गुगलको लोगोमा हाम्रो नेपाल

-निशेद गौतम-

गुगलको गृहपृष्ठमा आज नेपालको कला र संस्कृति झल्कने एउटा तेलचित्रका साथै संसारका प्रसिद्ध भौतिक संरचना र जीवनशैली झल्कने १७ अमूर्त चित्र राखिएका छन्।

नेपालबारे समावेश गरिएको चित्रमा बौद्धस्तुपाको अगाडि तीन नेपाली महिला आफ्नो परम्परागत पोसाकमा सजिइ मस्त हाँसिरहेका देखिन्छन्। त्यस्तै अन्य चित्रहरुमा एथेन्सको आर्कोपोलिस, चीनको ग्रेटवाल, सिड्नीको हर्बर ब्रिजका साथै केही देशका सांस्कृतिक बिम्बहरु छन्।

यो त मैले पनि आज गूगल हेर्दा देखेकै हो नि, यति जाबो चिजमा खुशी हुनु पर्ने के नै छ र भन्ने तपाईंलाई लाग्न सक्छ। मलाई पनि त्यस्तै लगेको थियो तर पछि बुझ्दै जाँदा कुरा अलि गहिरै रहेछ।

के फरक छ त यो अरु भन्दा ?



पछिल्ला १२ वर्षको गूगल इतिहासमा यस प्रकारको चित्र सामेल भएको यो पहिलो पल्ट रहेछ। यस अघिका चित्रहरु साधारण डिजाइनमा बनेका हुन्थे जसमा श्रम र सिप पनि कम लाग्थे।

‘क्रिसमस डूडल्स होलिडेज् ‘ नाम दिइएको यो डिजाइन तयार पार्न छ महिनाको योजना र ५ जना चित्रकारलाई २५० घण्टा समय लागेको थियो। माइकल लोपेज नामका एक चित्रकारले संसारका १७ महत्वपूर्ण दृश्यहरुलाई लिएर यो महत्वाकांछी डिजाइन तयार पारेका हुन्।

क्रिसमस नसकिएसम्म यो गुगलको लोगोमा हाम्रो नेपाल कायमै रहने छ।

भिडियो हेर्नुस्-

44 Comments

  1. सायद नेपाल टुरिजम वर्ष २०११ लाई टेवा गरेको होला गूगल ले ..
    धेरै खुशी लाग्यो

  2. मैले पनि यसो लोगो हेर्दा त नेपाली पाराको देख्नु त देखेको हो तर मैले त्यती वास्ता गरिन अरुहरुको पनि त्यस्तै होला भनेर।
    जेहोस गुगल जस्तो शक्तिशाली कम्पनीले नेपालीको झल्को झल्काउने लोगो गुगलमा राख्नु त्यती चानचुने कुरा होईन। धेरै खुशी लाग्यो।
    त्यही भएर आजभन्दा १० देखी मेरो सबैभन्दा प्रिय सर्चईन्जिन गुगल नै हो

    “”शान्त नेपाल, शान्तिको दुत गौतम बुद्द नेपाली हुन””

  3. पर्यटक भित्र्याउँन डलर दिएर विज्ञापन गर्नु पर्ने अवस्थामा गुगलको यो प्रस्तुतीले निश्चय नै
    महत्वपूर्ण भूमिका त निभाउँछ नै त्यसमा पनि ‘हाम्रो गौरव हाम्रो वैभव’ को उपस्थिति संसारका करोडौं ब्यक्तिका सामु हुनु ,कुनचाहिं नेपाली छाती गर्वले फुलेल नहोला!!!!

  4. काम कुरो एकातिर, कुम्लो बोकी ठिमि तिर भने जस्तो, एउटा राम्रो समाचार पढ्न पाएको बेलामा, येसो राम्रो कुरो गर्ने बेलामा, ‘कबाब मा हड्डी’ भने जस्तो, एस्तो बेबकुफ कुरा गरेर किन दिन खराब पार्छौ नि हो के. सी. भाइ? गालि र गनगन मात्रै गर्ने रोग लागेको छ कि कसो?

    देशमा ३०० वर्षा सम्म तिमि जस्तै बेबकुफ छेत्री हरुले पनि धेरै चकचक गरेका छन्! आँफु केहि गर्न पनि नसक्ने, तर अर्काको कुरो मात्रै काट्ने र अरुको मात्रै दोष देख्ने तिमि हामि पनि चोखो छैनाम, तिमि हामि ले पनि धेरै चकचक गरेर सबै लाइ वाक्का दिक्का पारेका छाम! खै हाम्रो चेतना को बिर्को कैले खुल्छा?

  5. खुसीको कुरो त हो/ उसै पनि नेपालप्रति अन्तर्राष्ट्रिय चासो बढेको पनि छ/ त्यसै क्रममा एकजना बिदेशी मित्र केही महिना अघि नेपाल आएका थिए/ लगेजमा क्यामेरा राख्या रहेछन्, हाम्रो एयरपोर्टमा चोरी दिएछ/ सुरुमा साथीले मलाई केही भनेनन्, फर्कने बेला मात्रै भन्यो/ महिना बिते तर मन अझै खिन्न छ/

  6. गुगलकै शब्दमा….
    म गौरबान्वित अनुभूति गरिरहेछु ।

  7. ‘ तिमि झैँ म पनि फूलेल भएकी छु खुशीले ‘
    ————————————————–
    दुई आँखा
    चार आँखा हुदै
    हजार
    लाख
    अनि
    करोड आँखाहरुमा सजिदा हाम्रो देशको सस्कृति बिम्ब
    तिमि झैँ म पनि फूलेल भएकी छु खुशीले

    देश दुख्दा घाउ भएर मुर्झाउने मनहरु
    देश हास्दा फूल भएर फूल्छा—

    आज फेरी
    तिमि फूलेल भएका छौ
    म फूलेल भएकी छु
    हामि फूलेल भएका छौँ

    सस्कृति छन् यहा थरि थरिका
    तिन्का आफ्नै चाल चलन तरिका
    हाम्रो देशको गौरब
    सास्कृतिक विशेषता यो सब

    हामि फूल्नु पर्छ
    तिमि गुराँस भै मुस्कुराउ
    म गोदाबरी भै मुस्कुराउला
    अनि
    ऊ ऊनी
    गुलाब
    गुनेली
    चमेली
    बाबरी —

    अधुरो अपुरो
    एक बिना अर्को

    सबैले सबैको सम्मान गरौ अस्तित्वको
    टेको बनि उभिनै पर्छ हामि एक अर्काको

    नत्र
    चुदिन्छौ लात्रिन्छौ
    हामि चुडिनु हुदैन लत्रिनु हुदैन
    हामि शुन्दर बगैचाको शोभायमान फूल

    • राजनीतिक कमेन्ट भन्दा कवितामै लुनाजी बढी फुलेको, फक्रेको र ढकमक्क देखिनु हुन्छ|

  8. मलाई पनि धेरै खुशी लग्यो , १२ वर्ष पछी नेपाल को कला झल्कने चित्र देख्न पाउदा , एस्को महत्वो ठुलो छ , यो चित्रले नेपाल को स्वाभिमान जोगायको छ , त्येसैले मा आज धेरै नै खुसि छु ,

    • खुसि लागेको ठिकै हो गर्ब गर्ने कुरा चै होइन

  9. मलाई पनि यो सुजाता र त्यसको ज्वाइको चर्तिकला देखेर ऋष मात्रै उठिराख्या बेलामा खुसीको कुरो पढ्न पाउदाa मन अत्यन्तै प्रफुल्ल छ .

  10. धेरै खुशीको कुरा, देशको पहिचाहन जनाउने यस्ता कुराहरु गुगल्जस्तो saaitmaa aaunu raamro ho/

  11. सारै चित्त नबुझ्ने कुरा नि येा माइसंसार भन्ने ब्ल्गकेा । यति राम्रेा समाचार छ । लैा न धेरै पछि राम्रेा कुरा पढ्न पाइयेा भनेर खुसी हुदै पढ्न थाल्येा कुरेा फेरी उस्तै । के हाम्रा पाठकहरूलाइ माकुने र सुजाताकेा भूत नै चढेकेा छ कि क्याहेा ? त्यस्तेा कला भएकाहरूले अलि राम्रेा कुरा लेखिदिए पनि त हुन्थ्येा नि । अब कमेन्ट गर्ने महानुभावहरूमा एउटा विनम्र अनुरेाध, कृपया येा समाचारलाइ राजनितिसंग जेाडेर अपवित्र नबनाइदिनुहेाला । धन्यबाद् ।

  12. साच्चै नै मैले पनि आझ गुगल खोल्दा नया अनुभुति गरें । गुगलले राखेको भने पछी पक्कै केही विषेशता छ यस्मा भनेर सबै एक एक गरेर हेरी रहे । सबै केहीन केही महत्व बोकेका चित्र हरु रहेछ त्यो पनि ६ जना चित्रकार ले छ महिना लगाएर बनाएको भन्ने थाहा भयो । सधै नेता हरुको कार्टुन हेरेर थाकेका आखाले यस्तो चित्र हेर्न पाउदा पनि आनन्द महशुस गर् यो । धन्यवाद गुगल

  13. हामीहरु आफुले केहि गतिलो काम गर्ने बानी छैन के गर्ने त अरुले गरेको हेर्ने त होनी

  14. हामि संग के छ हामीलाई थाहा छैन तर कसैलाई थाहा छ कि हाम्रो संस्कृति मा के छ र हाम्रो नेपाल मा के छ भनेर हामि कति बुद्दु हामि संग भएको महत्तोकंछी पनि बुज्न र बेबहार मा ल्याउन नसक्ने त्यो लाइ सदुपयोग गर्न नसक्ने कि कसो?

  15. दैनिक करोडौं मान्छेहरुले प्रयोग गर्ने लोकप्रिय गूगल होमपेजमा नेपालको पहिचान गराउने चित्र देखेर खुसि अनि गर्व महसुस भयो. धन्यवाद गूगल !

  16. हो यो संचि नि गर्वको कुरा हो |
    केहि दिन अगाडी अमेरिकाको denver सहरमा, मेरो ट्रेनिंगको क्रममा एउटा केटा केटिको क्लिनिकमा थिये | तिहा बालबालिका सम्बंदित किताबहरु रहेछन | ति किताब माज
    एउटा किताबमा नेपाली खेल शीर्षकमा Machha Machha bhagutor अर्थात् माछो माछो भागुतो रहेछ | अज्ज रमाइलो त दुइटी साना नेपानी केटिहरुको औला नचौदै गरेको फोटो देख्दा त छाती फुलेर आयो| वस्ताबमा नेपालीले गर्व गर्नै पर्ने कुरो पनि संस्कार र संस्कृति हो | बाख्राले पाठो पाउदा पनि खुसीले गाऊभरि सुनाउदै हिडनी खुसि हामीमा सुरक्छित छ |
    तर अरु देशमा नया गाडी किन्दा पनि तेती खुसि छैन |

    आर्को कुरो संसारमा कुनै पनि देश छैन ,जुन देशमा सरकार नहुदा पनि ,देशका मस्त्लो तहका मान्छे एती भ्रस्ट हुदा पनि एती सान्ति छ | एसमा राम्रा नराम्रा तर्क अवश्य छन् ,तरै पनि नेपानी जनताको यो सान्ति प्रतिको लगानीको मुल्यांकन अवश्य हुनुपर्छ |

    जुन्देशमा कुनै घटना हुदा पुलिस अथवा सरकारी पौच्छ पुग्न दिनौ लाग्छ ,तिहा मान्छे एती सुरुक्छित हुनु नेपानीले गर्व गरनई पर्छ |

  17. म त चकितै भा थिए “सर तपाइको देश पनि गूगल मा छ भन्दा”| सारै खुशी लाग्यो| मलाइ त लाग्या थियो, हाम्रो पर्येतन मन्त्रालय ले ad दिएको होला भनेर तर कुरो अर्कै रहेछ| Many many thanks to those who created this design. बिस्वो भर का मनिष हरु ले हेर्ने भए|

  18. जानकारीको लागि धन्यवाद निशेद गौतमज्यू/ तर शिर्षक चाहिँ के साह्रो सनसनीखेज राख्या हौउ !

  19. Information that you provide needs some correction. Lopez is the Chief Doodler at Google and his age is 30–not that he has had 30-year old dream as you have mentioned. Thanks

    धन्यवाद, तपाईँको सुझाव अनुसार सामाग्री र शीर्षक सच्याइएको छ- माइसंसार

  20. गूगल मा नेपालको कला झल्कनु भनेको राम्रै कुरोहो | तर पहिचान नहुनुरा प्राबधान नगर्नु मचाई हाम्रो गल्तिहो जेभायापनि यो राम्रै कुरो हो भनेर बुझ्नुपर्छ |

  21. यो त् हामी सबैले देखेको होला तर यादै नगरेको कुरा .जे होस् my sansar लाई मन्नुनै पर्छ याद गराईदिएकोमा .खुशिपो लाग्दोरहेछ आफ्नो पन देख्दा त्यो पनि गृहपृष्टमा …..

  22. मैले पनि Google खोल्दा देखेको थिए तर महत्व बल्ल थाहा पाए/ त्यसमा Click गर्दा त नेपाल को बारेमा आउदा खुसि लग्यो १७ चित्र मा नेपाल को पनि परेको छ / सायद पर्यटन बर्ष २०११ लाई केहि सहयोग पुग्छ कि….
    Prabhat
    amsterdam

  23. Very good news…..It is really prestigeous that there is Nepal’s image while there are already images from our giant neighbours India and China…..Thanks to all those who has direct/indirect contribution to this work….

  24. हामि नेपालि मा कु ने र सुजाता को डिजाइन हेरेर टाउको दुखिरहेको बेला
    यो माझ सडक मा प्वाक्क फुल फुटेको जस्तो गुगल को डिजाइन कहाबाट आयो |
    फेरी सुडेनी ले जबर्जस्ति तानेर बचा निकालेको सैलिमा आएको छ |
    अब हामीले खुसीले केक काट्ने कि झ्याल बाट हाम्फाल्ने ?

Comments are closed.