विकासको मुद्दा छिटो छिनोफानो गरः महासंघ

नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको आज बसेको पूर्ण बैठकले श्रमजीवी पत्रकार विकास थापाको मुद्दाबारे छिटो छिनोफानो गर्न सरकारसँग माग गरेको छ। महासङ्घका अध्यक्ष युवराज विद्रोहीको अध्यक्षतामा बसेको सो बैठकले यस्तो माग गरेको हो।

साइबर कानुनअन्तर्गत केही महिना अघिदेखि हाल काठमाडौँस्थित भद्रगोल जेलमा राखिएका पत्रकार थापालाई त्यहाँभित्र अमानवीय व्यवहारसमेत गरिएको भन्ने सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै महासङ्घले पत्रकारमाथिको यस्तो दुर्व्यवहारलाई निन्दनीय भनेको छ। उनलाई रिहाइ नगरिए सङ्घर्षका कडा कार्यक्रम ल्याउने निर्णयसमेत भएको महासङ्घका सचिव गोविन्दप्रसाद चौलागाईंले जानकारी दिएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ।

माइसंसारलाई धम्की

यसैबीच बिहीबार राति ७ बजेर ५० मिनेटमा 014485184 नम्बरको फोनबाट आफूलाई ‘मैना’ हुँ भन्ने महिलाले माइसंसारलाई पनि “होश गर्नुस् है, विद्युतीय कारोबार ऐन छ, तपाईँलाई पनि लगाइदिउँला’ भनेर धम्की दिएकी छिन्। उनले सुरुदेखि नै विकासको पक्षमा लेखेको भन्दै आक्रोश पोखेकी थिइन्। तपाईँलाई चित्त नबुझेको कुरा तपाईँ पनि लेख्‍नु न त भन्दा उनले ‘मैले किन लेख्‍ने’ भनिन्।

के भइरहेको छ मुद्दा ?

विद्युतीय कारोबार ऐन अन्तर्गतको यो मुद्दा काठमाडौँ जिल्ला अदालतमा चलिरहेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलले ‘कान्तिपुरका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र सम्पादक सुधिर शर्माको पत्र हेर्दा विकास थापा निर्दोष रहेको देखिएन’ भन्दै पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएका थिए। आदेशपछि दशैँअगाडिदेखि नै उनी भद्रगोल जेलमा बन्दी जीवन बिताइरहेका छन्। त्यो आदेशविरुद्ध विकास थापाले पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए। तर पुनरावेदन अदालतका डा हरिवंश त्रिपाठी र विश्वम्भर प्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत कै फैसलालाई सदर गर्ने फैसला गरे। पुनरावेदनको फैसलाविरुद्ध थापाले सर्वोच्चमा रिट दायर गरेका थिए तर तीन सातासम्म यो मुद्दा पेशीमा चढ्दै सुनुवाई स्थगित हुँदै गर्‍यो। गएको सोमबार सर्वोच्चले पुनरावेदनको प्रतिवेदन मगाउने आदेश दिएको थियो। सर्वोच्चमा हाल जारी मुद्दा पुर्पक्षका लागि थुनामा राख्‍ने कि नराख्‍ने भन्ने विषयमा मात्र हो। विद्युतीय कारोबार अन्तर्गतको मुद्दा भने उनले काठमाडौँ जिल्ला अदालतमा नै खेप्‍नुपर्नेछ। विकास थापालाई थुनामा भेटेर आउनेहरुले बताए अनुसार उनलाई बन्दीगृहमा कडा सुरक्षाका साथ राखिएको छ। उनलाई ‘माथिको आदेश’ भन्दै सुत्दासमेत एक जना सुरक्षाकर्मीको पहरा राख्‍ने गरिएको छ। समान खालका अन्य विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा भने अभियुक्तहरुलाई अदालतले धरौटीमा रिहा गर्ने फैसला गरेको थियो।

विकास प्रकरण थप बुझ्न सम्बन्धित ब्लगहरु


कान्तिपुर काण्ड अदालतमा, थापा थुनामा
विकास-मैना इमेल काण्ड सर्वोच्चमा, भक्तपुरबासीले घेरे कान्तिपुर
पत्रकार थुन्दा चुप बसेकोमा महासंघ कार्यालय घेराउ
यस्तो छ थापालाई थुनाउने पत्र
इमेल गरेको अभियोगमा थापा थुनामै
विकास थापा थुनाउने जीमेलको सेरोफेरो

24 Comments

  1. aba hami matrai karayra k garnu jo mathi chha usai ko haat ma chha dosi lai nirdosi ani nirdosi lai dosi banaune yo kasto kanun ho hamro nepal ko kahile sudhriyala nepal dhakkr chha……………………

  2. यो अति नै भयो बा. धमला निदोष हुने. गोलि चलाउने पारस छुट्ने, नेपाल लै लुट्ने रुबेल स्वतन्त्र घुम्ने, तर विकास थापा थुनिने. यो के हो भने. नेपालमा सक्ति हुनेले जे गरेपनि हुन्छा? कति सहने? कत्रो अन्याय. अब त्यहिँ शक्ति ko प्रदर्शन मेरो सन्सार लाई पनि गर्न थालिछ. हैन यो नेपाल को अदालत किन एस्तो कम्जोर? के सबै घुश्याहा नै छन्?

  3. अन्धेर नगरी
    अन्धेर न्याय
    चौपट नेता
    चौपाया दुनिया

  4. यो पत्रकारिता निकै गारो काम हो | अब यो कुरा तपाईलाई भालिभाती अनुभब भै नै रहेछ | सहि ,र सत्य बाटोमा हिड्दा पनि कति ले दुश्मनी बोकेका हुन्छन ,कति मौका पर्खी बसेका हुन्छन भन्नै सकिन्न |
    कहिले राजाको बिरोध को आरोप,कहिले मावोबादीको बिरोध को आरोप , येस्ता यी
    सुजाता ,कुजाता ,र हरु झन् खतरनाक जन्तु हुन् |
    चोरै चोर भएको ठाउमा सज्जन लाइ निकै गाह्रो हुन्छ |
    तर गाह्रो काम आट भएका ले नै गर्ने हो ,एक दिन ”every honest attempt would be paid”मै बिस्वास गर्ने हो |

  5. जमाना धेरै बदलिसकेको छ । झुठो कुरा गर्ने ,घुस खाने , अख्तियार दुरुपयोगगर्ने जस्ता नियत भएका मान्छेहरु २१ सताब्दीका नलायकहरु हुन समाजमा जे जे हुन्छ सत्य तथ्य ब्लगमा धमाधम लेख्दै जानु नै हामीहरुले नेपाल बिकासको लागि गरेको योगदान हुने छ । कसैले घुस माग्यो भने घरमा फर्केर फलानो सरकारी कर्मचारीले यसरी घुस माग्यो भनेर लेख्दा नेपालका गलत तत्वहरु हत्दै जाने छ ।

  6. यो महासंघको पनि कही भर छैना | धमलालाई छुटौना बुर्कुसी मार्नेहरू यिनै होइनन र ?

  7. सालोक्य जी तपाई लै अर्को बिकाश बनाउन बेर छैनन् यी टाउके भनौदा चोरहरु ले.. तर सम्पूर्ण मैसंसर क पाठक हरु तपाईको साथ मा छ.

  8. बिकाश थापा थुनिएको कारण उसको इमेल मात्र हो बा भित्रि कुरा हरु नै छैन?

    इमेल र आरोप लगाउने कै पत्र लाई आधार मानेर मुर्खले पनि केहि निर्णय गर्दैनन्/ सेल फोनमा धम्कि दिएको सप्रमान समातिएको ऋषि धमला निर्दोष मानिने देसमा इमेललाई प्रमाण मानेको कुरा भित्र अर्कै कारणहरु लुकाईएको छ कि?

  9. सालोक्य जि नेपालको कानुन सहि सदुपयोग भएको इतिहाँस छैन त्यसैले के हि होसियार रहनु होला, तर पनि तपाई सत्य कुरा दुनियाँको अगाडि ल्यान नडराउनु होला तपाई हामी साथ दिने छौ जति सक्दो र सकेसम्म

  10. विकास लाई सरासर फ़सैएको हो. जुन मेरो संसार लाई धम्कि दिने मैना, सैना जो कोहि होस् नम्बर आएको छ. नम्बर बाट पत्ता लगाउन सकिन्छ. तपाई पनि मुद्धा ठोकी दिनोस न. यो मेरो संसार का सम्पूर्ण पाठक हरु तपाई को साथ मा छौ.धन्यवाद ….

  11. माइसंसारलाई धम्की :- एकजना निस्वार्थ भावनाले अन्लाईन पत्रकारिता गरिरहेको पत्रकारमाथी धम्की दिनु खेदपुर्ण छ ।
    उमेशजी,
    ‘पुच्छर हल्लाउनेले’ टोक्योभने सभ्यले त्यसलाई टोक्नु मिल्दैन । फेरि दुखलाग्दो कुरो, यहाँ टोकाइ खाएपछी पनि ‘पुच्छर हल्लाउनेको’ धनीकै कुरा माथि हुन्छ । अहिलेलाई कानुन भनेको एउटा खोस्टा न हो – सन्क्रमनकालिन अवस्था छ । अली चनाखो हुनु होला ।

  12. कान्तिपुरमा बिकाशले भारतको बिरुद्धमा बोलेको लेखेकोले विकास काण्ड भएको हो l

  13. बिचार बिकाश,
    रुबेल, परश जस्ता गुन्डा कालो गाडी चडेर हिद्छान, तिमि चै …… धिक्कार छ आम नेपाली को जिन्दगि…

  14. कति हतार विकासलाई अझै लामो समयका लागि जेल कोच्न ! हो, यो सब विकास थापालाई दोषी प्रमाणित गरेर जेल कोच भनेको नै हो । होइन यस्तो हाँस्याष्पद र विवादित मुद्दा किन चुप बसेको छ पत्रकारहरूको कथित महासंघ ?

  15. उमेशजीलाइ आएको फोन धम्की विकास थापाको मुद्दाको लागि थप प्रमाण हो । विद्युतीय कारोवार एेन छ, तपाइलाइ पनि लगाइदिउँला भन्नुको अर्थ थापालाइ पनि थापालाइ त एेन लगाएर फसाएँ, अब तपाइको पालो भन्नु हो । कान्तिपुरकै फोन नं. बाट गरिएको धम्कीको कान्तिपुरले जवाफ दिनै पर्छ । कि कतै फेरि कान्तिपुरका सम्पादकले ”मैनाको नाम लिएर कान्तिपुरमा कार्यरत अर्का विकास थापाले फोन गरेको हो, मैनाले होइन” भनेर अदालतलाइ पत्र लेखेर अर्को विकास थापालाइ फसाउने षड्यन्त्र हो कि !

  16. उमेश जी !
    यो बिषयलाइ ( तपाइलाई फोन मार्फत धम्कि आएको ) लिएर तपाइले पनि मुद्दा
    दायर गर्न सक्नु हुन्छ .
    तपाइको मुद्दा दायर पछी यदि न्यायालयले सुनुवाई गरेन भने संसार भरि छरिएर
    रहेका माइसंसारका पाठकहरुले तपाइको मुद्दाको सबालमा आबाज उठाउने छन् .
    ( तर एक पल्ट लाइ भैगो भनेर माफ दिनुस अहिलेलाइ , यदि पुन यसरि धम्कि स्वरुपको फोन आयो भने पाठ सिकाउन पछी नपर्नु होला )

    • उमेशजी,

      नेपाल टेलिकमको नम्बर पत्ता लगाउने साइटमा हेर्दा त उक्त नम्बर त सुविधानगरनिवासी लामा थर भएका व्यक्तिको रहेछ । तपाईंजस्तो पत्रकारले त पत्ता लगाउन सक्नुपर्ने हो; कृपया सजग रहनुहोला र यसबारे सोधखोज पनि गर्नुहोला ।

      • जुन सुकै फोन प्रयोग गरेपनि धम्की त आयो नी | तर मैना नै हो भनेर छाप्नु अगाडी कान्तिपुरमा फोन गरेर त्यहि मैना हो की होइन भनेर चाहि सोध्नु पर्ने हो | छापिए पछि त सकि हाल्यो नी |

  17. नादराउनुस सलोक्ये जी तपाई को साथ् सत्य र नेपाली जनता छ त्यो फोन गरेर धम्की दिदैमा केहि हुनेवाला छैन

  18. बिचरा बिकाश लाइ अति भो सन्डे भन्दा मन्डे लामो भने झैँ कशुर हेरी सजाए बढ्ता भो , तर पत्रकार जगत मौन छ. यहि त हो पत्रकार हित को निम्ति बनेको पत्रकार महासंघ को कमाल.

  19. 014485184 नम्बरमा डायल गरेको त तपाईलाई कान्तीपुर पब्लिकेशन हाउसमा स्वागत छ पो भन्यो त? तपाईलाई धम्कीदिने त कान्तीपुरभित्रै पो रहेछन् हो।

  20. सार्वजनिक अपराध ऐन अर्न्तगत कसैलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धम्की दिनु अपराध हो। त्यसैले मैनाले फोन मार्फत धम्की दिएर अपराध गरेकी छिन्। त्यसैले उमेशजी मैना विरुद्ध सार्वजनिक अपराध ऐन अर्न्तगत प्रहरीकोमा मुद्धा ठोकिदिनुस् न। अपराध प्रमाणित भए उनी १ वर्षसम्म कैदमा पर्न सक्छिन्। अनी बल्ल उनले पनि स्वाद पाउने छिन् असली कैदको ।

  21. आज सम्म महासघ किन चुप? बिकाश दोषी वा निर्दोष जे भय नि मुद्दा को फैसला समय मा हुनु जरुरि छ.

Comments are closed.