सुद फिर्ता जाने भए

एउटा भारतीय पत्रिकाले नेपालका लागि भारतीय राजदूत राकेश सुदलाई फिर्ता बोलाउने बारे विचार भइरहेको खुलासा गरेको छ। कोलकाताबाट छापिने द टेलिग्राफ पत्रिकाले नेपालमा निकै विवादास्पद बनेका सुदको ठाउँमा विदेश मन्त्रालयका विशेष सचिव जयन्त प्रसादलाई ल्याउने तयारी भइरहेको पनि बताएको छ।
आफ्नो खुल्लमखुल्ला हस्तक्षेपका कारण सुद जतिको विवादास्पद दूत संभवतः नेपालको इतिहासमा नै नभएको हुनुपर्छ। विशेषगरी माओवादी उनीप्रति आक्रामक बनेको थियो। अहिलेसम्म कुनै विदेशी कूटनीतिज्ञले नखाएको जुत्ता प्रहार समेत उनीविरुद्ध भयो। उनको पुत्लासमेत नेपालमा जल्यो।

सुद नेपालमा आएदेखि नै विवादमा तानिने काम गर्दै हिँडेका थिए। ओहोदाको प्रमाणपत्र नै नबुझाई राजनीतिक भेटघाट तीव्र पारेर उनले कूटनीतिक मर्यादा उल्लङ्घन गरेका थिए।
कटवाल प्रकरणदेखि पशुपति मूलभट्ट विवाद, माओवादीलाई सत्तामा जान रोक्ने प्रयास, सभासदलाई ज्यान मार्ने धम्की, एमआरपीका लागि दबाब, न्युजप्रिन्ट रोक्का, रियल जुस जस्ता कान्डले नेपालमा भारतविरोधी भावना फैलाउने कारक बनेको भन्दै भारत मै पनि उनको विरोध हुन थालेको थियो।

भारत कै यो पत्रिकाले समेत नेपालमा भइरहेको राजनीतिक गतिरोधको प्रमुख कारण उनी हुन् भन्ने धेरैको भनाई छ भनी लेखेको छ।

भारतले राजदूत परिवर्तन गरेर नेपालका विशेष गरी माओवादीसित सम्बन्ध सुधार्न चाहेको हो ? यो हेर्न भने बाँकी नै छ। माओवादीले भने यसलाई जितका रुपमा भाषण गर्दै हिँड्नेमा द्विविधा छैन। तर राष्ट्रिय हितलाई सर्वोपरी राखेर छिमेकीसितको सम्बन्ध पनि बिग्रन नदिई यो अवसरलाई उपयोग नगर्ने हो भने दुःख पाउने नेपाल र भारतका सर्वसाधारण जनता नै हुनेछन्।

75 Comments

  1. dherai ramro कुरा हो एस्तो बिबस्दत कुरा बाट बाहिर बनाई सुद को फिर्ता बारे र माओबादी ले बिदेशी छिमेकी राष्ट्र संग सुधारी सम्बन्ध राखी अगाडी बढ्नु जरुरि देखिन्छा एदी देश कोजनता र देशको माया छ भने

  2. जे भयो राम्रै भयो , ढिलो भए पनि नेपाल को बारेमा राम्रै कुरा सुन्न पाए जस्तो लग्यो ! येसो बिस्लेशन गर्दा मेरो विचार अब आउन लागेका प्रसाद का बा १९९० मा नेपाल क सफल राज्धुत भैसकेका रहेछन ! भु को छोरो न हो राम्रै होला ! अब अल्ली आस्ति प्रचण्ड china बाट आउने बित्ति कै त्रिपचिये बार्ता गर्ने भनेका थिए . दिल्लीले उल्टै लस्कर अ तोइबा लि तालिम दिएको को आरोप लगायो. तेस पछि चै विकिलास मा नेपाल का मावोबादी ले भारत को कुरा नमानेको कुरो आयो . फेरी लगैतई मावोबादी को क जति सभामा अब जन बिद्रोह गर्ने कुरो आयो. छर्लंग छ १२ वर्ष को जन युद्द मावोबादी ले इंडिया को सहयोग मा उतै बाट हतियार लिएर आएर गरेको हो. अब इंडिया ले नै china ले ५० crore कि १५ crore वाला tape आफै सावर्जनिक गरे. अब china ले ५० दिन सक्नेले १०० rocket luncher, 50000 ओटा जति m 16 , ak 47 र सकेट बोम्ब का ठाउँ मा अल्ली राम्रा बोम्ब होलान नि ति bomb हरु दिए भने हमारा भारत गया भन्ने त बाठा इन्डियन ले अब बल्ल थाहा पाए कि जस्तोलग्यो है . malie . अब tibet को कैसे ले टाउको दुखेको बेला मावोबादी ले नेपालमा जित्नु भनेको china का लागि मावोबादी त golden soup with diamond flavour (nepalese cuisine ) भै हाले ! अब चै केहि होला जस्तो लागेको छ मलाई नेपाल मा !!! लौ हजुर हजुरबा को पर मा कुरा राखेको छु !! आफ्नो विचार रक्नु होला रातो र हरियो थिचेर !!! जय नेपाल ! श्री पशुपतिनाथ को किर्पा ले सबै राम्रो होस् हामी नेपालीलाइ !!!

  3. गाउ को थाना बाट एउटा तानाशाही हवल्दार सरुवा भयो भन्दै मा खुशी हुनु पर्ने कारण छैन किनकि अब आउने हवल्दार पुरानो भन्दा तानाशाही हुन सक्छ ।

  4. अब बंगलादेश को राजदूत ले हेप्छ भने नया आउने इन्डियन राजदुत ले झन् कसो नहेप्ला र गाठे ?

  5. “तातो पानीले प्याश कहिले मेटिदैन” भने झै सुद त जान्छ तर आर्को तानासाही धोति को आमन्त्रण हुनेछ सबै भन्दा पहिले हाम्रा अशफल ,लाछी ,लुते , देश डुबाउने माधव कुमार नेपाल को मुकुण्डो भिरेर वास्तविक माधव कुमार भारती नै उनको पाऊ पुज्न सवारी हुने छन् येही हो बास्तबिकता ….”जून जोगी आए पनि कान चिरेको “

  6. भारतबाट जुनै राजदुत आए पनि भारतिय सरकारको नेपाल प्रतिको परम्परागत धारणा नै लिएर आउँछ । भारतमा सत्तामा काँग्रेस आई नभएको भए र अन्य पार्टी नै सत्तामा भए पनि उनिहरुको वैदेशिक निती फरक पर्दैन । सूद जानु भनेको भारतको नेपाल प्रतिको धारणा परिवर्तन होईन । जुत्ता खानेको ठाउँमा जुत्ता हान्ने पनि आउछ सक्छ । सूदलाई जनताले जुत्ता हानेको सबैले थाहा पाए तर हाम्रा नेताहरुले सूदको जुत्ता बोकेको कुरा हामी थाह पाएर पनि थाह नपाए जस्तै गर्छौँ ।

  7. सूद को ठाउमा प्रसाद के फरक छर हाम्रा नेताको बुद्धि नभा पछि

  8. म यहाँ टिप्पणी गर्ने जति .सबैजनासंग एउटा प्रश्न सोध्न चाहन्छु कि हामीबाट कति जना सक्रिय राजनीतिमा लागेका छौ ? हाम्रो देश मा एक दुइ जना अपवाद बाहेक धेरैजसो राजनीतिमा लागेका व्यक्तिहरु भ्रस्ट र अवसरवादी छन् परिआएमा मुलुकलाई बेच्न पनि तयार हुन्छन अनि यस्ता व्यक्तिहरु बाट हामीले कसरि मुलुकको भलो होला भन्ने आशा गर्न सक्छौ इमान्दार, मुलुक प्रति माया भएका आम नागरिक राजनीतिमा लग्न चाहन्नन् र अभिवावक ले पनि आफ्ना सन्तान राजनीतिमा लागोस भन्ने चाहन्नन् मेरो भन्नुको तात्पर्य यो हो कि जबसम्म योग्य, इमान्दार, आम नागरिक सक्रिय राजनीतिमा लाग्दैन यो मुलुकमा स्थिति यथावत रहनेछ या अझ बिग्रने छ अनि हामीले विदेशीलाई र कथित नेपाली नेता भनौदाहरुलाई जति दोष दिएपनि, जति टिप्पणी लेखेपनि जति व्यथा पोखेपनी केहि हुनेवाला छैन……….

  9. सुद दोषी होइन ,नेपाली नेताको बिदेशी प्रति गर्ने चाकडी को सुद एउटा रुप हुन् !!! यदी नेपाली नेताहरु ले सुद लाई यती सम्मान र नाढोगेका भए यो परिस्तिती आउने थिएन !!! आफ्नो स्वार्थ को लागि जस्तो पनि कुरा गर्न नहिच्किचाउने नेता कै कारण सुद को हौसला बढेको हो !!! माओबादी साथीहरु ले सुद बिरुद्ध चर्का नारा राख्दा १९५० को सन्धि अनुरुप हाम्रो नेपाल मा मिलाउन बाकी रहेको काली देखि सतलज सम्म र मेची देखि टिस्टा को जमिन फिर्ता गर्न माग राक्दा राम्रो हुन्थियो !!! कमसेकम यो मुद्दा ले बिदिवत रुप मा संचारमाध्याम मा ठाउँ लिन्थ्यो !!!!

  10. सूद त भारतको एउटा प्यादामात्र हो । तर पनि उसको बेहोरा आजसम्मका अन्य भारतीय प्यादाहरूभन्दा भिन्नै रहेको र व्यक्तिगतरूपमा नै अलि बढीहावी भएको सबैले देखे/भोगेकै हो । अर्को देखको जाबो एउटा कर्मचारी भएर पनि कूटनीतिक मर्यादा नाघेर र आफ्नो देशको रवाफ देखाउदै हाम्रो देशका नेताहरूको कोठाचोठामा समेत सहज पहुच कुनै पनि देशभक्तका लागि सह्य हुने कुरा होइन ।

    सूदजस्तै प्रसाद पनि अफगानिस्तानका राजदूत भइसकेका रहेछन । अफगानिस्तान जस्तो देशमा भाडभैलो मच्चिएका बेला कार्यरतहरूलाई नेपालमा पठाउनहरूको नियत अझै पनि राम्रो देखिदैन ।

  11. जब सम्म हम्रो नेपालमा अहिलेका जस्ता पोथि नेता हरु ले देस चलाउछन् सुद् गएर सुद्ले पालेको कुकुर् नेपाल आयो भने पनि तेस्ले हेप्छ।।।।।

  12. सबैले धेरै खुशी मान्नु पर्ने म केहि पनि देख्दिन सुदलाई सिर मा चढाउने काम हाम्रा नाइके साएब हरुले गरेका हुन् कुनै पनि राजदुतले अर्काको देसमा बसेर जे पायो तेही गर्न्ने जे मन लाग्यो तेही बोल्ने अधिकार हुदैन एदी तेसो गरे मा त्यियो बेक्ती लाइ सोझै कानुनी कारबाही हुने छ मात्र कुरा केहो भनि हाम्रो देसको कानुन अनि बादरे नाइके नेता हरु को पहुच नपुगेर हो अनि हामि जनता टिन कोस टाढा बाट फलाक्न मात्र सक्ने सुध जस्ता बेक्ती को सामना गर्न्ना नसक्ने येही हो कमजोरी
    मित्र हो बरु अब होसियार अर्को सुद को जन्म होला अनि फेरी खुला मन्च हामी भेडा जस्ता जनता अगाडी फलानो एस्तो तेस्तो तेस्को विरुद्ध लाग्नु पर्छ भने तिनै नेता हरुले फेरी तेस्तै बेक्तिलाई सिरमा चढाएर सुवागत् गर्लान है होसियार
    होसियार होसियार होसियार

  13. आउने जाने क्रममा पक्ष्य र बिपक्ष्यको Discussions लाई पछाडी राखेर देशको भित्रि मुटुमा छिचोल्न खोज्ने रोगलाई देशबाट निकाल्ने खुशीको खबरलाई सबैमिलेर हृदयदेखि नै स्वागत गरौ है त ! र उहा लाई जाने बेलामा सधैको लागि गुड बाई भन्न पनि नभुलौ ! धन्यवाद !!!

  14. बजियाले जुत्ताको माला त् चाख्यो अरु पनि चखाउनु पर्ने थियो / अर्काको घरमा झगडा मचाएर आफ्नो स्वार्थ लिने त्यो भन्दा दुस्ट अरु कुनै हुन् सक्दैन /

  15. एउटा लुच्चो कमिला हटेर गयो राम्रै कुरा हो!
    तर आफ्नो चिनीको बट्टाको बिर्को कसेर राख्नु र
    भान्सा कोठा सफा राख्नु नै यस्ता लुचचा कमिलाहरुबाट
    बच्ने दीर्घकालिन उपाय हुनेछ!
    कमिलाहरु मारेर, सफा गरेर त कहिले सक्नु!!

    अर्थात भाइ फुटे, गंबार लुटे!

    • ब्वाँसोलाई कमिला देख्ने जिल्लावासीजीको दृष्टिमा दोष रहेको कुरा प्रष्ट हुन्छ ।

      • कालिदाशले क दुब्लाएछ भनेर रुन्थ्यो रे; पुश्पजिले ब्वाँसो दुब्लाएर कमिला
        भएछ भनेर रुन थाल्नु त भएन? अब फेरी नेपाल जस्तो महान देशलाई घ्याम्पो
        नभनेर चिनीको डब्बा भन्यो भनेर रुन थाल्नु होला नि!

        म जस्तो मान्छे, जसको न बाउ बाजे ले राजनीति गरे, न छोरा नातिले गर्लान जस्तो छ,
        को दृस्टीले के नै लछार्ला र! बरु तपाईका महान राजनीतिक नेताहरुको दृस्टी चेक गर्न लगाउनुस केही भै हाल्छ कि?

        • बाबुरामजी,

          मेरालागि त मेरो देश घ्याम्पोमात्र होइन भकारी नै हो । तर तपाई जस्तो मान्छेले सानो बट्टा सम्झिदिदा पो दु:ख लाग्छ ।

          ‘मेरा’ महान नेताको राजनीतिक दृष्टिकोण त तपाईलाई पनि ज्ञात भएकै हुनुपर्छ; बरू तपाईको दृष्टिले यहाँ पनि धोखा खाएको प्रस्ट भो; मैले किन बखान गर्नु र !

  16. शुद गयो भन्दै मा खुशी के हुने अर्को सुद भन्दा खतरनाक खलनायक आयो भने नि?

  17. छेपंग जी इंडिया ले अर्को डरलाग्दो पथौन्छा भनेर डोरौनु हामी कति कम्जोर छौं भनेर सोच्न जरुरि जोस्तो लाग्छा किनकि हामी पनि uniteted नेशन को मेम्बेर हो .

  18. निमित्त खलनायक बनाएर पठाउनेहरुप्रति नेपाली जनताको आपत्ति हो | निमित्त
    खलनायक बन्नेप्रति नेपाली जनताको आक्रोश हो | यो गयो त्यो आयो संग भन्दा पनि बढी अबका दिनमा पुन : कस्तो रोल खेलाउने हो भारतीय शासकले त्यो चासोको बिसय बन्ने छ देश भक्त नेपाली जनताको लागि | केहि समय यता शूद नामक निमित्त खलनायक मार्फत नेपालको आन्तरिक मामलामा ठाडो राजनैतिक हस्तछेप गरेको कुरा सबैलाई थाहा भएकै हो | धन्न माबोबादी पार्टीका कार्यकर्ता नेताले बिरोध गर्दै आईरहे | अन्य पार्टीले बिरोध गर्न सकेन माबोबादी पार्टीले बिरोध गर्न सके जति ! दबाब कै कारण भारत् ले पात्र फेर्न जादैछ | अब हेर्नु छ अबका आगामी दिनमा हाम्रा नेताहरुले कुटनैतिक मर्यादालाइ कसरि लिने छन् ! हिजोका दिनमा झैँ ‘ प्रभु ‘ भन्दै लम्पसार पर्ने छन् या तिनलाई दिनु पर्ने जति सहि इज्जत दिएर तिनकै ठाउमा राख्ने छन् — रास्ट्र प्रति चिन्तित जनताका आखा चनाखा हुने नै छन् आफ्ना नेताहरुको ब्यबहार प्रति – बाकी कुरा नया बन्ने संबिधानको संरचना संगै नेपाली जनताको जिम्मेबारमा पर्ने नै छ – – तब सम्मका लागि सकारात्मक सोचौ |

    • अन्य पार्टीले किन बिरोध गर्नु नि लुना जी / कुकुरले आफ्नो मालिकलाई भुक्दैनन नि त !

  19. सरि हामी जे छौ ठिकेई छौ हामीलाई इन्डियन मन पर्देन !

  20. सुद ले पनि केहि गर्न चाही सकेको होइन नेपाल मा / अब सुद नेपाल मा रहे भने भारत को हस्तछेप कम होला भनेर अलि दर्है पठाउन लागे जस्तो छ / जे होस् माओबादी को सरकार रोके को मा चाही सफलता नै मान्नु पर्छ / जुन जोगी आए पनि कानै चिरेको त होलानी ……….

  21. सालोक्य जी:
    १. तपाइको यो भनाइ “….माओवादीले भने यसलाई जितका रुपमा भाषण गर्दै हिँड्नेमा द्विविधा छैन” …….0% पनि ठिक हुने वाला छैन, बाजी ठोक्ने हो?
    २. के तपाईलाई माओबादीले सूद्संग झगडा गर्या जस्तो लाग्या छ! अचम्म! नेपाली देशभक्तहरुको आक्रोस अन्यायी भारतीय शाशक-बर्ग संग हो, कुनै सूद-फ़ूद् संग होइन!
    ३. सूद त एउटा प्रतिनिधि पात्र मात्र हो! southblock ले उसको मिचाहा नीतिमा परिबर्तन नगरेसम्म सूद गएर अर्को आउदैमा केहि हुनेवाला छैन/

  22. सुद गए ,प्रशाद आय हामीलाई खासै फरक पर्दैन |

    घाँटीको हाड दुख्नेलाई सिरानी फरिदैमा सन्चो हुदैन |
    ओछन् फरे पनि दुखि रहन्छ ,कहाँ निदाइन्छ र |
    राम्रो नराम्रो सिरानी खोज्नु भन्दा आफ्नै उपचार पैला जरुरि हुन्छ |

  23. नेपाल मा जुनै राजदुत आय पनि केहि लछार पाटो लाग्ने वाला छैन किन कि नेपाल देश चलाउने गुये नेता हरु नै एक आपश मा मिल्दैनन् कुर्सि को लागि खुट्टा तानातान त परै जाओस सदन जस्तो ठाउँ मा कुक्कुर र बिरालो जस्तो लडाई गरेर जात्रा dekhauchaan जनता लाई अनि जाबो २/३ वर्षा बहाल मा आउने राजदुत हेरफेर गरेर के कaम

  24. सूद गयो दंग हुनु महामुर्ख भारतले सूद भन्दा खतरा पठौदै छ

  25. राकेश सुदलाई उसको हस्तछेपकारी चरित्रमा स्थापना गर्ने हाम्रा नेताहरुनै हुन् !
    “पुकदा हफ्ताको चार पटक भेट्न जान्थ्यो भने, सुदलाइ गिरिजाको सयन कक्षमा समेत प्रवेशको अनुमति थियो !”
    भोलि सुदको स्थानमा जयन्त प्रसादलाइ नेपाली नेताले महा-सुद नबनाउलान भन्ने के ग्यारेन्टी ?

    “…..माओवादीले भने यसलाई जितका रुपमा भाषण गर्दै हिँड्नेमा द्विविधा छैन।!”

    माओबादीले एउटा बिदेसी कर्मचारी परिवर्तन हुदा आफ्नो सफलता भयो भनेर डंका बजौछ भने त्यो माओबादीको अर्को एउटा निकृस्ट कार्य हुनेछ !

    राष्ट्रिय समस्यामा समाधानको निम्ति देश भित्रका राजनीतिक सक्तिहरु मिल्नुको विकल्प छैन…….!

  26. यो लेख मा एउटा महत्व पूर्ण समाचार त छुटेछ नि ” सम्भावित सुद को बहिर्गमन को चिन्ता ले प्रधान मन्त्रि देखि सुइरे नेता ओली सम्म लाइ झाडा बान्ता अनि
    उप प्रधान मन्त्रि सुजाता कोइराला लाइ हनहनी ज्वरो आएको भोलि बस्ने मंर्ती मण्डल को बैठक ले पारित गर्ने कुरो बिसेस स्रोत बाट फेला परेको छ साथै
    यहि बैठक ले त्येश रोग को निदान को लागि भारत को चानक्य पुरी स्थित अस्पताल मा डाक्टर, हरु संग भेटघाट गर्न जाने गोप्य निर्णय पनि गरिने स्रोत ले ”
    उल्लेख गरेको छ !!!!

  27. जे भयो राम्रो नै भयो। उन्को नाम ले जहिले पनि बिबाद् मात्र बडयो। अब केही राम्रो हुन्छ कि……………

  28. राजन, मेनन वा सुद …….यी खाली व्यक्ति मात्र हुन् आफ्नो देशको प्रतिनिधित्व गर्ने! जब सम्म भारतको नेपाल प्रतिको नीति परिवर्तन हुदैन, तब सम्म यो गयो र त्यो गयो भनेर खुसि मनाउनु पर्ने खासै कुरो केहि देख्दिन म चाहिं !

  29. बढी नै उम्लेर हो, १०० डिग्री काटेको थियो त, राजदूत जस्तोले आफ्नो पद ख्याल नगरी नेता झैँ हिडे पछि अब घटुवा मा परे जस्तो छ पोसिशन, नेपाल र इंडिया को रिलेशन राम्रो बनाउनु कहाँ छ कहाँ उलता लाटो देशमा गादो तन्नेरी भएर, अब माओबादीले सिन्दुरे जात्रा गर्ने होला

  30. १ ) हामी भारत संघ को सिमा फेर्न सक्दैनौ
    २) हामी भारत को नेपाल नीति फेर्न सक्दैनौ.

    तेसैले जति नै राजदुत परिबर्तन भयपनी .
    … यसमा कुनै हर्ष को कुरो छैन .

    यो हामी नेपाली मात्रको नेपाल हो हाम्रा नेताहरुको चेतना भया

  31. २-२ ठाउँबाट तिरस्कृत माकुनेलाई आजसम्म प्रधानमन्त्रि जिबनजिउन दिने जिबनदाता अनि कांग्रेसको अन्नदाता र राजनीतिक धन्ददाता बिसेसगरि सुजाता जस्ती पैत्रिक राजनीतिक सम्पत्तिमा अन्धो र विचारसुन्य अजङ्ग सरिरधारिलाई सल्लाहा दिनेअति छुद्र सल्लाहकार अनिफेरी के पी वली जस्ता स्वार्थसिद्ध बिदेसधावक सकुनिकोहरुको दलाली गेममा चुर्लुम्म डुबेर दुइदेस्बिच्को सम्बन्ध सुधार्नुपर्ने जिम्मेवारी बोकेर हिंडेकोमान्छे सम्बन्ध उधारेर जाँदैछ तेसैले ये इंडिया त्यो सुद जस्तो अगाडिमात्र छोपेर हिडदा सब्यभइन्छ भन्ठान्दै पछाडी व्हांगई वाला नापथाओस एसले बिगारेको सम्बन्धलाई सुधार्ने छनोट गर /

  32. यो खबर ले त कस्तो शरीर बाट काढा झिकेको जस्तो शान्त मन भयो / भारतको अब चेत खुलेको जस्तो छ/ जतिसुकै कडा र मुर्ख मानिस लाई राजदुत बनायर पठाय पनि अब उसको डर त्रास र धम्कि को अगाडी झुक्ने हरु भन्दा डटेर लड्ने swabhimani नेपाली हरु पनि रहेछन भन्ने/ यसमा त maobadi लाई मान्नै पर्छ/ अर्काको राष्ट्र मा आयर त्यहिँ राष्ट्र को कुभलो chahane सुद जस्तो कुलंगार लाई jutta samet hanna sakne rastrabadi party त आखिर तिनै माओबादी हरु त dekhiyani. सायद दुवै देश लाई bhalo हुने राम्रो कम गरेको भय त ful को माला पनि lagaidinethiya होला/ जस्तो कम उस्तै inam …. चाहे महामैम होस् चाहे कुचिकार होस् यसमा कुनै चित्त दुखाई छैन/ अब यहि सुद को matiyar हरु लाई थचार्न बाकी छ त्यो शुभ कम पनि छिटै होस्/ अग्रिम shubhakamana !!!!!!!

  33. सुद राजदूत हैन, इंडिया को लागि पनि कपुत दुत भएको हुनुपर्छ. नत्र किन फिर्ता गर्थ्यो होला र?

  34. god bless मिस्टर सुद अलि राम्रो र सजिलो देश मा पठाऊ भनेर बिन्ति पत्र चढाउ भारत् सरकार लाई

  35. सुद गए भन्दैमा खुसि नै हुनु पर्छ भन्ने छैन . हाम्रा नेतालाइ कुकुरलाई हड्डी दिदा पुच्छर हल्लाय जस्तो कुनै पद र पैसा दिने बित्तिकै बिकिहल्छन .

  36. बुश ले त जुत्ता खायो भने सुद ले जुत्ता खको त केहि होइन जस्तो लाग्छा.

  37. बाबा बाँसघारीमा मैनाले हल्ला गर्ने भएन न त काग नै कराउने भो ।

    • सूद जाने भए पछि अर्को न आउन्जेल सम्म सुजाता, बिद्या मकुने, केपी ओली जस्ता जन तिरस्कृत तत्व हरू टुहुरा हुने भए र चाकड़ी शिरोमणि रामचन्द्रे ले फेरी भारतीय भक्ति को अर्को बायोडाटा बनाऊं पर्ने भयो. राकेश सूद बिबाद माँ आउनु रास्त्र्बादी जनता ले गरेको खवरदारी र बिरोध को कारण ले हो. मैले एसो भन्दा सूद का भक्त हरु लाइ नापच्ला तर सबै रास्त्र्बादी जनता ले सूद ले जे गरे पनी चुप चाप सहर बसे झै(कांग्रेस एमाले ले झै) बसेको भए सूद बिबाद माँ आउने थिएन. जे भए पनी असफल सूद अब कहिले फर्केर नआईज नेपाली भूमि माँ पाइला टेक्न.जे गर्न पर्ने हो आफ्ना दलाल हरु लाइ “उपचार” गर्ने निहु ले तेतई बोलाएर भन.

  38. आम नेपाली जनताको चाहाना भनेकै नेपालको लागि भारतीय राजदुत राकेश सुद लाइ नेपाल वाट आफ्नै जन्म भूमिमा फर्काइनु हो किनकि उनि भनेको नेपाली कै लागि क्यान्सर हुन् |

  39. अरे माइ सन्सार मा पनि सुद भक्तहरु रहेछन त ! तर के गर्ने सुद भक्तहरु समयलाई कसैले रोक्न सकिन्न समय आए पछि सुद त के सुद को हात्ती आए पनि कसैको केहि लाग्दैन

  40. समाचार अस्पुष्ट भए पनि सुन्दाखेरी राम्रो लाग्यो, तर भारतले सुद भन्दा पनि अझै रद्दी राजदूत पठाएको चाँही देख्न र सुन्न नपरोस |

  41. रोग को माउ गए पनि जिवाणु त छाडेरनै जाने होला यसमा के खुसी हुने ठाउ छ र आखिर भरतले गिद्धे द्रिस्टि नहटाए सम्म जुन जोगी आएपनि कानै चिरेको त होला नी? बेल पाक्दा कागलाई हर्ष न बर्ष भने जस्तै त होलानी भारत को धुपाउरे नेता हरु नसप्रे सम्म नेपाली जनता हरूको लागी त………………………

  42. भारत बाट जुन राजदूत आएपनि सूद भन्दा कमि कोहि हुँदैन यहाँ….राकेश लाई सूद बनाउने त यहि का स्वार्थी नेताहरु हुन् नि होइनर????? आफुलाई फाइदा हुनेभए जुत्ता सुँघ्न जाने…बेफाएदा भए तिन किलोमिटर टाढा बाट भुक्ने….त्यसैले जो आए पनि केहि फरक पर्ने जस्तो लाग्दैन मलाइत……

  43. दोस्तहरु मेरो पनि भारत सँग बहुत गुस्सा आईलिएको छ तर बात यो छ कि….
    सुद गईलिन्छ त नेपालमा महा सूद आईलिन्छ । हामी बहादुर नेपाली भएर सूद लाई किन निश्कासन गरिलिन सकेन ?यो बात समझमा आइलिएन। किन हामी भारतलाई नाकाबन्दी गरिलिदैन ? सब नेपाली मिलेर भारतलाई आर्थिक नाकाबन्दी गरिलिनु पर्छ तब मात्र उसले नेपालको महत्व थाह पाईलिन्छ । हामी नेपाली उ जस्तो शरम नभएको मानिस छैन । भारतले यो बात थाह पाईलिनु पर्छ कि हामीलाई गुस्सा आईलियो भने हामी भारतबाट खरिद गरेको कुछ पनि खाईलिने छैन अर्को बात हाम्रो चाउचाउ पनि भारतलाई बिक्री गरिलिने छैन तब मालुम भईलिन्छ कति अच्छा थियो नेपालको वाईवाई चाउचाउ ।

  44. सुद अलि जान्ने भएको हो तर माओवादी ले उनलाई जूता हानेर चाही राम्रो गरेको होइन.कुटनीति भनेको पटक्कै थाहा छैन माओवादी लाइ.भोलि दिल्ली मा हाम्रो राजदूत लाइ त्यस्त्यै गर्यो भने क गर्ने अनि जाबो माओवादीले गर्दा नेपाल-भारतको सम्बन्ध राजनीतिक स्तरमा बिग्रियो भने क गर्ने?आखिर जे भने पनि भारत् संग राम्रो सम्बन्ध नराखी सुख छैन हामीलाई,चाहे पनि न चाहे पनि हामि आर्थिक र राज्तिक कारणले त भारत् संग धेरै हद सम्म निर्भर छौं नि.

    • अमर जी
      सुद लाई किन निस्काशन गर्न सकिएन? तपाईं को यो प्रश्न भित्रै नेपालको सबै समस्याको कारणहरु लुकेकोछ/ सुद सुद्ध हुन् बा असुद्ध सुद नै सुद हो/ तेस्लाई पचाई बसेका हरुको पेट भन्दा नियेत खराव छ/ अमर जी यो पनि हुन् सक्छ कि अब विकिलिक्सले नेपालको गोप्य कुराहरु भन्दा भंदाफोद गर्दा सुदको कर्तुतहरु पनि भंदाफोद हुने भएकोले तेस्को परिणाम बात जोगाउन पहिलानै उसलाई नेपाल बात फिर्ता बोलाउने निर्णय गरेको पनि हुन् सक्छ/ सुद नेपालमा भएको जमिम शाह जस्तै अरु पनि राजनैतिक हत्या काण्डहरुमा सुदको अभिव्यक्तिहरु चोखो नभएको धेरैले महसुस गरेको थियो/ तर जे होस् सुदको कारण भारतको बिस्तारबाद नेपालमा नांगियो र बिस्वो सामु भारतको बेईज्जत भयो/ सुद एउटा असफल कुत्नितिग्य हो/

  45. छुद्र सोच को यो बिहारी गुण्डा जानु हामरो लागि खुसीको खबर हो |
    जुत्ताको माला ले बिदाइ गर्न पाए काइदा हुन्थ्यो |

  46. नेपालमा कुन लाटो भारतिय राजदुत आउला र? जुनै भारतिय राजदुत आए पनि हाम्रा नेताहरु ढोग्न पुगिहाल्छन ।

  47. यो समाचार ले सारै खुसि बनायको छ मलाई आज यो हामी सबै नेपाली को बिजय र इंडिया को विस्तारबाद को पराजय भयको यो बिशेस गरेर यसमा म माओबादी साथी हरु लाई धन्यबाद दिन चाहन्छु जसले शुद लाई जुत्ता समेत खुवाउने काम गरियो तो हो बिर नेपाली,,,, आज उसै संग डरायर तो भाते भतुवा कुकुर जना लागेको हो ,,,,,

  48. सुद सुद मात्र हैन नेपाल को लागि भूत पनि हो तेसैले अब भूत लागेको नेपाली राज निti मा केहि राम्रो पो हुन्छा कि?

  49. सुद गएर कुद आए पनि उही हो क्यारे यिनीहरुको ब्यबहारमा कुनै परिबर्तन हुने वाला छैन / यी सुद कुद जो सुकै हुने यिनलाई चलाउने उही देल्ही हो क्यारे /अनि हाम्रा नेता हरु उही हुने क्यारे बाह्र बर्ष कुकुर को पुच्छर ढुङ्ग्रो मा राखे नि पुच्छर बांगाको बांगो भने झैँ हो /यसमा कुनै हर्ष को कुरो नै भएन/

  50. सुद काग हो -धेरै बाठो भयर गु खाने.
    सुद, मुद, गुद जो आयपनी भारत को नीति फेरिने कुरै छैन. केवल सुद ले बाहिर देखिने गरि पेल्थ्यो भने अर्को ले भित्र भित्रै बाट पेलान देला फरक तेत्ति हो.
    माओबादी को कतै तेही सुद लाइ जुत्ता हान्ने त कतै तेही सुद लाइ फुल को माला ले स्वागत गर्ने अनि प्रचंडे रातारात भेट्न जाने, मुनि मार्फत च्यानल मिलौना खोज्ने नीति चाही देश लाइ नै बदनाम गर्ने पारा हो.अब आउने अर्को दुत प्रति माओबादी को नीति हेरौ के हुन्छा? तर नया सुद को नीति भने नफेरिने पक्का नै छ.

  51. जुत्ता खायर पनि नचेतेको देख्दा कुन दिन भाला खान्छ जस्तो लागेको थियो, आयु लामो रहेछ भारतले बोलाई हाल्योनी

      • ऊ बेला BP लाई PM हुन रोक्यो . अहिले देश स्वर्गलोक बनिसक्थो. अहिलेका नेतालाई गालिगरेर दिन फालेर बसनु पर्थो र ? अहिले भारतले के गरीराखेकोछ तपाईलाई राम्रै थाहा छ । भारतले कोशि माहाकली नागरीक्ता बिधेक कसरी पायो तपाइलाई थाहा छ नै होला । भारत नेपालमा ऊसको नियन्त्रमा रहने अशान्ति चाहन्छ । नेपालि जनता अशान्ति बाट वाक्क भ एको बेलामा शान्ति ल्यय झैगरी नेपालको सम्पदा हात पर्ने ऊसको दाउहो । अनि यस्ता सँग कोही देसभक्त नेपालीले तमिजले कुरा गर्लान र ? सुदले पनि हाम्रो सांसदलाई मार्छु भन्यो , हाम्रो PM मा आफ्नो नोकर नियुक्त गर्न खोजेको छ । नेपालको शान्ति र बिकासमा भारतले कहिले चाहदैन किन भने नेपाल धनि भयो भने नेपालका पार्टिहरुलाई 2।4 करोड सहयोग गरेकै भरमा खरबैको पानी पाईदैन । नेपाली नेताहरु जन धनको छेतिको डरले मात्र भारतको बिरोधमा नबोल्ने हुन । अनिकसरी तमिज सँग कूरा राख्न सकिन्छ । म पनि लेखेरै भनिदिन्छ भारतसँग नलडि नेपाल कहिल्य स्वाधिन हुने छैन ।

  52. सूद भने को नेपाली को लागी CANCER नै थीयो यो चाडै गयो भने नेपाली आमा ले कन्सर सन्चो भय को अनुभब हुनी थयो है कहिले ..प्रधानसेनापति रुक्मागत कटवाल काण्डमा माओवादीले त्यसको दोष भारत र बिशेष गरेर राजदूत सुदलाई दिंदै माओवादीले राष्ट्रियता बचाउ अभियान नै चलाएको थियो । त्यसैगरी पत्रिकाको न्यूजप्रिन्ट रोक्ने, भारतीय बहुराष्ट्रियता कम्पनीहरुको बिज्ञापन रोक्ने तथा नेपाली मिडियाका बिरुद्धमा बिज्ञप्ति जारी गर्नेसम्मको कामले गर्दा नेपाल भित्र राजदूत सुदको कार्यशैलीलाई लिएर व्यापक अलोचना भइरहेको कुरा हामी नेपाली जो कोही लाई थाहै भय को कुरा हो ……

  53. कहिँकतै अबिर जात्राको कार्यक्रम छ होला नी?

  54. बिचरा सुजाताको सूदसंग बिछोड हुने भयो.. तर नया आउने संग फेरी उस्तै सम्बन्ध बनाउने होला… सूदले हाम्रो नेपालको लागि जति नराम्रो गरे पनि आफ्नो देश भारतको हित को लागि धेरै गरे… हाम्रो नेताहरुले अझ बिशेष त कंग्रेसी, कोइराला र मधेसी नेता भनौदाहरुले केहि सिक्नु पर्ने हो सूदबाट….

  55. जुन हिसाबले सुद को बिरोद भएको थियो त्यो अतिनै ढिलो र माओवादीले मात्र गरेको थियो र जुत्ता प्रकरण धेरै नै अगाडी भाको भए भारतको अलिक छिटो आखा खुल्थ्यो कि ? यस सुद का कारण भारतका लागि अपमान भएको छ र २ देशको सम्बन्द बिग्रेको छ. नेपाली माओवादी र चिन देखि अप्ठारो पर्न सक्छ भनेर परिवर्तन गर्न चाहेको हो

  56. हो नि . जति सक्यो छिटै जादा राम्रो हुन्छा

  57. तिमी पहिला नै गएको भए कती राम्रो हुनेथियो।ढिलाई भए पनि केही बिग्री सकेको छैन।अब।तिमी जाँदा खेरी सबै मानिस हरु खुशी हुन्छ भने तिमी बसिरहनु को कुनै अर्थ छैन। कि कसो महामहिम ज्यु? अब तिमी ले कालो झन्डा को सामनगर्नु त पर्दैन अनी फेरी पनि जुत्ता त खानु पर्दैन।त्यसैले तिमी जानु मा नै सबैको कल्याण छ।

Comments are closed.