‘मम्मी’को अभावमा मेरी छोरी

-नारायण अमृत-

आमाको माया पनि हजुरआमालाई।
विकिलिक्सको सूचनाले संसार हल्लाएको छ। पारसको गोली–प्रकरणले नेपाल। तर, मलाई भने पछिल्ला केही दिनदेखि बिरामी परिरहेकी मेरी चार वर्षीया छोरीको मनोदशा, भाव–भंगीमा र व्यवहारले हल्लाउनसम्म हल्लाएका छन्। उसको निर्निमेष हेराई, कलेठी परेका ओठ र लोलाइरहेका आखाँका भावले छोरीमा अन्तरनिहीत एकान्तता र अपर्याप्तताको छनक दिइरहेको जस्तो लाग्न थालेको छ। अभिभावक भएपछि सामान्य कुराको पनि अर्थ खोज्नु पर्ने रहेछ। वा, खोजिँदो रहेछ। कहिलेकाँही यस्ता सामान्य कुराले असामान्य प्रकृतिको अनुभूति पैदा गर्दा रहेछन्। त्यसैले त सबै अभिभावक संवेदनशील हुन्छन्। सायद, माया भनेकै यही पो हो कि !

झन् दुख्खको घडीमा त यस्तो संवेदशिलता मैन पग्लेजस्तै पग्लदो रहेछ। जलिरहेको बत्तिमुनि थुप्रिएको मैनजस्तै मुटुको अन्तरकुन्तरमा जम्मा हुदोरहेछ भावुकताको यस्तो यौगीक, जहाँ खुशी नामको तत्व पटक्कै हुँदैन।


‘तिमीलाई कस्तो छ नानु?’, राती अबेर कार्यालयबाट फर्केर निधार छाम्दै बिरामी छोरीलाई मैले सोधपुछ गरेको थिएँ, अघिल्लो साताको अन्तिम दिन। छोरीलाई हन्हनी ज्वरो आइरहेको थियो। अशक्त थिई। अनुहार पुरै फुङ उडेजस्तो निस्तेज थियो। उसले काँपिरहेका ओठ सल्बलाउँदै भनेकी थिई, ‘बाबा मलाई केही भएको छैन। भोलि स्कुल जान्छु। भर्खरै चार वर्ष पूरा भएकी छोरीले किन यसो भनिरहेकी छे भेऊ पाउन मलाई साह्रै गाह्रो भयो। मैले सोचेँ, छोरीले मलाई आश्वस्त पार्न खोजिरहेकी छे।

उसलाई थाहा छ, दुध ख्वाउँदा–ख्वाउँदैकी मम्मीले छोडेर विदेश गएपछि स्याहार–सुसारको जिम्मेवारी सम्हाल्दै आउनुभएकी झण्डै ८० वर्षीया हजुरआमाको हात भाँच्चिएको छ। हातमा लगाइएको गरुङ्गो प्लास्टर थाम्न नसकेर उहाँ ओच्छ्यानमै सुतिरहनु हुन्छ। त्यसैमाथि पनि उहाँलाई रुघा, खोकी र ज्वरोले सताइरहेको छ। त्यसैले होला, त्यो दिन छोरी हजुरआमालाई छाडेर मेरो ओच्छ्यानमा आएर छेउमा सुती। ज्वरो नापेँ। १०३ डिग्री थियो। औषधी दिएँ। ज्वरो थामिएन। ऊ अझै काँपीरहेकी थिई। म अत्यन्तै मानसिक थकानमा थिएँ। कतिबेला झकाएछु पत्तै भएन। छोरीको बर्बरावटले म झस्केँ। उसले निरन्तर ‘मम्मी मम्मी मम्मी….’ भनिरहेकी थिई। निधार छामेँ। ज्वरो, आगाको भुंग्राजस्तो थियो, पटक्कै घटेको थिएन। म एकाएक अत्तालिएँ। मम्मीले छोडेर गएको झण्डै दुई वर्षसम्म केही पटकबाहेक मम्मीको नाम नलिएकी छोरी बिरामी परेका बेला किन यति व्यग्र तरीकाले मम्मी खोजिरहेकी छे? उठेर बत्ति बालेँ। रातको २ बजेको रहेछ। उसलाई उठाएँ। र, काखमा लिएँ। छोरीले अझै भन्दै थिई, ‘मम्मी खोई बाबा?’, मसँग खासै उसलाई चित्त बुझाउन सक्ने जवाफ थिएन। र, अहिले पनि छैन। मलाई चित्त बुझ्नु र सानी छोरीलाई चित्त बुझ्नुमा पक्कै पनि अन्तर छ। मैले भनें ‘मम्मी किन चाहियो?। बाबा छ। आमा हुनुहुन्छ। तिमीलाई खाना बनाएर दिने सपना दिदी छ। सबै छौँ नि हामी।’ मैले यसो भनिरहँदा मेरा आखाँबाट स्वभाविक रुपमा आँसु चुहिरहेका थिए। छोरीले मलाई एकोहोरो हेरिरही, चिम्सा आँखा बनाएर। वातावरण बडो स्तव्ध भयो। निमेष भरपछि छोरीले मम्मीको प्रसङ मोड्न चाही। र, मेरो निधारमा हात राख्दै भनी, ‘ बाबालाई पनि ज्वरो आएको छ। औषधी खानुस्।’ बिरामी छोरीले मेरा आँसु देखेपछि मम्मीको खोजी गर्न छोडी। उसको मनले हो कि, मेरो भंगीमाले ! त्यो भने मलाई थाहा छैन। जे होला, छोरीकै मनमा होला।

यो बीचमा छोरीलाई केही बिसेक भयो। कम्तिमा ज्वरो छैन। तर पनि उसको अनुहार, हाउभाउ र भाव भने जस्ताको त्यस्तै छ। बब डेलन र बिटल्सका संगीतमा गुनगुनाउँदै कोठामा नाच्ने मेरो छोरीको मानी हराएको छ। जन्म दिनमा मित्रहरु विनोद, दिपक र राजेशले ल्याइदिएको गिटार बजाउँदै रेशम फिरिरी गाउने मेरी प्रिय छोरी अहिले टोल्हाइरहने, धेरै नबोल्ने र आफूमै कतै हराएजस्तै छे। ‘यसले सपनामा ममीलाई देखेजस्तो छ। त्यसको असर हुनसक्छ’ उसकी वृद्धा हजुआमा पनि नातिनीको अवस्थादेखि चिन्तित हुनुहुन्छ। छोरीको यस्तो अवस्थालाई ‘रिकभर’ गर्न मैले फेसबुकमा उसको ममीले राखेका केही ताजा तस्विर देखाएँ। छोरीले भनी ‘ यो हाम्रो मम्मी होइन बाबा।’ सायद पहिरन र तस्विरमा देखिएका ‘पोज’का कारण छोरीले मम्मी ठम्याउन नसकेकी हुन पनि सक्छे। या, उसले ममीसँग घुमाउरो शैलीमा आफ्नो आक्रोश अभिव्यक्त गरेकी पनि हुन सक्छे। साँच्चै बुझिनसक्नु रहस्यमय हुँदोरहेछ, बालमनोविज्ञान।

जचाउन हस्पिटल जान्छु भन्दै ममी जहाज चढेको केही दिनमा छोरीले हजुरआमासँग भनेकी थिई, ‘ ममीको दुधभन्दा गाईको दुध मिठो छ है आमा?’ हजुरआमाले नातिनीको प्रतिक्रियालाई कसरी लिनु भो थाहा छैन, तर मैले भने उसको यो भनाईलाई मम्मीसँगको विछोडको परिलक्षणका रुपमा लिएको थिएँ। त्यसको केही दिनमा कुनै छिमेकीले छोरीलाई सुनाइदिएछ, ‘तिम्रो मम्मी त विदेश गई।’ निन्याउरो अनुहार पार्दै छोरी मलाई खोज्दै मेरो कोठामा आई। र, कपाल कन्याउँदै भनी ‘ बाबा, ममी त मिनु दिदीसँग गएछ नि, विदेश। हाम्रो मम्मि झुट रहेछ।’ अन्तरजातीय जोडीबाट जन्मेकीले होला मेरी छोरीको बोल्ने लवज मंगोलियन परिवारको जस्तो छ, जसलाई म परिवर्तन होस् भन्ने चाहन्न। त्यसपछि भने मैले मम्मी विदेश जानाको कारण नलुकाई बताइदिएको थिएँ, छोरीलाई। त्यसको धेरै महिनासम्म ऊ चुपचाप थिई। स्कुल जान्थी। खेल्थी। काटुर्न हेर्थी। गीत गाउँथी। कहिलेकाही हजुरआमासँग पैसा मागेर हैरान पार्थी। तर कहिल्यै मम्मीको ‘म’ पनि उच्चारण पनि गर्दैन्थी।

एक दिन मैले छोरीलाई कमलपोखरीस्थित सिटिसेन्टरको ‘किड्स प्लेइङ जोन’ लिएर गएको थिएँ। त्यहाँ उसले धेरै बालबालिका देखी। अधिकांश बालबालिकाका साथमा उनीहरुमा आमा थिए। खेल्न सिकाइरहेका थिए। रमाइरहेका थिए। अचानक मेरी छोरीले त्यहाँ बस्न मानिन। खेल्न मानिन। उसले घर फर्कौ भनेर हैरान पारी। मलाई लाग्यो, आमाहरुसँग रमाइरहेका बच्चाहरु देखेपछि उसलाई पनि ममीको याद आए होला। ट्याक्सी चढेर घर फर्किर्दै गर्दा मैले छोरीलाई सोधें ‘ ममीको याद आयो है नानु?’ उसले होइन भन्दै टाउको हल्लाए पनि उसको अनुहारको भावले भनिरहेको थियो, ऊ चिन्तित छे कसैको यादमा। निर्लिप्त छे, कसैको सम्झनामा।

बस्ने बासस्थान वरिपरि कहिलेकाहीँ मैले छोरी साथमा लिएर हिँड्छु। चिनजानेकाहरुले प्रतिक्रिया दिन्छन् ‘लौ हेर ! यति सानी नानी छाडेर, विदेश जान सक्ने आमाको मन पनि कठोरै हुनु पर्छ।’ प्रतिक्रिया सुनेपछि अघिसम्म रमाइरहेकी , गफिदैरहेकी मेरी छोरी एकाएक मौन बन्छे। स्तव्ध बन्छे। र, टुलुटुलु भूईँतिर मात्र हेरिरहन्छे। यस्तो अवस्थामा म बडो विचलित हुन्छु। त्यसैले छोरीलाई बाहिर लिएर हिँड्दा विचार पुर्‍याउन थालेको छु, मैले। घरमा आएका एकाध आफन्तहरुलाई त मैले नराम्रेरी झपारेको पनि छु। तर छोरीको मनोविज्ञान, व्यवहार र भावना पढ्दा भने उसभित्र ‘मम्मी अभाव’को आँधीबेरी चलिरहेको अनुमान गर्न मलाई पटक्कै कठिन छैन। यस्ता अनुभवहरु मात्र होइनन्, वृद्धा हजुरआमा विरामी परेर दिनभर चाउचाउको भरमा बस्नुपर्दाको छोरीको मनोविज्ञान पनि जाँचेको छु मैले। छामेको छु उसका नाडी र मुटुको धड्कन पनि। आत्मविश्वासहित छोरीकै भविष्यका लागि भनेर विदेश पुगेकी उसकी मम्मीले छोरीलाई त्यत्तिकै ‘मिस’ गरेकी होलिन्। तर मसँगै भएकाले त्यो ‘मिसिङ’भन्दा छोरीले गरिरहेको ‘मिसिङ’ बढी घनिभूत छ भन्ने मलाई लागेको छ।

थाहा छैन, मेरी छोरीको यस्तो पछिल्लो मनोदशा कहिले ट्रयाकमा आउने हो ! म चाहन्छु मेरी छोरी पहिलाजस्तै मसँग खेलोस्। मेरो कपाल लुछोस्। गीत गाओस्। मलाई सताओस्। र, उसको अनुहारमा सधैं–सधैं खुशी देख्न पाइयोस्।

आमाको माया पनि हजुरआमालाई।

84 Comments

  1. बिदेशिनुको विवसता कम अवस्य त छैन नै कति आमाहरु आफ्ना नानीहरुको उज्यालो भविष्यको निम्ती आफ्नो काख रित्तै बनाएर परदेशी भुमीमा हरपल छटपटेको मैले प्रत्यक्ष्य देखेकी छु, उहाँहरुकै नजरबाट पनि अनुभव गरेकी छु तर यता तिनै नानीहरुमा वालमनोबिज्ञान असर परेको अवस्थामा भने शिघ्र उपायहरु अपनाउनु नै बुद्धिमानी हुन्छ होला भन्ने मेरो व्यक्तिगत धारणा हो किनकी हरेक बाल बिकासमा आमाहरुले प्रमुख भूमिका खेलेको हुन्छ र त्यसले उनिहरुमा देखिने परिवर्तनले पनि मनग्य ठाउँ लिएको हुन्छ ।

    यहाँको ज्ञानी छोरीले आमाको उपस्थितिलाई व्यग्र चाहेको छ जुन उसले शब्दमा व्यक्त गर्न नसके पनि उसको हर कृयाकलाप द्दारा त्यो पुष्टि भएको भान गरे मैले यहाँको आफ्नै कथाबाट त्यसैले समयमै सावधनीका बाटाहरु रोज्नुहोला , मेरो कामना … “Prevention is better than cure “

  2. “..मेरा आखाँबाट स्वभाविक रुपमा आँसु चुहिरहेका थिए” बस्ताब मै तपाइको बास्तविक कथा ले मलाई रुवायो र यो कथा धेरै जना को कथा संग मेल खान्छ सायद मेरो कथा संग पनि… भगवान को कृपा ले मेरो परिवार पूर्ण छ अहिले तर तपाइको कथा पढे पछी पुराना याद हरु ताजा भएर आए

  3. नारायण जी मलाई तपाइको यो वास्तविक लेख ले धेरै मर्म स्परसी बनायो. थाहै भयन मेरा अखाहरु रसयाको . तर नारायण जी तपाइको छोरि लाई आमा को न्यानो काख को महसुस हुन नदिनु होला . हुन त ति आमाको पनि तेस्तै विवसता होला तर पनि तेती सानी छोरीलाई टुहुरो बनायर बिदेसिनु उसको मुर्खता हो र यसमा मानवताको कदर भङ्ग गरियको छ . तपाइको छोरि लाई मेरो तर्फ बाट उनको सु – स्वास्थ्यको कमान .

  4. यो मलाई सारैराम्रो लग्यो किनकि एस्मा जो बच्चा को भावना आमा पति छ त्यो साचो हो अनि मेरो आखा पनि नम् भयो .

  5. यस्तो त नराम्रो भयो नि यसरि बाबु हरु को बिजोक गर्ने आमा हरु त पापी पो हुन् त

  6. जस्तो भए पनि मलाई यो लेख पढी सके पछी आँशु टिलपिल भयो, चाहे मेरै शत्रु भए पनि यस्तो नियति भोग्नु नपरोस भन्ने कामना गर्दछु. धन्यबाद !

  7. लेख धेरैनै ह्रिदय स्पर्शी छ ! यो धेरै परिवार सम्म मेल खाएको छ ! आफ्नो परिवार र अबोध बालबालिकाको मनोभावन लाई अर्थसंग साट्न खोज्ने हामी नेपालीलाई जीवनमा माया,प्रेम र खुशी, अर्थसंग साटिने बस्तु हैन भन्ने कुरालाई उजगार गरी दिनु भयको मा नारायण जीलाई धन्यबाद! हामीहरु को आँखा खोली वास्तविक जिबनको अनुभूति गराउन लेख सफल भयको छ !
    पुन: धन्यबाद नारायण जीलाई !!!!!!!!

  8. नारायण जी!!हजुर को यो कथा या बयथा पढेर मेरो आखा टिलपिल भएर आयो !नानु को मम्मी लाई पनि विदेश मा सन्तान को माया ले शतायेअको होला नि!

  9. नारायण जी नमस्कार, लेख हृदयस्पर्शी छ, टिलपिल आखा र अबरुद्ध कण्ठका साथ पुरै लेख पढे, राम्रो लाग्यो । म अमेरिका आएको १ वर्षपछि श्रीमती र छोराको भीसा लाग्यो, त्यतीखेर धेरैले छोरालाई काठमाडौमा राखेर पतिपत्नि अमेरिकामा बसी पैसा कमाउनु पछृ भनी सल्लाह दिएका थिए, मैले त्यो सललाह मानिन र झण्डै एक लाख नेपाली खर्च बढी हुदा नि छोरालाई साथमा नै ल्याईयो । अहिले पैसा त छैन , तर छोराको टुहुरोको जस्तो मनोदशा पनि छैन, तपाईको लेख पढेर ठिकै गरे जस्तो लाग्यो, पैसा नभएता कपनमा कतै डेरा लिएर बस्नुपर्ला नि, होइन त

  10. अमृत ज्यु,
    साँचिकै यो लेख पढ्दा मेरो मन थामिनसक्नु भयो अति कष्ठका साथ पढे, सारै दर्दनिए लेख रहेछ, हाम्रो समाझमा धेरैनै घटक यथार्थ कुरा आज तपाईमा घटना गएको रहेछ…, आमा बिनाको साथ सन्तानलाई अधुरो/अपुरो हुन्छ, बाबाले जतिनै परिपूर्ति गर्न खोजेपनि आखिर त्यो बालमनोबिज्ञानले मम्मी नै खोजिरहेको मर्म बुझिन्छ, चाडैनै यो संदेश मम्मी को मस्तिस्कमा जाओस छोरीको भबिस्येको चिन्ताले बिदेशिनु भएको हो भने आफ्नो सन्तानको अवस्था,भावना,आस्था र एक्लोपना लाइ बुझेर छोरीको आत्माका आँशु झरना नदिन र न्यानो काखले वोती दिनु हुन हार्दिक अनुरोध गर्दछु..

  11. अमृत ज्यु,
    साँच्चै यो लेख पढ्दा मेरो मन थाम्न नसक्नु भएको थियो अति कष्टका साथ पढे, सारै दर्दनिए रहेछ, हाम्रो समाजमा धेरैनै घटक हो, आमा बिना को साथ सन्तानलाइ अधुरै हुन्छ, बाबाले जतिनै परिपूर्ति गर्न खोजेनी त्यो बालमनोविज्ञानले आमानै खोजिरहेको बुझिन्छ. चाडैनै यो संदेश उहाको मम्मी को मस्तिस्कमा जाओस छोरीको भाबिस्येको चिन्ताले बिदेशिनु भएको सन्तानको एक्लोपना र भावनालाई बुझेर छोरीलाई न्यानो काख दिनु हुन अनुरोध गर्दछु…

  12. एउटा मार्मिक प्रस्तुति ! म त अफिसमा अझै पनि टाई ले आशु पुछ्दै छु र २३ मा नेपाल जानलाई टिकट पनि बुक गरे | भकानो नै छुटेर आयो !
    -घैंटे

  13. अफिस मै भय पनि आखा छोपेर आसु पुछ्न पर्नी स्थिति बनायो यो लेख ले . . . . . .
    तर ……
    यदि यो लेख एथार्थ हो भनि बच्चा को आमा लाई विदेश पठौना को साटो बच्चा को बुबा विदेश जानु भयको भय अलि राम्रो take care हुन्थ्यो कि बच्चा को …..सानो नानि लाई आमा को माया बाट टाढा कहिल्य पनि नराख्नु होला आमा हरु लाई सूचना

  14. उफ्फ़ …
    शब्द ले आफ्नो अर्थ खोजिरहेको छ ।
    एस्तो लेख पढेर मेरो आँखा रसायो.

  15. मित्र अमृतजी, बिहानै कम्पुटर खोलेर हेर्दा पहिलो नजर तपाईले फेश बुकमा मलाई स्वीकार गरेको पाएँ धेरै धेरै धन्यवाद! आज मैले एउटा मित्र पाएको छु ! तर तपाईको वालमा गएर थप जानकारी लिन चाँहे / आँखाहरु अचानक रसाउन थाले/कारण तपाईको मर्मश्परसी लेख” ममीको अभावमा मेरी छोरी ” जुन लेखले एउटा विश्वमानै बिरलै घट्न जाने घटना बाट हिम्मत साथ सामना गरेर अगाडी बढीरहेको म पुन बिचलित हुन पुगे/ तपाई भित्रको बाबुको मायाँ मेरो मानसपटलबाट शरीरभरि तरंगीत हुन थाल्यो / अनि केहि बेर घोरिएर अमृतजी को ठाउँमा आफुलाई राखेर हेरें तपाईका र मेरा पिडा आ-आफ्नै थिए /मैले अमृतजिको पीडाको औषधि पनि देखें केवल तपाई दम्पतीले आजको आर्थिक अवस्था स्वीकार गरी कम्प्रोमाइज गरेर अलिअलि दुख भएपनि छोरीलाई काखमा खेलाई ब्रिद्द आमाको आँखाको सामू पुन बिगतको जस्तै खुशी प्राप्त गर्न सकिन्छ र यहि सुखद पलको जोहो गर्नु हुन अनुरोध समेत गर्दछु ,रह्यो मेडमको विदेश जानु पर्ने अवस्था जँहा रोजगारीको लागी बिदेसिनु परेको बुझिन्छ अनि तपाईको र धेरै नेपालि भाई बहिनीहरुको यस्तै पीडा न दोहोरिन यहि देश भित्र रोजगारीको खोजि गर्नु जरुरि छ जुन हाम्रो राजनीतिक तथा भौगोलिक अवस्थामा पनि हुन सक्छ र प्रयाश गरे हुन्छ पनि / प्रिय मित्र मेरो उद्देश्य यहाँलाई पीडा कमहोश अनि आगामी दिन सहज हुन् भन्नु मात्रहो र यसैका लागि सानो प्रयाश पनि हो अन्यथा नासोचिदिनुहोला /कृपया यदि यहाँलाई उचित लाग्छ भने फुर्सदको समयमा मेरो वेबपेजwww.laxmipratisthan.org.np हेर्नुहोला / म बिस्वस्त छु यो साइड हेरे पछी तपाईलाई सायद मेरो पीडाको औषधि पनि तपाईकै खुशी हो कि भन्ने लाग्न सक्छ /
    बिष्णु गौतम
    गौशाला ,काठमाडौँ /

  16. छोरी को मन भाबना र मनोदसा देखाएको रहे छ / यो बास्तबिक मन छुने र आखा रसाउने घटना हो / मलाई पनि थाहा छ छोरी लाई मात्र हईन. बच्चा र आ माको छुटने कारण जेसुकै भएपनि छोरी को भन्दा कम हुदै न आमा को आबस्था पनि हाम्रो समाजमा कुरानै नबुजी टिका टिपादी गर्ने बनि छ र सबैलाई आफु असल र महान देखाउन होड लागेजस्तै भान हुन् छ / छोरी को बिछोडले मरीरहेको अवस्था मा छन् सबै को टिका तिपदिले त छन् मरेको लाई मारेको को काम गर छ /पाठक हरु त्यो बेला त्यो आमाको के हालत हुन् छ होला ? छिन छिन मर्नु भन्दा त बरु एकै छोटी मारेको जति हैन र ?

  17. वास्तव मै दर्द्नाक रीअल लेख लेख्नु भको रहेछ यो पढेर मेरो आँखा नै रसाएर आयो कति एक्लो महसुस् गरेकी नानु ले मम्मी को बिछोड अनि माया ले उस्लाई तुहुरो जस्तै बनाइ दिय्छ धन्यवाद लेखक जी

  18. अत्यन्त मर्म स्पर्शी लेख……धेरै नेपालीको परिस्थिति र भोगाई को यथार्थ चित्रण भएको छ…! आफ्ना प्रियजन, परिवार र देश बाट टाढा बिदेशिनु , सुखद भविष्यको सपना बोकेर अन्जान भूमिमा संघर्ष गर्दै, कठोर परिश्रम तथा चुनौतिको सामना गर्दै जिउनु धेरैको बाध्यता पनि हो ; यधपी सहि समय मा विवेकपूर्ण निर्णय गर्न सक्नुले जीवन वास्तव मै सुखद हुन्छ….सुखी र खुशी हुन भौतिक साधन भन्दा मानसिक शान्तिको बढी खाँचो हुन्छ भन्ने मेरो मान्यता छ……. धेरै पाठक मित्रहरुको जस्तै मेरो व्यक्तिगत सुझाव छ…नानुको मम्मी चाँडो फर्की आउनुस्…….ती अबोध वालिकालाई आमाको न्यानो काखको धेरै जरुरत छ….! धन्यबाद !!

  19. मेरो दाई बिदेस गएर पहिलो चिठी पठाउदा पढ्न नसकेर म जसरि भक्कानिएको थिए आज यो लेख पढ्दा मलाई तेस्तै भक्कानो छुट्यो…मेरो गाउ बाट बिदेसिएका सबै जना दिदि बहिनि लाई सम्झिए बाउआमा भएर पनि टुहुरा जस्ता देखिने केटा केटि लाई सम्झिए झन् आशु थाम्न सकिन अनि मेरो घरसंगै जोडिएको दिदि लेबनान जानु भएको २ साता अगाडी लास आयो घर आउने बेला मा केटा केटि ले आमा को लास को उपहार पाउछन भने यो कस्तो बिडम्बना ,कस्तो बाध्यता,कस्तो रहर ,अनि कस्तो जिन्दगि,न बच्चाले आमा देख्न पायो न आमा को छत्रछाया मा रमाउन पायो न त आमा ले नै पैसाको लागि ज्यान गुमाएर केहि पाइन्……..एस्तो कुरा हरुलाई ब्याख्या गर्न सक्ने सब्द हरु नै छैनन्………

  20. यो कथा भनौ या यथार्थ यस्तो भैरहेको छ । मेरो मन छोयो यस कथाले परदेश जानु कुनै न कुनै बाध्यता हुन्छ । बाध्यतालाई अँगाली माया मामातालाई मुटुमा पोको पारी बिदेशिनु बाहेक अरु के नै छ र । यि सबै कारण स्वदेशमा रोजगारी नपाउनु हो । लाखौं लाख युबाहरु बिदेशिनु बाहेक अरु उपाय नै छैन । यो कथा पढे पछी ठीक मेरो बारेमा पनि भन्ने मन लाग्यो । म पदेश लाग्दा मेरा छोरा छोरी सानै थिए ।तिनिहरुको मनमा यस्तै हजारौ कुराहरु उब्जिन्थे होला । यस कथाले मन छोयो । आगामी दिनहरुमा यस्तै मन छुने कथा कबिता लेख्ने अनुरोध गर्दछु ।

  21. साच्चिकै मर्मस्पर्शी कथा छ / “आमा” भन्ने शब्द नै कति मिठो छ नि / नानीलाई मनोबैज्ञानिक असर परेको जस्तो छ तर यस्तो बेला तपाइको सामिप्यता को अति नै जरुरि छ सधै तपाई उसको निकटमा हुनुहोस जब कि आमा बाट पौने माया पनि तपैबता नै पाओस /

  22. कस्तो मार्मिक लेख . राम्रो लग्यो !साएद देशको स्थिति राम्रो भाको भए यस्तो नहुने थियो

  23. काम मा छु. साथीको facebook मार्फत यो लेख पढें. झन्डै पांच minute जति टोलाएँ, मेरो आँखा बाट आँसु खस्न मात्रै सकेन. प्राय लेखहरुमा कमेन्ट गर्ने बानी छैन तर आज त मन थाम्नै सकिन. तपाइको लेखन शैली त राम्रो छ नै तर सब भन्दा मन छोएको भनेको तपाइको छोरीको प्रतिक्रिया ले हो. बिदेशिनु, छुट्नु, बिरामी पर्नुको व्यथा – हो, नमिठो हुन्छ र असाध्यें गारो पनि, तर त्यति सानो उमेरमा आफुलाई त्यसरी सम्हाल्नु, आफु अघि अरुलाई राख्नु र यस्तो परिस्थितिसंग जुझ्नु निक्कै थोरैले सक्छन – उसको स्वभाव असाध्यें प्रशंशनिय छ. अनि पक्कै पनि यो उसले आफ्नो परिवार बाट पाएको राम्रो संस्कारको उदाहरण हो जसको श्रेय तपाई, तपाइको आमा र तपाइको टाढा रहेकी श्रीमतीलाई जान्छ.
    पढेर मन गह्रौं भयो तर म बिश्वस्त छु तपाईंकि छोरी छिट्टै खेल्ने, नाँच्ने र पहिलेझैं तपाईं संग कुराकानी गर्ने हुन्छिन!!

  24. यो लेख पढेर भा र्खरी टिकट कटाउ जस्तो भयो नि
    के गरम म भंदिनुस त साथी म ७ बर्सको छोरालाई छाडेको ४ बर्स भयो नेपाल फर्केको छैन मेरो रहर होइन बाधेता हो दुखीको कोखामा जन्म लिनु धिकार छ :::

  25. हेल्लो लेखक ज्यु,
    सर्ब प्रथम त सान्दर्विक लेख को लागि धन्यवाद किन भने म पनि एउटा आमा जो मेरी chhori लाई परिवार को रेखदेखमा छोडेर, परिवार कै समझदारीमा बिदेसियाकी नारी हुँ. aafno padhai को shil shilama. यहाले लेखमा छोरीको मनोविज्ञान , हेरविचार गर्ने हजुर आमा तथा छोरीको बुवा को मर्म लाई जति केलायर लेख्ने प्रयत्न गर्नु भयो सायद बिदेसिएको आम़ा हरुको मर्म लै चाही समाबेश गर्न बिलकुल भुल्नु भाको होकी ? वा बिदेसीएको आमा पात्र को वास्तविक अन्तर्निहित भावना कथा वस्तु को अभाव को खातिर अधुरो लाग्छ तपाइको लेख i यद्यपि बिदेसिनु पर्ने कारण हरु व्यक्तिगत तथा paariwaarik हुन सक्छ. यो लेख आमाको तस्बिर को आधार लियर मात्र gariyako सामान्य जसो लैंगिक भेदभावनिहित पक्का हो भन्ने निर्कोल गर्दछु! कृपया arko patak yas kisim का लेख lekhda dhyan puraunu bhayama aabhari hune thiye.

    • रोमा जी,
      तपाईंको सोचाई सान्धर्विक छ | आमा तर्फको यस्ता दर्दहरू र आफ्ना अनुभव लेख्ने जमर्को भएमा बिभिन्न करनले छुटियेर बस्नु परेका आमहरुको पनि गाथाहरु सबैले जान्ने बुझने मौका मिल्थ्यो | कोशिश गरि हेर्नुस न |

      • महेन्द्र जी, धन्यवाद यहाको सुझाव को लागि . समयले साथ दिएमा अबस्य पनि मेरो कलम को मसि मार्फत मेरा एबम सारा नेपाली दिदि बहिनि हरुको अन्तर कहानी पस्कने छु . तपाइलाई मेरो जस्तो पीडा सहन गर्न नपरोस भनि शुभेक्षा प्रकट गर्दछु .जय नेपाल .

  26. नारायण जी हजुरको वास्तविक लेख पढ्दा छाती चस्किन पुग्यो आखा रसाएको पत्तै भएन .

  27. नारायण दाई तपाइको लेख का शब्द शब्द मार्मिक छन् | पढ्ने मान्छे त एक पटक सम्बेदनशील हुन बाध्य हुन्छ भने तपाइँ कसरि गुज्रनु भएको छ तेस्को अनुमान लगाउन मुस्किल छ तर यसले तपाई को मात्र नभएर सामुहिक समस्या को प्रतिनिधत्व गर्छ | तपाई बुझेको मान्छे हुनुहुन्छ र यसलाई बाढ्नु हुन्छ अनि हलुका महसुस गर्ने कोसिस गर्नु हुन्छ | धेरै को पिडा त त्यसै कुण्ठित भएर जान्छ |

  28. सरको यो एथार्थ कथा भित्र हजारौ बाल बालिका को कथा लुकेको महसुस गरेl

  29. बावुआमाको दृष्टिकोणबाट यो लेख मार्मिक होला । यो टेन्सन बच्चाबच्चीको साइडको भन्दा पनि बावुआमाको पक्षको हो । म जस्तो विवाह नगरेको, विवाहलाई इच्छादिन विषय ठान्ने, विवाह गरे पनि बच्चा जन्माउनै पर्छ भन्ने मान्यता नबोकेको मानिसका लागि यो लेखले राख्ने अर्थ खोजिरहेको छु ।

  30. सबैको जस्तै मेरो पनि हालत यौटै भयो यो वास्तविकत पढेर, फेरी आफु त बुढा बुढी नै २ छोरी छोडेर विदेशिएको, झन् धेरै पीडा महसुस भयो / रहर भन्दा बाध्यता नै बढी हुन्छ कलिला बाबु नानी छोडेर सुखद भविस्य निर्माणको सपनामा बिदेशी भूमिमा पसिना बगाउनु…………../

  31. के गर्नु सन्तान त्यो पनि ९, ९ महिना गर्भ मा राखेर जन्म दिएको अनि उसको जन्म मा आफुले झन्डै मृत्यु अंगालेको च्येन सम्झिदा अनि दुध चुसाउदै गरेको साढे २ वर्ष को बच्चा छोडेर हिड्ने रहर मलाई पनि थिएन यता आउनु भन्दा ६ महिना पहिले मेरो छोरो बिरामी परेको थ्यो रगत नै दिनु पर्ने गरि कान्ति हस्पिटल मा राखेको थ्ये रेगुलर वार्ड मा क्याबिन मा राख्ने पैसा नभएर अनि मेरी बहिनि टी समएमा धेरै पछि विदेश बाट नेपाल फर्केकी थ्यी मेरो त्यो अवस्था देखेर उसले नै पैसा तिरेर क्याबिन मा राखेर उपचार गरेउ र मलाई पनि बिदेशिन सल्लाह दि/मैले पनि सोचे उपचार गरौना नसक्ने अवस्थामा रहनु भन्दा भोलि पढेर केहि बन्छु भन्यो भने कसरि उसको इच्या पुरयौना सकिन्छ भनेर उसलाई छोडेर विदेश बसेको ४ वर्ष हुन लग्यो अब त ४,६ महिना मा फर्किने बिचार मा छु/उसको बाल मनोविज्ञान साथै आफ्नो पनि दिमाग नै बिग्रेला जस्तो भैसक्यो यो लेख पढेर त झन् आसु नै थामिएन/मा भन्छु यो सबैको बद्द्येता हो रहर हैन/करोडौ सम्पति भए पनि बच्चा र आमा दुइमा एकले दिमाग बिगारे भने किन्न सकिदैन तेसैले मैले यो निर्णय लिसके/

    • नारायणजीले त रुवाउनु भयो भयो तपाइले पनि रुवाउनु भयो…बिदेशमा काम गर्न रहरले को गयको छ र ? तपाई र नारायनजी को मनोकामना छिट्टै पुरा होवोस, परिवारको पुनर्मिलन होवोस, र भबिस्यमा यस्तो पीडा कतै कसैलाई नपरोस.

  32. किन गारो मान्ने नि त्यो तिनी हरु को महत्तोकान्छ्या को परिणाम त्यो बालक लाई सजाय l अहिले त छोरि सानै छ र जसो तसो हुर्काउने कोसिस होला l उमेर बढ्दै जाँदा आउने शारीरिक परिबर्तन को बेला छोरि मान्छे लाई सायद बाबुले मात्र गाइड गरेर त गारो होला नि हौ आम्रित जी ? कि त्यो बेला पनि तेही पैसा ले टालटुल पारुला भन्ने छ?

  33. किन गारो मान्ने नि त्यो तिनी हरु को महत्तोकान्छ्या को परिणाम त्यो बालक लाई सजाय l अहिले त छोरि सानै छ र जसो तसो हुर्काउने कोसिस होला l उमेर बढ्दै जाँदा आउने शारीरिक परिबर्तन को बेला छोरि मान्छे लाई सायद बाबुले मात्र गाइड गरेर त गारो होला नि हौ आम्रित जी ? कि त्यो बेला पनि तेही पैसा ले टालटुल पारुला भन्ने छ?

  34. बास्तबमा छोरा छोरी ले बाबु आमा को साथ हरपल चाहन्छन
    तर पनि बच्चा को लागी बुबा भन्दा आमा अति नै प्यारो हुन्छ किन भने आमा ले दस दस महिना बच्चा लाई गर्व मा राखेर जन्म दिएकी हुन्छिन तेसैले सकभर छोरा छोरी लाई आमा बाट न छुटाउनु होला .

  35. खै यो लेख ले त आधा मै पो आँशु झरायो आत्मा रोएर त्यसैले आधा पहिला पढेर आधा त पछि पो पढियो, सायद यो लेखले मेरा के हि दिन पहिलाको याद दिलाएर होला अरु भन्दा ज्यादा आत्मा रोएको, किनकि म छुटि बाट कतार फर्किन्दा ५ बर्षको छोरीलाई आमाले भरैनै आउछु आजा म राम्रो खेलाउना ल्याईदिन्छु भनि ढाटेर काठमाडौं सम्म केहि काम पनि परेको र पुराउने निहु पनि भएकोले काठमाडौं आयौ र फोन मा कुरा गर्दा आमा तपाई आउछु भनेर खै आउनु भएको, मलाई तपाईबिना निन्द्रानै लाग्दैन किन यसरी ढाट्नु भएको अब देखी यसरी नढा्नु ल भने आमा ले हुन्छ के मात्र भनेका थिए, Promise गर्नु नि भनेकि थिई र अन्तमा त बुबा त आउनु नभएनि तपाई त छिटै आउनु है भनेकि थिई त्यसैले म के भन्छु भने छोरा छोरी लाई बुवा को भन्दा आमाको ज्यादा खाँचो हुदो रहेछ त्यसैले जो कोहि पनि आमा हरु विदेशमा हुनु हुन्छ भने अलि चाडै फर्किनु होला. है …………….

  36. कस्तो मार्मिक लेख . हरेक सब्द मा लुकेको व्यथा लुकेकोछ. ब्यक्त गरेका भावहरु आफ्नै हो कि भन्ने भन् घरि घरि हुन्छ

  37. नारायण दाई, पढेपछि केही भन्न शब्दै पाइएन । नानुलाई धेरैधेरै सम्झना

  38. “छोरा छोरी प्रतिको माया आफ्नो छोराछोरी भएपछी मात्र मान्छेले बुझ्नसक्छ” म आफै लाई परेको घटना पो ,मेरो चै उल्टो भाको थियो ,छोरि चै आमा सग हुदा एस्तो भएको थियो ,धेरै राम्रो लेख ,येस्तई लेख को अपेकछा गर्दछु ,येहिले हामी सगै छौ ,

  39. “छोरा छोरी प्रतिको माया आफ्नो छोराछोरी भएपछी मात्र मान्छेले बुझ्नसक्छ” म आफै लाई परेको घटना पो ,मेरो चै उल्टो भाको थियो ,छोरि चै आमा सग हुदा एस्तो भएको थियो ,धेरै राम्रो ,एती लेख को अपेकछा

  40. उपहारभन्दा तपाईंको सन्तानलाई तपाईको उपस्थितिको आवश्यकता छ । – जेसी ज्याक्सन

  41. नारायण दाजू, म स्तब्ध भएँ । म रोएँ । बिहे नभएकालाई त यस्तो भयो । छोराछोरी भएकालाई कस्तो भएहोला ??

  42. It’s really heart touching. Sorry I was not too storng to went through the end of story …. too emotional. That’s why Mummy is always precious and best in the world.

  43. नारायण जी को लेखन सैली अति उत्तम ! पारिवारिक सुखका अभाबमा बाँचेका तमाम नेपालीको यथार्थलाइ कुशलता पुर्वक चित्रण गर्नु भएको छ ,….धन्यबाद !

  44. जगदीश घिमिरे को अन्तर्मन पछि कुनै लघु साहित्य पढेर रोएको साएद यो पहिलोपटक हो |

  45. सारै नराम्रो व्यथा / यो धेरै नेपाली को आफ्नै कथा हुन सक्छ/जस्तो मेरो छ/ नारायण जी कृपया थप लेख्नुस/ राम्रा नराम्रा सबै अनुभब समेटेर/

  46. कस्तो मार्मिक लेख . हरेक सब्द मा लुकेको व्यथा लुकेकोछ. ब्यक्त गरेका भावहरु आफ्नै हो कि भन्ने भन् घरि घरि हुन्छ .
    धेरै धेरै धन्यवाद दाइलाइ .

  47. पढ्नै गाह्रो भयो ………..बास्तबिक अभिव्यक्ति

  48. छोरीको बुबा हुनुको तात्पर्य मैले पनि बुझेको छु . तपाईको सरल तथा मार्मिक लेखन सैलीमा मिसिएको पीडाको अनुभूति दिएको छ मलाई. हुन त भन्नेहरुले भनेका छन् “लोग्ने मानिस भएर रुनु हुन्न रे!!” तर तपाईको यो एथार्थको चित्रणले आँखाहरु भिजाईदिए . “प्राप्तिको” लागि हृदयदेखि एकदम सहानुभूति र माया. आशा गर्दछु कि नानूको मामु चांडैनै फर्किनुहुने छ र तपाईंको जीवनको खुसीले भरिएका लेखहरुले यो जस्तो नमिठो लेखहरुको ठाउँ लीयोस.

  49. झट्ट शिर्षक हेर्दा कथा जस्तो लागे पनि हाम्रो जीवनको एउटा सानो तस्बिर प्रस्तुत गर्नु भएकोमा मेरो हार्दिक धन्यबाद छ | असाध्य नै मन छोयो तपाईंको छोरीको वास्तविकता बर्णन ले | नढाँटि भन्ने हो भने तपाईंको लेख पढ्दै गर्दा मेरो आँखा बाट आँशु झरेको मैले पत्तै पाईन |

    मेरो आमाले धेरै पहिले भन्नु हुन्थ्यो “छोरा छोरी प्रतिको माया आफ्नो छोराछोरी भएपछी मात्र मान्छेले बुझ्नसक्छ” भनेर | आमाको यो भनाई मेरो मनमा शिला लेख नै कुँदिएको छ | विभिन्न परिस्थितिले मानिसलाई स-साना केटाकेटी छोड्नु पर्ने बाध्यता आउँछ | तर पैसाले संसारमा सबै कुरा किन्न नपाईने रहेछ नारायण जी | त्यसैले अब तपाईंको श्रीमतीलाई विदेशबाट बोलाएर एकै ठाउँमा रमेर बस्नु सुखी जीवन हो भन्ने मलाई लाग्छ, विशेषगरी ति सानी छोरीको लागि | हुन त यो तपाईंको नितान्त व्यक्तिगत कुरा हो | अन्यथा नसोच्नु होला मेरो यो सल्लाहमा | मलाई पनि सधैं “साग र सिस्नो खाएको बेस आनन्द मनले” भन्ने उक्तिले कोतरी रहन्छ | जे होस् तपाईंलाई धेरै धेरै धन्यबाद आफ्नो एउटा सानो कथा यो मेरो संसार मार्फत बाड्नु भएकोमा |

  50. नारायण जी ,
    यो नेपालीहरुको धेरै परिबार भित्र घटिरहेको यथार्थ घटना हो \ कसैलाई आमाको अभाब,कसैलाई बाबाको, ,कसैलाई श्रीमान को अभाब कसैलाई श्रीमती को , कसैलाई साथि भाइ ,समाज , सस्कृति ,धर्म रास्ट्र को अभाब भने कतिपयलाइ परिबार संगै हुदा पनि समयको अभाबले श्रीमती अर्कै संग श्रीमान अर्कै संग हिडिरहेको ,सुतिरहेको पाइन्छ \यो नेपाल र हरेक बिदेशी रास्ट्र मा रहेका नेपालि परिबारमा ( सबै घर र परिबार होइन नि फेरी ) बिकृतिको रुपमा देखिएको छ \ कतिपयको त आधा उमेरका आइमाई र लोग्ने मान्छेका परिबार एक अर्कालाई छोडेर बिदेशी संग घरजम गरेको देखिन्छ \ त्येसैले हामि नेपालि जहा रहे पनि चाहे त्यो नेपाल मा होस् या विदेश को कुनै कुना मा पैसा मात्र सबै कुरा होइन रहेछ \ पैसा र माया अनि समय लाइ संगसंगै लान जसले सक्छ उसको र परिबार को जिबन खुसीको बन्दछ भन्ने चेतनालाइ ब्यबहारमा उतार्न अनिबार्य भएको छ \ देश र परिबार छोड्नु भन्दा अगाडी आफ्नो परिबार संग सबै बिषय र सम्भावित परिस्थितिको बारेमा छलफल गरिनु पर्दछ \ माया,साथ ,सुभिधा र चाहना लाइ समायोजन गरिनु पर्दछ \ एक्लै जानेले र एक्लो पर्नेले छोरा छोरी,परिबार ,आफन्त,समाज र आफ्नो इज्जत र भबिस्य सम्झने हो भने धेरै गल्ति गर्न बाट धेरै जना जोगिन सक्नेछन \ गलत बाटो हिड्न बाट रोकिने छन् \ धेरै कुरा भए पनि यौन र यौन सन्तुस्टी भएन भने गलत तरिका अपनाउने धेरै सम्भाबना रहन्छ \ परिबार छुट्टिने अबस्था लाइ देश र विदेश जहा रहे पनि दुवै पक्ष्यले गम्भीरता पुर्बक सोच्नु पर्दछ \ त्यस्तो अबस्था सृजना हुने परिस्थितिलाई रोक्नु पर्दछ \ देश भित्रै रोजगारीको बाताबरण बनाउन सबै पक्ष्य लाग्नु पर्दछ \ सम्पति कति सम्म न्यायचित र आबस्यक छ सोच्नु पर्दछ \ जिबन सरल तरिकाले आबस्यक चाहना पुग्ने गरि , आइपरेको समस्या सजिलै समाधान हुने गरि ,परिबार संगै रहने गरि बाच्न सिके सायद यो भन्दा खुसि केहि हुदैन होला \ यसको लागि राज्य,व्यक्ति,समाज बुझकी हुनु पर्दछ \ SANSAARMAA KASAILE पनि सबै कुरा आफ्नो बनाउन SAKDAIN र हुदैन \

  51. यो लेख पढ्दा सारै नरमाइलो लाग्यो, हाम्रो रहर भनौं वा बाध्यता धेरै नेपालीहरु बिदेशियका छौं छोरा छोरी को भबिस्य को लागि भनेर तर बच्चा हरुलाइ यस्तो मानसिक बिरामी बनाएर कमाएको पैसा ले तिनीहरुको भबिस्य उज्वल बनाउला र ? त्यसैले वहाँ नेपाल फर्कनु धेरै राम्रो हुनेछ .

  52. दाह्री जुँगा फुली सके,तै पनि नेपाल मा रहनु भएका बाबा आमा को माया ममता
    र सामिप्य बाट टाढा हुनु पर्दा यो मनमा पनि गाठो नपरेको होइन तर यी छोरी को कथा व्यथा पढ्दा मुटु भक्कानियो. सरल सहस तथा मार्मिक प्रस्तुति को लागि नारायण जी लाइ मुरी मुरी धन्यबाद !!! आमा छोरी को छिट्टै मिलन होस् भन्ने कामना पनि !!!!!

  53. निक्कै मार्मिक pida बनायो
    मलाई आफ्नै अनुभवको yad आयो mero बच्चा (जतिबेला साढे २ बर्सको थियो)३ हप्ता मलाई छोडी बाबासँग नेपाल जादा airportma rudai मामु म janna हजुर्संगा फर्कन्छु म प्लेन chaddina भनेको त्यो रात म royako याद आयो यो bidesi jindagima अनेक subidha हुदाहुदै pani byasta जिन्दगीले कहिलेकाही chhora नेपालमा chhodda बढी care hunchhaki वन्ने sochai aauda मलाई त्यहिँ दिनको याद आउछा./
    सायद deshka नेताहरुले yastai पिडा भोग्नुपरेको भय सायद ति दुधे बालकलाई छोडी रुवाउदै beedesin बाध्य hunuparne महिला हरुतिरा ध्यान जान्थ्यो होला/

  54. मार्मिक व्यथा हामीलाई पनि साट्नु भएकोमा नारायण सरलाई धन्यवाद, व्यथा हजुरको भएपनि कहिँ कतैनाकतई सारा नेपालीको मर्म हो जस्तो लाग्छ मलाईत

  55. धेरै राम्रो लेख, मर्म-स्पर्सी छ , नारायण अमृत जी … धन्यवाद

  56. नारायण जी,
    अहिले हामी यस्तो कालखण्डमा बाँचिरहेका छौ जुन त्रास, द्वेष, पीडा, अविश्वास, निरासा आदिले भरिएको छ। तपाँईको जस्तै त होइन तर त्यस्तै विषम एवं प्रतिकूल परिस्थितिको सामना अहिले हामी धेरै नेपालीहरुले गरिरहेका छौ। तर यस्तो समय संधै रहिनै रहन्छ भन्ने पनि होइन। धैर्यतापूर्वक यो प्रतिकूल परिस्थितिको सामना गर्नु होस। एक दिन रमाइला समयहरु तपाँइको ढोका ढक ढक्याउन अवश्य आउने छन्।
    बी अधिकारी

  57. KESU जी , साएद तपाई mysansar को नया पाठक जस्तो लग्यो , कथा पढ्ने हो भने सनिबार को साहित्य मा अजब अजब कहानी को गजब गजब कथा पढ्न पाउनु हुनेछ , तर यो त एक जना जिम्मेवारी बाउ को मार्मिक र वास्तविक ब्येथा हो , घटना पढ्दा पढ्दै कुन बेला keyboard भिजेछ थाहा नै भएन …….!!!

  58. लौ न प्रभु, त्यो आमा चाही कहाँ छे?
    पत्तो लाएर फर्कौना पर्यो. छोरि रुवाएर जति पैसा कमयेनी के काम?

  59. म सानो हुँदा मेरो बाबा ले रक्सि पियर आउनु हुन्थ्यो तेती बेला आमा ले छोडेर जाने कुरा गर्नु हुन्थ्यो ..अनि दिन भरि इस्कुल मा टेन्सन हुन्थ्यो आमा घर छोडेर जानु भो कि भनेर ..माथि को लेख पढेर मेरो पुरानो बाल्यकाल को सम्झना गरायको छ ….यो लेख पढेर सम्पूर्ण विदेश मा बसी राखेको आमा हरु लाइ देश फर्कने चाहना जरुर बढ्ने छ..

  60. तपाइको मर्मस्पर्सी आत्मकथा पढ्दा-पढ्दै मेरा आँखाहरु तल्पलाएर अगाडी पढ्नै नसक्ने भए केहि छिन….हे भगवान! यो लेख मेरो जीवन संग कति नजिक…
    मैले पनि ४ बर्षकी छोरीलाई छोडेर बिदेशिंदाका ति पल र दिनहरु सम्झिए! कति विवस हुन्छन मानिसहरु नियतिले गर्दा…
    तपाईकी छोरीको बाल-मनोविज्ञान र तपाईको मनोविज्ञान दुवै हतास देखिन्छन…बेलैमा उचित निराकरण गर्नुहोला!

  61. अमृतजी तपाई नेपालमा नै job गर्नु हुदोरहेछ… .अनि तपाइको wife पैसाको लागि विदेश जानुनै पर्ने स्थिति त् थिएन होला त्?अनि तपाई पनि खुशी छैन भने किन जानु दिनु भयो ?कारण जे भएनी अमृत जी त्यो तपाई हरु को personal कुरा हो ……अझै पनि केहि भाको छैन …..सक्नु हुन्छ र मिल्छ भने अमृत जी बोलाउनुहोस् wife लाई….म जस्ता अरु सबैले comment मा येस्तई लेखेको छ …बोलाउनुहोस्, बोलाउनुहोस्, बोलाउनुहोस्

  62. मार्मिक !!! बर्तमान नेपाली समाजको यथार्थता /

  63. नारायण जी हजुरको वास्तविक लेख पढ्दा छाती चस्किन पुग्यो आखा रसाएको पत्तै भएन . बिछोडको पिडामा हुर्किन बाध्य हाम्रा नानी बाबुहरुको ब्यथा भन्दा कम पीडादायी छैन हामी विदेशका कार्यरत आमाहरुको पनि . ति पिडाहरुलाई शब्दहरुमा ब्यक्त गर्न सकिदैन . एउटी आमाको जिबनमा बाल बच्चाहरुबाट छुटिएर बस्नु पर्दाको पिडा मृत्यु सैयामा छटपटाइ रहेको व्यक्तिको अबस्था भन्दा कम हुदैन . तर के गर्नु आमा हुनुको अर्थ माया र ममतामा मात्रै सिमित नभई उनीहरुको सुनौलो भबिस्यको बारेमा सोच्नु पनि हो नि . एउटी आमाको पिडा त्यो अर्की आमाले मात्रै बुझ्न सक्छे जो त्यहिँ पीडाबाट गुग्रिरहेकी हुन्छे . भन्नेलाइ त के छ र विदेशमा मस्ती गर्न आएको जस्तो हुन्छ तर बास्तबिकता झेल्नेलाइ मात्रै थाहा हुन्छ . अब यहि आशा गरौ हाम्रा निर्दोस छोरा छोरीहरुले आफ्नी आमाको न्यानो ममतारुपी साथ् छिट्टै पाउन . हजुरको छोरीलाई पनि मेरो यहि सुभकामना !

  64. रचना हिर्द्ये बिधारक छ ! राम्रो लग्यो !साएद देशको स्थिति राम्रो भाको भए यस्तो नहुने थियो !धिकार छ हाम्रो जस्तो ……………………..

  65. बिदेस मोह या बाध्यता जे भने पनि त्यति सानी छोरीलाई छोडेर उसकी आमा पनि खुशी त छैन होला….हामी किन यौटा खुशी त्यो पनि भन्ने हो भने काल्पनिक खुसि को लागि वास्तविक खुशी वास्ता गर्दैनऔ ,संधै कस्तुरी मृग जस्तै बास्नाको खोजीमा दौडीर्रहन्छौ जबकी बस्न आफु संगै छ ,नानुको मम्मी मिल्छ भने छिट्टै फर्कनुस तपैले नानुको बाल्पन्को त्यो सुनौलो बर्सहरु त गुमाउनु भयो अब ढिला भयो भने धेरै कुरा हरु गुम्नेछ उसलाई अहिले तपाइको जरुरत छ.

  66. म पनि अहिले बिदेशमा छु …..तपाइको यो जीवनी लेख पढेर आखामा आसु नआए पनि मेरो छोराहरुलाई सम्झेर कता कता मेरो मन रुएको छ………एस्तो लेखले म जस्तो कोमल मन हुने ,,भाभुक हुने बाबा .आमाको मन रुन्छ भने ,,कठोर मन हुने ,दया माया नहुने र विदेश गएर कहिले नेपाल नफर्केका बाउ,आमाहरुलाई नेपाल फर्काउनु पनि सक्छ……………यो पढेर त् जो कोहीको पनि आखा रसाउछा…मन रुन्छ …..धन्यवाद लेखकलाई
    मनोज श्रेष्ठ
    hong kong

  67. मार्मिक —-
    अमृत जी !
    तपाइको छोरीले उनको आमा ( मम्मी ) मिस ( ति सानी नानीलाई अत्यास लागेको )
    गरिरहेको कुरा बुझिसक्नु भएको छ . यदि यो क्रम कहिले टुट्ने कहिले जारि रहने
    ( ति बच्ची कहिले भुल्ने कहिले आमालाई सम्झिने ) हो भने तिनलाई मानसिक
    असर पर्ने छ . ( परिसक्यो ! ) . यसले दुरगामी प्रभाब पार्छ ( जुन नानीको भोलिको
    दिनको लागि नर्मल हुने छैन )
    छेमा चाहन्छु तर केहि नभनी रहन सकिन ति सानी बच्चीको मनोदशा महशुस गर्नु पर्दा —
    सबै केटाकेटीमा यस्तो हुदैन तर केहि केटाकेटीमा यस्तो हुन सक्छा ( तिनलाई आमाको अत्यासले डिप्रेशन हुन सक्ने छ — यदि यस्तो भयो भने त्यसको जिम्मेबार तपाई हरु जस्तो बुझ्झकी आमा बुबा नै हुनु हुने छ ! त्यो बेला धेरै नै पछुतोमा पर्नु
    हुने छ — अझै पनि केहि ढिलो भएको छैन , तु नानीको आमालाई बोलाउनुस . पैसा
    मात्रै सबथोक होइन भन्नु पर्ने बाध्यता हुन्छ यस्तो ( ति बच्चीको ) परिस्थिति बुझ्दा —

  68. जेहोस कथा लेखनमा निकै पारग्गत हुनुहुदो रैछ | मेरो पनि मन छोयो |

  69. नारायण जि,
    तपाईंको लेख मार्महिक एवम मन छुने खाल्को छ ! अहिलेको परिवेशमा यो समस्या यि सानी नानीको मात्र नभएर धेरै-धेरै साना नानीहरुको छ ! पैसाको लोभ अनि लालचमा परेर घर्-परिवार अनि समाजलाई चुनौती दिएर हिंड्ने धेरै नेपालीहरुमा यि सानी नानीकी ममि पनि हुनुहुदोरहेछ ! एदी यि सानी नानीकी ममिले माई संसार मा छापिएको यो दु:खदायी लेख पढ्नु भयो भने अबस्य वहाँको पनि आँखा रसाउनेछ र वहाँलाइ मेरो अनुरोध यो छ कि तपाईं अरुलाई भन्दा पनि आफुले जन्मदिएकी छोरीको मनोभाव लाई बुझ्ने कोशीस् गर्नुस् ! र संसारका अरु आमाहरु संग आफुलाई तुलना गरेर हेर्नुस् त्यहाँ कति माया-ममता अनि स्नेह छ जुन नपाएर अहिले तपाईंकी फुल जस्ती छोरी ओइलाएर झर्न लागेकिछिन

    निरज परदेश बाट

  70. मर्म-स्पर्सी, साच्चै हो कि कथा लेख्नु भयको? जेहोस मेरो आँखा रसायो.

    • केशु जी, कथा माइसंसारमा शनिबार मात्र छापिन्छ। यो उहाँको वास्तविक व्यथा हो।

Comments are closed.