आफ्नै सरकारविरुद्ध एमाले अखिलको बन्द


आफ्नै सरकार हुँदा नि, आफ्नै पार्टीको गृहमन्त्री हुँदा नि नेविसंघले आफ्ना साथीलाई भकुरे भन्दै एमाले अखिलले आज उपत्यका बन्दको आह्वान गरेको थियो। अरु बन्दभन्दा फरक यो बन्द छ घण्टे थियो। मध्याह्न १२ बजे नै टुंगिने। यही बन्द कै क्रममा त्रिपुरेश्वरको युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको एउटा पसल त यस्तो पो रहेछ। क्या चलाख भाइ पसले त। बन्द भने नि भो, खुला भने नि भो। अखिल आए बन्द हो बन्द भन्ने, नेविसंघ आए खुला हो खुला भन्ने।


धेरै पसल भने बन्द थिए।


तर पहिले पहिलेका बन्द जस्तो आजको बन्द त्यति कडा थिएन। केही निजी र केही सार्वजनिक सवारी साधनसमेत मज्जाले चलेका देखिएका थिए।


तर पर्याप्त सवारी चलेका थिएनन्। त्यसैले कतिले आज हिँडेर ज्यान राम्रो बनाए। उ त्यहीँ परसम्म जाँदा नि दुई पाङ्ग्रे चढ्ने बानी लागेकाहरु थाकेर भूँइमा थचक्क बस्न बाध्य थिए।


सवारी साधन चल्दै नचलेका पनि हैनन्, बढी चलेका पनि हैनन्। कति हलुका र रमाइलो देखिन्थ्यो हेर्नलाई र हिँड्नलाई भने काठमाडौँको सडक आज।


एउटा कलेजको झगडालाई लिएर पूरै उपत्यकावासीलाई दुःख दिए एमाले अखिलले आज। कलेजको स्ववियु चुनाव नजिकिएको छ अहिले। अब अझ कति ठाउँमा झगडा हुने हो। त्रिचन्द्र कलेजमा एक जना अखिलका विद्यार्थीलाई खुकुरीले काटेछन् नेविसंघका विद्यार्थीले। विवाद त्यही हो। नेविसंघका दुई जना विद्यार्थीलाई प्रहरीले काँग्रेसका महामन्त्री प्रकाशमान सिंहलाई भेट्न गइरहेका बेला क्षेत्रपाटीबाट गिरफ्तार पनि गरिसकेको छ। नेविसंघले उनीहरु निर्दोष छन् भनिरहेका छन्। उनीहरुलाई रिहा नगरे कडा आन्दोलन गर्नेछौँ पनि भनिरहेका छन्। अब कुन दिन नेविसंघले पनि बन्द गर्न बेर लगाउँदैन।

आज बन्दको क्रममा आफ्नै पार्टीको गृहमन्त्रीले खटाएका प्रहरीलाई ढुंगा हान्दै, टायर बाल्दै गरेको पनि देखियो अखिलका विद्यार्थीहरुले।


बिचरा पुलिसलाई टेन्सन मात्रै बिहान बिहानदेखि।


मैले नबुझेको चाहिँ, यी विद्यार्थी र प्रहरी भिड्नु पर्ने चैँ किन होला ? बन्द आयोजना गर्‍यो, ल भैगो। गाडी चलाउन चाहनेले चलाउन पाउनु पर्‍यो। त्यसरी चलाउन खोज्दा प्रहरीले सुरक्षा दिनुपर्‍यो। ढुंगा हानाहान चाहिँ किन गर्नुपर्ने ? सुरक्षाका लागि बसेका पुलिसलाई ढुंगाले हानेर के पाउने हुन् ? पुलिस पनि किन त्यसरी झडप निम्त्याउने गरी कलेजनजिकै जानु पर्ने ?


माओवादीको बन्दका बेला त नाचगान हेर्न पाइन्थ्यो, टायर बल्दैन थिए। एमाले अखिलको बन्दमा भने टायर पनि ‘सगर्व’ जलाइए। ‘आधा आकाश’को उपस्थिति पनि छ देख्‍नुभो छेउमा ?


यी कुन बहादुर परेछन् कुन्नि ? जलेको टायरलाई लात्ताले हिर्काएर प्रहरी भएतिर हुर्‍याउँदै थिए।


प्रहरी र विद्यार्थीको झडप हेरेर निःशुल्क मनोरञ्जन गर्ने भए भिडियो हेर्नुस्-

68 Comments

  1. बा बा कस्तो अक्सन पैक को फोटो हो यो – आगो लाइ लात्ता ले हान्दै उफ्रेको !यसलाई कि त चलचित्र को हिरो कि त खलनायक पो बनाउनु पर्ने त| घर मा आमा बुबा को आँखा मा धुलो छ्यापी, साथी हरु को माझ मा हिरो बन्न पर्य छ यो कुलंगार लाई| अखिल को नाम मा हिरो बन्न आएछ| अखिल ले एस्लाई पाले छ क्यार| कहाँ छ तिम्रो बुद्दी बाबु? नेता हरु ले देश लाइ चुस्य तिमीले देखेकै छ क्यार| फेरी उनीहरु कै पछि लागेर के गर्न खोज्य हो तिमीले? तिमि हरु दुइ चार जना ले गर्दा देशै बन्द गर्ने खोज्ने ? हिरो नै बन्नु पर्य छ भने देश चलाएर देखाऊ बन्द गरेर होइन| अनि यो माकुने त नापुन्सकै भै हाल्यो| दुइ टिन जनाले देश बन्द गर्दा पनि केहि गर्न नसक्ने| आट छ भने यी फोटो हरु मा देखिएका खल नायक हरुलाई थुना मा राखी देखाऊ|

  2. यो आधी बन्द र आधि सचीएको राजतन्त्र माकुने संग अर्थ सोच्नु

  3. कांग्रेसीको कुटाई खाने एमालेको कार्यकर्ताहरुले अर्ध बिहारी र अर्ध कांग्रेसी बनेको एमालेको नेताहरुलाई बल्खु बात लखेतुंन/ लखेट्न सकिंदैन भने एमाले त्याग गरुन/ सकिन्छ भने एमालेलाई कांग्रेस जस्तै कुहिन बात बचाउनुस, सकिंदैन भने कुहिन्दै गएको एमालेमा बसेर किन कुटाई खाईरहने?

  4. नेबी संघ लै मात्र किन गुण्ड भनेर गालि गर्ने ए माले मह गुन्डा हो भने माओ बादी ठ डाका हरु को पार्टी भनेर प्रमाणित नै भै सकेको छ खास भन्ने हो भने कम्युनिष्ट भन्ने हरु नै डाका हरु हुन आफु केहि गर्न नसकने गरिब को नाम मा लूटने र आफु मोज गर्ने यो ज्यान मार हरु को डफ्फा हो नोर्थ कोरिया हेरु cambodia हेरु र रोमानिया कस्तो थियो अल्बानिया कस्तो थियो पूर्व जर्मनी र सोविएत रसिया कस्तो थियो यौ हेर्यो भने पुग्छ कम्युनिष्ट हरु को चर्तिकला हेर्न लै अहिलेको नेपाल बिग्रेको पनि येही कम्युनिष्ट हरु ले गर्दा नै हो हामी सब्बी लै यौ नक्कली कम्युनिष्ट हरु को हिजडा पन र आतंककारी काम को बिरोध गर्नु पर्छ अनि मात्र नया नेपाल बन्छ

    • saru जी
      साम्य बाद अर्थात कम्युनिस्मले सबैको “समान अधिकारको” र पुंजी बादले ” सक्ने को बढी अधिकार” हुने मान्यतामा चल्छन/ अब तपाईंको घर भित्र कुन ब्यबस्था चाहनु हुन्छ?

      तापन को घर भित्र कमाउ दाईको ठुलो भाग बेकार भएको भाईको सानो भाग र अपांग भएको खालि हाट बा सबैको बराबरको हक?

      घर कमाउ दाईको कमाईले बन्छ र चल्छ/ नकमाउने भाई र बसी बसी खाने अपांग भाईले उसले कमाएर बनाएको चलाएको घरमा समान अधिकार मागे के अब कमाउने दाईलाई ठगेको भयो लुटेको भयो?

      घर भित्र साम्यवाद लाई ठिक मान्ने तर समाजमा साम्यबाद लाई ठग लुटाहा भन्नु कति उचित छ?

      अब पुंजी बाद को कुरा गरूँ/ पुंजी बाद अर्थात् जसको पुंजी अधिकार यानी कि सक्नेको बढी अधिकार? के तपाईं यो कुरा आफ्नो घर देखि लागु गर्न मान्न तयार हुनु हुन्छ?

      सानो घर परिबारको त्यो घरको मालिक सबै परिबार/ ठुलो घर रास्ट्रको सबै नागरिक तेस्को मालिक/ दुवै घरहरुमा सबैको समान अधिकार यो नै साम्यवाद हो/ के यो कुरा नकार्नु हुन्छ?

      अब देस कसले लुते? नेपाल नेपालीको घर हो भन्ने पुष्प लाल मदन भण्डारी मनमोहन जस्ता साम्य्बादिले लुते कि “म” कोईराला चोर पाल्दै चोर औंला ठड्याई रहने पुंजी बादी ले?

      मावोबादीको प्रचंद्र र कांग्रेसको कोईरालाहरुमा कुन खराव? नेपाल लुटिएको कुन सन्धि देसको कुन साम्यवादी नेताले गरे? मित्र, सच्चा साम्य्बदिले चलाएको सरकारको अनुभूति गर्न पाउने अहो भाग्य हामीले पाएको छैनौ/ म साम्यवादमा बिस्वास गर्छु तेही सिद्धान्त अनुशार नै ३० बर्ष रास्ट्र सेवक बने/ धेरैको लुते मैले, तर संस्था लुत्नेको लुते र संस्थामै बुझाउन लगाए नबुझाउनेलाई जेलमा कोचे/ धेरैले सरापेको छ मलाई/ लुट्न त् लुतेकै हो मैले/ के यो कारणले म लुटाह भएँ?

      बिदेस र बिदेसी उदारहणहरु नलिउं नेपाल बिदेस होईनन/ देस भित्र कै पुजी बादी र साम्यबादीहरुको तुलना गरु र भनु कुन ठग हुन कुन डाका/ “सुद रुबेल” कसले पाल्दै छ साम्य बादी नेताले बा पुंजी बादी नेताले?

      • वहा मदन जी तपाई कम्युनिष्ट हरु को कुरा हरु सुन्दा त मिठो लाग्छ तर काम चै ठिक उल्टा
        हुन्छ सबै कुराको दोष कांग्रेसी हरु लगी मात्र लगाएर कहाँ हुन्छ र तापी लै एती पनि थाहा
        छैन्न कि कोंग्रेस्सी हरु समाजबादी हुन् पुजीबादी होइन र कोंग्रेस्सी हरु पनि मह चोर नै हो भन्नेमा केहि सन्खा छैन्न तर सबै भन्दा ठुलो चोर चाही कम्युनिष्ट हरु नै हुन् भनेर नेपाल
        ककुरा गर्ने भन्ने हो भने एमाले र माओबादी को कर्तुत हेरे पुगी हाल्छ जनता को पैसा लुटेका छन्न र नेताहरु राम्रा राम्रा गाडी चलेका छन्न हिजो सम्म चप्पल छाप हरु महल मा बसेको छन्न तपाई त्यस कुरा को किन विरोध गर्नु हुन्न कोग्रेस्सी चोर भयो भन्न्दै मा एमाले हरु र माओबादी हरु ले पनि चोर्न पाउनु पर्छ र अनि विदेश को कुरा किन नगर्ने यो
        सिद्धान्त नै विदेश बाट आएको होइन र नेपाल भन्दा पहिले विदेश मा नै लागु भएको होइन र किन यो सिद्धान्त रसिया र चीन मा फेल भयो भन्ने कुरा को बिस्लेशाशन गर्नु पर्दैन चिन मा पुजीबादी सिद्धान्त भए पछि द्रुत गति मा बिकाश भयो र रसिया पनि आब बिकाश गर्दै छन बलियोले कम्जोर लाई हेर्नु पर्छ र यो कुरा पुजीबादी देश मा वेलायेत अमेरिका जस्ता
        देशहरुमा सामाजिक सुरकच्या गरेकै छन्न कुनै पनि व्यबस्था पूर्ण रुप मा राम्रो हुड्दैना तर
        हामी हरु हेर्न सक्छौ जहाँ पुजीबादी व्यवस्था र व्यक्तिगत स्वतन्त्रता छ त्यहाँ बिकाश भएको छ जहाँ जहाँ कम्युनिष्ट व्यबस्था छ त्यहाँ त्यहाँ विनाश भएको छ त्यसकारण त माओबादी भन्नु र एमाले क नेता र उनका छोरा छोरि हरु अमेरिका र वेलायत भने पछि हुरुक्क हुने हुँदो हो अरु तपाई क सबै कुरा सिधा साधा नेपालीहरु लाई सुनाउने र बेवकूफ बनायेअर आफ्नो दुनो सोज्यौने कुरा मात्र हो अरु कुरा अरु पाठकलाई आफै मुल्यांकन गरोश.

        • नेपाली जनताले माबोबादिका नेतालाई अधिक मत दिएर जिताएको ‘ साम्यवादी ‘ कि
          के के जाति बुझेर होइन , काग्रेस – एमाले भित्रका ( सबै नहोलान तर अधिकंश ) नेताहरु मुलुक लुटाहा भएर दिक्क भएर ‘ लौ न त यस पटक बाबुरामहरुलाइ जिताउ ‘ भनेर तिन्का काम हेर्न जिताएका हुन् । अझै पनि जिताउने नै छन् यसमा
          शंका नमानौ किनकि ७० प्रतिशत भन्दा बढी नेपाली जनता समस्याको भूमरीमा छन् र ति त्राण पाउन चाहन्छन , तिनलाई बिस्वास छ इमान्दार बाबुरामहरुले केहि
          गर्ने छन् , इमान्दार बाबुराम सरकारमा छदा उनले सक्दो गरेका पनि थिए , बाकी चै ( उनका सहपाठी ) तपशिलका झैँ हुदै गएका छन् —-
          साम्यवादी सिधा अर्थ मा भन्नु पर्दा बैधानिक शोसक शासन हो ।
          मदन जी ले गज्जबले घरको उदाहरण दिनु भयो , अपांग भाइलाई हेर्नु दाइको
          कर्तब्य हुन्छ तर कामचोर भाइलाई सधै हेरिरहनु पर्दा दाइलाई सन्तोस हुदैन ।
          असंतोस अशान्तिको बिउ हो —- त्यति मात्रै होइन कामचोर हुन पल्केकाहरुले मेहेनत गर्न सिक्दैना — यस हिसाबले चल्दा घरको उन्नति पूर्ण रुपले हुन सक्तैन
          किनकि एउताको कमाइ तिन तिर पोखिएको हुन्छा , अपांग भाइले काम गर्न नसके
          पनि अर्को कामचोर सपांग भाइले मेहेनत गर्यो भने घरको उन्नति झन् सहज हुन्छ र घरमा संतोसको बाताबरणले शान्ति छाउछा ।
          आर्थिक युग हो यो । खोक्रो सिद्दान्तले माम दिदैन ।
          समाजबादी सिद्दान्त आफैमा पुग्दो शुन्दर छ तर अहिले चै यो शुन्दर सिद्दान्तको
          खोल ओढ्ने हाम्रा नेताहरुको व्यवहार कुरूप भएकोले जनताले ‘ बैकल्पिक मार्ग ‘ अपनाउन वाध्य भएका हुन । त्य्सैले बरु यो खोक्रो बाद् साद भन्दा बरु सबै नेता ” राष्ट्रबाद ” मा सम्मिलित भएर आपसमा मिली सहमतिमा आएर असल सबल संबिधान बेलाइमा निर्माण गरे देश र जनता अग्रगतिमा हिंड्ने थिए ।

        • सरु जी
          म साम्यवादी भएको सकार्नु भयो धन्यबाद/ हो म साम्यबादिनै हुन्/ भेद भाव र अभावलाई लाई “पुर्ब जन्मको फल” भनि झुक्याउने धकोसलाबादलाई समाजबाद भन्नेहरुको भिडमा आफुलाई ती कुरा नमान्ने तिमि पनि नांगै जन्मेको म पनि नांगै जन्मेको यो धरतीमा तेरो जति हक छ मेरो पनि तेतिनै हाल छ भन्ने साम्यवादी बर्गमा आफुलाई समाहित गरेकोमा मलाई कुनै पछुतो छैन/

          सरु जी तपाईं लाई केहि प्रश्नहरु गरेको थिएँ कि तपाईं आफ्नो परिबार र समाजमा समान हकको माग गर्नु हुन्छ बा हुँदैन भनि/ उतार पचाउनु त् भयो नि/ संसारमा एउटा प्राणीको उदाहरण दिनुस जो साम्यवादी छैनन्? संसार भर चल्दै आएको भोग्दै आएको सबै राजनैतिक सिधान्त हरु साम्य्बाद्कै अध्यायेहरु हुन्/ जहान जुन उपयुक्त भए तेही चल्दै आएको छ/ लोक भनेको गण हो/ अब तपाईंहरु बच्चाले गुलियो लाई मिठो भने झैँ गणतन्त्रलाई लोकतन्त्र भन्दै गर्नुस हामि मुसु मुसु हास्दै गरुला/

          तर एउटा कुरा सम्झनुस तपाईंको लोकतन्त्रको नारा छातीमा लेख्ने समाजबादी हरुले लोकतन्त्र भित्रि मन ले चाहिरहेको छैन/ चाहेको भए अस्तिनै संबिधान लेखि सक्ने थियो/

          तपाईं ले भन्नु भएको जस्तो साम्य्बादिहरुको कुरा राम्रो हुन्छ भनेर/ नेपालमा साम्य्बादिहरुले कुरा मात्रै गर्ने अबशर पाएको छ काम गर्ने अबशर छिन्दै आएकोछ/ साम्यवादी मनमोहनको लगायतको अल्पकालीन ढालिएको सरकारहरु तेस्को प्रमाण हरु हुन्/

          तथाकथित समाजबादीहरु मात्र मुकुण्डो बादीहरू हुन्/ पन्चे तिनै बनेको थियो नि/ तेस्तै सम्म अस्ति ज्ञानेको गर्धन माथि आफ्नो गर्दन छ भन्दै गर्ने राजाबादी समाज बादी हरु कुर्सिको निमित लोकतन्त्रको माला जप्दै छन्/ माला मात्रै जप्दै छन् लोकतन्त्र अनुशारको आचरण गरिरहेको छियन/

          समाज बाद भनेको लोकलाई बर्गिकरण गर्ने बाद हो हामि साम्यबादी लोकलाई कुनै पनि नाममा बर्गिकरण गर्ने कुराको बिरोधि हौँ/ हामि लोकतन्त्र चाहन्छौं/ लोकको मत अनुशार देस चलुन भनि चाहन्छुं/ हामि बि पी र जी पी को बा कसैको सपना अनुशार होईन लोक को मत अनुशार देस चलाउन बनाउन चाहन्छु/

          समाज बादीको नाममा तपाईं हरु लोकलाई गाई गोरु र गोठमा सिमित राख्दै आफु हरु मन्दिखाताए बालुवा तार र सिंह दरवार मा महँगो बिदेसी कार चढेर बस्न चाहन्छ/

          बि पी नै पहिलो समाज बादी नेता भएको मान्ने पर्ने बनाएको छ/ किन भने अरुले लेखेको ईतिहास मितायर उनीहरुको आफ्नै दम्फुलाई नै नेपालको ईतिहास भन्दै आएको छ/ अब सरु जी लौ त् तपाईएन् भन्नुस बि पी को समाज बाद भनेको के हो?

          “सबै नेपाली को एउटा गोठ हुनु पर्ने एउटा गाई हुनु पर्ने” के यहि समाज बाद हो? यो समाज बाद हो भने लौ तपाईं गाई पाल्नुस म गोठाला बनुला र सम्पूर्ण नेपाललाई गाई र गोठालाको देस बनाउनला/ गाडी मोटर फालेर गोरु गाडा चधुंला/ देसको सबै जलश्रोत र पवित्र पानि बहने नदीहरु भारतलाई सुम्पेर गोबर गुईन्था बालुंला/भोक लागे गाईको दुध दहिमात्रै खाउँला/ अनि प्यास लागे गो मुत्र पिउँला/ घर देस रंगले न रंगेर गोबरले लिपुंला हुन्न सरु जी?

          तर एउटा समस्या छ/ गाई र गोठको कुरा बिहार जस्तै थाहुन मा मात्रै सम्भव छ नेपाल त् पहाड हिमालले भरेको देस हो त्यहाँ त गाई गोरु बाच्नै सक्दैन, त्यहाँ के गर्ने? तपाईंको महान समाजबादी नेता र उनको पार्टीले नेपालको हिमाल पहाड र त्यहाँ को बारेमा केहि बोल्नु भएँन/ कारण के हो? के समाज बादीहरुले मात्र बिहार देखेकोले हो?

          सरु जी पहिला नेपाल पुरा न देख्ने समाजबादीहरुको कुरा भुल्नु हुन्छ भने आफैलाई हराउने छ/

          • मदंजी मा पहिले त समाजबादी पनि होइन मलाई समाजवाद र तपाई लै मनपर्ने कम्युनिष्ट सिद्धान्त खाली खोक्रो कुरा मात्र लाग्छ सुन्न मा मिठो तर काम आतंकबादी जस्तो कम्युनिष्ट हरु कहिले पनि लोकतन्त्र मा विश्वास गर्दैन र लोकतन्त्र को नारा जपेर फासिवाद लाद्छ भन्ने प्रमाण त विश्व इथिहास हेरे पुगी हाल्छ अर्को कुरा तपाई ले गिरिजा र बिपी लागि गालि गर्नु भयो त्यो कुरा मा म सहमत छू तर तपाई लै तपाई हरु क महान नेता हरु माधव नेपाल खनाल के पी ओली बामदेव र प्रचण्ड जस्ता व्रस्ताचारी को नाम चाही लिन बिर्सिनुभयो नि जसको अहिले को जीव सैली कहाँ बाट आयो भन्ने प्रस्न गर्न पर्दैन कि कसो आफुलाई सजिलो हुने ब्याख्या मात्र गर्नु त कम्युनिष्ट हरु को सैली नै हो तर हामीहरु लै पचाउनु चाही गारो लाग्छ

            • सरु जी
              सायदै कसैले ओली र माधवको बारेमा प्रसंसा गरेको छ होला नेपालमा/ अब सभ्य भासामा गालि गर्न मात्रै माधव-ओली जस्तो रास्ट्रको कपुत तथा साम्यवाद को कलंकहरुलाई मेरो नेता भन्नु भन्नु भएको भए, मेरो भन्नु केहि छैन/ मलाई यसो भनेर तपाईं खुस त् म पनि खुस/ सिधान्त नै फरक भएको सिट बहस न बिबाद/ के

              तपाईले प्रचंद्र पनि मेरो नेता हुन् भन्नु भयो/ सरु जी प्रचंद्र मेरो नेता हुन् पनि होईनन पनि/ हुन् किन भने म उसको लोकतन्त्र र भारतको हैकम वादको बिरोधको प्रसंसक हुन्/ अब उ मेरो नेता होईन होईन पनि किन भने उसले गलत व्यक्ति र गलत पार्टी सिट सम्झुता गरे/

              क्रान्ति थाले पछी हार या जितमै टुंगिनु पर्ने थियो भन्ने मेरो मान्यता छ/ यो कुरामा चाहे जसले जति सुने आलोचना गरुन/ गाई गोठे गुईन्थे समाज बादी पन्चे र ज्ञाने बोक्दै हिडेका कांग्रेसले किन सम्झौता गर्न राजि भएको हो त्यो नबुझिकन प्रचान्द्र्ले उनीहरु सिट सम्झौता गरेकोले जनताको मत सडकमा र लोकतन्त्र
              बिहार पुगेकोहो/ यसै कुरामा म प्रचंद्र्को आलोचक हुन्/ मान्नुस न मान्नुस तपाइंको मर्जी/

              तपाईं ले अरु देसको साम्यवादी हरुको कुरा उठाउनु भयो/ मलाई थाह छैन अरु देसको साम्य बादी हरुको बारेमा र जान्न पनि चाहन्न/ मलाई नेपालको पुष्पलाल र मदन भण्डारीको रास्ट्रबादमा बिस्वास गर्छु र प्रचंद्रको लोकतन्त्र साँच्चैको लोक तन्त्र हुनु पर्छ भन्ने धारणा राख्छु/ मेरो यो बिस्वास र धारणामा गाई गोठे गुईन्थे समाज बादीहरुले आलोचना गर्छ भने गरुन त्यो पनि मतलव छैन/

              बिचार व्यक्त गर्ने शैली फरक भएको कुरा गर्नु हुन्छ भने त्यो त् हुनेनै भयो/ गाई गोठे गुईन्थे समाजबादीहरु गाईको मुतलाई अमृत र गुहुलाई प्रसाद मान्छन म मान्दिन/ तपाईं मान्नु हुन्छ भने मान्नुस सेवन गर्नुस तन्दरुस्त हुनु/

    • २००७ देखि २०१७ सालसम्म कांग्रेसले गाउँ गाउँमा डकैति गरेको इतिहास खोज्न धेरै टाढा जान पर्दैन| अनि २०४६ देखि अहिलेसम्म शहरमा बसेर देश लुटदैछ| कांग्रेसले सोझा निमुखालाई कतिसम्म दुख दिएका रहेछन भन्ने कुरा त जनजिब्रोमा रिस उठेको बेला अरुलाई सराप्दा यसो भन्थे अरे “तेरा घरमा कांग्रेस पसोस “| वर्तमानमा पनि कांग्रेस पसेर नै हाम्रो देशमा सरकार गठन नभएको होला| किलो गाडिए झैं प्रधानमन्त्रीको उम्मेदवारीमा गाडिएको गाडीएकै छ | कांग्रेस पस्दा यस्तै लफडा हुने भएर नै त्यस्तो उखान बनेको होला| साम्यवादीहरू पनि दुधले नुहाएको त पटक्कै छैन |

  5. एमालेको कार्यकर्ता कांग्रेस बा पितियेकोमा कांग्रेसको कुकृत्यको बिरोध गर्ने सबैलाई वाई श्याल भन्दै गालि गर्ने केसु जस्ताले केहि प्रतिक्रिया जनाएनन्/ हुनत तिनीहरु कांग्रेसको कुनै पनि प्रकारको कुकृत्य को चर्चा भएको बेला अक्सर गायेव हुने गर्दै आएको थियो नै/ तैपनि तेस्तो र अहिले केसु जस्ताले केहि लेखे कस्तो लेख्ने थियो होला? आफुले कल्पना गरेर केसुले लेखे जस्तै लेख्न खोजेको त् बिचारनै सुन्य भए छ, मनमा उठेको कुरालाई दिमागले “धत्” भनेर कस्तो आच्ची कुरा भनेर अस्विकार गरेछ, औंलाले चल्नै मानेन; तेसैले केहि लेख्ने सकेन/ बल्ल महसुस भए मलाई कि कु बिचार पोख्नु त् गाह्रो काम रहेछ भनेर/

  6. ———-एमाले————-

    ए = एता न उत्ता ( तटस्थ )
    मा = माझको (बिचको)
    ले = लेदो (न ठोस् न तरल )

    मतलब “तेस्रोलिंगी”

  7. देख्नु भो त एमाले मित्रहरु । हतियार को सँग छ त ? इतिहासलाई विर्सेपछि यस्तै हुन्छ । माओवादीले जनयुद्ध गर्नु भन्दा पहिले क्याम्पस क्याम्पसमा गुन्डा गर्डी गर्ने कसले नेविसंघले हैन ? आज माओवादीलाई हतियार बुझाएर आत्मसमर्पण गराउन खोज्ने तपाईका नेताहरुलाई जवाफ दिनुस् नेविसंघसित हतियार भएकोले वामपन्थीसित पनि हतियार हुनु जरुरी छ भनेर । अब सबै वाम मिलेर भारतका दलालहरुसित लड्न सबैले हातमाहात मिलाउन जरुरी छ । चाहेमा हतियार पनि बोक्न । देशलाई बन्द गरेर केही हुने वाला छैन । तपाईका गृहमन्त्रिले केही गर्ने वाला छैन ।

    • यो आधी खुला भएको पसल को सटर ले पनी एमाले कई निति(४७ को संबिधान लाइ गरिएको आलोचनात्मक समर्थन, संकटकाल लाइ गरिएको उच्च सतर्कता सहित समर्थन) लाइ पछ्याएको छ, अर्थात बन्दात्मक खुला अर्थात आधी बंद, आधी खुला.

  8. “कांग्रेसी कुटाई लुतेले मात्रै खान्छ”

    एमालेको रास्ट्र्बादी नेता मनमोहनलाई अस्पतालको बेद बाटै राजीना दिन बाध्य गरेको भुल्नु भयो/ कांग्रेसको अहिले अर्ध कांग्रेसी भएको नेताहरुले कांग्रेसको रास्ट्र घाती सम्झुता र नीतिहरुको बिरोध गर्दै गर्ने मदन भण्डारीलाई त्रिशुलीमा डुबाई मार्न लगाएको कुरा सम्झन पनि चाहनु भएँन/ एमालेको कार्यकर्ता र समर्थकहरुले टोल टोलमा कांग्रेसीहरुको सामना गर्दै आफ्ना पार्टीको नाम बचाई आएको तपाईं हरु आज कांग्रेसीको कुटी खानु पर्यो/ उखान एउटा छ नि किन रोईस मंगले आफ्नै ढंगले यो उखान तपाईंहरुको यो सडक रुवाईमा लागु हुन्छ/

    झलनाथलाई मावोबादिले प्रधान मन्त्रि बनाउने भन्दा पनि काग्रेसकै रामचन्द्रलाई प्रधान मन्त्रि बनाउन खोज्दा आज तपाईं हरु बिरोध गर्न सक्दैनौ भने आज आफुले कुटाई खाए भनि सडकमा रुनु मात्र लुते पन हो/ कांग्रेसी कुताई लुतेहरुले मात्रै खान्छ/

    झलनाथले एसको विरूद्ध बोल्न सक्दैनौ भने अर्को बोल्न सक्ने नेता खोज्नुस/ यसरि त् एमाले एमाले रहन सक्दैन एमालेको कार्यकर्ताहरुले यो कुरा सोचून/

    म पनि एमालेको कट्टर समर्थक थिएँ तर म अर्ध काग्रेसी बन्दै गएको एमालेको नेताहरुलाई अभिबादन त् के लात हान्नु पनि मेरो प्यारो लातकै अपमान हुने ठाने/ एमाले बदल्न नसके आफुलाई त् बदल्न सकिन्छ नि/ एमालेलाई उही रास्ट्र बादी एमाले बनाउन सक्दैनौ भने कमसे कम तपाईंहरु त् अर्ध काग्रेसी त् नबन्नुस/

    अर्ध बिहारी कान्छा अर्ध कांग्रेसी बनेर तपाईंहरुलाई पूर्ण बिहारी बनाउने बाटोमा कुत्त्दै घिचार्दै छ बेलैमा सजक हुनुस/.बलियो रास्ट्र्बादी एमालेको कार्यकर्ताहरुलाई अर्ध कांग्रेसी बनेको अर्ध बिहारी एमालेको नेताले तपाईंहरुलाई “खसी” बनाई सुद-कांग्रेसीलाई भोज खुवाउन खोज्दैछ है/

    म एमालेको कार्यकर्ता भएको भए कांग्रेसी कार्यकर्ताको कुताईको जवाफ कांग्रेसी नेता र अर्ध कांग्रेस बनेको एमालेको नाम मात्रैको नेतालाई चुटेर दिने थिएँ/ किन पाल्दै छौ अर्ध कांग्रेसी अर्ध बिहारी नाम मात्रैको एमालेको नेताहरुलाई?

    आज आफ्नै पार्टी भित्र एमालेको मूल मर्म र नीतिलाई लात हान्ने नेताहरु शिर चढाएर बस्नु हुन्छ भने तपाईंहरु “बिहारी कान्छा बनेको अर्ध कांग्रेसीको दरवान बनेर उस्लाई “सलाम साप” भन्नु पर्ने छ/

    एमालेको रास्ट्र्बादी कार्यकर्ताहरु जाग्नुस उठ्नुस/ हातमा लठ्ठी होईन रास्त्र्बाद्को बज्र उठाउनुस देसको झन्डा बेची खाने भारतको भतुवागीरी गर्ने पूर्ण कांग्रेसी र अर्ध कांग्रेसी एमालेको नेताहरुको टाउकोमै बजार्नुस/ सडकमा नरुनुस पार्टी कार्यालायमा गर्जनुस/ उपत्यका बन्द नगर्नुस अर्ध कांग्रेसी बनेको एमालेको नेतालाई बल्खु बात लखेत्नुस/

    • great comment मदन दाई, म पनी तपाई जस्तै एमाले को जिल्ला स्तरीय कार्यकर्ता थिए पहिला, जब एमाले भाई कांग्रेस र भारतीय दलाल बन्यो, तपाई ले भने जस्तै एमाले लाइ बदलन नसकिए पनी आफु लाइ बदलने कोशिस गरिएको हो.

      • महेश जी
        धन्यबाद/ मलाई पनि एमालेले बेला बेलामा पार्टी भित्र राम्रो स्थान दिने भनेको थियो/ तर किन हो किन मनमा केहि खट्किएको थियो, तेसैले सकारेन/ तिनीहरुको रुप, भनाई र गराईमा मेल नखाएको महसुस हुँदै थियो/ तेस माथि महाकाली सन्धि पछी त् एमाले कांग्रेस भन्दा नै पतुर लागे/ मदन भण्डारीको नीतिमा स्थिर उभिन नसकेको एमालेको दुई खुट्टाहरु आज अर्ध कांग्रेसी ओली र लिकुनेको बैसाखी टेक्दै ४ खुट्टे बनेकोछ/ ४ खुत्तेको पछी को लाग्छ? लाग्नेले लुतेको चुटाई खान्छ र सडकमा बसेर रुन्छ/

    • तपाइको विचार एकदम ठिक लग्यो, यस्तो बास्तबिकता र प्रेयानायुक्त लेखले एकदिन एमाले कांग्रेस र माओबादी मा रुपान्तरण हुन्छा त्यो दिन धेरै एमाले नेताहरु कांग्रेस हुने छ र धेरै एमाले कार्यकर्ता र जनता माओबादी हुनेछा.

    • मदन जी, नमस्कार
      तपाइको गहन विचारको लागि मुरी मुरी धन्यवाद,
      एमालेको सिदान्त माथिको फोटो जस्तै आधा खुलेको आधा बन्द (नपुंसक) हो. २०४७ साल तिरको कुरा हो .. त्यो बेला हाम्रो छेत्रबाट साहना प्रधान उमेद्वार थियो. त्यो बेला एमाले को चुनाबी नारा . प्रजातन्त्रको आमुल परिबर्तनकोलागी एमालेलाई सुर्य चिन्हमा भोट दिनु भन्ने थियो.. बहुदलीय जनबाद मूल मन्त्र थियो.. त्यो समयमा भर्खरको तन्नेरी जोशमा एमालेको लागि आफैले धेरै भित्ताहरुमा नारा लेखें. आज त्यो कुरा सम्झंदा आफैमा ग्लानी हुन्छ. त्यो बेला साम्यवादी भन्दा नै ठुलो जस्तो लाग्थ्यो. जब मदन भण्डारीको अबसान भयो.. संसदबाट महाकाली नदी भारतलाई बेच्यो.. तब एमालेको असली रुप देखें.. म कांग्रेस देखि कुनै आस राख्दिन. किनभने कांग्रेस त पहिले देखि भारतको दास हो. तर साम्यबाद को नाममा एमाले ले जनता लाई ढाँटेको छ. येसका समर्थकहरु सडक मा रुनु नै बेस ..

    • “कांग्रेसी कुटाई लुतेले मात्रै खान्छ” साह्रै मज्जाले भन्नु भयो हौ मदनजी !

  9. ए. मा. ले. को बन्द यस्तै हो. येत्ता न उत्ताको… आधा बन्द आधा खुल्ला… ठिकै छ नि… के गर्ने त बाबै…

  10. बिचरा एमाले अखिलले गरोस पनि के उनीहरुको नेताको चालाले गाउमा केहि गर्न सक्ने अवस्था छैन शहरमा येसो टाएर बल्यो, सडक फोहर गर्यो, अर्थ न बर्थको सडक बन्द गर्यो जनतालाई दुख्ख दियो, ओलीको धाप पायो संच.

  11. नेपाली पाठ्यक्रममा यस्तै चक्का जाम, नेपाल बन्ध, हड्ताल, खुकुरी प्रहार, तोडफोड, टायर बाल्ने, सार्बजनी सवारी साधनको साथसाथै सरकारीलाई पनि छ्यति पुराउने जस्ता पाठ हरुको पड़ाई हुन्छ जस्तो छ. थुईक्क बिद्यार्थी साथिहरु हो. पड़ाई गर्न छोडेर बिचार प्रहरीहरु जसले हाम्रै धन जानको सुरछ्या गर्ने कसम खाएका हुन्छन तिनीहरु माथी नै एस्तो अनैतिक दुर्ब्योहार. Who the hell is responsible for damages? You, me, mom, dad or those छक्का नेताहरु??? कृपया विचार गरौ साथीहरु….

  12. कता गए के पी ओली (इन्डियन दास) ??????????? माओबादी लाई खुबै उग्बामपन्थी र जंगली भन्दै कुर्लन्थे त कम्ति मा माओबादीको बिशाल जुलुश मा नाच गान भजन कृतन हुन्थ्यो / गैर माओबादी पनि रमाइलो को लागि नाच्थे / आफ्नै सरकार विरुद्ध बन्द अनि टायर बाल्ने हूलदंगा मछाउने बुद्दिजिबी बिद्यार्थी हरु बाट भएको यो घृणित क्रियाकलाप लाई कुन पन्थी भनौ बामपन्थी या त उग्रबामपन्थी ?????? के पी ओली कता लुक्नु भो ???? तुरुन्त मलाई जबाफ चाहियो / नत्र जबाफ नपाएको निहुमा मा पनि बन्द गर्छु लजा /

  13. यो ढुङ्गा हानेको चाहिँ जनवार प्रवृत्ती हो । यो अरू के ही होइन एउटा रमाईलो खेल जेस्तो मानेर विद्यार्थीहरूले मनोरन्जन गरेको हो । होइन भने ति निर्दोस पुलिसालाई किन ढुङ्गा हान्ने ? के ढुङ्गा हानेर पुलिस मार्छु, अनि डराएर सरकारले माग पुरा गर्छ भन्ने सोच हो ? यो केहि होइन निसाना हान्नैको रमाईलाले हानेको मात्र हो, उत्श्रिङ्खलता । होलीमा, हातमा लोला भो भने काँ हानु काँ हानु हुन्छ नि,तेस्तै यि विद्यार्थीलाई नि, ढुङ्गा, इट्टा देखेसी, हात सर्सकाईहाल्छ ।
    गधाहरूलाई चिनि चिनि, कारबाही गर्न नसक्ने लुते सर्कार । पुलिस मुला नि लुते, ढुङ्गा छेक्ने र छल्ने बाहेक केहि गर्दैन । हुन त मन्त्रीको आदेस तेस्तै होला ।

  14. एमाले वा अन्य न किन नहोस गल्ती भएमा बिरोध गर्नु पर्दछ। बिरोधको अर्थ उसलाई निषेध गर्ने अर्थमा बुझ्नु हुदैन। सरकार या पार्टीहरू सुधारिइनु भन्ने मानेमा पनि बिरोध हुन्छ हुनुपर्दछ।
    त्यसो त एमालेको सरकार नभनेर २२ पार्टीको ४४ मन्त्री भएको खिचडी सिद्धान्त नै नभएको खासै कार्यक्रम नै नभएको जस्ले जे मन लाग्यो त्यही हुने सरकारको के कुरा।

  15. धान खाने मुसा चोट पाउने भ्यागुता…टाउको फुट्यो त ति निर्दोस मान्छेको फुट्यो त्यो नेताको के फुट्यो खै ??खै हाम्रा बिधार्थी नेताहरु पनि त्यस्तै…खै के खै के

  16. तिमि हरु लड, मर, तर तिमि हरु को झगडा मा किन जनतालाई सास्ती दिन्छु बन्द गरेर.. जनता ले के पाउनेछन र तिमि हरु बाट के आशा राखेका छन् र सर्बसाधारण नेपाली जनताले तिमि हरु जस्तो कुजात र दलाल हरु संग ? लड्ने तिमि हरु मर्ने तिमि हरु, कुट्ने तिमि हरु कुटी खाने तिमीहरु, लड मार तर आफ्नो लडाईमा जनता लाई बीच मा नल्याऊ

  17. Dear Mysansar,
    please launch a movement that will help free our students and youths from the clutches of dirty politicians. Students are young, emotional, and therefore vulnerable. In the history of Nepali political movements cunning politicians have always taken advantage of youth malleability. It is very dangerous that politicians are still using students to cover up their immoral and anti-national acts. The immediate consequence is that our quality of education and labor is unproductive and substandard. The more serious consequence is for our society and nation in general. How can we build a sane society on opinionated and prejudiced masses? It seems that destiny of Nepal is driven by intermittent waves of mass hysteria stoked by dirty politicians. And we should not forget that it is not easy to de-intoxicate masses.
    navin

  18. कठै …….. कुकुरको हड्डी मा मान्छेको लुछालुछ ………

    • गत में माँ एमाले अखिल लाइ त्रिचन्द्र कलेज भित्रै खुकुरी हान्ने नेबी संघे गुंडा लाइ प्रहरी ले समात्यो त्यों गुंडा लाइ समात्न पाइदें भनेर नेबी संघे ले ३-४ वटा सरकारी गाडी लाइ जलायो र तोड़फोड़ सहित उपत्यका बंद को घोषणा गर्यो ठीक तेती बेला माओबादी अखिल निजी स्कुल माँ बधाइएको शुल्क बिरुद्द को आन्दोलन माँ थियो र त्यों आन्दोलन शांतिपूर्ण भयो अनि शिक्षा का काला पसल हरू बढेको शैक्षिक शुल्क घताउन बाध्य भयो र अभिभावक ले केही रहत पनी पाए, अहिले आएर नपुंशक एमाले को अखिल, नेबि संघ ले पिट्यो भनेर रुदैछ र उपत्यका बंद गर्दैछ, तर माओबादी संग बार्ता गर्ने बेला माँ भने यी दुबे कांग्रेस, एमाले नाम का राकेश सूद का झत्केला हरू वाई सी एल ले हिंसा मच्चाएको, अखिल क्रांतिकारी ले तोड़फोड़ गरेको भनेर भुक्दछं भने यहाँ भन्दा अस्चार्य को कुरा के होला? कता गए होलान लैनचौर का पर्चाकार हरू जस्तै देव प्रकाश त्रिपाठी, शम्भू श्रेष्ठ,ऋषि धमाला, देशांतर साप्ताहिक, नागरिक दैनिक, हिमाल मीडिया हरू?

    • प्रेम जी
      हो प्रजातन्त्रमा केहि पनि हुन् सक्छ, देस सिक्किम जस्तै बिलाउन पनि सक्छ/

  19. बास्तबमा भन्ने हो भने माथि साथि हरुले भने जस्तै यी ८ . १० वटा कलेज त्रि चन्द्र, अस्कल, पिके आर आर ल रिंग रोड सार्नु पर्छ . त्यसो भएमात्र पर्मानेन्ट रुपमा यो राजनैतिक गुण्ड गर्दी र बन्द हडताल को कलेज राज नीति भन्दा हुन्छ केहि हद सम्म .

  20. फेरी अर्को सडक नाटकको हांस्स्यास्पद र नाङ्गो मन्चन! हे ईश्वर यो सतिले सरापेको देशमा जन्मेर के के देख्नु पर्यो/ कसले पत्त्याउला यो ताई न तुइ को नौटंकीलाइ! कसले नबुझेको होला र कि यी सब दलालहरुका हनुमान बाहेक अरु केहि होइनन/ ओली र माधबे या झलेका चाटुकारहरुको बेमौसमको बाजा!
    हजारौं शहिदहरुको रगतको बलिदानको खिल्ली उडाउदै, तिनका टुहुरा सन्तान र विधवाहरुको रोदनमा अट्टहास गर्दै देशलाई एउटा प्रधानमन्त्रिसम्म नदिएर सत्ताको शिनोको लागि लुछाचुंडी गरिरहेका देशका नेतारुपी दलालहरुको करतुत्माथी यिनको जिब्रो कहिले खुल्छ?त्येत्रा त्येत्रा खेलकुद, रुबेल आदि काण्ड हुँदा यी सब काहाँ हुन्छन भनेको?

  21. के यिनीहरुले आफुलाई साचिकै देशको विकासशील मानिस ठानेका छन् त, येसरी आन्दोलन गर्न थालेको त बर्षौ भयो होला, सायद कतिको त बिहे भरेया पनि छोराछोरी भैसके होलान सायद, अझ पनियो कति बुझ्न्ना न सकेका होलान यिनीहरुले,,,, न त त्यो अखिल नै होस्, नाता नेबिसंग नै होस्, यिनीहरुले न त देशको बिकास नै गरेका छन् नाता कलेजलाई नै उभो लग्न दिएका छन्, न त लाग्छ नै, होइन टायर मात्र किन बलेका हुन् यिनले, आफुले लगाएका लुगा पनि बाल्नु नि, !!!!!!!!!!!!!!!

  22. हा हा हा अ अ अ……क्या हासो लग्यो सुरुको आधा बन आधा खुल्ला सटर देखेर. शाहु जी को दिमाग लाई मानै पर्छा.दुवै तिर ठिक्क र आफनो काम पनि हुने.येस्तई हाम्रा नेता हरु को बुद्दी आये हुने नि???. अनि हो त किन टायर बाल्नु परेको होला???. माओबादी ले जस्तो नाच गान गरेर बिरोद गर्नु नि…

  23. बिद्यार्थी को बुई चढेर राजनीती गर्ने नेता का कारन यो सबै भ ई राखेको छ. त्रि-चन्द्र क्याम्पस ने बी संघ को गढ़ हो , अखिल ले तहा चू-गरेर बोलन सक्दैन / यस्पाली ए मा ले को गृह मंत्री को बल-ले केही गर्न खोजे जस्तो छ /नेपाली छात्र-छात्रा, नेता को गोटी बनेर बिग्रिय र युबा बिग्रियेसी देश बिग्रिन्छ नै . हाम्रो देश को यो हाल हुनमा यो मुख्य कारण हो .

  24. नेबिसंघ यसरी खुकुरी लिएर मैदानमा आउंदा पनि एमाले नजिकका क्रान्तिकारी अखिलेभाइहरुसंग एउटा पेस्तोल पनि रहेनछ कि क्या हो ? गुण्डाहरु देखि त पुच्छर लुकाएर भाग्नेले देशको लागि बलिदान दिन सक्ला भनेर कोही पत्याउला? सेना र मओबादीको हतियार देख्दा त कट्टु – पाइंट सबै भिज्दा हुन ? कसो ?

  25. नेपाल को विद्यार्थी हरु को कम नै के नै छ र नेता हरुको पछि लग्यो ठुटे नेता बन्यो दादा गिरि देखायो . यो कुनै नया समाचार पनि हैन नौलो पनि हैन यो सबै इनिहरुको समय तालिका अनुशर को काम हो साएद नेपाल को मेडिया हरुले नेपाल का दल हरुको प्रोगाम तालिका हेर्न बिर्सिए जस्तो छ ..]एक चोटी मागेर हेर्नु त सबै पार्टी को आफ्नै प्रोगाम छ . यो बन्द आज एमाले को हो भोलि कांग्रेस को हुन् छ पछि माओबादी को हैन साथी हरु ? आनी आर्को कुरा एस्त समाचार लाइ इस्थान दिनुहुन्न साथी हरु …इनिहरुको प्रोगाम जति समाचार लोख्यो उति नै इनिहरु येस्तई गर्दै जान्छ //भन्नु को अर्थ बल पाउ छन् ..इनिहरु लाइ पनि गुमनाम बनाउदा कुनै संकोज मान्नु पर्दैन …इनिहरु लाइ उचाल्नु पत्रकर को कमजोरी जस्तो लाग छ //// जय नेपाल आमा तिम्रो काख मा जहिले पनि आगो बाल्ने भए है देश का गुन्डा हरुले ? कहिले पाउ छौ तिमि ले सितल संग बस्न

  26. थुक्क अखिल , बेइजत नै गर्यो नी कम्युनिस्ट पार्टी को , पिट्यो मलाई भन्दै रुदै कराउदै बन्द गर्ने , गएर उल्टै कुट्न नसक्ने …. देश लुट्न चै सक्ने , थुइक्क ..

  27. एमालेको बन्द भन्दा त माओबादीको बन्द राम्रो……………साची माओबादीको बन्दको बिरोध गर्ने लैनचौरे पत्रिकाहरु कता हराए होला कुन्नि ………….त्यो भिडबाट बाहिर निस्कने जमर्को गरेको मा mysansar लाइ सलाम……………लोग्ने स्वास्नीको झगडामा बन्द हुने दिन आउने छ….दुइ गुण्डाको खुकुरी हाना-हानले बन्द भयो आज…………..

  28. ०६२/६३ को आन्दोलन पछि निकै लोकप्रिय बनेको एउटा नारा – “युवालाई गर्न देऊ”/

    एउटा प्रश्न- के यस्तै भडुवा क्रियाकलाप अंगालेर नेता बन्ने पथमा अग्रसर युवाहरुबाट समस्याको दलदलमा भासिएको मेरो देशले विकास नपाएनी निकास पाउला त?

    अर्को एउटा डर- ढिलो चाँडो आजका यिनै नरुचाइएका पात्रहरुको हातमा देशको बागडोर पुग्ने छ/ के अर्को पुस्ताले पनि सास्ती नै पाउने भो त? देशले त्राण नपाउने भो त?

    एउटा अनुरोध- जुनसुकै प्रतिनिधि चयन प्रक्रियामा प्लिज प्लिज उसको योगदान, क्षमता, बिगतका क्रियाकलाप, भविष्यको योजना, उसको नियत जस्ता कुराहरु हेरेर सच्चा राजनीति गर्न सक्ने व्यक्तिलाई चयन गरौँ/ हामीले समर्थन गर्ने गरेकै पार्टी भित्र यस्ता दबाइएका थुप्रै व्यक्तित्व छन्/ हामी कुनै पार्टी बिशेष वा नेता बिशेषको व्यक्तिगत खातामा डिपोजिट रकम होइनौं ता कि उसले जीवन भर आफ्नो इच्छा अनुसार प्रयोग गर्न सकोस/ कसैको भाषणमा बहकिएर गलत मान्छेलाई नजिताऊँ/ निश्चित पटक सम्म हारे पछि वा निश्चित पटक सम्म पदमा रहे पछि स्थायी रुपमा सन्यास लिनु पर्ने बाध्यात्मक व्यबस्थाको पक्षमा उभिऊँ/ स्मरण रहोस यो कुरा संबिधान निर्माणको क्रममा कसैले उठाएको kamtimaa maile suneko chaina/ ani samaanupaatik naamako chor baatobaata chorharu chhireko पनि dekhisakyaun/ yasko bipakshamaa उभिऊँ/

    बहिस्कार गरौँ- हामीले त गलत मान्छेलाई छानीछानी हरायौँ संबिधान सभाको चुनाबमा/ jasle haarekaaharulaai shaktimaa puryaayo (chaahe त्यो baamdev gautamlaai hos, maakunelaai hos वा sujaataalaai hos) uniharulai aajai dekhi bahiskaar गरौँ/

  29. यो त्रि-चन्द्र अस्कल तथा अरु क्याम्पसहरु केहि मुठ्ठी भरका व्यक्तिहरुको राजनीतिक बायोडाटा बनाउने ठाउ भैसक्यो | धेरै वर्ष पहिला मैले त्रि-चन्द्रमा पढ्दा पनी कहिले नेविसंघ त कहिले अखिल आएर क्लास बन्द गर्ने | यिनीहरुलाई कलेज र युनिभर्सिटिको पढाई, विद्यार्थीको भबिस्य संग केहि मतलब छैन | आज यी सरकारी कलेजहरुको स्तर कति तल पुग्यो खोइ कसलाई मतलब ? हामिलाइ यो बिद्यार्थी संगठनहरु कलेजमा किन चाहियो ? यिनीहरु बिद्यार्थीहरुको हितको लागि कि कुनै राजनीतिक स्वार्थ पूर्ति गर्न को लागि हो ? निजि कलेजको चर्को फी तिर्न नसक्ने साधारण परिवारका छोराछोरीहरुको पढ्ने ठाउ नै यी कलेजहरु हुन् | भबिस्यमा के यिनीहरु अरु कलेज का बिध्यार्थिहरु संग प्रतिस्प्रधा गर्न सछयम हुन्छन त ? मेरो बिचारमा कलेज र युनिभर्सितिहरु बाट यी राजनीतिक बिद्यार्थी संगठनहरुलाई हटाउनु पर्छ | कसैलाई राजनीति गर्ने इछ्या छ भने राजनीतिक पार्टी को सदस्यता लिनु र त्यहीबाट आफ्नो राजनीतिक भबिस्य बनाउनु |

    • बिनित जी
      अत्यन्त सहि भन्नु भयो/ धन्यबाद/ बिद्यालय कलेज युनीभार्सितिमा राजनैतिक भात्री संस्थाहरु खोल्न दिनु हुन्/ ती संस्थाहरु बन्द मुक्त संस्था बनाउनु पर्छ/ तव केहि सुध्रिन्छ/ भ्रस्ट फताह नेताहरुले बिद्यार्थी हरुलाई आफ्नो चम्चा छुरा चक्कु बनाई आएको छ/

  30. सति को सराप परेको देशमा यस्तै हो .कैले सान्त हुदैन

  31. बन्द रामवाण जस्तै
    आयोजकको लागि
    बन्द रावण जस्तै
    सरकारको लागि
    बन्द असुर जस्तै
    उद्योग व्यवसायको लागि
    बन्द रोग जस्तै
    राजनैतिक दलहरुको
    बन्द बोझ जस्तै
    जनताहरुको लागि
    बन्द कहिले बन्द होला
    घैंटामा घाम कहिले लाग्ला ?

  32. हुनत अखिलका माधव र सरखारका माधब एकै खेमाका हुन शायद झलनथ अखिलका कुटियछन क्यार
    धिक्कार छ अखिल तिमीहरुलाई आफै भित्र आफ्नै को डर बाहिर नेबिसङ अनी प्रचन्देको अखिल छदैछ
    नाअतियो अब शायद झल्लु पी एम भयो भने अरु नभयनी तिमीहरुको त सुरक्षा होलानी

  33. सहरमा दंगा फसाद गरि रहने ८-१० वटा कलेज जस्तो कि त्रि-चन्द्र, अस्कल, शंकरदेव, शरस्वती, रत्नराज्य, फुल्च्वोक, पशुपति क्याम्पस आदि लाई राजधानी बाहिर सार्ने पर्छ !!!! यी देश का कर्णधार भनौदा लठैतहरु सहर को मुख्य भाग बसेर सहरवासी लाई सधै दुख कस्ट, अनि आतंकित गर्नु बाहेक केहि काम छैन !!!! बिद्यार्थीहरुको काम सहरी सुखशयलमा बस्ने, दंगा फसाद गर्ने, केटि जिस्काउने हो ????? आफ्ना के न के को झगडा लाई लिएर दसौ लाख जनता को जनजीवन अस्तब्यस्त, कस्टकर पार्न नहिच्कौने यी लठैत हरु लाई राजधानी सहर बाट धपौनै पर्छ !!!!

    • फुल्च्वोक भनेर पुल्चोक क्याम्पसलाई भन्नु भा हो भने, कुरो सरा सर गलत हो ।

  34. टायर बाल्ने लाई के भनौ र खै
    बन्द सधैको मै बसुला रोइ

  35. मुर्खहरुको बन्दले गर्दा आज हिडेर जानु पर्यो / कमसेकम आफ्नो माऊ पार्टीको इज्हतको खयलता राख्नु पर्छ! आफ्नु गुनासो छ भने माऊ पार्टीको बैठककुरा राख्नु पर्यो नि ! जनतालाई दुख दिने काम गरेर कुन पुरुषार्थको काम गर्न खोजेको हो बुज्न सकिय्ना!

  36. ” खोल्तिको झगडालाई राजनीतिको झोला भित्र नबोक — ”
    —————————————————————
    तिमि दुवै भाई भाई
    झगडा नगर आफू आफूमै
    सिह दरबार जाउ
    हात मिलाउ
    गरिखाने जनतालाई
    समस्यामा नडुवाउ

    तिम्रो झगडामा
    उपत्यका बन्द
    काम – ब्यापार हुने नै भो मन्द

    खोल्तिको झगडालाई
    राजनीतिको झोला भित्र नबोक
    बरु
    राजनीतिको झोला भित्र
    देश र जनतालाई बोक

    तिमि ( बिधार्थी ) मुलुकको कर्णधार हौ
    तिमि बिकासको आधार हौ
    आफूलाई पार्टीमा सिमित बनाइ
    नेताको गोटी बन्दै खोटी नबन
    जाग !
    चेतनामा आऊ
    नेपाल आमाको आधार तिमि नै हौ

    तिमि दुवै भाई भाई
    झगडा नगर आफू आफूमै
    सिह दरबार जाउ
    हात मिलाउ
    गरिखाने जनतालाई
    समस्यामा नडुवाउ

    • लुनाजीको कबिता यथार्थपुर्ण छ,समयक्षापेक छ,सल्लाह छ सुझाब छ तैपनि साथीहरुले हरियोलाई भन्दा रातोलाई भोट दिएकोमा दु:ख लाग्यो!

      • प्रेम जी !
        लुनालाई लब गर्नेले अझै राम्रो लेख , अझै राम्रो भन् भनेर रातो चिन्हमा भोट
        दिन्छान् 🙂

  37. नेपालमा बेरोजगारीको कारण ले गर्दा हड्ताल , बन्द त गरि खाने भाडो भयो प्रभु !!!!!भगवानले सबैलाई सज्बुद्दी प्रधान गरुन , शुभ कामना !!!!!!!!!!

  38. कस्तो नराम्रो चलन बस्यो है हाम्रो देशमा, बिरोधको नाममा बन्द…! अत्ति सजिलो हुने भएर होला सबैले बन्द नै रोजेको दुइ चारोटा गाडीको सिसा फुटाएर एउटा टायेर बाल्दे पछि बन्द सफल| के बन्द गरिसकेपछि सबैका माग पुरा भा होलान र ?

  39. ठिकै हो भन्नु परेको छ किनकि आफ्नो सरकार लाई पनि चुनौती दिनु राम्रो हो ..

  40. उपत्यका बन्द गरेर …के चै फलिफाप भयो होला र !! ति दुए बिधार्थी संघहरु को बरु आरु आम जनताहरु दुख पाए बिनासित्ति . नेपालमा एस्तो बन्द को क्रम कहिले सकिने होला लौ न!!!!

  41. बिचराले यति सम्म हिम्मत गरेछ,बधाई छ पसलेज्यूलाई!आफ्नो संगठन,पार्टी र समुहको स्वार्थको लागि गरिने यस्ता नाथे बन्दहरुलाई सबै गरि खाने नेपालीले बहिस्कार गर्नु पर्छ!हरेक राजनैतिक पार्टीबाट हुने बन्द,हत्तालले सर्ब-साधरण जनतालाई शान्ति र सुख होइन सास्ती मात्रै दिएको छ!

  42. पार्टी भित्र पनि पार्टी ! आफ्नो पार्टीको प्रधानमन्त्री होइन होला त ? त्यसैले नेताहरुलाई काम देखाउन बिरोद त गर्ने नै पर्यो होइन र कामरेड भनाउदाहरु ? तिमीहरु देशको लागि सोची रहेका छैनौ ,जागिर खाई रहेको छौ !

  43. घरमा पुल्पुलिएका सन्तानहरु;कोही-कोहीबेला घुर्क्याउँछन् नि!!!!!!

Comments are closed.