पारसलाई हत्कडी लगाए रक्तपात मच्चिन सक्छ

आफ्नी छोरीको जन्म दिन मनाइरहेका पूर्व युवराज पारसले शनिबार मध्यरातमा चितवनको एक होटलमा हवाई फायर गरेर साँच्चै गल्ती गरे। तर ठीक गरे– आफूले आफू र आफ्नो देशविरुद्ध बोलेको क्रोध सहन नसकेको कुरा विज्ञप्तिमार्फत स्वीकार गरेर। कम्तीमा हवाई फायरिङ्ग गल्ती थियो भन्ने स्वीकारोक्ति तत्कालै सार्वजनिक गरे। तनावमा रहेका उनले सरकारी छानविन आयोगलाई सघाए। आफ्नै पहलमा हेलिकोप्टरमा सवार भएर पोखरा हुँदै चितवन प्रहरी तालिम केन्द्रमा छानविन अधिकारीहरुलाई घटनाको यथार्थ बताए। पूर्व युवराज भएकै कारण शायद प्रहरी तालिम केन्द्रमा उनलाई विशेष सुरक्षाकासाथ विशिष्ठ कक्षमा राखियो। कानुनतः गल्ती काममा लागि पारस दण्डका भागिदार बन्नु पर्छ। यसमा कसैको दुईमत हुनु हुन्न। तर उनको घटनाबारेको सहयोगी भूमिकालाई गलत प्रतिशोधमा बदलिनु हुँदैन। उनलाई कुनै अपमान, दुर्व्यवहार गरे वा भनौ हत्कडी लगाए– उनको इमानदारीको उपहास हुनेछ र त्यही निहुँमा उनका समर्थकले कसैले नसोचेको हंगामा मच्चाउन सक्छन। त्यसले राजनीतिक रंग लिए–अकल्पनीय रक्तपात मच्चिन सक्छ।

घटनाको छानविनमा सुजाता जोष्टकी बंगाली मुस्लिम ज्वाई रुवेल चौधरी पनि समेटिनु पर्छ। रुवेलले आरोप लगाए– मलाई गोली ताक्यो– पारसले। तर रुवेल कसरी बाँचे त? खासमा त्यो रुवेलप्रतिको प्रहार हैन हवाइफायर मात्रै थियो भन्ने त ज्वाई रुवेलले पत्रकार सम्मेलनमै स्वीकारेका छन्। अनि कुनै दुस्मनी नभएका रुवेल र पारसबीच फायरिङ्गले मदिराको झगडा थिएन भने रुवेलका आरोपलाई सुजाता जोष्टको ज्वाई भएका कारण मात्र उन्मुक्ति दिनु हुन्न। रुवेल पनि छानविनमा परेनन भने सुजाता जोष्टको सत्तासक्ति उन्मादमा पारस पर्नु पर्ने प्रसंग आए झन गलत हुनेछ।

शाहज्यादा हुँदा वदनाम छवि बनाएका पारस पूर्व युवराज भए यता सुधारिएको छविमा प्रस्तुत हुँदाहुँदै आफै फायरिङ्ग काण्डमा मुछिए। मदिराप्रेमी पारसले मदिरा साइनोसँग पारपाचुके लिने स्वर्ण मौका यही हो। पारसको सदबुद्धि पलाओस्। रक्सी नपिउँदाका जस्तै सरल, हँसिला, मिलनसार पारस बन्न सकुन्।

पारसलाई कहाँ राखिएको छ ? पारसको लागि प्रदर्शन भिडियो हेर्न क्लिक गर्नुस्

.
.
.
.
.
.
.
.

51 Comments

  1. i believe, it is not good at all to compare between two bad characters parash and sujata. we all know parash is not more than gangster and it is not first time he used his gun. sujata is a leader of congress without any leadership capacity. she might be doing good in black market and corruption. i feel very bad when i see some people protesting the arrest of parash. how could we think about the future of our country if we start protesting our law for the arrest of a guilty person.

  2. तिलक कार्की जी म तपाइको कुरामा सहमत छैन किन भने रास्त्रियता र पारिबारिक आस्थामा यदि कसैले आंच आउने कम्गर्छ भने जो कोहीलाई पनि सहिय हुनेछैन. शान्ति पुर्वक बहिर्गमन भएको सस्था लाई आज चारैतिर बाट अपमान गर्नु के राम्रो काम हो र. अपराधमा मुछिएका बय्क्तिहरु, हजारौ मानिस मारेको व्यक्ति हरु आज नेपाल का भाग्य विधाता भएकाछन. त्यो इतिहास न बिरसम जसले नेपाली को पहिचान दिएकोछ. आज नेपाल भुमि विदेशको इसारामा चेलेकोछ त्यो रुबेल लाई बचाउने सुजाता कति चोखिछे. नेपाल को धन सबै बिदेस मा लगिसकी.

  3. सुजातालाई त राजनीति होइन उसलाई त नजरबन्दमा रक्नु parchha. उ त बिदेसी हो नेपाली होइन कसले दियो उसलाई राजनीति गर्न! हाम्रो देस नेपाल बनाउन सुजाता कोइराला के पी वोली जस्ता देस सोसक्लाई पर्पेस निसोद गर्नु पर्छा अनि बल्ल हाम्रो देस banchha !

  4. बंगलादेश नागरिक निज सुजाता का पुत्री का पत्ति लाई कधा कार्भई हुनु पर्छ, वोइड काण्ड देखी लीयर बंगलादेशी नगरीक लाई नेपाली पासपोर्ट बनाई अरब मुलक नेपाली पासपोर्ट मा पथाउने लाई के गर्ने सुजाता पासपोर्ट बेच्ने सुजाता का पुत्री का पत्ति बंगलादेशी नागरिक बेच्ने……..

  5. लुनाजी
    तपाइको बिचार र सोचाइ सकारात्मक छ | कति जना सग बहस गर्नु हुन्छ |
    तिनै ६०१ का छोरा ,भाइ भतिजा , हिन्दु धर्म प्रति पूर्वाग्रह राख्ने हरु , राजतन्त्र निजि दुश्मन हरु ,जातिगत द्वेष राख्ने छन् भने तपाइको लाखौ प्रयाश भए पनि उनीहरु सहमत हुने छैनन् | आफ्नो कुरा प्रमाणित गर्न चंद्र्मै टिपेर ल्याले पनि तिनीहरु पत्यौदैनन | यदि नेपालि भाबना बोकेकै मानिस हो भने भोग्न दिनुस अझै केहिदिन ,दिउसै तारा देखेपछी चेत आउछ |
    सरल भासा मा भन्नु पर्दा ” सबैबिस्व ले मानि आएको सर्ब ब्यापी राम्रो ब्यबस्था अमेरिका को मानिन्छ ( हालाकी अमेरिकामै पनि कति निर्दोष ले मृत्यु दण्ड पाएको उदाहरण छ ,त्यो अपबाद मान्न सकिएला ),तेस्पछी युरोपीय देश को साशन ब्यबस्था राम्रो मानिन्छ , जापान र बेलायत को सम्बैधानिक् राजतन्त्र पनि न् राम्रो मानिन्न|”
    अब नेपाल मा आज र् ४६ साल पछी को तुलना मा बिरेन्द्र को पालको पञ्चअयती ब्यबस्था ले शन्ती ,बिकास सबै दिएको थियो |सबैको गुनासो
    भ्रास्ताचार प्रती थ्यो ,राज खलक मात्तिएर जथाभाबी गरेको सुन्न मा आउथ्यो (त्यो पनि धेरै चै बक्बास हुदोरहेछ ,जस्तो कि भन्डाफोर भन्ने
    र् फेरी पारस ले राज्दर्बार हत्या कान्द गर्‍यो भनेर एउटा ले किताब समेत लेख्यो )तेस्मा कदम हरु चाल्दै थे ,गिरिजै पनि पञ्चायत पस्न ठीक्क
    परेको थ्यो |
    शान्ती क्षेत्र को प्रस्तव लाई इन्दिया बाहेक धेरै ले समर्थन गरेको थ्यो ,एसियाली माप् डण्द को कुरा हुँदै थ्यो |
    इन्दिया लाई शह्य भएन | उस्ले नेपाल अगी बढेको हेर्न चाहेन | इन्दिया को पछीम बङाल बाट तालिम दिएर ज्यती बसुले कम्निस्त
    हरु नेपाल मा हुल्यो ,गिरिजा ,क्रिश्न प्रशाद हरु बनारस बाट जान्ने ,सुन्ने जस्तो हल्ला गर्दै आए | फेरी नेपाल मा ४६ साल आयो ,
    तेस्पछी अहिले सम्म प्र्जातन्त्र हुँदै लोकतन्त्र फल्दै छ् | पछी अन्तर्वाता दिदा त्यही गिरिजा ले भन्थ्यो हामीले ४६ साल मा प्रजातर त् ल्याएम
    तर कसरी चलाऊने हामीलाई थाहा थिएन |
    लुनाजी
    आज्को जनता बेस्करी उचालिएका छन ,तेसै पनि इन्दियन ले बहादुर भनेर नेपाली लाई भन्ने को सानो कारण ”हगी सके पछी दैलो
    देख्ने प्रब्रित्ती ले हो ” दैलो देखेपनी ”देर आए पर दुरुस्त आए हुन्थ्यो ,यहा त् त्यही फोहोर मा बस्ने आदत बसाली सकेको देखिन्छ
    नेपाली को प्रजातन्त्र को पारीभासा गजब को छ् |
    प्रजातन्त्र को नाउ मा मन्परी गर्न पाये ,आफ्नो सर्द परे प्रजातन्त्र नत्र बिबाद को बिबाद |
    यहाँ ठुलो रक्त्पात हुने सम्भाबना छ् भन्दा दु:ख लाग्छ |

  6. there were times when we repeatedly clicked mysansar.com to find the latest nd nice information!!!

    the news regarding paras made me think twice about surya khadak and the blog itself.

    Ideology and support ta jasko pani linu milchha tara neta ra patrkarma ke farak bho ra yedi patrakar le pani tesai gare bhane?????

  7. लुनाजी को
    कुरा निकै मन परेन मलाई त

    it doesnot matter whether i like o r not but the very fact is we all have been supporting one or other vision and views , ideology.

    Paras lai support garnu bhaneko afno bhai mara lai juwai banaunu jastai ho!!!
    Paras ko barema jati bahira ayeka khabr chhan tiniharu ta sayed dhakda chhopda chhopdai panni bahira ayeka kehi kjur amatra holan!!!

    sansar achamma ko chha testo kharab manchheko pani yeti dherai supporter haru hunu!!!

    hunata sansar nai yesto chha,,,,,,charles shovaraj lai prison cell ma nai bihe garne ta manchhe chhan bhane paras ta purba crwon prince , tesma hamro lunaji harule support garnulai ke nai aftero mannu paryo ra haina ???
    all the best lunaji

    Himal

    • साथिहरुको कुरा ठिक हो |
      ” भारत – चाइनाको भन्दा बिल्कुल फरक हाम्रो भौगोलिक सार्बभौम भूमि लाइ सुहाउने सुधारात्मक / लोकतान्त्रिक राजतन्त्र ” मूर्दाबाद ! नेताहरु बीच ६०१ संसद किन्नमा जालझेल हुने यस्तो ! खै कस्तो कस्तो तन्त्र ! जिन्दाबाद !
      अब यै भन्न मात्रै बाकि छ —
      ‘हुनै नदिने’ भए पछी रोएर कराएर चिच्याएर मात्रै पनि त नहुने रैछ — उसो त यसरि रोएर कराएर चिच्याएर हुने कुरा पनि होइन देश चलाउने कुरा , बुद्दिले हो ,
      हाम्रा नेताहरुमा बुद्दिको कमि भ ‘ र यस्तो भा हो त ??? पक्कै होइन |
      अल्प संख्यामा किन नहुन असल बुद्दिमान नेतामा पनि छन् हामीकहा , तिनलाई जनताले सत्तामा पुर्याएकै पनि हुन् |आफूलाई मन नपर्ने लाइ पछारेकै पनि हुन् तर
      कसको के लाग्यो तिनै पछारिएकाहरु नै आज सत्ताको कूर्चिमा विराजमान छन् — कसको कारण बाट ? त्यो यहाँ भन्नु परेन | आज यी झुसेमुसे हरुले कसरि हेपेका छन् नेपाललाई — चाइना – भारत दुवै हाम्रो देशमा सधै “” अराजक “” मचिरहोस भन्ने चाहन्छ |दुबैको आर्थिक स्वार्थ छ हाम्रो देशमा |पानि र खानि |
      भारत लाइ नदि चाहिन्छ , चाइना लाइ पत्थर खानि |गुगल मा खोज्नुस , चाइनाले गरिब मुलुक हरु मा कसरि खानि किनिसकेको छ — त्यस पछी बल्ल दोस्रो कारण राजनीतिक ( उनीहरुको शक्ति कायम राख्ने ) कारण हो | उनीहरुको स्वार्थ पूरा हुन हाम्रो मुलुक जती अराजक भयो उती तिन्लाई फाईदा — यस्को लागि उनिहरु आफूलाई १०० फाईदा हुन्छ भने ५० लगानी गर्न तयार हुन्छन कुनै पनि रुपले — त्यतिका जनताको बलिदानी बाट लोकतन्त्र स्थापना भयो तर नाम मात्रको ! अहिले सम्म न त संबिधान बन्ने प्रकृया सहज रुपमा अघी बढ्यो न त जनताले रोजेको सरकार नै हुन सक्यो — मुलुक यस्तै हिसाबले चलिरहदा निस्सासिने को ? सर्बसाधारण जनता नै हो । नेताहरुको त कुरा के भो र ! च्याउ झै उम्रेका पार्टिबाट ६०१ जना , प्रधान मन्त्रिलाई काम को भ्याइ नभ्याइ भ र उपप्रधान मन्त्री दुई दुई जना ! एउटै बिभाग मा दुई दुई जना मन्त्री – दुई दुई जना उपमन्त्री – त्य्सै गरी सचिब रे ! उपसचिप रे !
      बाब्बै ! यिनलाई पाल्नको धौ धौ नेपाली जनतालाई ! फेरी घुम्न जान पायो भने त स्बास्नी देखी साली साला सप्पै लाई यसो उसो गरेर मौकामा चौका थापिहाल्ने !
      हैन ! मुलुकको ढुकुटिमा रजाइ गर्ने बेला त सप्पैको चोचोमोचो मिल्ने राइछ त ! अनी संबिधान बनाउने , देश बिकास गर्ने कुरामा चै किन सधैं भरी बास घारिमा डा ङ्रे करा जस्तो भा को ! ऐले सम्म प्रधान मन्त्री चान्नु सकेन !
      यो किन भा को भन्दा हामी भन्छौ नि बिदेशी शक्तिको ईशारामा ????? अब स्बदेशी भूत लाई जगाउने र लोकतान्त्रिक ट्रायाक मा ल्याउने — हामी आफू मिल्न सके पो बिदेशिले दाई गर्न सक्तैन त ! हामी नै सधैंको सधैं कम्जोर भईरह्यो भने भोलिका हाम्रा सन्ततिले कस्तो नेपाल देख्ला ???
      त्यै भ र ” लोकतान्त्रिक राजतन्त्रात्मक ” को बिचार पोखेकी हुँ ।

  8. व्यक्तिगत संवेगको आक्रामक भावलाई नियन्त्रण गर्न नसक्नु पुर्व युवराज पारस शाहको ठुलो कमजोरी, गल्ति तथा भूतपूर्व शाहीकालीन पैसा र शक्तिको जीवित अवशेष हो त्यो पारसको नितान्त व्यक्तिगत आवेग थियो जुन गणतन्त्रात्मक देशका आम-नागरिकलाई सहर्य हुदैन, तर यो गणतन्त्र नेपालको आजको अवस्थामा नेताहरुले गर्ने गरेको द्वैध चारित्रिक व्यवहार र विदेशीसामु देखाउने गरेको आत्मसमर्पणबादी व्यवहार भन्दा कयौगुणा महान र श्रेष्ठम छ पारसको राष्ट्र र भूगोलप्रतिको स्वाभिमान तथा मातृभूमिप्रतिको आदरभाव | विदेशीसामु आफ्नो औकात् उकेल्न रुचाउने पाजीनेताहरुले सहजै स्विकार्छन मातृभूमि माथिको गाली, बेइज्जती र अपशब्द | तसर्थ उनीहरुले राष्ट्रियता भन्दा पनि निजी स्वार्थलाई प्राथमिकता दिन चाहेका हुन् | भी.आइ.पी. हुन् या त सडकछाप हुन् सबैको बाँच्न पाउने अधिकारको चाहीं संरक्षण हुनुपर्छ | जीउन पाउने अधिकार छिन्न चाहेको अभियोगमा पारसलाई कारवाही हुनुपर्छ साथै अर्काको आन्तरिक मामलामा अकस्मात् प्रवेश गर्नेलाई पनि सजायको भागिदार बनाउनुपर्छ |

  9. सुर्यले हण्डी खाएको गुण त अझै तिर्दै पो हि कि के हो ? ताक परे तिवारी नत्र गोतामे झैँ यता पनि ठिक उता पनि ठिक जस्तो | हात कडी लगाए रक्तपात हुन्छ रे ? अपराधीलाई हत्कडी नलगाए के गोरु बाध्ने दाम्लोले बाध्नु भन्न खोजेको हो ?
    लातको भुत बातले मान्दैन | पारसलाई त कालकोठरीमा जाक्नु पर्छ | दोषी हो भने त्यो बंगाली भुतलाइ पनि बाकी राख्नु हुन्न |

    न्याय कुनै पनि बाद बाट प्रभावित नभई निस्पक्ष हुनुपर्छ |

  10. लुना जी र सुर्य जी के तपाईं हरु बिगत का नरहरी बाबा हुन खोज्नु भाको हो? हो भने ठिकै छ .केहि भन्नु छैन.अन्यथा गल्ति गर्ने लाइ कार्यबाही हुनु पर्छा भन्दा कहाबाट आयो यो लोकतान्त्रिक राजतन्त्र को कुरा . यो ब्लग हो .सबैलाई थाहा छ व्यक्ति बिशेष को कुरा गर्दा दल को कुरा किन? सबैलाई थाहा छ सबै दल हरु निकम्मा छन् भनेर तेसो भन्दैमा गल्ति गर्ने लै कारबाही गर्न खोजेको संस्था लाइ नै संका गर्न त भएन नि .पारसले गल्ति गरेको हो कि हैन ,गोलि पडकाको होकी हैन? भूमिका त अनुसन्धान कर्ताहरु ले गर्लान प्रताक्छ्या दर्सिहरुले बोल्लान नि त,अनुसन्धान त बाँकी नै छ नि tara यहाँ त तपाईं हरु वोकिल को भासा जस्तो प्रयोग गर्दै हुनु हुन्छा.साधारण नागरिक तेसमाथी बोडी गार्ड छ किन बोकेको त्यो बन्दुक?उत्तर छ? क्रोधित भयो भन्दैमा गोलि पद्कौना पाउने अधिकार कुन रास्ट्र मा छ? एस्तो कार्य लाइ नियन्त्रण गर्नु खोज्नु के समाज को हित को लागि हैन र?सायद दोस्रो माहांदोलन मा तपाईं का कोहि परेनन् होला तेसैले तपाइलाई अनुमान भएन होला त्यो कहाली लाग्दो दृश्य हरु अन्य्ठा तपाईं जस्तो बुद्धि जीवि ले येस्ता कुराहरु राख्न सक्नु हुन्थियाना होला .पार्टी बिशेष को कुरा हैन गणतन्त्र को कमसे कम बिरोध बुद्दिजीवी सर्कल बाट हुनु हुन्न भन्ने मेरो आशय मात्र हो.

  11. त्यो एउटा बंगाली गधा ले हामीलाई गाली गर्दा पारस सरकार ले गोलि हानेको बिरोध गर्नु भनेको हामीले आफुले आफुलाई नै बिदेसी सामु झुकाउनु हो..जय देश जय नरेश जय नेपाल……पशुपतिनाथ ले चोर नेता हरुलाई चाडै यमराज को जिम्मा lagaun …….

    • म तपाईको कमेन्ट पर्ती
      एकदम सहमत छु धनबाद

  12. पारस गोलि काण्ड अन्य समाचारपत्रहरुमा पनि पढे । सबले सक्दो डम्फू बजाएर लेखेका छन् । शक्ति पूजा गर्ने प्रबित्ति बाट पत्रकार जगत अछूतो किन देखिन्थ्यो र !निभाइएको राजतन्त्रबाट के नै ताप प्राप्त गर्न सक्थे र ! — मुलुकमा जसको शक्तिको हालीमुहाली छ तिनबाट पो ताप प्राप्त हुन्छ त — बलेको मूढो सबैले ताप्छन निभेको को ताप्छ ! यो उखान झन् राजनीतिमा त ठ्याक्कै लागू हुदो रैछ ।

  13. बरु लोक्तान्त्रिक निरंकुस तन्त्र ल्याए कसो होला ??

  14. खड्काजी तपाईका लेखले मालाई पनि केहि लेख्ने हौसला दिएको छ। तर मलाई दु:ख लागिरहेको छ यो लेखि रहदा , सायद देशको दुर्गती होला वा नेपालि जनता को बिबशता त्यसको फैसला भविष्यले गर्नेछ। हिजो प्रबिण गुरुङ को हत्यारा, नारायणगढको पुलचोकमा रगतको भेल मा पौडि खेल्ने अनि नरायणहिटिका एक ग्रायाण्ड डिजाइनर पारसले राष्ट्रियताको फरियामा के लुक्न खोजेका थिए उनका सबै कुकर्मलाई कति सजिलै माफ गर्दै छौ हामि जनता, कति चाँडै भु्ल्यौ हामिले घन्काएका पारस चोर देश छोडका नाराहरु उनका कुकर्म देखि वाक्क भएर। अनि खड्काजि पारसमा आएको परिवर्तनको कुरा देखाउनु भएको छ तर त्यसलाई म त्यति सजिलै बिश्र्वास गर्ने पक्ष,मा छैन र भर्खरै फेरि तैरिएको इक्षा पाण्डेको कुरालाई नै लिनुहोस र त्यसको तथ्यलाई नियाल्नुहोस। फेरि के तपाई हामिले यहि काम गरेको भए के कानुन र जनाताले हामिलाई यसैगरि वा वा गर्थे त ? थाहा छ पारासको जति कुकर्म तपाई हामिले गरेको भए हामि त के हाम्रा हड्डिसमेत जेलको चिसो सिढिमा कुहिसकेका हुन्थे, किन यस्तो भेदभाव त हामिलाई कि हामि र पारसमा ठुलो अन्तर छ।

    फेरि कुरा रुबेल चौधरिका, उनका ठाँउमा तपाई हामि वा हाम्रा परिवारको सदस्य भएको भए शुसिल कोराला यसै गरि उफ्रन्थे त? के माधाव नेपाल उच्चस्तरिय आयोगका लागि टोलि पठाउथे त? अनि के पत्रकारहरु यसै गरि ठुला ठुला अक्षरमा पाना नै भरिनेगरि लेख्थे त ? कुरा के हो भने उनि हाम्रा भ्रष्ट परराष्ट्रमन्त्रि कुजात कोइराला जोस्टका ज्वाँइ, जसले त्यति ठुलो लाउडा प्लेन त सजिलै निलिन, एम आर पिलाई मुखबाट निकाल्कानु परेको थियो अनि फरियाबादको नातामा काँग्रेस हल्लाउदै छिन भने छिमेकि उडुस र उपियाँलाई देशमा अशान्तिका खातिर सम्झौता गर्दैछिन। थाहा छ तपाईलाई उपियाँका जुठो खाएकाहरुले ठुला ठुला अक्षरमा निकालि सके वा राखिसके पारस बिरुद्ध मा आफ्ना मत भने चाट्न नपाएकाहरुले बिछ्याइसके राष्ट्रियताको कछाड तपाई हामि सामु अर्को राजनैतिक खेल खेल्नका खातिर।

    फेरि तपाई हामिले कतिलाई क्षमा दिने १७००० जनता का रगतमा आहाल खेल्ने कमरेड र ब्वाँसाहरु तपाई हाम्रो भबिष्य कोर्दैछन, पुराना राजकुमारको नाम मा पारास बन्दुक बोकेर सर्बसाधारणमा तेर्सयाउदैछन्, अनि बाबुको कन्दनि चढेर बिदेशि प्रभु साथ लिएर कुजात कोइराला मुलुकलाई आर्यघाट तिर लादैछिन तर हामि निरह उनिहरुकै पछाडि भागिरहेकै छौ र अझ भन्दैछौ ठिक गरेउ पारस। म त भन्छु पारस तिमले गरेको कुकर्मको फल भोग्ने दिन आइपुगेको छ, सिन्दुर पुछिएका चेलिहरुका रोदन, बाबु गुमाएका बाबु नानिको पिडा र सन्तान गुमाएका कोखहरुको सरापले तिमिलाई सधै पोलिरहनेछ, पैसाका कारण भगवान पनि केहि गलेछन नेपालिजनता जस्तै भगवानले पनि तिमिलाई केहि हद सम्म माफ गरेकै हुन तर अव सजायको दिन आएको छ।
    2 minutes ago · Like

    • Sandesh Shara Ji, your writing is appreciable very much. This is the fate of all unfortunate Nepalese. We can’t do anything are just he mute spectator. -Kamal

  15. खड्का ब्रो तिम्रो पारसले यसपाली जांड मात्रै हैन आलु नै खायो । यदि म चितवन पुलिसमा हुंदो हो, म त त्यस जंतुलाइ लातैलात खुवाउने थिएं । लात नं. १ बिरेन्द्र परिवारको नाउंमा, लात नं. २ प्रविन गुरुंको नाउंमा, लात नं. ३ पारस द्वारा मारिएका एक ट्याक्सी चालकको नाउंमा, लात नं. ४ पारस द्वारा बलात्क्रित चेलिबेटिको नाउंमा, लात नं. ५ जनआन्दोलन २ मा मारिएका शहिदहरुको नार्उंमा, लात नं. ६ आम भोका-नांगा नेपाली जनताको नाउंमा र लात नं. ७, ८, ९… चैं पारस भन्ने जन्तु कहिले पनि उठ्न नसक्नेगरि । पारस जस्तो दैत्यलाइ मान्छे मान्नेहरु पसु हुन ।

    • रमेश जी,
      लात त् के हान्न सक्नु हुन्थ्यो र !! अब पारश दाई लाई हेर्न नि सक्नु हुदैन तपाई हरु जस्तो झिना मसिना ले !!! यी नेता भनौदा ठुला बडा ले त् केहि गर्न सके को छैन अब तपाई ले रे…. ठट्टा नगर्नु न !!! हेर्दै जनुहोश पारश दाई रिहा भए को र यो त पारश दाई ले आफ्नो लोकप्रियता कतिको छ भनेर हेर्न लाई गिरफ्तारी दिनु भए को हो … अब हेर्नुश दाई को चर्तीकला.. धेरै दिन लाग्दैन !!!

      यो सब सरकार को देखावटी मात्रै हो… बंगाली संग रिलेशन बिग्रेला भनेर सुजाता को कर ले मात्रै हो.. अब कोको जान्छन हेर्दै जनुष.

  16. मलाई त शंका लाग्न थाल्यो कतै नपत्याउँदो ढंगले ‘माई संसार ‘ ले पनि खोइ के हो लोकतान्त्रिक राजतन्त्र कि सुधारात्मक राजतन्त्रको पछ्य्पोषण पो गर्न थालेको हो कि | होस् गर्नोस है हिजो अरुलाई खाने घाइते बाघले भोलि तन्ग्रियपछी तपैंलाई मात्र सद्दे छोड्दैन | सौताको रिसले पोइको काख फोहोर नगरौं | दलहरुसंग रिस उठ्यो भन्दैमा जनताको त्यत्रो बलिदान बाट प्राप्त गणतन्त्र लाई अपमान नगरौं | दलहरुको विकल्प अर्को दल हुन सक्छ , वा अर्को जनान्दोलन हुन सक्छ तर कुनै हालतमा पनि मृत राजतन्त्रलाई ब्युंतौने कुरा स्वाभिमानी नेपाली जनतालाई मान्य हुने छैन |

    • राकेश जी,

      तपाईले ठिक भन्नु भो | माए संसारको ब्लगमा लत हान्ने वीर नेपाली पनि देखियो |

    • सकली नै हो, कहिले काहीं बाटो बिराउन्छिन |

  17. I support him because he tell the truth. He has accepted what he did and regret about what happened. Sujata you should learn from him “did you speak a single word about when you colleague minister beat CDO” no na! so accepting what happened is the biggest punishment one can have in his/her life so strongly condemned arrest of Paras………

    Democracy in Nepal is like AIDS virus, no cure has been found so far.

  18. सुर्य जी त जनताकै प्रतिपक्ष मा huhunchha. त्यसैले वहांको ghaanti पारस संग जोडिएको कुरा थाहा पाएको हुँदा tapaainko लेखन संग रिसाएर बस्नु समयको बरबादी मात्रै हो.

  19. पिएपछि पागल हुने पारस … पिउन छोडे त उनकै लागि राम्रो हो; होइन भने रामजाने । तर यस्ता कार्यका लागि उनका समर्थकहरूले उनको पक्षमा विरोध जनाउनु भनेको उनलाई अझै भड्खालोमा हाल्नु हो । आफ्ना कथित समर्थकहरूदेखि चेतना भया पारस ‘सरकार’ ।

    यदि रुबेलका कारण साँच्चिकै बन्दुक पड्किएको हो भने, यसमा रुबेलको पनि दोष हुनैपर्छ । तसर्थ, सूर्यजीले भनेजस्तै रुबेल पनि छानबिन र कारबाहीको घेरामा आउनुपर्छ ।

  20. तपाईहरुलाई थाहा छ ! केहि बर्ष अगाडी इन्डियन हिरो हृतिक रोशनले नेपाल एंड नेपाली मन पर्दैन भनेर नेपालको गरिमामा आंच आउने काम भयको थियो !तेस पछी देश भरि आन्दुलन भयो थियो !तर यक बंगाली ले फेरी नेपाल एंड नेपाली होचायर नेपालका युबराज लाई जथाभाबी बोलेकोमा हवाई फायर गरेका थिय, यो हरेक नेपालीले गर्ने काम हो ! यसकोलागि पारशलाई धेरै धेरै धन्यवाद ………………….

  21. बराल जी एकदम सहि हो यिनी देश बेचुवा नेता हरु भन्दा त देश बचाउने नै सहि हो .

    • हिजो येही खड़का ले कामरेड प्रचंड र माओबादी लाइ सराप्दा धाप मारने कांग्रेसी हरु ले आज भने सूर्य खड़का लाइ चिने जस्तो लाग्यो. तर पनी मुद्दा माँ दुबे झगडिया को बयान निएनु पर्छ भन्ने सूर्य खड़का को तर्क एकदम ठीक छ. पारस ले गोली हानेको हो भन्ने एउटा आरोप छ भने, त्यों कुकुरनी को ज्वाई प्रति पनी पारस को केही आरोप छ(नेपाल र नेपाली लाइ होच्याएको भन्ने). के येस्लाई लिएर त्यों बंगाली गधा को बयान लिन पर्देन? म यो प्रश्न कठपुतली का लठैत केशु, सत्य्दूत, कृष्ण गोपाल हरू लाइ सोधन चाहन्छु.

  22. नेपालको राष्ट्रियतामाथि बिदेशीहरुले धेरै नै हस्तछेप गरेकोमा हामीहरुलाई मन परेको छैन भन्ने कुरामा एक मत छौँ।

    दुवै तर्फको कुराको सुनवाई हुनु पर्छ।

    कस्तो चरित्र भएको बंगला देशी ? सासु मार्फत बिदेशीलाई नेपाली राहधानी बेचने कुरा पनि खुल्नु परेको छ।

    सुरज श्रेष्ठ

  23. हजुर पी आर जी गल्ति गरेको स्वीकार गरे जे पनि गर्न पाइन्छ ? पारसले फाएर गर्नु पनि अपराध हो र नेताले मान्छे मर्नु नि अपराध हो/ एस्तो गल्ति गर्ने सबैलाई दण्ड हुनुपर्छ/

  24. ” भि आई पी ” ?! —
    ————————
    पारस गोलि काण्ड अन्य समाचारपत्रहरुमा पनि पढे । सबले सक्दो डम्फू बजाएर लेखेका छन् । शक्ति पूजा गर्ने प्रबित्ति बाट पत्रकार जगत अछूतो किन देखिन्थ्यो र !निभाइएको राजतन्त्रबाट के नै ताप प्राप्त गर्न सक्थे र ! — मुलुकमा जसको शक्तिको हालीमुहाली छ तिनबाट पो ताप प्राप्त हुन्छ त — बलेको मूढो सबैले ताप्छन निभेको को ताप्छ ! यो उखान झन् राजनीतिमा त ठ्याक्कै लागू हुदो रैछ ।
    मुलुकमा जसको शक्तिको हालीमुहाली छ तिनबाट पो ताप प्राप्त हुन्छ त — उपप्रधान मन्त्रि / पररास्ट्रमन्त्रि जस्ता पदका व्यक्तिहरुको सके सम्म पूजा गरे नैबेध प्राप्त गर्न सकिन्छ — यसो उसो यता उता भनसुन गर्दै दुनो पनि सोझ्याउना पाइन्छा — मौकामा चौका —तर हामी त नेपाली जनता हौ । हाम्रा ब्रम्हले जे देख्छ त्यै ठिक सोच्छा , त्यै भन्छ ।
    भू पू युवराजको भनाईका एक हरफमा गएर ध्यान अडियो मेरो , ‘ — रेस्टुरेन्टबाट बाहिर निस्की धेरै बेर एक्लै बसिरहे — आधा घण्टा पछी — अपमान सहन नसकी क्रोधमा आफूसंग रहेको पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको हु —-
    ‘हावा नचली पात हल्लादैना —
    ओरालो लागेको मृगलाई बाछोले पनि खेद्छ भने झैँ मुलुकको राजनैतिक शक्तिबाट कुना पुर्याइएका राजखलकका यी घाइते बाघ लाइ चोट पुर्याउने काम ( शब्द बाण )हुन गयो त्यहाँ । पूजाआजामा जादा केहि सय – हजार जनताले तालि बजाएर माया देखाए बाट यी भू पू युबराज प्रभावित भएकै हुनुपर्छ । त्यसैको प्रभाब थियो मनमा चोट परे पछी रेस्टुरेन्ट बाट करिब आधा घण्टा बाहिर बहिर निस्की एक्लै बसेर सोचिरहनु —
    तर ! चोट त्यो पनि घाइते बाघ लाई — सहन गार्हो भयो — पड्काइदिए एकराउन्ड फायर !
    उता बिदेश भ्रमणमा रहेकी उपप्रधानमन्त्री तथा पररास्त्र्मन्त्री सुजाता कोइरालालाई यो कुराको जानकारी भयो र उन्ले निर्देशन दिईन् पारसलाई थुन्न ।
    उन्को निर्देशन सँगइ ” भि आई पि चौधरी ( सुजाता कोइरालाका ज्बाई ) लाई सुरक्षा दिनु ” केन्द्रबाट आदेश गयो ।
    उसो त राज्य सरकारले सबैको सुरक्षा गर्नु पर्छ , यो राज्यको कर्तब्य हो । सोही अनुरुप चौधरी या जो कोही सबैको सुरक्षा गर्नु राज्यको दायित्ब हो ।
    यो दायित्ब को बिरोधमा लेख्दै छैन मैले , मात्रै ” भि आई पि ” शब्द सँग कौतुहलता हो मेरो ।
    भने पछी कोइरालाका छोरी ज्बाई ” भि आई पि ” — यस्को अर्थ हुन्छ बर्तमान नेपाली राजनीतिमा उनिहरुको स्थान युबराज सरह को बनाइयो ।
    भलै नियममा नलेखिए पनि — व्यबहारमा देखाए पछी —

    अब अड्कल लगाउन के गार्हो भो र भू पू युबराज र बर्तमान युबराज हरु बिचको घम्साघम्सी —यस् इस्स्युलाई लिएर काङ्रेस पार्टी जुर्मुराउदै छ आफ्नो तागत देखाउन —
    नेपाली जनता राष्ट्रबादी छन । नब युबराज भन्दा भू पू युबराज कै पक्ष लिने छन धेरैले ।
    तर ! यस्तो घटनाले दु:ख मान्ने शुभ चिन्तक नेपालीहरु पनि छन । सुधारआत्मक राजतन्त्र अपरिहार्य ठम्याउने आँखाहरुमा आशु जमेको छ । पारस ! आफूलाई सम्हाल ! तिम्रो कारणबाट पुन : आच नआबोस ! यहाँ उचाल्ने र पक्षर्ने मान्छेहरुको कमी छैन — तिमी नउचालिउ ! नपछारिउ पनि ! सतहमा हेरेर हिड धैर्य बनेर ! आईन्दा बन्दुक नसमाउ ! बरु बोलीलाइ बन्दुकको गोली ( सही बोली मार्फत ) बनाउने कठोर प्रयत्न गर ! भोलिको दिन उज्यालो होला , असम्भब केही छैन ।

    • लुनाजी ! सुधारात्मक राजतन्त्र भनेको मानार्थ राजतन्त्र हो| त्यो त बहुदल कालमा जनताले टक्र्याएकै हो नी ! आफै जान्ने भएर “स्वच्छ छवि”को नाममा ठुलो भाग खोज्ने भएको, तीन बल्ड्यांग खायो| सुजाताले ज्यादा चुरीफुरी देखायो भन्दैमा पारसलाई श्याबास भन्नु सोह्रै आना गलत हो| फोस्रा राष्ट्रवादका नारा त यैरे गैरे जसले पनि दिन सक्छन| हरहमेसा बन्दुक बोकी हिंडनेको राष्ट्रवाद थाहा पाई नसक्नु छ| सुर्य खडकाको होस्टेमा लुनाको हैंसे गजब लाग्यो|यो उहाँहरुको गणतान्त्रिक अधिकार हो|

      • आदरणीय शसांक जी !
        मेरो प्रतिक्रियाको मर्म बुझ्न सक्नु भएन तपाइले या माबोबदी पार्टीको चस्मा फुकाल्ने जागर गर्नु भएन या — मैले बुझ्न सकिन — छेमा प्राथी छु .
        मेरो प्रतिक्रियाको अन्तमा हेर्नुस मैले के भनेकी छु ?
        भन्नु पर्ने जति सिधा कुरा सिधै भनेकी छु . अब त्यो भन्दा पनि सिधा कुरा
        ‘ तँ मरिजा ! तलाई हारियो बासमा टुंन टुंन बाधेर लानु परोस ! ‘ भनेर सत्तो सराप
        गर्ने ? के मेरो सराप ले केहि हुने वाला छ ? झिंगा पनि मर्ने छैन .
        हामि ब्यबहारिक भएर सोच्न सक्नु पर्यो मेरो आदरणीय साथि शसांक जी !
        लोकतान्त्रिक राजतन्त्र बनाउनु नै नेपालको हितमा हुने छ . स्बिजर ल्याण्ड , सिंगापुर सप्पै देखियो ! २०४६ भन्दा अघि मुलुकमा निर्कुम्श तन्त्र भए पनि यो बिधि
        मनपरी तन्त्र थेन . ‘ हिजो भन्दा आज झन् अध्यारो मा बस्ने दिन आयो ‘ —
        सप्पै नेपाली जनता एकदम गरिब पनि छैन , केहि प्रतिशत ले मोरिमोरी काम पनि
        गरेकै छ ! बरु हिजोका दिन भन्दा आजका दिनमा अरब पुगेर होस् कि जापान या अमेरिका या युरोप जे गरेर भए पनि आर्जन त गरेकै छ !!! देश भित्रका नागरिकले
        पनि काम गरेकै छ ( ति दास त होइनन २४ घण्टा काम गर्ने ) तर कम्तिमा ८ घण्टा त गरेकै छन् !!! तैपनि लोद्सेदीन देखि यावत समस्या २०४६ भन्दा चर्को रुपमा !!! आच्या ल्हे !!! केको गणतन्त्र ? कसको लागि गणतन्त्र ???!!! ६०१ देखि
        लिएर दुइटा उपरास्त्र पति , दुइ देखि तिन औतई बिगाग मा मन्त्रि , सचिब त्यसतै दुइ तिन बटा ( सचिप रे ! उप सचिप रे ! ) के ! के ! के ! के !
        तिनलाई राज्यले सुबिधा आकाश बाट दिनचा ? दिने त जनताको पसिनाको ट्याक्स
        बाट नै हो . हैन ठिकै छ लौ यदि माम ( तिनको तलब – सुबिधा ) अनुसारको काम
        भए त लौ एकदम चित्त पनि बुझ्ने ! , तर हेर्नुस् त ताल !!! यस्सो मौका परोस कि मुलुक को धुकुतीरित्याउन पाए कस्तरी हाम फालेर सयर गर्छन् यि — भो ! सप्पै कुरा बुझ्यौ ! जत्ती बुझ्यौ पुग्यो बाबा !
        भन्छन नि सास रहुन्जेल आश —
        स्बिजर्ल्यान्द को सपनामा पनि दुब्यो ! सिङापुरको सपनामा पनि दुब्यो —
        अब लोकतान्त्रिक राजातन्त्र ल्याएर बेलायतको बिपनामा डुब्ने सपना देख्ने —
        माबोबाद मा राम्रो कहाबत् छ ‘ प्रयोगबाद ‘ ।
        मलाई मन पर्छ प्रयोगबाद किन भने यो बैज्ञानीक पनि हो । अब एक पल्ट् बेलायति राजतन्त्रत्म्क प्रयोगबाद हेर्ने कि !?
        यसो भए ‘ अब धेरै दिन अध्यारोमा बस्नु पर्ने ‘ दिन आउन्न कि —

        • माथि दुई उपप्रधान मन्त्री हुनु पर्ने मा उपरास्त्रपती पो भएछ ! सच्याइ पढ्नु होला

        • राजतन्त्र मात्र किन पन्च्यात अझै राम्रो थियो त्यो भन्दा राना सासन उत्तम सबसे बेस्ट जंगली युग, तेतै फर्कौन हुन्न??

        • सुधारात्मक राजतन्त्र … बडो हसाउनुभो लुनाजी । बामे नै सर्न नपाएको गणतन्त्रलाई मिल्काएर मृतराजतन्त्र ब्यूँताउने सपना देख्ने र कुरा गर्नेलाई अब के सल्लाह दिनु खै ! अब त भूत जगाएमात्र हो । जिउँदो छँदा त तर्साउनु तर्साएकोले भूत भएपछि झन् केमात्र गर्ने हुन् । अरुले भन्ने गरेजस्तै तपाईंलाई माओवादीकै चश्मा लगाएको सुहाउँछ; अहिलेका लागि यो नै देश र जनताको हीतमा छ । कृपागरेर राजतन्त्रको चश्मा लगाउने प्रयास नगर्नुस्, यतिचाहिँ सल्लाह दिन्छु ।

          • पुष्प जि !
            राजतन्त्र होइन ” लोकतान्त्रिक राजतन्त्र ” भन्छु म ।
            अब किन भने —- उफ ! पुरै भन्नु पनि झ्याउ लाग्यो । छोटकारीमा भन्छु है ” हुने बिरुबाको चिल्लो पात — ” यसो भनेर नहुने बिरुबा भन्न् खोज्या पनि होइन तर मुटु चिमोतेरै भन्दै छु त्यतिका पाबरफूल माबोबादिले जाबो पाशुपती कान्ड ( माबोबदिको शक्ती अनुसार यो जाबो नै हुनु पर्ने थियो किनकी २५० बर्ष को सामन्ती राजातन्त्र ढाल्नमा उस्को महत्बपूर्ण देन थियो तर !!! ) त सम्हाल्न सकेन भने —- सोच्नुस् त — २५० बर्ष को सामन्ती राजतन्त्र ढाल्न माबोबदिको प्रमुख हात थियो भने पशुपतिको मन्दिर मा त्यतिका भर्स्तचार गर्ने भारतीय पूजारी काण्ड लाई किन तह लगौअन सकेन ?! त्य्स्तै कटुबाल कान्ड आदी इत्यादी — हामी भन्छौ भारतीयको हात छ यस्मा । यो सत्य हो । भारतीय राजनीतिज्ञ हरु को हात ( शक्ती ) लाई परक्क किन निमोथ्न सक्तैअन – सक्तैन त नेपालको माबोबादी ?! यतिका जनताको साथ हुँदा हुँदै पनि ?! बाबा! अब व्याबहारिक कुरा गरौ । हिङ्ग भा को टालो लाई औषधीको रुपमा प्रयोग गरौ —
            चाइना – भारत दुबै बिशाल मुलुक भन्दा फरक राजनीति स्टायल अपनाउनु नै हामी सबैको भलोमा हुने छ नत्र भने मुलुक सधैं दुबै बिशाल शाहक्तिको शक्तिको राजनीतिक दबाब मा सधैं अराजकको भूमरिमा फस्ने छ — अनी निस्सासिने को नि ??? तपाईं – म – हामी सोझा साझा जनता —
            त्यै भ र —

            • हात्ती र हात्ती छाप चप्पल भनेजस्तै कुरा गर्नुभो लुनाजी । परिवर्तन त्यति सजिलो विषय हो र ? हामी आफूले आफ्नो रूपरंगमा अलिकति परिवर्तन ल्याउन त कति धेरै सोचविचार गर्छौं भने यहाँ त सिंगो राष्ट्रको प्रश्न छ । राजतन्त्र ढाल्नु नै माओवादीको मुद्दा रहेको थिएन, ज्ञानेन्द्र र यिनै पारसका कारण ढलेको त सबैलाई थाहा भएकै विषय हो । यसमा माओवादीले अगुवाइ गरेको र राजाले थाङ्नामा सुताएकाहरूले पनि बाध्यतावश साथ दिएकै कारण राजतन्त्रको समाप्ति भएको हो । पशुपतिको पुजारी एउटा व्यक्तिजस्तो भान भएतापनि राजतन्त्रभन्दा पनि बलियो र खतरनाक रहेको कुरा तपाईंले कसरी बिर्सनुभो । एउटा विशाल ‘छिमेकी’को मान्छेलाई घोक्रेठ्याक लगाउन त्यति सजिलो छैन, त्यसमाथि आफ्नै घरकाहरू अगतिला भएपछि माओवादी त के महादेवलाई पनि गाह्रै पर्छ । तरपनि माओवादीले एउटा राम्रो काममा हात हालेको हो । अब राम्रो काम सफल पार्न नसक्नेहरूलाई धारे हात लगाउने कि नराम्रो काममा समेत असफलहरूलाई आफ्नो भाग्य सुम्पिने ?

              • Dear Puspa ji !
                धारे हात लगाउने होइन कि ‘लोकतान्त्रिक’ र ‘ ‘राजतन्त्र’ सगै
                एकजुट भएर ” लोकतान्त्रिक राजतन्त्र ” बन्ने अनि आफू एकदम
                बलियो भए पछी मुलुकमा ‘ लिसो ‘ लागेका पशुपतिका पूजारी
                देखि लिएर धेरै धेरै जुका हरु लाइ थुत्त झिक्दै फल्ने .
                माबोबादी एक्लैले गर्न गाह्रो भा तपाइकै आखाले देख्नु भ न ?!
                त्यै भ र भन्या “””मिल्नु”” पर्छा —-

                • लुनाजी ! म कसैको चस्मा लगाएर दुनियाँलाई हेर्ने उमेरमा छुइन| मेरो आफ्नै भिजन छ, जुन भिजन नेपालका कुनै पार्टी बिशेषसंग मेल खान्छ होला| लोकतान्त्रिक- राजतन्त्र शब्द संयोजन नै गलत छ| लोकतन्त्र नै मान्ने हो भने राजालाई किन राजतन्त्र चाहियो? संक्रमण अवस्थामा रहेको देशको अवस्थालाई हेरेर राजै ठिक भन्ने बौद्विक जमातले गर्दा नै परिवर्तन कछुवाको गतिमा गैरहेको छ |

                • सर्पको वीष मार्न सर्पकै वीषको प्रयोग त ठीकै हो, तर एउटा जुका निकालेर अर्को जुकालाई टोक्न लगाउने ?

    • Luna जी रिशानी माफ…

      बगली लाइ युबराज को दर्जा दिन चाही भएन है… त्यो को हो हो.. त्यो जो भए नि हामि लाइ मतलब छैन र .. हामी ले राष्ट्र र जनता को सोच्नु पार्छ !! तसर्थ पारश को सायदै कुनै गल्ति छ जस्तो चाही लागेन मलाई !!! राष्ट्र र रास्त्रियता मा कोइ बिदेसी ले आफ्नै राष्ट्र मा बशेर अपमान गर्छ भने जो कोइ ले आफु संग जे छ त्यो हतियार प्रयोग अवश्य गर्छ र गर्नु पार्छ!! अरु भए तेही सिधौथ्यो पारश दाइ भएर हवाई फाएर मात्र भयो.

  25. रक्तपातअबस्य मचकिनु पर्छ । पुर्ब युबराज पारस शाह लाइ तुरुन्तै रिया गर्नु पर्छ ।रुबेल चौधरि लाइ नया नेपालका नया युबराज बनाउन नखोज देश बेचुवा कांग्रेसहरु

  26. यो अनाबस्येक भिडियो राखेर पारश लाइ के के न काँध माथि चढाउदै एउटा सामान्य समाचार लाइ बारम्बार न्युज खुराक बनाएको पट्टक्कै मन परेन, ये गाँठे हो बिष्णु भगवान को १० औ अबतार कल्की लाइ पुलिश ले थुनेर राखेको जस्तो पो छ बा !

  27. गल्ति गर्ने लाइ हथकडी लागौदैमा रक्तपात मच्न सक्ने रे…अचम्म…के ब्लग हो येस्तो…यो त धम्की जस्तै लग्यो त…बिदेसीले देसको बिरुद्ध बोल्यो भनेर हवाई फायरिंग गरेको मलाई पनि ठिकै लागेको हो…though I m not such a fan of Paras…तर उसले आफुलाई प्रहरी लै सुम्प्यो भन्दैमा मा उसलाई handcuff लगायो भने रक्तपात मचिने सक्ने भनेको चै यो कस्तो पत्रकारिता हो…कुनै राजाबादीले येस्तो भन्यो भनेर छापेको भए त ठिकै थियो…यो त यो ब्लग बाट राज्य लै धम्कि दिईएको जस्तो भयो….

  28. कानुन सबै लाइ बराबरी होस् तर सुर्य खड्का को त्यो सब्द ” बंगाली मुस्लिम ज्वाई ” ले अन्तै अर्थ लाग्न गएर अनिस्ट नहोस देश मा . बाकि तपाइको बिचार

  29. खड्का जी पनि पारस साब को भक्त हुनुहुदो रहेछा. पत्रकार भएर साचो पत्रकारिता गर्नुहोला. दोसी माथि कारबाही हुनु पर्छा जो भए पनि. धार्मिक लडाई नलाउनु होला यो पोलिटिकल लडाई मा.

  30. तिललाई पहाड नबनाइयोस | पारसले गल्ति गरेको कुरालाई स्वीकार गरिसकेका छन,अरु राजनिति दलका चोर नेताहरु जस्तो दिन दहाडै कसैको ज्यान मार्दै लुक्दै हिनेका छैन क्यार | हवाई फायर गर्दैमा के बिग्रियो ?

    • माथिका धेरै प्रतिक्रियाहरु (सबै हैनन्) रक्तपात प्रेमीहरुको रगत बगाउन अभिप्रेरित गर्नेहरुको अभियान जस्तै लाग्यो| एउटा पटके अपराधी पारशलाई माफ गर्नु भनेको देशमा दण्डहिनताको अवस्था कायम राखेर अरु अपराधीलाई प्रोत्साहन गर्नु हो| बन्दुक खेलाउनेहरुलाई मान्छे मार्नु एउटा रमाइलो खेल होला तर बन्दुकदेखि डर लाग्नेहरुलाई चाहे त्यो पुलिसको बन्दुक होस्, चाहे सेनाको, चाहे माओबादीको, चाहे राष्ट्रवादको नाममा सताब्दीऔदेखि जनतालाई रैती ठान्दै चोरी तस्करीबाट अकुत सम्पति जोड्न प्रयोग भैआएको बन्दुक होस् सबै ज्यान लिने हतियार हुन् त्यसको दुरुपयोग अपराध हो, सजाय हुनैपर्छ|

Comments are closed.