कसरी पुग्यो नेपाली हतियार अमेरिकामा?

-राजेन्द्र राई, कोलोराडो-

काठमाडौँको लगनमा एउटा पुरानो दरबार रहेको छ। त्यहाँ ऐतिहासिक हतियारको भण्डार थियो।

  • ५० हजारभन्दा बढी बन्दुकहरु,
  • अनगिन्ती खुकुरीहरु,
  • राइफलका सङ्गिनहरु,
  • १८० तोपहरु
  • अनि गोलीगठ्ठाहरु

४ लाख ३० हजार किलोग्राम वजनका ट्रकका ट्रक ऐतिहासिक हतियार नेपाली जनतालाई थाहै नदिई गुपचुप अमेरिकाको न्युजर्सी पुर्‍याइयो।

सन् २००३/२००४ मा क्रिस्चेन क्रेन्मर नामका एक अमेरिकीले हतियार भण्डारमा आई छानी छानी हतियार लगे।

उनको डकुमेन्ट्रीमा हतियार छान्न र प्याक गर्नमा वर्दीधारी सैनिकसमेत संलग्न देखिएको छ (नजिकैको फोटो हेर्नुस्)

• उनले ती सब हतियार कसरी अमेरिका ल्याए ?
• उनलाई कसले त्यो हतियार बेच्यो ? नेपालको तत्कालीन श्री ५ सरकारले ? नेपाली सेनाले ? राजाले ? वा कुनै नेता ले ?
• के प्रक्रिया अन्तर्गत बिक्री गरिएको थियो?
• त्यस्तो ऐतिहासिक महत्वको सामाग्री नेपाल सरकारले किन जतन गर्न नसकेको?
• त्यो हतियार बिक्रीको बारेमा किन समाचार आएन?
• के यो सब काम षड्यन्त्रपूर्वक गरिएको थियो?

हेर्नुस् त एक जना नेपाली सैनिक पनि हतियार अमेरिका लैजान प्याक गर्दै गरेको बेलामा देखिन्छन्।

पुरातात्विक महत्त्वका यी हतियारको यत्रो भण्डार कसरी एक अमेरिकीले सुटुक्क लैजान सके ?

यहाँ पनि एक नेपाली सैनिक पहिरनमा देखिन्छन्। डकुमेन्ट्रीमा दावी गरिए अनुसार ५० हजारभन्दा बढी त बन्दूक मात्रै थिए। अनगिन्ती खुकुरीहरु थिए। कसले कति रुपैयाँमा बेच्यो यो हतियार ? रकम क-कसको खल्तीमा पुग्यो ?

डकुमेन्ट्रीमा दावी गरिए अनुसार काठमाडौँको लगनस्थित पुरानो दरबारबाट ४३० टन हतियार सन् २००३/२००४ मा उठाएर अमेरिकाको न्युजर्सी लगिएको थियो। यो समाचार किन अहिलेसम्म गुपचुप राखियो ? को को संलग्न छन् यसमा ?

डेढ सय वर्षभन्दा पुरानो नेपाली राइफलहरु (भरुवा बन्दुक) अहिले अमेरिकामा करिब ३५० अमेरिकी डलर मूल्यमा किन्न पाइन्छ। ऐतिहासिक हातहतियारका सामाग्रीहरुको संकलक एवं बिक्रेता इन्टरन्यासनल मिलिटरी एन्टिक यूसएको साइटमा ऐतिहासिक हतियार विवरणसहित बिक्रीमा रखिएका छन्।

नेपालमा बनाइएका यी राइफलहरु तत्कालीन ब्रिटिश p-1853 enfield rifle musket मोडेलका बन्दुकहरु हुन्। यो मोडेलको बन्दुकहरुको महत्व किन छ भने यस्तै खाले बन्दुकहरु नै सन १८५७ को भारत विद्रोह (Indian mutiny) मा, सन् १८६० को सुरुवातमा भएको अमेरिकाको गृहयुद्धमा र अन्य तत्कालीन समयका प्रमुख लडाईंहरु जस्तै क्रिमियन युद्ध, न्युजिल्यान्डको युद्ध मा समेत प्रयोग भएको थियो।


नेपालको प्रथम वैज्ञानिक भनिने गेहेन्द्रशमशेरले बनाएको राइफल बिक्रीमा।

तत्कालीन ब्रिटिश सैनिक निर्देशनमा ती बन्दुकहरु नेपालमा बनेको अनुमान गरिएको छ। बन्दुक संकलनका सौखिनहरु, बारुदी बन्दुकबाट सिकार गर्न रहर गर्नेहरु, अमेरिकन सिभिल वारको प्रदर्शन गर्नेहरुका लागि यो बहुमूल्य सामाग्री हो।

सो वेबसाइटका अनुसार वेबसाइट प्रमुख क्रिस्चेन क्रेन्मरले २००३/२००४ मा नेपाल गएर नेपालको पुरानो हतियार खरखजानाघर लगन सिलखानाबाट हजारौं ऐतिहासिक हातहतियार फेला पार्न सफल भएका थिए। त्यसमा ५० हजारभन्दा बढी बन्दुकहरु, अनगिन्ती खुकुरीहरु, राइफलका सङ्गिनहरु, १८० तोपहरु अनि गोलीगठ्ठाहरु थिए। सय वर्षभन्दा बढी थान्को लागेका ती हतियारहरु काम नलाग्ने गरी सडिसकेका थिए। ती बन्दुकहरु अहिले अमेरिकामा ल्याएर कुनै त्यतिकै अवस्थामा र कोही मर्मत गरी राम्रो पारेर बिक्रीमा राखिएका छन्।

क्रिस्चेन क्रेन्मरले नेपालमा गएर त्यो हतियार भन्डारन कसरी फेला पारे भन्ने बारे डकुमेन्ट्री पनि बनाएका छन्, हेर्नुहोस्


यसका साथै उनले यससम्बन्धी एउटा पुस्तक पनि लेखेका छन् Treasures where you find it

115 Comments

  1. At that time thome ministose who were in the chair of pm, and especially defence and home minister can give the answer.They can event sell their mother for the sake of money. Yo kura ko chanbin kasle garne. yo sabai ta harulai taha chha ra tatkalin sansad ra mantri mileyra commission khaye ko ho re according to army source. thanks

  2. शान्तिको देशमा हतियार राखानु हुन्न भनेर अमेरिका पठायको होला or पहिला माओवादी ले लुटछन भनेर होला नि ?

  3. यो काम कुनै कसलाई भन्दा पनि जसको जिम्मा मा थियो तेसलाई नै question गर्दा राम्रो होला वा सम्पति बिबरण हेर्दा राम्रो होला.

  4. जसले येस्तो काम गरे .. तिनीहरुले आफ्नो आमा श्रीमती र छोरा-छोरि पनि बेचुन.. तेस बाट पनि दरो दाम मिल्छा तिनीहरु लाई….

  5. हरे के सुन्नु पर्‍यो ? यिनी हरु ले अब आमा को दुध पनि बेच्छन …….

  6. हतियार निकाल्दै गरेको दरवार काठमान्डू को लगन टोलमा बनेको भीमसेन थापा को जस्तै लाग्यो/

  7. नेपाली बिर गोर्खाली अनि बिश्वोमा साहसीको झन्डा गाड्ने ति बिर पुर्खा अनि हतियार आज यसरि अमेरिकामा बेच बिखन मा छ भन्दा सारै दुखको कुरा हो जति देशको माया जनता र पौरखी युवा हरु लाई छ तर नेता र राजतन्त्रलाई छैन येस्तोले त आफ्नो घर को सदस्यपनि बेच्न पछि पर्दैन

  8. ईन्जिनियर गेहेन्द्र शमशेर रानाले चन्द्र शम्सेर को पालामा नेपालमै ब्रिटिस हरुले तेती बेला बनाएको भन्दा उत्कृस्ट बन्दुक पिस्तोल टोप मेसिन गण सैनिक गाडी र रेल समेत बनाएर चन्द्र शम्सेर लाई देखाएको थियो/ उसले बनाएको केहि सैनिक उपकरण र रेल को नमुना म्युजियममा पनि छ भनिन्छ/ ब्रिटिश को दवावमा चन्द्र शमशेर ले गेहेन्द्र शमसेरलाई देस छोड्नु पर्ने बनाएको थियो/ हाम्रो नेपालमा केहि गर्न सक्ने हरु उहिले पनि थिए आज पनि छ तर कसले वास्ता गरे? तेस्तो व्यक्ति हरुलाई उहिले नै प्रोत्साहन गरेको भए नेपाल आज भारत भन्दा बिकासमा अघिनै हुने थियो/

    माथि उल्लेखित कुरा सरकारी निर्णयमै भएको देखिन्छ/ सरकारले जनतालाई जानकारी सम्म पनि दिन जरुरि ठानेंन/ २००३/४ सालमा त् गिरिजनै प्रधान मन्त्रि तथा राजदरवार मन्त्रि थिए/ राजात संबैधानिक मात्र थिए/ राजाको हुकुम मा यसरि केहि बेच्न सक्ने न संबिधान थियो न कानुन/ त् दोष कसलाई दिने? सायद तेतिबेला नै सुजाताको कुनै अर्को रुबेल ले यो काम गरेको थियो कि?

  9. यो खबर लाइ नेपालका कुनै पनि छापाका पत्र पत्रिकाले महत्व नदिनुको कारणचै के होला? कतै छापिन्छ कि भनेको कहीं देखिएन |

  10. हेर्नुस यो सानो तिनो मामला होइन् /कृपया यो जो जतिले देख्यो फोटो फिल्म सबै खिचेर राख्नुस सबैले ,/यसमा जो जसको हात छ ,ठुलो गिरोहिको हात छ /सरकार नेता पुलिस के ??भनु ? यो जुन गिरोह छानी त्योसले एक दिन देस पनि एउटा आलु बेचे जस्तै बेच्न बेर छैन /त्यत्रो हतियार सिन्को जस्तो बेच्ने, हामी सबै नेपाली एक हौ / एक दिन अनुराधा दिदि जस्तो कोहि किन नआउला र?तब ठिक हुन्छ /यदी पारस साचै सुपुत्र भए देसको भलो चाहन्छ भने ,यस्तो गिरोहहरु मुर्ति चोरी हरु सबै जनताको मझा ल्याऊ /चेली हरु को लागि अनुराधा जस्तै पारस ले गरेर देखाऊ / जनता भयरै कामगरेर देखाउ पहिला , लेख्ने धेरै छ/ बुझने लै काफी बुझो होला / अझ जसले यो कुकर्म गरेको छ उसको लागि नर्क पनि प्वाल परेर घुस्नेचा/

    • लगनखेल बाट पनि होला, सम्जना आयो ज्ञाने को सासन, कमल गिरीह मन्त्रि हुदाको पालामा गणबहल इस्थित भीमसेन दरबार बाट सिसा को गोलि समेत ३०-४० ट्रक मा हेल्मेट सहित लगाएका अग्ला गोराहरु र नेपाल आर्मीले लोड गरि लगेको मेरो नातेदार को घर बाट देखेका थियेरे .

  11. जनताको भोट लिएर नेता हुनेहरुले देशको ऐतिहासिक सम्पदालाई बेचिदियो | यसबेला नेपाली जनताहरु चुप लागेर बसेका छन्, सिमा नाघेपछि एकदिन नेपाली आवाजको डरलाग्दो बिस्फोट हुने छ | यस बारेमा साथीहरुको भनाइसंग सहमत छु , देश प्रेमी पत्रकार श्री राजेन्द्र राईलाई धन्यवाद छ |

  12. Instead of such materials ,plz send our leader in america for their better future.They destroy our country,eventhough with the aid of such smoggler they sole such ancient arms which must be kept in our own musium hall.

  13. जब सम्म हामी संग हुँदा कसैलाई यी सामग्रीको मतलबै थिएन अब गए पछि टाउको दुखाएर के काम | आफ्नो तेस्तो बहुमुल्य सामग्रीको त राम्रो संग हिफाजत र सरसफाई गरेर राखेपो महत्व पनि बढ्छ | खाली मुखले मात्र ट्याउ ट्याउ बेकारमा |

  14. धन्यवाद नेता हरु लाई नेपालको सब कुरा बेचिसक्यो अब तिमि हरुको श्रीमती छोरीहरु पनि बेच ?

  15. यो सबै काग्रेस पार्टी को कम हो नदी बेची सकेउ अब हतियेर बेच्न थाले छ अब देश बेच्न मात्र बाकी छ. हैन यो कंग्रेस ल भोट दिने जनता पनि कस्ता मुर्ख होलान

      • सबिन जी, तपाइको कुरा र सुजाता कोइराला को जस्तो छ सुजाता रे मेरो रुबेल जोवई ले गरेको proof देखाऊ वनेर उल्टै पत्रकार लाई थर्काए जस्तो छ वने जस्तै कुरा गर्नु भए छ. धन्याबात्

    • काँग्रेस होइन ज्ञाने मैला र उसको भाई धीरे कान्छाले बेचेको हो | ज्ञाने मैलाले त एक करोड डलर पाउने हो भने उसकी माइलीलाइ पनि बेची दिन्छ |

  16. बेचे बेचियो,कमाए,खर्च गरियो,सकियो केको कारबाही कसलाई कारबाई?कसले गर्ने कारबाही ?हजार प्रस्न छन् जबाफ सुन्य,आमा लाई बेचेर बाबु लाई सलाम गर्ने येस्ता कपुत हरु देस का ढुकुटीको पहरेदार अनि दोस कसलाई दिने,दोसी कसलाई vanne ?

  17. नेपालमा गणतन्त्रको स्थापना पश्चात सभ्य नेपाली नागरिकले शाह राजाका शालिक ढाले झैँ, यी गोलि गट्टा, बन्दुक जताततै फ्याकलान, सभ्य nepali जनता को हातमा पर्ला सदुपयोग गर्लान भनेर राजाले नै नेपाली जनताको सुरक्षाको लागि बेचेको होला |
    राजातन्त्र लुटाहा नै थिए शोषक नै थिए तर के गर्ने हाम्रा प्रजातान्त्रिक नेताहरु पनि उनीहरु भन्दा कम भएनन् कसलाई भन्ने ?

  18. http://www.ima-usa.com/militaria/antique-guns/cleaned-complete-guns/british-p-1864-snider-breech-loading-rifle-with-bayonet-cleaned-complete.html
    जब यो फोटो ठुलो पारेर हेरें , नेपालीमा १ २ ३ ४ देखेर मन रोयो, धुलैमा भएपनि आफ्नै देशमा भएको भए आफ्नो हुने थियो आवत पराई को भयो, यी बेच्ने आमा बेच्ने सरह पापी हुन्.

  19. नेपालको पुरातात्विक हतियार अमेरिका जानुलाई के अचम्म मान्नु र देशनै बेच्न तयार रहने कपुत को नेपालमा अनिकाल छैन

  20. वा क्या गजब६ यो देशमा जसले बाचा पने नेपाले आमा, janmabhume र matribhumelai लात हानेर आफ्नो स्वर्थ पुरा गर्न गरेकोहोला नेता, सरकार, कार्यकर्ता, दलाल,जो vaya पनि teneharu desdhori हुन्, लोकतान्त्रिक गणतन्त्रको सरकारले छानबिन gare कडा karbahe garnupa6

  21. प्यारा साथी हरु इ हतियार हरु आफै गए का हूँनं डी वी को वीसा परेर की कसो ता मित्र ?……………………………………..

  22. हतियार अमेरिका पुगेको धेरै वर्ष भैसक्यछ / सन् २००३ /२००४ मा नेपाल मा जुन सरकार थियों त्येसैले एस्तो काम गरेको हुनुपर्छ / नेपाल का त्येस्बेलाका राजा ज्ञानेन्द्र शाह को मिलेमहतोमा त्येस्बेलाको शाही नेपाली सेनाले अमेरिकालाई बेचिदियो / तर हाम्लाई थाहै भयन /

  23. त्योतिका सबै मानिस त् छ/ कसरी समात्न नसक्ला ,अझ पुलिस पनि छ त्यो चोर पुलिसलाई जनताले छोड्नु हुन्धेंन/ हे देसभक्त हो अब त् जागहो ,पारस साचै देस भक्त हो भने यो को हो ?छिटै नेपालीको माझ ल्यायर देखाऊ ,र गल्ति गर्ने एक एक गरि जनताको माझा ल्याऊ ,अनि राजकुमार अबस्यो हुनेहोला /गोलिनै ताक्ने हो भने यस्ता गिरोहहरु लाईताक त्यो पनि बुद्दिले /अनुराधा दिदि जस्तै देस बचाऊ गर्ने देस सेबी चाहियो भगवान /मलाई जहाँ सम्म लाग्छ ,कोहि पनि नेपाली बिदेसमा रमेर बसेको छैन होला / धेरै जसो नेपालीहरु बिबस छ /के गर्ने ?घर मा सौता छ माइती सानिमा भयको छ / बिदेसमा बसेर नेपालीहरु घर घरमा नेपालको झन्डा राखेको छ नेपाली गाडीमा पनि झन्डा इस्तिकत तासको पाएको छ /नेपाली रैछ भनेर हास्ने गर्छ /मेरो देस नेपाल धेरै माया लाग्छ /

  24. एकदम ठिक भयो, हतियार ले त हो नि मेरो नेपाल बिग्रेको. मलाई एकदम ठिक लाग्यो. अज सबै मओबाधि र आर्मी को सबै हतियार पनि बिक्रि गरिदिनु पर्छ.

    • मित्रलाइ अलिक confusion भए जस्तो लाग्यो,
      हतियारले होइन हतियार बोक्ने ले गडबडी गरे जस्तो लाग्छ मलाइ चाही कि कसो ?

  25. कुहे सडेको माल नेपाली सेना ले बेचेको हो…यस्तो कुरा को किन राजनीतिकरण गरिंदै छ? एतिहासिक महत्व भएका तेस्ता बन्दुक र हतियार हरु छाउनी संग्रहालय मा छदै छ नि………….बरु त्यस बापत आएको रकम चै सेना ले के गर्यो त्यो चै चासो को बिसय हो…

    • त्येसो भए त्यो कुहे सडेको माल किन्ने मान्छे नै पागल हो / तर त्येही कुहे सडेको माललाइ ONLINE SALE मा राखेर dollor को खेति गरिदै छ नि त्यो चाही के हो त ?

      • त्यो हतियार का संकलन मा शौक भएका व्यक्ति हरु ले किन्छन भलै त्यो प्रयोंग योग्य होस् नहोस………….अब भन्नेलाई कल्ले रोक्न सक्ने एक जना भुक्त भोगी ले २००४ मा बेचेको हतियार धिरेन्द्र ले बेचे भन्दियो…………….खै नसकिने भो २००१ ma मरेको मान्छे ले कसरि बेच्यो होला बरु जान्न पाए हुन्थ्यो !!!!!!!

  26. सहज उत्तर नेपालका सबै टाउकेहरुको मिलिमतोमा पुग्यो नि………..हामीलाई थाहा भएकै कुरा हो गिरिजाको पालामा जहाज नै highjack भएको थियो…जाबो हतियार अमेरिका पुग्नु कुन चै ठुलो कुरा हो र साथी हो/

  27. बसेको छ हाम्रो नेपाल क्षेत्र यस्तो बिगति को यतिहंश हुनु लै प्रसाद बन्दे जस्तै हो त्यो हतिर हरु विदेश पठाउने पुराउने

  28. हे विदेश मा बसेर देश को लागि comment लेख्नेहरु, देश मा फर्केर आऊ, देशलाई तिम्रो अत्यन्तै आवस्यकत्ता छ, होइन भने comment गरनै छोडी देउ, हामि जसरि भए पनि बाच्ने प्रयास गर्नेछोउ. समस्या किन्नेको होइन, बेच्ने को हो, कसले बेचे छ त? त्यो फोटोमा त Army dress लगाउनेको face बुहिने छ त, तेस्लाई समातेर केरकार गरे सबै कुरा थाह भैहल्छा नि त, बरु केरकार गर्ने चै कसले?

  29. लौलनी i सहन्नै सकेन् चित सार्है दुख्योनी मअमेरिकामा नै छु तर मैले मेरो दाइजो माइतीबाट पाएको सिन्मु ज्वालान्हक , सुकुन्दायौटा पनि ल्याएँन नया किने /जसले जे भ्यायो खायो ,मार्यो,लुट्यो ,चोर्यो ,बिभार्स ,काण्ड बाहेक केहि सुन्न पाएँन /हाम्रो नेपाल पो कसरि जोगाऊ /यो बेचने जन्तु लाई त भगवान्ले छोड्ने छैन/र जो मानिस हो उसले छोड्नु हुन्धेंन /त्यसलाई त पातालमा ठाउँ छैन बा /////यो कुजटका साखा सन्तान नास पहिला नै किन नास नभएको होला?हे भगवान मन थाम्न सकेन ////////////////////////////

  30. राजनीतिक दल देखि गनाउने ढल सम्म,
    ठुला नेता देखि साना कार्यकर्ता सम्म !
    मटेंग्रे गुलेली होस या स्वचालित बन्दुक
    नेपालमा बिकाउ छन, राजा देखि रंक सम्म !

    गोजीमा गांठ र मनमा आँट चाहिन्छ,
    सांसद हुन् या सभासद् सस्तैमा पाइन्छ !
    उत्तरको युयान होस् या दक्षिणको रुपिया,
    सरकार बनाउन समेत किनबेच चाहिन्छ…!

    अख्तियार देखी अदालत सम्म,
    हाकिम देखि पिउन सम्म,
    नबिक्ने को छ र हाम्रो नेपाल मा ?
    राजतन्त्र देखि लोकतन्त्र सम्म !

    • Wow ! यो त हर्के जी को अहिले सम्मकै उत्क्रिस्त कमेन्ट हो …कविता कमेन्ट हाहाहा सुध्रनु भो जस्तो छ …!!!

  31. पुरानो हतियारलाइ पनि D.V. Visa को चिट्ठा परे जस्तो छ /
    यस्तो D.V. Visa को चिट्ठा चाही हाम्रो नेताहरुलाई परे त अलिक जनता र देशलाई हाइसन्चो हुने थियो कि ?

    लौ जय नेपाल
    हिमाली

  32. यति टाढा बाट कुइरे गयर किन्नु भनेको यो हतियार पक्कै पनि बहुमुल्य हुनु पर्छ,मेरो बिचारमा ज्ञाने ले बेचेको हुन सक्छ ,केहि दिन अगाडी पारसले रुबेललाई तर्साउने पेस्तोल सायद कुइरेले उपहार दियको होला ,

  33. एती मात्रै होइन त्यो हनुमानढोका मा थुप्रै पुरातात्विक समान हरु रहेको सुनिन्छ तर त्यो पुरातात्विक बिभाग कहिल्यै पनि बाहिर ल्याउन चाहदैन || यहाँ सब बेचेर खान पल्केका छन् छोरी बेच्छन , काठ बेच्छन (तस्करी) , ढुँगा ,गिट्टी बेच्छन , अब यो पनि बेच्न थाले || धिक्कार छ नेपाली सेना || नेपाली सेना आहिलेसम्मं आफै हतियार बनाउन नसक्नु को कारण त्यहाँ भित्र रहेको कमिसन खाने प्रबिति मात्रै हो || हतियार यहाँ बनाए कमिसन खान पाईदैन त्यसै ले हाम्रो सेना हतियार बनाउन चाहदैन || उसलाई थोत्रो किन्सास राइफल बोके पुग्छ !! नेपाली सेना भारतीय सेना अन्तर्गत को एउटा भाग मात्रै हो !!! बाटोमा सेना को गाडीमा “मिलिटरी बाहन जवलपुर ” || जवलपुर नेपाल मा पर्छ ?? एउटा स्वतन्त्र रास्ट्र को सेना भएर बिदेशी ले दान दिएको गाडी चड्नु धिक्कार छ ??? सेना को आड मा हाम्रो सम्पदा बेच्न बेचिएको हो || नेपाली लाई तर्साउन बन्दुके आगाडी उब्याउने तर बिदेशी लाई भित्रै सम्म पहुच दिने सस्कार धिक्कार छ !! त्यो जुन ठाउँ मा हतियार राखिएको त्यो ठाउँ मा सेना बसेको हुन्थियो !!!

  34. हतियार लैजान सहयोग गर्ने सबै सहयोगी हरु को नाम उक्त किताब मा उल्लेख छ नी. पक्रनसके पो. राजा को हत्यारा, मदन भण्डारी को हत्या / दुर्घटना को त पत्ता न लगाउने नेपाल सरकार बाट के आस? नापुन्ग्सकको श्रीमतीले पेट बोक्छु भनेको जस्तो हो.

  35. well its always been a irony to write or hear any comments,seems like everyone is right and wrong on their own manners. At least we can see a symptoms of rightful honor is rising. its just a matter of time the things happened can’t be undo but we’ll get it i right direction भाई फुटे गवार लुटे भाको हो [just remember one thing its just a matter of time] salute to those who even care 4 sparing their fraction of time on this national issue.
    Quote “आटी छोरोलाई बाग ले पनि खान सक्दैना”= “आसम्बव भन्ने कुरा लै सब्दकोष बाट निकलिदेउ “-“उदेस्य के लिनु ऊडी छुनु चन्द्र एक ” अरु धेरै छन् गर्ने कुरा हरु लेखिने
    इतिहास त छदै छ ! जै नेपाल जय मत्रभुमी

  36. This seems not to be done by single person. Alot of people would have been involved. But the greatest question is who is going to raise the voice? Who is going to be the one to bell the cat? A commssion will be held and finally the conclusion will be as usual. It is because we all have been so corrupt that we want the easiest way to earn money by cheating or by selling our own motherland and our ancestors valuables. Then once again we go to other part of world and take a photo on those country museum. We feel pride to take photos or to visit those place but we could not conserve our own valuable. Even though we will have proof these criminals of our nation will not be punished because who is going to arrest them and who is going to give penalty to them. Is it the same police officer who was once promoted by the same Politician or the same Judge who came to that post by the help of these Politician.
    Even though we had enough evidence we could not punish Rishi Dhamala them what do we expect. Do anyone here commenting think that Rubel Choudhary will also be brought in platform. No and never. A new story will be hatched and we will soon forget this story.
    Our dear politicians are not aware of the country situation but are always fighting for the same chair. I am wondering what the hell the Chair of Prime minister is made up of?
    We grew up reading the books of our ancestor and our national heros. But I assume that will remain only in youtube, or in our course book or in our parents stories to their children. It is really pathetic that we being aware of most of the fact can do nothing. This evidence already shows how back we are going. In one hand our own countryman are selling their own motherland. May be in near future our country may also be sold by these insane.

  37. j हो स मुर्ति चोरले antic gunharu चोरेर बेचेर आफ्नु कोकिन adic मनिता सुनिता को हत्यारालै singaporema सोलिड flat किनी देको छ ……………..अनि गिर्जाको छोरि लै नि असो हल्का घुस डेका छन् तेई भएर गिद्दे buda केहि कुरो नखोलेका हुन्,

  38. If Nepal has some more Antique Weapons and willing to sell me, I would be interested to purchase and start my own Nepal War Museum.

  39. यस्तो संबेदनसिल बिषयमा माओवादी किन चुप छ ? यसमा माओवादी कै पनि मिलोमतो छ कि ?

    • होइन मावोबादी लाई नै गुहार्नु पर्छा र देश क अरु निकाय मरेका छन् कि क्या हो?

  40. सारै नै दुख लग्यो मलाई पनि | जे जस्तो भए पनि हाम्रो ऐतिहासिक खजानाहरु आफ्नै देशमा भको राम्रो हो नि सडे पनि गले पनि | नेपालका खाजनाहरु अमेरिका पुर्याउदा खुसिहुनेहरु देखि पो छक्क लग्यो मलाई त | कुनै दिन नेपाल सड्न लग्यो अमेरिकालाई सुम्पौ भन्ने होला हैन ????

    • ( निश्चल झैँ ति तमाम् निश्चल मनहरुलाइ मेरो ढुकढुकीको दुई शब्द )

      ” निश्चल ”
      ————
      निश्चल तिम्रो मायामा डुबी
      रोए म थोरै
      भो पुग्यो अब
      यो भन्दा बढी नरुबाउ मन धेरै

      सम्हाल आफूलाई
      तिम्रो जरुरत छ देशलाई
      सार्है नै मक्कियो
      बदल्ने बेला भो युगलाई

      आशु नझार
      मक्किएको मुलुक झन् गल्छ
      मुलुकको दुर्दशा देख्दा
      यो मन बल्छ
      (यहाँ सम्म निश्चलहरुको दुखि मन महशुस गर्दै , त्यस पछी यिनैलाई सलाम गर्दै यी शब्द भाब )

      निश्चल मनहरु
      नेपाल आमाका सन्तान
      देशलाई माया गर्ने
      यी हुन् भूमि बरदान

      धुकधुकी बाचेर पनि नेपाल आमा हासेकै छिन्
      निश्चलमनहरु पाएर उनले सपना साचेकै छिन्
      एक दिन हुन्छ सपना उनको पुरा
      त्यो दिन हास्ने छ निश्चलमनहरु सारा .
      ( मुलुकलाई माया गर्ने मान्छेहरु रहे सम्म हाम्री नेपाल आमाले आशाको गित गुन्गुनाइरहने छिन् —- )

  41. पुराना दिएर नया लियाएको होला ,राम्रै भयो नि ,,,,,,

    • तपाई को बुढी पनि पुरानो भयो …. इंडिया / अमेरिका लाई दिनु भयो भने नया पो पाउनु हुन्छ कि ? थुक्क तपाई को बुद्धि ……

  42. नेपाल मा भएको भए सडेर जानेथियो, बेच्यो राम्रो नै भयो तर त्यो कतिमा बेच्यो र राष्ट्रिय ढुकुटीमा गयो कि गएन? खुलमखुल्ला किन बेच भएको हो भनेरत डकुमेन्ट्री ले नै देखाउछ नि/ त्यो गेहेन्द्र सम्सेको मेसिन गन जस्तो लग्यो, त्यो पनि बेच्यो कि के हो?

  43. मूर्तिचोरकै काम त होला नि ! होइन भने जनताको शासनका नाउँमा गिरिजाकै हालीमुहाली भएपनि छ्वास्स केही कुरा त उहीबेला खुस्किनेथियो नि !

  44. अब माइसंसार टोलि र अरु जनता ले कसले यी हतियार त्यो मान्छेलै बेच्यो पत्त लगाउनु पर्यो र दोसीलाइ सजाय दिलाउनु पर्यो.

    • त्यो खै को को छन् नि मुद्धा ठोक्न खप्पिस (लौ मैले त ठोक्दिए मुद्धा उपराष्ट्र पतिलाई भन्ने शिर्षकमा लेख लेख्ने मान्छे ) यस मा पनि मुद्धा ठोक्नु पर्यो अब, कि कसो साथीहरु |

  45. येदि पुरातोत्तिक हतियार को सुरक्षा हुन्छ भने तो नेपाल मा भन्दा NJ मा नै बढी हुन्छ / ऐले को अवस्तामा नेपाल को पुरातोत्तिक बस्तुहरु हराउने र केहि सिमित बेक्ती को घरमा सजौना प्ररोग हुने हुदा यो समाचार लै राम्रो रुपमा लिएर यिनको management कसरि गर्न सकिन्छ र कसरी सुरछित गर सकिन्छ भन्ने नै सौच्नु राम्रो होला/

  46. यो समाचार देखेर एक दम दुक्ख लग्यो, आफ्नो देश को दुर्गति हेर…हाम्रो देश मा जसले ज गर्दा पनि हुने भयो आब, तेत्रो हतियार बिक्रि हुँदा पनि आज सम्म कसै लै खबर छैन, हामी सबै जनता मिलेर यो घटिया काम गर्ने हरु को खोज तलास गर्नु पर्छा…

  47. नेपाली नेता हरु लाई देश् को माया देश् पर्ती को भावना भएको भए आज यो न्युज नै सुन्न पर्दैन्थियो।
    आफ्नु जमिर बेचने नेपाली अफ्सर हरु लाई देश् को के भावना देश् को के माया

  48. सन् २००३/०४ मा जसको हातमा शासन थियो उसैले यो पुरातात्तिक हात-हतियार बेचेका हुन् / नेपालमा ठुलालाई चैन सानालाई ऐन भनेको यहि हो /

  49. we should be thankful to him..coz at-least our history is being well preserved…he has not lied about the weapons instead made a documentary……the weapons if were kept like that, it will be erased from history,…Now it can be transferred to the next generations of the same world…think urself as a part of world not a country..

    • Right!!! No Body seems to have any attention when it was being rot in this palace for 100s of years now everybody is talking about national treasure..its a shame.

    • जनता त बेचीसके नि …. जनता बाहिर पठाउ रेमिटेन्स भित्रयाउ … नेपाल सरकार को नारा नै त्यहि छ ….

    • य राता मकै , बेची त् रहेका छन नि …. ब्रिटिश सेना , भारतीय सेना मा नेपाली बेचिएकै त हुन् तेस्लाई तपाई के भन्नु भएको छ जागिर खाएको ?

  50. कति दुख लाग्दो कुरा धिकार छ देश का नायिके हरु !!!

  51. त्यति बेला ज्ञानेन्द्र राजा थिए/ यस्ता कर्तुतहरुमा उनको नाम कहलिएकै छ/ अनि शाही सेनाको जवानको समेत त्यहा उपस्थिति देख्दा मलाइ ज्ञानेन्द्रले नै बेचे होलान भन्ने लाग्यो/
    ती बस्तुहरु बिक्रि भएकोमा मलाई त्यति दु:ख लागेन किन भने नेपालमा भएको भए सड्ने थियो/ दु:ख के कुरामा लाग्यो भने- ती हतियारहरु निकै महँगो मुल्यमा बिक्रि हुन सक्थ्यो, प्रक्रिया पुर्याएर बेचेर आएको रकम देशको ढुकुटीमा जानु पर्थ्यो/ तर चोरको हातमा पुग्यो/
    पारस र रुबेलले जाँड खाएर झगडा गर्दा रडाको मच्चाउने सुजाता र कांग्रेसको दम छ भने लौ यसको छानबिन गरेर दोषीलाइ कठघरामा पुर्याउ/ छ दम तिमी माइकालालको? हुनत सुजाताको गोजी सम्म पनि पुगेथ्यो कि अलिकति! कांग्रेसका चोरहरुनै सरकारमा थिए निर्यातमा त सहयोग नै गरे होलान/

    • के हो पवन जी, पुरै कपी पेस्ट त गर्न भएन नि होउ!!! यो त मैले लेखेको कमेन्ट पो हो त/

  52. के भनु शब्द नै भएन, अब रास्तिया स्तरका ले केहि गर्छन जस्तो लागेन साथी हो उठौ जुटौ देशको लागि

  53. साथीहरु, सेनामा कति भ्रस्टाचार छ, कत्तिको पदलोलुप र सम्पति लम्पट मान्छेहरु त्यहाँ छन् भन्ने कुराको अर्को ज्वलन्त उधाहरण हो यो/ सेनाका तल्लो तहका केहि सैनिक बाहेक कसैमा देशभक्ति छ भन्ने लाग्छा तपाइहरुलाई? सेनालाई आधुनिकीकरण गर्ने, लोकतान्त्रिकरण गर्ने भन्दा कसैको ध्यान गएन/ प्रचण्डले कटवाललाइ कारबाही गर्दा भारतीय चम्चेहरुले बिरोध गरे र सरकार पनि तुहैदिये/ तेस्पछी सुरु भएको हैन यो “अस्तव्यस्तता” ? तेतिखेर सडकमा उत्रिएर बिरोध गरेको भए देशको स्थितिमा धेरै परिबर्तन भई सक्थ्यो, अहिलेसम्म माओबादीका सैनिकपनि तह लागिसकेका हुन्थे, नेपाल आर्मीमा पनि धेरै सुधार आउथ्यो/ बाबुरामजी ले पैसा त उठाउनु उठाएका थिए, स्थाही सरकार भएको भए तेस्लाई प्रयोग पनि गर्न सकिन्थ्यो/ खै कहिले आउने हो हाम्रो बुद्धि? खाली नेतालाई सरापेर, गाली गरेर देश बन्ने भए धेरै वर्ष अघि बनिसक्थ्यो देश/ बस्तुगत बिस्लेसन गरौ, आफुले गर्न सक्ने ठाउँबाट केहि सकारात्मक सहयोग गरौ/

  54. अत्ति भयो सर, मानब अधिकारको जननी युरोपमा बसेर जिउदो मान्छेलाई जलाएर मर्ने कुरा गर्नु भएन सर! ठिक हो, सभासदले सोचेजस्तो केहि गर्न सकेनन/ तेस्को मतलब तिनीहरुलाई जलाउछु त भन्न भएन नि शभ्य समाजमा/ फेरी हामीले नै जिताएर पठाएका हौ/ अनि दोष तिनीहरुलाई मात्र किन नि! अर्को पल्ट नाजितौनुस तिनीहरुलाई, तेही हो गर्न सक्ने र गर्नु पर्ने/

  55. यो कार्य त्यतिबेलाको सरकार – नेता – कर्मचारी सबैको मिलिभगतमा भएको पुस्टि
    तस्बिरले नै प्रस्ट परिसकेको छ . चार लाख केजी भन्दा बढी ऐतिहासिक समान
    विदेश पुर्याइदा यसको सुइँको सिमित व्यक्तिलाई मात्र थियो भनेर बिस्वास गर्न मिल्दैन . यहा ब्यापक मिलिमेतो थियो .
    जो जसको हात यसमा छैन तिनले अब व्यापक खोजि गर्न सकून ,
    राजेन्द्र राई जस्ता मुलुक प्रति जिम्मेबार नागरिकलाइ सलाम .
    देशप्रति चिन्तित हाम्रा इमान्दार पत्रकारहरुले सक्दो आबाज उठाउन् !
    यसरि मुलुक लुटिरहेको टुलुटुलु हेरेर बस्नु पर्ने प्रणालीलाइ परिबर्तन गर्न ढिलो हुनु
    हुदैन —–

    • At some point in one of the two videos it states that those weapons were there waiting to be rotten uselessly. Those must have indeed been useless for those नेपालका जान्ने बुज्ने सैनिक अधिकारी, जाँड खाएर जनता तर्साउदै हिड्ने तिनका नोकर सैनिक र चोर नेता ,,तथा आइस्योस, खाइस्योस राजपरिवारका चम्चाहरुलाइ / Anyways ति चोर गधाहारुलाई नया गाडी भए पुगीहाल्यो ,, पुरानो हतियार किन चाहियो /

      येस्ताई हो नया नेपाल ,, सानो मान्छेले जे गरेपनि अपराध,, ठुलोले जे गरेपनि ठिक /

  56. देशले बेवास्ता गरेको हतियार सायद संसारमा इतिहास को नाम र दाम दिएर सुरकछित त् राख्छ्नै होला तर अब यस्तै तरिका हो भने देशपनि बेचेर सुरकछित राख्न बेर छैन ..देशले पो नाम र दाम कति पाउने हो कुन्नि !

  57. नेपालका धरोहरहरु विदेश पुर्याउने खेल पुरानै हो, र हिजोको अपारदर्शी पंचायती व्यवस्थामा जब दरबारनै यस्ता काममा संलग्न हुन्थे भने औला कसले उठाउने? यस्ता कुरा अखबारमा लेख्दा गोली खाएका “जिउदा शहिद” पत्रकार पदम ठकुराठीसँग थप कुरा बुझ्दा हुन्छ/ कथित लोकतान्त्रिक व्यवस्थामा पनि यो क्रम जारी छ, छैन, ध्यान त्यता दिऔं/ थाहा भए अनुसार हिजो महाराज, युवराज, अधिराजहरुले जस्तो हाकाहाकी सुटकेशमा राखेर लैजाने आँट त हाम्रा नेताहरु आफैले गरेका छैनन् होला, तर आसेपासेहरु संलग्न हुन सक्छन/ यस्ता धरोहरहरुको रेखदेख स्थानीय सरकार (न. पा., वडा), स्थानीय बुद्धिजीवी, युवा संगठन मिलेर लिनु उचित हुन्छ किनभने यिनको महत्व र माया स्थानीयहरुलाई नै ज्यादा हुन्छ/
    हातमा छंदा वास्ता न गर्ने, अनि गुम्दा रुने हाम्रो पुरानो बानीमा पनि सुधार हुनुपर्यो/ केही वर्ष अघि पाटन दरबार क्षेत्रमा संस्कृतिक कार्यक्रम भाको थियो/ थामी न सक्नु भीडमा थुप्रै युवाहरु ढुंगाका सिंहमाथि उभेर कार्यक्रम हेर्दै थिए/ ती सिंहहरु कलाका अनुपम उदाहरण हुन्, कुर्सी होइनन/ अचेल कुइरेहरुले पनि सिंह चढेर फोटो खिचेको पत्रिकामा देख्न पाइन्छ/ अरु देशमा भए यस्ता चीज छुन समेत मनाही हुन्थ्यो तर हामी त विश्वमै न भाको प्रजातान्त्रिक! यदि सम्बन्धित आयोजकहरुले यो कमेन्ट पढ्दै हुनुहुन्छ भने आगामी दिनमा दरबार क्षेत्रमा संस्कृतिक कार्यक्रमहरु नराख्नु हुन अनुरोध छ/
    (कमेन्ट लेख्दा खाली थुक्क भन्ने, अनि सुस्केरा छोड्ने मात्रै न गरी समस्याको समाधानमाथि पनि ध्यान दिने गरौं)

  58. देसको पुरातात्विक र ऐतिहासिक चिनारी बेची खाने भनेको दरिद्रताको पराकाष्टा हो, त्यसमा पनि सेनाकै उच्च तहको संलग्नता देख्दा उदेक लाग्यो | माओवादीले रुक्मांगत कटवाल लाइ कारवाही गर्दा कांग्रेस एमाले ले सेनाको बखान गर्दै माओवादीले नेपाली सेना बिगार्न लाग्यो भनी बर्बराएको सम्झिदा त झन् गुर्र्र ….किट किट …..हुन्छ |
    यति बेला मलाइ एक जना भारतीय व्यापारीले न्युयोर्कमा माहात्मा गान्धीको निजी सामान (पितलको एउटा कचौरा र थाल ,छालाको एक जोर चप्पल र पुरानो चस्मा) हरुको लिलामी भैरहदा करोडौ डलर तिरेर ति वस्तुको उद्दार गरेर भारत् फिर्ता ल्याएको याद आउछ , राष्ट्रवादी भनेको त्यस्तो हुनुपर्छ |

  59. त्यति बेला ज्ञानेन्द्र राजा थिए/ यस्ता कर्तुतहरुमा उनको नाम कहलिएकै छ/ अनि शाही सेनाको जवानको समेत त्यहा उपस्थिति देख्दा मलाइ ज्ञानेन्द्रले नै बेचे होलान भन्ने लाग्यो/
    ती बस्तुहरु बिक्रि भएकोमा मलाई त्यति दु:ख लागेन किन भने नेपालमा भएको भए सड्ने थियो/ दु:ख के कुरामा लाग्यो भने- ती हतियारहरु निकै महँगो मुल्यमा बिक्रि हुन सक्थ्यो, प्रक्रिया पुर्याएर बेचेर आएको रकम देशको ढुकुटीमा जानु पर्थ्यो/ तर चोरको हातमा पुग्यो/
    पारस र रुबेलले जाँड खाएर झगडा गर्दा रडाको मच्चाउने सुजाता र कांग्रेसको दम छ भने लौ यसको छानबिन गरेर दोषीलाइ कठघरामा पुर्याउ/ छ दम तिमी माइकालालको? हुनत सुजाताको गोजी सम्म पनि पुगेथ्यो कि अलिकति! कांग्रेसका चोरहरुनै सरकारमा थिए निर्यातमा त सहयोग नै गरे होलान/

  60. जे हुनु त भै गो ,,अबो नेपाल सरकार ले अमिरिकी सरकारलाइ पत्रचार गरेर , जतन साथ नेपाल लेर संग्रालयमा राखोस पहिला ,, अनि तेस्पची के के गरेर हुन्छ छानबिन गर्नु पर्यो ,,,
    नेता हरुलाइ के गाली गर्नु ,,, सुन्नेलाई पो गाली गर्नु नसुन्ने लाइ के र
    हुनुत कति खर्च गरेर तेस्ले अमिरिका लेर अको होला पैसा चै लिन्छ नै होला मजाले , नत्र सबै नेपालीले सम्पति जोगौना चन्दा उठाए म चै दिन्न भन्दिन

  61. अब आफु नेपाली हुँ भनेर लाज ले मुख छोप्नु बाहेक केही रहला जस्तो लाग्दैन | उधो मती उधो गती भाको हाम्रो देश को | देश भित्र को कुन चाँही कुरा बिकेको छैन भनेर खोज्नु पर्ने भएको छ | नदी नल धोती लाई राम्रो जनसक्ती धोती मुलुक,अरब हुँदै अमेरिका सम्म लाई | अब अलिअली भएक ऐतिहासिक कुरा हरु पनि बेचे पछी | होइन त्यो माथिल्लो कुर्सी मा के त्यस्तो जादु रैछ जस्तो सज्जन गए पनि चोर फटाहा भएर निस्किने, यसरी पैसा मा बिक्ने |

  62. पृथ्वी नारायन शाह र भानु भक्त को मुर्ति हरु फोडौ; नेपाल का मन्दिर हरु ध्वस्त पारौ, काठमान्डू लाइ चर्चै चर्च र मस्जिदै मस्जिद ले भरौ, बिदेशी भाषा, बिदेशी संस्कार लाइ पुजा गरौ र आफ्नो रास्त्रियता, भाषा, संस्कृत, धर्म र इतिहास लाइ घृणा गरौ ; हामि पागल, मुर्ख, आत्मदाही नेपालि! यहि हो हाम्रो क्रान्तिकारी, प्रगतिशील र बिकासबादी बिचार को प्रयोग!

    • …..काठमान्डू लाइ चर्चै चर्च र मस्जिदै मस्जिद ले भरौ……कृपया नेपालमा क्रिस्चियनहरु पनि छन् भन्ने नबिर्सनुहोला . बाकि तपाइको कमेन्ट राम्रो छ .

  63. नेपालका सरकारी कर्मचारी देखि नेताहरु सबैजना लाई २ वर्ष को लागि नेपाल फर्किन नपाउने गरि विदेशमा काम गर्न पठाऊन पाए नि हुन्थ्यो, अनि बल्ल थाहा पाउने थिए, देश को महत्व के रहेछ भनेर…..

    • नेता हरु लै त कहिले पनि नेपाल फर्कन नमिल्ने गरे बिदेस पठाउनु बेस होला/

  64. नया सम४को लागि दन्याबाद म्य्संसर लै सम४ बाहिर ल्यायर मात्र भयान यसका मतियार को को हुन् पत्तो नलागे सम्म सम४ दिरख्नु पर्यो अनि ति मतियार जो भय पनि जनताले तिनीहरुलाई फासी दिनु पर६ सरकारले त केहि गर्दैन
    .

  65. हामी सबैले आफ्नो दु:ख त व्यक्त गर्यौं तर कसैले सोचेनौं कि त्यो अमेरिकी नागरिकले किन ति हतियार किन्न खोजे | मेरो बिचारमा खजाना उही संग हुनु पर्छ जसले त्येसको महत्वो बुझोस् | त्यसरी सडाएर , कुहिना छोड्दा कसैलाई वास्ता भएन अनि महत्व बुझेर लगेर राम्रो बनाएर राख्दा चै त्यो हार्म्रो हो, एसको बिरुद्ध आवाज उठाउनु पर्यो भनेर के गर्नु ? यता भएको भए धुलो मै मिलेर जान्थ्यो बरु उता लगेर सुरख्छित त छ | हामीले आफु कहाँ केहि समय राखेर कुहाएर एस्ता एस्ता हातहतियार थिए भनेर हाम्रा नाति हरुलाई सुनाउनु भन्दा त अझै पनि NJ मा सुरख्छित राखिएको छ वनेर भन्नु नै ठिक |

    हामी नेपाली को बानि येस्तै त हो नी आफुले गर्न सक्ने केहि होइन अनि अरुले गरे पछी थाहा पाउने अनि दाह हुने अनि एसको बिरोध गर्नु पर्यो भन्ने |

    • संजय जी तपाईं मुर्ख हुनु हुँदो रहेछ. कुरा चाहिं यहाँ बाट सुटुक्क कसरि लागे, को को मिलेका थिए यो नेपालको सम्पति लुट्नमा. यो धेरै ठुलो परिमाण हो. नेपाल मा यदि सरकार छ भने यस कुरा मा छानबिन गर्न सक्नु पर्छा.

      • अरुलाई मूर्ख भन्ने krish विद्वान जी, तपाईलाई नेपालमा सरकार छ जस्तो लाग्छ?

      • छानबिन गरेर क गर्ने? पत्तो लगाएर क गर्ने? उनीहरुले ति हातहतियारको सहि मूल्य देखाएर , सम्मान गरेर देखाएपछी हामीले बल्ल बुझ्यौं एसको महत्व अब फिर्ता देउ हामी पनि सजाएर राख्छौं पहिले बेचेको गल्ति भयो भन्ने?
        तपाईं जस्तै अरुलाइ मुर्ख भन्नु अगाडी आफ्नो मुख ऐनामा नहेरेकोले नै एस्तो दिन देख्नु परेको हो |

      • छानबिन गरेर के गर्ने ? पत्तो लगाएर के गर्ने? तिनीहरुले ति हातहतियारहरुको सहि मुल्यांकन गरेर देखाएपछी सम्मान गरेर देखाएपछी बल्ल हाम्रो आँखा खुल्यो अब फिर्ता देउ हामी नि सजाएर राख्छौं हामीले पहिले बेचेको गल्ति भयो भन्ने?

        तपाईंजस्तै अरुलाई मुर्ख भन्नु अगाडी आफ्नो मुख ऐनामा नहेरेकोले र आफै मुर्ख भएको नदेखेर त आज यो दिन देख्नु पर्योनी |

  66. मित्र हरु,

    दुख, लाज शर्म अनी अती पिडाको कुरो,

    ने मुनी ले नेपाल नामाकरण गरेको, नेपाल भन्ने यो मुलुकमा उत्तथान देखी आजको यो घडी सम्म, जुनै तन्त्र आए पनी, चोर, फटाहा, जाली र वर्दी वाला गुण्डा हरुको नै हाली मुहाली छ! यिनीहरुले सर्वसाधारण नेपाली लाई छल कपट र धोका दिई, धमिराले जसरी यो मुलुक लाई भित्र भित्र नै खोक्रो वनाई सके!

    एक दिन यी धमिरा हरुले नेपाल भन्ने देश नै बेचेर अमेरिका कुलेलम ठोके अचम्म न होला! पुरातात्विक महत्वका यी बेची खानु त् एउटा सानो अंश मात्र हो!

  67. यो समाचारबाट के कुराको तथ्ये प्रस्ट हुन्छ भने सत्रु खोज्न अन्त हैन आफ्नै मुलुक भित्र रहेका गैर जिम्बेवार बेक्तिलाई मुल्याङ्कन गर्नु अत्त्यवसेक छ र नेपालमा कानुन्ले जनता लाई त के जनताका औजार लाई पनि सुरछित राख्न सकेको छैन जुन लाजमर्दो करा हो देसभक्तीका कुरा गरेझै देश्द्रोह गर्ने देश्द्रोही लाई अब जनता कतिन्जेल माफ गर्ने ????

  68. त्यो नेपालमै भएको भए के लछारथ्यौ तिमि हरुले ? आज एउटा अमेरिकीले लगेर जतन गर्दा येत्रो हल्ला ?

  69. तेतीबेला ति हतियारहरु बेच्नको लागि नेता,सुरक्षाकर्मी र कर्मचारी सबै मिलेको हुनु पर्छ ! हैन भने बिना सुरक्षा जांच कसरी हतियार बाहिर गयो ! खाडी मा बस्ने नेपालीले देशबाट गुन्द्रुक लियर जान लाग्दा दस पट चेक र २० प्रश्न सोध्ने सुरक्षा कर्मी र कर्मचारी तेती बेला के हेरे र बसेका थिय !
    अझ तेस दृश्य मा देखियको शैनिकले स्पस्ट गरिदिन्छ कि तेस्मा नेत्रित्वो को निर्देशनमा सुरक्षा कर्मीको रेख देखमा नै बेचिय को हो भनेर !
    हुन त यी देश मारा हरु ले भित्र भित्र आफ्नै आमा बाबु र दिदीबहिनी लै पनि बेची सके कि तेस्ता प्रवृति भयका सुरक्षा कर्मी, कर्मचारी र नेता का परिवार ले अब आफै मा शंका गर्नु पर्ने बेला आयको छ !अझ बाहिर न आयको मात्र हो के कति बेचे होलान भन्ने तिनिहारुलाई मात्र थाहा होला !
    जे होस् अब त मा मेरो देश भित्र आफै बेचियको त छैन भनेर सचेत हुने समय अयाछ !

  70. कैलेहो ईरानको राजाले आफू बिरामि भै बिदेश उपचार गर्न जान लागेको पत्रिका पढेर थाहा पायथे रे ! कठै मेरो देश पनि त्यस्तै हुन लाग्यो ।

  71. हाम्रो राष्ट्रिय सम्पत्ति अमेरिकामा पुर्याई कति मूल्यमा बेच्न राखिएको छ भन्ने थाहा पाउन निम्न web site surf गर्नुहोला http://www.ima-usa.com यी हातहतियारहरु शाही नेपाली सेनाले बेचेका हुन्! यसको पुस्टि यहि site ले गर्दछ! अब यत्रो राष्ट्रिय सम्पतिलाई जनताको नजरबाट लुकाएर कसले, कुन प्रक्रियाले र किन बेच्यो त्यसको खोजीनिती हुनुपर्छ!

  72. यो कुरो सबै छेत्रमा हामीले उठाउनु पर्यो .बिशेस गरि पत्रकार दजुभाइहरुले |

  73. यो काम चा हि क्रिस्टियन चर्च को आड मा भएको हुनुपर्छा ,हुन त नेता गत्तिला भएपो ,न त तिनी हरु ले पनि कहाँ आट गर्न सक्थिये ,र राजदुतावास को सामान बिना चेक जांच जता पनि पठाउन सकिन्छ त्यसैको फाइदा उठाएको देखिन्छ

  74. यो समाचार पढेपछि त मा संग यो नेपाली नेता, भ्रस्ट प्रशासनतन्त्र, दलाल हरु लाई गालि गर्ने शब्द हरु पनि बाकी रहेन.. नेपाल आमा ले कुन दिन मा यस्ता कुपुत्र हरु पैदा किन गरेको होला ?? दिक्क lagchha

  75. अमेरिका ले नेपाल नै किने जाति हुने थियो….कि…….सायद नेता र गरिब जनता सबैको कल्याण हुने थियो…..सगरमाथा म नि पुगे पछि उचाई को महत्व थाहा हुने थियो ….कि ??

  76. साथी हो २००३/०४ तिर मैले यौटा magazine मा नेपाली हतियार हरुको बारेमा लेख पढेको थिय तेस्मा भीमसेन थापा र अमरसिंह थापा का पालाका हतियार हरु बेच्न राखेको कुरा र ति हतियार हरु को महत्वोको बारेमा लेखेको थियो मैले तेतिखेर कुनै कुनै बेक्तिले आफ्नो हतियार collection बेच्न खोजेको होला भनेर निन्दा गरिन कसले बेच्न खोजेको भनेर त्यो लेखमा खुलायाको थियन
    अब नेपालमा जे पनि बेचेर खान थाले हाम्रा चेली बेटी सम्म बेच्ने ले हतियार त् के राख्ते सुजाता जस्ताले देशै बेच्न तयार भैसके

    खगेन्द्र थापा

  77. जुन देश मा अब राष्ट्रिय झन्डा त फेर्ने कुरा चली सकेको छ त्यहाँ ति थोत्रा, सडेका, ओस्सियेका र कहिले न पड्किने बन्दूक र गोलीगट्ठा राखेर के काम? बरु अमेरिका पुगेछन बिचार बन्दूक हरु, उतै राम्रो छ उनीहरुलाई, किन भने यहा त माओबादी ले तेस्लाई पनि आगो सल्काएर मास्ने छन् .

  78. यो पनि सबै राजनीतिकै खेल हो, पार्टीको राजनीति, ब्यापारीको राजनीति, प्रशाशनको राजनीति, एरपोर्ट को राजनीति, प्याक गर्नमा संलग्न हुनेहरुको राजनीति, तेस्मा संलग्न गरुन लगाउनेको राजनीति, हतियार राखिएको ठाउको राजनीति, अमेरिका बाट लिन आउने मानिस र तिनीसँग मिल्ने नेपाली को राजनीति, सुरक्षाको राजनीति, र मुख्य गरेर सैनिक पोशाकमा देखिएका ले गर्दा त् झन् ठुलो राजनीति, अब श्री ५ को सरकार उर्फ नेपाल सरकारको राजनीति नै मान्नु पर्छ, ओहो, गजबको छ यो, धन्येबाद

  79. This news is against news of kantipur headlines today.Mysansar is writing all news pro Indian and it is part of Rishi Dhamala.Readers are very smart these day. They do analysis very quick.Day by day readers are finding what is mysansar’s blog about. Mysansar should change it’s name and make it Indiasansar .com

    [email protected]

  80. के यो कुरा सहि हो त? एदी हो भने यो त निक्कै ठुलो कुरा हो. पत्रकार हरु ले यो कुरा लाइ अझ प्रकाश मा ल्याउनु पर्यो. आजकल थुप्रै नेपाली channel हरु छन्. सबै ले breaking news मा दिनु पर्यो र सहि कुरा थाहा नपाए सम्म छानबिन गर्नु पर्यो.
    येस्तई ताल हो भने कुन दिन बानेश्वोर मा फेरी इन्डियन पुलिश ले गोलि चालाउला , कुन दिन नेपाल को उत्तर भाग china ले लेला, दक्चिन भाग इंडिया ले लेला अनि तेस्को १० वर्ष पछि मात्र हामी लै थाहा होला..

  81. देशको पुराना मुर्तिहरु, पुरात्वविक महत्वका वस्तुहरु त् शाही खानदान ले बेचेको सुनेको हो, तर हतियार पनि बेची खाएछन / देशका नदीनाला नेताहरुले बेचेकै हुन्, अब देश यौटा बाकी छ, यो पनि बेचेर खानेभय अब /

  82. देश को पुरातात्विक महत्वको सामग्री बेच्ने देश घाती कपुत लाइ त्यहिँ बन्दुक ले हानु पर्ने/

  83. यो मेरो देस लै पनि अमेरिका export गर्न मिलनी भय export गर्नी ले export गरि सक्थे र import गर्नी ले import पनि गर्नी सक्थे. सबै ले लुछी लुछु खाई सके मेरो नेपाल आमा को रगत र मासु.अब हाड र छाला मात्रै बाकि छ कुन दिन मर्यो भनेर खाते नेपाली नेता हरु ले जलाई दिन्छन……… खबरदार अब अति भयो.यो पुरातात्विक सामान बेच्ने काम कि त राजा को हो नत्र कर्मचारी को हुन सक्छ राजनीतिक आड मा.

  84. नेपाली ऐतिहासीक हतियारहरु कि्रस्चेन के्रन्मर भन्ने व्यक्तिले अमेरीका पुर् याएर बिकि्र गरीरहेको भन्ने सुन्दा निकैनै दुख अनि आश्चर्य लाग्यो । भगवानका मुर्तित गएको धेरै सुनिएको थियो अव हात हतियार पनि उनलाई यो कस्ले कसरी बेच्यो भन्ने चासोको कुरा भएको छ यदी बेचेकोनै हो भने कस्ले कहिले कसरी बेच्यो नत्र यस्को छानबिन गरी दोषिलाई कार्यबाही गर्नु पर् यो । देशले पर्यटन बर्ष मनाउन लागी रहेको बेला ऐतिहासिक महत्वका सामग्री बिदेशमा बिकि्र भई रहनु ज्यादै दुखको कुराहो

  85. चाह्यो भने देश नै बेच्न पछी नपर्नेहरुका लागि अब यस्ता झिना मसिना खिया लागेका बन्दुकका कुरा /

  86. साब नेपाल का नेता र दरबारिया हरु को मिलो मतो मा सेल गरे को हुनुपर्छा/ को को छन् त्यो सेल गर्ने फटाहा हरु तिनी हरु सबै लै कानुन को दायरा मा लयाउनु पर्छा /सिस्नो पानी ले हिर्काउनु पर्छा चोर फटाहा ,डाका हरु लै.

  87. सारै दुख लग्यो पढेर, हाम्रो इतिहास र हाम्रो गर्ब गर्न लायेकका कुराहरु बिस्तारै बिस्तारै येसरी नै देशद्रोही र कुपुत्रहरुले सखाप परि रहनेछन जबसम्म हामी बोका को बोकी रहिरहनेछौ l prithivinarayan शाह अनि भानुभक्त जस्ता ऐतिहासिक महापुरुषहरु को मुर्तिहरु हामीहरु मध्येका ले नै फोडीराछौ र बाकी काम हाम्रो निर्णय कर्ताले गरिराका छन् , केहि बाकी रहने वाला छैन …………………………………… राम्रो समाचार कहिले सुन्न र पढ्न पाइन्छ होला र खोइ ?

Comments are closed.