कानुनको ‘क’ थाहा नभएकाले बनाए संविधान

हामीलाई कानुनको ‘क’ पनि थाहा पाएका छैनौँ भन्दै आफूलाई गृहिणी बताउने एउटा समूहले आज नेपालको नमूना संविधान सार्वजनिक गरेको छ। यसले २ वर्षमा संविधान बनाउँछौँ भनी जनतालाई वाचा गरी चुनिएर आएकाहरुलाई नराम्रोसँग झापड दिएको छ। २ वर्षमा संविधान बनाउन नसकेपछि थपिएको एक वर्षको पनि ६ महिना बितिसक्यो। तर प्रधानमन्त्री, मन्त्री र सभासदहरु देशविदेश घुम्दै मस्त छन्।

यो समूहले बनाएको संविधान बडा अचम्मको छ। यसमा राष्ट्राध्यक्षका रुपमा संवैधानिक राजाको पनि व्यवस्था छ, राष्ट्रपतिको पनि। संविधान लागू हुनुभन्दा अघि जनमत संग्रह गर्ने रे, अनि राजाले त्यसमा ६० प्रतिशत मत ल्याए राजाको पुनर्बहाली गर्ने रे। अनि राष्ट्रपतिले ६० प्रतिशत मत ल्याए राष्ट्रपति रे। दुवैले ६० प्रतिशत ल्याउन सकेनन् भने नि ? कसो गृहिणीलाई नै राष्ट्राध्यक्ष बनाउने भनेर लेखेनछन्। त्यसैले त उनीहरुले सुरु मै भनेका होलान् नि कानुनको ‘क’ पनि थाहा छैन हामीलाई भनेर।

राष्ट्राध्यक्षको योग्यतामा त्यो संविधानमा लेखिएको छ-

छ) तीव्र सचेत, ज्ञानी, सहासी, ज्यादै दयालु, र ज्यादै कठोर, ज्यादै जाँगरीलो, लोभ लालच नभएको, उसको आफ्नो भन्नु नै जनता, सम्पत्ति भन्नु नै देशको प्राकृतिक स्रोत जस्तै जमिन, जंगल, जलस्रोत, जडीबुटी र सीमा रेखा, इच्छा भन्नु नै सीमा रेखाभित्र रहेका प्राणी लगायत सम्पूर्ण वस्तुको आवश्यकता अनुसार सम्मानित र दण्डित गरेर सन्तुलित राज्य बनाऊनु, कर्तव्य भन्नु नै देशभित्र रहेका सम्पूर्ण प्राणीहरू लगायत अन्य सबै चल अचल कुराहरूको क्षमता र योग्यता हेरि सबैलाई व्यस्थतामा राख्नु, खुसी भन्नु नै आधारभूत कुराहरू जस्तै गास वास शिक्षा स्वस्थ्या जल मल बीउ ऊज्यालो आदिको व्यवस्था गरी देश सम्मानित भएर मुस्कुराऊनु, क्षमता भन्नु नै जनताको भावना अनुसार देश चलाऊनु र असल गुप्तचरको छनौट गर्न सक्नु जस्तै अत्यन्तै इमान्दार,भरसिलो र गोप्य व्यक्ति, पूर्व, पश्चिम, ऊत्तर, दक्षिण,चारै दिशाको सीमा रेखाभित्र हिमाल, पहाड, तराईमा अटेका सबै नेपाली नागरिक मात्र नेपाली हो ।

(ज) रोगी, पागलपन, सन्कि, रिसाहा, धुर्त, नास्तिक, संस्कारहिन आदिबाट मुक्त भएको व्यक्ति ।

हरे ! आजभोलिको जमानामा पनि यस्तो मान्छे पाइन्छ होला त कहीँ ? यो संविधानको नमूना हो कि दर्शन साहित्य ?

फेरि (च) नेपाल सरकारद्वारा मान्यता प्राप्‍त विश्‍वविद्यालयबाट स्‍नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने शर्त पनि रहेछ। यो संविधान लागू भयो भने त ज्ञानेन्द्र पछि राजा नै नहुने रहेछन्। पारसले स्नातकोत्तर गरेका छैनन्, ह्रदयेन्द्र अझै सानै छन्।

जे भए पनि यतिको संविधान बनाएर कामचोर सभासदहरुलाई गजबको व्यङ्ग्य भने गरेकै हुन् है यो समूहले भित्री मनसाय यिनीहरुको जे भए पनि।

गृहिणी समूहले बनाएको नयाँ संविधान हेर्न क्लिक गर्नुस्

51 Comments

  1. शायद मेरो विचार मन नपर्न सक्छ कसैलाई, म कानुन व्यबसायी भएको नाताले के भन्न चाहन्छु भने कानुनको क नजान्ने महिला दिदि बहिनीहरूलाई जति पनि आउदो रहेनछ सभासद हरुलाई, संबिधान भेनेको कानुनहरूको पनि कानुन हो, कानूनहरुको कानून मस्यौदा गर्नलाई शिक्षा अपरिहार्य हुन्छ, देश भक्ति आबश्यक हुन्छ, थोरै शिक्षा केहि सभासदहरूलाई होला तर देशभक्ति एक जना लाई पनि छैन, जेष्ठ १४ गते पनि संबिधान जारी हुँदैन, हेर्नै छ जनता कति चुप लगेर बस्दा रहेछन, जागा जनता जाग ६०१ को मात्र देश होइन जाग……………………………………
    २०६७.९.१८

  2. अब हामीले भनेर हुन६भनि यहि संबिधान ३००००००० नेपाली को संबिधान हुन्छा भन्दा केहि फरक नपर्ला, ३ वर्सा सम्म संबिधान बनाउन सहमति ,सहमति ,भनेर कुर्शी मा तानातान गर्दै जनताले रगत बगाएको बजेट खाएर बस्नी ६०१ सभासद हरु खबरदार, जेष्ट १४ नजकै ६ अब ,

  3. “क” पनि नचिन्ने औठा छाप हरु सम्भिधन सभामा बसेर सम्भिधन लेख्छु भन्छ , एनी हरु ले कानुन मात्र थाह नभएको रैछ |

  4. यस्तै संबिधान हो भने मुलुक त १० बर्ष अगाडी होइन २० बर्ष पछाडी चाही जाने पक्का छ है!!!!

  5. मुलुक विग्रियको यस्तै भएर हो, आ आफ्नो जीम्मेबारि पुरा गर्ने भन्दा पनि अरू को काममा बाठो बन्ने प्रवृति ले वाह वाहि पाई रहेको देखिन्छ तसर्थ एस्ता गतिबिधि लाइ प्रोत्साहन नदिउ, चाहे संबिधान समयमा बन्ला वा नबन्ला तर पनि यो काम तिनै फटाहा, डाका, ढुकुटी रित्याउने जे जे भनेर गाली गरे पनि नेता कै हो,

  6. यहाँ संबिधान चाहिएको पो कसलाई छ र ………………….आआआआआ फोकट को टेन्सन…सोच न फेरुन्जेल…अमेरिका कै सबै भन्दा सफं संबिधान लगाए नि की हुने वाला छैन …..बाबु र नानीहरु

  7. यो संबिधान बन्यो भने त नेपाल पुरानै नेपाल होला, नौलो कुरा पनि नपुग कुरा पनि धेरै छ,

    तर यो सम्मान जनक कुरा चाही हो भन्ने हामीलाई लागेको छ

    जय नेपाल

  8. चित राज लिम्बु जी,

    मैले उत्तर कोरियामा मानिसहरुले खान नपाएर घाँस खाएको कुरा मेरै दिदि जो UN मा काम गर्नु भएको थियो वहा बाट प्रतछ्य सुनेको छू. सायद तपाई ले दक्षिण कोरिया को कुरा गर्नु भएको होला.

  9. राम्रो धेरेई राम्रो अब यस्तो संबिधान क बनाउथे चोर हरुले राम्रो लागो रस्तापति को योग्यता को बारेमा पढेलेखेको मान्छे भनेको पढेलेखेको हो नि अब प्रधान मन्त्रि चै बाबुराम लै दिनु पर्छ
    प्रमानन्द झा चै कुन पोस्ट को लागि योग्य हुने रहेछा भारत को दुत ठिक होला नत्र चरेस मन्त्रि पनि थिकेइ होला है

  10. ये हजूर सचिकै निदयको मानिसलाई पो उठाउन सकिन्छ निदायको नाटक गर्नेलाई कसोरी उठाउने ? इ नेता हरु नाबुजने होइनन बुझेर बुझ्पचाउने हून . तेसैले जस्तो झटका दिय नि इनिहरुलाई भालुलाई पुराण सुनाउनु बराबर हो. आमा हरुले जगाउने कोसिस त गरे तर इ चटके हरु जग्दैनन कसता को हात मा पर्यो हो ………..हाम्रो देस सबै अमालाई टुक्रा टुक्रा पारी बेचेर खान पल्केका ……….

  11. सकिन्छ भने एक एक प्रति २०५ संसद्को घरमा रेजिस्टर गरियोस २,४ सय म पनि सहयोग गर्छु !

    • बिनोद जी, २०५ मात्रै कि ६०१ लै नै register गरेर पठाउने हो?

  12. अरु को रगत चुसेर खान पल्केका इ परजीबी हरुको ऐले को बाच्ने आधार वनेको नै संबिधान नबनाउनु हो. यो बनियो vaneta एनी हरु वोक्वोकै मरिहल्चन नि यी पर्जीबी हरु को बाच्ने आधार vaneko नै संबिधान को एजेन्डा हो.

  13. आदरणीय mysansar
    खै कसरी भन्नु भयो इनिहरु लै कानुन को क पनि औंदैना भनेर?
    मैले पुरै उनीहरु को संबिधान पदेन. वास्तव मा सारै नै राम्रो लग्यो.
    अब को ६ बर्ष मा नि बादर ले घर बनौन्दैना. बरु येसैलाई नै मानेता दिंदा हुन्छ./ एउटा इथिहास त कायम हुन्छ./

  14. के गर्नु आमा हरुले हान्न त कानको जरा मा हाने जति हाने पनि इ साला भुसिया कुकुर हरुलाई केहि हुने होइन (हरे इ साला हरु अमेरिका बेलायेत उरोप घुम्न जान्छन हैन ति बिकसित मुलुकहरु देखेर अलिकति पनि लज्लाग्दैना के भन्नु र आफ्नो देस एस्तो छ आर्का को देस तेस्तो भनेर )अब आमा हरुले हान्नु भयो अनि बाउ हरुले हान्छन अनि हजुर बाउ ले अनि लास्टमा नेपाली उवा को रगत तातिए पछी ४६ सालको आन्धोलन मा जस्तै पानि पानि भन्दा मुखमा सु गर्दा बल्ल इ भुसिया कुकुर हरुको दिमाख मा घाम लाग्छा तेती खेर घाम लगेर पनि क गर्नु धेरै ढिलो भैसकेको हुने छ सुबुड्डी लिनु मा ढिलो नगर्नु नत्र सोच्दै नासोचिको दिन देख्न पर्नेछा /

  15. योग्यता त मेरो पुग्ने रहेछ तर ६०% ले जित्ने नभई सबै भन्दा कम मत पाएकालाइ बनाउने हो भने विचार गरौला |

  16. संबिधान लेख्न त सबैले सक्दछ । त्यो संबिधानले बैधाता पाउँछ की पाउँदै ? देशमा भएका हालसम्मका समश्याहरुको हल गर्न सक्दछ की सक्दैनन ? बनाएको संबिधानले राष्ट्र बचाउन र चलाउन सक्दछ की सक्दैन ? देशमा न्याय र समानता कायम गर्न सक्छ की सक्दैनन् ? गरिखानेहरुलाई लुटिखानेहरुको लुटबाट संरक्षण गर्न सक्छ की सक्दैन ? भन्ने प्रश्नहरु महत्वपुर्ण हुने गर्दछन । क , नजान्ने लेखेको भनेको यो संबिधान त अग्रेजी मात्र जाने अन्तराष्ट्रिय स्थरका गैरसरकारी संस्थाका हाकीमहरुले कमल थापाको निर्देशनमा तयार गरेको रहेछन । त्यसाई क ख जान्नेहरुले नेपालीमा अनुबाद गरेका रहेछन । यसरी आफ्नो वर्ग स्वार्थमा लेखेको संत्रिधानलाई अन्य वर्गले कसरी स्वीर्काला यो राजावादी संबिधान हो यस अघि एमाओवादी र नेपाली काग्रेस नेता नरहरीको संबिधान आईसकेको छ । धेरै वटा गैरसरकारी संस्थाले पनि संबिधान लेखिसकेका छन । साच्चैको संबिधान लेखिन कि त एउटा वर्गले अर्को वर्गलाई जित्नु पर्यो ! कि त सहमति हुनु पर्यो । नत्र यो शक्ति सन्तुलन रहँदासम्म संबिधान लेख्दैमा केही हुनेवाला छैन । हाम्रो निकट भबिश्यमा युद्ध मडारी रहेको छ । भारत नेपालमा गृह युद्ध चाहान्छ । नेपाली अनुहारका भारतीय दलालहरु पनि त्यही चाहान्छन । तसर्थ आम राष्ट्रवादी नेपालीले राष्ट्रिय युद्धको तयारी गर्नु पर्दछ । सेना पहरीका मुटिभर हाकीमहरु पनि कमिशनको लोभमा युद्ध चाहान्छन । समान्य जनता मओवदी नेपाली सेना र प्रहरीका जवानहरुले चाहाँदैमा शान्ति संबिधान र सम्बृदी आउने सम्भाबन देखिन्दैन । तसर्थ सबैले आफ्नो वर्ग र राष्ट्रको हीतमा लड्न तयार भएर बस्नु पर्दछ ।

  17. हाम्रा सभासद हरु ले पनि कत्ति न कानुन जाने जस्तो !!! सबै उस्तै हुन्…..

  18. आमा समूह को example ली गर्दा मलाई के लाग्यो भने देखिन्, संबिधान बनाउन चाहे को खण्ड मा बन्दो रहेछ तर हाम्रो देश को बुद्दिजिबी भनौदा हरु ली चै किन न सकेका हुन् कुन्नि? PLANE चलाउन धेरै पढ्नु पर्छ भने देश चलाउन कति पढ्नु पर्छ आमा समूह ले भन्नु भए को छ तर हाम्रो देश चलाउने हरु त अनपढ हरु छ तै भएर होला संबिधान न बनेको होला ल DESH को DRIVER हरु बिचर गर्नुअब

    • आमा समुह हैन क्या मित्र, गृहिणी समूह….!!! कस्तो झुक्किएको?

  19. जे होस् औता संबिधान को खाका त तयार गरेछन कानुन को ‘क’ पनि नजान्ने भन्नेले ….. हाम्रा नेता हरु त सबै थाहा छ कसरि संबिधान बनाउने हो भनेर भन्छन तर ‘क’ पनि लेख्दैनन …….. अब सबै नेपाली हरु ले आफ्नो लागि आफै संबिधान लेख्न थाले हुन्छ /

  20. एकदम गतिलो झापड हो यो यी ६०१ जना भुसतिघ्रेहरुलाई | तर यी भुसतिघ्रेहरुमा चेतना नै छैन, यिनीहरुले यो के बुझ्लान र | बुझिहाले पनि नबुझे जस्तो गरि बस्लान | जनताको रगत पशिना चुस्न पाएकै छन् | अझै अर्को एक वर्ष थप्ने भन्ने हुन् कि उनीहरुको आयु |

  21. “हो आमा ! तिम्रा सन्तानलाई झि भ को छ “—-
    —————————————————-
    राजा ! तिमि रास्ट्रपति बन .
    बाबु ! तिमि प्रधान मन्त्रि बन .
    दुवै मिल .
    आपसको मनमुटाब त्याग .
    मिलेर मुलुक हाक .
    सबैलाई ठाउ देउ .
    कागको का ! का !
    कोइलीको कू हू कू हू !
    सबै सुन्नु पर्छ
    अनि पो जंगल मङ्गल हुन्छ –
    सबै दानब भए देवताको नाम किन जपिन्थ्यो !
    सबै अज्ञनि भए ज्ञानीको नाम किन सुनिन्थ्यो !!
    यस्तै हो संसार !
    अब मिलेर चल्नु पर्छ .
    उसले उसंग रिसिबी नलेउ
    सबै भन्दा ठुलो कुरा ” मुलुक र जनता ” मानिदेउ .
    हामीलाई प्रगतिशील संबिधान चाहियो !
    प्रगतिशील संबिधान समयमै देउ !!!!!!!!!
    अब हामि कम्जोर हुन चाहदैनौ ,
    बिदेशीको दासत्व हामि सहदैनौ !!!!!!!!
    झिजा नबन ! झिजा नबनाउ !
    मूढा बाल्न एकतामा आऊ .
    भैगो ! बिगत माफि भो .
    वर्तमान हेर !
    समय नफाल खेर !!
    आपसमा मिल्नलाई नगर अबेर !
    सापटी माग्नु हुदैन बिदेशीको बोलि ( राजनैतिक हस्तछेप )
    तिन्का बोलि भोलि बनिदिन सक्छन गोलि ( राजनैतिक हस्तछेप )
    त्यसैले ,
    मेरी आमा भन्छिन् , –
    राजा ! बाबा !झगडा नगर !
    नाना च्यातिन्छा !
    घाउ हुन्छ !
    दुख्छा !
    कठै !
    मेरो राजा ! मेरो बाबु !
    झि भो नि तिम्लाई !!!
    हो आमा ! तिम्रा सन्तानलाई झि भ को छ —- 🙁

    • धेरै पछिको मन छुने कविताको लागि स-हर्ष धन्यबाद लुना जी लाई !

    • गतिलो कबिता पढ्न पाईयो |लेखिका लाइ धन्यबाद |

  22. शाह, थापा, कटुवाल, राना आदि श्रीमती संघ को जात्रा
    कसैको इसारा र स्वार्थमा यहि मौकामा रचिएको छोटो यात्रा

  23. यस्तो पनि हुदो रेछ, जिन्दगी मा कहिले कहिँ….
    बनाउछु भनेका ले केहि गर्न सकेनन त, कमसेकम गृहिणीहरुले घरको काम सकेर यति नमुना संबिधान त बनाएछन… पर्चे, कलमबिर, माकुने, झले, उपेंद्रे हरुलाई राम्रो अदृस्य झापड भो है………………..

  24. कृतिमरुपमा प्रयोगशालामै बनाउन पनि नसकिने चरित्रको “जन्तु” मात्र राष्ट्राध्य?? यदि त्यस्तो जन्तु बनिनै हालेछ भने!
    अनि रोगी, पागलपन, सन्कि, रिसाहा, धुर्त, संस्कारहिन्सँग “नास्तिक” चाहिँ किन जोडिनु परेको? धर्म निष्पक्ष राज्यमा नागरिकलाई आफ्नो खुशी अनुसार धर्म मान्ने स्वतन्त्रता छ भने सोहि अनुरुप धर्म नमान्ने स्वतन्त्रा पनि त छ।

  25. बेलायत मा एकचोटी राजतन्त्र मारेर फेरी जन्माएको छ के त्यहाँ राजतन्त्र हुदै मा सबै कुरो बिग्रेको छ र ? तन्त्र जे सुकै होस् नागरिक हरुमा चेतना भए देश बिकाश गर्न गार्हो छैन/ आ आफ्नो पहिचान राख्न पर्छा /आफ्नो घर आगो लगेयेर खरानी पर्ने अनु अरुको चाही झुप्रो पनि राम्रो यो अलि सुहाएन /जस्तै मैले कान्तिपुर पत्रिका मा फलानो देश को युबराज ले यसो गर्यो उसो गर्यो फलानो देशको राजकुमारी ले यसो गर्यो उसो गर्यो भनेर फोटो छापीन्छ/ अनि उसले गरेको क्रियाकलाप को राम्रो रिपोर्ट गरेको हुन्छ भने हाम्रो देश को चाही राजतन्त्र फालेर खुब राम्रो काम गरे भन्ठानेका होलान / कति त्यस्ता देश छन् जहाँ गणतन्त्र छ खोई त्यो देश बिकाश भएको छ ल हेर्नुश उत्तर कोरिया त्यो पनि समाजबादी गणतन्त्र/ बाउ प्रेसिडेन्ट उ मर्यो उसको छोरो प्रेसिडेन्ट उ बुढो भयो आब उसले आफ्नो कान्छो छोरो लाई प्रेसिडेन्ट / त्यस्तै गरेर क्युबा मा हेर्नुश त्यो पनि गणतन्त्र नै हो क्यारे त्या चाही फिडेल क्यास्ट्रो को छोरा छोरी छैन जस्तो छ त्यसैले उसले आफ्नो दाजु लाई राज्य को राजपत सम्हाल्न लाई दियो होयिना भने उसले पनि किम इल सुंग (उत्तर कोरिया) ले गरेको जस्तै गर्थ्यो/ नेता हरुले आफ्नो छोरा छोरी लाई अघोसित रुप मा राज्यको उत्तराधिकारी घोसना गर्ने भए पछी ल हेर्नुश गिरिजा ले आफ्नो छोरी सुजाता लाई अ घोसित उत्तराधिकारी घोसना गरेको छ /अब यस्तो चाला हो भने किन भई रा राजतन्त्र फालेर यो चोर नेता क छोरा छोरी लाई हामी ले मन नलागि कण नेता को रुप मा हेर्नु पर्ने अनि राज्य शक्ति मा जसरि पनि यिनीहरु को हालीमुहाली हेरी रहनु भन्दा त मेरो विचार मा राजतन्त्र नै स्थापित गरे हुन्छ होला / आब चै संबिधान बनाउन अगी संबिधान मा राजतन्त्र कि गणतन्त्र राख्ने भनेर जनमत संग्रह गरेर संबिधान निर्माण गरे हुन्छा / राजतन्त्र फर्किने वा न फर्किने यी नैतिक नै न भएको नेताहरु ले गर्ने होयिन जनता ले गर्नु पर्यो/

    • sushil sharma जि तपाईले उतर कोरियाको उदाहरण त दिनु भयो तर उतर कोरियाको बारे तापाईलाई अलि राम्रो संग अध्यान गर्नु भएको छैन जस्तो लाग्यो दस्रो चोटी लेख्दा अलि अध्यान गरेर लेखे कसो होला…………

      • लिम्बु जी..के कुरा गरेको तपाईले ? तपाई लाई के थाहा छ उत्तर कोरिया को बारेमा टो भन्दा बढी ? के किम बाजे देखि नाती किमसम्म एकले अर्कोलाई सत्ता हस्तान्तरण गरेको होइन ? होइन भन्नु हुन्छ भने ..कसले पो त अलि ध्यान र अध्यन गरेर लेख्नु पर्ने हो ?

        अर्को कुरा पनि भनि हालु है त. उत्तर कोरिया को एक ठाउँ बाट अर्को ठाउँ मा जादा परमिट लिनु पर्छ .. र पुरा जानकारी दिनु पर्छ ..(आफ्नो एरीयाको निकाय लाई ) …. विदेश भनेको त अर्को जन्म मा मात्रै ( सर्ब साधारण लागि).

        • तपाईलाई चाहि के थाहा छ उत्तर कोरियाको बारे? तपाई त्यहाँ जानु भाको छ?? परमिट लिएर यात्रा गर्नु परेको छ? पश्चिमेली छापामा आएको कुरा पत्याई हाल्नु पनि हुदैन।

      • उत्तरकोरिया अति बिकशित देश भन्न खोज्नु भएको हो कि?

    • सुसिल शर्मा जी
      राजा भन्दा यी नेताहरु राम्रो भएको नपाएको अबस्थामा राजतन्त्र नराम्रै हुन्छ कसरि भन्ने प्रशं उठाउनु भएको मलाई त् सामयिक नै लागे/ तपाईंले भने जस्तै आज पनि प्रजातन्त्रको जननी मानिने बेलायतमा अझै राज तन्त्र नै छ/ जापानमा राजालाई त्याहान्को जनताले ईस्वर लाई जतिकै मानिन्छ भनिन्छ/ नेपाल त् अझ साँच्चै भनु राजाले नै निर्माण गरेको देस हो; यहि राजा किन तेती बिबादास्पत् भईयो?

      नेपालको राजाहरुको कालो कर्तुतहरुको उल्लेख गर्नु भन्दा पहिला उनीहरुको देन हरुको सम्झनु पर्ने अबस्था आएको छ/ आज पनि नेपाललाई बिस्वोमा चिनाउने कुराहरुमा उतिबेलाको राजतन्त्रकै कृतिहरु नै भएको मान्ने पर्ने अबस्था छ/ किराती, लिछिबी मल्ल कालिन राजाहरुलाई कुनै नेताहरुले सायदै कुनै आलोचना गर्न सक्छ होला/ तर यी नेताहरुलाई त् थुके पनि थुकी सत्यानास हुने भई सक्यो/

      शाहकालीन राजाहरुमा प्रिथ्बिनारायण शाह पछि त्रिभुवन सम्मको हैसियत भारत बात बिहा गरेर ल्याईएका राजपुतानी रानीहरुको रखैल बा भारदारहरुको खेलौना जतिकै मात्र भए/ यसै कारण राना-तानाशाहीले नेपालमा शताव्दी भन्दा माथि नेपाली जनतालाई शोसन गरे/तव न जनताले निकम्मा राजा अनि लुटाह भारदारको तन्त्रलाई जनताले फाल्न खोजे/ यसै क्रममा अनेकौं परिबर्तनहरु भए/ तर कुनै पनि परिबर्तन जनताले चाहेको जस्तो भएनन्/

      राना फालियो पंचायत फालियो राजा फालियो तैपनि नेपालमा जनताले चाहेको जस्तो ब्यबस्था आएनन/ हुँदा हुँदा आज त् देस नै सरकार बिहिन संबिधान बिहिन अबस्थामा सम्म पुगी सके/ दोसी को?

      मेरो बिचारमा सबै भन्दा बढी दोसी त्रिभुवन हो/ त्रिभुवन कै कारण नेपाल माथि भारतले प्रभुत्वो जमाउन सकेको हो/ राणाहरुले त्रिभुवनलाई निकम्मा बनाई राखेको थियो/ तर तिनीहरु त्रिभुवनकै भारदारहरु थिए/ २००७ साल अघि सम्म त्रिभुवनले उहिले राणाहरुको हुकुम मानेर बसे २००७ साल पछी भारतको निर्देशनलाई शाही हुकुम मानेर बसे/ २००७ सालमा त्रिभुवनले प्रजातन्त्र भनि नेपालमा लादिएको ‘तन्त्र’ बास्तवमा भनु भने “भारतीय प्रान्तिये तन्त्र’ मात्रै हो/ त्रिभुवनको पालामा भारतले त्रिभुवनलाई नेपाल फर्काएर गद्दीमा राखेको मोल असुलुनु असुले/ त्रिभुवनलाई यसको बाल मतलव भएँन; उसलाई त् गद्दीको सेरो फेरो नै सम्पूर्ण नेपाल भएको लागे/ राना कालमा त्रिभुवन राना भारदारहरुको रवर स्तायम्प थियो भने २००७ साल पछी पनि उसलाई अघि लागाएर दिल्ली बात आएको नाम धारी नेपाली नेताहरुको रबर स्तायम्प नै रहे/

      यसै कारण यता राना बिरुद्ध जाग्ने जनाताले दिएको प्राणको बलिदान खेर गयो भने देसमा महेन्द्र वादको जन्म भयो/ २००७ साल अघि जनता राणाहरुको रैती थिए, महेन्द्र बादमा रैती भन्नुको बदला पन्चे भनिए/ न रैतीले नागरिक हक भोग गर्न पाए न पंचे भनिएको जनताले/ तापनि महेन्द्रलाई त्रिभुवन भन्दा उपल्लो स्थानमा हामीले राख्ने पर्ने भएको छ/ त्रिभुवनले नेपाललाई भारतको यक प्रान्त जतिकै बनाए भने महेन्द्रले नेपाललाई रास्ट्र संघको सदस्य समेत बनायर नेपालको अस्मिता माथि भारत बाट सिधै बलात्कार हुन् बात बचाए/ त्रिभुवनको ती भारदारे नेताहरु लुटाए जस्तै महेन्द्रको पालामा भारतले केहि लुट्न सकेन/ महेन्द्रको देन यतिनै हो/ यसै कारण महेन्द्र त्रिभुवन भन्दा उप्पल्लो स्थान मा रह्यो/ तर हुन् त् उ पनि जनतालाई रैती बनाउने राजा नै थिए/ तेसै कारण नेपाली जनताको हृदयमा बस्न सकेन र महेन्द्र लाई तानाशाह भएको मान्नै पर्ने भयो/

      अब बिरेन्द्रलाई खासै आलोचना गर्न किन सक्किन्न भने उसले जनताको चाहना लाई हदै सम्म तिरस्कार चाहिं गरेनन तर जनताको चाहनालाई सजिलै सिट सम्मान पनि गरेनन/ उसको कमजोरी यतिनै हो/ सायद बिरेन्द्रले परिबर्तनको नारा लगाउने उही त्रिभुवनले दिल्ली बात ओसारेकै भारदारे नेताहरु नै भएको ले उनीहरु माथि बिस्वास नगरेकोले हो कि?

      त्रिभुवनले दिल्ली बात ल्याएको भारदारे नेताहरुले २००७ सालमा नेपालमा प्रजातन्त्रको नाममा “भारतको प्रान्तिये तन्त्र” लादेको कुरा बिरेन्द्रले राम्रै बुझेको महसुस हुन्छ/

      बिरेन्द्रले २०४६साल् मा पंचायत फारेर प्रजातन्त्र अपनाउने कुरा सकारे/ आफु संबैधानिक स्तरमै मात्र सिमित रहन पनि सकारे/ तर देसको शासनको जिम्मा लिने हरु तिनै त्रिभुवनले दिलले बात ल्याएका नै त् थिए त् जनताले चाहेको परिबर्तन कसरि पो पाउन सक्थे/ जसरि यिनीहरुले २००७ सालमा परिबर्तन हुना १९५०को लंगौतिले नेपाललाई जकड्न दिए, कोशी गण्डकी लुटाए तेसरिनै यिनीहरुले टनकपुर महाकाली आदि फेरी पनि भारतलाई सुम्पिए/ जनता ट्वाल्ल नै परे/

      के २०४६ सालमा हजारौ जनाताले प्राण दिएर ल्याएको परिबर्तन भारतलाई टनकपुर महाकाली सुम्पिन हो? देसको सिमा हरु मिचाऊंन हो? देसको प्रमुख उद्द्योगहरु भारतीयहरुलाई सुम्पिन हो? बिहारी हरुलाई सके सम्म नेपालमा हुल्न दिन हो?

      २०४६ साल पछी बहुदल नाम दिएर चलाएको ब्यबस्थामा अरु दललाई सके सम्म दवाउन खोजे जनताले पत्याएको नेता हरुलाई पाखा लगाए/ यिनीहरुले साँच्चै भनु भने बहुदल नाम दिएको ‘यक दलिए तन्त्र’ चलाउन खोजे तवं न मावोबादीको जन्म भयो/

      नेपाली जनताले उहिले देखि राना बिरोधको नाममा “भारदारे तन्त्रको” बिरोध गरेको थियो/ २०४६ साल पछी पनि भारदारे तन्त्र नै चल्यो/ रानाको हजुरिया पनि तिनै पन्चे पनि तिनै त् हुन्/ तेसैले अस्तिको संबिधान सभाको चुनावमा ती भारदारे नेताहरु र तिनका दलहरुलाई जनताले लोपा खुवाए/ बरु मावोबादिलाई भोट दिए तिनीहरुलाई दिएनन्/ जनता आफुलाई मारेको लुटेको भुल्न सक्छन तर भारतको हैकम बाद र लुट सहन सक्दैनन्, भारतले नेपाल मिचेको लुटेको भुल्न सक्दैन/

      भनिन्छ कि सत्रुको सत्रु मित्रु हुन्छ भनेर/ भारतले आज सम्म पनि नेपाल मिच्दै ल्याएको र आफ्नो मतको अपमान हुनु मा भारतनै दोसी भएको देख्ने नेपाली हरुको लागि भारत यक नम्बरको दुस्मन भएको छ भने मावोबादी आज भारतको प्रथम सत्रु भएको छ/ भारत मावोबादीको बिरोध गर्ने, मावोबादी भारतको बिरोध गर्ने/ जनता ले अनि कसलाई पत्याउँछ पशुपतिमा भारतीय भट्ट नै चाहिन्छ भन्ने लाई त् पत्याउने कुरा भएँन/ तेसै कारण आज उहिलेकाको हाती जत्रो पार्टी र नेताहरु आज दिल्लीको गल्लि गल्लीमा भारि बोक्ने खच्चड भन्दा होचो भएको छ र प्रबिती पनि तेस्तै देखाई रहेको छ/तापनि सिंह दरवार आज पनि उनीहरुकै कन्जामा छ त् सुसिल जी तपाईंले यिनीहरु भन्दा राजतन्त्र नै ठिक भन्नु भएको हो जस्तो लाग्यो/ तर आज जागेको नेपालीले राजतन्त्र नाम लिना साथ् उही रानीहरुको रखैल र भारदारहरुको खिलौना सम्झिन्छ तेसैले अब राज तन्त्र फर्किने फर्काउने कुरा गर्नु निर्थक नै हुन्छ/ लोकतन्त्रको बिकल्प लोक्तान्त्र्नै मात्र हुन् सक्छ पाउन सके नेपाल नेपाल रहन्छ पाउन नसके नेपाल नेपाल रहन्न/

      • मदन जी
        यो पद र शक्ति भन्ने कुरा नै अचम्म को छ | सायदै कोइ होला जो एस्लाई बर्दास गरेर आफुलाई संयमित राख्न सकोस | कि त्यो त्याग्न बुद्द को आट चाहियो |
        पंचायत काल देखि नै हेर्नुस न सुर्यबहादुर केहि समय अलिकति शक्ति उपयोग गर्न पाउदा कस्तो फुर्ति गर्थे ,तेस्पछी गिरिजाले सक्ती को लुगा लगाएको ,प्रचण्ड ले बागमतिमा धोएको देख्नु नै भो | अरु त् अरु आजकाल चिट्ठा परेर बनेका रास्ट्रपति रामबरण समेत मन्दिर जादा हेलिकप्टर ,हेलिकप्टर नै लिएर रारा यता उति घुमेको देखु नै भो |
        तेस्तै माकुने को तान्दाब न्रित्त्य त्यहिँ शक्ति को आडमा , ओलीको फुइ |
        यी सब पानीको भूलका हुन् | तेसैले राजसी ठाट ,बाट मै जन्मेका हुर्केका राज घरानिया हरु पाठ बिचलित हुनु त्यति आश्चर्य मान्दिन म त् |
        उनीहरुले सोच्न सक्नुपर्ने काठमान्डू बाट दक्षिण काली जादा दिनभरी जाम मा कतिलाई मर्का पर्छ |उचित ग्यान को अभाब , सल्लाह को कमि (धेरै परिबार को सदस्य हत्या काण्ड मै मरेकोले पनि होला ) आदि ले गर्दा उनीहरुले धान्ने न सकेर
        छोड्नु पर्ने स्थिति आयो |फेरी अचम्म के छ भने हारेर पनि राजाले किन देश छोडेन ?????
        तेसैले इन्डिया सग त्यो बेला केहि कुरा भएको हुन् सक्छ |
        फेरी सुद फिर्ता बोलाइनु मावोबादी को आबाज दिल्ली ले सुन्नु हो , तेस्तै राजा दिल्ली दौडाह मा जानु , ले नया समीकरण को संकेत पनि दिन्छ |
        मावोबादी नेताको दिल्ली बिरोध पनि कोखाई खाइ हाम्म त् हैन ?
        हामि नेपालि ले सोच्नु पर्ने चै के हो भने आज को मिति सम्म , धेरै नेपालि ले बिस्वास गर्न सक्ने संगठित शक्ति मावोबादी भित्र छ ,भोलि के हुने हो भन्न सकिन्न |त्यहिँ भित्र पनि बिभिसन हुन् सक्छ ,हामि गलत पनि हुन् सक्छौ |

  26. राजाको पनि ठाउँ देख्दा त शंकै लाग्यो है, कतै यो हाम्री माइली भाउजुको माइतीले बनाएको ड्राफ्ट त होइन? तर जे होस्, ६०१ नाटककार हरुको लागि, Rehersal गर्न राम्रो स्क्रिप्ट हुन सक्छ है यो /

  27. आज चाँही टन्न तीन पाने खाएर खुशियाली मनाउनु पर्छ | नमुना नै भए पनि यसपाली चाँही समयमा संबिधान बनेछ, अब संविधानको लागि अर्को समय थप्न नपर्ने भयो | नेपाली जनताले मिलेर अब यी काम न काजका देशको ढुकुटीमा धमिरा लगाउने ६०१ लाइ रद्दी टोकरीमा हालेर सिसडोलको दम्पिंग साइटमा कहिल्यै ननिस्कने गरेर पुर्नु पर्छ |

  28. विधायक हरु या भनु माननीय सभासद ज्यू हरु जो देश कै सर्वोच्च निकाय माँ बसेर देश को कानून बनाउने भनेर लागिपरिराहेका छन. तर भान यो हुन्छ की देश को संविधान जनता ले चुनेर पठायका ६०१ सभासद हरुले होइनकी की आफुलाई देश को ठुलो दल का रुपमा परिचित गराउने ३ दल का ठूला भानाउदा ३ नेता हरुमात्र हुन जस्तै लग्दछ . अन्य सभासद हरु त केवल चटके को बांदर जस्तै हुन चटके ले जस्तो जस्तो ताल मा लाठी नचौदछा बस तेस्तै तेस्तै नाच्दचन. उनिहरु को आफ्नो विचार छैन आफ्नो आभिमत छैन सुघा रटाई जस्तै जे बोल्न लगायो तेहि बोल्दिन्छां जे भन्ना लगायो भंदिछां चाहे त्यों जिन्दावाद होस !! चाहे त्यों मुर्दाबाद !!
    सबै कुराको दोष अरुहरुलाई लगायर आफु पानी माथिको ओभानो हुन खोज्नु हामिहरुको पुरानो आदत हो. विधायक छान्ने वेलामा कमसेकम को कुन पार्टी को हो भन्ने कुराको ख्याल नगरेर कुन नेतामा कती योग्यता छ भन्ने कुराको ख्याल गरेर आफ्नो अमूल्य मत खर्च गरेको भय आजको यो दुर्दशा आउने थियन. तपाई हरुलाई थाहा भयकै कुरा हो हामिहरुको सभासद को कसको के कती योग्यता छ भन्ने कुरा. नेता हरु आफ्नो योग्यता कसले कती जीवन जंगल या जेल मा वितायो टेस्को आधार मा नपिन्छा तर क गर्नु जेल जीवन ले संविधान नबन्दो रहेछ संविधान लेख्न क़ानूनी योग्यता र दक्छेता चाहिदो रहेछ. सदन को कुर्सी तोडेको को भरमा संविधान भंदो रहेनछ.
    हामीलाई कानुनको ‘क’ पनि थाहा पाएका छैनौँ भन्दै आफूलाई गृहिणी बताउने एउटा समूहले आज नेपालको नमूना संविधान सार्वजनिक गरे हुन त लाज मान्ने नेता हरु भैदियको भय आजको यो दिन आउने थियन. नमूना संविधान बनायर यदि सफा मन ले चाहने हो भने गर्न नसकिने र नहुने भन्ने सायद कही छैन . सधै दलगत स्वार्थ मा लुतपुतियाका नेताहरूले जे जती नै सुनायपनी भालू ली पुराण सुनाया जस्तै हो कही हुनेवाला छैन हामी सोझा जनता हरु जन आस्था को संविधान भन्ने सपना साच्दै बसौ कुनै दिन हाम्रो यो सपना पूरा होला पूर्ण आश गरौ.
    जेहोस ६०१ जाना सभासद ले गर्न नसके को काम आमा तथा दिदि बहिनीहरुले गर्नुभएछ नमुना संबिधान निकालेरै भएपनि वाहा हरुलाई धन्यवाद
    जय नेपाल!!!

  29. संबिधान त राम्रै लग्यो तर राजा हुने कुरा चै मन परेन, मरेको राजतन्त्रलाई फेरी स्थापना गर्नु भनेको मरेको मान्छे फेरी बाँच्नु सरह हो : जुन अब असम्भव छ | त्येसैले त्यो कुरा हटाएमा अरु सबै राम्रो छ |
    धन्यवाद
    शुधन थपलिया
    houston , Texas

    • मित्र, संस्था नराम्रो हैन……त्यो भित्र आबद्द मान्छे हरु नराम्रो हुन्…….चाहे त्यो राजसंस्था होस् या कुनै राजनैतिक पार्टी……..यसको सिद्दान्तहरु त मलाई कतै पनि नराम्रो भए जस्तो त लाग्दैन…..तर जो यो पार्टी संग सम्मिलित मान्छे हरु हुन्छ तिनीहरुले गर्दा नै संस्था हरु बदनाम हुने हो…..नेपाल हाम्रो लागि घर भए जस्तै…संस्था हरु हाम्रो लागि घरको खम्बा हरु हुन्……तर के गर्नु…हाम्रो घरलाई थाम्ने खम्बाहरु सबै कुहिएको मात्रै परेछन….

  30. यी शालीन महिलाहरुले शालीन तरिकाले व्यंग गरे/ मैले पाएको भए देसको सबै छाडा जनावरहरु गाई गोरु कुकुर कुकुर्नी आदि सबै को घाँटीमा संबिधान बनाएको खोई भनि लेखिएको प्रश्न र तिनीहरुको कुकुरमा यिनीहरुको महानबानीहरु लेखि झुद्याउने थिए/ जता जता फोहर मेलाको दुन्गुर थुप्रिन्छ त्यहा त्याहाँ यो फोहरको दुन्गुर संबिधान लेख्न नसक्ने नेताहरु भन्दा सुघ्हर छ भनि पोस्टर टास्ने थिए/

  31. त्यो त यो नमुना संबिधान भयर बन्यो वा बन्न पायो नि! साच्चैको संबिधान भयको भय यो बनाउने हरुले पनि बाउको पनि होइन हजुर बाउको बिहे देख्ने थियो क्यारे!
    नमुना संबिधान बनाउन त के को गाहारो भयो र हो, कसैले रोक्दैन कसैले छेक्दैन कसैले टोक्दैना, जस्तो बनायानी भयो जति बनायानी भयो!
    यहि नमुना संबिधान र यसैलाई डुंगा बनायर देश हैन कोहि चाहि आफ्नो दुनो तार्ने दाउमा छ कि जस्तो बुझ्न सकिन्छ! नत्र नमुना संबिधान को नाउमा देशको इतिहाशिक स*बिधान बनाउनाकोलागी जिउ ज्यान दियर मरिमेटी लागि पर्ने को उछित्तो काड्ने को कुरामा मैले चाहि केहि तुक देख्दिन!
    तेसोता यो भन्दा पनि धेरै पहिले संबिधान सभाको म्याद नागुज्रिदै बाबुराम भट्टराइ ले नेपालको संबिधान प्रस्तुत गरि सकेका छन् नि, के को नमुनाको कुरा!
    यसरि नानाभाती नमुना सामुन बनाउदै खिसीट्युरी गरि छुद्र मजाक र काइते दिल्लागी गरि रहनु भन्दा बरु संबिधान बनाउन सक्ने र बनाउन चाहने लाइ साथ् र सहयोग दिय कसो होला?
    बरु तेसो गरौ न!

  32. चैते बादर हरु लाइ दह्रो झापड हो यो | यी चेतनशिल र जागरुक गृहणी हरुलाई मेरो सलाम !!

  33. जेहोस ६०१ जनावरहरुले (जनावर पनि के भन्नु उडुस ) हरुले गर्न नसके को काम
    आमा तथा दिदि बहिनीहरुले गर्नुभएछ नमुना संबिधान निकालेरै भएपनि /धरै धरै धन्यवाद /

  34. हाम्रा देसका चोर नेतालाई जति गाली गरेपनि लाज पचिसकेका छन् | वास्तमा देश चलाउने ब्यक्ति भनेको पढेलेखेको हुनुपर्छ | तर हाम्रा देशका सवासद हेर्नुहोस त……………………………………………………………………….|

Comments are closed.