माइसंसारका कविताप्रेमी पाठकहरुका लागि फोटो हेरी कविता लेख्न चुनौति स्वरुप यो साताका लागि फोटो।
फोटो हेर्नुस्, आफ्नो सिर्जनशील दिमाग खियाउनुस् र कविता लेख्नुस्।
पृष्ठभूमिः यस पटक यो एउटा चित्रकलालाई आधार मानेर यसको आफ्नै व्याख्या गर्दै कविता बनाउनुस्।
गत साताको नतिजाः गत साताको तलको फोटोमा सुधीर ख्वबिले लेखेको तलको कवितालाई सबैभन्दा बढी ४३ पाठकले मत दिए। उनको विपक्षमा १४ ले मत दिएका थिए। सुधीरलाई बधाई र सहभागी अन्य सबैलाई धन्यवाद। विजयी कवितालाई वाचन गरेर फोटोसहितको भिडियो बनाउने माइसंसारको पुरानो क्रमलाई जारी राख्न तपाईँहरु मध्ये कोही आवाज दिएर सहयोग गर्न इच्छुक हुनुहुन्छ भने कृपया तलको कवितालाई वाचन गरेर अडियो फाइल [email protected] मा पठाउनु होला।
कसरी अग्निपरीक्षाको नाम दिउँ …..
चिथोरिएका बर्तमान
जलाइएका भविष्यलाई
कसरि अग्निपरीक्षाको नाम दिउँ !
विचार बाँधेर देखाउन खोजिरहेको
स्वतन्त्रताको नाटक
आगोमा झोसेर साबित गर्न खोजिरहेको
न्यानोपनको भ्रमलाई
कसरी अग्निपरीक्षाको नाम दिउँ !
आगोको भुंग्रो माथि
सीताहरुको चिहान सजाउने
आदिम क्रुरतालाई
कसरी अग्निपरीक्षाको नाम दिउँ !
आधुनिक रावणहरु
कलियुगी शकुनीहरुको
आगोको खेललाई
कसरी अग्निपरीक्षाको नाम दिउँ !
सपनाहरु पोलेर
आकांक्षाहरु पिसेर पनि
निभाउन नसकेको पेटको आगोलाई
कसरी अग्निपरीक्षाको नाम दिउँ !
जिबनको पद्दतिलाई नियाल्दा
साच्चै परिबेस भित्रको, परिबेस झल्कन्छ
संसारिक बोझ बोक्न सक्ने मानब शक्ति
पल- पल छाय भैरहिको आभास हुन्छ
पुकार आसक्त्छंन अन्तरात्मामा
बिबेकको बिहल लमतन्न तन्कंछंन
कुनै दिन काल्पनिकस्वरुप्लैनै
मानब सभ्यतामनै बस्ताबिक्ताले ठाउँ ओगत्छा
सभ्यताको क्रममा
मानिसले बिजय हासिल गर्नसक्ने
येस्तई परिकल्पना गर्दा
बेविचारी विसंगतिको नमुना
नबनोस यो सन्सार!!! अस्तु:
हे हजुर ! माफ होस् रीसानी….
तन ढाक्ने वस्त्रबिना यी आङहरु नांगै छन्
त्यी वेसहारा अनि निमुखा स्वास्नी एवं संततीहरुका !
उर्वरभूमि निमिट्यान्न पारी भब्य महलहरु बन्दैछन
चियाबारी र घडेरीका लागि उजाडीदैछन
बस्ती र बास-स्थान गरीबहरुका !!
अन्न र जलका निमित्तै पनि आशातीत छन्
अभावमा सधै रोई रहन्छन आत्माहरु तिनका !
वर्षा- झरी हुनै छाड्यो हे भव: सागर
फाडीएकाछन् हरियाली वनस्पति खातिर इच्छा-ऐन उनका !!
जलचर थलचर नासिदैछन् जतातता
अब त् मानव बीचमा पनि हुन्छहोला अस्त व्यस्तता !
यी भोका पेट र नाङ्गा आंगहरुले गर्न सकेनौं खेतीकिसानी
हे हजुर ! गरीब सम्झी , दया राखी माफ होस् रीसानी !!
“चाहना शान्तिको”
दिन दिन अनि रातको परिकल्पनामा
परिणाम स्वदेशमा शान्तिको अपेक्चा राख्दछु
निहार्रछु जब शान्तिको तस्बिर मनको एकान्तमा
परिणाम स्वरूप पाउछु दुखः अनि दुभिदा
अझै कल्पना शान्तिकै गरेनी
छितिजमा शान्तिनै पाउछु
चाहन्थे म शान्तिलाई हिरा जडित सेतो बादलमा रोमालिएको देख्न
उड़ठे म छितिजमा शान्तिलाईनै पाउन
केवल भाव ले मात्र होईन शान्ति तिमीलाई
दिल भरि माया छ
अङ्ग अङ्ग प्रेमको भावना कल्पने इच्छा
अनि परिकल्पनामै शान्तिको चाहना छ ||||
काल्पनिक भ्रुण मन भित्र
सम्भोग फरक रंगहरुको
गर्वाधान एउटा बिम्बको
शल्यक्रिया शिर्जन्शील हातहरु
जन्म भो एउटा चित्रको
र भन्यो
म झुन्डिउ कहाँ ?
गुम्बा, मस्जिद, चर्च या मन्दिरमा /
प्रश्नोत्तर
रङ्गहरू लत्त पत्त, कतै टाउको अन्तै गिँड
चुप्लाग, बुझ्नेलाई श्रिखन्ड, तलाई चाहिँ खुर्पा बिँड
खुब बुझिस तैँले चाहिँ, हावादारिमा कविता लेख्छस्
बढ्ता नकारा औँठाछाप एैले तोरिको फूल देख्छस्
लौ भन् न त भन्, चित्रमा तैंले कहाँ देखिस सुजाता
सेतो त्यो हर्लङ्गे सारि लाउने, तेहि त हुो नि कुजाता
थुक्क वाहियात, तेस्तो नि सुजाताको सारि हन्छ कैं
थुक्क सुक्क भन्ने भए, राम्रो चित्र बनान्त जा तैँ
‘ प्रसव पिडा , खुलेको मुट्ठी ( हत्केला ) र बुद्दहरुको जन्म–‘
—————————————————————-
२२ औ शताब्दीमा पदापर्ण पृथिबी
प्रसव पिडा सहेर
मुठीलाइ खोल्दै
कामना गरिरहेकीछिन् ‘ बुद्दहरु जन्मियून — ‘
सत्य बोल्छन बुद्दले
सत् कर्म गर्छन बुद्दले
जलचर थलचर ग्रहण तारा सबमा दया भाब राख्छन बुद्दले
ध्म्श होइन निर्माणमा बिस्वास राख्छन बुद्दले
प्रिथिबिको गर्भे सन्तान
तिमि – हामि
हामीमा बुद्दको बुद्दत्बको कामना गर्छिन उनि ( पृथिबी )
लेउ लागेका पथ्थर
हरियो पहाड हुन सक्तैन
एक
दुइ
तीन
औलाले गन त ! तिम्रा सामु कति रुखहरु बाकि छन् ?
एक
दुइ
तीन
कति घना जंगल बाकि छन् ?
यो एक मात्र उदाहरण ज्बलंत तिम्रो आखा अगाडिको
अरु बाकि —–
अस्ति भन्दा हिजो , हिजो भन्दा आज
बिनाशका शृंखला —
विनाशको रुप —–
द्रुत गतिमा
नाश —
बिनाश —
खालि —
हिंउ रित्तिएको हिमाल (?) —
बन्द आखा खोल र हेर
प्रिथिबी प्रसव पिडामा छिन
उनको मुठी खोलिएको छ
कामनाको ज्वालामुखीसंगै शुन्दर आश
फेरी बुद्द जन्मिएको —
उसले आफूलाई ( प्रिथिबिलाई )
शुद्द सेतो मनले दुध झैँ शुद्द पानि अर्पण गरेको —
शान्तिको शंखघोष उसको जपना —
उसको महान बिचार —
महान भाबना —
महान कार्यमा
मेरुदण्ड झैँ बनेर साथ् दिने
अरु थुप्रै थुप्रै बुद्द लगातार जन्मिरहेको —
नतमस्तक छ तिम्रो आगे मेरो शिर
छैन अब तिमि बिना मेरो कोहि भर
भन्नु छ अनेक दुख्हका कुराहरु
निश्हब्द भै बग्दछ मनका पीडाहरु!!
सुखसयल खोज्दा बित्यो जीवन निरर्थ
आखिर तिमिनै गरिदेउ एउटा निष्कर्ष
पग पग्मा पाए मैले धोकै धोका
अब खुलेको छ मेरो मनको ढोका!!
यो मायारुपी भवसागर छ अनन्त
जहाँ दुक्ख पिडा माया मोह छ अनन्त
यो चक्छु नेत्रले होइन अब मैले
देख्नु छ संसारलाई भित्रि मनले!!
त्यागि मोह इर्ष्या लालच अब मैले
नया सुन्दर सृष्टि रच्नु छ अब मैले
परिवर्तन खाँचो छ यहा सबैबाट
किन शुरु नगरौ यो आफैबाट!!!
आशा
मृत आत्माहरु तड्पिएका छन्
शान्तिको दहि बगाइदिउन्कि ?
रगतको खोलो सुक्यो अब
तृप्ती को ज्ञान फ़ैलाइदिउन्कि?
भयको रात सकियो अब
सुसेली हाली बोलाइदिउन्कि?
बहाना हाम्रो सकियो अब
बिकाश को मूल फुटाइदिउन्कि?
ज्ञान को ढकनी खुल्यो अब
झुकेर समर्पण गरिदिउन्की?
कलह बिद्रोह भुलेर अब
बिस्वप्रेम फ़ैलाइदिउन्कि?
सुनौलो भबिस्य कोरेर अब
अतितका तिक्तता मेटाइदिउन्कि?
लामबद्ध लागेर अब
आर्य संस्कृति जोगाइदिउन्कि ?
मृगतृष्णा अप्सरा छोडी
शान्तिका परेवा उडाइदिउन्कि?
नेपाल आमाकी सुकेका ओठ
ज्ञान- बिज्ञानले भिजाइदिउन्कि?
अमूर्त प्रलय
छरप्रस्त सपनाहरुको चिहान
खण्डहर पारिएका बसेराहरु
नियति किन यति क्रुर !
प्रश्न सोध्न मन लाग्छ प्रकृतिलाई
अथवा सोधुँ आफैलाई
किन बग्दैनन अचेल धमनीमा रातो रक्त ?
बगरका लावारिस प्रस्तर सरह
फालिएका चेतनाका सुन्दर भावहरु
किन बिभत्श झैं देखिन् थालेको छ
समय किन यति लाचार !
प्रश्न सोध्न मन लाग्छ बिधातालाई
अथवा सोधुँ मनहरुलाई
किन फुल्दैन अचेल मानवताको फूल ?
बिकराल अभिस्टको सामू
नतमस्तक मानसिकता
कसरि मानुँ म शालीनता !
प्रश्न सोध्न मन लाग्छ विप्लवलाई
अथवा सोधुँ सहनशीलतालाई
उडेकै हो त अचेल रगतको रंग ?
सायद हामी प्रतिक्षामा छौं
लालायित छौं स्वागत गर्न
अमूर्त भएर एउटा मूर्त प्रलयको
कसरि माग गर्न सक्छुं म
प्रश्न सोध्न मन लाग्छ सबैलाई
खिया परेकै हो त हाम्रा मस्तिष्क ?
नाटक
आफ्नो जिवन आफैलाई लाग्छ कहिले नाटक यस्तो
म मुल पात्र मेरो वरिपरि नाटक सिंगो चले जस्तो
दर्शक म आफै हेर्दैछु म मेरो जिवन लिला
आरोह र अवरोहको यो अटुट सिलसिला
निर्दैशकको निर्देशनमा पुग्छु कहिले ठूलो भीड भाडमा
कहिले मेघदूतको यक्ष झै नितान्त एक्लो वेहालमा
आफ्लैलाई बुझ्न कठिन कति यो जिवन कथा
सुख क्षणिक निरन्तर भोग्नु पर्ने व्यथा
बी अधिकारी
अमुर्त भक्त तिमी हामी नेपाली जस्तै
राजनीतिको वेमानिमा हामी बिकेयाऊ सस्तै ,
माथि हुँदा हुँदै पनि तिमी झुकेउ तल
६०१ लाई आधिकार दि हाम्ले गरेको जस्तै भूल .
नाङ्गो शरीर वस्र विहीन छ निरही आत्मा
कठिन भक्ति, खोज्दै शक्ति, कोहि छैन तिम्रोसाथमा
बिस्वाश ठुलो, धर्म हाम्रो सहनशीलताको नाममा नेपाली
धर्म तोड्छौ, लौरो बोक्छु बिश्वासघात भो भने यसपाली
हे दुग्ध स्वेत धर्ति
तिमी
दुध को स्वेत हौ
तर तिम्लाई सेतो बग्न दिएनन्
आशु धमिलो भएर
अन्तहीन बग्यो
उर्लिएर मेरो भक्ति
कहिले रातो बग्न सक्दैन
सेतो स्वोर लिएर
ओ मेरी धर्ति
म पूजा गरिरहु
म हुनु को अन्तरविरोध
मेरै पंग्ती ले गरिरहेछ
दुध तिम्रो भारा भनेर मलाई
चिमोट्टी रहेछ
खै कुन रावण को
खै कुन मैशासुर को
आखा लागेर हे धर्ति
म चुक्न सकुला र?
मौनता को शान्ति बोकेर
कोलाहलको भुत आएको
म कसरि देख्न सकुला र?
ओ मानब ज्यूँदो नहोस
किनकि
उसले दुध बिर्सेको छ
तेइपनी हे आमा
म दुध तिर्न लामबद्ध छु!
मैले देख्या अमुर्ताता,
मेरो देशको सासन जस्तै !
सम्हालेर आशाहरु आफै भित्र खोज्न खोज्दा
निरासको हुरी बनि उडाउने बतास जस्तै !
झुपडीको नुनको माग,
महलको सुनको माग,
कुर्ची माथी बसेकालाई सुन्दा खेरि उस्तै उस्तै !
मेरो परिवेश गोधुलीको,
पर्खाई भोलि बिहानीको,
रात नै कहिलै नसकिने भयो मेरो जीवन कस्तो?
नबुझिने, नदेखिने, भित्र-भित्रै गन्जागोल,
म्याद थप्ने, काम तोक्ने,
पुरागर्न नपर्ने मेरै सम्भिधानशभा जस्तो….!!