता पछी हुनेछ भनेर बंसावालिमा लेखिएको छ/ त्यो मिल्यो/ विक्रम सम्बत २०१८ सालमा यो दिन भूकम्प आउनेछ भनेर महिनौं पहिला भबिस्य बानि गरिएको थियो त्यो पनि मिल्यो/ मेरो परिवारमा मेरो बुबा र म पछिको मेरो भाईको मृत्यु-समयको भबिस्यबानि भक्तपुरको कुनै कान्छा गर्जु भन्नेले गर्नु भएको थियो/ त्यो मिल्यो/ येस्ता कुराहरुले म जस्तो अन्ध बिस्वास मा बिस्वास नगर्नेलाई पनि टोलाउँन बाध्य गर्छ/ “

  12. Narayan ji…
    Your Dog Looks really Nice… But Lucky Dog, It was from London not from Nepal… Hope Your dog has Tetanus Shot…

  13. In Hindu mythology, when Pandavs (Yudhistir, Bhim, Arjun, Nakul n Sahadev) were taking a path to heaven alive, all the four brothers of Yudhistir died on the way coz of the ego they had of their talent. So, a dog was a company with Yudhistir whom eventually entered heaven alive. So, dog is supposed to be the animal who went to heaven alive with trustworthy Yudhistir and dog too is trustworthy.
    It is said that we have to complete about 84,00,000 life cycles (diff living beings) to get a life of human. And dog is supposed to be the last life before being a human being.
    That’s all I had heard n learnt from elderly people.
    As per dog story, I like dogs even though I was bitten so many times. I missed one of my dog who was poisoned by municipality 🙁 . Our mistake as he wasn’t with his belt as he was taken out of kennel for his washroom. But none noticed the door was open n he left but he return with the effect of poison.
    After his death, I couldn’t sleep n eat for about a week as he was like a family member to us.

  14. I am a big fan of dog and hopefully the link below should be able to let you view my dogs, back home and abroad. Got too much memory to share one of them being, my brother brought home 6 weeks old bhote kukur while i was in nepal, I was there for 3 weeks and left Nepal, I returned back after 13 months and dog was already huge and very tokkuwam and my mom has already spend thousands on treatment for the people he has bitten. Everybody in the family were very reluctant for me to go anywhere near him and he was chained when I got home. he looked at me for few minutes and then he started to lie on the floor wagging his tail. I went near him and he smell my body then start to jump all over me. I was quite surprisd with his memory. I was over the moon to be able to play with him after 13 long month.

    http://www.facebook.com/#!/album.php?aid=183958&id=544387649

    http://www.facebook.com/#!/album.php?aid=100131&id=544387649

Comments are closed.