मरुभूमिको मस्ती

-देबेन्द्र भट्टराई-

रामेछापका रेवत क्षेत्री पौडेल (रामहरी)सँग लिखु खोलाको पीडा थियो। मोरङका होमबहादुर घले यो खाडी मरुभूमी आएर पनि उता घर छेउको लन्द्राहा खोला सम्झिरहन्छन्। गोर्खाका ध्रुब सुर्खेती आफ्नो गाउँ नजिकैको दरौंदी भुल्न सक्दैनन्। चितवनका नारायण सापकोटा नारायणी र त्रिशुलीको बर्खे बेग भुल्न सक्दैनन्।

रेगिस्तानमा उत्रिएपछि ती खोलानाला छेवैको बगर अथवा खोलाको धारले उठीबास लगाएर यता आएका धेरै अनुहारहरु देखिन्छन्, भेटिन्छन्। कोशीको भेलले ताहिर मियाको घरै बगाएको खबर सुनिन्छ भने हुँदाखादाको खेतीबाली बालुवाले पुरेर कन्तबिजोग बेहोर्दै यता आएका बक्राहा छेउका तेजराज मुन्धुम पनि यतै भटिन्छन्। रतुवा र चाँजु खोलाको आडैमा रहेको खेतीबाली बर्खे भेलले बगाएर सुकुम्बासी बन्नुपरेको कथा पनि यही भीडमा मिसिएको थियो। फेरि अजबगजब के छ भने यी खोलाको धार र बालुवाले लखेटिएका पात्रहरु नै यो मरुभूमीमा भने बालुवामैं लडिबुडी गरिरहेका भेटिन्छन्।



दोहा शहरबाट झण्डै ५० किलोमिटर दुरीमा पर्ने सामुद्रिक किनारा होमसाइड (उमसइद) पुग्यौं, अघिल्लो शुक्रबार। गुल्मीका तेजराज खनाल र ललितपुरका रामचन्द्र थापाको नेतृत्वमा तीनवटा माइक्रोबसमा तीस जना कतारस्थित हामी लेबरहरु बालुवाको सानोतिनो पहाडमा मस्ती मार्न पुगेका थियौं। उता नेपालका गाउँठाउँमा यही बालुवाजस्तो सुख्खा जिन्दगानीको कहर खेप्न नसकेर यता आएका तेजराज र अरुहरु एकअर्कामा बालुवाको डल्ला हानाहान गर्दै थिए। सकिनसकी बालुवाको भास चढ्ने अथवा बालुवामैं ‘वारी जमुना पारी जमुना’ नाचगान गर्नेसम्मको प्रतिष्पर्धा चम्कियो, रातभर। फुर्सद मिलेमा गाइ, उँट अथवा कुखुराको शिकारमा बार्बिक्यु पकाएर काँचो खान्की खाने होड पनि थियो। रातभर समुद्र छेउको सिरेटोमा, बालुवाको रासमाथि जमुना-गीत गाएर हत्तुहैरान भएपछि बिहान मात्रै दोहा शहर फिर्न पाइयो। यो मरुभूमीमा रमाउन मिल्न, रमाउन पाइने र रमाएजस्तो गर्न सकिने एउटा थातथलो यही बालुवा रहेछ– उदेक लाग्यो।


अर्को शुक्रबारे छुट्टीमा रामरमाइलोको अर्को मुकाम खोज्दै जमेलिया र समालका मरुभूमी पुग्यौं। यताको रमझम र मस्ती भने अलिक अलग्गै खालको हुने रहेछ। मरुभूमीमा नवलपरासीका तुलबहादुर रानाभाट गधामाथि सवार भएर भेडाबाख्रा रेखदेख गर्दै थिए भने पाल्पाका छत्रबहादुर क्षत्री हरेक दिन तीसभन्दा बढी बाख्री, पाठीलाई बोको लगाउनुपर्ने भएकाले त्यही भाग्यमानी बोकोलाई दाना ख्वाउँदै थिए। रेगिस्तानका ती पुराना साथी छत्रबहादुरलाई जमेलियाको मरुभूमीमा भेट्नासाथै उनले अफर गरे- बोको माथि चढेर मरुभूमी घुम्ने अवसर। तीन, चार सय भेडाबाख्रा र केही उँटको हुलमा एउटा बंगाली साथी लिएर उनी बसेका रहेछन्। खेमा(तम्बु)मा साथै गएका रामेछाप मुल घर भएका लिडम्यान मित्र रेवत पौडेल अलिक रौसे स्वभावका थिए। उनले बोको र त्यसको तागतका बारे सबै इतिवृतान्त लिए। एउटा बोकोले एक दिनमा बढीमा ३० वटासम्म बाख्रीलाई गर्भादान गर्न सक्ने र यो गति सात/दश बर्षसम्म उत्तिकै सक्रिय रहने जानकारी पाल्पाली छत्रबहादुरले सुनाएका थिए। यो विवरण सुनेपछि त्यो जन्तु हेर्न र त्यसलाई छुन निकै उत्साहित रहेका रेवतले हत्तपत्त गोठभित्र पसेर त्यही बोकोमाथि चढेर फोटो(सेसन गराए। त्यसबेला उनको चेहरामा देखिएको खुशी र उन्मादको कुरा अर्कै थियो। बोकामाथि चढेर तस्वीर खिचाइरहेका बेला लाग्थ्यो– मानौं, रेवतले भर्खरै माउन्ट पुमोरी चढेका छन्।


यसरी मरुभूमीमा आनन्द लिनुको अर्को बाटो पनि खुल्यो। बोको-काण्डपछि त्यही मरुभूमीमा भेटिएका गधासवार तुलबहादुरतिर केटाहरु झुम्मिए। अनि पालो गर्दै गधा चढेर फोटो सेसन गर्नुको मस्ती पनि आफ्नै थियो। एक दर्जनभन्दा बढी केटाहरुको लगातारको गधा(फोटो सेसन कम्तीको थिएन, बिचरो गधा हत्तुहैरान बन्यो। गाउँमा भैंसी अथवा राँगासम्म चढ्न नपाएका युवाहरु गधामाथि यसरी पालैपालो सवार भए मानौं, जीवनमा यो क्षण फेरि आउनेवाला छैन।


अर्को पल्ट अझ अझ नयाँनौलो केही गर्नु थियो। रेगिस्तानमा राम-रमाइलो र मोज(मस्तीको दुनिया आफ्नै छ। इरानी मार्केट, कर्निस वा वक्रा पुगेर सिसा (हुक्का) तान्नु, अलखोर गार्डेनमा पिकनिक जानु, इरानी मार्केट पुगेर बिक्रीमा राखिएका बाजहरुसग तस्वीर खिच्नु, सहानिया उँट(रेस हेर्न जानु वा मरुभूमीबीचमा यसै बतासिएर हिंड्नुको आनन्द अर्कै छ। त्यसमा पनि शुक्रबारे छुट्टीमा मस्तराम बनेर हिंडनेहरु थुप्रै भेटिन्छन् यो शहरमा। कहिलेकाही कतारभूमीमा आउने नेपाली नायिका/गायिकाहरु (नायक/गायकको त्यति महत्व हुन्न) सँग (गर्नेलाई भन्दा देख्नेलाई लाज) हुने गरी फोटो(सेसन गर्नु(गराउनुमा पनि अर्कै आनन्द रहेछ। गोर्खाका राजेश्वर ढकाल अथवा गोर्खालीबाबुसग यस्तै थामिनसक्नुको बिशेषता लुकेको रहेछ।


रामरमाइलोकै लागि गुल्मी घर भएका तेजराज खनाल हुन् अथवा ललितपुरका रामचन्द्र थापा- जसोतसो सिसा तान्ने मुकाममा पुगेकै हुन्छन्। त्यसमाथि पदिना, सुन्तला, स्याउ वा सुर्ति सुगन्धको धुँवालाई कसरी, कुन फोहरामा फ्याक्ने? नाकबाट निकाल्ने कि मुखबाट निकालने? अथवा १०, १२ रियाल पर्ने हुक्काको धुँवा सुटुक्कै निल्ने? यी सबै तरतिवहरु चल्ने गर्छन्-यो सिसा मोजमस्तीमा। तर यी सबै उपाय, तकनीकि र प्रतिष्पर्धाहरुमा अग्रगामी रहेछन्- तेजराज। तिनले आफ्ना ठूला नाकका ठूलै पोराबाट यसरी धुँवा बाहिर निकाले कि मानौं- उनको ज्यानमा कतै आगलागी भएको छ। यो आगो माया-प्रेम, बिरक्ति-आशक्ति अथवा जेको पनि हुन सक्छ। यसरी सिसा तान्ने होडमा तेजराज प्रथम बने लगातार, यो रमाइलोमा पनि उनी प्रथम रहे। प्रथम स्थानमा उत्रिएपछि गाभा र खजुर (हाम्रो यार्सागुम्बा जस्तै तेजिलो चिज) खाएर तेजराज बाटा लागे।


रमाइलोको अर्को साइत थियो, घाँसेमैदान। दोहाबाट झण्डै ५० किलोमिटर टाढाको साउदी अरेबिया सिमावर्ती अल-रकियामा १४ हेक्टरबराबरको क्षेत्रफलमा हरियै घाँसको मैदान फैलिएको पत्तो पाएर रातसाँझमा त्यहीं पुग्यौं। साँझमा क्याम्प फायर चल्यो। दावा शेर्पा, गनबहादुर फगामी, दिनेश रेग्मी, राजेश्वर ढकाल, महेश्वर नेपाल, तेजबहादुर, रेवत, जयराज, सुवाससहितका साथीभाइहरु यसरी मध्यरातसम्म नाचगानमा उत्रिए कि मरुभूमीको सही रमाइलो र मस्ती यही हो कि जस्तो लाग्यो। रामचन्द्र खत्रीले मादल यसरी बजाए कि मानौं ती अर्धचेत छन्। खरी झरेको मादल पनि बिहान उज्यालो होइन्जेलसम्म बजाइरहे। लाग्यो, तिनको हात र पाखुरी रगत-छालाको नभएर कुनै फलामे मार्तल नै हो †


रामरमाइलोको बिसौनीमा मरुभूमीको जहाज अर्थात उँटतिर लाग्यौं। सहानिया उँट रेस पर्तिर सुन्दरी उँट प्रतियोगिता जारी थियो। बरु त्योभन्दा उँट चढेर रेगिस्तान यात्रा गरौं भन्ने सल्लाह भएअनुसार ५० रियाल अर्थात १ हजार रुपैंया तिरेर आधा घण्टाको उँट सयर गर्‍यौं, होमसाइडमा। यी सबै मोजमस्ती सकेको दिन अर्थात डिसेम्बर २ को साँझ अर्को मस्ती यो मरुभूमीमा उत्रियो- त्यो थियो विश्व वर्ल्ड कप २०२२ को आयोजक कतार भएको शुभखबर। त्यसपछि अर्कै मस्ती सुरु भैहाल्यो, कतारका राजा र युवराजका तस्वीर भएका मखलर अथवा झण्डा लिएर सडकमा सुसेला मार्दै कुद्नेहरुमा सबैभन्दा अगाडी यिनै नेपाली साथीभाइहरु थिए। सडकमा बत्तिएको नेपालीहरुका पिक-अप भ्यानका छेउछाउमा सुनिंदै थियो, चर्कोचर्को स्वरमा-


‘घामजस्तो चम्किलो जून हुँदैन

जति रुन परे’नि मेरै काखमा रोउ माया

शतुरले देख्ने गरी रुन हुँदैन…’


38 Comments

  1. huna त नेपाल पनि अरु देस भाडा कम हैन के गरे नेता ले खतम बनाई सके . मलाई पनि lagthiyo नेपाल सुर्जेर्लन भन्दा कम त हुन छैन अरु देस का मानिस नेपालमा आउँन नेपाल मा काम गरेर बिदेसमा रेमिटेन्स नागुना के ग्रर्नु रेखा थापा हैन त ,

  2. बाध्यताले श्रमको पाठ सिक्दैछौँ , चाडै घर फर्केर कामलाई पुज्न सिकौं /

  3. कुरा त ठिक नै गरेका हुन् तर यौटा कुरा किन नगरेको होलान यहाँ कतारीले टोइलेट सफा गर्ने लुना भन्ने अल्कोहल नेपालीहरुले रक्सि मानेर खायको पनि कथा लेख्दिय सबै थाहा हुन्थियोकि दिनभरी गोरुको जस्तो कामगर्छन अनि यस्तो किरा मर्ने औसदी खान्छन नसा लिनलाई देबेन्द्र सर लाई मेरो अनुरोद छ यो बारेमा पनि कलम चलाउनलाई आसा छ हाम्रो संसार मा यो बारेमा तपाई ले लेखनु हुनेछ !

  4. देबेन्द्र सर,
    कतार को यथार्थ प्रस्तुत गर्नु भएकोमा धन्यवाद, Qatar को तिब्र विकास को गति र नेपाल नेताको उधोमति देखेर कतारबासी हामी प्रबासी नेपाली बडो आन्योल मा छों .

  5. राम्रो प्रस्तुति नै भन्छु मा त , खास कतार मा भएर नि मैले यी सबै कुराहरुको महसुस गर्न पाएको छैन

  6. तेजराज जी हजुरसँग छुट्टिएको नि दुई वर्ष बीतेछ कृपया एकचोटी आफ्नो देश फिर्नोहोस ल .

  7. त्याहा बाख्रा हेर्नु कि यहाँ बाख्रा पाल्नु? कता फाईदा हुन्छ

    • जय
      तिमि भेडो बोको र गधा चढ्न लागेछौ

    • राजेश्वरले खासै केही गरेको छैन ………………विचरा राजेश्वर लाई त्यतिकै आरोप लागेको मात्र हो ……………….बरु सुवास ,जय र महेश्वरलेको चाहि गावा काण्ड यहा प्रस्तुत गर्नुपर्ने हो देव सर ले विस्रनु भएछ,,,,,,,,,,,,,,,,

  8. ल:साथीहरु रमाइलो पनि गर्नुहोस आफ्नो स्वास्थको ख्याल पनि गर्नुहोस!खाडी राष्ट्रहरुमा काम गर्न जानु भएका सम्पुर्ण नेपाली दाजुभाई-दिदीबैनीहरुमा नयाँ बर्ष सन:२०११को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना टक्राउन चाहान्छु!

  9. देवेन्द्र दाजुको लेखन सिल्प सिक्न यी लेखहरुले धेरै sahayog गर्नेछन . तेसो त रेगिस्तानको chinari र जीवन bhogaiko सांगोपांगो चित्रण pani यी लेखमा paainchha.

  10. “फुर्सद मिलेमा गाइ, उँट अथवा कुखुराको शिकारमा बार्बिक्यु पकाएर काँचो खान्की खाने होड पनि थियो”
    भनेपछि गाइ को मासु पनि खाइयो? हामि कति चाडै आफ्नो संस्कृति र मान्यता लाइ लात मार्छौ ! कुनै मुसलमान लाइ हजार बर्ष अमेरिका बेलायत बसेपनि सुगुर वा रक्सि खुवाउन असम्भव हुन्छ तर हामि उल्टै आफ्नै परम्परा लाइ लात हान्ने काम लाइ क्रान्तिकारी सोच्छौ !
    आफ्नो देश बाझो छाडेर मरुभूमि मा उट चराउन जादा हामि लाइ गर्व हुन्छ, के गर्नु, अहिले आएर हामि पैसा मा त गरिब भयौ भयौ, संस्कृति मा पनि दरिद्र हुदै गइ रहेछौ ! तेसै भएर विदेश मा पनि हामि लाइ बिदेशी ले राज गर्छ, आफ्नै देश मा पनि हामि लाइ तिनै बिदेशी ले नै राज गर्छ !

    • सुसिला जी तपाइको भनाइ प्रति म थोरै असहमत छु है यसलाई अन्यथा नलिनु होला ,गाईको मासु खादैमा आफ्नो कल्चरलाइ लात हानेको नसम्झी दिनु होला ,किन कि नेपालमा जुन तपाइको जस्तै सोच भएको व्यक्तिहरु बाट बनाइएका जात छन् हाम्रो देसमा जो हुन् सार्की उनिहरुले गोरु गाईको मासु खाने गर्छन ,के उनीहरुले सस्कार बिर्सिएको हुन् त कदापी हैन ,उनि हरु हिन्दु हुन् र नेपाल आमाको सन्तान हुन् ,२१ सताब्दिमा आएर यस्तो कुरा गर्न त्यति राम्रो हुन्न जस्तो लाग्छ ,धर्म ,सस्कार ,रिति रिवाज ,हामीले बनाएको हौ ,र मुस्लिमको कुरा गर्नु भयो ,उनीहरु धर्म प्रति कटिबद्ध छन् भनेर तर उनि हरुको मानसिक स्तरलाइ पनि राम्ररी मुल्यांकन गर्नु जरुरि छ ?

  11. नमस्कार – मा पनि त्यस्तै कथा भित्रको पात्र परे है . कथा उस्तै उस्तै हो सबैको . यो http://www.nrnaksa.org/?p=4233 लिंक मा गएर हेर्नुस यहा बाट पनि केहि बुज्न सकिन्छ यो खाडीको बारेमा .

  12. मरुभूमिको एक दिने मस्ती संगै अरु दिनका सास्ती ( नेपालीले त्यहा भोग्नु परेको
    दुख ) लाइ बुझ्न देबेन्द्र जी मार्फत लेखिएको वहाको किताब ” रेगिस्तान डायरी ”
    पढ्दा थाहा हुन्छ कुन हालतमा बाचिरहन बिबश छन् नेपालीहरु —-
    ” रेगिस्तान डायरी ” का लेखक देबेन्द्र जी लाइ धन्यबाद मरुभूमिमा दुख पाएका
    लाखौ लाख नेपालीहरुको बिबश यथार्थलाइ पुस्तक मार्फत इंगित गराउने कोशिस गर्नु भएकोमा | निरन्तरताको शुभ कामाना |

  13. देवेन्द्रजी
    “फुर्सद मिलेमा गाइ, उँट अथवा कुखुराको शिकारमा बार्बिक्यु पकाएर काँचो खान्की खाने होड पनि थियो”………..माथि को कथामा यो कुरा चाही अलि हजम भएन है….खै हामी पनि विदेशतिरै छौ ,हामीले त कहिले पनि गाईको मासु खाएनौ के रे . …तर जति जे भए पनि गाई को मासु चाही सेवन नगरेकै राम्रो हुन्थियो कि हिन्दु धर्म को इज्जत को लागि ……

  14. साहुको ऋण मात्र सकियोस न यो मरभुमी छोडेर मेरो पियारो देस जान्छु कहिले फेरी फर्केर हेर्दिन

  15. “दोहा शहरबाट झण्डै ५० किलोमिटर दुरीमा पर्ने सामुद्रिक किनारा होमसाइड (उमसइद) पुग्यौं, अघिल्लो शुक्रबार। गुल्मीका तेजराज खनाल र ललितपुरका रामचन्द्र थापाको नेतृत्वमा तीनवटा माइक्रोबसमा तीस जना कतारस्थित हामी लेबरहरु बालुवाको सानोतिनो पहाडमा मस्ती मार्न पुगेका थियौं।”
    “रामरमाइलोकै लागि गुल्मी घर भएका तेजराज खनाल हुन् अथवा ललितपुरका रामचन्द्र थापा- जसोतसो सिसा तान्ने मुकाममा पुगेकै हुन्छन्। त्यसमाथि पदिना, सुन्तला, स्याउ वा सुर्ति सुगन्धको धुँवालाई कसरी, कुन फोहरामा फ्याक्ने? नाकबाट निकाल्ने कि मुखबाट निकालने? अथवा १०, १२ रियाल पर्ने हुक्काको धुँवा सुटुक्कै निल्ने? यी सबै तरतिवहरु चल्ने गर्छन्-यो सिसा मोजमस्तीमा। तर यी सबै उपाय, तकनीकि र प्रतिष्पर्धाहरुमा अग्रगामी रहेछन्- तेजराज। तिनले आफ्ना ठूला नाकका ठूलै पोराबाट यसरी धुँवा बाहिर निकाले कि मानौं- उनको ज्यानमा कतै आगलागी भएको छ।”
    माथिका हरफहरु आफुसंग मेल खाने खालको हुनाले कपी गरेको हुँ! जसले गर्दा ऊहाले हामीसंग कतारमा बिताउनु भएको क्षणहरुलाई माई संसार मार्फत बाडेर बितेका दिनहरुको याद दिलाई दिनु भएको छ, धन्यबाद देवेन्द्र जीलाई!
    बास्तव मा नै खाडी को बसाई एक दिन को छुटी , तेसै को उपयोग गर्न र मन भरि भरियाका पीडा लुकयारा हाँस्नको लागि सबै नेपाली आ-आफ्नै तरिकाले छुटी गुजार्ने योजना बनाउछन! ती नेपाली बिचका हामी पनि हरेक छुटी आफ्नै ढंगले मनाउनको लागि कहिले समुन्द्री किनार,गार्डेन,बालुवाको पहाड,बाख्री, र भेडी गोठ, ऊँट गोठ, मजरा(खेतिपति भयको ठाउँ ) त कहिले घासे मैदान सम्म पुगेर रम्ने कोसिश गर्छौ!
    देवेन्द्र जी ले यहाँ उठाउनु भयको कुरा एउटा लेख मात्र नभयर कतार बासीको वास्तविक दैनिकी हो !
    पुन: धन्यबाद देवेन्द्र जीलाई माई संसार मार्फत हामी कतार बासी नेपालीको वास्तविक इत्तिवृतान्त दुनिया सामु प्रस्तुत गरिदिनु भयकोमा!

  16. साथि हो मेरो पनि कम छैन है यो बिरानो मरु भुमि को कथा
    सुन्छौ भने सुनाउछु म बलुवा सँग मितेरी गासेको कथा छ म सँग, तातो हावाको राप खप्न नसकी छिन्छिन बिहोस् हुने ब्यथा छ म सँग,

  17. नेपामा आएर बिजुली आउने जाने कुनै तुन्गा नहुँदा पारस रुबेल बारे केहि कुरा राख्न पएना गत सनिवार अप्रवासी दिवसको दिन नया बानेश्वोर मा जम्मा भएका अप्रवासी मित्र हरुको कुरा सुन्दा रमाइलो लाग्यो हुनत दुवै जना ययूतई द्याँग्का मुला हुन् दुवै जनालाई एक एक दिन गरेर तुरिखेलमा राखेर सह सुल्क १०० रुपया को टिकट राखेर मुखमा थुक्ने हो भने कसलाई बादी ठुक्ठे होलान भन्दा उनीहरु लै स्वागत गर्ने भिड भन्दा बडी जनताको सहभागिता हुन्थ्यो भन्ने कुरा हरु भए

  18. रेखा मरुभूमिको घाम ले अलि काली भै छन् ,धेरै काली भयेउ भने नेता हरु सग नाच्न पाइन्न है होस् गरे |

  19. रेखा दिदि लाई त कति नराम्रो देकेको मके up ले पो रहेछ राम्रो देकिनी त ….हेरोइन हरु त सबै येस्तई हुने हो वनेता फुर्ति लाउनु पर्दैन मै राम्री छु ..वनेर …

  20. दुख लाई पनि सुख मानेर भोलि को उज्ज्वल भबिस्य को परिकल्पना गर्दै बिदेशी मरुभुमि मा रमाउनु भएका नेपाली दाजु भाई हरु लाई नमस्कार छ / देश को स्थिति सुधार हुदै गएमा एक न एक दिन हामी सबै हाम्रै देश नेपाल मा रमाउने छौ / आशा गरौ त्यो दिन छिट्टै आवोस् /

  21. कहिलेकाही कतारभूमीमा आउने नेपाली नायिका/गायिकाहरु (नायक/गायकको त्यति महत्व हुन्न) सँग (गर्नेलाई भन्दा देख्नेलाई लाज) हुने गरी फोटो(सेसन गर्नु(गराउनुमा पनि अर्कै आनन्द रहेछ। गोर्खाका राजेश्वर ढकाल अथवा गोर्खालीबाबुसग यस्तै थामिनसक्नुको बिशेषता लुकेको रहेछ ……यो चाहि अलि बढि नै भयो की सर ………जे होस कतारको रमाईला पलहरुलाई फेरी स्मरण गराउनु भएकोमा मुरी मुरी धन्यवाद हजुरलाई ।

    • सत्य सत्य नै हुन्छ Rajeshowar भाई,बढी र घटी को मुल्यांकन त पाठक ले गर्ने होनी! वास्तविकता त फोटो बाट नै प्रस्ट हुन्छ! फोटो नै बोलिरहेको छ लेखिरहनु पर्दैन होला कि कसो भाई !!!!!

    • त्यसमा पनि शुक्रबारे छुट्टीमा मस्तराम बनेर हिंडनेहरु थुप्रै भेटिन्छन् यो शहरमा। कहिलेकाही कतारभूमीमा आउने नेपाली नायिका/गायिकाहरु (नायक/गायकको त्यति महत्व हुन्न) सँग (गर्नेलाई भन्दा देख्नेलाई लाज) हुने गरी फोटो(सेसन गर्नु(गराउनुमा पनि अर्कै आनन्द रहेछ। गोर्खाका राजेश्वर ढकाल अथवा गोर्खालीबाबुसग यस्तै थामिनसक्नुको बिशेषता लुकेको रहेछ। न पत्याए यो लिंक मा एक पटक किल्क गरेर हेर्नु त १०१ फोटो हरु छ http://babugorkhali.wordpress.com/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%81/

      • महेश्वर जी यो िलंकमा भएको तस्वीरमा नायिकाहरु भन्दा नायकहरुसंग नै बढि छन । अनि नायिकाहरुसंग पनि देख्नै नहुने गरी फोटो छ जस्तो मलाई लाग्दैन………….तस्वीर हेदामा नै थाहा हुन्छ……..१०१ छन कि के छन । त्यसैले बढि हाईलाइट गरिराख्नु पर्ने जस्तो लाग्दैन

  22. मेरो बेथा पनि कम छैन हो मित्र हो येसो बिरानो मरु भुमि मा
    सुन्छौ भने सुनाउछु म बलुवा सँग मितेरी गासेको कथा छ म सँग, तातो हावाको राप खप्न नसकी छिन्छिन बिहोस् हुने ब्यथा छ म सँग, सुनौलो भबिस्य खोज्दै मरुभुमिमा रुमलिएको कथा छ म सँग, याद आउछ आफ्नो जन्मा भुमीको पल्पल तड्पिएको ब्यथा छ म सँग, पराइको बात र घात पाउदा सयौ chot सहे को याद तिता मिठा याद हरु छ मा संघ
    शेर बहादुर कार्की रामेछाप भीरपानी ३ नेपाल
    हाल मरुभूमि कुबेत

  23. केहि सब्द गल्ति भए को मा छेमा प्राथी छु रब जी अनि मित्र संझाली को बारेमा सब्द गए को मा

  24. साथि हो मेरो पनि कम छैन है यो बिरानो मरु भुमि को कथा
    सुन्छौ भने सुनाउछु म बलुवा सँग मितेरी गासेको कथा छ म सँग, तातो हावाको राप खप्न नसकी छिन्छिन बिहोस् हुने ब्यथा छ म सँग, सुनौलो भबिस्य खोज्दै मरुभुमिमा रुमलिएको कथा छ म सँग, याद आउछ आफ्नो जन्मा भुमीको पल्पल तड्पिएको ब्यथा छ म सँग, पराइको बात र घात पाउदा सयौ चो धन्ये बाद् पत्रकार साथी आर् बी यो न्युज को लागि
    जुन बिबाद मा पर्नु भएका छन् हाम्रा मित्र स्यान्जाली अहीले पत्रकार साथि
    शेर बहादुर कार्की रामेछाप भीरपानी ३ नेपाल
    हाल मरु भुमि कुबेत

  25. मरुभूमीको भ्रमण रिपोर्ट र फोटोहरुको लागि देबेन्द्र भट्टराईजी लाई मुरी मुरी धन्यबाद /

  26. राम्रो प्रस्तुति नै भन्छु मा त , खास कतार मा भएर नि मैले यी सबै कुराहरुको महसुस गर्न पाएको छैन

  27. देबेन्द्र जी को लेख त रमाइलो नै हुने गर्छ तर आज भने कतै अधुरो अपुरो पो हो कि जस्तो पो लग्यो ……

  28. उल्लेख गरियका घटना र पात्रहरु नेपाल कै ठाउँ मा भै दियको भय लेख पढ्न मा क्या मज्जा आऊने थियो तर खै……

  29. कतार भन्दा छ्या कतार पो रहेछ बन्ने हरुलाई गतिलो उदाहरण भयो
    खुसि लागो thank u देबेन्द्र जी

Comments are closed.