विकिलिक्सको पक्षमा आक्रमण गर्ने नेपाली पनि

विकिलिक्सको पक्ष र विपक्षमा भइरहेको साइबर युद्धमा नेपालीहरुले पनि भाग लिइरहेको खुलासा भएको छ। साइबर स्वतन्त्रता र इन्टरनेटमा सेन्सरसिपको विरोध गर्ने एनोनाइमस समूहले नेतृत्व गरेको ‘अपरेसन पेब्याक’ले अहिले विश्वभरका आफ्ना समर्थकहरुलाई विकिलिक्सको विपक्षमा रहेर आक्रमण गर्नेहरुविरुद्ध प्रत्याक्रमण गर्न आह्वान गरिरहेको छ। एउटै प्रयोगकर्ताबाट हजारौँ, लाखौँ रिक्वेस्ट पठाएर सर्भरलाई थामिनसक्नुको भार दिई साइट बन्द गर्न बाध्य बनाउने डिनायल अफ सर्भिस (डीडस) आक्रमण गैरकानुनी हो।

यो समूहले आज विकिलिक्सलाई आफ्नो सर्भर प्रयोग गर्न रोक लगाउने अमेरिकी कम्पनी अमेजनमाथि आक्रमण गर्ने घोषणा गरेको थियो। अमेजन कै सर्भरमा माइसंसार पनि रहेको छ। आक्रमणकारीहरुले अमेजन डट कममा मात्र आक्रमण गर्ने हुन् कि अमेजनको सर्भरमा नै आक्रमण गर्ने हो, त्यो उनीहरुले खुलाएका छैनन्। यदि सर्भरमा नै आक्रमण गर्ने हो भने त्यसमा होस्ट भएका हजारौँ साइट जस्तै माइसंसार पनि प्रभावित हुनसक्नेछ। तर यसको संभावना कम छ। भर्खरै, यो समूहले आज अमेजनमा नभई पेपालमा आक्रमण गर्न ट्विट गरी आह्वान गरेको छ।

अपडेट १: पेपालले विकिलिक्सको खातामा भएको सबै पैसा फिर्ता दिने घोषणा गरेको छ। तर उसले थप पैसा जम्मा गर्न भने प्रतिबन्ध कायमै राखेको छ।

अपडेटः यो समूहले अमेजनमा आक्रमण गर्ने योजना स्थगित गरेको छ र नयाँ मास्टरकार्ड, भिसा र अमेरिकी सिनेटको वेबसाइटलाई तारो बनाउने भएको छ।

एनोनाइमस समूहमा को-को छन्, खुलेको छैन। तर यसमा विश्वभरका मानिसहरु रहेको अनुमान गरिएको छ। विकिलिक्स संस्थापक जुलियन असान्जको गिरफ्तारीपछि यो समूह खुलेरै प्रत्याक्रमणमा उत्रिएको छ।

उनीहरुले सामान्य सफ्टवेयर प्रयोग गरेर वा सीधै कुनै लिङ्कमा गएर क्लिक गर्ने बित्तिकै चाहेको साइटमा आक्रमण गर्न सक्ने गरी आक्रमणलाई सहज बनाएका छन्।

यो समूहले यसअघि विकिलिक्सको खाता बन्द गर्ने स्वीस बैङ्कको साइट, मास्टरकार्डको साइट बन्द गराइसकेको छ। त्यसैगरी असान्जलाई मुद्दा लगाउने स्वीडिस प्रोसेक्युटरको साइट, विकिलिक्सको विरोधमा खुलेर लागेकी सराह पालिनको साइटमा पनि आक्रमण गरिसकेको छ।

विकिलिक्सले भने आफ्नो यो समूहसित सम्बन्ध नरहेको स्पष्ट पारेको छ। आक्रमणको बारे हामीलाई जानकारी दिइएको छैन भन्दै उसले भनेको छ- हामी यो आक्रमणको स्वागत पनि गर्दैनौँ, निन्दा पनि गर्दैनौँ।

द इकोनोमिक्सका एक संवाददाताले एनोनाइमस समूहका केहीसित कुरा गरेका थिए, त्यसमा उनले ह्याकरहरुको सूचिमा नेपालका पनि भएको उल्लेख यसरी गरेका छन्-

I am talking to members of a group called “Anonymous”, using a web-based collaborative text-editing service. It is the first such interview for all of us, and their answers begin to collide on the page. One member comes from Norway; another shows surprise, then offers that she is from New Zealand. Another writes that group members come from Nepal and Eastern Russia. They all speak through pseudonyms, but I don’t even know which psuedonym comes from what country because shortly after I read these answers, someone who calls himself “Tux” erases them all and writes

We are Everywhere. We are everyone. We are Anonymous.

यसैको पुष्टि हुने गरी माइस‌ंसारमा केही कमेन्टहरु आक्रमण गर्न सजिलो हुने वेबसाइट र सफ्टवेयरको लिङ्क दिँदै आइरहेका छन्। माइसंसार स्पष्ट पार्न चाहन्छ- यस्तो गैरकानुनी कार्यलाई माइसंसारले समर्थन गर्न सक्दैन। जुलियन असान्ज र विकिलिक्सको पक्षमा भने माइसंसार छ। अहिलेसम्म यसले पत्रकारिताको सिद्धान्तभित्रै रहेर आफ्नो जिम्मेवारी पूरा गरेको माइसंसारको धारणा छ।

सामान्य रुपमा चर्चा हुने गरे जस्तो विकिलिक्सले अमेरिकी नेटवर्क ह्याक गरेर गोप्य दस्तावेजहरु चोरेर त्यसलाई जस्ताको तस्तै आफ्नो साइटमा राखेको हैन। यी दस्तावेजहरु उसले एक वर्षअघि नै हात पारेको हो। अमेरिकाको न्युयोर्क टाइम्स, बेलायतको गार्जियन, स्पेनको एल पाइस र जर्मनीको डेर स्पेइगेलसहित विश्वका पाँच प्रमुख प्रतिष्ठित सञ्चार माध्यमको सहकार्यमा निर्दोष र कसैलाई हानी पुग्न सक्ने व्यक्तिको नाम र सूचनालाई सेन्सर गर्दै सावधानीपूर्वक दस्तावेजहरु प्रकाशन गर्दै आएको छ विकिलिक्सले। ती पाँच सञ्चार माध्यमका करिब डेढ सय पत्रकारहरुको समूहले एक एक गर्दै विश्वभरका अमेरिकी दूतावासले पठाएका केबल जाँच्दै छानिएका दस्तावेज प्रकाशन गरिरहेका छन्। यसलाई अधिकांश सञ्चारमाध्यमहरुले पत्रकारिताको सिद्धान्त अनुरुप नै मानेका छन्। भियतनाम युद्धमा जनतालाई ढाँटेको दस्तावेज सार्वजनिक गर्न कानुनी लडाइँ लड्ने ड्यानियल एल्सवर्गले पनि विकिलिक्स कै पक्षमा बोलेका छन्। विकिलिक्सको खुलासाले पारदर्शी र जिम्मेवार सरकारको लागि सहयोग नै गर्ने उनको धारणा छ। दस्तावेज छापिनुअघि असान्जले अमेरिकी विदेश मन्त्रालयसित सम्पर्क गरी कुन कुन विषय सार्वजनिक नगर्दा ठीक होला भनी राय समेत मागेका थिए। तर अमेरिकाले चोरेको कागजातका विषयमा हामी कुनै प्रतिक्रिया दिन्नौँ भनेर पन्छिए।

आक्रमणसँगै असान्जको पक्षमा र विकिलिक्सको विरोधमा भइरहेको कार्यलाई रोक्न नैतिक दबाब दिने उद्देश्यले विभिन्न अभियान चलाइएको छ। असान्जको देश अस्ट्रेलियाको ब्रिसबेनमा आज साढे दुई सय जना जतिले असान्जको फोटो भएको मास्क लगाएर हामी सबै जुलियन असान्ज हौँ भन्दै विरोध प्रदर्शन गरेका छन्।

इन्टरनेटमा पनि विरोध जारी छ। आवाज डट ओआरजीले विकिलिक्सको समर्थनमा हस्ताक्षर संकलन थालेको छ। यसले ५ लाख हस्ताक्षर संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म २ लाखभन्दा बढी गरिसकेको छ। विकिलिक्सको समर्थनमा हस्ताक्षर गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुस्।


नेपालसम्बन्धी दस्तावेज पाउन के गर्ने ?


बेलायतको गार्जियन पत्रिकाले आफूहरुलाई रुचिकर लागेका सबै दस्तावेज सार्वजनिक गरिसकिएको र केही महत्त्वपूर्ण कुरा छुटेको भए जानकारी दिन आग्रह गरेको छ। गार्जियनका प्रधान सम्पादक Alan Rusbridger ले सोधेका छन्-यदि तपाईँ डाटाबेसअगाडि हुनुभएको भए के खोज्नुहुन्थ्यो ? हामीलाई जानकारी दिनुस्। मैले त राजदरबार हत्याकान्डबारे खोज्थेँ भनेर सुझाव पठाएको छु। तपाईँहरु पनि नेपालसम्बन्धी दस्तावेजका लागि अनुरोध गर्न सक्नुहुन्छ। गार्जियनलाई अनुरोध गर्नका लागि ट्विटरमा @gdncables मा सुझाव पठाउनुस्। सुझावमा विषय र मिति अनि स्थान जस्तै @gdncables Oil Spills June 2003 Angola गर्नुस्।

39 Comments

  1. प्रभात जी ! जान्ने मान्छेले त्यस्तो घमण्ड गर्दैन ! सार्बजनिक समाचार पोर्टलमा तपैले सरल भाषा प्रयोग गर्नु भयको भय तपैले साथिहरुसंग गुनासो गर्न पर्ने थियन होला नि / हैन र ? जस्तो कि म अलि अलि पढालेखा छु म जस्ता नेपाली धेरै छन् / सबैले बुझ्ने गरि लेखेको भए कस्तो राम्रो हुन्थ्यो होला है ? तपाईले लेखेको हामी धेरै नेपालीले बुझदैनौ / सबै नेपाली इन्टरनेट साक्षर हुनु जरुरि छ तर सबै बिज्ञ नभय पनि हुन्छ / की कसो ?

  2. विकिलीक्सले त संसार भरी नै रिभोलुसन ल्यायो बा

  3. सालोक्य अनि प्रमेय ज्यु !!!
    wikileaks को समर्थन गर्नुहुन्छ भने amazon को server छोड्नुहोस साथी !!!

  4. यो सब नेपाल को भ्रस्ट र काइते नेता हरु को कारण ले गर्दा हो काइते नेता हरु राकेस सुद को घुडा ढोग्न जन्चन आफ्नो कुर्सि बचौना को लागि आफ्नो कुर्शी बचौना को लागि चोर नेता हरु गरिमा मये सदन मा हिन्दी भासमा कुर्लिन्चन मलाई नेपाली भाषा बोल्न औदैन भन्छन ! यो सब कुर्शी बचौना भन्दा अरु केहि होइन कहिले कहिँ लाग्छ माओबादीले भने को जस्तै सुरुंग udda गर्ने पर्ने हो कि आफ्नो मात्री भुमि को अस्तितो बचाउन किन भने!जनता हरु सधै आफ्नो मातृभूमि को लागि लड्न तयार छन् ..भरतीय हस्तछेप बिरुद लड्नु पर्छा तर तपाई हामी मा एउटा पर्तिबदाता हुनुनै पर्छ..कुनै दिन परे को बेला बिना नुनको खान खान्छु भनरे र कुनै दिन पेट्रोल को अभाब भए मा हिडेर जान्छु भनरे, तपाई हामीले आफ्नो मातृभूमि को लागि एति पर्तिबदाता भयो भने भारतले हामीलाई हेप्ने छैन ! तर हरेक कुरा को विकल्प हुन्छ त्यो विकल्पको तयारी गर्नु पछा पहिला ..एडी त्यो भनि भएन भने पर्तिबदा को खाचो छ !हामी भोलि नुन खान पैदैना मटितेल बल्न पैदैना भनेर डराउनु हुदैन .. आफ्नो मात्री हमीलाई नुन र तेल मा बेचिनु हुदैन……———- अर्को पनि छिमे कि छन् एधि भारत ले नुन र तेल दिएन भने अर्को छिमे कि ले सगरमाथा को तुपो बाट नुन र तेल खाने दिन्छ किन डराउने चोर नेता हो….तर तेही अनुसार को तयारी हुनु पर्छ……..यसरीनै भारत को भ्रस्ट र हेपाहा हस्तछेप कहिले सम सहने हो????????/ आफ्नो मात्री भुमि को आस्तितो बचाउने को होइन भने सवाल हो अहिले को मुख्य मुद भने को ………

  5. हामी नेपाली छिमेकी चोर देश संग यूध गर्न त् सक्दैनौ तर विकिलीक्स को लागि लडेको राम्रो हो वेल डोन guys i am happy and proud to be a नेपाली

  6. तेसका बाऊ जनतालाई सही सूचना दीदा अनेक आरोप लगायर जेल हाल्ने, यो चोर अमेरिका सोसकी ,सामंती ,बिस्तारबादी, दुनियालाई डाटर राज गरेको अब पोल खुलने भयो भनेर आतेको छ .

  7. अरे बात जो भए पनि यो बात पक्का छ कि नेपाली बहादुर आदमी छ । खुकरीको सँग दुनियाँमा नेपालीले बहुत लडाईँ लडिलिइको छ अब दुनियाँमा कम्प्युटरको सँग लडाईँ लडि लिदैछ । दुनियाँको अब यो बात मालुम भईलिन्छ कि नेपाली बहादुर मात्र छैन बुद्धिमान पनि छ । धनवानमा हामी नेपाली ईथियोपियाको बराबर भईलिए पनि बुद्धिमा नेपालीले अमेरीकाको ओपन च्याईलेन्ज गरिलिएको छ । नेपाली अब बुद्धि बहादुर भईलिएकोछ ।

  8. भित्र लेखमा र कमेन्टमा जे भए पनि “विकिलिक्सको पक्षमा आक्रमण गर्ने नेपाली पनि” शिर्षकले नै मलाई त गर्व गर्यो हो, ……..

  9. नेपाल र नेपाली को बदनाम एउटा नेपालीले आफ्नो स्वार्थ को लागि कसरी गर्छन भन्ने कुराको उदाहरण मा यहाँ पेस गर्न चाहन्छु |
    wikileaks का mirror site बनाएर सहयोग गर्नु को साटो Krishna Prasad Regmi पैसा कमाउने धन्दा तिर लागे जस्तो लागेको छ| विकिलेअक्स को मिर्रोर site http://nepaliwikileaks.org/ मा donate भन्ने button click गर्दा paypal मा [email protected] (facebook नाम Krishna Prasad Regmi छ) देखाउछा ? के यो wikileaks लाइ जान्छ हाम्रो donation? कि यो ठग्ने चाला मात्र हो ? मैले अरुपनि mirror site हरु हेरे तर कुनैमा पनि donate button छैन यो के चाला हो ?

  10. विकिलिक्सको जस्तै टेक्निक हामी पनि खोज्ने कि ? , यस्तो खाले दबाब दलका नेताहरुलाई र ६०१ भत्ताखोरहरुलाइ दिनपाए कमसेकम देशको भलो छिट्टै हुन्छ होला नि |

  11. अमेरिका को येही रबैया बढ्दै जाने हो भने भोलि क दिन मा उ नितान्त एक्लो हुने छ …. मैले पैला यौता कहानी पढेको थिए क्या …. यौता जंगली साँढे थियो उसले आफ्नो वोरपरा का अरु साँढे, गाई, बस्तु, वा मानिस जो कोहि देक्यो भने पनि हानी हाल्ने गर्थ्यो … झम्टेर जान्थ्यो …… एस्तो लाग्थ्यो कि त्यो साँढे लाई अरु कसै को जरुरत पर्दैन जस्तो… आहिले को अमेरिका लाई जस्तो….. ति बिचरा किसान का कति बालि नस्ट गर्यो गर्यो … एक दिन त्यो साँढे आकस्मत बिरामी परेर थला परेछ… … तेस्पछी त तेस्को नजिक कोइ पनि जान मानेनन्, सबैले थु थु गर्न थाले ….. अन्त्यमा त्यो गाउमा भएको औता बुढो साँढे नजिक गएर गफ गर्ने कोसिस गरेछ र गएछ पनि …. अनि सोधेछ… कि तिम्रो तेत्रो सक्ति कहाँ गयो … तिम्रो तेत्रो बल कहाँ गयो…. त्यो बिचरा यौंग साँढे निरास भएर बुदो साँढे को आगाडी नतमस्तक हुँदै भनेछ जीवन मा त्यो बेलामा सक्ति को उन्मक्त भएछु, मलाई कसै को जरुरत नपर्ने भाको थियो … मैले कैले पनि एस्तो दिन औला भनेर सोचेको थिएन ….. लाग्छा मेरो मिर्त्यु पनि सहज हुने छैन ….. मलाई कृपा गरेर अलिकति खान देउ न…म त अब उठ्ने नसक्ने गरे धलेछु …. यो छ्य्न ज्यादै कारुणिक थियो …. मैले यो कथा किन पनि बतौना चाहेको भने … जिबन धेरै लामो छ… आनागीन्ति मोड हरु छन्… मान्छे तरुण आवस्थामा जतिसुकै बलबान भएपनि, जतिसुकै धनि भएपनि … हर कुरा हरुले सम्पन्न भएपनि .. जीवन को उत्तर्रार्ध म़ा कसै को न कसै को सहारा को जरुरत हुन्छा चाहे त्यो आफन्त को होस् चाए त्यो पराइ को होस् …. अमेरिका को हक म़ा पनि यो नियम लागु होला ….. भलै आहिले नहोला तर कालन्तर म़ा यो पक्कै आउछ.. म क भन्छु भने हाम्ले जैले पनि सत्य को साथ दिनु पर्छ, निष्ठा को साथ दिनु पर्छा …. भोलि का दिन म़ा अमेरिका ले राम्रो कम गर्यो भने उसको पनि साथ तेतिकै दिनु पर्छा जसरि आहिले विकिलेअकेस लाई दिएको छ… म मेरो सरिर को एक थोपा रगत रहेसम्म विकिलेअकेस को साथ दिने छु… चाए त्यो नैतिक नै किन नहोस…

  12. paypal ले काम नगरेर आफ्नो त चौपट भयो | सबै काम नै ठप्प पो बनाए ह्याकरहरुले | एस्तो गैरकानुनी काम चाही नगरेको भए हुन्थ्यो | paypal ले पनि खुरुक्क खाता खोलि दिए भैहाल्थ्यो नि | के नाटक गरेको होला | अहिले सम्म त समर्थन नै गरेको हो अब के गर्ने ? धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तो पो भयो |

  13. म अलि कन्फ्युज भा छु, यो अमेरिका कै खेल हो कि भनेर| तर एदी असंज ko आक्रमण अमेरिका को बिरुद्दै हो भने, हामी युद्द तिरै तानिदै छौं| २०१२ को भाबिये बनि सायद साँचो हुन सक्छ| हुन पनि अहिले विस्वो भर मै अधर्म को हावी भाको छ| हाम्रै देशमा हेरौं नत कस्तो बेजोक भाको छ| सबै मानिस हरु असन्तुस्ट र दुखि छन् , नेता हरु मस्ती गर्दै छन् जनता हरु दुखि छन्| अब चाही अधर्म को नस्ट होला जस्तै छ| त्येसैले त उनि हरु भन्दै छन् “We are everywhere”|

  14. ए ह्यकर साथिहो धेरै डाटा एकै चोटी पठाउदा ईन्टरनेटको तार सट हुदैन भन्या ? अरु पिरलो त थियन mysansar हेर्न पाईन्नकी भन्ने हो । के गर्नु mysansarको एडिक भै सकियो । अझ आफ्नो कमेन्टमा हरियो अङ्क गन्न क्या मजा आउछ ।

    • बाबु ले बडा गज्जप को कुरा गर्नु भो… धेरै खायो भने चिनी त तितो हुन्छा यो डाटा को क कुरा भो र हैन बाबु… हुँदैन हुँदैन…. जति पठाएपनि शर्त हुँदैन एदी भयो भने पनि परेको मा बेहोरौला …. है बाबु….

  15. भूलसुधार: माइकल शेर्तोफ्फ़ अहिलेको नभई तत्कालिन थिए

  16. बुझ्नेलाई थाहा छ, विकिलिंक्स सब CIA अनि mossad को नाटक हो. एदी जुलियन अशंज साचिकै जनतालाई सूचना दिन प्रतिबद्द थिए भने किस्ताबन्दी मा सूचना पक्कै पनि आउने थिएन. विकिलिंक्स बाट अहिले सम्म कुनै ठोश कुरा खुलाशा भएको छैन. फलानो नेताले ढिस्कानो नेतालाई के भन्यो, कुन नेता डरपोक, कुन बहादुर, कसले घुष खायो, कसले को मरेको हेर्न चाहन्छ आदि इत्यादी. बिश्वोमा ठुलो असर पारेको ९-११, जोन.एफ. केनेदि को हत्या, भुट्टोको हत्या, builderberg group आदि को बारेमा केहि आएको छैन, परोक्ष्य रुपमा इरान अनि पाकिस्तानलाई डरलाग्दो देखाउन खोजिएको छ, जसको फाइदा israel लाइ पुग्छ . बेन्जामिन नेतानाह्युले भनेका थिए ” wikleaks is good for israel.” यी तिनै मान्छे हुन् जसले ९-११ को घटनालाइ ” israel को लागि धेरै राम्रो खबर किनकि अब बिश्वोले हामीलाई करुणाको भावले हेर्चन” भनेर थिए. सबैलाई तहाभायेकै कुरा हो ९-११ इस्रैल ले गरेको हो भनेर. wikileaks को उद्श्य अमेरिकालाई बिश्वो सामु अझ नारामो बनाउनु, अनि अलि अलि बचेको freedom of speech को अन्त्य गर्नु हो.
    येही wikileaks लाइ अधार मानेर US सेनेटर joe lieberman , जो धर्मले येहुदी अनि अमेरिकी-इस्रेली दोहोरो नागरिक हुन् आदिले “cybersecurity bill” लाइ उचालिरहेका छन्. यो बिल पास हुने बित्तिकै अमेरिकाको संविधानको धारा १ ले दिएको “बाक स्वन्त्रता” को अन्त्य हुनेछ. हुनत यो भन्दा अगाडी आएको “patriotic act” ले नै धेरै जसो स्वतन्त्रता लागेको थियो, जस्तो भित्रि लेखक थिए माइकल शेरत्तोफ, उनि अहिले ” department of homeland security” का chairman हुन्, उनि पनि इस्रेली नागरिक हुन्, उनको आमा mossad की शास्तापक सदश्य थिईन

    • हेर्नुस उत्तम जी यदि wikileaks ले सबै केवलहरु एकै साथ निकालेको भय सबै १२५०० जति केवल कुन कुन पढने गन्जागोल भै हाल्छ नि …. ठिकै गर्यो ….. आज एउटा पढ्यो कमेन्ट गर्यो तेसो गर्दा सबै केवलको उत्तिकै महत्व भयो …… कि कसो ?

  17. नेपाली हरु को नाम नि आएछ hackers मा खुशी लग्यो
    WIKILEAKS जिन्दाबाद !!! जिन्दाबाद !!! जिन्दाबाद !!! जिन्दाबाद !!! जिन्दाबाद !!! जिन्दाबाद !!! जिन्दाबाद !!! जिन्दाबाद !!! जिन्दाबाद !!! जिन्दाबाद !!! जिन्दाबाद !!! जिन्दाबाद !!! जिन्दाबाद !!! जिन्दाबाद !!!

  18. राम्रो पछ्येलाई समर्थन गर्दा केको डर? म पनि समर्थन गर्छु |

  19. लडा लडा ह्याकर साथीहो लडा विकिलिक्सको समर्थनमा विश्व साइबर युद्द लड ”परेको मा ब्योरुला ”

  20. मैले फेसबुक मा नि राखे सबैले फेसबुक मा राख्दा राम्रो विकिलिक्स जिन्दाबाद

  21. मैले पनि विकिलिक्सको समर्थनमा हस्ताक्षर गरे तपाई ले गर्नु भयो ?

  22. हैन !!विश्व युद्द नै हुने हो कि के हो ? यो खतरा को युद्द भैरहेछ हो |
    साचै २०१२ मा विश्व को अन्त हुने हो ?

    • हुन्छ २०१२ डिसेम्बर २१ तारिख बिहान ९ बजे

      • कहाँ को ९ बजे…नेपाल मा ९ बज्दा अमेरिका मा अगिल्लो रत को ११ बजेको हुन्छ…अस्ट्रेलियामा दिउसोको २:१५ भएको हुन्छ…जे मन लग्यो तेही भन्ने…
        वाइयात…

        • हजुर जुन ठाउमा बस्नुहुन्छ तेही ठाउँ को समय मा ………..ताकी यो होइन नेपालमा ९ बज्दा अमेरिका मै ९ बज्नुपर्छ भन्ने

      • कसरि ?
        परमाणु बम पड्किएर?
        आकाशीय पिण्ड उल्का खसेर ?
        बा साराचिज कम्पुटर कन्ट्रोल भएकोले कम्पुटर भाइरस ले बिश्व युद्द को उद्घाटन गर्ने हो ?

  23. संसार भरि को मानिसले सत्य तत्यकुरा थाहा पाउनु गैर कानुनी हुन्छ ?एदी गैर कानुनी हो भने प्रभात ब्रो तपाई पनि त् तेस्को साझेदार हुनु भयो नि ….तपाइले पनि त् विकिलिक्स बाट नै सबै कुरा थाहा पाउनु भयो नि होइन र?

    • I was just trying to say, DDOS is illegal. After reading this article, if mysansar really supporting wikileaks, why they are still binding with amazon who is selling wikileaks document on their site for kindle. Neither I am with American Government who are doing bad things like trying to stop freedom of press, nor I am with wikileaks who is leaking confidential documents. In this case I am like NCP-UML, staying neutral and enjoying cyber war that’s for now 🙂

  24. त्यो नेपाली को हो उसलाई धेरै धेरै धन्यवाद ,,,,,,,,,,,,,,………

  25. त्यस्ता गैरकानुनी काम गर्नेलाई समातेर झ्यालखानामा हाल्नु पर्ने नि :प्

    • पौडेल प्रभात ! कसोरी गैरकानुनी ????……के सत्य जान्नु जनता को अधिकार होइना ? जनता लै पनि त थाहा हुनु परियो कि नेता हरु ले कस्तो गुल खेली राखे छ भनेर | लोकतन्त्र मा ” We select our Leader to serve us NOT to exploit us. “

      • Well dude lets not talk about democracy anymore, because in our country we are under attack by lots of means and ways, and we are not doing anything, just watching, really we just talk and talk. Anyway wikileaks is already overrated for me, so don’t want to go back there, now UK student are protesting against fee raise, matter of fact I am supporting them.

        And one more thing to You Ashok and Manoj Shrestha, I don’t think you guys have little bit sense of humor, and all those who dislike my lines, they just read that lines, didn’t read between the lines, If you read that again, you guys will see I was kidding there, by writing “त्यस्ता गैरकानुनी काम गर्नेलाई समातेर झ्यालखानामा हाल्नु पर्ने नि (:प्)”
        :प् = 😛 and if you guys are good in internet and stuffs I don’t have to explain anymore 🙂

        Jai Hos 🙂 Jadau 😉

        • प्रभात जी ! जान्ने मान्छेले त्यस्तो घमण्ड गर्दैन ! सार्बजनिक समाचार पोर्टलमा तपैले सरल भाषा प्रयोग गर्नु भयको भय तपैले साथिहरुसंग गुनासो गर्न पर्ने थियन होला नि / हैन र ? जस्तो कि म अलि अलि पढालेखा छु म जस्ता नेपाली धेरै छन् / सबैले बुझ्ने गरि लेखेको भए कस्तो राम्रो हुन्थ्यो होला है ? तपाईले लेखेको हामी धेरै नेपालीले बुझदैनौ / सबै नेपाली इन्टरनेट साक्षर हुनु जरुरि छ तर सबै बिज्ञ नभय पनि हुन्छ / की कसो ? तपाईको शुभ चिन्तक

Comments are closed.