पासपोर्ट लिन सास्ती

-अनिश भट्टराई, धरान-
देशमा रोजगारी छैन । स्वरोजगारको बजार जोखीमपुर्ण छ । यस्तोमा सबैलाइ बिदेश नगइ भा छैन ।  देशको लथालिङ्गे पाराले समयमा मेसिन रिडेवल पासपोर्ट (एम आर पी) जारी हुन सकेन । समय बित्न लागेको बेला काम शुरु गर्ने बाहानामा अनेक तिकडमबाजी मचाइए । समय बितिसकेपछि बल्ल बल्ल एम आर पी जारी भएको छ । एमआरपी बनाउनेको भीडले परराष्ट्र वरीपरीको ट्राफिक अस्तब्यस्त हुनाको साथै स्वय सेवाग्राही मार्कामा परेको समाचार आउन थालको छ । तर बिगतमा ७५ वटा जिल्ला हुने काम काठमाण्डौको एउटै अफिसबाट हुन लागेको छ । यस्तोमा भनि रहनु पर्दैन “सबथोक अस्तब्यस्त छ । सबैले दुख पाएका छन । ”

एम आर पी बितरण प्रक्रियाको बारेमा कान्तिपुरको समाचारलाइ साभार गरौ । “…………मेसिन रिडेबल पासपोर्टको फारम बुझाउन लागेको भीडले केशरमहलदेखि लैनचौर, ठमेल हुँदै नयाँबजारसम्मै जाम हुने गरेको छ । भीडले शिक्षा र परराष्ट्र मन्त्रालय आसपासको सडक कार्यालय समयभरि अस्तव्यस्त हुने गरेको छ । एकातिर थामिनसक्नु लाम हुन्छ भने अर्कातिर सर्वसाधारणले जथाभावी बाटो काट्ने र पार्किङ गर्ने गरेका छन् । सवारीसाधन र सडकमा हिँड्ने सर्वसाधारणलाई व्यवस्थित पार्न ट्राफिकलाई उस्तै धौ-धौ पर्छ । राहदानी बनाउन सडकमा उभिँदा सवारीसाधनले ठक्कर दिई दैनिक एक-दुई जना सामान्य घाइते हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । नौलो किसिमको राहदानी लिन सबैलाई हतार छ । तर त्यसको फारम बुझाउने ठाउँ एउटै छ । त्यसले पनि भीड अचाक्ली भएको हो । परराष्ट्रमा राति तीन बजेदेखि लाइनमा नबसे फारम बुझाउनै नसकिने स्थिति छ । …….

समाचारमा यही पासपोर्ट बनाउने बहानामा सर्वसाधरणले पाएको दुखको चर्चा पढेर अत्यास लाग्छ । यहा सर्वसाधरणको पैसा मात्र हैन समय पनि असामान्य रुपले खेर गइ रहेको छ ।

सामान्य हिसाबले सोच्दा ७५जिल्लामा सयौ कर्मचारीले गरेको काम काठमाण्डौको एक कार्यलयमा सिमीत कर्मचारी बाट पुरा गरीनु पर्ने कारणले यस्तो हुनु स्वभाबिक हो । तर परिस्थिती असामान्य भएकोले यसलाइ सामान्य रुपले सोचेर सर्वासाधारणको दुखलाइ नजर अन्दाज गर्न मिल्दैन क्यारे।  बिदेशीहरु परराष्ट्रमा पासपोर्ट लिनेहरुको लाइन देखेर सोच्दा हुन् “नेपालको परराष्ट्रले पासपोर्ट दिने काम नै त गर्दो रहेछ नि ” ।

के हुन सक्छ त यो भीड हटाउने उपाय ?

सोच्नुस त अमेरिकाको डिभीको फारम लिने काम पनि यसै गरी लाइन लागेर गरिँदो हो त कम्तिमा केही दिनको लागी सन्सार भरका अमेरिकन एम्बेसीको काम के हुदो हो ? अनि यसको नतिजा कति दिनमा आउँथ्यो होला ? पक्कै पनि हामीले यस्तो देख्नै परेन त्यसैले यसबारे सोच्दौनौ किन भने यो सबै काम इन्टरनेटबात केही क्लिकमा गरिन्छ। हामी कहा पनि एम आर पी को फारम इन्टरनेट बाट लिइने हो भने कति राम्रो हुन्थ्यो होला । इन्टरनेट क्याफे गाउँ गाउँ पुग्ने क्रममा छन । यदी आफ्नो गाउ ठाऊमा कम्प्युटर नै नपुगे पनि यसको पहुच ठुलो कुरा हैन । इन्टरनेटबाट फारम भराउने काम पनि खासै गार्हो पनि छैन । तल उल्लेख गरे जसरि सजिलै गर्न सकिन्छ ।

  • फारम भर्दा हुने गल्ती वेब प्रोग्रामिगको साहायताले तत्काल सच्याउन लगाउन सकिन्छ । आवस्यक सुचना अनिवार्य गर्न सकिन्छ । यस प्रक्रियामा कम्तिमा गल्ति भयो भनेर दोह्याएर लाइन बस्नु पर्ने सम्भावना न्युन हुन्छ ।
  • फोटो र सही छाप बाहेक अन्य ब्यक्तिगत जानकारि अनलाइन सकलन गर्न सकिन्छ । पासपोर्ट सकलन गर्न आउनु अघी कर्मचारी बाट सम्बन्धित सेवाग्राहीको सुचना अध्ययन गर्न सकिन्छ । र आवस्यक परे उपस्थीत भएको बेला सोधपुछ गर्न सकिन्छ ।
  • फारम भरेको समयको आधारमा (वा यस्तै कुनै क्रम अनुसार) सेवाग्राहीलाइ नम्बर दिन सकिन्छ र त्यही नम्बरलाइ आधार मानेर पासपोर्ट लिन आउने मिती दिन सकिन्छ । यसो गर्दा कम्तिमा सोर्सफोर्स बल बाहु को भरमा पालो मिच्न पाइन्न ।
  • पासपोर्ट लिन के के कागजात लिएर कहिले आउनु पर्ने हो सो को जानकारी अनलाइन फारम भर्ने प्रक्रिया पुरा हुने बित्तिकै सेवाग्राहीलाइ दिन सकिन्छ ।
  • आकस्मिक रुपमा अत्यन्त जरुरि हुने सेवाग्राहीलाइ विषेश शुल्क लिएर छिटै पनि दिन सकिन्छ र मुख्य कुरा यसो गर्ने यो प्रक्रिया पनि पारदर्शी हुन्छ ।
  • यो प्रक्रियामा म्यानुवल्ली गरे जस्तै कागजपत्र भेरीफाइ गर्न केही समय लाग्न सक्छ तर कम्तीमा आफ्नो पालो आउने दिन सबैलाइ थाहा हुने भएकोले अनावस्यक भिड हुन्न र यही कामको लागी बाहिरमा मान्छेले महिनौ काठमाण्डौमा बस्नु पर्दैन ।
  • अझ सके त सेवाग्राहीको सम्बन्धित जिल्लाका प्रसासन कार्यलयबाट सम्बन्धितले अनलाइन भरेका तथ्याक र सक्कल कागतपत्र रुजु गर्ने र त्यसैलाइ आधार मानेर प्रक्रिया पुरा गर्ने हो भने सेवाग्राहीलाइ को काम झन सजिले हुन्छ ।
  • अनलाइनमा भरेका फारम र त्यसका तथ्याकको आधारमा के कति फारम भरियो के कतीले पासपोर्ट लिए भने जानकारी सहजै प्राप्त गर्न सकिने हुनेले आवश्यक नीति निर्माण (गर्ने गरिन्छ भने) गर्न सकिन्छ ।

[email protected]

(स्केच साभारः कान्तिपुर)

46 Comments

  1. हाम्रो देश मा नेट र कम्प्युटर चलाउन जान्ने कर्मचारी हरु पनि त हुन पर्यो नि ? अनि कसरि अन लाईन फारम वितरण गर्ने त ? फेरी नेपाली र एन्ग्लिश पनि त आउन पर्यो नि ! रुबेल लाई बंगाली अनि कुजाता लाई जर्मनी र अरु सबै लाई हिन्दी मात्त्रै आउछ के गरोस त धोति हरुको पुछरहरुले ?

  2. फारम भर्ने, फोटो टास्ने, फोटोकपि गर्ने कुरा मै लाखौ को खेल भै राको छ , आफ्नै नाक को आगाडी सित्तै मा बाड्नु पर्ने फारम पैसा लिएर बेच्दा त केहि गर्न नसक्ने प्रसाशन संग अरु के कुरा को आशा राख्नु, नया प्रबिधि भनेर मात्रै के गर्ने, त्यस्ता प्रबिधि ल्याउदा अप्ठ्यारो हुने देखेर त्यो प्रबिधि लै लागु गर्न नदिने दलाल हरु को पनि कमि छैन यहाँ, लाइसेन्स को ट्रायल दिने ठाउँ मा CC TV Camera राख्दा त त्यसलाई हटाउन माथि बाटै आदेश आउछ, आफु बनौ भन्दा पनि देश लाइ बनौ भन्ने भावना न आए सम्म हुनेवाला केहि छैन.

  3. तपाईको सुझाब अति उत्तम लाग्यो मलाई! २१ सौं सताब्दी मा पनि हामीहरु १८ सौं सताब्दी कै पोके filing मा ब्यस्त छौँ! मुख्य कुरा हामीमा इच्छा शक्ति हुनु पर्यो!

  4. अब k हुने हो हाम्रो देश मा ……..सुजाता को सन-इन् -लव ले केहि गर्छ अब नेपाल लाई,,,,,,,,,,,अब नेपाल मा बंगाली भित्रिने भो …………

  5. खै इ उपायहरु कुन राजा को पालामा लागु हुने हो…

  6. नेपालको कानुन दैबले जानुन, नेपालको सरकार दलाल भये पछी के गर्नेत???
    १७० को ५००० मा बेच्येपछि ,त्यो त सबाही मिलेर हटाउनु पर्ने तिर नलागेर लिनतिर लागेपछि , के लाग्छ र ?????

  7. We Nepali people will get a hardtime to get a passport taking line up to Naya Bazar for a day, sometime more than that. Our so called foregn minister I mean Foreigner will get passoprt very easily even her kin Rubel New Crown prince of Nepal. Kujata’s son in Law.
    We are the one who always geeting hard time from their unefficincy. We are strongly urge to take action for easier passport delivery.

  8. ६/७ , ठाउँ बाट पस्स्पोर्ट फारम लिने ब्यबस्था होस् ,जस्तै ,कोतेसोर ,कलंकी , सामाखुसी ,पोखरा,धरान ,बिराटनगर नेपालगंज बा जिल्ला सदरमुकाम आदि

  9. सास्ती पाउने त नेपाली जनता त हो नि… कुजता हरु लाइ त घर मै पासपोर्ट आउछ क्यारे.. दिन नमिल्ने भएर होला मिलेको भए कुजता ले अनुराधा कोइराला को सट्टा रुबेल चौधरी लाइ पहिलो पासपोर्ट दिएर बिधिबत सुरुवात गर्थी बाबै …..

  10. यस्तो लाग्छ सुजाता र माकुनेलाइ मात्र गाली गरेर केही हुनेवाला छैन| उनीहरु जनता निर्वाचित प्रतिनिधि हैनन्, उनीहरु दुवैलाई चुनावमा जनताले नकारेका हुन्| उनीहरु नेपाली कांग्रेस र एमाले चुनित श्रोतवालाहरु हुन्| उनीहरुलाई न कुनै गाली लाग्छ न कुनै श्राप| “काम बिगराउ” सरकारका दुवै सुविधाभोगी सदस्यहरु हुन्|

    हाम्रो तीर बरु परराष्ट्र मन्त्रालयका विदेशमा वसोवास गरेर र विदेश भ्रमण गरेर अनुभव कमाएका विज्ञ र प्रशासकहरुमा चलाए राम्रो होला| उंहाहरुले राहदानी वितरणको सुव्यवस्था गरिदिएको भए हुन्थ्यो| त्यसो भए नेपाली जनताले हाम्रो परराष्ट्र मन्त्रालय राहदानी आवेदकहरुले लाममा घन्टौ वसेर कुर्न पर्दा खुस्काएको दिसा पिशाब सरह गन्हाउने सोच लिने थिएँन कि?

  11. हाम्रो नेपालमा ३ कोइराला छन् एक सुजता कोइराला नेपालको लागि भर बंगलादेशी दमाद डोन नो १
    देश्रो अनुराधा कोइराला नेपाली को सन् अनि मान गौरब
    तेश्रो मनिष कोइराला राम्री नेपालमा बनेको इन्डियन नाईका

  12. विधुतीय यन्त्रले पढ्न सक्ने राहदानी बनाइसके पछि त्यसलाई बितरण गर्ने प्रणाली पनि विधुतीय आवेदन-पत्रद्वारा हुनुपर्थ्यो| यो त आधुनिक शौचालय बनाइसके पछि पनि मलमुत्र बिसर्जन गर्नु खेतको डिलमा गए जस्तै भयो| हाम्राले तरिका नजानेको चाहिँ होइन, जनतालाई हेप्या! नारायण हिटीको त्यत्रो ठुलो कम्पाउण्डभित्र व्यवस्थित तरिकाले लाइन लगाए भैहाल्यो नि! त्यो कम्पाउण्ड अब त कसैको बिर्ता होइन क्यारे ! अलि अलि फोहोर होला, परराष्ट्रकै कर्मचारीहरु मिलेर सफा गरे भैहाल्यो नि! मुखले मात्र गणतन्त्र,लोकतन्त्र, जनतन्त्र जपेर के गर्नु ! व्यवहारमा यी तन्त्रहरु देखिनु पर्यो| हुकुमीतन्त्र हुँदा जनतालाई भेडाबाख्रा सरह ठानिन्थ्यो, गणतन्त्रमा पनि जनतालाई ठिहिमा राती तीन बजेदेखि फुटपाथमा उभ्याउने ? फोकट्या ऋतिक रोशन काण्डमा घिच्रो फुलाएर कराउने गणतन्त्रे जनता कसरि घन्टौंसम्म चुपचाप ठिहिमा लाइनमा बस्न सकेका! ? कराउने र मुडकी उज्याउने बेला यहि हो ! बैकल्पिक व्यवस्था गर्न करै लाग्छ !!!

    • राम्रो सुझाब दिनु भयो शशांक जी तपाइले .
      जनताको सरकार हुदो हो त सक्ने ठाउमा सुबिधा दिन लागि पर्दो हो सरकार , तर
      के गर्नु ! जनताको सरकार नभएको अबस्थामा हामि रुनु बाहेक !
      तर पनि आश राख्नु पर्छ , छिट्टै नै जनताले रोजेको सरकार पनि बन्ला , जनताका
      गहन सुझाबलाई शिरोधार्य गर्ला , त्यो दिन आउछा नै . मुलुक हामी सबैको हो , हामीले रोजेको सरकार बन्ने दिन आउछा सबल संबिधान निर्माण संगै .

    • ससंका जी पक्कै पनि विदेश मा हुनुहुन६ होला , किनकि बिदेसिएका नेपाली हरुका कुरा उल्लु हुन्छन

      • कुमारजी परराष्ट्रको कर्मचारी पर्नुभयो कि कसो ? मैले परराष्ट्रका कर्मचारीले फोहोर सोहोर्नु पर्छ भन्दा उल्कै रिसाएर मलाइ उल्लु भन्नु भयो| राजनीति अस्तव्यस्त छ भन्दैमा प्रशासन पनि डांवाडोल हुनैपर्छ भन्ने छैन नि ! देश, विदेश खाइ शेष भैसकेकाहरुसंग जनतालाई दुख नदिई राहदानी बितरण गर्ने उपायहरु जति पनि हुनु पर्ने हो | जनतालाई दुख सास्ती दिई घन्टौं लाइनमा उभ्भ्याएर मात्र राहदानी दिनु भनेर सुजाताले उर्दी जारी गरेकी त होइन होला !

        • नेपाल को कुनै सरकारी ओफ्फिस को नाम मलाई भन्नुस
          ससंक जी जुन पररास्ट्र जस्तो बिहान आठ बजे खुलेर बेलुका नौ बजे बन्द हुन्छा बिना कुनै भत्ता, मात्र नागरिक को सेवा (पस्स्पोर्ट)को लागि , तपाई lai thaha chha नेपाल को प्रसासन मा राजनीतिकर न छ वनेर , तर पनि हामी एकदम लागि रहेका छौ देश को ट्रांस्फोर्मेशन को लागि ,, हेर्नुस कुरा गर्न सजिलो छ तर बेबहार मा उतार्न धेरै गारो छ , त्यो कुरा तपाई ठाउँ मा भए थाहा पौनुहुन्थ्यो , तर दुखः लाग्छा तपाई हरु बिदेस मा बसेर खुब अर्ति दिनुहुन्छा ., khukuri को chot achano lai मात्र थाहा हुन्छा ,, किर्पया छोड्दिनुस ..

  13. Some more points:

    It can be well managed and controlled by adding some pore process:
    1. People should pay the passport fees at the bank account of PP dept, govt. of nepal, the bank shall provide the verification code just to confirm the person has paid money.
    2. The person should input the code given by bank, and complete all procedures online.
    3. Online system should advise the person when he/she should come to concern office to collect the passport (at that time he shall bring the print copy of the form, nagarikta and other docs if required.)

    It can save the time and hurdles of everyone.

  14. झन्डै दुइ बर्ष अघि देखि थाहा थियो यो पासपोर्ट लागु गर्ने र नागरिक लाइ सहज वितरण गर्नुपर्ने कुरा! छ आठ महिना अगाडी त यहि एम आर पी कै बिषयमा झन्डै झन्डै रडाको नै मच्चेको थियो!
    अब यत्रो कुराहरु को ब्याबस्थापन गर्ने पर्याप्त समय र मौका पाउदा पनि यो स्थिति भन्नुको मतलब माकुने, सुजाता लगायत यो मन्त्रिमण्डल को हैसियत र कुशलता सहजै आंकलन गर्न सकिन्छ हैन?
    तेसोता कुरा यो पासपोर्ट नेपालि नागरिक लाइ, त्यो पनि हुदा खाने वा माध्याम बर्गीय नागरिक आफ्नो कतै पहुँच नभयको या अनैतिकता नजानेको खाटी नेपालि लाइ मात्र लाइन बसेर हप्तौ खर्चेर लिनुपर्ने बाध्यता हो! हुनेखाने र यी कल्चौड़ीहरुको धुपौरे अनि बंगलादेशी ज्वाई र भारतीय मालिक हरुलाई त कोठामै पुग्दो हो नि! अझै पररास्त्रको पासपोर्ट फाट मा भन्दा अगाडिनै पुगिसकेको हुदो हो के!
    यी समय सापेक्ष चेतना को बिकाश हुन नसकेका नैतिकताहीं हरुले भरियाको मन्त्रीमंडल साथै राजनीति बात देशलाई उद्दार गर्न अझै कति कुर्नुपर्ने हो कुन्नि?
    कहिले काही त दिग्दार लागि आउछ!

  15. यो MRP सम्बन्धमा सरोकार वाला निकाए हरुले तुरुन्त इ कमर्स मार्फत अन लाइन फारम भर्ने ब्यबस्था मिलाउनु पर्छ . अन लाइन फारम भर्दा नै सबै क्राइटेरिया मिले पछी मात्र अन लाइन स्विकिर्ती हुने हुनु पर्छ र फारम स्विकिर्त हुन साथ बार कडे सहित को निवेदक लाइ फारम बुझाएको अर्ध कटी वा रिसिप्ट नम्बर र मिति सहितको पास्स्पोर्ट लिन जाने सम्पर्क मिति प्रिन्ट लिएर ब्यबस्था तत्काल मिलाउने हो भने यो कुनै ठुलो समस्या होएना तर के गर्नु सति सरापेको देश, त्यस माथि, कुजाता जस्तो कुलान्ग्कार प्रयटन मन्त्रि, पासपोर्ट मा कमिसन बिना सहि नगर्ने, मा कु ने जस्तो प्रधान मन्त्रि बाट, सोझा साझा जनताले सुबिस्था पाउन खोज्नु हामि नेपाली हरुको लागि यी भ्रस्ट, गैर नेपाली, तस्कर र तिनी हरुको मतियार, राजनैतिक रुपमा पार्टीको झन्डा ओडेर गर्ने भ्रस्टाचार र भ्रस्ट नेताहरु रहेसम्म केहि हुने वाला छ जस्तो लाग्दैन, तैपनि आवाज सम्बन्धित ठाउ मा पुर्याउने काम, माइ संसार, कान्तिपुर लाइ अग्रगामी रुपमा २ . ४ ओटा अलि सनसनी पूर्ण लेख लेखेर जनता को आजवा बुलन्द गर्न अनुरोध गर्दछु . साथै अफिसर क्लब, मन्त्रि, प्रधान मन्त्रि र सम्बन्धित निकाय हरुमा सबै जनाले इमेल र लेख हरु पठाएर झक झाक्यानु काम सबै साथी हरु लै पनि अनुरोध छ

    माइ संसार ले अझ धरै भन्दा धेरै हो बिसयमा लेख र बहस चलाउन आग्रह गर्दछौ

  16. Very important suggestion. I hope someone will be able to communicate the ways and means of improving the administrative system to foreign ministry. Also, I hope that these issues are to be raised by someone in the dailies like Nagarik and Kantipur so that the socalled leaders might notice it. Thanks to “mysansar” for publishing it here and informing the readers.

  17. न्याय नपाए गोर्खा जाऊ . भिसा नपाए मलेसिया जाऊ . दुख नपाए नेपाल मा जाऊ . झुर नेता झुर प्रसासन

  18. लोक तान्त्रिक गण तन्त्र… वा वा वा
    सबै जनता हरु समान हुन् वा वा वा
    महिनौ देखि पस्स्पोर्ट लिन लाई कुरेर बस्ने जनता हरु लाई ब्यबस्थित तरिका ले पस्स्पोर्ट दिने व्यवस्था नमिलाई ५-१० जना मानोनाये हरु लाई घर घर मा गएर पस्स्पोर्ट दिने कुरा मा मेरो घोर आपत्ति छ. जब कि सर्ब साधारण जनता ले येसरी सहज तरिका ले पस्स्पोर्ट पाउनु पर्ने हो, यो ५-१० जना देश कै साशन गरेर बस्ने मान्छे हरु लाई घर घर मा पस्स्पोर्ट दिनु को औचित्य क हो? मैले बुज्न सकिन. सबै जनता हरु समान हुन् भने उनि हरु पनि बसोस liine मा पस्स्पोर्ट लिन. अनि थाहा पाओस सर्ब साधारण नेपाली भएर बच्न कति गारो छ भनेर… बरु ५-१० जना जनता ले ति पस्स्पोर्ट पाएको भए विदेश गएर कमाएर remittance त पथौथियो होला..
    मलाई त फेरी लोक तान्त्रिक गण तन्त्र को जय जय कार गर्न मन लग्यो…
    लोक तान्त्रिक गण तन्त्र… वा वा वा
    सबै जनता हरु समान हुन् वा वा वा

    • यो कमेन्ट मा रातो मा क्लिक गर्ने चाही कि घुसखोर कर्मचारी हो कि घुसखोर नेता हो या नेता को दलाल हो नभए एस्तो कमेन्ट मा रातो मा क्लिक गर्ने थिएन … सब लै चेतना भय…

  19. यति जाबो पासपोर्ट बाड्ने काम त ब्यबस्थित गर्न नसक्नेले के संबिधान बनाउन सकुन!!! झिंगा मार्न नसक्नेले बाघको सिकार गर्ने भने जस्तै भएन र??? कति असक्षम मान्छेहरु रहेछन त ओहदामा भन्ने अर्को ज्वलन्त उदाहरण/ मेरो बिचारमा यो लेखका लेखक (अनिश भट्टराइ) जस्ता १० जना मान्छेलाई जिम्मा लगाइदिने हो भने मात्र पनि सबैले बिना झन्झट समयमै पासपोर्ट पाउन सक्छन/ यति जाबो काममा सुधार ल्याउन इच्छा शक्ति बाहेक अरु केहि चाहिदैन/ तर उनीहरुको इच्छा भनेकै हामी सोझालाई दु:ख दिनु त हो नि/

  20. माकुने जस्ता पत्रु प्रधानमन्त्री अनि सुजाता-कुजाता जस्ती उप-प्रधानमन्त्री अनि विदेशमन्त्री भएको हाम्रो देशमा यस्ता अनगिन्ती समस्या हुनु के नै नौलो भो र साथीहरु?

  21. लामो लाईनमा बस्ने सबैले सुजाता महारानी र माधब राजाको जय जय कार गर्दै गरे अत्यास लाग्दो समय सजिलै बित्लाकी? ई दुई जनालाई अब गालि गरेर गालि सब्द लाई सस्तो बनाउन चाहेंन मैले त्/ गालि र आलोचनाको ठुलो महत्वो हुन्छ; गालि आलोचना भित्र कोहि सच्चियुंन भने पवित्र चाहना लुकेको हुन्छ तर ई दुई जना ऋषि- रुबेल्को राजा रानी साहेब साहिबा हरु त् नसच्चिने जातका परे/ तेसै कारण मैले ईनिहरुलाई राजा रानी भने/

    माथि जी ले इन्टरनेटको प्रबिधि सुझाउनु भयो/ त्यो कुरा हामीले भनेर ईनिहरुको दिमागमा जान्दैनन्; ऋषि रुबेलले नै भन्नु पर्छ, तव मात्रै बुझ्छ होला/ ईनिहरुले तेती नगरे पनि कम से कम टोलको वडा कार्यालयमै फाराम बुझ्ने सच्याउने गरेर पररास्त्र्मा यक मुस्ट बुझाउने र दर्ता गरेको क्रम संख्या फाराम बुझाउनेलाई जानकारी गराउने र पासपोर्ट पाउने दिनको सुचना दिने गरेमा केहि सजिलो र यसरि सडक जाम हुने गरि लाईन बस्नु नपर्ने हुने थियो कि?

  22. बिचरा जनता लाई जहिले पनि दुख दिने . होइन यो प्रजातन्त्र भनेको जनता लाई दुख दिने नीति हो कि क्या हो ? पासपोर्ट भनेको त जनता ले पाउन पर्ने अधिकार नै हो नि . ए नेता हो यदि सक्छौ भने जनता लाई सुख देउ सक्दैनौ भने please दुख नदेउ ….

  23. कुजातालाई आफ्नो ज्वाईंलाई अरुको नजरमा “गोरो” बनाउदै फुर्सद छैन…त्यसमाथि त झन् पहिल्यै देखि कुजाता “रानी” लाई एम आर पी संगको रिस छ…के खाएर ब्यबस्थित बनाउली र???

  24. नेपालीको पछी बुद्दी आउछ भनेको नै यौ हो र पनि प्रयोग मा लाउन सकेको छैन तेहा फेरी ठुलो दुखको कुरा आउछ, फेरी गल्ती हुन्छ यो धेरै दुखको कुरा हो यसको लागि ढिलाई हुनु भएन तु पहल गर्न प्रयास गर्नु पर्यो ?? दुख पाउने ले त पाई सक्यो अबो को जेनेरेशन ले पाउन नदिन पर्यो………….मैसंसर को पहल बाटै ठुलो आशा राखौ.

  25. In my opinion, one of the effective way to enable distribution of Machine Readable Passports (MRPs) is to opt for online application system. A person has to go online, fill the detailed form with the required criteria mentioned, scan all his required documents and attach them. The person should provide all his contact details (mobile number, e-mail etc) and MOFA should call the person once MRP is ready.

    This system would reduce the big chaos created in the streets of KTM, however, there is also risk of this online provision being exploited by the so-called “cyber cafes, the one line DV form bharne thau- could become MRP form bharne thau and these shops could flourish like mushrooms and could loot hundreds of rupees from poor nepalese for this small work.

    The another potential way could be to set each day in a week for each zone or development region preferably. However, this requires few more distribution centres to be established in the valley, – in bhaktapur, lalitpur, to disseminate the big crowd.

  26. प्रतिक्रिया दिने साथी harulai dhanyebaad ,tara tyo thau ma vaye implement garna kati garo hune rahe6 vanne कुरा थाहा पौनुहुन्थ्यो, tyoपनि हाम्रो देस मा जहाँ पोलिर्तिकल स्ताबिलिटी ६ऐन र बुरेक्रौक्रेच्य ले काम गर्न पाको 6aina

  27. थोरैमा सबै जिल्लामा बैकमार्फत पैसा जम्मा गर्ने र फारम भरन पाय पनि धेरै हलुका हुने थियो । फारम बुझायो बोलाएको दिन गयो pass port बुझ्यो घर/बिदेष तिर कुद्यो कति सजिलो हुन्थो । बिचारा कुजाता , ज्वाई को भबिष्यको चिन्ताले अरुको बारेमा सोच्न पायकि छैन्न ।

  28. यो समस्या मात्र होइन देशको पुरै विकासको बाधक भनेको देशका मुर्ख नेताहरु र unskilled बुडा खाडा कर्मचारीहरु हुन् !

  29. अब तेस्तो प्रविधिको प्रयोग र ब्याबस्थित भयो भनेत देशको इज्जतमा दाग लाग्ला नि! यसोहुदा तेहाको कर्मचारीले घुसखोरी कसरि गर्नु नि! यहि पासपोर्ट बाध्ने काम बाट कति घोटाला र कमाइ गर्नु पर्ने छ तेहाका भ्रस्ट हरुलाई!
    तेइ पनि पररास्त्रमंत्री लाइ हेरेरै थाहा हुन्छनी उसको ब्याबस्थापन र चेतनशीलता!
    बिचार र ब्याबस्थापक हरुले चलायको देश भयत कमेन्ट लेखि दिन काट्ने हाम्रो पनि काम हुदैन फेरी, यहापो छ आपत् भनेको.

  30. अनलाईन फरम भर्ने ब्यबस्था गरिनु पर्दछ । प्रकृया नमिलेको फारम अनलाईनले नस्वकार्ने ब्यबस्थ्ा गरिनु पर्दछ । अनलाइनबाट यो मिती र समय पासर्फोट बुझ्न आउनु भन्ने चिट तुरुन्त दिईनु पर्दछ । उक्त समयमा सम्बन्धीत ब्यक्ति आएर बुझ्नु पर्ने ब्यबस्था गरिनु पर्दछ । सामन्य समश्या हल गर्न संग्रलयको अगाडीको खाली भाग प्रयोग गर्न सकिन्छ । त्यो खाली भागमा हजारौ मानिस अट्ने ठाँउ छ । त्यो कसैको बिर्ता होईन । नेपाली जनताको सुबिधाको लागी प्रयोग गर्दा फरक पदैन । त्यसले संग्रलयको सुरक्षामा पनि कुनै समश्य पर्ने देखिदैन ।

  31. हाम्रो देसका सरकारी कर्मचारी हरु कम्प्युटर भन्यो कि तर्संचन अनि कता भात हुन६ त aanlaen काम ,, आज आचाम्मको कुरा त बिज्ञान तथा प्रबिधि को सचिब लै कम्प्युटर चलाउन aaudaina रे अनि कसरि हुन६ !!!!!!!!!

    • 🙂 कस्तो नबुझ्नु भएको ?
      dv भर्न cybercafe को सहायता लिएको जसरी passportको लागी पनि cybercafe को सहयोग लिन मिलिहाल्छ नि !

  32. यो सुजाता लाई भिड हेर्न मन लगेर हो…..हेर मेरो मत्रालय कस्तो महत्व पूर्ण छ भनेर देखाउना हो…नभए online लगाएत भिड कम गर्ने धेरै उपाए गर्न सकिन्छा सुजाता ले नचाहेर मात्रै हो

    दिग्विजय sharma

    • एती काम को लागि पनि मंर्ती नै चाहिन्छ र … कर्मचारी ले गर्न सक्दैनन् र … यो सब जनता प्रति को बेवास्ता हो … एस्तो भिड भाड भए पो आर्थिक छल खेल गर्न पाइन्छ … सुजाता जस्तो पाखण्डी बाट केहि आशा मलाई भने छैन ….

  33. ढिलै भए पनि परराष्ट्र मन्त्रालयले आईतबार देखी एम आर पि बाड्न सुरु गरेको छ यो पक्कै पनि सकारात्मक पक्ष हो । तर मन्त्रालयले मात्र बिना तयारी बाढ्दा जनताले दुख पाएको देख्दा आश्चर्य लाग्यो । कम से कम यतिका बर्ष सम्म सबै जिल्लाका कर्मचारीहरुलाई यस विषयमा तालिम प्रदान गरी सबै ठाउबाट एकै पटक बाढ्न सुरु गरेको भए जनताको यस्तो हत्ते त हुने थिएन नी हुन त यस्तो सोच भएको नेता हाम्रो देशमा भएको भए यस्तो कहाँ हुन्नथ्यो र प्रधानमन्त्रिले लाईनमा बसेर कुटनितिक पासपोर्ट लेको भए बल्ल थाहा हुने थियो जनताले पाएको दुख ।

  34. धेरै राम्रो कुरा गर्नु भो लेखक महोदय . त्यस्तै पासपोर्ट लिने वा दिनेबेलामा पासपोर्ट वाहकको फोटो on the sport मा खिच्ने व्यवस्ता भए सुरक्ष्याको दृष्टिले झन् राम्रो . आजकल डिजिटल क्यामेराको प्रचलनले गर्दा यो सम्भव पनि छ र किफायत पनि

  35. ति कर्मचारी हरु को मेल अड्रेस मा यो समाचार फरवार्ड गरि दिन पारो सबै ले अनि यसो सोच छन् कि न भय पर राष्ट को मेल मा पठाम न .फेरी यो प्रबिधि लै नेपाल सरकार ले विश्वास गर्न र कन्ट्रोल गर्न पनि सक्दैन तै भयर पैला कर्मचारी तन्त्र मा न्यु generation लाई admit गर्न परो नि.यो काम करनी कसले हो कुनी….

  36. हुनु पर्ने नै यहि हो। मानव भए पनि दिशा पिसाव गर्नु पर्छ भनेर सोच्न नसक्नेले अनलाइन भराउने सोच्न कसरी सकुन। उनिहरूले जानेको भनेको भित्तामा पिसाब फेरे भनेर भगवानको फोटो टास्ने मात्र हो।

  37. के गर्नु , देस को परिस्तिथि नई येस्तई छ ! बिचरा नेपाल र हामी nepali हरु !!! तर पनि कमसे कम passport वितरण लाई काठमाडौँ मा मात्र सिमित न गरि कम से कम धरान , पोखरा , बिराटनगर , nepalgunj जस्ता सहरहरु बाट पनि एकै साथ वितरण सुरु गरे धेरै राम्रो , सुलव र सुबिधा हुनीथ्यो तर हाम्रा नेता हरु लाई आफ्नो लागि पजेरो को सुबिधा चै हुनु पर्यो ,जनता लाई जस्तो असुविधा भए पनि !!!!!!!!! बिडम्बना बिडम्बना बिडम्बना

  38. धेरै राम्रो उपाय तर तेहा भित्र हुने घूस खोरी को काम त बन्द हुन्छ होला नि त ……………क को अक्षर नपढेका नेता हरु ले नीति नियम तर्जुमा गर्छन अनि जनता ले कहाँ को सुख पौने हो त …………………साले नेता हरु सबैलाई bicc मा बन्धक बनाई नाङ्गो बनाएर चक्रपथ घुमाउनु पर्ने अनि टुडिखेल मा जम्मा गरेर bomb ले उडाउनु पर्ने अनि जनता ले सुख पाउछन.हैन भने हामी कराउदै गर्चम चोर हरु ले कुम्ब्लौदै गर्छन …………..कि कसो साथी हो …….

Comments are closed.