हाम्रो काठमाडौँ

माइसंसारको टाउकोमा ठूलो अक्षरले यो न्युज साइट हैन, ब्लग हो भनेर लेखे पनि कतिले यसलाई अझै न्युज साइट कै रुपमा लिँदा रहेछन्। लाखौँको लगानी र त्यसै अनुरुप जनशक्ति हुने न्युज साइटसँग एक्लो प्रयासमा अगाडि बढेको नाथे ब्लगले कसरी प्रतिस्पर्धा गर्न सक्नु! तर पनि वैकल्पिक पत्रकारिताको प्रयास थाल्ने कोशिशसम्म गर्ने हो।

ब्लगमा खाली राजनीतिक कुरा मात्र हुँदैन। तर देशको स्थिति यस्तो छ कि राजनीतिबाहेक अरु कुरा लेख्दा ‘वाहियात’ भनेर कमेन्ट आउन थालिहाल्छ। तर ब्लगलाई ब्लग कै रुप दिन कहिलेकाहीँ त राजनीतिबाहेकका कुरा पनि गर्नै पर्‍यो नि। आज काठमाडौँका केही फोटो राखेका छु- र्‍यान्डम फोटोहरु, जे भेटियो त्यही। सबै फोटो मोबाइलमा खिचिएका हुन्।

सँगैको फोटोमा छ्वालीबाट बनेको स्वतन्त्रताकी प्रतिमूर्ति। अमेरिकालाई यो विशाल मूर्ति फ्रान्सका जनताले उपहार दिएका थिए, तर यो भने हाम्रै नेपाली दाजुभाइको कला हो।



हालै काठमाडौँमा आयोजित सार्क व्यापार मेलामा एउटा स्टल थियो छ्वाली (Wheat straw) आर्टको। त्यसैमा सबैको ध्यान तानेको थियो यो कलाले।


हामी मान्छेको जातलाई जे नगर भन्यो त्यही गर्नुपर्ने ! यसमा हातले नछुनु भनेर लेखेको भए पनि केहीले चाहिँ हातले यसरी छुँदै थिए।


आफ्नै देशमा भएको भएर होला, सबभन्दा ठूलो प्याभेलियन नेपाल कै थियो सार्क व्यापार मेलामा।


भृकुटी मण्डप पनि काठमाडौँको कुनै मन्दिर परिसर जस्तो लाग्थ्यो यो हेर्दा।


दशरथ र‌ंगशालामा ब्रिटिस गोरखा कपको सेमी फाइनल खेल हुँदै गर्दा नजिकैको युनाइटेड वर्ल्ड ट्रेड सेन्टरबाट देखिएको दृश्य।


रंगशालाबाहिर राखिएका ठूल्ठूला होर्डिङ बोर्ड।


काठमाडौँको एउटा रेस्टुरेन्ट सञ्चालकलाई के सनक चढेछ, भेज मःमःको रङ्ग नै हरियो बनाइदिएछन्। धन्न, बफ मःमःमा भने खैरो रङ्ग हालेका छैनन्। मःमःलाई रंगिन बनाएको मलाई चाहिँ मन परेन।


नर्थ फेसको ज्याकेट र अमेजनको इबुक रिडर किन्डल। काठमाडौँका युवा पनि कहाँ कम छन् र!


स्वयम्भूमा साँझ घुम्न जानुपर्छ, यति मोहनी लगाइदिन्छ वातावरणले कि विदेशी पर्यटकहरु दंगै पर्छन्। यी पर्यटक फोटो राम्रो खिचेकोमा दंग भएर आफ्ना साथीलाई अंगाल्दै थिइन्।


मेड इन नेपाल- यो चप्पलको मोल कति होला तपाईँ अनुमान लगाउन सक्नु हुन्छ ? मात्र ३० रुपैयाँ।


भित्र कस्तो डान्स हुन्छ थाहा छैन, बाहिरको साइन बोर्डमा भने यतिसम्म नाङ्गिने रैछन्।


मोटरसाइकलको संख्या निकै बढेको छ काठमाडौँमा।

आजलाई यत्ति नै। तपाईँहरुलाई इच्छा भएमा काठमाडौँका दृश्यहरुको दोस्रो भाग पनि लिएर आउने छु छिट्टै नै।

65 Comments

  1. अरु त त्येस्तै हो पैसा को लागि रक्सि को बिज्ञापन मा नंगियेरा सभ्येता को परिचय देखेर दङ्ग परे , यो कला त पक्का नि हैन अनि सस्कृति पनि हैन , के रहेछा खास मा हौ साथी हो confused भयो यार मलाई त ??

  2. काठमाडौँ को फोटो हरु राम्रो लग्यो दै. विदेश बाट घर लै हेर्दा एकदम रमाइलो लाग्छा. आर्को पल्ट पनि केहि नया पुराना थुन हरु को फोटो लिएर आउनु होला र भयूभाने अलि बादी नै खिच्नु holaa

  3. यदि यो साइटलाई ब्लग को रुपमा मात्र लिएको भए यति धेरै पाठक हुने थिएनन होला/

  4. हा हा यो हरियो मो:मो पाइने रेस्तौरांत कुन हो ? तस्ते गर्न जानु पर्यो.

  5. अमेरिका नाम मात्र भित्र खोक्रो रहेछ l के के धनि भनेको संसार नभएको गरिब दुख अमेरिकामा पाउदो रहेछ l इमिग्रांतले अमेरिका देश बनाएको पढेको थिएl फ्रान्सकै सहयोगले ब्रिटिशवाट अमेरिकाले स्वतन्त्र पाएका इतिहास सुने l तर एस्तातु लिबेर्टी फ्रान्सले दिएको सुन्दा धेरै धेरै खलो टाउकै दुख्यो l के अमेरिका बस्ने ?

  6. मुड फ्रेश भयो / रमाइलो लग्यो फोटोहरु हेरेर / अझ राम्रा राम्रा फोटो हरु राख्दै गर्नु होला

  7. कला र कलाकारिताको धनि हाम्रो देश र तेसैको कत्ति पनि कदर नभाको हाम्रै देश….माथिको statue र चप्पल सार्है राम्रो लाग्यो….नेपालि परिबेशमा सस्तो,राम्रो र टिकाउ भन्नुपर्ला अरु तेही अनियन्त्रित पार्किंग व्यवस्था तेही भद्रगोल घरहरु र तुरन्त उखेलेर फाल्नुपर्ने अशोभनीय होल्दिंग बोर्डहरु तर बिकासिंदै गएको नेपाली लाइफ स्ताइल इबूकका प्रयोगकर्ता….संछेप्मा समायोजन राम्रो छ….next time very new n excitng….. राख्नुहोला

  8. उमेश जी धन्यबाद!राजनैतिक बिषयमा बेकारको गन्थन गरेर समय् खर्चिनु भन्दा यी र यस्तै अरु ब्लगहरुलाई धेरै प्राथमिकता दिनु होला भन्ने आग्रह् गर्दछु।

  9. मोमो को लागि रंग आबश्यक नै पर्दैन , बरु केहि फरक देखाउन खोजेको हो भने
    शुद्द बेसार प्रयोग गरि पहेलो बनाइदिए हुने थियो तर यो रंग त हरियो छ !
    हामीलाई थाहा छैन कुन चै हाम्रो खानेकुरा रंग्याउने प्रदार्थ ( बेसार जस्तो प्रदर्थ ) यसरि हरियै हुन्छ ! अब यत्तिको हरियो बनाउन पक्कै पनि केमिकल रंग को प्रयोग भएकै हुनु पर्छ भलै त्यो रंगमा लेखिएको हुन सक्ला खाद्द प्रदार्थमा मिसाइने रंग भनेर तर पनि यस्ता रंग हरु हाम्रो शुद्द बेसार जस्तो केमिकल बिहिन हुनै सक्तैन .
    अब के गुनासो गर्नु ! रियल काण्ड त यसै सेलाइरहेको ‘ बर्तमान परिस्थितिमा –‘

    नेपालमा बनेको चप्पल को मूल्य भने गज्जब कै सस्तो रहेछ !
    अब क्वालिटी कस्तो छ हेर्नु पर्ने हुन्छ , लागेको तिन हप्तामै मिल्क्याउनु पर्ने हो
    भने यस्ता बस्तुहरुले बाताबरणलाइ हुनु सम्म हानि पुर्याउने छन् , होइन कम्तिमा २-4 बर्ष चै टिक्छा भने त्यो चै राम्रो हो . सरकारले पनि यस्ता चप्पल बनाउने फ्याक्ट्री / कारखानालाई उचित सुबिधा दिनु पर्छ किनकि यस्ता उत्पादनले सर्बसाधारणलाइ राहत दिएको हुन्छ सर्बसुलभ मूल्य प्रदान गरेर .

    अब साइनबोर्ड , मोटर साइकल , कंक्रिटका जंगलहरुको के कुरा गर्नु ! यी सबले
    काठमाण्डौ ‘काठमाण्डौ’ जस्तै नहुदै गैरहेको बेला —
    सबल इमान्दार सरकार निर्माण संगै यावत समस्या हल् हुदै जाला , कामना गरौ .

  10. बफ होस या भेज, चिकेन, पोर्क नै किन नहोस् म:म त सेतै ठीक……

  11. हरियो रङ्ग को म:म: त बन्यो तर त्यो कत्तिको गुणस्तरीय हो, कतै अखाद्य रंग पो प्रयोग भाको छ कि!! स्पस्ट भएन…. अरु फोटो सामान्य नै लाग्यो…. अझै निरन्तरता दिनु होला है सालोक्य जी!!

  12. पारस र रुबेल्को काण्डले गर्दा सुजाता र कांग्रेसलाई गाली मात्र गर्दा ( हान्न . मुक्कौना नपाउदा) आफैलाई blod pressure बढेर हैरान भएको थियो ! तपाइले यो नया खालको स्वाद पस्केर यो ब्लगलाई झन् रमाइलो बनैदिनुभो | धन्यवाद उमेशजी!!

    • मुक्कौने भनेको त गफै हो, साथी/ हामीलाई मुक्का हान्न नआउने चाहिँ होइन/ जस्तो, अहिले त्रिचन्द्रमा अखिल र नेबिसंघ मुक्कारत छन्/ अफिसमा हाकिमले गाली गरे घरमा सके स्वास्नी, छोराछोरीलाई, नसके कुक्कुरलाई भएनि मुक्का हान्छौं/ कोही नभए भित्तालाई भएनि मुक्का हान्छौं/ हामीलाई मुक्का हान्न नआउने चाहिँ होइन तर गलत ठाउँमा हान्छौं/

  13. राम्रा फोटोहरु कृपया भाग २ पनि लिएर आउनु होला है दाई

  14. राम्रो प्रस्तुति अर्को भाग को पनि अपेक्छ्या सलोक्याजी अनि हरियो मोमो चाही किसिम लाग्यो यो मोमो खाएर टोइलेट जादा एसको रुप रंग कस्तो निस्केला ? नेता सन्की भएको देशमा जनता पनि बेला बेलामा संकिदो रहेछ .. हा हा हा

  15. सालोक्य जी !
    फोटो मोबाइल ले खिचेको भय पनि त्यति नराम्रो quality को चाहि छैन है . अझै अरु पनि काठमाडौँ को फोटो हेर्न पाउने आशा गर्छु

  16. I am suggesting you a small grammatical correction. Please edit “Its not a news site, its blog …..” to “its not a news site, its a blog … “. The article “a” is necessary before the word “blog” to make the sentence grammatically correct. Thanks.

  17. हरियो मोमो खान मन लाग्यो अहिले को छुटिमा खानु पर्ला ….कति खानु त्यो ठुलो खसी को मोमो पनि ,,हिसाब गर्ने हो भने सिंगै पो हुने होकी ….

  18. यो हरियो मा:मा त दामी छ | अनि काठमाडौँ को नया ताजा त झन् मन परो |||||| वास्तविक कुरा भन्नु भाको मा खुसि लागेको छ ||| धेरै धेरै धन्यवाद ||||| हजुरहरु लाइ ||||

  19. well we understand its a blog and not a news site. there are couple of other blogs (nepali) which writes offbeat post and not a post related to politics. But how many visitors they have. Very few in my guess. In Nepal there are lot of happenings in politics and we abroad people are very interested to know whats going on our country. People who lives in nepal may not be interested like us coz they can know all those infos from local newspapers and rumors. But we have very few sources for that and one of that is mysansar. That is why we like to see more post related to politics.
    In Nepal, we seen lot of changes in last few years and mysansar was one of those site to bring such updates and thats the reason only mysansar is so popular. In my guess, it would not have been popular if you were giving more emphasis on offbeat post that are not related to politics.

  20. माइसंसारको टाउकोमा ठूलो अक्षरले यो न्युज साइट हैन, ब्लग हो भनेर लेख्नु तपाईंको खुसी, अनि यसलाई न्युज साइटकै रुपमा हेर्नु हाम्रो खुसी, हुन्न र? आफूलाई थाहा भइनसकेको कुरो कसैले सुनाई दिन्छ भने त्यो पनि “न्युज” नै हो/ जस्तो, हरियो मम धेरैको लागि न्युज बन्यो/ अब रह्यो लाखौंको लगानी रहेको मिडियाको कुरो, ती पनि त आखिर अलि जान्ने सम्पादकका ब्लग न हुन्/ के लेख्ने, कति लेख्ने वा लेख्दै नलेख्ने, जसरी तपाईंको मूडमा भर पर्छ, त्यसरी नै पत्रिकामा के छाप्ने, कति छाप्ने वा छाप्दै नछाप्ने, त्यो पनि त सम्पादकको आर्थिक मूडमा भर पर्दो रहेछ नि/ डाबर प्रसङ्गले देखाएन? फेरि ब्लग के, समाचार के, भनेर किन अल्मलिनु?

  21. नेपालका सिक्षित तथा बागबजारे आधुनिक भनाउदाहरु फेसबुकमा राजनीतिलाई डर्टी गेम, पोलिटिक्स सक्स, अनी आइ हेट पोलिटिक्स जस्ता स्ट्याटस लेखेर लाइक पाएको देखिन्छ । रबिन्द्र मिश्रको एउटा लेखलाई आधार मानेर भन्दा नेपालको राजनीति बिग्रिनु नै शिक्षित भनाउदाहरुले त्यसो गर्नाले हो । बेलायतमा दश प्रधानमन्त्री मध्ये आठ क्याम्ब्रिज र अक्स्फोर्डका ग्राजुएट भए जस्तै नेपालमा पनि भईदिएको भए हाम्रो देश पनि ……..(आफै बुझम)

  22. त्यो हरियो रंगको मम मलाई चाहिं मन परेन … लेउ लागे जस्तो …

    • अझ येसो भनम, हरियो रंग को हुदा बासि र साजी चै हेर्दै मा उपभोक्ता ले नचिन्ने भए खादा मात्र थाहा पाइन्छ, खैसकेपछी पैसा असुल्नै पर्छा…नि !! साहुलाई मालामाल!!

  23. फोटो हरु सबै राम्रा छन् अनि हरियो मो मो पनि राम्रै लग्यो .

  24. जीवनका धेरै रङ्गहरु छन् | राजनीति पनि एउटा रङ्ग हो तर राजनीति मात्रै छैन पक्कै होइन | त्यसैले ब्लगमा जीवनका सबै रङ्ग भएको राम्रो!!!

  25. अवश्य मन प-यो । यसरी त थाहा पाउन सकिन्छ नि त्यस ठाउंको बास्तबिकता हामी बाहिर बसेका हरूले । अवश्य राख्नु होला अर्को भाग पनि ।।।

  26. उमेश जी
    पालग मिसाएको मोमो हू टेस्ट गर्नुस त मिठो हुन्छ .

  27. फोटो हरु मन्धेमा हरियो मालाई एकदमै राम्रो लाग्यो अनि यस्तै यस्तै फोटो हरुमा नेपाल कृषिप्रधान देश हो भनी चिनिने नौलो नौलो किसिमको बैज्ञानि किसिमको खेति, फर्म, को फोटो अनि लेख हरु प्राकसित गरे अझ सुनमा सुगन्ध हुने थियो।

  28. हा हा हा हा हा हरियो momo नया नेपाल मा नया प्रयोग हुन सक्छ आखिर सबै लै नया गरेर देखौना मन लाग्छ आज को जमाना मा तै भयर उसले पनि यति नै सक्यो यति नै गर्यो तर उसले यो सोच्न भुल्यो कि एसले ग्राहक को स्वास्थ्य मा आसर गर्छा कि गर्दैन????

  29. ६ ७ क्लास हुदा काठमाडौँ मछिन्द्र बहाल अगाडी को गल्लीमा पाउने “सानदार” मम जस्तो मम त अहिले सम्म बिर्स दिन , साचै अहिले कहिँ पाउछ तेस्तो मम साथीहरु?

    • हजुर सुरेश जी पाइन्छ | ठमेलको गिलिंचे रेस्टुरेन्टमा जानु होला निकै मिठो मोमो पाउछ|

  30. त्यहाँ प्रदर्शित केहि नेपालि उत्पादन हरु आकर्षक छन् .जस्तै छली बाट बनेको सालिक , जुत्ता आदि ति उत्पादक को सम्पर्क ठेगाना पाउनु पाए केहि यता आयात गर्न सकिन्थ्यो कि ?
    शेखर ढुंगेल
    ओमाहा नेब्रास्का अमेरिका
    ४०२३९३२५५८

  31. शालोक्य जी ! धेरै जसो पाठक हरुले तपाइको ब्लग लाई न्यूज भानिदियाकोमा तपाईलाई दुख लागेको मा मलाई तपाइको सोच प्रति दुखालाग्यो. मेरो विचारमा त तपाइको ब्लग रुपी सानो संसारमा यतिधेरै पाठक हरु झुमिनु लाई तपाइले त गर्व गर्नु पर्ने होइन र. तपाइले संचालन गर्नु भयको ब्लग उत्कृस्ट छ तर एसो भनेर तपाई आफैले भन्दा पनि हामीहरुले भन्दा राम्रो हुन्छा होला. हामीहरुले सबै समाचार हरु वा भानु विषय वास्थु सधै राजनैतिक समाचार मात्र हुन् भनेको त होइन तर सधै र प्राय जस्तो हप्तौ सम्म समान विषय वस्तु मा आल्झुनुले पनि यसको गुणस्तर मा प्रभाव पर्न सक्दछ जस्तो लागेको मात्र हो. समग्रमा यहाँ प्रस्तुत हुने विशयाबस्थु हरु सामान्य पत्रिका को money minende सोच भन्दा माथि उठेको लाग्दछ आझै भन्ने हो भने my sansar लाई समाचार भित्र को समाचार भन्न राम्रो लग्दछा मलाई. जुन विषय वस्तु हरु ठुला ठुला पत्रिका हरुले नजर अन्दाज गरेका हुन्छन ति समाचार लाई ब्यानर न्युज को रुपमा हामीहरुले उठान गरिरहेका हुन्छौ. शालोक्य ज्यु my संसार लाई सबैले आफ्नो सम्झेकोमा गर्व गर्नु नै राम्रो हुन्छा. विषय वस्तु को उठान तपाई गर्नुस तर तेस्को नालीवेली हामीहरु जस्ता पाठक ले दिनेछौ. तपाइको प्रश्तुति राम्रो छ सानो मन नगर्नु हुदैन.

  32. कहिले काहिता यस्ता कुरा आउदा चंगा हूदोरहेच्च तर नेतालाई गलिगरना नपाउदा चाही कस्तो कस्तो तरपनि नहुलो प्रस्तुति को लागि धन्नेवत

  33. “काठमाडौँको एउटा रेस्टुरेन्ट सञ्चालकलाई के सनक चढेछ, भेज मःमःको रङ्ग नै हरियो बनाइदिएछन्। धन्न, बफ मःमःमा भने खैरो रङ्ग हालेका छैनन्। मःमःलाई रंगिन बनाएको मलाई चाहिँ मन परेन। ”

    होइन, भैसी कालो हुन्छ होइन भन्या ? कि भैसी पनि सुद्ध पाइन छाड्यो काठमाडौँ मा ?
    नभए रंगभेदी भन्छन भनेर खैरो भन्या होला होइन?

  34. something different ठिकै छ हामी पनि भ्रस्ट नेतालाई गाली गर्दा-गर्दा थाकिसक्योइ !

  35. फोटोहरु राम्रा छन् | जसले जे भने पनि, यो ब्लग सिटे हो र येस्मा राजनीति बाहेक एस्तो रमाइलो कुरा हरु पनि राख्नु आज सुन मा सुगन्ध हुन्छा | random photo नै भए पनि, नेपालको झलक हरु हेर्न पाइयो, रमाइलो लग्यो धन्यवाद | complain गरेर कमेन्ट लेख्ने हरु लै केहि गर्न सकिन्दैन, तिनीहरु आफु पनि गर्न नसक्ने अरु ले गरेको पनि तारिफ गर्न नसक्ने हरु को के कुरा सुन्नु |

    • होइन यो सिटे भनेको के हो हनुमानजी ?

      रामभक्त भनेको भएर हनुमान भनेको है, अन्यथा नलिनु होला .

      • हाहा हसाउनु भयो | वेब साइट को साइट भन्न खोजेको सिटे भए छ.. धन्न सिट भएन छ |

        • रामभक्तजी ले सिटे भन्दा सिते भन्या जस्तो लागेर कमेन्ट गरि हाल्या नि, रामायण को याद आएर .

  36. अति उत्तम – अति उत्तम (घरको याद आयो) / दोस्रो भाग चाडै हेर्न पाउ /

    • त्यो हरियो म म को दोस्रो भाग त नहेरम होला हौ .

  37. हरियो मम!!! रंग मन नपर्नु हामी सेतो momo को बनि लागेर हो! सुरु देखि नै हरियो मम बन्या भए सेतो मोमो मन पर्दैनथ्यो !!! idea color को होइन, कुरो innovation को हो!!! एउटा त निस्कियो नया रंग भर्ने ब्यापारी!!!! ल ल हाम्रा नेता हरु यो मम ब्यापारी जस्तै बनेर नया idea का साथ नेपाल लाई अगाडी बढाउने कोसिस गरुन. सबै मा भिन्न तरिका ले सोच्ने सद बुद्धि आओस. उन्नति सोचून सबै ले !!!!

  38. एक सिरिज काठमाडौँ मा बनि राखे को गगन चुम्भी अग्ला घर हरु को राख्नुस न आस्ति एउटा पत्रीका मा एउटा फोटो राखेको थियो त्यो हेर्दा त काठमाडौँ नै बिदेशी सहर को झल्को जस्तो देखिन लगियो कि जस्तो lagyo

  39. मैले सुनेअनुसार एकजना मान्छे (नाम बिर्सियो ) ले ययूतई रुख को काठ बाट कास्ट मण्डप बनाए ,पछी ठाउको नाम कान्तिपुर हुन् गयो आजकाल जसलाई काठमान्डू भनिन्छ |
    त्यो मन्दिर को मुन्तिर जमिन मा खादेको मुलाको सिन्की पाइन्थ्यो , जुन पिरो पारेर साधेर खादा अति स्वादिलो हुन्थ्यो |

    उत्तर कुनामा अशोक विनायक को मन्दिर छ जुन काठमान्डू को चार विनायक मध्ये (सुर्य विनायक –भक्त पुर् , कार्य विनायक ,चोभार विनायक ) एक हुन् |
    त्यहा कुना पसल मा माछाको सुकुटी र तामा पनि पाइन्छ त्यो पनि अति मिठो |

    छेउ छाउको पसल मा जेठी मधु ,सेतो पलादी चुर्ण आदि महत्त्वपूर्ण बैद्द औषधि लगायत जन्मे देखि मृत्यु सम्म पुरै कर्म गर्ने पुग्ने सर सामान पाइन्छ |
    तेसैले काठमान्डू को महत्त्व बयान गरि साध्य छैन |

    यहि काठमान्डू को बारेमा कबि चंकी श्रेष्ट ले ययूतौ कबिता ”साला काठमान्डू ”
    लेख्दियेर हिट भए |

  40. नया नेपाल नया मम स्वाद पुरानो तर रंग कमसल स्वास्थ्यको लागि हानिकारक जुन निबर्तमान नेपाल जस्तो !!

  41. एक राम्रो सुरुवात राजनीति बाट अलग नया प्रस्तुति
    राजनीति वन्द गरौ र समसमायक सामाजिक जीवनको राम्रो पाटोपनी आगाडी लेइजौनु पर्छ

  42. मोमो लै हरियो बनाएको द्खेद्क्दा बसी मोमो जस्तो लग्यो मलाई त /

  43. मलाई एकदम मनपर्यो अरु पनि राख्नु पर्यो

  44. अरु त त्येस्तै हो पैसा को लागि रक्सि को बिज्ञापन मा नंगियेरा सभ्येता को परिचय देखेर दङ्ग परे , यो कला त पक्का नि हैन अनि सस्कृति पनि हैन , के रहेछा खास मा हौ साथी हो confused भयो यार मलाई त ??

  45. राम्रो प्रयाश! यस्तै खालको अरु पनि फोटो हरु भय कृपया पोस्ट गर्नु होला/ म:म को फोटो को बिशेष धन्यवाद /

  46. धेरै राम्रो कति फटाहा,भास्त्रचारी नेताहरुको मात्र कुरा हेर्ने |

  47. People who don’t know simple English argue on the topics ‘News’ and ‘Blog’.
    Its a blog site so we are able to post our view or comment and even the story/information from our side.

  48. आरु त तेस्तै हो तर यो हरियो म :म चै पहिलो पटक देखे !!!!!

Comments are closed.