फोरम फोर्ने मन्त्रीको पद खुस्कियो

एउटा राम्रो खबर छ- यो कामचलाउ जम्बो मन्त्रिमण्डलको एक जना मन्त्रीको भार घटेको छ। हाम्रो करको पैसाबाट दिनुपर्ने सुविधाबाट कम्तिमा एक जना मन्त्री भए पनि घटेको छ।

कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्री पद खोस्ने निर्णय गरिएका व्यक्ति भने भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जयकुमार साह हुन्। फोरिएको फोरम फोर्ने धृष्टता गरेपछि उनको पद खोसिएको हो।

तपाईँहरुलाई थाहा छँदैछ, मधेसी जनअधिकार फोरम फोरेर फोरम (लोकतान्त्रिक) बनाई विजयकुमार गच्छदार यो मन्त्रिमण्डलमा उपप्रधानमन्त्री बनेका थिए। यही फोरिएको फोरमलाई पनि फेरि फोर्ने घोषणा गरेका थिए साहले। उनले ‘मधेस क्रान्ति फोरम’ नामक सङ्गठन घोषणा गरेका थिए। त्यसपछि गच्छदारको पार्टीको सिफारिसमा भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जयकुमार साहलाई राज्यमन्त्री पदबाट आज पदमुक्त गरिएको हो।

प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा ८ को खण्ड ‘ग’ बमोजिम साहलाई पदमुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

संविधानको धारा ३८ को उपधार ८ ‘ग’ मा ‘सम्बन्धित दलसँगको सिफारिस वा सम्बन्धित दलसँगको सल्लाहमा प्रधानमन्त्रीले निजलाई पदमुक्त’ गर्नसक्ने प्रावधान छ।

19 Comments

  1. नेपाल भनेको पिडालु नेता भनेको खोइरा ……अनि पिडालु लै खोइरा ले खय पछी के हुन्छ ?
    अहिले को स्तिथि यस्तै हो.मदेशी नेता त झन् विदेश तिर बेच्नी भनि १ $ मा पनि किन्दैनन कसैले पनि बुद्दी भयापो? मरेका स्याल हरु भारत् का पुच्छर हरु.जति फुटायो उति सजिलो हुन्छा कन्ट्रोल गर्न तै भयर भारत् ले फुटाउनी नीति लियको होला नि स्याल हरु लाई

  2. Jaya Prakash Gupta and Sanjaya Sah are the next leader for new forum………. yeta sanjaya shah ra nikat bhabisiya ma jaya prakash gupta (Upendra Yadav ko party–) ley uta forum futayera they both will be together and form new party ra tiyo party will be regional party prantiya party…….. desh sanghiyata ma jada they are planning to be Chief Minister………
    Time will prove this…………. just watch and see………..

  3. केको पदभार घट्नु ! अर्को उपप्रधानमन्त्रीको दावेदार खडा भयो भन्नुस् बरु ।

  4. “माधवकुमार नेपालले मन्त्री पद खोस्ने …” भनेर बेकारमा निकम्मा माकुनेको भाउ बढाउने काम नगरौं/ सञ्जयकुमार साहले नै फ्याँकेको पद माकुनेले के खाएर खोस्नु? यो त कोठाबाट “ल गए है” भनेर कोही निस्कना साथ “फलानोलाई त मैले कोठाबाट निकाले” भने जस्तै हो/ सक्छ भने मरेको स्याल माकुनेले बघिनी सुजातालाई केही भन्ने आँट गरोस्, अनि समाचार बनाउनु होला/
    सञ्जयकुमार साह अचानक चर्चामा आएपछि केही कुरा उनको बारेमा पनि/ जनकपुरका साथीहरुलाई बढी थाहा होला, यिनी पहिले ठेकेदार थिए/ चुनावको बेला केटाहरुलाई पल्सर बाँडेका थिए/ चुनाव जिते पल्सर उनीहरुकै/ चुनाव भो, केटाहरुले पल्सर फर्काउनु न पर्ने भो/ अब अहिले कुन हिसाबले उनले यो कदम चाल्या हुन्, त्यो उनैलाई थाहा होला/ देश र मधेशको हितको लागि हो भने शुभकामना, परदेश (सीमापारी)को हितको लागि हो भने शुभकामना पनि उतैबाट आउला, हामीले दिनु परेन/

  5. फोरम लाइ कति पटक फोर्छौ साथी हो.. अब पार्टी को नाम नै बदलेर मधेशी जनाधिकार नाफोरम राख्ने बेला भए जस्तो छ फेरी राज्यमन्त्री ज्यु लाई (निबर्तमान भनौ क्यारे) के भाग पुगेन र यो देश को ढुकुटी मा ब्रम्हलुट गर्न र पार्टी फोरे ???

  6. मात्री हुदा खल्ती भरियाना होला क्रान्तिकारी बनेसिता सोझा जनता ठगेर बैंक बर्नुकोलागी अपहरण धरोती फिर्ति जम्मा गर्नुकोलागी होलानी

  7. हज्जारौ गिध्धहरु मा एउटा मारेर के फरक पर्छ अरु थप थाप पार्न पाइने भयो भनेर रमिरहेका छन् नि हैन र ?

  8. धेरै राम्रो खबर.. केहि भए नि ढुकुटी जोग्येको छ

  9. देश भनेको यिनीहरुलाई ‘मृग’ जस्तै लागेछ कि क्या हो? भाग लगाई-लगाई खाने!-धार्नी, बिसौली,आठपोल……………!!!!!

  10. हड्डीको झगडामा ब्येस्त …..हरुको झुण्डबाट एउटालाईचाहिं पुच्छरमै टोकेर भगाईयेछ—-भएको येही हो —–हाम्रो करको पैसा त जसरि पनि रित्तिइहाल्छ येसपछी अरुद्वारा!

  11. राम्रै भयो एउटा हलो जोत्ने त् कम भयो !!! नया sweitzerlad बने पछि त सबै हिजो का हलो जोत्ने त् मन्त्री र माहान नेता बनेर देश लाई खोक्रो गरि लुटे का लुटेरा गदार देश द्रोहीहरु मधेय एउटा देश द्रोही हलो जोत्ने त् कम भयो !!!! यसरी नै अरु गदार देश द्रोहीहरु पनि कम भए देशले सान्ति को सास फेर्ने थियो !!!!!!!

  12. यो पनि कुनै नौलो कुरा हो र फुट्नु अनि जुर्नु, फोरम मात्रै कहाँ पो फुटेको हो र, यो भन्दा त पहिले नै कांग्रेश, कम्युनिष्ट जस्ता पार्टी त् फुटेका छन्, अब अहिले आएरेया फोरम फोर्ने शाहलाई पर्त्य्बता निस्काशित गर्नु पक्कै राम्रो हो, एदी येही तरिका पहिले नै ति आफुलाई सर्बश्रेस्था ठान्ने पर्त्य्हरुलाई लगाई पार्टीबाट निस्काशित गरेको भए धेरै नै उत्तम हुने थियो होला सायद, अब शाहलाई निस्काशित गरेझै, कानुनको कतै बाकि रहेको धारा, उपधारा, प्रयोग गरि, जिद्दी गरेर पार्टीमा अदिना खोज्नेहरुलाई पनि निस्काशित गरिनुपर्द्छा, तबबल्ल मात्र नेपालको कानुनको तुह्लो इज्जत रहने छ, धन्येबाद !

  13. जय होस् फोरम फुटेर एक जना त कम भयो देश को ढुकुटी सक्ने लुटेरा हरु !!

  14. नेपालमा कुनै पार्टी भनेको company वा shop हो ! जसको जहिले पनि उदेश्य नाफा कमाउनु हुन्छ, अर्थात् पैसा कमाउने ! अहिलेको स्थितिमा सबै पार्टी ठुलो नाफा मा चलेका छन् ! तर पार्टी भित्र अथवा कम्पनी भित्र मुनाफाको भाग भंडा नमिलेर होला उंहाले आफ्नो बेग्लै सोच्नु भएको ! ठिक छ , तपाइको नयाँ बनै पार्टीले सोझा नेपालीको मन जित्न सकोस र तपाई करोड पति बन्न सक्नुस ! मेरो यहि शुभ कामना !

  15. क्रान्तिकारी बनेर घर घर जनता लुट्दा मन्त्रि बनेर भन्दा बढी फाइदा देख्नु भयो सम्मानीय जी ले
    तेसैले उहा तेतै लाग्नु भयो |

  16. यो कुरा ठिक बेठिक भन्ने दुवै पक्ष छन्
    नेपाल अब चर्केको अन्डा जस्तो भै सक्यो र यस लाई जोड्न बडो गार्हो छ
    टूथ पेस्ट ट्युब बाट निस्के पछि फेरी पसाउन गार्हो हुने कुरा जस्तो हामी भै

  17. This is a good step. I hope he will take similar step after the hearing of Rubel Chaudhary, if Sujata is found involved with cover-up of his case in many a cases, in view of prolonged stay of his cabinet and failure of new PM by CA. God bless Nepal (country)!.

Comments are closed.