यसरी भएको थियो तारा एअरको दुर्घटना

हिजो दिउँसो लामिडाँडाबाट काठमाडौँ आउँदै गर्दा बेपत्ता भएको  तारा एअरको विमान आज बिहान बल्ल ओखलढुंगाको सिरीच‍ौर ९ मानेडाँडामा यस्तो अवस्थामा भेटियो।

विमानमा रहेका सबै २२ जनैको मृत्यु भयो। सबैको लाश काठमाडौँ ल्याइसकिएको छ।

यो घटना जति दुःखद छ, ट्राभल एजेन्सीले गरेको फट्याँइ सुन्दा झन् दुःख लाग्ने छ। यो घटनामा मारिने सबै यात्रु भुटानका नागरिक रहेछन्। ट्राभल एजेन्सीले फट्याँइ गरेर नेपाली नाममा उडाएका रहेछन्। विदेशी भयो भने डलरमा भुक्तान गर्नुपर्ने भएकोले त्यसो गरेका रहेछन्।

अब हेर्नु त बिचराहरुले बीमा रकम पनि पाउने नपाउने अन्यौल छ।

दुर्घटनास्थलका थप फोटो र भिडियो हेर्न भित्र आउनुस्।


यही विमान हो दुर्घटनामा परेकोः माइसंसारका पाठक अनुरक्ता श्रेष्ठले २ महिनाअगाडि लुक्लामा खिचेको फोटो हो यो।

विमान हेर्दा यति एअरको जस्तो रङ्ग देखिन्छ, हैन ? अनि दुर्घटना हुँदा यति एअरको विमान भनेर पनि सुरुमा समाचार आएको थियो। यसको रहस्य थाहा छ तपाईँलाई ?

कुरा के भने नि विमान दुर्घटना भयो भने यात्रुहरु त्यो एअरलाइन्सको विमान चढ्न मान्दैनन्/डराउँछन्। अस्ति भर्खर अग्नि एअरको विमान दुर्घटना हुँदा एउटा टिकट किन्दा एउटा सित्तैमा दिन्छु भन्दा पनि दशैँतिर त्यसका टिकट बेच्न ट्राभल एजेन्सीहरुलाई गाह्रो परेको थियो। त्यही भएर यति एअर र बुद्ध एअरले नयाँ जुक्ति निकालेका छन्। कमाउ र चल्तीका रुटमा उडाउँदा उडाउँदा थोत्रो भइसकेका विमानहरु अर्को एअरलाइन्सका नाममा पहाडतिर उडाउँछन्। तारा एअर भनेको यति एअरलाइन्सका थोत्रा विमान चढाउने एअरलाइन्स हो भने गुण एअरलाइन्स चाहिँ बुद्ध एअरको। दुवै एअरलाइन्सको म्यानेजमेन्ट माउ एअरलाइन्सले हेर्छ।

क्षतविक्षत विमान।


क्षतविक्षत शव काठमाडौँ ल्याउन हेलिकप्टरमा राख्‍न ओसार्दै।

दुर्घटनास्थल र छरपस्ट लाशः कति डरलाग्दो दृश्य।

अनि यो विमानका पाइलट सच्चिन्द्र श्रेष्ठको आज कान्तिपुरमा छापिएको ट्राजिडी कथा सुन्दा मनै कस्तो कस्तो हुने खालको छ।  अस्ति भर्खर अग्नि एयरको डोर्नियर दुर्घटनामा पाइलट सोफिया सिंहले संसार छाडेपछि तारा एयरका पाइलट सचिन्द्र श्रेष्ठले फेसबुकको भित्तोमा सोफियाको फोटो राखी लेखेका थिए, ‘तिमीलाई सधैंभर म माया गरिरहनेछु..!’ आफूले चलाएको विमान दुर्घटना हुनुअघि पनि उनले फेसबुकमा सोफियालाई सम्झँदै यसो लेखेका रहेछन्- ‘म हरेक बिहान तिम्रो फोनको अपेक्षा गरिरहेको हुन्छु, तिमीले संसारबाट बिदा लिएपछि मन्दिर नगएको दिन छैन, तिम्रा लागि कामना गरिरहेको हुन्छु र म तिमीलाई मिस गरिरहेको छु ।’

सेनाले खिचेको भिडियो हेर्न क्लिक गर्नुस्-

92 Comments

  1. साधारणतय दुर्घटना भयङ्कर नै हुने गर्दछ र यसबाट हुने मिर्त्यु पनि डरलाग्दो हुने गर्दछ,सम्बन्धित पक्षेको लापरबाही ले गर्दा हुने यस्तो दुर्घटना फेरी नदोहोरियोयस ,मिर्तु हुनेहरुको आत्मा को चिर शान्ति र परिवारजन हरुमा धैर्य धारण गर्ने शक्ति पर्दान गरुन भनि भगवान बुद्ध समक्षे पार्थना गर्दछु,

  2. सबै मृत्यु जनहरुको चिर आत्मा सान्ति को कामना गर्दछु / अनि “”yeti airliance “” उफ/sorry “”tara airliance “” का सम्पूर्ण मालिक ,ठुला बडा हरुलाई चाही एस्तो गल्ति फेरी नदोहोरियोस भनि गल्ति ,कमि कमजोरी पत्ता लगाई तेस्को पूर्ण रुपमा सुधार गरौ भन्ने सुझाब मेरो छ/ “”अरुको ज्यान तेसै नलिउ / सक्छौ भने ए पुरानो,थोत्रे बिमान का मालिक हो ,त्यो थोत्रे विमानमा तिमीहरुको आफ्नै परिवारलाई चडाएर हिडाउ / अनि थाहा हुन्छ ,,,,//

  3. “हवाई जहाजलाई बैल गाडा बनाउनु नै दुर्घटना हुनुको मूल कारण हो”

    मलाई साल याद भएन/ पोखरा बात यस्तै एउटा जहाज उड्ने तरखरमा थियो/ तेस्मा सवार्हुने यात्रु हरुमा उतिबेलाको महा तानाशाह क्रुर जर्नेल ऋषि कुमार पाण्डेको छोरी र ज्वाईं पनि थिए/ ऋषि कुमार आफैले कर्मचारीलाई ठरकाउन्दै जहाजमा सामान लोड गराउंदै थिए/ कसले बोल्ने त्यो जर्नेललाई तेसरी जहाजमा वभर लोड गर्नु हुन् भनेर/ जहाज रिसी कुमार जर्नेलको छोरी र ज्वाई बोकेर उड्न त् उदे तर जमिनमा लोतीं आई पुगे/ ऋषि कुमारको सामान सहित उसको छोरी र ज्वाईं परलोक पुगे/

    हावामा उड्ने जहाज लाई कुनै बेला ऋषि कुमार पाण्डे जस्ताले ढाक धक्कू देखाएर ओभर लोड गरि बैल गाडा बनाउँछ भने कुनै बेला कर्मचारीले यात्रु सिट पैसा असुली लोड लुकाई ओभर लोड गर्छ/ बिमान स्थलमा एस्तो चर्तिकला भएको गराएको धेरैले देखेकै हुनु पर्छ/ दुर्घटना हुने मूल कारण यो पनि हो/

    अर्को कुरा, जहाजको सम्भार गतिलो सिट गर्नु बडो खर्चिलो हुन्छ/ तेस माथि मैले सुने अनुसार क्यानाडामा बनिने ती ट्वीन अत्तर जहाजको सामान हरु कम्पनीले नै बनाउन छोडी सके/ जगेडामा रहेको सामानहरु प्रयोग गरेर उदाउनु पर्छ/ नेपालमा सिफारिस बिकिन्छ/ गतिलो तरिकाले नियमित सम्भार तोकेको स्तरमा नभए पनि पनि सिफारिस गरि दिन्छन त् दुर्घटना हुन्छ/

    कुरा सन् १९९४ तिरको हो/ म हन्कंग्मा थिएँ/ तेतिबेला तत्कालिन शा ने बा नि को कार्यकारी अध्यछ्य भुबनेशोर दैबग्य हंगकोंग आएको थियो/ मेरै सामुन्ने उसले टेलिफोन मार्फत पुर्ब निगमको कर्मचारी कुनै दि आर कोईराला भन्ने ले उ काम गर्ने प्राईभेट यार लाएंसको यस्तै ट्वीन अत्तर जहाजको समान निगमको गोदाम बात चोर्दै उ काम गर्ने प्राईभेट यार लाईन्सको ट्वीन अत्तर जहाजमा फित गर्दै गरेको बेला पक्राउ परेको जानकारी पाए/ तेती बेला दैबग्यज्युले तेली फोन बात महा प्रबन्धक बबी शाहलाई त्यो कोईराला भन्नेलाई जेल हाल्नु भनि आदेश पनि दिए/ तर नेपालमा कोईरालाहरुलाई कानुन लाग्दैनन्/ थुन् सकेनन/ तव निगमले आफ्नो ट्वीन अत्तरहरुनै ग्राउन्देद गरे जगेडा सामानहरु सिल गरे/ तव त्यो प्राईभेट यार लाईन्सले अरु सामानहरु चोर्न पाएनन्/ अनि त्यो प्राईभेट एअर लाईन्स नै बन्द भए/

  4. हाम्रो ६०१ सभासद र भएभरका नेता, दलाल, भ्रस्टचारी, गिद्धे नजर लगाउने धोतिहरु सबैलाई हवैजहजमा राखेर उडायौ र एक अपस मा जुदयाऊ, जमिन बाट आकाशमा इन्द्रेणी देखिने छ | अन्तन्त मृत भुटानी दाजुभाई तथा दिदीबहिनी र जीवन गुमौने सबैको आत्माको चिर शान्तिको प्राथना गर्दछु |

  5. चिर शान्तिको कामना गरु तपाई हामीमा कहिले पनि एस्तो घटना आइ नपरोस I

  6. सर्वप्रथम मृतकका दिवगत आत्माले चिरशान्ति मिलोस यहि मेरो तर्फबाट हार्दिक श्रद्रान्जली!!! हरेक वर्ष विमान दुर्घटना परेको सुन्दा अति दू:ख लाग्छ अब लाग्छ नेपालमा ४ पाउ टेकी हिड्दा अलि उचित् होला जस्तो लाग्छ किनकि नेपालको आन्तरिक चल्ने विमान कुनै सद्दे छैन सबै कवाडी धमिराले खाइसकेका जस्ता छन् यस्तोमा झन् ओभरलोड पेसेन्जर उडान अनि दुर्घटना नहुने कुरै भएन,मोटर गाडीमा गुडेरा जाउ बाटोका गति त्यस्तै छ सम्झेर ल्याउदा आंग नै जिरिंग लाग्ने सिरिंग हुने नाकबेली रोड साथै भर्खरै खाएको खाना हर्लाक-हुर्लुक हर्लाक-हुर्लुक गरेर रोडको खाल्टोमा उफ्रेपछी त कहाँ गयो कहाँ ?अब कुरा रह्यो हिडेर..!यो पनि समस्या छ अन्जान मै हत्याहिग्सा हुन्छ त्यसैले ४ पाउ टेकेर हिडेउ भने यो असक्त रहेछ भन्ने हुन्छ त्यसैले दुर्घटना भएर अकालमा मर्नु भन्दा ४/५ वर्ष अलि बढीनै बाचिन्छ कि….? कि कसो साथी….?!!! मृतकका परिवार लगायत स-आफन्तहरुमा यो गहिरो दू:ख सहनको निम्ति भगवानले सहास देउन यहि मेरो कामना….मनकामनामाई ले रक्षा गरुन…..

  7. नेपालमा यस्तै बर्षेनी दू:खत् दुर्घटना घटीरहदा नेपाल सरकारको यसप्रति पूर्णरुपले ध्यान जान जरुरी देखिन्छ र जतिपनि वायुसेवामा सेवारत विमानहरु छन् ति सबै पुराना जिर्णअवस्थामा सेवारत छन् त्यो पनि नेपाल जस्तो भौगोलिक अवस्था कहालीलाग्दो छन यो कुरा सबैलाई अबगत छदैछ | यसरी नै प्रत्यक वर्षा वायुसेवाको सेवारत विमानहरुबाट दुर्घटना घटिरहने हो भने सम्बन्धित विमान कम्पनि त स्वोत् घाटामा जाने त भैहाले नेपालबाट चल्ने एउटी मात्र नेपालको अन्तराष्ट्रिय विमानमा समेत असर पर्ने सकिन्छ भन्ने लाग्छ | त्यसैले आशा गरौ आउदा अबका दिनहरुमा अवश्य ति वायुसेवामा सेवारत विमानहरुमा सुधार ल्याउनेछ भन्ने!!!फेरि पनि म ति मृतकका दिवांगत आत्माप्रति हार्दिक समवेदना व्यक्त गर्दछु !!!मृतकका परिवारप्रति भगवानले यो गहिरो दू:खलाई सहना शक्ति दिउन!!!

  8. ओखलढुंगामा भएको तारा एअरको घटना सुन्दा दुुःख लाग्छ जसमा समाचार तथा पत्रपत्रिका मार्फ सुनिएको छ ओभर लोड भएको थियो रे यदि हो भने किन बेलैमा बिचार पुगेन जस्ले गर्दा ति २२ जानाले ज्यान गुमाउनु पर्यो । यस प्रति हामी आम जनसमुदाय हरेक ठाउँ यात्रा गर्दा पहिले नै विचार गनर्ुर्ेे। जस्ले गर्दा बच्न सफल भईयोस् हालै भएको यो घटना प्रति दुखी भएको छु । जुसमा मृतक आफन्तजनहरुलाई भावपर्ूण्ा श्रदान्जली चिरशान्ति पाओस भनि हार्दिक अनुरोध गर्दछु

  9. ओखलढुंगामा भएको तारा एअरको घटना सुन्दा दुुःख लाग्छ जसमा समाचार तथा पत्रपत्रिका मार्फ सुनिएको छ ओभर लोड भएको थियो रे यदि हो भने किन बेलैमा बिचार पुगेन जस्ले गर्दा ति २२ जानाले ज्यान गुमाउनु पर्यो । यस प्रति हामी आम जनसमुदाय हरेक ठाउँ यात्रा गर्दा पहिले नै विचार गनर्ुर्ेे। जस्ले गर्दा बच्न सफल भईयोस् हालै भएको यो घटना प्रति दुखी भएको छु । जुसमा मृतक आफन्तजनहरुलाई भावपर्ूण्ा श्रदान्जली चिरशान्ति पाओस भनि हार्दिक अनुरोध गर्दछु ।

  10. हरे के भन्नु र नेपाल सरकार लाई अब त कुनै सब्दै छैन ..१ वर्ष मा ५००० जना ले दुर्घटना जान गुमाए सरकारलाई केहि चासो भएन उड्ने देखि गुड्ने सम्म दौडने देखि पौडने बा बा अब त पैदल यात्रा मा पनि डर भयो …. उपलो ओहोदा ले कान थुनेर बसेका छन् ….दिबंगत आत्मा को चिर सान्ति भाब पुण समबेदना समर्पण मेरो तर्फ बाट /तर भगवान देस बिगार्ने सोसक नेता हरु चढेको कार या बिमान किन दुर्घटना हुदैन ?????

  11. हरे के भन्नु र नेपाल सरकार लाई अब त कुनै सब्दै छैन ..१ वर्ष मा ५००० जना ले दुर्घटना जान गुमाए सरकारलाई केहि चासो भएन उड्ने देखि गुड्ने सम्म दौडने देखि पौडने बा बा अब त पैदल यात्रा मा पनि डर भयो …. उपलो ओहोदा ले कान थुनेर बसेका छन् ….दिबंगत आत्मा को चिर सान्ति भाब पुण समबेदना समर्पण मेरो तर्फ बाट /तर भगवान देस बिगार्ने सोसक नेता हरु चढेको कार या बिमान किन दुर्घटना हुदैन ?????

  12. मिर्तात्मा को लागि चिर शान्ति को कामना ! भगवान शोक संतब्द देशी-बिदेशी परिवारमा धैर्य-धारण गर्ने छेमता प्रदान गरुन !

  13. कस्तो दुखद खबर… अस्ति भर्खर मात्र एउटा हवाई जहाज दुर्घटना भएको खबर थियो… अब फेरी… हरे… Infrastructure नि छैन कि क्या हो नेपाल संग…. अरु देश मा त एस्तो खबर बिरलै सुन्नु पर्थ्यो……

  14. एयरलाइन्स कम्पनीले त पायो भने मुडामा नि मान्छे हाल्थ्यो होला… तर पाइलटहरू स्वयंले यस्तो कुराको साथ दिन भएन। विमान ओभरलोड भएको खतराको सङ्केत कक्पिटमा पक्कै थाह हुनु पर्छ।

  15. मुर्तक हरुलाई चिरशान्ति साथै भाबपुर्ण श्रदान्जली अर्पंड गर्दछु | र नेपाल सरकारलाई यस्ता खालका सस्ता र बिदेश मा थोत्रा भएका बिमान हरु नेपालमा भित्रिन नदिन को लागि सय कडोर घुस दिएर | मा लगाएत नेपाली जनता हादिक अनुरोध गर्दा छू | सन्तोष किराती

  16. मृत आत्माले चिर शान्ति पाओस
    विदेशीलाई नेपालीको रुपमा चढाउनु नहुने हो तर पैसाको लागि चधाएछ जसले कानूनी जटिलता खडा गरेको छ इन्स्युरेंसको लागि .

  17. उडेर गए झर्ने डर गुडेर गए नि भिर बाट खस्ने डर हिडेर गए नि गुडेको गाडीले ठक्कर देला भन्ने डर / जे गर्दा नि भएनी/ कसरि सुरछित यात्रा गर्न सकिन्छ त्यस बारे मा अनुसन्धान गर्न जरुरि देखियो / मृत आत्मा को चिर सान्ति को कामना /

  18. जहाजमा उड्यो कि, खसालेको खसालेकै छ , गाडीमा चाडयो कि भिर बाट झारेको झार्यै गर्छ, अव त पैदल नै यात्रा गर्नु पर्‍यो ।

    मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दछु | भाबपूर्ण श्रद्धान्जली !!

  19. भावपुर्ण श्रद्दाञ्जली ती मृतक आत्माहरुलाई।सारै दुख लाग्यो.

  20. भावपूर्ण श्रद्धान्जली, पाठक साथीहरुले लेखे जस्तै airlines कम्पनीहरुले पैसा को लागि थोत्रो प्लने मात्र उदाउनु भएन

  21. सबै मृतात्माको चिर शान्तिको कामना गर्दछु |

  22. सर्बप्रथम म यो दुर्घटना परेको सुन्दा अतिनै दू:ख लागेकोछ साथै दुर्घटनामा पर्नु भएका सबै मृतकहरुको आत्माको चिरशान्तिको कामना गर्दछु!!!मृतकहरुप्रति भावपूर्ण शद्रांजलि !!!साथसाथ उहाहरुको परिवारप्रति श्री पशुपतिनाथले यो गहिरो दू:खप्रति धैर्या धारण गर्ने साहश दिउन !!!

  23. मृतआत्मा प्रति भावपुर्ण हार्दिक श्रद्धान्जली !!!

    आखिर यस्ता गम्भिर घट्नाको जिम्मेवारी को ??? किन यति छिट्टै दोहोरिन थालेका छन अप्रिय घट्नाहरु ???

  24. घटना सुन्दा धेरै दुखः लाग्यो मृत आत्मा को चीर शान्तिको कामना गर्दछु, बढ्दो हवाई दुर्घटना चिन्ताको विषय बनेको छ सरकारी रेगुलेशनमा केही कमजोरी छ भने हटाउनु पर्छ हवाई सुरक्षा बलियो बनाउनु पर्छ नेपालको लागि कतिपय ठाउँमा पुरै हवाई यातायातमा भर पर्नु पर्ने बाध्यता पनि छ |
    अर्को कुरा नेपाली लाइ एउटा र विदेशी लाइ अर्कै फेयर राख्ने कुरो पनि मलाइ त्यति चित्त बुझेन यो अन्तर्राष्ट्रिय चलन भए जस्तो पनि लागेन, यदि धनि र विकासशील देशका मान्छेको क्रय शक्तिको हिसाबले छुट्याइएको भए कमसेकम सार्क देशको एक र बाँकी एक भाडा तोकेमा बरु मुनासिव देखिने थियो जस्तो लाग्छ हैनर?

  25. राम राम यस्तो accident साधारण मानिसमा कहिले पनि नहोस ,यस्तो accident त नेपालको गैर जिम्बेदारी बय्क्ति र नेताहरुमा होस् !

  26. नेपालका निजि बिमान अन्तरास्ट्रिय उड्डयन संगठन को बीमा रकम खाने संस्था मात्र नबनुन/नेपालमा संसारबाट क्यान्सिल गरिएका थोत्रा बिमान मात्र प्रयोगमा ल्याउने कार्य बन्द गरियोस/

  27. सम्पूर्ण मृत्तात्मलाई हार्दिक समबेदना;टिकट मा जाल झेल गर्ने एजेन्सी लाइ सदबुधिको कामना/

  28. सम्पूर्ण मृत आत्मा हरुमा मेरो तर्फ बाट हार्दिक समबेदना,सबै को आत्मा ले सान्ति पावोस्,चाहे नेपाली होश या अन्य राष्ट्र को

    • रामो भयो भुटानी नागरिक कहिले पनि नेपाली नागरिक हुदैन ट्राभल एजेन्सीले फट्याँइ गरेर नेपाली नाममा उडाएका रहेछन्।तेसो भय ट्राभल एजेन्सी कारबाही गर्नु पर्छ नत्र नेपाली हो हामी जे पनि हुन्छ जय नेपाल जय मात्री भुमि जय नेपाल आमा

  29. यो सब नेता हरु पैसा को लोभले एउटा airlines दुर्घटना भएपनि नाम बदलेर अर्को नाम मा दर्ता गराउने चोर अनि भ्रस्टचारी नेता हरु को कारण ले वाए को हो , हामीले अझै पनि त्यो कुकुर नेता हरु लाई सहमत गरि रहेको छोउ ,यो हाम्रो ठुलो भुल हो

  30. मृतआत्मा प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु

  31. भावपुर्ण श्रद्दाञ्जली मृतक आत्माहरुलाई।मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दछु

  32. मृतक आत्मा को चीर शान्ति को कामना तथा शोक सन्तप्त परिवार लाइ धर्य धारण को शक्ति प्राप्त होस्

  33. भर्स्टहरुको अर्को चर्तिकला…कसको के लाग्छ र ! कर छल्ने ट्रावल एजेन्सीलाइ कडा भन्दा कडा कारवाही होस् ( होला र ?) l मृतकका परिवारले छतिपूर्ति पाउन l मृत आत्माहरुले शान्ति पाउन !

  34. यो नेपालका राजनीतिक दलको कारण भएको घटना हो.देशको हरेक ठाउमा हुने घटनाको कडा निन्दा नगरेर जनताको रगत खाने १ लाखको पलंगमा सुत्ने कानुन नबनाउने जस्ताका कुनेताको मनपरी तन्त्रले गर्दा यो घटना भएको हो अब जनता सहि हो भने कुनेताको पछी नलाग देस को आसु पुछिदेउ अनि मात्र यस्तो घटना हुन सक्दैन मृतकका आत्माले चिर शान्ति पावोस दुखि जनताले यस्ता घटना भोग्नु नपरोस

  35. सुरु मा के भन्न चहन्छु भने TRAVEL AGENT ले थोरै पैसा को लोभ देखाई एस्तो क्रिया चाही नगर्नु !!! र सरकार ले अब क गर्छ हेरुम, २ जडिया को case लै त रात् दिन १ गरेर ठुलो ISSUE बनायो… अब यी भुटानी हरु लाइ चाही कस्ले न्याय दिने हो? यहाँ त २२ जना मोरे को छन्..
    १.यो CASE कहिले SOLVE गर्छन यो सरकार ले?
    २.कस्लाई समाउने हो?
    ३. TRAVEL AGENT र AIRLINE मिलेर २२ जना को हत्या गर्यो… को जिम्मेवारी ?
    ४. तिनीहरु को INSRANCE कस्ले दिने TRAVEL अगेंट ले कि AIRLINES ले?
    ५. कहिले सम्म SOLVE हुन्छ?
    ६. कहिले न्याय पौने यी मृतक को परिवार ले?
    ७. सरकार ले कहिले बाट कदम चल्छ?
    ८. कि काइ बाट फोन आउनु पर्छ, अनि राता रात काम हुन्छ?

  36. हार्दिक समबेदना, म रुये यो समाचारले | स्व. पाइलट सचिन्द्रमा आफुलाई देखे | यो घडीमा फेरी मेरो आफ्नो कलेज जीवन र समय याद आयो : “सेना वा पाइलट बन्दिन र हाम्रो चिनजानको कोहि पनि पाइलट र एयर होस्टेस नबनाऊ, नेपालको कुनै पनि बिमान कम्पनी भरोसा गर्न योग्य छैनन्, र त्यो भनेको जागिर र पैसा को लागि आँखा चिम्लिनु हो, समय कुरेर बस्नु हो मृतुको “, म पछी सरे तर र म अझै सहि छु |

  37. दुखद समाचार,,,मृतक आत्माको चिर शान्ति को कामना तथा सोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्न चाहन्छु,अनि नेपाल सरकार को उड्ययन प्राधिकरण ले येस्ता दुर्घटना रोक्न बिशेस पहल गर्नु जरुरि छ.

  38. एक पछी अर्को गरेर बिमान दुर्घटना भैरहेका chhan र दिनहुँ जशो मान्छे मरिरहेका छन्/एस्तो हुनुमा कहीं न कहीं केहि न केहि प्राबिधिक कमजोरी पक्कै भएको हुनुपर्छ/एस्तो सम्बेदनशील कुरामा चासो राख्नु र समाधानको बाटो खोज्नु त् कता कता त्यो उड्डयन मन्त्रि भनाउदो दलाल राजधानीको कुनै भट्टीमा सुरा र शुन्दरिको मजामा हामीले खाइ नाकै तिरेको करको पैसा उडाईरहेको होला/साथि हो अव सवै पीडित मिलेर येस्ता गढ़धार्लाई कठालोमा समाई जुत्ताको माला लगाएर नाङ्गो बनाइ शहर घुमाय मात्र ति मृत आत्माले शान्ति पाउने छन्/ नत्र हामि जिउँदो लाश र ति मृत शरीरमा केहि फरक हुने छैन/सब्दको श्रद्दान्जली मात्रले यो घडीमा केहि हुने वाला छैन/अति भैसक्यो—-यो देशमा!

  39. मृतक हरुको आत्माको चिर शान्तिको कामना गर्दछु साथै मृतक हरुको परिवार हरुमा धर्य धारण गर्न सक्ने सक्ति इश्वरले प्रदान गरुन भनि, पशुपति नाथ संग प्रार्थना गर्दछु. एबम,शाही नेपाली शेना को शाहस पूर्ण कार्यको प्रसंसा गर्दछु…यो घटना नेपाल र नेपालीको हरुको लागि धेरै दुख लाग्दो घटना हो. किन एस्ता दुख लाग्दा घटना हरु दिन-प्रति दीन बडी रहेका छन् ? किन नेपालको हरेक ठाउँ र हरेक छेत्र हरुमा जता भावी हेलचेक्राई भै रहेको छ . बडीरहेको छ. किन एकै किसिमको घटना पटक- पटक दोहोरिदा पनि त्येस माथि निगरानी राखिएको छैन..? यो दुख पूर्ण घटनाको दोषी को हो ? के यो सबै नेपालको कम्जोर सरकार को लापरबाही को कारण ले त भै रहेको छैन ? हुन पनि किन नहोस सरकार बलियो, योग्य, र सक्छम भए पो अरुछेत्र सक्छम हुनु…! जग नै बल्यो न भय पछी घर कसरि बल्यो हुनु…आखिर कहिले लाग्ला नेपाल सरकारको घैटो मा घाम…….? उफ……!!!

  40. मृत आत्माले चिर शान्ति पाउन .

    ( मुलुकमा निरिह – निकम्मा सरकार हुनाको कारण पनि यस्ता दुर्घटनाहरु घट्दै गैरहेको छ , कबाडी भाउमा बिक्ने जहाज चलाउन निरन्तरता दिईरहनु देखि लिएर
    यस सम्बन्धि अन्य प्राबिधिक कुराहरुमा दखलाताकासाथ् जाचपड्ताल गर्न नसक्नु
    को कारण नै यो मात्रै होइन यो भन्दा अघि पनि यस्ता दुखादायक घटना घट्न गयो . राज्यमा हुने हरेक कुराको जिम्मेबार सरकारले लिन सक्नु पर्छ )
    अबका दिनमा यस्तो घटना नघटोस ! जिम्मेबार बहन गर्न सक्ने सरकार होस् !

    • सारै दुख को घटना घटेछ, र माथि लेखिएको पाइलट सचिन्द्र श्रेष्ठ ले फेसबुक मा
      पाइलट सोफिया सिह लाई लेखेको त्यो शब्द हरु हेर्दा उहाहरु एकअर्क मा प्रेम गर्नु हुन्छ क्यारे, यदि प्रेम गर्नु भाको हो भने, अर्को जुनीमा उहाहरु को प्रेम सफल होस्
      यहि मेरो हार्दिक शुभकामना ब्यक्त गर्दछु र उहाहरु को आत्मा ले सान्ति पाउन,

  41. अब त यस्ता एयर कम्पनी हरु लाई सरकार ले कार्वाही गर्नै पर्छ। कमाउ र चल्तीका रुटमा उडाउँदा उडाउँदा थोत्रो भइसकेका विमानहरु उडाउन बन्देज गर्नु पर्छ। यिनी हरु को लागि पैसाको अगाडि मान्छे को ज्यान को कुनै मुल्य छैन यिनी हरु लाई त केवल पैसा भए पुग्छ। अन्तमा दिवङगत आत्मा को चिर शान्ति कामना गर्दछु।

  42. अब त यस्ता एयर कम्पनी हरु लाई सरकार ले कार्वाही गर्नै पर्छ। कमाउ र चल्तीका रुटमा उडाउँदा उडाउँदा थोत्रो भइसकेका विमानहरु उडाउन बन्देज गर्नु पर्छ। यिनी हरु को लागि पैसाको अगाडि मान्छे को ज्यान को कुनै मुल्य छैन यिनी हरु लाई त केवल पैसा भए पुग्छ। अन्तमा दिवङगत आत्मा को चिर शान्ति कामना गर्दछु।

  43. सबै मृत आत्माको चीर शान्तिको गर्दै शोक शन्तप्त परिबारमा हार्दिक समबेदना ब्यक्त गर्दछु। अनि परिबारले बिमा रकम नपाउने भएमा फटाइँ गर्ने ट्राभलले सम्पूर्ण बिमा सरहको रकम दिनु पर्छ।

  44. भावपुर्ण श्रद्दाञ्जली ती मृतक आत्माहरुलाई।

    देशहरु फटाहाहरुले चलाएपछि सबै मानिसहरु फटाहा काम गर्न थाल्छ यही एक उदाहरण पनि हो।

    तारा एयरलाईन्स चाँही यती एयरलाईन्सको भगिनिसंस्था हो तर गुण चाही बुद्द को हो जस्तो लागेन मेरो बिचारमा किन की गुण एयलाईन्स भनेको गुण कम्पनिले नै पहिलेदेखी सञ्चालन गरेको अरु अरु व्यवसायबाट एयरलाईन्स कम्पनी खोलेको हो। तर बुद्दसंग चाही गोरु बेचेको साईनो पनि छैन।

    यती एयरलाइन्सले किन अर्को तारा एयरलाईन्स खोल्यो त??
    उत्तर उमेशजी ले पनि मुख्य रहस्य थाहा नभएको जस्तो लाग्यो। म प्रष्टरुपले व्यख्या गर्छु।
    किनभने,
    १, नयाँ विमान कंम्पनी खोलेपछि नेपाल सरकारले सो कम्पनिलाई ५ बर्षसम्मको कर मिनाहा गर्ने नियम छ। ५ बर्ष पछि कर लाग्नेछ।
    अब आफै बिचार गर्नुहोस ५ बर्षको कर कति हुन्छ त?? बार्षिक करोडौको कर तिरिरहेको बिमान कंम्पनीहरुले ५ बर्षसम्म मिनाहा पाएपछि कति राजस्व चुहावट हुन्छ त नेपाल सरकारलाई।
    २, नेपालमा हालसालका दिन सबैभन्दा बढी दुर्घटना यति एयरलाईन्सको हुन्छ। त्यसर्थ ग्राहकहरु प्रायजसो यती एयरलाईन्समा चढ्न मान्दैन। त्यसर्थ त्यहि थोत्रा बिमानमा नया एयरलाईन्स कंपनीमा चढाउने।

    ३, यति एयरलाईन्सले कहिले पनि सुरक्षाको दृष्टिले उडान गर्दैन। पैसाको दृष्टिले उडान गर्छ। गतसालको लुक्लाको विमान दुर्घटना त्यसैको परिणाम हो।
    बिदेशी यात्रु फुललोड अनि ओभरलोड अरु भारी सामग्री भएर विमान क्षमताभन्दा ४०% बढी भार बोकेर उडान भरेको विमान धेरै भारले गर्दा नै दुर्घटना भएको हो।

    ४, यति एयरलाईन्सको प्रबन्ध निर्दैशक भनेको उड्डयनमन्त्री शरतसिंह भण्डारीको मालिक हो ।जसले मन्त्रीलाई तँ नाथे मन्त्रीले के नै गर्नसक्छस भनेर बोल्ने मान्छे हो, सिधै मन्त्रीलाई थर्काउने मान्छे हो।जस्ले गर्दा त्यही यति एयरलाईन्सले तारा एयरलाईन्स खोल्न सकेको हो। नियमत एउटा कंपनीले एकैप्रकारको २ वटा कम्पनी खोल्न मिल्दैन।

    ५, यही कारणले गर्दा अरु विमान कम्पनीमा केही त्रुटि भयो भने देशभरी हंगामा मच्चिन्छ। तर यती एयरलाईन्सको सामान्य दुर्घटना र प्राबिधिक गडबडी बारेमा केहि पनि हल्ला चल्दैन किनभने नागरिक उडड्यन मन्त्रालय भनेको यती एयरलाईन्सको हलिया वा कमैया नै हो।

  45. मृतकको आत्माले चिर शान्ति पावोस. ghatana सुन्दा पनि छाती chirieara आयो अस्ति भर्खरको अग्नि एअरको बिमान दुर्घटना हुदा को pilot सोफिया सिंह को मृतु हुनु अनि आजको दुर्घटनामा उनको प्रेमीको यस्तो सायद कमै मात्रामा hunchha दुबैको आत्माले शान्ति पावोस. यो संसारमा उनीहरु छुट्टिनु परेपनि स्वर्गमा मिलन होवोस. र कहिल्यैपनि छुतिन्नु नपरोस

  46. बेथिति ले गाजेको देशमा राम्रो भन्दा नराम्रो त हुने नै भयो \ हरेक क्षेत्र मा नियम र प्रकिया मिच्ने कामले अन्नाबस्यक दुख ,पिडा ,बिछोड र मिर्त्यु व्यहोर्नु पर्ने यो कहाली लाग्दो स्थितिको अन्त्य कहिले होला \ मृतक हरुको आत्माले शान्ति पाउन \पिडित परिबार ले राहत पाउन\ के गर्नु भौगोलिक स्थिति देख्दा मन नै कामेर आउछ \

  47. सारै दुख लाग्दो छ नेपाल को हाल छाल

    नेता देखि ऐर सम्म सब यस्तै छन्

  48. it is clear by reading the pilots facebook status that he was disturbed and living a tragedy and sad life after his friend sophia died in a plane crash mnths ago.its a sad story but how can you let someone to fly a plane who is in a shocked and disturbing state of mind.

  49. मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दछु | भाबपूर्ण श्रद्धान्जली !!

  50. safety first हुनुपर्ने money first छ नेपालमा business man को ! safety first हुनु पर्ने कुर्सि first छ सरकारको !अनि किन accident हुन्न त ?

    • गाँठी कुरा गर्नुभो बिरोट दा ले। अब यस्तै छ त नेपालको हालखबर। पैसाको चलखेलले सत्ता नै पल्टाउछ नेपालमा। जनताको ज्यान नाथे त कति मासिन्छ मासिन्छ यस्ता ब्यापारीद्दारा।

  51. के गर्नु ! बाहिर दशकौं दरालिएका जहाजहरू यहाँ नयाँसरी चलाउँछन्, त्यो पनि भीरपाखा र संसारकै डरलाग्दो लुक्लाजस्तो ठाउँमा, अनि यस्तो दुर्घटना हुनुलाई असमान्यरूपमा कसरी लिनु ? केही महिनाअघि अग्नि एयरको विमानलाई संसारमै नभएको ‘आश्चर्यजनक’ दुर्घटना भनेर भनियो; कसरी आश्चर्य मान्नु र खै !

    मृतात्माले शान्ति पाऊन् ।

  52. मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दछु | भाबपूर्ण श्रद्धान्जली !

  53. किन होला नि बारम्बार यस्ता घटना हरु दोहोरि रहदा पनि बिसेस पहल नभएको, हुने हार दैब नटार भन्छन,”
    भाबपुर्ण श्रदान्जली, मृतक हरुको आत्मा ले शान्ति पावोस|

  54. दुर्घटना का शृंखला हेर्दा एस्तो लाग्छ नेपाल का पाइलट र जहाज सबै सकिने छन् , दुर्घटना बारेमा व्यापक बहस हुनु जरुरि छ

  55. मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दछु | भाबपूर्ण श्रद्धान्जली !!

  56. मृत आत्माको चिर सान्ति को कामना गर्दछु साथै हर परिस्थितिमा नेपालि सेना ले गर्ने अथक प्रयास, साहसिक कार्य को प्रसंसा गर्दछु
    मा सारै दुखि छु मेरी अनलाइन मित्र सदिक्षा लाइ गुमाएर

  57. मृतक हरु को आत्माले चिर शान्ति पओउस भनि इश्वोर संग प्रार्थना गर्दा छु. साथै मृतक हरु क परिवार ले धैर्य धारण गर्न सक्ने शक्ति श्री पशुपति नाथ ले प्रधान गरुन भनि कामना गर्दा छु .

  58. मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दछु | भाबपूर्ण श्रद्धान्जली !!

  59. मीर्तकको आत्माले सान्ति पवोस!! हार्दिक श्रदान्जली | अब यस्ता दुर्घटना कहिले पनि न दोहोरियोस |

  60. ट्राभल एजेन्सीले गरेको फट्याँइ सुन्दा झन दुःख लाग्यो..टी भूटानी परिवारहरुले बिमा पाईदिए हुन्थ्यो..मृत आत्मा को चिर शांति को कामना गर्दछु..

  61. मृत आत्मा ले स्वर्ग प्राप्त गरोस / सबै परिवार लाई इश्वर ले सहने सक्ति प्रदान गरुन / टिकेट बेच्ने दले हरुलाई छिट्टै कानुन को फन्दामा पार्नुपर्छ /

  62. येती र तारा air त यौटै management का हुन् तर बुद्ध र guna air त बेग्लै होइन र ?guna air त guna सिनेमा वाला शाक्यजी को होइन र?

    दिग्विजय शर्मा

  63. बिचरा! नहुनु दुर्घटना भैगयो दैबको लिला टारेर टरदैन | मीर्तकको आत्माले सान्ति पवोस!! हार्दिक श्रदान्जली | अब यस्ता दुर्घटना कहिले पनि न दोहोरियोस |

  64. सचिन्द्र मेरो साथी थियो, अब हाम्रो साथ सम्झना मात्र बाकी छ!! आज उसको मृत्युकोको होइन जीवनको सम्झना गरिन्छ!!

    Sweet Dreams My Friend! RIP

  65. यात्रु हरु भुटानी नागरिक हो कि भुटानी सरणार्थी हो? अझ खुलस्त गरे राम्रो हुन्थ्यो| मृत आत्माले चिर सान्ति पाओस|

  66. दिबंगत सबै यात्रु हरु लाई हार्दिक समबेदना / परमेश्वर ले सबै परिवार जन लाई मन बुझाउने क्षमता दिउन /

  67. मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दछु | भाबपूर्ण श्रद्धान्जली !!

  68. दुख लाग्यो समाचार सुनेर …..यस्ता घटना नेपाल मा भै रहन्छ र समय समय मा मानिसको ज्यान जान्छ . एक ता देसको भौगोलिक कठिनाई र दुसरो बिमान कंपनी को लापरवाही …………….के कति कारन ले दुर्घटना भयो यसको राम्रो संग छानबीन गरी यदि कसैको लापरवाही को कारण बाट भयको भय संभंधित सरोकार वाला लाई कारबाही गरी भविष्य मा कसैको लापरवाही को कारण पुन… यस्तो दुर्घटना नहुने वातावरण बनाउन सके राम्रो हुनेथियो.

  69. सबै मृत आत्माहरुले शान्ति प्राप्त गरुन!

  70. यस दुर्घटनामा ज्यान गुमाएका हरु सबैको चीर शान्तिको कामना गर्दछु/ मृतकका परिवारजन लाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस्/

  71. नेपाल सरकार ले सबै एरपोर्ट हरु update गर्नु पर्ने हो. तर क गर्ला र..नेपाल को संबिधान त update गर्न सकेको छैन. लाच्छी सरकार!!!! यो mysansar को पोस्ट कमेन्ट नेता हरु ले पढ छन् कि पढ दैनन् …..सबै चोर चोर छन् हाम्रो देश मा!!!

    • यो दुर्घटना सुनेर सारै दुख लाग्यो, मृतआत्मा ले सान्ति पावस र फेरी एस्तो घटना नदोरियोस.

Comments are closed.