हाम्रै राष्ट्रपति सही रहेछन्


नेपाल र श्रीलंकाबीच एउटा गजबको कूटनीतिक तनाव चलिरहेको छ यतिखेर। दुवैले मैले झुटो बोलेको हैन भन्दैछन्। तर एक जनाले चाहिँ पक्कै झुट बोलेका हुन्। तर फटाहा को ? हाम्रा राष्ट्रपति रामवरण यादव कि श्रीलंकाली विदेश मन्त्री जीएल पेइरिस- कसले पत्ता लगाउने ?

अपडेटः श्रीलंका गार्जियनको समाचार अनुसार झुट राष्ट्रपति रामले हैन ‘रावणको देश’ श्रीलंकाले नै बोलेको रहेछ। हालै नेपाल भ्रमणमा आएका विदेश मन्त्रालयका एक उपमन्त्री निओमल परेराले श्रीलंकाली सरकारको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री माधवकुमार नेपालसमक्ष यसो भनेर माफी मागेछन्-“There is some misunderstanding, Sir, please forgive us” ती मन्त्रीले यो समाचार मिडियामा नआओस् पनि भनेका रहेछन्। तर आइहाल्यो। हेर्नलाई क्लिक गर्नुस्


डिसेम्बर १२ को पुरानो ब्लग
कुरो के भने नि, श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्ष र हाम्रा राष्ट्रपति बीच बेइजिङमा भेट भएको बेला हाम्रा राष्ट्रपतिले लौ न माल्दिभ्समा जस्तो हाम्रो देशमा पनि मध्यस्थ गरी राजनीतिक समस्या सुल्झाइदेऊ भनेर श्रीलंकाली राष्ट्रपतिलाई आग्रह गरे रे भनेर श्रीलंकाली विदेश मन्त्री जीएल पेइरिसले भनेका थिए। त्यसको खण्डन राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले गरिसकेका थिए।

कुरो यत्तिकै सकिन्थ्यो होला। तर बिहीबार फेरि पेइरिसले श्रीलंकाली संसदमा बोल्दै यसो भनेछन्- ‘ मैले झुट बोल्नुपर्ने कारणै छैन। नेपाली राष्ट्रपतिले राष्ट्रपतिका सचिव र अन्य थुप्रैको उपस्थितिमा यस्तो अनुरोध गरेका थिए।’

श्रीलंकाको पत्रिका सन्डे टाइम्सले आजको अंकमा यो समाचार छापेको छ। त्यसमा राष्ट्रपतिका प्रवक्ता दाहालले पराष्ट्र मन्त्रालयमार्फत् यो कुरा श्रीलंका सरकारसमक्ष उठाउने बताएका छन्।

तपाईँलाई के लाग्छ- फटाहा को होलान् ? कसले झुट बोलेका होलान् ?
[polldaddy poll=4234975]

84 Comments

  1. केहि स्लिप भयो होला…नहुन पनि सक्छ
    on-record नभएको कुरा हरुमा बाद बिबाद नै बढी हुने भयो
    एउटा कुरा चाही विचार गर्न जरुरि देखिन्छ
    President has been consistent in his approach. He did not agree for cheap one-Madhesh slogan even when election was around.
    Being the first President of a nation, he would bestow his best to preserve his legacy, and he will not be successful until Nepal persists. He is not a fool not to be aware of this state.
    That said, Mr. Bajrachaya is very correct as far as his position and understating on India is concerned. Indian intelligence agency, the one that is responsible for death of how many..is that half-million Lankan?, is nasty. It trained LTTE in India and safeguarded Nepal’s Maoist’s top ranked leaders.

  2. . हाम्रेा देशमा जम्मा जम्मी दुइवटा राजनेता जन्मिएका छन् जस्तेा लाग्छ मलाइ र ती दुइकेा सामु मेरेा शिर सधै श्रद्दाले झुक्छ पनि । एक थिए भूतपूर्व प्रधानमन्त्री मनमेाहन अधिकारी र हाम्रा वर्तमान राष्ट्रपति डा. रामवरण यादव । एक थिए जसले बुद्दिमतापूर्वक हाम्रेा देशका एजेण्डा भारतसामू राखे । एक यी छन जसले मधेश धपक्क एक मधेश एक प्रदेशकेा नाराले बलेका बेला त्यसकेा खरेा विरेाध गरेर चुनाव जितेर पुरै राष्ट्रलाइ देखाइदिए । उनकेा देश प्रतिकेा अचल अडान अाज पुःन सावित भएकेा छ र सारा नेपालीकेा शिरलाइ फेरी एकचेाटी ठाडेा बनाइदिएका छन् । मेरेा सलाम छ मेरा धरेाहर राष्ट्रपतिलाइ र उनकेा राष्ट्प्रेमलाइ ।

  3. नेपाल ठुलो सड्यन्त्र को भुमरी मा परेकोले र यहा का जनता ,नेता ,कार्यकर्ता स्वयं भुमरीमा रहेकोले के सहि ,के गलत छुत्त्योंन न सकेको अनुभूति हुदैछ |
    अब को थपिएको अबधिमा पनि संबिधान न बन्ने निश्चित नै भए छ ( हेर्नुस विजय कुमार को अन्तर्वार्ता माकुने ,निलाम्बर ,पूर्ण कुमारी सुबेदी ,प्रदिप गिरि सग ).
    हरेक चोटी भएको ठुलो ठुलो क्रातनी को मजाक भए को छ |
    १) जस्तो ७ साल मा क्रान्ति भो ,क्रान्ति पछी मोहन सम्सेर नै पी यम भो
    शक्ति राना बात राजा मा सर्यो जनता दास को दास बनाइए |

    २) ४६ साल मा ठुलो क्रान्ति भो राजा एक कदम पछी हटे ,बास्तव मा त्यो इन्डियन दलाल हरुलाई सत्तामा लेउने र नेपाल लुट्ने सड्यन्त्र नै थ्यो कसरि भन्दा
    नागरिकता होल सेल मा वितरण भो , भारतीय खुफिया को पहुच न भएको ठाउ कुनै रहेन लाउडा ,धमिजा र ठुला ठुला काण्ड घटाइए | ठुलो जान धन को क्ष्यति देश ले बेहोर्यो |

    ३ ) सबैभन्दा ठुलो क्रान्ति को मजाक लोक तान्त्रिक क्रान्ति को भयो
    देश ले सुजाता जस्तो घृणित सासक पायो र रुबेल माकुने पायो ,गच्छेदार ,परमानन्द पायो देश ब्रह्म लुट मा गयो |

    अब यो कल्पना गरौ रास्ट्र संघ फर्कियो ,गरिब जनता ले ठुलो सशस्त्र आन्दोलन गरेर सोसक ,सामन्ती र बिदेशी दलाल लाइ देश बात लाख्त्यो अरे भने
    भरे फेरी यहा शान्ति चाहियो भन्दै धोतिहरु आइपुग्छ , उसले मध्यस्ता गर्दै छान्ने भनेको फेरी यिनै सुजाता ,ओली( धेरै सम्भावना छ भारतीय मुलको हुने ) जस्ता इन्डियन दलाल नै हुनेछन |
    भन्न खोजेको फेरी अर्को मजाक धोतिहरुले गर्नेछ | तसर्थ एक चोटी नेपालि नेताहरु
    जो देश भक्त छन् ,देश को निकाश को लागि राम्रो होम्वोर्क को जरुरत छ |

    • द्रोण जी
      सहि भन्नु भो .
      ‘ राम्रो होमवर्क को जरुरत — ‘
      आखिरमा सत्य कै जित हुन्छ , जित पश्चात त्यसको प्रयोग ( सदुपयोग या दुरुपयोग ) कसरि हुन्छ त्यसमा भर पर्ने हो सबै .
      कामना गरौ अबको लडाइमा ( यो त हुन्छ नै , कुनै बिकल्प देखिएको छैन अहिले सम्मको स्थिति लाइ हेर्दा ) सत्यको जित संगै त्यसको सदुपयोग हुन सकोस !
      जसको लागि द्रोण जी ले भन्नु भए झैँ ‘ राम्रो होमवर्कको जरुरत छ — ‘

    • द्रोण जी
      सहि चित्र प्रस्तुत गर्नु भयो/ यसै कारण म बारम्बार भारत श्री लंकामा असफल भएको उसको “लिट्टे बाद” केहि संसोधन गरेर नेपालमा लाद्न खोज्दै छन् भन्दै आएको/

      नेपालमा भएको हरायक परिबर्तनले नेपाललाई झन् झनै भारत सिट आशित बनाउदै लग्यो/ त्यो भन्दा दुखको कुरा तेसो हुन् र गरिनुमा नेपाली नेताहरु नै भारतको प्रभाकरनहरु बनेको छ/ नेपाला ती नेताहरु नेपाली जनताकै मत बात नेपाली जनताको पुजनिये बन्न सक्थे भारत सिट तेती झुक्किनु विकिनु पर्दैन थियो भनेर नेपाली नेताहरुले बुझ्नै चाहेनन्, प्रभाकरणहरु बन्नमै होड बाजी गर्दै आए/ ठुलो विडम्बनाको कुरा यहि हो/

      नेपाल स्वतन्त्र रहन गएकोमा भारतलाई ठुलै छटपटी छ/ नेपालको पानि बिना भारत आफ्नो अरव नाघ्दै गएको जनसंख्या पाल्ने सक्दैन/ यसै कार उ उ धोति लंगौती कछाड सबै उतारेर नेपालमा नागा नाच गर्दै आएको छ/ तर के गर्ने हाम्रै नेताहरु भारतीय नागा बाबाहरु “देखाउन नहुने देखाएको” कुरा नै पुजा गर्दै आए/

      हुनत भारतले पहिला त् त्रिभुवन लाई दिल्ली लगेर कास्मिरको राजा बात तमसुक गराएर कास्मिर निले झैँ निल्न खोजेको थियो/ तर रास्ट्र संघले खवरदार राजा बात अरुको देस कब्जा गर्न पाउदैनौ जनताको मत पहिला बुझ भनेकोले उसले अहिले बिहारी हुल्न लगाउदै नेपाली जनतालाई अल्पमतमा पर्दै आएकोछ/ नभए उसले त्रिभुवन लाई दिल्ली त् पुर्याई सकेकै थियो/ तर रानाहरुले त्रिभुवनलाई दिल्ली लाग्ना साथ् पद च्युत गरेर उसको सहि नचल्ने बनाएकोले मात्रै नेपाल पनि कास्मिर बन्न बात बचेको हो/

      आज न हामी कांग्रेस हौँ भन्न सके न एमाले न मावोबादी बा कुनै/ कारण तिनीहरुको प्रबितिले नै हो/ नेपालीकै नेता बन्न जानुन उनीहरु पहिला यहि कामना गर्छौं/ आजको आबस्यकता भनेको हामि भारतको त्यो संसोधित लित्तेबाद नेपालमा लादिनुमा बिरोध गर्न यकताबद्ध हुनु नै हो/

      हामी कांग्रेस एमाले बा मावोबादी के बन्ने भन्ने कुरा उनीहरुको पछिको आचरणमा र व्यक्तिको बिचारमा भर पर्ने कुराहो/ आज हामीले हामि म कांग्रेसी त्यो एमाले उ मावोबादी भनेर देशलाई बचाउन सक्दैनौ, मात्र हामीले हामि नेपाली हौँ भने मात्रै हाम्रो नेपाल हाम्रो रहन्छ/

  4. president ,prime minister ,mantry तिमीहरुमा के नमिलेको नमिलेको ? तिमीहरु देशको लागि बेकार ! पृथ्वीका भार ! तिमि हरु बाट केहि हुँदैन सबै नेपाली लाई थाहा छ बाटो खुला गर्दौ हामी युवा केहि गर्छों !

  5. दक्षिण एशियाको महाशक्ति राष्ट्र भारतले त्यत्रो बलजोड़ गरेर त नेपालको समस्या समाधान हुन सकेको छैन, अब कहीं नभएको आफ्नै समस्याले थिलोथिलो भएको त्यो श्रीलंके टापुले के खाएर हाम्रो गुत्थी सुल्झाओस? रामलाई रावणले सल्लाह दिने ! यो पनि चाहिने कुरा हो ?

  6. यस घटनाले रास्ट्रपति कांग्रेसका भए पनि पार्टी भन्दा माथि रहेर नेपालीलाई बराबर हेर्ने दृस्टी रहेछ भन्ने भान हुन्छ !

  7. हाम्रो बुद्धि चाडो चल्छा के . कान छाम्नु छैन काग को पछी दौडिने त !

  8. यो बिषयमा गरिएका राष्ट्रपति प्रतिका नकारात्मक टिप्पणी र रातो टिक ले भ्रष्ट नेता मात्र छैनन्, राष्ट्रियता प्रति गद्दारी नेताले मात्रले होइन, हामी पनि भ्रष्ट र राष्ट्रियता प्रति गद्दार छौँ भन्ने कुरा इंगित गरेको छैन र?

  9. धेरै मतदाता हरुले आफ्नै रास्ट्रपति को अविस्वास गरेको मा दुख लाग्यो.

  10. हाहाहा…
    कतिले भनेझैँ misunderstanding भएको होला | हाम्रा रास्ट्रपति त्यो poll ले भनेझैँ फटाहा त अलि छैनन् कि भन्ने लाग्छ |

  11. साथी हरु साचि भन्दा मेरो आँखा अलि कमजोर छ फोटो हेर्दा दुवै जना लाई उस्तै उस्तै देख्छु बरु दाया पट्टिको फोटो बाट चस्मा येसो मेसो मिलाएर झिकेर मैले लगाउन पाए ठयाक्कै कालीबाबा ले जस्तै भन्न सक्थे कुन चाही हो फटाहा हो भनेर /

  12. चिट्ठा मा परेको कुर्सि मा बसेर जे बके पनि त भयो नि ,आखिर मतलब भत्ता संग न हो ! भत्ता पाकेकै छ ,माकुने घुमेकै छ ,पारस ले दाउ हानेकै छ ,ओली जहिले पनि अर्धपागल कुकुर झैँ भुकेकै छ ,माओबादी अब झन् सबै भन्दा धेरै सिट ल्याउने परे ,देस संग किन? सिट गन्दै ठिक्क छ ,यहाँ देस को कसलाई परेको छ र साथी ,आफै चुलो बाल्ने मात्र ध्याउन्न हुने रैछ ,चुलो मात्र बालिदिये त हुन्थ्यो ,येहा त अर्का को चुलो मा पानि खन्याउने ,आफ्नो बालेको छ ,भतेर लगाएको छ ,लुट लुट देस लुट ,तिम्रा बाउ को बिर्ता हो लुट ,किन फोकट मा मलिन भए झैँ नाटक गर्छौ,खुसि त तिम्रै घर मा छ ,जनता त रात दिन रोएकै छन् यहाँ

  13. I believe, our president have definetly told Peiris to have Rajapaksha as mediator.The scenarion is twisting ‘cos its apparent that there is a pressure from India on this Issue. How can a big neighbour let a small overseas country to meddle in his neighbourhood? First of all, it will dishour india which being an influencial neighbouring country in the region. seconly, It may give chance Nepal to reshuffle its’ foreign policy towards India. Here our President has done a blunder by inviting Rajapaksha to resolve our problem. Dalai Lama tells -think before talking cause word turns into action. On the other hand Peiris has done another big blunder by conveying the message without having any written consent from Nepal’s side. He should have think twice and advise our president to seek advice from India rather than from Srilanka . Here Peirish wanted to show to the world that Srilanka is not only capable of eliminating terrorism but he is also a good mediator in resolving conflicts. Actually, Srilanka can’t compare geo- political situation of Maldives and Nepal-Maldives being an isolated country while Nepal being sandwitched between India and China. Here Peirish apparantly wanted a credit from Rajpaksha.

  14. सिदा कुरा हो हाम्रो देश को प्रिसिडेन्ट ले सहि बोलेको छैन फताह वैसक्यो ,,दलाली बनिसक्यो हरुवा नेता को लै लै र भारती दलाल को … बरुण अधिकारी moscow

  15. झुठो चाही हाम्रै रास्ट्रपति ले बोल्य हुनपर्छ| श्रीलंकाली विदेश मन्त्री जीएल पेइरिस लाइ हाम्रो देश को के पिर? समस्या त हाम्रो पो हो| बोल्ने मान्छे ले प्याच्चा बोलिहाले छ क्यार| पछि भारत लाइ पिर पर्न थाले छ| एक त भारत नेपाल को समस्या सुल्झोस भनि चाहन दै चाहन्दैना| एदी श्रीलंका ले गर्दा नेपाल को समस्या सुल्झे भने भारत को ठुलो बेइज्जत हुने भो| श्रीलंका ले सुझाब दिनु को मतलब नेपाल चिन को आश्रय मा जनचा भन्ने भारत लाइ थाहा छ| र श्रीलंका संग भारत ले ख्याल ठट्टा गर्न सक्दैन भनेर भारत लाइ थाहा छ| त्यसै ले श्रीलंका संग सुझाब न ले भनेर भारत ले रास्ट्रपति लाइ धम्क्याएको हुनु पर्छ| तर मेरो प्रश्न अर्कै छ| किन हामी नेपाली हरु मिलेर आफ्नो समस्या आफै सुल्झ्यौना नसकेको? किन नेता हरु ले आफ्नै स्वार्थ मात्र हेर्दै छन्| दुइ टिन जना लाइ जनता हरु मिलि सखाप पारे त ति गधा हरु डराउँ थें होलान|

  16. भारत् ले उक्साएको हुनुपर्छा श्री लंकन हरुलाई 😛

  17. अमित ज्यु,
    के को ढाका टोपी लगाएको फोटो हाल्नु । धोति टोपी सबै फाली सक्यो भने जाबो झुट्बोल्नु कति ठुलो कुरो भयो र यो अमिलो मोइमा रयल चुहाउने नेताजीहरूलाई /

  18. पक्कै रामेलाई झुक्कयेरा लक्ष्मन् रेखा पार गरायो जस्तो छ रवाने ले

  19. रास्ट्रपति संग फटाहा सब्द राख्न कस्तो मज्जा लागेको उमेश जी लाइ……
    show some respect man, at least to one person. He is the president of the nation.

  20. यो rajnitilai अलिक सफा र देशप्रति चिन्ता vayakale सम्हाल्नुपर्यो.

  21. अहिले आएर यो कुरा उठाएको भित्र ठुलै षड्यन्त्र लुकेको छ/
    भारत नेपालको कुनै पनि मुद्दा अंतर्रस्त्रिये मन्चमा नउठून भनि चाहन्छ/ नेपालमा उ यक्लैको हैकम चल्दै रहुन भनि चाहन्छ/ श्री लंकामा भारतको “लिट्टे” राजनीति असफल भएको थियो/ तर भारतले श्री लंकामा तामिल नामको लिट्टेहरु उचाले जस्तै नेपालमा एक मधेश बादीहरु उचाली आएको छ/ एक मधेश बाद यक प्रकारको संसोधित “लिट्टे बाद’ नै हो/ श्री लंकाको तामिल तायिगर र यक मेधस बादीको बिचको मागहरुमा केहि फरक छैन/ नेपालले श्री लंका सिट उनीहरुले भारतको लिट्टे बाद लाई कसरि परास्ट गरे भनि नसिकुन भनि चाहन्छ/ तेसैले यो अर्थै नभएको कुरा उठाएर श्री लंका र नेपालको कुटनैतिक सम्भंद बिगार्न खोजेको हो/

  22. हाम्रै राष्ट्रपति लाइ नेपाली जनताले पत्य एनन; voting हेर्दा हा हा हा

  23. काम बन्छ भने जो सुकै को मध्यस्थता र सहयोग लिए पनि हुन्छ \ नेपालि लाइ के सारो ठुलो बन्नु पर्ने हो \यस्तै प्रबितीले त देश र समाज भड्खालोमा परिरहेछ \ राजनीति झुट र धोकाको खेति हो भन्ने कुरा त जग जाहेर नै छ नि ! त्यसमा पनि दक्षिण यसियाको राजनीति ! ! अनि नेपालि नेता ,पार्टी \मलाइ त लाग्छ हाम्रै रास्ट्रपति ले झुटो बोलेका हुन् \ कुन बेला को संग कसरी बोल्नु पर्छ भन्ने हेक्का र आफ्नो पोजिशन बिर्से पछी कसको के लाग्छ र हजुर \ हगे पछी दैलो देख्ने नेपालि प्रबिती \

  24. नमस्कार
    राम र रावण को आधुनिक विवाद ,चर्चा राम्रो छ तर आधुनिक हनुमान को राम र रावण दुवै सत्रु हुन्
    क गर्छु गर भन्छौ यदि हनुमान को कान मा राम को गद्दारी पुग्यमा राम रावण दुवै को बिचल्ली हुन्छ यो हो आधुनिक रामायण

    धन्यबाद

  25. रास्ट्रपतिले सिंहला बोल्न नसक्ने उनीहरु नेपाली बोल्न नजान्ने…..! दुबैले टुटेफुटेको अंग्रेजी दन्काए, अनि एक अर्काले भनेको कुरा आफ्नो-आफ्नो खुबी अनुसार बुझे…!

    झुट न त हाम्रा रास्ट्रपति बोले होलान न तविदेश मन्त्री जीएल पेइरिसले !

    • सहि कुरो गर्नु भो हर्के जी . म अरुसथिहरुलाई के भन्छु भने हामी मा राष्ट्र भक्ति हुनुपर्छा राम्रो कुरा हो मेरो देसको माया मलाई ने लाग्छ . तर ऐले का नेताको भक्ति भयको मन पर्दैन अब सत्य के हो झुठ को बोल्यो त्यो समयले बताउला……………..मैले यसो भनेर श्रीलंका का बिदेस मन्त्रि को सपोर्ट गर्य होइन किन किन नेपाली राजनीतिज्ञ हरु प्रति को मेरो विश्वास सचि जेरो भो तेसैले कसैले कुनै पनि राष्ट्र घात हुने कम हुने कुरा गरेनन होला भन्न म सक्दिन . मलाई मेरो देसको माया लाग्छ नेपाली नेता प्रति सतप्रतिसत घृणा ……………अब हजुरहरुलाई कस्तो लाग्छा कुन्नि ?

    • हर्के जी
      रास्ट्रपति राम बरण यादव र श्री लंकेली रास्त्र्पतिले दुवै राम्रै अंग्रेजी बोल्न सक्छन/ शास्त्री पास आई य पास्चा जस्ता होयिनन/ बरु यो भन्नुस न अनौपचारिक माहोलमा चुस्की लगाउंदै हाम्रा नेताहरुले के बोले त्यो होसै भएनन् भनि/ फेरी त्यो कुरा बोलेकै भए पनि के गलत बोले/ आखिर हामीले जन युद्ध भए देखि आज सम्म पनि अंतर्रास्त्रिये समुदायेकै मदत लिएर समस्या हाल गर्न खोज्दै छौं नि/ पहिला मावोबादी दवाउन सहयोग मागियो त् अहिले मावोबादी सिट सहमतिको बातावरण बनाउन/

      श्री लंका भारतको षड्यन्त्रको जालो तोड्न सफल भएको देस हो/ भारतले झन्डै तोडिने सकेको थियो श्री लंकालाई/ उहिले श्री लंकामा जसरि जुन मागहरु माग्न लगाएर लित्ती हरु लाई भारतले उकासेको थियो तेसरिनै नेपालमा यक मधेश बादी हरुलाई भारतले उकासी रहेको छ/ हामीले श्री लंकाले जस्तै यो जालो तोड्नु छ हर्के जी/ तव मात्रै हामि सच्चा बहुदल बादी बन्न सक्छौं/ न कांग्रेस बन्नु खराव हो न मावोबादी बन्नु बा कुनै/खराव हो त् रास्ट्र बिखण्डनकारीहरु र नेपालमा आफ्नो बिस्तारबाद लाद्न खोज्ने भारत सिट झुक्नु हो/ श्री लंका नेपाल भन्दा सानो छ तर उ झुकेनन् भने हामि किन झुक्ने?

      राम बरण यादव ले कटुवालको काण्डमा बाहेक अरु मुद्दामा बिबादास्पस्त भएको पनि छैन र उसको अभिव्यक्ति हरु सामयिक र नेपालको रास्त्र्पति जस्तो गरिमा मे पदको मर्यादा बात तेती बाहिर गएको पनि छैन त् उहाँले श्री लंका सिट मध्यस्तता खोजेकै हो भए पनि के गलत भयो र? बरु मलाई त् यो शंखा छ कि श्री लंका सिट नेपाल नागिचन खोजेकोमा भारतको दवावले बोलेको कुरा पनि बोलेको छैन भन्न मजबुर भईयो/

      • मदन दाज्जु,
        बडो आत्माबिस्वासका साथ लेख्नुभो त दुबैले अंग्रेजी राम्रो संग बोल्न र बुझ्न जानेका छन भनेर ! तर अंग्रेजीको समस्या त तल्कालिन अमेरिका रास्ट्रपति जर्ज डब्लु बुश र अस्ट्रेलियाका प्रधानमन्त्रि केभिन रडको बिचमा पनि भाथ्यो ! तिनीहरु दुबैको पहिलो भासानै अंग्रेजी हो !

        प्रतेक कुरालाइ आफ्नो आस्थाको पार्टीको आधिकारिक धारणाको कसीमा राखेर हेर्नु राम्रो हुदैन !
        दाजु शुद्द नेपाली भएर एक छिन सोच्नुस र २-४ दिन जिउनुस……कस्तो सार्थक अनुभूति मिल्छ…लेख्नुहोला !

        • हर्के ज्यु
          “भारतको श्री लंका टुक्राउने लिट्टे बादको षड्यन्त्र को जालो” तोड्ने श्री लंका सिट “भारतको नेपालको तराई टुक्राउने अर्को लिट्टे बाद” कसरि पराजित गर्ने भनि हाम्रो रास्ट्र पतिले श्री लंका सिट सलाह मागेकोमा “भारतलाई सलाम साहेब” भन्नेहरुको पार्टी आज डर ले कामको छ/ तिनीहरुले नै राम बरंनले अंग्रेजी बोल्न नजानेको भनि जनता मा भ्रम फैलाउंदै छ/ तर के साँच्चै हाम्रो रास्त्र्पतिले अंग्रेजी बोल्न जान्दैनन्? के हाम्रो रास्ट्र पति शास्त्रिचा पास प्रबेशिका पास मात्रै हो? यो कुरा तपाईं आफैले आफै सिट सोध्नुस/

          हर्के ज्यु तपाईंले मेरो कुनै पार्टीको संकेत गर्नु भयो, म यक पार्टीमा आबध्द त् छुयिन तर हरयक पार्टी भित्र मेरो भावनाको प्रतिनिधित्वो गर्ने प्रतिनिधिहरु छन्/ तिनीहरु आज दविएको छ मिचिएको छ तर कुनै दिन त् आउला तिनीहरुले जनताको प्रतिनिधित्वो गर्ला कि भनेर अनेकौं दशक देखि कुर्दै जिउंदै आएको छुँ/

        • हर्के जी, यी मदन बा हैजाको जीवाणु मिसिएको संग्लो पानी जस्ता हुन्/

          • राज जी
            “अंगले तकन चोये मत्यमेसिगु बिचार थथे हे जुई !!!!

  26. चिट्ठा मा परेको कुर्सि मा बसेर जे बके पनि त भयो नि ,आखिर मतलब भत्ता संग न हो ! भत्ता पाकेकै छ ,माकुने घुमेकै छ ,पारस ले दाउ हानेकै छ ,ओली जहिले पनि अर्धपागल कुकुर झैँ भुकेकै छ ,माओबादी अब झन् सबै भन्दा धेरै सिट ल्याउने परे ,देस संग किन? सिट गन्दै ठिक्क छ ,यहाँ देस को कसलाई परेको छ र साथी ,आफै चुलो बाल्ने मात्र ध्याउन्न हुने रैछ ,चुलो मात्र बालिदिये त हुन्थ्यो ,येहा त अर्का को चुलो मा पानि खन्याउने ,आफ्नो बालेको छ ,भतेर लगाएको छ ,लुट लुट देस लुट ,तिम्रा बाउ को बिर्ता हो लुट ,किन फोकट मा मलिन भए झैँ नाटक गर्छौ,खुसि त तिम्रै घर मा छ ,जनता त रात दिन रोएकै छन् यहाँ

  27. रष्टपतिको कस्तो डरलाग्दो फोटो राखेको हो , बेइजेत नै गर्ने नियत जस्तो, यसो ढाका टोपी लगाएको फोटो हाल्नु ।

  28. देश भित्र ढाँटेको जस्तो सम्झेर हाम्रा राष्ट्रपति महोदयले उम्कन खोजेका होलान, तर भएन| अब नपत्याउने भए हाम्रो रास्त्रपतिको कुरा| हाम्रा नेताले तल बाट हो वा माथि बाट बोलेको केही पत्तै पाइन्न| शर्मनाक|

  29. श्रीलंका जस्तो झारे राष्ट्रपति लाई हाम्रो राष्ट्रपति ले तेस्तो कुरा गरे भनेर बिस्वास लागेन /

  30. होइन हो मलाई त हाम्रै रास्ट्रपतिले खुस्काए होला जस्तो लागो हो |
    श्रीलंकामा नोरवाएले मदेस्त्यता गरेकाले ,उनिहरुलाई practice छ भनेर |

  31. रास्ट्रपती तेती बुद्दी सडेको मान्छे जस्तो त लागेको थिएन, हुनत कटुवाललाइ धर्मपुत्र बनाउन यीनलाई कंग्रेसीले राम्रै उपयोग गरेका थिए, फेरी ज्ञानेन्द्रका मतियार हरूलाइ तक्मा बाडदा पनि कांग्रेस, एमाले र पदलोलुप गच्छेदार जस्ताको सल्लाहमा चलेकै हुन्, मति भर्स्ट भएर नया राजा बन्न मन लाग्या हो कि ?

  32. भाई फुटे गँवार लुटे!! जो व्यक्ति त्यो भेटमा उपस्थित थिएन, उसले साँचो के हो भन्ने हैसियत राख्दैन| खाली अन्दाजको भरमा देश को राष्ट्रपतिले नै झूटो बोलेका हुन् चाही भन्नु भएन है| आखिर जे सुकै भएपनि बिदेशी हरु को मामिला मा चाही नेपाली ले नेपाली कै साथ् दिनु पर्छा| देश को राष्ट्रपति जस्ता व्यक्ति लै नै झूटो साबित गरेको खण्ड मा आम जनता ले पछी के नै भाउ पाउनछन् जस्तो लाग्छा तपाईं हरु लाई??

    • सहि भन्नु भो बिबेक जी . बेक्ती जस्तो भएनी रास्ट्रपति भनेको को देश को प्रमुख हुन् . प्रमुख गलत साबित हुनु भनेको सबै नेपाली को बेईजत्ति हो..समग्र राष्ट्र को …
      कमसेकम हामी मा राष्ट्र प्रमुक प्रति सम्मान हुनु पर्ने हो ….

  33. हाम्रा नेताहरुको भासन हामीले कति सुन्योउ सुन्योउ अब त आदि भैसकियो फेरी बोलेको कुरा कहाँ साँचो हो भनि बेलैमा पुरयाई दिएको छ र घुमाई फिराई फेरी अर्को कुरा गर्न सिपालु हाम्रा नेता तेस्मथी हाम्रो देशको भन्दा पनि डरलाग्दो समस्या सुल्झाएर आफुलाई प्रमाणित गरिसकेको श्रीलंका र त्यहाँका बिदेस मन्त्रिसंग यो कुरा राख्नु मेरो बिचारमा स्वभाविक नै हो जस्तो लाग्छ आखिर राम बरण जो परे ……पछि होइन भन्नु कुनै नौलो मान्नु पर्ने बिषय होइन जस्तो लाग्छ …….

  34. Nepal is very unfortunate to have a president like Ram Baran Yadav, who is such a handicapped that he has to beg others to work on. I tagged him nothing but an eunuch who could have utilized all his power to break this cycle but no why would he wants to get involved?

  35. हाम्रा राष्ट्रपतिले ठट्टा गरेर भनेका होलान, लंकेलिहरु किन बाठो भएर सिरियस भै टोपलेको ? त्यत्रो भारत् लागेर त हाम्रो समस्या सुल्झेको छैन भने, तिनले के खाएर सुल्झाओस? त्यसमाथि पनि रावण र राम (बरण) त जन्मजात शत्रु !!!!!

  36. रेकुएस्त नै गरेको भएपनि क भो र . रास्त्रियता तल माथि भै हल्छा नि. दुरदर्शी को चाही छ र हाम्रो नेपाल मा.

    नराम्रो मनसायले गरेको त होइन होला.

    हामी सकारात्मक भए समस्या हुदैन

  37. श्रीलंकनहरुको रत्तिभर बिस्वास लाग्दैन मलाइ त !

    • मेरो कुरा मन नपराउनेहरुलाई श्रीलंकनहरु कस्ता हुन्छन भन्ने कुरा थाहा छैन जस्तो छ !

  38. हाहाहा, श्रीलंका संग मध्यस्थता गरि हाम्रो देशको समस्या सुल्झैदेउ भनेर सहयोग र आग्रह माग्यो भन्ने कुरा आफैमा दरिद्र छ! एउटा नेपालि ले यतिसम्म अचेत कुरा केहि गरि पनि गर्न सक्दैन भन्नेकुरा श्रीलंकन ले बुझ्नु जरुरि छ अझै यहा त् रास्ट्रपति माथि दोषारोपण गरेको छ!
    धत् रावण का छाउराहरू!
    क्रिकेट खेलमा आयको समस्या भनेको भय चाहि होला गाठे भन्न सकिन्थ्यो!

  39. राजनीतिककर्मी हरु हुन कोहि पनि यस बाट अछुत छैनन् ! मौका पाए चौका हन्छन ,तेसैले दुवै बारा बारी होलान !!!

  40. म त नेपाल का कुनै पनी नेता भन्ने भिखारी लाई बिस्वास नगर्ने मान्छे. अब राष्ट्रपति ज्युले नाभंनुभयो होला भन्न सकिन्न . जे भय नि श्रीलंका ले आफ्नो समस्या सुल्झ्याईहल्यो तेहि देखेर हाम्रा निरीह राष्ट्रपति ले भने ने होलन.

  41. रावणमा फेरी घमण्ड पलाएको जस्तो छ । हुन त हाम्रा राम पनि भरोसा गरिहाल्न लायक त होईनन तै पनि आफ्नै देशका भएकाले मेरो मत रामलाई नै छ है ।

  42. मेरो बिचारमा नेपाली राजनीतिज्ञ हरुमा यी रामबरण अलि बुद्धिमान व्यक्ति हुन्/ राजनैतिक समस्या को बारेमा कुरा र छलफल अनि कसरि समाधान गर्न सकिन्छ भन्ने बारेमा कुरा भयो होला र एक देस को रास्ट्रपति ले अर्को देस को रास्ट्रपति संग समस्या समाधान गर्नको लागि विचार आदान प्रदान गर्नु राम्रो हो / तर माथि समाचार मा छापेको जस्तो गरि यिनले भिक् चै पक्कै मागेको हैन/

  43. ओरालो लागेको बाछोलाई मिर्गले पनि लखेध्छ . जनताले मात्रै कति भोग्ने ?.इनिहरुको नाकमा एति ………….नसुघाये सुति राख्छन .

  44. येस्ता बेवकूफ श्रीलंकनहरु ,आफ्नो देश कसरि प्रभाकरंको चेलाहरु संग बचाउन,हामि लाइ दोस लगाउन्छान.जाबो एउटा रावणको टापुले हामीलाई बचाउन सक्छन?

  45. “मैले झुट बोल्नुपर्ने कारणै छैन। नेपाली राष्ट्रपतिले राष्ट्रपतिका सचिव र अन्य थुप्रैको उपस्थितिमा यस्तो अनुरोध गरेका थिए।’ ”

    अब यो कुरा राष्ट्रियपति को सचिब र अन्य थुप्रै को हो उसलाई सोदनु जरुरि छ. हामी ले अर्का लै दोष दिनु भन्दा पनि आफ्नो लै सोदनु राम्रो हो.

  46. हाम्रो राजनीति समस्या सुल्झाइदेउ भन्दै अनुरोध चै गरेनन् भो !
    हाम्रा रास्ट्रपतिले राजनीतिको चाणक्य ( छल कपट आदि इत्यादि )जानेका छैनन् ,
    यी सोझा त छन् नै तर बुद्दिमान पनि छन् | यसरि बोल्दा आफ्नो मुलुक तल पर्छ
    भन्ने राम्रो हेक्का छ यिनलाई | अरु केहि नेताहरुले आफ्ना स्वार्थका लागि ‘प्रभु’ पुकार्ने गरेकोले सुनिरहेका श्रीलंकाका रास्त्रपतिलाई भ्रम परेको हुनु पर्छ या बंगलादेशले पनि हेपिरहेको देखेर उसले पनि हेप्न खोजेको हुनुपर्छ |

    • लुना जी ले यस पाली माओबादी चस्मा फुकालेर टिप्पणी लेख्नु भए जस्तो लाग्यो!!!
      तर गजब मन परयो …………..

      • भण्डारी कान्छा जि !
        हैरान भए म तपाईंको र यो भन्दा अघी पनि केही साथीहरुको म प्रती लगाइेको ‘ माबोबादी ‘ आरोप प्रती । माइसन्सारमा कोही माबोबादी साथीहरु हुनुहुन्छ , कोही काङ्रेसी , कोही ऐमाले आदी तर म यि कुनै पार्टी सँग पनि सम्बन्धित छैन भण्डारी जि , बरु सुन्नु नै हुन्छ भने लौ भन्दिन्छु ऐले नै , म सुधारात्मक राजतन्त्रत्मक पार्टिको ( यदी त्य्स्तो पार्टी बन्यो भने ) सपोटर चै हुन सकूला । इमान्दार बाबुराम मेरा आर्दश हुन अहिले सम्मलाई । राजसस्था अहिले को राजनीतिक परिस्थिती हेर्दा बुझ्दा अपरिहार्य छ भन्ने मेरो ठम्याइ हो । भोली मुलुक टुक्रिएर नेपालको अस्मितामा खलल आउनु भन्दा त बरु सुधारात्मक लोकतान्त्रिक राज्सस्था नै रोछ्छु म । हाम्रो राजनैतीक शैली भारत चाइना भन्दा फरक बनाउनु आफूलाई सुरछित राख्नु हो भन्ने लाग्छ मलाई ।

        • लुना जी
          कुनै अबस्थामा ठिक लाग्ने कुरा ले अनेकौं बिबाद र झमेला माथि झमेला थपिन सक्छ/

          लुनाजी नेपालदेसको निर्माणमा राजसंस्थाको योगदान थिए यो कुरामा कसैले पनि बिबाद गर्न सक्दैनन्/ तर पृथ्बी नारायण शाह देखि ज्ञानेन्द्र सम्म राजा बनेको हाम्रो नेपालमा कसैलाई मन परे पनि नपरे पनि साँच्चैको राजाको आचरण भएको राजा हरु मात्र ४ जना छन्/ यक; नेपालको यकिकरण गर्ने प्रिथिबी नारायण शाह, दुई; अंग्रेज सिट लडेर पनि नेपाल संगाली राख्ने गिर्वान युद्ध बिर विक्रम शाह तेस्रो; भारतीय डल्ले पिल्लेहरुको तथाकथित प्रजातन्त्र मासेर यक दलिए पंचायत लाद्ने महेन्द्र र चौथो तथा अन्तिम; जनताको मागमा झुक्ने बिरेन्द्र/

          ई चार राजाहरु बाहेक जना बाहेक अरु कुनै पनि राजा यात त् रानीको रखैल बने या भारदारको कमारा बने अझ त् त्रिभुवन त् भारत सिट नतमस्तक नै हुने भई गए/ त् लुना जी तपाईं कस्तो राजा फेरी चाहनु हुन्छ? माथिको कुनै पनि राजाहरु आज उपयुक्त छैनन्/

          लुना जी आज हामीलाई राजतन्त्र त् चाहिन्छ तर जनताको राजतन्त्र चाहिन्छ/ जनता नै राजा हुने ब्यबस्था चाहिन्छ/ त्यो लोकतन्त्र नै हो/ तर जनतालाई राजकीय अधिकार दिलाउन न नेताहरु चाहन्छन न हाम्रो दुस्ट छिमेकी/ अब राजा बन्न चाहने जनताहरु …….!!!!!!/ बिडम्बना यहि छ/

          लुना जी तपाईं कस्तो राजतन्त्र चाहेको हो नबुझेर यति लेखे/ मन नपरे अबुझ भनेर माफ गरिदिनुस है/

    • जतिसुकै सोझो भएपनि अखिरमा यिनी पनि टट्टूहरूकै ताँतीमा उभिन पुगेक छन् लुनाजी । कटवालकाण्ड बिर्सनुभो ?!

      • पुष्प जी
        कटुवाल काण्डमा के रामबरण मात्रै दोसी छन्? के मावोबादीको कुनै दोष छैनन्? कुनै पनि कटुवाललाई पद मुक्त गर्ने कार्यकारिणी अधिकार सरकारको हुन्छ/ सम्बैधाकिन पद सम्हालेको रस्त्र्पतिले त्यो सरकारको कार्यकारिणी निर्णय माथि हस्तछ्यप गर्नु उसको अधिकार भन्दा बाहिरको असंबैधानिक कार्य थियो/ त् सरकार चलाउने पार्टीले राम बरंनको त्यो निर्णय लाई चुनौती दिएर कटुवाललाई पुन पद मुक्त गरेनन? किन लाछी भएर सरकार त्यागे?

        कटुवालको मुद्दामा सरकार त्यागेर मावोबादिले जनताले मत नदिएको दलको दुस्वप्नलाई सघायेर जनता माथि घाट गरेकोछ/ आज जनताले जिताएको पार्टी हार्नु र जनमत मिचिनुमा सिंह दरवार बात भाग्ने मावोबादी बढी दोषी छन्/ उसलाई सिंह दरवार बात भाग्न जनताले मत दिएको थिएँन र जनता सिट सोधेर उनीहरुले राजिनामा दिएको थिएँन पुष्प जी/

        • मदनजी,

          यदि तपाईं पनि माओवादीविरोधीहरूले चाहेजस्तै दोहोरो सरकारको पक्षमा हुनुहुन्छ (हुनुहुन्थ्यो) भने मेरो भन्नु केही छैन । प्रचण्डले राजीनामा नदिएको भए कि त उनी नैतिकरूपमा तल पर्नेथिए, कि त उनले तपाईंले भनेजस्तो जबर्जस्ती गर्नुपर्थ्यो । जबर्जस्ती गरेको भए आज देशको के हालत हुनेथियो भनेर शायद मदनजीले पनि अनुमान लगाउनुभएकै हुनुपर्छ ।

  47. यो कुरा झुठो अथवा सच्चा को भन्दा पनि भावना को हो जस्तो लाग्छा. संसार मा धेरै देश हरु अरु को मधेस्ताता ले सान्ति को लागि प्रयास गरेका छन् .हाम्रो प्रेसिडेन्ट ले पनि रेक़ुएस्त्गर्नु भएको रहेछा तर कसको लागि देश र जनता को लागि.भावना कति राम्रो.

  48. बोले पनि नबोले पनि केहि छैन ! बोलेका कुरा नेपालमा लागु हुने त होइन !

  49. यहाँ अलिकति बोल्न को गल्ति जस्तो छ र अल्लिकती सुन्नको जस्तो, दुई जनालाइ एकै ठाउँ मा राखेर बार्ता गराउनु पर छ अनि थाहा हुन्छ कसले के बुज्यो र कसले क भन्यो भनेर !~!!!

  50. विदेशी कुकुरलाई भगवानै ठान्ने हाम्रो वानी छ नी त्यसैले गर्दा श्रीलंकाको राष्ट्रपतिलाई ठूलो मान्छे वनाउन हाम्रा राष्ट्रपतिले वोले होलान् । अहिले यत्रो समस्या आउछ भनेर विचरा रावरवणलाई के थाहा ? अहिले आएर सल्लाहकारलाई पो गाह्रो परेछ । यस्मा कुनै शंका छैन की गल्ती हाम्रै राष्ट्रपतिको हो ।

  51. I don’t think the president of political parties Dr. R. B. Yadav will seek any help from srilanka as long as all the political parties as well as himself are the slaves of Hindustan. For them Hindustan is their lord! So, how cone he seek for a help from srilanka ? I am sorry to myself that I will be supporting so called political parties president of Nepal on this issue.
    Love live Nepal, Nepalese,
    democracy, king and Hinduism.

  52. होइन !!! रास्ट्रपति ले चाइना (बेइजिंग) जादा भनेका हुन् भन्ने पो हल्ला थियो त हल्लै हल्ला को देश मा कसलाई क भन्नु खै ……

  53. मिस अन्डरस्ट्यानडिंग भएको हो ,देश को बारेमा म बहुत चिन्तित छु भनेर देखाउन रामबरण ले २ शब्द बढी बोले होला , उसले हो न हो म लाइ नै गुहार्यो भन्ने बुझ्यो | तेसैले रामबरण ले झुटो बोलेनन् , तेस्ले नै गलत बुझ्यो |

  54. जसले जे बोले पनि खास ठुलो कुरा होइन तै पनि नेपाल का नेताहरुको खासियत नै आफु केहि गर्न नासक्नी अनि अरुको जुत्ता चाट्ने भयकोले म त अड्कल गर्न सकिन को झुट्टा हो भनेर .

  55. हामीलाई थाहा भएकै कुरा हो , नेपाली नेताहरुको जिब्रो गनी नसकिने हुन्छ | पहिला प्याच्च बोलिहाल्छन पछी खण्डन गर्दै हिंड्छन

  56. दुधमा पानी हालेर मैले पानी हालेकै छैन भनेर दुध बेच्ने जात देशको रास्ट्रपति भए पनि बुद्धि र बानी कहाँ सप्रिन्छ र ………..

  57. अरुको सहयोगको लागि हात फैलाउन मात्र जानेका नेपालका नेताहरुबाटै त यस्तो हुन्छ नि । शायद कुरो घुमाएर गरेछन क्यारे ।

  58. हा हा हा यो पोल ले नै साबित हुन्छ नेपाली जनता ले कति को विश्वास गर्छन……रास्ट्रपतिलै …..

  59. बाधेर घास हाल्नु पर्ने जो झुठो बोलेपनि………

    • हो घांस त हाल्नै पर्ने हो नि तर हेर्नु न रातोमा धेरै भोट परेको?

  60. We know that, who are our politician. What thay said. Everyone wnat the consistitution but there is not any way to do that on the parliment. The better things win- win for the nepal is only one way put all the leader in the prison and give the leadership to young blood with educated only.

Comments are closed.