सरकारविहीन देशका अनागरिकको व्यथा

प्रतिसिलिन्डर ७५ रुपैयाँ भाउ बढ्यो खाना पकाउने ग्यासमा। प्रति लिटर रु. ३ का दरले मट्टितेल, डिजेल र पेट्रोलमा भाउ बढ्यो। साप्ताहिक ३९ घण्टे लोडसेडिङ त आम विद्युत उपभोक्ताको कष्टकर दैनिक बनिरहेकै छ। खोलानालामा पानीको वहाव घट्दै जाँदा लोडसेडिङको भार बढ्ने कुरामा लगभग सबै मानसिक रुपमा तयार नै छौं।

नेपाली जनताले सरकारविहीन करिव आधा वर्षको दर्वियानमा पाएको सरकारी उपहार अर्थात कहरको एउटा नमुना मात्रै हो – पेट्रोलियम पदार्थको मुल्यवृद्धि। थाहा छैन हामी नेपाली अति विद्धान छौं वा बुद्धु। हामी कोही पनि मुल्यवृद्धिको विरोधमा संगठित प्रतिरोधमा गएनौं। कलेजका विद्यार्थीले पुलिसलाई ढुंगा हानेको, कमल थापाहरुले मुर्दावाद भनेको, उपभोक्ता मंच र यूवा कांग्रेसी नेता नविन्द्रराज जोशीहरुले आयल निगमलाई ज्ञापन पत्र बुझाएको समाचार प्रवाह गरेर हामी संचारमाध्यमहरुका प्रतिनिधिले चौथो अंगको धर्म पुरा गरेको आत्मारती लिइरहेका छौं।


हुन त काठमाण्डु वा मुख्य शहरमा आजकल सैनिक परेड छैन। सैनिकले बन्दुकका कुन्दाले कसैलाई पिटेको छैन, बुट बजाजेर जनमानसलाई तर्साएको छैन। एका दुई जुवाडे, बलत्कारी, चोर आदी पक्रेर प्रहरीले शान्ति सुरक्षाको स्थिति सुदृढ पारेको दाबी गरेकै छ। तथापि आम जनता यतिबेला स्वाधिन देशका अनागरिक हुनुको वास्तविक पात्र बनी रहेका छन्। सरकार कामचलाउ भएकै पाँच महिना हुन लाग्दा आम नागरिकका खाना, नाना, छाना सुरक्षा, स्वास्थ्य शिक्षा आदीका अधिकारको रक्षा कस्ले गर्ने?

देश गम्भीर संक्रमणबाट गुजि्ररहेको बेला पूर्वराजाको शाही ठांटबाटमा राष्ट्रपति डा. रामवरण यादव महोदय, सुदूर पश्चिम क्षेत्रको शयेर गरेर फर्किए। राजीनामा स्वीकृत भइसकेको प्रधानमन्त्री माधवकुमार नेपाल विदेश शयेरमै छन्। ठूला दलका वडका नेताहरुको विदेश यात्रा सूचि दिनहुँ बढ्दो छ।

प्रमुख विपक्षी एकीकृत माओवादीको मारमुङग्रीबाट भागेर अध्यादेशमार्फत काम चलाउ बजेट ल्याएको सरकारले त्यही अध्यादेश पारित गराउने संसद बैठक डाक्ने सार्मथ्या छैन।

सभासद हल्लिएर हिउँद काट्दै छन्। राजनीतिक दलहरु आ–आफ्नो डम्फु बजाउँदैमा मस्त छन्। देशको क्यालेण्डर बिग्रेको छ, सरकारको आयु सिद्धिएको छ। न्यायलयले दुर्जकुमार राईहरुको सम्मान सदर गरेको छ। तर जनताका लागि खै त के कहाँ छ? सबै नाजावाफ छन्। यति हुँदा हुँदै पनि जनताको एउटा झुण्ड छिटो संविधान लेख भनेर थाक्दैन न कि दाल, चामल, नुन, तेलका भाउले ढाड सेकिदा हातमा दही जमाएर बस्छ। त्यसैले अब प्रश्न सबैले आफैतर्फ सोध्ने कि – के हामीलाई सरकारविहीन देशका अनागरिक हुन किन मञ्जुर भइरहेका छौं ?

39 Comments

  1. सुर्य जी , म तपाई को कुरा म सतप्रतिशत सहमत त छु , तर हामी संग विकल्प पनि त छैन नि यी यावत कुरा सहनु बाहेक !!!!!

  2. पेट्रोलियम पदार्थ को भाऊ त अन्तर राष्ट्रिय जगत मा नै बढेको हो नि / नेपाल मा मात्र बढेको होयिना / जुन भाउ अन्तर राष्ट्रिय बजार ले गरेको हो सरकारलाई दोष दिएको मा अचम्मलाग्छ यस्तो कुरा लाई लिएर राजनीति गर्नु वा यसलाई बढावा दिएर लेख लेख्नु कुनै दुद्धिमता चै होयिना / यस्तो भाउ बढ्ने बस्तुको उपयोग कम कसरि गर्न सकिन्छ अनि त्यसका अरु उपाय हरु के छन् त्यसमा खोजीनिती गरेको राम्रो हुन्छ/ पेट्रोलियम पदार्थ को अधिकतम माग भएको र बिस्वोमा सबभन्दा बडी माग भारत र चिनिया देश भएको ले मूल्य वृद्धि भएको अन्तर राष्ट्रिय जगत को भनाई छ /बेकार मा काठमाडौँ क सडक गल्लि मा जुलुस नाराबाजी गर्दै मा के यसको भाउ नियन्त्रण हुन्छा र ?

  3. Suryaji, you write some notable articles. There is no change in Nepal unless all youths turn on their visions to mend the existing conditions of the country. Because, youths deserve civic responsiblities. Whatever change the country needs it is possible only from the youghs. Youths have social, political and moral awareness but the selfish leaders are making use of brainy youths to accomplice their selfiness. Due to indiffernce among youths and they being used as shields of those selfish leaders, the country is unable to get a government and the people are without their identities. Media should play vital role to energize youths to rescue motherland by dissaminating the right message of how a country should get a complete change with good governance, permanent peace and stability. Hope, you continue to write effective articles to unite youths and on favourable issues.

  4. राजाले बिकाश गरेन,राणाले गर्न दिएन|
    पंचायत गयो ,बह्हुदल आयो ,
    तैपनि केहि भएन|

    मावोबादी मान्छे मार्ने ,अरु पार्टी कराउने |
    घुश्यहा लाइ छुन नसक्ने ,गरिब को कुखुरा हराउने |
    जनता को कर चुस्ने ६०१ चोर |
    राज दर्बार संग्रालय ,सिह दर्बार खोर |

  5. [म दुखि ओखर पौव ]
    जसो गर्दानी सुख पाइन म दुखि ओखर पौव
    कति सुनदर थिय चार चुरुन्गिको घर
    आफु फोहरी भयर अरुलाई सफा राख्नन मानिन डर

    अरुको कुभलो मात्रै गर्ने हरुलाई देखाऊछु
    साचीकै कान्तिपुरी बनाई नेपाल खाल्टो लाई हसाउछु
    किन हुन्थियो
    आफु ताक्छु मुड़ो, भन्चरो ताक्छ घुडो

    थोरै पनि स्याबासी पाइन धेरै आस थिय
    इन्का फोहर थापि दिने टाउकोमा ढुगा मुडा कति बर्सिय /
    गनाउनि पचेका बाकी बचेका धेरै तर्सिय /
    धिकार छ मेरो, जुनी मेरो सोच
    तबन सतिले सरापेको /
    कुन सति तिम्ले यसरि सरापेर गयोउ
    हुनत के गाली गर्नु तिमि पनि कति पिडित भयोउ/
    तर आज हेर मलाई कति पीर
    पाँच पाँच दिनमा बन्द नित्य कर्म भाछ
    एता ल्यायो फरकाई दिनछन् ,उता कराउछन् गना छ /
    यो दोहोरि कति सहने ,मेरो कण चर्कियको छ
    ए सति मिल्छ भने दस औला जोडेर बिन्ति सराप फिर्ता दिनछेउत?

    हैन भने मेरो पनि केहि लागेन ,म नि सराप दियर मर्छु
    ए सति सराप फिर्ता देउ पुन दण्डबत गरछु /

    [मधु सुधन कोइराला]

  6. ल है देसको हालत सारै नाजुक छ हामी जवानहर बिदेसमा पाखुरा बजार्दै येसरी कमेन्ट गदै ठिक्क छ देसमा हामीले केहि पैसा पताकोले नेताहरु बिदेस घुम्नै ठिक्क छ अनि कसरि देस सुद्रिने त/मलाई त नेपाल मा बस्ने नेपैहरु प्रति गर्ब छ तेती थोरै पैसामा कसरि गुजारा चलाउछ होला अचम्म लाग्छ अनि माया लगेर आउछ अब हामी त बिदेसमा बस्नेले खी गर्न सक्ने नै छैन सिवाय तपाई को यो मी संसार बाट कमेन्ट दिने……न हामी गास को भौ घटाउन सक्छौ न पट्रोल को न चामलको न नुनको हामीले कमेन्ट गरेर खी हुनावाला छैन नेपालको नेतालाई जैले गाली गरेर अनेक भनेर सुन्ने होइन किन दुख गर्ने तिनीहरुलाई किन चर्चा मा ल्याउने…….बरु जनता को घर दैलोमा गएर जनता utaune कम गर्नु होला तेइ राम्रा हुन्छ….

  7. [म दुखि ओखर पौव
    जसो गर्दानी सुख पाइन् म दुखि ओखर पौव
    कति सुन्दर थिय चरा चुरुन्गीको घर
    आफु फोहोरी भयर अरुलाई सफा राखन मानिन डर
    अरुको कुभलो मात्रै गर्ने हरुलाई देखाउछु
    साचिकै कान्तिपुरी बनाई नेपाल खाल्टो लाई हसाउछु
    किन हुन्थियो
    आफु ताक्छु मुड़ो बन्चरो ताक्छ घुड़ो
    थोरै पनि स्याबास पाइन धेरै आस थियो
    इन्क फोहर थापि दिने टाउकोमा ढुगा मुडा कति बर्सिय
    गनाउनि पचेका बाकी बचेका धेरै तर्सिय /
    धीकरछ मेरो जुनी मेरो सोच
    तबन सतिले सरापेको
    कुन सतिले यसरि सरापेर गयोउ
    हुनत के गाली गर्नु तिमिपनि कति पिडित भयोउ /
    तर आज हेर मलाई कति पिर /
    पाँच पाँच दिनमा बन्द नित्य कर्म भाछ,
    एता ल्याओ फर्काई दिन्छन उता कऱाउछन् गना छ/
    यो दोहोरि कति सहनी मेरोकान चर्केको छ ,
    ए सति मिलछ भने दस औला जोडी बिन्ति छ
    सराप फिर्ता दिनछेउत ?
    हैन भने मेरो पनि केहि लागेंन म नि सराप दियर मर्छु
    ए सति सराप फिर्ता देउ पुन दण्डबत गर छु /
    [ मधु सुधन कोराला ]

  8. गणतन्त्र को आगमन पछी सब ठीक हुन्छ भनेर खुल्लामन्च मा कुर्लने नेता हरु लाई र उनिहरु को हावा कुराहरु लाई विश्वाश गर्ने हामी जनता हरु बराबरि नै जिमेवार छौ.

    • सुर्य जी तपाई कुरा त ठिकै गर्नु हुदोरहेछ यो त सबै यथार्थ र छर्लङ्गै छ नि। तर तपाईको लेख सृजनात्मक भने छैन । हरेक लेखकले बास्तविकतालाई समेटेर समाधानको अलि राम्रो र गतिलो उपाय खोज्नु पर्ने होइन र?
      हामी नेपालीहरुको यो नै सबैभन्दा ठुलो कमजोरी हो खाली कुरा मात्र गर्ने निकास र समाधानको बाटोमा काम गरेर नदेखाउने ।
      कि कसो मित्रहरु ??????

  9. ” सच्चा नेता बन्न आफूलाई अहिल्यै सुधार ”
    ————————————————
    मुखमा राम राम बगलीमा छूरा भिरेको
    जुन जोगी आए पनि कानै चिरेको ( न्युन अपबाद बाहेक )
    मोज गर्नेले मोज गरेकै छ
    मुलुकको ढुकुटी तिनपुस्तेलाई भरेकै छ —

    ६०१ आए
    टेबलमा रमाए
    जनताले सोचे पक्कै केहि ल्याए
    गुलेली खेल्दै मत्यान्ग्रा सिध्याए —

    ठुला ठुला नेता
    घुमफिर सयरमा यता र उता
    बिचरा जनता सोध्छा
    संबिधान खै कता ?! —

    मुलुक कुहिरोले डम्म
    आर्थिक उन्नति शनै शनै ठम्म
    नेताका सुबिधा सधै लटरम्म
    तिन्का घ्याम्पा झन् भन्दा झन् टम्म —

    महंगीको जातो जनताको ढाडमा
    सत्ता सुघिरहन पाए जनता जाउन भाडमा —
    तर !!!
    जनताले यो नबुझेको होइन
    अब आउदा चुनाबमा तिम्लाई छोड्ने छैन
    ढिला नहुदै कपटी पर्दा उघार
    सच्चा नेता बन्न आफूलाई अहिल्यै सुधार !

    • सुर्य जी !! राम्रो लेख छ . अहिले को देशको अबस्थाले निकै दुखिबनाएको छ सबैलाई . तपाईं त रमाउनु भाको होला है .. तर धेरै दङ्ग नपर्नुस तपैन्को राजतन्त्र फर्कने वाला छैन . बरु अहिले देश को यो हाल बनाउन कम्मर कसेका हरुको पर्दाफास हुने दिन धेरै टाढा छैन . wikileaks ले केहि दिन्छ कि नेपाली जनतालाई. अनि थाहा पाइने छ को कसरि लागि परेका थिए बिदेशी पर्भुलाई गुहारेर मुलुकको यो गति बनाउनमा .. ..

  10. येसो भारत लाइ गालि गरेको कमेन्ट हरु पढ्न पाउ न नेपाल भक्त साथी हरु हो , हामी अविकसित् bhayeko भारत ले गर्दा नै हो क्या |

    • म भारत भक्त त होइन हरि प्रसाद जी, तर भारत ले के गर्यो र हामी लै अविकसित बनाउन लाई त्यो खुलाउनु भए भारत लाइ गालि गर्न अलि मजा आउथ्यो कि? फेरी यस्ता ब्लगहरु मा २-४ वटा गालि गरेर आत्मरति लिने बिचारमा हुनुहुन्छा भने त ठिकै हो, नभए ….

      • खोइ के खोइ के ? श्याम जी कुरा के भने धेरै जसो माइसन्सारमा आउने कमेन्टहरु भारत लाइ गालि गरेका मात्रै हुने हुनाले यो लेख मा चाही तेस्ता खाल का कमेन्ट कम भएको ले साथि हरु ले किन भुल्नु भयेछा भनेर क्या ?

        खास मा भन्ने हो भने मेरो व्यक्तिगत विचार मा चाहि हामि आफै अविकसित भएको भन्ने लाग्छा |

  11. अरूको भर परेर यसरी लाचार हुनु भन्दा अब आफैँले परिवर्तनको थालनी पो गर्ने हो कि? बिद्युत प्राधिकरणलाई चुनौती दिनकोलागि घर घरमा कङ्क्रिट छानोको सट्टामा टायल राखेर त्यसमा सोलार हालेर घरमा आवश्यक पर्ने बिजुली निकाल्न सकिन्छ कि? आयल निगमलाई चुनौती दिन, २७.२ कि.मि.को चक्रपथमा साइकल प्रयोग गर्न सकिन्छ कि? घरको सेफ्टि ट्याङ्क नदिमा मिसाउनुसट्टा साधारण प्रविधि प्रयोग गरी खाना पकाउने ग्यास तथा जैविक मल बनाउन सकिन्छ कि? सायद यति कुराको थालनी गर्न सकियो भने न त हामीलाई न कुनै सरकारमा भर पर्न पर्छ न कुनै नेताको कुरा सुन्न पर्छ।
    अन्तयमा,चिल्ला गाडीमा चडेर माइकमा ठूला-ठूला आवाज निकाल्दै जनातामा भाँडभैलो मच्चाउन खोज्नेलाई भन्दा बाटोमा फोहोर सङ्कलन गरेर या दैनिक मजदुरी गरेर जीवीकोपार्जन गर्नेलाई मान-सम्मान गर्ने बानी बसालौँ।
    ‌- नेपालीको शुभचिन्तक युवा

  12. सुर्य जी को एती राम्रो लेख ma ni rato button ma क्लिक गर्ने मान्छे raichhan ye gaanthe Nepal ma……………..

    • कति न एडम स्मिथ भएर लेख लेख्नु भएछ सुर्य जी
      आज अन्तर राष्ट्रिय बजार मा तेल को भाउ कति पुगेको छ थाहा छ ? अनि तेल को कुरा गर्दा नेपाल अधिराज्य भरि कति तेल दैनिक खपत हुन्छ र
      हरेक जिल्ला मा कति तेल जनता ले उपभोग गर्छन थाहा छ ?
      नेपाल अधिराज्य मा प्रतिदिन ११००० ब्यारेल तेल खपत हुन्छ र यो तेल को मात्रा १४ बटा महानगर पालिका र नगर पालिका मा मात्रै ८५ % खपत हुन्छ
      काठमाडौँ, पोखरा, बिराटनगर, बीर गंज , हेटौडा, धरान, चितवन, ललितपुर, भक्तपुर, बुटवल, भैरहवा, नेपाल गंज, धनगडी र महेन्द्र नगर छेत्र मा हुने औधोगिक्
      र यातायात गतिबिधि मै खपत हुन्छ ! खान पकाउने एल पी ग्यास कुनै मजदुर, किसान र निम्न तह का व्यक्ति को घर मा हुदैन ! नेपाल को कुल जनसंख्याको कति प्रतिसत ले एल पी ग्यास मा खान बनाउछ ? ५-७-१० % ले ? त्यो पनि प्रतिदिन ७५० भन्दा बढी आम्दानी हुने ले !!!!!

      १. गरिब संग लिएको कर सरकार ले धनि व्यक्ति लाइ कार मा गुडाउन तेल सस्तो बनाइदियोस अर्थात् बाहिर बाट महँगो मा ल्याएको तेल मा सरकार ले पैसा हालिदिएर सस्तो बनाइदियोस ?
      २. महँगो मा ल्याएको एल पी ग्यास, सम्भ्रान्त ले खाना बनाउन जुम्ला कालिकोट का जनता को नुन र गास खोसिदियोस ?
      ३. केहि ब्यापारी लाइ सस्तो तेल मा उत्पादन गर्न दिएर कर्णाली का जनता लाइ अझै बर्सोउ सम्म अन्धकार मै राखोस ?

      पैसा फल्ने र उब्जिने कुरा होइन ? काठमाडौँ र येस्तई सहरी इलाका मा बस्ने सम्भ्रान्त परिवार ले राज्यको सम्पूर्ण सुबिधा को उपभोग मात्रा होइन सहुलियेत पूर्ण उपभोग गर्न पाइयोस अनि जाजरकोट ,जुम्ला हुम्ला रोल्पा रुकुम का जनता झाडा पखाला लगेर एम जिट समेत खाना नपाएर मरुन होइन त सुर्य जी ?आखिर तपाई जस्ता स्वनाम धन्य कलाकार पत्रकार हरु आफु मर्का मा परेको राड़ो रुवाई येसरी नै गर्नुहुने छ

      • माफ गर्नु होला अधिराज्य होइन गणराज्य ………..लेख्दा हात चिप्लिएर अधिराज्य भएछ

  13. सुर्य जी को कुरा १००% राम्रो लागो तर अब क गर्ने होला हामी जनता ले सरकार नै खत्तम वाय पछी कसको कै लाग्दैन .

  14. खै कसलाई के भन्नु छ अब त?
    जनताको स्वतन्त्र नेतृत्व गर्ने भन्ने गरेको नागरिक समाज पनि कुन दुलो भित्र पस्यो आटो पत्तो छैन? जनतालाई यता न उता परेर छोड्ने हरुले किन नागरिक समाज को खोल ओढेर नाटक गरेको होला तेती बेला ? जसलाई विश्वास गरे पनि गतिलो कोहि देखिएन.हाम्रो देशको भबिस्य त अन्धकार बाहेक अरु केहि देख्दिन म.अब अराजकता र अन्योल को दिन पनि घनिभूत रुपमा देखा पर्ने बेला आउदैछ साथि हो.तेसैले कि त्यो दिन कुर्नुस कि त स्वत स्फुर्त रुपमा मैदानमा उत्रिनुस बिना कुनै नेतृत्व. किन भने प्रतेक नेपाली जनता अब आफ्नो रच्छा र नेतृत्व आफैले गर्ने बेला आएको छ.अनि सिनघ दरबार मन्त्रालय र संबिधान सभा लै चेतावनी दिउ कि गर्छस भने गर हैन भने घोक्रे ठ्याक लागौछौ भोलि नै !!! अनि जनताकै बीचमा नंग्याउ यी सोशक र अवसरबादी हरुलाई…
    हैन भने कुर्नुस त्यो कालो दिनहरु अब धेरै टाढा छैन……
    सबिधान बिनाको देश
    सरकार बिना को देश
    महंगी र अराजकताको देश
    जातिय द्वन्दले मासिएको देश
    हुने हरुको देश
    अनि नहुने हरु भोक भोकै मर्नु पर्ने देश….
    चोर ठग दलाल र घुस खोरहरुको को देश
    सोझा साजा जनताको उठिबास लाग्ने देश …….
    अनि एक दिन हेर्नु हुने छ आफै….. नेपाल रुवान्डा कंगो बनेको…..
    विचार तपाइको….अनि कदम तपाइको…

  15. जो अगुवा उही बाटो हगुवा vaye पछि कसको के लाग्छ र. इनी हरुको फोहोरी खेल लाइ एकदीन जनताको आसु ले पखाल्ने छ.
    जय देश.

  16. I am confused. Why the elite people do not take part in politics. Do these Ministers and politician really know their field and how to improve it.
    We have plan but no action. The rise of gasoline and propane gas wouldn’t matter if our country plans and implement the plans for hydro power generation.
    Hire civil engineers , higher geologist, higher construction workers, buy construction equipments. Make your own cements. Make people invest money by selling shares to the people. This will eventually reduce the dependency on foreign fuel and increase the employment rate. There are lot of things that we can do. All we need is an action and the eradication of those radicals who obstruct our development. Eliminate those licence that are floating around with brokers. My country should not run by brokers, it should be run by the hard working people not the selfish, crooked citizens who enjoy sitting in a warm sunlight and eating a peanut in an open ground. It shouldn’t be controlled by rowdy crowds who makes decision without proper thinking.
    Where are you educated people who can take our country to the place where we all want to go? Where are these people hiding? Do all of them think that a politics is a dirty game? This old generation politicians sucks big time except few who knows about what they are doing. I think we are the one who elected them why are we not being able to remove them from the post? Why are we not able to guide our country to the path that we want to see. Are we being too selfish? We like to enjoy more than we want to work. We want to play around with the law. We do not want to pay taxes. We want to pass the customs duty. Is that our identity? We just ask from our country we are selfish we don’t give anything to them.
    Nepalese people need to speak up. Do something strong to let this politician learn their lesson.

    • Firstly, elite people don’t know how to talk and spellbound ignorant people. They are people with actions.Secondly, they don’t want to be said dirty people.They have name, fame and wealth. They are afraid to loose their prosporities. But those swindlers have raised from nothing. They don’t have risk of loosing ‘cos they had nothing to loose. On the way, they do learn how to cheat people by talking. They are like parasite. They live on the credits of others. So how can you expect a good country with them on top? They are the one who officialy deals our internal and foreign affairs on governmental level. They have been engaged in sucking peoples blood from the very begining. They don’t care about how people are living. And people are also fade up of whats happening in country. How many times those swindlers have gather our innocent people on the street to bring revolution in our county? The country status has not changed at all but degrading day per day. Now whom to believe? which one of our leader can be trusted so that he lead our county in peace. People have already seen all of those swindlers, therfore people think its not worthwhile to go on street.
      Is it mean this is the end?
      No.
      We need revolution. And first of all we need to fix those swindlers.It should start from the top.Since some leaders have their vision we have to filter those good people and rest have to be thrown.We have to stabilize our political system then chance should be given for elite people to enter to the political arena and mingle with the current political system..
      Next, we have to call all elite people all around the world to join develop our country.
      criteria of eligibility shoud be imposed in everykind of institutions.

    • Yes, we had removed (KP,MKN,Bamdev,Govinde,Chirinjeevi,Sujata,Vidya& many) from mainstream politics during the ConAssembly election but they still remain powerful in the party politics and are hindering the new expectations of the people. Why not scrap those bastards out of party politics or out of Nepal or out of life?

  17. सूर्यजी,
    नेपालमा हाल सम्म कुनै पनि सरकार जनता प्रति उत्तरदायी थिएन र यो परम्परा कायम नै छ । जन आन्दोलन पछि गठित सरकारहरुले त जनतामा विभिन्न किसिमले आर्थिक बोझ बोकाउने तरिका हरु अबलम्बन गरेको छ । सरकारी तथा सँस्थानका कर्मचारीहरु अफिसलाई आफ्नो बाउको विर्ता सम्झन्छन र सेवामुखी सँस्थानहरुलाई नाफा आर्जन गर्ने थलो बनाई बोनस खान्छन चाहे यसले जनतामा जति नै मार किन नपरोस । दुर्ज कुमार राईको केश बास्तवमा नै अचम्मको छ । दुर्ज कुमारले आन्दोलन आफ्नो ईच्छाले गोली चलाएको थियो या तत्कालिन सरकारको आदेश पालना गरेको थियो? यदी उसले सरकारको आदेश पालना नगरेको भए त्यो कार्य कतिको जायज मानिन्थ्यो? पुष्प कमल दाहाल प्रधानमन्त्री हुँदा तात्कालिन सेनापती कटवालले सरकारको आदेश पालना नगरेको कारण पछि गएर सरकार नै ढल्ने कारण बन्न पुगेको थियो र त्यसको प्रतिफल देशले आज सम्म भोग्दैछ । हामी हरेक कुरामा फरक मत राख्छौँ । यदि स्पष्टरुले हेर्ने हो भने पनि हाल सम्म भएका यस्ता कार्यहरुको जिम्मा हरेक समुहका प्रमुखहरुले लिनु पर्ने हुन्छ ।
    सरकारबाट भएका सम्पुर्ण हत्याहरु सरकारमा बस्नेहरुले र माओबादीबाट भएकाको प्रचण्डले लिनुपर्ने हुन्छ । पुर्व राजाहरु र प्रचण्ड एकै किसिमका अपराधका भागी हुन । यदी आफनो मातहतको मानिसको जिम्मा प्रमुखले नलिने भए कटवालले माओवादी सरकारको आदेश पालना नगरेको जायज देखिन्छ ।

  18. We have to depend upon the international market for fuel. The price of fuel has been increased all over the world. Thus in my opinion this is not unusual.

  19. नेपाल मा नेता जन्मेकै छैन, यी सबै जन्माएका नेता हरुले काँहा देश बनौचन जागिर खाएर मालिक लाई ठगे जस्तो गर्छन,

  20. एकदमै सहि कुरा गर्नु भयो सूर्य जि ! तपाईंको बिचार सँग सत-प्रतिसत सहमत छु । आज मैले राजनैतिक् ब्यक्तित्वको भनाइलाई उजागर गर्न मन लाग्यो । नेपाली काँग्रेस् का नेता स्व. गणेशमान सिँह ले नेपाली जनता भेंडाबाख्रा हुन भन्ने कुरा साबित भएको छ । जुन बिचारधारा भएपनि मैले यहाँ प्रसँग जोड्न मात्रै खोजेकी हुँ अन्यथा नलिनु होला । एकातिर सरकारबिहिन राज्य अर्कोतिर लथालिंग र भताभुङ देशको अवस्था , मन्परि तन्त्र , जताततै नियम कानुनको उलँघन हुँदा समेत हामी नेपाली जनता हरु चुप लागेर बसि रहेका छौ । आखिर हामीले कसको मुख ताकि रहेका छौ त ब्यबस्थित गर्नलाई ? के हाम्रो कुनै दायित्व छैन यो देशको शान्ति सुरक्षा कायम गर्न , देशको मुल कानुन संबिधान बनाउन को लागि राजनैतीक दलहरुलाई खबरदारि गर्न ? अझ भनौ मानिसका अत्याबश्यक कुराहरु (खाद्य बस्तु , तरकारी , खान पकाउने ग्यास , मट्टितेल , डिजेल ) को दिनानु दिन भाउ बढिरहदा पनि कोही यसको बिरोधमा ननिस्किनु लाई के भनेर बुझ्ने त ? यो जनताको नैरश्यता हो वा राजनैतिक् दलहरु प्रतिको बितिष्णा ? तर जे भएपनि यसरि चुप लागेर बस्नु नेपाली जनता आँफैको लागि घातक हुने छ । यो देश हामी सबै नेपाली हरुको साझा हो त्यसैले यसको सँरक्षण र सम्बर्धन को लागि सरकार बिहिन सरकारलाइ घचघचाउनु हाम्रो दायित्व हो ।

  21. साथीहो हामी कुनै पार्टीको पक्ष नलि यी नेताहरुको विरुद्धमा लड्ने बेला आयो !यिनीहरु देशका जुका हुन् !

  22. यो देश मा सरकार र सदन बिहिनाता भएकाले जनताले एस्तो मार खेप्नु परेको हो, हुनत ४१ जनाको मन्त्रि हरुको toli र ५९९ जनाको सभासद हरुको हुल्लाही नेपाली जनताले पाल्नु परेको छ तर जनता को पक्षमा आवाज उठाउने सस्था हरुको कमि छ, हचुवाको भरमा मूल्य बढाएको ४ दिन भैसक्दा पनि संसदीय समिति को बैठक बसेर येस्बरे छलफल भएको छैन, नेपाल ले तेल कतिमा किन्दछ र कति मा बेचादछा उपभोक्ता लाही था छैन, जनातालाही मर्परेरा मूल्य badayera नाफकमयेरा कमिसन र बोनस खाने लोभ कर्मचारी मा देखिएको छ, बोनस खान नपाएकाले आन्दोलन गरेको हामीले बिर्सिएको छैन, तर यी बिसयमा आवाज उठाउने वास्तविक निकाय छैन, सदा क समिति र सभासद हरुता घाम तापेर बदम खादै बसेका छन्/

    नेपाल मा १ थोपा पनि तेल उत्पादन हुदैन , तेशैले तेलको बैकल्पिक उपाय नाखोजिकाना सुख छैन , नेपलको हकमा तेलको विकल्प भनेको बिजुली नही हो तर अहिले सम्म पनि loadseding खप्नु परेको छ र यो तत्काल हट्ने सम्भावना पनि छैन, तेशैले jalbidhhut को क्षत्र मा हुने भद्दा राजनीति को अन्न्त्य गरि, पेट्रोलियम पदार्थ को निर्भरता क्रमस घतौदै लानुमा नही देश को हित हुन्छा, हैन भने येस्ता महंगी का मार नेपाली जनता ले खेपी रहनु पर्ने निश्चित छ/

  23. सहि भन्नु भयो सुर्य जी,राजनीतिक समस्या महत्वपुर्ण भए पनि त्यो भन्दा महत्वपुर्ण कुरा भनेको गांस, बाँस,कपास,सुरक्षा अनि शान्ति कै हो, जब सम्म सर्ब साधारण लाइ नभई नहुने आधारभूत कुरा को प्रत्याभूति हुदैन तब सम्म ती यावत कुराहरु भने को मरुभूमिमा राखेर समुन्द्रको सपना देखाउनु सरह हो, त्यसैले सब भन्दा पहिला यावत कुराको समाधान गर्न तिर लागे पछी मात्रै अरु मुख्य लडाई लड्ने कुरा त्यसै दरिलो स्तम्भ बनेर आउछ , त्यसैले देश यो अप्रत्यक्ष संकटकालमा गुज्री रहेको अवस्थामा जो कोहि पनि कर्तब्य बाट पन्छिन खोज्छ भने वा विदेश भ्रमण र पार्टीगत रणनीति र फाइदा हेर्छ भने तुरुन्त कुनै पनि पार्टी र सिद्धान्त नभनी जनता जागेर सबैलाई घोक्रेठ्याक नलगाए सम्म देशले कुनै पनि हालत मा निकाश पाउन सक्दैन त्यसैले बीर नेपालीहरु कि गर्छु कि मर्छु,कि गर नत्र भने मर भनेर ,त्यहिँ नै अन्तिम राष्ट्रिय मन्त्र नबनाए देश र सबै देशबासीको उन्नतिको अर्को बिकल्प छैन,विचार तपाइको ……………सुरेश कुमार पुन(पुर्जा)मगर

  24. कुन मन्दिरमा जान्छौ यात्री
    कुन मन्दिरमा जाने हो
    कुन सामाग्री पुजा गर्न
    साथ् कसरि लाने हो ?

    आत्मा पुजा नै सर्बोत्तम पुजा हो
    भगवानले मेरो बहिनी एबं स-

  25. सुर्य खड्का जी तपाई लेख आफै मा स्तरीय लाग्यो , तर यी डाकाहरु ( नेता) लाई के गरेर एउटा सच्चा देश मुखी बनाउन सकिन्छ उपाय सोच्नु पर्यो , एदी बात ले मान्दैन भने लात हान्न पनि तयार छौ , तपाई नेत्रित्तो गर्नुष hami तपाई को साथ् मा छौ ……..

  26. नेताहरु सबै नकचरो र नालाएक भए पछि अरु के हुन्छा? जनता ले प्रजातन्त्र आए पछि कति आशा गरेका थिए तर यी नेता हरु कुर्सिको लडाई र बिदेशी को चाकडी गर्दै ब्यस्त छन् . डेस्क कहाँ बाट कहाँ पुग्यो !!!!!

  27. साथी यो देश को अबस्था देख्दा रुना मन लग्छा हामी जनता सधै नेता ले मोज गर्ने भार्रयंग हनु पर्दा को पीड़ा नेता हरु को कुर्शी रास्तियता भन्दा ठुलो देख्नु पर्दा अफ्फै ली धिक्कारना मन लग्छा किना यी नेता को पछि लग्येरा हिदियेचा लाइ यिनी हरुलाई न देश चाहिएको छ चुनाब र आन्दोलन बाहेक न जनता चाहिएको छ केबल पैसा र ब्याक्तिगत सधै कुर्शी चाहिएको छ तेशैले के भारत लाइ मात्र गाली गर्नु आफ्नो देश बिकाश गर्ने हामी आफै ले हो भारत ता हाम्रो बिकाश कहिले पनी होस भन्ने चाहदैना

  28. सुर्यजी,
    जनता अलि उठ्ने बेला भएको छैन \उठे पछी को को माछा पछारे झैँ जनता द्वारा पछारिने हुन् थाहा छैन तर आम्दानि राम्रो नभएर र बजार भाउ एउटा प्रकिया बाट स्वस्थ तरिकाले नबढेको मात्र हो \ यता अमेरिकामा बजार भाउ पसल , ठाउ र दिन मा फरक र घटबढ भै रहन्छ \ यो नियमित प्रकिया हो नियम सङ्गत मात्र हुनु पर्यो कि कसो ?

  29. यस्तै हो हाम्रो नेपाल | भारतमा पानी पर्यो भने नेपालमा छाता ओढ्ने वानी नगएसम्म हाम्रो देशको बिकाश हुन्न | सूर्य जी, बिरेन्द्र राजा हुँदा तेल, ग्यास र अन्य सामानको भाऊ बढ्या थियेनर? मूल्यब्रिध्धिले धनि र सुकिला मानिसलाई केहि फरक पर्दैन | केवल गरिब जनता भोक भोकै मर्छन | भूपू राजाले अहिलेसम्म गरिब जनतालाई टेवा पुग्ने केहि काम गरेको छ? उसलाई पनि केहि मतलब छैन, उ पनि अवसरवादी हो र जनतालाई दुख पर्दा खुच्चिंग भन्न बायेक केहि जानेको छैन | पारसको न बाउ पर्यो!

Comments are closed.