प्रचण्डको हेयरस्टाइल अब वैद्यको जस्तो

माओवादी अध्यक्ष प्रचण्ड यसअर्थमा साह्रै भाग्यमानी नेता हुन् कि उनले जे बोले पनि समाचार बन्छ। यसअर्थमा अभागी हुन् कि उनको बोलीको विश्लेषण आ-आफ्नै किसिमले हुँदा उनी जे बोल्दा पनि विवादमा पर्छन्।

प्रचण्डले अलि कम बोल्न थालेका छन् अचेल। अझ बिरामी भो रे भनेपछि त उनको बोली खासै मिडियामा सुनिएको छैन। तर नबोलेर के भो त, बोली नभए पनि पत्रिकाले उनको हेयरस्टाइल कै समाचार बनाइदियो।

आजको अन्नपूर्ण पोस्टमा प्रचण्डको हेयरस्टाइल बारे एउटा साह्रै रोचक समाचार छापिएको छ। समाचारको सार यस्तो छ- पहिले प्रचण्ड बाबुराम भट्टराईसँग नजिक थिए, त्यतिबेला उनको हेयरस्टाइल भट्टराईको जस्तो माथितिर फर्किएको हुन्थ्यो। अहिले प्रचण्ड मोहन वैद्यसँग नजिकिएका छन् र उनको हेयरस्टाइल सिउँदो काढिएको शैलिमा छ।

नभन्दै हो रहेछ। पुराना फोटोहरुमा प्रचण्ड जेल लगाएर कपाल माथितिर फर्काएको रुपमा देखिन्थे। हिजो चाहिँ उनी जेल हैन तेल लगाएर सिउँदो काढेर वैद्य स्टाइलमा कपाल कोरेको देखिन्थ्यो।

समाचार लेखक किरण पोखरेलको व्याख्या यस्तो छ- वैद्यको जनविद्रोहको लाइन समेटिएको आफ्नो प्रतिवेदन पारित भएको भोलिपल्टै प्रचण्डले कपालको सिउँदो पनि वैद्यको जस्तो पारेका छन्। दश वर्षे सशस्त्र विद्रोह त्यागी शान्तिप्रक्रियामा आएदेखि नै डा बाबुराम भट्टराईले झैँ कपाल माथितिर फर्काएर कोर्ने गरेका प्रचण्ड शनिबार भने वैद्य कै शैलिमा सिउँदो काढेर सिंहदरबारस्थित संविधान सभा दलको कार्यालयमा देखिए।

सम्बन्ध मात्रै हैन, हेयरस्टाइल पनि टाढिएछ नि बाब्बै !

समाचारले २०६३ असार २ गते पहिलो पटक बालुवाटारमा सार्वजनिक हुँदा प्रचण्डको हेयरस्टाइलमात्र हैन सर्ट पनि बाबुराम कै जस्तो हुने गरेको स्मरण गराएको छ। त्यसरी प्रचण्ड र बाबुरामको वैचारिक अनि लुगा पनि एकै किसिमको लगाएको वैद्यलाई कति पनि मन परेको थिएन रे।

अझ रमाइलो टिप्पणी समाचारमा यस्तो छ- गुरु वैद्य र शिष्य प्रचण्डको समीकरणसँगै पार्टीमा अल्पमतमा परेका उपाध्यक्ष बाबुरामको हेयरस्टाइल पनि एक्लिएको छ। माओवादीका कतिपय नेता कार्यकर्ताहरुले पनि प्रचण्ड कै नक्कल गर्दै कपाल ठाडो पारेर कोर्दै आएका छन्। उनीहले प्रचण्डको बदलिएको यो ‘चिज’लाई कसरी ‘बुझ्ने’ र ‘लिने’ हुन्, थाहा पाउन केही दिन पर्खनै पर्छ। अनि सौन्दर्यविदले कुन स्टाइल मन पराउलान् ?

पुरानो हेयर स्टाइल नै राम्रो !

मलाई भने प्रचण्डको अहिलेको जनविद्रोहवाला हेयरस्टाइल भन्दा लोकतान्त्रिक गणतन्त्रवाला स्टाइल नै सुहाएको लाग्यो। जनविद्रोह भनेको गरेर हुने कुरा पनि होइन, बरु राम्रो काम गरेर, विकास निर्माण र आर्थिक विकासमा ध्यान दिएर दुई तिहाई बहुमत ल्याएर जनता कै मतबाट सत्ता कब्जा गरे भइगो नि, त्यसको लागि कपाल त जता फर्काए नि हुन्छ, दिमाग चाहिँ त्यतातिर फर्काउनु पर्‍यो, कि कसो त ?

61 Comments

  1. [देसका महंगा टाउको _ऋणले कपाल छैन बाउको]
    समुन्द्रको छाल किनारमै हुन्छ
    बच्चा भोक र बिसन्चो पछि रुन्छ
    माकुराले जालो पेटको लागि बुन छ
    पचास हजारको टाउको आयर पर्धानमन्त्रि हुन्छ
    बैरै बैराको हातमा साचो परे पछि जति कराय पनि कसले सुन छ

    टाउकोको मोल बढायर करोड बनाया राम्रो
    यसैको मूल्य बढी भा देस हाम्रो मात्र
    भाउमात्र राखछन् कसैले किनेनन
    महगो टाउको कुन्चाई हो चिन्दै चिनेनन

    चिन्नुं नि कसरि चिन्नुत बजेको पल देखिको टाउको
    ऋण तिरन नसकेर कपाल छैन बाउको
    चार गास र एक छाप्रो को लागि हलो जोतिर छन् ,मलेसिया कतार साउको
    होसियार चाडै चिन्न पर्छ देसखानी टाउको

    मसि सकिय पछि कलम घोटिन छ
    बेदना उरे पछि सारंगी रेटिन छ
    मर्नि बेला दारा किटिन छ
    भाग्न नपाउदै खोजे पक्कै भेटिन छ
    लाग्नी खुकुरी नभय के भो र
    सिका छन् चक्कुले रेटिन छ /

    मेघ गर्जे पछि पानी पर्छ कालो बादल चाहिं छ
    मन्दिरै मन्दिरको देसमा आज चोर मात्रै पइनछ
    सालिकरा तुलसी पाइने ठाउमा चरेस भेट़ाइन् छ
    मुर्ख बुदि आस गरौ अब देस बेचाइन् छ

    एक दिन हाँस्न सकियन दिन रत रुवछ
    मह्नागी ले सिमा नगिओ भोकले मुख बाछ
    बेरोज गार्ले h.i.v को घर भाछ
    चोरलाई चौतारो सज्जनलाई सुली कस्तो सुहाछ
    सजिलै छ हाम्रो देसमा जसले जसो गर देनी भाछ
    [मधु सुधन कोइराला]

  2. के हो साथीहरु हो…प्रचण्डले आफ्नो कपाल जसरी कोरे पनि अरुलाई के को मतलब ? के तपाई हरुले चाही hairstyle परिबर्तन गर्नु हुन्न र ?नेताहरुले चाही आफ्नो कपाल कोर्न पनि नपाउने कस्तो नियम हो ?. येस्तै भएर नेपाल बिकाश भएको ………हाम्रो नेपाली लै त hair style change गर्दा पनि मान्छे हरुलाई नाना थरि भन्नु पर्ने!!! sucks!!!!!!!!!!!!!!

  3. २० वर्ष सम्म पार्टी को महाधिबेसन नगरेर एकलौटी नेत्रितोव गरिरहेको प्रचण्ड लाही नेत्रितोव गुम्ने डर भएकाले होला यो नौटंकी गरेको, पार्टी भित्र सके सम्म अरुलाही ज्धयेरा आफ्नो हात माथि पर्ने, नसके कारबाही गर्ने, रोग पुरानै हो उनको,किनकि कमुनिस्ट पार्टी का इतिहास येसरिनाही बनेको छ, लेनिन, माओ , स्टालिन आदि सबै सहयोगी लाही दोखा दिएर वा मारेर नेत्रितोव मा पुगेका थिए/

  4. हामी मध्ये सबैले मोहन बैद्य किरण भनेर माओबादी नेता लाई चिन्ने गरेका छौ !!! के मोहन बैद्य नेवार हो त ??? सबैलाई लाग्न सक्छ होला पनि !!! तर मोहन बैद्य किरण नेवार नभएर मोहन पोखरेल (बाहुन) हुन् !!! यिनी डुबर्स (सिक्किम) मा रहदा त्यहाका दुई स्थानीय युवा यिनीलाई हतियार सहयोग गरेको कारण ले आहिलेपानी जेल मा छन् !!!ति युवा लाई जेल पार्ने कारण यिनी नै हुन् !! यिनले भारतीय प्रहरी सामु ति सहयोगीहरु को नाम पोलेका थिए !!! यिनलाई जसले खान ,बस्न र यिनका उदेश्य को लागि जसले सहयोग गरे तिनलाई नै यिनले लात हानेका हुन् !!! यी कदापी कम्युनिष्ट होइनन् ,यी बाहिर सद्धे र भित्र कुहिएका फर्सी मात्र हुन् !!!!

  5. प्रचंद्र्को कपालको स्ताईलमा लेख्ने पत्रकारले अस्ति भारतको बिदेस मन्त्रि नेपाल आउंदा उनि साडी लगाएर बसिन भने सुजाता उनि सिट नेपाली पहिरन लगाएर बसिनन भारतीय कुर्ता सुरुवाल लगाएर बसिन/ तर कुनै पत्रकारले केहि लेखेनन् यसबारेमा

    प्रचान्द्र्ले बारम्बार भन्दै आएको छ कि उसले कांग्रेसको नेता बि पी को नकल गर्दै छ भनेर/ सहि भने प्रचान्द्र्ले/ जो आफु सिट सन्निकट छ तेस्को नकल गर्ने कुरा कांग्रेस बाटै प्रचान्द्र्ले सिके कि?

    बि पिले मुक्ति सेना राखे प्रचान्द्र्ले वाई सी यल/ मुक्ति सेना पनि हतियार भिड्ने वाई सी यल पनि हतियार भिड्ने/ बि पिको हतियार धारी जथ्थाको प्रधान कार्यालय भारतको फार्मेश गंज्मा थियो र तेस्को नेत्रित्वो गिरिजाले गरेको थियो/ २०१७ सालमा महेन्द्रले कू गर्दा बि पी ले आफ्ना तिनै हतियार धारी जत्था लाई उपयोग गर्न जवाहर लाल नेहरु सिट अनुमति मागेको थियो/ भनेको मतलव त् कांग्रेसले पनि अहिले प्रचान्द्र्ले जस्तै सरकारमा समाहित भई सकेर पनि आफ्नो हतियार धारी जत्था पालेकै रहेछ भनि देखाउंछ/

    बि पी पहिला भारतमा छँदा सन् २००४ साल सम्म बन्दे मात्रम गाउँथे भारतीय नेताहरु खुसि हुने कुरा काम गर्थे/ तर नेपालको प्रधान मन्त्रि भई सके पछी भारतलाई वास्ता गर्न छोडे/ भारतकै सह नपाएर बि पी ले कुर्सि गुमाए/ प्रचाद्रे उस्तै गरे तेस्तै भोगे/ प्रचान्द्र्ले कांग्रेसको नकल गर्दै छन् तर राम्रो कुराको मात्रै नकल गरुन यहि सुझाव छ तेस्लाई/

    • सहि कुरा मदन जी! बि पी को राष्ट्रिय मेलमिलाप नीति भनेकै येही हो….इंडिया ले लात हाने पछी राजा संग मिल्न आएको राष्ट्रिय मेल मिलाप नीति bhandai……..साथी हरुलाई विश्वास लागेन भने गिरिजा को biography पढे हुन्छ.

      • कोइराला परिवार मा बि पि मात्रै यस्ता हुन् जो देशभक्त थिए बाकी अरु सबै नेहरु को कुकुरको चाटुकार मात्रै हुन् !!! बि पि र नेहरु बिच नेपाल मा रहेको राजाको शासन अन्त्य गर्ने बारेमा कुरा हुदा तत्कालिन भारतीय प्रधानमन्त्री नेहरु ले भनेका थिए “नेपाल मा नेपाली काँग्रेस ले सोचे जस्तै शासन ल्याइ दिन्छौ तर तिमीहरु ले भारत को उपनिवेश हुनुपर्ने ” कुरा गरेका थिए !!! बि पि ले प्रतिउत्तर मा “मलाई बरु झुण्डाएर मारुन तर म कदापी यो स्वीकार गर्न सक्दिन “!! सुवर्ण सम्सेर तथा आन्य ले यो कुरा मान्न बि पि लाई कर पनि गरेका हुन् , तर उनले मनेंनन !!! भारतको आसय बुझे पछि बि पि मेलमिलाप को नारा लिएर नेपाल फर्किएका हुन् !!! बि पि स्वभावले आत्म सम्मान भएका नेपाली हुन् !! जब यिनले कलकत्तामा आफ्नो वकिल पेसा सुरु गरे यिनका बंगाली साथीहरु ले यिनको आरिस गरेर “कंगाल देश को मान्छे यहाँ फुर्ति देखाऊछ ” भनेको सुने !! त्येही दिन बि पि ले वकिल पेसा छोडेर राजनीति मा लागेका हुन् !!!

    • मदन दाजु,
      ५०-६० बर्ष पहिला अरुले गरिसेको काम पो गर्दै रहेछ यो प्रचंडेले….!
      यहाँ भन्दा ठुलो प्रतिगम अरु कुनै होला र ?

      फेरी, त्यो पनि १५-१६ हज्जार मान्छेहरुको मृत्युको कारक बनेर !

      • हर्के जी
        “नेताहरुको नौलो मागहरु मात्र कुर्सि प्राप्त गर्ने बिज्ञापन हो” / तर यो कुरा कांग्रेसीमा मात्रै लागु हुन्छ/ यस्तै काम प्रचान्द्र्ले पनि गर्ला भनेर अहिलेनै हामि भन्न सक्दैनौ/ नेपालमा लोकतन्त्र चाहिन्छ भन्ने पहिलो व्यक्ति प्रचंद्र नै हो कुनै काग्रेसी एमाले होईनन/

        मावोबादिले केहि महिना अल्पमतको शासन गर्दा त् धेरै कांग्रेसी हरु समेत मावोबादीको बाबुरामको प्रशंशक बनाए/ यो कुराले जी पी को कांग्रेसलाई नराम्रै झस्काएको छ/ तेसैले उनीहरु मावोबादिलाई कसै गरेर पनि सरकारमा आउँ बात रोक्न खोज्दैछन/

        अहिले कांग्रेस एमाले लगाउंदै आएको लोकतन्त्रको नाराको जननी मावोबादिनै हुन्/ कांग्रेसी हरु र भारत मिलेर नेपालमा सबैले मावोबादीको बिरोध गरुन भनि नाना थरिको गन्दा प्रोपेगन्दा चलाई आएको छ/ तर कांग्रेस आफै मावोबादीको “लोकतन्त्र” आफ्ना कार्यकर्ताको छातीमा लेख्न लगाएर बिज्ञापन गर्दै आफै मावोबादी बनेको छ/ कांग्रेसीहरुको मावोबादी बिरोध भन्दा जनता हसाउने कुरा मदन कृष्ण र हरिबंसले समेत गर्न सक्दैनन्/

        नेपालमा लोकतन्त्र आएमा ईतिहास र जनताले मावोबादिलाई नै जस दिने भएकोले कांग्रेस लोक्तान्तान्त्रिक तरिकाले सरकार चुन्न र संबिधान बनाउन बाधक बनेको छ/ कांग्रेसी हरु आज पनि नेपाललाई उही ५० ६० बर्ष पहिलाको “भारतीय मुख्य मन्त्रि तन्त्र” नेपालमा लाद्न चाहेको छ/

        बि पी २००४ साल अघि सम्म भारत बादी थिए/ तेतिबेला उसले नेपाललाई भारतको यक प्रदेश बनाउनु पर्ने कुरा समेत गरेर भारतको सह पाएको थियो/ तर नेपालको प्रधान मन्त्रि बने पछी बि पिले आफ्नो धारणा बदले/ भारत त्यो सिट रुस्ट भयो/

        जी पीको कांग्रेसले बि पी को २००७ साल पछिको नीतिको अनुशरण गरेको कहिले पनि छैन २००४ साल अघिको बि पी को नीतिमा चल्दै नेपालमा भारतको मुख्य मन्त्रि तन्त्र लाद्न प्रयत्न रत छ/ जी पिको कांग्रेसको लोकतन्त्रको नारा मात्र खोक्रो बिज्ञापन हो/ उनीहरु आजको लोकतन्त्रको माग को धारा लाई ५० ६० बर्ष पहिलाको अबस्थामा फर्काउन खोज्दै छ/

    • बि.पी. ले त नेपाललाइ इंडियासंग समायोजन गर्न खोजेको थियो, त्यो तपाइलाई थाहा भएकै कुरो हो ! गरेको भए हामी सबै नेपालीहरु अहिले सायद इन्डियन हुन्थियो होला… प्रचण्डले जे सिखे पनि नेपाललाइ इंडिया को यौटा प्रान्त चाही नबनाओस ! म मर्न बरु तयार छु तर इन्डियन बन्न तयार छैन !!!

      • आकाश जी
        अत्यन्त सहि कुरा गर्नु भयो/ नेपालाई भारत बनाउने सपना देख्ने कांग्रेसीहरुको सपना तुहियाउँन तपाईं र म मात्रै होईन समस्त नेपाली जनता मर्न तयार छन्/ नेपाली जनता देस भित्र गरिएको कस्ती गल्ति लाई माफ गर्न तयार छन् तर आफ्नो प्राण भन्दा प्यारो नेपाललाई भारतको पेवा बनाउन दिने हरुलाई माफ गर्दैनन् भनेर प्रत्यक चुनावमा कांग्रेसलाई “ठेन्गा” देखाउंदै आए बात पनि प्रमाणित हुन्छ/

        आकाश जी म अहिले “पक्का मावोबादी” मित्रहरुलाई तितो लाग्ने कुरा लेख्दैछु/ अस्तिको संबिधान सभामा जनताले मावोबादिलाई दिएको अतिरिक्त मत मावोबादिलाई राम्रै ठानेर मात्रै दिएको होईनन/ ती भोटहरु कांग्रेसको भारत परस्त र नीति र अपराधिक आचरण बात आजिज आएको जनताले अरु बिकल्प नपाएर मावोबादिलाई दिएको हो/ अब हेर्नु छ जनताको यो मतको कदर मावोबादिले कति सम्म गर्ने हो/ लोकतन्त्रको पहिलो बिगुल फुक्ने मावोबादिले लोक र लोक तन्त्रको लाज राखून यहि प्रार्थना गर्छ/

  6. प्रचण्ड जी …… फेरी हेयरस्टाइल change गर्दा गर्दै पारस शाहको जस्तो हेयरस्टाइल होला नि !!!!

  7. कपालले उमेरका अध्याय प्रतिबिम्वित गर्छ,
    बच्पनमा लुटपुटिदै
    जवानीमा सौन्दर्य सृजित गर्छ,
    २-कौडीका क. ‘हावा’ लाई के थाहा?
    समग्रमा,
    कपालले व्यक्तित्व पहिचान इंगित गर्छ |
    किशोरीमा बाटीन्छ,
    युवतीमा मातिन्छ,
    बुढ्यौलीसंगै रंग साटीन्छ |
    खै त,
    क. बाबुरामको हेयरस्टायल कैलै आँतिन्छ ?

  8. कपालको रुपरंग जसरि बिरुवाले पालुवा फेर्दा झैँ फेरिरहनु भएको छ त्यसरी नै देश र जनताको मुहार फेर्ने काममा लाग्दा र सहि नेत्रितोको पहिचान दिन सके कल्याण नै हुने थियो जस्तो लाग्छा ……………………?

  9. कपालको रुप परिबर्तन मात्र हैन देशको रुप पनि परिबर्तन गर्न जान्नु पर्यो नि कामरेड जी .

  10. अचम्मको सूचना आयो।हेयर स्टाइल नै चेञ्ज।बिचार परिवर्तनको कुनै मतलव छ।कि त्यो पार्टीको त्यो ठाँउमा बसिरहने इच्छा प्रबल भएको हो। के हव त यो। हिजोसम्म सँगै मिलेर जनयुद्ध। आज एकाएक चेञ्ज।
    नेपालले गणतन्त्र नाम सुनेको लाग्छ लगभग २००७ सालदेखि नै हो। तर नेता भनाउदाहरूको यस्तै यस्तै कुकामले बेला बेला धरापमा परेको छ।
    धेरै पहिलेको कुरा नगरौ थाहा पनि छैन होला। २०४८ सालमा काँग्रेस बिभिन्न नँया नँया नारा दिएर २०५ मध्ये ११४ सिट ल्याइ बहुमत प्राप्त गरेको थियो। ५ वर्षको समयावधि पनि चलाउन सकेन कारण थियो ७४ रे र ३६ से।
    त्यस्तै २०५१ सालमा एमालेले सत्ताको बाघडोर पायो। कम्युनिस्टहरूको प्रधानमन्त्री बने मनमोहन अधिकारी। कुन्नी के बहानामा नेपालगञ्जमा कुटाकट गरे। कुटाकुटले उनीहरूको मनमा आज पनि दुःख लागिरहेको छ होला। तिनीहरू पनि बिस्तारै एमाले र माले भएरै छोडे। काँग्रेस फुटयो हामीलाई राम्रो हुने भयो भनेका थिए आफू टुक्रिएको थाहै पाएनन्।
    त्यस्तै पञ्चे पार्टी पनि टुक्रिने जुटने क्रम चलदै आएको छ। अनि मधेशीहरूको पनि चाला यस्तै छ। यिनीहरूको त खासै सिद्धान्त नै के हो थाहा छैन।
    जो फूटे पनि र जो जुटे पनि फुटेर जुटेकाहरू एकले अर्कालाई हेप्न छोडेका छैनन्। जसको कारणले उनीहरूमा मिले जस्तो लाग्दैन। यसले अन्तोगत्वा राष्ट्रलाई नोक्सान बाहेक केहि भएको छ जस्तो लागेको छैन। २०४७ साल पछि १७ बर्षमा बनेका सरकारहरू कसै पुरा आयु नभएका अल्पायु सरकारले के देशमा बिकास गर्योहोला। आफ्ना नाता गोता भर्ने उनी थैला भर्ने काम बाहेक के नै भयो होला। यसले राष्ट्रलाई नोक्सान भयो।बरू एक अवधिसम्म पुरा काम गर्न सकेको भए देखि देशले केहि पाउथ्यो होला।
    यसै सन्दर्भमा माओवादीका स्टायल चेञ्जले देशमा बिकास होइन कि उही पुरानो कुरा दोहर्याउने मात्र हो। होइन र?

    • देश मिलाउन न सके पनि ,कमसेकम आफ्नो कपाल त् मिलाए | अब कार्यकर्ता
      ले तेसैमा चित्त बुझाउन पर्ने त् भयो नि |

  11. प्रचंद्र्को कपालको स्टाईल माथि लेख लेख्ने पत्रकारले अस्ति भारतको विदेश मंत्रिनी आउँदा उनको अगाडी भारतीय कुर्ता सुरुवाल र तेसैलाई सुहाउने कपाल बांधेकोमा केहि लेखेको थिएँन/ यो कुरामा साथीहरुले ध्यान देउन/

  12. प्रचण्ड बाट सबै सांसदलाई यौटै style को कपाल काट्न व्यिप जारी हुन सक्छ !

  13. त्यसो भए बाबुरामले Man Mohan जस्तो लामो पाल्ने ! त्यसो गरे कसो होला ?

  14. लौ कस्तो कुरा नाबुजेको / पुरै कपाल पछी लागेको मतलब खुल्ला राजनीति/ आब कपाल दाया ढल्कियो यसको मतलब विद्रोहको तयारी / जनताको सामु मुख देखाउन नसकने भयपछी त्यो कपाल मुख छोप्ने गरि आगाडी झर्ने छ /

  15. अरे बाप रे……….अन्नपुर्ण पोस्ट पनि नेपालको विकिलिक्स नै भईलियो । जनतालाई बहुत ठूलो कुरा मालुम गराई लिएको छ । अब मेरो पनि एक बात मालुम भईलिएको छ जब प्रचण्डको मुँछ उपर उठि लिन्छ त प्रचण्ड चीनबादी मुँछ निचे झुकि लिन्छ त भारतबादी त सिधा रहिलिन्छ त नेपालबादी…..और उपर,निचे,सिधा एक साथ सब तिर रहिलिन्छ त माओबादी ।
    प्रचण्ड जी तपाईँको सब बाल छिपाई लिनुस नहि तो तपाईँको बालबाट पत्रकार जी ले सब गोप्य निती थाह पाईलिन्छ । ट्वाईलेट अच्छा सँग फ्लस गरिलिनुस नहि तो तपाईको बाल पत्रकार जी ले सार्वजनिक गरिलिन्छ ।

    • अमर जी’
      तपाईं लाई नमस्कार भन्छु है/ देसको हालत देखेर रोयेको मनलाई तपाईंको अभिव्यक्ति कलाले अलिकति भए पनि हास्न सक्ने बनायो/ हार्दिक हार्दिक धन्यबाद/

  16. अब यिनि (प्रचण्ड) भित्ते राष्ट्रपतिबाट भित्ते नेतामा परिणत होलान जस्तो छ, पारा यहि हो भने। आफ्नो केहि छैन, अरुको सिद्धान्त युटिलाइज गर्दै जाने पारा लङ लास्टिङ हुंदैन।

  17. के को तात्तो न छारो को हेयरस्टाइल नि..पुरै खुइलाईदिए भैहाल्यो नि ..हावा नेताहरु….

  18. सुजाताको करतुतको बारेमा लेखेको खै ! रुबेलको भ्रष्टाचार उजागर गरेको खै ? देशलाई अनिर्णयको बन्दी बनाएकाहरूको विश्लेषण खै ! कसरी हुन्छ नेताहरू भाँडिएकै देखाउने र जनतालाई अझ निराश बनाउन उद्यत पत्रकारहरूलाई के भन्नु र खै !

  19. ओह नि बुढो मंछेलेनी कति कपालको नक्कल फेरी रखेया हो भन्या ? आज राजनीतिज्ञ मान्छे भएर नि यो भएन है

  20. जसको आफ्नो केहि खुबी हुदैन उसले आर्काको नक्कल मात्र गर्छ, कुनै दिन प्रचन्दपथ नामको आफ्नो भजन गान नचले पछी जता मल्को उतै ढल्को गर्दै उनि टिकेका हुन्, हेरौ कतिदिन टिक्ने हुन् ;

  21. मलाइ चै hair style पनि र विचार पनि बाबुराम भट्टराई कै राम्रो लाग्यो !!! जन बिद्रोह भन्दा लोकतान्त्रिक गणतन्त्र लाइ सस्थागत गरि सान्ति र संबिधान निर्मार गरि तिब्र रुपमा आर्थिक बिकाश गर्ने !!! तर नेपाल हो !!! उनकै यो विचार अल्पमतमा पर्रो आफ्नै पार्टी भित्र !!! कदम्कदाचित संबिधान जेस्ठ १४ भित्र नै बन्नो भने यीनै बाबुराम भट्टराई(तुरूपको एकका ) लाइ अगाडी सरेर प्रचण्ड चुनाबमा जनतामाज आउने छन् !! समय र परिस्थि बुज्न सक्ने सिपालु नेता हुन प्रचण्ड!!! हो तेस बेला चै फेरी प्रचण्डको hair style फेरी बाबुरामको जस्तो हुनेछ !!! ठोकेर नै भन्छु म अहिले नै !!!! बाबुराम भट्टराई आखिर मा बुद्दी को बिर्को खुलेका नेता हुन !!! २ ४ जना उद्योगपतिले बैंक को अर्बौ रुपैयाँ डुबाए पनि पजेरो मा हिड्ने देश मा उनी नै हुन जसले गाइ भैसी किन्न ऋण लिएर तिर्न नसकेका ऋणी(गरिब किशान ) लाइ ऋण मिनाहा गरेर लिलाम हुन बाट जोगाएका थिए !!! नेपाली आमा धन्ने छिन् yeni janne को मा !!!!

  22. जर्सी गाई जवान हुँदा घास थोरै खाने अनि दुध धेरै दिने गर्छन , पछि बुढो हुदै जाँदा घास धेरै खाने तर दुध थोरै दिने गर्छन , अब एस्ता धेरै घास खाएर थोरै दुध दिने बुढो जर्सी गाई हरुलाई मरभुमी मा लगेर छोड्नु पर्छ.

  23. हा हा हा हा कुरा सहि हो……..कपाल को स्टाइल जस्तो भय पनि काम को स्टाइल चै राम्रो हुनु पर्यो अरु सबै कुरा गौड हुन्…….

  24. अब प्रचण्ड आफ्नै पार्टी ले बनाएको फिलिम मा पनि आउन बेर लगाउदैनन , कपाल बैध को जस्तो बनाएता पनि, प्रचन्डले एउटा कुरा भने छुटाए, अब जुँगा पनि काट्नु पर्ने, कसरि जुँगा चाही बाकी रखेछां है प्रचन्डले, अनि येस्मा बैधले केहि पनि टिप्पणी न दिएको, लौय प्रचण्ड कपाल मिलौदैमा फुर्सद छैन तिमीलाई, धन्येबाद

  25. एकदिन प्रचण्ड जीले माओ को हैर्स्तिले मा जनता समू आउनु हुने छ /

  26. राजेस हमाल को नाच पुष्पकमल को कपाल
    रेखा को लुगा करिस्मा को जुत्ता
    मनिषा को बिहे बाबुराम एक्लिय
    भारत को दबाब सुजाता को कबाफ
    पारस को बन्दुक ढुङ्ग्रो को गुन्द्रुक
    रुबेल को लात्ती टेलिकोम माथि
    गानेन्द्र लै भन्छन कोटी कोटी
    हाम्रा सांसद खान्छन कोदो को रोटि *(अब अर्को चुनाब भय पछि के ////////9999999

  27. Oh my God ! why we are wasting time in such a useless thing? We have to find out the way to give punishment to Rubel Chaudry who is still looting 40 lakhs perday in call bypassing. please write against him and complain about him. If I could get only one day earning then that amount wouuld be enough for my whole life.40 lakhs is a huge amount for us. Sujata koirala is protecting that black guy, Bangladeshi.shame on her bloody bit…..Thanks.

  28. …….

    महेन्द्रले भन्थे सन्तान थरि थरिका
    मान्छे पट्याउने आयो आर्को तरिका|

    “कि लाउ माया मै तिर” गाना फेरिन्छ
    रेखा होइन अब अर्कै नँया हेरिन्छ ||

    कपाल को राजनीतिले हुन्छु मालामाल
    देसै दुबोस, जनता मरोस मलाई यत्रो बाल |||

  29. प्रचण्ड को कपाल मात्र हैन सब्बै कुरा मिल्छ बैद्य संग दुबैजना पुरुस हुन् नि साथी .

  30. प्रचंडे के obama हो र उसको साना-साना कुराको बिश्लेसंड?

    • ओबामा चाही को हो र मित्र सबै कुराको बिस्लेसन गर्नु पर्ने| काम नगरी नोबेल पिस प्राइज पाएकोले कि अफगानिस्तान र इराकमा सेना राखेकोले? क्लिन्टन लाइ सेक्रेटरी अफ स्टेट बनाएकोले ? कि अमेरिका को ४४ औ प्रेसिडेन्ट भएकोले ?

  31. पत्रकारिताका नामका कलङ्कहरु हुन् यी पत्रकारहरु / अन्य गहन बिषय र मुद्दाका पछाडी नलागेर कपालको पछाडी लाग्ने पत्रकारलाई के भनू र खोइ?
    धेरै जसो पत्रकार साथीहरु राजनीतिज्ञ, ब्यापारी, अपराधिक समूह संग मिलेर देशको अबन्नतीको कारण बनेको यथार्थ पनि बिर्सनु हुन्न/

    • पत्रकारहरु कहिलेकाही उचित निस्कर्समा पुग्छन र लेख्छन । यदी यो लेख यथार्थ हो भने पत्रकारलाई दोश होइन यि पङु नेतालाई दोश दिनु पर्छ ।

  32. यती सानो बिषयमा, यती ठुलो बिश्लेशण । सलाम छ किरण पोख्रेलको लेखन कलालाई !

    • सन्जु कुन्छा जी !
      तपाइको प्रतिक्रिया घत लाग्यो मलाई 🙂
      अन्तै पोस्ट भएको मैले लेखेको एउता कथा ‘ कार्टुन — ‘ लाइ यहा सान्दर्भिक लागेर
      कमेन्ट रुपमा पोस्ट गरेकी छु .
      ” कार्टुन ” —-
      ————
      ‘ टिरिङ्ग ! टिरिङ्ग !! टिरिङ्ग !!! ‘
      फोनको घन्टी लगातार बजिरहेकोथ्यो । मेरो आँखा खुल्नै सकेन ! मलाई ऐठन परे झै भईरहेको थियो । फोनको घन्टी बज्न छोड्यो । म पुन : निदाए ।

      केही बेरमा फेरी उसैगरी फोन आईरह्यो लगातार । बेड संगैको टेबलमा टेबलघडी थियो । हात तन्काएर ताने आँखा नखोलेरै । बल्ल बल्ल आँखा उघारेर हेरे , बिहानको ५ बज्दै थियो !
      साधारणतया साँढे सात बजेतिर ब्युझिएर करिब आधा घण्टा जती बेडमा नै अघिल्लो राती तयार गरेका खबर लेखहरुको खेस्रालाई दोहोर्याइ तेहेर्याइ पढिरहने मेरो बानी थियो । कलमजिबी न परे ! ‘पत्रकार ‘ को कहाँ आफ्नो समय हुन्छ र ! ऊ त सधैं पब्लिक कै लागि कुदिरहनु पर्छ कुदिरहनु पर्छ बेला न कुबेला —

      एकाबिहानै फेरी कुन समाचारको लागि फोन आयो भन्ने सोची फोन उठाए मैले लामो हाई काढ्दै हेल्ल्ल्ल्लो ! भने । उता बाट कानको जाली हल्लिने गरी चर्को आबाज आयो ‘ आनन्दे ! गूड् मर्निङ ! ‘
      ‘ प्रेम पो रैछ ! ‘ ‘ एका ब्यानै ( बिहानै ) के गूड् — गूड् — ‘ मेरो शब्द नै भक्भकियो रिसले !
      उस्ले ‘ आनन्द ! सुन न यार ! — ‘ भन्दै थ्यो म जङ्गिए ‘ मैले तलाई हिजो अस्ती नै भन्या हैन म जगिङ्ग जान्न् भनेर ! ब्यान ब्यानै उठायो यस्ले ! हिजो रात भर रात भर तैले पनि त रिपोर्ट तयार पारेकै थिस नि ! तलाई थकाई लागेन ?! २-४ दिन पछी स्टार्ड गरे हुन्न ! ( जगिङ्ग जाने कार्य ) ‘ ऊ चूप थियो ।

      मेरो रिस थामिएको थिएन । उस्ले ‘ आनन्द ! ‘ भन्दै थ्यो म पुन : उत्तेजित भएर बोले , ‘ तलाई था छ यो रिपोर्ट ले कुन हंगामा मच्च्याउनेछ पब्लिकमा !? यै आर्टिकल संगै अस्ती अस्ती हाम्ले गरेको मेहेनत राइज हुने छ ! पब्लिक त गणेशमानले भने झै ‘भेडा’ नै हो यार ! ‘

      यती बोलुन्जेल मेरो रिसको पारा १०८ बाट घटेर ३७ डिग्री मा झरे झै ठन्डा भईसके थियो ।
      ऊ ‘ आनन्द सुन न — भन्दै थियो उस्को बोलिमा ध्यान नदिएर म क्रमश : बोल्दै गए ‘ त्यो बिकासे डाडाको मगर दाइले समाज बिकासको लागि गर्नु भएको मेहेनत को बारेमा हाइलाइट गर्न खोज्यो कुरा अगाडि बढ्दैन यार ! २-४ शुभ चिन्तक हरुले ‘थ्यान्क्स किप इट अप’ भनिदिए ! त्यतिमै सिमित यार ! यस्ता चाहिने खबरहरुलाई अरु थुप्रै मिडियाले पनि फ्लोअप गर्दे त हुन्थ्यो नि यार ! त्यस पछी त्यस्ता असल मगर दाई हरु अझै जन्मिने थे होलान , छायामा परेका पनि देखिने थे होलान ! मिडिया पनि यार ! पिप्ली लाइभ स्ट्याल को छ यार ! खाल्ली पोल्टिक्स कै पछी कुद्ने यार ! anyway ! छोड्दे यो सब ! तैले ब्युझाएर ठीक गरिस ! ‘
      अब भने म एकदम शान्ता तर अधिर भईरहेको थिए । आजको दिनको खबर अप्डेट गर्नको लागि जुन हिजै राती अबेरसम्म तयार गरेका थियौ प्रेम र म भएर ।
      पब्लिकलाई उत्तेजनामा ल्याउने गरी मरमसला मा मुछेर भुटेका थियौ खबर लाई । हामीलाई थाहा थियो यो खबर पस्कने बित्तिकै तात्तातो भोजन गर्ने छन पब्लिकले र जिब्रो फट्कार्दै प्रतिकृया आउने छ :
      मिठो !
      चर्को !
      पिरो !
      कसैलाई नून कम् पनि होला र भन्ने छन ‘ अल्नो ‘
      आदी इत्यादी —-
      म एक्ससैटिंग भईरहेको थिए , एक्ससैटिंग कै कारण मेरो पेटमा बायु मडारिन थाल्यो । मलाई ट्बाइलेट जानु पर्ने भयो । ‘ प्रेम ! त फोन राख , म एकछिनमा गर्छु ‘
      उस्ले ‘ आनन्दे ! — ‘ भन्दै थ्यो मैले पुन : बोले ‘ हैन म फोन गर्दिन यार ! त बरु सिधै अफिसमा आईज । म पनि तू तयार भ र आउछु । हट न्युज अप्डेट गर्दी हालौ यार ! ‘
      मेरो एक्ससैटिंग को पाराले १०८ डिग्री पार गरेको थ्यो ।
      ‘ आनन्द !!! ‘ उस्को स्बर निक्कै चर्कियो बडेमाको सिसमहल झर्याम्म फुट्ला झै !
      म झस्किए ।
      ऊ बोल्यो , ‘ आनन्द ! फाल्दे यार हिजो रातिको रिपोर्ट रद्दी टोकारीमा ! त बिहानै उठ्लास र ब्लगमा राख्देलास भनेर फोन गर्या यार ! ‘
      ‘ ह ???!!! ‘ म तीन चित्त खाएको थिए ।

      एक छिन् ऊ पनि चूप म पनि चूप ।

      एकछिनको सन्नाटा चिर्दै म बोले , ‘ किन के भो र ?! ‘
      ऊ बोल्न थाल्यो , ‘ हिजो क्या हाम्ले जुंगे ब्रोलाई १००० हजार दिदै फोटो लिन प्रमिसन ( अनुमति ) माग्या थेम नि ? ‘
      ‘अँ अँ ! भन न छिट्टो ! ‘ म आत्तिएर बोले ।
      उस्ले निरन्तरता दिदै बोल्यो , ‘ त्यै ब्रोले एस् म् एस् पठायो मलाई । ‘ पत्रकार भाईइहरु ! हिजो तपाईंले खिच्नु भएको फोटो र रिपोर्ट खबरमा नराख्नु होला , यहाँ रात भरिमा अग्राख पलाई सकेको छ । तपाईंहरु कार्टुन बन्नु होला भनेर मैले पैल्यै खबर गर्द्या —

      ‘ मेरो सुस्केरा चुचुरो बाट फेद मा पक्षरिन पुगेको ब्यक्तिको झै आयो ‘ ओह ! ‘

      प्रेम बोल्दैथ्यो , ‘ यार आनन्द ! त्यसमा मरमसला पनि धेरै भएकै हो —
      ‘ अब त्यसको ठाउँ मा के राख्ने त ? ‘ मैले सोच्दै बोले ।
      ऊ हास्यो ‘ हा ! हा ! हा ! हा ! ‘
      ‘ के ?! ‘ म जङ्गिए ।
      ‘ रिल्याक्स म्याट ! कूल डाउन ! अब त्यसको ठाउँ मा बडेमाको ” कार्टुन ” राख्ने !!! हा! हा! हा! हा!
      उस्को हासो मेरा कानका जालिमा अझै थर्किरहेको छ हा ! हा ! हा ! हा !
      म त्बाइलेट्मा बस्दै सोचिरहेको छु कस्लाई कार्टुन बनाउ ? पप्ब्लिक लाई कि — ? —-

  33. हाहाहा!
    होकी केहो त हँ भन्न पर्ने गाठे, कहिले काही होइनलाई होइन भन्ने नसकिने गरि कुरा तेसारिदा बढो गाहारो हुन्छ के! हो भनु कसरि, होइन भन्नै नसकिने! हाहा!
    जुँगा खौरियर आयमा चाहि मा पनि हो नै भन्छु है!

  34. प्रचण्ड मात्रै हैन नेपालका अधिकांश नेताहरु कुशल अभिनेता हुन्, हाम्रा नायिकाहरुले कथाको माग अनुसार अंग प्रदर्शन गरेका हौ भने झैँ यनीहरु पनी राजनैतिक रंगमंच/ नाटकको माग अनुसार मौसम हेरेर रुप, रंग, भेष, भुषा, भाषा र चरित्र फेरी रहन्छन. आखिर संसार परिवर्तनशील जो छ.

  35. कपाल कोराई र उनको अनुहार देख्दा उनि बिरामी छन् भन्ने देखिन्छ |

  36. राम्रै कुरो होनी |
    जब मान्छेले सृंगार पेटरमा ध्यान दिन्छ तियो न राम्रो कुरो होइन.
    तेस्ले उसको विचार संग तालमेल राखेको हुन्छ |
    बस्ताबमा प्रचण्ड राम्रा नेता हुन् |समय संग आफुलाई ढाल्न सक्नु राम्रो कुरो हो |
    कसले भन्छ ऐले प्रचण्ड तेत्रो १५००० मान्छे मर्ने जनाबिद्रोहको आग्वा हुन्भंने |
    उनि समयलाई बुज्ज्ने नेता हुन् |

  37. हा हा … हेएर स्टाइल पनि जनविद्रोह र लोकतान्त्रिक गणतन्त्र…. कहीं नभएको स्टाइल….

  38. यो इस्ताइलमात्र होइन बिचार पनि नक्कल गर्नु कुनै नौलो होइन किनकि दस बर्से जनविद्रोहमा जति हातमा आएको थियो हिजो आज कहा छ र ति सबै ? खै कहा गए ति जनसमर्थन… खै कहाँ छन् ति हातहतियार… तेत्रो आर्थिक लुटपाटको आर्जन…. हिजोआज केहि मुख्य व्यक्तिहरु बाहेक अरु त सबै लाखापाखा लागेका छन् आखिर ति सबलाई पनि त पुर्याउनु पर्यो नि फेरी …आखिर माओबाद नै साम्यवाद(सबैलाई बराबर) जो पर्यो …

  39. ठिकै भन्न पर्यो ……… प्रचण्ड हेयरस्टाइल ……. यसरि नै देशले पनि काचुली फेरोस …………

  40. कपाल छोडेर अब देश विकासमा बुद्धि जाओस जन बिद्रोह भन्दै फेरी जनता जनता को बुई चड्दै सत्तामा जाने बाटो मात्रै नखोजिओस | मलाई भने यो स्ट्याल मन पर्यो…………

  41. कपाल छोडेर अब देश विकासमा बुद्धि जाओस जन बिद्रोह भन्दै फेरी जनता जनता को बुई चड्दै सत्तामा जाने बाटो मात्रै नखोजिओस | मलाई भने यो स्ट्याल मन पर्यो…………

  42. जन मुक्ति को लागि उठ्ने भनेका हात काली कपाल कोर्न र अनुहार सिगार्न लागे पछी ,तेरा क्या होगा कालिया ?

  43. हसायो प्रचण्ड ले , नराम्ररी नै हसायो नि , यो नेता हो कि कमेडियन ? नेपाल देश हो नि रंगमंच ?

Comments are closed.