अपराध कपालले गर्छ कि मान्छेले?

अन्नपूर्ण पोस्टमा यो चित्रसहितको समाचार पढेपछि मैले नबुझेका कुराहरु-

  • अपराध कपालले गर्छ कि मान्छेले ?
  • लामो कपाल भएकाको खौरनलाई सशस्त्र प्रहरी किन चाहिएको हो ? (किन हतियार नबोक्ने नेपाल प्रहरीलाई टेरेनन् ?
  • मानवअधिकार र व्यक्तिगत स्वतन्त्रता कुन चराको नाम हो ?
  • कपाल लामो पाल्न नेपालको कुन चाहिँ कानुनले रोकेको छ ? सशस्त्र प्रहरी कानुनको पालना गराउने निकाय कि आफै कानुन बनाउँदै हिँड्ने निकाय ?
  • माओवादीसित भिड्न द्वन्द्वकालमा गठन गरिएको सशस्त्र प्रहरीले शान्ति प्रक्रियामा उचित काम र भूमिका नपाएको हो ?
  • कपाल काट्नका लागि पैसा पनि सशस्त्र प्रहरीले नै तिरे रे। कुन चाहिँ बजेट शीर्षकमा उनीहरुले यो खर्च देखाउने होलान् ?
  • कपाल लामो भएका केटाहरुको खौरने अभियान जस्तै कपाल छोटो भएकी केटीहरुलाई वा प्यान्ट वा छोटो लुगा लगाउने केटीहरुलाई पनि कारबाहीको कार्यक्रम छ कि ?
  • फेरि उही प्रश्न- अपराध कपालले गर्छ कि मान्छेले ? कपालले नै गर्ने हो भने देशभर यो अभियान चलाउँ, शान्ति सुरक्षा जोगाउँ।
  • चिन्ता त यो छ – भरे छोटो कपालवालाले पनि अपराध गर्न थालेको कुनै सन्काहा हाकिमले देखे भने बेकारमा हामीलाई नि लगेर थुन्ने होलान्- ए बजिया, किन लामो कपाल नपालेको भन्दै। त्यस बेला के जवाफ दिने होला हे दैव !

88 Comments

  1. युवा को मात्र हो कि सबै लामो कपाल भएजतिको सबै को मुन्दन गर्ने हो मैले त कुरै बुजेना नत्र पसुपतिको बाबा लाइ पनि गारो पर्ने हो कि ?टाउकोको बाल मात्र हो कि सरिर को सबै रौ मुन्दन गरिदिने हो त्यो पनि मैले बुजेना नत्र सेन्टर पोइन्ट को पनि हो कि ?हुदा हुदा आफ्नो टाउको मा कपाल पनि पालना नपाउने भो मा त भन्छु नेपालका नेता पछी गए गुज्रेको इ पुलिस पनि हुन सबै नेपाली जनता लै दुख दिन बाहेक के नै गएको छन् इनले नेपाल को नुन खाएर नेपाली माथिनै दादा गिरि इन्लैता हुम्ला जुम्ला रोल्पा मुगुतिर लगेर बाटो खनाउनु पर्छा …………….

  2. प्रहरी प्रशासन बलियो भएन भने प्रजातन्त्र पनि बलियो हुदैन भन्ने कुरा सबैले बुझ्न जरुरि छ/नियेम कानुन,बलियो बनाएर शान्ति सुरछ्याको अनुभूति गराउन अझै जरुरि छ/प्रजातन्त्र भनेको मनपरी तन्त्र होइन/मनपरी तन्त्रलाई प्रजातन्त्र ठान्नेहरुले निर्बलियोलाई त सक्लान,तर उनीहरु भन्दा बलियो आयो भने?अहिले नेपालमा मौलाई रहेको मनपरी तन्त्रलाई काबुमा राख्न सशस्त्र प्रहरी मात्र होइन आबश्येक परे सेना परिचालन हुनुपर्छ/होइन भने देशको सामाजिक,राजनैतिक,आथिक अबस्था चिन्ताजनक छ/

  3. गलत सबै गलत कपाल पाल्ने ले सभ्यता देखाऊ सम्हालेर पाल कपाल पुलिस को काम होइन यो कपाल काट्ने कपाल लाई बदमाश को पगरी नबनाऊ !

  4. हामीले प्रहरीको गलत कामको प्रतिकार गर्नु पर्छ/ जवर्जस्ती कपाल काटिएको र बिना अपराध पिटिएको व्यक्तिहरुले अरु केहि गर्नु पर्दैन मिलेर सडकमा प्रदर्शन गरे पुग्छ/ कुरा मिडियामा पुग्छ/ ई प्रहरीहरु र नेताहरु सिट जनताको चित्कार सुन्ने कानहरु छैनन् तर मिडिया र माथिको( !!!!) आवाजले तिनीहरुको मुटुले नै सुन्छन र तर्सिन्छन पनि/ यक जनाले भए पनि सर्वोच्चमा नागरिक अधिकार हनन भएको भनि रित हाल्नु पर्छ अनि बाउको बिहा देख्छन तिनीहरुले/

    यहि प्रसंगमा उहिले भारतको दिल्लीको सरकारी यात्रु बसले रोकिनु पर्ने बस स्टपमा बस न रोकेको कारणले यक जनाले अदालतमा बसको भादा र ट्याम्पु चढेको भाडाको फरक रकम असुल्न पाउँ भनि मुद्दा ठोकेको कुराले ठुलै चर्चा पाएको थियो/ सरकारले त्यो व्यक्तिलाई अतिरिक्त रकम समेत दिएर मिलापत्र बा मुद्दा तुन्ग्याउँन खोजेको थियो/ तर त्यो ब्यक्तिल मानेनन् अदालत बात तेती सानो रकम भए पनि तिरायरै छोडे/ नागरिकले नागरिक हकको लागि लड्नु अधिकार पनि हो कर्तब्य पनि हो/

  5. “प्रहरी क्रुरता तानाशाही सरकारको पहिलो परिचय”
    कानुनि राज चलाउन असफल भएको सरकारले देस चलाएको बेला प्रहरीले यस्तै काम गरेर बस्छन/ बिगतमा पनि जव जव जनताले नरुचाएको सरकारले देस चलाए तव तव यस्तै काम प्रहरीहरुले गर्दै आएको थियो/ गृह प्रसासनको गैरकानुनी आचरणले देसमा तानाशाहको राज भएको पुस्त्याउने गर्छ/

    असंख्य राजनैतिक मुदाहरू अदालतमा तेतिकै फैसला नभईकन रहिरहनु, ज्यान मुदा जस्तो फौजदारी मुद्दाको तारिख बोक्दै गरेको व्यक्तिहरुको सदनमा उपस्थित हुनुले देसमा हुकुमी-टिके सरकार भएको प्रमाणित गर्छ/

    यकातिर देसको युवाहरु बेकार हुँदै विदेश पलायन हुनु पर्ने अबस्थामा छन् भने अर्को तिर बिहारिहरुलाई धमाधम नागरिकता दिलाएर अझै नेपालीहरुलाई बेकार गर्दै छन्/ ई कुराहरुले सरकार बेयिमान नभएको देखाउंछ/

    निकम्मा सरकारले आफ्नो निकम्मा पनको बिरुद्ध कोहि बोल्न तर्साउन यस्तै कामहरु पहिला पनि गरेका थिए आज पनि गरेको छ/ ज्ञानेन्द्रले शेर बहादुरलाई अपदस्थ गरि सके पछी काथ्मान्दुको टोल टोलमा “नाम दर्ता नगरिएको ज्ञानेन्द्र बादी कल्बहरु” उहिले पंचायतमा मण्डले क्लब खुले जस्तै छयास छाय्स्ती खुलेको थियो/ सम्भंदित प्रहरी केन्द्रहरुमा राजा बादी प्रहरीहरु खतायिएको थियो/ ती राजा बादी क्लबहरुको ईसारामा ती राजा बादी प्रहरीहरुले अन्य युबाहरुलाई यस्तै यस्तै काम गरेर र तेतिकै पनि सडकमा चोकमा बसी रहेको केटाहरुलाई थप्पड हान्दै हिडेको थियो/ तेतिबेला सोर्ह खुट्टे प्रहरी चौकीको यक जना राजाबादी अ स ई ले झन्डै आतंक नै फैलाएको थियो/ तर अहिले त् ज्ञानेन्द्रको राज छैन तैपनि यस्तै काम कसको सरकार टिकाउन गर्न लगाउंदै छ? मात्र गस्तीमा जाने प्रहरीले तेतिकै मनखुसी यस्तो काम गर्न सक्दैनन् कसैले आदेश दिएकै हुनु पर्छ त् कसको आदेश हो यो?

  6. केटाहरुले कपाल पनि पाल्न नपाउने भन्ने नेपालको कुन कानुनमा छ? अनि के सस्सत्र प्रहरिको काम कपाल काट्दै हिड्ने हो? अनि सामजिक बिक्रिति भयो भन्ने हो भने केटीहरुको छोटो कपाल पनि उनिहरुले जोडदिनछन् रे? कि हिरो राजेश हमालको कपाल छोटो भो भनेर अरुको पानि छोटाउने काम शुरु हो ॥

  7. कपाल छोटो भएको हरु राम्रा हुने भए त हाम्रा नेता र मन्त्रि हरु सबै छोटै कपाल भएका छन् त!!खै तिनीहरुले के गरे? २१ औ सताब्दी मा आएर पनि पुरानो अन्ध विश्वास र पुरातनबादी सोंच लिएर काम गर्ने येस्ता राज्यका अङ्ग हरुलाई धिक्कार छ.जनता को कानुन अनुसार हिड्न बोल्न र गर्न पाउने स्वतन्त्र हक र अधिकार को हनन भएको छ.तर राज्य नै अपाङ्ग वा भनौ नभएको मुलुक मा कसलाई सुनाउने येस्ता पिडा.धिक्कार छ थुक्क कस्तो देश मा जन्मियेछु.

  8. त्योसो त ससस्त्र प्रहरीहरुले पनि संक्रन्मनकालमा आफुले गरेका ज्याजतिहरुलाई भुल्न हुन्न l के उनीहरुले पनि त्यस ताका लामो कपाल पालेका थिए त ? कपाल लामो हुदैमा मान्छे खराब भन्न मिल्दैन l छोटो कपाल तर खराब काम गर्नेलाइ ससत्र प्रहरी किन तह लगाउन सक्दैन l बेकारमा समयको बर्बाद हेर त…… काम पैनस बुहारी पोखौदै उठाउदै भन्या यै हो l

  9. त्यो ससस्त्र प्रहरी बिरुद्ध मानवअधिकार हननको मुद्दा हाल्नु पर्ने | कोहि वकिल वा मानव अधिकारकर्मीहरु छैनन् कि क्याहो ?? मूनदन कस्तो अवस्थामा मात्र गरिन्छ भन्ने पनि थाहा नभाको साले कुकुर हरु जम्माभाको पुलिस प्रसासन | ठ्याक्कै अफगानिस्तान को जस्तै रहेछा नेपालमा व्यक्तिगत स्वतन्त्रता | तेसैले बिदेसमा नेपालबाट आको भन्न लाज लाग्छ | थुक्क हाम्रो भाग्य |

  10. क्षितिज जी मैले पनि मेरो कुरा लागु हुनै पर्छ भनेर भनेको छुइन |कुरा यति मात्र हो व्यक्तिगत स्वतन्त्रता र फेशन को कुरा गर्दा सामाजिक मानमर्यादा लाइ पनि ख्याल राख्दा राम्रो होला भन्न खोजेको मात्र हो |मानिस उमेरमा एक पल फेशनको नाम मा अरु भन्दा पृथक देखिन चाहान्छ | यस्तो रहर पनि आउँछ ,स्वेच्छाले नांगै आफ्नो सम्पूर्ण अङ्ग प्रत्यंग लाइ देखाएर बजार घुम्न पाए पनि हुन्थ्यो | तर उमेर ले डांडा काटेपछि उसका बिगतलाई सम्झेर आफै लाइ हाँसो लाग्छ | र अर्को कुरा लामो कपाल,भित्ती स्टाइल को कपडाले कुनै हालतमा पनि उसको व्यक्तित्व झल्कंदैन |बरु नकरात्मक संदेश मात्र दिन्छ |

  11. हाम्रो प्राय सभासत र मन्त्रीहरुको कपाल छोटै छ ,, तेसैले देश को यस्तो हालत भयको छ …तेसैले मा आग्रह गर्छु सबै माझ मा लामो कपाल पाल्नको लागि ,, कतै देश को स्थिति सुध्रने पो हो कि???/

  12. लौ आफु त परियो बेरोजगार , कपाल र दरि पनि लामो भा छ . कहाँ होला APF को घुम्ती saalon … जे भए पनि बेरोजगार युबा लै राहत मिलेको छ , धेरै धेरै ध्यान्याबाद

  13. लौ मरिएछ, आफु पनि नेपाल जाने बेलामा चाही लामो कपाल पालेर,कानमा मुन्द्रा लगाएर दादा भएर जाउ भन्या ,उफफ़फफ..फेरी काट्नु पर्ने भैगो नि बल्ल बल्ल लामो भाको कपाल..हरेकै जानेका छन् नेपालमा

  14. यो कुरा सुनेर भारत का रास्ट्रपति अब्दुल कलाम आफ्नो निवास छोडेर भागे रे ! हाम्रो ससत्र को पहुँच त ठुलो पो छ त /

  15. काट्ने भए नेताहरुको कम नगरी नगरी बेफाक्मा खाएको भत्ता काट्नु नि, जसले गर्दा आफैले बढी भत्ता खान पहिन्छा नि ! येसो बिचार पुर्याउनु पर्छा नि !

  16. खाते नेपाल प्रहरी मेरो सानो भाइ को को रहू पनि काट . मानभ अधिकार भन्ने यो खाते हरुलाई के थाहा

  17. काम पाईनास बुडी पाडाको कुन्नि के कना बनेको येही हो…..

  18. This is bloody against human right. What the hell is going on in our country, oh my GOD!!! Makes if bloody sick even reading the title of that news paper. I wish I was never born in stupidest country like bloody Nepal! I can’t bear the suffering any more…….

  19. आलोचना गर्नु भन्दा पहिला सबैले बुझ्नुपर्ने कुरा के हो भने सशस्त्र प्रहरी होस् yaa राज्यका अरु निकाय, माथिको आदेशबिना कसैले केहिगर्न सक्दैनन, बिशेष गरि सुरक्षा निकायहरुले,झन् यस्तो बिबादित काममा सशस्त्र प्रहरीले एक्लै निर्णय गर्योहोला भनेर पत्याउने आधार देखिन्न. तर जसको आदेशले काम गरेको भएपनि सकेसम्म यस्तो काम मा हात नहालेकै राम्रो हो.सामाजिक रुचि अनि युवाहरुको फेशनट्रेन्ड लाई सबैले सम्मान गर्नु पर्छ ,जबसम्म यस्ता कार्यहरुले समाजको अमनचैन अनि संस्कृतिलाइ खल्बल्याउने काम गर्दैनन्. ‘काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर’ भने झैँ आफ्नो मूल दायित्व कसैले बिर्सनु हुदैन.

  20. केटा मान्छेले लामो कपाल,हग्ने देखिने गरि लगाएको पैन्ट,नया कपडा लाइ धुजा धुजा पारेर लगाएको र केटि मान्छे ले छोटो कपाल,छोटो पहिरन,पारदर्शी कपडा आदि लाइ सकेसम्म नियन्त्रण गर्दा राम्रो लाग्छ /किनकि यी कुराहरु ब्यक्त्तिगत स्वतन्त्रताको नाम मा बिकृति र विसंगति मात्र हुन् /

    • यतु लिम्बु मलाई तपैले लगाए को लुगा राम्रो लागे न ..अब देखी लुगा किन जादा मलाई लग्नु मा रोज्छु तपाई को लुगा तपैले खाने कुरा मलाई चिता भुजे न अब देखि खाने समय मा मलाई सोध्ने …कस्तो लग्यो मेरो कुरा कपाल को कुरा पनि तेस्तै हो… who do u think you are to decide what other people want?

  21. होइन यीनिहरूले टाउकोको कपाल मात्र किन??? काटनेनै हो भने गुप्तान्गतिर आउने कपाल पनी लामो लामो भएको हुनसक्छ .. त्यों पनी काटने अभियान ल्यैदेको भए कती राम्रो हुने थियो!!!

  22. ए मुर्ख हरु हो देशको सिमामा बसेर एसएसबीको ज्यादतीको विरोधमा त लाग्न सकेनौ केरे अब नेपाली जनतालाई नै दुख देऊ। हे भगवान यिनीहरु बुद्धि कहिले आउने होला ……?

  23. संसार मा हतियारधारी को मात्र व्यक्तिगत स्वतन्त्रता हुन्छ ?

  24. प्राय अपराधीको कपाल लामो नै हुन्छ अपराध गरे पछि परिवर्तन गर्छन

  25. त्यसोभा अब राजेश हमाल र पारस शाह को नि कपाल काटिने भो त हा हा हा

  26. अब लामो कपाल मात्र काट्ने होइन
    सर्वजनिक ठाउँमा पाद्ने मान्छे लाई पनि समत्नु पर्छ , बरु एउटा सुघँने टोली गठन गर्ने हो कि ?
    फोन पनि खतरा हुन सक्छ , मोबाईल फोन बोक्नेलाई पनि समत्नु पर्छ
    बाटोमा जिउ कन्यौने पनि सर्वजनिक अपराध हो, साबुनपानी लिएर बाटो बाटोमा बस्ने कि ?
    जुँङा पाल्ने मान्छे हिटलर हो
    दारी पाल्नु भनेको अनुहार छोप्नु हो .
    अब बाटो बाटो मा बसेर कट्टु लगाको नलागको जाँच गरेर कट्टु नलगाउनेलाई पनि कारबाही गर्नु पर्‍यो ढिँडे साप ।
    त्यति मात्रै किन ?
    यसरी समातीयका हरु सँग जरिवाना लिएर, त्यो पैसा ले महिना भरी सबै भन्दा ठुलो चोरी गर्ने अथवा धेरै गुण्डागर्दी गर्ने, मान्छे मार्ने बहादुर लाई कदरपत्र दिएर सम्मान गर्ने हो कि ?
    दुनिया कहाँ पुगिसक्यो, खाली बकम्फुसे काम बाहेक केहि औदैना चोर हरुलाई . काम नपाए सडक सफा गर्नु, बाटो बनाउनु नि बरु, एदी समाज को भलो नै गर्न खोजेको भए !!
    मन परे हरियो, नपरे रातो लौ जा !!

  27. कपाल पाल्ने हरुको मानसिकता मा जाने हो भने उनीहरु आफुलाई कपाल पाले पछि दादा र हिरो सम्झेर अपराध गर्न प्रेरित हुन्छन येसैले यो ठिक्क छ

  28. we r wasting our time for unnecessary things. we need to reform our education and teach what discipline stands for in human life.

  29. सालोक्य जी येसो सस्म्पर्गा गर्ने ठेगाना पनि दिनु पर्यो.कमसेकम हाम्रा बेरोजगार ब्रो हरु को कपाल काट्दा लाग्ने खर्च त बाच्छा .गूद जोब दंठे हरु . अब राज्य को ढुकुटी बाट लामो कपाल काटिदिएका हरु लै चार्ज हैन उलटई इनाम दिने हो कि . हाम्रो पैसा लुतेकै छौ नि तिमि हरु ले जे गर्न मान लाग्छ गर तर याद राख नि फेरी तिमि हरि को ठो छोटो कपाल पनि मुदुलो गर्देलन नि भात मारअ हरु

  30. दुनिया नदेखेका धतुरे हरुलाई अरु के नै गर्न आउछ र ? सिस्टम भनेको के हो ? सभ्य समाज को लागि कस्तो सिस्टम चाहिन्छ भन्ने नै थाहा छैन, कुरा गर्न पनि रिस उठ्छ येस्ता पाखण्डी हरुको ….. shame on you ….

  31. अस्ति यो समाचार मैले सिन्धुली दर्पण भन्ने वेब साइट मा देखेको थिय,अरे नेपाल मा यो के हुन लाग्यो भन्या,यो समाचार ले मेरो पनि दिमाग खराब गरायको छ.फेरी आफ्नो त कपाल लामो छ.अनि भोलि नेपाल जादा मेरो पनि मुन्दन गर्ने हुन कि भन्ने पो लाग्न थाल्यो त. सबै बौदीकता को कमि हो जस्तो लाग्छा मलाई त प्रहरी प्रसासन मा.

  32. नेवारी भासामा एउटा उखान छ, नौचिउ ज्या मरु खिचाई ………. स खाक्की भने जस्तै. आजभोली शसस्त्र प्रहरीहरुले केहि काम पाएन र मान्छेहरुले कति मिहिनेत गरेर पालेको कपाल काट्न भ्याएछ . यो मानब अधिकार विरुद्ध कम भएन र

  33. आफ्नो कपाल चिन्ड़े पारेर बेलायती फर्सी जस्तो बनाउनु पर्छ, नत्र जागिर चट् | त्यसैको रिस पोख्या होला मुला डंठे हरु ले|

  34. तेस्तै हो भने त प्रचण्डको पहिला कपाल र जुगा काट्नु पर्छ | कामचलाउ सरकारले के तान्ड़प निर्तये गरेको ?

  35. हाहाहा कस्तो रमाइलो समाचार…. नेपाल बाट कसैले सबै भन्दा लामो कपाल बनाको world record राख्यो भने बिचरा लाई त फाँसी दिने होलान !!!

  36. अपराध त छोटा कपाल हुनेहरु ले नै धेरै गर्दै छन् तर अपराधी लै पक्रन गार्हो मात्रै होइन माथि बाट पनि दवाफ आउने, तेसैले सजिलो बाटो रोजेका होलान किनकि कपाल समौना पनि सजिलो, र छिन्न पनि सजिलो अनि चिन्न पनि सजिलो.र देस मा कानून छ भन्ने पनि हुने.हाम्रा चेली बेटी हरु त छोटा कपाल हरु ले नै मुम्बई क खोठी देखि खाडी मुलुक सम्म बेचेका छन्. नेता सचिप हरु सुट लगाएर नै देस दुभाई रहेका छन्..
    के गर्ने हाम्रो देस नेपाल येस्तई हो. पश्चिमी मुलुकमा कुनै चेन्ज ल्याउन law suit फाइल गर्नु पर्छा, नेपाल मा तोडफोड तथा बन्द गर्नु पर्छा.
    जय होस् हाम्रो नेपाल

  37. म ७ जना दिदि बहिनीहरुको एक्लो भाई/दाई, म १२ बर्षको हुन् सम्म बाल एकचोटी पनि नकाटेको र कानमा सानो मुन्द्र पनि थियो / मेरी मुमाले मलाई पनि दिदि बहिनिहरुलाई जस्तै बाल बाटी दिन्थिन/ स्कुलमा मलाई सबैले ए केटि ए केटि भनेर जिस्काउन्थ्यो/ बजियाहरुले मलाई पनि झन्डै नभेटेको /

  38. हैन के अब बेस्याब्रितीमा लाग्ने लई चाही लिंग नै काटिदिने त?

  39. राम्रो काम ! धन्यवाद प्रहरी लाई ! के तपाई आफ्नो छोरा, भाई ले कपाल पालेर, पैन्ट टालेर, तल झारेर लगाएको मन पराउनु हुन्छ ? येस्ता मानिस बाट सीधा साधा मानिस हरु, बिशेश गरी स्कूल, क्याम्पस जाने छात्रा हरु ,कति आतंकित भएका छन, के तपाई तेस्को जिम्मा लिनुहुन्छ ? राम्रो काम को सम्मान गर्न सिकौ, काम को अंतर निहित बिषय बुज्न सिकौ, हाबादारी चिंतन बाट माथि उठौ ! समाज लाई भये रहित बनाऊ !

    • नाखोकौं छुसी… आदर्शका कुरा बेलामानै जतन गर्या भए येसरी डाहा गर्नै पर्दैनथ्यो नि,आफु तालु भएपछि अरुलाई पनि त्यस्तै बनाइयोस भनेर बखान गर्दै हिड्ने ?

  40. ए………! होर! मेरो पालो पनि आयो कपाल काट्ना सित्तै मा काटी दिनु हुदो रछ | आज मात्राहो कि ? कहिलेसम्म लागुहो यो नियम ?

  41. उहिले चै फेरी रत्न पार्क मा अंगालो हालेर बस्नी जोडीलाई समात्दै हिडेको थियो! जे सुकै गरम न, तिनलाई के को खस्-खस्
    अंग्रेजी मा एउटा उखान थियो नि “Unemployed daughter in law, massage buffalo’s son’s naval” भन्नि, ठ्याक्कै त्यहि भो !

    • थापा जी, अंग्रेजीको उखान कहाँ बाट पाउनु भो कुन्नि?? हाम्रो नेपाली मा नै सुहाउँदो उखान छँदै छ नि – “काम पाइनश बुहारी, पाडाको कन्दो कन्या” . नेपाली प्रहरी लाई के को दोष, दोष त सरकार चलाउने चोर, डाँका, भतुवा, लाज नभएका, नपुंसक, मुखमा ठ्याम्म हान्न नपुगेका भुस्याहा कुक्कुर हरु लाई दिनु पर्चा नि? के अजै चेत आएको छैन?

  42. काम के छ र नेपाली पोलिश को ?
    यस्तै यस्तै त गरेर बस्ने होला नि अब.

  43. के सुन्न परेको??? टुप्पा बाट पलाएको हरु को बुद्दी हेर. ल ल ल राजेश हमाल को पनि काटेर देखौत???….

  44. ताई न तुई को प्रशासन… , लामो कपाल पाल्ने ठिटा हरुको कपाल मुदीदियेर अब देश मा शान्ति सुरक्षा हुने रे, हाँसै उठ्ने यार ! मन लागे अनुसार पाल्ने, मन लागे अनुसार काट्ने, कलर लगाउने, स्वतन्त्र (अफिस अथवा त्यस्तै बाध्यात्मक परिस्थिति बाहेकको ) समयमा आफुलाई मन लागेको पहिरन लगाउने जस्ता सबै कुराहरु प्रत्येक नागरिकको व्यक्तिगत स्वतन्त्रता हुन् , समाज मा जसले नराम्रो काम गर्छ उसलाई पो संजाय दिनुपर्छ त, एउटा लामो कपाल पाल्ने ले नराम्रो काम गर्यो भनेर क अब सबै लामो कपाल पाल्ने लाई कारबाही खाने त ??? अल्बर्ट आइन्स्टाइन पालाको कुरा के गर्ने, लामो कपाल पालेका अब्दुल कलाम केहि बर्ष अघि मात्रै इंडिया को राष्ट्रपति भएको कुरा पनि सम्झे हुन्छ कि एक पल्ट !
    … त्यसो हो भने अब गृह मन्त्रालयले सबै लामो कपाल पाल्ने हरुको सुची बनाएर सबै जिल्लामा निर्देशन दिए भयो नि त …
    १. राजेश हमाल
    २. बिराज भट्ट
    ३. राजेन्द्र खड्गी
    ४. दीपक बज्राचार्य
    ….


    अनि पशुपतिका बाबाजी हरुलाई पनि नछोड्नु है … … ??

  45. अब पारस शाह को पनि काट्न मन लगेर होला की जस्तो लग्यो त मलाई त् अब बजेट किन चाहियो उनीहरुकै हजाम होलान

    • तपाई पारस शाह को जन्म जात सत्त्रु हो कि के हो ?

      • सत्रु नै किन हुनु पर्यो र साथी यदि सशस्त्र प्रहरीले नै कानुन बनाएको हो भने पारस को पनि मुण्डन होस् भन्ने हो तर तपाई पारस को सम्धी पर्नु भयो कि क्या हो ???

  46. के निहु पाऊ कनिका चपाउ,ताइ न तुइ हातमा लागे दुइ,के गर्न खोजेको हो यो,मान्छे दिन दहाडै मार्ने लाई केहि गर्न सक्दैन,ति बिचरा कपाल पाल्नी लाई के को रिस देखाउनु,बिचरा!sasastra

  47. नेपाल को कानुन ले कपाल पालेर हिड्न बर्जित गरेको छैन. तर नेपाल मा लामो कपाल पालेर कान मा मुन्द्र लगाएर हिड्ने हरु को जमात धेरै भैसक्यो हेर्नुस १००% आपराध वा अपराधी हरु मा ६०% चै कपाल लामो भएको अने कान मा मुन्द्र टप लगाएका हरु को बाहुल्यता छ. कमलामाई मा ससस्त्र प्रहरी ले समाज मा सामाजिक सम्मान कायम गर्न र अब का आउदा कोपिला हरु ले पनि उक्त कुरा जस्तै कपाल लामो न पाल्ने मुन्द्र नलगाउने झैँ झगडा नगर्ने हुल्याहा ब्येभर नगरुन भन्न को लागि गरेको हुन सक्छ. तर लामो कपाल पाल्ने सबै अपराधी भनेको चै होइन होला.

  48. कपाल पाल्दैमा अपराधी हुने भय कपाल छोत्यौदैमा सज्जन हुने भय नेपालको नेताहरुको पनि त कपाल छोटो छ अब के यिनीहरु सज्जन हुन् त ? नितान्त ब्यग्तिगत सौख मान मर्यादा को ख्याल नगरी जबर्जस्ति गर्नु मानब अधिकार को हनन हो / संजय जी र अभिषेक जी ले भन्नु भाको ठिक हो असली गुण्डा त पारस हो त किन कपाल नकाटेको उसको / दाई लै सक्दिन भाउजु लै राख्दिन भनेको यहि हो /

  49. कपाल ले त हैन पक्कै पनि अपराध गर्ने तर कुरा के भने साथि हरु ले कति जना कलेज का प्रोफेसर, एन्जिनियीर , डाक्टर, क्याम्पस प्रमुख, ठुलो कम्पनिका डिरेक्टर हरु लामो कपाल पालेका देख्नु भा छ ?

    तर एसको उल्टो पाकेट मार् चोर डाका चाइ लामो कपाल भएका कपडा हरु पनि अचम्म अचम्मका लाएका चाहि भेटिन्छन | यो कमेन्ट लेख्नु को अर्थ पुलिस को काम कपाल काट्दै हिड्ने हो भन्न खोजेको छे हैन है |

    अन्यथा न होस् नि फेरी | jay नेपाल जय लामो कपाल |

    • मैले Phd गर्दा मेरो professor को कपाल निकै लामु थियो | उ मैले ऐले सम्म भेटे को मान्छे मा सबै भन्दा gentle हो | तेसैले प्रोफेस्सोर ले लामु कपाल पाल्दैनन भन्ने कुतर्क नगरौ साथि |

      • साथी ले phd गर्नु भएको सुन्दा खुसि लाग्यो , एउटा प्रोफेस्सोर लाइ लिएर एउटा आइन्स्टाइन या इंडिया क्या पूर्व रास्ट्रपति लाइ लिएर कुरा लाइ generalise न गरौ | सामान्यतया चोर डाका हरु को छाल चलन लवाई खुवाई र सकल सुरत अरु descent मान्छे हरु को भन्दा भिन्न हुन्छा |
        कुरा तेती मात्रै हो | हजुरको phd को समय मा कलेज मा कति प्रोफेस्सोर थिए र कति जना को लामो कपाल थियो ?
        येसो % हेर्नुस न आफैले | मलाई व्यक्तिगत रुपमा त के समस्या भो र कसैले कपाल पालोस या कातोस?

    • देखेछ्म हामीले पनि लामो कपाल वयेको प्रोफ्फेस्सोर, एन्जिनीर अनि छोटो कपाल भएको चोर डाका फटाहा पनि देखेका छौ . मा पनि लामो कपाल को शौखिन त होइन र मेरो कपाल पनि छोटै छ तर मान्छेले कपाल पाल्नु उसको ब्यग्तिगत स्वन्तन्त्रता हो नि. कपाल पालेर अरुलाई हानि नहुने काम गरे बाकि लाइ के को खस् खस् नि…….

  50. यी बुद्धि नाभाका बज्रस्वाठ ले अल्बर्ट आइसटेन्ट लाई भेटेको भए पनि समातेर कपाल काटिदिने रैछन yaar ,धन्न बिचारा समय मै परलोक गएछन!!!

  51. सुर न ताल को नाटक
    bholi नेपाल को जोगी हरु पनि शेत्टी हुने वयेछां तानी

  52. होइन हाम्रो देश नेपालमा के के हुनालागेको हो यस्तो आझा कपाल काट्दै हिडदै छ भोलि हेर है इनिहरुले के के काटछा साले गधाहरु राम्रो कम गर्ने कहिले होइन खाली देश को ढुकुटी सकाको छ हुने नहुने कम गरेको छ धोतीले तराइमा जंगे किल्ला सारेर नेपाललाई सकाउन थाली सक्यो साले गधाहरुलाइ सोझो जनताको कपाल काटेर बास……………

  53. अगाडी को देखेन भनेर कपल्कतना लागे को हो? अब देखेन भने त तिनी हरु ली देक्दैना नि अब ससस्त्र ले छोटो कपाल भएर त नदेखे जस्तो गर्छ अब बेकार मा time pass गर्छ.. बोरु गएर कतै बाटो खान देश ल राम्रो हुन्छ..

  54. Very Funny. Basically, the each and every APF member should be taught about their duties and responsibilities as what outlined in APF mandate. They also should be known their AOR (Area of responsibilities ) As described in their mandate, also APF should concentrate in containing to armed and militia activities in the country as well as responsible for controlling crowd and riot. However, the fact that there have been so many cases of murder, kidnapping, looting, intimidating, extortion and violence against the civilians in different part of Nepal. Basically, People in Tarai, they are living under the threat and fear, they feel that there is no government and no sign of rule of law, no security forces and no security entities at all but only chaos. No one knows that what would happen in next minute. This is what the picture of the Tarai part of Nepal. So, if the APF is really excited and enthusiastic for doing something new, the APF should look after the Tarai belt first and make people feel secure and they are still in Nepal. In conclusion, APF has not got anything to do and look/seek more challenge to preserve it’s image and existenc

  55. This is the level of thinking that our leaders have. Wow! Great idea, we really appreciate for that!. O top chiefs you better send your officer to crack the brokers and bribers around the country. You better put them to the customs where people love to pay bribes and ask bribes openly. You better use them to collect taxes, you better use them on our boarders where people brings guns and ammunitions. Please restore the peace so that people can walk freely even at night without being afraid of being robbed or kidnapped.
    Jai Napal!

  56. यो त अति भएन र सस्त्र प्रहरी ले यसरि कपाल काट्न को लागि बाध्य परेको ?

  57. मेरो बिनम्र अनुरोध ससस्त्र प्रहरीलाई..आज मात्र सुने कि Boarder area मा केहि नेपाली पत्रकारहरु लाई भारतीय SSB ले अभाद्र बेबहार गर्यो …… के हाम्रो ससस्त्र प्रहरी कपाल लामो भाको मान्छे मात्र खोग्दै हिड्ने कि जनता र देश को लागि defence गर्ने ???
    सक्छौ भने तेस (भारतीय SSB ) लाई करबाइ गरेर देखाऊ….. न कि लामो कपाल पालेको नेपाली लाई ……..

  58. यो कस्तो खालको नियम कानुन हो नेपाल मा..कपाल पाल्न पनि नपाउने???अरु केहि कम पाएन कि क्या हो प्रहरीहरुले ..बरु दुर्गम पहाडी गाऊ तिर बाटो खन्न लगाए हुन्थ्यो नि..काम नपाका हरु….:(

  59. काम छैन बुहारी पाडाको कन्यु कन्या भनेको यहि त हो/ देश भरि हत्या लुटमार छ केहि मतलब छैन/ स्कुल गएको ससाना नानीहरु बेलुका घर आउछन कि आउदैनन् बाबुआमा पिरले आधा मर्छन,अपहरणमा पो पर्नेहोकी भनेर रातदिन चिन्तित हुन्छन /खोइ यी मुला ससस्त्र प्रहरी भन्ने मुर्ख र त्यसका गृहमन्त्रि गधा/

  60. हुनुत यो कपाल पालेर अपरात गरेको पनि होइन र नेपाल पुलिसले ठुलो अपराधीलाई पक्डेको पनि होइन दुवेई तर्फी अनुसासन बिहिन मात्र हुन्
    छोरा मान्छेले झेप्ले कपाल पाल्देइमा राम्रो देखिने होइना र ससस्त्र पुलिसले मुडूलो बनौदेइमा अपराधी हट्ने होइना ,
    मुडूलो कपाल्हुने अपराधी पनि हुनु सक्छ र झाप्ले कपाल्हुने राम्रो पनि हुनु सक्छ
    तर सत्य अपराधीहरु को हो त्यो छुट्याउनु सक्ने मात्र नेपाल प्रसासन भन्नु राम्रो जस्तो लाग्यो………………!

  61. किन जे कुरा पनि नेगेटीव देख्छन मान्छे हरु?सबै लामो कपाल हुनेको कपाल काटेको होइन.संकास्पद,पहिले देखि नराम्रो पुलिस रेकर्ड भएको,लोकल आवारा र गुण्डा लाइ नसिहत र सजाय स्वरूप यो काम गरिएको हो ताकी भोलि देखि आवरागर्दी गर्दै नाहिडून.कमसेकम इनिहरु आफु माथि पुलिसको आँखा परि रहे छ र नराम्रो गरेमा बेइज्जत हुन सक्छ भनेर डर त मान्छन नि अब.अनि अर्को कुरा,पुलिशको आफ्नो इन्टेलिजेन्स अथवा गुप्तचर हुन्छ र आफ्नै काम गर्ने तौर तरिका हुन्छ जुन हामि लाइ प्रिय नलाग्ला तर उनीहरु एसका प्रोसनल हुन्,उनीहरुलाई काम त गर्न दिउन साथि हो….केहि समय पछी थाहा भै हाल्छा नि यो कुरा सफल भयो कि भएन भनेर.भयो भने ठिकै छ ,नभयो भने त्यो बेलामा चाहि कमेन्ट गर्न ठिक होला,अहिल्यै उनीहरुको कामलाई नराम्रो भनि हाल्न मिल्दैन.

    • यी दाइ त सशस्त्रका प्रवक्ता अजय छतकुली जस्ता रैछन् । यिनैलाई थाहा रहेछ सबै कुरा ।
      दाइ, मेरो पनि कपाल अलिअलि लामो भएको थियो । सित्तैमा काट्न पाए त गज्जबै हुन्थ्यो । कहाँ सम्पर्क राख्‍ने होला ?

  62. नेपालका आर्मी, पुलिस,सशस्त्र सबै भेडाका बथान हुन् l

    • मित्र हरु नेपाल मा के को कानुन खोज्नु हुन्छ अहिले नेपाल मा जसले जे गरे पनि हुन्छ / जहाँ सुकै मन लागि गरे हुन्छ / नेपाल मा नेता ले मात्रै किन मोज गरोस दुख लगेर औछ/ हाम्रो देस को नेता जनता हामी सबै उस्तै छौ / कसै लै कसै को मतलब छैन / जे गरे पनि हुन्छ

    • मित्र मुक्ति जी तपाई को प्रतिक्रिया अलिक नमिठो लाग्यो/ के तपाई जस्ता अरु चाही भ्यागुता को बथान हैन र? कुवा को भ्यागुता कुवा मै / गर्न केहि सक्दैनौ खाली पुलिस आर्मी लै गाली गर्यो बस्यो/

  63. होइन यो के हो .!. तागत छ भने त्यो पारशे को कपाल काट्न जा न त !! के को अभियान सभियान् … मुर्ख ससस्त्र मानबहरु … काम नपाएका बहुलाहरु …!!! दिक्क लाग्छ …!

  64. नेपाल मा अब अरु के नै बाकी छ र 😉 गर्नु पर्ने काम गर्ने कोइ छैन येस्तई एस्तइ काम गरेर हिड … फेरी नेपालको पुलिश को अरु के नै काम छ र :))

  65. very bad and narrow minded,againgst human right –let us rise voice against that conservative activity.

  66. कही नभएको जात्रा खै कहाँ भन्थे। तेतिकै त भनेका हैन रहेछन

Comments are closed.