चन्चलकली बनिन् ‘मिस हात्ती (ढोइ)’

Pic Credit: Narendra Shrestha / EPA

कति मिस यो र मिस त्यो हुनु, केटीको मात्र हैन आज त ढोइको पनि ब्युटी कन्टेस्ट भो बाब्बै।

१० कक्षाको ‘महेन्द्रमाला’मा पढेको कर्णकान्त र नेत्रलालको कथा सम्झनुभएको भए ढोइ भनेको के हो पनि सम्झनु भो होला। कथामा नेत्रलालले कल्पेका थिए ‘कर्णकान्त कता गयो, बाटो बिरायो कि, ढोइ पो भेट्यो कि’। पोथी हात्तीलाई ढोइ भनिन्छ भनेर त्यो कथा पढ्ने बेला थाहा पाएका थियौँ हामी हात्ती नदेखेकाहरुले। सौराहामा आज भएको हात्ती सौन्दर्य प्रतियोगिता जितिन् २८ वर्षीया चन्चलकलीले। ३५ वर्षकी धीरेन्द्रकली दोस्रो भइन् भने बसन्तकली तेस्रो भइन्।


Pic Credit: Narendra Shrestha / EPA

स्वास्थ्य, सफाइ र सौन्दर्यलाई आधार मानिएको थियो सबभन्दा राम्री ढोइ छान्ने क्रममा जजहरुले। अनि उपाधि जित्‍नेले के पाए त ? हात्तीले त उखु मात्रै, माहुतेले भने नगद र प्रमाणपत्र पनि पाए।

हात्ती सौन्दर्य प्रतियोगिताको यो समाचारले अन्तर्राष्ट्रिय समाचार संस्थाहरुमा पनि राम्रै स्थान पायो।

Pic Credit: Narendra Shrestha / EPA

तर, विभिन्न नाममा सुन्दरी प्रतियोगिता हुने क्रम भने रोकिएको छैन है। यो मिस ट्यालेन्ट भक्तपुरका लागि नाचिरहेकी प्रतियोगीहरु।

सौराहामा मिस हात्ती भएकै दिन काठमाडौँको प्रज्ञा भवनमा पनि यो प्रतियोगिता भएको थियो। तर हात्तीको प्रतियोगिताको अन्तर्राष्ट्रिय चर्चा भयो, मान्छेको नेपाल कै मिडियाले पनि समाचार बनाएनन्।


24 Comments

  1. In CNN some people so called animal rights are angery about it. they said that animal should be leave in natural habitat in the jungle. they are talking about animal rights. but they forget that Once open a time The King of Rock Have a wish to Enter in the music concert by rideing elephant. but before he fullfill his wish he go to home of the loard. you know whom I am talking about?
    What ever Elephant is god for us. so we must respect it,

  2. मान्छे मार्फत
    मान्छेलाई जनाबार बनाउने
    मान्छे सुन्दरी प्रतियोगिता भन्दा ,
    जनाबार सुन्दरी प्रतियोगिता एकदम राम्रो .

    यसो भए ,
    कुखुराहरुमा लागेको सुलसुले
    बेलैमा निको हुन्छा
    खसी बाख्रामा टासिएको नाम्ले किरा
    बेलैमा औषधि खुबै फालिन्छ
    गाई गोरु रागा भैसिमा टासिएको किर्नो
    ढा डि न नपाउदै भूइमा झारिन्छ

    तिनलाई
    कन्याइन्छ
    सुम्सुम्यैन्छ
    सिगारिन्छ
    यहि बहानामा ति सुघ्घरी हुन्छन
    तिनलाई सन्चो हुन्छ

    अनि
    तिनको आचिले पनि महत्व पाउछ
    तिनको आची सगालेर ग्यास बाल्न सकिन्छ
    रुख काट्नु नपरे जंगलको मङ्गल हुन्छ
    आचिको ग्यासबाट भात पकाउन सकिन्छ
    पेट पुजा गर्न रुखको हत्या गर्नु परेन —

    सहरमा लोद्सेदिंगले धूम मच्याएको छ ,
    ११ घन्टे लोद्सेदिंगको बेला
    बुद्दी पुर्याए यिनकै आचिको थुप्रो बाट बिजुली पनि बाल्न सकिन्छ
    बुद्दी र जागर भए बिकल्प यसरि पनि निकालिन्छ —

    त्यति मात्रै ?
    अझै कत्ति छ कति जनाबार सुन्दरी प्रतियोगिताको उपयोगिता —
    आलु – भन्टा – गोलभेडा
    काउली – ब्रोकाउली
    रायो – चम्सुर – पालुंगो
    जिरे खुर्सानी , डल्ले खुर्सानी , भेनते खुर्सानी
    प्याज – लसुन – बेसार – अदुवा
    सोप – धनिया
    गाजर – मुला – गान्टे मुला
    फर्सी – लौका – चिचिन्दो – घिरौला
    के – के – के – के अब !
    बारी भरि फल्दा मख्ख परि हेरौला 🙂

    त्यसैले ,
    हामीले आबाज उठाउनु पर्छ
    हात्ती मात्रै होइन !
    सबै सबै जनाबार सुन्दरी प्रतियोगिता हुनु पर्छ
    जनाबार सुन्दरी प्रतियोगिताको उपयोगिता बुझ्नु पर्छ .

  3. सुन्दरी सब्दको अर्थ नबुझेर नेपालको यो दुर्दासा भो नि ! हुदाहुद महिलालाई हाती संग दाज्न पुग्यो हाहा …………हा हा ssssssssss ……..

  4. हिजो कुकुर शुन्दरी प्रतियोगिता
    आज हात्ती शुन्दरी प्रतियोगिता
    अब भोलि कुखुरी शुन्दरी प्रतियोगिता हुनुपर्छ
    एबम रितले
    अन्य सबै घरपालुवा जनाबार बीच शुन्दरी प्रतियोगिता हुनु पर्छ
    शुन्दरी मात्र किन शुन्दर प्रतियोगिता पनि हुनु पर्छ
    मान्छेको छाती के के जाति नाप्ने प्रतियोगिता भन्दा त ,
    जनाबार प्रतियोगिता धेरै नै स्तरीय
    धेरै नै ब्यबहारिक
    कम्तिमा प्रतियोगिताको नाममा यिनको हेरविचार हुन्छ ,
    यिनको महत्व बढ्छ ,
    यिनले मन सम्मान पाउछन ,
    यो खुशीको कुरा हो
    सकारात्मक कुरा हो
    भोलि कुखुरी प्रतियोगिता भए ,
    गज्जबको लोकल कुखुरिको लोकल अण्डा खाना पाइन्छा
    मान्छेहरु लोकल कुखुरी पालन थाल्छन
    परेबा – हास – लौकाट शुन्दरी हुनु पर्छ
    गाइ – गोरु – भैसी – रागा –
    सुँगुर – बुन्गुर – बदेल
    खरायो – जरायो
    खचर – गधा – घोडा
    बाख्रा – बोका – च्यांग्रा
    चौरी – याक
    सबै जनाबारहरुको शुन्दर – शुन्दरी प्रतियोगिता हुन सके ,
    यिनको उपयोगिताको महत्व बढ्छ .

    • छाती र के के जातल होइन, छाती, कम्मर र नितम्ब नाप्ने प्रतियोगिता. त्यो पनि केटीहरुको मात्रै 🙂

      कुखुरी प्रतियोगिता होइन, “खुकुरी प्रतियोगिता” गर्नु पर्छ. त्यसमा के पी ओलीले जित्ने छन्. उनले २०२८ सालमै झापामा तालिम लिएका हुन्. के पी ओलीले “खुकुरी प्रतियोगिता” मा जितेपछी सत्ता उनको हातमा जान्छ. अनि चाहिं जनआन्दोलन ३ हुन्छ. त्यस पछी बल्ल नेपाली जनताले चाहे जस्तो संबिधान लेखिन्छ.

  5. धेरै राम्रो कुरा नि मान्छे को के चर्चा गर्नु र अब सबै जना पार्टी का मात्र छन, एउटा पार्टी का मान्छे को कुरा अर्का पार्टीका मान्छेलाइ मन पर्दैन अनि… यो काम त सबै पार्टी का मान्छेलाई मन पर्यो होला….. तेसैले हात्तिको जस्तो चर्चा मान्छे को न आको होला है मेरो विचार मा…… आफ्नो विचार राख्दै जानुस!!

  6. मानव सुन्दरीहरुले जस्तो दर्शकदिर्घामा फर्केर हवाई चुम्बन फयाँक्ने नौटंकी त गरिनन होली नि मिस हात्तीले/

    जे होस्, मानवहरु सम्मान लायक हुन छोडेको समयमा पशुको सम्मान सुरु हुनु राम्रो लाग्यो/ आयोजकहरुलाई साधुवाद/

  7. मलाई त सबै हातीहरु यौटै जस्तो लाग्छ. धेरै धेरै बधाई हातीहरुलाई र माहुतेहरुलाई.

  8. उन्मत्त हात्ती र जवानी को लाली बोकेर राजमार्ग मा उन्मुक्त चल्ने नब यौबना हरु लाइ कविहरुले येउटै तराजुमा तोलिदिये | यहा ब्लगर ज्यु ले हल्का रुप मा उक्त अभिव्यक्ति लाइ उजागर गर्ने प्रयाश गर्नुभएको छ |
    राजनीति खादै ,राजनीति वोकल्दै ,राजनीति पढ्दै ,राजनीति डकार्दै लखतरान
    राजनीति पिडित प्राणीहरुलाई राजनीति बाट निमेष भर को निमित्त अराजनीतिक
    बाटो मा हिडाउने राजनीति पनि आफैमा अर्को राजनीति नै हो कि ?

  9. मा कु ने र प्रचंडे हरुको अनुहार भएको फोटो र समाचार हेर्नु भन्दा त बरु येही नै धेरै बेस !!

  10. राम्रो भयो…
    यो समाचार लाइ त यहा स्विस का पत्रिका ले पनि छापेका थिय……….बिजेता हाती(ढोइ)लाइ बधाई…………

  11. अन्तिम बाट दोस्रो (ह्याट वाली) चाहिं “मिस ट्यालेन्ट” होइन “इस ट्यालेन्ट” परि छे.

  12. कर्न्दकंता का काथाहरु पढ्ने दिन नै जीवनका सुनौला दिन थिए. आइले त आफै ढोयी जस्तो भैयो 😀

  13. अब नेपालका भ्रस्टाचार कर्मचारी र नेताहरुको पनि कसले धेरै भ्रस्टाचार गर्ने भन्ने कम्पिटिसन गर्न पाए हुन्थियो | यसको उद्घाटनचै दुइ ठाउँ बाट हारेको काम चलाउ प्रधान मन्त्रीलाई दिनु पर्छ |

  14. राम्रो काम अब भैसी,गाई,बाख्रा,सुँगुर प्रतियोगिता भयको खबर पनि सुन्न पाय हुन्थ्यो / अनि प्रतियोगिता उद्घाटन प्रधानमन्त्री बाट हुनु पर्छ है/

  15. अनौठो भएपनि रमाइलो खबर सुन्न पाइयो, नेपाल बाट. संधै राजनैतिक कि त नराम्रो खबर मात्र हुन्थ्यो. आज CNN को online news मा पनि देखे यस खबर लाई. विदेश मा नेपाल को सकारात्मक कुरा जानु राम्रो हो. भबिस्य मा येस्तई खबर हरु अरु सुन्न पाओस.

  16. रमाइलो लाग्यो, यो समाचार पढेर| भ्रमण वर्ष को पूर्व सन्ध्यामा भएको यो पृथक सुन्दरी प्रतियोगिताले खैरे हरु को निद चाही पक्कै हराउने छ, छाबा र माहुतेको बारेमा ठेक्का लिन चाही सकिएन| साधुबाद आयोजक हरु लाइ | GOOD JOB 🙂

  17. मोरी क्या च्वाक रैछा . अब छावाहरू को निद उदाउने भै.

Comments are closed.