माइसंसारका कविताप्रेमी पाठकहरुका लागि फोटो हेरी कविता लेख्न चुनौति स्वरुप यो साताका लागि फोटो। फोटो हेर्नुस्, आफ्नो सिर्जनशील दिमाग खियाउनुस् र कविता लेख्नुस्।
फोटोको पृष्ठभूमिः यो फोटो दुई वर्षअघि नागरिककर्मीहरुको लाँकुरी भञ्ज्याङ पिकनिकमा जाँदा खिचेको हुँ। साँझ पर्दै थियो। सब फर्कने तर्खरमा थियौँ। आकाशमा चन्द्रमा देखिएको थियो। नजिकै एउटा प्लेन देखियो। वायुरुट पर्ने भएकोले होला लाँकुरी भञ्ज्याङबाट धेरै विमान उडेको देख्न सकिन्छ। चन्द्रमा र विमानलाई सँगै खिच्ने प्रयास भने विमान निकै तलबाट उडेकोले सफल हुन सकेको थिएन। तर पनि चन्द्रमा र विमान देखिएको छ। तपाईँको सिर्जनशील दिमागबाट यो दृश्यसँग सम्बन्धित कस्ता कविता फुर्ने हुन्, हेर्न आतुर छु।
गत साताको नतिजाः गत साताको यो फोटोमा लेखिएका २७ कवितामध्ये दिनबन्धुको कवितालाई सबैभन्दा बढी ६५ पक्षमा र ३३ विपक्षमा मत परेको थियो। उनको कविता तल छ-
हाले पनि मैले भोट के नै लछारपाटो लायो
जितेकाले राजिनामा, हारेकाले सत्ता पायो
निमुखाका नेताहरु पुँजीवादी हुँदै गए
लाखौ पर्ने पलंगमा सुकलामा मस्त भए
हरुवाको विदेस भ्रमण मोह उस्तै उस्तै नै छ
गरिबीले मेरो देश अझै चुस्दै चुस्दै नै छ
भो भो चाहिदैन मलाई मत दिने अधिकार
जित भन्दा पनि हार, हुने भए शानदार
सयौं कुकुर पाल्नु भन्दा,एउटा बंगुर पालौँ बरु
६०१ लाइ हड्डी भन्दा बंगुरलाई भुस हालौँ बरु
अस्ति तिर त मन परे हरियो नपरे रातो थियो आज त उल्टो पो छ त | मन परे रातो नपरे हरियो रे …
कविता
करिब एक घन्टाको यात्रा पछी
एउटा गन्तव्यमा पुगें लाकुरी भञ्ज्याङ
मेरो अहोभाग्य सुन्दर अनि मनमोहक दृश्यबलोकन को अवसर पाउने
कला भाषा , संस्कृति अनि प्राकृतिक सुन्दरताले भरिपूर्ण
मेरो देश नेपालको मुटु
उपत्यकाको अदभुत सुन्दर रुप हेर्न म लालायित थिए
अहो ! म त्यो सुन्दरतामा लट्ठ बनि हराउने छु
म प्रफुलित बनि नाच्ने छु
तर त्यो कहाँ सम्भब भो र
सपना तुहिँदो रहेछ
सुन्दरतामा आज प्रश्न उब्जिएको छ
मेरो उपत्यका आज धुँवा धुलोले धमिलीएको पाएँ
हो मेरो उपत्यका आज घरहरुको भिडमा रुपान्तरण भैसकेछ
मन दुखित अनि निरास बन्यो
लाकुरी भञ्ज्याङ बाट म ईटा भट्टी बाट निस्केको कालो मुस्लो मात्र देख्छु
घरै घरको भिडमा म मेरो गाउँ खोज्छु
खै कहाँ हो भक्तपुर ,क्रितिपुर ,मध्यपुर, कान्तिपुर ?
मलाई अगाडिको ललितपुर ठम्याउन गाह्रो भैरहेकोछ
आँखा अगाडी धुवाँ को बादल देख्छु
हो म ठम्याउने प्रयत्न गर्दैछु स्वयम्भुको डाँडा
टाढा बाटै नमस्कार गर्ने धोको
तर असमर्थ छु खुशी बन्न
मात्र देख्छु धमिलिएको नागार्जुन डाँडा ,शिव पुरी डाँडा अनि नगरकोट डाँडा
लाग्यो आकाशमा भर्खर उदाएको चन्द्रमा मलाई गिज्याउदैछ
हेर तिम्रो उपत्यका कति प्रदुसित छ ?
म लोडसेडिंगको चपेटामा परेको उपत्यका हेर्न
उसको उज्यालो को भरमा परे
कठै बिचरा मान्छे
म खोज्दैछु पशुपति नाथको मन्दिर
खै कता पर्छ बौद्ध गुम्बा ?
पबित्र बागमती कहाँ छ ?
अग्लो मन्दिर त्यो पाँच तल्ले कठै म अझै देख्दिन
मात्र देख्छु आफ्नो सामुन्ने
बिमानस्थलको बत्तिको चमक अनि केहि बिमानहरु
अँध्यारोभित्र त्यो घरै घरको भिडमा
म मेरो प्यारो गाउँ कसरी खोजुं ?
ठम्याउन कठिन छ
चक्रपथ बाहिर छरिएका ती इँटा भट्टीको धुवाँ ले छोपिएको मेरो प्यारो गाउँ
हो आज म बन्चित छु लाकुरीबाट उपत्यकाको सुन्दरता हेर्न
हरियो बनको समागममा प्राप्त त्यो आत्मीय पल पनि
अहँ मन प्रफुल्लित बन्न सकेन
अनायास ठुलो आवाज बाट झस्किन्छु
कति निस्ठुरी त्यो प्लेन
मेरो एकान्त लापमा बाधा तेर्स्याउदै
एकाइसौं सताब्दीमा पनि टुकी अनि ब्याट्रीको भरमा परेको
हाम्रो प्यारो राजधानी तल ओर्लंदै थियो
सुरज रंजितकार
निलो आकास सरि धर्ति मा
चम्किएको जुन सरि तिम्रो मुहार
छात्तिमा सजाई सम्जन्छु
स्वोर्गलोक्को भर्मन गरे जस्जो लाग्छ
अनि मन्द मुस्कानका साथ तिम्रो दिलमा
जेट रुपी मेरो मन अवतरण गरु जस्तो लग६
तिमीले ठाउँ दिएमा
मा तेस्कै आसमा छु छिटो ठाउँ राखिदेउ
नत्र मेरो जेट रुपी मन टुक्रा हुन सक्छ
म मेरो देश लाई ,निलो गगन जस्तै देखन चाहन्छु ,
गगन जस्तै मेरो देश नेपाल लाई संसार मा फिजाउन् चाहन्छु,
जस्तो पृथ्वी मा एउटै मात्र असाधारण जुन चम्की रहन्छ,
त्यस्तै गरी म नेपाल लाई संसार माझ् चमकेको देखन चाहन्छु,
नेपाल का हरेक जनता लाई हावाइजहाज मा छाडेको देखन चाहन्छु,
नेपाल लाई जुन जस्तै ,चम्केको देखन चाहन्छु..
कविता
लाँकुरी भञ्ज्याङको सुन्दर त्यो
दृश्यसँग लुकामारी खेल्दा-खेल्दै
पत्तै नपाई निलो आकाशको
क्षितिज पारी गएर सुर्य लुकी सकेछ!
सबै घर फिर्ने तर्खरमा आतुर थिए,
तर:म भने प्रकृतिको धनी
सुन्दर र आर्कषक
मेरो प्यारो लाँकुरी भञ्ज्याङलाई
अतितको स्मृतिमा
सजाउँन तलिन थिएँ!
रात आफ्नै रफतारमा
छिप्पिँदै जाँदैथ्यो
तर म त्यो शितल र शान्ता
चन्द्रमाको सुन्दर दृश्यलाई
हेरेर मन्त्रमुग्ध हुँदै
मनमनै सोच्दै थिएँ
प्रश्न वाचक चिन्ह
आफैँतिर फाल्दै!
मानौ मलाइ यस्तो लाग्दै
थियो मेरो नेपाल जस्तो सुन्दर
र प्रकृतिले धनी देश अन्त
कतै छैन?
हो साँच्चै छैन् मेरो
देश नेपाल भन्दा सुन्दर देश
अन्त कतै छैन!
तेतिकैमा म झस्किन्छु
चन्द्रमा नजिक हुँदै गरेको
प्लेनको आवाजले प्लेन आफ्नो
गन्तव्यतिर एक सुरमा
अगाडि पढ्दै थियो,
म भित्र-भित्रै हर्षविभोर भई मेरो
प्यारो लाँकुरी
भञ्ज्याङको त्यो दिनको
पिकनिकलाई अतितको
मानस्पट्लमा कैद गर्दै
साथिहरुसँगै घरतिरको
बाटो लाग्छु!
लाँकुरी भञ्ज्याङसित
फेरी कुनै दिन भेट्न
आउँने बाँचा गर्दै!
(गीता थापा दोषी)
जुन टिपी मायालुको शिर मा लाउने धोको मेरो
निस्ठुरी ले बुझिनन नी धुँरुँ धुँरुँ मन रोको मेरो
पैसा कमाई ल्याउ भन्यौ हाबाइजहाज मा उडिगए
प्रदेसको गल्ली गल्ली तिम्रै यादहरुमा डुबिरहे
न त भोकमा खाना पाए न सुखी निद निदाए
गल्ती ठुलो भयो जिन्दगीमा मैले बाटो बिराए
सुनिदिने छौ की “सानु” बेदनाको पोको मेरो
निस्ठुरी ले बुझिनन नी धुँरुँ धुँरुँ मन रोको मेरो
यही जुन हेरी रात दिन तिम्रै याद् मा टोलाइरहे
“सानु” भनि बरबराउदै सपनिमा बोलाइरहे
तिम्लाइ पाउने आशा राखी औँला भाँची दिन गने
फर्की आउँदा पराइ भैछ्यौ म मदहोसिमा पागल बने
अधुरै भो अपुरै भो तिम्रो हुने धोको मेरो
कस्ले बुझ्ने कस्ले पुछ्ने मन रोको मेरो
त्यो जुन छुन खोज्दैछ मन पयर भासिए
प्लेन देखि उड्दै छ मन नजर भासिए
त्यो जुन खोजी गर्दैछ मन दीन पो दागिए
त्यो निलो रङ्ग हेर्दैछ मन आँखानै टट्टिए
नेपाल खोजी रहेछ मन हिमाली सिर ले
तर त्यो जुन रुदैछ किन कारुण स्वरले ?
खुशी को टप्का नेतामा मात्र रुदैछ नेपाल
आकाश बनी रोएको हेर बरै त्यो हिमाल
निलो त्यो खास्टो ओडेकी पक्कै नेपाली आमा हुन
उनको त्यो छेउ बसेकी जुन हिमाली भाका हुन
अनसन बसिन नेपाली आमा रोएर माथि ती
नेताले रगत चुसेर दुखी भएकी हुन्की ती ????
*****धर्तीकैं जुन प्यारो*****
आकाशको जुन टिप्ने रहरले, धर्तीको जुनदेखि टाँढा भए।
आकाशमा उड्दा म बाध्यताले, धर्तीको जुन सम्झि धेरै रुए॥
तरपनि मनमा सँकल्प थियो, अघि बढ्दै गए।
परदेशको पिडा भोग्दा, कहिले फ़र्कु झैं भए॥
चन्द्र सूर्य तिम्रो लागि, धर्तीमा ल्याउने आशमा।
दु:ख कष्ट झेल्दै आइपुगे, यो बिरानो परदेशमा॥
अन्धकार भएको छ, यो झिलिमिलि शहर पनि।
बाध्यताले टाढेको छु, सँगै बस्ने रहर भएपनि॥
तिमीबाट टाँढा भए, मन र मुटुभरि आँशु जमाएर।
सुखी राख्ने सपना मेरो, तिम्रो लागि धन कमाएर॥
हर रात जुन हेरी, तिमीलाई सम्झि बस्छु।
प्लेन चढि फर्किने, दिनहरु गनि बस्छु॥
साहेद गल्ती गरेकी मैले, तिमीबाट टाँढा हुँदा।
मुटु मेरो चर्किन्छ झन्, तिमी एक्लै उता रुदा॥
तिम्रो लागि हर दु:ख कष्ट गर्छु, दिनरात जोडेर।
फर्कि अब स्वदेशमै आउछु , कहिँ जान्न छोडेर॥
दुई चोटि कविता पोस्ट भएछ । कृपया यस्लाई हटाइदिन हुन अनुरोध ।
काल्पनिक उडान
————–
हर साँझ,
कल्पनाको उडान भर्छु,
त्यो निलो गगन हुँदै,
क्षितिजपारीको त्यो गाउँसम्म,
जहाँ मेरी मायालु छिन् !!
‘जून’ साथ लिई, खुलेको गगन,
म छाती खोलेर प्रश्न गर्छु,
‘के तेरी जून मेरी भन्दा राम्री छिन् ?’
क्रोधित गगन आरिसले,
गर्जाउँछ कालो बादल,
बर्साउँछ अश्रु भेल ।
असहज यात्रा,
वैरी आकाश ।
मेरी जून पर्खेकी होलिन्,
आशाको दियो जलाई ।
उफ्फ यो हूरी, निभी जान्छ कि,
जतन गरी बचाउँदै,
सम्झिंदै होलिन् मलाई ।
मिलेन शायद, उन्को र मेरो,
समयतालिका या रुट,
काल्पनिक उडानको ।
अनेक बाधा,
निरस निरस मन,
अवतरण गर्छु,
यही शहरमा,
एउटा पर्खाइसितै,
अर्को काल्पनिक उडानको !!
जहाजको गुनासो चन्द्रमालाई
जब तिमि सधै यसरि नियाल्छौ
म बेग हुन खोज्दा
तिमि मलाई सधै सधै रोक्छौ
एक झोक्का भएर
त्यो तिम्रो अटलता र सालिनता
तिमीले दिन दिनै परिवर्तन गर्ने आकार
ति सबै तिखा तिर भएर बिज्छ्न
म कोक्कीन्छु
आफ्नो असमर्थता देखि
फेरिपनि
बेग हुन्छु उही रफ्तारमा
आफ्नो गन्तब्य पहिल्याउन
जहाजको गुनासो चन्द्रमालाई
जब तिमि सधै यसरि नियाल्छौ
म बेग हुन खोज्दा
तिमि मलाई सधै सधै रोक्छौ
एक झोक्का भएर
त्यो तिम्रो अटलता र सालिनता
तिमीले दिन दिनै परिवर्तन गर्ने आकार
ति सबै तिखा तिर भएर बिज्छ्न
म कोक्कीन्छु
आफ्नो असमर्थता देखि
फेरिपनि
बेग हुन्छु उही रफ्तारमा
आफ्नो गन्तब्य पहिल्याउन
जून र जन्ती
जब जब
पुर्णिमाको रात नजिकिंदै आउँछ
चहकिलो जूनमा मेरो मन रोमान्चक हुदैँ आउँछ
नरम जूनमा मेरो मन भाबुक बन्दै जान्छ
जूनेली रात,
पारिलो जूनलाई अँगालो हाल्न
म हरेक रात पागल हुन्छु जून सँग प्रेम गाँस्न
कौशीमा जान्छु, खुल्ला चौरमा कुद्छु
सा– सानो थुम्को चढ्छु, अग्ला डाँडाँ उक्लिन्छु
जून सँग प्रेमलाप गर्छु
पुर्णेको जून हत्केलामा थाप्छु,
लुगा खोल्छु, नाँगो शरीरमा थाप्छु
नाँगो शरीरमा जूनले नरम मसाज गर्दछ, कुत्कुति लाउँछ
मज्जा लाग्छ, मन उतेजित हुन्छ, तन उद्वेलित हुन्छ,
घामले पोल्छ, जूनले पोल्दैन
दिनभरीको ताप, रातमा शित्तल
त्यसैले मलाई घाम भन्दा जून पियारो लाग्दछ
त्यसैले मलाई घाम भन्दा जून मायालु लाग्दछ
र त
म आज मेरो पियारो जून पाउन
म आज मेरो मायालु जून पाउन
बायुयान नै चार्टर गर्दे
उनकै माइती तर्फ
जन्ती लिएर जाँदैछु
आकाशको जूँन तिमी आकासैमा बस
दाह्रिदेनको हात परी घरमा नपस
फरक-फरक आकारमा तिमी कति पर
बादलुको पोका सरी भुइमा नझर
‘उड़ने बाध्यता’
उड़ने रहर मेरो होइन बाध्याताले उड़े म
चन्द्रलोक खोज्न होइन दुर्गति ले उड़े म
चन्द्र छूने मन होइन कान्ति लीन उड़े म
नेतादूत भई होइन शान्ति खोज्न हिडे म
………………………………………..
………………………………………..
सपनाको संसारमा रमाउने आसा थियो
आकसको चन्द्रमाले नजा भनि हेर्दै थियो
साझको एकान्तमा सबैलाई छोडी ऊडीरहदा
बीछोडाको बेदनाले मन मेरो रोएको थियो|
परदेशमा सुख छैन रुनुपर्छ थाह थियो
बाध्यतले उडीगए चन्द्र छुने रहर थियो
यहाको जीवन कस्ट हुन्छ मैले भानिदीदा
पत्याउन गारो हुन्छ मलाई पनि थाह थियो|
समाउने हात थिएन एक्लोपन साथि थियो
जे थियो जस्तो थियो स्वदेशमानै जाति थियो
परदेशमा पसिनाको खोलो बगाउनु पर्छ भानिदीदा
रुखमा फलने धन टप्प टीपछु भन्ने थियो |
उडुजेल रमाइलो भो महल सजाउने रहर थियो
उत्रिए कोहि छैन पिडा बुझनेमात्र एउटा सहर थियो
समयलाई सबले यहाँ जितनु पर्छ यहाँ भनिदीदा
मेरो लागी धन प्यारो आकाश छुने रहर थियो |
I am a pilot,Flying my plane
Through the window can see the moon.
The journey is very long,fly day & night
Fly day & night.
Blue sky will turn into black.
Star will take over & so does the gloomy cloud.
Hurricane,heavy rain, accident & highjack plane all are on the card.
For the safety of my passengers and to reach our combine destination i always try hard.Hard and hard very hard.
Still flying and flying, day and night.
Soon sun will smile, make the sky bright.
Thats life .Guys we all hope for same ,am i right?
‘ सेतो गुलाफ — ‘
—————-
मन ‘मनै’ त हो
बुड्छ
गुड्छ
उड्छ
उड्न देउ यसलाई
जहाँ जान्छ जान देउ
नरोक
नछेक
नबाध
नसाध —
मनलाई साध्नु हुदैन चर्याउछा —
कठै !
मनै त हो
उड्न देउ यसलाई
जहा जान्छा जान देउ
शरीर पोले झैँ मन पनि त पोल्छा नि
शरीरले मल्हम लगाउला
तर कठै ! मनले कुन मल्हम लगाओस !
त्यसैले जाओस मन उडेर चन्द्र मा —
कहिले काही मन शून्य पनि हुनु पर्छ
शून्यताभित्र सबै अट्छ
सूर्य – तारा – चन्द्र सबै सबै
मनलाई शून्य ( आकाश ) बनाउ
सबैलाई आफूमा समेट
आफूलाई सबैमा भेट
त्यसपछि हेर !
सबैमा दुख छ सुख छ
तिमि अपबाद कसरि हुन सक्छौ !
ऊ ! जून पनि अपबादमा पर्दिन
उज्यालो पक्ष्य मात्रै समेटिएको छैन उसमा
अध्यारो कालो औशिको रात पनि समेटिएको छ
फेरी पनि ,
औशिको बिदाइ संगै
जून फूल्छे निलाम्मे गगनमा सेतो गुलाफ बनेर —
चाँदनी रात
चारैतिर सितल सुन्दर प्रकाश थियो
चाँदनी रात त्यो अलि खास थियो
अलिकति यौवनको अलिकति मौसमको मात थियो
भन्नै नसकिने कति कति त्यो उत्सवको उन्माद थियो
उमेरको धेरै जोश थियो कलिलो होस थियो
छरिएको आँखा भरि तस्वीर कसैको सजीव थियो
थिएन मनमा लालसा रति न त इर्षाको भकारी थियो
जिवनलाई रंगिन हेर्ने नजर त्यो चमत्कारी थियो
जिवन गणितको बुझ्नै नसकिने न त त्यस्तो अभ्यास थियो
सरल थियो जीवन लिला अति रमाईलो खास थियो
जता हेर्यो रङ्ग उमङ्ग देखिने दृष्टि त्यो क्या वात थियो
सम्झिंदा पनि आनन्द आउने महोत्सव त्यो कहिले मेरो पास थियो
बी अधिकारी
चरा जस्तै सानो जहाज,
मधुरोछा जुनi
नेपालीले छोदेछैन,
बर्सौंदेखि रुनii
नेताहरु भन्नेगर्छन,
असल नेता चुन,
अनि सकिन्छारे,
सगरमाथा छुन ii
तराई पहाड छुट्याउने,
माखे संग्लो बुनi
तेती पर छैन हजुर,
देस खरानी हुन् ii
लाँकुरी बोट्मा हवाई जहाज उड्यो, जुन माथि डाँडामा /
यो देशका नेता घुसैमा मस्त, भुइँमा न भाँडामा //
चाहे रोक, चाहे छेक
उद्देश्य के लिनु उडी छुनु चन्द्र एक |
जब सोच बन्नेछ बिशाल आकाश जस्तै
चम्कनेछौ तिमि र चन्द्रमा उस्तै उस्तै
उदाहरण छन् राइट दाजुभाई प्रस्टै
चन्द्रमालाई भगवान मान्थ्यौ
हुन त ऐले नि मान्छौं
हेर त ऐले हामी त्यँही जान सक्छौ
यो हाम्रो कति ठूलो प्रगती
चन्द्रमा र आकाश बाट प्रेरणा पाएर हो कि
अझै अघि बढौ,उन्नति गरौ
प्रकृतिलाई माया गरौ,आदर गरौ
एती बुझौ उनि भन्दा बलवान र
उनि जति सुन्दर अरु कोहि छैनन्
न कैले कोहि हुने नै छन्
Moon is singing
सांसद उडे जहाज मा सरर ,
गरिब हरु पसिना तरर,
हेर नेपाल मा ||
हत्या ,हिम्सा ,बलात्कार जारि छ ,
देश को सरकार सिमाना पारि छ ,
हेर नेपाल मा ||
फोहोर मा बस्छन ,फोहोरी सोचाइ छ ,
खुट्टा तान्छन ,कम्निस्ट को रोजाई छ||
हेर नेपाल मा ||
जे मन लाग्छ ,तेइ गरे हुने ,
मान्छे मारे नि , कानुन ले न छुने ,
हेर नेपाल मा ||
बुद्दीजीबी पलायन भएको ,
पाखेको हात मा ,साशन गएको ,
हेर नेपाल मा ||
यात्रा लामो चन्द्र छुनु छ
बाटो सफा निलो आकाश छ
पुग्न गारो छैन, यात्रा सक्न धेरै समय छैन
तर कुन्नि हो किन
आखा धमिलो छ, राम्रो देखिदैन
सायद सबैको येस्तई होला
देश एकातिर हामी जनता धेरै तिर
सबै पुग्नु नै छ, किन एक्लै एक्लै
मित्रता को गाठो अगाडी सारम
अब बेला भो, धेरै ढिलो नगरम
संगै यात्रा गरम, बिन्दु नजिक छ
देशलाई चन्द्रमा मा पुराउनु छ
आउन जाम, बसम, हासी खेलौ
हामि नेपाली हौ !!!!
निलो आकाश को चन्द्र सरि
चम्किरहेको तिम्रो जीवन, अझै चम्की रहोस,
गगनमा उडेको बिमान सरि
उडिरहेको मेरो मन, तिम्रो मायाको ओत पाओस
” उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ”
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
उद्देश्य के लिनु उडी छुनु चन्द्र एक |
कर्म ‘उन्नति’ मा लगाउन सबले यो मन्त्र मनमा लेख ||
सकारात्मक ‘सोच’ का पाइलाहरु बढछन् अगाडी त्यो आफ्नै आखाले देख |
‘ सक्तिन म गर्न केहि ‘ यस्तो निराशा मनमै नलेख ||
~~
निलो आकाशमुनि एकबारको जुनी
दुख-सुख रात र दिन झैँ यस्तै त हो नि
रामायणमा राम ( भगवान ) को बेदना लेखेकै छ नि
झन् तिमि हामि त साधारण मान्छे , अनि ?!
( समस्याले नभरिएको जिबन कसको होला र भन्ने अर्थ मा )
~~
त्यसैले ,
भन्छन निराशी बन्नु हो रे जिउदो लाश
नहुनु निराश मनमा रोप आश |
आश भित्र नै उर्जाशक्ति हुन्छ त्यो बुझ खास ||
~~
अब थोरै कुरा गरु कि मायाको
मनै शितल हुने जूनेली छायाको
औशिमा उनि हराउछि न् पूर्णेमा फेरी आऊछिन्
शितका थोपा बहाउदै मधुर गित गाउछिन् ||
~~~~
लुना जी पहिलो हरफ त लक्ष्मी प्रसाद देबकोटाको हुबहु नै पो सार्नु भएछ त |
तिलक जी ,
लौ ! यो त सबैलाई थाहै छ नि .
समाजका विभूतिका बाणी , त्यस्तै उखान आदिलाई शिर्सक बनाउन पाइन्छा भन्ने
सम्झी यसरि लेख्न पुगे .
लुना जी,
साभार गरिएको भन्ने वाक्यंश पनि नछुटाउनु भएको भए स्पस्ट हुने थियो |
तिमीलाइ गगनमा अटल देख्दा
कानै खाने गरि आकाश थर्काएर बतासिने म
आफुलाइ हेर्दै धिक्कार्छु
अनि सोच्छु ‘मैले सोचेको पुग्ने भए’
एक पटक औंशी पारेर बिलाउने थिएँ…!!
अठोट लीइ हिडेछु म त, नछेक मलाई !
स्वतन्त्र छु म, विश्वास मनमा, छुनेछु जुनलाई !!
दिनचर्या
के खानु के लाउनु दिन रात सधै दुखैमा बितेका छन्
गरिबीको पसिना र देशको अस्तित्व नेताले लुटेका छन्
छन् यी झुपडी स्याउलाले बारेका छानो छाउने हैसियत कहाँ छ र
बर्षौ भयो झुपडीको महलरुपी बिस्तारमा पल्टिदा जुन तारा नदेखिने दिन कहाँ छ र
“जुन हेर्दै मायालुलाई गीत”
=================
जुन टिपी मायालुको शिर मा लाउने धोको मेरो
निस्ठुरी ले बुझिनन नी धुँरुँ धुँरुँ मन रोको मेरो
पैसा कमाई ल्याउ भन्यौ हाबाइजहाज मा उडिगए
प्रदेसको गल्ली गल्ली तिम्रै यादहरुमा डुबिरहे
न त भोकमा खाना पाए न सुखी निद निदाए
गल्ती ठुलो भयो जिन्दगीमा मैले बाटो बिराए
सुनिदिने छौ की “सानु” बेदनाको पोको मेरो
निस्ठुरी ले बुझिनन नी धुँरुँ धुँरुँ मन रोको मेरो
यही जुन हेरी रात दिन तिम्रै याद् मा टोलाइरहे
“सानु” भनि बरबराउदै सपनिमा बोलाइरहे
तिम्लाइ पाउने आशा राखी औँला भाँची दिन गने
फर्की आउँदा पराइ भैछ्यौ म मदहोसिमा पागल बने
अधुरै भो अपुरै भो तिम्रो हुने धोको मेरो
कस्ले बुझ्ने कस्ले पुछ्ने मन रोको मेरो
=======================
हाल : कतार
चंदार्माको को उज्यालो आकसभरी………………….
परेबा सरि उडेको छ बायु सेना ,,,,,,,,,,,
को को छन् होला त्येसमा बिर सेना नेपाली
अध्यरो कोठामा टुकी बलेको जस्तो अध्यरो ले लिएको छ काखमा
आउछ नजिक नजिक उयालो तिर .मेरो मुटु गर छ ढुक ढुक दुक दुक
आशा र निरासा को बिचा मा चिसो हुन् छ मन …
नेपाल आमा को सन्तान हरु कता लिन छन् मोड
चन्द्रमा छुने प्रयास मेरो जारी छ
हारेनी आत्मा विश्वास मेरो आडिग छ
प्रयास मेरो विफल होला फेरी पनि
दौदिनेछु पछि लाग्नेछु आझै पनि
हाइकु
म, निलो आकाश, टहटह जून, सरर जहाज |
सोमबारको दिन बिहानै आयको थियो लिटल बोय्
पारासुट बाट बितारै झारको थियो रे
खोले भात खयर भर्खर बाहिर निस्काका हिरोसिमाली
टुलु टुलु हेर्दै थिन रे
हेर्री ट्रुमनले माया गरेर पठायको कोशेली
पैचो खान अम्रिकाने जान्दैनन् रे
पर्ल हर्बौर चुली को पैचो तिर्नु
आफुले चाखदै नचाखी पठायको रे
बिबार फेरी फ्याट मेन फ्याट खसेछ
नगसकानी अलि डरयाकी थिन रे
के हो मान्छे के हो मानवता
दुवै जनाले बिर्सीएका थिए रे
बिज्ञानले दिनेछ ,दिन्छ ,दिदैछ
तर येशारी सपोनापो लिन्छ रे
तेसैलेत जापानीहरु बिहान तर्सिन्छन
वोय र मेन संग भाग्छन रे