श्रद्धाञ्जलिः ‘गोठाले’ रहेनन् अब

वरिष्ठ साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको ८९ वर्षको उमेरमा आज निधन भएको छ। हिमालयन नर्सिङ होममा उपचार हुँदाहुँदै उनको मृत्यु भएको हो। राणा शासनका बेला प्रजा परिषद्को पर्चा समेत छरेर आन्दोलनमा उत्रिएका गोविन्द सरकारी चेपुवाबाट बच्न नाम परिवर्तन गरी गोठाले बनेका थिए। उनले आफ्नो बारेमा बताएका कुरा पढ्नुस् केही अघिको नेपाल पत्रिकाबाट।

हार्दिक श्रद्धाञ्जलि !
************
‘त्यसको भाले’ कथाबाट मेरो साहित्यारम्भ भएको हो । त्यही कथाले नै मलाई आजको यो ‘गोठाले’ बनायो । त्यो शारदा मासिकमा छापिने सुरसारमा थियो । प्रेसमा त्यसको ‘कम्पोज’ पनि भइसकेको थियो । यो प्रसङ्ग विसं १९९७ को हो । ठीक त्यसैबेला मलाई पक्रेर लगियो । त्यस समय प्रजा परिषदले पर्चा छरेको थियो । मैले पनि पर्चा छरेँ । र, मलाई समातेर लगियो । त्यस समय भवानी भिक्षुले शारदा हेर्नुहुन्थ्यो । उहाँले आशङ्का गर्नु भयो, “मेरो नाममै कथा छापियो भने म सरकारी चेपारोमा त पर्छु पर्छु, स्वयम् शारदा पनि पर्न सक्छ ।” तर, उहाँसँग त्यो कथा नछाप्नुको विकल्प पनि थिएन । त्यसैले भिक्षुले मेरो कथा पनि छापिने, शारदा को प्रकाशन पनि बच्ने नयाँ जुक्ति निकाल्नुभयो । फलतः उहाँले मेरो साहित्यिक न्वारान गरेर मलाई ‘गोठाले’ बनाइदिनु भयो।

यद्यपि, मैले त्यस कथामा आफ्नो वास्तविक नाम गोविन्दबहादुर मल्ल नै लेखेको थिएँ । मलाई गोविन्दबहादुरबाट ‘गोठाले’ बनाउनुका पछाडि पनि भिक्षुको आफ्नै तर्क थियो । गोविन्द भनेको कृष्ण अर्थात् गोठालो । यसरी म गोविन्दबाट ‘गोठाले’ हुनपुगेँ । पछि गोविन्द ‘गोठाले’ लेख्न थालेँ । त्यहाँदेखि आजको कालखण्डबीचका ६७ हिउँद र वर्षहरू मैले निरन्तर नेपाली साहित्यको सेवामा बिताएँ । साहित्यको गोठालो गर्न सकेँ या सकिनँ, त्योचाहिँ पाठकको मूल्याङ्कनमा छाड्न चाहन्छु ।

त्यसबेलाका राणा प्रशासकहरूले करबि एक महिना मलाई सिंहदरबारमा तारखिमा झुलाए र खुब केरकार गरे । तर, कतैबाट मलाई दोषी सावित गर्न सकेनन् । आखिरमा मलाई तारिखमुक्त गर्न उनीहरू बाध्य भए । म त्यसबेला १८ वर्षको थिएँ, असल-खराब छुट्याउने भइसकेको थिएँ ।

मलाई साहित्यमा लाग्न आममानिसहरूलाई भन्दा सजिलो थियो । मेरा पिताजी ऋद्धिबहादुर मल्ल स्वयम् साहित्यप्रति ठूलो चाख र लगाव भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँले यही रुचिले राणा सरकारसँग स्वीकृति मागेर शारदा को प्रकाशन थाल्नुभएको थियो । त्यस सङ्कुचित र राणाहरूको एकमना जहानियाँ शासनमा पत्रिका निकाल्ने स्वीकृति पाउनु चानचुने कुरा थिएन । पिताजीले बकाइदा श्री ३ समक्ष ‘पत्रिका निकाल्न पाऊँ’ भनेर विन्तीपत्र हाल्नुभएको थियो । र, श्री ३ ले पनि ‘पत्रिका निकाल्नू’ भन्ने हुकुमप्रमाङ्गी गरेकाले शारदा प्रकाशित हुनसकेको हो ।

पिताजी शारदा सँग गाँसिनुभएकाले त्यसबेला हामीकहाँ प्रसिद्ध साहित्यिक हस्तीहरूको बाक्लै आवतजावत हुन्थ्यो । यसबाहेक त्यसबेला साहित्यकारहरूको जमघट हुने थलोको अभाव पनि थियो । आज जस्तो गोष्ठी र समारोह भन्ने नै कहाँ हुन्थ्यो र त्यतिखेर ! काठमाडौँ स्वयम् एउटा दुर्गम गाउँ जस्तो थियो । आज जस्तो पत्रपत्रिकाहरूको घुइँचो त त्यसबेला कल्पनासम्म पनि हुँदैनथ्यो ।

आफूले हिँडेर आएको यात्राका धेरै मोड र घुम्तीहरू त विस्मृत भइसकेका छन् । म सम्झिन सक्तिनँ । तर, महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन पहिलोपल्ट पिताजीलाई सुनाएको सम्झना आज पनि ताजै छ । मैले पिताजीको काखमा बसेर यो खण्डकाव्य श्रवण गरेको हुँ । यसरी धेरै साहित्यकारहरूका रचनाहरू प्रकाशनअघि नै सुन्ने अवसर पाएको छु मैले । देवकोटा त्यसबेला अनुवाद समितिमा हुनुहुन्थ्यो । सुकुलमा घोप्टो परेर ढाडले घाम ताप्दै एकोहोरो लेखिरहनुहुन्थ्यो । मभन्दा धेरै जेठो भएकाले उहाँसँग सामान्य कुराकानी मात्र हुन्थ्यो, त्यो पनि आक्कलझुक्कल मात्र । साहित्य र लेखनबारे कुनै कुरा हुँदैनथ्यो । समजीसँग पनि भेटघाट हुन्थ्यो ।

देवकोटाले मुनामदन बाहेक मेरा सारा कृति जलाइदिए हुन्छ भन्नुभएको थियो । तर, म मुनामदन भन्दा पनि उहाँको ‘पागल’ कवितालाई उच्चकोटिको ठान्छु । उहाँको आत्मदेखि नै निःसृत भएको कविता हो यो । यो नेपाली साहित्यमध्येकै महान् रचना हो भन्ने मलाई लाग्छ । यो धेरैमाथिको कविता हो । यस कवितामा देवकोटाले आफ्नो जीवनलाई नै अभिव्यक्त गर्नुभएको छ । यो कविता पनि मैले पिताजीको काखमै बसेर पहिलोपल्ट देवकोटाको मुखबाटै सुन्ने सौभाग्य पाएको छु । उहाँलाई आफ्नै केही समकालीनहरूले पागल भनेको जोसमा देवकोटाले यो कालजयी कविता सिर्जना गर्नुभएको हो ।

तर, मैले कुनै कृति जोसमा लेखिनँ । म ढिलो र सोचेर लेख्ने मानिस । हतारमा कहिल्यै कुनै सिर्जना गरनिँ । मेरा कथा, उपन्यास, नाटकहरूमा आफूले त्यसबेला भोगेको समाज र परििस्थतिलाई मैले इमानदारीपूर्वक उतार्ने कोसिस गरेको छु । यसमा ‘गोठाले’ आफू कति र कुन रूपमा अभिव्यक्त भयो, म भन्न सक्तिनँ र त्यसलाई खासै महत्त्व पनि दिन्नँ ।

मुनामदन को कुरा देवकोटाले पनि यो कुनै मुडमा भन्नुभएको हुनसक्छ । उहाँ बढो मुडी मान्छे हुनुहुन्थ्यो । मलाई आफ्ना हरेक कृतिहरू त्यतिकै पि्रय लाग्छन् । तर, म देवकोटाले जस्तो एउटाबाहेक आफ्ना सबै कृतिहरू जलाइदिए पनि हुन्छ भन्ने मान्यता राख्दिनँ । मलाई आफ्ना हरेक कृतिहरू आफ्नै रगतले लेखेजस्तो अनुभूति हुन्छ । मैले कस्तो लेखेँ, त्यसको मूल्याङ्कन भने म आफैँ गर्न चाहन्नँ, त्यसको अधिकार मेरा पाठकलाई छ । मैले आफ्नो सिर्जनशीलतालाई सदैव पाठकसामु परीक्षण गर्दै आएको छु ।

म देवकोटापछि सिद्धिचरण श्रेष्ठबाट सबैभन्दा बढी प्रभावित भएको छु । उहाँ पनि हामीकहाँ बरोबर आइरहनुहुन्थ्यो । यसबाहेक हिन्दी साहित्यले मलाई सर्वाधिक प्रभाव पारेको थियो । प्रेमचन्द र शरच्चन्दका कृतिहरू मेलै धेरैपटक दोहोर्‍याएर पढेको छु । त्यसबेला पढ्ने सामग्रीहरू पनि हिन्दीमा बाहेक केही हुँदैनथे । अहिले साहित्य धेरै माथि उठेको छ । प्रशस्त अवसर खुलेका छन् र थुप्रै सम्भावनाका ढोका उघ्रेका छन् । हाम्रो समयमा यस्तो अवसर कहाँ थियो र ? एउटा रचना प्रकाशन गर्न महिनौँ कुर्नुपथ्र्यो, शारदा बाहेक अर्को प्रकाशन थिएन । आजको साहित्य र यसका प्रकाशन संस्थाहरू जति नै विकसित र समुन्नत भए पनि यो शारदा कै निरन्तरता हो भन्ने मलाई लाग्छ ।

मलाई धैरेले धेरैपटक सोधेका छन्, “तपाईं ‘गोठाले’ नहुनुभएको भए के हुनुहुन्थ्यो ?” तर, म आजको पुस्तामै जन्मेको भए पनि लेखक नै हुने थिएँ । सायद म ‘गोठाले’ चाहिँ हुने थिइनँ कि !

मलाई ‘गोठाले’ बनाउने शारदा लामो विश्रामपछि पुनः प्रकाशनमा आएको छ । त्यसले आजको र भोलि आउने पुस्तालाई कैयौँ गोठालेहरू जन्माउन प्रेरणा दिनेछ भन्ने मैले अपेक्षा राखेको छु । तर, के हुन्छ, म यसै भन्न सक्तिनँ ।

मलाई अक्सर मानिसहरूले सोध्ने गर्छन्, “तपाईंका भाइ विजय मल्ल प्राज्ञ भए र लामो समयसम्म प्रज्ञा-प्रतिष्ठानमा संलग्न भए तर तपाईंचाहिँ किन एकपल्ट पनि त्यहाँ जानुभएन ?” हो, मलाई पनि त्यहाँ जान मन नलागेको होइन र मलाई पनि राखेको भए हुन्थ्यो भन्ने पनि नलागेको होइन । तर, कसैले मलाई नराखेपछि म आफ्नो इच्छाले त्यहाँ जाने कुरा पनि त भएन नि ! सायद एकै घरका दाजुभाइलाई राख्न अप्ठ्यारो भएर म छुटेँ होला । यसलाई मैले नियतिको कुरा भनेर चित्त बुझाउने गरेको छु । तथापि, मलाई पछिल्लो समय त्यहाँको मानार्थ सदस्यसम्म बनाइएको थियो । यसैमा चित्त बुझाएको छु ।

उमेरले ८५ नाघ्न लागेँ । विगत १० वर्षदेखि बुढौलीले गाँज्न थालेको अनुभव गर्दै आइरहेछु । कान पनि सुन्न छाडिसकेँ । शरीर शिथिल भएको छ, घरभित्रै पनि घुमफिर गर्न कठिन हुन्छ । हात काम्न थालेका छन्, लेख्न सक्तिनँ । दाहिने अङ्ग राम्रोसँग चल्दैन । एउटा हातले लट्ठी टेकेर घरैभित्र ओहोरदोहोर गर्छु । बाहिरफेर साहित्यिक जमघटहरूमा नगएको पनि जुगै बित्यो जस्तो लाग्छ । धेरै पढ्थेँ म, हिजोआज त्यो पनि छुटेको छ । अब त सम्झने शक्ति पनि क्षीण हुन थालेको छ । सबैै घटनाहरू स्मृतिबाट विलीन हुन थालेका छन् । ईश्वरले यहाँसम्मको यात्रामा ल्याइपुर्‍याएको छ । बाँकी यात्रा कतिसम्म पार गर्न सक्छु, त्यो पनि उसैको कृपामा छ । जुन दिन मृत्यु हुन्छ, स्वभावतः त्यसै दिन यो यात्रा पनि टुङ्गिन्छ ।

तर पनि म निराश भएको छैन कुनै क्षण । मलाई पक्का आशावादी भन्दा अन्यथा हुँदैन । यो चराचरसृष्टि, मैले पछाडि छाडेर आएको अतीतका अनुभवहरू आज पनि मलाई अतीव पि्रय र आत्मीय लाग्छन् । वास्तवमा तिनै स्मृति र अनुभवहरूले नै मलाई आजसम्म जीवित राखेका छन् भन्ने म सम्झिन्छु ।

(नेपाल साप्ताहिकको २५० अङ्कमा छापिएको रमण घिमिरेसँगको कुराकानीमा आधारित)

36 Comments

  1. नेपाल को यौटा सपुतको को मर्त्यु भएको छ जसले केहि लगेनन .बरु दिएर गए /
    या स्त सपुतलाई हिर्र्दय देखि अविन्न्दन / उहाको आत्माले सान्ति पाउस हार्दिक सर्दान्जली /

  2. उनको “म जुजुमान” कथा अति नै राम्रो लागेको थियो| आफु परलोक भए पनि जुजुमानलाइ
    सकुशल छोडेर गएका छन् गोठालेले| उनको आत्माले चीर शान्ति पाओस| हार्दिक श्रद्धान्जली!

  3. हार्दिक श्रदान्जली गोठाले तिमीलाई |
    शब्दका सम्झना छाडेर गयौ हामीलाई |
    भौतिक संसार छाडे पनि अक्षरमा तिमि अम्मर बन |
    अर्को जन्म हुने भए फेरी नेपालमा नै जन्मन पाँउ भन् |

  4. गोठेलेको नीदन प्रति शोक व्यक्त गर्दै, उहाँको सोर्गीय आत्माले चीर शान्ती
    पाओस भन्दै हार्दीक श्रदान्जली अर्पण गर्दछु.!

  5. गोठेलेको नीदन प्रति शोक व्यक्त गर्दै, उहाँको सोर्गीय आत्माले चीर शान्ति पाओस भन्दै हार्दीक श्रदान्जली अर्पण गर्दछु.!

  6. भाबपूर्ण श्रद्धाञ्जलि .
    वहाको आत्माले चिर शान्ति पाओस ! भगवानसंग प्राथना गर्दछु .

  7. गोठालोको बदलीमा एकजना “चैते बाँदर” बितेको भए एकजना गफाडी त घटथ्यो ! गोबिन्द बहादुर गोठालेलाई हार्दिक श्रदान्जली !

  8. हार्दिक श्रद्धाञ्जलि !…….चिर आत्मा ले शान्ति पावोस
    राम्रो मान्छे रहेनान्न यो देसमा.

  9. बन को माझ मा
    कहाँ हराएका एक गोबिन्द
    यता खोजे उता खोजे
    भेटिन कतै गोबिन्द

    यहाँ कान थापी सुने मैले
    कतै कथा पो सुनाइरा’ छन् कि भनि
    कतै कविता पो बाचन गरिरा’छन् भनि

    तर हेरे मैले खोजे मैले सारा नजर छरी
    उनि त रहेन’छन् यो संसार भरि
    उनि त रहेन छन् यो संसार भरि

    गोबिन्द बहादुर मल्ल को आत्मा ले सान्ति पाओस. नेपाली साहित्य ले एक अमुल्य तारा लाई गुमायो … तर पनि उनका कृतिहरु हामी मझा सदा रहिरहने छ .

    • अनिल जी !
      सरल भाषा मा लेखिएका तपाइको कविताले मन छोयो .
      ( मनको भाबनालाइ मार्मिक रुपमा पोखिएको कवितामा पनि माइनस चिन्ह दिने
      कस्तो हिर्दय नभका मान्छेहरु होलान ! आफूले नलेखे पनि कम्तिमा अरुको भावनालाई त सम्मान गरौ , बरु प्लस नदिए पनि भो तर माइनस दिएर आफू
      भित्रको मानबतालाइ नरीत्याउ )

      • लुना जी ले ठिक भन्नु भयो | संमान गर्न नसक्नेले अपमान पनि नगरे हुन् र ? बरु तथस्ट बसे हुन्छ नि |

  10. गोठालेको आत्माले शान्ति पाओस ,हार्दिक श्रद्दान्जली . नेपाल र नेपाली साहित्यले एउटा राम्रो साहित्यकार गुमायो /

  11. हार्दिक श्रद्धाञ्जलि ! उहा को आत्मा ले शान्ति पाओस

  12. उनका कृतिहरु आम जनतामा पुराउन सक्नु नै उनि प्रति सच्चा श्रदान्जली रहने छ \

  13. हार्दिक श्रद्धाञ्जलि ! उहा को आत्मा ले शान्ति पाओस.

  14. वरिष्ठ साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेमा
    ससम्मानहार्दिक श्रद्धाञ्जलि ! आत्मा ले शान्ति पावोस .

  15. हार्दिक श्रद्धाञ्जलि ! उहा को आत्मा ले शान्ति पाओस.

  16. वरिष्ठ साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेमा
    हार्दिक श्रद्धाञ्जलि ! आत्मा ले शान्ति पावोस

  17. हार्दिक श्रद्धाञ्जलि ! उहा को आत्मा ले शान्ति पाओस.

  18. तिमि जस्ता धेरेई गोठाले चाहियको छ देसमा
    तिमि पनि गयौ छोडेर अर्को लोकमा
    तिमि मरेर पनि जिउदा छोउ गोठाले
    म बाचेर पनि मरेको छु
    तिम्रो सरिर त मरोहोला तिम्रो रचना आजपनि बाँचेको छ र भोलि पनि
    अरुत के दिन सक्छु गोठाले
    अन्तिम पल्ट श्रद्धाञ्जलिः

  19. केटा केटि छदा उहाको , कथाहरु खुब पढिन्थ्यो| तेसैले उहा प्रति सम्मान ब्यक्त गर्दै हार्दिक श्रद्दान्जली |

Comments are closed.