के हजार रुपैयाँ जरिवानामा रिहा होलान् पारस?

पारस शाह यतिबेला प्रहरी नियन्त्रणमा छन्। भरतपुरस्थित प्रहरी तालिम केन्द्रमा विशिष्ट श्रेणीको सुविधा दिएर खातिरदारी गरेरै राखिएको भए पनि भन्नलाई उनी प्रहरी नियन्त्रणमा नै छन्।

उनको गिरफ्तारीको विरोध गर्दै दरबारमार्गमा उग्र प्रदर्शन गर्ने सत्तारुढ सदभावना महतोका एक सभासद खोभारी रायलाई प्रहरीले केही समय नियन्त्रणमा राख्‍यो। यही राय कै केसलाई पल्टाउने हो भने पनि सार्वजनिक ठाउँमा गोली चलाउँदा हजार रुपैयाँभन्दा बढी जरिवाना नहुने रहेछ। अनि सार्वजनिक स्थानमा गोली चलाउनु भनेको फौजदारी अभियोग पनि नहुने रहेछ।

सभासद खोभारी राय गत वर्षको कात्तिकमा मन्त्री राजेन्द्र महतोको गेटमा हतियारसहित हुलदंगा गरेको आरोपमा पक्राउ परेका थिए। उनको साथमा गोली लोड भएको सटगन फेला पर्‍यो। उनले आफूसित लाइसेन्स छ भनी दावी गरे। तर लाइसेन्स देखाउन आएनन्। कारबाही पनि भएन।

उनले २०५५ साल असोज २ गते पनि मदिराको सुरमा मुनसन डिस्कोभित्रै गोली चलाएका थिए। प्रहरीले रायलाई नियन्त्रणमा लिँदा उनको साथबाट ६ एमएमको क्यालिभरको गोली र पेस्तोल बरामद भएको थियो। तर सीडीओ कार्यालय काठमाडौँले उनलाई मात्र एक हजार रुपैयाँ जरिवाना गरेर रिहा गरेको थियो। गोली चलाएकै अभियोगमा उनी दोस्रोपटक स्वयम्भुमा पक्राउ परेका थिए। तर, कारबाही बिना नै रिहा भएका थिए।

फौज्दारी अभियोग लागेका व्यक्ति निर्वाचित भए पनि संविधानसभा सदस्यबाट अयोग्य ठहर गर्न संवैधानिक समितिमा उनीविरुद्ध मुद्दा दायर भएको थियो। तर अदालतले सार्वजनिक स्थानमा गोली चलाउनु फौज्दारी अभियोग होइन भन्दै उनलाई सफाइ दिएको थियो। अहिले राय संविधानसभा संवैधानिक निकाय संरचना निर्धारण समितिका सदस्य हुन्।

शायद सार्वजनिक स्थानमा गोली हान्न पाउनु अधिकार हो भन्दै उनी पारसलाई समातेको विरोधमा सडकमा उत्रिएका होलान्। प्रहरीले पक्रिहाल्यो। तर संविधान सभा अध्यक्षको निर्देशनमा उनी आजै साँझ रिहा भए।

पारसलाई कहाँ राखिएको छ ? पारसको लागि प्रदर्शन भिडियो हेर्न क्लिक गर्नुस्

.
.
.
.
.
.
.
.

पारसलाई के हुन्छ नि ?
पारसलाई दुई वटा मुद्दा लगाउने जानकारी दिइएको छ। किन हो कुन्नि, ज्यान मार्ने प्रयासको मुद्दा नलगाइने भएको छ। उनीमाथि एउटा केही सार्वजनिक अपराधको अभियोग लगाइएको छ। यो भनेको सामान्य होहल्ला मच्चाउने वा जड्याँहाहरुलाई लगाउँदै आएको अभियोग हो र यसमा धरौटीमा रिहा हुन मिल्छ।

अर्को मुद्दा भने हातहतियार तथा खरखजाना ऐन हो। यो मुद्दामा धरौटीमा रिहा गर्न मिल्दैन। हातहतियार खरखजना ऐन २०१९ अनुसार लाइसेन्स बिना हतियार बोकेको वा चलाएको अभियोगमा ३ वर्षदेखि ७ वर्षसम्म कैद वा ६० हजारदेखि एक लाख ४० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । तर मिलाएर गरेमा जे पनि मिल्छ भन्ने चाहिँ यही मुद्दा लगाइएको चर्चित ऋषि धमला कान्ड हेरे पुग्छ। अथवा खोभारी राय कै केसलाई हेर्नुस्।

अतः श्री दलहरुले जस्तो गरी यो मुद्दा तन्काउन वा खुल्ला छाड्न खोज्यो, त्यही अनुरुप यो कान्डको अन्त्य हुने निश्चित छ। माओवादीहरुले यो विषयमा औपचारिक रुपमा मुख खोलेका छैनन्। राजावादीहरु कसरी सडकमा उत्रन्छन्, त्यो पनि हेर्न लायकको विषय हुनेछ।

पारसले आफूलाई पनि गिरफ्तार गर्न सकिँदो रहेछ है भन्ने चेत भने यो घटनाबाट सिकेकै हुनुपर्छ।

43 Comments

  1. यस्तो कामचलाउ सरकारले पारसलाई कारवाई गर्छ भनेर पत्याउनु भयो भने बुझ्नुस कि तपाई आशावाधि नै हुनुहुदोरहेछ जबकी आफु नै नेपालको रकमी कानुनको भरमा सरकारमा लिसो झैं टासिएको छ तेसैले सरकार निर्वाचित जनसमर्थ प्राप्त थियो भने केहि आशा गर्ने ठाउं अबस्य हुन्थ्यो धमिलो पानीमा माछा मार्नेलाई यो सजिलो अवसर भएको छ साढे को जुधाई बाछाको मिचाईमा नपर्नुमानै हामी सबैको कल्याण हुन्छ जब सम्म नेपालमा सबैलाई कानुनमा बराबरी हुदैन तबसम्म सानालाई ऐन ठुलालाई चैन भै रहन्छ यो काण्ड पनि तेतिकै डिसमिस हुन्छ
    पहिला कानुनी राज्य निर्माण गरौ अनि मात्र तेसमा सबैले न्याय प्राप्त गरेको महशुस गर्नेछन

  2. धेरै साथी हरु को कमेन्ट हेरे हेर्दा लग्यो धेरै जसो साथीहरु अहिले सबै पार्टी का नेताको बिरोध मा हुनु हुदों रहेछ ठिकै हो तर तपाई हरू ढुक्क होउ साथी हो केहि हुनेवाला छैन पारस लाई .. केहि गर्न नै शक्दैन अहिले को सरकार ले (तर मलाई अचम्म लागेको क हो भने माओबादी ले अहिले शम्म एक सब्द बोलेको छैन ????)

  3. यो बिषयमा पहिलो दिन समाचार पढ्दा लागेको थियो पारसले मदिराको झोकमा सुजाताको ज्वाईलाई पनि प्रवीण गुरुङ झैँ बनाउन लागेछ, यो कहिल्यै नसुध्रिने भयो जस्तो लागेको थियो | पारसलाई जेल कोच्नै पर्छ भन्ने पनि लागेको थियो | पारसले फ्याकेको ‘रस्त्रियाताको कार्ड’ ले होइन कि बिस्तारै देखिदै गरेका घटनाक्रम र बिगतका नजिर देख्दा मेरो पनि मन बदलिदै गैरहेको छ |
    खोभारी राय को बारेमा जिल्ला प्रसासन कार्यालयको कारबाही र अदालतको नजिर सुन्नमा आउदा त पारसलाई कारबाही कुन कानुन र नैतिकताले गर्न सक्छ यो सरकारले भनेर प्रतिप्रश्न गर्न मन लाग्यो | हुनत पैसा र शक्तिको आडमा उस्तै प्रकिर्तिका अभियोगलाइ पनि फरक फरक सजाय दिने गरेको केहि समय अघि विकास थापाको सन्दर्भमा देखिएकै हो | यदि त्यसैगरी अहिले पनि सुजाताका ज्वाइको कुनै बयान नै नलिएर खाली पारसलाई एकोहोरो अभियोग लगाई कारबाही गरिन्छ भने त्यो कदापि स्वीकार्य हुनु हुँदैन | मान्न सकिएला कि गुन्डागर्दी गर्दै हिड्ने पारसको यो देशमा कुनै योगदान छैन तर देश डुबाउन सुजाता र काग्रेसी हरुको धेरै ठुलो भूमिका छ | यीनै काग्रेसी र सुजाताको एकोहोरो शंख फुकाई को पछी सति जादै पारसलाई जेल कोच्नु पर्छ भन्न मलाइ चाहि मन लागेन है | यस्ता अभियोगमा बिगतमा अरुलाई जे जस्ता कारबाही भएका छन् पारस लाइ पनि त्यस्तै हुनुपर्छ |

  4. देसको बिरुद्द कसैले हेपेर बोल्छ भने खुकुरीमा रगत नलगाई २ टुक्रा पार्ने नेपालीको स्वाभिवान हो साला बंग्गालिले हेपेर बोल्दा पारसले जे गरे ठिकै गरे अघि बढ पारस हामी तिम्रो साथमा छौ…..! मेरो कुरा यहि हो हजुरहरुलाई कस्तो लाग्छ……???

  5. एदी पारस को ठाउमा प्रचण्ड को छोरा भएको भए के नेपाली काँग्रेस ले गिरफ्तारी को आदेस दिन सक्थ्यो?आहिले नेताहरु जति खान सक्छौ खाओ पछि राजतन्त्र आयो भने पारस ले तिमीहरु जस्ता दलाल लाई सबै खाएको ओकल्न लाएर कसरि खोर मा हाल्छ हेर्दै जाओ?पारसले जे गर्यो एकदम ठिक गर्यो?हरेक नेपाली पारसको ठाउमा भएको भए तेही नै गर्थे……पारस को यो साहशी बानी चै मलाई एकदम मन पर्छ….आखिर गोर्खे को सन्तान त हो……त्यो काले चौधरी लाई र सुजाता को बंस लाई नेपाल बाट धपाएर बंगलादेश मा पठाउनु पर्छ.

  6. कुजतालाई नेपाल कै महत्वपूर्ण अति नै गोपिनिये मन्त्रालय दिए l नेपालको सेक्रेट बंगलादेश एमबस्सी सम्म फैलेकोले नै चुतिया मन गढ़ानते बंगालीले हेपेको हो l हामीको थुप्रै गल्ति हरु छन् l हामी रास्तबादी कुरा गर्छौ l तर हामी एक आपसमा खुट्टा तानी तानी गर्छौ l हामी हाम्रै परिवार इस्ट मित्र साथीलै बिगार्दा हाम्रै सफलता ठान्छु l तर एक ब्येक्ति बिग्रदा त्यसको असर हामीलाई परेको हामी सोचदैन l स्वार्थको बदलाको नियतले हामी एक अर्कालाई कुरा लगाएर झगडा गरेर तमाशा हेरेर मौकामा फाइदा लिएर मोज गर्ने हाम्रो बिग्रेका सोचाईको कारणले गर्दा देश फुटी राखेको छ l हामी हाम्रैलाई दुश्मन ठानी पराया लाई मित्रु ठान्छ l हाम्रै नेपाली दाजु भाई दिदि बहिनि बिगारेको बिग्रेकोमा खुशी आनद सफलता ठान्छु l मै खाउ मै लगाऊ अरु सबै मरोस नीति ले गर्दा हामी सबै मरी राखेका छौ l भाई फुटेको कारण बिदेशी छिमेकीले गवार लुटी राखेको छ l श्रीलंका जस्तो ग्रिसित देशले समेत हामीलाई धम्कि दिन्छ l कुरा हामी ठुला ठुला आफै जानेको बुझेको गर्छु l तर हामी नेपाली नै विदेशमा गएर कहिले भुटानी कहिले तमिल कहिले के भनेर राजनैतिक सरनाठी लिएको प्रमाण गोप्य फाइल बंगाली रुबेलको हातमा होला l विदेशको नेपाली एम्बस्सीले नै घुष खाएर बंगाली तिबेतन दार्जीलिंग नेपाली सर्नाथी अफगानि सबैलाइ नेपाली पासपोर्ट दि राखेको छ l तर नेपालको लागि अन्तिम घडी सम्म लडाई गर्ने गोपाली भुटानीले नेपाल नागरिक नै नपाई मरे l एन र एन संघले नेपालीलाइ दुएल नागरिकता दिनु पर्छ कराई राखेको बेलामा भारतबाट बिहारी आइ नेपालको नागरिकता लिएर जनसख्या ३ करोड बनाई दि सकेको छ. l नेपाली कर्मचारी घुष खाने कसरि छोराछोरी बिदेशमा पठाउने काठमाडौँमा घर बनाउने घुस्या विचार नहटे सम्म यस्ता बंगाली माग्नेले नेपालीलाई ass your country नेपाल भनेर गाली दि राख्ने छन् l

  7. सिडियो कुट्ने मन्त्रीलाई कारवाही नगर्ने,ज्यानमारा मन्त्रि र सवासद्लाई कारवाही नगर्ने,जाबो सुजताको ज्वाइको निहुले पारसलाई कारवाही गर्ने ? वा चोर नेताहरु तिमिहरुचाई कुन गतिला छौ ? दिन दिनै गरिब जनतालाई मरिराका छौ | सक्छौ भने मंगी घटावो, संबिधान बनावो, भ्रस्टचार नियन्त्रण गर, सर्बसाधारणको सुरछा गर | पहिला तिमीहरु चोर नेता सुध्रिने बानि गर अनि मात्र देसको विकास हुन्छ |

    • यो पोस्ट मा रातो दिने पकै पनि एक सभासद्को सन्तान हुनुपर्छ.

  8. हामि एमाले पार्टीको कार्यकर्ता भएर बर्सौ बर्ष पार्टीको सेवा गरे/ एमाले पार्टीका कतिपय कार्यकर्ताको हत्या माउबादी द्वारा गरियो/ हत्याराको भनेर नालालायक गृह मन्त्रिलाई पनि थाहा छ/ हामीले पार्टी भित्र पनि दबाब दिएर नाम ठेगाना हुलिया समेत खोलेर उजुरी गरे पनि हत्यारालाई पकेरेको छैन्/ एमाले पार्टी मात्र नभई कांग्रेस पार्टीको यहि हालत छ/ ,आज बंगाली मुसलमान बिदेशीको लागि कांग्रसका सुशील कोइराला देखी नामर्द माधब नेपाल भिम रावलले पारसको पक्रावुको लागि जम्बो जेट झैँ कुड़े/ किन अरु पार्टीको हत्यारालाई अहिले सम्म पक्रेर जेल गरेन? रुबेल चौधरीको अन्तरबार्ता पर्ढा रुबेल चौधरी लण्डनमा हुर्केकाले कसरि पिस्तोल चलाउन जाने ? कसरि बंगलादेशका प्रधानमन्त्रि सम्म चिन्न पुगे ?किन नेपालमा घरज्वाई भएर बसेको ?

  9. पारसलाई जेल रे ,त्यो घरज्वाईलाइअर्काको देसमा आयर थालमा छेड्ने कुकुर के सजाय त ? मन्त्रीको पावरले ज्वाईमोह ?अनि नेपाली जेल ?जस्तो बाउउस्ती छोरि

  10. पारस शाह लाई मात्र हैन …… काली बहादुर खाम र CDO कुट्ने करिमा बेगम लाई पनि कारबाई गर्नु पर्यो नि …… माधव नेपाल र भिम रावल….. के सक्छौ (काली बहादुर खाम र CDO कुट्ने करिमा बेगम लाई ) कारबाई गर्न ???? हिम्मत छ ???????
    न कि सुजाता को ज्वाई भेनर मात्र……. ?????

  11. अरु त तेस्तै हो यो माइससांरको नयाँ बटन दामी लाग्यो जुन कमेन्टमा पनि थिच्न मन लाग्ने। तपाईंहरुलाई कस्तो लाग्यो?
    पारस, पार्टी, सजाँय, बिदेशी हस्तक्षेप यी कुरा त सधैका भईहाले। अफ द बिट कमेन्ट को लागि सरी!

  12. कुनै पनि व्यक्ति लै कार्बाही गर्ने भन्दा अगाडी २ जना को झाकड़ा को कारण थाहा पाउनु आती नै जरुरि छन् ! पारस ले बंगाली लै बिना कारण गोलि तक्दैना ! बंगाली सुजाता को जुवाये को भरमा यदि पारस लै कार्बाही हुन्छा भने त्युनै देशको ठुलो नाटक हुने छ ! यदि कार्बाही हुन्छ भने २ जना लैनाए गर्नु पर्छा ! आस्ति भर्खर मात्र मेरो संसार मा लेखेको थियु इंडिया ले त हेपियु आब बंगलादेश ले पनि हेप्नु थालियु भनेर ! सुजाता लै पार्टी को vice president मा राख्नु पर्छा भनेर बंगलादेश को राजदूत ले सुसिल कोइराला लै थर्कको ! सुसिल कोइराला जस्ताये भनेर निस्चाये पनि रुवेल ले पारस लै थर्कको हुनु पर्छा !तेसैले कुनाये नया कदम उठाउने भन्दा अगाडी एअक्चोती ती बंगाली लै पनि सनागी राखेर सोथ्नु पर्छा ! बाहिर जसले पनि ज पनि भन्नु सक्छा

  13. केहि हुने wala छैन ,२ /४ दिन को हल्ला मात्र हो ,ऋषि धमला जस्ता देशद्रोही लाई त केइ गर्न नसक्ने काइते हरुले पारस लाई हेलिकोप्टर सयर गराएर ,डाक्टर हरु सहित को टोलि ,त्यो पनि ५ स्टार सुबिधा ,के तेस्लाई गिरफ्तार भनिन्छ ! मान्छे लाई उल्लु बनाउने खेल हुन् सबै ,कसैका रौ हल्लिने वाला छैनन् !!

  14. मदन, पुष्प,महेश, आदि लाइ हाइकमन्ड बाट अहिले लाइ कमेन्ट नगर्ने आदेश आय जस्तो छ, पार्टी ले नीति तय गरेपछि मात्र माइ संसार मा कमेन्ट लेख्ने होला साथी हरु ले.

  15. राजसिंहासनबाट घोक्रेठ्याक भै सकेको यति का समय बिती सक्दा पनि यी कुमार यो देश आफ्नो बाउ-बाजे सम्पति ठान्दा रहेछन, गहिरो निन्द्राबाट कहिले ब्युझिने हो कुन्नि ???
    सरकारले साहश गरेको दिखिये पनि यो selective कारवाही हो| यो साचो हो, धेरै जना कारवाहीबाट उम्केकै हुन् ( खाम, बेगम आदि ) जो वर्तमान राज्यसत्ता वरिपरी घुमछन् (जस्तो कि गणेश शिव को वरिपरी) | मानौ, जो कोहि माधव नेपाल, सुशील कोइराला, पुष्प दाहाल (त्रिदेव हैन न नि) नजिक छन्, नातेदार छन्, सेवा गर्छ, चम्चा गिरि गर्छ, उ सौ पापबाट मुक्त हुन्छ | अहिले कोइराला, पौडेल, दाहाल को जो जमाना छन् शाह, राणा को थोडै छ !!!! अनि बेचारा श्रेष्ठ, थारु, गुरुङ, लिम्बु यादवहरु चाही टुलुटुलु हेरया हेर्यै !!!

  16. दुइचार दिन माइसंसार मा मच्चिने पौष्टिक खुराक मिल्याहो हामीलाई!
    यसैमा रमाइलो छ हामीलाई, अरु के!
    हामि मच्चिम्जेल सम्ममा कुरो मिलि सक्ने छ वा सेलाई सक्ने छ!
    सुजाता उसको ज्वाई यी सब घामड हुन् (कृपा गरि नेपाल हाम्रो देश लाइ हाम्रै हालत मा छोडी देउ तिमीहरु तिमरुकै देश जाओ)
    पारसलाई कारबाही गर्ने हिम्मत माकुनेको त्यो पनि काम चलाउ सरकार लाइ, यदि कारबाही भयो भने देशमा साच्चैनै गणतन्त्र आयको अनुभूति गर्ने छु, र यो कारबाही सामन्तबाद अन्यको नया सुरुवात हुने छ!
    तर यो घटना राजतन्त्र र सुजाताको ऊप-सभापतिको बार्गेनिंग को नया कडी बन्ने छ भन्ने लाग्छ!
    तर अत्याधिक सम्भाबना यो घटना यस्तै बनावोटी कुराबाट तुहिने पक्का छ!
    तेसैले यसमा धेरै समय खर्चेर चर्का चर्की गर्नु को कुनै तुक छैन!

  17. Rubel Chaudhary should be punished for his criticism on monarcy. He was just trying to use power of his mother in law who came to power because of her father Girija Prasad blessing’s. This Ruben should have been deported within an hour after the incident. Imported People like him or his mother in law would be a problem for our nation forever.

  18. यसमा केही हुनेवाला छैन ! पारस अपराधी नै हुन भने तालिमको प्रहरी केन्द्रमा हेलिकप्टर अवतरण नै हुने थिएन ! यो कस्तो कन्तबिजोग हो नेपालको कानुनीको ब्यवस्थाको, छर्लङ्गै भएको छ । के अपराधीले मागेको खण्डमा हेलिकप्टर मगाएर उसलार्इ हबार्इसयर गराइन्छ ? संसारमै नभएको जात्रा बाहेक केहि भएको छैन ? अपराधीलार्इ पुपर्क्षका लागि हिरासतमा राखिन्छ कि तालिम केन्द्रमा ?
    आपसी समझदारीमा सेक्स राख्ने जोडीहरूको भिडियो खिच्ने (चर्चीत पोखरा काण्ड, ब्लु फिल्मको टेप) प्रहरीले जनतालार्इ पारसलार्इ हेर्न पनि नदिइकन सुटुक्कै लगेछ । सायद उनीसँगै भएका प्रहरी अधिकृतले भनेका होलान् – सरकार चिन्ता नलिइबक्स्योस्, केहि घण्टा पछि सब ठिक हुन्छ । नहुनु थियो घटना भैहाल्यो, केहि हुँदैन् सरकार चिन्ता नलिबक्स्योस् !
    पारसलार्इ कारबाही हुँदैन भन्ने त अहिले नै प्रष्ट भैसक्यो । गोली चलाउने मान्छेलार्इ सार्वजनिक अपराध रे, होहल्ला गर्ने जड्याहालार्इ हुने हदसम्मको कारबाही रे ? हाहा छाँट त यहि बाटै प्रष्ट छ नी !

  19. “माओवादीहरुले यो विषयमा औपचारिक रुपमा मुख खोलेका छैनन्।”– खोल्दैनन पनि किनकि माओबादी का कयौ गुरिल्ला संग अबैधानिक हतियार छन् अनि तिनीहरु ले मान्छे मर्न प्रयोग गरिरहेकै छन्. कारबाही गर्न को लागि अनि कसरि मुख खोलुन त?
    काली खाम त माओबादी का आदर्श , सरकार काइते ले त्यो खाम ले टिभी मा खुलेआम चुनौती दिदा केहि गरें अहिले पेट्रोलियम पदार्थ को मूल्य बृद्दी को कुरा छाया मा पार्न पारस लाइ मुर्गा बनायको मात्र हो.
    पारश गुन्डा हो कारबाही हुनु जरुरि छ तर अरु हतियार धारी माओबादी लाइ छुट दियर पारश लाइ कारबाही गर्नु खाते पारा बाहेक केहि होइन.
    आखिर मा ६०/७० हजार तिराउछान अनि कारबाही फुकुवा.
    (माओबादी का साथी ले खाम को काण्ड प्रमाणित भयको छैन कसरि पक्रने भन्नु होला, के पारश को प्रमाणित हो त? तेस्तो काइते कुरो फेरी नगर्नु होला?)
    जय होस्.

    • kesu जी:
      १. तपाईका कांग्रेस-एमालेहरु अझै राजालाइ पाए भने लुसुक्क मोहर र सुपारी राखेर ढोगछन, माकुने त अझ के मात्र राखेर ढोगदैन! तेसैले यो काण्ड पनि तेस्तै हो…..
      २. कस्तो माओबादी फोबिया नामक रोग ले समाते छ हजुरलाई ! माओबादीले भने जस्तो जन-बिद्रोह भो भने त्यो फोबियाले हजुरको ज्यानलाई खराब गर्न सक्छ, पहिलानै उपचार गरी हाल्नु होला!
      ३. पारस-रुबेल काण्डका बारेमा माथि सागर नेपाल भन्ने एकजना मित्रले गरेको मार्मिक कमेन्ट पढ्नु होला!

  20. पारसको गिरफ्तारी एउटा नाटक मात्र हो । यो सरकारले पारसलाई कावार्ही गर्न सक्दैनन् । किनकी नेपाली काग्रेसमा दरवारीयाहरुको बोलवाला छ । बाँकी भारतीय दलाल छन । प्रहरी प्रसाशनको उच्च ओहदामा पनि दरवारीयाहरुको पहुँच राम्रो छ । प्रधानमन्त्रि गृह मन्त्रि र सचिव भारतीय दास हुन । अहिले भारत ज्ञानेन्द्रलाई चिडाउन चाहान्न । राजा फल्ने बेलामा तथ्थष्ट बस्नुलाई ठुलो भुल भएको भारतले आत्मासमिक्ष गरेको छ । भर्खरैको भारत भ्रमणमा जाँदा कोईराला परिवारले राजा खाख्दा काग्रेस जनतामा जान नसक्ने बताएको कुरा ज्ञनेन्द्रलाई बताएका थियो । गीरिजाबाबुले प्रचण्डको कुटनीति र राष्ट्रपतिको लोभमा राजसंस्था बिरुध षडयन्त्र गरेको आरोप भारतको थियो । त्यो कुरा बाबुबाट थाहा पाएर पारस उत्तेजीत भएको थियो । मार्न सक्ने हिक्मत त्यो मारवाडी पुत्रमा थिएन । तसर्थ हावाई फाएर गरेर तसा्रउन मात्र खोजेको हो । अहिले भारत दाहीना भएकाले पारसलाई सरकारले काबार्ही गर्न सक्दैन । एक दुई दिन नाटक गरेर छाडी दिने छन ।

  21. एउटा अनुमन यो घटनालाई ऊल्टो तरिका बाट हेरैँ है अब यो केस यती तन्किन्छी संबिधान सभाको बैधानिकतामा प्रश्न उठने छ । जुन 47 सालको संबिधान टेकदै गणतन्त्र आयको छ त्यो प्रक्रिया मिलेकै छैन । त्यतिकै भेट भ छन उनिहरु , 47 सालको संबिधानका सारथिहरु । मलाई त यस्तो पो लाग्न थाल्यो साथि हो , होसियार ! देशको अबस्था , संबिधान सभाले देखायको नपुसक चरीत्रले र माओ बादिलाई अरु दल र भारतले घाँडो देखेको बेलामा धटना भएको ले मैले त निकोचाल देखेको छै न । यति बेला अदालतले अन्तरीम संबिधानलाई अबैध घेषणा गर्यो र ए मा ले, काग्रेस र भारतले मान्यता दियो भने ……

  22. This is a regular fight between two gangsters, no need to further comment! Contemporary Nepali judicial system is so corrupt, no need to say!

    • शिला जी
      म तपाई संग अली सहमत हुन सकिन यो केस माँ, दुःख नामान्नु होला. दुइतै कुकुर हुन तर एउटा घर को कुकुर हो भने अर्को बाहिर को. तेक्सरण यो केश माँ पारस ले कानून नाघेको ले उसलाई कारबाही हुन पर्दछ भन्दा भन्दै पनी उस्प्रती मेरो अलिकती समर्थन छ(त्यों सूद को दलाल भ्रस्तचार को शिरोमणि सुजाता को बिदेशी ज्वाई को भन्दा)

      • महेश जी,
        तपाइले लगाउनु भएको अर्थ र फरक म बुझुदछु! यदी पारसले नेपाललाइ होच्याकोमा त्यो रुबेल भन्ने तस्करलाई बदला लिएको हो भने तपाइको कुरा ठिक हो | नत्र त मैले भनेको जस्तो ‘गुण्डा-फाइट’ बाहेको अरु केहि होइन है!

  23. वास्तविक हिरो भए पारस !!!!!! सलाम छ तिमि लाइ
    हिजो सम्म हामीले सुन्ने गरिएको पारस एस्तो छ, पारस उस्तो छ
    पारस गुण्डा हो पारस फलानो हो !! ढिस्कानो हो
    तर आज पारस हिरो भएर सामुन्ने आएका छन् …………..किन र कसरि ?
    जवानी छउन्जेल बिदेशी चाहिने, लाउडा जस्ता हजारोउ काण्ड बाट देश कङ्गाल बनाउदै विदेश मा मोजमस्ती मा हिड्ने
    अनि जब थोत्रो सरिर रहन्छ, तब नेपाल को याद आउछ यो घटना हामि नेपाली ले देखिरहेका छोउ
    यिन का नाटक हामीले भोगी रहेका छोउ ! बाउ को ब्याज मन्त्रि, उपप्रधान मन्त्रि भएर खादै गरेको पनि देखिरहेका छोउ
    भोलि बंगला देशी कि श्रीमती पनि त्येही ब्याज खान आउने नै हो ध्रुब सत्य कुरा हो ! खओस नाखओस त्यो त हामीलाई मतलब भएन रे
    तर जवानी मा नेपाल र नेपाली नराम्रो लाग्ने अनि नेपाल लाइ तथानाम भन्दै हिड्ने अनि जब सरिर को झश मर्छ ……….हाम्रो पुर्खा को देश
    मेरो माइती देश भन्दै थपक्क नेपाली कांग्रेस को उपसभापति बिराज मान हुन आउने ? हुन त नेपाली कांग्रेस पार्टी भएपो अनि त्येहा विचार भए पो ?
    कोइराला खानदान को हरुवा चरुवा हरु को दल ले मालिक को छोरी को किन पो बिरोध गर्न सक्थ्यो र ? ! छोरी सोच्दो हुन् किन आमा आफैले थुकेको ठाउमा फर्केर आइन ? तर त्येश को उत्तर पनि उनि संगै छ ! ! किन आइननेपालमा ? विदेश मा अनि बिदेशी संग नबसेर ? हामि सजीलै सोच्न सक्छोउ यदि तपाई बिबाहित हुनुहुन्छा भने
    २० ओउ वर्ष संगै बसेपछि के तपाई आफ्नो बुढी छाडेर बुढेश काल मा अमेरिका जान सक्नुहुन्छ ? यदि त्येहा केहि नभएको भए ?
    **********************************************************************************************************************************************************
    प्रसङ्ग पारस को थियो ! पारस जति नै गुण्डा भनिए पनि जति नै छाडा भए पनि पुर्खा को ब्याज खान सुजाता कोइराला जस्तो र्याल चुहौदै जर्मन
    देखि धोति उचाल्दै हिडेको खोइ देखिया छैन ! जति नै गुण्डा भनिए पनि नेपाल मै हुर्के बढे, नेपाल मै बस्छु यहि सेवा गर्छु भनि रहेका छन ,
    कोइराला परिवार ले जस्तै १४००० नेपाली सिउदो को सिन्दुर पुछ्ने काम ३० बर्से पंचायेती ले पनि गरेन ! माहाकाली, कोशी , गण्डकी पारस ले बेचेन
    संसद खरिद बिक्रि अनि लाउडा, धमिजा काण्ड पारस ले गरेन ! र आझै भन्नु पर्दा दिल्ली मा खुट्टा ढोगेर नेपाल को राजा वा साशक बन्ने सपना त
    कहिले पनि देखेन !
    सत्य र सहि कुरा जहा पनि बोल्न पाउनु पर्छ यो ध्रुब सत्य कुरा हो हाम्रो देश को सिमा गुमेको खण्ड मा हामि लाइ पिर लाग्ला वा नलाग्ला …………..नेता हरु को
    सोचेको पुग्ने भएको भए बि पी कोइराला ले धेरै पहिला नै भासन गरेको “दिल्ली को उपल्लो सदन मा २ सिट र काठमाडौँ मा बिधान सभा भए पुग्छ ” (हेर्नु होस् नेपाल दर्पण ) उनी का चेला हुन् यी त खुसि नै हुने भए , नेपाली जनता लाइ पनि पिर लाग्ला वा नलाग्ला तर देश को सिमा गुमेको दिन सबै भन्दा पिर यहि पारस लाइ लाग्ने छ !
    हो सर्ब जनिक ठाउमा पेस्तोल पड्काउने कार्य लाइ समर्थन त कदापि गर्न सकिदैन यो अस्वीकार्य छ तर त्यो भन्दा अस्वीकार्य त एउटा बिदेशी त्यो पनि देश को
    उपप्रधान मन्त्रि को ज्वाई ले नेपाल सम्बन्धि नकारात्मक कुरा गर्छ अनि त्येश मा उप प्रधानमन्त्री को छोरी ले साथ् दिन्छ भने त्यो निन्दनीय छ यसर्थ मा पारस सहि छन् उनले थोरै गल्ति गरे ! के एक नेपाली बङ्गला देश गएर सार्बजनिक ठाउमा त्येही देश को नराम्रो भन्दै हिड्न सक्छ ?
    साएद त्यो ठाउमा म भएको भए पनि पारस बन्थ्ये होला!! यदि पारस, त्येश दिन पारस नभएको भए उनलाई इतिहास ले कहिले माफ गर्दैनथ्यो !!!!
    एउटा कम्निस्ट भैकन पनि पारस को यो हिम्मत लाइ सलाम गर्दछु !!!!!!

    • SAGAR JIका कुराले मलाई डाबर को बिज्ञपनको याद आयो जुन बिज्ञापनमा एउटा बच्चा ले ‘मस्ति गर्दा गर्दा दिक्क भै सके केहि समाज सेवा गरौँ’ भन्दछ । कुरा केभने त्यो बिज्ञापन देखे पछि सुजता र सुजाता देखे त्यो बिज्ञापनको याद आयर म हैरान हून्थे ।

    • दामी लेख्यौ साथि. मा तिमि सित शत प्रतिशत सहमत छु.

    • सागर नेपाल जी
      यो देश माँ माधव नेपाल, प्रदीप नेपाल, र डावर नेपाल जस्ता धमिरा मात्रै होइन की तपाई जस्तो(सागर नेपाल) देश भक्त पनी हुदा रहेछन. तपाई को बिचार लाइ मेरो लाल सलाम. यो कुरा(गोली काण्ड), मात्र कानूनी रूप ले हेरिनु हुदें, येस्लाई भावानात्कम रूप ले हेरिनु पर्दछ.

  24. पारस ले गरेको नराम्रो हो तर देशलाई दुरुक्कै रुवाउने देशलाई असान्ती दिने पार्टी को नेताहरु ६०१ जनालाई एक्कै पटक हान्नु पर्ने बन्दुक किन अरुलाई ताकेको होला

  25. राजनीतिक दलका कुकुरहरुले जे पायो त्यही गरेर हिड्ने र कार्यबाही केहि नगर्ने भएपछि, यो पारस भन्ने भुस्याहा कुकुरलाइ पनि बिना कार्यबाही रिहा गरिन्छ भन्ने कुरामा केहि विवाद छ र? धन्य छ नेपाल, धन्य छ हाम्रो भद्रगोल न्याय प्रणाली|
    जय देश| तर चोर डाका नेता, मन्त्रि, पूर्व राजा र गुण्डा पारस चाही नर्कै जाओस|

  26. “माओवादीहरुले यो विषयमा औपचारिक रुपमा मुख खोलेका छैनन्।”– खोल्दैनन पनि किनकि माओबादी का कयौ गुरिल्ला संग अबैधानिक हतियार छन् अनि तिनीहरु ले मान्छे मर्न प्रयोग गरिरहेकै छन्. कारबाही गर्न को लागि अनि कसरि मुख खोलुन त?
    काली खाम त माओबादी का आदर्श , सरकार काइते ले त्यो खाम ले टिभी मा खुलेआम चुनौती दिदा केहि गरें अहिले पेट्रोलियम पदार्थ को मूल्य बृद्दी को कुरा छाया मा पार्न पारस लाइ मुर्गा बनायको मात्र हो.
    पारश गुन्डा हो कारबाही हुनु जरुरि छ तर अरु हतियार धारी माओबादी लाइ छुट दियर पारश लाइ कारबाही गर्नु खाते पारा बाहेक केहि होइन.
    आखिर मा ६०/७० हजार तिराउछान अनि कारबाही फुकुवा.
    (माओबादी का साथी ले खाम को काण्ड प्रमाणित भयको छैन कसरि पक्रने भन्नु होला, के पारश को प्रमाणित हो त? तेस्तो काइते कुरो फेरी नगर्नु होला?)
    जय होस्.

    • केशूजी,

      उमेशजीले उल्लेख गरिसक्नुभएकै छ कि पारसको भनिएको वक्तव्यमा हस्ताक्षर छैन र उनले चाहे होइन भन्न पनि सक्छन् । अब सुजाताको ज्वाइँको बयानलाई मात्र प्रमाण मान्नुहुन्छ भने त मेरो भन्नु केही छैन, किनकि टीका विष्ट काण्डमा तपाईंको नाडी छामिसकेको छु । रह्यो कुरा माओवादीसँग अवैधानिक हतियार छन् भन्ने, त्यो त राष्ट्रसंघको र सरकारको निगरानीमा रहेको हतियारलाई माओवादीको भन्नुहुन्छ भने पनि मेरो भन्नु केही छैन ।

    • खुरापाती कुरा गर्ने पनि यौटा हद हुन्छ नि, जुनसुकै प्रसंगलाई पनि माओबादीसंग जोडेर तन्काउन खोजेको देख्दा त तपाइले अर्को पटक के लेख्नु हुन्छ म आजै ठोकुवा गर्दिन सक्छु जस्तो लाग्छ| सहमतीय कुरा गरौँ, आपराधिलाइ कारबाही हुँदै छ भने कारबाहीको स्वागत गरौँ, र अन्य बाँकि अपराधीलाई पनि कारबाहीको प्रक्रिया अघाडी बढाउन सहयोग गरौँ| प्रजातन्त्र को नाममा भाँडतन्त्रको वकालत नगरौं |
      लौ मेरो पनि जय होस्

  27. ल जे भने पनि केहि हुने छैन…एदी सचि कारबाही गर्ने हो भने पहिले रामहरी श्रेष्ठ जस्ता कति नेपाली जनता इनी मावोबादी हत्यारा अपराधी हरुलाई पक्रेर देखाऊ अनि मात्त्र सरकार छ भन्ने लाग्छ …….तर यो सब अहिले सुजाता को जवाई भएको कारण ले हो एती भिती भएको तर केहि गर्न शक्नेवाला छैन यो……एकै छिनको नाटक मात्त्र हो ….
    र मा अन्त्य मा
    पारश शाह को सिध्र रिहाई हुने छ भन्ने मा बिश्वास गर्छु
    एदी नेपाल मा कानुन छ भने यूव राज पारश शाह लाई मात्त्र कारबाही गरेर हुदैन मावोबादी का तिमि अपराधी हरुलाई पनि गर्नु पर्छ…
    जय देश
    जय नेपाल

  28. सुजाताले धमला लाई सफाई दिएर विदेश घुमौना लान मिल्ने अब एकै किसिमको मुद्दामा पारस लाई चाई के हुने रहेछा हेर्न मजै आउने भयो. नेपाल मा लोकतन्त्र होइन आझै राजतन्त्र छ, खाली राजपरिवार फेरिएको मात्रै हो.

  29. १) यी गोबर नेताहरुलाई काल आएको अनी पारसलाई जनताको सपोर्ट बढाउने काम गरेका नी “बिनासकाले बिपरित बुद्धी ।”
    २) हैन यो कान्डलाई हामी सबै जनताहरुले चासो पुर्बक हेर्न जरुरी छ नत्र अर्को राजा / ए महारानीको उदय हुन्छ -सुजाता जोस्ट //दुध र पानीको सहि र बिना पुर्बाग्रही कार्यबाही हुन पर्छ ।
    “लाटो देशमा गाँडो तन्नेरी ।”
    ३)”ओरालो लागेको हरिणलाई कुकुरको लुते छाउरोले पनि खेद्छ भन्थे ।” हजुरबाले हो पो रैछ की के हो ?? जनतालाई केही दिन अल्मल्याइ सरकार टिकाउन र मरेको बाघको जुँगा उखेलेर बहादुरी देखाउन लागेका बहादुर नेताहरु ।। बाघ जिउदै छ होस् गर ।।
    “खबर्दार पुर्बाग्रही हुदैछौ / परिणाम बिचार गर ।।”

  30. खै नेपाल को कनुन दैबले जानुन, जता तन्कायो उतै तन्किने, कतिले कानुनै नजान्ने र जान्ने ले जता सुकै आफ्ने हितको तन्काउने खै के खै के……………..

  31. If the guilty is not punished in the name of this and thats, it will surely increase crimes like this in Nepal in future.

  32. खोभारी रायजस्ताको बिरोध भनेको एउटा फटाहा ले अर्को फटाहाको बचाव गर्न खोजेको दु मात्रै हो…..तेस्ताले गरेको बिरोध ले केहि नाप्ने वाला छैन….

Comments are closed.