दुई थोपा आँसु

-लुना-

टप्प !

टप्प !!

सियो खसे आवाज हुने सून्यतामा यो आवाज उनको आँखाबाट खसेको आँसुको थियो। आज आइतबार, विदाको दिन, बितेका दिनहरुको एल्बमको पाना पल्टाइरहँदा फिलिपको आँखाबाट त्यसरी आँसु बगिरहेको थियो।

आँसुले एल्बममा रहेको माछापुच्छ्रे हिमाललाई पृष्टभूमि बनाएर हाँसिरहेकी एक युवतीको तस्बिर पूरै भिजिसकेको थियो। सुरेखा- फिलिपकी पत्‍नी थिइन्। भिजेको तस्बिरलाई पुछ्दै फिलिप फेरि अतितमा डुब्यो।

************
‘आमा’ ! सुरी खा का गोयो ? मो खोज्छ उसलाई’
(आमा ! सुरेखा कहाँ गइन् ? म खोज्दैछु उनलाई)

फिलिपले सासुआमासँग सोध्यो भान्सामा गएर। आमा तिहारको लागि सेलरोटी पकाउन भिजाइराखेको पिठो हातले फिट्दै थिइन्।



छेवैमा सुरेखाकी भाउजु सन्जु ओखलमा भिजाइएको चामल कुट्दै थिइन्। नजिकै आएर चर्को स्वरमा नबोले प्रस्ट नसुन्ने सुरेखाकी आमाले हो त हो ज्वाइँले उनकै भाषामा बोले होलान् भन्ने सोच्दै भनिन्, ‘त्यार(तिहार)लाई रोटी पकाउन ला’ ज्वाइँसाब। तातो घिउमा (हातले पिठो घुमाएर देखाउँदै) यसरी गोलो गोलो गरी पकाउने। रोटी राम्रो फूल्न पिठो धेरै फिट्नु पर्छ ज्वाइँसाब!’ -भन्दै उनी पिठो फिट्न थालिन्।

सुरेखाले भनेकै थिई फिलिपलाई ‘फिल ! आमाले राम्रोसँग कान सुन्नु हुन्न। अलि चर्को स्वरमा बोल्नु पर्छ। उसले कुरा बुझ्यो- सासुआमाले आफ्नो कुरा बुझिनन्। ऊ नजिकै गएर ठुलो स्वरले बोल्यो- ,’ आमा ! सुरिखा का गोयो ? म खोज्छ उस्लाई’

‘ए ! बिरालो खोज्नु भा ? ‘ – सासुआमाले ज्वाइँले ‘सुरी खा ‘ भन्दा बिरालो भन्ने बुझिन्।

‘ओह !’ भन्दै टाउकोमा हात राख्यो फिलिपले।

सुरेखाले धेरै पटक सिकाएकी थिई ,’ सुरी खा होइन सुरेखा’ ! please try to say again fil ! ‘

‘सुरी खा’ ऊ उस्तै गरी दोहोर्‍याउँथ्यो। अनि ‘ उफ!’ गर्थी सुरेखा। उसले फिलिपलाई भनेकी थिई- हामी बिरालोलाई बोलाँउदा ‘ सुरी ! सुरी ! ‘ भनेर बोलाउँछौ। त्यसपछि ऊ हाँसेको थियो र जिस्काएको थियो सुरेखालाई ‘ मा सुरी = ma souris (फ्रेन्च भाषामा मेरो मुसा)।

अहिले फिलिपले कुरा बुझ्यो र प्रस्ट्याउँदै बोल्यो, ‘आमा! म तिम्रो छोरी सुरीखा, मेरो श्रीमाती (श्रीमती) सुरिखा खोज्यो। look at here Ama ! किरा मोलाई (किराले मलाई) टोक्नु भायो, मो मेडिसिन का राख्यो था छैना, may be she knows .

(आमाले अ‍ग्रेजी बुझ्दिनन् भन्ने राम्रै थाहा थियो उसलाई र सक्दो नेपाली मिसाएर कुरा गर्न खोज्थ्यो ऊ)

‘ ए ! बरा ! ज्वाइँसा’ब ! ‘ सासु आमाले बल्ल कुरा बुझिन्। भिजाएको चामल कुट्दै गरेकी सन्जुले पनि बुझिन् र बोलिन् सासुआमातिर हेर्दै ‘ मम्मी जी ! सुरेखा बहेन छत् मे हुनुहुन्छ। सासुआमाले बुहारीको कुरालाई दोहोर्‍याइन् ‘ माथि छतमा छे सुरेखा ज्वाइँसा’ब ! ( माथि भनेर छततिर हात माथि उचाल्दा फिट्दै गरेको पिठो उछिट्टिएर् फिलिपको निधारमा लाग्यो , फिलिपले हातले पुछ्दै ‘ धन्यवाद ! आमा मोलाई टिक्का ( टिका ) ला यो ‘! भन्दै माथि गयो हाँस्दै।

सासुआमा बुहारीसँग हाँस्दै बोलिन् , ‘ बरा ! मेरो ज्वाइँ नारान! मलाई तिमी भन्नुहुन्छ अनि किरा-लामखुट्टेलाइ तपाईँ ! हरे ! ‘

‘ जी मम्मी जी ‘ भन्दै सन्जु पनि हाँसिन् र ओखलमा चामल कुट्न व्यस्त भइरहिन्।

(नेपालको सिमाना नजिक मोतिहारी (भारत्) माइति भएकी सन्जु झालाई छोरा एकलव्यले प्रेमविवाह गरेको थियो। पढेलेखेको छोराको रोजाइलाई सहर्ष स्वीकारेका थिए बाबुआमाले। उसैगरी पढेलेखेकी छोरीको रोजाइलाई पनि सहर्ष स्वीकारेका थिए। छोराछोरी दुवैले विदेशी मुलुकका जीवन साथी रोजेका थिए)

सुरेखा माथि छतमा एकसुरमा माटाको पालामा तेल भर्दै थिइन् साँझको लक्ष्मीपूजाको लागि। आमाले तेल फारु हुन्छ भनेर पालालाई पानीमा डुबाएर (भिजाएर) तौलियाले पुछ्दै सुख्खा पारी तेल भर्न अर्‍हाएकी थिइन् सुरेखालाई। गाढा रातो पारीमा गाढा हरियो साडी लगाएकी सुरेखाका हातभरिका चुरा छिन्-छिन् बजिरहेका थिए उसका हातले माटोका पाला पुछ्दै तेल भरिरहँदा। फिलिप चुरा बज्दा आइरहेको छिन्-छिन् आवाज मुग्धसँग सुन्दै एकटकले हेरिरहेको थियो सुरेखालाई। एकोहोरो आफ्नै सुरमा काम गरिरहेकी सुरेखाले फिलिप नजिकै उभिएको थाहा पाएकी थिइन अझै।

नजिकैको बाँसघारीबाट एक हुल चराका बथान झन्डै-झन्डै सुरेखालाई छोउँला झैँ गरी सुरेखाकै छेवैबाट माछापुछ्रे हिमालतिर उड्यो। पालामा तेल भर्दै गरिरहेकी सुरेखा एकछिन अडिएर चरा उडेतिर हेर्नथाली। छ्याङ्ग घाम लागेकोले नीलो आकाशमुनिको सेतो माछापुछ्रे हिमाल टलक्क टल्केको थियो सेतै चाँदी झैँ।

‘ beautiful ! ‘

फिलिपको स्वर सुनेर सुरेखाका नजर माछापुछ्रेबाट ओर्लिएर फिलिपको हल्का हरियो -निलो आँखामा बिसायो। निलो सागर झैँ शितल आँखामा हेर्दै सुरेखा बिस्तारै बोली ,’ Fil ! U ! ‘ अनि मायालु हाँसोले फिलिपलाई स्वागत गरी।

सेताम्मे माछापुछ्रे सुरेखाका सुन्दर दाँत बनी उभिए झैँ लाग्यो फिलिपलाई सुरेखाका सुन्दर हाँसोमा। आफूलाई गौरसँग हेरिरहेको फिलिपलाई हेर्दै बोली सुरेखा ,’ FIl ! where r u ?! ‘ (कहिलेकाहीँ सोचमा हराइरहेको फिलिपलाई झस्क्याउनु पर्दा हात मुहार नजिकै लगेर ब्युझाउँथी सुरेखा। अहिले पनि त्यसै गरी सुरेखाले) ‘माचापूछारे’ ( माछापुछ्रे) ! सुरेखाका सजल आखामा हेर्दै पुन : बोल्यो फिलिप , ‘ i am seeing there are two माचापूछारे’ !

‘ where ???!!! here is only one ! that one Fill ! ‘ उस्का सुरिला औला माछापुछ्रे हिमालतिर तेर्सिए।

फिलिपले माछापुछ्रे औंलाइरहेको सुरेखाको हात माथि हात राख्दै बोल्यो ,’ ya ! that one ! and here u have too ! here !! your beautiful teeth ‘ ! , उसले सुरेखाका सुन्तला केस्रे ओठमा म्वाई खाँदै बोल्यो।

‘UUUU! हे ! हे ! हे ! ‘ हासी सुरेखा अनि फिलिपको सागर झैँ शितल आखामा डुबुल्की लगाउँदै बोली ,’ you know Fil ! sometime you speak like Poet ! ‘

‘ ya may be ! coz of such beautiful माचापूछारे and your beautiful teeth ofcourse ! ‘

‘he!he!he!’ ! दुवै हाँसे मदमस्त।

केही सम्झिए झैँ गरी बोल्यो फिलिप ,’ oh! सुरिखा ! i am coming here to ask medicine , look at this ! ( लामखुट्टेले टोकेका डाबर देखाउँदै बोल्यो ) mosquito bite me lot ! i could not find medicine i forgot where i put ! may be u saw somewhere dear ?

‘ oh! Fil! i’ll go with u ! ‘ सुरेखा न्याउरिदै हत्तपत्त औषधि खोज्न जान तयार भई।

‘ no ! no ! carry on your work , just tell me if u see somewhere –‘फिलिप बोल्यो ।

‘ yes ! i think i saw inside your saving bag ‘ सुरेखा बोलि ।

‘ possible ! okk! thank u , i’ll go , i’ll be here soon with camera ‘ लोभिएको नजर माछापुछ्रेतिर दौडाउदै बोल्यो र तल गयो फिलिप।

केही बेरमा क्यामेरा लिएर फिलिप किचनमा पुग्यो। ‘ आमा ! मो फोटो खिच्छा तिम्रो नो तपाइको , सांजु भौजु ( भाउजू ) को ‘ ऊ हाँस्दै बोल्यो।

‘ हे ! हे ! ज्वाइँसा’ब ! ‘ आमा पनि हाँस्दै पिठो मुछिरहिन्। लज्जालु संजु पनि मुसुक्क हाँस्दै चामल कुटीरहिन् ओखलमा।

फिलिपले धमाधम फोटो खिच्न थाल्यो। केटाकेटीहरु पनि आइपुगे। उनीहरुले कहिले हजुरआमा हजुरबुबासँग, कहिले मामामाइजुसँग टाँसिएर फोटो खिचाए। हजुरबा हजुरआमाको जोडी फोटो पनि खिच्यो फिलिपले।

फोटो खिच्ने कार्यक्रम सिद्दिएपछि सञ्जुले बिस्तारै सासूआमासँग सोधिन्, ‘मम्मी जी! चाय ल्याई आउँछु ,’ सुरेखासँगै बोलिन् , ‘ भाउजु म पनि हेल्प गर्छु हजुरलाई ‘ दुवै तल गए।

केही बेरमै चिया, केटाकेटीको लागि दूध लिएर उनीहरु आइपुगे।

छोरी सुफी लाडिएर बोली , ‘ je restera avec ma हजुल आम्मा – हजुल बा ! ‘ ( उस्ले फ्रेन्च भाषा र नेपाली भाषा मिसाउँदै लाडिएर बोली- म मेरा हजुर आमा – हजुर बासँग बस्छु ) सफल पनि उसै गरि बोल्दै थियो ,’ मम ! ( आमा ! ) मो तिम्मो ( तिम्रो ) नेपाल बस्न मन पर्छ धेरै , हो मम ? ( हुन्छ आमा ? ) pleuse !!!

घरका सदस्य सबैको आँखा रसायो। फिलिप असाध्यै कमलो मनको मान्छे थियो। उसको आँखाबाट आँसु बर्रर बग्यो। आफूलाई सम्हाल्न उसले पुन : क्यामेरा मिलाए जस्तो गर्न थाल्यो। सुरेखा पालातिर पुगेर सुक्सुकाउँदै थिई। केटाकेटी अलमलमा परे। सन्जूले सुफीलाई काखमा राख्दै बोली , ‘ सुपि ( सुफी ) भान्जी ! हजुर राम्रो पढ़िनुस ( पढ्नुस ) , अब २-४ वर्ष मि ( मै ) सब नेपालमे बस्ने, अभि ( ऐले ) पढ्नु पर्छ नू ( नि ) , धिरै ( धेरै ) पढ़िलिख्यो भने सरकार आइडन्टटी दिन्छा नू तब हमर ( हाम्रा ) भान्जी – भान्जा सधै नेपाल बस्ने।

केटाकेटी न हुन्! एकैछिनमा तल आँगनमा पुगे पटाका खेल्नलाई। आमा- बा – दाइ – भाउजु सबै दुखेको मन लिएर तल गए।

पछि फिलिप सुरेखातिर फर्केर कुरा गर्न थाल्यो विषय बदलेर।

‘ wow ! i am so exited for this evening !

‘ Yes ! it will be beautiful evening ! ‘ आफूलाई सहज तुल्याउदै बोली सुरेखा।

‘सुफी , सफल they are happy here ! ‘ बोल्यो फिलिप।

‘ Yessss ! ‘ सुरेखाका सजल नेत्रमा खुशी छचल्किएका थिए। ‘

‘ ya ! ‘ फिलिपले सुरेखाको हात समाउँदै बोल्यो , ‘ We could live here but not that much easy . We just get job there ( in france ) , here already for Visa need to pay and need to Visa re-new time to time until 15 years . I will be as foregner until 15 year so not easy by this to settle ! and economically we are struggling ! not easy my dear !!

‘ I know Fil ! please dont feel upset ! we will be back when we will be economically enough strong — ‘
*******************

आज आइतबार, विदाको दिन, बितेका दिनहरुको एल्बमको पाना पल्टाइरहँदा फिलिपको आँखाबाट आँसु बगिरहेको थियो।

सुरेखा र फिलिप नेपाल मै बस्न चाहन्थे छोरा र छोरीका साथ। तर सोचे जस्तो सजिलो थिएन उनीहरुलाई। यदि वैवाहिक सम्बन्धको आधारमा फिलिपले नेपाली नागरिकता पाउँदो हो त क्रमश: काम ब्यवसायमा पनि स्थापित हुन मद्घत पुग्दो हो। तर नेपालको कानून छोरीको हकमा असमान थियो। एउटै आमाका सन्तान सुरेखा र एकलव्यलाई नेपाली कानूनले काखा र पाखा नियम लागू गरेको थियो।

एकलव्यकी श्रीमती सन्जु (भारतीय नागरिक) एकलव्यकी जीवन संगीनीको नाताले नेपाली नागरिक बनेकी थिइन्। तर सुरेखाका श्रीमान फ्रान्स मुलुकका नागरिक फिलिप यो कानूनी सुविधाबाट वन्चित भए। कारण सुरेखा छोरी थिइन्। नारीको हकमा लागू भएको यो असमान कानूनले सुरेखालाई आफ्नो परिवार (श्रीमान – छोराछोरी) को साथ नेपाल बस्न सहज बनाएन , सुरेखा चाहेर पनि नेपाल बस्न सकिनन्।

फ्रान्स बसाइको क्रममा सुफी र सफल हुर्कँदै गएपछि सुरेखा जागिरमा लागिन्। केही समय फिलिपले सुरेखाको कार्यालयसम्म ड्रप (कारमा ल्याउन लैजान मद्घत) गरे पनि पछि सुरेखाले आफै कार चलाउन थालिन्।

‘ हुने हार दैव नटार ‘ !

फिलिपको जीवनमा वज्रपात भयो। एक दिन सुरेखा कार्यालयबाट फर्किदा कार दुर्घटनामा परिन्। डाक्टरहरुले भरसक्दो प्रयास गरे तर विफल भयो। ११ र १२ वर्षका छोरी र छोरा , मायालु श्रीमान, नेपाल मै स्थायी बसोबास गर्ने उनीहरुको संयुक्त सपना सबैलाई छोडेर उनी परलोक भइन्।

****************

अतितमा डुब्दै एल्बमका फोटो हेर्दै आँसु टप्प टप्प झारिरहेको फिलिपलाई छोरी सुफिले झस्क्याई-

‘ पापा !!!! ‘

पापाको आँसु पुछिदिई तर ऊ आफै पापाको छातिमा टाँसिएर रोई ‘ मामो !!!!!!!!!’ भन्दै

पापाले आँसु झर्न दिएनन् उनको। किनभने उनलाई थाहा थियो यो दुई थोपा आँसु उनले आफ्नो लागि साँचेर राख्‍नुपर्नेछ….


49 Comments

  1. कथा राम्रो लाग्यो . देश को के कुरा गर्नु यौटा परिवारमा केटि को जिन्दगि यस्तै हो. केटिको बिहे पछि कुनै घर हुदैन . माएतिले अर्काको घर गैएसकी व्हान्चन घर काले आर्काको घर बाट आयको व्हान्चन .कसैले मेरो व्हान्दैनन .

  2. छोरा र छोरी बिचको बिभेदको अन्त्य हुनुपर्छ; क्रमश हटदै आएको पनि हो . जातपात पनि हट्दै थियो माओवादी नेत्रित्वले फेरी उछाल्यो . देशका सबै नागरिकहरुको अधिकार समान हुनुपर्छ . लिंग, जात, धर्म वा अन्य कुनै पनि कुराले चाहे सामाजिक होस वा कानूनी रूपले बिभेद गरिनु हुन्न . पछि परेकाहरुलाई थप सुबिधा दिनु पर्ने हुन्छ त्यो अलग कुरा हो . छोरा र छोरी बिचको सम्पतिको अधिकार पनि समान हुनुपर्छ भन्ने आवाज उठेकै हो . अब बन्ने नयाँ संबिधानमा यी सबै सामावेस होलान भन्ने आसा गर्न सकिन्छ . तर संबिधान कहिले बन्ने हो निधो भने छैन .

    लुना जी को कथाले बिदेशी ज्वाइं र बुहारीको हकमा रहेको कानूनी बिभेद बारे समानता खोजेको छ जस्तो लाग्छ . मेरो विचारमा बिदेशी ज्वाइं र बुहारीको हकमा पनि समान क़ानून हुनु उपयुक्त हुन्छ; नागरिकता तत्काल नदीएता पनि योग्यताको आधारमा काम गर्ने सहितको अधिकार दिनुपर्छ . समस्या के हो भने धेरै मान्छेहरुमा कानूनको दुरुपयोग गर्ने प्रब्रिती छ . जस्तो नेपाली छोरी बिहे गरेर नेपाली नागरिकता लिने र नेपालमा बसी गैर कानूनी काम गर्ने . गैर कानूनी काम रोक्न नसक्नु सरकारको कमजोरी हो यो अलगै कुरा भयो . भारतीयहरु यस्तो धन्दामा माहिर छन; थाहै छ . रुवेलको चर्तिकलाको यथार्थ आउला नै .

    तर कथा राम्रो छ . बहेको छ; पठनीय छ . युबराजजीको कुरामा सहमत छैन . किनकी प्रेम, मिलन, बिछोड, सुख, दुख, मृत्यु त जीवनको अभिन्न पाटो हो . त्यो भन्दा अलग न त मान्छे छ न त समाज . त्यसैले हरेक कुरामा यिनै कुरा जोडिएर आउछन; लेख होस या कुनै कुरा . मूल कुरो कथाले उठाउन खोजेको विषय के हो, सान्दर्भिकता कस्तो छ, प्रस्तुति कस्तो छ भन्ने हो र त्यो सबै राम्रो छ यंहा . मेरो शुभकामना लुना जीलाई .

    पुष्प जीले भने जस्तो विदेशी पुरुष भनेको घरज्वाइँ जस्तै होइन . छोरीले ज्वाई भित्र्याको पनि सहज रुपमा लिन सक्नु पर्यो नी!!

  3. लुना जी,
    कथामा सम्प्रेषण गरिएको विषय वस्तु ज्यादै राम्रो लाग्यो यस अर्थमा कि यो यथार्थको नजिक नजिक पुगेको छ। यो समस्या भोलिका दिनमा अझै बढी टडकारो रुपमा देखिने छ किनभने नेपाली परिवार विस्तारै वहुराष्ट्रिर्य हुँदैछ। परिवार वहुराष्ट्रिर्य हुने बित्तिकै कानूनी, सामाजिक, साँस्कृतिक समस्याहरु देखिन आरम्भ हुन्छन र तिनको सामना र समाधान ज्यादै विवेकी ढङ्गबाट गर्नु पर्ने हुन्छ।
    कथा लेखनका दुई धारहरु रहेको मानिएको छ। एउटा धार अनुसार कथाकारले जे देख्छ त्यही लेख्छ। उसले कथाका पात्रहरुलाई निर्देशित गर्दैन। पात्रहरुले जे जे गर्छन त्यसको बयान गर्छ। कथाकार केवल माध्यम बन्छ। उसले केवल माध्यमको काम गर्छ। उसले देखे, भोगेका कुराहरुलाई कथाको रुप दिन्छ। यस धार अनुसार लेख्नेहरु पनि छन्।
    अर्को धार अनुसार कथाकारले कथाको कल्पना छ। आफ्नो कल्पनालाई कथाको रुप दिन्छ। आफ्नो कथाका पात्रहरुलाई उसको कल्पना अनुसारको क्रिया गर्न निर्देशित गर्दछ। र अर्को शब्दमा भन्ने हो भने कथाका पात्रहरु कथाकारको कल्पना अनुसार निर्देसित हुन्छन। यस धारलाई समातेर पनि थुप्रै कथाहरु लेखिएका छन।
    तपाँईको कथा पढ्दा तपाँईले दुबै धार समातेको देखिन्छ।
    कथामा तपाँईले मानवीय सम्वेदना र कानूनका सीमाहरुलाई मार्मिक किसिमले प्रस्तुत गर्नु भएको छ र कथाको सबल पक्ष पनि त्यही नै हो मेरो बिचारमा। तर कानूनी पक्ष चाँहि अलि जोडदार रुपमा कथाको वरिपरि घुमेको छ। जुन सही पनि छ।
    मेरो बिचारमा तपाँईको कथाको सर्वाधिक रोचक र सुन्दर पक्ष भनेको कथाले पाठकहरुलाई आफ्नो वरिपरि घुमाई राख्नु हो। कथा पढदा यस पछि के होला यस पछि के होला भनी जान्न पाठकहरु निरन्तर उत्सुक भइनै रहन्छ, मलाई त्यस्तो लाग्यो। यस अर्थमा कथामा गुरुत्वाकर्षण छ भन्न सकिन्छ। र कथामा गुरुत्वाकर्षण हुनु कथाको गहना र कथाकारको विषेशता हो।
    आउँदा दिनहरुमा, कथा लेखनको क्रममा पात्र र परिवेशको चयन गर्दा अझै बढी सजगता अपनाउनु होला भन्ने आशा गरेको छु। नेपालको सन्दर्भमा, बहुराष्ट्रिर्य परिवारका समस्याहरुलाई कथाको माध्यमद्वारा अझै ससक्त किसिमले प्रस्तुत गर्दै जानु होला भन्ने विश्वास लिएको छु। मेरो शुभ कामाना।
    बी अधिकारी

    • हार्दिक धन्यवाद सबै शुभ चिन्तक साथीहरुलाई , तपाईहरुको गहन प्रतिक्रिया – सुझाब – सल्लाह , तपाईहरुको यो न्यानो माया आगामी लेखिने कथामा उर्जा बनेर
      रहने छ , यति धेरै माया पाउनु मेरो लागि अहो भाग्य हो .
      तपाइँहरुको शु – स्वास्थ्य , खुशीको कामना गर्दछु २०११ को अबसरमा .

      [email protected]

  4. नारी-पुरुष समानताको कुरा पढ्दा-सुन्दा मलाई एउटा ‘जोक’ याद आउँछ । एउटी महिलाले एकचोटि तपस्या गरिछन् र खुशी भएर भगवानले वरदान माग्न भनेछन् । महिलाले पुरुषजस्तै समानता मागेछन् । प्रभुले चुट्कीमा उनलाई पुरुष बनाइदिएछन् ।

    भन्नुको अर्थ, लैंगिक समानता चाहिन्छ, तर हरेक कुरामा समानता खोज्नुको औचित्य छैन । केही यस्ता व्यवहारिक कुरा हुन्छन्, जसमा समानता खोज्नु स्वयम् महिलाकै अहितमा पनि हुन जान्छ; पुरुषमा समेत यो कुरा लागू हुन्छ । जहाँसम्म नेपाली महिलाले विदेशी पुरुष बिहे गर्दा विदेशी पुरुषले नेपाली नागरिक पाउने/नपाउने कुरा छ । मेरो विचारमा समाजले घरज्वाइँलाई राम्रो दृष्टिले हेर्ने भएपछिमात्र यस्तो कानून पारित गर्नु राम्रो हुनेछ; विदेशी पुरुष भनेको त घरज्वाइँजस्तै होइन र ?

  5. कथाको बिषय र प्रस्तुतिकरण राम्रो छ। ईन्टरनेट र अङ्ग्रेजी साक्षरहरुलाई सजिलो नि छ। अङ्ग्रेजी शब्द वा वाक्यहरुलाई रोमनमा लेख्ने हो र (भाव वा अर्थ सहित) भने, साधारण पाठक र कथामा भएका पात्रहरुको (जो समाजका मुख्य सदस्य हुन, संख्याका हिसाबले) पहुचमा पनि पुग्ने थियो कि ?

  6. कथा राम्रो हो, यहि अवस्था बाट गुज्रने नेपालीहरुको संख्या उलेख्य हुदै जादा कथाको सामाजिक असर (Impact Factor ) पनि उत्तम नै छ भन्न सकिन्छ | साधुबाद लेखिका लाइ|
    यसरि नै चलोस् कलम सधै सधै|

  7. मंचमा महिला अधिकार, समानता र लिंग विभेदको बारेमा धरा प्रबाह भाषण छांटने हाम्रा नेताहरुको ब्यबहारको ठीक उल्टो हुन्छ अनि यस्ताहरुले बनाउने एन, कानून कसरी समान बन्छ र ? देख्नु हुन्न महिलाको लागि भनेर स्थापना गरिएको मन्त्रालयमा पुरुषहरुले लाजै बिना रझैं गरी रहेका /
    लुनाजी ! कहिले प्रकृतिको सुन्दर सृजना फूलहरुको संकलन त कहिले सन्देश मूलक सुन्दर कथा तथा लाराजीले भन्नु भए झैं कवितामै प्रतिकृया लेख्ने तपाईको शैली मनपर्छ / तपाईको आज्ञाकारी कलमबाट यस्तै
    सुन्दर कृतिहरु सृजना भई रहून /
    नया वर्ष २०११ को शुभकामना सहित
    धौलबीर राई
    न्यू ह्याम्सर, अमेरिका

  8. लुना जी ,
    एक तीर ले दुइ सिकार गर्ने तपाइको मनसाय उदाहरणीय छ. नेपाली कानुन लाइ साहित्यीक झटारो हान्दै मेरो सन्सार का पाठक हरुलाई गतिलो खुराकी पस्कनु भएकोमा धन्यबाद. यो कथा मा समेटिएको भाषागत समस्या मेरो पारिबारिक जिबन मा पनि लागु भएको ले पो हो कि औधि मन पर्यो !!! यहाँ निर पुग्दा भने झन्डै झन्डै मेरो पनि आँसु झरेन हो ….
    “”पापाको आँसु पुछिदिई तर ऊ आफै पापाको छातिमा टाँसिएर रोई ‘ मामो !!!!!!!!!’ भन्दै
    पापाले आँसु झर्न दिएनन् उनको। किनभने उनलाई थाहा थियो यो दुई थोपा आँसु उनले आफ्नो लागि साँचेर राख्‍नुपर्नेछ….
    (पुनस्च: सुजाताको निजि स्वार्थको लागि किन नहोस ज्वाई र बुहारी नेपाली कानुन को लागि बराबर हुने दिन छिट्टै आइपुग्ला आशा गरौ )

  9. अति राम्रो कथा !!!!!! लुना जी २०११ को शुभकामनाका साथै तपाईले लेख्ने कलम को मसि कहिलै नसकियोस भन्ने कामना गर्दछु !!

  10. नेपाली कानुनप्रति कटाक्ष गरि लेखिएको सशक्त र जीवन्त कथाभित्र विदेशिनुको पिडा साथसाथै मानवीय संवेदनाहरु उकुस मुकुस गरि पोखिएका छन्| अझ सबभन्दा गहन पक्ष भनेको ओखलमा (ढिकी) भिजाएको चामल कुटेर सेलरोटी बनाउने चाँजो पाँजो मिलाएको बर्णनले कसको मन छुंदैन? शहरिया केहि धनाढ्य बाहेक बहुसंख्यक नेपाली यहि ओखल र जांतोकै सेरोफेरोमै हुर्केको हो| कथाभित्र जतिसुकै भाषा किन नहोस, नेपालीपन र नेपालीत्वले यसलाई सर्लक्कै ढाकेको छ | नेपाली नारीप्रति गरिएको कानुनी भेदभावलाई कानुनी धारा र उपधाराको खल्लो बाख्याले नभई, मानवीय अनुभूतिहरुलाइ नाङ्लामा केलाएर लुनाजीले माइसंसारको आँगनमा बिस्कुन सुकाउनु भएको छ |

  11. कथा एकदमै यथार्थपरक छ!कथाले नेपालको कानुनलाई तिखो प्रहार गरेको छ तथापी यो छोटो कथामा चार भाषाहरु एकैचोटी प्रयोग गर्न खोजिएकोले होला मलाई कता-कता सुन्दर अनुहारमा सानो दाग लागेको झै आभाष भएको छ!जे होस समग्रमा कथा राम्रो भन्नु पर्छ!लुना जी कलम चलाउन नबिर्सिनु होला!अन्तमा नयाँ बर्ष सन:२०११को हार्दिक मंगलमय शुभकामना हजूरलाई।

    • प्रेम पुन जी
      तपाईलाई अनि सबै साथीहरुलाई २०११ को शुभ कामना है .

      ( प्रेम जी ! चार भाषा भनेर तपाइले नेपाली – अग्रेजी – फ्रेन्च र अल्ली अल्ली हिन्दी
      लबज मिसाइएको लाइ भन्नु भ हो ? यदि यसो हो भने कुरा के भनेनी , कथालाइ
      जिबन्त रुप दिन मैले यसरि पात्र – परिवेश अनुसार कथाको पात्रले बोल्ने भाषालाइ
      प्रयोग गरेकी हु , कथा छोट्याउने क्रममा यी भाषाले सायद मिठास दिन सकेनन कि ! )
      हार्दिक धन्यबाद तपाईलाई अनि सबै शुभ चिन्तक साथीहरुलाइ .

  12. Dhanu जी !
    धेरै धन्यवाद यसरि बुझ्न नसक्नु भएको कुरालाई प्रस्ट रुपमा सोध्नु भएकोमा , तपाइको प्रतिक्रियाले धेरैको मनको भावनालाई प्रतिनिधित्व गरेको हुनु पर्छ भन्ने सम्झी जबाफ लेख्न प्रयास गरेकी छु –
    हाम्रो शिछित समाजले स्विकार गरिसकेको छ ‘आमाका कोखका सन्तान छोरा
    छोरि समान हुन् ‘ ।
    समाजका शिछित – सचेत बर्गको हेर्ने दृस्टी कोण न्यायिक भए पनि राज्यको कानून
    ले न्यायिक समान दृस्टी कोणले हेर्न सकेको छैन / चाहेको छैन / दिईएको छैन मुट्ठी भर स्वार्थी संकीर्ण मानसिकताको कारण —
    त्यसैले म ठाडो भन्छु हाम्रो समाजलाई पुरुस प्रधान समाज बनाइएको छ ।
    के यसो हुनु न्यायसंगत कुरा हो ?! अबको युग न नारि प्रधान न पुरुस प्रधान ,
    मानबता प्रधान युग हुनु पर्छा ! न्यायिक युग हुनु पर्छ ।
    आधा आकाश ढाकेका नारीलाई किन यति बिघ्न कुन्जित ( प्बाख काटिएकी चरी जस्तो ) बनाइयो कानूनी रुपमा ???
    दयाको पात्र बनाउछा छोरीलाई १५ बर्से म्याद दिएर !
    छोरा ( पुरुस ) को सबालमा हेर्नुस ! उसलाई आफ्नो जिबन आफ्नो इछ्याले जिउने
    अधिकार छ , ऊ संगै उसकी जिबन संगिनी स्बत : नै नेपाली नागरिक हुन पाउछे उसले चाहेमा ( बिदेशी नागरिक बिबाह गर्नेको हकमा )
    त्यसपछी यता जिबन जिउने उता जिबन जिउने त्यो उनीहरुलाई स्बतन्त्र पूर्बक रोज्ने छूट छ
    तर छोरि ( नारी ) को सबालमा हेर्नुस !
    ऊ प्बाख काटेको चरी झैँ कुन्जाइएको छ —
    उसको जिबन साथि श्रीमान यदि बिदेशी नागरिक हो भने उसले चाहेमा स्बत नेपाली नागरिक हुन पाउदैन ( कानूनले दिएको छैन ) ( तर यहा छोराको श्रीमतीले
    चाहेमा उनि स्बत नेपाली नागरिक हुन पाउछिन )
    छोरीको श्रीमानलाइ ( बिदेशी नागरिक हुन् भने ) नेपाली नागरिक हुन १५ कुर्नु पर्छ त्यो पनि ‘ नेपालमै बसेर ‘ भिसा रि न्यु गर्दै ( भिसा फ्री हुँदैन ) १५ बर्ष नेपालमा बस्नु के सहज कुरा हो ? उु र उस्का परिवारले बाँच्न को लागि काम गर्नु पर्ने हुन्छ , काम गर्न कानूनी आधार ( सपोर्ट ) चाहिन्छ ।
    नारी र पुरुष एक रथका दुई पाङ्रा भएकाले दुबैले काम गर्नु पर्ने हुन्छ अबको महङी युगमा । छोराको श्रीमती ( बिदेशी नागरिकको सबालमा ) लाई झै सहज छैन छोरीको श्रीमान लाई । त्यस पछी उु ( छोरी ) श्रीमान सँगइ बिदेशिनु र श्रीमान को देशले दिएको न्यायिक सुबिधा सँगइ जिबन बाच्छे प्बाख कातिएकी चरी झै —–
    यस्तो असमान कानून किन यथाबत् ?
    व्याबहारिक सबालमा हेर्नुस् !
    आमा बा को मृत्‍यु पछी छोरीले काज कृया गर्ने अधिकार पाएका छन ( पाएका होइनन् उनिहरु आँफै व्याबहारिक भएर साहसी भएर लिए पछी दिएको हो समाजले )
    आजका छोरीले छोरा सरह भएर आमा बा लाई हेरेका छन – परिवार धानेका छन । आजका छोरी पुरुष सरह काधमा काध मिलाउदै देशको सेबामा जुतेका छन ( प्रशासन – शिक्षा – स्बास्थ्य – कानून – खेलकूद – ब्यापार – निर्माण आदी इत्यादी हरेक क्षेत्र मा नारिहरु उत्तिकै अगाडि छन )
    आजका छोरी ( नारी हरु ) हरु छोरा सरह बिदेशी भूमिमा खटेका छन परिवार को लागि , उनिहरुले पठाएको रेमित्यान्स लाई ‘ यो त छोरी ( नारी ) ले पठाएको रेमिट्यान्स हो भन्दैन मुलुकको कानून तर जब समान अधिकार दिनु पर्ने हुन्छ त्यो बेला चै ‘ सस्कार ‘ को नाममा असमान कानून लागू गर्छ ???
    बिभिन्न आरक्षण तथा १५ बर्से म्याद दिएर दयाको पात्र बनाउछ नारिलाई !!!
    मुखले चै ‘ नारी पुरुष बराबर ‘ भन्दै मानबिय शब्दले बोल्ने तर व्यबहार मा चै अनेक बहाना बनाएर असमान कानून लागू गर्ने ???
    ( केही दिन अघी कान्तिपुर मा निर्मला शर्मा जि ले लेख्नु भएको मार्मिक लेख ” बुहारी नजिक ज्बाई टाढा ” पढेकी थिए । त्यस पछी लेखमा घोत्लिए —
    पात्रहरु सल्बलाए मेरो मस्तिस्क मा — मनको क्यान्भासमा सल्बलाएका पात्र हरु लाई समेटेर कथा मार्फत मैले पनि न्यायिक आबाज उठाउने निर्मला शर्माहरुको कलम लाई छाया बनेर पछ्याउने कोशीस सम्म गर्न खोजेकी हुँ ।

  13. लुना जी हजुरको लेख धेरै स्तरीय लग्यो!! केहि हदसम्म नेपालको यथार्थ कानुनलाई पनि छुने प्रयास गर्नुभयको छ…र लेख एक हिसाबमा वास्तविक, यथार्थपरक र समय सान्दर्भिक पनि छ..आउने दिनहरुमा अझै बढी..पस्कने प्रयास गर्नुहोला..र कथा अलिकति लामो भयको भय अझै राम्रो हुनेथियो…कि ????

    • गोकुल जी !
      होइन , कथामा महोत्तरी जिल्लाको कुरै गरिएको छैन , मोतिहारी ( नेपालको सिमाना नजिक पर्ने भारतीय छेत्र ) को कुरा छ , मोतिहारी नजिककि संजु ( भारतीय नागरिक ) लाइ पोखरा नजिक बस्ने एकलब्यले प्रेम बिबाह गरि ल्याएको
      कुरा कथामा छ ( माछापुछ्रेको फोटो खिचिनु प्रसंगले पोखरा नजिकको स्थान अबगत गराउछा )
      धन्यवाद है .

  14. प्रयाश धेरै राम्रो छ / अगाडि बढ्दै जानुस लेखिकामा हुनु पर्ने गुण तपाईं मा छ/ कबिता पनि राम्रो लेख्नुहुन्छ /

  15. कथा सुन्दर छ,लुनाजी ,निरन्तरताको लागि शुभकामना.
    Whatever is bright & beautiful, whatever means the most to you, whatever brings you happiness, these are the things I wish for you & your family. HAPPY NEW YEAR and MARRY CHRISTMASS to you and your family members! Let’s prove this year 2011 as the real victory of all.
    Have a magnificent day.

    With best regards,
    : Bimal giri n family.
    Brussels

  16. कथा राम्रो नभएपनि प्रयास राम्रो छ/
    कथा उही पुरानो सैली मा छ/ खुशी, रमाइलो, मिलन अनि अन्त्य मा बिछोड, मृत्यु/
    प्रस्तुति अलिक सोचे जस्तो जोडदार भएन है जुन जी/

  17. आसु त् जिन्दगीको सागर हो /यो कसरी साचेर राखने ?जबकी एक पछि अर्को दुख आएको हुन्छ अझ दुख माथि दुख सहनु परेको हुन्छ / मेरो बिचारमा आसु भने सब्द नहोस /आसु को अर्थ दुख /सारा संग्सर्मा सुख साचेर राखन पवास जय नेपाल //////////

  18. आसु त् आसु हो, यो अमुल्यो र सत्ययुक्त हुन्छ/ मानिस हास्न त् नाटक गर्न सक्छ /तर रुने नाटक गर्न सक्धैन र आखाबाट आसु साचैकै आउन सक्धैन /आसु ,भित्र आत्मामा असर भयर बाहिर प्रकट हुने चिज हो /यो दुख : र सुख:मा आउने हो /मेरो बिचारमा आसु साचेर राखन राखन सक्धैन /यो जिन्धगीको, सुख र दुख त साथी हो,/ फरक यो छ सुख भोग्न कठोर मेनत गर्नु पर्ने ,दुख र आसु पिछा गरि आउने ho

  19. बिचरा महादेवले मरेकी सतीदेवीको लाश बोकेर सारा संसारको भ्रमण गर्नु भयो सोह्र हजार गोपिनी काहा गए मर्ने बेलामा कृष्ण जी एक्लै पर्नु भयो त्यसको पनि सोधखोज हुनु पर्छ त्यसैले अधिकार मात्र खोजेर हुदैन ” माता ” दायित्व पनि बोध हुनु पर्छ !! लुना जी को कथा पढेर २/४ महिना अगाडी हेरेको एउटा भिडियोको याद आयो ” खाँटि कुरा त यो पो हो त ए गाँठे! ” तपाइँ हरु पनि हेर्न सक्नु हुने छ !!
    http://www.youtube.com/watch?v=bDVeOmOc0Gc

  20. badhai chh luna jee hajur pani khariyeko kathakar hunu vayeko ma, yasari nai lekhdai janu hola la ani happy new year 2011

  21. साधारण कथा को गहन प्रस्तुति, मलाई त अति नै मन पर्यो

  22. राम्रो कथा लुना जी, साहित्यको माधमबाट असमान कानुनको छेद हान्नु भएको मा !!!

  23. कथा अति ग्यान बर्धक र सुन्दर लाग्यो | लेखिका लाइ धन्यबाद छ |

  24. मन छोयो लुना जी हजुरको यो भावात्मक विचार ( कथा स्वरूप ) ले / मर्म स्पर्शी र यथार्थपरक र भावात्मक व्यंग ले तपाइले प्रस्तुत गर्न खोज्नु भएको कुरा छर्लंग हुन्छ यो लेखमा / तपाइकै शब्द सापटी लिएर भन्दा यो सत्य हो कि नारीको हकमा लागू भएको येस्ता असमान कानूनले कति आत्मा हरु रोइरहेका छन् , एस्ता कैयौं दुइ थोपा आँशु हरुको सागर नै बनिरहेको छ नेपथ्यमा / यी आँशु हरु हेर्ने तपाइको जस्तो मन सायदै नेपालको कानुन निर्माता हरुको होला / यदि हुदो हो त यस्ता विभेदकारी कानुन हरु ले कसैको मन रुने थिएन / कसैले आकालमा मर्नु पर्ने थिएन /
    Great job luna jee, keep it up…

  25. लुनाजी,
    कमेन्टको रुपमा सुन्दर कबिता पढ्दै आएकी छु र, एकाध लेखहरु पनि पढेकी छु।
    लामो समयपश्चात् पुन: पढ्ने मौका पाइयो। लेख सम्बन्धि बिशेषत: आंचलिक प्रस्तुति सुन्दर छ तैपनि, हिजोआज तराईबासी मित्रहरुले बिसुद्ध नै पो पहाडिया बोल्छन् त
    निरन्तर लेखिरहनु होला।

    अंग्रेजी नयाँ बर्ष २०११ को हार्दिक शुभकामना सहित्,

    लारा, बेलायत ।

    • तराईबासी मित्रहरुले बिसुद्ध नै पो पहाडिया बोल्छन् त ! I wanted to comment in Nepali, but it didn’t work. Lara ! I like the above line which you have put very beutifully !!!!

      • तराईबासी त अब नेपाली नै भए नि , नेपालको तराई छेत्रको भए पछी , मैले चै मोतिहारी भनेर भारत र मेरो कथाकी पात्र भारतीय नागरिक नै बनाएकी छु नि , त्यै भ र हिन्दी लबज मिसिएको बोली राख्या 🙂

        • मैले भावार्थलाई कोट्याएको हैन, मैले लाराको मिठो नेपाली (दार्जिलिंगे) लवजको प्रशैसा गरेको

          • @शशांकजी,
            बास्तवमा तराईमा म जन्मिएर त्यहिको धुले माटोमा हुर्किएको हुनाले थोरबहुत तराईको जीवनशैलीबारे ज्ञान राख्दछु। रह्यो दर्जीलिंगे लवजको कुरो, आमाम्मा ओवर दामी प्रसंसा गर्नु भएछ अन्त हो! तेत्ति सार्है छैन ल !
            @लुनाजी,
            एक तीरले दुइ निशाना लगाईलिनु भो! कोहि बात छैन।
            merci je l’apprécie vraiment
            Lara.

            • I don’t get it. Everytime when I wanted to comment in Nepali for Luna’s article, it doesn’t work. But in other article it works. Anyway, Well said lara!

  26. यो कथा को अर्थ नै बुजिना अलिक खुलाइदिने हुन्त्यो कि ?

  27. कथा राम्रो लाग्यो बिषय बस्तु पनि राम्रो छ जहाँ सम्म नेपाल को कानुन को कुरा छ यो कथा मा त्यस मा मौन नै राम्रो थियो त्यस्तो त यति असमान कानुन छ नेपाल मा जुन नारी मा मात्र होइन पुरुस माथि पनि असमान छ त्यस बारे पनि केहि लेखनु भए को भए बरु कथा समाबेसी हुने थियो आखिर यो कथा केवल नारी को लागि मात्र पनि लेखनु भए को होइन होला केरे

  28. साची कथा बेदनाले भरि पूर्ण छ . मलाई त साचैको घटना झैँ लाग्यो र अझ सान्दर्भिक त त्यो संग सम्बन्धित गीत झनै राम्रो छ .

  29. हृदय नै छुने.. नेपाल मा नि आइमाई को कानुन हुनु पर्यो… तर बंगलादेशी लै चाही न दिने

  30. लुना जी
    तपाई लै धन्यवाद छ यस्तो खालको कथा लै हामी ले सुन्ने र पदने मौका दिनु भाको मा. कथा राम्रो छ.फेरी फेरी पनि यसरि नै आफ्नो कथा पस्कनु होला यो MY SANSAR मार्फत.

Comments are closed.