मुद्दा नं. १६६: पारस गिरफ्तार

राजतन्त्र समर्थकहरुले ‘१६ मिनेट मात्र पक्रेर देखाऊ सरकारले’ भनेर चर्का कुरा गरिरहेका बेला पूर्व युवराज पारस शाह आज जीवन मै पहिलो पल्ट गिरफ्तार भएका छन्। ज्यान मार्न खोजेको भन्दै चितवनको जिल्ला प्रहरी कार्यालयमा मुद्दा नम्बर १६६ दर्ता भएपछि उनीविरुद्ध पक्राउ पूर्जी आजै जारी भएको थियो। पक्राउ पूर्जी जारी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासमेतको उपस्थितिमा पारस बसेको पोखराको फूलबारी रिसोर्टलाई घेरा हाली नियन्त्रणमा लिइएको थियो।

पारससित गोलीकान्ड बारे गण्डकी प्रहरी प्रमुख केशव अधिकारी र कास्की प्रमुख पुस्कर कार्कीले रिसोर्टमै प्रारम्भिक बयान लिएका थिए। अब उनलाई घटना भएको जिल्ला चितवनतिर लगिँदैछ।

पारसलाई सुरुमा उनकै गाडीमा राखेर चितवन लगिने भनिए पनि पारसले स्वास्थ्यको कारण हेलिकप्टरमा जान पाउँ भनेर माग राखे पछि उनलाई हेलिकप्टरमा राखेर चितवन लगिने भएको छ। हेलिकप्टरको व्यवस्था पारस आफैले गरेका रहेछन्। चितवनमा फेरि उनीसँग बयान लिइनेछ। त्यसपछि उनी हिरासत मै रहने छन्। उनलाई कहाँ राखिने भन्ने निश्चित नभए पनि प्रहरीको भरतपुरस्थित तालिम केन्द्रमा हिरासतमा राख्‍ने अनुमान गरिएको छ।

के कारबाही हुन्छ पारसलाई ?
राष्ट्रियताको कार्ड फ्याँकेर मैले गोली चलाएकै हो भनी वक्तव्य निकालेर पारस बचेका हैन फँसेका छन्। उनले हतियार राख्‍ने लाइसेन्स लिएका छैनन्। त्यसैले अवैध हतियार राखेकोमा उनलाई सीधै कारबाही हुनसक्छ। ज्यान मार्ने गरी गोली चलाएको भन्ने अर्को मुद्दा उनीविरुद्ध पर्न सक्छ। तर त्यसका लागि साक्षी प्रमाणहरुको के कस्तो भूमिका हुन्छ, त्यो हेर्नुपर्ने हुन्छ। प्रवीण गुरुङलाई गाडीले हानेर मार्दा अर्कै नक्कली ड्राइभर खडा गरिए जस्तो साक्षी प्रमाणहरुलाई उनको विरुद्धमा बयान नदिने बनाउन सकियो भने पारसलाई कारबाही नहुन सक्छ।

गोली चलाएको हुँ भनेर पारसले आफ्नै मुखबाट कहीँ बोलेका छैनन्। एउटा उनको नाममा आएको भनेको वक्तव्य उनको नाम मात्र राखी हस्ताक्षर बिना आएको थियो। त्यसैले उनले बयान फेर्न सक्ने संभावना छैन भन्न सकिन्न।

जे होस्, आफूले जे गर्दा पनि जसो गर्दा पनि प्रश्न उठाउने कोही नभएको राजतन्त्रतात्मक व्यवस्थाको बानी भएका पारसलाई अब मुद्दामामिला, बयान आदि जस्ता झण्झटहरुको सामना गर्नुपर्ने भएको छ। यसले उनी जिम्मेवार नागरिक हुनमा सहयोग पुगोस् !

साथमा नेपाली काँग्रेस लगायत अरु दलहरुले जिम्मेवार भएर सोच्नुपर्ने कुरा- के पारसले सुजाताका ज्वाइँ बाहेक रामबहादुर वा श्यामबहादुर वा त्यो रिसोर्टका कुनै कर्मचारीमाथि त्यसरी पेस्तोल ताकेको भए यत्तिकै छिटो कारबाही प्रक्रिया अघि बढ्थ्यो त ? कानुन सबका लागि समान् हुन्छ भन्ने चेत दलहरुमा र त्यसका नेताहरुमा पनि पलाओस्- यो पनि कामना !

99 Comments

  1. पारस त ठिकै थियो तर रुयेल त म वन्द पनि खतम रहेछ ने यार.तेस्लाई s.l.c. मा फेल गरि दिनु पर्ने हो नी.

  2. I think the reason behind korila family marring the other nationally people beside nepali is that they are afraid if the nepali person might know how much they are betraying Nepal and Sellling nepal to india

  3. कसैको (बिदेशी) दबाबमा पारसलाई कारवाही गर्न जादैछ जस्तो लाग्यो यो सरकार
    दालमा केहि कालो छ जस्तो लाग्यो मलाइ .

  4. सबै नाटक हो केहि हुनेवाल्ला छैन , भोलि मई संसार मा news आउछ पारस जी रिहा हुनुभो …..यहाँ सबैजाना बकवास गरेर केहि हुने वाला छैन ….जे होस् नेपालको

  5. ओरालो लागेको मृगलाई बाच्छाले पनि खेदछ भनेको यहि हो । किनभने महिना दिन भएको छैन माओवादी सभासद बालकृष्ण दाहाललाई ज्यानमार्ने उद्योग गरेको ठहर सहित सर्वोच्चले पक्राउ तथा कार्वाही गर्न आदेश दियो । बर्तमान सरकारका आपूर्तिमन्त्री राजेन्द्र महतोले नागरिकता विषयमा सर्वोच्च अदालतले दिएको आदेश नमान्ने बरु जलाउने भन्दै हिडेका छन् । कृषि राज्यमन्त्री करीमा बेगमले पसा्रमा सिडियोलाई कुटिन त्यसमा पनि केही भएन । सुन्तली धामीको न्याय कता पुग्यो कालिबहादुर खाम कता हराए यी त उदाहरण मात्र हुन । घटिया सरकारको सवैभन्दा घटिया मन्त्री सुजाताको आदेशमा प्रहरीले पारसलाई मात्र पक्रनु निपक्ष होइन । किनभने त्यहाँ पारस मात्रै होइन उसको टवाके बंगाली ज्वाई पनि थियो । उसलाई पनि त निगरानीमा राख्नुपर्छ । होईन र ?

  6. अब बिदेशीहरु ले नेपालको जति खिल्ली उदाए नि हुनेभयो तर नेपालीले तेस्को बिरोध गर्न नहुने भयो. यहि हो नया नेपाल, बिदेशी को गुलाम.

  7. त्यो बंगाली केटो कस्तो फटाहा सासुको आडमा जे मन लाग्यो बोल्ने !
    खराब नै सही तर पुर्व युवराजलाई नचिन्ने कुरो हुन्छ त्यसले ? फेरी त्यसको नेपालको गणतन्त्रमा के नै योगदान थियो र पारसले उसँग रिस पोख्यो होला ? त्यसले पक्कै केही न केही असह्य चैं गरेकै हुनु पर्छ | कस्तो हो कांग्रस सभापति पनि सुजाताले भन्दैमा यस्ता झिना मसिना कुरामा क.प्रचण्ड गुहार्न कुद्ने, उजुरै गर्नु थियो त प्रहरीको मा जानु, न्यायालय जानु | त्यो व्यक्ति किन त्यति महत्वपूर्ण भयो जसले गर्दा कांग्रेस आफैंले हतियार प्रेमीको आरोप लाउने माओबादी संग पोल लगाउन गयो? यो घटनालाई राजनीतिकरण गर्नु को अर्थ के ? यदि पारस साधारण व्यक्ति हो भने किन उसलाई सुरक्षा गार्ड? राजतन्त्र फालियो भनेर फुर्ति गर्ने त्यो आँट खै त यी अगुवा राजनीतिक दल अनि तिनीहरुको संविधान अनुसार चल्ने शासन व्यवस्थाको? यो अरु केही हैन आफुहरु पतनको संघारमा भासिन लागेको पूर्वाभाष हो | तिमीहरुले नै गरेको कु-कर्मले जनताले पारसलाई सहानुभूति दिएका हुन् | जे होस्, पारस चैं सुध्रिएकै हो नत्र कसरी त्यो बंगाली सकुशल ?

    पारस पक्राउ पर्नु ठुलो विषय चाहीं अबस्य हैन , बरु उसले कानुनको पालना गर्न स्वीकार गर्यो भन्ने महत्व पूर्ण कुरो हो | ओराली लागेको मृग !!

  8. त्यो बंगाली केटो कस्तो फटाहा सासुको आडमा जे मन लाग्यो बोल्ने !
    खराब नै सही तर पुर्व युवराजलाई नचिन्ने कुरो हुन्छ त्यसले ? फेरी त्यसको नेपालको गणतन्त्रमा के नै योगदान थियो र पारसले उसँग रिस पोख्यो होला ? त्यसले पक्कै केही न केही असह्य चैं गरेकै हुनु पर्छ | कस्तो हो कांग्रस सभापति पनि सुजाताले भन्दैमा यस्ता झिना मसिना कुरामा क.प्रचण्ड गुहार्न कुद्ने, उजुरै गर्नु थियो त प्रहरीको मा जानु, न्यायालय जानु | त्यो व्यक्ति किन त्यति महत्वपूर्ण भयो जसले गर्दा कांग्रेस आफैंले हतियार प्रेमीको आरोप लाउने माओबादी संग पोल लगाउन गयो? यो घटनालाई राजनीतिकरण गर्नु को अर्थ के ? यदि पारस साधारण व्यक्ति हो भने किन उसलाई सुरक्षा गार्ड? राजतन्त्र फालियो भनेर फुर्ति गर्ने त्यो आँट खै त यी अगुवा राजनीतिक दल अनि तिनीहरुको संविधान अनुसार चल्ने शासन व्यवस्थाको? यो अरु केही हैन आफुहरु पतनको संघारमा भासिन लागेको पूर्वाभाष हो | तिमीहरुले नै गरेको कु-कर्मले जनताले पारसलाई सहानुभूति दिएका हुन् | जे होस्, पारस चैं सुध्रिएकै हो नत्र कसरी त्यो बंगाली सकुशल ?

    पारस पक्राउ पर्नु ठुलो विषय चाहीं अबस्य हैन , बरु उसले कानुनको पालना गर्न स्वीकार गर्यो भन्ने महत्व पूर्ण कुरो हो | ओराली लागेको मृग…

  9. राजतन्त्र जिन्दाबाद, कोइराला तन्त्र मुर्दाबाद!!!
    अब देश बचाउने एउटी मात्र उपाए छ , हाम्रो देश को leader भनौदा नेता हरुले देश चलाउनु मा आफ्नो हार स्वीकार गरेर पछि सर्नु पर्छ र राजतन्त्र फिर्ता ल्याएर देश को पहिचान र इज्जत फिर्ता ल्याउनु पर्छ. तेस्तै अफ्ठ्यारो भए BABY KING को उपाए भए नि अपनाउनु पर्छ.

    • राजतन्त्रको पक्षेमा ओकालत गर्नेको मुखमा किरा परोस |

      • गेलुवारेजी/
        हुनत म राजतन्त्रको समर्थक होयिन तापनि यति कुरा मान्छु कि हाम्रो देस राजतन्त्र नमन्नेहरुको मात्रै होयिन राजतन्त्र मान्नेहरुको पनि हो/ “राजतन्त्र मान्नेहरुको मुखमा किरा परोस” भनि शराप्न नेपाली नै हुनु भएको भए तपाईं लाई लाज लग्नु पर्ने थियो/

        गेलुवारी जी नेपालको राजतन्त्रको अन्त भएको कारण नेपालीकै चाहनाले मात्रै भएको थिएनन्/ नेपालको राजतन्त्रको बिरुद्ध षड्यन्त्र “बिरेन्द्र र राजीव गान्धीको राजनैतिक टक्कर” भए देखिने सुरु भएको हो/ बिरेन्द्रको हत्याकाण्ड भएकोमा जनाक्रोश ठम ठम्याउन मात्रै ज्ञानेन्द्रलाई राजा बनाईएको थियो/ ज्ञानेन्द्र नेपालको मात्र “तस्विरे” राजा थिए/

        ” राजदरवार हत्याकाण्ड र तस्विरे राजा ज्ञानेन्द्रको तस्विर नारायन हितिमा तांगिनु र उतारिनु सबै षड्यन्त्रकै परिच्छेदहरु हुन् र ती परिच्छेदहरु नेपाल भित्र लेखिएको थिएनन्/ भारतमा लेखिएको थियो भनेर स्वयम गिरिजाले आफ्नो आत्मकथामा लेखेर गएको छ भनि गिरिजाकै सहोदर चक्र प्रशाद बास्तोलाले भनेकोछ/

        “सबै नेपालीले राजतन्त्रलाई सर्प्दैनन तर सबै भारतीय हैकमबादको समर्थकहरुले सराप्छन” / नेपालको राजतन्त्र अरु कुराहरुमा आलोचित भए पनि भारत बात नेपाल जोगाई राख्ने कुरामा नेपालको राजतन्त्रको भूमिका सराहनिये छन्/

        पारश व्यक्ति ठिक छैन; यो कुरामा बिबाद छैन/ उसले कानुन तोडे; पहिला बचे यसपाली बचेनन/ तर यो कुराले मात्रै नेपालमा कानुनि राज भएको देखाउन्दैन/ ज्यान मारेको अभियोग लागेर तारिख बोक्दै आएको अपराधीहरुले पहिला पनि सिंह दरवार समेत चलाई आएको थियो आज पनि चलाई आएको छ/ तिनीहरुलाई कार्यबाही गरेको खै?

        पारश राजतन्त्रको अवशेष भएको कारण आज सबै राजनैतिक दलहरुको साझा सत्रु हुन् तेसैले पक्राउ परे/ पारश आज यी कुनै दलको नेता भई दिएको भए के कार्यबाही हुने थियो?

        पारस अपराध गरेर बिहार भागेनन/ यो कुरा आजको अपराधि नेताहरुको लागि ठुलो व्यंग भएकोछ/ अपराध गरेको प्रमाणित भएमा पारशले सजाय भोगुन/ तर अपराधिलाई सजाए दिने व्यक्तिको हुने हो; न्यायधिस बा नेता? पारशको अपराध प्रमाणित गर्ने आधार कानुन हुने हो बा निर्देशन बमोजिम; मूल प्रश्नहरु यिनै हुन्? ?

        बिगतमा कतिपय यस्तै कुराहरुमा कसैको निर्देशनलाई “फैसला” को नाम दिईएको अनुभूति धेरैले गरेकोछ/ यसपाली एस्तो नहोस/ पारस को मुद्दा मात्रै होयिन मंदिखातार को “चार दिवार भित्रको” अपराधिक संजालको पनि छानबिन होस् र दोसी माथि कार्यबाही होस्/

        • मदन जी , कानुनत नेपाल गणतन्त्रात्मक देश हो | परिवर्तन सहिय नहुनेले राजतन्त्र संगै सति गए हुन्छ |

  10. अब पारस ले सुजाताको सुपारी दिने होला…ठयाक्कै हिन्दी फिल्म Style भयो यार मित्र हरु….

    • ल्वांग, सुपारी, सुकुमेल, जे सुकै देओश न, कानून को पालना हुनु पर्यो|

  11. सुशील बुड़ो मर्ने बेला आराम नगरेर यता उता किन गर्छस, घर बाट बाहिर नजानु धेरै जाडो छ जाडोले लैजाला नि l

  12. देश मा पारस ले हवाई फायर गर्दा एती धेरै इस्सु बन्यो , धेरै राम्रो काम गरेछ | अब “करिमा बेगम” को कहिले पालोनी? सबै लाई कानुन लाग्छ कि लाग्दैन कि क्या हो? .
    . नगरेमा गृह मन्त्रि ले करिना बेगम बाट पैसा खाएको बुझिन्छ |

  13. रूबेल लाई पनि समात्नु पर्ने !! जाड खाएर झगडा गर्ने दुबे पक्ष्य लाई समात्नु पर्ने हो नि !! परस लाई मात्र किन समतेछ!! जवाफ पाऊ

  14. पारस गोलीकान्डको ‘पिपली लाइभ’
    Tuesday, 14 December 2010 13:04 ऋषिकेश दाहाल
    Nagariknews

    • संविधान निर्माण र सरकार बनाउने विषयमा समेत सहमति जुटाउन नसकेका कङ्ग्रेस नेता सुशील कोइराला माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा हान्निएर पुगे। उद्देश्य कङ्ग्रेस नेतृ सुजाताको ज्वाँईलाई गोली ताक्ने पूर्व युवराज पारसलाई कारबाही गर्ने विषयमा सहमति जुटाउन। पारसलाई कारबाही गर्न सहमति जुटाउन यति सक्रिय रहेका कोइराला कहिल्यै पनि कुटाई अथवा गोली नै खाएर मारिएका कङ्ग्रेस कार्यकर्ताको बारे छलफल गर्न यसरी हतारिएनन्। कार्यकर्ता मारिने र कुटिने क्रम रोकिएन र रोकिएको छैन पनि।
    • कामचलाउ सरकारको क्रान्तिकारी कदम पनि ‘मान्न लायक’ देखिएको छ। सिविर बाहिर निस्केर छातिमा गोली ठोक्ने माओवादी र सार्वजनिक ठाउँमा मत्तहात्तीको व्यवहार देखाउने सेना र प्रहरीलाई कारबाही गर्न तम्तयार नहुने सरकारले पारस काण्डको छानविन गर्न समिति बनाइहाल्यो। चोरी भयो, लुटिएँ, बलत्कृत भएँ, पिटिएँ भन्दै दोषीको किटानी सहित उजुरी दायर गर्नेहरु मुलुकमा छन्। उनीहरुको उजुरीमाथि कानमा तेल हाल्ने सरकारी प्रशासन उजुरी नै नहुँदै गोली काण्डको अनुसन्धानमा जुट्यो।

    • गोली चल्यो। मिडियाका लागि समाचार हुनु स्वभाविक हो। गोली चलाउने पूर्व युवराज पारस शाहा पहिलेदेखि नै विवादमा रहँदै आएका हुन्। यसैकारण पनि मिडियाले उनको यो हर्कतमाथि औला ठड्याए। एक साता अघिमात्रै गोठाटारमा एक सर्वसाधारणले ‘स्वास्नी तर्साउन’ गोली प्रहार गरेका थिए। अखबारका पानामा त्यो समाचार खासै ठूलो बनेन। पारसको गोली र गोठाटारमा भएको हवाई फायरको प्रकृतिमा खासै भिन्नता छैन।

    बन्दुकको नालबाट निस्केको गोलीले कसैको पनि ओहदा चिनेर निसाना तोक्दैन। मृत्युको मोल पनि मानिसपिच्छे फरक हुन सक्दैन। मृत्यु आखिर मृत्यु हो। तर, समाचार सबै मृत्यु र सबै गोलीमाथि समान हुन सक्दैन। राजतन्त्र अन्त्य भएको समय धेरै नभइसकेको अवस्थामा राम्रो या नराम्रो दुबै कारणले पारस एक किसिमको ‘सेलिव्रिटी’ हुन्। उनले गरेको अपराध दण्डनीय छ। प्रहरी प्रशासनले उनलाई गोली चलाएको आरोपमा कुनै पनि समय पक्रन सक्ने अधिकार राख्छ।

    यहाँ पारसले गोली चलाउनु ठिक या वेठिकको वहस गर्न खोजिएको होइन। राज्यले यो विषयलाई जति प्राथमिकता दियो त्यो कति हदसम्म सही हो भन्नेमात्र हो। उपप्रधानमन्त्री सुजाता कोइरालाको ज्वाँईका विरुद्ध हावामा गोली नचलाई कुनै सर्वसाधारण विरुद्ध गोली चलाएको भए के यत्तिकै महत्त्वका साथ दलहरु वैठक बसेर पारसको कारबाहीका लागि योजना बनाउँथे ?
    दुई साता वितेको छैन – राजधानीमा ट्याक्सी चालकहरुले मनोमानी मूल्यमा ट्याक्सी चलाउन पाउनुपर्छ भनेर हड्ताल गरे। राजधानी ठप्प भयो। कसैले आकाशमा चलाएको गोली भन्दा बढ्ता प्रभाव पार्‍यो यो घटनाले। एक किसिमको ‘संगठित अपराध’ घट्दा मुलुकका ठूलादेखि साना कुनै पनि नेताले मुख खोलेनन्। न कुनै छलफल भयो यो अपराध रोक्न। ‘अब बलात्कारीहरुले कुन दिन जुलुस निकालेर बलात्कार गर्न पाउनुपर्छ भन्दै जुलुस निकाल्छन,’ ट्याक्सी आन्दोलनबाट पीडितले सुनाउँदै थिए।
    मुलुककै पूरानो विश्वविद्यालयले स्नातक तहको परीक्षा लिइरहँदा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको अधिवेशन पर्‍यो। अधिवेशनले परीक्षा नै रोकियो। त्रिविको शैक्षिक क्यालेन्डर नै विग्रने गरी भएको यो ‘अपराध’का पीडितको संख्या चितवनको जंगलभित्र आकाशमा गरिएको गोली सुन्नेभन्दा धेरै बढी थियो। न त दलका नेता यसमा बोले न त कुनै छलफल नै भयो।

    कुनै पनि अपराधीलाई सुरक्षाकर्मीभन्दा बढी डर उ जस्तै अपराध गर्नेबाट हुने गर्छ। सायद यही कुरा लागू हुन्छ नेपाली राजनीतिमा। संविधान सभाको चुनावपछि नेपालका राजनीतिक दलहरुमा देखिएको धेरैखाले प्रवृत्तिलाई जनताले ‘अपराध’ भन्दा फरक मानेका छैनन्। पारसले हावामा गोली हानेर अपराध गरेका छन् भने पारसविरुद्ध अभियानमा जुटेका नेताहरु कुनै पनि दृष्टिकोणले ‘चोखा’ छैनन्। पारसविरुद्ध संविधान बनाउने देखि सरकार निर्माणमा सहमति जुटाउनेसम्मका सबै कुरा छाडेर लागेका नेताहरु सर्पको पुच्छर देख्‍ने सर्पभन्दा फरक रहेनन्।

  15. पाजी नेताहो सक्छौ भने मावोवादिका ज्यानमार नेताहरुलाई पनि कारवाही गर | लुटेका सम्पति फिर्ता गर | यसरीनै सर्बसाधारण जनतालाई पनि सुरछ्या गर | पारसलाई कारवाही गर्दैमा देस बन्छ ? सबभन्दा पहिला ६०१ जना सवासद्लाई कारवाही गर्नुपर्छ देसको सम्पति सकेर देशलाई बर्बाद बनाउने यिनै चोर नेताहरु हुन् |

  16. बल्ल राजनीति गर्ने मान्छेको टाउकोमा बुद्धि आएछ, बल्ल काँग्रेस ले राजतन्त्र फर्कने बलियो सुत्र पाएछ, धन्य छ काँग्रेस र पुच्छर हरुलाई , अब बल्ल देशमा क्रान्त्रिको आगो बल्छ , यो आगो ले सबै भ्रस्ट दलका नेता र चम्चा हरुलाई जिउदै बाल्छ ,
    पारसले सत्य कुरा बोलेको छ, गल्ति भयको छ तर जे बोलेको छ सत्य छ , एस्तो सत्य बोल्ने भ्रस्टनेताहरुमा हिम्मत छ, अहिले सम्म कोहि भ्रस्टनेताले मैले घुष खाएको छु भन्ने आट गर्न सक्छ? अबस्ये सक्दैन किन कि कसैले पनि नेपाल आमा को दुध चुसेको छैन, घ्रिडा छ यस्ता कुपुत हरुदेखी, राष्ट्र प्रेमी साथी भाइहरु लडौ अनायको बिरुद्ध, एक जुट हौ सबै, online kalam uthauo

  17. ओरालो लागेको मिर्गलाई बाछाले खेद्छ भन्या येही हो . झारे कुजाताले पारसलाई गिरफ्तार गरि रे … लोल

    • ओरालो होइन अब राजतन्त्र उकालो लाग्ने छ यो त यौता लहरा हो एस्लाई समातेर सम्पूर्ण रास्त्रबादीहरुले चोर फटाहा नेता हरु लै कसै लगुना पर्छा !!

  18. पारस शाह पनि दबंग फिल्मको हिरो चुलबुल पाण्डे जस्तै देखिन्छ र रिस पनि त्यस्तै रहेछ। भिलेनहरु पनि सबै उस्तैछन /
    तर एउटा कुरा आब नेपालमा पारश ले केहि गडबडी गर्ला जस्तोक छ है नेता हरु हो तिमीहरु सहमति मात्रै भनेर ४ – ५ वर्ष बितैसक्येउ अब पारश ले दरबार काण्ड style मा सस्पेन्स बनैदेला होस् गर ..बरु भोलि बाट नै सहमति गरेर संबिधान बनाउन तिर लाग /एदी संबिधान सम्म बनायेउ भने जनताले त साथ देलान नि नत्र जनता बाट पनि लखेटिने
    अनी पारस को राजतन्त्र गएको झोक मा पनि पर्ने //अब नेता चोर हरु डराए सब कट्टु मा मुत्न थालेका छन् …/
    जिन्दगि भरि पक्राउ नपरेको घाइते बाग लाई सुजाता एंड कम्पनी को दबाब ले जनतालाई आखामा छारो हाल्ने काम गरेको छ गृहमन्त्री रावल ले तर तेस्लाई अजबता निन्द्रा लाग्दैन कहिले पारस ले मर्ने हो भनेर …. अब गोमन सप ले दाउ राखे जस्तो गरेर कुन कुन लाई पारसले सिकार बनउने हो छिट्टै हेर्न पाए हुन्थो . …….

    नेता हरु सबै भारतीय टट्टू हरु हुन् .. गुण्डा नै भए पनि पारस भने खाट्टी नेपाली माया भएको तानासाह हो /// अब बिदेशी को इसारामा चलेर देशलाई यौटा प्रधानमन्त्री सम्म दिन नसक्ने लुते नेता भन्दा तानासाह भए पनि यदी देसको भलो गर्छ भने पारस लाई नै समर्थन गर्नु पर्ला जस्तो नेपाली को मन मा लागेको छ … बाहिर भन्न मात्र बाकी हो …. येसो गरे कसो होला ?

  19. पारस ले हवाई फायर गर्दा एती धेरै इस्सु बन्ने देश मा “करिमा बेगम” लाई कानुन लाग्दैन कि क्या हो?

  20. नेपाल सरकार ले जे गरेको छ, एकदमै ठिक गरेको छ अब पनि पारस को हैकम चल्दैन, पारस ले गल्ति गरेको हो भने कानुन अनुसार सजाए पाउनै पर्छ. सबै जनता ले सुरछित महसुस गर्न पाउनु पर्छ

  21. ऋषि धमला जस्तो आतंककारीको मुद्धा फिर्ता लिने नालाएक र दलाल सरकारले पारस शाह लाइ मुद्दा हाल्ने कुनै अधिकार छैन | एसको अर्थ मैले पारस को समर्थन गरेको हैन तर दलाल हरुको बिरोध गरेको हो |

  22. नेपालको कानुन दैबले जानुन भनेको यहो होl कानुनको aakhama पट्टि लगाएर अन्धा कानुन हुन भएनl पारसको बदला लिन पाएको अवसर पारेर बिरोध गरेको देखियो lपारसको गल्ति छ l तर पारसले गल्ति गरेपनि केहि गल्तिलाई स्वीकार गरिसकेको गल्ति गरेर पारस फरार भएर भागेको छैन् l कानुन अनुसार पक्रेर पनि आएका छन् l तर माउबादी जनसेना YCL बात कति सबसधारनाको हत्या गरेर अपराधी खुलम खुल्ला संग हिडी राखेको छ l तिनीहरुको विरुद्धमा अदालतमा मुद्दा दर्ता गरि पुलिस पुर्जी काटी सकेपनि पनि तिनीहरु माथि कुनै अहिले सम्म पक्राउ गरेको छैएन l
    औइता बंगालीको कुरामा आएर पारसलाई कानुन भन्दा बाहिर सेना समेत लगाउने नेपाल सरकार विरुद्ध मानब अधिकारले पनि बिरोध garn sakne bato नेपाल सरकारले बनाएका छ l नेपाल सरकारले अहिले आफ्नै khutta बन्चरो हानेका छ l सेना भनेको रक्षा मन्त्रलय मातहतमा पर्छ l भोलि पारसले पनि माउबादीले मारेका हत्यारालाई पक्राउ गर्दैएन् l usalai matra किन गरेको pkraau गरेको sodhe के नेपाल सरकारले जवाफ दिने ? यसबाट यो ¨प्रस्ट हुन्छकि नेपालमा दुइ तरिका को कानुन छ l जो संग बल सक्ति छ तएसलाई कुनै कानुन नलाग्ने l जो भिरबात खस्न लागेको बाछालाई कानुन LAGaYER तुरुन्तै पक्रने l हाटहतियार बिना LIcence को मामलामा पनि प्रचण्ड देखि कतिपय नेताको घरमा गोदाम कै हाटहतियार भण्डार खाना छ l के तिनीहरुले नेपाल सरकार संग licence liyeko छ ? जनसेना YCL का गुण्डाहरु हतियार नचाई हिड्दा मार्दा पक्ररौ हुदैएन् l अरुलाइ khoi pakreko ? नेपाल सरकारले chaheko khand मा pkraan sakdo rahechh . sambhidhan bhavan bhitra brifkes todne khoi pakreko ?

  23. संविधान निर्माण र सरकार बनाउने विषयमा समेत सहमति जुटाउन नसकेका कङ्ग्रेस नेता सुशील कोइराला माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा हान्निएर पुगे। उद्देश्य कङ्ग्रेस नेतृ सुजाताको ज्वाँईलाई गोली ताक्ने पूर्व युवराज पारसलाई कारबाही गर्ने विषयमा सहमति जुटाउन। पारसलाई कारबाही गर्न सहमति जुटाउन यति सक्रिय रहेका कोइराला कहिल्यै पनि कुटाई अथवा गोली नै खाएर मारिएका कङ्ग्रेस कार्यकर्ताको बारे छलफल गर्न यसरी हतारिएनन्। कार्यकर्ता मारिने र कुटिने क्रम रोकिएन र रोकिएको छैन पनि
    कामचलाउ सरकारको क्रान्तिकारी कदम पनि ‘मान्न लायक’ देखिएको छ। सिविर बाहिर निस्केर छातिमा गोली ठोक्ने माओवादी र सार्वजनिक ठाउँमा मत्तहात्तीको व्यवहार देखाउने सेना र प्रहरीलाई कारबाही गर्न तम्तयार नहुने सरकारले पारस काण्डको छानविन गर्न समिति बनाइहाल्यो। चोरी भयो, लुटिएँ, बलत्कृत भएँ, पिटिएँ भन्दै दोषीको किटानी सहित उजुरी दायर गर्नेहरु मुलुकमा छन्। उनीहरुको उजुरीमाथि कानमा तेल हाल्ने सरकारी प्रशासन उजुरी नै नहुँदै गोली काण्डको अनुसन्धानमा जुट्यो।
    बन्दुकको नालबाट निस्केको गोलीले कसैको पनि ओहदा चिनेर निसाना तोक्दैन। मृत्युको मोल पनि मानिसपिच्छे फरक हुन सक्दैन। मृत्यु आखिर मृत्यु हो। तर, समाचार सबै मृत्यु र सबै गोलीमाथि समान हुन सक्दैन। यहाँ पारसले गोली चलाउनु ठिक या वेठिकको वहस गर्न खोजिएको होइन। राज्यले यो विषयलाई जति प्राथमिकता दियो त्यो कति हदसम्म सही हो भन्नेमात्र हो। उपप्रधानमन्त्री सुजाता कोइरालाको ज्वाँईका विरुद्ध हावामा गोली नचलाई कुनै सर्वसाधारण विरुद्ध गोली चलाएको भए के यत्तिकै महत्त्वका साथ दलहरु वैठक बसेर पारसको कारबाहीका लागि योजना बनाउँथे ?
    कुनै पनि अपराधीलाई सुरक्षाकर्मीभन्दा बढी डर उ जस्तै अपराध गर्नेबाट हुने गर्छ। सायद यही कुरा लागू हुन्छ नेपाली राजनीतिमा। संविधान सभाको चुनावपछि नेपालका राजनीतिक दलहरुमा देखिएको धेरैखाले प्रवृत्तिलाई जनताले ‘अपराध’ भन्दा फरक मानेका छैनन्। पारसले हावामा गोली हानेर अपराध गरेका छन् भने पारसविरुद्ध अभियानमा जुटेका नेताहरु कुनै पनि दृष्टिकोणले ‘चोखा’ छैनन्। पारसविरुद्ध संविधान बनाउने देखि सरकार निर्माणमा सहमति जुटाउनेसम्मका सबै कुरा छाडेर लागेका नेताहरु सर्पको पुच्छर देख्‍ने सर्पभन्दा फरक रहेनन्।
    कानून पैसा र पावर को भरमा नलागोस कानुन मर्यादित हुदै सबैलाई बराबर होस् रुबिन चौधरी माथि गोलि चल्दा जसरि प्रशासन अपराध नियन्त्रण मा जुट्यो यो क्रम कोहि रुबिन बहादुर या राम श्याम या हर्के सबै माथि अन्याय पर्दा समान रुप मा लागोस
    जय नेपाल !!

      • सगर जी
        ‘चोर्नु भएको हो” जस्तो भन्नु ठिक लागेंन/ कसैले गरेको उचित कुरालाई जस्ताको तस्तै पुन कसैले लेख्नु “चोर्नु होयिन” बरु त्यो कुरामा सहमत हुनु हो/ तपाईं ले दिन भरि बोल्ने सब्द तथा बाक्यहरु पनि पहिला कसैले बोलेकै सन्द र बाक्यहरु हुन्/

    • आर्का को लेख चोरेर अपराध त गर्नु भएन नि JPT प्रसाद जी? सायद आफ्नो नाम पनि कतै बाट चोर्नु भएको जस्तो लगेर JPT भनेको हु.

  24. भारतीय राजदुतको कर्मचारीले नेपालको सांसद लाई मर्ने धम्कि दिंदा सिन्को नभाच्ने अनि विदेशीले नेपाल को बारेमा हेपेर गरको कुरालाई प्रतिबाद गर्दा राजनीतिक रङ्ग चढाउने, खै सुद अनि त्यो इन्डियन राजदुताबास को कर्मचारी लाई कारबाही गरेको

  25. my संसार क पाठक हरु धेरै जसो राजाबादी रहेछन है, मित्रहरु!

    • राजाबादी होइन राजतन्त्र बादी / रास्त्रबादी हो, तेही राजतन्त उन्मुलन हुन लाग्दा यो my sansar गणतन्त्र मय भएको धेरै भएको छैन, अहिले पूर्व राज्संथा ले रास्तियाताको पक्ष् धर को प्रतिनिधित्व गरिरहेका छन् अनि नेपालीहरु एक हुननसकेपनि रास्त्रियाताको बारेमा सचेत छन् , यो तेसैको प्रमाण हो, अब मात्र कमल थापा जस्ताको दरो नेतृत्वको खाँचो छ

    • राजाबादी हैन साथि राष्ट्रबादी छन् माइसंसार का मित्रहरु!

  26. सासु (परराष्ट्रमन्त्री) आडमा बंगलादेशीलाई पासपोर्ट बेचेर भ्रस्टाचार गर्नेलाई कारवाही कसले गर्न सक्छा? कोहि छ हिम्मत हुने नेपाली? पारस बाहेक

  27. यो एउटा पक्षपात पनि हो, पारस निरिह भएको अवस्थाको फायेदा लिएका हुन् नेताले. बिना इजाजत हजारौ हतियार माओबादी लगाएतले बोकेर हिडेका छन्, गोलि ठोकेर हत्या गरेका छन्. आज परको केशमा बोल्ने पत्रकार, नेता, पुलिस, प्रशासनले, खोइ बोलेको खोइ कारबाही गरेको.

    दिन सबैको ऑउछ!

    • बिना लाइसेन्सका हतियार बोक्ने माओबादीलाई कारबाही भएको छ?
      छैन भने एउटा देशमा दुइ थरि कानुन हुन्छ?
      कि यौ देशमा दुइ थरि जनता छन् र तिनीहरुक लागि कानुन पनि बेग्ला-बेग्लै छ?
      लाग्छ यो देशमा नया शाही-खानदानको उदय भएको छ:
      सुजाता नब-राजकुमारी र पारस चाही रैती भएका छन्
      अब, करिमा बेगम लगायतका ३ जना मन्त्रिहरु (जसले राष्ट्र सेबकहरुलाई मुक्का हान्ने र बेइज्जत गरेर पनि कानुनी छुट पाएका थिए) कुन वर्गमा पर्छन थाहा भएन – कसैलाई थाहा छ कि?

  28. यो त कोईराला र शाहा को लडाई हो, यसमा यो लेखहरु पढ्दा त दुबैजान नै दोषी हुन तर यस्तै बक्तब्य बाट, भनसुन बाट पारसलाई गिरफ्तार गर्नु रुवेल लाई चाहिन धेरै सुरक्षा दिनु अलिकति भएना जस्तो छ, यस्तै उजुरिले हुने भए त कतिले प्रहरीकोमा, नेताकोमा, सरकारकोमा, मन्त्रिहरुकोमा,उजुरी गरे , अनि सिमानामा दुख पाएकाले झनै कतिमात्र विन्ति उजुरी गरेनन् खै सुनेका गृहमन्त्रिले, दलका नेताले, मन्त्रिहरुले सुनेका यो त खाली फोन को भरमा भएको छ जे जे गरे पनि भए पनि यो त नेपाली जनतालाई त “बेल पाक्दा कागलाई हर्ष न वर्ष” भए जस्तो मात्र हुने छ। यहाँ त “साँडेको जधाई” मात्र हो यस साँडेको जुधाईमा कति बाछाको मिचाई हुनेहो अब हेर्न बाँकी छ……….

  29. कागलाई (((काग र जनतामा के फरक छ र नेपालमा ?)))- बेल पाक्यो हर्ष न बिस्मत !
    धमिलो पानीमा माछा मारेर खान पल्केकाहरूलाई खिचडी भयो । लुट चोर हो लुट !! सत्ता र देशको ढिकुटी तिमीहरुकै अपुतालीमा परिहाल्यो ।
    जनता टुलुटुलु पापा हेरेर बस्ने त होला नि होइन ?

  30. कानून न मान्नेलाई सजाए हुनै पर्छ त्यो ठीक कुरा हो तर ओरालो लागेको पारस्लाई लाई सबै दल हरु मिलेर त्यसरी खेदो खन्नु राम्रो होईन । नेपालमा खुलेआम सर्वसाधरानलाई हत्या गर्ने मान्छे हरु कुनै दल्को सदस्य भएकैमा सानले खुले आम हिंड्ने गरेका छन । दल का नेता वा कार्यकर्ताले जे गरे पनि भाको छ । खै त कसलाई नै कार्वाई भाको छ । तेसैले नियम सबै लागु गर्नु पर्छ । दन्द हिन्ता को अन्त हुनुपर्छ । दलगत रिस को आधार्मा कसै माथि यसरी खनिनु हुँदैन । यो कुरा जनताले राम्ररी बुजेका छन । जनताको लागि काम नगर्ने नेताअहरु सबैलाई खबर्दार । तिमीहरुका नाटक अब धेरै हेर्ने वाला छैनन अब जनता ले । जय नेपाल्!!!

  31. यो के सुन्नु परेको नि, हाम्रो देशमा, अब हतियार को लाइसेन्स छैन भनेर पारस लै मुद्दा लाग्ने रे, फेरी गोलि प्रहर गरेको भनेर गिरफ्तार गरे रे, एकपटक पछाडी फर्केर हेरौ त, के माओ बादीहरुले लाइसेन्स लिएर नै लडेका थए त, के फोरम भनौदाहरुले सरकारको लाइसेन्स लिएरनै पटक पटक हलचल मचएका थिए त्, क गर्नु जे पनि हुन्छा यहा, तेत्र मान्छे मरे त हाम्रो देशमा, चाहे ति माओ बादीहरुले मरेका हुन्, चाहे सरकारले मरेका हुन्, अब सबभन्दा पहिले त् ति हत्यारा हरुलाई पो कारबाही गर्नु पर्यो नि ! फेरी अब ति त राष्ट्र र जनताका लागि पो लडेका थिए भन्न बेर लाउदैनन्, धन्य छ हाम्रो देश, पारस गलत भएता पनि, सहशिलो रहेछ, गिरफ्तार हुनबाट त् भागेना नि, ,,,, सम्भिधन को क न्जनेकहरुले सम्भिधन बनाए, अब कानुन को क नजनेकहरुले नया कानुन बनाउनु पर्छ हाम्रो देशमा, धन्येबाद

  32. मान्छे अनुसार कानुन नि फरक फरक लाग्ने नेपाल मा खोइ कसलाई के भन्नु ..अब पारस ले गल्ति त गरेकै हुन् …….तर कानुन को कुरा गर्दै उन लै पक्रन आदेश दिने सरकार का मान्छे हरु ले आफु ले चै कत्तिको कानुन मानेका छन् तेस्को नि विचार गरि दिए हुन्थ्यो………नत्र त जसको शक्ति उसैको भक्ति भने जस्तो बहि गो नि………….

  33. पारश ले पनि कानूनी राज्य भनेको के रहेछ भन्ने ज्ञान पाउने भए. साथै नेपालमा कानून पालना नहुनु को कारण चाहिं नेताहरुको चाहना नै नभएको कारण रहेछ भन्ने कुरा चाहिं स्पष्ट भयो. सबै साना ठुला अपराधीहरु नेताज्यू हरु कै कृपाले खुलमखुल्ला हुन सकेका रहेछन.नत्र पारश लाई नियन्त्रणमा लिन सक्ने प्रहरी प्रशासनले बब्बर सिंह, कालीबहादुर खाम लाइ नियन्त्रणमा लिन कति नै गारो हुन्थ्यो होला र?

  34. पारसलाइ पुलिसले पक्राउ गर्यो यो खबर सुन्दा अचम्म लाग्यो,यदी पारसले गल्ति गरेको हो भने हदै सम्मको सजाए हुनु पर्छ. तर यो तितान्ता बक्तिगत कुरा हो यसमा राजनीतिक दलहरु अगाडी बढेर बोल्नु उचित छैन

  35. यो त एक नबोदित युबराज र पुराना युबराज बिचमा भएको अहम र सक्ति उन्माद मात्र हो ,हामीलाई केको टाउको दुखाइ .

  36. यो त एक नया युबराज र पुराना युबराज बिचमा भएको अहम को प्रतिफल मात्र हो . नया युबराज साहेबको चुरुफुरी पनि पारस भन्दा माथि पुगेछानी .

  37. ल ल बधाई छ हाम्रा नेता भानाऊदा गधाहरु लाई । जनताले पसीना र सहीदहरुले रगत बगाएर राजतन्त्र ढाली तिमीहरुलाई सरकार बनाको फाईदा उठाऊ। तिम्रा घरज्वाई लाई गन ताक्नेलाई कारबाही त गर्ने पर्यो नि हैन? तिमीहरूले ३ करोड़ नेपाली जनताको जतिनै रगत चुसे पनी तिमिहरुलाई कसले गर्ने कारबाही…? अनी पारसको पनी दिमाग छैनर होकी अझै पनी कोइरालालको घरज्वाई लाई गन तक्दै हिड्ने साधारण जनतालाई टाकेको भय जनताले जती नै बिरोध गरे पनी न त यी गधाहरुले कारबाही गर्थे, न त मिडियाले नै यत्रो समचार बनाऊथ्यो लाता……….

  38. केरकार मा दरबार हत्या काण्ड को कुरा पनि बाहिर आउन सक्दछ .

  39. त्यो गुण्डा पारसे ,,…..!! व्हिस्कीको नसा मा तिल्ल्ल्लारम … अनि त्यहिँ बजियाले बेहोशीमा गोलि पड्काउने ..! होश मा आए पछि बंगलादेसी ब्रो ले नेपालको बिरुद्द कुरा गर्यो भनेर हामी पत्याउने ?? रक्सि भनेको रक्सि हो. ..! माइसंसार मा पारशेको त्यहिँ गुण्डा को कुरा पत्याउने झुण्ड देख्दा थुक्क भन्न मन लाग्छ! त्यसो भनेर सुजाता महारानीको सप्पोर्ट गर्न खोजेको होइन!! उनि त धमिजा देखि लिएर MRP सम्म बदनाम आइमाई हुन्!

  40. पारस साधारण नेपाली नागरकि भनेर भन्ने……अनि पोखरा बाट चितवन लाउन हेलिकोप्टर चाहिने …हेलिकोप्टर को खर्च पनि नेपाली जनता ले तिर्नु पर्ने त होला नि …साधारण नेपाली नागरकि भनेर किन ढाट्नु ?

  41. पारस ले नराम्रो गरेको त हैन/ सुजाता को जुवाई लै किन पारस संग डिस्कस गर्नु पर्यो त/ कोइराला परिवार ले हो देस मा असान्ती भित्रायको यिनी हरु देस को CANCER हो/ नेपाली केटा जति सब मरिसकेको जस्तो गर्छन/ छोरि,नातिनी जति सब बिदेसी लै दिन्चन, राजतन्त्र को अन्त्य गर्न मा कोइराला परिवार को ठुलो हात छ/

  42. सानो मौका पाउदा बदला लिने बिदेशी दलाल नेता हरु ले यदि राज दर्बार हत्या काण्ड पारसले ले गरेको भए बाकि राख्थ्यो ????????????
    एउटा फटाह बाहुन ले त् पारस ले मार्यो भन्दै ”रक्त कुण्ड ” भन्ने किताब लेखेर थुप्रो पैसा समेत कमायो |पारस को चरित्र राम्रो छैन येस्मा दुइमत छैन ,तर आफ्नै आखा अगाडी घटना घटेको जस्तो गरेर कुर्लने बाजे हरुलाई के भन्नु खै ?
    बाह्र बर्स मा खोला फर्कन्छ भन्छन ,जसरि दिपेन्द्र ले सामुहिक हत्या गरेर देखायो |
    अब उसैको भाइ , बन्दुक गोलि प्रेमी ,अपराधिक इतिहास बोकेको पारस ले पनि कुन दिन मौका पाउना साथ् यो चोर नेता हरुलाई पक्कै ठोक्ने देखेर
    सरकार बनाउन सहमत न भए पनि चोर नेताहरु आफ्नो सुरक्ष्या को लागि सहमत
    भएको देख्न पाइयो |

  43. रुबेल चौधरीज्यु सुजाता जोस्टको ज्वाई भएर समयमा नै सरकारले कारबाही अगाडी बढायो| हामीले सोचौ, यदि रुबेलको ठाउमा सर्बसाधारण नागरिक भएको भए के हाल हुन्थ्यो? पारसलाई कारबाही गर्नु ठिक हो, तर यहाँ नेपालमा कैयौ पारसहरु छन्, तिनीहरुलाई सरकारले कहिले कारबाही गर्छ?

  44. कलि बहादुर खाम लाई चाही लाग्दैन कि के हो कानून | हवाई fire गर्ने मात्र होइन मान्छे मार्नेलाई पनि कारबाही गर्ने कि ?

    • खाम जी त क्रान्तिकारी पर्नु भो नि साथी अनि प्रचण्ड पथ अंगालेको मान्छे कसरि कारबाही मा पर्नु नि?

      • अनि केसु जी तपाइको नेता हरु ले चाही के पथ अंगालेको नि ? ज्वाई पथ ? कि नेपालीले तिरेको कर झ्वई पथ ? तेही दिनमा यादब नेपाली नागरिक भैरवामा मारियो एक सब्द बोल्नु छैन , तर तेरा ज्वैको अगाडी पाद्दा बक्तब्य , क्या प्रजातन्त्र देख्नु हुन्छ तपाई……..वा वा वा ,V I P Security ,तपाइको फुत्यको आखाले र कोइरालाको गोबरले भरेको दिमागले सोच्न सक्नु हुन्छ रास्त्रियता र सोतंत्रता ? कोइरालाको तन्त्र मा त रमौनुनै भएको हो माओ बादी लै जन्म दिएर ……….. .happy birthday to you माओ बादी भने र ……………..अरु के भनु तपाई जस्तो श्रावनमा आखा फुटेको लै…….. येही हो तपैहरुको प्रजातन्त्र हैन ? मै खाऊ , मै लाऊ, मै सुख शयेल मोज मस्ती गरौ .

      • अनि केसु जी तपाइको नेता हरु ले चाही के पथ अंगालेको नि ? ज्वाई पथ ? कि नेपालीले तिरेको कर झ्वई पथ ? तेही दिनमा यादब नेपाली नागरिक भैरवामा मारियो एक सब्द बोल्नु छैन , तर तेरा ज्वैको अगाडी पाद्दा बक्तब्य , क्या प्रजातन्त्र देख्नु हुन्छ तपाई……..वा वा वा ,V I P Security ,तपाइको फुत्यको आखाले र कोइरालाको गोबरले भरेको दिमागले सोच्न सक्नु हुन्छ रास्त्रियता र सोतंत्रता ? कोइरालाको तन्त्र मा त रमौनुनै भएको हो माओ बादी लै जन्म दिएर ……….. .happy birthday to you माओ बादी भने र ……………..अरु के भनु तपाई जस्तो श्रावनमा आखा फुटेको लै…….. येही हो तपैहरुको प्रजातन्त्र हैन ? मै खाऊ , मै लाऊ, मै सुख शयेल मोज मस्ती गरौ .

    • ठिक्क भन्नु भयो दिल्ली रामजी. कलि बहादुर खामलाई चाहिं समात्न नसक्ने. जसले tv मा मेडिया बाजी गर्दै, सरकार को धज्जी उडाउन्दै खुलारुपमा हिन्दै छ. पारस को मात्र किन येत्रो प्रचारबाजी?

  45. ल है अब चाही केहि होला जस्तो छ ! पारस दाइ को बुद्धिचाल सारै राम्रो लाग्यो !! अब भने पारस दाइ ले पोवेर शो गरेर यो झुशे नेता हरु लै लडौछन् जस्तो लाग्दै छ मलाई..

    Pre-Plan जस्तो छ सबै !! anyway best of luck पारस दाइ

  46. अलि अलि गर्ने भनेको म थिए देशमा नेताहरुलाई केहि गर्छन कि भनेर सबै जिम्मा लाएर म इंडियातिर गए टेतैबता यता जापानतिर आइयो यो करिले गर्दा पनि नेपालको बारे सोच्ने फुर्सद भएन ……………..दिक्क लाग्न थाल्यो बा समाचार सुन्दा पनि ………….हुने केहि होइन …………….मेडियालाइ पनि फुर्सद नहुने भयो बा …………………….एतिबेला …………….

  47. पारस लाई गिरफ्तार गर्नु अघि सबै चोर नेता हरुलाई ठोक्नु पर्यो नि … पारसले जे गरे ठिक्कै गरे … नेताहरु सब कट्टु मा मुत्न थालेका छन् … यी नेताहरु लाई पारस ले नै ठिक गर्छन …जय पारस

  48. “साथमा नेपाली काँग्रेस लगायत अरु दलहरुले जिम्मेवार भएर सोच्नुपर्ने कुरा- के पारसले सुजाताका ज्वाइँ बाहेक रामबहादुर वा श्यामबहादुर वा त्यो रिसोर्टका कुनै कर्मचारीमाथि त्यसरी पेस्तोल ताकेको भए यत्तिकै छिटो कारबाही प्रक्रिया अघि बढ्थ्यो त ? कानुन सबका लागि समान् हुन्छ भन्ने चेत दलहरुमा र त्यसका नेताहरुमा पनि पलाओस्- यो पनि कामना!”

    The above statement touched my heart. Law should be same to all Nepali. Unfortunately, in our country law only made speakable when it has to apply if someone has done something not that very bad to so called VIP’s relatives……..

    Nepal, we live in a country where law is dead……..what happened when minister slapped CDO nothing na……..

  49. सत्य कुरा के हो सबैलाई थाहा भएको जस्तो छ /मिडिया हरु ले समाचार आफ्नो सत्य तथ्य था हा दिईर्रहेको छ / आब हेरु न कसले जित छ ? नतिजा के निस्किन छ /

  50. पारसलार्इ २४ घण्टाभित्र छाडेनछन् भने ल मैले नेपालकै नागरिकता त्याग्नेछु । यो मेरो सार्वजनिक चूनौती भयो नेपालका नेता भनौंदाहरूलार्इ ! ठूला भनौंदा नेपालको कुन चाँहि नेता, उध्योगी, ब्यापारी, कर्मचारी, सेना प्रहरीका हाकिम र पत्रकारहरू कानुनभन्दा माथि छैनन् र ? भष्ट्रचार कतिले गर्या छन्, छर्लङ्ग छ कोही पक्डेको छ ? पक्डेको मान्छे कहिल्यै पूरा समय जेलमा बस्न परेको छ ? ऋषि धमलाको कुरो कहाँ गयो ? अहिले पनि उ टिभीमा ठूलामान्छेहरूका पछाडि पुच्छर जस्तै झुण्डिरहेकै छ । हिजो भैरबनाथ गणमा नरसंहार गर्ने सेनाको कुन अधिकृत कारबाहीको घेरामा आएको छ ? माओवादीको कालीबहादुर खाम कहाँ छ ? कसलार्इ भएको छ यहाँ कारबाही ? जसले जे गरेपनि हुन्छ ! संसारको कुन ठाउँमा भएको छ, अपराधीको सुविस्ताका लागि अपराधीकै अनुरोधमा हेलिकप्टरमा हालेर बयानका लागि ओसारपसार गर्ने काम ? सब नौटङ्की हो चोरहरूको ! पारसलार्इ भोलीसम्म राख्न सकेछन् भनेर हामी पनि हेरम्ला !

  51. पारसलाई गिरफ्तार गरेर कारबाहीका कुरा गर्न सक्नेले देश चुस्ने आरु गिद्धहरुलाई किन गिरफ्तार सम्म गर्न सक्दैनन् …………..सबै जनतालाई भुलाउने नाटक गर्छन फटाहा नेताहरु ………….

  52. साढे छ मुमा महारानिकी जय !
    साढे सात बिदेशी भैरेकी कि जय !!
    पारसको होस् पराजय
    लौ बेला यै हो
    चौका ! चौका !
    कसले छोड्ला यस्तो मौका !
    कुना फालिएको राजतन्त्र
    के दिन्छ र त्यसले ताप —
    केहि छैन फलिफाप
    बरु
    साढे हरु को जय गरौ
    दुना सोझ्याउ यता उता भरौ
    सुजाताका बंगाली ज्वाईले पद पाए ‘ भी आइ पी ‘
    उनले पनि सरकारी सुविधामा नेपाली जनताको सेबा गरेका थिए कि ?!
    त्यसैले पद पाए उनले भी आइ पी
    अघोसित नब ज्वाई युबराजकि जय !
    अनगन्ती छोटे महाराजकि जय !
    बजाउ तालि तरररर ‘ र ‘

  53. हिम्सामा संलग्न एक अपराधी लै समात्दा टाउको दुखौना पर्दैन कसैले पनि ,कानुन सबै लै लाग्छ ,पहिले जस्तो उम्कन त गारो छ त ,कति नाबुजेका पारस ले
    ,

  54. पारस लाई गिरफ्तारी मात्र होइन त्येस लाई जीवन भर ग श्रेणी को कैदखान मा लगैदिनु पर्छ

  55. छत्ती म गोली ठोकेको भए लंठई साफ़ हुन्थ्यो हवामा ठोकेरा खैली बैली भयो …जे गर्यो पारस ब्रो ले ठीक गर्यो अलिक मिस्टेक भयेछा हवामा फायर गरेर खोपड़ी नै उदैदियेकोभाये दम्मी हुन्थ्यो .बिचारी कुजाता ज्वाई चेट भाको समाचार सुनेर हृदये घात भएर माथि जन्थ्योकी….!

  56. I came to know, Paras called a helicopter to fly to chitwan. Let us see, who are flying with him.Are they really flying to chitwan or ???????.
    Let us see, it does not take long time to see the result.

  57. जे सुकै भए पनि पारस लाई सयज सच्चि कै भयो भने चै मा पनि खुसि नै छौ है.. अनि तेस्तो पद्योचिंत भए पछी पनि के को सुरक्षा गार्ड हौ तेस्लाई ?? अनि त्यो जुवाई भनौदा लाई लाई पनि कारबाही त हुनु पर्यो नि . अर्काको देश मा आएर टी देश को दलाल को छोरी बिहे गरेर भतुवा हुने अनि मअन्परी बोल्ने लाई ..

  58. बल्ल पारस को हैसेयत कारीना बेगमको भन्दा पनि तल झरेछ ।

  59. जनतालाई झुक्याउन हाललाई पक्रेको हो केहि दिनमा पारस छुटीहालछन् नेपालको कानुन नेपालीलाई थाहा नभएको हो र ?

  60. पारस शाहले गल्ति गरेको भए कानुन बमोजिम दण्ड दिनु पर्छ. तर यी बंगाली ज्वाईं भनौदा को चुरीफुरी पो कसले ठिक पार्ने हो. सुजाताको आडम्बर घमण्ड अनि मैले जे पनि गर्न सक्छु भन्ने बानी कसैलाई मन पर्दैन. सुजाता चरम भ्रस्टाचारको नमुना हो. यिनले प्रसस्त अकुत सम्पति आर्जेका छन्. बाबु को पालामा सरुवा, हाकिम बनाउन सोझै घुस माग्ने व्यक्ति यिन नै हुन्. तर यिनीलाई कसले कारवाही गर्ने?

  61. यो सबै जनता झुक्याउने खेल हो… पारसलाई लगेर चौकीमा कोचेर राख्दैनन् … बरु ५ तारे होटेलको सुबिधा दिएर सरकार भरतपुरको कुन ठाउमा बस्न मर्जी हुन्छ भनेर सोध्ने छन् अनि केहि दिन पछि उही क्या हात्ती आयो आयो फुस्सा … अनि यो कथा सुन्नेलाई सुनको माला …………………………?

  62. पारस लाई कारबाही गराउन बिदेसै बाट धोतिफुकालेर कराउने र नाबमहरानी को आदेश पालना गर्न कट्टु खोलेर लागिपर्ने टट्टू हरुहो होस् गर गरनैपर्ने भए बिना पुर्बग्रह कारबाही गर होइन भने तहरुजस्ता जुका हरु लाई कुल्चिन देशभक्त जनता ले कुनै मौका कुर्ने छैन लौजा ….
    जयनेपाल

  63. पारस लाई समाएर कारवाही गरेको जस्तो गरे पनि हामि सर्बसाधारण खुसि हुने बेला अजै आको छैन किन भने यो खालि कोइराला परिवार र शाह परिवार बीच को इगो को रुप मात्र हो भोलि येस्तई कसैले वा पारस ले औता सर्बशाधरण लाई यसैgari गोलि हानोस वा मारोस लेखेर दिन्छु तेस्लाई कारवाही हुदैन किन भने हाम्रो देस को कानून र नेता हरु हामीले राम्रो संग चिनेको छौ .

  64. पारसको वक्तव्यको आधारमा पक्राउ परेको हो भने त्येस वक्तव्यमा भनिएजस्तो नेपालको ब्येइज्जत गरेबापत सुजाताको son in law रुबेल लाई पनि कारवाही गर्नु पर्छ} देश संकटमा रहेको बेलामा विदेश गइ देशको धन लुट गरि बिदेशमा जम्मा गर्न गएकी सुजाता र pr. म. माकुनेलाई पनि कारबाही गर्नु पर्छ|

  65. ल है अब चाही केहि होला जस्तो छ ! पारस दाइ को बुद्धिचाल सारै राम्रो लाग्यो !! अब भने पारस दाइ ले पोवेर शो गरेर यो झुशे नेता हरु लै लडौछन् जस्तो लाग्दै छ मलाई..

    Pre-Plan जस्तो छ सबै !! anyway best of luck पारस दाइ

  66. सुजाता महारानी को ज्वाँई साब ले, देश को र नेपाली जनता को गाली बेजेती गरको मा पनि मुद्धा चलाउन पर्दछ . हुन त पारस सरकार र सुजाता दुवै देश का कलंक र जनता का लागी रगत खाने जुका हुन् .

  67. समस्या समाधान भन्दा पनि चरकौने कुरा भयो.
    अब फेरी राजाबादी र सुजाताबादी को कुरा हो

  68. के पारसले सुजाताका ज्वाइँ बाहेक रामबहादुर वा श्यामबहादुर वा त्यो रिसोर्टका कुनै कर्मचारीमाथि त्यसरी पेस्तोल ताकेको भए यत्तिकै छिटो कारबाही प्रक्रिया अघि बढ्थ्यो त ?

    रामबहादुर माथि भएको भए त हुन सक्थ्यो, ऊ पनि त ठुलै नेता हो।
    श्याम बहादुर भएको भए चैँ त के हुन्थ्यो र ? बिचरो ।

  69. गिरफ्तार गर्दैमा खुसि हुनुपर्दैन ,कारबाही गरेर देखाऊ . पकड्दै छाड्दै गर्ने परम्परा ठिक हैन.

  70. नेपाल मा के सहि के गलत को चै कुरा न गरौ |चितवन को हवाई फायर ले नेतृत्त्व बर्ग को मुटु चै हल्लियेकै हो |एस्लाई न रोके हाम लाइ पनि एक दिन साचिकै ठोक्छ भन्ने पर्यो |
    फेरी तुरुन्त सहमति का कुराहरु आए | किनकि बन्दुक पड्कियो ,चोर हरु डराए |

  71. The media and Congress themselves has proved Paras Shah as guilty. Why should we need Courts and Judges. Congress has become worse than Hitler and Mussolinee!!!

  72. यदि पारस दोशी ठहरिएमा र कानुनी कारबाही आगाडी बढाएमा उनलाई एक जिम्बेबार नागरिक हुन मद्दत पुग्छ र कानुन सबै को लागि समान हुन्छ भन्ने चेतना सबै राजनैतिक पार्टी साथै जनता मा पुग्छ l

  73. पारश ले गल्ति गरे को रहेछ भने सजाय पाउनु पर्छ! नेपाल लाई नै बेच्ने कोइराला परिवार लाई चाही कसले,कस्तो कारवाई गर्ने ! कांग्रेस को ज्वाई बंगाली अब पारश को हातबाट नरहने भो!!!!!!!!!!!!!

  74. कुरो १) पारसको कारणले हाम्रा महान नेताहरुले ठुला ठुला काम पाका छन् ।।
    १) सुजाता = ज्वाँईको छेउमा हवाइ फायर हुँदा बडा महारानी क्रुद्ध ।।
    २) नेताहरु = आफ्नो आङको भैंसी फुस्सा,अर्काको आङको जुम्राको बिरुद्ध ।।
    ३) पत्रकार (संख्या केही होलान्)= बधाई छ !! चौधरीसाबलाई बेहोश बनाएकोमा, अब बक्सिसको पालो ।।
    ४) सरकार = …हामी त काम चलाउ सरकार, अपराधी बिरुद्ध के को दरकार ..
    तै पनि केही गर्नै पर्‍यो, जनतालाई केही दिन अलम…ल्याउनै पर्‍यो ।।

    मेरो बिचार = (ल है लहरो तान्दा पहरो गर्जेला)

    कुरो २)
    गोली चलायेको हुँ भनेर सत्य बोल्ने मान्छेले, अरु कुरा पनि त पक्कै ढाटेनन होलान् नी ।
    देश् द्रोहीको आरोपमा रुबेललाई रिपोर्ट हाल्नुनी, हामी पनि साथ दीहाल्ने थियौँ क्यारे ।।

    कुरो ३) उनलाई कार्यबाही गर्नु पर्छ, तर बिना पुर्वाग्रह

    • १) “बिदेशी देउतै भए पनि होस् स्वदेशी भुत नै ठीक छ ।”
      यो घटनामा राजनितिक पुर्वाग्रह चाहिन्न ।। पारसलाइ तेसै छोड्न पनि पाइन्न, आब्श्यक कार्यबाही होस् ।।

      २) अनी अरु सामान्य नागरिक रुबेलको ठाउँमा भाको भए ?? सिधा भन्दा सुजाता जोस्टको ज्वाँई नभाको भए ?? यो अवस्था हुने थियो त ?? यस्ता घटना त धेरै भए, कसैले हतियारले, कसैले मतियारले / कसैले खुल्ला, कसैले लुकेर हामी जनतालाई मारेको मारेकै छन् // खोइ कसलाई कार्यबाही भयो त ?? साला नाटक

      3) त्यो मुला बङग्लादेशी रुबेल, समाचार र समाचारपत्रमा देखिए र पढे जस्तो सोझो होला त ?? सबै कुजाताको नौटन्की पो गनाउँछ त हो ।।

  75. यो ठीक भएन। यो घटना अरु कुनै देश अथवा बाङ्लादेश मा पारश माथि भएको भए के त्याको प्रसिद्द ब्यक्ती माथि कार्बाह्ही हुन्थ्यो ? यो पनि भारत को निर्देशान् हो पहिला पनि बिभिन्न आरोप लाउने गर्थ्यो र अहिले मौका हेरेर नेपाल सरकार लाई दबाब देको हो। सुजता चम्किनु स्वाभाबिकै हो किनकी उनको त आफ्नै कुत्तुम्ब परे।

  76. जनतालाई मार्दै हिड्ने, लुट्दै हिड्नेहरुलाई कार्वाही गर्न सक्दैन । नेपाल भित्र भ्रष्टाचार वढाउने, राजनेताहरुको आडमा अनैतिक कामहरु गर्ने, घुस्याहा, फटाहा, नक्कली पासपोर्टका व्यापारी, नेपाल प्रहरीलाई गुणस्तरहिन सामान सप्लाई गरेर करोडौ कमाई विश्वमै नेपालको वेईज्जत गराउने तथा आई पि टेलिफोनबाट करोडौको राजश्व छलि देशलाई घाटा पर्ने यस्ता देशका सत्रुलाई तर्साउदा कार्वाही गरेजस्तो नाटक गर्नु पर्ने । यो कस्तो विडम्बना । धन्य हाम्रो देश र देशका संचालरहरु ।

  77. जनतालाई मार्दै हिड्ने, लुट्दै हिड्नेहरुलाई कार्वाही गर्न सक्दैन । नेपाल भित्र भ्रष्टाचार वढाउने, राजनेताहरुको आडमा अनैतिक कामहरु गर्ने, घुस्याहा, फटाहा, नक्कली पासपोर्टका व्यापारी, नेपाल प्रहरीलाई गुणस्तरहिन सामान सप्लाई गरेर करोडौ कमाई विश्वमै नेपालको वेईज्जत गराउने तथा आई पि टेलिफोनबाट करोडौको राजश्व छलि देशलाई घाटा पर्ने यस्ता देशका सत्रुलाई तर्साउदा कार्वाही गरेजस्तो नाटक गर्नु पर्ने । यो कस्तो विडम्बना । धन्य हाम्रो देश र देशका संचालरहरु ।

  78. पारस लाई गिरफ्तार गरेर देश मा खलबली मच्चिने भयो
    पशुपति नाथ ले हामी सबै को रक्षा गरुन
    जय नेपाल

Comments are closed.