पारसलाई छुटाउन अनिश्चितकालीन चक्काजाम

गोली चलाएको आरोपमा भरतपुरको प्रहरी तालिम केन्द्रमा विशिष्ट श्रेणीको सुविधाका साथ खातिरदारी गरेर राखिएका पारसलाई छुटाउन एउटा पहिले कहिल्यै नसुनिएको पार्टीले देशभरी अनिश्चितकालीन चक्काजाम गर्ने घोषणा गर्दै इमेल पठाएको छ। पार्टीको नाम रहेछ- कर्मनिष्ठ पार्टी। उसको इमेल विज्ञप्तिमा पारसलाई तत्काल रिहा नगरिएमा मंसिर २९ गते (भोलि बुधबार) देखि देशव्यापी रुपमा अनिश्चितकालीन चक्काजाम गर्ने घोषणा गरिएको छ। पारस शाहलाई रिहा नगरी उल्टै जबरजस्तीको बाटोमा सरकार लागेमा भोलिबाट हुने आन्दोलनको सम्पूर्ण परिणाम सरकारले नै लिनु पर्ने चेतावनी पनि यो समूहले दिएको छ।

माओवादी त चुप बसेको छ यो मामिलामा। अब नेविसंघ र काँग्रेस कार्यकर्ताहरु कसरी राजावादीहरुको सडक आन्दोलनको प्रतिकारमा निस्कने हुन्, हेर्न बाँकी छ। यो नामै नसुनिएको पार्टीको विज्ञप्ति पूरा पढ्ने भए भित्र आउनुस्।

त्योभन्दा अघि एउटा विदेशको खबर पनि सुनिहाल्नुस्। विकिलिक्सका संस्थापक जुलियन असान्जलाई धरौटीमा रिहा गर्ने आदेश बेलायतको अदालतले आज दिएको छ।


नेपाल कर्मनिष्ठ पार्टी
केन्द्रीय समिति
email: [email protected]

मिति : २०६७/०८/२८

प्रेस बक्तव्य

राष्ट्रवादी र देशभक्त पारस शाहलाई पक्राउ गरिएको घटनाप्रति यस पार्टी घोर आपत्ति प्रकट गर्दै तत्काल रिहा गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ। विदेशी नागरिकले नेपाल र नेपालीमाथि गरेको व्यवहारको कारण उत्पन्न घटनालाई प्रपोगाण्डा मच्चाउने उद्देश्यले विदेशीहरुको षडयन्त्र मुताविक शाहलाई पक्राउ गरिएको यस पार्टीले ठहर गरेको छ।

राष्ट्रवादी पारस शाहविरुद्ध बंगलादेशी नागरिकले गरेको व्यवहारको बारेमा कुनै अनुसन्धान नै नगरी नेपाल र नेपालीको अस्मितामाथि गरिएको व्यवहारको कारण पक्राउ गरिनु न्यायोचित मान्न नसकिने हुँदा उहाँलाई तत्काल रिहा गर्न पुनः एक पटक सम्बन्धीत निकायसँग आग्रह गर्दछौं। तत्काल रिहा नगरिएमा २०६७ साल मंसिर २९ गते (भोलि) देखि देशव्यापी रुपमा अनिश्चितकालीन चक्काजामको यसै प्रेस बक्तव्यमार्फत जानकारी गराइन्छ। राष्ट्रवादी यस अभियानमा सहभागी हुन, अन्य विभिन्न राजनीतिक दल, नागरिक समाज, वकिल, पत्रकारहरुलाई सहयोग गर्न र साथ दिन हार्दिक अनुरोध गर्दछौं। साथै पारस शाहलाई रिहा नगरी उल्टै जबरजस्तीको बाटोमा सरकार लागेमा भोलिबाट हुने आन्दोलनको सम्पूर्ण परिणाम सरकारले नै लिनु पर्नेछ।

साथै भर्खरै स्थापनाको क्रममा रहेको यस पार्टीले राष्ट्रियताको आन्दोलनलाई घनिभूत पार्दै विदेशी तत्वहरुको चलखेलाई नामेट पार्ने विभिन्न खालको कार्यक्रम गर्दै गरेको जानकारी गराउँदछौं।

विजय भण्डारी
अध्यक्ष

पारसलाई कहाँ राखिएको छ ? पारसको लागि प्रदर्शन भिडियो हेर्न क्लिक गर्नुस्

.
.
.
.
.
.
.
.

32 Comments

  1. नेपालको कानुन दैबले जानुन !
    नेता र चोरहरुलाई मौज र भोज !!

    सी. डी. ओ. पिटेकोमा के कारवाही ?
    जनता मरेकोमा के कारवाही ?

    अनि पारसले खाली गोलि पटकाएको छ !
    न कोहिले पिटाई खाएको छ, न कोहि घाइते, न कोहि मरेको छ !

    माछा, माछा, भ्यागुता, हामी आम नेपालीलाई !!!
    नेपालीहरुले लोकतन्त्र खाने, लोकतन्त्रमा सुत्ने र लोकतन्त्र हेर्ने !!!!

    सुरज श्रेष्ठ

  2. yo sabai समस्या को समाधान को लागि अब औतई मात्रै उप ६ त्यो हो ६०१ जना संसद हरु संगै भाको बेला आत्मघाती बोम हान्नु पर६ अनि मात्रै देश मा नया नेपाल बनाउने नेता हरु जन्मिन६न् हैन भने नेपाल मा केले पनि शान्ति औदैना

  3. किन नेपालमा यस्तो हुँदै छ ???? काम गर्नेलाइ काम गर्न दीदैन, रोगीहरुलाई उपचार गरुन दीइदैन, बाच्नेलाई बाच्न दिन्दैन, यार आब हुँदा हुदा प्रहरीहरुलाई पनि आफ्नो कार्य गर्न दिन्न भन्ने हरु निस्के नेपालाँ | अब त जसको अलि ग्रुप छ त्यस्ताले मान्छे मारे भने नि नेपाल बन्द गर्छौ भन्छ होला, | राज्य नि के हेरेर बसेको होला? यस्तो खाले मान्छे होस् या पार्टी ज्याम्म समातेर लगेर देशद्रोही मुद्दा लगाउनु नि यार…….

  4. पारस लाइ साथ् दिने जनता कस्तो मुर्ख हो ? अनि भएन भनेर चक्का जाम गर्ने सपोर्तर लाई पनि पक्राउ मा लिन पर्छा. र पारस लाई सजाए हुनै पर्छा. हुन त हाम्रो देश मा घुष दिए पछी भए पुग्छा पारस ले दि हाल्छ.

  5. यो अरु केहि हैन शुजताले काङ्ग्रेस पार्टमा आफ्नो शक्ति प्रदरसन गर्न खोजेको मात्र हो…

  6. कुखुरा accident हुदा त चक्का जाम हुने देशमा यो त ठुलो घटना हो .sure चक्का जाम हुन्छ !

  7. जे गर्दा पनि भयो. ट्याक्सी चालकले प्यासेंजेर ठग्न पाउनै पर्छ. बिद्यार्थीले एक्जाम मा चिट चोर्न पाउनै पर्छ. सार्वजनीक ठाउमा गोलि चलाउन पाउनै पर्छ, नत्र……. नेपाल बन्द गर्न पाउनै पर्छ.

  8. Hi Alina,

    I fully agree with Alina. At least do respect rights of other human beings, doesnot matter where are they from. no body is above law, either nepali or foreigner. respect all.

    If rubel did wrong in this case he should be punish, he should be investigated. but sadly we are not following rule of law in this country. hope day will come for that

    NP

  9. यदि यहि कान्डलाइ बढि रंग दिएर पूर्वाग्रही पूर्वक सरकार र पार्टीहरू अगाडी जान्छन भने पारसलाई छुटाउन अनिश्चितकालीन चक्काजाम
    मा मलाइ अग्रपंक्तीमा मलाइ देख्नेछन सबैले ।

    पारसलाइ सल्लाहः बढी निँहु खोजे भने माअोबादी तीर लाग्ने की ?

  10. सुजाता जस्तो घृणित, अबिबिकि र पैसामा मातेकी भ्रस्टको कुरा सुनेर कांग्रसले बिज्ञप्ति निकाल्यो। हतियारको मतियार कोहि बन्नु हुन्न र बन्न खोज्नेलाई कानुन अनुसार कारबाही पनि हुनु पर्छ। खुलेयाम हतियार बोकेर निर्दोस जनता तर्साएको बारे कसले बोल्ने । कांग्रेसको आफ्नो कर्येकर्ता गोलीले मर्दा नबोल्ने कांग्रेस आज बोल्यो किन ?
    सुजातालाई कांग्रेसले अब पनि बोकेर हिड्छ भने आर्यघाटको नाजिक पार्टी कार्यालय बनए हुन्छ। तिम्रो थोरै पनि बुद्धि छ भने अब समाज सेवा गर, अनुराधा जस्तो हुने कोसिस गर्ने। कति सम्म गद्दारी गर्ने, अनि के तिम्रो चाहना मङ्गल ग्रहको पहिलो राष्ट्र पति हुने हो? पैसा मात्र भएर पुग्दैन माते बुद्दी र बिबेक अनि समय अनुसार चल्न सक्ने खुबी पनि हुनु पर्छ। हुन त के भनु टी. यू. का कति युवा हरु पैसाकै कारणले तिम्रो जय जय कार गर्छन। तिम्रो भ्रस्टचार को खोजि गर्ने दिन पनि धरै टाढा नहोला।

    नेपालमा पनि ‘विकिलिक्स’ ‘ जस्तो एउटा संस्था चाहियो ताकी भ्रस्ट सरकार, सरकारी कर्मचारी, भ्रस्ट प्रवृतिलाई प्रबर्दन र संरक्षण गर्ने हरौटे, भरौटे, घुसहा, र गोबर गडेशहरु को पर्दाफास गर्न सकियोस ताकी जनताको सामुन्ने सत्यता आवोस.

  11. पारसलाई छुटाउन चक्का जाम साम केहि गर्नु पर्दैन | बरु पारस भोलीनै माओबादीमा गएर मिलीदिएमा जेलबाट पनि मुक्त हुन्छ र सबै चुप चाप पनि लाग्छ |

  12. बिदेशी को इशारा मा आफ्नै देश को अश्मिता डुबाउन खोज्ने देश का नेता भनौदा हरु तिमीहरु संग चाही लाज भन्ने कुरा केहि छ,बास्तबिकता नबुझी हचुवा को भर मा मनपरी गर्ने ??

  13. हेर एउटा बंगाली र सुजताले देश लाई एस्तो अबस्था मा पुराएका …देश को संबिधान बनाउने कुरा कता छ? अब चक्का जाम सुरु रे ..नेपाली जनता ले कुन जन्मको पाप बोक्नु परेछ ..हरे..:बरु २/४ जना अरु पारस जन्मेर सबै डाका नेताहरूलाई ठीक पारेत देशमा कही हुन्थ्यो की..दिक्क लागिसक्यो..

  14. बाच्न मात्र पर्छ यो संसार मा के के देख्न पाइन्छ, पाइन्छ /

  15. वोव! परश दै तपाई साचिकै राजाको छोरो हुनु हुँदो रेछान,मोइले सोचेको थिए सर्बसदारणलै मात्र तपाइले एस्तो गर्छा भनेको सुनेको र पतीरिकामा पढेको थिए तर आजको खबर सुन्दा अनाद लग्यो/आची सुजातालाई गर्नु पर्ने?सबैलाई नेपाली जनतालाई थाहा छ नेपाली राजनीतिकमा इमान्द्र,बवादर,देश प्रेमिंग,जनताको प्रिया छेन भनेर/
    कुकुर दरबार भित्र गएर ६०१ कुकुरहरुलाई fry गर्दिए जान राम्रो हुने थियो/
    reality matter के भयो पशुपतिलाई थाहा होला/

  16. बिकाश sir,
    वहा पूर्व राजकुमार हो , साधारण जनता हैन ..जस्तै रामबरण यादव प्रेसिडेन्ट बाट हटेपछि तपाई र ओहा मा केहि फरक हुन्न हो?

  17. चक्का जाम गरि देश द्रोही काम गर्नु राम्रो होइन चक्का जाम समस्याको समाधान होइन यो घटना लाई कानुन सम्बत तरिकाला हल गर्नु पर्छ
    यदि नेपाली कांग्रेश र उसको भात्री संगठन ने.बि.संघ सुजाता कोइरालाको पेवा हो भने यो मामिलामा रुबेन चौधरी को पक्ष मा वकालत गरि ठुलो हंगामा मचाउदा कुनै आश्चर्य हुदैन / यदि यो सस्था नेपाल र नेपाली को हो भने पारस लाई कानुनी घेरामा ल्याई पारस को तर्फ बाट वोकलत गर्नु पर्छ किन कि यहाँ रास्ट्रीयता को सवाल उठे को छ / साथै अरु रास्ट्रीय पाटीले पनि कानुन सम्बत तरिकाले पारस लाई सहयोग गर्नु पर्छ
    मा पनि नेपाली कांग्रेश को बैदेशिक संगठन जन सम्पर्क समितिको सदस्य हु तर यो मामिला मा म पूर्ण रुप ले पारस लाई समर्थन गर्छु / व्यक्तिगत विचार प्रस्तुत गर्न सबै स्वतन्त्र छ त्यसै ले यो मेरो व्यक्तिगत विचार हो
    Prabhat Paudel
    Amsterdam, the netherlands

    • पर्बत जी ! कहाँ को कानुन , के कानुन ,कस्तो कानुन , कसको कानुन को कुरा गर्नु हुन्छ ? यो नेपाल भन्ने थाहा छैन कि क्या हो? नेपाल हो नेपाल , जस्को हात मा लट्ठी उशकै हो भैशी …………………..सपना देख्दै हुनु हुन्छ कि क्या हो , यो नेपाल हो नेपाल पारश ले जस्तै गोलि मारे त्यो कानुन भन्ने सब्दलाई , त्यो जमाना छैन नेपाल मा अहिले, नेपाल छोड्नु भएको कति वर्षा भयो ?

      • सुमन जी ,, जे भय पनि नेपाल लाई कानुनी राज्य बनाउनु हाम्रो कर्तब्य हो म चक्का जाम हर्ताल समस्याको समाधान त होइन नि अनि हेर्नु त देश को मूल मुद्दा संबिधान बनाउने कम छोडेर पारस र रुबेन हो मुद्दामा लागेका छन् नेता हरु / अनि रुबेन ले घटना घटे को २,३ घण्टा म पुलिस को म रिपोर्ट दिन पनि सक्त्यो नि किन २ दिन पछि आयो यो कुरा यहाँ किन भने यहाँ राजनीति स्वार्थ पलायारा हो अनि मैले यो निजि विचार भनेको छु नि त

  18. बार्ह वर्ष कुकुर को पुछार ढुङ्ग्रो मा राख्यो जस्ता को तेस्तै हाम्रा पारस दै लै ठिक हुने उखान परेछा. अब नेपाल मा यसै गुन्डागर्दी छ त पारस जी ले पनि तेही गर्न खोज्नु कुनै नया भएन यो त सबै ले सोचेकै कुरा हो अझ सारा संसार बन्द गर पारस

  19. हरीसरणम !!!! कस्तो दशा लागेछ बा नेपाल लाई । हैन नेपाल मा शान्ती नाआउने भयो है ।

  20. My father was an Austrian European. My mother is from Manag Sherpa family. I was born in Patan grew up in kathmandu. I was heavily discriminited like a foreigner during my school period in Kathmandu. Because my hair is brown and my eys are blue colours. I was discriminited everywhere in Nepal.Because of I do n’t look like others Nepali girls. I love my country NEPAL more than others Nepali citizens. I’ve never spoken or done against my country Nepal. When I read, some commneters are racists and discrimanation. We all must stop racists. Most of Nepali love to live in foreign soils and want to be foreigns citizens. We hate one commenter says that Paras bad boy better than bastad foreigner Rubel Chaudhary. I ‘m not pro Rubel neither Congress nor UML. I’m Buddhist and patriot of Nepal. I have never asked any country political asylmn and never desire to change my nationality. I ‘m always proud to be Nepali with half Austrian blood. I ‘m writing this in English. Because, everybody can understand my feelings. In my opinion, Nepali or foreigner does not matter .If he or she does not respect laws and order, in any countries must be prisoned or deported.

    • The commentator have expressed dissatisfaction related to misuse of power by a foreign (Bangladeshi)citizen. Its not intended towards you.You are already Nepalese citizen, aren’t you?नेपाली हुन पूर्व जनम को कमाई ले पुग्दैन
      ,नेपाली हुन पबित्र आत्मा नेपाली चाहिन्छ,होइन भने नेपाली नभन बिर को छोरा/छोरी नातिमा नगन !!!! धेरै गर्नु यो देश को सेवा नेपाली बन्नलाई ….

  21. कर्मनिस्ट लगभग कम्निस्ट झैँ नै लाग्यो! सफल नै हुन पनि सक्छ नि नेपाल बन्द! कुकुरको घाटीमा प्लाकार्ड झुन्द्यै दिए त बन्द हुन्छ नेपाल, यो त पार्टी परेछ!!!! कुकर्मीलाइ रिहा गर भन्ने पार्टी कर्मनिस्ट, कति जानेका!!!!!!!!!!!

  22. देशमा सान्ति कहिलेपनि नआउने भो ……………………सान्ति भन्ने चिज कथा मात्र हुने भो……………………………. हे भगवान नेताहरुलाई सतबुधी देउ|

  23. हे भगवान कस्तो कस्तो दिन आउनु लाग्यो यो देशमा ?हुदा हुदा अब त् १ जना मान्छे ले पनि देशमा चक्का जाम गर्ने रे ……मलाई त् यो news हेरेर लाज पो लाग्यो अनि हास पनि उठ्यो …अपराधी लाई छुटाउनुको लागि पनि चक्का जाम,,तेही पनि कहिले नसुनेको पार्टी र १ जना व्यक्तिले………हा हा हा हहाहाहा……………….किन जसले जे गरेनी ,जसले जे भनेनी सहि बस्ने अनि सुनी बस्ने सोझो ,सिधा नेपालीलाई जे गरेनी हुन्छ भनि सोचेर हो???????? यो त् अति हुन्छ …अब त् नेपाली जनताले सहदैन …………..

  24. त्यो अस्तित्वो मा नआएको पार्टी ले चक्का जाम गर्दै मा केहि फरक पर्ने वाला छैन , एदी पारश दोषी हुन् भने कानुन बमोजिम कारबाही हुनै पर्छ , तर जहाँ सम्म एस्तो लाग्छ यो केश लाइ औपचारिकता निभाउन को लागि अदालत सम्म पुर्याएर भू पु रास्ट्र प्रमुख को छोरा र भू पु युबराज भएको कारण गोलि चलाए पनि सामान्य जरिवाना गरि रिहा गरिने छ , किन कि पारश ले भनि सकेका छन , मैले हवाई फाएर गरेको हुम मार्ने उद्ध्येश ले होइन अर्को कुरा त्यो पिडित भनौदो चौधरी घाइते पनि छैन , चौधरी एक्लै बोलेर पनि केहि हुने वाला देखिन्न किन कि तेहा चौधरी का भन्दा पारश का साछी बढी हुने छन
    अर्को कुरो हाम्रो देश को संबिधान ले अपराध गर्ने जोसलाई पनि सजाए हुन्छ भनेको भए पनि कोहि पनि पहुँच वाला अथवा उपल्लो बर्ग का नेता हरु कोसै लाइ पनि कारबाही गरेको रेकर्ड छैन न त् जेल मा थुनेको नै छ

  25. नेपाल अनि भकुण्डो
    जो आए मज्जा कर जाए…..मैले भारत को कुनै गल्लि मा देखे को यो बाक्य….ठयकै त्येस्तै हुन लाग्य छ नेपाल ,मा पनि…
    आपराधि भनु या देशभक्त? छाए जे होस्…..सार्वजनिक ठाउँ मा गोलि चलाउदा १००० मात्रै जरिवाना लाग्छ भने म ६ लाख १० हजार तिर्न तयार छु…म पनि संबिधान सभा अगाडी गोलि चलाउछु अनि हवाई जाहज चढेर तालिम केन्द्र जान्छु. अने धरौटी म १००० तिर्छु अने अदालत ले भने जस्तो फौजदरी मुद्धा लाग्दैन भने म गर्छु तर
    तर यदि मैले यहाँ लेखेका कुरा हरु गर्दा अपराध ठहरिन्छ भने सार्वजनिक ठाउँ मा गोलि चलाउने लै कारबाही गर्नु पर्यो न कि मेडल बाड्ने दुर्जा कुमार राई लाई जस्तै?
    आब चक्काजाम गर्ने ले आफ्नै चक्का मात्रै जाम गरे हुन्छ….तर नपुन्सक सरकार हो भने चै चक्काजाम १००% हुन्छ.

    असली देश भक्ति देखाउने पारस ले र उसको रिहाई हो माग गर्ने कर्मनिस्ट पार्टी ले सिमाना मिचिदा चक्काजाम गर, परिक्ष्या सारिदा चक्काजाम गर, मूल्य ब्रिधि हुदा चक्का जाम गर, निर्दोष मारिदा चक्का जाम गर, न्यायिक कुरा मा चक्का जाम गर
    तर अपराधी लाई बचाउन फोकट मा समय खेर नफाल…
    जय नेपाल

  26. खास असली कुरा अझै बाहिर आएको छैन . पारश काण्ड त सबैलाई थाहा छ. पहिले पनि राम्रो बानि भएको मान्छे त उनि होइनन तर गोलि नै चलाउनु पर्ने कारण अझै बाहिर आएजस्तो त मलाइ लागेको छैन.

    पारश ले आफ्नो बानि सुधार गर्नु पर्छा. निकम्मा सरकार तात्तिएको छ . कांग्रेस पट्टु प्या प्या गरेको छ . माओबादी चुप छ . एमाले चुप छ, बोले जस्तो गरेको छ. हेरौ के हुन्छा .. जनताले कसरि लिन्छन यो घटना लाइ …

Comments are closed.