ल्होसार आशिमला


प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु
त्यसैले आफ्नो स‍ंस्कृति मनाउन भेला हुन्छन् आज काठमाडौँमा रहेका गुरुङहरु टुँडिखेलमा। दोस्रो जनआन्दोलनपछि २०६४ सालमा बल्ल सरकारले यो पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिएको हो। त्यही वर्षदेखि टुँडिखेलमा ल्होसार मनाउन थालिएको हो। तर अघिल्ला वर्षमा भन्दा गत वर्ष सहभागिता निकै बढी थियो। यी केही फोटो गत वर्ष खिचिएका हुन्। यो वर्ष हिजैदेखि सुरु भइसकेको छ टुँडिखेलमा उत्सव।

ल्हो भन्नाले वर्ष तथा सार भन्नाले नयाँ भन्ने बुझाउँदो रहेछ। प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिँदो रहेछ। विश्वमा जहाँ भए पनि सबै गुरुङहरुलाई तमु ल्होसारको शुभकामना है। मलाई जस्तै माइस‍ंसारका धेरै पाठकलाई गुरुङ भाषा आउँदैन, तैपनि तपाईँहरुले यहाँ हामीले बुझ्ने भाषामा अनुवाद गरी गुरुङ भाषा प्रयोग गर्नुभए हाम्रै नेपालको एउटा ‘नेपाली’ भाषासँग परिचित हुने मौका पाउँथ्यौँ कि। फोटो खिच्ने मौका मिले आजका फोटोहरु पनि रातिसम्ममा राख्‍ने कोशिश गर्नेछु। फेरि एक पटक ल्होसार आशिमला !

67 Comments

  1. सबै तमु दाजु भाई तथा दिदि बहिनिहरुमा बार्गको बिदाई र बिरालो बर्गको आगमनको शुभ upalachhama ल्होसारको हार्दिक आशिमाला.

    भक्त बहादुर तमु, काठमाडौँ, नेपाल

  2. पहिला त सब गुरुङ बासी हरुलाई लोह्सारको शुभकामना …….खास मलाई तपाईहरु संग के भन्न मन लागेको छ भने हाम्रो तामांग जात हरु आफु लाहुरे बन्न को लागि आफ्नो जात नै change गरेर गुरुङ बन्ने प्रबिती छ specially त्यो खाते तामांग हरुलाई आफ्नो जात के हो तेही नै लेख्नुस भन्नु पर्यो तपाईं हरुले कि त तिनीहरुलाई आफ्नो जात मा स्थान दिनु भएन कस्तो खाते हरु आफ्नो जात भन्न पनि लाज लाग्ने थुक्क खातेहरु कि कसो हाम्रा तामांग साथीहरु …………………….!!!!!!!!!!!!!!!!!!!!!!!

  3. हाम्रो गाउँमा त तामांग हरु पनि आर्मी मा भर्ति हुन आफ्नो जात नै बिर्सेर गुरुङ भाको छ र आहिले तिनका छोरा छोरी गुरुङ नै भनेर दाबी गर्छान तामांग लै नि गुरुङ भन्न मिल्छा? गुरुङ हरु ले सुधा असुधा छुट्याउनु पर्यो?

  4. यो लोसार पर्व लै सरकार ले राष्ट्रिय पर्वको रुप मा मानेर सार्बजनिक बिदा दिन थालेको रहेछ त्यो राम्रो हो तर यो लोसार भनेको के हो भन्ने पनि थाहा नभाको हरु ले पनि जबर्जस्ति मनाउना पर्ने अनि बिदा बस्नु पर्ने यो के हो / नेपाल मा जति जात जाति अनि पर्व छन् ति सबै लै राष्ट्रिय पर्व को रुप मा मानेर सार्बजनिक बिदा दिय वर्ष भरि नै बिदा हुन्थ्यो/ तेसो भयो भने सरकार,नेता , राजनैतिक कार्यकर्ता ,सरकारी कार्यालय ,सब बन्ध हुन्थ्यो सबैलाई आनन्द हुन्थ्यो, जनता हरुले सरकार मा बसेका हरुलाई यो गरेन त्यो गरेन भनेर दोस दिदैन थिय होला किन कि सदै पर्व सदै बिदा………………………………………….

  5. तमु लोसारको उपलक्ष्यमा सम्पूर्ण नेपाली दाज्यु भाइ तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना !

  6. ल्होसार आसिमाला ……..बिश्व भरी छरिएर रहेका तथा नेपाल मा बस्नु हुने सम्पुर्ण आदरणीय तमु दाजू भाई तथा दिदि बहिनी हरुमा ……..

  7. बुद्धि गुरुन्ग्जी
    ल्होसारको शुभकामना
    यथार्तालाई बिर्सेर कुनै फाइदा समाजलाई पुग्दैन | यथार्त लै मनन गरेर अघि बढेमा भविस्यको ढोग लै सुनिओजीत् पर्न सकिन्छ | ल्होसार भन्नु र ल्होछार भन्नु गुरुङ भासमा कुखुरालाई नगा भन्नु र तामांग भासमा नागा भन्नु यौटै कुरा हो | आज हामीहरु जातको लड्ने जमाना होइन बिकासको लागि लड्ने जमाना हो | अतितका तितो सत्यलाई नकार्न भने अबस्य सकिदैन | चार जाते गुरुङ र सोह्र जाते गुरुङ मैले बनायको होइन नेपालको एदी घंदुरंग र सिक्लेस जानु भयो भने अझै विद्यमान छ | एदी तपाईं बर्नार्ड पिग्नेदे ले लेखेको किताब दि गुरुङ जुन १९६६ मा निस्केको थियो ५२३ पेजको छ | तेस्मा प्रस्ट रुपले लेखियोको छ | ब्रौतोंनजी लेख्नु भएको किताप नेपाली आमा १३४ पगेको किताप्मा पनि राम्रोसोंग लेखियोको छ | हर्खा बहादुर गुरुंगले पनि यो रुढी बादी समलाई राम्रोसंग भोक्नु भएको थियो.|

  8. ल्होसार को पावन अवशरमा सबै गुरुङ दाजु भाई दिदी बहिनीहरु तथा सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना ! साथै अन्तर रास्ट्रीय नंया बर्स २०११ सालको पनि | केहि साथी हरुले ल्होसार तथा हिन्दु बाहेक अन्य धार्मिक तथा जनजातिहरु को पर्ब मा राष्ट्रिय बिदा दिएकोमा आपत्त्ति जनाउनु भएको रहेछ सार्बजनिक बिदा ज्यादै धेरै भयो भनेर | सोझै हेर्दा कुरा ठिकै हो तर याँहा नेपालमा दिईने सम्पूर्ण सार्बजनिक बिदाहरुलाई केलाएर हेर्ने हो भने सार्बजनिक बिदा दिने पद्दतिलाई राम्रो तरिकाले मिलायो भने हालमा भएका बिदाहरू कटाउन पनि सकिन्छ र समाबेशी पनि बनाउन सकिन्छ | २०४६ साल को जनान्दोलन अघि दियीने सार्बजनिक बिदाहरुमा दसैं, तिहार, शिवरात्रि, राम नवमी , कृष्ण अष्टमी , राजा रानी युबराज आदिका जन्म जयन्ति , प्रजातन्त्र दिवस आदि पर्दथे | पहिला पांच बिदाहरू सबै हिन्दु धर्म संग सम्भंधित बिदा थिए | नेवारहरुले मान्ने इन्द्र जात्रा , घोडे जात्रा र गाइ जात्रा मा पनि आधा दिनको छुट्टी काठमांडू मा मात्र दिएजस्तो लाग्छ | त्यतिबेला सबै नेपालीलाई समेटिएको थिएँन | जनान्दोलन पछी को सरकारले प्राय पुराना बिदाहरुलाई कायमै राखेर जनै पुर्निमामा एकदिन बिदा थप्यो | सबैलाई थाहा होला जनै पुर्णिमा बाहुन हरु मा पनि पुरोहित्याई गर्ने हरुले मनाउने पर्ब हो | यसरि लामो समय सम्म सरकारले बृहत नेपाली जनताको संस्कृति पर्ब को उपेछ्या गर्यो | दोस्रो जनान्दोलन पछी मात्र सबै जनजाती मधेशी र अरु धर्मवाली हरु जागरुक भए पछी मात्र ल्होसार जस्ता अरु बिदा मिलाएका हुन् | फल्स्वोरूप अहिले सबै किसिम को संस्कृतिहरु मौलौना पाएर हाम्रो राष्ट्रिय संस्कृति लाइ झनै धनि बनाएकोमा हामी सबै खुसि हुनु पर्दछ | धन्यवाद |

  9. मेरो गुरुङ दाजु भाई एवं दिदि बहिनि हरु मा ल्होसार को शुभ कामना. अति सुन्दर देखिनुभाको छ यो पहिरन मा. संस्कृति लाई सम्हाली राखौं.

  10. Salokya म्हीथेबा ल्हये ल्हये ल्होसार बे आशिमला (उमेश जी धेरै धेरै ल्हो-सारको मङ्गलम सुभ-आसिर्बाद) | साथै सम्पूर्ण तमु मा|

  11. संसार भरि छरिएर रहेका सबै तमु बन्धुहरु र अन्य सबै नेपालिहरुमा बाग बर्गको बिदाई र बिरालो बर्गको आगमनको पावन अबसरमा उत्तरोतर प्रगतिको कामना सहित आशिमाला.
    करम गुरुङ
    बेलायत

  12. happy lohsar,…tamu tatha sampurna nepali haru ma naya barsa le santi ra janata ko sambidhan chhito bhanda chhito pawos yehi chha subhakamana…

  13. तमुवानमा पनि येसरी नै भेला भएर मनौछ\मनौदैन त्यो त थाहा पाएन, तर आज टुडिखेलको भिड देख्दा त मानौ तमुवान नै टुडिखेल को कि जस्तो भन् भयो !!!! बरु तमुवानका साथीहरुले आफ्नो भूभाग मा कसरि मनायो तेस्को पनि जानकारी गराए बेस हुने थियो कि ????

    सार्वजनिक बिदा त अति नै भएको हो यार !!!! यो त manage गर्ने पर्छ !!!!

    ल ल्होसार मनाउने सम्पूर्ण जनसमुदाय हरुमा हार्दिक मंगलमय शुभकामना है त

    • खास भन्न खोजेको के भने नि टुडिखेल नै तमुवान जस्तो देखियो यस पाली को तमु ह्लोसर त | गणतन्त्र आए पछी मधेस मा छठ मनाउने कम काठमाडौँ मा बढी !!! तमुवानमा ल्होसार मनाउने कम यतै बढी !!! तमन्ग्सिला मा ह्लोसर मनौदैना काठमाडौँ मै मनौछ | लिम्बुवान मा पनि तेस्तै !!! सुदुरपुर्व त झन उस्तै, कर्णाली को पानी रानीपोखरीमा खन्याई सक्यो, को फर्की जान्छ????
      अब तमुवानमा तमु हुन्न, खसानमा खस हुन्न, मधेसमा मधेसी हुन्न, लिम्बुवानमा लिम्बु हुन्न, सबै ले आ-आफ्नो सानो तमुवान, लिम्बुवान,खसान, मधेस यतै भनाए पछी ति भूभाग के इंडियालाई हेर्न दिने त ?????

  14. ल्होछार भन्नु र नया बर्ख भन्नु यौटै कुरा हो, अनि तमु र तामांग चाँही किन फरक पर्यो थाहा भएन, यौटै भाषा यौटै अनुहार यौटै रहन्सन, जे होस् त्यो कुरा राज्य चलाउने हरुलाई र चार जाते हुन् भनेर नाग फुलैने गुरुङ हरु,जस्तै : लामा, लामिछाने , घोताने गोंताने हरुको चार थरका गुरुन्घरु पनि अलिक प्रजान्त्रिक विचार हुनु पर्यो , सबै गुरुङ यौटै बन्स्सको सन्तान हुन् भन्नु सक्नु पर्यो, स्रोह्रा जाते गुरुङ हरुलाई चार जतेले समान व्यवहार देखाउनु पर्यो , रुढी बुढीलाई त्याक्नु सक्नु पर्यो | छि छि दुरदुर गर्नु भएन |
    अन्तमा नया बर्खा नया दिन, नया बिहानी संग संगै मेल मिलापको बाताबरण सबैजातिहारुमा सिर्जना होस् नेपालमा जातीय विकास होइन नेपालीको विकास होस् सबै बर्ग बिशेस ले आपसमा सद्ब्भाना सहित बाच्चने अबसर नया बिरालो बर्षाले ल्यावोस |

    • Dig B. Tamang जी नमस्कार तपाई लाइ एउटा प्रस्न सोदना मन लायो हामी तमु जति र तामाङ्ग को सदियेउ देखि को सम्बन्द छ | तेत तिर पनि आली कति सजक हुनी कि! तामांग जी सबै जात जाति आफ्नो छुट्टै परिचय बनौन सफल छौ | हामी तमु (गुरुङ) का १७४ थर हरु छन् | एउटा जात भित्र २ जात कसरि हुछा होला तामाग जी हजुर ले के को आधारमा ४ जाते र १६ जाते भन्नु भयो ? तपाई ले प्रमाणित गर्न सक्नु हुन्छा ४ जाते र १६ जाते मा ? यहाँ को कुरा आनुसार लामा, लामिछाने , घोताने गोंताने हरुको चार थरका हुन् जात हैन | आनी तपाई १६ जातमा को को पर्छन होला येसो बुज्जन पाए हुन्थ्यो |

    • Dig B. Tamangजी “ल्होछार भन्नु र नया बर्ख भन्नु यौटै कुरा हो,” भन्नु भएको रहेछ । हामी स्पस्ट हुनु जरुरी छ ।

      तर ल्होछार र नयाँ बर्खले तमूको ल्होसारलाई भने समाबेश गर्न त्यति भ्याउदैन । हामी यही गल्ती गरिरहेका छौं । तमू ल्होसारलाई ल्होछार भनेर । फरक के भने, तमू ल्होसारमा सम्पन्न गरिने ताउर तरिकामा र ल्होछारमा गरिने तरिकामा भने आकाश-पातलको फरक पर्न जान्छ । यसरी तमू ल्होसारको मुल आशयलाई भने ल्होछारले दिन सक्दैन । यी दुबै शब्द तमू भाषाकै शब्द हुन् । यी दुबैका फरक राम्रोसँग नियालेर मात्र प्रयोग गर्दा बेश हुनेछ । यसर्थ, तमूले मनाउने मौलिक आफ्नो महान पर्व ल्होछार होइन, “तमू ल्होसार” हो, भन्ने कुरा स्पस्ट हुनु पर्छ ।

      अहिले सम्म कतिपय तमू (गुरुङ्ग) बन्धुहरुलाई “तमू प्ये ताँ, ल्हु ताँ ” के हो र थियो ? त्यो बुझाईँको कमिले अहिले दिग्भ्रमित हुँदै, तमू ल्होसारलाई ल्होछार, आफ्नै मौलिक धर्म-कर्म छाडेर अन्यत्रै पलायन हुने खतरा बढेर आएको छ । तमू प्ये ताँ, ल्हु ताँ कुनै संस्कृतिकर्मी, राजनीतिज्ञ, साहित्यकार, धर्म-प्रचारक, आदिको कृति भने होइन ।

      अर्को प्रश्न उठाउनु भएको छ । लामा, लामिछाने, घोताने, गोताने । यी शब्दहरु तमू भाषाका मौलिक शब्द होइनन् । स्पस्ट हुनुहोस् । ज-जस्ले यी शब्द प्रयोग गर्दै आउनु भएको छ, वहाँहरुले तमू मौलिक शब्द खोज्न तिर लाग्नु भएको खन्डमा धेरै बेश हुनेछ ।

      र अर्को प्रश्न :- हेर्दा एउटै अनुहार, एउटै भाषा, एउटै रहनसहन । त्यो त तमू र तमाङमा मात्र होइन कि, तमू तमू बीच पनि होलान् । जस्तो एसिया महदेशका धेरै अनुहार तमू वा तमाङहरुसँग मेल खानेहरु होलान् । तर फरक उनिहरुको पहिचान र मौलिकतामा पर्छन् कि ? भन्ने हो । जस्तो मैले नेपाली देबानगरी लेख्दैमा, संस्कृत शब्दोचारण गर्दैमा म, ब्राह्मण भाईहाल्ने छु भन्ने पनि नहोला । र फेरी यहिनै सहिश्णु हुनेछ । अरुको मौलिकतामा हामी सबैले गर्व गर्न सक्नु पर्दछ ।

      धन्यवाद ।

  15. दशैन र तिहार मा एक एक दिन बिदा हुनु पर्छ र मात्र समान ब्यबहार हुन्छ /जनजाती हरु यो पक्षमा छन्/

  16. यहा ल्होसार पर्ब या इद पर्वलाई किन रास्ट्रीय पर्ब मानि बिदा दिईयो भन्ने सबाल हरु उठेको देखियो , मनमा लागेको भन्दै छु ,
    यसरि ल्होसार पर्वको बेला , इद को बेला रास्ट्रीय बिदा दिनुको मुख्य कारण ” धार्मिक सहिसुणुता “को असल नमूना हो . हिन्दूहरुको पर्ब दशैँ तिहारलाइ रास्ट्रीय पर्ब मानेर बिदा दिईन्छ भने ल्होसार र इद लाइ पनि राष्ट्रिय पर्ब मानेर बिदा दिनु
    लाइ संकीर्ण दृस्टीले हेर्नु हुदैन . कति नेपालीलाई ल्होसार के हो था थिएन , २-४ बर्ष यता आएर सबै नेपालीलाई ल्होसार पर्ब बारेमा थाहा भएको छ रास्ट्रीय पर्ब
    मानि बिदा दिएकै कारण . त्यसैगरी भारतमा हेर्ने हो भने हिन्दू – मुस्लिम को बिचमा कति ठुलो जातीय दंगा भईरहन्छ तर हाम्रो मुलुकमा त्यस्तो भएको छैन किनकि हाम्रा मुसलमान दाजुभाईदिदिबहिनिआमाब र हिन्दू- बौद्द धर्ममा आस्था राख्ने दाजुभाईदिदीबहिनीआमाबा हरुले एक अर्काको धर्म – आस्थालाई खलल पुर्याउने काम गरेका छैनन . यो हामि सबै नेपालीको लागि ठुलो गौरबको कुरा हो . हरेक
    जाति – सम्प्रदायको मुख्य पर्ब लाइ रास्ट्रीय पर्बको रुपमा लिन सक्नु धार्मिक
    सहिसुनुताको उच्चतम नमूना हो .
    रह्यो , धेरै बिदा हुने कुरा , मुख्य पर्ब बाहेक सहायक पर्ब हरु लाइ चै आ- आफ्नो सस्कृति अनुसार मनाउने छुट ( बिदा मिलाउने गरेर – रास्ट्रीय बिदा दिनु नपर्ने गरेर ) ब्यबस्था हुन सके सबैको कल्याण हुन्छ ।

  17. ल लोसार मान्ने सबै लाइ शुभकामना छ है तर लोसार भनेको के हो बुझ्न पाको भए हुने थियो आखिर हिन्दु धारमा को एक जति को सस्कृति त हो नि बुझ्दा के होला कि कसो हजुर

  18. तमु र आरु नेपालि सबैलाई महान पर्ब लोसार को हार्दिक सुभ कमना । जन आन्दोलन 62/63 लाई बिसेष धन्यबाद जसले सबै जातिको पहिचान सबै नेपालि सामु पुराउन सफल गरायो

  19. नमे तानलाई ल्होछारै बेल्ले अशिमाला मु औ!!!!!
    तपाई हरु सबैलाई ल्होछारको धेरै धेरै शुभकामना छ है!!!!!
    यस बर्ष हामी तमुहरुले तोहल्हो (बाघ वर्ग) लाइ बिदाइ गर्दै हील्हो (बिरालो वर्ग) लाइ स्वागत गर्दै छौ l त्यसैले यो बर्ष भनेको बिरालो बर्गको बर्ष हो l हाम्रो संस्कृति अनुसार जुन बर्गको बर्ष औछा उक्त बर्गका मानिसहरुलाई त्यो बर्ष अलिक नराम्रो बर्ष मानिन्छ l त्यसैले सम्पूर्ण बिरालो वर्गको तमुहरुलाई अलिक होशियार हुन हार्दिक अनुरोध गर्दछु र यो बर्षमा तपाइहरुलाई केहि तेस्तो खति नपरोस भन्ने कामना गर्दछु l

    मेख गुरुङ
    न्यु योर्क

  20. बिदा धेरै भयो. बर्षमा जम्मा १५-१६ दिन बिदा राख्ने र सो बिदा आफ्नो आबस्क्यता र धर्म अनुसार आफनो आफनो चाड पर्ब मा बिदा लिने गरि नियम बनाउनु पर्छा. दसैँ र तिहार बहुस्यन्खक नेपाली ले मनाउने पर्ब भयको ले हो १५ दिन मध्ये दसैँ ५ दिन र तिहार ३ दिन अफिस बन्द गर्ने. बाकी ७-८ दिन आफ्नो धर्म अनुसार आफ्नो चाड पर्ब मा लिने गर्नु पर्चा. तेसो भय क्रिस्टियन ले क्रिस्त्मस मा बिदा लिनछा इअद मा काम गर्छ, मुस्लिम ले इअद मा बिदा पौंचा क्रिस्त्मस मा काम गर्छा,.तेस्तै अनन्य धर्माबलम्बी र जन-जाति ले पनि आफ्नो मनाउने पर्ब अनुसार बिदा लिने र अन्य मा काम गर्ने नियम बनउनु पर्चा, जसले गर्दा सबैले आफ्नो आफ्नो पर्वमा बिदा पौंचा.- this is just for suggestion, number of holidays and other terms could be change

  21. सम्पूर्ण आमा बुवा ,दाजुभा, दिदीबहिनी हरु मा ल्होसार को शुभकामना !!

  22. “ल्होसार आशिमला” तमु ल्होसारको शुभ अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ,संस्कृति लाई जिवितै राखेर उन्नति तर्फ लागौं साथै कामना गरौ अहिले सम्म नेपालका तीन जनजाती हरु शेर्पा ,गुरुङ र तामांग ले फरक फरक मिति मा मान्दै आएको ल्होसार/ल्होछार सुदूर भविष्य मा एकै मिति मा धुमधाम सग बृहत रूपमा मनाउने बातावरण बनाऔ

  23. ” ल्होसार आशिमला ”
    ————————
    पर्ब यो ल्होसार शुन्दर सस्कृतिकला
    सबै सबैलाई ल्होसार आशिमला

    ल्होसार पर्ब शुन्दर सास्कृतिक सौरभ
    सस्कृतिका धनि हामि ल्होसार हाम्रो गौरब

    सबले गर्नुपर्छ शुन्दर सस्कृतिको जगेर्ना
    शुन्दर रित नै हो हाम्रो समाजको ऐना

    एक बिना अर्को अधुरो अपुरो
    रंगीचंगी शुन्दर फूल फूलबारीको

    भाइचारा – मित्रचारा बढाउने शुन्दर अवसर
    सदभाब बाडौ मरी लानु के छ र !

    पर्ब यो ल्होसार शुन्दर सास्कृतिककला
    यो पाबन अबसरमा सबमा ” ल्होसार आशिमला “

    • लुनाजीको साहित्यिक खुबीलाई त दाद दिनैपर्छ| अति सुन्दर कविता !!!!!

  24. सर्व प्रथम तमु लोसारको उपलक्ष्यमा सम्पूर्ण नेपाली दाज्यु भाइ तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना !
    संकुचित मानसिकत बाट ग्रसित अतिबादी हिन्दुहरुको शासकीय प्रणाली र त्यस बाट
    उब्जेका उत्तेजित अमानवीय कृयाकलापले गर्दा नै आज देशमा बाध्य भएर आदिबासी जनजातिहरुले आफ्नो अधिकारको निम्ति आवाज उठाउनु परेको हो !बहु भाषा,बहु धर्म,बहु संस्कृति,र बहु जाति रहेको देशमा समान अवसर,समान न्याय,समान अधिकार,रहित शासन प्रणाली देशमा चलेको भए किन बिरोध भाषा ओकाल्नु परेको थियो र !

  25. धन्बाद mysansar परिवार, ल्होसारको पावन अवसरमा सोदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण तमु तथा गैर तमुहरुमा आशिमलाको सुबकामान…

  26. पृथ्वीनारायण शाहले उही बेला नेपाल चार वर्ण छत्तिस जातको फूलवारी भनेका थिए/ तर फूलवारीमा फूल त गणतन्त्रमा मात्रै फूल्न सक्दो रहेछ भन्ने कुरा हाम्रो इतिहासले देखायो/

    ल्होसारको मेरो पनि शुभकामना- तमुहरुलाई मात्रै होइन, सबै नेपालीलाई/

  27. तमुहरु को महान चाड ल्होसार को उपलक्ष्य्मा छ्याँजलो, असिमाला,

  28. सम्पूर्ण मित्रहरुमा ल्होसारको अवसरमा शुभकामना !
    संस्कृति लाई जिवितै राखेर उन्नति तर्फ लागौं .

  29. ल्होसार पर्ब को उपलक्ष्य मा हार्दिक बधाई छ |

  30. “ल्होसार आशिमला” तमु ल्होसारको शुभ अवसरमा गुरुङग बन्धुहरु लगायत सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ।

  31. यहाँ साथी हरुलाई ल्होसार मा सार्वजनिक बिदा दिंदा टाउको दुखाइ भए छ ,अब हिन्दुको महान चाड भन्ने दशैं मा एक दिन बिदा तिहार मा एक दिन बिदा दिने अनि अरु सबै जातिको चाड मा एक दिन गर्दा राज्यको समान ब्यबहार देखिन्छ र सबै जातिले देश हाम्रो पनि हो भन्ने महशुस गर्द छन्/

  32. ल्होसार मनाउने सम्पूर्ण नेपाली जनसमुदायहरुमा प्रदेश बाट मेरो हार्दिक सुभकामना.ल्होसार संगै सतिले सरापेको हाम्रो देशमा शान्ति छाओस. सम्पूर्ण नेपाली साथी हरुमा नया वर्ष २०११ को हार्दिक मंगलमय सुभकामना. नेपाली भनि चिनिएर बच्न पाउ.कसैको दास हुन नपरोस.सुख संग आफ्नै देश मा बस्न पाइओस् यही छ कामना.

  33. सम्पूर्ण तमू हरुलाई एक पटक ल्होसारको आशिमाला. हामीले जुन हाम्रो जातीय पर्ब मनाई रहेको छ एस्लाई हामीले मनोरन्जनको रुपमा नहेरी हाम्रो नैतिक हक हित र अधिकारको लागि हो भनेर सम्पूर्ण तमू हरु एक धिक्का भएर अगाडी बढ्नु पर्ने देखिछ.र हामी जुनसुकै ठाउमा रहे पनि आफ्नो भाषा धर्म र सस्कृति लाई नभुलौ,राम्रो लग्यो धन्यवाद जय तमू …………….

  34. ल्होसार मनाउने सम्पूर्ण जनसमुदाय हरुमा हार्दिक मंगलमय शुभकामना !!!!!!!!!!

  35. मेरो आफ्नो विचार ,कुनै पनि जनजातिको पहिचान भनेको भाषा र भेस भूसा हो ,म पनि यौटा जनजाती अन्तरर्गत छन्त्याल जाति हु ,हाम्रो जातिको पनि आफ्नै भाषा र भेस भूसा छ,तर नया सालमा मात्र आफ्नो भाषा बोलेर ,आफ्नो भेस भूसा पहिरियर जातीयताको पहिचान हुदैन
    अंग्रेजी भाषा पनि यौटा जनजातिको भाषा हो ,तर जुन भाषा आज संसारले बुझ्ने र चल्ने भयको छ किन? किन कि तिनीहरुले हामीले जस्तो अगाडी ,पछाडी हिन्दी बोल्ने ,साल को अन्तिम दिनमा अंग्रेजी बोल्ने गरेनन ,लोसार गुरुङ जातिको महान पर्ब हो रहेछ ,माथिको तस्बिरमा जस्तै गुरुङ भेस भुसमा नै सदै सजियामा अझ जातीयताको पहिचान हुने थियो ,होइन भने जातीयताको कुरै नगरे हुन्छ ,संसार मा जम्मा दुइ जात छन ति हुन् ,स्त्री र पुरुस

  36. the only thing i don’t understand is why the government has started declaring losar as a public holiday.if the same course continues, there will be more holidays than working days soon.Just have a look at other countries,they give holiday for the festivities observed by majority of the people.I think Nepal is one of the few countries where you can enjoy holidays for each and every festivals no matter how many people really celebrate them.less than 2% christian enjoy christmas holiday,less than 8 % gurung enjoy losar holiday,less than 7 or 8 % rai enjoy their festive holiday,less than 2 % muslims enjoy eid’s holiday.this happens only in nepal.

    • happy ल्होसार !

      तर अभि ले भनेकोमा १००% सहमत छु कि सबै जातिले आफ्नो चाड मनाए त हुन्छ तर जनता ले तिरेको कर बाट सार्वजनिक बिदा मानिनु हुँदैन. नत्र सबैको चाड मान्ने हो भने Tax payer को पैसाले सालै भरि बिदा मनाए पनि हुन्छ र भोकै बसे पनि हुन्छ. किनभने नेपाल अहिलेनै भोकमरीमा पर्दै छ र यसरि सबैको लागि सबै बिदा बस्ने भनेत भयो देशको बिकाश!

      • ओ एम एम क्यानाडा तिमीले गुरुंगको लोसार्लेमात्र सार्बजनिक बिदालिंदा देसको नोक्सानीको र बिकासको यादआयोकी अरुचाडहरुको बारेमा पनि भन्दैछौ अलि जिब्रो नखुंडाएर बोल्नमा केलेरोक्यो ? तिमि चिच्याएर रोएर कोहि पग्लिने
        वालाछैन जबसम्म आँसु बग्दैन.

      • त्यहिँ त ३० % हिन्दुले ७० % गैर हिन्दुलाए लाद्नु लादेको छ अनि त तापे ले पहिलेको नै मन पर्नु स्वाभाविक नै हो ..तर तपाइँ लाइ मन पर्दैन भने किन अर्काको जातको बारेमा टिका टिप्पणी गर्नु ……मैले यहाँ दशैको बारे मा तथानाम भन्न थाले तपाई लाइ रिस उत्छा नि हैन त

    • Big No to Abhijee! In my opinion, even Dashain should not be declared as a public holiday (holidayzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzz ..zzzzzzzzzz). Why should we be absent for month from school just for Dashain, Tihar and Chhath? And the way we celebrate our festival is not just to enjoy like you mentioned, but to practice our culture. Christians have right to practice their own way of life, so do Islam and Hindu. Why should we bother? But definitely, working days will be reduced. Then why not federalism? Why not autonomy? What is majority?
      In my personal opinion, the sense of identity is growing among Nepalese Ethnic People because of the way our Nation is heading. Agree or disagree, we are very hopeless (in relation to our Nation). No question, these situations force people to identify themselves in other ways. So, they want their culture recognized, they’d like to see their fesivals celebrated.

    • अभि जी,
      मेरो तपाईहरुलाई विनम्रता पुर्बक के मात्रै भन्छु भने तपाई हरुको सोच अझै पनि तेइ हिन्दु बादी भुत बाट ग्रसित छ कि भन्ने लाग्यो.जुन देश मा दशैँ तिहार को लागि स्कुल कलेजहरु महिनौ बिदा हुन्छ.अनि सरकारी कार्यालय हप्तौ बिदा हुन्छ त्यो देशमा अहिले धर्म निरपेक्छा घोसना भैसक्दा पनि एक दिन को बिदा लिएर सबै स्कुल कलेज पढ्ने हरु देखि लिएर सरकारी कार्यालयमा काम गर्ने कर्मचारी हरुले साथि भाई र आफन्तहरु संग सुभकामना बाँडदै रमाइलो गरि मनाउना पाउने अधिकारलाई कसरि तपाइले कसरि भन्नु हुन्छा कि त्यो बिदा आवसेक छैन भनेर? र अर्को कुरा सैयौ वर्ष देखि हामी गैर हिन्दु हरुले पनि दशैँ तिहार लै उत्तिकै हार्दिकता पुर्बक स्वीकारेकै छौ त? र तपाई अन्धो हुनुहुन्न भने तेइ तुदि खेल मा गएर हेर्नुस आज गैर तमु हरु पनि कसरि ल्होसार को पर्ब मा साथि भाई संग सरिक भएका छन्.तेसैले समयको माग र परिबर्तन को जनभावना नबुझ्ने हरु जैले पनि इतिहास मा चिलिम फर्केका छन्.र जुन तथ्यांक प्रस्तुत गर्नु भो, तेस्त तथ्यांक मा पनि मलाई विश्वास छैन किन भने हिजो कुनै दिन नेपाल मा s.l.c. को फारम भर्दा धर्म मा हिन्दु लेख्ने लेखाउने गरिन्थ्यो. आज हिजो को अवस्था छैन, भोलि आज हुने छैन, तेसैले पुरानो कुरा भनेको सकियो नया को पालो अब……र सत्य भनेको नै वर्तमान हो. एस्लाई अंगाल्न सिकौ
      येसैमा सबैको कल्याण छ.
      धन्यबाद

      • धन जी,
        अमेरिकामा मुस्लिम लगभग १ % छन् र अस्ट्रेलियामा लगभग २% तर त्यहा उनीहरुलाई ईदमा बिदा हुदैन तर त्यति नै संख्यामा रहेका नेपाली मुस्लिमलाई बिदा हुन्छ.त्यसै गरि भारतमा ७% क्रिस्चियन छन् र नेपालमा १% भन्दा कम तर भारतमा क्रिसमसको सार्वजनिक बिदा हुदैन तर नेपालमा हुन्छ.के यो कुरा राम्रो हो त?अधिकांस मान्छेले मान्ने चाड-बाढ्मा पो बिदा दिने हो त.त्यस्तै गर्ने हो भने त हाम्रा चेपांग,राउटे ,कुसुण्डा,धिमाल,थारु,कोचिल्हरुको पनि आफ्नै चाड छ नि सबैलाई बिदा दिए भै हाल्यो नि. मैले भन्न खोजेको त्यसै त देशको प्रशाशन खत्तम भै सक्यो अब त्यहिँ माथि बिदाको थुप्रो लगायो भने देस कता लाग्ला?बरु बिदा नै दिन परे जुन ठाउमा जुन जातिहरु धेरै छन् त्यहिँ अनुसार बिदा गरे हुन्छन नि.जस्तै बीसौं बर्स देखि इन्द्र जात्राको छुट्टि काठमाडौँमा मात्रै दीयिन्छ किनकि इन्द्र जात्र नेवारहरुको प्रमुख चाड हो र नेवारहरु प्राय काठमाडौँमा बस्छन .त्यसै गरि लोसारको बिदा दिदा गुरुङहरु बढी भएको छेत्र जस्तै गण्डकी अंचल मा दिए हुन्छ,इदको बिदा बाँके,कपिलबस्तु आदि जिल्लामा दिए हुन्छ,किराँती चाडको छुट्टी पुर्बांचल्का जिलाहरुमा दिए हुन्छ.नत्र येत्रो जात जातिहरु भएको देसमा एउटाको पर्वमा अर्कोलाई पनि छुट्टी दिने हो भने सायद मैले पहिले भनेको जस्तै काम गर्ने भन्दा काम नगर्ने दिन बढी होला नि.

        • त्यहिँ भएर त तापे ले भनेको दशैँ को बिदा घटाए भयो नि त अनि त्यस माथि नेपाल मा बाहुन जम्मा १४ प्रतिशत हैन भन्या……….अनि छेत्री बाहुन बढी भएको कर्णाली मा दशैको बिदा देउ अनि किरात र लिम्बुवान मा त्यो बेला बिदा देउ भन्न खोज्नु भएको जस्तो छ हाम्रो अधि जी ले

      • दान गुरुङजी तपाइको एती सब्ब्य र सरल भासा बुझ्ने नेपालीको बाहुल्ले भएको भए आजाहाम्रो नेपालको एस्तो स्तिथिनै हुनेथिएननि अझै नेपालमा येस्तई गलतसोचले ग्रसितलोभीहरुको झुण्डहरु नेपालको मुख्य भान्सामा डाडु पन्येउ चलाउछन् अनि यीनिहरु आफुआफुमा भागबण्डा नमिल्दा मारामार गर्छन.
        एस्तासोचको बोलवाला रहेसम्म न त मातृभूमिले सान्तिकोसास फेर्नपाइन्छ न त देसको कला र कृतिको सम्रकछ्यण हुन्छ न त बिभित संस्कृतको धनि नेपालको संस्कृतको बिकाशनैहुन्छ .

        नेपाली कैले बिबेकसिल होला ??

      • गुरुङ जी,
        “तेसैले पुरानो कुरा भनेको सकियो नया को पालो अब”
        तेसो भन्दा “नेपाल” को सट्टा देशको नामै ” न्याँपालो” बनाउनुपो पर्ला जस्तो छ है!
        जोक गरेको है, तपाहिले नया को पालो भनेको पढ्दा झ्याट्ट सम्झेको रोचक शब्द भयर भनेको के!
        तेसोत तपाही हरुको बहसमा म पनि पसे र यसो पढ्दा तपाहि र अभी लगायत सबैको कुरा आफ्नो आफ्न्नो स्थानमा जायज छ त्यो एक हदसममा सबै मा लागु हुने कुरा हो! तर मलाइ कतै अभी जी को कुरालाई बुझ्न नसक्नु भन्दा पनि नचाहेको होकी भन्ने भान पर्‍यो! र म यहाँ तपाही हरुको बहसमा अभी जी लाई अलिक बढी समर्थन गर्न पुगेको छु, यसको मतलब तपाही हरुको कुरालाई पुर्ण बिरोध गरेको भन्ने होईन!
        देश् सबै जात जाति अल्पसंख्यक आदिको समस्ट संघिय स्वोरुप बन्नुपर्ने कुराको म हिमायती हुं, तेसैले नै देश् सङ्घियातामा जानुपर्छ भन्छु म! तर हरेक कुराको गलत व्याख्या र गलत अनी स्वार्थ पुर्ण प्रयोग गर्ने मान्छे हरुको बानि र नियत हुदा र तेस्तो मान्छे जहापानी पाइने हुन्छ तेसैले यहापनी र यो देशमा पनि तेस्तै जमात उध्धत्त छ सङ्हियताको बिरोध गर्न अनी कोहि छ सङ्हियता नचाहनेहरु पनि किनकी तिनीहरुको स्वार्थको गासमा ढुङा बन्नेछ शङ्हियता! यसरी संघियतालाई ब्याबस्थित र प्रबर्द्दित गरि प्रायोगिक गरियमा यो देश् फुलबारी बन्ने छ, बगैछ बन्ने छ जहाँ हरेक जात जाति र अल्पसन्ख्यक ले आफ्नो परिचय र आफ्नोपन को सम्रक्षण गर्दै हातेमालो गर्न सकिने कुरा निश्चित छ! यसरी सङ्हियतामा गया पस्चात राष्ट्रिय बिदा र प्रादेशिक बिदा हरु ब्याबस्थित गर्न सकिन्छ!तर सङ्हियतामा जादासममा र यी कुरा हरु ब्याबस्थित नगरुन्जेल सम्म भने यस्तै खिचडी भाई रहने छ तर यी कुराहरुलाई बहस को बिषय बनाएर छलफलमा ल्याउनु राम्रो हो तर यसैलाई खिचातानी गरि जातिय द्वन्द वा छेड चाड गर्नु नितान्त गलत!

    • त्यति सारो देश को चिन्ता हुने ले दशैको बिदा घटाए भयो नि त ,,,,,,,,,

  37. भब्य तरिकाले आफ्नो जातीय चाड मनाउने हो नि ताकी सारा नेपालीमा गुरुङ जातिको पहिचान होस् र देश बिकाशमा तपाई हरुको ठुलो योगदान रहोस ! शुभ कामना !

  38. “छ्याजालो, क्ल्हेसोँदी, प्र्हेसोँदी छ्याजालो ।”

    विश्वको जुनै ठाउँमा रहनु भएका तमू तथा गैर-तमू मित्रहरुलाई तमू ल्होसारको उपलक्ष्यमा मेरो तर्फबाट पनि शुभकामना, आशिमलाँ ।

    प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” भन्नुको अर्थ शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए परम्परा हराउँछ, परम्परा हराएमा हामी मान्छेनै हराउँछ । प्ये भनेको शास्त्र हो, छ्या भनेको संस्कार विधीहरु हुन । ल्हु भनेको हाम्रो परम्परा, संस्कृति, चाड-पर्व, चालचलन, र म्ही भनेको हामी सम्पूर्ण तमुहरु ।

    नेपालका आदिवासी जनजातिहरु मध्यको एउटा, प्रकृति पूजारी तमूजातिको आफ्नै भाषा, भेश-भुशा, मौलिक बंशीय र कुलिन धर्म *बोन धर्मं* अनुसार आफ्नै तमू भाषामा धर्म कर्म चलाऊने आफ्नै धर्मगुरु, पुरोहितहरु (जस्लाई तमू भाषामा पच्यू, पैन्डी ) पनि छन् । वहाँहरुलाई हामी तमूहरुले पच्यू, क्ल्ह्येप्रीं, बोन्पो लम् भनेर भन्दछौं ।

    यसै समयमा अर्थात तमू ल्होसारको अवसरमा धर्म गुरुज्यू हरुबाटनै छ्योप त्ह्ये ( शान्ति पूजा ) आफ्नो शास्त्र “तमू प्ये ताँ ल्हु ताँ ” ( तमु धर्म शास्त्र ) अनुसारनै सम्पन्न गरी रुपा ( a holy cord ) ग्रहण वा प्रदान गरी स्याई-स्याई ( हर्ष बधाईका साथ आसिर्बाद ) गरिन्छ । पुरुषलाई रुपामा नौ वटा गाँठो र महिलाको लागि रुपामा सात वटा गाँठो रहेको हुन्छ । यसै दिन तमू युवा-युबतीहरु बिभिन्न तमू संस्कार, संस्कृति अनुसारका पहिरनमा बिभिन्न सास्कृतिक कार्यक्रमको पनि आयोजना गरी सम्पन्न गर्दछन् ।

    तमू ल्होसारलाई ठ्याक्कै कुनै पनि अरु बाह्या संस्कार र भाषामा उल्था गर्न नमिल्ने भएतापनि आजभोलि नयाँ वर्ष, NEW YEAR, ल्होछार आदि भनेर पनि भनेको पाईन्छ । वास्तवमा तमू प्ये ताँ ल्हु ताँ मा उल्लेख गरे अनुसार मनाइने तमूहरुको महान पर्व भने “तमू ल्होसार” नै हो ।

    – बुद्धि तमु (Gurung)
    हाल माल्दिभ्स ।

  39. ल्होसार मनाउने सम्पूर्ण जनसमुदाय हरुमा हार्दिक मंगलमय शुभकामना

  40. लेखक ज्यूलाई पनि आशिमाला अनि संपूर्ण गुरुंग साथी भाई ईस्टमित्रहरुलाई पनि ल्होसारको आशिमाला !!!

  41. “ल्होसार आशिमला” को उप्लक्ष्यमा सबै देश बिदेश यत्रतत्र छरिएर रहनु भएका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय सुभकामना!!

  42. बन्धुहरुलाइ नया बर्षको
    हार्दिक मंगलमय शुभकामना

    जय नेपाल
    हिमाली

  43. ल्होसार मनाउने सम्पूर्ण जनसमुदाय हरुमा हार्दिक मंगलमय शुभकामना /

Comments are closed.