डाबरको न्युज लेख्‍न किन डराएका पत्रिका?

  • सोमबार दिउँसो अख्तियारले डाबरको गोदाममा छापा मारेर अगाडिको मिति राखेर प्याकिङ गर्दै गरेका ७४ हजार कार्टुन रियल जुसलाई सिल गर्‍यो।

डाबरको पक्ष वा विपक्षको कुरा हैन, सीधा हेर्ने हो भने यो घटना समाचार हो। एउटा संवैधानिक निकायले एउटा बहुराष्ट्रिय कम्पनीको गोदाममा गएर हजारौँ प्याक जुसलाई सिल गर्छ भने त्यो समाचार हुँदैन भनेर कसले भन्न सक्छ ? तर पत्याउनुस्! आज बिहान केही पत्रिकाले यो सम्बन्धी समाचार एक अक्षर पनि लेखेनन्।

रियल कान्डलाई उछाल्दै आएका नयाँ पत्रिकाकान्तिपुरले यसलाई पहिलो पेजमा प्राथमिकताका साथ छापे। यो मामिलामा परै बसेको नागरिकरिपब्लिकाले भित्री पेजमा यो समाचार छाप्यो। अन्नपूर्ण पोस्टले पनि एक कोलम कै सही, घटनालाई ‘कभर’ गर्‍यो। तर नेपाल समाचारपत्र, दि हिमालयन टाइम्स,  गोरखापत्र राइजिङ नेपालले यसलाई समाचार ठानेनन्। अझ  आर्थिक दैनिक बताउने दुई पत्रिका अभियानकारोबारसमेत यति ठूलो आर्थिक समाचारमा चूप रहे। के उनीहरुले समाचार थाहा नपाएर नलेखेका हुन् त ? हैनन्, यो त कर्पोरेट पत्रकारिताको कालो रुपको एउटा सानो उदाहरण मात्र हो। यो विज्ञापनमा असर पर्ने डरले मिडियाले आफैलाई सेन्सर गर्ने अथवा सोझो भाषामा विज्ञापनदाताको चाकडी गर्ने एउटा प्रवृत्तिको उदाहरण हो।


पत्रकारिताका विद्वान डेनिस म्याक्वेलले लेखेको मास कम्युनिकेसन थेउरी शीर्षकको एउटा रातो कभर भएको पुस्तक, जसलाई पत्रकारहरु ‘पत्रकारिताको वेद’ मान्छन्, त्यसमा एक ठाउँमा ज्यादै सहज र सरल भाषामा तीतो सत्य उजागर गरिएको छ- पहिलेका दिनमा शक्तिको केन्द्रमा रहने शासकहरुले आफ्नो स्वार्थविपरीतका समाचार छाप्न प्रतिबन्ध लगाउँथे, अहिले त्यो स्थान पैसाको शक्ति भएका कर्पोरेट मालिकहरुले लिएका छन्। उनीहरुले विज्ञापन नदिने डर देखाएर पत्रकारितालाई आफ्नो मुठ्ठीमा राख्‍छन्। यो कारणले पत्रकारिता गल्ती गरेमा सजग गराउने भुक्ने कुकुर (वाचडग) हैन, कर्पोरेट मालिकहरुले पुल्पुल्याएर पाल्ने काखे कुकुर (ल्यापडग) हुन पुग्छन्।

विश्वभर कै  पत्रकारितामा यस्तो हुन्छ।  नेपाल त्यसको अपवाद हुने त कुरै भएन। गहिरिएर हेर्ने हो भने यस्ता थुप्रै उदाहरण तपाईँ देख्‍नसक्नुहुन्छ। रियल जुसको मात्र कुरा हैन, चौधरी ग्रुपको उत्पादन एउटा ब्रान्डको तेल अशुद्ध भएको भन्दै सरकारी निकाय गुणस्तर विभागले मुद्दा दर्ता गरेको समाचार छाप्ने हिम्मत केही पत्रिकाले देखाएनन्। कारण उही हो- विज्ञापन। यसमा पनि दुई किसिमको दबाब हुन्छ। एउटा विज्ञापनदाता आफैले दिने प्रत्यक्ष दबाब। अर्को, विज्ञापनदाता रिसाउलान् कि भनेर आफैले आफैलाई सेन्सर गर्ने अथवा चाकडी गर्ने।

डाबर नेपाली विज्ञापन बजारको एउटा प्रमुख कम्पनी हो। डाबर कै विज्ञापनका नआएका कारण ‘कान्तिपुर’ र ‘नयाँ पत्रिका’ले आफ्नो उत्पादनविरुद्ध ‘हेट क्याम्पेन’ चलाएको आरोप डाबरले लगाउँछ। यहाँ बहस डाबर ठीक हो कि हैन, भन्ने विषयमा गर्न खोजिएको हैन। बहस समाचारको विषय समाचार नबनी कसरी लुक्यो/लुकाइयो भन्नेमा हो। घटनाक्रम हेर्दा लाग्छ, यसमा डाबरको दबाबको अंशभन्दा पनि चाकडी गरेर वा विज्ञापन नआउला भन्ने डरले सत्य लुकाइएको अंश बढी छ।

नेपाल कै पत्रकारितामात्र यस्तो, हाम्रै पत्रकारहरु मात्र खत्तम भनेर गाली गर्नुअघि केही उदाहरण पनि हेरौँ, जसले तपाईँलाई कर्पोरेट पत्रकारिताको कालो पक्षको केही झलक दिनेछ।

  • सन् १९५० देखि १९६९ का बीचमा टाइम, युएस न्युजन्युजविकमा २१० वटा चुरोट र तम्बाखुसम्बन्धी लेख छापिए। ती मध्ये अधिकांश धूमपानले स्वास्थ्यमा पार्ने खराब असरबारे थियो। सन् १९७१ मा टेलिभिजनमा चुरोटको विज्ञापन दिन नपाइने कानुन अमेरिकामा लागू गरियो। त्यसपछि विज्ञापन पत्रिकामा ओइरिन थाल्यो। अब कमाल हेर्नुस्- सन् १९७० देखि १९८६ सम्म त्यही पत्रिकाहरुमा चुरोट र तम्बाखुसँग सम्बन्धित ६४ वटा मात्रै लेख छापियो जसमध्ये अधिकांश राजनीति र व्यापारको विषयमा थिए। यी प्रमुख तीन अमेरिकी मिडियामा धूमपानले स्वास्थ्यमा असर पार्ने सम्बन्धी समाचार त आएनन् आएनन्, क्यान्सर र मुटुको रोगका अधिकांश आर्टिकलमा पनि यसको कारण धूमपान पनि हो भनेर समेत लेखेनन् उनीहरुले।
  • अमेरिकाका महिला म्यागेजिनमा फोक्सोको क्यान्सरको एउटा मुख्य कारण धूमपान हो भन्ने कुरा प्राथमिकताका साथ कहिल्यै छापिएन। किनभने त्यस्ता म्यागेजिनमा चुरोट खाने महिला स्वतन्त्र, आकर्षक, साहसीका रुपमा चुरोट कम्पनीका विज्ञापन छापिन्थ्यो।
  • नोभेम्बर १९८३ मा न्युजविकले १६ पेजको स्वास्थ्य विशेषांक छाप्यो। त्यसको स्रोत अमेरिकी मेडिकल एसोसिएसन थियो। एसोसिएसनको मूल प्रतिमा धूमपानको लतबारे पनि सामाग्री भए पनि न्युजविकले धूमपानसँग सम्बन्धित केही पनि छापेन। किनभने त्यही अंकमा १२ पेजको चुरोटको फूल पेज विज्ञापन थियो।
  • शिकागो टाइम्सका स्तम्भ लेखक रबर्ट फेडरका अनुसार सन् १९९६ मा त्यहाँको डब्ल्युएलएस टिभीले फोर्डका गाडीमा आगलागीको जोखिमबारे एउटा समाचारको हत्या गरे, किनभने त्यो कम्पनीले त्यहाँ विज्ञापन धेरै दिइरहेको थियो।
  • ६० वर्षअघि नै रिपोर्टर तथा प्रेस समीक्षक जर्ज सेल्डेसले फ्रीडम अफ द प्रेसमा यस्तो लेखेका थिए- अमेरिकामा सरकार हैन, विज्ञापनदाताहरु मुख्य समाचार सेन्सरकर्ता हुन्। विज्ञापनदाताहरुले दबाब दिए समाचारको हत्या गर्ने वा अंगभंग गर्ने मात्र गर्दैनन्, उनीहरुको सम्पति बचाउ गर्ने तर्फ पनि केन्द्रित हुन्छन्।
  • एउटा अर्को रमाइलो प्रसंग सुन्नुस्- The Center for the Study of Commercialism ले सन् १९९२ को मार्च ११ तारिखका दिन वासिङटन डीसीमा आफ्नो अनुसन्धानको नतिजा सार्वजनिक गर्न २०० मिडियालाई निमन्त्रणा पठाएको थियो। तर एउटा पनि रेडियो र टेलिभिजन स्टेसनले रिपोर्टर पठाएनन्। जम्मा दुई वटा पत्रिकाका रिपोर्टर आए- वासिङटन पोस्टवासिङटन टाइम्स। पोस्टले समाचारै छापेन, टाइम्सले छाप्न त छाप्यो तर अध्ययनमा सामेल विज्ञापनदाताहरुको नामै हटाइदियो। समाचारलाई विज्ञापनदाताहरुले कसरी प्रभावमा पार्छन् र दबाउँछन् भन्ने स्पष्ट पार्न गरिएको पत्रकार सम्मेलन यही सम्मेलन कै क्रममा प्रमाणित भइदियो।

यस्ता उदाहरण धेरै छन्। हाम्रै छिमेकी देश भारतमा अहिले मच्चिरहेको राडिया टेप टु जी कान्डलाई हेर्नुस्। हेर्नुस् त- वीर सांघवी, बर्खा दत्ता जस्ता नाम चलेका पत्रकारहरु कसरी कर्पोरेट दलाल बनेका रहेछन्। एउटा टेपमा त अम्बानीको पहिले नै के बोल्ने के सोध्ने तयार पारिएको अन्तर्वार्ता लिने तयारीको बारेमा यी पत्रकारहरु कुरा गरिरहेको सुन्न सकिन्छ। भनेपछि अन्तर्वार्ताको नाममा दर्शक ठग्ने काम हैन त यो ?

जब मिडिया नाफामुखी हुन्छ, तब उसलाई नाफा कमाउनै पर्छ। अनि त्यसका लागि विज्ञापन आवश्यक हुन्छ। जब विज्ञापन राखिन्छ, तब उसमा विज्ञापनदाताका अनेक थरिका दबाब जोडिन्छन्। अनि कसरी हुन्छ स्वतन्त्र पत्रकारिता ? अनि हुन्छ मिडिया सबैलाई सजग बनाउने जिम्मेवारीबाट टाढिएर मात्र मनोरञ्जनको साधन। पत्रकारिताका पण्डितहरु त्यही भएर बहसमा लागिरहेका छन् यो समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर। वैकल्पिक पत्रकारिताको सोच त्यसैबाट जन्मिएको हो।

आज डाबरको न्युज छाप्न डराएका पत्रिकाहरुले एक पटक सोच्नुपर्ने हो- के उनीहरुले समाचार छाप्न रोक्दैमा त्यो समाचार रोकिन्छ ? अहिलेको जमाना पहिलेको जस्तो छैन र सूचनाका धेरै माध्यम छन्। एउटा माध्यमबाट रोक्न खोजे पनि अर्को माध्यमबाट त्यो प्रवाहित भइ नै हाल्छ। यो समाचार रोकेर ती पत्रिकाहरु कर्पोरेट मालिकहरुका नजरमा इमान्दार भक्त भए होलान्, तर आम पाठकका नजरमा ? यो प्रश्नको जवाफ दिने स्वतन्त्रता तपाईँ पाठकहरुमा नै।

53 Comments

    • रीतिका जी
      धेरै धेरै धन्यबाद/ आर्टिकल पढियो/ तेस्मा लेखिएको कुराले “बिज्ञापन र समाचार’ लाई भारतीय दुतावासले विनिमयको माध्यम बनाएर नेपाली जनतालाई अँध्यारोमा राख्ने कु कार्य गर्दै आएको प्रमाणित भएको छ/

      कातिपुर भारतीय लगानीमा प्रकाशित हुने भन्दै भारतीय हित हुने समाचार मात्रै छाप्न भारतले दवाव र धम्कि अनि विज्ञापनको प्रलोभन दिंदै आएको भारतीय संचार माध्यम ले नै यसरि महसुस गर्दा पनि त्यो लेख्मै उल्लेख भए अनुशार भारतले धानी आएको माधव को पद लाएय्य समेत हतियार बनाएर नेपालको संचारलाई प्रभावित गर्दै आएको पनि दिखियो/ घिन लाग्दो रहेछ सुद प्रबिती त्/

      यी कुराहरु बाहेक हामीले धायं दिनु पर्ने कुराहरु अरु पनि छन्/ डावर मुलत आयुर्वेदिक औषधि निर्माता हुन् र त्यो नेपालको जडी बुतिमा धेरैनै निर्भर छन्/ डावर कम्पनिलाई नभई नहुने नेपालको जडी बुटीहरु नेपालको सरकारले निर्यात गर्नमा रोक लगाएको कारण नै डावर र नेपालमा आफ्नो उद्द्योग खोल्न आएको हो भन्ने कुरा हामीले बुझ्नु पर्छ/ सावर कम्पनि नेअप्ला रिअल जुस बनाउन र नेपालमा नेपाली लाई रोजगार दिन आएको भन्दाभारतमा निय्रायत गर्न नपाईने नेपालको जडी बुटी संकलन गर्न मात्रै कम्पनि स्थापना गर्न आएको हो भनि आसंका गर्न सकिन्छ/

      अर्को कुरा कान्तिपुर भारतीय लगानीको पत्रिका भएको र संचारमा बिदेसी लगानी को प्रभाव हुनुमा देस भित्र ठुलो आलोचना भईरहेको छ/ तेस माथि बिगतमा कान्तिपुर माथि भारत परस्त भएको आरोप पनि छ/ यसकारण कान्तिपुर प्रकाशन भारतले आस गरे जस्तो नेपालमा जम्न सकिरहेको थिएँन/

      त्यो भारत हो मित्र उ संसारको सबै भन्दा ठुलो बिस्तार बादी मुलुक बेलायतको धर्म पुत्र पनि हो/ भारत चाणक्य जस्तो कुटनैतिक धुर्त को जन्म भुमि पनि हो/ कान्तिपुरलाई अहिले भारतले जसरि भारत बिरुद्ध भएको कुराहरु स्थापना गर्न खोज्दै छन् र कानितुरले पनि जसरि भारतको अहित हुने झिना मसिना कुराहरु छ्प्दै छन् ती सबै कुरा एउटा नौटंकी पनि हुन् सक्छ/ सानो झिनो मसिनो भारत बिरूद्को समाचार छापेर भारत रिसाएको देखाएर कान्तिपुरले नेपाली जनमानस मा आफ्नो नकली रुप प्रतिस्थापन गर्न खोजेको पनि हुन् सक्छ/ तपाईंले माथि देखाउनु भएको आर्टिकलमा कान्तिपुर र भारतीय राजदुतको बीच भएको कुराकानी र सहमति आदिले ई कुराहरु संकेत गर्छ/

      डावर जस्तो कम्पनीले जुस उत्पादन जस्तो झुसे काममा लापरबाही गरेर आफ्नो समस्त उत्पादनमा प्रतिकुल प्रभाव पार्ने काम किन कसरि हुन् पुगे? कारण स्पस्ट छ त्यो कम्पनि जुस उत्पादन गर्ने कम्पनि भन्दा आयुर्वेदिक औषधी उत्पादन गर्ने कम्पनि हो र त्यो नेपालमा प्रतिस्थापन गरिनु को पछाडी झुसे-जुस उत्पादन गर्न होईन जडी बुटी संकलन गर्न होईन भन्न सकिंदैन/ जुस उत्पादन त् उसको देखाउने दांत मात्रै हुन् सक्छ है/

  1. डाबरको रियल जुसको बारेमा अहिले भई रहेको बहस पनि मलाई बेकार जस्तो लागेको छ । हामी नेपालीले कुन समानको मिति हेरेर प्रयोग गरेका छौ र न खाने कुरा न लाउने कुरा सरकारले अनुगमन गर्छ कता गर्छ गर्छ । ज्याकेट जुत्ता आदी किन्दा पुरानो भएर ड्यामेज भको पाईन्छ अधिकांस खानेकुरमा मिति नै हुदैन भए पनि त्यस्को कुनै अथै नै छैन । यो देशमा जव सम्म दुरदर्शि मानिस सत्तामा पुग्दैन यस्तो बशस गर्नु बेकार छ यो पनि हात्ति आयो हात्ति आयो फुस्सा भनेझै नै हुन्छ । पारस पक्राउ भएको घटना जस्तो ।

  2. नेपाल र नेपाली को लागि एस्तो कुरा सानो भैसके , आफै आका ले र आफै कान ले सुनेको एउटा कुरा भन्दा कुनै कम्पनी को बधाई नसोचौ , तर करिब ३-४ महिना आघि चितवन मिलक नेपाल कै सब भन्दा ठुलो दुध बनाउने गैरसरकारी कम्पनि को घ्यु को कुअलिटी राम्रो छैन. के छ के छैन भन्ने छापिएको थियो. म त्यो दिन कम्पनी मा एस्तो खबर कसरि छापियो किन छापियो भनेर तहल्का मच्चियो साना जागिर खाने हरु लै बाहिर जे पायो भयो भनेर कारवाही गर्न खोजियो. अनि पत्रिका संग पनि कुरा गरियो कसले भन्यो समाचार को प्रमाण भेनेर तर कोइ संग कुनै प्रमाण छैन.
    पछि पत्रिका का कर्मचारी ले भने हामी लै बिज्ञापन नदिएर अर्को पत्रिका लाई मात्र दिने एस्तो आरु नि समाचार आउछा.त्यो घ्योउ मा केहि खराबी त्य्ह्यो वा ठेइना मलाई थाहा छैन तर आफु संग केही नभई कन आरु लाई खराब देखाएर बिज्ञापन दिने भए दे नत्र तेरो नराम्रो छापछु भन्नु ……………….आनी जसले बिज्ञापन बढी दिन्छ ……. त्यो मा बिक्नु त नेपाली पत्रिका को स्वबिमन भै सक्यो

  3. हाम्रो देशमा खास भन्ने हो भने नेता देखि पत्रकार देखि सबै माथिल्लो तहमा बस्ने सरकारी कर्मचारी अनि ठुला उद्योग पत्तिहरु सबै एउटै ढ्यांगका मुला जस्तै चोरहरु हुन सबै पैसाको पछी परेको कारण पत्रकारले यो समाचार नलेखेको हो यस्तै बानीले गर्दा त पत्रकारले कुटाई पनि खाइनछ तेसैले म पत्रकार साथीभाइहरुलाई आग्रह गर्न चाहान्छु समाचार भनेको कहिले पनि पक्छ्य र बिपक्छ्या हुदैन जो सहि छ त्यो जन्ताको माज लानै पर्छा

  4. अरु त अरु यो गोरखापत्र भनाउदो लाई के को डर नि, यसलाई त सरकारले पैसा पेलिहाल्छ नि | कि इन्डियन कम्पनी भएर हो ?

    • सर, सरकार ले पेलेर के गर्नु सरकार लाइ चाहि भारत ले नै पेल्छ नि त!! खै कुरा बुझ्या…. डाबर इन्डियन कम्पनी त हो नि!!

  5. सर्वप्रथम त सालोक्यज्यूलाई अरू देशमा पनि भएका घटनाको विवरण दिनुभएकोमा धन्यवाद। विज्ञापन पत्रिकाको मेरुदण्ड हुन् र त्यसले प्रत्यक्ष अप्रत्यक्ष समाचार प्रवाहमा असर गर्छ नै। मिडिया हाउसलाई विज्ञापन आएन भने नेपाली पत्रकारहरू भोकभोकै पर्ने कुरा सर्वविदितै छ। यहाँ महत्वपूर्ण कुरा के हो भने हामी सबैजना किन नेता र सरकारको पछि लागिरहेका छौं भन्ने म बुझ्न सक्दिनँ जबकी हामी सबैलाई थाहा छ यिनीहरूले केही गर्नेवाला छैनन्। डाबरकै ‘केस’मा केही लेख्न मन लाग्यो: डाबरको बारेमा यो भन्दा पहिलानै धेरै समाचार आएका हुन्। यहाँहरूलाई याद होला डाबरको रिएल जुसमा लेदो भेटिएको समाचार बाहिर आएपछि नेपालका महानायक राजेश हमालले त्यही रियल जुसको विज्ञापन खेलेका छन्। आफूलाई नेपालको महानायक भनेर चिनाउने उनको नेपाली जनताप्रति केही उत्तरदायित्व थियो कि थिएन? सरकार र नेता त गोबर गणेश भए तर हामी पनि किन उनीहरूकै बाटोमा लागेका छौं? तपाईंहरूले काठमाडौं महानगरपालिकाका सडक बढार्ने कर्मचारीले विहानै सडक बढारेपछि हाम्रा साना साना किराना पसलेहरू त्यही भर्खर बढारेको सडकमा आफ्नो कोठाको फोहोर फालेर दङ्ग पर्छन् कि पर्दैनन्? यो दोष कस्को? सरकारको? के अब सरकारले सबैलाई गोली ठोक्दै हिंड्ने? नियम बनाए पछि त्यसको पालना गर्न सरकार मात्र नभएर हामी जनता पनि उत्तिकै सचेत हुनुपर्ने होइन र? जब डाबरको जूसमा लेदो र किरा भेटियो भन्ने समाचार आयो त्यसपछि जनताले त्यसको जूस बहिष्कार गरेको भए आजको दिन आउँथ्यो होला र? त्यसैले जबसम्म जनतामा यस्ता कुराको चेतना हुँदैन तबसम्म यहाँ जोकसैको सरकार वा जेसुकै व्यवस्था आओस् केही फरक पर्नेवाला छैन।

  6. सबै पैसाको खेल हो साथि हो पैसा को लागि नेपाल मा जे पनि गर्छन / पैसामा चल्ने पत्रिका अनि पत्रकार अब डाबर को कर्तुत पत्रिका मा छाप्यो भने त बिज्ञापन कहाबाट आउँछ त थाहा पाएर पनि थाहा नपाएको जस्तो त गर्ने पर्यो नि त हौ /
    तर पत्रिकाले लुकाएर के गर्नु त हामि जसरि भए पनि हामी थाहा पाइहालिन्छ नि हैन त ?

  7. पक्ष विपक्ष भन्दा पनि ३ करोड नेपाली को स्वस्थ मा गम्भीर असर पर्ने गरी डाबर नेपाल ले नक्कली मिती राखी जुस बजार मा बिक्रि वितरण गरेको कारण ले अख्तियार ले सिल गरेको कुरा लाई समाचार नबनाउनु भनेको राष्ट्र र नेपाली जनता प्रति को धोका हो. यी पत्रिका हरुको अनुमति पत्र खारेज गर्नु पर्ने हो तर के गंरे मित्र हरु बिज्ञापन बिना पत्रिका चल्दैन अनि डाबर नेपाल को नराम्रो समाचार छापे पछि बिज्ञापन पाइदैन भनेर हो . ठिकै छ नी आज को जमाना मा समाचार प्राप्त गर्ने मध्येम धेरै छन् . र यौटा कुरा भन्न मन लग्यो …… हामी विदेश मा हुने नेपाली लाई जस्तै नेपाल मा रहेको सबै नेपाली को मन मस्तिस्क मा रास्त्रियता र देश भक्ति को भावना सरिर को नशा नशा मा र रगत को कण कण मा हुने हो भने नेपाल को विकास हुन गारो हुने थिएन की ??? मेरो देश लाई बचाइदेउ पशुपति नाथ मा तिम्रो सरन मा आए नेता हरु लाई सद बुद्दी देउ …….. जय मातृभूमि

  8. ‘नेपाली सुन्दरी’हरूमा प्रशस्त लगानी गरिरहेको यो भारतीय कम्पनी बारम्बार किन विवादमा आउँछ ? दालमा कालो भएको हो कि दालै कालो भएर हो ?

  9. ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌…………यसै कारण त राम्रो बिज्ञापन गरे पनि ति पत्रिकाहरु राम्ररी चलेका छैनन भनौ पाठक द्वारा रुचाइका छैनन ।
    अब यसरी सौचो न
    “फिज नआउने साबुनको जतिनै राम्रो बिज्ञापन गरे पनि कस्ले किन्ने।”

  10. सालोक्य जी ले भन्नु भएका अखवारहरु दूतावासले गर्ने रियल जूस घटनाको खण्डन छाप्न पर्खेर बसेका होलान जस्तो लाग्छ | नूनको सोझो हुने पर्यो नि हैन?

  11. न मरिजानु, न गरिखानु /घांटी हेरेर हाड निल्नु

  12. डाबर बाट बिज्ञा पन आउ दैन भनेर हो. यी ठुला भनाउदा पत्रिकाहरु पनि र त्येसका पत्रकार हरु कलाकार हरु जस्तै पैसाको प्रभामा परेका हुन. यो कुनै नौलो कुरा होएन . माइ सनासरको लागि धरै धन्यबाद .यसरि नै यिनीहरु को पर्दा फास गर्दै जानु पर्छा …………

  13. गरिब पत्रकारलाई धनि कम्पनीले किनेदियापछी केको सहिसमाचार लेख्छंर कोहि पत्रकर्ता चोरी छन् तर योकुरो स्वच्छा पत्र कारको सन्दर्भमा लेखेकोचाही हैन झो नैतिकहीन र पैसामा बिक्छन

  14. “नेता खोज्दैमा कतै मेरो देसनै हराउने त् होईन डर लाग्यो”

    आज पत्रकार-पार्टीहरुको यस्तो चाला देख्दा बिरक्त लाग्यो
    नराम्रो महेन्द्रको “म मरे पनि..” गितनै राम्रो लाग्न थाल्यो/
    पत्रकार अधिबक्ता बन्न थाले, खाम दिनेकै कुरा लेख्न थाले
    पार्टी हाम्रो भएनन् पारिका भई दिए, मेरो नेताहरु कता गए?

    यस्तै हुने थियो भनेर कुरा सम्झाएको नसम्झेर दुख पाए/
    भोट दिंदा दिंदा थाकी सके, मेरो प्यारो नेता कहिले जितेनन
    चुन्नै नपर्ने र हार्नेले नै राज चलाउने हो त् राजा किन फालियो?
    अन्तरात्माले बारम्बार यहि प्रश्न गरेर मलाई नाजवाफ बनाए/

    राणाहरु कुजात थिए भनियो, मैले बिस्वास गरे, राना फालें
    तर नकली राणाहरु रानाको दरवारमा अर्को राना बनेर बसे/
    पन्चे ४ बर्न छतीस जात पिस्ने हुन् भने, पन्चेलाई पनि लगारें
    तर ईनिहरु प्रपंचे भई गए, पन्चे भन्दा प्रपंचे झनै खराव पाए/

    “म मरे पनि मेरो देस बाँची रहोस” भन्ने सबै तुहुरा भई गए
    नेपाल आमाको न्यानो काख आज अनाठालय जस्तै भई गए/
    साम्राज्यबादी ब्रिटिशलाई लखेट्ने नेपाली आफ्नै देसमा लखेटिए
    नेता खोज्दैमा कतै मेरो देसनै हराउने त् होईन डर लाग्यो/

    हिजो अस्ति खुबी कुर्लन्थे तर हिजो आज थर थर काम्दैछु
    बिस्वले बिर भनिएको गोर्खालीको सन्तान आज कातर भये छुँ/
    पराई भई दिएको भए काटी फाल्न मेरो खुकुरी अझै धारिलो छ
    तर आफ्नै बन्धु बेईमान, अब कलाई कातुं उस्लाए कि आफैलाई/

  15. हामी सबै मिलेर यो रियल जुस लाइ बहिस्कार गरौ है साथी हो. आफ्ना साथिभाइ, आफन्त लाई रियल जुस नपिउन आग्रह गरौ…………….

  16. Real juice को कम्पनि डाबर नेपाल लाई उपभोक्ताको स्वास्थेमथी खेलवाड गरेको आरोपमा कडाभन्दा कडा कारबाही गरि एस्को उत्पादन बहिस्कार गर्न सबै उपभोक्ता सजग हुनुपर्छ!

  17. पैसा को लागि मातृभूमि बेच्ने दलाल भएको ठाउमा यो त सामान्य कुरा भयो/

  18. त्येही भएर पर्त्रकार लाइ भौतिक कारबाही गरेको / पैसाखान पाएपो पत्रिकामा समचार आउथ्यो/ सत्य तथ्य समचार हैन पैसाको लागि सत्य लाइ पनि असत्य लेख्ने यस्तो पत्रकारलाई भौतिक कारबाही गर्दा हामिजनता बात नैतिक समर्थन छैन /

  19. मन्त्रिहरुलाइ डोनेशन र पत्र-पत्रिकाहरुलाइ बिज्ञापन दीयको बदला ली राखेका छन् इकम्पनीहरुले/ Actually what ever is happening in our our county is good, we let these bastards to do so , these so called politicians- they are busy on their personal issues. I am a father of a son, but I pray with the god that sons and daughters of these politicians, corrupted police and all the criminals associated to these kinds of fraud should die in front of them and with there own ignorance(drugs, expired food, etc. etc) Then they (criminals) will understand how we feel, what was happening inside us. when our loved ones are in trouble or dead due to them or their carelessness or ignorance.

  20. ताला लगाएको होइन अख्तियारको भाग बन्डा नमिलेको हो !पत्रिकामा न आउनु को कारण पैसाले मुख बुझो लाईदिएको हो ! ख्योत कुरो बुझेको दोस्त ?????

  21. हावाको जुस सब जनताले खानु हुदेइना अनि लगेर इंडिया तिर बेचोस
    पत्रकार पनि हावाको पत्रकारहरु

  22. पहिला त निकै राम्रो आर्टिकल को लागि धन्यबाद !!! येस कुरामा पत्रिका हरुको साथ साथै सरकारी निकाय को पनि ध्यान नगएको देख्दा दू:ख लाग्छ. खाध्य पदार्थहरुको जाच गर्ने निकायको तेस बारेमा ध्यान गएको खोइ?? तिनी हरुले के को आधारमा जागिर खाएको होलान?? तेत्रो धेरै समाचार च्यानलहरुले पनि केहि लछारपाटो लगायेनाछान.
    “product liability” (प्रोडक्ट मा damage or defect) bhaneko strict libiality हुन्छ र अन्जान मा गरेको भुलको पनि सजाय हुन्छ. सरसर्ती हेर्दा डाबरको सामानमा धेरै त्रुटी हरु फेला परेको प्रमाणहरु जुटाउन सकिने जस्तो छ. आशा गरौ डाबर लै अदालत सम्म पुर्याइन्छ अनि न्यापूर्ण फैसला गरिन्छ.

  23. Luna जी तपाई को कमेन्ट अलि मलाई कस्तो कस्तो लग्यो किन हामी सधै सरकार सरकार भन्छौ/ अहिले को नेपाल को राजनीति अस्थिरता को जिम्वेवार एक किसिम ले हामी नेपाली जनता नै होउ किन भने हामी आफ्नो पार्टी को किन अन्धो समर्थन गर्छौ आफ्नो पार्टी ले सुर्य पश्चिम बाट उदाउछा भन्दा हामी हो मा हो भन्छौ अरु पार्टीले आइत बार पछि सोम बार आउछ भन्दा हामी बिरोध गर्छौ किन ?
    अनि हामी नेपाली भने क भेडा होउ नेताहरुले भन्दा हामी जुन कम मा पनि चक्का जाम हर्तल गर्न तयार हुन्छौ तर आम नेपाल को बिसयमा हामी चुप छौ
    एउटा धोति ले नेपाल र नेपाली मन पर्दैन भन्दा ४ जना नेपाली ले बलिदान दिय त्यो त मुर्खता हो एउटा नेपाली मूल को दर्जलिंग्न्गे लै इनियन idol बनाउन हामी चोक चोक मा पैसा उठायारा उसलाई समर्थन गर्छौ हामीलाई vote भने पछि रगत तात्छ है किया यस्तो भयो हामी आफ्नो घर भित्र को झगडा न हेरी बाहिर तर्फ हेर्छौ पहिले घर भित्र को झगडा मिलाउ अनि मात्र बाहिर जाउ
    तर मलाई दुख लग्यो गोर्खा पत्र भने को सरकारी पत्रिका हो उसले त समाचार छाप्नु पर्थ्यो नि अरु पत्रिका भने क निजि हुन् बिज्ञापन न भय चल्दैन नेता हरु ले १ सेकेन्ड मा करोडौ भास्ताचार गर्छन भने समाचार न छापे उनीहरु को आगो बल्छ त्यसमा नियुक्ति भय का कर्मचारी राजनीति नियुक्ति हो त्यसै ले आफ्नो सोजो गरे
    जनता भने का हामी पार्टी का भेडा होउ भोलि एक पार्टी ले आवान गरोस त नेपाल बन्द हुन्छ तर खै यो बिसयमा बोल्ने जनता
    हुन पनि जो नेपाल बाहिर छन् उनीहरु बाटो काट्दा हरियो बत्ति को प्रतिक्षा गर्छ नेपाल मा हुदा रातो बत्ति मा बाटो काट्दा आफुलाई महान सम्जन्च्हन मैले पनि त्यहिँ गरे को थिए कसलाई दोष दिनु
    जति लेखे पनि सकिदैन मन को कुरा अनि यो कुरा अरु साथी हरु लाई मन न पर्न सक्छ मन न परे किरपया रातो मा click गर्नु होला
    तर मा एउटा कुरा भन्न चाहन्छु ……. मेरो अनुभव हो हे नेपाली जनता हो…..एक पटक विदेश गयर हेर………अनि थाहा हुन्छ नेपाल…नेपाली…. अनि आफ्नो ….जन्म भुमि…..क हो ..भने र …..यति माया लाग्छ नेपाल को बयान गरे र नै साध्य छैन ….तर आज मेरो देश ..कुन जाल मा फसे को छ…..मलाई थाहा छैन ………..
    मेरो देश मेरो सिर मा छ …
    नेपाल…तिम्रो महत्व म विदेश आय पछि मात्र थाहा भयो तिमि को होउ भने र …..मलाई माफ गर तिम्रो छत्र छाया मा खेल्ने रहर मलाई पुगे को छैन

    प्रभात
    Amsterdam netherlands

  24. “भारत रिसाउला कि” !!!!
    यो डर नेपाल क्यान्सर रोग जस्तै बनेको छ/ यो नेताहरुलाई मात्रै होईनन पत्रकारहरुलाई समेत लागेकोले नेपालमा ठुलै अनिस्ट आउने संकेत गर्छ/ आतंककारीहरुको “पारसल बम” जस्तै नै भएको छ सुद ले बाड्ने “खामहरु” / यहि सुद खाम लिंदै गर्ने पत्रकारहरु र नेताहरुले ” भारत रिसाउला कि” भन्ने क्यान्सर रोग जताततै फैलाएको हो/

  25. न्युज कम्पनीको आ- आफ्नै स्वार्थ होला तिनकै ठाउमा , जुन हुनु हुदैनथ्यो तर
    भैदिन्छ | भैरहेको छ | हुने छ |
    जनताले जति नै बिरोध गरे पनि ‘ काग कराउदै गर्छ पिना सुक्दै जान्छ ‘ भन्ने उखान चरितार्थ भएको छ | भईरहन्छ | यो तितो सत्य दुखका साथ् भन्नु पर्छ |
    महत्वपूर्ण कुरा त के हो भने मुलुकमा भएको सरकार जनता प्रति उत्तरदायित्व
    भई यस्ता खाद्द कम्पनि देखि लिएर सबै छेत्रमा बेलाबेलामा कन्ट्रोल गर्न सबलताकासाथ् उपस्थित हुन सक्नु पर्छ | हुनु पर्छ, तर दुखका साथ् भन्नु पर्छ हाम्रो
    कामचलाउ सरकारलाइ तिनकै सत्ता – कुर्ची को लागि ताता थैया गर्ने बाहेक जनताको हितको सम्बन्धमा सम्बेदनशीलताका साथ् इमान्दार भएर लागि पर्ने
    फुर्सद छैन | सत्ता र कुर्ची जोगाइ राख्न पाए जनताको स्वास्थ्य खौलामा ( खाल्डो ) मा जाकियोस छु ( के ) मतलब !
    रियल जुश देखि लिएर अन्य खाद्द प्रदार्थको बारेमा बेला बेलामा सबै पत्रिकाले नदिए
    पनि केहि पत्रिकाले खबर दिएकै हुन् , खोइ त्यस पछी जनता प्रति उत्तरदायित्व बोकेको मुलुकको सरकारले सरकारी रुपमा दह्रो कारबाई गर्न सकेको ???
    नेपालमा के कुरामा मनलाग्दी छैन ?
    शिक्षा छेत्रमा हेर्नुस ! निजि बोर्डिंग – कलेजले कसरि ढाड सेकाएको छ ? —
    निजि स्वास्थ्य छेत्रमा हेर्नुस् ! सेबाको नाममा कसरी चर्को फि लगाएर पब्लिकलाई खुत्रुक्कै परेका छन ! अपचार नगरु स्बास्थ्यको सबाल , अपचार गरु सेबा शुल्क असाध्यै महँगो ! कती बिबश छन सर्बसाधारण नेपाली जनता !
    सरकारी अस्पातलले जनताको बिस्बास जित्न सकेको छैन अकातिर भने अर्को तिर ति नगन्य मात्रामा छन !
    हरे ! जनता मारा निकम्मा सरकार भए पछी जनताले पुन : राको बाल्ने नै छन — अरु उपाय नलागे पछी ।

    • लुना जी को कमेन्टले मलाइ माहाभारतकालिन एउटा प्रशंग याद आयो—माहाभारत युद्धको अन्तमा असंलग्न रुपमा युद्धको साक्षी भै एसको निरिक्षण गरिरहेका बर्बरिकलाइ सोधियोकि युद्धमा कुनचाहिं माहरथी सबैभन्दा बहादुर थियो/उत्तरमा बर्बरिक्ले भने ” खै, मैले त यहाँ न कुनै माहरथी देखिँ न कसैको बहादुरी”/ उनलाई पुन: प्रश्न गरियो ” त्येसो भए तपाइले के देख्नु भयो त?” बर्बरिक को उत्तर थियो ” मैले त यहाँ केवल मान्छेको मुकुण्डो लगाएर झगडा गरिरहेका हिम्शक पशुहरुलाई मात्र देखिँ”
      हालको नेपालको अवस्थाको सन्धर्वमा तपाइले सरकार र सरकार चलाउने मान्छेको कुरा उठाउदा मलाइ पनि बर्बरिक्कै प्रशंग यहाँ जोड्न मन लाग्यो/ अहिले नेपालमा न कुनै सरकार छ, न सरकार चलाउने मान्छे/ त्येहाँ केवल श्याल, गिद्ध(माफ गर्नु होला यो माहाभारत्को युग होइन त्येसैले यो प्रशंगमा नेपाल हाँक्नेहरुलाई जनावरहरु संग दाँज्न खोजेर ति महान जनवारहरुको स्तरलाई गिराउन खोजेछु), मेरो मतलब अहिले नेपालमा कुनै सरकार र नेता नभई मात्र चोर, डाँका, लुटाहा, बेइमान, हत्यारा, बलात्कारी, घुसखोर, धोकेवाज आदि अपराधीहरुको झुण्ड मात्र छ/तिनीहरु देश र जनतारुपी सिनो लुछ्न तँ छाड र म छाड गरिरहेका छन्/ त्येसैले तिनलाई कहाँ के भै रहेछ, थाहा हुन्न र तिनीहरुबाट कुनै मानबको जस्तो ब्येबहारको अपेक्षा गर्नु बेकार हुन्छ/ र अन्तमा एउटा सत्य—-इतिहास दोहोरिन्छ र हाम्रो देशमा पनि एक दिन निश्चय नै कुनै माहान आत्माले जन्म लिने छ जसको नेत्रित्वोमा सारा जनताले यी अपराधीहरुलाई खरानी बनाइ जनतालाई राहत दिने छ/ सतहमा यो कोरा कल्पना झैं लागे पनि तितो सत्य येही हो/ अन्येथा यी पापीहरुले देशलाई घृणित र निर्ममतापुर्बक बलात्कार गरिरहने छन् र बाँकी अरु निरिह भै हेरी र भोगिरहने छन्/

      • kedar जी, वास्तविक कुरा गर्नु भो, हाम्रो देशमा निरंकुस्ता मात्र लामो समय टिकेको इतिहास हेर्दा फेरी देश कुनै तानाशाही को हातमा जान्छ कि भन्ने डर लाग्छ. अब देश मा असल नागरिक भेट्नु गारो हुदै छ. येही बेला कोहि जन्मियो भने देश जोगिएला हैन भने खोइ के खोइ के …………….हेर्नुस न देश का सबै अङ्ग हरु अब देश द्रोही हरु को पकड मा जादै छ सधै को लागि ……..हारेका नेता लाई कि अवकाश लिन लगाउनु पर्ने मा हारेको झोक मा देश को प्रिमे मिनिस्तेर (गूगल translate of prime-minister) बनाएका छन्. अब k हुन्छ आफै सोच्नुस येस्ता ले के गर्लान आफू जस्तै बटुलेर ब्वासो को झुण्ड बनाए बाहिर का स्याल हरु थुक चुहौदै बसेका कोइ कोइ मात्र चित्त बुज्ने कुरा गर्छन दुइ चार दिन मा नै पाखा लाग्छन कि चुप बनायिन्छं अब राम्रो नेता आएपनि जोगाउनु गारो भयो भन्या हरे के गरम कसो गरम आफु विदेश छु ……देशमा लाको २ लाख ऋण तिर्छु भनेर आको गोडा तिन एक साल भएछ घर जानु पर्ला भनेको आउदाको चार पर्ने समोसा अहिले बाह्र पर्छ अरे….. जादा यता बाट सापट मागेको पैसा तिर्ने कसरि ….देश पहिला कस्तो थियो अहिले कस्तो भो भोलि के हुने हो भन्न सकिन्न . हामी जस्ता middle क्लास family ले सानो ऋण तिर्न कत्रो दुखः गर्नु पर्छा ति कैलाली कर्णाली रुकुम का निमुखा देश बाशी को के दुर्दशा होला ……bicc मा बोम फालेर केहि होला जस्तो नि लाग्दैन …कि त रमेश खरेल जस्तो मान्छे दुइ चार सय हुनु पर्यो नत्र ….के दुखः गर्नु ……..हुन त देश मा सुशासन त ब्यबस्तापिका तय हुनु पर्नेहो तर दुखको कुरो तेहा सत्ता बाडफाड र कमिसन लगाएत का कुरा हुन्छन अनि तेसै अनुसार को निर्देशन तलका ले पौछांन …….साथी हरु म आती आजित भाको छु ………………कोहि कसैले ति मातृभूमि चिर हरण गर्ने पापी को झुण्ड लाई खत्तम पार्ने हिम्मत राख्छ भने मलाई लाग्छा सबै देशप्रेमी ले सक्दो सहयोग गर्ने छन् बिस्व का कुना कुना म रहेका को सानो सहयोग देश का लागि बलिदान बन्ने थियो खैर सपना नदेखाऊ ति पापी को आयु लामै छ जस्तो छ …देश प्रेमी .मार्दै हिडेका छन् देश ले सराप्छ ..
        … माकुने, सुजाता, सुसिले प्रचंडे k p oli उपेंद्रे . गछे …लगभग दुइ दर्जन छन् ठुला साना गरेर लिस्ट चाहिएमा सम्पर्क गर्नु होला ….तुरुन्त उपलब्ध हुनेछ केहि गतिला छन तर्साउनु मात्र पर्छ …..
        there is a word “mass assassination”..हिटलर ले येहुदी लाई बेकसुर हत्या गरेको, सद्दाम हुसैन ले इराक मा सयऔ को हत्या गर्यो …तर अब एस लाई फरक रुपमा नेपाल का देशद्रोही लाई प्रयोग गर्नुपर्ने भाको छ
        हस्त साथी हरु जय मातृभूमि नेपाल ..अनि नेपाली लाई रक्षा गर पशुपतिनाथ ……..

  26. नेपालका पत्रकार र सरकार, राजनीति दल, ठुला ब्यापारी, दलाल, तस्कर आदि एउटा सिक्काको दुइटा पाटो हुन् / यिनीहरुले नै पत्रकारहरुलाई भरण पोषण गरि राखेका छन् / यहि ब्लगमा हेरेको थिएँ कि पत्रकारहरुले ३-४ महिनासम्म तलब पाउंदैन पाए पनि धेरै न्यून / बालबच्चा परिवारको पेटमा लात हान्न मिल्दैन क्यारे अनि के गर्ने? नेपालमा स्वतन्त्र मिडिया जन्मेकै छैन /

  27. के बेकारमा बहस गरिरा होला कत्ति न सबै चिज मिति हेरेर नै खाने जस्तो के हामी नेपालीले,अहिले २ दिन मिति गुज्रिएको खाने तेल तपाईं बजारमा लगेर बेच्न राख्नुस् अनि २०० को बादला १०० रुपैया लिटर भन्नुस् कस्ले मिति हेरेर किन्दो रहेछ हेरम्ला हामी पनि,जब सम्म हामी जनतानै सचेत छैनौ भने डाबर नेपाल मात्र होइन,कमिला नेपालले पनि यसरी नै ठग्छन,अख्तियार र डाबर नेपालका पदाधिकारी बिच लेनदेन मा हिसाब मिलेन क्यार!!!!नत्र त यस्ता समाचार बाहिर नआउनु पर्ने हो,शिखर सुजका १० हजार जुता ड्यामेज बजारमा आयो कस्ले छाप्यो,आयो नुनमा आयोडीनको मात्रा पर्याप्त थिएन तर पनि बजारमा आयो,थम्प्स अप भन्ने चिसो पेय पदार्थमा किरा भेटिएयो कस्ले छाप्यो???यि त उदाहरण मात्रा हुन

  28. वर्षौ देखि चली आएको हो यो चलन, हामि मद्धे धेरैलाई थाहा छ | कतिपय पत्र पत्रिका त आआफ्नो ideology / ब्यापारिक दृस्टी / सरकारी बिचार / वा मात्र पैसा आर्जन गर्ने हेतुले स्थापना गरिएका छन् | राष्ट्रको चौथो अङ्ग भनी भनिएपनि त्यो भूमिका बहन गर्न आर्थिक स्रोत को व्यवस्था गर्ने पर्छ अनि कसरि शुद्ध पत्रकारिता गर्ने | सबैका पेट छन् | फरक एती मात्र हो ” पैसाका लागि पत्रकारिता गर्ने कि पत्र कारिताका लागि पैसा जुटाउने ” | हेर्नु भएको छैन भने हिन्दी फिल्म ” रण” बाट पनि केहि सिक्न सकिन्छ |

  29. कुरो सिधा छ, जो जनताका पत्रिका हुन्, जो स्वाबलम्बी छन् र जसले रोटि र दालको लागि बिदेशीको पाउ मोल्नु पर्दैन तिनले निर्धक्क भै समाचार छापे/ अनि जो एक टुक्रा रोटीको लागि बिदेशीको रछ्यान कुरेर बस्छ त्येस्लाई त्यो जुठो नाफ्यांकिने डर हुन्छ—त्येसैले त्येसले बरु आत्मा बेच्छ, तर सत्य कुरा छाप्दैन—भाको येही हो/भारतका दासहरुले आफ्नो रोजी र रोटि खोसिला भनेर सहि कुरा छाप्न सकेनन/उनीहरुलाई जनताको स्वास्थ्येको बारेमा के चासो र?

  30. अब यो डाबर कम्पनि लाइ कारबाही त के हुन्छ होला र! तर हामी सबै मिलेर यो रियल जुस लाइ बहिस्कार गरौ है साथी हो. आफ्ना साथिभाइ , आफन्त लाई रियल जुस नपिउन आग्रह गरौ! राज्यले केइ कारबाही गर्छ कि भन्नु बेकार छ. तेसैले अब आफ्नो ठाउँ बाट हामि आफैले कोसिस गरौ! मैले चै मेरो घर मा र २/४ जना साथीभाई लाई भनि सके रियल जुस बहिस्कार गरौ भनेर! ! जयनेपाल !

  31. This is directly related with general public and it should damage peoples life directly. Health is wealth so if there is government, than should close the factory and must destroy the whole lot of out dated stuffs. They must punished by maximum. Lets boycott the real products from today. It will help to punish them from our side.

  32. निस्पक्ष र स्वतन्त्र पत्रकारिता भनेर कुर्लने मात्रै हुन् यी भारतका दलालहरु !!!!असली कुरो त सबैलाई थाहै छ नि !!!

  33. असली कुरो त त्यों ७४ हजार कार्टून रियल जुस कुनै तरिकाले बजारमा बिक्रीको लागी निस्कन्छ अनि अख्तियार बाट मिति मात्र गड़बड़ परेको तर पिउन योग्य भएकोले रु १० हजार जरीबाना गरिएको भन्ने बिज्ञप्ति पत्रिकाहरुमा खबर बनेर निस्कन्छ |

  34. बिश्लेसन राम्रो लाग्यो | तथ्यांक को प्रस्तुतिले निखार ल्याएको छ | समय र परिस्थिति ले सबै ठिक गर्दै लग्छ ।

  35. खबर छाप्यो भने बिग्यपाम औदैना नि पत्रिका मा , अब फेरी राजेश हमाल र करिस्मा मानन्धर को “मलाई Real Juice मा विशवास छ” भन्दै नेपाल TV र भारतीय channel nepal 1 मा औने भयो |

  36. कस्तो अचम्म किन ताला लगाको ? अख्तियार कर्मचारीमा भाग बंडा मिलेनकी कसो ?????????????

  37. पत्रिका चलाउन विज्ञापन चाहिन्छ, यो तितो सत्य हो/ लेनदेनमा सम्झौता हुने नै भो/ रियलको मात्रै कुरो होइन, पारस-रुबेल काण्डलाई पनि विभिन्न मिडियाले आ-आफ्नो स्वार्थ अनुरुप कभर (न)गरेको पनि देखियो/ एउटा घटनालाई कसरी कभर गर्यो वा गरेन, त्यसको आधारमा पत्रिकालाई वहिष्कार गरौं भने कुनै पनि पत्रिका नपढे हुन्छ/ एउटा मात्रै पत्रिकाको भर चाहिँ पर्नु भएन/ फेरि इन्टरनेटको जमानामा एउटाले मात्रै छापे पनि सर्वव्यापी भैहाल्छ/

    दुख त कुन बेला लाग्यो भने रियालमा किरा लागेको समाचार चर्चाको शिखरमा छंदा पनि रियल बोकेर अस्पतालमा मान्छेहरु बिरामी भेट्न गाको देखे/ त्यस्तो कभर हुदाँ पनि मान्छेलाई फरक पर्दो रहेनछ/ जबसम्म जनता भेडाबाट मान्छे बन्दैनन, तबसम्म नेता, व्यापारी, पत्रिका सबैले खेलाई रहन्छन/

  38. पत्रिका लेख्ने कलमलाई पैसाको बिटोले हिर्काएर भाँचिदियो होला अनि कसरि लेख्ने sir ?

  39. पहिलो प्रथम त उमेश जी लाई धन्यबाद दोश्रो नया पत्रिका र कान्तिपुर लाई पनि बिशेष धन्यबाद यो समाचार लाई प्राथमिकताकासाथ छाप्नु भएको मा मा पनि पहिले डाबर मा काम गर्थे डाबर ले नेपाल मा बेच्ने र इंडिया मा बेच्ने जुस को कच्चा पथार्थ नै फरक प्रयोग गर्छ नेपाल को लागि कमसल खालको कच्चा पथार्थ नै फरक प्रयोग गर्छ र अन्य मुलुक को लागि राम्रो खालको कच्चा पथार्थ नै फरक प्रयोग गर्छ हामीले यो कुरा सिनिअर लाई राख्दा जागिर गर्नु छ भने चुप लाग होइन भने जागिर छोडे पछी यो कुरा गरौला भन्थ्यो धोति हरु ले हिन्दी मा अहिले बल्ल थाहा पाए होलान धोति भै हरु ले

    जहाँ सम्म समाचार को कुरा छ अब नेपाल समाचारपत्र, दि हिमालयन टाइम्स, गोरखापत्र र राइजिङ नेपाल र राजधानी त के को पत्रिका हुन् र यी त समाचार देखाएर ब्लाकमेल गर्ने पत्रिका हुन् जहासम्म अभियान र कारोबार को कुरा छ तिनी हरु त दुवै डाबर को नोक्कर हुन् नोक्कर त मालिक संग डराउनु परि हाल्यो नि उमेश जी पनि

  40. अब जस्को बिज्ञापन छापेर पत्रीका लाई जिबन दिनु छ् उस्कै बिरोध गरेर कसरी भोली देखी पत्रीका बजार मा ल्याउने ? सत्य समाचार त गफ मात्र हो नि। खाली कुरा गर्न मात्र हो आदर्श का कुरा।

  41. १. कनक मनि दीक्षित भारतीय दलाली गर्ने ‘सुकिलो-पत्रकार’ हो भनेर प्रचण्डले भनेको आखिर सत्य रे छ नि त! उक्सैको हिमाल मेडिया संग सम्बन्धित सबै पत्रिकाहरुले यो समाचारलाइ गुमराहमा राखे, अब त कुरो प्रस्ट भो होला नि साथि हो!
    २. तेस्तै अन्य क्षेत्रको काममा संलग्न ‘सुकिला-मुकिला’ हरुको पनि एकदिन मुकुण्डो उदांगो हुन्छ-हुन्छ! हेर्दै जानु पर्छ/
    ३. नेपाल-आमालाइ मारेर बिदेसी पोस्नेको अन्त्य के राम्रो होला र खोइ!

  42. यो विज्ञापनमा असर पर्ने डरले मिडियाले विज्ञापनदाताको चाकडी गर्ने एउटा प्रवृत्तिको उदाहरण हो

  43. बिज्ञापनले नै चल्ने यो राष्ट्रिय दैनिक र यो भर्खर मोउलाएको २ नया आर्थिक दैनिकले (लम्साल र प्रधान) Dabur नेपाल ले यो बिषयमा लेखे… पछि बिज्ञापन नै नदेला र पत्रिका नै नचल्ने र डुब्ने भेनेर डराएर यो बिषयमा पत्रिकामा नलेखेको हो……
    सच्चा आर्थिक पत्रकार हो भने यो गहन बिषय मा किन लेख्ने आट नगरेको ???? मेरो यो प्रश्न लम्साल र प्रधानलाइ (आर्थिक अभियान र कराबोर को हस्तीहरु )

  44. भोको पेटले सत्य लेख्न गा’र्हो हुन्छ नि, होइन र सर। पत्रकारिता देशको आर्थिक र सामाजिक पाटोसँग जोडिएको हुन्छ। जति बिकशित देश हुन्छ तेति नै पत्रकारिताका रुपहरु परिवर्तन हुन्छन। समय र परिस्थिति सबै ठिक गर्दै लग्छ जस्तो लाग्छ।

    • जति नै भोकाय पनि कुकुरले घाँस र गाइले गुहु खाएको मैले देखेको छैन, मित्र!

  45. दलालहरुको दरिद्र सोचाई बाहेक केहि हैन | अमेरिका ले त सूचना रोक्न सकेको छैन भने यी नाथे २ पैसे पत्रिकाले नाछाप्दैमा सूचना रोकिएला, कदापी रोकिदैन |

  46. There is not difference between Nepalese politician and media Inverters. They are all slaves of India and Its domination. Where is your social responsibility?? and what about the consumer right?? Is that the assumption and norms of journalism??

  47. अब सुजाता ले नेपाल को अख्तियार पनि काम छैन भनेर यसको बिरोध गर्नेछिन् भने… त्यो सूद नाम को जन्तु फेरी रिएल जुस को बिज्ञापन मा देखिने छन्…..

Comments are closed.