ब्रायन आयडम्स साँच्चिकै नेपाल आउन लागेका हुन् त?

अपडेटः ब्रायन आयडम्सको आधिकारिक साइटमा यसबारे इमेल गर्दा त्यहाँबाट उनी नेपाल आउने निश्चित भएको जानकारी दिइएको छ। अहिले क्रिसमसको विदामा रहेको हुनाले जनवरी ४ पछि यसबारे विवरण साइटमा अपडेट गरिने उनले बताए। इमेल जस्ताको तस्तै

we will have this show confirmed in the new year. details will be posted in the CONCERTS area as soon as possible. we are on holidays until january 4th.
BA Membership Director
[email protected]

प्रख्यात क्यानाडेली गायक ब्रायन आयडम्सले नेपालमा कन्सर्ट गर्न लागेको भन्दै डिसेम्बर ८ तारिखमा सोल्टी होटलमा पत्रकार सम्मेलनमा बताइँदा धेरैले विश्वास गरेका थिएनन्। ब्रायन आयडम्सको साइटमा भारत भ्रमणबारे उल्लेख भए पनि नेपाल भ्रमणबारे केही पनि उल्लेख छैन। त्यसमाथि आयोजकहरुको विगतका कारण पनि धेरैले यसमा शंका गरेका थिए। कार्यक्रमको आयोजक जेपीआर इभेन्टस र सहयोग ओडीसी नेटवर्कको भनिएको थियो। पत्रकार सम्मेलनमा जेपीआर इभेन्टसका सीइओ सुनील हमाल, ओडीसी नेटवर्कका सीइओ सुरेशजंग रायमाझी र निर्देशक सिमान्त गुरुङले फेब्रुअरी २० तारिखमा ब्रायन आयडम्सको कन्सर्ट काठमाडौँमा हुने दावी गरेका थिए।

एउटा अन्तर्राष्ट्रिय स्तरको कलाकारले नेपालमा कन्सर्ट गर्न लागेको शायद यही पहिलो हुनुपर्छ। तर त्यो एउटा पत्रकार सम्मेलनबाहेक अहिलेसम्म कन्सर्टको कुनै प्रचार यहाँ भएको छैन, न टिकट बिक्री नै थालिएको छ। त्यसपछि आज अचानक यो समाचार फेरि चर्चामा ल्याइएको छ। कारण- जेपीआर इभेन्टसको नाममा युट्युबमा राखिएको एउटा भिडियो जसमा ब्रायनले भनेका छन्- म फेब्रुअरीमा काठमाडौँ आउँदैछु।

ब्रायन आयडम्सको आधिकारिक साइट bryanadams.com मा भने नेपाल भ्रमणको अझै केही उल्लेख छैन। कुरो के हो ?

“Everything I do, I do it for you…”

“18 Till I die….”

“Please forgive me…”

जस्ता विश्वभर मन पराइएका गीतका गायक ब्रायन आयडम्स साँच्चिकै नेपाल आउन लागेका हुन् त ? आउन लागेका भए उनले कहाँ कन्सर्ट गर्नेछन् त ? दशरथ रंगशालामा ? कि कुनै पाँच तारे होटलमा ? अहिलेसम्म केही पनि खुलाइएको छैन।

खुलेको छ त मात्र ब्रायन आयडम्सको मुखबाट नेपाल आउँदैछु भन्ने बोली, त्यो पनि विज्ञापनको हिसाबले हैन, व्यक्तिगत जस्तो देखिने खिचाइमा एकदम रफ शैलिमा। २८ डिसेम्बर अर्थात् हिजो अपलोड गरिएको यो भिडियोको क्याप्सनमा भने फेब्रुअरी १९ मा उनी काठमाडौँ आउन लागेको लेखिएको छ।

भिडियो हेर्नुस्-


तर उनको आधिकारिक साइट bryanadams.com मा भने नेपाल भ्रमणबारे किन केही उल्लेख नभएको होला त ?

25 Comments

  1. त्यहाँ पनि सिटि बजाउने, पानि को सिसि फ्याक्ने, नराम्रो किसिम को हूटिंग गर्ने चै हेर्न नपरोस भन्ने कामना गर्दछु /

  2. Brian Adams is just a singer, what the hell we panic and get excited when a whiteman with brown hair just prononces the name of our country thinking that it is just one of thousands of vilages and towns in India. Leave his ignorance to him and excuse him only don’t burn tyres on the streets of Kathmandu if he accidently chants loud before the crowd of New Delhi,…”Hello! Lvu u all… nice Nepalese”
    Furthermore, his arrival in a country like Nepal is a big news for the super-elite who have money but not the place to spend that money.

  3. good management है नत्र नेपालीको बैजत होला ! उनले माने भने एउटा नेपाली गित पनि गाउन लगाउने है !

  4. जगत कुंवर

    मलाई ता लाग्छा की जो ब्रायन आयडम्स लाइ नेपाल बोलाको छ उ नेपाली जनता लाइ मुर्ख बनाउन खोजीराको छ जस्तो लाग्छ यदि ब्रायन आयडम्स आउने हो भने के केही खबर त थाहा पाउनु पर्ने हो नि बिदेसी कलाकार नेपालमाँ बोलाको छ के ही अत्तोपत्ता छइन न्यु year पनि सुरु भो आखिर कहिले थाहा पाउने अब हेर्ने ता जाबो कहिले हो जाबो नेपाली कलाकारको त प्रोग्राम को अत्तोपत्तो हुदैन अझैँ ब्रायन आयडम्स को मलाई तो हासो लाग्छ साथि हरो तपाई पनि हास्नु होस् \

  5. जम्मा जम्मी २०,२१ जना भईएछ, ब्रायन एडम्सको बारेमा कमेन्ट लेख्ने । म जस्ता अरु २,३ जना साथीहरु पनि रहेछन जसलाई शुद्द नेपाली भाषाको राम्रो जानकारी नभएको । म जस्ता धेरै जना होलान जो साहित्य र सँगितमा राम्रो जानकारीको त के कुरा नेपाली र अँग्रेजी भाषालाई शुद्द रुपले प्रयोग गर्न नसके पनि ब्रायन एडम्सको कन्सर्ट हेर्न जाने बिचारमा रहेका नेपालीहरु । कम्तीमा पनि साथी भाईको विचमा पनि ब्रायन एडम्सको कन्सर्ट हेरेको भनेर गफ त गर्न पाईन्छ । कसलाई थाहा आफ्नो योग्यताको कुरा? पास फेलको रिजल्ट आउने होईन, न त कसैले अन्तरवार्ता नै लिन्छ । ब्रायन एडम्सले कालीमाटी देखेर ईण्डियामा भएको भ्रम पर्न सक्छ त्यो चैँ आयोजकले ध्यान दिनु पर्ने कुरा हो ।

  6. ब्रायन एडम्सले नेपाल भनेको इंडियाकै कुनै ठाउँ भनेर बुझेका(वा बुझ्याईएका) होइनन् भन्ने आशा गर्दछु/ ऋतिक काण्ड नदोहोरियोस/

    अन्तिम अवस्थामा आएर कन्सर्ट रद्द नहोस्/ सडकमा टायर नबलून, सडकका रेलिंग नभाचिउन/

    कन्सर्ट हुने नै भएछ भने पनि दर्शकहरु भद्र बनून/ केही वर्ष अघि अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सिंघा बियर लन्च गर्न भाको कन्सर्टमा जस्तो बियरको बोतल हानाहान नहोस्/

  7. ब्रायन एडम्स जो आदमी छ यो नेपाली छ की ईन्डियन छ? माईकल ज्याकसन जो थियो उ आदमी त ईन्डियन भएको बात सबैलाई मालुम छ । विहार चम्पारनको माईका लाल जयकिसन अमेरिका गईलिए पछी माईकल ज्याकसन भइलिएको थियो । ब्रायन एडम्सको बात मालुम गरिलिन पाए अच्छा हुने थियो । दुसरा बात ब्रायन एडम्सले देउडा गीत पनि गाईलिन्छ कि दोहोरी गीत मात्र गाईलिन्छ?

  8. आजकाल नेपाली हरु लै झुक्याउन क्रम धेरै बढेको छ.
    कतै bryan adams भनेर प्रचार गरेर पछि bryan adams जस्तो स्वोर भएको भनिएको sabin rai लाई पो concert मा प्रस्तुत गर्ने हुन् कि, के थाहा????
    नहुन पनि बेर छैन है साथी हरु हो … हा हा हा हा हा हा

  9. this news didnt surprise me at all.. i think many of such stars had visited nepal… No doubt it is the worlds best holiday destination in many ways… the concern is i dont believe they are goin to perform in kathmandu.. Can nepalese people afford watching their concert.. as far as i know the tickets wud cost min of $100 n goes up to $600.. n for feb after two months the concert heheheh wat a joke… where is the preperation…. ITs easy to talk for the event organiser but to prepare for concert of bryan adams is impossible in nepal…

    • well i guess, he’s coming to promote tourism year 2011, and i dont think the ticket price would be that high. I have seen these kind of stars has done charity for social welfare of various countries. They already have enough money, they not only perform for money…but i m sure they perform for fame as well. This doesnt mean the concert will be free of cost, surely the organizer will charge money which upper class and upper middle class can afford.

      • you r right dude!
        ticket price comes as cost from the organiser’s arrangement and expenses, in UK its not less than 50 pound, US and other similar countries it goes to 100$ and up, recently Bryan had a concert in Doha-Qatar cost of ticket are 300 riyals (aprx. 10,000 Nrs.), can guess for Nepal (as expressed by the organiser too, ref. nagariknews) not more than 5,000..
        [expensive??? we r hving one brunch KFC for 1000 rs.!]

  10. मलाई त के लाग्छ भने यिनीहरुले concert त गर्छ होला तर ticket चै endtime ma बिक्र गराउछ होला किन कि तेसो गरे ब्लैकमा पनि ticket किन्नु baddhya हुन्छन fans हरु अनि आरुको कुरा औनेरा नाउने भन्ने त्यो त यो विदेओ च्लिप्नै जनौछ तर उसले यो त भनेको छैन कि हामी concert गर्न नेपाल audaichaum भनेर होइन त ..होइन साथी हो ………………./

  11. आकाशबाट उडनतस्तरी नैं आउन लागेजसरी किन आश्चर्य मान्नु ब्रायन अडम्स नेपाल आउन लागेको कुरालाई । आकाश र पाताल जोडिनैं लागेको जस्तरी प्रचार गिरंदैछ । ब्रायन आडम्सको नेपाल आउने कुरा पक्कै पनि संगीतका पारखीको लागि राम्रो समाचार हो । त्यसलाई प्रचारमा ल्याइनुपर्छ तर केकेन हुनलाग्यो भन्दै आम्मै र बाबै गर्ने तरिकाको शैलीचािहं उचीत होइन ।
    नेपाल सुन्दर देश हो ..यो धर्तीको स्वर्ग हो जान्ने बुझ्नेहरुका लागि …ब्रायन आडम्स नेपाल आउँदा नेपालको इज्जत बढ्ने होइन ब्रायन आडम्सलाई पनि धर्तीको स्वर्ग पुगिएछ भनने आभाष होस ।

    • ब्रायन अदम नेपाल आउने कुरा अचम्म मान्नु पर्ने कुरा होइन.
      तर यहाँ उसको सांगीतिक कार्यक्रम हुने चै मलाई असम्भव नै लाग्छ. किन भने तेस्त अन्तरास्ट्रिय ख्याती कमाएका कलाकार ले तेती सजिलो संग कार्यक्रम गर्दैन जसरि त्यो समाचार मा भनिएको छ.महिनौ अगाडी देखि प्रचार प्रसार र ticket बिक्रि वितरण गर्ने गर्छन. र नेपाल को जुन भौतिक पुर्बधर छ र नेपाली को आर्थिक हसियत छ तेस्को आधारमा पनि त्यो सम्भव हुन सक्दैन. तेसैले उसको भ्रमण व्यक्तिगत नै हुनु पर्छ. येस्मा सधै झैँ नेपालीको हल्ला मचाउने र जे भने पनि विश्वास गर्ने हाम्रो कमजोरी फेरी एक चोटी उजागर भएको छ.

  12. I don’t understand why Bryan Adam’s visit to Nepal is making so big news. Why are you guys underestimating our country. Do we really need to be so excited? Can’t Nepal be a destination for him like many other countries? He is just a regular (of course famous) singer and we don’t have to be so excited upon his visit to Nepal. This is his business and will certainly earn money and fame like many professionals do. Even though he visits Nepal or does not, I don’t care? There are many other things for us to do than running after such hypocrite news. At the end let’s respect our own artists first.

  13. OMG ! Bryan adams schedule to concert in Nepal. Amazing I’ll miss it … But I am very very happy. Once upon a time I was a Event Manager and I dreamt and I said to my friend if I succeed I’ll bring Bryan Adams concert in Nepal… BTW I left event mgmt business due so many reasons but………… My dream and the word that escaped from my mouth is going complete … whoever it is to organize this massive and ever big huge event in Nepal. .. I hope this event will rock da’ nation broadly to promote Nepal tourism year 2011…

    love you bryan !
    Welcome to country of himalaya —-Nepal.

  14. एस्ता कलाकार नेपाल मा आउने धेरै हल्ला चल्छ अनि त्येतिकै सेलाउछ / यो पनि त्येस्तै हो / ब्र्यान लाई पनि यो कुरा थाहा छैन होला मा नेपाल जादै छु भनेर .

  15. मेरो बिचारमा हामीले प्रश्न गर्ने र नकारात्मक कुराहरुलाई विश्लेषण गर्ने भन्दा पनि यो Bryan Adams को नेपाल भ्रमणलाई आयोजकहरुले कसरी सफल बनाउन सक्छन भन्ने सल्लाह-सुझाव दिन सक्यौं भने बरु सबैको लागी फाइदाजनक हुन्छ होला, कि कसो?

  16. मैले पनि ब्रायन आयडम्सको कर्सट बारे पहिलो पटक रिदम ब्रदर्श (आशिस/प्रशन) को फ्यान पेज ‘इट्स टाएम फर म्युजिक जाम’ अवडेटमा पढेको थिए । झट्ट पढदा, गफ दियो कि क्या हो भएको थियो । फेरि सम्झे आफ्नो हजारौ फ्यानहरुसँग यस्तो मजाक त नगर्नु पर्ने हो । फेब्रुअरीको कर्सटवारे अहिले सम्म केहि औपचारिक प्रचार नगरिनुले आयोजक प्रति कता–कता ‘सङका’ एवम ‘डर’ लागिरहेछ। कर्सट साच्चै होला त ?

    १)शङका ??
    त्यत्रो अन्तराष्ट्रिय स्तरको कलाकार आउने भनेको छ। तर अहिले सम्म एउटा विज्ञापन छैन । कम अन गाइज,तपाई आयोजकलाई मलाईभन्दा वढि थाहा छ, पर्याप्त विज्ञापन विना कर्सट अर्गनाइज गर्नु भनेको अँध्यारो कुना वाट केटिलाई आँखा झिम्क्याउनु सरह हो – आफुले आँखा झिम्क्याएको तपाईलाई थाहा हुन्छ, अरु लाई थाहा हुँदैन । विशेष त्यो केटि लाई थाहा हुँदैन जस्लाई तपाईले आँखा झिम्क्याउनु भएको हो।’ब्रायन आयडम्सको कन्शर्ट हुन्छ रे’ खालको वातावरण बाट’ओहो कर्शट मिस भए जिन्दगीमा ठुलो पछुतो हुनेछ’ खालको वातावरण वनाईदिनु पर्र्यो।

    २)डर ???
    हेर्नुहोश टिनएजमा केहि कर्सट गइएको छ । केहि आयोजकले भयङकर विजोक कर्सट आयोजना गरेको घटना दिमागमा ताजै छ । आयोजक मित्रहरु कर्न्सटको जोखिमबाट नाफा कमाउनुहोश या घाटा व्यहोनुहोश मतलव राख्दिन तर देशको वेईज्जत चाहिँ नगर्नुहोश है । यो कर्सटमा ब्रायन आयडम्स मात्र नभएर ऊ सँग अन्तराष्ट्रिय समुदायको चासो पनि आउँछ । कि नसक्ने भए वेलैमा हात उठाउनुहोश । मलाई त तपाईहरुको आयोजना सफल नहोला कि भन्ने डर छ । खैर जे भएपनि हतोत्साहित पार्दिन,तपाईहरुको योजना सफल रहोश । आलोचना त हुन्छ नै होला तर प्रसंशा गर्नेको कमि पनि हुनेछैन- अग्रिम शुभकामना ।

    ३)ब्रायन आयडम्स
    ब्रायन आयडम्स मेरा प्रिय गायक हुन । मैले कुनै समय यिनको गित खुव सुनेको छु । यिनका संगितको मेलोडि मलाई अचम्मको लाग्छ । यिनले कता/कता गफ गर्दा गर्दैको स्केल/मोड समातेर मेलोडि वनाएका हुन कि जस्तो लाग्छ(एउटा उदाहरण, लेट्स मेक अ नाइट टू रिमेम्वर वोलको गित)। अनि कुनै गितको पिच यस्तो गजव हुन्छ । ती गित सुन्दा म त रोटे पिङ्ग खेलेर माथि उक्ले जस्तो/तल झरे जस्तो रोमाञ्चित हुन्छु(एउटा उदाहरण, प्लीज फरगीभ मी वोलको गित)। शब्द अझ शसक्त लाग्छ (‘दि वेस्ट अफ मी’ वोलको गितको एउटा अंश,…सोम टाईम्स वर्डस आर हार्ड टु फाईन्ड, आईएम लुकिङ्ग फर द्याट परफेक्ट लाइन टु लेट यू नो, यू आर अलवेज यिन माई माइन्ड )।

    ४)केहि नेपाली गायकहरु …
    हेर्नुहोश आलोचना गर्ने मूडमा म छैन। तर प्रसंङग मिलेकोले सत्य वोल्छु । नयाँ टिसर्ट आफ्नो म्युजिक भियडियोमा देखाउन पाउने लालचमा मात्र संगीत क्षेत्रमा नआउनुहोश हौ । हैन विदेशी कलाकारको कट्टू, चप्पल, रुमाल, आलु चेस्मा, टाटू, के–के जाति अर्थ लाग्ने औलाको पोज (फोटो शेसनमा), विभिन्न ढाँचाको कपाल आदि आदि मात्र छन हगि हामीले अनुशरण गर्नुपर्ने । तपाईको त्यो “सव्जी किन्नु जाँदा राम्री केटिलाई देखेर बजारमै खुत्रुकै भएको” काइदाको गित अलि परिस्कृत गर्न सकिन्दैन शर ?(स्पस्टिकरण, यो कमेन्ट खास नेपाली संगीतकर्मी अनि विशेष सविन राई, जसलाई नेपाली ब्रायन आयडम्स भनिन्छ, उहाँहरुप्रति लक्षित छैन।)

    ५)नेपाली अर्थशास्त्रीसँग पनि यसो वहश गरु कि !
    ज्ञानेद्र शाहको पालामा नेपाली पप संगीत अलि उत्कर्शमा थियो । अहिले सेलाउँदै गएको कुरा स्वयम संगीतकर्मीले स्वीकारेका छन । यस्तो किन भइराखेको छ ? यसमा अर्थशास्त्रीय दृष्ट्रिकोण अगाडि सार्नुभए काइदा हुने थियो । अहिलेको युगमा मार्क्शको’दि क्यापिटल’मा घोत्लिने अथवा रिकार्डोे प्रिन्शिपल नोट लेखाउने मात्र गरिरहे अर्थशास्त्र व्यवहारिक विज्ञान हुँदैन। नेपालको शन्दर्भमा त झन एकदम हुँदैन । म तपाईसँग यो कुरा किन गर्दैछु भने नेपाली अर्थशास्त्रीहरु पनि अन्तराष्ट्रिय अर्थशास्त्री भन्दा कम छैनन । कतिपय मलाई पढाउनु हुने प्रोफेशरहरु पनि प्रतिभावान हुनुहुन्छ । तपाईहरुले चाहनु भयो भने ढुङगा र संगीत विच के अन्तरसम्वन्ध छ ? र यसले जनजिवनमा कस्तो प्रभाव पार्छ खालका प्रश्नको उत्तर वाहिर ल्याउन सक्नुहुन्छ। दुखलाग्छ,खुविभएर पनि हामी अल्छे छौ हगी ?

  17. झुकियेरा इंडिया लै नेपाल भनेर जिब्रो लत्पतिएको हो कि?

  18. साँच्चै ब्रायन एडम्स नेपाल आए भने नेपाली सांगितिक क्षेत्र लाई यो अबिस्मरणीय क्षण हुने थियो ,अनी दर्सक लाई पनि | यो उराठ लाग्दो समय मा ब्रायन एडम्स का
    Summer 69
    Everything I Do
    Please Forgive Me
    Here I am
    गीत हरु सुनेर पक्कै पनि केही पल लाई भएपनी हामी नेपाली हरु रमाउन पाउनेछौ | I will strongly hope he comes to rock Kathmandu ….. Cheers

  19. Will 11hrs of daily loadshedding make this happen. What will b his reaction to this n countrys leaders.

Comments are closed.