‘रुबेलले नेपाल भारतको उपनिवेश भन्यो’

चितवनमा भएको गोलीकान्डको विषयमा पारस शाहले तीन दिन प्रहरी हिरासतमा रहेपछि प्रहरीलाई के बयान दिए, त्यसको जस्तातस्तै विवरण आजको राजधानी दैनिकले छापेको छ।

अनुसन्धान अधिकृत रहेका प्रहरी नायब उपरीक्षक रविराज खड्काले गत मंसिर २९ गते पारससँग बाबु र बाजेको नाम-थर सोधेर लिखित बयान सुरु गरेका रहेछन्।

राजधानीलाई पाएको बयानको फोटोकपी अनुसार बयानको क्रममा पारससँग नौ प्रश्न सोधिएको थियो। पढ्नुस् बयान जस्ताको तस्तै

१. प्रश्नः तपाईंको तीनपुस्ते विवरण खुलाई, लेखाई दिनुहोस्
उत्तरः बाजेको नाम महेन्द्र, बाबुको ज्ञानेन्द्र, मेरो पारस, थर शाह हो । उमेर ३९ वर्षभयो । घर जिल्ला काठमाडौं कामनपा वडा नम्बर-३ महाराजगन्ज निर्मल निवासमा पर्छ ।



२. प्रश्नः प्रहरीको प्रतिवेदनलगायतका कागजातहरू पढिवाची सुनाई बयान कार्यका लागि उपस्थित गराएको व्यहोरा जानकारी गराइन्छ –
उत्तरः प्रहरीको प्रतिवेदनलगायतका कागजातहरू पढिवाची सुनाउँदा, सुनी, पाई बयान कार्यका लागि उपस्थित गराएको व्यहोरा जानकारी भयो ।

३. प्रश्नः तपाईंको स्वास्थ्य अवस्था कस्तो छ ? बयान दिन सक्नुहुन्छ ?
उत्तरः मेरो स्वास्थ्य अवस्था ठीक छ, बयान दिन सक्छु ।

४. प्रश्नः तपाईंलाई आफ्नो विरुद्धमा साक्षी बस्न कर छैन, कानुन व्यवसायी राख्न पाउने व्यहोरा जानकारी गराइन्छ।
उत्तरः उल्लिखित व्यहोराको सवाल पढी सुनाउँदा सुनी पाएँ, हाललाई कानुन व्यवसायी राखेको छैन । म आफै बयान दिन सक्षम छु ।

५. तपाईंले यसभन्दा पहिला कुनै फौजदारी अभियोगमा सजाय पाउनुभएको छ ?
उत्तरः छैन ।

६ प्रश्नः तपाईंले मिति २०६७/०८/२५ गते राति चितवन राष्ट्रिय निकुन्जअर्न्तर्गत टाइगर टप्स होटलमा रुबेल चौधरीसमेतलाई अश्लील शब्दहरू बोली, बन्दुक पड्काई, डर त्रासमा पारी अशान्ति मच्चाएको भन्ने प्रतिवेदनमा उल्लेख छ। हो, होइन ? भए के निहुँमा उक्त कार्य भए गरेको हो ? यथार्थ खुलाइदिनुहोस्।
उत्तरः मेरी जेठी छोरी पूणिर्काको जन्मदिनको अवसर पारेर मिति २०६७/०८/२२ गतेदेखि रो. २६ गतेसम्म चितवन राष्ट्रिय निकुन्जअर्न्तर्गत टाइगर टप्स होटलमा घुम्न परिवारसहित आएका थियौं । माइसंसार ऐ. २५ गते बेलुका ८,९ बजेको समयमा उक्त होटलको डायनिङ रुम (गोल घर) मा खाना खाइरहेको अवस्थामा रुबेल चौधरीसमेत सोही ठाउँमा आएपछि निजले मलाई आफ्नो परिचय दिएपछि निज रुबेल चौधरीले मसँग छलफल गर्दा लाउडा विवाद, हेटौंडा कपडा उद्योग, बाँसबारी छाला जुत्ता कारखाना, बोइङ ७५७ बेचेको कुरामा विवाद भयो। उसको परिवारले रुबेल चौधरीको नेपाल र नेपालीलाई के योगदान दियो भन्ने विषयमा समेत विवाद भएको थियो । विवाद हुने क्रममा मेरो परिवारलाई समेत निज रुबेल चौधरीले गाली गलौज गर्‍यो । नेपाल र नेपालीलाई होच्याउने कुरा गर्‍यो । हिन्दू धर्मप्रति अनास्था फैलाउने कुरा गरेपछि म आवेशमा आई भनाभनसम्म भएको हो । बन्दुक पड्काउने कार्य गरेको छैन । मलाई राज्यद्वारा नै सुरक्षा व्यवस्था र अंगरक्षक भएकाले मैले हतियार लिन र पड्काउन आवश्यक छैन।

७. प्रश्नः मिति २०६७/०८/२७ गतेको नागरिक दैनिक पत्रिकासमेतमा १ राउन्ड हवाई फायर गरेको भन्ने कुरा उल्लेख छ नि, कसो हो त ?
उत्तरः मैले उक्त पत्रिकासमेतमा हवाई फायर गरेको कुरा भनेको होइन । मेरा शुभचिन्तकहरू कसैले दिएको भए मलाई थाहा भएन ।

८. प्रश्नः यसमा तपाईंको अरू भन्नु केही छ कि ? तपाईसँग अरू को को हुनुहुन्थ्यो ?
उत्तरः मैले रुबेल चौधरीलाई अश्लील शब्दहरू बोलेको छैन । उल्टो निजले आवेशमा आई अश्लील शब्दहरू बोलेका हुन् । निजले माथिका कुराहरूका अलावा शान्ति सेनामा खटी जाने (डार्फर केश) टोलीले प्रयोग गर्ने एपीसी (आर्म्ड पर्सनल क्यारियर) सामग्री खरिद प्रक्रियामा घोटाला गर्दा पनि मलाई के गर्न सक्यो भनेर आफ्नो अहम्पना देखाएका र नेपाल भन्ने देश भारतको एउटा उपनिवेश हो भन्नेजस्ता तुच्छ र नेपाल र नेपालीका मन छुने अपशब्दहरू प्रयोग गरेका थिए । यस्तै कुराहरूले गर्दा विवाद भएको थियो । भनाभन हुँदाको अवस्थामा मेरो परिवार सुत्न गइसकेको थियो । उक्त समयमा आदर्श विक्रम राणा, अभय शाह, राजीवराज शाही र फणिन्द्र भण्डारीसमेत थिए ।

९. प्रश्नः तपाईंको बयानको स.ज.१ देखि ८ गतेसम्म पढिवाची सुनाइन्छ – तपाईंले भनेबमोजिम लेखिएको ठीक छ, छैन, खुलाइदिनुहोस् –
उत्तरः ज.९ उल्लेखित बयान पढिवाची सुनाउँदा सुनी पाएँ, मैले भनेबमोजिम लेखिएको ठीक छ भनी सही गर्ने निज प्रतिवादी ।

पारस शाह
इति संवत् २०६७ साल मंसिर २९ गते रोज ४ मा शुभम् ।

102 Comments

  1. जति रुवाओस् धर्धरी रुवाओस्
    आफ्नो भन्नु, आफ्नै हुन्छ

  2. मामा ससुरालीमा घरज्वाइ बसेका विदेशीको त यत्रो फुर्ति छ भने एसएलआर समातेर बामे सर्न सिकेका पारसले के गोली नपड्काउन । घर गर्न नसकेर माइतीमा बसेकी सासू सुजाताले नेपाल नै दाइजो देलिन भन्ने भ्रम छ कि क्याहो रुबेलको………….

  3. थुक्क नेता हो कति सम्म चोरको काधमा हात राखेर बस्छौ ?

  4. हा हा हा
    राम्रो नाटक मन्चन भैरहेछ यहाँ . तर खुसीको कुरा…… हामी नेपाली अब चै केहि फरक सोच राख्न थालेचौ . paras सहि छैन तरपनि बिदेसी कुजाता र उसको घर ज्वाई लाई देस लुट्न दिनु भन्दा म आफ्नै नेपाली बाट पायको पिडा साहना तयार छु.

  5. मेरो कमेन्टमा महेशजीले प्रश्न गर्नुभएछ र मैले प्रतिष्ठित प्तरिका भनेकोमा उहाँले नागरिक दैनिक भनी ‘गेस’ गर्नुभएछ,, तर माफ गर्नुहोला महेशजी मैले नागरिक दैनिकको कुरा गरेको हैन। यहाँ सबैभन्दा महत्वपूर्ण कुरा हामी एकतर्फी रूपमा कसैको समर्थन र विरोध गरिरहेका छौं। सबैजनाले आ-आफ्नो तर्फबाट भ्रमलाई अगाडि सारेर तर्क दिइरहेका छन्। सायद मेरो तर्क पनि कसैलाई भ्रम लाग्न सक्छ। मैले कहिल्यै पनि सुजाता, रूबेल वा मेलिनीको समर्थन गरेको पनि छैन। तर हामी किन सुजाता, रूबेल वा पारस सबै गलत हुन् भन्न सकिरहेका छैनौं? हामी सबै नेपालीलाई थाहा भएको कुरा हो: विरेन्द्रका भाइ धिरेन्द्र र पारसमा कुनै फरक छैन। रामकृष्ण ढकालजस्तो प्रतिष्ठित गायककी श्रीमतिलाई हातपात गरेको रेकर्ड, एभरेष्ट क्यासिनोमा डान्सरहरुसँग लठ्ठिरहेको अवस्थामा हिमानी उपस्थित भएपछि उसले गरेको चर्तिकला, अनि गायक प्रविण गुरूङको हत्या के हामीले बिर्सेका छौं? रुबेल र सुजाता मिलेर देश लुटेका छन् भन्ने कुरामा मेरो पूर्ण समर्थन छ रउनीहरूलाई कार्बाही हुनुपर्छ। तर पारसले गरेका धन्दा र कृयाकलापलाई हामी कसरी माफ दिन सक्छौं?

  6. छ्या छ्या …एस्तो कत्पुतली सरकारको मुख हेरेर बस्यो भयो भने जुनी बित्छ….हैन आझै पनि साथीहरु लाई यो सरकार ले रुबेल लै कर्भई गर्ला जस्तो लाग्छ….हाम्रो जस्तो स्वार्थी सरकार सत्रुलाई पनि नपोरोस…..एस्त देसका दलाल हरु ले ले रुबेल लाई कर्बाई गर्थे… कति पैसा खै सके …..जसरि हामी ले ये डाका हरु लाई सत्ता मा पुरयाका थ्यौ …तेसरी नै यी दलाल हरु लाई सडक मा पुराउनु पर्छ… आब रुबेल डाका र दलाल सुजाता लाई हामी एक भएर कराबाई गर्नु पर्छ……….

  7. रुबेल चोर लाई नेपाल बाट भगाउनु पर्छ एंड सुजाता कोइराला लाई जेर्मन अनी
    बल्ल सबै ठिक हुन्छ जस्तो मलाई लाग्छ

  8. माथि Jaganji ले राजसंस्था ले नेपाल मा केहि गरेको छैन लेख्नु भयको रहेछा म राजाबादी नभयपनि यो चाही साछी हो कि हाम्रो पूर्व पस्छिम राजमार्ग महेन्द्रले नै बनाउने परिस्थिति ल्याएको हो नेपालले एकपैसा खर्च नगरी तेत्रो लामो बाटो बनाउनु भनेको सानो कुरा होइन त्यो बाटो बनुअनु अघि हामी पूर्व बाट कथ्मनु आउदा भारत भयर औनुपर्थो अरु पनि धेरै बाट हरु जैस्तई पोखरा काठमाडौँ , बुटवल पोखरा र धेरै factory हरु बनेका थिय जैस्तई जनकपुर चुरोट कारखाना
    कुनै संस्था लै मंपरेना भनेर झुठो कुरा लेख्न जायज देखिदैन

    • अलि अलि विकास समयको प्रबाह संगै हुँदै जाने कुरा हुन् खगेन्द्र सर, त्यति पनि नभएको भए त ” श्रीमान गम्भीर…….” भनेर राजेश्वर देवकोटा जस्ताले पनि गाउने थिएनन नि फेरी ! राजाहरुले देशको माया गर्थे र अहिले पनि माया गर्छन भन्ने कुरामा मलाई शंका छैन तर २४० बर्षको लामो इतिहास बोकेको संस्थाले २/४ वटा सडक, पुल अनि कारखाना खोल्दैमा विकास गरेका भन्न मिल्दैन र त्यो पनि हाम्रो मायाले होइन टिकी राख्न गार्हो भैसकेको थियो त्यसैले यति गरेका हुन् ! आज विश्व कुन उचाइमा पुगिसक्यो हामी कंहा छौ? हाम्रो जस्तो देश,जँहा बर्षमा तीन खेति हुने मौसम छ,माटो छ, पानी छ,(खोला खोलै बगेको) साहशी श्रमजीबी शक्ति(बिदेशी गल्लीहरुमा भौतारिरहेका ) भएर पनि किन आज ३५% नेपाली जनता १ छाक मात्र खाएर सुत्न बाध्य छन्? यसको जिम्बेवारी कसले लिने? ९ महिना शासन गर्नेले कि १ बर्ष शासन गर्नेले कि, तीन बर्ष शासन गर्नेले कि २४० बर्ष शासन गर्नेले? औध्योगिक विकास तथा आर्थिक उन्नतिलाई त परै राखौं ,राजसंस्थाले पेटभर खान पाउने समेत व्यवस्था गर्न सकेन !

  9. सथिहो यो तलको समाचार हेर्नु होश

    Kathmandu, 18 December: Commission of Investigation for Abuse and Authority (CIAA) will be taking against against Rubel Chowdhary, son-in-law of Deputy Prime Minister Sujata Koirala, reports Bimarsha weekly. CIAA will process case against him for being involved in different illegal business remaining in Nepal. The case will be process for operating VOIP, weapons supply contract with the Nepal Police deployed as peace force in Sudan and to further investigate his involvement in other activities, said Ishwori Poudel, spokesperson, CIAA. With the report published in media, CIAA is investigating on the issue. People’s News/C.P. Munikar

  10. गजदी पारसेको हजूर बाऊ त्रिभुवन काथर दरायेर भारतीय राज्दुताबसमाँ सर्नाठी लिएर भारत गएर आफ्नै खुट्टामाँ बन्चरो हानी मिलापत्र बमोजिम नार्ग्गिश हीरोंनको लागी उपनिबेश बन्न दरखास्त गरी फरके l ज्ञान्द्रले ५० हजार नून सोझो गर्ने नेपाली पाए २ करोर नेपालीलाइ घोडालाइ लगाम लगाये झै लगाऊंन सक्छु फुर्ती गर्थ्यो l ज्ञान्द्र पारसले नेपाल नेपालीलाई मन परेको भए लखौ नेपालीको ज्यांन प्राण देखि नेपाली पीड़ित हुनु पर्ने थिएंन l प्रचंडले राजदरबार काण्डमाँ दोषी थरेको खांडमाँ फाँसी दिन्छु भनेर गज्रेको बेला डरी पारस हिमानी सिंगापूरमाँ भागे l नत सरकारले अदालतले कसैले पारस बिरुद्धमाँ पुर्जी नकातेको अबस्थामा सिंगापूरको डिस्कोमाँ shemale-ladyboy केटीहरु संग सोमरस खाई vigra लिएर हनीमून मनाई बसे l नेपाल नेपालीलाई मन परेको भय पारसले नेपालको सम्पति लगेर सिंगापूर गएर घर किनेर त्यहाको पेर्मनेट भिसा लिएर बसदिएँन थिएl पेर्मनेट भिसा पारस हिमानीको सिंगापूर म्याद सन २०१७ रहेको नेपाल सिंगापूरको कानूनको नजरमाँ पारस हिमानी नॉन रेसिडेंट N.R.N. नेपाली हो l पारस हिमानीले सिंगापूरमाँ घरको कर आमदनी कर तिरी सकेको बिदेशी नेपाली हो l स्थित बिग्ररेको बेलामा पारस हिमानीले सिंग्पुरी वकील संग सिंगापूरको नागरिक पासपोर्ट लींन इच्छ गरेको सिंगापुरी खबर आएको छ l नेपाल नेपालीलाइ मन परेकोले नै होला बिदेशी नागरिक समेत हुन्तायर भग्न खोजेको गजदी पारस ? गोल्लारे रूबलको पाछे हामी होइएँन l फुटपथमाँ तरकारी बेचनेको संतान बंगालीले नागरीक पत्रिकामाँ बन्दुक देखेको पछि पुलिसको बयांनमाँ नदेखोको झूठो बोलनेलाइ फौजदारी मुद्दा लगाई जेलमाँ झुन्द्यानु पर्छ l गरीब जनता भोकभोके सूती राखेको यी देश चूसने जुकाहरु ३ हजार दलरको कोठामाँ सुतेर तहलका मचौनेलाइ बहुला कुकुरलाइ खुवाने बिख खुवायेर बिष्णुमतिको सुन्गुर फेकने फॉरको कंचागरीमाँ फालेर गिद्द आहार दिनु पर्छ

    • दुवै नराम्रा ! राम्रो मा कुन राम्रो भनेर तुलना गर्नु पर्छ तर नराम्रो भनेपछि नराम्रो ! किन तुलना गर्ने आखिर दुवै कारबाही को भागी ( कानुन लागु हुने भएको भए ) हुने भए पछी ! अनि त्यो बंगाली डाँकाको त कुरै नगरौं ! त्यो अझैं नेपालमै छ? इराकमा १२ नेपाली काटिदा जस्तो भयो त्यस्तै गरेर सिध्याउनु पर्ने कोइराला परिवार र बंगाली को सन्तानलाई!

  11. त्यो मुला बंगलादेशी हिजो भारत बाट छुटेको देश मुला हाम्रो बिश्वो
    कसैले राज गर्नु नसकेको गोर्खाली को देश लै भारत को उपनिवेश भन्ने जस्तो आफु छ अरु लाई तेस्तै सोच्छ यो सब को जड गिरिजा डाका हो मरेर गए पनि सुख दिएन देश लाई केइ न केइ को सुजाता लाई उप प्रधान मन्त्रि सम्म बनायो
    तर गलितो त मुला परेश पनि होइन है

  12. अन्पद मुर्ख नेपाली लाई यस्तै कुरा र यस्तै मान्छे यस्तै विचार ले मात्र उक्सौना
    सक्छ…

  13. त्यो कुजता भन्दा त पारस १०० आना नै सहि हो | ७ पोइले त्यो कुजताले कति भ्रस्टाचार गरि भन्ने सबै लै था छदै छ| कुजताले मिल्ने भए देश नै बेचेर विदेश पलायन हुन्छे तर पारस ले त्यसो गर्दैन| व्यक्तिगत रुपमा जे जस्तो भए पनि पारस देशद्रोही होइन तर कुजता र कोइराला परिबार हो | एम.आर.पी काण्ड, लाउडा बिमान काण्ड, रक्त चन्दन काण्ड, बस्बरी छाला उद्योग काण्ड, ५ साल मा राणा बाट लुटेर १५.५ धार्नी सुन गायब बनाएको काण्ड, सप्तकोशी, महाकाली र अन्य बाध बनौदा नेपाली भुमि डुबान मा परेर भारतीय भुमि सिचाई गर्ने सन्धि गरेको काण्ड, चतरा देखि बिराटनगर सम्म २५० किमी नेपाली भुमि भारतीय सिचाई केन्द्र बनाएको काण्ड, बिदेशी नागरिकता लिई सके पछि पनि फेरी म त नेपाली नै हो भनेर देश चुस्न फर्किएको काण्ड , धमला लै कारबाही गर्न नदिएको काण्ड……………….यस्ता काण्ड त कति छन् कति छन् भनेर सद्ध्य छइन | देशद्रोही कुजता, माकुने र ओली जस्ता कुकुर भन्दा त पारस व्योसो नै ठिक |

  14. महाभारत कालिन यौटा कथा छ, पाण्डवहरुलाई कौरवहरुले बनबास पठाए पछी बनमा पाण्डवहरुले दुख पाएको हेर्न भनेर कौरवहरु आफ्नो सेना र मोजमस्तीको सम्पूर्ण सरसामान लिएर जंगलमा पाण्डवहरुले दुख पाएको हेर्न गएछन. जंगलमा मोज मस्ती गर्ने क्रममा कौरवहरुको स्थानीय गन्धर्वहरु संग बाद विवाद भई ठुलो लडाई परेछ . उक्त लडाईमा गन्धर्वहरुले कौरवहरुलाई परास्त गरि कैदी बनाएछन . यो कुरा युधिष्टिरले थाहा पाएर सारै दुखि बनि आफ्ना भाईहरु भिम, अर्जुन लगायतलाई जसरि भए पनि कौरवहरुलाई ति गन्धर्वहरुको कैद बाट मुक्त गर्न आदेश दिएछन. आफुलाई दुख दिएर राजपाट खोसी जंगल पठाएर उल्टै दुख पाएको हेरेर रमाइलो गर्न आएकाहरुलाई उल्टै किन गन्धर्व हरुको कैद बाट मुक्त गर्नु परेयों ? यो त उनीहरुले आफ्नो कर्म अनुसारको सजाय पाएका छन्. जे भयो ठिक भयो भन्दै भिम, अर्जुन लगायतले गन्धर्वहरु संग लडाई गर्न नमान्दा युधिष्टिरले हेर कौरवहरु हाम्रा भाई हुन्, उनीहरुको र हाम्रो लडाई आफ्नो घर भित्रको लडाई हो, आफ्नो घरको समस्या हामीहरु आफ्नो घर मै मिलाउन सक्छौ, तर बाहिरको मानिसले हाम्रो घरको मानिसको अपमान गर्नु भनेको हाम्रो पनि अपमान हो. अब लागौ “पारस” र “रुबेल” तिर, पारस हिजो पनि राम्रो चालचलन भएको राम्रो मानिस थिएन, आज पनि उसको मति सुध्रेको जस्तो देखिन्न तर उ नेपाली हो, तपाई हामी जस्तै ; उसको र हाम्रो बिचमा धेरै कुरा मिल्न मिलाउन बाँकि होला, जुन हामी नेपाल भित्रै बसेर मिलाउन सक्छम छौ. तर सुजाताले घर ज्वाई बनाएर राखेकी त्यो नकचरो र विवादास्पद चरित्र, ब्यबसाय भएको “रुबेल” ले नक्कचरी सासुको आडमा अबैध धन्दा गरेर बस्नु र पारस मात्रै होइन कुनै पनि नेपाली लाई होच्याउनु वा अपमानित गर्नु सैह्य हुन् सक्दैन. जहाँ सम्म प्रहरीले अनुसन्धान गरेर दोषी प्रमाणित नभएसम्म “रुबेल” निर्दोष छन्/हुन् सब मिडियाको बकवास हो भन्ने तर्क राखने उपबुर्जुकहरु हुनु हुन्छ, म एउटा प्रश्न गर्न चाहन्छु यो देशमा प्रहरी पर्शासनले निस्पक्क्ष भएर कहिले अनुशन्धान गरेको वा गर्न पाएको छ ? पंचायतकाल ? बहुदल वा गणतन्त्र ? तपाईहरुले अनुशन्धान गर्न दिय पो उसले अनुशन्धान गर्छ ? दिनु हुन्छ निस्पक्क्ष अनुशन्धान गर्न ? निस्पक्क्ष अनुशन्धान गर्न दिएको भए आज तपाईहरु मध्ये ८० प्रतिशत नेताज्यु /मन्त्रिज्युहरु जेलम़ा भेटिनु हुन्थ्यो होला कि कसो ? अझ आफै फुर्ति लगाउने ?

    • माधव भट्टराई जी/

      “प्रहरीले निस्पछ्य अनुसन्धान गर्ने हो भने आजका ई ८०% नेताहरु जेलमा”
      यक्दम सहि भन्नु भयो/ तर प्रहरीलाई ई नेताहरुले बाँदर बनाएर नचाई आएकोछ/ ई नेताहरुले “बिहारी चटक” देखाई आएको छ नेपालमा/

      महाभारत कालमा गन्धर्वहरु भनेको नेपालका किरातीहरु हुन्/ गन्धर्व अर्थात् लुकेको नगरी/ जहान कृष्ण समेत बिना अनुमति प्रवेश गर्न सक्दियन थियो र गन्धर्वहरु देखेर अरु त् अरु कृष्ण समेत तर्सिन्थे/ तेतिबेला समेत किरातीहरु अर्थात् नेलालीहरुलाई पाण्डवले समेत “अरु” अर्थात बिदेसी भने/ यसको सिधा अर्थ नेपालको कुनै भू भाग उ बेला पनि भारत अन्तर्गत रहेको थिएँनन र नेपालीहरु भारतीय प्रभावमा रहेको थिएँन भनि प्रमाणित हुन्छ/

      आफुलाई नेपाली सिट होयिन भारतियेहरु सिट रगतको नाता भएको भन्दै नेपालको तराई टुक्राएर भारतमा मिलाउन षड्यन्त्र गर्दै गर्नेहरु कति गलत छन् भनि तपाईंको प्रतिक्रियाले देखाएको छ/

      • एकदम ठिक भन्नु भयो. यो देश मा नैतिकता र कानूनको मर्यादा एबम प्रभावकारिता भएको भए यी नेताहरु कि त जेलमा नै भेटिन्थे, कि आत्मा ग्लानी भएर आत्महत्या गर्थे, कि पोखराको हरि पाण्डेले जस्तो प्रायश्चित स्वरूप मलाई कारबाही गरिदेउ भन्दै हिड्थे. अहिले मैदान देखिएका नेता हरु त चोर, फटाहा, गद्दार, घुस्याहा, नैतिक हराम बाहेक अरु भएनन्. तर तेस्तो हेरेर बशी रहने र हामी आँफैलाई घात हुने कुराको बिरुद्ध चुप लगेर बस्ने हामी कस्ता नलाएक एबम लाछी जनता. मूल काम्जोरी हामी जनताकै देखिन्छ.

  15. येत्तिका खराब समाचारहरुका बाबजुत पनि किन कोहि “डा. रुबेल ” लाइ कारबाही गर्न हिच्किचाउंछन्, खै !!, कल बाइपास , पुलिस रासन घोटाला , नक्कली ब्यबसाय ,संयुक्त राष्ट्र संघको लोगो चोर , अनेक- अनेक रहेछन त यसको कर्तुत….!!,

  16. हाहाहा!
    नाटक,
    नाटक राम्रै मन्चन गरेछन,
    निर्देशक र सहनिर्देशक अनि सहायक कलाकार को अठाक सहयोगले हो कि?
    कथा र पटकथा अनि डाइलग लेखकहरु पनि राम्रै परेछन!
    बरु यिनीहरु यतातिर समय श्रम धन खर्चिनु भन्दा सिनेमा निर्माण तिर लागे हाम्रो नेपालि सिनेमाको गति सुध्रिन्थ्यो कि अलिकति!
    तेसैपानी सबैकुराले पारसलाई गब्बर शिं को नया र युवा भूमिकामा खाट्टी सुहाउदछ क्यारे उता रुबेलालाई बंगाली अन्तरास्ट्रिय डाँका नेपालि गब्बर शिं को क्षेत्रमा डकैति गर्न आयको र मिलोमतोको योजनाबद्दा डकैति गर्न भागबण्डाको कुरा नमिलेको अनि नेपालि गब्बर शिं आफुले डकैति गरि आयको आफ्नो क्षेत्रमा के कम अनि बंगाली डाका सासुको फरियामा बेरी बसेको छ कसैले केहि गर्ने कोशिस गरेमा सासुले फर्रिया उचालेर “यी ह्या गर डकैति” भनि देखाई दिन्छ अनि गब्बर शिं को होस् बंगाली डाकाको सासुको मुझेत्रोको गन्ध र दर्शनले बेहोस्!
    यसरि यी कलाकार,कथाकार, निर्देशक, डईलक लेखक, निर्माता लगानीकर्ता हरु मिलेर बरु इन्डिअयन् शोले लाइ माथ दिने एउटा नेपालि शोले बनाउन सके ठिक हुन्थ्यो कि!

    • गगने Sir, त्यो नयाँ नेपाली शोलेको ५० ओटा टिकेट चाहिं मैले नै किन्ने भएँ / एस्तो ऐतिहासिक चलचित्र फेरी फेरी नबन्न नि सक्छ, miss गर्नु त भएन नि हो / बरु यो चलचित्रलाइ अलिकती मसालेदार बनाउन सुजाता म्याडमको औटा आइटम डान्स पनि राख्ने कि DABANGG मा Malaika Arora ले गरे जस्तो?

  17. अब अर्को प्रोपोगन्डा फेरी ……….पहिलो कुरा….
    १. रुबेल जस्तो जुगा ले पारस जी को सामुने एस्तो कुरा गर्ने आट सात जन्म मा नि गर्न सक्दैन /
    २. जे भए नि एस्तो बेलामा मेरो सहानुभूति …… बंगाली बाबु भन्दा पारस बाबु तिर नै बढी ढल्किनछ …… के गर्ने यो मन त मेरो नेपाली हो …….

  18. जनताको के दोस मित्र, जनताले सहि ठाँउमा सहि काम नै गरेका हुन् तर के गर्ने जनताकै दुर्भाग्य, सिस्टम नै दुनियाको एस्तो छ कि अन्तमा जनताको नाममा राक्षेशले मोज गर्छ/इतिहास हेर्नुस त्—जनताले आन्दोलन गर्छन, आफुलाई बुट र गोलीको शिकार बनाउछन, विजय पनि हासिल गर्छन तर जव अन्तमा कागजमा छाप लगाउने बेलामा सवै जनताले आन्दोलन जसरि नै औंलो बोकेर टेबल maa जम्न त सम्भब हुन्न—-धोका tyehin हुन्छ—-जनताको प्रतिनिधि बनेर कुनै राक्षेश अघि बढ्छ र आफ्नो अपराधि स्वार्थअनुकुलको सन्धि गरि जनताकै नाममा मस्ती गर्छ जनतामाथि नै/कस्तो दुर्भाग्य—-हामि जनताको—–/ सात साल देखि त्रिसठ्ठी साल्सम्मकै आन्दोलन र त्येस्पछिका परिणतिले पनि येही देखाउंछ/नजिकको ६३ सालकै आन्दोलनको दयेनिय परिणति हेरौं न —जनताले राजा फालेर साँच्चै लोकतन्त्र, र नया सिस्टम चाहेका हुन्—हामीले त्येही कल्पना गरेर पुलिस र आर्मीको लाठि, बुथ, र गोलि खाएका हौँ/तर भयो के?—जव चरम अवस्था आयो हामीलाई थाहा नै नदिइ हाम्रै नाममा तिनै पुराना गध्धारले बिगत बार वर्ष सम्म हामीलाई चुस्दा नपुगेर फेरी संसद बिउताउने नाममा आफ्नै भुँडी भर्ने काम गरे…जनताले बुझे धोका भयो—फेरी चुनाबमा ति दलालहरुलाई धुलो चटाय–फेरी संबिधान फेर्ने नाममा उनीहरुकै लागि पछाडिको गारो फोरेर सत्ताभित्र जाने धोका बनाय—-त्येस्पछिको हालत हामि भोग्दै छौं—–
    माधब नामको श्राप, सुजाता नामको क्यान्सर, दिपक बोहरा जस्ता एड्स—
    के गर्ने…कानुन बनाउन २ करोड नै जनता संसदमा आउन सम्भब छैन—प्रतिनिधि बनाएर पठाएको त्येहाँ पुग्नासाथ गध्धार बन्छ र बिकीहाल्छ—तराइको आन्दोलन वाट आएका सभासद् नामका दलाल हरुको गति हेरौंन —तराई वासीले त्यसै गर्न भनेर हिजोका kahin

  19. चोर बंगाली डाकिनी सुजती तेसका बाबुको बिर्ता हो नेपाल कुजता
    यो सुजाता लै पनि जर्मनी तिर लखेट्नु पर्छा तेस्को पोइले छोडेकी कुजात
    यो बंगाली लै तुरुन्त अरस्तिया तत्व घोसना गरेर देस्निकल गर

  20. हेर-हेर नेपाल भन्ने देश के अचम्मको छ बा!दुई जना जँडियाहरुको घट्नालाई राष्ट्रीय स्तरमा मुद्दा उठाईनु,यो घट्नालाई राष्ट्रीयता संग जोडेर हेरिनु कति दु:ख लाग्दो छ।जँडिया भनेका जँडियानै हुन उनिहरुलाई नशाले छोएको बेला के के बक्छन् के के हर्कत गर्छन् यसलाई यति ठुलो पहाड बनाउनु पर्ने कुरानै होइन।यी दुबै जना उस्ता उस्तै दोषी हुन दुबै जनालाई थुनामा कोचि दिए भैहाल्योनि।यस्ता झुठै झुठले भरिएका पारस अनि रुबेलको बयान पढेर,यिनीहरुलाई सहानुभुति दिएर,रिस पोखेर हुनेवाल केहि छैन!हामी यस्तो कुरामा अल्झिनु भनेको काम पाइनस बुहारी…. के के भने जस्तै हो।आफूत काम नगरी येस्ता बकम्फुसे कुरामा रल्लियो भने भोकै परिएला भन्ने डर छ के को कचकच।

  21. पारसले चै निकै ठिक गरे भन्ने तर्क होइन तर त्यो साला रुबेल चौधरी ले नेपाल र नेपाली जनतालाई चुसेको छ . मैले माथि को कमेन्ट मा रुबेल पनि त एउटा पर्यटक हो होटेल मा गएर खाएर पर्यटन लै सघाएको छ भन्ने आतिनेई तुच्छ तर्क नि पढे …….. कस्तो लाज लाग्दो तर्क !
    आजीवन कैद , देश निकाला या जस्तो सुकै कठोर सजाय दिए पनि कम हुन्छ रुबेल र उसको गिरोहलाई ! देश लाइ लुटेको छ , जनतालाई गरिब बनाएको छ … रुबेल र तेसका प्रतेक मेयर लाइ बलि चडाउनु पर्छ ………….

  22. कुनै पनि विदेशी मान्छेले नेपालको राष्ट्रियताका बारेमा होच्याउने भाषा प्रयोग गर्छ भने त्यसलाई कार्बाही गर्नुपर्छ |

  23. राष्ट्रियताको कुरा गर्ने हो भने जति नै नराम्रो कम गरे पनि पारशको जति सुजाता जोस्ट,छोरी र बंगाली ज्वाईमा हुनै सक्दैन जुन बिगत र वर्तमानले छर्लग पारेको छ !
    ल मानौ पारशले बयान नै फेरे तर पनि त्यो बंगाली र पारश बीच सानो भनाभन् हुँदा नै बंगालीले नेपाल र नेपालीलाई भने साँची नै मन दुखने गरि कुर्लियको हुनु पर्छ! आफु ठुलो भयर कुरा गर्ने बंगालीको आद्दत हुन्छ! भनाभन एक देश र अर्को देश को ब्यक्ती बीच हुँदा देश चकारेर गाली गर्नु वा तेस्तो शब्द निकाल्नु भनेको बंगालीलाई कुनै गारो पर्दैन जुन हामी गल्फ मा बंगालीहरुमा देख्न सक्छौ! तेही शब्द रुबेलले पनि निकाली दियो!
    तर जे जस्तो भय पनि आफु जन्मे को माटोको मायाले भने पारशलाई यो सह्य हुने कुरा भयन र चेतावनी स्वोरुप फैरिंग गरे होलान! यदि तपाई हामी सचा नेपालीहरु तेहा त्यो अवस्थामा भयको भय सिधा ६ का ६ दाबी दिने थियौ न कि त्यो बंगाली सम्म बादबिबाद गर्न लाग थियौ!
    यो कुरा कुजता,उसकी ल्याते छोरी र डाँका बंगालीलाई के थाहा एक नेपालीलाई नेपालको माया कुन हदसम्म हुन्छ भनेर ! यिनीहरु ता हाम्रो स्वविमान भयर बाँच्ने अधिकार खोस्न तल्लिन छन्! तेसै ले यो केस मा पारस निर्दोस छन् र त्यो बंगाली र तेस्लाई साथ दिने भतुवाहरुलाई रत्नपार्क झुनडायर शिस्नो पनि लगाई देस निकाला गर्नु पर्छ !. साथी हो अब जनता एस्ता भतुवाको बिरुद्ध उठ्ने समय आयको छ!
    जय देस !!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  24. भन्न त ठीकै भनेको हो रुबेलले तर सत्य तीतो हुने भएकोले हामि लाइ बिझेको मात्र हो , यस कुरामा उसलाई दोष दिनु भन्दा भारत बाट स्वाधीनताको लडाई सबै मिलेर लड्नु पर्छ उसको भ्रष्टाचार र ठगीको धन्दाको लागि चाहीं सजाय दिनु पर्ने हो बज्या लाइ |

  25. त्यो सुजाता को के जाति ज्वाई हो कि के केहो भन्ने साला बंगाली चिलिम नही फर्काउनु पर्ने थियो पारस ले ठिक त ठिक गरेको पारस ले हान्नु पर्थियो नि किन छोडेको होला

  26. पारस शाह जब जब मदिरा पिउँछन त्यस बेला मदिराले उनलाई पिएको हुन्छ। मदिरा सेवन नगरेका पारस शाह वास्तवमा एकदम नम्र,शिष्ट र भद्र छन । गणतन्त्र आईसके पछी पनि नेपालमा पारस शाहको बारेमा यत्रो चर्चा हुनुलाई हरेक नेपालीले अझै पनि आम नागरिक भन्दा माथी देखेको स्पष्ट हुन्छ नत्र हरेक दिन नाङ्गो खुकुरी प्रदर्शन गर्ने र गोली हान्ने राजनैतिक पार्टीका पाल्तु सँगठन र तथाकथित डनहरुको समुहको चर्चा पनि आम नागरिकमा यतिकै चर्चित बन्थ्यो ।
    पारस शाहलाई आमनागरिकले पनि एक असल नागरिकको रुपमा हेर्न चाहेको स्पस्ट हुन्छ। यदी यसपटक विवाद भएको नेपाली राष्ट्रियताको कुरा सहि हो भने पारस शाहलाई मेरो सलाम छ । तिमी असल नागरिक नभइसके पनि तिमी भित्र भएको राष्ट प्रेम लाई सलाम छ ।

  27. Actually, we have punished that Rubel Chaudary too due to his corrupted back graound as like Kujata Koirala, I mean Shu Jata Koirala.

  28. अब जे भन्दिए पनि भयो | राष्ट्रियताको कुरा निकालेर सहानुभूति बटुल्ने दाउ | यो तेस्को बुद्धि बाट अवश्य आएको होइन, बाउले नत्र कमल थापाले पढाएको पाठ हुनु पर्छ |

  29. जनताले सुजाता कोइरालालाई र रुबेल लाइ नांगै बनायर देश निकाला गर्नु पर्छ .

  30. पारस ले कुरा फेर्यो ।। अब राष्ट्रियत को कुरा ल्याए जन्मत बटुल्न सकिन्छ कि भनेर येस्ले यो कुरा भनेको हो। पहिल गोली चलएको भन्ने मान्छे ले अहिले होइन भन्न् थालि सक्यो तर पनि नेपाल मा येस्तो चल्छ तेही भएर होला । तर त्यो बिदेसी दलाल लाई पनि कार्वहि त गर्नु पर्ने हो तर कसरी गर्ने अहिले त उ नेपाल को नै ज्वाँई महाराज हो


  31. सुशील बा लाइ काशी तेसो गरे कसो होला?
    सुजातालाई फाँसी तेसो गरे कसो होला ?

    छोरै रोए पनि, तर्साउनलाई बन्दुक
    पारस दा लाइ राँची, त्यसो गरे कसो होला?

    डाक्टर होइन डाका आइज हैजा लैजा
    रुबेल रगतमासी तेसो गरे कसो होला ?

      • राजिव जी, कृपया यो मेरो आफ्नै हो है| शंका नगर्नुस, मेरो कविता mysansar मा प्रथम भएको थियो अघिल्लो हप्ता, यहालाई त्यो पनि जानकारी गराउन चाहन्छु| तपाइंको जानकारी को लागि यो पनि यहाँ प्रस्तुत गरेको छु |
        हाले पनि मैले भोट के नै लछारपाटो लायो
        जितेकाले राजिनामा, हारेकाले सत्ता पायो

        निमुखाका नेताहरु पुँजीवादी हुँदै गए
        लाखौ पर्ने पलंगमा सुकलामा मस्त भए

        हरुवाको विदेस भ्रमण मोह उस्तै उस्तै नै छ
        गरिबीले मेरो देश अझै चुस्दै चुस्दै नै छ

        भो भो चाहिदैन मलाई मत दिने अधिकार
        जित भन्दा पनि हार, हुने भए शानदार

        सयौं कुकुर पाल्नु भन्दा,एउटा बंगुर पालौँ बरु
        ६०१ लाइ हड्डी भन्दा बंगुरलाई भुस हालौँ बरु

        • दीनबन्धु जी!
          सैयौं कुकुर पाल्नुभन्दा एउटा बङ्गुर पालौं बरु
          दारी-सारी(सुशिल-सुजाता)गद्दारीले ल्याको लूतो फालौं बरु
          दक्षिणबाट जस्तो सुकै आँधि आउँछ भने पनि
          अँध्यारोमा सबै मिली एउटा बत्ति बालौं बरु!!!

          तपाईको एउटा पङ्तिमा थपेको मात्र है!!

  32. पारसेले भनेका कुरा सबै सत्य हुन् भन्ने बिश्वास त छैन तैपनि त्यो बंगाली अर्को पारसे या धमिजा हो भन्ने कुरामा पनि शंका छैन | त्यो कांग्रेस पार्टीमा अलि टाउको भएका मान्छे पनि छन् जस्तो लागेको थियो, सक्कली डा. नै भएका पनि थप्रै छन् क्यारे, तर कसैको केही ह्यायु छैन जस्तो छ, बाउ प्रधान मन्त्री भएपछि देश फर्केकिले पार्टी घुमाईसकी, लुटेको लुटाएको धनले सबैलाई किनिसकी, तिनलाई उसकै तलुवा चाट्दै ठीक छ | अरु पार्टी को हबिगत पनि उस्तै छ, मान्छेलाई बरु परसे नै कम खराब हो कि भन्ने परिसक्यो | गजब देश को अजब कहानी |

  33. मैले माथि लेखेको कमेन्टकै आधारमा यदि My Sansar ले सक्छ भने यो घटनालाई आफ्नो तर्फबाट पनि अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याइदिए मेरो संसारका पाठकहरू आभारी हुने थिए।

    • माइ संसार ले कसरि अनुसन्धान गर्नु नि यार?????

  34. पारसको बयान लिन सिडियो साहेब प्रहरी केन्द्रमै पुगे र उनले बयान लिए। पारसले भनेको कुरा सही होला। किनकी हामी मध्ये कोही पनि त्यहाँ उपस्थित थिएनौं। कुनै पनि विदेशी मान्छेले नेपालको राष्ट्रियताका बारेमा होच्याउने भाषा प्रयोग गर्छ भने त्यसलाई कार्बाही गर्नुपर्छ तर बन्दुक हानेर हैन। पारसको बिगतलाई पनि एकपटक हेरौं न। अहिले भर्खर मात्र बजारमा केही पत्रकारहरूबाट नयाँ तथ्य (?) बाहिर आउन थालेको छ। जस अनुसार ‘पारस र रुबेल २ घन्टादेखि सँगै बसेर रक्सी खाइरहेका थिए, त्यहाँ पारसका केही साथीहरू र रुबेलकी पत्नी मिलिनी पनि थिइन। रक्सीको मात चढ्दै गएपछि पारस शाहले मेलिनी अर्थात् रुबेलकी पत्नीमाथि हातपात गरे। अझ सोझै भन्दा पारसले मेलिनीलाई समाते। त्यसपछि भएको विवादमा पारस शाहले हवाई फायर गरेका हुन् भन्ने कुरा पारसका अभिन्न मित्रको हवाला दिंदै प्रतिष्ठित मिडियाका पत्रकारले भनेका छन्। उनीले आफूले यो विषयमा अझै अनुसन्धान गरिरहेको र अनुसन्धान पूरा भएपछि समाचार प्रकाशन गर्ने बताएका छन्। यदि उनले भनेको कुरा सही हो र पारसले मेलिनीलाई समातेकै हुन् भने अर्काकी श्रीमति समाउन नपाएको विषयलाई राष्ट्रियतासँग जोडेर पारसले नराम्रो काम गरेका हुन् भन्न डराउनु पर्ने देखिंदैन।

    • anan जी
      कुन प्रतिष्ठित पत्रिका को कुरा गर्नु भएको? “नागरिक दैनिक” को कुरा गर्नु भएको हो भने टेस्को धोती भक्तमान अपहरण काण्ड माँ नै खुस्किएको छ. अरु पत्रुकार हरू लाइ सुजाता कुकुरनी को कालो धन ले किनी सक्यो. म पारस को समर्थक होइन, तर चोर बंगाली को तुलना माँ पारस लाइ समर्थन गर्दछु.

      • महेश जी
        तपाईको बंगाली प्रतिको विचार सहि लग्यो तर पारस त आज भन्दा २० औ वर्ष अगी देखि कुइएर संसारलाई गनायको २ खुट्टे हो, (तपाईको भित्रि मनले पनि येसई भन्छ होइन ?)
        मेरो प्रस्न : पारसलाई योजन्दा जाँदै किन समर्थन गर्नई पर्छ ? म जस्तो तठस्थ बसेर बिरोद गरे हुदैन र ?” बरु भन्दा” नै तपाई को तर्क हुनसक्छ ,तर तेस्ले नराम्रो पक्छेले साथ् पाई रा हुन्छा |
        जस्तै हामी नेतालाई गाली गर्छौ ,तर तियो पार्टी भंदाता ,तियो नेता भंदाता भन्दै पछी लाग्ने मान्छेले नेतालाई उकाषीरा हुन्छन होइन र? बरुलाई प्राथिमिकता नदिनुष सज्जन

  35. एउटा राजाको छोरा आजु आएर एक नेपाली जनता भएर जेल सजाय भोगी बस्ने र चोर बंगाली एउटा मन्त्रीको जवाई भयो भन्देइमा काखी चेपेर बस्ने सरकार देखि सारेइ सरम लाग्दो कुरा हो

    • पारसे राजाको छोरा होइन, त्यो सन्काहा साँढे हो, पागल पाजी हो | मैले ज्ञाने लाई राजाको रुपमा कहिले देखिन | दाजुलाई मारेर हतियाएको राजसत्ता तेस्को हो भनेर कुनै हालतमा म स्वीकार गर्न सक्दिन |

      • It does not matter we only want to see our country as develop country. First, let’s we all endeavor to built prosperous Nepal. after that what we have to do our internal problem, we will work on that.

  36. खाली रुबेल चौधरी कै मात्र चर्चा छ यो त् भएन कोइराला परिवार कै कुरा कानी तिनीहरु कै छानबिन गर्नु पर्ने मा त्यो जाबो झिंगो रुबेल चौधरी लाई कारबाही भएन मात्र छ / सुजाता मात्र कहाँ शुद्ध चरित्र वान aayimayi हो /कतिजना boy friend बनाएर हिडेकी र कुना चै बाट पाएकी छोरी जुवायी न हो भोलि कुरा नमिले त्यसको छोरी ले रुबेल चौधरी लाई तलाक दिन्छे / आखिर मा त सुजाता को छोरी त european न हो, अनि अर्कै सुबेल संग फेरी बिहे होला यस बाट त सुजाता लाई खासै फरक परेन रुबेल काण्ड संग संगै सुजाता लगायत कोइराला परिवार कै छानबिन गर्न जरुरि छ त्यो पनि नागरिकता मा / नागरिकता को आधार मा सुजाता लाई कुनै अधिकार नै छैन नेपाल को गरिमामय पद मा बस्न र राजनीति मा सक्रिय हुन् लाई किन भने उसले जुन बेलामा जर्मन नागरिक संग बिहे गरेपछि उसको नेपाली नागरिकता नै समाप्त भएर जर्मन नागरिक भएकी हो ./ बाऊ प्रधान मन्त्रि नहुन्जेल उ जर्मन पासपोर्ट मा काठमाडौँ आउ जाउ गरि रा हो /त्यसकारण सुजाता जी लाई नेपाल को कुन कानुन ले राजनीति मा सक्रिय हुने अधिकार दियो? त्यस्तै कोइराला परिवार हरु को पनि यस्तै स्थिति होला त्यसकारण यस बारेमा राम्रो संग छानबिन हुनु पर्यो/ नेपाल भित्र पनि कति नेपाली नारी हरु जो बिदेशी संग बिहे गरि आफ्नो नागरिकता नै गुमाई नेपाल भित्र अधिकार बिहिन बसोबास गरि रा छन् भने यो सुजाता चै बाऊ को paower बाट यत्रो गरिमा मय पद मा हालीमुहाली क्या गजब/

    • सुशील शर्मा जी
      ठिक भन्नु भयो/ सुजाता जर्मनको पासपोर्ट तेतिकै पाउन्दैनन जर्मनको नागरिक बन्नु पर्छ/ उनि जर्मनको पासपोर्ट बात आउन्दै जाँदै गरेको हो पनि/ रुबेल र तेस्को बारेमा गहिरो छानबिन हुनु पर्छ/

      एउटा कुरा अमेरिका कसैले कसैको पनि बैबाहिक र अपराधिक विवरण केहि सानो शुल्क तिरेर इन्तेर्नेत्मा हर्न सकिन्छ/ मात्र गुगल्मै कसको के विवरण टाईप मात्रै गरे पनि सम्भंदित वेब साईट खुल्छ/ जर्मनको कस्तो हो त्यो जानकारी भएँन/ कुनै साथीले प्रयत्न गर्नेकी?

  37. एदी कुजता/रुबेल र पारस मा एक छान्नु परे, म पारस नै छान्ने थिए / देखियो सबै को देखियो / मन नै अमिलो पारेर भन्न मनलाग्छ “राजा नै ठिक लाग्छ” अब त /

  38. त्यो डाका रुबेल लै कि पक्राउ गर यो नपुंसक सरकार कि हैन भने देश निकाला गर नभए त माकुने नै हिडी जा साला इंडिया को दलाल ….

  39. साधारण सोच रखौना साथी हो साला त्यो रुबेल ले जे भन्यो तेस्मा कमिटि बनेर ३ दिन नेपाली लाइ जेल राख्यो अनि पारस ले तेती बयान दिदा र रुबेल फटाहा हो भन्ने थाह हुदा हुदै पनि अहिले सम्म समात्ने हिम्मत छैन यो नाथे सरकार संग कस्तो होला कसलाई कानुन लाग्ने हो कसलाई लाग्ने हैन यो नि confused छ सतिले सरापेको देश अनि राजनेता हो

  40. यो सबै झुटो बयान हो एदी बयान नै दिएको भए देखि / गोलि चलाएर पनि चलाएको छैन भन्ने ले के रुबेल ले नेपाल भारत को उपबिनेश भन्यो भनेर कसरि पत्यार गर्ने ? पारस को कुरा को पछी लागेर पनि हुन्छ ? एदी रुबेल ले भनेकै हो भने अब जनता ले गोलि चलाउने छन् /

  41. अहिलेको गेममा पारस शाहको माथि हात परेको र एउटा ठुलो संख्यामा जनभावना उनको पक्षमा ओर्लन सकेको देखिन्छ|

    बुझ्नपरने के छ भने त्यसको मुख्य कारण रुबेल चौधरी बिदेशी वा बंगलादेशी भएकोले मात्र हैन| त्यसो भए के नेपालीले कुनै एउटा बिदेशी वा बंगलादेशीलाई कुरोको तथ्य नहेरी सीधै सहन सक्दैन? बिदेशी भन्दैमा के नेपालीहरु विवेक लाएर न्यायको पक्षमा छैन त्? टाइगर टप्समा बिदेशीहरु गएर पर्यटनलाइ टेवा दिएको हैन र? त्यो बिदेशी हो र त्यो कदापी सही हुन् सक्दैन भन्ने सोच काँही र कसैसंग छ भने त्यो गलत छ| देशभक्त र राजभक्त पर्यायवाची होइनन| अहिले पनि कति नेपालीले पारस प्रतिको निष्ठालाई देशप्रतिको निष्ठा सम्झेको दुखदायी छ| यो कि अबुझपन हो वा चाप्लुसी हो|

    अहिले आएर पारसले आफ्नो उक्त बयान बदलेर आफुलाई फायदा हुने गरेर नेपालीको भावनामा खेल्दै नेपालीको मन छुने र मन जित्ने कुरा भनेको बुझिन्छ| यो दुइ जंड्याहाहरु बीचको कुरो हो| पारसका विगतका क्रुर कर्तुतहरु नेपाली जनताहरुलाई थाहा नभएको हैन| उनी सुध्रिने पथमा छैनन्| विवेकी र सहनशील नेपालीले नचाहिँदो भावनामा बगेर एकतर्फी लाग्नु ठीक हैन जस्तो लाग्छ|

    गहिरेर हेर्दा वास्तवमा राजतन्त्रले यतिका शताब्दीमा साधारण नेपाली जनताका निम्ति एउटा काम पनि गरेका छैनन्| भए देखाउनुहोला, चुनौती छ| शास्वत छ, राजतन्त्रले जे जति गरे आफ्नै वा नातागोता र आसेपासेहरुका लागि मात्र गरे| राजतन्त्र खुस्केको आफ्नै निरन्तर कमजोरीको पहाडले थिचेर हो| यो न त् गिरिजाको वाहुबलले हो न प्रचण्डको जनसेनाले हो| काजुकान्छो र मोहोर चडाएर ढोग्नेहरुले राजतन्त्रको पंखा बनेर रहे| वस यो साँचो हो गिरिजा र प्रचण्ड दुवैले राजतन्त्र धराशायी गराउन राजतन्त्रकै कमजोरीको फायदा उठाए|

    नेपाली जनताको आक्रोश मुख्य सुजाता र नेपाली कांग्रेस प्रति हो| गिरिजाको बुढेसकालको अवस्थाको र पावरको फायदा उठाएर सुजाताले आफुलाई देशको श्रोत उपभोग गर्ने शीर्सस्थ स्थानमा आफुलाई राखेकी छिन| नेपाली कांग्रेसले यो नबुझेको हैन तर निरीह बनेका छन्| सुजाताको देशलाई कुनै योगदान नभएको सबैलाई थाहा छंदैछ| बाबुलाई जबर्जस्ती दन्ग्याएर् उपप्रधान मन्त्रि खुस्काएकी हुन् सुजाताले| धमिजा, धमला र पासपोर्ट काण्डसंग उनी विवादित भएकी छिन| चुनावमा हारेकिले र जनताले नकारेकिले देशको उच्च पद लिनु कति लजास्पद छ| एउटा कांग्रेसी कार्यकर्ताको हत्या हुँदा नबोल्ने नेपाली कांग्रेसले रुबेल्को मुद्दा कसरी रास्ट्रको मुद्दा बनाएर लियो त्यो लज्जास्पद र हास्य्पद दुवै छ| दुइचार भ्रष्ट पत्रकारहरु र पावर हातमा छ भन्दैमा जे पनि गर्न सक्छु नेपालमा भन्ने मनोवृत्ति सुजाताको छ|

    अब हुन् पर्ने के त्?
    पारसलाई अहिले काँधमा नराखौं, यसले नेपाली जनता बाट युगौ देखि लुटेको सम्पति प्रयोग गरेर फेरी शोषण गर्न शुरु गरेको प्रष्ट देखिन्छ| सचेत बनौं| उनलाई प्रविन गुरुङ मारेको मुद्दा लगाउन पर्छ, तब मात्र उनले किनेका गुरुङका परिवार
    र प्रविनको आत्माले शान्ति पाउँनेछ|

    सर्बप्रथम सुजाताको राजिनामा माग्न्पर्छ र अरु पनि मुछिएका क्रिया कलापमा रुबेल चौधरी को निष्पक्ष रुपमा अनुसन्धान गरिनपर्छ|

    अन्तमा, कामचालाव मन्त्रि परिषद घटाएर केवल दुइचार मन्त्रिहरु मात्र राखिन पर्छ र मन्त्रिहरुलाई कामचालावको स्थिथि रहन्जेल विदेश भ्रमण स्थगित राखिन पर्छ| यो भ्रमणको काम सचिव, राजदुत वा अरु कुनै अधिकृत स्तरमा गरिन सकिन्छ|
    जबसम्म कामचालाव रहन्छ, सुजाताको चर्तिकला बढ्दो हुन्छ| कामचालाव पछी अर्को सरकार गठन हुन् सक्यो भने एउटा शर्त के राखिनपर्छ भने हालका कुनै पनि मन्त्रिहरु राखिन हुँदैन| बरु म नेपाली कांग्रेसको उपसभापति नभए पनि हुन्छ तर मन्त्रि चाहिन्छ भनेर भन्न थालेकी छिन सुजाताले|

    यी थिए मनमा लागेका विचारहरु| सबै सही हुन् पर्छ र सबैलाई मन पर्ने पर्छ भन्ने छैन| यंहाका बिचार र प्रतिक्रिया प्रति स्वागत् जनाउदै कदर गर्नेछु|

    • नेपाल चै कल्ले बनाए हो मित्र ? कसको कारण ले तपाई आज यसरि सतही र एकतर्फी kura गर्दै उफ्रिना पाउनु भाको छ?

      • मित्र, कल्ले, किन र कसरी बनायो भन्ने कुराको लहरो तान्न भन्दा कल्ले यस्तो बिधि बिगार्यो अहिलेको सन्दर्भ हो जस्तो लाग्छ| आफ्नु मनस्थिति न कहिले रैती बनिरहने थियो, न छ, यसैले पुर्ब राजपरिवारलाइ आफ्नै कारणले दुख्दा मलाइ केही पीडा हुँदैन र समर्थन पनि छैन साथै अरु चाकडीबाजी शोर र रोदन गर्छन भने जबसम्म देश र देशवासीलाई त्यसले बिझाएको छैन भने मलाइ पनि कुनै चिलाइ पनि नहोला| यसलाई चाहे गहन, अनाहक, सतही, राज लड्डु बर्फी, चौतर्फी र एकतर्फी नै सम्झौं|

        “फुलको आँखामा फुलाई सँसार, कांडाको आँखामा काँडा सँसार”|

        हामीले जातपातको र देशको गाली प्रयोग नगरी सय्यम भएर रुबेलले पनि काम बिगारेको भए सजाय भागी होस् भन्ने मेरो आशय हो| बिशेष गरेर बिदेशमा बस्नेहरुले यो कुरा राम्ररी बुझेका हुन्छन| जय नेपाल|

        • जगन जी, तपाई को लेख्ने शैली चै राम्रो नै छ तर तपाई को विश्लेषण निस्पक्ष छैन. तपाई को lekh asantulit र दोष dayak matra छ, rajsanstha ले पक्कै पनि केहि na केहि gareko त hunai parchha. संसार मा कोहि पनि तेस्तो छैन जसको सबै गुण नै गुण होस् अथवा दोष नै दोष होस्. गुण र दोष सबै मा हुन्छ. हुनसक्छ राजतन्त्र ले नेपाल मा सोचे जति बिकाश गरेन होला (तपाई को शब्द मा भन्दा केहि गरेकै छैन ) तर केहि चै पक्कै गरेकै हो. २०४६ साल मा भारत ले आर्थिक नाकाबन्दी गर्दा पनि नेपाल मा मट्टीतेल र खाने नुन को व्यवस्था तत्काल गरिएको थियो. मा आफै पनि घरको सानो मान्छे भएकोले नुन र मट्टीतेल लिन को लागि जाने गर्थे. मेरो भन्नु को अर्थ यदि अहिले नेपाल मा त्यस प्रकार को नाकाबन्दी भयो भने के गर्लान नेता ले? उनि हरु को कार्य कुसलता त हामीले देखि सक्योउ? अब आयो राजतन्त्र ले केहि गरेन भन्ने कुरो. २०४६ पछी चै के गरे प्रजातन्त्र बादी ले? एक जना मित्र ले राजतन्त्र को समय मा एउटा फोन लिन गार्हो थियो अहिले सब को हात हात मा mobile छ भन्नु भाको छ (कविन्द्र ). कस्तो हास्यास्पद कुरो, त्यो त समय अनुसार technology को बिकाश को कारण ले हो. हाम्रा नेता ले थोडै हो?
          मा अहिले पनि नेपाल मा संबैधानिक राजतन्त्र नै सर्बोत्तम प्रणाली हो भन्ने कुरा मा विश्वास गर्छु. तर निस्पक्ष भएर सोच्दा यो गणतन्त्र भन्दा त पंचायत नै ठिक थ्यो. भलै त्यो राजनीतिक कार्यकर्ता र नेताहरु को लागि थिएन होला तर आम नागरिक लाई बाच्न सजिलो थियो ,
          राजा महेन्द्र ले बिदेशी सहयोग मा स्थापना गरेका कति राम्रो अवस्था मा रहेको उद्योग हरु प्रजातन्त्र आए पछि निजीकरण को नाम मा नेता ले बेचेर खाए. नदि नाला सबै भारत लाई कौडी को भाउ मा टक्र्याए एस्तो देशद्रोही कम राजा हरुले पक्कै गरेनन. प्रजातन्त्र देश को गहना हो तर असली प्रजातन्त्र नेपाल मा कहिले पनि आएन. नेता भनौदा हरुले यसलाई व्यवसायीकरण गरे र आफ्नो गोजी भर्ने tool बनाए. अहिले पनि हेर्नोस अधिकांस नेताहरु को केहि पनि आय आर्जन को स्रोत छैन. राजनीति नै उनि हरु को पेशा हो. तर राजनीति कैले पनि पेशा हुन सक्दैन यो त सेवा हो.
          antama, hunasakcha तपाई sanga नेपाल को बिकाश garna ka लागि anekau bhawi yojana हरु होला , तपाई sanga netratwa garne khubi पनि होला, राजनीति मा januhos ani राजा ले केहि nagareko देश मा तपाई ले garnuhos, hamilai yi chor नेता हरु मा एक ratti पनि विश्वास छैन. तर nabhulnuhos, tapali लाई केहि garna देश tayar gari dine ani auponibesik समय मा पनि देश को ijjat र sarwbhoum bachaera rakhi dine चै yehi काम nalagne राजा हरु नै hun. natra hami अहिले chhimeki muluk को dosro darja को नागरिक भएर bachnu parthyo (Scheduled or non-sceduled caste bhaera)
          Jay Nepal

          • एक जना मित्र ले राजतन्त्र को समय मा एउटा फोन लिन गार्हो थियो अहिले सब को हात हात मा mobile छ भन्नु भाको छ (कविन्द्र ). कस्तो हास्यास्पद कुरो, त्यो त समय अनुसार technology को बिकाश को कारण ले हो. हाम्रा नेता ले थोडै हो?

            कसले नेताले भनेको छ र ? डेमोक्रेसीको कारण हो। तिम्रो राजाको शासन त देखेकै हो नि- भएको मोबाइल पनि बन्द गर्न लगाएको। अझ टेक्नोलोजीको कारण रे। समय अनुसार चल्न जानेर होला हैन तिम्रो ज्ञानेन्द्रले इन्टरनेटको लाइन काटेर देशवासीलाई अँध्यारोमा राखेको

            नेता त चोर हुन् नै. यी राजाहरु झन् चोर हुन्। हामी लोकतन्त्रमा विश्वास राख्‍नेहरु नेतालाई पनि चोर भन्ने हिम्मत राख्छौँ, तिमेरु त आफ्ना ख्वामितलाई चोर भन्नै सक्दैनौ थुइय्या

            • तिमि त नेता को टट्टू रहेछौ म त एक साधारण कुनै पनि पार्टी अनि व्यक्ति को को झन्डा नबोकेको नेपाली हो भाई, तिमि त धेरै shikshhit र क्रान्तिकारी होलाऊ लाउ तर तिम्रो नेता को भ्रस्टाचार र तिमि जस्तो दै चिउरे चैते क्रान्तिकारी कार्यकर्ता ले गर्दा देश बर्बादी तिर गइ राखेको छ…. तिमीहरु र तिम्र स्वामी haaru संग एक दिन हिसाब किताब गर्ने दिन आउछ…..पर्ख मात्र !!!!

    • तपैले भानुभाको ठिकै होला तर २०४६ साल पछि प्रजातन्त्र अयेपाची २० वर्ष बिती सकेको छ यो २० वर्ष मा नेपाली नेता हरु ले देश कति विकास गरे भनी लेखा झोक पनि गर्नी बेला भै सकेको छ. प्रजतान्रा को २० वर्ष मा के विकास भए त. भएका कति उद्योग धन्दा बन्द भए त्यो सबै नेपाली लै थाहा नै छ , कति संस्था हरु धरासाही भए त्यो पनि थाहा नै छ , विदेश बाट प्रजातन्त्र पछि जति पैसा नेपाल ओयिरियो त्यो पैसा विकास मा हैन आफ्नो पेट भर्ना प प्रयोग गरे नेता हरु ले. १००० चोर पाल्नु भन्दा एकजना चोर पाल्नु ठिक. राजतन्त्र ले नेपाल लै पुराएको योगदान धेरै न होला तर देश मा रस्त्रियेता थियो आहिले को भंद्भैलो थिएन.

    • हामी जनतानै मूर्ख र अबुझ भेडा हौं / नेतालाई केही अप्ठ्यारो परे “लोकतन्त्र माथि खतरा छ” भन्छन, हामी “ए हो त” भन्छौ, अनि नारा लगाउछौं “… चोर, देश छोड” / नेतासँग निराश हुन्छौं, त्यही बेला दरबारियाहरुले कार्ड फ्याँक्छन् “राष्ट्रियतामाथि खतरा छ” / हामी द्रवित हुन्छौं, अनि नारा लगाउछौं “राजा आऊ, देश बचाऊ” / दुई टोलीका खेलाडीहरुले बारम्बार हान्ने भकुण्डो बाहेक हाम्रो अर्को परिचय छैन, अनि हामी कसरी जोगिन्छौ शोषित हुनबाट?

      हाम्रो बुद्धिको बिर्को खोलिने कहिले? भूपिले त धेरै पहिले नै लेख्या थिए यी शब्द-

      “हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं
      हामीले आफ्नो विगत उचाइलाई बिर्सिसक्यौं
      हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौं
      त्यसैले जब कुनै सामान्य मानिस
      कथामा वणिर्त ‘गुलिभर’ झै
      आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा
      हामी छक्क परेर उसलाई हेर्छौं
      हामी उसलाई हेरेर छक्क पर्छौं
      हामीलाई उसको उचाई देखेर आश्चर्य लाग्छ
      हामीलाई आफ्नो पुड्काइ देखेर डर लाग्छ
      र त हामी आफ्नो हीनभावनाका
      सियो जत्रा स-साना हतियारहरुले उसमाथि
      प्रहार गर्छौं
      उसको अङ्ग-प्रत्यङ्गमा चढछौं
      उफ्रन्छौं
      टोक्छौं
      चिमोट्छौँ
      र अन्त्यमा थकित भएर तल ओर्लन्छौं
      शान्त हुन्छौं
      समर्पित हुन्छौं
      र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले
      तर ओर्लेर त्यसको पाउ पखाले झैँ
      हामी पुज्न थाल्दछौं त्यो साधरण मानवलाई
      महान् भनेर”

      (“हामी”/ भूपि शेरचन)

      • जनताको के दोस मित्र, जनताले सहि ठाँउमा सहि काम नै गरेका हुन् तर के गर्ने जनताकै दुर्भाग्य, सिस्टम नै दुनियाको एस्तो छ कि अन्तमा जनताको नाममा राक्षेशले मोज गर्छ/इतिहास हेर्नुस त्—जनताले आन्दोलन गर्छन, आफुलाई बुट र गोलीको शिकार बनाउछन, विजय पनि हासिल गर्छन तर जव अन्तमा कागजमा छाप लगाउने बेलामा सवै जनताले आन्दोलन जसरि नै औंलो बोकेर टेबल maa जम्न त सम्भब हुन्न—-धोका tyehin हुन्छ—-जनताको प्रतिनिधि बनेर कुनै राक्षेश अघि बढ्छ र आफ्नो अपराधि स्वार्थअनुकुलको सन्धि गरि जनताकै नाममा मस्ती गर्छ जनतामाथि नै/कस्तो दुर्भाग्य—-हामि जनताको—–/ सात साल देखि त्रिसठ्ठी साल्सम्मकै आन्दोलन र त्येस्पछिका परिणतिले पनि येही देखाउंछ/नजिकको ६३ सालकै आन्दोलनको दयेनिय परिणति हेरौं न —जनताले राजा फालेर साँच्चै लोकतन्त्र, र नया सिस्टम चाहेका हुन्—हामीले त्येही कल्पना गरेर पुलिस र आर्मीको लाठि, बुथ, र गोलि खाएका हौँ/तर भयो के?—जव चरम अवस्था आयो हामीलाई थाहा नै नदिइ हाम्रै नाममा तिनै पुराना गध्धारले बिगत बार वर्ष सम्म हामीलाई चुस्दा नपुगेर फेरी संसद बिउताउने नाममा आफ्नै भुँडी भर्ने काम गरे…जनताले बुझे धोका भयो—फेरी चुनाबमा ति दलालहरुलाई धुलो चटाय–फेरी संबिधान फेर्ने नाममा उनीहरुकै लागि पछाडिको गारो फोरेर सत्ताभित्र जाने धोका बनाय—-त्येस्पछिको हालत हामि भोग्दै छौं—–
        माधब नामको श्राप, सुजाता नामको क्यान्सर, दिपक बोहरा जस्ता एड्स—
        के गर्ने…कानुन बनाउन २ करोड नै जनता संसदमा आउन सम्भब छैन—प्रतिनिधि बनाएर पठाएको त्येहाँ पुग्नासाथ गध्धार बन्छ र बिकीहाल्छ—तराइको आन्दोलन वाट आएका सभासद् नामका दलाल हरुको गति हेरौंन —तराई वासीले त्यसै गर्न भनेर हिजोका kahi nabikekaa namak haramlaai sabhaasad banaai pathaayekaa hun? tara ke garne, yestai chh janataako haalat.But one day the day will come and all the dirty thing will be cleansed thoroughly.

  42. त्यो साला बंगाली , पारश ले ठिक गरे , मलाई थाहा छ ति बंगाली, भारती को होछ्येने भाषा ,

    • ठिक हो ! जसले नेपाल र नेपालीलाइ होच्याउने प्रेस गर्छा तेस्लाई कुनै पनि नेपलीले सहनु हुन्न . आझा तेस्लाई त जुत्ताको माला लगायर काठमाडौँ परिक्रमा गरायारा खसी बज्जार मा लगेर काट्नु पर्छा ! वेल डोन ! MR . PARAS

  43. यदि पारस शाहा साच्चै राष्ट्रवादी हुन भने उनले रुबेल जस्तो जोईिटलाई तसा्रयर हुदैन । नेपाल १९५०को सन्धिदेखि उपनिबेस नै छ । नेपालका शक्तिशाली र राष्ट्रवादी भनिएका महेन्द्रले समेत भारतको आधिकारीक प्रधानमन्त्रिको उमेदवारलाई एक दिन रोक्न सकेनन् । यो प्रचण्डेले रोक्ने भनेर भारतका गृहमन्त्रि प्रणममुखर्जी हालसालै भनेको छन । महेन्द्रले कालापनिमा सेना राख्न किन दिए । यो सब गलत थियो भनेर समिक्षा सहित भारतीय हस्तक्षेको बिरुद्ध मोर्चा बनाएर संघर्षमा उत्रनु पर्यो जनता तयार छन । भरर्खरै भारत गएर ज्ञनेन्द्रले प्रचण्डले भारत र राजा दुबैलाई झुक्यायो अब एक्लाएर ठोक्नु पर्दछ । राजसंस्था फर्किएमा हामी भारतको निर्देशन पालना गर्न तयार छौ । भनेको खबरहरु आई रहेका छन । ज्ञनेन्द्र र पारसलाई किन भारतको बिरोधमा एक शब्द बोल्न सक्दैनन् । हामी जस्तो सामान्य मानिसहरु पशुपतिको पुजारी नेपाली चाहीन्छ भनेर आन्दोलनमा जादा दरवारीहरु चुसम्म बोलेनन् । तसर्थ यो सब अपराध ढाकछोप गर्ने उपाए मात्र हो । राष्ट्रियताको भाबना होईना । अझ गाठि कुरो त यो दुई तस्करहरु बिचको भागबन्डाको झगडा मात्र हो ।

  44. दुवै जना डाका हुन् !फरक यति , एउटा अलि ठुलो डाका र अर्को अलि सानो डाका !सानो ठुलो जे भए पनि डाका डाकै हो !

  45. सर्बप्रथम त बयान नै पो लिए कि नाई, बयान लिए पनि थपथाप, सल्लाह लिएर बयान दिएको जस्तो छ. पारश ले रुबेल को गलत धन्दाको आड मा आफ्नो गल्ति धक छोप गर्न खोजेको कस्तो नपचेको हो! रुबेल फटाहा नै हो(ला), तर घटना को प्रकृति बुज्दा त्यो दिन चाही ,जुन प्रारम्भमा चाही मुख्य घटना थियो, पारशले गल्ति गरेकै हुन्. कांग्रेस ले घटना लै राजनीति कारण गर्न खोज्यो, पारसले पनि रुबेल को गलत धन्दा, र सुजाता को अलोकप्रियता को फाइदा उठाउदै एउटा यस्तो घटनामा, जसले थोरै नै भए पनि सुद्रिना लागेको छबी धमिलो बनाउने थियो, बचाउन सफल भएका छन्.

  46. साथीहरु….
    जुन ठाउँ मा घटना घट्यो त्यहाँ तपाई हामी कोहि पनि थिएनौ…अब जसले जे बयान दिए पनि पत्युना नै पर्यो…रुबेल चौधरी पनि कुनै दुध मा नुहाएको त होइन, कुनै औकात भएको व्यक्ति पनि होइन..सुजाता मेडम को घरज्वाइ नै उसको परिचय हो… जहाँ सम्म सोधपुछ को कुरा छ यदि रुबेल चौधरी ले नेपाल लै भारत को उपनेबेश नै भनेको हो भने सुजाता को ज्वाई को बचाऊ गर्न वन्द पारस कै पक्ष लिनु बुद्दीमनि हुन्छा… हुन त यो देश मा सबै क आफ्नो आफ्नो दल र कार्यकर्ता छन्.. तर दलगत स्वार्थ मा गएर देश को बिरुद्द मा बोल्ने रुबेल चौधरी को ससुराली पक्ष का कार्यकर्ता ले पनि बुझ्नु पर्ने कुरा के छ भने, आफ्नो मातृभूमि को विरुद्ध मा बोल्दा समेत सुजाता र कांग्रेस कै जिन्दाबाद गर्नु भन्दा त्यसको विरुद्ध मा प्रतिकार गर्ने पारस कै जय जय्ज्कार गर्नु राम्रो होला जस्तो हामी लै लागेको छ, माने कुरा सहि हुनु पर्यो बंगाली लाई देश निकाला गरेर जोस्ट लाई जर्मन लखेट्नु मा नै बुद्दिमानी होला जस्तो हामीलाई लागेको छ

    • बहुलाहा कुकुर चाहे बिदेशी होस् वा स्वदेशी आखिर दुबैले रेबिज नै सार्छन | घटना क्रमहरुले पारस र रुबेल दुवैलाइ बदमाश देखाउछन, दुवैलाइ कारबाही हुनुपर्ने हैन र कि कसो ?

  47. खासै बयान सुन्दा त अलि पारस ले नेपाली जनताहरु सबैको
    मन कसरी जित्न सकिन्छा भन्ने पाराले पनि आयको जस्तो लग्यो जे होस् कानुन को सबै ले पालना गर्ने पर्छा र रुबेल चौधरी ले बोलेको कुरा पनि जस्ता को तस्तै जनता को माझ ल्यायर सत्य तथ्य केलाउने पर्छा रुबेल चौधरी लाई पनि शक्ति को आड मा चलखेल हुन दिनु हुदैन यदि भ्रस्टाचार आभियोग लागेको प्रमाण केलायारा रुबेल लाई पनि दोषी हो होइन छुत्यौना ढोका खुला गर्ने पर्छा सुजाताले शक्ति को आडमा राख्नु कदापी हुदैन

  48. आज यो रिबेल चौधरी बन्ने डाँका नेपालको विरुद्धमा बोल्यो रे र सडक पनि तात्यो हल्का तर के त्यो भारतीय राज्दूत राकेश सूद्ले हाका हाकी नेपालीको आन्तरिक मामलामा हस्तक्षेप गर्द कहाँ थियो त्यो पारासेलाई स्वागत गर्ने नाटकिय टोलिहरु

  49. यदि पारशले बयान दिए जस्तै रूबेलले नेपाल लाई भारतको उपनिबेश भनेको हो भने
    तेस्लाई कार्बाई गरेर देखाउने हिम्मत गरोस माकुने सरकारले

  50. पृथ्वी गोलो छ रात पछि दिन हुन्छ ,दिन पछि रात हुन्छ !अब पछिका समाचार भनेका कसैको सरसल्लाह , राजनीतिकरण र पैसाबाट आउने समाचार हो !अब खेल सुरु भएको छ(कसकसले कमाउने र कसकसले गुमाउने भन्नेको )! तपाई पनि यसको पछि लाग्नुस् केहि फाइदा हुन्छ !आखिर हामी तेसै पनि बेरोजगारी छौ !साला गुन्डाहरुको (bangali n paras )२,४ करोड हामीले खाए फरक पर्दैन !

  51. यदि रुबेल चौधरीले तुच्छ शब्द प्रयोग गरि नेपाल र नेपाली लाई गाली गलौज गरेको हो भने सजाय अवस्य पाउनु पर्छ, सजाय यस्तो होस् ताकी फेरी कसैले पनि नेपाल र नेपाली को बारेमा नराम्रो बोल्नु अघि १० पटक सोचोस्

  52. देशमा डाका पालेर राख्ने सुजातालाई पहिले कारबाही हुनुपर्छ
    खबरदार रुबेल डाका तेरो गुन्डागर्दी अब धेरै चल्दैन. नेपाली जनताले तिमीलाई देखाउछन् हामी नेपाली हो कि हैन भनेर चोर रुबेल चौदहरी साबधान!

  53. यो सब सुजाता को कमाल हो साथी हो| येस्का आमा छोरि त चार्ल्स सोवराज का सासु र बुडी भन्दा पनि उत्पात रहेछन | कस्ता मापाका रहेछन त यी नेपाली पुरुष नभएको जस्तो| थुक्क यिनका मोटा बुद्धि!!!!!!!!

  54. पारसले जे-जे भने; हामीले सबै पत्यायौं । अब ‘पारस सरकार जिन्दावाद’ भनौं … कि कसो ?

  55. पारसलाई राम्रै पढायेछन उसका वोकिलहरूले, नत्र रास्त्रियेता बारेमा त्यो दुर्व्यसनी लाई के थाहा होला र ?

  56. अरु कुरा मलाई थाहा छैन….कृष्ण सिटौला, रुबेल चौधरी र धाक छोप गर्ने सुजाता कोइराला विरुद्ध सरकारले तुरुन्त छानबिन गरि नेपाली जनतालाई सत्य, तथ्य जानकारी गराउनु पर्यो. दोषी पाए हदै सम्मको कारबाही गर्न पर्यो. त्यो बंगालीको कुरै नगरौ, काम न काजको ट्याम्के… नेपालमा आएर दादागिरी देखाउने?

    सबै पार्टी एक मुख भएर बिरोध गर्न पर्यो, क्रान्तिकारी भनौदो माओबादी पनि…..खाली धमिलो पानिमा माछा मार्ने मात्र हैन…..जनताले एस्तो कुराको एकदम राम्रो मुल्यांकन गरिराखेका हुन्छन.

  57. रुबेल चौधरी लाई देश निकाला नगरेर सरकार ले के हेरेर बसेकोछ …….अबत नेपाली जनतानै लाग्ने बेला भयो जवाइ र सासूआमा लाई देश निकाला गर्न……….

  58. नेपाललाई यी नेताहरूले कँहा पुर्याउछन? रुवेल होस या पारस दुवै नेपाल र नेपालीको लागि राम्रा हुन जस्तो छैन यिनको ब्यवहारबाट। जे होस हतियार लिएर हिडन कसैलाई पनि दिनु हुदैन। सुरक्षा नै चाहिएको हो भने सरकारले पुलिस पठाउनु पर्दछ। सुरक्षा दिन सक्ने नसक्ने कुराको पुर्व ग्यारण्टी हुनुपर्दछ।

  59. त्यो सुजाता र रुबेल को भंडाफोर गर्नु पर्छ नेपाल को पुलिस ले तिनीहरुलै केहि गर्न सक्दैन अब पारस तिमि आफै लगेर भए पनि तिनीहरुको दुइनम्बरी काम को पर्दा फास गर्नु पर्छ. येदी नेपाल को माया छ भने तिनीहरुलाई कारबाई गराई छाड्नु

  60. यो हिसाबले पारसको बयानले पारसलाई सजाय लाग्दैन लाग्नु पनि भएन अब रुबेल लाइ पनि हिरासतमा लिएर अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याई सजायको भागीदार भएमा नियम कानुन बमोजिम कारबाही होश भन्ने चाहना छ ….

  61. माई संसारब्लग पढ्ने सच्चा नेपाली कोहि रहेनछन् |
    पारस धरौटीमा रिहा भएकोमा यति खिन्न ?

  62. पारस शाह ले एस्तो नापेर तौलेर बयान देलान जस्तो लागेको थिएन, उनको बयान ले त पक्कै लहरो तान्दा पहरो गर्जने छनक दिन्छ . अब माधव नेपाल को सरकार ले एसको जबाफ दिनुपर्छ . पारस ले आफु प्रहरी को पाहुना बनेर नेता हरुलाई हवालत को हावा खुवाउने बाटो पो बनाइ दिएछन कि कसो ? नेपाली जनता ले यो प्रकरण बिर्सने छैनन् .

  63. त्यो बंगाली चोर लै अब देश निकाला गर्नुपर्ने भो! हाम्रो देश लाई उप्निबेस भन्ने? मलाई कसले के गर्न सक्छा पो भन्दो रैछा त्यो कुजता को जों इ ले त!

  64. We can do Ritik Roshan incident without proof. Now, we have so many proofs why we can’t do Sujanta kaanda? Let’s initiate the strike and it must be start from the college level. Now it is time to show what we can do to our corrupted politician. I beg please start the strike and My Sansar admin please publish this comment.

    • ऋतिक काण्डमा ४ जनाले ज्यान गुमयाका थिये |
      एस पाली पारशे गुण्डको बयानले कति जाने भये नि |

      • Do you think we have life in the Nepal? people are murdered in Nepal everyday more than 4 because of criminal are not punish or they have politician shadow. Do you know the meaning of life? I am not talking about parash statement but if we do noting after knowing so many truth about our politician they will become more corrupt that our country can not tolerate. moreover, if we can free 20 million from this hell of life and built our country one of richest and beautiful country we few hundred of people ready to die.

  65. खै सरकार ले रुबेल लै सोधपुछ गरेको ? यो भन्दा त बरु निर्दलीय ब्यवोस्था नै ठिक

  66. हैन खै त यो डाका रुबेल चौधरी लाई कारबाही सुरु गरेको तुच्छ सरकार ले के हेरेर बसेको छ???हेर न सबै पार्टी र सरकार चुप लगेर बसेको कि जनता ले कारबाही गर्नु पर्ने हो सुजाता त उसको बंगाली ज्वाई लाई ?? अति भयो यार….

  67. यदि यो कुरा सहि हो भने रुबेललाई सिधा गोलि नहानेकै राम्रो नभए उ सजिलो गरि मर्थ्यो यसलाई त शरीर काटेर नुन खुर्सानी पो लगाउनु पर्ने मान्छे रहेछ

  68. राजनितिकपार्तीको आडमा बिदेसिहरुले खेलखेल्ने मैदान हो र मेरो नेपाल ? यो न मलाई सैय हुन्छ न कुनै नेपालीलाई सैय हुन्छ न त पारस सरकारलाई नै सैय हुने कुरा हो / ३ ठुला दललाई चेतना भया/

Comments are closed.