अहिलेको कुरा पछिकालाई कसरी पढाउने ?

-सन्तोष भट्ट-

मलाई आफू विद्यार्थी हुँदा पढेका इतिहासका पानाहरु अहिले पूर्वाग्रही लाग्दछन्। तत्कालीन पाठ्यक्रममा राजतन्त्रलाइ केन्द्रमा राखेर राजसंस्थाको गुणगान गाउने हिसाबमा बनाइएको थियो। त्यस्तै बलभद्र कुँवरको नालापानीको वीरताको इतिहास पढाउँदा त्यही बलभद्रपछि अंग्रेज फौजको लाहुरे भएर अफगानिस्तान लागेको अध्याय पढाइएन। त्रिभुवनले गद्दी छाडेर भारत जानुलाइ प्रजातन्त्रको पक्षमा त्रिभुवनको समर्थनको रुपमा लेखियो, तर त्यस पछाडि राजतन्त्रलाई राणा चेपुवाबाट मुक्त गराउने निहित स्वार्थबारे पढाइएन। काँचो माटो झैँ हाम्रा कलिला मस्तिस्कलाई केवल एकतर्फी इतिहास पढाउने काम भयो। राजनीतीप्रति धेरै रुचि नराख्ने मेरा कतिपय मित्रहरुले त्यसैलाई पूर्ण सत्य ठानेर अझै पनि समाजप्रति आफ्नो धारणा त्यसैको आधारमा बनाएको मैले व्यक्तिगत अन्तरक्रियामा पाएको छु। सबैको राजनीतिक र सामाजिक कुराहरुप्रति त्यति चासो हुँदैन। खोजी गरेर र तार्किक आधारमा यी कुराहरु बारे गहन विचार गरेर सबै नागरिक खिजी हिँडदैनन्। त्यसैले विद्यालय/कलेज स्तरमा हुने पढाइमा युवाहरुलाई बिना पूर्वाग्रहको इतिहास पढाउनु आवश्यक छ।


नेपाली राजनीति विगतका केही वर्षदेखि एकदम तरल अवस्थामा रहेको छ। शान्ति सम्झौता तथा राजतन्त्रको अन्तसँगै उदाएको गणतन्त्र नेपाल र त्यसको परिणामस्वरूप आएका परिवर्तनहरुले जनचाहना पूरा गर्न सकेका छैनन्। उल्टो केही अर्थमा राजनीतिक अकर्मन्यताले राष्ट्रलाई पछाडिको बाटोमा धकेलेको भान हुन्छ। जनता, राजनीतिकर्मी, सामाजिक चाहनाले ढिलो-चाँडो राष्ट्रलाइ सही बाटोमा डोर्‍याउने नै छ। न त्यसको कुनै विकल्प छ न अरु कुनै परिणाम स्वीकार्य नै हुनेछ। तर त्यो प्रक्रिया आफ्नो ठाउँमा चल्दै रहँदा एउटा विषय आम जनता तथा सामाजिक बहसमा छुटे जस्तो लाग्दछ, त्यो हो कसरी पढाउने त आउँदो पुस्तालाइ विगतका १५ -१६ वर्षको इतिहास ?

२०५२ सालमा माओवादी युद्धको आरम्भदेखि अहिलेको अवस्थासम्म र यस प्रक्रियाले भविस्यमा जुनसुकै बाटो लिए पनि, नवपुस्तालाई पाठ्यक्रममा यो समयलाइ कसरी पढाउने भन्ने बारे कतै बहस उठेको देखिँदैन।

सबै मानिसको आफ्नो सोचाइ हुन्छ र आफनै विश्लेषण क्षमता हुन्छ। त्यस आधारमा यो समयलाई भोगेका पुस्ताले त यसको चिरफार आफै गर्न सक्छन्। तर आउने पुस्तालाई हामीले यो कालखण्डबारे बिना कुनै पूर्वाग्रह राखी ज्ञान दिनसक्नु आवश्यक छ।

माओवादी सशस्त्र युद्धको आरम्भको पृष्ठभूमि, युद्धकालीन १० वर्षमा भएका काम कारवाही, शान्ति सम्झौता, राजतन्त्रको अन्त, संविधान सभाको कार्यकाल, यसको सफलता/असफलताको श्रेय/दोष अनि यो समयमा भएका विभिन्न घटनाहरु बारे आम जनता र विद्वान वर्गबीच आवश्यक बहस चलाएर एक ठोस निश्कर्षको पाठ्यक्रम तयार पारेर युवाहरुलाई पस्कनु आवस्यक छ। पछि रुचि हुनेहरु आफ्नो रुचि एवं आस्था अनुरुप त्यसका विभिन्न कुराहरु आफै खोतलेर बस्न सक्छन् तर आम विद्यार्थीलाइ कक्षा कोठामा इतिहास पढ़ाउँदा यी विषयहरु कसरी पढाउने भन्ने बारे बहस चलाएर एकरुपता ल्याउनु पर्छ।

समाजको एक वर्गले अझै पनि माओवादीले त्यसबेला सशस्त्र जनयुद्ध सुरु गर्नु पर्ने कुनै ठाउँ देख्दैन भने एउटा वर्गले त्यसलाई अपरिहार्य ठान्दछ। सशस्त्र युद्ध र त्यसले गरेको क्षतिले देशलाई सामाजिक र आर्थिक रुपमा धेरै पछि धकेलेको एउटा विचार छ भने त्यसले सामाजिक जनक्रान्ति ल्याएको अर्को। त्यस्तै युद्धकालमा सरकार र माओवादी दुवैबाट भएका अत्याचारलाई कसरी समेट्ने ? माओवादी पक्षले सरकारबाट भएका ज्यादतिविरुद्ध आफूबाट प्रतिकारस्वरूप मात्र कतै साना गल्ति भएको भन्दछ भने तत्कालिन सरकारमा रहेकाहरुले माओवादी आतंक निर्मूल पार्न सेना र प्रहरीबाट कडाई हुँदा केही मान्छे चेपुवामा परेका भन्छन्। भैरवनाथ गण, बेपत्ता पारिएका लडाकु, गाउँ गाउँमा निर्घात कुटिएका/मारिएका निर्दोष जनता, सरकारद्वारा आफ्नै जनता माथि उठाइएको हतियार, आतंककारी भनेर टाउकोको मोल तोकिएका अहिलेका जनप्रतिनिधिहरु, यी सबै कुराको माओवादी र इतर परिभाषा फरक छ। त्यस्तै माडी घटना, मुक्ति सर र उहाँ जस्ता अनगिन्ती सफाया गरिएका निर्दोष नागरिक, कलिलो उमेरमा करले हतियार बोक्न विवश पारिएका, शिक्षाबाट टाढा राखिएका बालबालिका, क्रान्ति र कम्युनिष्ट सत्ताको लोभ देखाई अहिले पुरानो सत्तासँग सम्झौता गरेर मूलधारमा आएका माओवादी नेता। यो सबै विषयमा पनि माओवादी र इतर विचार राख्नेहरु बीचको फाटो कसरी हटाउने ? अनि कसरी एक समान पाठ्यक्रम विकास गर्ने कलिला मस्तिस्कहरुको लागि ?

अनि शान्ति सम्झौता गराउनमा भारतको भूमिका, जन आन्दोलन तथा त्यसका नायकहरुको विस्तृत भूमिका, राजतन्त्रको अन्त घोषणापछि बिना कुनै संघर्ष राज परिवारद्वारा गणतन्त्र स्वीकार गर्नु, संविधान सभा निर्वाचनमा हतियार, त्रास र परिवर्तनको आशले खेलेको भूमिका, संविधान सभापछि सरकार गठनका खेलहरु, रास्ट्रपति प्रकरण र त्यसको एकरूप ब्याख्या, २ वर्षमा संविधान नबन्नु र त्यसको जस/अपजस, अनि निकट भविष्यको गर्भमा रहेका अरु सुखद/दुखद घटनाहरु को बिस्लेशन गरि तयार पारिएको एकरुप र पूर्वाग्रह रहित पाठ्यक्रम बिकाश गर्न चाहिने आवस्यक बहसको लागि हामीले राजनीतिज्ञ, समाजसेवी , चेतनशील जनता र नागरिक समाजलाइ केर्नु पर्ने समय आएको छ. हामी जुन यो समय का भुक्तभोगी छौ यो हाम्रो कर्तब्य पनि हो कि आउदो पुस्तालाई कालको यो खण्डमा घटेका घटना बारे पूर्वाग्रह र कुनै विभेदरहित जानकारी प्रदान गरौ। तसर्थ हामीले नेपाली समाजमा येसबारे अब बहस उठाएर एक सशक्त पाठ्य सामग्री विकास गर्नसक्नु पर्दछ।

41 Comments

  1. अरु त केहि थाहा भएन तर कुरा क हो हाम्रो बिर गोर्खे बलभद्र को ब्रिटिश लाहुरे भएर गएको हो कि उजल ले भनेको जस्तो फेरी पनि नेपालीको नै नेत्रितूमा गएर बिरता प्रदर्सन गरेको हो

  2. मदनजी, तपाइको कुरा एकदम सहि हो / देशको होल सिस्टम फेल गर्ने काँग्रेस र गीरीजा सबैको ठुलो हात छ / कुर्सिको लागि जे पनि गर्ने, जो संग पनि मिल्ने, सधै आफुले भनेको मात्र सहि हुने, आफुले भनेको भए मात्र प्रजातान्त्रिक र लोकतान्त्रिक हुने, काँग्रेसको यो नीतिले गर्दा आज सबै नेपालीले यो समस्या भोग्नु परिरहेको हो /

  3. बलभद्र कुँवर अंग्रेज को फौज मा हैन कुँवर रञ्‍जित सिंह को फौज मा पन्जाब गएका थिए जहाँ मुसलमान को आक्रमण मा लास्ट मान सम्म लडेर बीरगति payeka थिए.

  4. ईतिहासलाइ यदि नियाल्ने हो भने २०४७ को संविधानलाई मात्र केहि संसोधन गरि राजाको पावोरलाइ मात्र केहि सिमित गरि तेही संबिधान कायम गरेको भए देश आज यो दुर्गतिमा पुग्ने थियन / कसैलाई आज सम्म थाहा छैन कस्तो संबिधान र कस्तो चाहिने हो र कस्तो हुनु पर्ने हो ? , हे राम

    • pant jee
      २०४८ सालको संबिधानमा राजाको स्थान मात्र संबैधानिक थियो/ सदन पारिलेनै भंग गरेको हो/ प्रजातान्त्रिक संबिधानको मर्म र सर्वोच्चको फैसलाको बिरुद्धहुने धारा १२७को अपव्याख्या गिरिजार तिनका मतियारहरुले नै गर्न लगाएको हो/ धारा १२७को असंबैधानिक व्याख्या गर्न लगाएर गिरिजा पुन प्रधान मन्त्रि बनेको कुरानै असम्बैधाकिन हो/ नेपालमा संबैधानिक संकट तेसै बेला देखि सुरु भएको हो/ बि पीको अग्रसरतामा २०१५ सालको संबिधान लेखिए/ २०१७ सालमा मातृकाको अग्रसरतामा पंचायती संबिधान बने/

      २०४८साल्मा गणेशमानको नेत्रित्वोमा संबैधानिक राजतन्त्रको संबिधान बने/ गिरिजाले आफ्नो अग्रसरतामा पनि देसको संबिधान बनाउने सपना देखे/तर गिरिजा न मात्रिका न बि पी न गणेशमान उ जस्तो एउटा हवाल्दारे प्रबिती को मान्छेले आफ्नो सपनाको निमित देशलाई संकटमा राखे/ सबै बिकृतिको जननी गिरिजानै हो/

      २०४८ सालको संबिधान मा २/३ मतले कुनै पनि परिबर्तन गर्न सकिने ब्यबस्था छान्दै थियो त् अस्ति ज्ञाने हटाउने बेला भएको २/३ को मतबाट तेही संबिधानमा राजतन्त्र र अरु कुरा हरु परिबर्तन गरेर लोकतान्त्रिक संबिधान बनाउन सकिने थियो/ तर तेसो गरिएको भए गिरिजाको आफ्नो नेत्रित्वोमा संबिधान बनाउने सपना पुरा हुँदैन थियो/ तेसै कारण मात्र भएको कुनै पनि कुरा संसोधन गर्न सकिने संबिधान लाई रद्दीको टोकरीमा फालेर अब नया संबिधान बनाउने कुरा गरेर आफ्नो सपना पुरा भयो भनि गिरिजाले भनेको हो/

      तर के जनताले पत्याउन छोडेको कांग्रेसले मावोबादीको माग अनुशार लोकतान्त्रिक संबिधान बन्न कहिले देला? लोकतान्त्रिक संबिधान बनाएर मावोबादिलाई इतिहासमा लोकतान्त्रिक संविधानको जननी भनि उल्लेख हुने काम कांग्रेसले कहिले पनि गर्न दिने छैन/ लोकतान्त्रिक संबिधान लेखियेमा कांग्रेसको पटन हुने छ/ कांग्रेस लोकतान्त्रिक हुने सक्दैनन्/

      कांग्रेस पार्टीले अहिले सिंह दरवारको मोहले मात्रै लोकतन्त्रको नारा जपी रहेको हो/ सिंहदरवार बात बाहिर आउनु परेमा कांग्रेस सबै कुराको बिरोधि हुने र सिंहदरवारमा टिकिरहन पाउने भए उ केहि पनि स्वीकार्ने छ भनि ईतिहासले प्रमाणित गरेको छ/आज सम्म कांग्रेस कुर्सीकै लागि लडेको छ झुकेको छ सहमति गरेको छ/ कुर्सि पाउने भए उसलाई पन्चे पनि ठिक ज्ञाने पनि ठिक/कुर्सि नपाए उसलाई अरुको त् के कुरा नेपाल नै बेठिक!!!!

      • मदनजी ..
        अरु कुरामा सहमत छु तर २०४७ को सम्भिधान फालेर नया बनाउने माग माओवादी को हो. त्यहिँ माग लिएर जनयुद्धमा गएको हो..त्यहिँ माग अनुसार सम्भिधान सभा आएको हो. माग सहि वा गलत त्यो इतिहासले भन्ला तर नया सम्भिधानको माग चाही माओवादीको हो , त्यसमा गिरिजालाइ गुण/दोष दिन मिल्दैन.

        • सानु जी
          २०४७सालको संबिधान बनेकोमा देसको बामपन्थी हरु लगाएत सबै खुसिनै थिए/ तेतिबेला त् मावोबादी जन्मेको पनि थिएनन्/ मावोबादी जन्मेको त् गिरिजाको उग्र बाम विरोद्धि नीतिको कारणले होईन र? नेपाली कांग्रेसमा गिरिआ हाबी हुनु भन्दा पहिला नेपालका सबै बामपन्थिहरु कांग्रेसको सहयात्री थिए/ बामपन्थी हरु सिट मिलेरै मात्र २०४६ सालको क्रान्ति सफल भएको कुरालाई चत्ताक्कै बिर्सिने गिरिजाको दोस छैन कसरि भन्ने सानु जी?

  5. इतिहास जित्नेहरुले मात्रै होइन, हार्नेहरुले पनि लेख्छन्, तर फरक ढंगले/ दोश्रो विश्व युद्धमा पराजित जापानले इतिहास आफ्नै पाराले लेखेको उदाहरण यहाँ सान्दर्भिक होला/ तर इतिहास जसले, जसरी लेखोस, शतप्रतिशत सही हुन्छ भन्ने ग्यारेन्टी छैन/ त्यो बेला बजारमा चलेको हल्ला पनि कालखण्डमा इतिहास बनेको हुनसक्छ/ अहिलेको जस्तो विज्ञप्ति निकालेर खण्डन गर्ने चलन थिएन होला/ साँचो झुटो के हो, मरेका पात्रहरुलाई मात्र थाहा होला, अब उनीहरुले अहिले आएर कमेन्ट गर्ने कुरो भएन/ धेरै अगाडी किन जानु, पारस-रूबेल काण्डकै कति फरक फरक भर्सन पढ्न वाध्य भाका छौं/ चाहे इतिहास होस् वा विज्ञान, किताबमा भेटिने कुरो केवल अर्धसत्य हो, पूर्णसत्य होइन/ सत्यको खोजी त निरन्तर जारी नै रहन्छ/

  6. लुनाजिले भन्नुभए जस्तो इतिहास जित्नेहरुको घोडा हो | राजनीतिक हिसाबले इतिहास बंग्याए, बंग्याए, सांस्कृतिक फाँटमा पनि ” नेपालीको एकमात्र चाड दशैं” भनेर चाड लादन खोज्नु कत्रो दुस्साहस हो?

  7. सन्तोष जी ले लेख्नु उठाउनु भएको कुरा निकै गहन बिषय हो र यथार्थ मा भन्नु पर्दा अहिले सम्म लेखिएका इतिहास राजा र राजतन्त्र को पक्षमा लेखिएका हुन्. अब शाह बंश को राजासि समाप्या भएको बेला सहि इतिहास लेख्ने र त्यसलाई पढाउने हिम्मत गर्नु पर्यो सबैले. के पृथ्वी नारायन को काथामंदु मा हमला एकीकरण को उदेश्ह्य ले गरेको थियो? सबैलाई थाहा थियो थे रमणीय काठमाडौँ मा हमला गर्नु यौटा गोर्खा को विस्तार थियो. पृथ्वीनारायण ले कसरि कुन बेला कब्जा गरे, किर्त्पुरा बाट कसरि भागेका थिए, कब्जा गरे पछी मल्ल राजा लै कसरि सताए, मारिए यो कुरा इतिहास मा लेखिनु पर्छ
    छोटो मा भन्नु पर्दा इतिहास सहि हिसाब मा लेखिनु पर्यो. अहिले को अबस्थामा सम्पन्न भै बास्के लाइ यो कुरा मन नपर्न सक्छा तर जनतालाई सत्य कुरा बताउनु पर्छा र इतिहास पुन लेखिनु पर्छा. अस्तु.

  8. bhatt जी,मलाई थाहा छैन तपाई बिश्व भाषा क्याम्पस को भू पु सभापति हो वा हैन? जे भए पनि तपाई का विचार हरु माथि केहि लेख्न मन लग्यो!
    हेर्नुस राजा त्रिभुबन को ७ साल को लडाइलाई तपाईको नजरले ब्याख्या गर्दा,२०६२,२०६३ पनि गिरिजा प्रसाद कोइराला ज्यु मा रहेको नेपालको पैलो रास्ट्रपति बन्ने सपना पनि त्यस कै अर्को उदाहरण बन्न सक्छ!बलभद्र कुबरले युद्द जितेका हैनन, युद्द लाई सम्झौता मा टुंगिएको थियो! त्यो सम्झौता पछी अंग्रेज फौज को युद्द उन्माद र विजय को निशाना नेपाल बाट बाहिरियोस भनेर अफगानिस्तान संगको अंग्रेजी लडाईलाइ सहयोग गर्न पुगे उनि! उनले मुलुकको लागि अफगानिस्तान मा लडाइ लडे,मरे पनि!
    कुरा बुझाइमा हरेक व्यक्ति आफ्नो राजनीतिक पृष्ठभुमिले बहुत अर्थ राख्छ संतोष जी!
    त्यसैले तपाई हामी हरु दुनिया का बहुत भाग्यमानी नागरिक र पुस्त हौँ!यस माने मा कि हाम्रा आखा र कानको पर्दा नजिक धेरै अनौठ इतिहास हरु रचिएका छन्!हामीले प्रतक्ष्य हेर्दै, भोग्दै छम!र अभागी पुस्ता पनि हौँ, किन कि ति घटनाहरु बहुत बिबादास्पद र रहस्यमए पनि रहे! दास ढुंगा देखि दरबार हत्याकाण्ड र १२ बुदे शहमती देखि संबिधान सभा को म्याद थप्ने बेला तयार गरिएको ड्राफ्ट जसको अर्थ anek laagchha! कसले लगाउने sahi अर्थ?
    “अन्धा व्यक्तिको अगाडी को हात्ती” तयार गरिदिए हाम्रा नेताहरुले एउटा ले लौरो जस्तो ठान्छ, अर्को ले नान्ग्लो जस्तो, अर्को ले भित्ता जस्तो र अर्को ले अर्कै बुझ्ने गरि तयार गरियो!त्यहिँ १२ बुदे को हात्ती को opripari बिबादास्पद naya ghatanaharu को pristhbhumi मा तपाई पनि feri naya इतिहास को sahi अर्थ lekhiyos bhandai hunuhunchh! ke yo sambhab hola?
    गणतन्त्र कसको बल ले आयो?भन्दा त जनता हो, तर दाबी गर्दा हरेक ले aa aafnai dalil pes garchhan!
    त्यसैले भट्ट जी kurnus, ahile haar र jeet bhaisakeko छैन! इतिहास tithi miti मा hisab ले sahi aaune नै chha, तर byakhya त anek hunchhan नै!
    sansar का हरेक इतिहास हरु yastai छन्, बुझ्ने ले kati bujhyo bhanne kuira matr हो!

    • प्रभातजी ,
      कमेन्ट को लागि धन्यबाद. म तपाईले सोध्नु भएको संतोष भट्ट होइन. तर मलाई वहा बारे थाहा छ.

  9. अहिले सम्म देखिदै आएको अनुसार भन्नु पर्दा भन्नु पर्ने नै हुन्छ ‘ इतिहास जित्नेहरुको घोडा हो ‘ .
    तर कामना गरौ यथार्त सत्य तथ्यलाइ लेखिदियून इतिहासविदहरुले .
    भ्रमात्मक इतिहास पढ्नु नपरोस हामि पछिका पुस्ताले .

  10. इतिहास जित्नेको घोडा हो भन्दैमा सबै कुरा एकपक्षीय ढंगमा लेख्न थालियो भने इतिहासको अपमान हुनेछ

  11. पूर्व राजा त्रिभुवन लाई हामी मध्ये थुप्रैले प्रजातन्त्रका पिता भनेर पढेका थियौ !!! तर के त्रिभुवन ले के त्येस्तो काम गरे जसले हामी लाई यो पदवी दिन कर लग्यो ??? बास्तबिकता अर्कै छ ,राणा हरुको दबदबा खप्न नसकेर त्रिभुवन काठमाडौँ बाट दिल्ली हिडेका थिए !! यिनको स्वागतार्थ तत्कालिन भारतीय प्रधानमन्त्री नेहरु स्वयम् उपस्थित थिए !! त्येतिबेला तत्कालिन राजा त्रिभुवन भ्यात्त बिमान बाट ओर्लेयेर भुईमा थचक्क बसेका थिए र नेहरु लाई हात जोड्दै ,नेपाल लाई आफु सम्हाल्न नसक्ने र भारत मा मिलाउन आग्रह गरेका थिए !! प्रतिउत्तर मा नेहरु ले भुईमा बसेका त्रिभुवन लाई हातले उठाउदै ,तिमीलाई राजासिहांसनमा आवस्य पनि दिलाइदिने भन्दै फकाएका थिए !!! सबै राज्य लाई भारत मा मिलाईरहेकै बेला नेपाल लाई पनि मिलाउन तत्कालिन भारतीय गृहमन्त्री पटेल ले प्रयास गरेका थिए || तर त्येतिबेला भखर्र स्वतन्त्र भएको र भारतीय सैनिक मा नेपालीहरु धेरै भएको कारण बिद्रोह हुने डर ले नेहरु ले रोकेका थिए !! करिब १० बर्ष अघि भाजपा का नेता मल्कानी ले भनेको कुरा साचो हो !!! हो राजा त्रिभुवन ले नेपाल लाई भारत सामु मिलाउन आग्रह गरेका थिए !! यस को प्रमाण आहिलेपानी त्येतिबेला को फुटेज हेरे हुन्छ!!!

  12. “बलभद्र कुँवर होईन अमर सिंह थापा अफगानिस्तान लागेको थियो”

    सरकारले ईस्ट इन्डिया कम्पनि सिट घुंडा टेकेर सुगौली सन्धि गरेकोमा असन्तुस्ट भएर अमर सिंग थापा अफगानिस्तान लागेको थियो र तहीं सहिद भएको थियो/ संतोषजीको अरु कुरा जायज छन्/

    लोकतन्त्रको प्रारम्भ कसरि कसले किन गरियो भनि ईतिहास कसरी कसले लेख्ने भन्ने अहम सवाल आज हाम्रो सामु छ नै/ लोकतन्त्रको लागि लडिएको जनयुद्धलाई ईतिहासमा कसरि कोर्ने भन्ने भन्दा लोकतन्त्र माग गर्नेको टाउकोको मोल तोकेको कुरालाए इतिहासमा कसरि लेख्ने भन्ने सवाल ले ईनिहरुको टाउको खाईरहेको छ/

    अहिले यकातिर लोकतन्त्र माग्नेलाई आतंककारी हुन् भन्ने टाउकोको मोल तोक्नेहरूले नै लोकतन्त्रको गुण ठुलो ठुलो स्वरमा गईरहेको छ भने अर्को तिर तिनीहरुले नै लोकको मतलाई लात हान्दै आई रहेकोछ/

    नेपालको ईतिहास स्वतन्त्र हातका कलम बात कहिले पनि लेखियेनन/ कुर्सिको कलमदासहरुले लेखिएको ईतिहासमा कालोलाई सेतो भनिएको छ/ के आज पनि यस्तै ईतिहास लेखिनेछ?

    यो सवालको जवाफ सायदै हामीले कहिले पाउला/ ” यो शिर्षक जति सहज छ यसबारेमा सत्य तथ्य लेख्नु तेतिनै कठिन मात्रै होईन, लेख्न पनि दिने छ बा छैन यो नै भन्न सकिंदैन/ देसको संबिधान त् ईनिहरु सिट सहमति नगरुन्जेल लेख्न दिन्न भन्न सक्नेहरुले लोकतन्त्र र लोकतन्त्रको लागि लडिएको जान युद्धको सत्य कुरा कसरि पो लेख्न देला र?

    • मदन जी एक चोटी फेरी इतिहास को पाना पल्टाउने कस्ट गरउ बलभद्र कुँवर नै सरकारले ईस्ट इन्डिया कम्पनि सिट घुंडा टेकेर सुगौली सन्धि गरेकोमा असन्तुस्ट भएर अफगानिस्तान लागेका हुन् .

      • शाहीलजी र रिजन जी
        हुन् सक्छ है धेरै दसक अघि पढेको हुनाले सायद मैले नै गल्ति लेखें कि? म सिट अहिले नेपालको ईतिहास पनि नभएको ले केहि भन्न सक्ने अबस्थामा भएकोले यदि मेरो कुरा गलत भएको भए मित्रहरुले माफ गर्नुस ल/

    • मदन जी,
      अमर सिंह थापा त गोसाई कुण्डमा गएपछि देह त्याग गरेको हैन र भने?? मलाई पनि बलभद्र नै कास्मिर को राजा को सेनामा गएको र पछी अफगानिस्तान गएको कुरा पढेको थियो .. सत्य के हो??

  13. मानौ तपाई इतिहासकार हुनुभयो र तपाईले पारस र रुबेलको इतिहास लेख्दैहुनुहुन्छ प्रसंग – पारसले गोलि चलाएको स्वीकारेको र रुबेलले आफु पारसद्वारा गोलि हानी झन्डै मारिएको भनि पत्रकारहरुलाई दिएको बयान सारा जनताले विश्वास गरे | तर जब कानूनी लडाई लड्ने बेला आयो तब पारसले गोलि चलाएकै छैन भन्ने र रुबेलले पारसको हातमा बन्दुक थिएन र गोलि चलाएकै होइन भन्यो र यो पछिल्लो कुरा चाही कानुनीरुपमा पनि सत्य प्रमाणित भयो | यस्ता उदाहरणहरु धेरै छन्-दरबार हत्याकाण्ड ,माओबादी हत्याकाण्ड,आतंककाण्ड,चन्दाकाण्ड,जबर्जस्तिकाण्ड,मुक्तिसरकाण्ड,
    रामहरिकाण्ड आदि,आदि | ल अब भन्नुस तपाईको इतिहासमा पहिलो सत्य लेख्नुहुन्छ कि दोस्रो सत्य?
    यदि तपाइले पहिलोकुरा लेख्नुभयो भने तपाइलाई कानूनले पक्रन्छ र तपाई अपराधी हुनुहुनेछ or something like that |दोस्रो कुरा लेख्नुभयो भने अरुकुरा होला नहोला पुर्बाग्राही भने पक्कै हुनेछ तपाइको विचारमा?
    जेहोस मेरो बिचारमा कानूनद्वारा प्रमाणितकुरा नै इतिहास बन्नुपर्छ|
    फेरी अर्को कुरा लगभग ३०० बर्से नेपालको इतिहासमा महानब्यक्तित्व माधब कुमार नेपाल प्रधानमन्त्रि भएको सरकारनै राष्ट्रिय सहमतिको सरकार थियो जसमा २२ दल सहभागी थिए |त्यसपछि नेपालमा कुनै सरकार बन्नैसकेन |यो इतिहास बन्छ बन्दैन हेरौ !!!

  14. इतिहास भनेको जित्नेले लेख्ने हो रे भनेर भगवान कृष्णले अर्जुनलाई सम्झाएर महाभारतको युद्द रचाई युधिष्ठिरलाइ बिजय गराएर इतिहास लेखेका थिए।
    एदी महाभारतको युद्द दुर्योधनले जितेको भए महाभारतको कथा अर्कै हुने थियो।

    तर एउटा कुरा हामीहरुलाई पनि थाहा भै सक्यो कि इतिहास भनेको जित्नेले लेख्ने हो भनेर, किन भने अबको २०-२५ वर्ष पछिको पाठ्यक्रममा हाम्रो छोरा छोरि हरुले पढ्ने छन् कि “नेपालका पूर्व युबराज दिपेन्द्र शाहले आफ्नो आमा,बाबु,भाई,बहिनि सहित सम्पूर्ण परिबारलाई गोलि हानी मारेर आफुले पनि पछि आत्मा हत्या गरेरे”

    के यो कुरा येसरी नै लेखिने छ त? अब यो कुराको केहि सोधखोज हुदैन त? यो कुरा यसै सेलायो त?…खोइ हाम्रा नेताहरुले त पहिले त यो कुरा को सत्य तथ्य पत्ता लगाउछु भनेर खुब चम्कन्थे,खोइ के भयो अब?
    अब त उनीहरुलाई आफ्नै गोजी भर्न फुर्सद्नै छैन अरु कुरा सोचून पनि कसरि !!!!
    सबै नेताहरुलाई मैले भन्दा अर्को नेताहरुले अग्लो घर बनायो, धेरै देश घुम्यो,धेरै घुष खायो भनेर पिर परिरा बेला एस्तो कुरा सोच्ने पनि त फुर्सद हुनु पर्यो नि???
    बिचरा हाम्रा नेताहरु……………….

  15. Intresting analogy.However, At this stage,I really think we need to deal with them at their own merits rather than try to document them as history. 9 out of the 10 issues mentioned above are contemporary. Pople who read it in the pages of history books wouldn’t really feel the pain or the joy of these events.I mean, who really cares what their perception would be towards today’s society (at least I don’t).
    But as you indicated, it would be intresting to see how they will be interpreted and who will be the lambs and the lions of this saga. It does really make us think what we read today as history is somebody’s view point of the truth rather than the truth itself.
    Was good to read soemthing very intresting!!!

  16. सारा सन्सार मा न भएका सुख भोगी लाल कम्निस्ट पनि हाम्रै देश मा , पजातन्त्र र लोकतन्त्र को नाउमा सुरुवाल फुलाल्दै दौडने पनि हाम्रै देश मा ,राजा लाइ देउता मान्ने पनि हाम्रै देश मा , लोकतन्त्र रे ,आम निर्बाचन गरेको अरे फेरी चुनाब हारेका हरु को ब्रह्म लुट पनि हाम्रै देश मा |
    राजनीतिक पार्टी को अघोसित सेना भन्नाले कलेजका बिद्द्यार्थी भएको हाम्रै देश मा , कर्मचारी हरु सबै नेता , गाउका लौका ,घिरौला ,फारसी हरुलाई नेपाल सुन्दरी हुनुपर्ने पनि हाम्रै देश मा |

    २ दसक सम्म आफ्नो जाल झेल मा देश लाइ रसातल मा पुर्याउन सफल श्री गिद्दप्रसाद लाइ नोबेल तक्मा चाहिने पनि हाम्रै देश मा |

    आफै पथ खोल्दै ,आफै आफ्नो पथ मा हराउदै कपाल र जुगाकै भर मा स्टालिन हुनुपर्ने हरु पनि हाम्रै देश मा |

    के इतिहास ले यो कुरा लेख्छ ? इतिहास मात्र भन्छ बिर गोर्खाली ,नेपालि बहादुर|

  17. नेपालमा सहि इतिहासको लेखनको सुरुवात अहिले सम्म भएकै छन् भने पनि हुन्छ/

  18. ओहो यो कुरा त दिमागमा कहिले पनी आएको थिएन त / जे होस तपाईंको लेख पढेर एउटा प्रश्न आफैले आफैलाई सोध्न मन लाग्यो / जून बेला नेपाल मा १९ दिने जनआन्दोलन चल्यो तेती बेला(सहीदहरु सहीद भएको त कुरै नगरौ) आ -आफ्नो बर्चस्वोले भ्याए सम्म सबै नेपाली ले आ -आफ्नो ठाऊ बाट आफुले गर्न सकेको सहयोग तेही राजतंत्र फाल्नलाइ गरे जुन बेला जनआन्दोलन लाई सहयोग भनेर तपाईंले पढने यूनिवर्सिटीको आई फेस्टिवल मा नाचेर अनी म म बेचेर उठेको पैसा हाम्रो सानो नेपाली समूह ले पनी सहयोग गरेका थिएउ तर आज तेसैलाई जनता ले आत्मसाथ गरि काँधदिन खोजे जस्तो भान हुदैछ/ मतलब “इतिहास जित्ने योद्दा हरु को घोडा हो, जित्ने योद्दा हरुले गल्तिनै गरे पनी इतिहास ले तेस्लाई सच्याई दिन्छ” रे , लाग्छ यहाँ जीत कसैको पनी भएको छैन अनी पढाउने कसको बारेमा ?

  19. बिगतमा के भयो. के पद्यों .. त्यो कुरा थाती राखओं. इतिहास जीत्नेहरुको घोडा हो.. जसले जित्छ ऊसैले लेख्छ. अहिलेको इतिहास समयले बताओंछ. कसले जीत्ने हो ऊसैले लेख्छ. समयलाई पर्खओं साथी हो.. समय नै बलबान छ.

  20. सन्तोषजीले उल्लेख गर्नुभएको कालखण्डलाई इतिहास भनिहाल्न मिल्दैन । इतिहास जित्नेहरूको घोडा हो; यो कालखण्डमा जो अगाडि आउँछ, उसैले हो इतिहासको पानो कोर्ने ।

  21. इतिहास त्यो कथा हो जुन विजयी पक्षमा लेखिन्छ र त्यो झुट नै कालान्तरमा सत्यको बिल्ला भिरेर इतिहासको पानामा दर्ता हुन्छ l तर आशा गरौ आगामी दिनहरुमा शत प्रतिशत सत्य लेखियोस न कि पूर्वाग्रही बनेर,

  22. कता चिप्लिएछ ?असफल भए डाका लेखुनु पार्ने ठाउ मा ….

  23. लेख को बिषय गहन छ .छोटकरी मा भन्नु पर्दा इतिहास जित्ने ले लेख्ने हो .अहिलेको भुमरी राजनीति कहा पुगेर टुंगिन्छ को सर्बेसर्बा हुन्छ त्यसैले इतिहास उसको पक्ष मा लेख्छ .नेपाल मा एउटा भनाइ छ सफल भए नेता असफल भए नेता ….हेर्नुस पंचायत काल सम्म गिरिजा कोइराला हरु बम काण्ड .जहाज अपहरण काण्ड का नाइके र अभियुक्त थिए .बहुदल आयो सामाजिक सेवा को मुख्तियारी लिएकी तत्कालिन बडा महारानी ऐस्वर्य अभियुक्त भईन र गणेश मान कि श्रीमती, छोरी ले मुख्तियारी लिए .
    पंचायत बलियो हुदा दलीय व्यवस्था असफल हुना को १२ वटा जती कारण दिएर पंचायत नाम को किताब र याने पाठ्यपुस्तक बनाइएको थियो ….अब फेरी बहुदलीय व्यवस्था असफल भएको ३ बर्ष भयो ..यो बिच मा बलियो कोइ भएको छैन ….त्यसैले पर्खनुस .भोलि को बलियो हुन्छ त्यसले लेख्छ इतिहास अर्थात लेख्न लगाउछ ….राजतन्त्र ,,बहुदल ..वा माओबादी तन्त्र के थियो भनेर …..अहिले के लेख्ने भन्ने त कुरै हुन्न …..समय ले भन्ने छ यो लेख यो लेख भनेर …अस्तु

  24. संविधान जस्तो कुरा त बन्न नसको यो आबस्था छ देश मा सबै पाटो लाई समेटी तयार पारिएको एकरुप र पूर्वाग्रह रहित पाठ्यक्रम बिकाश गर्न नेता हरु ले देलान र ? ……..

  25. तपाइले एकदमै बैज्ञानिक कुरा उठान गर्नु भएको छ. हामीले सबैलाई कुरालाई पुर्बग्रह नराखी बिस्लेशनगरे मात्रै आउने पुस्तालाई न्याय होला. तर हाम्रो “मेरो गोरुको बारै टक्का” भन्ने मस्तिस्क छ…… कि माओबादी आतंकारी कि माओबादी मात्रै राष्ट्र भक्त भन्ने खेमामा विभाजित. अनि हानाहान गर्यो, सकियो. यो ब्लगको कमेन्ट हरुले पनि येस्तई कुरा देखौछा.
    धेरै राम्रो बिस्लेसन लग्यो मलाई. “Out of the box thinking” भनेको येही हो.

  26. तपाईं को जिग्यांसा एकदम राम्रो छ/ तटस्थ कसरि हुने भन्ने नै मुख्य सवाल हो र तटस्थ बस्दा पनि कसै कसैले नराम्रो ठान्न सक्छन / त्यसैले मैले भर्खरै पढेको एउटा लेखको लिंक तल दिन्छु त्यसमा अभि सुबेदिजी ले राम्रो संग लेख्नु भएको लाग्यो : भर्खरै घटेको पारस – रुबेल काण्डको बारेमा /

    http://www.ekantipur.com/2010/12/22/oped/interesting-times/326865/

  27. मित्र ले अलिक गहन अध्ययन गर्नु पर्यो….बलभद्र ले अंग्रेज को फौज मा नभएर त्यस समय को गोर्खाली जस्तै अंग्रेज को निसाना पन्जाबी राजा रञ्‍जित सिंह को सेना मा जेनेरल पद लिएका हुन्…… तापनि उनले नेपाली इतिहास मा दिएको योगदान कदर योग्य छैन र ?

    • बलभद्र कुँवर को कमेन्ट गर्ने मा त यहाँ कुनै ठाउँ देख्दिन. उनि विदेश मा गएर लडे त के भयो आफ्नो हुतीले भ्याउने सम्म नेपाल लै गरेकै हुन्. इतिहास का लेख १००% सत्य पाउन गारइ हुन्छ र जित्ने कै पक्ष मा लेखिन्छ धेरै जसो. कतिपय कुरालाई वास्ता पनि गरिन्न. जस्तै हिटलरले यहुदीलाई मार्यो सत्य हो. तर हिटलरले यूरोप का क्रिस्टियन वर्गको मनोभावना बुझेर नै त्यस्तो गर्न सकेको हो. क्रिस्टियन हरुले यहुदीको बारेमा पोल लगाइदिन्थे. तर संसार का ८०% यहुदीको नाश हुदा इतिहासले बिरलै यूरोपेली क्रिस्टियन हरु लाइ दोष दिएको पाइन्छ. खाली हिटलर मात्र खलनायक देखिन्छ इतिहास पढ्दा. पछी नेपालमा १३००० मरेका जनता सजिलै बिर्सीइनेछ. ज्ञानेन्द्र खलनायक हुनेछन र प्रचण्ड नायक.

      • हर्षि केश जी
        तपाईंको अन्तिम हरफमा “झगदेस्वर कलह देव गिरिजा महा नायक हुनेछ” भन्ने सब्द छुटेको हो बा छुटाउनु भएको हो?

  28. धेरै दिन पछी आएको साच्चैं राम्रो लेख। हो यो तितो वास्तविकतालाई कसरी हेर्ने हुन माथिकाहरुले अनि सधै जित्नेको पक्षमा मात्र लेखीने इतिहास सन्तुलित र यथार्थ भएर आउने कहिले होला?

  29. अहिलेको लागि पुरा देश किताब र घटना हरु लाइ अध्याय को रुप मा लिदा हुन्छ |
    जसरि किताब पढेर मानिस ले आफ्नो आफ्नो क्ष्य्मता अनुसार बुझ्ने र बिश्लेसन गर्ने गर्छन | अहिले देश ठुलो षड्यन्त्र को जालो मा हुदा सत्य के हो जान र बुझ्न
    राजनीतिक च्याम्पियन हरुलाई पनि गाह्रो छ |
    यदि त्यति सजिलो हुदो हो त् हरुवा हरु सरकार मा हुन्न थे ,संबिधान सजिलै बन्थ्यो शान्ति प्रक्रिया टुङ्गो मा पुगिसक्थ्यो |
    फेरी पनि तपाइँ को बिचार अति उत्तम लाग्यो ,धन्यबाद |

Comments are closed.