इलेक्ट्रिक दाहसंस्कार गर्न तयार हुनुहुन्छ?

परम्परागत दाहस‍ंस्कार
हिन्दु रित अनुसार अन्त्येष्टी जलाएर गरिन्छ। योबाहेक अरु कुनै पनि उपाय स्वीकार्य छैन। यहाँसम्म कि मान्छेको लाश फेला पर्न नसके पनि कुशको मानव आकृति बनाएर त्यसैलाई शरीर मानी जलाइन्छ।

परम्परादेखिको यो कामलाई अब अलि आधुनिकीकरण गर्न खोजिँदैछ। जलाउन त जलाउने नै हो, तर दाउराले हैन विद्युतले। पशुपति क्षेत्र विकास कोषले आर्यघाटनजिक विद्युत् शवदाह गृह आउँदो माघ महिनासम्ममा बनाउने काम थाल्ने भएको छ। यसलाई आवश्यक पर्ने भवन निर्माणको ठेक्का कोलकत्ताको इन्डोमेण्ड इन्जिनियरिङ सर्भिसले पाइसकेको छ। भवनका लागि साढे चार करोड रुपैयाँ र मेसिनको लागि दुई करोड ६० लाख खर्च लाग्ने अनुमान गरिएको छ। अहिलेलाई एक पटकमा दुई वटा लाश जलाउन सकिनेछ। दाउराले जलाउँदा दुई तीन घण्टा लाग्ने भए पनि यसमा भने दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेटसम्ममा लाश जलिसक्नेछ (लोडसेडिङ नभए)

तर प्रश्न उठ्छ, परम्पराअनुसार दाउराबाट नभई विद्युतबाट लाश जलाउन आफन्तहरु तयार होलान् ? के तपाईँ आफ्नो आफन्तको लाश दाउराको विकल्प रहेको अवस्थामा पनि यसमा जलाउन तयार हुनुहुन्छ ?

भारतको विद्युत शवदाह गृह। फोटो साभारः ipwtgroupindia.com

पक्कै पनि वातावरणीय हिसाबले इलेक्ट्रिक दाहस‌ंस्कार बढी राम्रो हुन्छ। मानिसहरु यो गर्नु पर्छ र त्यो गर्नुपर्छ भनी भाषण ठोक्न सजिलो मान्छन्। तर आफूलाई पर्दा वा आफूले गर्नुपर्दा भने हच्किन्छन्।

उदाहरणका लागि छिमेकी देश भारतको बनारसको घाटलाई लिन सकिन्छ। इन्साइक्लोपिडिया अफ क्रिमेसन पुस्तकका अनुसार त्यहाँका इलेक्ट्रिक दाहसंस्कार मेसिनमा दाहसंस्कार गराउन आउनेहरु बनारस सहर र त्यो जिल्ला बाहिर कै बढी हुन्छन्। यो माध्यम सस्तो भए पनि मानिसहरु बढी पैसा तिरेर परम्परागत रुपमै दाहस‌‍ंस्कार गर्न रुचाउँदा रहेछन्। पुस्तकका अनुसार १५ प्रतिशतभन्दा कमले मात्रै इलेक्ट्रिक विकल्प रोज्छन्। सुरुसुरुमा त सनाखत नभएका र गरिबहरुको लाश मात्रै त्यहाँ जलाइन्थ्यो।

नेपालमा भने कस्तो हुने हो, त्यो हेर्न बाँकी छ। किनभने नेपालमा पहिलो पटक पशुपतिमा नै इलेक्ट्रिक दाहसंस्कारको व्यवस्था हुन लागेको हो।

एउटा सानो सर्वेक्षण गरी हेरौँ यो विषयमा-
[polldaddy poll=4312064]

74 Comments

  1. दाहसंस्कार लाई विधुतीय प्रणाली गर्नु अतीआबश्यक छ / किन भने दाउराको खपत घटनाले वन जंगल वाचावट हुन्छ / जसलेगर्दा पानीको स्रोत बढ्न सक्ने र हरियाली वातवरण पनि बढ्न सक्छ / हिन्दू हरुको अन्धविश्वास र रुढिवादी परम्पराहरु बिस्तारै हटाउदै लैजान आजको युगको माग हो जस्तो लाग्छ / लाश जलाएर पानीमा बगाउने पम्परा पनि हटाउन जरुरि छ / कुनैपनि नदि वा खोलाहरुको पानि स्वच्छ र सफा राख्न आम नागरिकहरुको दायित्व हो /
    विधुतिय दाहसंस्कार आर्यघाट र नदि किनारमा हुनै पर्छ भन्ने छैन / लाश जलाउदा दाउराले जलाउने चलन र पानीमा बगाउने चलन रोक लगाउनु पर्दछ / सरकारले निश्चित स्थान तोकिदिएर ,प्रति लाशको रकम दर पनि तोकिदिनुमा राम्रो हुने छ / पहिचान वा प्रमाणित नभएको लाश पोल्न नपाइने कानूनको प्रतिपादन हुनु पर्दछ / आशा छ भविष्यमा सफल होस् /

  2. अब फेरी चक्का जाम! बन्द! हड्ताल! जुलुस अनि तोडफोड!!!! पक्कै यो पनि पशुपति क्षेत्र वरी परि का बासिन्दा ले भोग्नई पर्ने छ भन्ने अनुमान गलत नहुन सक्छ/ जंगल फडानी गरेर दाउरा सप्लाई गर्ने अनि पशुपति आर्यघाटमा मनोमालिन्य रुपमा दाउराको चर्को मूल्य लिने त्यहाका दाउरा ब्यापारी तथा थोत्रे टायर का ब्यापारी, हेर्दै जानुस तपाइले देख्न पाउनु हुनेछ यिनीहरुको संगठित अबरोध अनि धर्ना ! उनि हरुको माग हुनेछ – हाम्रो रोजीरोटी नखोसियोस/ यस्तै छ नेपालको बिडम्बना! यो देशमा कुनै पनि राम्रो कामको थालनी हुनु भन्दा पहिलेनै तेस्लाई समाप्त पार्ने खेल हुन्छ/ सडक निर्माण, ठुला जल बिधुत परियोजना अनि महत्वकांक्षी खानेपानि आयोजना, सबै को हालत यस्तै भएको छ देश मा/ सद बुद्धि पलावोस- सबैले सहयोग पुर्याउन, सफल होस् विधुतीय दाहसंस्कार परम्परा को थालनी!!!!!!

  3. निरासा मा आशा राम्रो हो तर करायानन भयो भने राम्रो हुछ एसको लागि जनचेतना दिने काम र टेलिभिजन मा पनि दिनु पार्छ अने सबै लै थाह भय पछि लागु गर्दा राम्रो हुन्छ / आर्य घत मा ओप्शन पनि दिनु पार्छ /

  4. यो अति राम्रो काम हुने भो लास लाई जलाई सके पछि खरानी उसकै आफन्त लाई दिनु पर्छ र त्यो खरिनी सार्बजनिक स्थल मा पुरेर तेस्मा एउटा बिरुवा यूस्कै नाम मा रोप्ने चलन चलाउनु पर्छ यसो गरे कसो होला ?

  5. ओहो हेर राम !बाँचुन जेल
    त लोड सेदिंग को भार बोक्दा बोक्दा वाक भेइयो अब्ब मरे पछि पनि लोड सेदिंग मा परिने भो अधि पोल्दा पोल्दै लायन गयो भने अधि आत्मा सोर्ग मा अधि आत्मा प्रिथिबी मा रहने भयो यस्तो भएन भने त यो पर्बदी राम्रै छ

  6. संसारका मानब प्राणी हरु अचम्म का छन् चाहे ति अस्थिक हुन् बा नास्तिक आफ्नो आफ्नो परम्परा बाट कोहीपनि एक इन्च तल झरना सक्तैन चाहदैन | हिन्दुहरु दाउरामै दाहा संस्कार गर्न चाहन्चन मृत्यु लाश लाइ | अन्य समाजमा गाड्ने ,चरा चुरुंगी हरु लाइ खुवाउने आदि इत्यादी | दाउरामा जलाउने परम्पराले एकतार्फा समय बडी लाग्ने मलामी लाइ दुख हुने ,धुवा खरानीले बाताबरण दुषित हुने र नदि नाला दुर्गन्धित हुने आदि इत्यादी कुरा लाइ मनन गर्न सक्दा बिधुत्यिए दाहा संस्कार सबै प्रक्रिया भन्दा उत्तम मान्न सकिन्छ | हेर्नुस आज लाश गाड्ने र चियान्न का स्तुपा हरु निर्माण गर्ने प्रक्रिया ले विश्व ब्रामंड का धेरै भू भाग ढाकिसकेको छ | यइ प्रक्रिया बढ्दै जाँदा भोलि…. मनिष ले बाश बनाउन पर्दा पनि चियान उतारेर पो बाश बनाउन पर्ने होकी ?

  7. बरु लाशलाई गाड्ने अनि तेस्मथी एउटा रूख रोपे कसो होला ?

  8. लास दाउरामा जलाउने त पहिले नेपाल मा electri नै थियन तेसै ले होला हरियो बन नेपाल को धन भन्दै दाउरा मा जलाउदा हुन् आज भोली २४ hour मा ६ hour त electri हुन्छ नि नेपाल मा /
    बरु मरे पछी नि लोड सेदिंग मा परिन्छ की……………….

  9. परिवर्तन हुनु राम्रो हो तर परिवर्तन गराउनु राम्रो हैन| परिवर्तन भएमा यो हाम्रो संस्कार बन्छ भने परिवर्तन गराइएमा येही अर्को सामाजिक समस्या बन्न जान्छ| म चाही चितामै दाहसंस्कार गर्नेछु |

  10. सालोक्य जी को यो लेखको सुरुवातमै गलत ब्याक्यांश बाट सुरु गर्नु भयो!
    “हिन्दु रित अनुसार अन्त्येष्टी जलाएर गरिन्छ। योबाहेक अरु कुनै पनि उपाय स्वीकार्य छैन।” यो भनाइ नितान्त गलत हो! यही हामिकहा कतिपय हिन्दू हरु छन् जस्को अन्यस्टी गाडेर गर्ने गरिन्छ! तिनीहरुको रिवाजनै अन्त्यस्टिमा मृत लाश लाई गाड्नै पर्ने छ उनिहरु जलाउदैनन! र हामिकहा कतिपय हिन्दूहरु पनि छन् उनिहरु को अन्त्यस्टी गाडेर वा जलायर, मृतकको इच्छा वा समय परिस्थिती हेरी रोजेर गर्ने गरिन्छ! हाम्रै समाजमा कतिपय जोगी हरु छन् उनिहरुको अन्त्यस्टी जमिनमा समाधिस्ट गरि गाडेर गर्ने गरिन्छ! यहाँ मैले के भन्न खोजेको भने हिन्दू परम्परामा गाड्ने र जलाउने दुबइ अन्त्यस्टी चल्दछ तर हामिकहा जलाउने चलन बढी छ!
    अब यहाँ बनेको बिषय जहासम्म इलेक्ट्रोनिक दाहसस्कार द्वारा अन्त्यस्टी कुराहरु छन् त्यो सबै नेपाली वा सबै हिन्दूहरुलाई लागु हुने कुरा होईन र मुख्यगरी जलायर दाहसस्कार गर्ने हरुको लागि राम्रो बहसको बिषय हो! र इलेक्ट्रोनिक दाहसन्स्कार लाई समयक्रमले ल्यायको उचित परिवर्तन हो भनि हामी सबैले आत्मासाथ गर्नु पर्ने देख्दछु म! तर बिडम्बना हाम्रो देशको बिध्धुत प्रबाहको छ जहाँ दिनमा अफिसियल्ली अठार घन्टा आपुर्ती बन्द गरिन्छ र काहीले काहि त बिजुली देख्न हप्तादिन कुर्नु पर्ने हुन्छ त्यस्तो ठाउमा यो प्रक्रियालाई कसरी ब्याबस्थित गर्न सकियला! तर मान्नै पर्ने छ की यो कार्यले अन्त्यस्टी सस्कारको परम्परागत कार्यमा एउटा परिमार्जित र बिकाशको खुड्किलो उकासेको छ जुन आजको आबश्यकता पनि हो!

  11. हरेक चिजको खरिदमा कमिसनको खेल हुन्छ , लास केमा जलाउने भन्ने कुरा आ आफ्नो बिचारको कुरा हो , यो करोडौको योजनामा कमिसनको खेल अलि कम्ति होस् . यहि भन्न चाहन्छु .

  12. ओ धोती फेरेको दाजू,
    तपाईको पालो पर्सी राती ११ बजे!
    दिनमा जम्मा ३ घण्टा बत्ती आउछ!
    जेनेरेटरमा हाल्ने तेल छैन.
    लास लेर जानुस पर्सी टाइममा आउनुस .

  13. स्वर्ग कसले देखेको छ र हामी भएको वनजङ्गल मासी लासलार्इ जलाउछौ के हामो पुर्खा साचीकै स्वर्ग पुगे होला त? मेरो विचारमा electrical machine ले कामले गर्नु भविष्यको लागि हाम्रा jungle सुरक्षीत हुन्नेछ।

  14. विद्युतीय दाहसंस्कार हिन्दु धर्म विपरित छ जस्तो लाग्दैन/ हिन्दु धर्म अनुसार शव जलाउनु प्रमुख कुरा हो/ पंचतत्वले बनेको शरीर जलेर अग्निमा, खरानीको रुपमा माटोमा, धुँवाको रुपमा वायु र आकाश(अनन्त)मा र खोलामा गरिने विसर्जनको रुपमा पानीमा अर्थात् पंचतत्वमै फर्कोस् भन्ने मान्यता हो/

    बरु लोडसेडिङले गर्दा मरेपछि पनि सुख न पाइने पो हो की?

    धर्मको कुरा निकाली हाल्नु भो/ नेपालका अन्य धर्ममा शव गाड्ने चलन छ/ विशेषतः क्रिस्चियन जनसंख्या बढ्दो पनि छ/ यसरी शव गाढ़दा बनजंगल र सार्वजनिक जमिनको अतिक्रमण पनि बढ्दो छ/ कतिको चलन सिमेन्ट कंक्रिटको स्मारक बनाउने पनि हुदोरहेछ/ यसबाट बरु भविष्यमा विशाल सामाजिक तथा पर्यावरणीय समस्या आउने देखिन्छ/

    • बाफरे बाफ, कुरै ठुला गर्छन’ सबै भन्या ” यत्रो कमेन्टर हरु, को बाट शुरु गर्ने त पहिला”| को छ म भन्ने?

  15. म त यस्तो राम्रो उपाय को सदुपयोग गर्न पछी हट्ने छुयेना | यो अति राम्रो उपया हो | यसले बाताबरण पनि राम्रो गर्छ |

  16. शायद स्वर्ग पुगिन्न कि?? मलाई त डर पो लाग्यो.. 😉

  17. यो बात बहुत अच्छा छ । ईन्सानको मरे पछि ईलेक्ट्रीमा जलाई लिए पछि भुत पनि करन्ट लागेर मरि जान्छ त देशमा भुत पनि रहिलिदैन ।

    • कहाँ तेस्तो भनेर हुन्छ . भुत पनि काही करेन्ट लागि मर्छ ? भुत कौन सा मान्छे हो ? त्यो त जे गर्यो भने नि मर्दैन, बडा जब्बर हुन्छा ससुरा . झन् अलेक्त्रिक भैहाल्छ अनि करेन्ट मार्दै तडछाई हाल्छ .

  18. सबैको आफ्नो आफ्नो विचार र सँस्कारको कुरा हो। गार्हो र परिस्थिती अनुकूल नहुँदा गाडनु पर्नेलाई जलाउने र जलाउनु पर्नेलाई गाडने पनि गरेको देखिन्छ ।जुन देशमा कसरी बाँच्ने भन्ने कुरा सोच्न गार्हो छ भने मरे पछिको कुरा गर्नु त खै..?
    सिटामोल किन्न नसकि मर्नेको विद्धुतिय दाह सँस्कारको पैसा कसले तिर्ने होला? धनिको लागी त यो पनि ठिकै होला गरिबको लागि कस्तो हुनेहो?

  19. अहिले को बिज्ञान प्रबिदी को वेग, वातावरण संरक्ष्यन, आदि इत्यादी कुरा हरु हेर्ने हो भने इलेक्ट्रिक दाहसंस्कार मेसिन एक दमै समय सान्दर्भिक छ| आखिर मरि सके पछि कसरि दह संस्कार गर्ने भन्ने कुरा त्यति महत्वो पूर्ण जस्तो लाग्दैन| तर, एउटा कुरा, बाचुन्जेल त भारतीय हरु ले हैरान परेरै छोडेको छ , अब मर्दा पनि तिनी हरु कै मेसिन मा मर्न पर्ने भयो| एस्तो छ हामी नेपली हरु को हालत|
    भारतीय दलाल हरु ले ठेक्का उनीहरु लाइ नै दिए पछि कसको के लाग्छ? ८ करोड रुपिया चाहि धेरै नै भो जस्तो लाग्छ| १,२ करोड चाही कसै को खल्ती मा जाने भो|

  20. यस को पहिलो सत्रु लोड सेडिङ्ग …….. अहिले त ७४ घण्टा ,,ठिक त्यही समय मा परेमा दाउरामा जलाउनु को विकल्प छैन ..अनि कसरि आम जनताले ढुक्क को साथ भर पर्न सक्छन ….? बिजुली भाको समयमा नै मर्नु ….? खोइ यो लथालिंग नेपाल कहिले सम्हालिने हो …..( नया वर्ष को सुभकामना अनि लोसार को पनि सबै मित्र बन्धु हरुलाई …)

    नवलपरासी ,,देउराली हाल कतार ऐर लाइन्स

  21. यो सुविधा राम्रो हो तर बंधू हरु, तेस्तो बिद्युत शवदाह गर्दा लाश बाट अस्तु चाहिं निकाल्न मिल्छ? कति बेला निकाल्ने हो? कि पहिला अस्पताल मा लगेर खप्पर फोरेर अस्तु निकालेर मात्र त्यहाँ पठाउने हो?

  22. सक्दो ले त आफ्नै रीत अनुसारनै गर्नु पर्ने हो, हिन्दु धर्म सबै भन्दा बढी उदार भएकोले जसले जे गरेनि भयो !!

    गाठी कुरा हो पर्यावरणको रक्षा, दाउरा बचाउने हैन नि, त्यसको लागि यो गर्नु भन्दा अगाडी गर्नु पर्ने अरु धेरै कुराहरु छन्, उदाहरण दिएर सकिन्न.. सबैले जानेको छ…; रुख बिरुवा लगाउनु पर्छ.. फोहोर को उचित ब्यबस्थापन गर्नु पर्छ.. इत्यादी इत्यादी ||

    बरु नजिकै को सेकुवा कर्नर हरु लै ग्यास/इलेकट्रिक ओवेन चलाउन प्रोत्साहन गर्ने कि, काठमाडौँ को सम्बन्धित निकाय ले सार्बजनिक/निजि सबारी साधन लाई मात्रै नियमानुसार ब्यबस्थापन गर्यो भने धेरै राम्रो गर्न सकिन्छ ||

    लुना जी को कविता राम्रो छ, चेतना भया – जीवन भरि आफुलाई चाहिने सुबिधाको जोहो गर्नेले आफु मरे पछीको संस्कार गर्न चाहिने ब्यबस्था नि गर्नु पर्यो नि, सबै नभएको लाई त सदगति पनि गरिए को छैन नि !!

    • प्राचिनमा उपत्यकाको जनसंख्या नि कम थियो, बागमतीमा पानी पनि, हरियो बन नेपाल को धन छदै थियो, केहि कसै लै समस्या थिएन, तर अहिलेको जनसंख्या बृद्धिदर हेर्दा चाडै नै पशुपतिबाट आर्यघाटलाई नै स्थान्तरण गर्नु पर्छ…

      [पुनश्च: रिति/संस्कार को स्वतन्त्रता दिउ, अनाबस्यक दबाब दिन उचित हुदैन]

  23. विद्युतीय शवदाह प्रणालीलाई मेरो समर्थन।

    १) बाग्मती नदीको प्रदुषण केही हदसम्म नियन्त्रण गर्नमा टेवा पुर्‍याउने छ ।
    २) दाउराको लागि प्रयोग गरिने रुखहरु कम काटिने छन्; जसले पर्यावरण बचाउनमा समेत सहयोगी हुनेछ।
    ३) समयको बचत हुनेछ।

    पश्‍चिमेली देशहरुमा दाउराले जलाउने परम्परा छैन नै; हिन्दुहरुको बाहुल्यता भएको भारतले पनि बिद्युतीय शवदाह अपनाई सकेको छ। तैपनि अनिवार्य नभएर वैकल्पिक व्यवस्थाको रुपमा राखिनुपर्छ। क्रमिक रुपमा जनताले स्वीकार्दै जानेछन्।

    धन्यवाद !

    • इलेक्ट्रिक चितामा जलाउदा सबै हड्डी जल्दैन . हड्डी लाई धुलो पर्न ग्राइन्दर चाहिन्छ

  24. इलेक्ट्रिक दाहसस्कार राम्रो कुरा हो ! नेपालको फोहोर ,मैलालाई पनि यहि तरिकाले दाहसंस्कार गरे कसो होला ? तर १२ घन्टामा ११ घण्टा electrycity न आउने देशमा यस्तो तरिका सोचनु त नेपालका बेकुफ नेताले नेपाललाई switzerland बनाई दिन्छु भने जस्तो हुन्न र सर ?

  25. इलेक्ट्रिक दाहसंस्कार गर्दा गर्दै लोडसेडिंग अर्थात् लाइन गयो भने के गर्ने …कि १२ घण्टा कुर्नु पर्ने हो …..

  26. कुरा ठिक हो, समय अनुसार धर्म रितिरिवाज मा परिवर्तन आएको, पहिला लास जलाऊन बाहुन नै चाहिन्थ्यो, बाँस को मचान नै चाहिन्थ्यो, तर समय र परिस्थिति अनुसार परिवर्तन हुने पर्छ, यहुदी हरु ले पनि लास जलौचन, र यो विधुतीय प्रणाली अपनाको धेरै नै वाई सक्यो,
    तर मलाई एउटा कुरा मन नपरेको चाही, त्येत्रो महँगो ठेक्का भारतिय कम्पनी लै किन दिनु परेको होला.

  27. भन्छन आफु मरे पछी डुमै राजा..जलाउने वा गाड्ने अ-आफ्नो परम्पराहो..त्यसमा यो राम्रो यो नराम्रो भनेर कसैको पनि परम्परा मा ठेस पुर्याउनु उचित हुदैन.हिन्दु परम्परा मा मरेपछि जलाउने चलन छ..त्यो हिसाब मा भन्नु पर्दा.. परम्परागत दौरा को चिता बनाएर जलाउनु भन्दा बिध्युतिया शबदाहन गृह मा जलाउनु बताबरनिया हिसाब ले पनि राम्रो होला जस्तो मलाई लाग्छा तेसैले मा पनि बिध्युतीय प्रणाली कै पक्ष मा

  28. हुन त हाम्रो पनि चलन मरेको मान्छेलाई जलाउने नै हो , करिव दुइजना म्रितकलाई जलाउनलाई एउटा रुख ढाल्नु पर्ने हुन्छ र एउटा रुख परीपक्क हुनलाई कम्तिमा पनि ५० वर्ष लाग्छ। खैर बातावरणिय पक्षलाई ध्यान दिने हो बने मेरो विचारमा यो विधुतिय शव दाह गृह नै ठीक हो जस्तो लाग्छ

  29. यस को पहिलो सत्रु लोड सेडिङ्ग …….. अहिले त ७४ घण्टा ,,ठिक त्यही समय मा परेमा दाउरामा जलाउनु को विकल्प छैन ..अनि कसरि आम जनताले ढुक्क को साथ भर पर्न सक्छन ….? बिजुली भाको समयमा नै मर्नु ….? खोइ यो लथालिंग नेपाल कहिले सम्हालिने हो …..( नया वर्ष को सुभकामना अनि लोसार को पनि सबै मित्र बन्धु हरुलाई …)

  30. म इलेक्ट्रिक दाहसंस्कार लाई / हिन्दु धर्म को मलाई मन नपरेको चलन के भने मान्छे मरेपछि परिवारजन छरछिमेकी सबैलाई लामोसमयसम्म अनाबस्यक मानसिक दबाब दिनु असिकार्य छ /

  31. सलोक्याजी
    समय लाग्छ तर सबैले बिस्तारै अपनाउन थाल्छन ….म सम्झन्छु पहिले लास बास को खट मा राखेर आफ्नै जति ले बोकेर लान्थे ,,,,,अब हेर्नुस त कट्टर भनेको जाति ब्राम्हण ले समेत सब बाहन मा राखेर लैजान्छन …मेरो आमा को सब लैजादा तामांग driver थियो र लास गाडी मा राख्न उसले पनि मद्दत गर्यो…जुन कुरा २० वर्षा पहिले हाम्रो समाज लाई स्वीकार गर्न गारो थियो …
    यो बिद्युत सब दाह पनि बिस्तारै सबै ले स्वीकार छन् समय पक्कै लाग्छ

    दिग्विजय शर्मा

  32. विधुतीय प्रबिधि एक आधुनिक मात्र नभई काठमाडौँ जस्तो वातावरण प्रदुषण ज्यादा भयको नगरी मा अति उत्तम ठान्दछु , साथै समयको बचत र त्यो जल्दै गरेको आफ्नो आफन्त को लाश लै हेर्दै भाव विह्वल परिवार मा पर्ने मानसिक नकारात्मक असर लै पनि कम गर्न सहयोग पुर्याउछ भन्ने बिश्वास लाग्दछ . हामी जस्ता शिक्षित बर्ग ले यस पद्धति मा निहित फायदा देख्न सकेनौ भने हाम्रा अधिकांश बैज्ञानिक शिक्षा बाट वन्चित जनता लाई राम्रो उधेश्य को लागि परिबर्तन गर्न समय लाग्ने तथा समाज मा अनावस्यक टिका टिप्पणी को शिकार हुनुपर्ने अवस्था लाई झेल्नु नपर्ला भन्ने लाग्दैन .

  33. मलाई लाग्दै छ राम्रो eletractic हुन्छ तर कोहि चाही गाड्न मनपरउ छन् तर मरी पछि किन अरु को घाडो बन्ने यदि गाडे भने ठाउको problem हुन्छ. तसर्थ म त eletractic को support मा

  34. साच्ची भनेको, मलाई यो लास जलाएको देखे पछि कम्तिमा एक महिना सेकुवा खान मन लाग्दैन, गन्ध उस्तै हो, अझै भन्दा मासु पनि त् उही नै हो नि एक हिसाब ले| त्यो त् भयो एक पक्ष , अब अर्को पक्ष सस्तो अनि झन्झट रहित| मरे पछि बाल, चल भाइ, मलाइ पनि मरेसी इलेक्ट्रिक वालामै हाल |

  35. परम्परागत मानसिकता बाट ग्रसित र सम्पतिको रवाफ देखाउनेहरु बाहेकका सबैले यसलाई प्रयोग गर्छन जस्तो लाग्छ मलाई तर सरकारले नियम बनाएर यसलाई अनिबार्य गरेमा भने अझ बडी प्रभावकारी हुन्थ्यो कि

    • अनिबार्य बनाएर सरकारले जनतालाई येइ ग़र्र भनेर नियम थोस्नु भन्दा त यो प्रबिधिको प्रयोजन हुदा हुदै रुधिबाधि संस्कार पलायन हुनु नै ठिक होला. नत्र त सत्ता मा पुगेका नेताहरुले लाशकै राजनीति गर्न बेर्र हुदैन नेपालमा.
      बरु पशुपति बिकाशकोष को साटोमा दाहसस्कार गराउन निजि छेत्रलाइ प्रोत्स्सहन गर्नु ठिक होला. ब्यापारिक प्रतिस्पर्धाले गर्दा जेनेरेटर चलाएरै भएपनि लाश पूर्ण रुपमा जल्ला र परिवारले अस्तु सेलौदा हाडखोर बाकि पनि नहोला.

  36. बिजुली नभा’को देशमा के को इलेक्ट्रिक दाहसंस्कार गर्नु??

    • जेनेरेटर चलाएर पनि लाश रोस्ट गर्ने हो तर त्यो शव दाहका लागि जेनेरेटर वाला ले बिल चाहिं निक्कै मोटो बनाउछ है .

  37. २४ सै घण्टा लोड सेद्दिंग हुने ठाउमा बिधुतको फुर्ति. दाउराको विकल्प अरुकेही होला जस्तो त लागेन मलाई त.

  38. पशुपति आर्य घाटका पन्डित हरुलाईविधुतीय सब दहन को बारे मा सचेतना भए मा यसको प्रभावकारिता को महत्व बदना सक्छ

  39. एलेक्त्रिक मसिन बाट गराउने त्यसबाट बाताबरण लाई बचौना सकिन६ र समय अनुकुल जानु पर्छ

  40. नदीहरु स्वच्छ भए, वातावरण प्रदुषणरहीत भए त परम्परालाई पछ्याउँनु राम्रो कुरा हो तर बाग्मतीमा मान्छेको बोसो र मासु तैरिरहेको देख्ता र मान्छेलाई आधा जलाएर फालेका ‘भयङ्कर’ दृश्यले गर्दा आफूलाई जन्मनु नै अभिशाप जस्तो लाग्छ। यस्तो सन्दर्भमा यो कदम सारै स्वागत योग्य छ।

  41. ” मलाई इलेक्ट्रिक दाह सन्स्कार गर —-”
    _______________
    म मरेकी थिए ,
    बतासले फुर् फुर हल्लाउदै थियो
    मेरा सेताम्मे हिउ झै फूलेको कपाल

    मेरा परिवार – मेरा आफन्त
    यताउता दौडिदै थिए
    हरियो बासको खोजिमा
    मलाई टुन टुन हरियो बासमा बाधि आर्यघाट लैजान

    ओहो ! कत्ती गार्हो !
    हरियो बास भेट्टाउन —
    मोटर बाइक – टेम्पो – ट्याक्सी
    क्यै मा अट्दैन हरियो बास
    लामो छत् भएको बस ट्रक खोज्दै थिए मेरा आफन्त

    बल्ल तल्ल हारियो बास ल्याउने काम भयो
    मलाई आर्यघाटमा पुर्याइयो
    जिबनमा मैले कती रुख रोपे (?)
    त्यो मलाई राम्रो हेक्का भएन —
    म मरिसकेकी थिए तर मेरो आत्मा मरेको थिएन
    मैले कही नरोपेको हरियो बासमा
    म ल्याइेकी थिए आर्यघाट
    मैले नरोपेको रुखका दाउराहरुको खोजी
    मेरा आफन्त हरु खोज्दै थिए मलाई जलाउन —
    मेरो आत्मा यताउता सब उडेर हेर्दाइ थियो —
    महँगो युगको महँगो दाउरा
    किन्नै पर्ने बाध्यता —
    सस्कारको नाममा —
    भारिका भारी दाउराका चान लगाईैऐ
    १-२ रुखको हत्या मेरो लाशको कारण बन्यो —
    त्यस पछी आगो बल्यो
    पुत् पुत् !! धुबाको मुस्लो उड्यो
    मान्छेहरु नाक छोपेर हिड्दै थिए
    मेरो धुबाको दुर्गान्धले
    म मरे पछी पनि मेरो कारण ले बातावरण दुर्गान्धित बनेको मेरो आत्माले हेरिरह्यो —

    आशु भरिए जस्तो लाग्यो आँखामा
    स्बच्चालित मेशिन झै मेरा हात हरु आँखामा पुगे
    अचम्म !
    यती मन दुख्दा पनि आशु नै थिएन आँखामा —
    म झस्के !
    म त आत्मा !!!!
    आत्मा दुख्छ तर आशु झर्दैन —
    नत्र त संसार आशुको सागर हुदो हो —
    आशु नझरे पनि म बेस्मरी दुखे
    मेरो आफ्नो कारणले अरुलाई दु:ख पुगेको देख्दा —
    हेर्दा हेर्दाइ बलिरहेको दाउरा सिद्दी नै लाग्यो
    त्यत्रो दाउराको चान !
    ह्बार ! ह्बार ! बल्दै थियो
    मेरो लाश खरानी भाईसकेको थिएन
    आफन्तिहरु छट्पट्टिरहेका देखिन्थे —
    छिट्टै जलोस भनेर मेरो शरीर लाई
    बडेमाको घोचोले घोची घोची ओल्ताइ पल्टाइ गर्दै थिए
    चिरर! चिरर !!
    मेरो शरीरको बोसो पग्लिएको आबाज !
    अनी दुर्गान्धित बातावरण —
    मेरो आत्मा छट्पट्तैरहेको थियो —
    शनै शनै खरानीमा परिणत लाश
    अनी बाँकी दाउरा – कोइला घाटमा हुर्याइयो
    घाटको पानीको कुन हबिगत भयो !
    त्यो म के बयान गरु !
    माछा – भ्यागुता पनि तर्सेर भागेका थिए
    दुसित बनेर बगिरहेको पानी सँगइ बग्दै म अल्ली तल सम्म पुगे
    सानी नानी घाटको तिरमा खेल्दै थीन ,
    तिन्ले पानी पिउन अन्जुली उठाइन् ,
    म बतासएिर उन्को नजिक पुगेर चिच्याए
    ‘ नानी ! यो पानी दुसित छ ! नपिउ बाबा !!! ‘
    तिन्ले सुनिनन्
    पानी पीइन्
    म चिच्याइ रहे —
    ओह !
    म ब्युझिए
    म नमिठो कल्पनाको संसारमा थिए
    अब म ब्युझिएकी छु
    आफू मरे पछी अरुलाई हानी हुने काम गर्नु हुन्न
    त्यो मैले बुझेकी छु
    भोली म मृत्‍यु शैयामा हुँदा
    भन्ने छु मेरा परिवारलाई —
    “” मलाई इलेक्ट्रिक दाह्सस्कार गर ! “”

    • यति राम्रो चेतना मुलक कविता मा पनि रातो हात, के भाको हाम्रा साथी हरु लाइ |
      हरियोमा मन नलागे पनि रातो मा त नलगाम न हो|

    • समाजमा सबै एकै प्रब्रितिका मान्छे कहाँ हुन्छन् र दीनबंधु जी? अहिले लुना जी कथा, कविता एबं कठोर कमेन्टस लेख्ने क्रमको उत्कर्समा हुनुहुन्छ र कसैलाई यो मन परेको छैन होला नी! हैन भने आजको आवश्यकता र सकारात्मक भावना झल्केको सुन्दर कवितामा थम्पस डाउन हुनुले के दर्साउछ त? संसारमा सपार्नेहरू मात्रै हुने भएको भए किन समस्याहरुको थुप्रो लाग्थ्यो होला र?

  42. सबैले positive विचार राखौ समय सापेक्ष हामी हरुले आफ्नो परम्परालाई पनि परिमार्जित गर्दै जानु पर्दछा संकुचित बिचारलाई सबैले त्यागौ अबस्य इलेक्ट्रिक machine नै उपयुक्त हुन्छा धर्मलाई मात्र जोडेर नहेरौ किनभने मृतु पछी नर्क पुग्छन कि स्वर्ग पुग्छन अहिले सम्म म यस्तो ठाउँमा पुगे भनेर कसैले पनि भन्न आयका कोहि छैनन् त्यो हाम्रो अन्धबिस्वास हो मरेपछि सबैको आत्मा हावामा नै बिलाउने हो त्यो मृत शरीर लाई जसरि जलया पनि कुरा एकै हो र वाताबरनिया हिसाबले सोच्नु नै उत्तम हुन्छा

  43. मरेको मान्छेलाई जसरि सजिलो र राम्रो हुन्छ तेसरी नै जलाय भैहाल्यो नि. किन जात्रा गर्नपर्यो. जसलाई जता मनपर्छ तेतै जलौना दिय हुन्छ. बाताबरण सम्रछान को लागि भनेर एलेट्रिक machine बाट फ्री मा जलाउने बय्बस्था गरे झनै राम्रो!

  44. दाउराको सलोमाथि राखेर आगो लगाए पछि लाशलाई धेरै पटक ठोक ठाक, ठोस् ठास पारी रहनु पर्छ! आफ्नै आँखा अगाडी पूर्ण कदको लाशको अङ्ग छिन्न बिन्न भएको देख्नु पर्छ! गन्ध र धुवा प्रदुषणको कुरा त अलग्गै छ!
    आफन्त मर्नु मारी हाल्यो, मरे पछि पनि अब अरु बेहाल देख्न मलाइ चाहिं मन परें!
    त्यसैले म चाहिं इलेक्ट्रिकको पक्षमा!

  45. कसैले पनि कसैको धर्म, संस्कारलाई सम्मान गर्नु असल मानवको कर्तब्य हो / तदनुरुप उनीहरुको धर्म, संस्कार र मानवीय भावनाको कदर गर्दै समयानुसारको प्रविधी अंगिकार गरि अन्तिम बिदाईको यो बिधि अपनाए त क्याबात भन्नई पर्छ/ तर, यो योजनामा पनि कमिसनको चक्कर भएको रहेछ भने तिनीहरुलाई धिक्कार छ/

  46. अरु देश मा सबैले electricity मै जलाउदा भैराछ
    हाम्रो देश मा चै काम गर्नु भन्दा कुरा गर्नु मात्रै
    अनि केहि हुन् खोज्यो कि चाहिने नचाहिने तर्कले सबै भाडिने
    लाजै मर्नु

  47. मरेपछि डुमै राजा । गाडेपनि कति पुस्ताले सम्मान गर्न आउँछ र लाशलाई ? बरु लाश खोतलेर पछि ह्वागैँ पारेभने मरेपछि पनि शान्ति पाइन्न । चिहानका थुप्रोमा एक पुस्ता माथि अर्को पुस्ता खप्टिँदैँ जानुभन्दा स्वतन्त्रतापूर्वक बिद्युतिय गृहमा जल्नु या आफ्नो लाश मानवहितका खातिर अध्ययन गर्न दिनु जति बुद्दिमानी मलाई केहि लाग्दैन । खासमा भन्नुहुन्छ भने आफन्तको कुरा थाह छैन तर मेरो मन भने मेशिनमा अरुलाई दुख नदिइ जल्न पाइयोस र जलाउने पैसा आँफैले सँग्रह गर्न सकियोस बस । १३ दिनसम्म शोक बारेर कोहि नबसुन् र मेरेपछि मेरा नामको काट्टो कसैले नखाउन् । कागट्टो खुबाउने खाने र गाड्ने दुबै मलाई मन नपर्ने कुराहरुहुन् ।

  48. मलाई त लास जलाएको मन पर्दैन, नेपाल मा नियम कानून लाई ढाकछोप गर्न धेरै सजिलो भाछ | विदेश तिर मान्छे मरेको २० वर्ष पनि हत्यारा,दोषी हरुलाई सजाए दिन्छन, आबस्यक परे गाडेको लास को {DNA} आदि टेस्ट गर्छन | नेपालमा त पोस्ट मार्टम पनि गर्न दिदैनन | लास लाई जलौनाले सबै प्रमाण हरु नस्ट हुन्छ, भावनात्मक रुपले पनि पनि आफ्नो प्यारो मान्छे लाई कतै सीमेट्री मा गाडेर राख्दा धेरै सहानुभूति हुन्छ जस्तो लाग्छ मलाई, धर्म ले हिन्दु भएपनि | राम्रो कुरा लाई राम्रो भन्नु पर्छ |

    • दीपकजिको विचार अति उत्तम छ. मा सोह्रै आना सहमत छु.

  49. हामीले हामी मान्छे भएर जन्मी पछि यो बाताबरण को bharema
    पनि सोच्नु पर्छ र यो एकदमै ऊतम तरिका हो

  50. अति राम्रो उत्तम विचार हो तर लास जलाउदा लाग्ने रकम खोजतलास गरेर देखाएमा अजै सुगन्ध हुने थियो
    .

  51. वातावरण संरक्ष्यनका लागि यो अति उत्तम. रुख बच्छ अनि वायु प्रदुषण पनि कम हुन्छ.

    तर ठेक्का भारतीयलाई नै किन? के यसमा नियमसम्मत खुल्ला प्रतिस्पर्धा गराइएको थियो?

    • रमेश जी,
      यो संधर्विक प्रश्न उठाउनु भयो तर नेपाल मा त्यो प्रबिधि मा काम गर्ने जनशक्ति को पहिचान गरेर नै सरकार ले निर्णय लियको होलानी..हजुर लाई यसको शिप तथा ज्ञान भयमा ठेक्का लिन सक्नु हुन्छा. .. मलाई त भारतीय ले गर्दैमा कुनै फरक नपर्ने जस्तो लाग्छ किन भने आज को समयमा पनि हामी पुर्बनुग्राही भयौ र प्रतिस्पर्धा गर्न सकेनौ भने बेकारमा कुरा गरेर क फायदा.. होइन र ?

      • म रोमा जी सित सहमत छु, भारतीय हरु लाइ यो कुरामा धेरै अनुभव छ . एस्तो एउटा शवदाह गृह बनाउन पनि ग्लोबल tender माग्न सुहाउँछ? भारत र नेपाल बाहेक अरु देश मा त लाश लाइ गाडिन्छ तर पनि धेरै मुलुकमा तेस्तो सुबिधा छन् . भारत हाम्रो मित्र राष्ट्र हो र आज नेपाली हरु तेही मित्र राष्ट्र बाट आएको नून खान्छन, भारतमै बनेका मोटर र मोटर साइकल चढेर मस्ती गर्छन अनि भारतीय टेलिविजन कार्यक्रम हेरी रहन्छन . यो बानी र बाध्यता युगौं युग सम्म चल्ने नै छ किनकि भारत र नेपाल छिमेकी हुन् र विश्वभरी छिमेकी राष्ट्रहरु एकार्का का हितैषी हुने गर्दछन केहि अपवाद बाहेक.

        • त्यही त भनेको नि रमेश थापा जी , धन्यवाद तपाईको मत को लागि . प्रतिक्रिया पढेर हासो पनि लाग्छ मलाई त कहिले काही. मेरो भनाइ त सबै प्रतिक्रिया कर्ता ले पहिले सोचौ अनि लेखौ जसले समाज मा सकारात्मक असर परोस . जय देश जय नेपाल .

  52. विद्युतीय शवदाह उत्तम विकल्प त हो तर यसलाई सस्तो र सजिलै प्रयोग गर्न सकिने तुल्याउनु पर्दछ, नेपालको सन्दर्भमा।

    बी अधिकारी

  53. समय अनुसार चल्ने हो, जे गर्दा समाज लाई राम्रो हुन्छा तेही गर्ने हो. शुरुमा पढेलेखेका हरुले मलाई त्यसरी जलाउ भनेर विल गर्नुपर्छा, बिस्तारै बिस्तारै बानि लाग्छा.

    • यो मेरो विचार मा बानि को बिषय नभएर बैकल्पिक पद्धति हो भन्ने लाग्छ र यहि नै गर्नु पर्छा भन्ने अनिबर्यता पनि गर्नु हुदैन. किनभने सबैको बाचुन्जेल नै मरेपछि कसरि दह संस्कार गर्ने भन्ने योजना र आत्मा निर्णय अधिकार पाउनु पर्छ. यद्यपी बिधुतिय तरिका मा कुनै खराबी देखिदैन जो हिन्दु हरुले बर्षौ देखि गर्दै आयका पनि छन् छिमेको राष्ट्र हरुमा . राम्रो कुरा सिकौ र समय सापेक्ष परिवर्तन गर्दैन जायौ…

  54. यहाँ पनि घुसखोरीको गन्ध आइरहेछ ..यसबाट कसकसले कतिकति पैसा खाने हो थाहा छैन….

  55. विद्युतिय शवदाह गृह बनाउने कुरा स्वागत योग्य छ, अब समय अनुसार हामी यस्तो वातारणमैत्री प्रविधि प्रयोग गर्ने तर्फ लाग्नु नै वेस हुन्छ

  56. अति राम्रो उपया हो यो लास जलाउदा electrical mechine प्रयोग बाट दुर्गन्धित हुन बाट बचिन्छ

Comments are closed.