माइसंसारका कविताप्रेमी पाठकहरुका लागि फोटो हेरी कविता लेख्न चुनौति स्वरुप यो साताका लागि फोटो। फोटो हेर्नुस्, आफ्नो सिर्जनशील दिमाग खियाउनुस् र कविता लेख्नुस्।
फोटोको पृष्ठभूमिः एक वर्षअघि राति खिचेको हुँ यो फोटो। यो फोटोलाई मैले यसरी व्याख्या गरेको थिएँ त्यतिबेला फेसबुकमा राख्दा- मोर्डन आर्ट क्यानभासमा कोर्न आउँदैन त्यही भएर क्यामेरा ट्रिक गरेर खिच्या। शीर्षक चैँ अग्नी परीक्षा राखेको क्या 🙂 तपाईँ आफ्नो ढंगले यसको व्याख्या गरेर कविता लेख्न सक्नुहुन्छ।
गत साताको नतिजाः गत साताको तलको फोटोमा जितेन्द्र मल्लले लेखेको काल्पनिक उडान शीर्षकको तलको कवितालाई सबैभन्दा बढी ८९ पाठकले मत दिए। उनको विपक्षमा १४ ले मत दिएका थिए। जितेन्द्रलाई बधाई र सहभागी अन्य सबैलाई धन्यवाद।
काल्पनिक उडान
————–
हर साँझ,
कल्पनाको उडान भर्छु,
त्यो निलो गगन हुँदै,
क्षितिजपारीको त्यो गाउँसम्म,
जहाँ मेरी मायालु छिन् !!
‘जून’ साथ लिई, खुलेको गगन,
म छाती खोलेर प्रश्न गर्छु,
‘के तेरी जून मेरी भन्दा राम्री छिन् ?’
क्रोधित गगन आरिसले,
गर्जाउँछ कालो बादल,
बर्साउँछ अश्रु भेल ।
असहज यात्रा,
वैरी आकाश ।
मेरी जून पर्खेकी होलिन्,
आशाको दियो जलाई ।
उफ्फ यो हूरी, निभी जान्छ कि,
जतन गरी बचाउँदै,
सम्झिंदै होलिन् मलाई ।
मिलेन शायद, उन्को र मेरो,
समयतालिका या रुट,
काल्पनिक उडानको ।
अनेक बाधा,
निरस निरस मन,
अवतरण गर्छु,
यही शहरमा,
एउटा पर्खाइसितै,
अर्को काल्पनिक उडानको !!
मात्र सपनीमा
झुपडीमा जन्मने हुर्कने
बनपाखालाई अंगाल्ने
धुलोमैलो संग लतपतिने
खोलानाला संग रमाउने
जिउमा छ कपडाको नाउमा
छिया छिया परेको २ सर्को
खान्छु खोले, हास्छु खेल्छु
केहि नमानी झर्को
बालक छु तरपनि गर्छु काम छिमेकीको
सधैभरी जाडो गर्मि नभनेर
बचन लाउछ्न प्याट्ट हान्छन
कठै बरी बालकलाइ दुख्ला पनि नभनेर
चिसो चिसो हावा चल्छ कठ्यांग्रिदो जाडो संगै
पल्तिन्छु सानो झुपडीमा
आगो ताप्ने भाग्य अनि रहर मेरो
पुरा हुन्छ मात्र सपनीमा…मात्र सपनीमा….
अग्नी परीक्षा
=========
तिमि फूल फूलाउछु भन्थ्यौ !
तिमि आगो निभाउछु भन्थ्यौ !
तिम्रा लागि मैले के गरिन ?
मुटुमा राखें, पुजें,
तिम्रा लागि मन्दिर धाएँ,
तिमीले उठ भन्यौ उठें,
तिमीले बस भन्यौ बसें,
तिमीले लड भन्यौ लडें,
तिमीलाई खुवाएर आफु भोको बसें,
आफुलाई लुटाएर तिमीलाई चोखो राखें,
तिमीले सपना देखायौ, मैले बिपना सघाएँ,
तिमि मलाई माया गर्छु भन्थ्यौ,
तिमि मेरो संसार स्वर्ग बनाउछु भन्थ्यौ l
तिमीले भन्यौ –
तिमि केहिबेर आगोमा बस म अमृत मन्थन गर्छु l
मलाई केहि खाका कोर्न देउ म बाचा पुरा गर्छु l
म भन्दैछु –
म कति यो आगोमा बसु मलाई पोलिसक्यो l
म कति तिम्रो कुरामा जलूं म डढीसकें l
तिमि फूल फुलाउछौ भने फुलाउ,
तिमि आगो निभाउछौ भने निभाउ,
तिमि खाका कोर्छौ भने कोर,
तिमि अमृत झार्छौ भने झार,
अब म सहन सक्दिन l
म आगो च्यातेर हेर्दैछु l
किनभने तिम्रो आस्वासनमा डढेर म अझै खरानी भएको छैन l
जलेर खरानी भो तिम्रो रुप उडिगए झिल्काहरु
महशुस गरिरहु तिमीलाई न्यानो लाग्छ पलहरु
सानो हावाको उपस्थितिमा उडी भाग्छौ यताउता
जीवन लाग्छ स्पर्श तिम्रो छाडी मलाई नजाउ कता
छैन न्यानो लुगा
न त न्यानो ओत,
जादो भागाऊनालाई एउतै
मात्र आगो मेरो स्रोत।
बाबालाई खायो जनयुद्दले, आमालाई खायो पिरै पिरले
टुहुरी भएँ, एक्ली भएँ छैन कुनै आम्दानिको स्रोत
किन्नलाई न्यानो लुगा, बनाऊनलाई न्यानो ओत
तेसैले ताप्दैछु म, प्रकृतिको न्यानो स्रोत।
दिएनन केही यो देशका जेठाले
न त दिए यो देशका नेताले
बांकी अरु दु:ख पोखनु कलाई
तेसैले ताप्दैछु म, प्रकृतिको न्यानो स्रोतलाई।
तेसैले ताप्दैछु म, प्रकृतिको न्यानो स्रोतलाई।।
मन जलेको छ
मुटुमा सगरमाथा जमेको छ
कठोर राप ले पोल्दैन मलाई
कथान्ग्रिग्दो चिसो ले खादैन मलाई
छाडेर गयौ परदेशमा मा
पर्यटक भएँ स्वदेशमा
जिउदै मरे सरह तिम्रो यादमा
सागरको गहिराहीले कहाली लाग्दैन मलाई
कालो बादल र तेस्लाई पछौने बर्सात पनि डगमगाउदैन मलाई
सिरानी लपक्क भिजेकाछन् पल पल
अश्रु सगर बगेका छन् हरपल अविरल
छाडेर गयौ परदेशमा मा
पर्यटक भएँ स्वदेशमा
जिउदै मरे सरह तिम्रो यादमा
पूर्ण अंक प्राप्त गर्नु छैन यो अग्नि परीक्षामा
लास हुनु छैन मलाई यो सास मा
चाडै आऊ सयर गर्न लग ति हरियाली फाँट
हिड्न चाहन्छु संगै समाती तिमो न्यानो हात
माया गरेकै भय देखाऊ तिमि यी आंट
दुख र सुख को बिचमा
आसा र निरासा को दोथारमा
त्यो सुनसान सडक मा भौतारी रहेको छु ‘
गास र बास को ठेगान छैन
लुग लुग कामिरहेको छ सरिर ……………………….
आगोको राप पाउदा स्वोर्ग को आनु भब गरेको छु
आहा कति न्यनो भयो तर पेटमा आगोको ज्योला दन्किरहे छ /
आसा र निरासा आगोको ज्योला सगै हेर हेर उडिरहे छ /
साथीहरुले आफ्नो मनको भावनालाई शब्द मार्फत कविताको रुप दिने कोशिस
गर्नु भएको छ . बहाहरुको कोशिस जारि रहोस सधै मेरो प्राथना .
यहाँ कविताको ठाउँमा कमेन्ट लेख्नुको कारण केहि साथीहरुको ‘ माइनस चिन्ह ‘
प्रति हो . मन परे प्लस चिन्ह दिनुस तर ‘ माइनस चिन्ह ‘ नदिनु नै मानबियता
होला ( एक दम नै गलत लेखिएको भए कुरा बेग्लै तर यहाँ त कुनै त्यस्तो गलत
लेखिएको छैन )
सृजना फूलाउने कोशिस न हो सबैको , किन निरुत्साहित गर्ने बेक्कार मा ?!
राम्रै कुरालाइ पनि निरुत्साहित गर्ने नियत लिएर ” किन आफू भित्रको मानबियतालाइ रित्याउने ” ?! —-
मेरो कुरा कसैलाई चसक्क बिझी दुख्न गए छेमा प्राथी छु ।
‘ छैन तातो नाना ‘
——————
छैन तातो नाना
शित चुहिने छाना
जाडो आयो
गरिबलाई सतायो
—-
ओढ्ने किन्ने पैसा खानेकुराले खायो
एक हजार दे को ६ केजी चामल ५ केजी दाल आयो
महंगीको रासन गरिबले पायो
कालो ब्यापारी रमायो भ्रस्टचारी नेताले पैसा कमायो
——
पेटलाई पुग्दैन माना
कसरि छाउने छाना !
गाह्रो छ जाडो सहन
‘ आगोको ताप बाच्ने बाहाना ‘
——–
जसले भोग्दैन
उसलाई के था —
गरिबीको व्यथा
भोकको कथा —
——–
कुना काप्चा सबलाई राज्यले छुनुपर्छ
‘ गरिबी निवारण ‘ प्रमुख नीति हुनुपर्छ
‘कठ्यान्ग्रिएर् मृत्यु’ यो विदारक दृश्य राज्यले देख्नु पर्छ
‘ गास बास कपासको ग्यारेन्टी ‘ अबको संबिधानमा लेख्नु पर्छ
——
आगो
जीवन भोग्नु भन्दा पहिले नै
जीवनलाई आगो देखेर उसको भय
झनै आगो भएर दन्केको थियो
आगो जसले उसलाई सँधै पछ्याइ रहेको छ
आगोबाट उसले मुक्ति पाउन सकेको छैन
आगो उसको नियति हो
आगो उसको खाली पेट
आगो उसको नाङ्गो आँग
आगो उसको टाउको माथिको नाङ्गो छत
चारैतिर आगो नै आगो
आगोको बस्तीमा बसेर
उसले आगोसँग संघर्ष गर्नु छ
आगो निभाउनु छ
तर निर्दयी आगो झन झन दन्किंदै छ
उसको नजीक नजीक लम्मकिदै
आगो अरुलाई खरानी बनाउने आफ्नो प्रकृति अनुरुप
उसलाई खरानी पार्न उद्दत छ
उ विवश भएर हेर्दै छ
आफू नजीक पुग्नै आँटेको
दन्दनी बल्दै गरेको आगो
बी अधिकारी
म हारको हैन
जितको जिंदगी जीने मान्छे
रंगीन सपनाहरुलाई
बिपनामा बदल्न,
म कष्ट र बेदानासंग
हातेमालो गर्दै ,
बीरता मेरो पहिचान ,
आत्मसात गर्दै
शाहस संग शहयात्रा
गरिरहेछु
यो मेरो परीक्ष! को घडी
हर घडी
सायद यही अग्नि परीक्ष!
मेरो यो रित्तो रात ,आगाको राफ संगै
तिम्रै यादमा कसो कसो म हावा संगै
उडदै उडदै भबिष्य संगै जादै पो थिया
तिमि झ्वाट,भित्र पस्दा म कहाँ थिया
तिमि आज न आए कै राम्रो थियो
मेरो मनले तिमीलाईनि छेउमा राखेर
अत्लान्टिक र प्यासीफिक माथि माथि
जादै थियो माथि माथि अनि अज्जई माथि
कहाँ जादै थियो ,जान्ने चेस्टा गरिन
तर तिमि म भन्दा धरै खुसि देखिन्थेउ
तेसैले तिमि आज आउन जानेनौ
तिमि आय पछि फेरी म रितै रित्तै
कसरी अग्निपरीक्षाको नाम दिउँ …..
चिथोरिएका बर्तमान
जलाइएका भविष्यलाई
कसरि अग्निपरीक्षाको नाम दिउँ !
विचार बाँधेर देखाउन खोजिरहेको
स्वतन्त्रताको नाटक
आगोमा झोसेर साबित गर्न खोजिरहेको
न्यानोपनको भ्रमलाई
कसरी अग्निपरीक्षाको नाम दिउँ !
आगोको भुंग्रो माथि
सीताहरुको चिहान सजाउने
आदिम क्रुरतालाई
कसरी अग्निपरीक्षाको नाम दिउँ !
आधुनिक रावणहरु
कलियुगी शकुनीहरुको
आगोको खेललाई
कसरी अग्निपरीक्षाको नाम दिउँ !
सपनाहरु पोलेर
आकांक्षाहरु पिसेर पनि
निभाउन नसकेको पेटको आगोलाई
कसरी अग्निपरीक्षाको नाम दिउँ !
कसरी अग्निपरीक्षाको नाम दिउँ ?
फोटोग्राफी को कुरा नगरु होला / यो त्रिक्क फोटोग्राफी होइन / खिच्दा नमिलेर expose भा मात्र हो / अन्य्वय, सुन्नुहोस यो छोटो कविता
मामको लागि ढिडो छ
झोलको लागि सिस्नु
सुत्नका लागि गुन्द्री छ
अनि जाडो छल्न हजुर
येही आगो ओड्नुहोस्
ए रातको देउता (पाहुना)
आउनु होस् भित्रै आउनु होस् /
ये फ्वा छोरी |
भित्र किन हात्बाधेर बस्छेस ,
बाहिर अन्मरी,
ढोका मा लिप ,
सुँगुर को पाठो सार ,
बाख्रा लाइ स्याउला दे ,
भकारो सोर
भाडा माझ !!
ये सुकुमाया
ठन वा !
डस पैसा को ,
तम्बाकु लिएर आ !
ये कान्छी !!
इधर आवो !
साहब को खुस करो |
माया दो ,
पेसा लो |
काचो मासुका ब्यापारी हरु
कोइ बा
कोइ श्रीमान
कोइ भाइ
कोइ साथि
सीता भएर जलु कति
देस देख्दा बेदनाले आगो पानी लाग्छ
आज क्रुर सैतान हरुले माटो लुटेको देख्दा
बुद्ध फेरी अन्गुलिमाल बन्न घर बाट भाग्छ
बुद्धले खोजिदिएको शान्ति
आज माटो मुनि बिलिन हुन्छ
नया खलनायक हरुले आमाको छाती चिर्दा
एक कमजोर जिजीबिषा राक्छेसी पाउ मुनि लुप्त हुन्छ
रक्छ्क बनेर बसु कति
सक्दिन बेदना हेर्न ,सक्दिन दिन जनाऊ
येही पावकमा आफ्नो अस्तिव भस्म पार्छु आज
यदि सन्तान नेपालको छ भने अब यो आगो पानी बनाऊ
चिसो रात एक्लो शरीर
कापिरहेका ओठ्हरु ..
एउटा डरलाग्दो हुरीको आहट्
“अैया नाई” कारुणिक चित्कार
फलामे बारहरु भित्र
बूट् निरन्तर बज्रिरहन्छ ….
सपना हरायो आशा हरायो
हो हजुर यहाँ त खवरै हरायो
मुस्कान हरायो खुसि हरायो
हो हजुर अब त रहरै हरायो
धुन हरायो संगीत हरायो
हो हजुर यहाँ त गित नै हरायो
चित्कार सुनियो घाटि निमोठयो
हो हजुर अब त आवाज नै हरायो
कलम हरायो कपि हरायो
हातमा त तरबार पो भेटियो
स्वच्छता हरायो सुन्दरता हरायो
हो हजुर यहाँ त बैराग्य बच्यो
बारुद पड्कियो गोला फ्याकियो
हो हजुर माटो त रगतले मुछियो
बडा बा खेदियो आमैलाइ मारियो
हो हजुर चेलिको इज्जतै लुटियो
सस्कृति हरायो सभ्यता हरायो
हो हजुर मानिस जंगलि भेटियो
मनबता हरायो आफ्नोपन हरायो
हो हजुर अब त श्वास नै थिचियो
आमाको छाति त झिर ले रोपियो
हो हजुर यहां त जिबन नै खोसियो
ढुन्गा मुडा केहि बांकि रहेनन्
हो हजुर अब त अबशेश नै हरायो ।
रात चिसो नभैदिय ,
तातोको खोजि कहाँ?
जिबन यात्रा नभै दिय,
बाटोको खोजि कहाँ?
धर्ति गोलो नभैदिय,
दिनरात हुन्थ्यो कहाँ ?
मिलनमा फाटो नभैदिय .
को एक्लो हुन्छ कहाँ?
धैर्यतामा रात गुजारी रे’छु
आगोको साथ् छ जहाँ .
आगो को चेतना
पृथ्वी
एउटा उडान को चिडिया घर
सास को बतास
बिघ्न अवाज
परिचित सौर्य समथर
मेरो आगो को चिनो
दोस्त , तिमि चिन्छोउ
म आगो को स्वोर हु
चेतना को बिद्रोह हु
म आगो देखिन्छु
म भित्र लुकेको
एउटा सुर्य छ
तेसैले तिमि मलाई पागल भन्छौ
अक्सर,
म आगो लाइ म बाट उतार्छु
तिम्लाई प्रकाश परेको होइन?
मलाई तेस मुनि को छाया परेको छ
र
अजि आखा को अश्रु
मेरो नसुक्ने भएको छ
तिमि आगो बाल
मेरो छाल हेर
म भित्र अटाएको दुख को चित्कार
तिमि सुनेर नै बिग्रिन्छौ
मलाई नसोध
म कसरि जल्न सके
जल्नु मा क महानता?
‘ यो अग्नि परीक्षा हो — ‘
——————————
म एक शरीर होइन
सिङ्गो नेपाल हुँ
करोडौ आत्माले भरिएको शरीर
तर अहिले
मलाइ कम्जोर बनाइएको छ
मेरो मुटुमा टेक्दै
मेरो स्वभिमानमा हमला गरिएको छ
मलाइ कम्जोर बनाइएको छ
मेरो कम्जोर शरीरलाई टुक्रा टुक्रा बनाउन लालायित नग्रा मार्फत
म चिथोरिएकि छु
बारम्बार !
बारम्बार !
मेरा आशु रक्ताम्मे काली कोशी बनेर बगिरहेको छ —
समुन्द्र रक्ताम्मे देखिदै छ —
ज्वार भाटाले आगोको रुप लिदै छ —
खबरदार !
अब ज्वालामुखी बिस्फोट हुने छ !
म एक्ली नेपाल होइन
करोडौ नेपाली शरीरले बनेकी हु
हे पापी ! तिम्रा कुनियतका आगोमा
म जल्ने छैन
म गल्ने छैन
एकछिनलाइ मूर्छित बनाइएको मेरो शरीर
तिम्ले सोचे जस्तो कम्जोर छैन
करोडौ आत्माबाट घेरिएकी म
छिट्टै नै निको हुने छु
सबल हुने छु
यो आगोको ज्वाला !
यो पिडा !
यो ‘ अग्नि परीक्षा हो |
चिसो रात
रात अझै बाँकी छ
अलि उज्यालो सापट देऊ
अँध्यारोसँग लड्नुछ
अलि ताप सापट देऊ
हिम्मत कहिले नहार्नुछ
चिसो रात
रात अझै बाँकी छ
धुमिल तस्विर हरु भित्र ,
मन हरु कैद छन् ,
सिर्जनाको हात बाधिएको छ |
आमा भन्दै छिन ,
छोरी बाहिर आइज |
यहा उन्मुक्त बाताबरण छ |
आघि बढ्ने हौसला छ |
यिनै होहल्ला र कोलाहल बीच ,
म एकै छिन शान्ति को साश फेर्न चाहन्छु ,
बेदना हरुमै हराउन चहान्छु म ,
आमा
एकै छिन म लाइ चुप चाप बस्न देउ ,
तिम्रो नलेखिएको संबिधान हैन म ,
सिमान्तिकृत छैन ,
वैरिएको अनुभूति सगाल्दै ,
म बुद्दीय चिन्तन मा छु ,
बुद्दम शरणं गच्छामी ,
धम्मम सरनम गच्छामी|
हिम्सा !!
गोलि ले गर्छ के ?
सरिर मोरेर !!
मान्छे मर्छ के ?
माया उसको अँगालो मा छ कि ?
देश भक्ति तिम्रा शब्द हरुमा छन् कि ?
इमान्दारिता तिम्रो हेराइमा छ कि ?
यहि बाट म हेर्दैछु,
धनि गरिब उच निच को समान |
धर्ति र आकाश को सङ्गम |